बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा जिल्लाको सर्वाधिक राशिको जारी ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । आयोजकको पूर्व निर्धारित सूचना अनुसार नै आज पुस १९ गते फाइनल प्रतियोगिता हुन लागेको हो । फाइनल चरणको प्रतिस्पर्धामा बाग्मति फुटवल क्लव सर्लाही र रोड्स् क्लव रामपुर चितवन फाइनलमा पुगेका छन् ।
हिजो भएको सेमिफाइनल खेलबाट बाग्मती फुटवल क्लव सर्लाही र रोड्स् क्लव रामपुर चितवन फाइनलमा प्रवेश गरेका हुन् । खेल दिउँसो २ बजे शुरु गर्ने तयारी छ ।
बेसीशहर नगरपालिका– ७ को सहजी स्थित त्रिवेणी रङ्गशालाको खेल मैदानमा सञ्चलित सो प्रतियोगिताको सेमिफाइनलको पहिलो खेल सामना युवा क्लव तुरतुरे तनहुँलाई ० का विरुद्ध २ गोल गर्दै बाग्मती फुटबल क्लव सर्लाही फाईनल चरणमा प्रवेश गरेको हो ।
खेल शुरु भएको पहिलो हाफको २० मिनेटमै बाग्मती फुटबल क्लव सर्लाहीका खेलाडी सनम धिमालले गोल गर्दै पहिलो खाता खोलेका थिए । त्यसलाई निरन्तरता दिदै खेलको दोश्रो हाफको ६८ औ मिनेटमा सर्लाही कै अर्का खेलाडी देवाले आफ्नो टिमका लागि दोश्रो गोल दिलाए । खेलअवधिमा निकै प्रयासका बाबजुत कुनै गोल गर्न नसकेपछि सामना युवा क्लव तुरतुरे तनहूँको यात्रा सेमिफाइनलको खेलसगै टुङ्गिएको छ ।
त्यस्तै, दोस्रो चरणमा भएको सेमिफाइनलको खेल रोड्स् क्लव रामपुर र समाज कल्याण काठमाडौं टिमका बीच भएको थियो । जसमा रोड्स् क्लव रामपुरले ०– १ गोल अन्तरले समाजकल्याण काठमाडौंलाई जित्न सफल भई फाइनलमा पुग्यो ।
खेल सुरुवाती चरणको १० मिनेटमै रोड्स् क्लव रामपुरका तर्फबाट खेलेका विदेशी खेलाडी फोडि फोफन्नाले गोल गरी सफलताको पाइला अघि बढाएका थिए । त्यही गोल रामपुर टिमलाई फानलमा पु¥याउन कामयावी सावित भयो । निकै प्रतिस्पर्धात्म रुपमा चलेको सेमिफालनको सो खेलमा अन्तिमसम्मको प्रयासमा पनि गोल गर्न नसकेपछि समाजकल्याण काठमाडौंको त्रिवेणी कप हासिल गर्ने रहरिलो यात्रामा पूर्ण विराम लाग्न गएको छ ।
सो खेलमा उत्कृस्ट खेलाडी म्यान अफ द म्याच हुन सफल रोड्स रामपुरका जर्शी नं. ५ खेलाडीलाई मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले नगद सहित ट्रफी प्रदान हस्तान्तरण गर्नु भएको थियो ।
अघिल्लो दिन भएको खेलमा समाज कल्याण युवा क्लव काठमाडौँ र सामना युवा क्लव तुरतुरे तनहुँ, तथा १७ गतेका दिन भएको खेलबाट बाग्मती फुटबल क्लव सर्लाही र रोड्स युवा क्लव रामपुरले सेमिफाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा पुगेसगै यी ४ टिमलाई नगद ५०/५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबका उपाध्यक्ष इन्द्र रानाले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा देशको विभिन्न स्थानबाट आएका १४ टिमले भाग लिएका थिए ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको सो प्रतियोगितामा विजेताले नगद पाँच लाख सहित ट्रफी मेडल र प्रमाण पत्र दिइने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताउनु भयो । उहाँका अनुसार उपविजेता टिमले नगद तीन लाख रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । सेमीफाइनलमा पुग्ने दुई टिमले नगद ५०/५० हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबका सचिव प्रवीण वाग्लेले जानकारी दिनु भएको छ ।
स्थापनाकालीन दिनमा खेतका गह्राका आली फोरेर एक खसी पहिलो पुरस्कारबाट थालिएको सो प्रतियोगिता ३० औं शृंखलामा आइपुग्दा पहिलो पुरस्कारका लागि पाँच लाख रुपैयाँ दिन सक्ने हुनुका साथै सहजीमा फुल साइजको खेला मैदानमा खेलाउने सक्ने अवस्थामा पुगेको छ ।
फोटो : मनोज थापा, खेलपाटी ।
प्रकाशित मिति २०७९ पुष १९, मंगलवार ०६:१९ गते