
बेसीशहर(लमजुङ)– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा जारी ३० औं त्रिवेणी फुटबल कप प्रतियोगिताको क्वाटर फाइनलका दुई खेल आज पुस १६ गते सम्पन्न भएका छन् । सो प्रतियोगिताको रहेक दिन दुई खेल सञ्चालन गर्ने गरिएको छ ।
आजको पहिलो खेल बागमती युवा क्लब सर्लाही र टोखा भगवती काठमाडौंका बीचमा भएको थियो । निकै प्रतिस्र्धात्मक रहेको उक्त खेलको निर्धारित समयका कुनै पक्षबाट पनि गोल हुन सकेन । त्यसपछि समय थप भयो, अतिरिक्त समय थप भयो तर त्यो समयको अवधिमा पनि दुवैले गोल गरेनन् । त्यसपछि टाई–ब्रेकरतर्फ खेल अघि बढ्यो । एक पक्षलाई ६ शट दिइएको थियो । त्यसमा टोखा भगवतीका युक्रेन शेर्पा, रजत तिवारी, दिपेश गुरुङ, बिलेले गोल हान्न सफल भए तर इन्सान र साजनले गोल गर्न सकेनन् ।
वाग्मती युथ क्लब सर्लाहीका देवा गुरुङ, अमर श्रेष्ठ, दिपेश चाम्लिङ राई, अनिल राना, सुमन चाम्लिङ राईले गोल हान्न सफल रहे सो टिमका अभिनाश स्याङ्ताङले गोल गर्न सकेनन् । तर पनि एक गोल अर्थात ४ का विरुद्ध ५ गोल गरी वाग्मती युथ क्लब सर्लाही अघि बढेको छ ।
उक्त खेलको म्यान अफ द म्याच बागमती युथ क्लब सर्लाहीका आयुष राना भए । उनलाई नगद २ दुई हजार ५ सय रुपैयाँ सहित एमओएम ट्रफी दिइएको छ ।
यसैगरी, सोही प्रतियोगिताको आजसम्पन्न दोस्रो खेलमा रोड्स, रामपुर चितवनका विरुद्ध वीरगन्ज युनाइटेड वीरगन्ज युनाइटेडका बीचमा भएको थियो । सो टिमका अमर डंगोलले २३ औं मिनेटमा गोल गरे । त्यस्तै, सोही टिमका रामपुरका लागि २७ मिनेटमा डिका सर्ज र ३६ मिनेटमा सुरेश कुमालले गोल गर्दै ० का विरुद्ध २ गोल गरी आफ्नो टिमलाई अघि बढाएका थिए ।
सो खेलमा आरओडीएस रामपुरका सुरेश कुमालले नगद २ दुई हजार ५ सय रुपैयाँ सहित एमओएम ट्रफी प्राप्त गरेका छन् ।
सो प्रतियोगिताको सोमबारका दिन डिफेन्डिङ च्याम्पियन द्यथ्ऋ ले सेमिफाइनलका लागि सामना एफसीसँग र समाज कल्याणले नखीपोटका बीचमा प्रतिस्पर्धा हुने कार्यक्रम छ ।
यही पुस १२ गतेका दिन उदघाटन भएको उक्त प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुने कार्यक्रम रहेको छ ।
सो प्रतियोगिताको प्रदेश सभाका सदस्य एवम् उक्त क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले उदघाटन गर्नु भएको हो ।
सो प्रतियोगिताको विजेताहरूका लागि पहिलो पुरस्कार पाँच लाख रुपैयाँ त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र रहेको दोस्रो पुरस्कार तीन लाख रुपैयाँ रजत पदक र प्रमाणपत्र तथा सेमी फाइनलका उपविजेता दुई टिमलाई ५०÷५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने भएको जानकारी दिनु भयो ।
त्यस्तै, प्रतियोगिताका सर्वोत्कष्ठ खेलाडी, सर्वोत्कष्ठ गोलकर्तालाई १५÷१५ हजार रुपैयाँ स्वर्ण पदक र प्रमाणपत्र तथा क्वाटर फाइनलदेखि प्रत्यके खेलमा म्यान अफ दि म्याच उपाधि प्रदान गरिने भएको अध्यक्ष गुरुङको भनाई छ ।
सो प्रतियोगितामा देशभरका बहुचर्चित १४ टिमले भाग लिएका छन् ।
प्रकाशित मिति २०७९ पुष १६, शनिबार १८:३१ गते