मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा कविवर न्यौपाने निर्वाचित

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा कविवर न्यौपाने निर्वाचित

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १७ गते आईतबार ०७:४४

लमजुङको बेसीशहर नगरपालिका– ३ को गाउँशहरस्थित सोही विद्यालयमा राष्ट्रकविलाई ‘जेठा गुरु’को रुपमा स्थापित हुनु भएको थियो । उहाँले सो विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहँदा जेठा गुरु राष्ट्रकवि, महिला गुरुङ टीकाराम साहिला गुरु तीर्थराजले एक आपसमा साँझ विहान डेरामा समेत कवितामा बातचित गर्ने गर्नु हुन्थ्यो भन्ने आजका दिनमा पनि त्यस क्षेत्रका बुढापाकाको मुखबाट सुन्न पाइन्छ ।

गाउँशहरस्थित लमजुङ माध्यामिक विद्यालयको प्राङ्गणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको शालिक स्थापनाको तयारी

काठमाडौँ– मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा कवि एवम् साहित्यकार विजयराज न्यौपान चयन हुनु भऐको छ । प्रतिष्ठानको २१औँ साधारणसभा तथा अधिवेशनबाट अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा पुस १५ गते निर्वाचित गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा साहित्यकार भाग्यशाली अधिकारी, सचिवमा श्रीकृष्ण न्यौपाने र कोषाध्यक्षमा लक्ष्मण थापा चयन हुनुभएको छ । उक्त प्रतिष्ठानको कार्यकारी सदस्यहरूमा कृष्ण अधिकारी, रामप्रसाद घिमिरे, अच्युत रेग्मी, अञ्जना पौडेल र यामबहादुर दुरा चयन हुनुभएको निर्वाचन समितिका सदस्य कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
लमजुङ माविको हातामा राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक निर्माण गरिने :
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङमा राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक निर्माण गर्ने भएको छ । बेसीशहर नगरपालिका– ३ को गाउँशहरस्थित लमजुङ माध्यामिक विद्यालयको प्राङ्गणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको शालिक निर्माण गर्ने भएको हो । सोही विद्यालयमा राष्ट्रकविलाई ‘जेठा गुरु’को रुपमा स्थापित हुनु भएको थियो । उहाँले सो विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहँदा जेठा गुरु राष्ट्रकवि, महिला गुरुङ टीकाराम साहिला गुरु तीर्थराजले एक आपसमा साँझ विहान डेरामा समेत कवितामा बातचित गर्ने गर्नु हुन्थ्यो भन्ने आजका दिनमा पनि त्यस क्षेत्रका बुढापाकाको मुखबाट सुन्न पाइन्छ ।
प्रतिष्ठानको ‘२१औँ साधारणसभा तथा अधिवेशन’को उदघाटनका अवसरमा प्रतिष्ठानका अध्यक्ष डा बमबहादुर थापा ‘जीताली’ले गाउँशहरस्थित लमजुङ माविको प्राङ्गणमा राख्ने गरी राष्ट्रकविको पूर्णकदको शालिक निर्माण भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लमजुङ दरबारलाई पर्यटकीय र साहित्यिक थलोका रूपमा विकास गर्न पूर्णकदको शालिक निर्माण भइरहेको छ, चाँडै नै उक्त शालिकको अनावरण गछौँ ।’
प्रतिष्ठानका पूर्वअध्यक्ष द्वय सोमकान्त अधिकारी र डा देवी सुवेदीले लमजुङमा छरिएर रहेका साहित्यिक प्रतिभालाई प्रतिष्ठानले खोजेर लमजुङको साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार एवं प्रतिष्ठानका संस्थापक सदस्य सोमनाथ घिमिरेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अभाव मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानलाई खड्किरहेको स्मरण गर्नुभयो ।
नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले नयाँ विद्यार्थीलाई समेत साहित्यिक क्षेत्रमा सङ्लग्न गरी साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति २०७९ पुष १७, आईतवार ०७:४४ गते
हजुरको प्रतिक्रिया