३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि रोड्स् क्लव रामपुरले चुम्यो

३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि रोड्स् क्लव रामपुरले चुम्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १९ गते मङ्गलबार ०९:२५

सो अवसरमा उदघाटन मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि गुरुङले सोही स्थानमा तीन वर्ष भित्र सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने र त्यसको जग्गाको प्रवन्ध गर्न बेसीशहर नगरपालिका, जिल्ला प्रशासन कार्यालय र त्रिवेणी क्लबलाई आग्रह गर्नु भएको छ ।

बाग्मती फुटवल क्लव सर्लाही र रोड्स् क्लव रामपुर चितवनका बीच फाइनल खेल १/१ र ४– ५ का बीच टुंगिएको हो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको जारी ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि रोड्स् क्लव रामपुरले चुमेको छ । मंगलबार बाग्मती फुटवल क्लव सर्लाही र रोड्स् क्लव रामपुर चितवनका बीचमा भएको फाइनल खेलमा ५– ६ गोल गरी रोड्स् क्लव रामपुर पहिलो भएको हो । निर्धारित खेल अवधिमा एक एक गोल भएकोमा थप समयमा गोल हुन नसकेपछि पेनाल्टीबाट नतिजा घोषणा गरिएको हो ।
सो खेलाका विजेताहरूलाई प्रतिनिधि सभाका सदस्य एवम् एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र आयोजक क्लबका अध्यक्ष विनोद गुरुङले संयुक्त रुपमा पुरस्कार, ट्रफी, मेडल, नगर राशि र प्रमाणपत्र वितरण गर्नु भयो । सो अवसरमा उदघाटन मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि गुरुङले सोही स्थानमा तीन वर्ष भित्र सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने र त्यसको जग्गाको प्रवन्ध गर्न बेसीशहर नगरपालिका, जिल्ला प्रशासन कार्यालय र त्रिवेणी क्लबलाई आग्रह गर्नु भएको छ ।
आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन क्लबका पूर्वसचिव मनमाया गुरुङले गर्नु भएको सो क्लबका उपाध्यक्ष इन्द्र रानाले बताउनु भयो । प्रस्तुत छ । उक्त खेलको फाटो फिचर ।

प्रकाशित मिति २०७९ पुष १९, मंगलवार २१:२५ गते
हजुरको प्रतिक्रिया