निवृत्त शिक्षक समाजको आयोजनामा लेखनाथ जयन्तीमा कृति विमोचन र रचना वाचन

निवृत्त शिक्षक समाजको आयोजनामा लेखनाथ जयन्तीमा कृति विमोचन र रचना वाचन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १८ गते सोमबार ०८:३१

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दवहादुर कुँवरले विमोचित कृतिको समिक्षा गर्नुका साथै लेखनाथको सत्यसन्देश कविता वाचन गर्नु भएको थियो ।

कवि नारायणप्रसाद ढकालद्वारा लिखित ‘जिन्दगीको लालपूर्जा छैन’ कृतिको विमोचन

भोटेओडार(लमजुङ)– लमजुङ कविशिरोमणि लेखनाथ पौड्याललाई सम्झिएको छ । १३९ औं लेखनाथ जयन्तीका अवसरमा नेपाल निवृत्त शिक्षक समाज लमजुङ जिल्ला समितिको आयोजनामा पुस १६ गते उक्त कार्यक्रम गरिएको हो ।
लेखनाथ जयन्तिका अवसरमा आयोजित कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्दवहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले निवृत्त शिक्षक एवम् कवि नारायणप्रसाद ढकालद्वारा लिखित ‘जिन्दगीको लालपूर्जा छैन’ कृतिको विमोचन गर्नु भएको थियो । सो अवसरमा कुँवरले विमोचित कृतिको समिक्षा गर्नु भएको थियो ।
सो अवसरमा समाजका केन्द्रीय सदस्य अंगराज घिमिरेले पनि लेखनाथको साहित्यिक योगदानका बारेमा चर्चा गर्नु हुँदै उहाँले लेखनाथको सत्यसन्देश कविताका साथमा आफ्नो कविता पनि बाचन गर्नु भएको थियो। निवृत्त शिक्षक ध्रुवबहादुर कुँवरले लेखनाथको कवि व्यक्तित्वका साथै विमोचित कृतिका स्रष्टा ढकालको साहित्यिक योगदान बारेमा प्रकाश पार्नु भएको थियो ।
आयोजक संस्थाका अध्यक्ष खुशीराम डौलियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वयोबृद्ध कविहरू रघुनाथ अधिकारी, तीर्थराज अधिकारी, हाेतृराज ढकाल, लमजुङे साहित्य समाजका अध्यक्ष तेजनारायण अधिकारी, लवराज ढकाल, शशिधर खनिया, मिनप्रसाद ढकाल सहित २१ जना साहित्यकार कविवरहरूले कविता वाचन गरेका थिए ।

मधुविलास पौडेलले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन रामहरि न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ पुष १८, सोमबार २०:३१ गते
हजुरको प्रतिक्रिया