अपाङ्गता भएका व्यक्तिलाई बसमा ५० प्रतिशत छुट दिने बारेमा सचेतना स्टिकर टाँस

अपाङ्गता भएका व्यक्तिलाई बसमा ५० प्रतिशत छुट दिने बारेमा सचेतना स्टिकर टाँस

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १४ गते बिहिबार ०४:३३

कालिका माइक्रो बस सञ्चालक समितिको काउन्टर अगाडि भएको उक्त कार्यक्रममा आजकै दिनदेखि प्रति बस एकजना अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने प्रतिवद्धता समितिबाट व्यक्त गरिएको छ ।

विगतको १७ वर्षदेखि जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका क्षेत्रमा काम गरिआएको अपाङ्ग संरक्षण समाजले सो कार्य गरेको

बेसीशहर– लमजुङमा अपाङ्गता भएका व्यक्तिलाई बसमा छुट बारेमा सचेतना स्टिकर टाँस गरिएको छ । जिल्लामा विगतको १७ वर्षदेखि जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका क्षेत्रमा काम गरिआएको अपाङ्ग संरक्षण समाजको अगुवाईमा सो कार्य पुस १४ गते गरेको हो ।
बेसीशहर नगरपालिकाका उपमेयर एवम् अपाङ्ग समन्वय समितिका संयोजक पदमा गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्य गरिएको हो । उहाँले संविधान तथा ऐनबाट राज्यले प्रदान गरेको सेवा अधिकार तथा सुविधाबाट अपाङ्गता भएका व्यक्तिहरूलाई बञ्चित गर्न नहुने बताउनुभयो । उहाँले कालिका माइक्रो लगायत जिल्लामा भएका सबै बस व्यवसायी समितिलाई अपाङ्गलाई प्राप्त सुविधा कम्तिमा पनि एक बसमा एकजनलाई ५० प्रतिशत छुटको प्रवन्ध गर्न अनुरोध गर्नु भयो ।
उपमेयर गुरुङले माइक्रो बसमा सो सम्बन्धि सचेतनाको स्टिकर टास गरी उक्त सचेतना कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
कालिका माइक्रो बस सञ्चालक समितिको काउन्टर अगाडि भएको उक्त कार्यक्रममा आजकै दिनदेखि प्रति बस एकजना अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने प्रतिवद्धता समितिबाट व्यक्त गरिएको छ ।
ट्राफिक प्रहरीहरू तथा जिल्लाका क्रियाशील पत्रकारहरूलाई रोहबरमा राखी गरिएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिका उपमेयर पद्मा गुरुङ र अपाङ्ग संरक्षण समाजका संस्थापक अध्यक्ष चन्द्रकान्त पौडेलले समाजद्वारा निर्मित स्टिकर जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि वरिष्ठ हवल्दार गेहेन्द्रप्रसाद सिंखडालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । जिल्लामा चल्ने सबै बसमा कम्तिमा एक एक वटाका दरले टाँस गर्न पुग्ने गरी स्टिकर हस्तान्तरण गरिएको चन्द्रकान्त पौडेलले जानकारी दिनु भएको छ ।
अपाङ्ग संरक्षण समाजका संस्थापक अध्यक्ष चन्द्रकान्त पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रमको संयोजन अपाङ्ग संरक्षण समाजका सचिव सीताराम बसेलले गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ पुष १४, बिहीबार १६:३३ गते
हजुरको प्रतिक्रिया