बियर र मदिराजन्य पदार्थका खाली बोत्तलहरू हटाउन गाउँपालिकाले दियो छ महिनाको म्याद, नहटाए बिक्री गर्न नपाइने

बियर र मदिराजन्य पदार्थका खाली बोत्तलहरू हटाउन गाउँपालिकाले दियो छ महिनाको म्याद, नहटाए बिक्री गर्न नपाइने

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १४ गते बिहिबार ०८:३०

‘गाउँपालिकाको निर्देशानको अटेर गरेमा त्यस्ता होटलवाला तथा कम्पनीलाई पालिका क्षेत्रभित्र ती वस्तुको वितरण गर्न रोक लगाइने निर्णय भएको छ ।’ गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले थप भन्नुभयो, ‘हामी यसको कार्यान्वयन तदारुकताका साथ गर्नेछौं ।’

खाली बोलतले फोहर बढाउने, पालिका क्षेत्रलाई कु्रुप बनाउने गरेकोले हटाउनै पर्ने बाध्यता

नौथर(लमजुङ)– लमजुङमा दोर्दी गाउँपालिकाले बियर र मदिराजन्य पदार्थका खाली बोतलहरू हटाउनका लागि छ महिनाको म्याद सम्बद्ध कम्पनी तथा होटलवालालाई दिएको छ । वियर लगायतका मदिराजन्य वस्तुका बोलतले पालिकाको विभिन्न क्षेत्रमा फोहरका साथ विकृत रुपमा देखा पारिरहेको स्थितिलाई ध्यानमा राख्दै त्यस्तो निर्णय गरी निर्देशन जारी गरेको सो गाउँपालिकाले जनाएको छ ।
दोर्दी गाउँपालिका– ४ नौथर सेरास्थित कार्यालयमा बसेको गाउँपालिकाको आठाँै गाउँपालिका बैठकले उक्त निणर्य गरेको सो गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार बैठकले गाउँपालिका क्षेत्रभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका वियर तथा अन्य मदिराजन्य वस्तुलगायत सिसाका खाली बोत्तलहरू आगामी छ महिना भित्रमा हटाउन निर्देशन दिइएको छ । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको निर्देशानको अटेर गरेमा त्यस्ता होटलवाला तथा कम्पनीलाई पालिका क्षेत्रभित्र ती वस्तुको बिक्री वितरण गर्न रोक लगाइने निर्णय भएको छ ।’ अध्यक्ष अधिकारीले थप भन्नुभयो, ‘हामी यसको कार्यान्वयन तदारुकताका साथ गर्नेछौं ।’
खाली बोलतले फोहर बढाउने, पालिका क्षेत्रलाई कु्रुप बनाउने गरेको पाइएको हुँदा त्यस्तो निर्णय गर्न बाध्य भएको सो गाउँपालिकाका उपाध्यक्ष विच्छा घलेले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरूका बियर लगायतका मदिराजन्य र अन्य सिसाका बोत्तलमा ल्याइएका पेय पदार्थहरूका बोतलहरूले पालिकाका बजार क्षेत्रहरू कुरुप बन्दै गएकाले ६ महिनाभित्रमा हटाई सक्नुपर्ने वा फिर्ता लैजाउनु पर्ने निर्णय गरेको हो ।
यसैगरी, बैठकले लिपे मेमेपोखरी पदमार्ग निर्माण गरी त्यस क्षेत्रमा पनि फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने स्थल निर्माण, गाउँपालिकास्तरीय १५ सैयाको अस्पताल भवन निर्माण गर्न आवश्यक जग्गा माग गर्न राष्ट्रिय योजना आयोगमा पेश गर्ने निर्णय गरेको छ । गाउँपालिकाले कार्यालय प्रयोजनको लागि एउटा चारपाङ्ग्रे सवारी साधन भाडामा लिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अधिकारीले जानकारी दिनु भएको छ ।
यसैगरी, गाउँपालिका– ९ हिले टक्सार गाउँमा मौरी पकेट क्षेत्र र वडा नं. ८ बन्सारलाई लघु उद्यम विकास कार्यक्रमका लागि छनौट गर्ने निर्णय गरेको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले बताए । उनका अनुसार गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरू पालिकामा दर्ता गराउने, दीर्घ रोगीहरूलाई आर्थिक सहयोग गर्ने, जग्गा वर्गीकरण गर्ने, पालिकाले प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्ने लगायत १८ वटा निर्णयहरू गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार बैठकले यहि पुस २८ र २९ गते गाउँपालिकाको गाउँसभा गर्ने निर्णय समेत गरी तयारी थालिएको छ ।

प्रकाशित मिति २०७९ पुष १४, बिहीबार ०८:३० गते
हजुरको प्रतिक्रिया