बढ्यो कोभिड संक्रमण : स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको अनुरोध

बढ्यो कोभिड संक्रमण : स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको अनुरोध

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २१ गते बिहिबार ०८:१३

बढी भिडभाड हुने स्थानमा सकेसम्म नजान तथा सार्वजनिक यातायातको साधनहरूमा मास्क तथा स्यानीटाइजरको प्रयोग गर्न, एक अर्कामा भौतिक दुरी कायम राख्न, व्यक्तिगत सरसफाई लगायतका आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

ढिला गरी प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालयले पुस १७ गते विज्ञप्ति जारी गरी सतर्कता अपनाउनु अनुरोध

बेसीशहर– फोरि कोभिड– १९ संक्रमण जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा फोरि कोभिड– १९ संक्रमण जोखिम बढेको सतर्कता अपनाउन अनुरोध गरेसँगै सो खुलासा भएको हो ।
हामीलाई ढिला गरी प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालयले पुस १७ गते एक विज्ञप्ति जारी गरी सतर्कता अपनाउनु अनुरोध गरेको हो । सो विज्ञप्तिमा नेपालमा कोभिडको संक्रमण कम हुदै गएपनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायतका केही देशहरूमा संक्रमणको नयाँ भेटिएन्ट देखापरेको हुँदा सतर्क रहन भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै समयमै सजग र सूसूचित हुन आवश्यक रहेको भनिएको छ । उक्त सार्वजनिक सूचानामा नागरिकलाई सतर्क रहन भनिएको छ । बढी भिडभाड हुने स्थानमा सकेसम्म नजान तथा सार्वजनिक यातायातको साधनहरूमा मास्क तथा स्यानीटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । एक अर्कामा भौतिक दुरी कायम राख्न, व्यक्तिगत सरसफाई लगायतका आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालनाका लागि नागरिकलाई सचेत गराएको छ ।

प्रकाशित मिति २०७९ पुष २१, बिहीबार ०८:१३ गते
हजुरको प्रतिक्रिया