
पोखरा– युआरएल विरौटाको नेतृत्व परिवर्तन भएको छ । युआरएल विरौटा डायग्नोस्टिक प्रालिका सेयर लगानीकर्ताको भेलाले अध्यक्षमा विमला भण्डारीलाई पुस २० गते चयन गरेको हो ।
भेलाले भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शिवबहादुर थापा र सचिवमा शशिधर पौडेल छन् । यसैगरी, सदस्यहरूमा सूर्य पौडेल, गीता लामिछाने, कृष्णप्रसाद ढकाल र सन्दीप अर्याल चयन हुनु भएको छ । उक्त समितिको पदेन सदस्यमा युआरएल ग्रुपका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रवन्ध निर्देशक गणेशप्रसाद कोइराला रहने विधानमा व्यवस्था छ ।
डेढ करोड लगानीमा पोखरा १७ र आसपासका सेवाग्राहीलाई लक्षित गरी विभिन्न १० शाखा सञ्चालनमा ल्याएको छ । सेवा सुरुआतको अवसरमा पुस महिनाभर मधुमेह जाँच सित्तैमा र अन्य सबै प्रकारका परीक्षणमा ३० प्रतिशत छुट दिइएको छ ।
युआरएल ग्रुपका अध्यक्ष पन्तले गण्डकी प्रदेशवासीलाई स्थानीय रुपमा अत्याधुनिक ल्याब सेवा प्रदान गर्न लागि परेको बताउनु भएको छ । उहाँले युआरएल फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
युआरएल विरौटाले गत मंसिर २३ गतेबाट आफ्नो सेवा आरम्भ गरेको हो । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले अहिले मुख्य कार्यालयसहित १० शाखा, ४ सेवा केन्द्र र ४ कलेक्सन सेन्टरबाट सेवा दिइरहेको छ ।
प्रकाशित मिति २०७९ पुष २१, बिहीबार १५:०६ गते