भुस्मेको उकालोमा जिप दुर्घटनामा एक महिलाको घट्ना स्थलमा निधन, ८ घाइते

भुस्मेको उकालोमा जिप दुर्घटनामा एक महिलाको घट्ना स्थलमा निधन, ८ घाइते

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १४ गते बिहिबार ०८:५५

चालक फरार उनको खोजी कार्य तिब्र पारिएको प्रहरी भनाई । बाँकी घाईलेको जिल्ला अस्पतालमा उपचार हुँदै, मृतकको शव पनि जिल्ला अस्पतालमा राखिएको छ, भोलि पोष्टमार्टमपछि परिवारलाई बुझाउने तयारी छ ।

घाईले ३ को थप उपचारका लागि चितवन रिफर

बेसीशहर– लमजुङमा आज साँझ पाँच बजे भएको जिप दुर्घटनामा एक महिलाको घट्ना स्थलमा निधन भएको छ भने ८ जना घाइते भएका छन् । लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका– ८ भुस्मे गाउँमा चढ्दै गरेको जिप उकालो सडकमा पुस १४ गते दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिका– ८ को भुलभुले हुँदै बेसीशहरबाट भुस्मेतर्फ जादै गरेको ग.३च.८३६१ नम्बरो बलेरो जिप उकालोमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । सो घट्नामा उक्त जिपमा च्यापियकी मस्र्याङदी गाउँपालिका– ८ भुस्मे गाउँकी ४७ बर्षीया भवी काशी तामाङको जिल्ला अस्पतालमा चेक जाँच गर्दाको क्रममा डाक्टरले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले बताउनु भयो । उहाँले भन्नुभयो ‘मृतकको शव जिल्ला अस्पतालमा रहेको छ ।’
सो जिप सडकबाट करिब. १० मिटर तल खस्न जाँदा सो दुर्घटना भएको हो प्रहरी चौकी खुदीका प्रमुख प्रहरी वरिष्ठ हवल्दार रमेश खड्काले बताउनु भयो । उहाँका अुनसार ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उहाँले भन्नु भयो, ‘उक्त जिपमा चालक सहित १० जना सवार रहेका थिए । तीमध्ये ८ जनालाई उपचारको लागि जिल्ला अस्पताल लमजुङतर्फ पठाईएको छ ।’ उहाँका अनुसार घट्ना स्थलमा निधन हुने महिला जिपले च्यापियको अवस्थामा रहेको, उद्दार गरिदा निधन भएको जस्तो अवस्था थियो तर पनि जिल्ला अस्पताल पठाइएको छ ।
सो घटना स्थलमा प्रहरी चौकी खुदीबाट प्रहरी वरिष्ठ हवल्दार रमेश खड्काको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्र.स.नि.नरसिंह नारायण यादवको कमाण्डमा ७ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनु भयो । उहाँका अनुसार घट्ना स्थल प्रहरी चौकी खुदीबाट ३ कि.मि. उत्तरमा पर्दछ ।
सो दुर्घटनाका घाइतेहरूको विवरण :
सो दुर्घटनामा घाइतेहरूमा लमजुङको मस्र्याङदी गाउँपालिका–. ८ रिङटाङ बस्ने २० बर्षीया उर्मिला गुरुङको चिउडो र शरिरको विभिन्न भागमा चोट लागेको छ । उनको थप उपचारको लागि नयाँमेडिकल कलेज चितवन पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले बताउनु भयो । उहाँका अनुसार नयाँमेडिकल कलेज चितवन रिफर गरिएकाहरूमा सोही ठाउँका बर्ष २१ बर्षीया रिता गुरुङ, सोही गाउँकी ३० बर्षीया मनमायाँ तामाङ, सोही गाउँकी ३२ बर्षीया सीता गुरुङ छन् ।
भुस्मे गाउँका १३ बर्षको राज तामाङ, १३ बर्षकै हिमाल तामाङ, २८ बर्षीया कासी तामाङ तथा ओखलढुङगा खिजिबिम्बा गाउँपालिका– ७ बस्ने ६३ बर्षीया कुमारी गुरुङको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०७९ पुष १४, बिहीबार २०:५५ गते
हजुरको प्रतिक्रिया