पिसाब फेर्न जादा मर्स्याङ्दी नदीमा खसेर वेपत्ता भएका शसस्त्रका प्रहरी जबान आज पनि फेला परेनन्

पिसाब फेर्न जादा मर्स्याङ्दी नदीमा खसेर वेपत्ता भएका शसस्त्रका प्रहरी जबान आज पनि फेला परेनन्

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १६ गते शनिवार ०७:१३

वेपत्ता भएका प्रहरी जबान महत रामेछापको लिखु तामाकोसी गाउँपालिका– ४, बिजुलीकोटका बासिन्दा हुन् ।
उनी भक्तपुरबाट मनाङ सरुवा भई हाजिर हुन हिंडेका थिए । वेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जीपमा सवार रहेको शसस्त्र प्रहरीको यहाँ स्थित कार्यालयले जनाएको छ ।

भोलि पनि खोजी कार्य जारी रहने

बेसीशहर । सशस्त्र प्रहरीका एक जवान मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका छन् । वेपत्ता हुने शसस्त्रका प्रहरी जबान ३२ बर्षीय अनन्त महत भएको लमजुङ स्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ । उनको पुस १६ गते दिनभर खोजी कार्य गर्दा पनि फेला नपरेको हुँदा भोलि पनि खोजी कार्य जारी रहने शसस्त्रको भनाई छ ।
उनी २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भई ३२ नम्बर गुल्म हेडक्वाटर मनाङ हाजिर हुन हिंडेका थिए । बेसीशहरबाट शुक्रबार बिहान करिब १० बजेको समयमा मनाङतर्फ जान हिडेका उनी लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिकाको– ४ स्थित काभ्रे भिरमा पिसाब फेर्न जाने क्रममा मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी मानबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार वेपत्ता जवानको खोजीका लागि बेसीशहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घट्ना स्थल पुगेर खोजतलास भइरहेको छ । उहाँले भन्नुभयो, ‘हिजो र आज दिनभर गरिएको प्रसास सफल भएन ।’ उहाँले थप भन्नुभयो, ‘आज शनिबार पनि त्यो क्षेत्रमा दिनभर खोजी कार्य जारी रह्यो, तर फेला परेन । आज रात पर्यो, भोलि पनि खोजी कार्य जारी रहन्छ ।’
वेपत्ता भएका प्रहरी जबान महत रामेछापको लिखु तामाकोसी गाउँपालिका– ४, बिजुलीकोटका बासिन्दा हुन् ।
उनी भक्तपुरबाट मनाङ सरुवा भई हाजिर हुन हिंडेका थिए । वेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जीपमा सवार रहेको शसस्त्र प्रहरीको यहाँ स्थित कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७९ पुष १६, शनिबार १९:१३ गते
हजुरको प्रतिक्रिया