जनकपुरधाम– नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारलाई ज्यान मार्ने धम्की दिने मेयरलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासलाई कारबाहीको माग पुस १७ गते गर्नु भएको हो ।
विदेह नगरपालिकाका मेयर दासले प्रदेश सभामा शपथ ग्रहण समारोह चलिरहेकै बेला पुस १५ गते समाचार संकलनका लागि खटिएका पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’लाई प्रदेशसभाकै परिसरमा ज्यान मार्ने धम्की दिएका थिए ।
पत्रकार महतोलाई धम्की दिएका नगर प्रमुख दासलाई कारबाही नगरिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने अध्यक्ष झाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
प्रकाशित मिति २०७९ पुष १७, आईतवार १६:१० गते